नेपाल कम्युनिष्ट पार्टी – माओवादीले वर्तमान नेपाली कम्युनिष्ट आन्दोलनको क्रान्तिकारी धाराको प्रतिनिधित्व गर्दछ । एकीकृत माओवादीको मूल नेतृत्व नवसंशोधनवादमा पतन भइसकेपछि त्यससीत सम्बन्धविच्छेद गरेर २०६९ असार २–५ को राष्ट्रिय भेलाबाट यस पार्टीको पुनर्गठन भएको हो । यसले २०६९ पुस २५– माघ १ मा सातौं राष्ट्रिय महाधिवेशन गरेर पार्टीको नीति, कार्यक्रम र कार्ययोजना पारित गरिसकेको छ । माओवादी पार्टीले राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिको विषद व्याख्या र विश्लेषण गर्दै नेपाली क्रान्तिको रणनीति र कार्यनीति पनि पारित गरिसकेको छ । र, वर्तमान नेपाली क्रान्तिको कार्यदिशाको रुपमा जनयुद्धको जगमा जनविद्रोहको कार्यदिशा निक्र्योल गरेको छ ।
एमाओवादीबाट विद्रोह गरेर क्रान्तिकारी कम्युनिष्ट पार्टी नेकपा– माओवादीको पुनर्गठन भएपस्चात यसका पछाडि धेरै प्रकारका हल्लाहरु चल्ने गरेका छन् । एकातिर माओवादी पार्टीले निर्वाचन आयोगमा दर्ता गरेको छैन । यो पार्टी पुनः जंगलतिर फर्कदै छ । फेरि यो पार्टी जनयुद्धमा फर्कदै छ । छापामार दस्ता र जनसेना निर्माण गर्दैछ, छिट्टै हतियार उठाएर सशस्त्र संघर्षमा फर्कदै छ । पार्टीलाई पनि भूमिगत शैलीमा विकास गर्दैछ जस्ता प्रचार गरिएको छ भने अर्कोतिर माओवादी पार्टी एमाओवादीबाट पद, पोष्ट र भागबन्डा नमिलेर फुटेको हो । यो पनि एमाओवादी र एमाले जस्तै संसदीय भाषामा रमाउने पार्टी हो, त्यो भन्दा बढ्ता यस पार्टीले पनि केही गर्ने वाला छैन । अहिले उसले प्रधानमन्त्रिको उम्मेदवारको रुपमा पार्टीका महासचिव रामबहादुर थापा बादललाई अगाडि सारिरहेको छ र गोलमेच सभाको कार्ड फ्याकिरहेको छ । यो तरिका भनेको पार्टीलाई संसदीय पार्टीको रुपमा लैजाने नै हो भन्ने प्रचारवाजी गरिएको छ ।
अतः यी त भए वाह्य रुपमा गरिएका प्रचारवाजीहरु वास्तवमा माओवादी भनेको के हो ? किन यो एमाओवादीबाट विद्रोह गरेर अलग पार्टी बनाउन पुगेको हो ? के माओवादी पुनः जंगलतिर फर्कदै छ र जनयुद्धमा जाँदै छ त ? यात त यो पार्टी पनि उही एमोवादी र एमाले जस्तै संसदीय पार्टी नै बन्ने हो त ?
यात माओवादी पार्टीका निश्चित लक्ष्य उद्देश्यहरु के हुन् र यसको खास रोडम्याप के हो त ? भन्ने बारेमा स्पष्ट हुन जरुरी हुन्छ ।
यहाँनेर स्पष्ट हुनुपर्ने कुरा के हो भने नेकपा–माओवादी नेपाली सर्वहारावर्गको सबैभन्दा उच्चस्तरको संगठित अग्रदस्ता र राजनीतिक प्रतिनिधि संस्था हो । र, नवसंशोधनवाद र राष्ट्रिय आत्मसमर्पणवादसीत सम्बन्धविच्छेद गरेर पुर्नगठित यो क्रान्तिकारी पार्टी हो । साथै माओवादी पार्टी अन्तरराष्ट्रिय सर्वहारा वर्गको एक टुकडी पनि हो । अन्तर्राष्ट्रिय सर्वहारा वादमा आधारित भएर पुर्नगठित यो पार्टी माक्र्सवाद– लेनिनवाद– माओवादको पथप्रदर्शन र मार्गनिर्देशनमा अगाडि बढ्न चाहन्छ । अर्थात –माओवादी पार्टीको मार्गदर्शक सिद्धान्त माक्र्सवाद – लेनिनवाद –माओवाद हो । यसै मार्गदर्शनमा रहेर यस पार्टीले आफ्ना सबै क्रियाकलापहरु अगाडि बढाउन चाहन्छ ।
सर्वविदितै कुरा हो, नेपाली कम्युनिष्ट आन्दोलनले ६४ वर्ष पार गर्दैछ । यति लामो ऐतिहासिक अवधिमा यस आन्दोलन भित्र वर्गसंघर्ष र अन्तरसंघर्षका अनेकौ जटिल, वाङ्गा टिङ्गा र कहाली लाग्दा घुम्तिहरु रहेका छन् । यद्यपि यो आन्दोलन लामो समय पहिलेदेखि अनेकौ समूह–उपसमूहहरुमा विभाजित रहँदै आएको छ । अतः सारमा यस आन्दोलन भित्र क्रान्तिकारी र संशोधनवादी दुई परस्परविरोधी धाराकै द्वन्द्व प्रमुख बनेर आएको छ । आज नेपाली कम्युनिष्ट आन्दोलनको दक्षिणपन्थि संशोधनवादी धाराले आपूmलाई विजातीय कित्तामा सामेल गर्दै दक्षिणपन्थि सुधारवादी, संशोधनवादी एवं आधुनिक संशोधनवादी हुँदै नवसंशोधनवादी (जो एमाओवादी एमालेले प्रतिनिधित्व गर्दछन्) ले धारामा गुणात्मक ढंगले फड्को हान्न पुगेको छ भने यसको ठिक विपरित नेपाली कम्युनिष्ट आन्दोलनको क्रान्तिकारी धारा (जो पुर्नगठित माओवादीले प्रतिनिधित्व गर्दछ) ले आज माक्र्सवादी–लेनिनवादी–माओवादीका रुपमा गुणात्मक ढंगले विकसित हुँदै जनयुद्धको जगमा जनविद्रोह मार्फत नेपाली क्रान्ति सम्पन्न गर्ने अन्तिम ऐतिहासिक मोडमा खडा हुन पुगेको छ । यो नै नयाँ ढंगको क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माणको द्वन्द्ववाद हो । र, नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासको यस द्वन्द्ववादलाई हामी सबैले अत्याधिक गहिराइका साथ आत्मसाथ गर्न जरुरी छ ।
सबैले बुझ्नु पर्ने कुरा के हो भने नेकपा–माओवादीको न्यूनतम लक्ष्य नयाँ जनवादी राज्य व्यवस्था स्थापना गर्नु रहेको छ भने अधिकतम लक्ष्य वैज्ञानिक समाजवाद र साम्यवादसम्म पुग्नु रहेको छ । तर अहिलेसम्म पनि नेपाल अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थामै गुज्रिएको छ । यस अवस्थामा रहेको देशमा गरिने क्रान्ति भनेको मजदुर– किसान एकताको आधारमा सर्वहारा वर्गको राजनीतिक पार्टी कम्युनिष्ट पार्टीको नेतृत्वमा सम्पन्न गरिने नयाँ जनवादी क्रान्ति नै हो । अर्थात् नयाँ खाले पूँजीवादी क्रान्ति नै हो । त्यसो भएर नै नेपाली क्रान्ति सम्पन्न गर्ने ऐतिहासिक जिम्मेवारी पनि अहिले नेकपा–माओवादीको काधमा आएको छ । यी नेपाली क्रान्तिका बाँकी कार्यभारहरु पूरा गर्ने उद्देश्यका सात एमाओवादीबाट सैद्धान्तिक, वैचारिक, राजनीतिक एवं सांगठनिक रुपले समेत सम्बन्धविच्छेद गरेर यो पार्टीको पुनर्गठन हुन पुगेको हो भन्ने कुरा पनि भूल्न मिल्दैन ।
यहाँ अब नेपाली क्रान्तिको मोडेल के हुने ? जनयुद्धको कि जनविद्रोह ? भन्ने विषयमा पनि व्यापक बहस चल्ने गरेको छ । अझैं अर्को के विषयमा पनि के बहस चल्ने गरेको छ भने अब गरिने नेपाली क्रान्तिको मोडेल रसीयन क्रान्तिको जनविद्रोहको मोडेल कि चिनीया नयाँ जनवादी क्रान्तिको छापामार जनयुद्धकै मोडेल भन्ने विषयमा पनि व्यापक बहस चल्ने गरेको छ । खास कुरा के हो भने नेपालमा अब गरिने क्रान्ति रसीयन मोडेलको जनविद्रोहको सोझै नक्कल गरिएको जनविद्रोहको मोडेल पनि हुनेछैन र चिनीया नयाँ जनवादी क्रान्तिको सोझै नक्कल गरिएको छापामार शैलीको जनयुद्धको मोडेल नभएर नेपालको विशिष्टतामा आधारित नयाँ नेपाली मोडेलकै क्रान्तिको मोडेलबाट क्रान्ति सम्पन्न गरिनेछ भन्ने पुर्नगठित माओवादीको रणनीतिक एवं कार्यनीतिक योजना अर्थात् दश वर्षे जनयुद्धको जगमा जनविद्रोह मार्फत नेपाली क्रान्ति सम्पन्न गरिने छ भन्ने नेपाली क्रान्तिको रोडम्याप तय गरिसकेको छ ।
यतिबेला जनयुद्धको जगको आधारमा रहेका जनसेनाहरु, आधार इलाकाहरु, नयाँ जनसत्ता, जनअदालत र जनसरकारहरु त खारेज भइसकेको अवस्था छ । यस्ता अवस्थामा केलाई जनयुद्धको जग मान्ने त भन्ने कुरा पनि जोडदार रुपले उठ्ने गरेको छ । हो जनयुद्धले निर्माण गरेका यी प्रमुख आधारहरु त खारेज भइसकेको कुरा साचो हो । तर वास्तविकता के हो भने दश वर्षको जनयुद्धको विषद अनुभव र शिक्षा तथा शक्ति पुनर्गठित माओवादी पार्टीमै रहेको छ । यसैका जगमा टेकेर जनविद्रोह मार्फत नेपाली क्रान्ति सम्पन्न गर्ने समग्र योजना माओवादी पार्टीले बनाएको छ ।
जनयुद्धको जगमा जनविद्रोह नेपाली क्रान्ति सम्पन्न गर्ने माओवादीको कार्यनीतिक कार्यदिशा भएको कुरा प्रष्टै छ । शहरीया जनसंघर्षको माध्यमबाट जनताको जनविद्रोहलाई संगठित गरेर अगाडि बढ्नुपर्ने भएकोले नेपाली क्रान्तिको थलो राजधानी लगायत ठूला शहरहरुलाई बनाउने र गाउलाई नेपाली क्रान्तिको आधार क्षेत्र अर्थात आधार इलाका बनाउने माओवादीको रणनैतिक योजना रहेको छ । यसको निम्ति जुझारु प्रतिरोधी शक्तिको निर्माण गर्ने र संयुक्त राजनीतिक मोर्चा समेत निर्माण गर्ने यसका प्राथमिक महत्वका विषय रहेका छन् । तर निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने, संविधान सभा वा कुनै पनि प्रकारका संसदीय चुनावहरु कुनै महत्वका विषय सूचीमा रहेका छैनन् । परिस्थित अनुसार चुनावलाई उपयोग वा बहिष्कार र खारेज जुनकुनै पनि नीति अवलम्बन गर्न सक्ने नीति माओवादी पार्टीले बनाएको छ । र वर्तमान राष्ट्रिय गतिरोधको अन्त्यका लागि गोलमेच सभाको विकल्प नरहेको माओवादीको ठहर छ । साथै संसदवादी दलहरु, तिनका नेताहरु असफलतासँगै सिँगै संसदीय व्यवस्था नै असफल बन्दै गएको ठहर माओवादीको रहेको छ । र जनयुबद्धको जगमा गरिने जनविद्रोहले मात्र नेपाली क्रान्ति सम्पन्न हुनेछ र यसले मात्र नयाँ नेपालको निर्माण गर्नेछ एवं नेपाली जनताका नयाँ नेपाल निर्माणका सुन्दर सपनाहरु पूरा गर्नेछ भन्ने मान्यता माओवादीले राखेको छ ।
Monday, March 11, 2013
Friday, March 8, 2013
दलहरु गणतन्त्र विसर्जन गर्ने दिशातिर
नेपालका चार संसदवादी राजनीतिक दलहरु एकिकृत नेकपा (माओवादी), नेपाली काँग्रेस, नेकपा (एमाले) र मधेशी संयुक्त मोर्चा– महान दश वर्षे जनयुछ, २०६२÷०६३ को १९ दिने ऐतिहासिक जनआन्दोलनको परिणामस्वरुप र नेपाली जनताको करीव ६० वर्षको संघर्ष, बलिदान र योगदानको परिणाम स्वरुप प्राप्त गणतन्त्रात्मक व्यवस्थालाई विसर्जन गर्न तयार भएका छन् । यो कार्य उनीहरुले अमेरिकी साम्राज्यवादको आदेशमा र भारतीय विस्तारवाद र युरोपेली युनियनको निर्देशनमा गरिरहेका छन् । अन्तरिम संविधान २०६३ को विपरित, नेपाली जनताको इच्छा र भावनाविपरित, राजनीतिक दलहरुको मूल्य, मान्यता विपरित वुर्जुवा पूँजीवादी संसदवादीहरुले भन्दै र मान्दै आएको संविधानवाद, संसदवाद, स्वतन्त्र न्याय पालिका, कानूनको शासन, शक्रि पृथकीकरणका सिद्धान्त विपरित बहाल वाला प्रधान न्यायाधिशको अध्यक्षतामा चुनावी मन्त्री परिषद् गठन गर्नका लागि सर्वोच्च अदालतका प्रधानन्यायाधिश खिलराज रेग्मीलाई मनाउन संसदवादी चार दलका शिर्ष नेताहरु– पुष्पकमल दाहाल प्रचण्ड, सुशील कोइराला, झलनाथ खनाल र विजय कुमार गच्छेदार पटक पटक प्रधान न्यायाधिश खिलराज रेग्मीको पाउमा ढोग गर्न पुग्नु र प्रधानन्यायाधिश रेग्मीले यही फाल्गुन १४ गते सर्वोच्च मन्त्री परिषद अध्यक्ष बन्ने स्वीकार गरे पश्चात यी असक्षम र नालायिक सावित भइसकेका चार संसदवादी, राजनीतिक दलका शिर्ष भनिएका नेताहरु नेपाली जनताको रगत, पसिना, बलिदान र योगदानबाट प्राप्त गणतन्त्रलाई बिर्सजन गरेर नेपालमा निरंकुश, निर्दलीय, तथा अधिनायकवादी शासन लाद्न तयार भएको पुष्टि भएको छ । किनकि निर्वाचनको तिथि मिति घोषणा नहुँदै काम चलाउ भट्टराई सरकारले नयाँ संविधान सभाका लागि गरिने भनिएको चुनावमा सेना र सशस्त्र प्रहरी परिचालन गरिने भन्ने निर्णय सार्वजनिक गरिसकेपछि मुलुक निरंकुश तथा तानाशाही व्यवस्थामा परिणत भएको र गणतन्त्रात्मक व्यवस्थाको विसर्जन गराएको प्रमाणित हुन पुगेको छ । अर्को थप कुरा के पनि हो भने सत्तारुढ एकिकृत माओवादीले प्रतिक्रान्तिकारी कार्यदिशा पारित गराउन गत माघ २०–२५ मा हेटौडामा सातौं महाधिवेशनको आयोजना गर्नु र त्यही महाधिवेशनबाटै बहालवाला प्रधानन्यायाधिश खिलारज रेग्मीलाई चुनावी सरकारको प्रधानमन्त्री बनाउने प्रस्ताव पारित गराउनु, उक्त प्रस्तावलाई काँग्रेस, एमाले र संयुक्त मधेशी मोर्चाले स्वागत गर्नु, शुरुमा प्रधान न्यायाधिश रेग्मीले उक्त जिम्मेवारी लिन आनाकानी गर्नु र राजनीतिक दलहरुको नियन्त्रणमा नबस्ने, आफ्नै स्वविवेकले चुनावी मन्त्रीपरिषद् गर्न पाउने जस्ता सर्त राखेपछि ती नालायक, असफल र पतित सावित हुन पुगेका चार दलका शिर्ष नेताहरु जिल्ल हुन पुगेका थिए । तर पुनः भारतीय विस्तारवाद र युरोपियन युनियनको निर्देशनमा अन्तिम पटक फाल्गनु १४ गते विहान ती चार दलका नेताहरु प्रधानन्यायाधिश रेग्मीको नीजि निवास बालुगवाटारमा पुगेर पाउमा विन्ती भाउ चढाउँदै रेग्मीले राख्दै आएका सबै सर्तहरु स्वीकार्न तयार भएपछि उनी अन्तरिम चुनावी मन्त्री परिषदको अध्यक्ष बन्न तयार भएको विज्ञप्ती सर्वोच्च अदालत मार्फत प्रसारित हुनु र सोही साँझको बि.बि.सी नेपाली सेवामा प्रधानन्यायाधिश रेग्मीले राजनीतिक दलहरुको नियन्त्रणविनाको अन्तरिम चुनावी सरकारको नेतृत्व लिन तयार भएको अन्तरवार्ता प्रसारण गरिनुले पनि यी चार संसदवादी दलहरुले गणतन्त्रलाई विसर्जन गराएको पुर्नपुष्टि हुन्छ । त्यति मात्र होइन कि, बहालवाला प्रधानमन्त्री डा. बाबुराम भट्टराई स्वयं प्रधानन्यायाधिश रेग्मीको निजी निवासमा पुगेर प्रधानमन्त्री भइदिनको निम्ति बिन्तिभाउ चढाउन पुग्नु, यो भन्दा लज्जास्पद कुरा अरु के हुन सक्छ । यसले स्वाभिमानी जनताको शिर निहुराएको छ ।
यी नाटकका पर्दाहरु एक्कासी खुल्दै आएका छैनन् । हरेक घटनाका पछाडि निश्चित कारण र उद्देश्यहरु रहेका हुन्छन् । घटनालाई भन्दा पनि कारणलाई प्रधान मानिन्छ । हामीले इतिहासलाई पनि फर्केर हेर्नुपर्ने हुन्छ । संविधान भनेको मुलुक संचालन गर्ने सर्वोच्च कानुन हो । त्यो जनता स्वयंले निर्माण गरे मात्र सच्चा संविधान बन्न सक्छ । संविधान सभा भनेको जनताले आफ्नो संविधान आफ्नै हातले लेख्ने भन्ने कुरा बुझिन्छ । अर्थात जनताद्वारा निर्वाचित जनप्रतिनिधिहरु मार्फत जनताको संविधान लेखिनु पर्दछ भन्ने नै हो । त्यसो भएर नै वि.सं. २००७ सालदेखि नै नेपाली जनताले संविधान सभाको आवाज उठाउँदै आएका छन् । २००७ सालको अन्तरिम विधानले पनि संविधान सभाको चुनाव गरेर नयाँ संविधान निर्माण गर्ने व्यवस्था गरेको थियो । तर २०१५ सालमा पुगेर राजा महेन्द्र र नेपाली काँग्रेसको मिलोमतोमा निर्दलीय संविधान राजाद्वारा जारी गराइयो र आम निर्वाचन पनि गराइयो । काँग्रेसले बहुमत हाँसिल गरेर सरकार समेत निर्माण ग¥यो । तर नेपाली काँग्रेसको कम्जोरी देखाउँदै राजा महेन्द्रले २०१७ साल पुस १ गते सैनिक ‘कु’ मार्फत बहुदलीय व्यवस्थालाई अपदस्त गरेर निरंकुश तथा तानाशाही पञ्चायती व्यवस्था लाद्यो र ३० वर्षसम्म अधिनायकवादी शासन व्यवस्था चलाए ।
जनयुद्धकै प्रक्रिया अन्तर्गत नेकपा (माओवादी) ले दुई÷दुई पटकसम्म नेपाली काँग्रेसको सरकार र निरंकुश राजा ज्ञानेन्द्र सरकारसँग संविधान सभालाई अन्तिम बटम लाइन बनाएर शान्ति वार्ता ग¥यो । तर काँग्रेस एमाले र राजा ज्ञानेन्द्र समेत संविधान सभाप्रति सहमत नभएपछि माओवादी पुनः युद्धमा फर्केको थियो । तर २०६१ साल माघ १९ गते राजा ज्ञानेन्द्रले मुलुकमा निरंकुश शासन लाद्न पुगेपछि पुराना संसदवादी दलहरु काँग्रेस र एमाले खोलाको बगरमा फ्याकिएको मुढो जस्तै बन्न पुगेपछि भारतीय विस्तारवादको निर्देशनमा २०६२ मंसीर ७ गते भारतको नयाँ दिल्लीमा सात संसदवादी दलहरु र माओवादीका बीचमा १२ बुँदे समझदारी कायम भएपछि संविधान सभा सुनिश्चित बन्न पुगेको हो । र २०६४ चैत्र २८ गते संविधान सभाको ऐतिहासिक निर्वाचन सम्पन्न भएको सर्वविदितै छ ।
भारतीय विस्तारवादले नेपाली जनता सार्वभौम सत्ता सम्पन्न भएको बलिया भएको देख्न चाहन्न । उसले नेपालका सत्तारुढ बन्न पुगेका वर्गलाई आफ्नो बफादार दलाल बनाएर नेपालको राजनीतिलाई अस्थिर र अन्योलपूर्ण गराई राख्ने र नेपाल राष्ट्र र नेपाली जनतालाई बलियो बन्न नदिने खेल खेल्दै आएको छ । त्यही खेल अन्तर्गत भारतीय विस्तारवादका दलाल बनेका काँग्रेस र एमालेले पहिले माओवादीले अगाडि सारेको संविधान सभाको एजेण्डालाई स्वीकारेका थिएनन् । तर दश वर्षे जनयुद्धको नेतृत्व समेत गरेका प्रचण्ड–बाबुराम भारतीय विस्तारवादका सामु आत्म समर्पण गरेर उसकै बफादार चाकर बन्न पुगे पश्चात काँग्रेस, एमाले प्रचण्ड–बाबुराम एउटै कित्तामा सामेल भएपछि संविधान सभाको चुनाव सम्भव भएको कुरा पनि विदितै छ ।
भारतीय विस्तारवादकै ग्राइन्डिजाइन अन्तर्गत प्रचण्ड बाबुरामले सशस्त्र जनयुद्ध अन्त्य भएको घोषणा गर्न पुगे, जनयुद्ध प्रक्रियामा निर्माण गरिएका आधार इलाकाहरु, जनसत्ता, जनअदालत, जनसरकारहरुको विघटन गरिएको थियो । जनमुक्ति सेना नेपालको विघटन र हितयार प्रतिक्रियावादी सरकारलाई बुझाउने कार्य पनि त्यही ग्राइन्डिजाइन अन्तर्गत सम्पन्न गरिएको थियो र सर्वोच्च अदालतले २०६९ जेठ १४ गतेदेखि संविधान सभाको म्याद थप गर्न नपाइने फैसला गरेको थियो । त्यही ग्राइन्डिजाइन अन्तर्गत प्रचण्ड बाबुरामले २०६९ जेठ १४ गते मध्य राती संविधानसभाको अवसान गराएको थिए । र तथाकथित नयाँ संविधानसभाको चुनावको ढ्वाङ फुक्न प्रचण्ड बाबुरामलाई लगाइएको थियो । र भारतीय विस्तारवादकै ग्राइन्डिजाइन अन्तर्गत अहिले प्रधानन्यायाधिश रेग्मीले संविधनसभा चुनावी परिषदको अध्यक्ष बनाउने योजना कार्यान्वयन हुन पुगेको हो ।
निश्चितै रुपमा मुलुकमा अब भयङ्कर दुर्घटना निम्तियाइँदैछ र मुलुक द्वन्द्वमा फस्ने निश्चित छ । निरंकुश राजा ज्ञानेन्द्रलाई सत्ता सुम्पनु भन्दा पहिले नेपाली काँग्रेस र एमालेले राप्रपालाई सत्ता सुम्पन पुगेका थिए भने अहिले मुलुकमा निरंकुश तथा अधिनायकवादी शासन लाद्नु भन्दा पहिले सत्तारुढ एमाओवादीले बहालवाला प्रधानन्यायाधिश खिलराज रेग्मीलाई काँग्रेस एमाले र मधेशी मोर्चालाई साक्षी राखेर सम्पूर्ण शासन सत्ता सुम्पेर काँग्रेस एमालेको पुनरावृत्ति दोहो¥याउन पुगेको छ । अब देशभक्त प्रगतिशिल बामपन्थि, जनगणतन्त्रवादी, प्रजन्त्रतावादी एवं गणतन्त्रवादी समेत सम्पूर्ण जनताहरु एक ढिक्का भएर यी चार दलले गरेका राष्ट्रघाती, जनघाती, प्रजातन्त्र विरोधी कदमका विरुद्ध एकजुट भएर अगाडि बढ्नु र संघर्षको आँधिवेरी सृष्टि गर्नुको विकल्प छैन र स्वघोषित संसदीय शिर्षनेताहरुलाई ज्ञानेन्द्रको स्थितिमा पु¥याउनुको विकल्प छैन ।

भारतले रोजेको नयाँ दलाल
बृटिश साम्राज्यवादबाट मुक्त भएदेखियता भरतीय विस्तारवादले नेपालमा नयाँ नयाँ दललाहरु खडा गर्ने र त्यो पुरानो भएपछि अर्को नयाँ दलाल खडा गरेर आफ्नो अनुकूलको सरकार चलाउँदै आएको छ । नेपालको राजनीतिमा पछिल्लो पटक खडा गरिएको नयाँ दलाल प्रचण्ड–बाबुराम भट्टराई पुरानो भई डेटअप भएको औषधि सरह बन्न पुगेपछि अहिले उसले सर्वोच्च अदालतका बहालवाला प्रधानन्यायधिश खिलराज रेग्मीलाई रोज्न सफल भएको छ ।
भारतीय विस्तारवादले नयाँ दिल्ली दरवारमा बसेर प्रधानन्यायाधिश खिलराज रेग्मीलाई नेपालको दोश्रो संविधान सभाको निर्वाचन परिषद्को अध्यक्ष अर्थात्, प्रधानमन्त्री बनाउने विस्तृत योजना (ग्राइन्डिजाइन) तयार पारेर सत्तारुढ दल एमाओवादी–मधेशी मोर्चा र प्रतिपक्षि नेपाली काँग्रेस र नेकपा एमाल कहाँ पठाएको थियो र एउटा सूत्रको नामाकरण गरेर एमाओवादी अध्यक्ष पुष्पकलम दाहाल प्रचण्ड मार्फत गत माघ २०–२५ गते हेटौडामा आयोजना गरिएको सातौं माहाधिवेशनबाट ढ्वाङ फुक्न लगाइएको थियो । त्यसपछि काँग्रेस–एमालेले बडो सहजताका साथ स्वागत गरेका थिए र खिलराज रेग्मीलाई राजनीतिक दलहरुको भूमिकालाई पूर्ण रुपमा निषेध गरेर निर्दलीय पाराले चुनावि सरकारको प्रधानमन्त्री बनाउन पुराना भारतीय दलाल पार्टीहरु देभक्त, प्रगतिशील, जनवादी तथा जनगणतन्त्रवादी एवं गणतन्त्रवादी शक्तिहरु र आम जनताको व्यापक विरोध र असहमतिलाई समेत बेवास्ता गर्दै प्रधानन्यायाधिश खिलराज रेग्मीलाई चुनावी प्रधानमन्त्री बनाउने सैद्धान्तिक सहमति गरिसेकका छन् भने कतिपय आन्तरिक कारण र भागवण्डाका कारण मात्र नियुक्ती गर्न ढिलाई भएको मात्रै हो ।
इतिहास साक्षी छ, काँग्रेस र एमाले नेपालका लागि भारतका पुराना दलाल र बफादार चाकर पार्टीहरु हुन् । एमाओवादी र मधेशी संयुक्त मोर्चा पछिल्लो कालखण्डका नयाँ दलालका रुपमा खडा गरिएका थिए । बृटिश– भारतले नेपालको पहिलो दलाल शासकका रुपमा जंगबहादुर राणालाई तयार पारेको थियो र १०४ वर्षसम्म नेपालमा जहानीय शासन चलाउन पुगेका राणा शासकहरु बृटिश भारतका दलाल बन्दै आएका थिए र बृटिश भारतको दलाली गरेकै आधारमा जहानीय राणा शासन टिकेको हुनाले त्यस वाफत राणा शासकहरुले सन् १८५७ मा भारतमा उत्पन्न भएको सैनिक विद्रोह दबाउन र हैदरावाद विद्रोह दबाउन नेपाली सेनालाई भारतमा पठाइएको थियो । त्यति मात्र होइन राणा शासकहरुले पहिलो र दोश्रो युद्धमा बेलायतको सहयोगमा सयौं नेपाली सेनालाई पठाइएको थियो । राणा शासनलाई टिकाउनकै निम्ति अन्तिम राणा प्रधानमन्त्री मोहन शमशेरले भारतसँग सन् १९४७ मा गोर्खाभर्ति केन्द्र र सन् १९५० मा असमान तथा अपमानजनक सन्धि गरेका थिए ।
वि.सं. २००७ सालमा राणा शासनको अन्त्य पश्चात त्रिपक्षीय दिल्ली सम्झौताबाट भारत पलायन भइसकेका राजा त्रिभुवनलाई पुनः नेपालको राजामा पुर्नस्थापना गरिदिए वाफत २००७ साल पछि राजा त्रिभुवनले भारतको उत्तर प्रदेशका तत्कालिन गृह सचिव गोबिन्द नारायण सिंहलाई आफ्नो स्वकिय सचिवको रुपमा राखेका थिए भने नेपाली काँग्रेसले क्याबिनेटको बैठकमा नेपाल स्थित भारतीय राजदूतलाई अनिवार्य रुपमा उपस्थित गराउने व्यवस्था गरिएको थियो । उनी मार्फत नेपाल सरकारको सम्पूर्ण रिपोर्ट भारत सरकारलाई पु¥याउने व्यवस्था गरिएको थियो । त्रिपक्षी दिल्ली सम्झौताबाट नेपाली काँग्रेसलाई भारतीय विस्तारवादले सरकारमा पु¥याई दिएवाफत काँग्रेसले वि.सं.२०११ सालमा भारतसँग राष्ट्रघाती कोशी सम्झौता गरिएको थियो । त्यस्तै वि.सं. २०१५ सालको आम निर्वाचनमा ठूलो सहयोग गरेर काँग्रेसलाई सरकारमा पु¥याएवाफत काँग्रेसले वि.सं. २०१६ सालमा राष्ट्रघाती गण्डकी सम्झौता भारतसीत गरिएको थियो ।
वि.सं. २०१७ साल पुस १ गते सैनिक ‘कू’ मार्फत बहुदलीय व्यवस्थालाई अपदस्त गरि निर्दलीय पञ्चायती व्यवस्थाको स्थापना गरेपछि त्यस व्यवस्थालाई टिकाउन भारतीय विस्तारवादको सहयोग चाहिने भएकोले तत्कालिन राजा महेन्द्रले सन् १९६२ मा सुदूर पश्चिमको दार्चुला जिल्लाको कालापानीमा भारतीय सैनिक क्याम्प राख्ने अनुमति दिएका थिए । जो भारतीय सैनिक क्याम्प अहिलेसम्म कालापानीमा यथावतै छ । त्यस्तै सत्ता टिकाउनैका लागि राजा महेन्द्रले सन् १९६५ मा भारतीय शान्ति सुरक्षा तथा हातहरितयार सम्बन्धि गरेका थिए । जुन सन्धि अहिलेसम्म कायमै छ ।
एमालेले भारतीय विस्तारवादको सहयोगमा सरकारमा पुग्न र सरकारलाई टिकाउने उद्देश्यले वि.सं. २०५३ सालमा काँगे्रससित मिलेर भारतसित महाकाली सन्धि गरेको थियो । त्यस्तै सरकारमा पु¥याई दिएको र सरकारलाई टिकाई राख्ने हेतुले एमाओवादी नेता प्रचण्ड–बाबुरामले वि.सं. २०६८ कात्र्तिक ४ गते भारतसित विप्पा सम्झौता गरेका थिए र सरकार टिकाउने उद्देश्यले नै प्रधानमन्त्री बाबुराम भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सहित नेपालका १५ वटा विमानस्थल भारतलाई सुम्पने तयारी गरेका थिए र सुपूर्दगी सन्धि समेत गरेका थिए ।
यी सबै तथ्य र प्रमाणहरुले प्रमाणित गरिसकेको कुरा हो कि काँग्रेस, एमाले, एमाओवादी तथा मधेशी मोर्चा भारतीय पुराना दलाल राजनीतिक शक्ति हुन् । कोठीका बुढि बेस्यासरह बन्न पुगेका यी पुराना भारतीय दलाल पार्टीहरुले भारतीय विस्तारवादको स्वार्थ पूर्ति गर्न नसक्ने भएपछि करीव १ वर्ष पहिलेदेखि भारतीय विस्तारवादले नेपालमा नयाँ दलालको खोजी गरिरहेको थियो र त्यही सिलसिलामा सर्वोच्च अदालत मार्फत वि.सं. २०६९ जेठ १४ गतेपछि संविधानको म्याद थप गर्न नपाइने फैसला गराउन लगाइ प्रधानमन्त्री बाबुराभ भट्टराईद्वारा वि.सं. २०६९ साल जेठ १४ को मध्यरातमा संविधान सभाको अवसान गराएका थिए । यसै क्रममा प्रधानन्यायधिश खिलराज रेग्मीलाई नयाँ दलालको रुपमा रोज्न सफल भएको हो । पुराना संसदवादी राजनीतिक दलहरुको भारतीय विस्तारवादको दलालीकरणको अभ्यास प्राकाष्टामा पुगेपछि त्यो पनि कामयावी नबन्ने भएपछि ऊ नयाँ दलाललाई रोज्न सफल भएको हो । यसले नेपालको राष्ट्रिय स्वाधिनता झनै धरापमा पारेको छ र नेपालको राजनीति निर्दलीय परिपाटीमा फस्ने निश्चित छ ।

क्रान्तिका लागि महाधिवेशन
१. विषय प्रवेशः
नेपाली सर्वहारा वर्गको सबैभन्दा उच्च स्तरको राजनीतिक प्रतिनिधित्व गर्ने संगठित अग्रदस्ताको रूपमा रहेको हाम्रो गौरवशाली पार्टी नेकपा–माओवादीले यहि २०६९ साल पुस २५ गतेदेखि राजधानी काठमाण्डौंमा सातौं ऐतिहासिक राष्ट्रिय महाधिवेशनको आयोजना गर्ने निर्णयका साथ व्यापक तयारीमा जुटिरहेको छ । कम्युनिस्ट पार्टीको सर्वोच्च अंगको रूपमा रहेको यो महाधिवेशनले करिव २२ वर्ष पछिमात्र सम्पन्न गरिने भएकोले यसको ठूलो महत्व हुनु स्वभाविक विषय हो र सर्वक्र रूपमा यस महाधिवेशनको बारेमा व्यापक चर्चा परिचर्चा तथा बहस हुनुपनि स्वभाविक विषय हो । यस महाधिवेशनले लिने निर्णयले नेपाली क्रान्तिको भविष्य सुनिश्चित गर्ने भएकोले पनि यसको महत्व र सान्दर्भिकता अरू बढेर जानु पनि स्वभाविक विषय हो ।
नेपाली क्रान्तिको वाधकको रूपमा खडा हुन पुगेको दक्षिणपन्थि संशोधनवाद र हाल आएर नवसंशोधनवाद समेतको यस महाधिवेशन सैद्धान्तिक, वैचारिक रूपले चिरफार गरेर नेपाली क्रान्तिको रणनीति र कार्यनीति समेत पारित गर्ने भएकोले नै यस महाधिवेशनको महत्व र ऐतिहासिकता अझ बढेर गएको छ । यस महाधिवेशनले राष्ट्रिय परिस्थिति र अन्तर्राष्ट्रिय परिस्थितिको वस्तुगत विश्लेषण, नेपाली कम्युनिस्ट आन्दोलन र विश्वकम्युनिस्ट आन्दोलनको वस्तुपरक समिक्षा, विगतका महाधिवेशनहरूको यथार्थपरक सिंहावलोकन, नेपालको क्रान्तिकारी शक्तिको उचित मूल्याड्ढन र अवश्यभावी बनिरहेको नेपाली क्रान्तिको समगै पाटोको बारेमा महान् बहस र छलफल पछि पारित गर्ने तयारी भईरहेकोले यस महाधिवेशनको महत्व र सान्र्दभिकता घनिभूत बन्दै गइरहेको छ ।
कम्युनिस्ट पार्टीले आयोजना गर्ने महाधिवेशन भनेको के हो ? नेकपा–माओवादी २२ वर्षको अन्तरालपछि किन महाधिवेशनको आयोजना गर्दै छ भन्ने जिज्ञासा र प्रश्नहरू खडा भइरहेका छन् । महाधिवेशन जस्तो यति महत्वपूर्ण विषयमा यी सवालहरू खडा हुनु जसरी छ, किनभने यसले नेपाली क्रान्ति कसरी सम्पन्न गर्ने, क्रान्तिका लागि नयाँ ढंगको क्रान्तिकारी कम्युनिस्ट पार्टी कसरी निर्माण गर्ने, नेपाली कम्युनिस्ट आन्दोलनभित्र यति विध्न तरिकाले दक्षिणपन्थि संशोधनवाद भन्दा नवसंशोधनवाद कसरी मौलाईरहेको छ र यसलाई कसरी निर्मुल पार्न सकिन्छ ? भन्ने जुन महान् बहस नेकपा–माओवादी पार्टीभित्र सञ्चालन भईरहेको छ, यसलाई ठोस र वैज्ञानिक संश्लेषण गर्न र अन्तिम निश्कर्षमा पुग्न महत्व पूर्णरूपले मदत गर्नेछ । खासगरि नेपाली क्रान्ति सम्पन्न् गर्नका लागि हामीले २२ वर्षपछि सातौं ऐतिहासिक महाधिवेशनको आयोजना गर्न गईरहेका छौं, यो कुनै औपचारिकता पूरा गर्ने सिलसिलामा मात्र यो महाधिवेशनको आयोजना गर्न लागिएको होइन भन्ने द्वन्दवादलाई सम्पूर्ण क्रान्तिकारीहरूले अत्यधिक गहिराईका साथ ह्दयंगम गर्न जरूरी छ र यि नै उल्लेखित विषयहरूमा आधारित रहेर यो लेख लेख्ने प्रयत्न गरिएको छ ।
नेपाली कम्युनिस्ट आन्दोलनको वर्तमान अवस्था
वि.सं. २००६ साल वैशाख १० गते नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको हो । आज नेपाल कम्युनिस्ट आन्दोलनले ६३ वर्ष पार गरिसकेको छ । यति लामो ऐतिहासिक अवधिमा यस आन्दोलनभित्र वर्गसङ्घर्ष र अन्तरसङ्घर्ष तथा दुईलाईन सङ्घर्षका अनेकौं जटिल बाड्डा–टिड्डा र कहालिलाग्दा घुम्तीहरू रहेका छन् र यो आन्दोलन लामो समयदेखि अनेकों समूह–उपसमूहमा विभाजित रहँदै आएको छ । अतः सारमा यस आन्दोलनभित्र क्रान्तिकारी र संशोधनवादी दुई परस्पर विरोधी धारा द्वन्द्व प्रमुख बनेर आएको छ । आज नेपाली कम्युनिस्ट आन्दोलनको दक्षिणपन्थि संशोधनवादी, सुधारवादी धारा, जसको नेतृत्व एमाले र एमाओवादीले गर्दै आएका छन्, एमाओवादीले आफुलाई विझातिय कित्तामा सामेल गर्दै दक्षिणपन्थि एवं आधुनिक संशोधनवादी तथा नवसंशोधनवादी धारामा गुणात्मक ढंगले हान्न पुगेको छ भने यसको विपरित नेपाली कम्युनिस्ट आन्दोलनको क्रान्तिकारी धारा, नेकपा–माओवादीले गर्दैछ यसले आज माक्र्सवादी–लेनिनवादी–माओवादीका रूपमा गुणात्मक ढंगले विकसित भएर नेपाली क्रान्तिका अधुरा कार्यभारहरू पुरा गर्ने उद्देश्यका साथ अघि बढिरहेको छ र नेपाली क्रान्तिको रणनीति कार्यनीति निक्र्यौैल गर्ने महान् उद्देश्यका साथ यहि आगामी पुष २५ गतेदेखि आफ्नो गौरवपूर्ण यात्राको सातौं ऐतिहासिक सातौं राष्ट्रिय महाधिवेशनको आयोजना गर्न अहोरात्र खटिरहेको छ । र आज नेपाली कम्युनिस्ट आन्दोलनभित्र क्रान्तिकारी माक्र्सवाद र दक्षिणपन्थि संशोधनवाद एवं नवसंशोधनवादका वीचमा भिषण दुईलाईन संघर्ष र विचारधारात्मक अन्तरसङ्घर्ष चलिरहेको छ । र यतीबेला नेपाली कम्युनिस्ट आन्दोलन एकातिर क्रान्तिकारी धु्रव र अर्कोतिर दक्षिणपन्थि संशोधनवादी एवं नवसंशोधनवादी धु्रव गरि दुई कित्तामा प्रष्ठ रूपमा विभाजित हुन पुगेको छ ।
नेकपा–माओवादीको पुनर्गठनको औचित्य
नेकपा–माओवादी नेपाली सर्वहारावर्गको सबैभन्दा उच्चस्तरको राजनीतिक प्रतिनिधित्व गर्ने संगठित अग्रदस्ता हो । र यो अन्तर्राष्ट्रिय सर्वहारा वर्गको एक टुकुडी हो । यसको पथप्रदर्शक सिद्धान्त माक्र्सवाद–लेनिनवाद–माओवाद हो । यस पार्टीले सर्वहारा रन्तर्राष्ट्रियतावादमा विश्वस्थ गर्दछ । यसको लक्ष्य नेपालमा समाजवाद र साम्यवादको स्थापना समाजवाद हुँदै साम्यवादमा जानु नेपाल कम्युनिस्ट पार्टी–माओवादीको अधिकतम कार्यक्रम हो । तर अहिले सम्म पनि नेपाल अर्धसामन्ती र नवऔपनेवेशिक अवस्थामा छ । देशलाई यस प्रकारको अवस्थाबाट मुक्त नगरि समाजवाद र साम्यवादमा जान सकिदैन । तसर्थ अहिले देशलाई यस प्रकारको अवस्थाबाट मुक्त गर्नका लागि नयाँ जनवादी क्रान्ति सम्पन्न गर्नुपर्दछ । अहिलेको नेकपा–माओवादीको न्यूनतम कार्यक्रम नयाँ जनवाद हो । यसलाई आम कार्यक्रम पनि भनिन्छ ।
सामन्तवाद र साम्राज्यवादको आड भरोसामा टेकेको प्रतिक्रियावादी राज्यसत्तालाई ध्वंश गरि नेपालमा नयाँ जनवादी राज्यसत्ताको स्थापना गरि समाजवादहुँदै साम्यवादमा जाने महान् उद्देश्यमा आधारित रहि २०५२ सालमा नेकपा (माओवादी) द्वारा महान् जनयुद्धको थालनी गरियो । त्यो रक्षा र सन्तुलनको चरण हुँदै विकसीत भयो । पार्टी देश व्यापी रूपमा वृस्तृत र मजवुत बन्दै गयो । छापामार दस्ता जनमिलिसिया हुँदै तीन डिघिजन सम्म जनमुक्ति सेना नेपालको संरचना तयार भयो । देशका विशाल ग्रामीण इलाकाहरूमा आधारइलाकाहरू, जनसत्ता, जनअदालत तथा जनकम्युनहरूको निर्माण गरियो र जनसरकारहरू पनि बनेर समानान्तर सरकार सम्म सञ्चालन हुन पुग्यो ।
त्यस महान् नेपाली जनयुद्धले सिंगो देश र विश्वलाई पनि झकझकायो तर २०६२ असोज–कात्र्तिकमा सम्पन्न पार्टीको चुनवाङ बैठकले सशस्त्र जनयुद्धको बाटोलाई बदलेर ‘लोकतान्त्रिक गणतन्त्रको संसदवादी तथा पुँजीवादी कार्यदिशा पारित गरेर संसदवादी राजनीतिक दलहरूसित सहकार्य गर्ने उद्देश्यका साथ अघि बढ्यो । र पार्टीको मुख्य नेतृत्व गरि रहेका पुष्पकमल दाहाल र बाबुराम भट्टराईले भारतीय विस्तारवादका सामु लमपसार परेर २०६२ मंसीर ७ गते राष्ट्रघाती १२ बुँदे समझदारी पत्रमा हस्ताक्षर गर्नपुगे । २०६३ साल असार २ गते सात संसदवादी दलहरूका बिचमा ८ बुँदे सम्झौता गरेर जनयुद्धका प्रक्रियामा निर्माण हुन पुगेका आधर इलाका, जनसत्ता, जनअदालत र जनसरकारहरू खारेज गर्ने सम्झौता पत्रमा हस्ताक्षर गर्न पुगे । यसै क्रममा २०६३ साल मंसिर ५ गते नेपाल सरकारसँग वृहत शान्ति–सम्झौता गर्ने क्रममा पुष्पकमल दाहालले १० वर्ष पहिलेदेखि संचालन हुँदै आएको सशस्त्र जनयुद्ध समाप्त भएको घोषणा गर्दै उक्त सम्झौतापत्रमा हस्ताक्षर गरे ।
पार्टीलाई बन्ध्याकरण गर्दै लैजाने क्रम अन्तरगत पुष्पकमल दाहाल र बाबुरामले पार्टीले गरेका निर्णयहरू लाई लत्याउँदै पार्टीलाई दक्षिणपन्थि अवसरवादतिर फसाउँदै लान थाले र पालुङ्टारको प्लेनमको निर्देशन पार्टी केन्द्रीय समितिको निर्णय बिपरित सबैलाई ज्ञान भएकै कुरा हो । २०६८ साल वैशाखको अन्तिम सातामा पुगेर नेपाली क्रान्तिको जनविद्रोह सम्बन्धि जनविद्रोह सम्बन्धी क्रान्तिकारी कार्यदिशालाई लत्याएर ‘शान्ति र संविधान’ नाम दिइएको संसदवादी सुधारवादी तथा वुर्जुवा कार्यदिशालाई पकडेर अगाडि बढे । परिणाम तः पार्टीभित्र क्रान्तिकारी माक्र्सवाद र संशोधनवादका बीचमा भिषण दुईलाईन संघर्ष तथा विचारधारात्मक अन्तरसंघर्ष संचालन हुन पुग्यो । पार्टीभित्र विविध प्रकारका विचार समूहहरू निर्णय हुन पुगे पार्टीभित्र विविध प्रकारका विचारसमूहहरू निर्माण हुन् पुगे । पार्टी भित्रका क्रान्तिकारीहरूले पुष्पकमल दाहाल – बाबुराम भट्टराईलाई रूपान्तरण हुने धेरै हदसम्मको मौका दिए । तर उनिहरू रूपान्तरण हुनुको सट्टा झनै विचलनको दलदलमा फस्दै गए र राष्ट्रघाती चार बुँदे सम्झौता गरेर भारतिय विस्तारवादको कठपुतली सरकारको नेतृतव गर्न पुगे । सत्ता टिकाउनका लागि भारतीय शाषकहरूसँग २०६८ कार्तिक ४ गते राष्ट्रघाती विप्पा सम्झौता गर्न पुगे । त्यसै क्रममा २०६८ कार्तिक १५ गते राष्ट्रघाती ७ बुँदे सम्झौता गरेर जनमुक्ति सेनालाई विघटन गर्ने जनयुद्धको क्रममा जनताले जफत गरेका जमीन्दार सामन्तहरूको जग्गा फिर्ता गर्ने निर्णयमा पुगे । २०६८ चैत २८ गते प्रतिक्रियावादी सेना परिचालन गरेर जनमुक्ति सेनालाई आतमसमपर्ण गर्न लगाई विघटन गराउन पुगे र २०६९ जेष्ठ १४ गते राती जनताको नयाँ संविधान बनाउने कामलाई बिच काटोमै लथालिड्ड पार्दै संविधानसभाको अवसान गराउन पुगे र साम्राज्यवादी र विस्तारवादीहरूको योजना र चाहना पुरा गराउन उनिहरू सफल भए । त्यसरी पुष्पकमल दाहाल र बाबुराम राष्ट्रिय र वर्गिय दुबै रूपले आत्मसमर्पण गर्न पुगेपछि उनिहरूले पार्टी प्रति र क्रान्तिप्रति नै गद्धारी गर्नपुगेपछि त्यस भित्रका क्रान्तिकारीहरूले नेपाली क्रान्तिका बाँकी कार्यभारहरू पुरा गर्ने महान् उद्देश्यका साथ नेकपा–माओवादीको पुनर्गठन गर्न बाधय भएका छन् । यही नै हो पार्टी पुनर्गठनको औचित्य र अब आगामी राष्ट्रिय महाधिवेशनले प्राप्ती गर्ने नेपाली क्रान्तिको रणनीति, कार्यनीति, कार्यक्रम, कार्ययोजना र त्यसको कार्यान्वयनको थालनीले मात्र पार्टी पुनर्गठनको औचित्य सावित गर्दै जानेछ ।
हाम्रो गौरवशाली पार्टी नेकपा–माओवादीलाई आगामी पुष २५ गतेदेखि काठमाण्डौमा सातौं राष्ट्रिय महाधिवेशनको आयोजना गर्ने भएको छ । अहिले पार्टीको राज्य स्तरमा, जिल्ला स्तरमा, एरिया तथा गाउँ स्तर सम्मका पार्टी सदस्यहरूका बिचमा महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदन, साँगठनिक प्रतिवेदन र अन्तरीम विधानलाई अन्तरपार्टी बहसका लागि त्यहाँसम्म पु¥याएको छ । र त्यतीबेला अझ पार्टी पंक्तिभित्र सम्पूर्ण पार्टी सदस्यहरूका बिचमा महान् बहस सञ्चालन गरिएको छ । ती कमिटिहरू मार्फत पार्टीसदसयहरूले पठाएको सुझावहरू र महाधिवेशनमा उपस्थित प्रतिनिधीहरूका सुझाव सहित महाधिवेशनले पारित गरिसकेपछि मात्र ती प्रतिवेदनहरू प्रर्ण बन्नेछन् ।
महाधिवेशन भनेको कम्युनिस्ट पार्टीको सर्वोच्च अड्ड हो । यसले पार्टीका नीति, कार्यक्रम र कार्ययोजना अर्थात नेपाली क्रान्तिको रणनीति, कार्यनीति, कार्यदिशा र कार्यक्रम एवम कार्ययोजना समेत पारित गर्नेछ । नेकपा–माओवादीको पार्टी जीवनमा २२ वर्षपछि महाधिवेशन आयोजना गर्न लागिएकोले यस विषयमा अझ जनमानसमा व्यापक चासो र जिज्ञासा पैदा भएको छ । यसो हुनु स्वभाविक पनि छ । अतः नेकपा–माओवादीले के का लागि धेरै वर्ष ढिलो भएपनि महाधिवेशनको आयोजना गर्न लागिरहेको छ त ? यो र यि नै विषयमा आधारित रहेर यहाँ विविध उपशिर्षकहरूमा चर्चा गर्ने प्रयत्न गरिएको छ ।
नेपाली क्रान्तिको रणनीति र कार्यनीति निक्र्यौल गर्नको लागि महाधिवेशन
राष्ट्रिय महाधिवेशन कम्युनिस्ट पार्टीको सर्वोच्च अड्ड हो । यसले क्रान्तिको रणनीति र कार्यनीति निक्र्यौल गर्ने र त्यसै अनुरूपको केन्द्रीय नेतृत्व पनि निर्माण गर्दछ जुन नेतृत्वले महाधिवेशनले पारित गरेका निणर्नयहरूलाई सफलतापूर्वक र कुशलतापूर्वक कार्यान्वयन गर्नुपर्ने हुन्छ । अर्को महाधिवेशनको आयोजना नभएसम्म त्यही नेतृत्वले पार्टीको सम्पूर्ण कार्यभार सञ्चालन गर्नुपर्ने हुन्छ । नेकपा–माओवादीको पार्टी जीवनमा २२ वर्ष सम्म राष्ट्रिय महाधिवेशनको आयोजना गरिएको छैन् । सामान्यतया कम्युनिस्ट पार्टीले ५–५ वर्षका बिचमा आफ्नो महाधिवेशन सम्पन्न गरेर पार्टीको नीति र कार्यक्रम, कार्यदिशालाई अध्यावधी गर्ने, पार्टी नेतृत्वलाई फेरबदल र क्रान्तिकारी रूपान्तरण गर्दै जाने उद्देश्य रहेको हुन्छ ।
२०४८ सालमा यस पार्टीले एकता राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको थियो त्यसलार्य छैटौं महाधिवेशनको रूपमा लिइन्छ । त्यस महाधिवेशनले नेपाली क्रान्ति सम्पन्न गर्नका लागि दिर्घकालिन जनयुद्धको कार्यदिशा पारित गरेको थियो । २०५२ साल फागुन १ गतेदेखि नेकपा (माआवादी)ले सशस्त्र जनयद्धको थालनी ग¥यो । यसको नेतृत्व पुष्पकमल दाहालले गरेका थिए । नेकपा (माओवादी) द्वारा सञ्चालित जनयुद्ध १० वर्षसम्म घनिभूत रूपमा अगाडि बढ्यो जनयुद्धको प्रक्रियामा छापामार दस्ता, जनमिलिसिया हुँदै जनमुक्ति सेनाको निर्माण गरियो । ग्रामिर्ण इलाकाहरूमा आधार इलाकाहरू निर्माण भए । जनसत्ता, जनअदालत, जनकम्युनहरूको निर्माण भयो । जनसरकारहरू समेत निर्माण गरेर समानान्तर सरकार समेत निर्माण गरियो र मूलुकको करिव ८० प्रतिशत भू–भाग माओवादीको नियन्त्रणमा आईसकेको थियो । माओवादीद्वारा सञ्चालित महान् १० वर्षे जनयुद्धले नेपाललाई मात्र होइन विश्वलाई नै एकपटक नराम्ररी झकझकाएको थियो । जनयुद्धले रणनीतिक सन्तुलनको अवस्थाबाट प्रत्याक्रमणको अवस्थासम्मको विकास गरिसकेको थियो तर ठिक त्यही बेला २०६२ असोज–कार्तिकमा सम्पन्न पार्टीको चुनुवाङ् बैठकले सशस्त्र जनयुद्धको लाईनलाई परित्याग गरेर लोकतान्त्रिक गणतन्त्रको, संसदवादी, पुँजीवादी कार्यदिशा पारित ग¥यो र सम्पूर्ण पार्टीपंक्ति संसदवादी राजनीतिक पार्टीहरूसित सहकार्य गर्दै शान्ति प्रक्रियामा सामेल भयो । संविधानसभालाई तत्कालिन कार्यदिशा बनाएर अगाडि बढ्यो २०६४ चैत २८ गते संविधानसभाको निर्वाचन सम्पन्न भयो । माओवादी सबैभन्दा ठूलो दलको रूपमा उपस्थित हुन पुग्यो । २४० वर्षे सामन्ती राजतन्त्रको अन्त्य गरेर लोकतान्त्रिक गणतन्को घोषणा गरियो । त्यसपछि पार्टीले सरकारको नेतृत्व गर्न सम्म पुग्यो तर प्रधान अन्तरविरोध फेरबदल हुनेबित्तिकै पार्टीले पनि नेपाली क्रान्तिको सेवामा रहेको नेपाली क्रान्तिको तत्कालिन कार्यदिशा ठोस गर्नुपर्दथ्यो । तर नेतृत्वले तत्कालै त्यो कदम चालेन । २०६५ मंसिरमा सम्पन्न राष्ट्रिय कार्यकर्ता भेलाले सामन्तवाद, साम्राज्यवाद, विस्तारवादी विरोधी सारतत्व बोकेको जनताको संघिय गणतन्त्रतात्मक संविधान निर्माण गर्ने कार्यदिशा एकमतले पारित ग¥यो । २०६७ मंसिरमा आएर पार्टीले उक्त पार्टीको निर्णय बमोजिमको जनताको संविधान बनाउने काममा प्रतिक्रियावादी शक्तिबाट षडयन्त्र भएमा जनविद्रोह मार्फत नेपाली क्रान्ति सम्पन्न गर्ने लाईन पालुङ्टार प्लेनमले निर्देशन दियो त्यसपछि बसेको केन्द्रीय कमिटिको बैठकले त्यसलाई अनुमोदन ग¥यो तर २०६८ वैशाखको दोस्रो सातामा आयोजना गरिएको केन्द्रीय कमिटिको बैठकमा पुष्पकमल दाहाल र बाबुराम भट्टराईले नेपाली क्रान्तिको क्रान्तिकारी कार्यदिशालाई लत्याउँदै शान्ति र संविधान नाम दिइएको संशोधनवादी बुर्जुवा कार्यदिशा पकडेर अगाडि बढेपछि पार्टी क्रान्तिकारी माक्र्सवाद र संशोधनवादका बिचमा भिषण दुईलाईन सङ्घषए सञ्चालन भयो ।
पुष्पकमल दाहाल र बाबुराम भट्टराईले आफ्ना प्रतिक्रान्तिकारी कदमलाई तिर्बताका साथ अगाडि बढाएर भारतिय विस्तारवादी निर्देशन र आडम्बरीका साथ राष्ट्रघाती ४ बुँदे सम्झौता मार्फत कठपुतली सरकारको नेतृत्व गर्न पुग्यो । भारतसँग राष्ट्रघाती विप्पा सम्झौता ग¥यो । जनमुक्ति सेनाको विघटन गराएर संविधानसभाको अवशान गराउन पुगेपछि नेपाली क्रान्तिको कार्यदिशा र जनविद्रोह पनि अलपत्र बन्न पुग्यो । उनिहरूले नेपाली क्रान्तिलाई समेत विर्सजन गराउने खेलको समेत सुरू गरेपछि साम्राज्यवादी र विस्तारवादीहरूको गोटी बन्न पुगे पश्चात ढालिएको नेपाली क्रान्तिको झण्डालाई पुन बोक्दै त्यसभित्रका क्रान्तिकारीहरू नेपाली क्रान्तिका बाँकी कार्यभार पुरा गर्ने महान् उद्देश्यका साथ नेकपा–माओवादीको पुनर्गठन गर्नुपरेको सर्वबिदितै छ ।
यतिबेला नेकपा–माओवादी तदर्थ अवस्थामा छ । नेपाली क्रान्तिको कार्यदिशा ठोस छैन् नेकपा–माओवादीको नयूनतम कार्यक्रम तनयाँ जनवादी क्रान्ति हो भने अधिकतम कार्यक्रम समाजवाद र साम्यवाद हो । तसर्थ नेकपा–माओवादीले समाजवाद र साम्यवादको लक्ष्य प्राप्त गर्नका लागि पहिले नयाँ जनवादी क्रान्ति सम्पन्न गर्नुपर्नेछ । यस महाधिवेशनले नयाँ जनवादी क्रान्तिको तत्कालिन कार्यदिशा र कार्यक्रम पारित गर्नेछ । जो नेपाली क्रान्तिको रणनीतिक लक्ष्य प्राप्तीको निम्ती अनिवार्य सर्त हो ।
पार्टी जीवनका लागि महाधिवेशन
क्रान्तिकारीहरूका लागि पार्टी जीवनलाई अत्यन्तै महत्वपूर्ण मानिन्छ । महाधिवेशन पार्टी जीवनका लागि निर्णायक साधन हो । क्रान्तिकारी पार्टीमा आबद्ध भएका सम्पूर्ण जीवन देस र जनताका मुक्तिका खातिर समप्रित गरिएको हुनछ । एउटा क्रान्तिकारी कम्युनिस्ट कार्यकर्ताको आफ्नो नीजि भन्ने चिज केही पनि हुँदैन । उसले सम्पूर्ण जीवनलाई देस र जनताको मुक्तिका खातिर सम्पीसकेको हुन्छ । त्यसै भएर लेनिनले एक ठाउँमा भन्नुभएको छ – ‘सर्वहारा सँग जीते संसार छ हारे हतकडी’ अर्थात पार्टी समप्रित भएकाहरूलाई देस र जनताको मुक्तिको उसले सम्पूर्ण जीवन अप्रेर लागेको हुनाले राष्ट्रिय महाधिवेशन क्रान्ति, रणनीति, कार्यनीति, कार्यदिशा, कार्यक्रम र कार्ययोजनासँग समेत नीक्र्यौल गर्ने र क्रान्तिका सम्पूर्ण योजनाहरू ठोस गर्ने भएकोले र क्रान्ति सम्पन्न गर्ने सहि नेतृत्व प्रधान गर्न सक्ने सक्षम नेतृत्व समेत निर्माण गर्ने भएकोले पार्टी जीवनका लागि महाधिवेशन अत्यन्तै महत्वपूर्ण हुने गर्दछ । साथै महाधिवेशन विचार निर्माणको थलो हुनेभएकोले पनि पार्टी जीवनका लागि महाधिवेशन अत्यन्त महत्वको विषय हुनेछ ।
माक्र्सवादको पालनाका लागि महाधिवेशन
माक्र्सवाद सर्वहारा वर्गको मुक्तिको सिद्धान्त हो । अर्थात सर्वहारावर्गको मुक्तिको मार्गदर्शक सिद्धान्त हो । यसले दास्रो चरणमा लेनिनवादमा र नयाँ चरणमा माओवादमा समेत गुणात्मक रूपमा विकास गरिसकेको छ । अहिले माक्र्सवाद–लेनिनवाद–माओवाद विश्वसर्वहारावर्गको मुक्तिको मार्गदर्शक सिद्धान्त बनेको छ । मालेमावादको परिचालन गर्नु त्यसलाई जीवन व्यवहारमा लागु गर्नु क्रान्तिकाकम्युनिस्टहरूको मुख्य कर्तव्य हुन्छ ।
माक्र्सवादलाई आत्मसाथ गर्न नसक्नेहरू र माक्र्सवादले परिचालन गर्न नसक्नेहरू कम्युनिस्ट हुँदैनन् उनिहरू माक्र्सवादी विरोधी मात्र होइन गद्धार बनिसकेका हुन्छन् । माक्र्सवादलाई परित्याग गरिसकेकाहरू कम्युस्टि हुँदैनन नेपालको सन्दर्भमा एमालेहरूले माक्र्सवादलाई परित्याग गरिसकेका छन् । त्यसैले उनिहरू कम्युस्टि होइनन् माक्र्सवादका गद्धार हुन् । पुष्पकमल दाहाल–बाबुरामहरूले मालेमावादलाई त्यागीसकेका छन् । तिनीहरू कम्युनिस्ट होइनन् । माक्र्सवाद गद्धार घोषित भइसकेका छन् । महाधिवेशन भनेको त माक्र्सवादी हो, क्रान्तिकारी कम्युनिस्ट हो ? को माक्र्सवाद विरोधी काथर हो ? भनेर पहिचान गर्ने सर्वोच्च थलो पनि हो किनभने त्यसले त क्रान्ति सम्पन्न गर्ने क्रान्तिकारी कार्यदिशा पारित गर्ने गर्दछ । माक्र्सवाद विरोधीहरू त महाधिवेशन हलमै छिरेर माक्र्सवाद विरोधी, क्रान्तिकारी विरोधी, जनता विरोधी कार्यदिशा पारित गराउन कोशिस गर्ने गर्दछन् । यसको निम्ती विश्वको र नेपालकै कम्युनिस्ट आन्दोलनका महाधिवेशनका उदाहरण पनि छन् । जस्तो सन् १९०३ मा रूसमा दक्षिणपन्थिहरू रूसमै सन् १९५६ मा २० औं महाधिवेशनमा खु्रश्चोवले आधुनिक संशोधनवादी लाईन पारित गराउन सफल भएको थियो । त्यस्तै सन् १९५६ मा चीनीयाँ कम्युनिस्ट पार्टीको सातौं महाधिवेशनमा ल्यू साओ चिले पुँजीवादी कार्यदिशा घुसाउन मात्र होइन पारित गराउन सफल भएको थियो ।
नेपालमा वि.सं. २०१० सालमा राजा परस्त मनमोहन अधिकारीहरू महाधिवेशनमा घुसेर २००६ सालमा पार्टी सथापना सँगै ठोस गरिएको नयाँ जनवादी क्रान्तिको कार्यदिशालाई ओझेल पार्ने कार्य गरिएको थियो । कुनै नयाँ पन दिइएको थिएन र २०१४ सालमा सम्पन्न दोस्रो महाधिवेशनमा गणतन्त्र विरोधी राजावादी डा. केशरजड्ड रायमाझीलाई पार्टीको महामन्त्रीमा निर्वाचित गर्ने गल्ती गरिएको थियो । २०१९ सालमा सम्पन्न नेकपाको तेस्रो राष्ट्रिय महाधिवेशनले तत्कालिन महासचिव दरवारिया रायमाझीलाई गद्धार घोषणा गरि पार्टीबाट निष्कासन गरिएको त थियो तर त्यस महाधिवेशनबाट नेपाली क्रान्तिको नयाँ जनवादी कार्यक्रमलाई हटाएर ‘राष्ट्रिय प्रजातन्त्र’ नाम दिइएको संसदवादी पुँजीवादी कार्यदिशा पारित गरेर नेपाली कम्युनिस्ट आन्दोलन र नेपाली क्रान्तिलाई समेत विर्सजनको दिशातिर उन्मुख गराउने कार्य भएको थियो ।त्यसपछि पार्टी विभाजन हुन पुग्यो । अहिलेसम्म विभाजित अवस्थामै छ ।तसर्थ महाधिवेशन भनेको माक्र्सवादको परिपालना गरे नगरेको जाँच गर्ने केन्द्रीय थलो पनि हो । क्रान्तिकारीहरूले महाधिवेशन सम्बन्धी यो द्वन्द्ववादलाई गहिराईका साथ ग्रहण गर्न जरूरी छ ।
नयाँ विचार निर्माण गर्नका लागि महाधिवेशन
महाधिवेशन मुख्य रूपमा नयाँ विचार अर्थात् क्रान्तिकारी विचार निर्माण गर्ने सर्वोच्च थलो हो । कम्युनिस्ट पार्टी भनेको विपरितहरू एकत्व भएकोले महाधिवेशन एउटा मात्रै विचार वा सहि या गलत विचारहरू मात्रै आउँछन् भन्न सकिदैन् । त्यहाँ दुबै विचार अर्थात् सहि विचारका अतिरिक्त गलत विचारहरू पनि आउन सक्छन् । महाधिवेशन भनेको विचार बहसको सर्वोच्च थलो पनि हो । महाधिवेशन सम्पूर्ण पार्टी सदस्यहरूको बीचबाट प्रतिनिधीहरू छानीएर गएका हुन्छन् र सम्पूर्ण पार्टी सदस्यका सुझावहरू पनि त्यहाँ संकलित गरिएको हुनछ । किन कि महाधिवेशनको आयोजना गर्नुभन्दा पहिले महाधिवेशनमा प्रस्तुत गरिने विचार तथा कार्यक्रमलाई सम्पूर्ण पार्टी सदस्य सम्म छलफल र बहसका लागि पु¥याईएको हुन्छ र पार्टीको पद्धतीभित्र रहेर सुझावहरू पनि संकलन गरिएको हुन्छ ।
कम्युनिस्ट पार्टीद्वारा आयोजना गरीने महाधिवेशनको मुख्य उद्देश्यले नयाँ विचार, सहि विचार अर्थात क्रान्तिकारी विचार निर्माण गर्ने रहेको हुन्छ । किनकि त्यहाँ सम्पूर्ण पार्टी सदस्यहरूबाट छानिएर आएका प्रतिनिधिहरूको बीचमा जनवादी वातावरण व्यापक छलफल र बहस गर्ने प्रचलन छ । त्यसैले नयाँ संसार रचना गर्न हिंडेका सर्वहारा वर्गका प्रतिनिधिहरूले त्यहाँ नयाँ विचार निर्माण गर्ने कुरालाई नै मुख्य जोड दिइएको हुन्छ । त्यसैले महाधिवेशनलाई नयाँ विचार निर्माणको थलोको रूपमा लिइन्छ तर विश्व कम्युनिस्ट आन्दोलन र नेपालको लामो कम्युनिस्ट आन्दोलन कै शिक्षा के पनि हो भने कैयौं महाधिवेशनले गलत विचारहरू र माक्र्सवाद विरोधी, क्रान्ति विरोधी विचार निर्माण गरेको माक्र्सवाद विरोधी, क्रान्ति विरोधी संशोधनवादीहरू समेतलाई नेतृत्वमा पु¥एको नकारात्मक इतिहास र शिक्षा पनि हामीसित प्रशस्तै छन् ।तर पनि क्रान्तिकारीहरूले यो द्वन्द्ववादलाई पनि गहिरो गरि ग्रहण गरेर प्रत्येक महाधिवेशन नयाँ विचार क्रान्तिकारी माक्र्सवादी–लेनिनवादी–माओवादी विचार निर्माण गर्नै र क्रान्तिकारी मालेमावादी चरित्र राख्ने नेतृतव निर्माण गर्ने कार्यमा मुख्य जोड दिनुपर्ने जरुरी हुन्छ ।
नेपालको कम्युनिस्ट आन्दोलनमा विगत महाधिवेशनको सिंहावलोकन
वि.सं. २००६ साल वैशाख १० गते (सन् १९४९ अप्रील २२ गते) नेपाल कम्युनिस्ट पार्टीको स्थापना भारतको कलकत्ता शहरमा भएको हो । नेकपाका शंस्थापक महासचिव पुष्पलाल हुन् स्थापना सँगै नेपालले मुलुक अर्धसामन्ती र अधैऔपनेवेशिक रहेको र नेपालमा गरिने क्रानित नयाँ जनवादी क्रान्ति नै हो भन्ने ठोस गरेको थियो । अर्थात पार्टीको न्यूनतम कार्यक्रम नयाँ जनवादी क्रान्ति र अधिकतम कार्यक्रम समाजवाद र सामइवाद भएको किटान गरेको थियो । यो नै सत्य हो ।
आज नेपाली कम्युनिस्ट आन्दोलनले ६३ वर्ष पार गरिसकेको छ । लामो समयदेखि विभाजीत अवस्थामा रहँदै आएको कुरा सर्बविधितै छ । वर्गसङ्घर्ष र अन्तरसङ्घर्ष वा विचारधारात्मक दुईलाइन सङ्घर्षको अनेकौं जटिल बाड्डाटिड्डा र कहालीलाग्दा र इतिहासले भरिएको यो नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमा सारत् क्रान्तिकारी धारा र संशोधनवादी धाराका बिचको द्वन्द्व बन्दै आएको कुरा पनि सर्बबिधितै छ । अहिले पनि नेपाली कम्युनिस्ट आन्दोलनको क्रान्तिकारी धारा र संशोधनवादीधाराकै बिचको द्वन्द्व भिषण रूपमा चपलरहेको छ । एमाले, एमाओवादीले सबैखाले संशोधनवादी धाराको नेतृत्व गर्दै आएका छन् भने नेकपा–माओवादीले नेपाल कम्युनिस्ट आन्दोलनको क्रान्तिकारी धाराको प्रतिनिधित्व गर्दै आएका छन् ।
संशोधनवादी धारा जसको मुख्य नेतृत्व गर्दै आएको नेकपा एमाले आफ्नो आठौं महाधिवेशन सम्पन्न गरिसकेको छ भने त्यसको ठिक विपरित नेपाली कम्युनिस्ट आन्दोलनको क्रान्तिकारी धाराको नेतृतव गरिरहेको नेकपा–माओवादीले अब सातौं महाधिवेशनको तयारी गरिरहेको छ ।
वि.सं. २०१० सालमा पार्टीको प्रथम महाधिवेशन ललितपुरमा भूमिगत रूपमा सम्पन्न भएको थियो । महाधिवेशनले नयाँ जनवादी सरकार तथा व्यवस्थालाई अड्डिकार गरेको थियो । तर कुनै नयाँ पन दिन सकेको थिएन राजा परास्त मनमोहन अधिकारीलाई त्यस महाधिवेशनले महामन्त्रीमा निर्वाचित गरेको थियो ।
वि.सं. २०१४ सालमा पार्टीको दोस्रो महाधिवेशन काठमाण्डौंको खुल्ला रूपमा सम्पन्न भएको थियो । त्यस महाधिवेशनले जनवादी कार्यक्रमको रणनीति र गणतन्त्र तथा संविधानसभा चुनावको कार्यनीति पारित गरेको थियो । दोस्रो महाधिवेशनको बिडम्बना के रह्यो भने गणतन्त्र विरोधी राजावादी डा. केशरजड्ड रायमाझीलाई महामन्त्रीमा निर्वाचित गरेको थियो ।
वि.सं. २०१९ सालमा पार्टीको महाधिवेशन भारतको बनारसमा सम्पन्न गरिएको थियो । त्यस महाधिवेशनमा जनताको जनवादी कार्यक्रमको साटो ‘राष्ट्रिय प्रजातन्त्र’को कार्यक्रम पारित गरिएको थियो । जुन कार्यक्रम संसदवादी पुँजीवादी दर्जाको थियो । त्यस महाधिवेशनले कार्यनीतिको रूपमा सर्वशक्ति सम्पन्न सार्वभौम संसदको स्थापना अड्डिकार गरेको थियो । उक्त महाधिवेशनले केशरजड्ड रायमाझीलाई राजावादी भासमा डुबेकोले गद्धार घोषणा गरि पार्टीबाट निष्काशन गरिएको थियो । तुलसीलाल अमात्यलाई त्यस महाधिवेशनबाट महामन्त्रीमा निर्वार्चित गरेको थियो । त्यसपछि पार्टीले वैचारिक नेतृत्व प्रदान गर्न सकेन र पार्टी विभाजति हुन पुग्यो ।
वि.सं. २०२८ सालको न्युक्लस हुँदै २०३१ सालमा चौंथो महाधिवेशन सम्पन्न भयो । नेकपा (चौम) को गठन भयो । त्यस महाधिवेशनले देशभक्त र जनतान्त्रिक शक्तिहरूको सरकारको कार्यनीति पारित ग¥यो । त्यसले मोहनविक्रम सिंहलाई महामन्त्री बनायो ।
वि.सं. २०४१ साल नेकपा (मशाल) को आयोजनामा पाँचौ महाधिवेशन सम्पन्न गरियो । त्यसले सशस्त्र सङ्घर्षको कार्यनीति पारित गरियो । मोहन वैद्य ‘किरण’ लार्य महामन्त्री बनाइयो ।
वि.सं. २०४८ सालमा नेकपा एकताकेन्द्रको आयोजनामा एकता महाधिवेशन छैटौं महाधिवेहन सम्पन्न गरियो । त्यस महाधिवेशनले दिर्घकालिन जनयुद्धको कार्यनीति पारीत ग¥यो । पुष्पकमल दाहाललाई त्यस महाधिवेशनले महामन्त्री बनायो ।
विश्व कम्युनिस्ट आन्दोलनमा संशोधनवादी लाईन पारित भएका मुख्य महाधिवेशनहरू
विश्व कम्युनिस्ट आन्दोलनमा सन् १९५६.................. मा आयोजना गरिएको सोभियत कम्युनिस्ट पार्टी (वोल्सेभिक)को २० औं महाधिवेशनमा .................. २५ राती स्टालीनलाई तथानामका गालीगलोज र बदनाम गर्दै ख्रेश्चोवले नवसंशोधनवादी लाईन विचार पारित गराउन सफल भएको थियो । आधुनिक संशोधनको सुत्रपात मुख्यतः ख्रुश्चोवबाट भएको हो । उनले सम्पूर्ण जनताको पार्टी, सम्पूर्ण जनताको राज्य शान्तिपूर्ण संक्रमणको सिद्धान्त अवलम्बन गर्दै वर्गसङ्घर्ष, सर्वहारावर्गको अधिनायकत्व, सशस्त्र सङ्घर्षको विरूद्ध भिषण धावा बोल्दै रुसमा पुँजीवादको स्थापना गरिएको थियो ।
सन् १९५६ मा चीनीयाँ कम्युनिस्ट पार्टीले आयोजना गरिएको सातौं महाधिवेशनमा लिउ साओ चि ले पुँजीवादी कार्यक्रम पेश गरेका थिए । र त्यो पुँजीवादी कार्यदिशा पारीत भएको थियो । त्यसपश्चात माओले चीनीयाँ कम्युनिस्ट पार्टीको माथिल्लो ओहोदामा पुग्न सफल भएका पुँजीवादका एजेण्डाहरूका विरूद्ध बुर्जुवा हेडक्वाटरमा बम बर्साउ भनेर विद्रोह गर्नु जनताको अधिकार हो भन्ने मुल नाराका साथ सन् १९६६ देखि महान् चीनीयाँ सर्वहारा साँस्कृतिक क्रान्तिको थालनी गरिएको थियो ।
सबैखाले संशोधनवादलाई परास्त गर्न महाधिवेशन
नेपाल अहिले सम्म पनि अर्धसामन्ती र अर्धऔपनेवेशिक अवस्थामा गर्जीरहेको छ । यस प्रकारको अवस्थामा रहेको मुलुकमा गरिने क्रान्ति नयाँ जनावादी क्रान्ति नै हो । नयाँ जनवादी क्रान्तिलाई अर्को शब्दमा नयाँखाले पुँजीवादी क्रान्तिपनि भनिन्छ । यस क्रान्तिको नेतृत्व मजदुर, किसान एकताको आधारमा सर्वहारावर्गको अग्रदस्ता कम्युनिस्ट पार्टीको नेतृत्वमा सम्पन्न हुन्छ । नयाँ जनवादी क्रान्तिले मात्र मुलुकलाई अर्धसामन्ती र अर्धऔपनेवेशिक अवस्थाबाट मुक्त गर्नेछ ।
नेपाली क्रान्तिको निम्ति लामो समय पहिले देखि दक्षिणपन्थि संशोधनवाद बादकको रुपमा खडा हुँदै आएको छ । त्यसमाथि अहिले नवसंशोधनवाद थपिन पुगेको छ । अब नेपाली क्रान्तिको निम्ति आन्तरिक रुपमा दक्षिणपन्थि नवसंशोधनवाद बाधको रुपमा हाम्रो सामु उपस्थित हुन पुगेको छ । यसलाई परास्त नगरि नेपाली क्रान्ति सम्पन्न गर्न कठिन हुन्छ किनकि दक्षिणपन्थि संशोधनवाद र नवसंशोधनवादले भित्र क्रान्ति विरोधी गतिविधी गर्ने र प्रतिक्रान्तिकारी कार्य गरिरहने र बाहिर चर्को नारा उरालीरहने भएकोले यसले जनताको बिचमा भ्रमको खेती गरीरहेको हुन्छ । जनतालाई भ्रममा पारेर अलमलाईरहेको हुन्छ । भित्र दक्षिणपन्थि नवसंशोधनवादले माक्र्सवादका विरुद्ध क्रान्तिको विरुद्ध नकारात्मक कदम चालिरहेको हुन्छ । त्यसलाई बाहिर ढाकछोप गर्नका लागि बाहिर सकारात्मक प्रभाव पार्न अनेक प्रकारका प्रयत्नहरू गरिरहेको हुन्छ । अर्थात नकारात्मक प्रवृत्तिको ढाकछोप गर्नको लागि सकारात्मक प्रवृत्तिको उपयोग गर्नु नवसंशोधनवादको मुख्य विशेषता हो । यसरी यो नवसंशोधनवादको एउटा मुल विशेषता बन्न गएको हो । जस्तो नवसंशोधनवादमा पतन भईसकेका पुष्पकमल दाहाल–बाबुराम भट्टराई र एमालेहरूले यसलाई उपयोग गरिरहेका छन् र क्रान्तिको कुरा गरेर जनतालाई भ्रममा पारिरहेका छन् । जनतालाई र सर्वसाधारण कम्युनिस्ट कार्यकर्ताहरूलाई यस प्रकारको भ्रमबाट मुक्त पार्नु र क्रान्तिकारी नेतृत्व निर्माण गर्नु कम्युनिस्ट पार्टीलाई क्रान्तिकारी बनाईराख्नका लागि कम्युनिस्ट आन्दोलनबाट र स्वयम् कम्युनिस्ट पार्टीभित्र घुस्न सफल भएका संशोधनवादीहरू र उनिहरूले बोक्ने गरेका विचारहलाई परास्त गर्नैपर्ने हुन्छ । यो विचार शक्तिलाई परास्त गर्ने एक मात्र साधन वैचारिक, सैद्धान्तिक हतियार नै हो । लामो दुईलाईन सङ्घर्ष र विचारधारात्मक अन्तरसङ्घर्षबाट मात्र संशोधनवाद, नवसंशोधनवाद र सबैखाले संशोधनवादलाई परास्त गर्न सकिन्छ । यसको अन्तिम फैसला गर्नै अड्ड कम्युािस्ट पार्टीको महाधिवेशन भएकोले नेपालमा विगल लामो समय देखि नेपाली कम्युनिस्ट आन्दोलनमा झाड्डिदै आएको दक्षिणपन्थि संशोधनवाद र त्यसैबाट अहिले विकसित हुन पुगेको नवसंशोधनवादलाई परास्त गर्नको लागि पनि महाधिवेशनको आवश्यकता पर्दछ । आगामी महाधिवेशनले सबैखाले संशोधनवादलाई परास्त गर्न महत्वपूर्ण भूमिका मात्र निर्वाह गर्ने छैन् कि एउटा टुड्डो समेत लगाउने छ ।
नयाँ इतिहास निर्माण गर्न महाधिवेशन
इतिहासको निर्माता जनता हो । जनताले मात्र सच्चा इतिहासको सिर्जना गर्दछ । तर यहाँ उल्लेख गर्न खोजेको कुरा के हो भने नेपाली कम्युनिस्ट आन्दोलनले ६३ वर्ष पार गरिसकेको छ । नेपाली क्रान्ति सम्पन्न गर्ने काम बाँकी नै छ । सबैखाले संशोधनवादलाई परास्त गर्ने काम बाँकी नै छ । यी सबैलाई परास्त गर्ने एकमात्र वैज्ञानिक र क्रान्तिकारी शक्ति भनेको नेपाली सर्वहारा वर्गको राजनीतिक अगुवा दस्ता नेपाल कम्युनिस्ट पार्टी – माओवादी नै हो । यसले मात्र नेपाली कम्युनिस्ट आन्दोलनको नयाँ क्रान्तिकारी इतिहास निर्माण गर्न सक्दछ । नेपाली क्रान्तिको नयाँ इतिहास सृजना गर्न सक्छन् । त्यसको निम्ति एकातिर वर्गसङ्घर्ष र अनतरसङ्घर्ष बाट खारीनु आवश्यक हुन्छ भने अर्कोतिर विचार निर्माणको थलो महाधिवेशन भएकोले यसको आवश्यकता पर्दछ । अतः आगामी सातौं महाधिवेशन नेपालका क्रान्तिकारीहरूका लागि, आम मुक्तिकामी नेपाली जनताको लागि नयाँ इतिहास सिर्जना गर्नु एक ऐतिहासिक थलो बन्नेछ । यो आफैं स्वतः स्र्फुत ढंगले पनि बढ्ने होइन् हामी क्रान्तिकारीहरूले बनाउन जरुरी छ ।
क्रान्तिकारी नेतृत्व निर्माणका निम्ति महाधिवेशन
नेकपा–माओवादीले नवसंशोधनवादसित सम्बन्ध बिच्छेद गरेर पुनर्गठित भएको नयाँ ढंगको कम्युनिस्ट पार्टी यो नेपालको सन्दर्भमा नयाँ ढंगको कम्युनिस्ट पार्टी निर्माण गर्ने प्रक्रियामा छ । अहिले यसका केन्द्रीय तहदेखि स्थानिय तहसम्म सबै पार्टी कमिटि र सङ्गठनहरू तदर्थ अवस्थामा छन् । पुर्ण कमिटि रसङ्गठनहरू आधीकारिक बनिसकेका छैनन् । पार्टीले आयोजना भेला, सम्मेलन र सङ्गठनहरू मात्र महाधिवेशनले निर्माण गर्ने वैधानिक मान्यता कम्युनिस्ट आन्दोलनमा कायम हुँदै आएको छ ।
पार्टीले अड्डिकार गरेको विचारसँग नेतृत्वको अन्तरसम्बन्ध कायम भएको हुन्छ । विचार र नेतृत्वको बिच द्वन्द्वात्मक सम्बन्ध हुन्छ । महाधिवेशनले मात्र नयाँ नेतृतव निर्माण गर्दछ । जुन पार्टीले महाधिवेशनमा लिएका निर्णयहरू कार्यान्वयन गर्न सकोस, क्रान्तिको लागि नेतृत्व प्रदान गर्न सकोस, क्रान्तिको लागि यो ज्यादै आवश्यक तत्व हो । यस विषयमा सटालिनले भन्नुभएको छ – ‘सर्वहारावर्गको लागि एक लडाकु पार्टी, एक क्रान्तिकारी पार्टीको आवश्यकता छ यस्तो शाहसीलो पार्टी जसले सत्ता प्राप्त गर्ने सङ्घर्षमा सर्वहारावर्गको नेतृत्व गर्न सक्छ यस्तो अनुभवी पार्टी जसले क्रान्तिकारी परिस्थितिका जटिल अवस्थाहरूमा पनि आफ्नो बाटो पहिल्याउन सक्छन् । र त्यस्तो लचकीलो जो आफ्नो लक्ष्य प्राप्तीको बाटोमा रहेका सारा लुकेका चट्टानहरूबाट जोगिएर अगाडी बढ्न सक्छ’ हामी नेपाली क्रान्तिको निर्णायक मोडमा पुगेका छौं र नेपाली क्रान्तिको नेतृत्व प्रदान गर्न सक्षम नयाँ ढंगको क्रान्तिकारी पार्टी निर्माणको महान् अभियानमा लागिरहेका छौं । यो परिस्थितिमा स्टालिनले भन्नुभएका यी कुराहरू हाम्रो लागि पनि सान्दभीक छन् । यस विषयमा लेनिनले भन्नुहुनछ – ‘कम्युनिस्ट पार्टीको सङ्गठन सर्वहारा क्रान्तिमा कम्युनिस्ट नेतृत्वको सङ्गठन हो’ । लेनिनका यो भनाईले पनि हामी नेपाली क्रान्तिको नेतृतव प्रदान गर्न सक्ने एक सक्षम र लडाकु तथा अनुशासित पार्टी निर्माणको लागि रहेको वर्तमान अवस्थामा ठूला शिक्षाक्रान्ति भनेको ज्यादै जटिल र कठिन विषय हो । त्यसैले यो कार्य पुरा गर्नका लागि सर्वहारावर्गसँग एक सक्षम र सिपालु पार्टी नेतृत्वको आवश्यकता पर्दछ जसले क्रान्तिका कुनै पनि उत्तारचढावलाई कुशलतापूर्वक सामना गर्न सकोस् । यस विषयमा फेरी लेनिनले अगाडि भन्नुहुन्छ – ‘जब हामीसित विशेष तालिम पाएका र मजदुर क्रान्तिकारीहरूको लामो स्कुल पार गरेको फौजहरू हुनेछ, अझ त्यसमाथि स्वभावतः हर प्रकारका सशस्त्रधारी क्रान्तिकारीहरू हुने छन् । तव संसारको कुनैपनि राजनैतिक पुलिसले तिनिहरूसित प्रतिस्पर्धा गर्न सक्ने छैन् ।’ लेनिनले भन्नुभए झैं हामीसँग वर्ग सङ्घर्ष र अन्तरसङ्घर्षबाट खारिएर आएको ठूलै फौज छ । त्यसलाई नेतृत्वदायी तहमा सेटिङ गर्न आवश्यक छ , जसले आगामी नेपाली क्रान्तिको सक्षम नेतृत्व प्रदान गर्न सकोस् यतीबेला सबै तहमा तदर्थ अवस्था छ आगामी नेपाली क्रान्तिको सक्षम नेतृत्व प्रदान गर्न सकोस् । यतिबेला सबै तहमा तदर्थ अवस्था अवस्था छ । आगामी महाधिवेशनले मात्र भएको दुरा गर्ने भएकोले नयाँ ढंगको क्रान्तिकारी नेतृत्व निर्माणको निम्ति पनि महाधिवेशन आवश्यकता पर्दछ ।
लडाकु र अनुशासित पार्टी निर्माणका लागि महाधिवेशन
कम्युनिस्ट पार्टी सचेत मजदुर वर्गको उच्चस्तरको संगठित अग्रदस्ता हो । यो ज्यादै अनुशासित र लडाकु दसता पनि हो । तर नेपालको ६३ वर्षको कम्युनिस्ट आन्दोलन लामो समयदेखि विभाजीत रहँदै आएको छ । विभाजीत हुनुको पछाडीको मुख्य कारण त वैचारिक, राजनैतिक एंव सैद्धान्तीक विचलन हो भने अर्को पाटो अनुशासनहिनता र गैर लडाकुपन बनदै जानु हो । नेपालको यतीलामो ऐतिहासिक अवधिमा के देखिएको छ भने एक पटक अर्थात एक कालखण्डमा लडाकुर क्रान्तिकारी देखिने अर्को कालखण्डमा दक्षीणपन्थि संशोधनवाद हुँदै विर्सजनको शिकार बन्न पुग्उो । त्यस्तै दस वर्षे जनयुद्धको नेतृत्व गरेर क्रान्तिकारी बनेर नेपाली कम्युनिस्ट आन्दोलनको पछिल्लो कालखण्डमा बलियो बन्न पुगेका एमाओवादीका पुष्पकमल दाहाल र बाबुराम भट्टराईहरूले ‘शान्ति र संविधान’ नाम दिइएको सुधारवादी बुर्जुवा तथा संसदवादी कार्यदिशालाई आत्मसात गर्दै नवसंशोधनवादमा पतन हुन पुगेर विर्सजित हुन् पुगेका छन् ।
तसर्थ क्रान्तिका लागि क्रान्तिकारी सिद्धान्तको आवश्यक हुन्छ, क्रान्तिकारी पार्टीको आवश्यकता हुन्छ । यो माक्र्सवाद सार्वभौम नियम हो, जो लेनिन र माओले विषद व्याख्या गर्नुभएको छ । हामी यतिबेला नेपाली क्रान्ति सम्पन्न गर्ने महान् उद्देश्यका साथ नेकपा–माओवादीको पुनर्गठन गरिरहेका छौं र महाधिवेशनद्वारा यसलाई सक्षम लडाकु र क्रान्तिकारी शक्तिका रूपमा रूपान्तरण गर्न चाहन्छौं । एक लडाकु र सिद्धान्तनिष्ठ र क्रान्तिकारी पार्टीबिना क्रान्तिको नेतृत्व गर्न पनि सम्भव छैन् र क्रान्ति सम्पन्न गर्न पनि सम्भव छैन् । त्यसैले यस विषयमा लेनिनले भन्नुभएको छ – ‘कम्युनिस्ट पार्टीले त्यो बेलासम्म आफ्नो कर्तव्य पुरा गर्नेछ, जब त्यो ज्यादै केन्द्रीकृत ढंगले संगठित भएको हुन्छ, जब त्यो सैनिक अनुशासनको मिान लौह अनुशासन कायम गर्न समर्थ हुन्छ र जब यसको पार्टी केन्द्र व्यापक अधिकारको प्रयोग गर्दै तथम पार्टीका समस्त सदस्यमा आम विश्वास जगाउँदै शक्तिसाली तथा प्राधिकारपूर्ण अंग बनेको हुनछ ।’ लेनिनका यी भनाईबाट शिक्षा ग्रहण गरेर हामीले नयाँ ढंगको क्रान्तिकारी पार्टी, अनुशासित र शक्तिसाली पार्टी निर्माण गर्न जरूरी छ ।
हामी यतिबेला नयाँ ढंगको क्रान्तिकारी पार्टी निर्माण गरेर नेपाली क्रान्तिलाई विजयको दिशापतर अगाडी बढाउनका लागि महान् बहसमा सामेल भएका छौं । किनकि क्रान्तिका लागि क्रान्तिकारी कार्यकर्ता र लडाकु पार्टीको आवश्यकता पर्दछ । अनुशमसित पार्टीको आवश्यकता पर्दछ । यही सन्दर्भमा स्टालिनले भन्नुभएका कुरालाई मनन गर्न सकिन्छ । स्टालीनले अगाडी भन्नुहुन्छ – ‘एक नयाँ पार्टी, एक लडाकु पार्टी, एक क्रान्तिकारी पार्टीको आवश्यकता छ यस्तो शाहसीलो पार्टी, जसले सत्ता प्राप्त गर्ने, सङ्घर्षमा सर्वहारावर्गको नेतृत्व गर्न सक्छ । यस्तो अनुभवी पार्टी जसले क्रान्तिकारी परिस्थितिका जटिल अवस्थाहरूमा पनि आफ्नो बाटो पहिल्याउन सक्छ र यस्तो चहकिलो पार्टी जो आफ्नो लक्ष्य प्राप्तीको निम्ति रहेका सारा लुकेका चट्टानहरू जोगिएर अगाडि बढ्न सक्छ । यस्तो पार्टी नभईकन साम्राज्यवादको तख्ता पल्टाउने र सर्वहारा अधिनायकत्व कायम गर्ने कुरा सोच्न निरर्थम हुन्छ ।’ अझै अगाडि बढेर क्रान्तिकारी सक्षम पार्टी निर्माणको बारेमा सटालिन अगाडी भन्नुहुन्छ – ‘पार्टीसँग स्थिर खालको नेतृत्वको न्युक्लस हुनुपर्दछ, जुन लामो परिक्षामा उतिर्ण नेताहरूको समूहले बनेको हुनुपर्छ, जो माक्र्सवाद–लेनिनवादको सार्वभौम सच्चाईलाई ठोस व्यवहारसँग एकाकार गराउन निपूर्ण हुन्छ ।’ साथै क्रान्तिका लागि क्रान्तिकारी पार्टी निर्माणका बारेमा माओले अगाडी भन्नुहुन्छ – ‘क्रान्ति हुनु छ भने क्रान्तिकारी पार्टी हुनैपर्छ । क्रान्तिकारी पार्टी बिना, माक्र्सवादी–लेनिनवादी सिद्धान्त र क्रान्तिकारी पद्धति अनुसार बनेको पार्टी बिना, साम्राज्यवाद तथा यसका दलालहरूलाई पराजित गर्न मजदुरवर्ग र विशाल जनसमुदायलाई नेतृत्व गर्न असम्भव छ ।’ हामी क्रान्तिका लागि क्रान्तिकारी पार्टी निर्माणमा लागिरहेको बेला लेनिन, स्टालिनका यो सारगर्भीत भनाईहरूबाट शिक्षा ग्रहण गर्न र लागु गर्न जरूरी हुन्छ ।
क्रान्तिकारी कार्यदिशाका लागि महाधिवेशन
यतिबेला नेपाली कम्युनिस्ट आन्दोलन क्रान्ति र प्रतिक्रान्तिका बीचबाट अघिबढिरहेको छ । मुलुकमा क्रानितकारी संकट पैदा भएको छ । सत्ताधारी वर्गका बीचमा व्यापक अन्तरविरोध पैदा भइरहेको छ र उनिहरू सत्ता चलाउन सक्ने अवस्था मै छैनन् । जनताले त्यो सत्तालाई स्वीकार गर्नै नसक्ने अवीथामा छन् । तर क्रान्तिकारीका लागि वस्तुगत परिस्थिति निकै परिपक्व बनिसकेको अवस्था छ भने आत्मगत शक्ति अझै पनि निकै कमजोर छ । यस्तो बेलामा क्रान्तिकारी कम्युनिस्ट पार्टीले कुन कार्यदिशा ठोस गरेर अगाडी बढ्ने ? कुन कार्यक्रम र कार्ययोजना तर्जुमा गरेर अगाडि बढ्ने भन्ने बारेमा संकट पैदा भइरहेको अवस्था छ । यहि परिवेशमा हामी पार्टीको गौरवशाली महाधिवेशनको आयोजना गर्दैछौं । महाधिवेशन नेपाली क्रान्तिको रणनीति ठोस गर्नुका साथै कार्यदिशा पनि ठोस गर्नेछ तर कस्तो कार्यदिशा ठोस गर्ने त ? भन्ने बारेमा व्यापक रूपमा बहस हुन् र छलफल हुन् आवश्यक छ । हामी नयाँ जनवादी क्रान्ति सम्पन्न गर्न गइरहेका छौं । यसको कार्यनीति सशस्त्र सङ्घर्ष हुनेमा कुनै विवाद छैन् तर सशस्त्र सङ्घर्षको कुन रूप प्रयोग गर्ने भन्ने प्रश्न नै जटिल प्रश्न हो । यसका निम्ती राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिको गहन अध्ययन र ठोस विश्लेषण गर्न जरूरी छ । नेपाली समाजको वर्तमान अवस्थाको ठोस वर्ग विश्लेषण गर्न प्रधान शत्रु, आधारभूत शत्रु र मित्र शक्तिको ठोस विश्लेषण गर्न जरूरी छ रक्रान्तिकारी अवस्थाको बारेमा व्यापक छलफल र बहसका साथ ठमेस निजोडमा पुग्न जरूरी छ । पुनर्गठित माओवादीले कस्तो कार्यदिशा र कार्यक्रम ल्याएर आउँछ भनेर सबैले पर्खेर हेरिरहेका छन् । सम्पूर्ण क्रान्तिकारी मुक्तिकामी जनता यस पार्टीप्रति आकर्षित र आशावादी समेत बनेका छन् । यस महाधिवेशन बाट पार्टीले नेपाली क्रान्तिको ठोस कार्यदिशा पारित गर्न जरूरी छ ।
क्रान्तिका लागि महाधिवेशन
हामी यतिवेला पार्टीले आयोजना गर्न गइरहेको ऐतिहासिक सातौं राष्ट्रिय महाधिवेशनको संघारमा उभिएका छौं । नेपाली कम्यूनिष्ट आन्दोलनको क्रान्तिकारी धारा (कित्ता)को इतिहासमा करिब २२ बर्ष अघि मात्र सातौं महाधिवेशनको आयोजना हुन गइरहेको छ । २०४८ सालमा पार्टीको छैटौं महाधिवेशन सम्पन्न भएको थियो । तत्कालिन नेपाल कम्यूनिष्ट पार्टी (एकताकेन्द्र) द्धारा सम्पन्न गरिएको छैटौं महाधिवेशनले दिर्घकालिन जनयुद्धको कार्यदिशा पारित गरेको थियो र त्यसलाई कार्यन्वयन गर्ने शिलशिलामा २०५२ साल फाल्गुन १ गत्ते देखि तत्कालिन नेकपा (माओबादी)ले शसस्त्र जनयुद्धको थालनी गरेको थियो । यस अर्थमा छैटौं महाधिवेशन ऐतिहासिक सावित भएको थियो ।
नेकपा (माओबादी)द्धारा सञ्चालन गरिएको महान दशबर्षे जनयुद्धले नेपाललाई मात्र होइन विश्वलाई नै एकपटक झक्झक्याइदिएको थियो । त्यस दशबर्षे जनयुद्धको प्रकृयामा नेपालमा पहिलो पटक छापामार दस्ता, जनमिलिसिया हुँदै जनमुक्ति सेनाको निर्माण गर्यो । ग्रामीण इलाकाहरुमा आधार इलाकाहरुको निर्माण गर्यो । जनसत्ता र जनअदालतहरुको निर्माण गर्यो । जनकम्यूनहरु बने । जनसरकारहरु निर्माण गरेर पुरानो सत्तासँग समानान्तर सरकार समेट सञ्चालन गरियो । पुरानो सत्ता स्थानिय स्तरबाट भागेर जिल्ला सदरमुकामहरु र राजधानीमा केन्द्रित हुन पुग्यो । गाउँघरका जाली फताह, सामन्ति घुसखोरहरु, पुरानो सत्ताको आडमा आन्तरिक सरणार्थीको रुपमा बाँच्न बाध्य भए । माओबादी जनयुद्धले मुलुकको ८० प्रतिशत भूभाग आफ्नो कब्जामा ल्याउन सफल भयो । यी सबै परिघट्नाहरु नेपाली कम्यूनिष्ट आन्दोलनको लामो इतिहासमा ऐतिहाँसिक तथा क्रान्तिकारी परिघट्नाहरु थिए र महान दशबर्षे जनयुद्धका उपलब्धीहरु थिए ।जो २०४८ सालमा सम्पन्न छैटौं महाधिवेशनले फैसला गरेको क्रान्तिकारी दिर्घकालिन जनयुद्धको कार्यदिशाको सफल कार्यन्वयनका परिणामहरु थिए । यी सबै उपलब्धीहरु नेपालका सम्पूर्ण क्रान्तिकारीहरु र आम मुक्तिकामी नेपाली जनताका लागि गौरवका बिषय थिए ।
तर २०६२ असोज–कार्तिकमा सम्पन्न पार्टीको चुन्बाङ बैठकले जनयुद्धको लाइनको सत्ता ‘लोकतान्त्रिक गणतन्त्र’ नाम दिइएको संसदबादी तथा पुँजीबादी कार्यदिशा पारित गर्यो । र २०६२ मंसिर ७ गत्ते भारतको नयाँ दिल्लीमा पुराना संसदबादी सात राजनीतिक दलहरु सित १२ बुँदे समझदारी कायम गरेर शान्ति प्रकृयामा सामेल भयो । त्यसपछि नेकपा (माओबादी) को मुख्य नेतृत्व गरिरहेका पुष्पकमल दाहाल र डा. बाबुराम भटराइमा व्यापक बैचारिक बिचलनका श्रृखलाहरु देखा पर्दै र र बिकसित हुँदै गए । र तिनीहरुले साम्राज्यबादीहरु, बिस्तारबादीहरु र तिनका नेपाली दलालहरुका सामु आत्मसमर्पण गर्दै महान दशबर्षे जनयुद्धको ती महान उपलब्धीहरुलाई फिर्ता गर्ने र खारेज गर्दै जाने प्रकृयाको आरम्भ गर्दै थिए । २०६३ असार २ गत्ते संसदबादी दलहरुसँग जनघाती, क्रान्ति बिरोधी सम्झौताहरु गर्ने क्रममा पार्टीले महान दशबर्षे जनयुद्धको प्रकृयाबाट प्राप्त गरेका आधार इलाकाहरु, जनसत्ता र जनअदालत तथा जनसरकारहरुको खारेज गर्ने सम्झौतामा हस्ताक्षर गर्न पुगे । जनयुद्धकै प्रकृयामा जनताले कब्जा गरेका जमिन्दार र सामन्तहरुका घर जग्गा फिर्ता गर्ने सम्झौतामा हस्ताक्षर गर्न पुगे र २०६३ मंसिर ५ गत्ते नेपाल सरकारसँग बृहत शान्ति सम्झौता कायम गर्ने क्रममा पुष्पकमल दाहालले बिगत दशबर्ष देखी चालु रहेको शसस्त्र जनयुद्ध समाप्त भएको घोषणा पत्रमा हस्ताक्षर गर्न पुगेपछि महान दशबर्षे जनयुद्धको माध्यमबाट नेपाली जनता र राष्ट्रले प्राप्त गर्दै आएका उपलब्धीहरु गुमाउँदै जाने प्रकृया बिधिवत रुपमै शुरु भयो ।
पुष्पकमल दाहाल र डा. बाबुराम भट्टराइले पार्टीले पारित गरेको कार्यदिशालाई २०६८ बैशाखको अन्तिम साताबाट ‘शान्ति र संबिधान’ नाम दिइएको संसदबादी, बुर्जुवा सुधारबादी कार्यदिशा अंगिकार गर्न पुगे । भारतीय बिस्तारबादको निर्देशनमा २०६८ भदौ ११ गत्ते राष्ट्रघाती ४बुँदे सम्झौतामा हस्ताक्षर गर्दै कठपुतली सरकारको नेतृत्व गर्न पुगे । २०६८ कार्तिक ४ गत्ते भारतसित राष्ट्रघाती सम्झौता गर्न पनि पछि परेनन् र राष्ट्रघाती ७बुँदे सम्झौता गरे । जनमुक्ति सेनालाई निशस्त्रीकरण गर्ने र हतियार राज्यलाई बुझाउने सम्झौतामा हस्ताक्षर गरे । २०६८ चैत्र २८ गत्ते रातारात प्रतिकृयाबादी सेना परिचालन गरे । जनमुक्ति सेनालाई क्यान्टोनमेन्टमै आत्मसमर्पण गर्न लगाएर जनमुक्ति सेनालाई बिघटन गराइयो भने २०६९ जेठ १४ गत्ते राती जनताको नयाँ संबिधान बनाउने कामलाई लथालिङ्गकै अवस्थामा छोडेर एक्काशी संबिधान सभालाई अवसान गराइयो ।
यसरी पुष्पकमल दाहाल र डा. बाबुराम भट्टराइले नेपाली क्रान्तिप्रति बिश्वासघाट र गद्धार गर्दै गएपछि पार्टी भित्रका क्रान्तिकारीहरुले लामो समय पहिले देखी दुइलाइन संघर्ष सञ्चालन गर्दै आइरहेका थिए, उनीहरुले प्रचण्ड बाबुरामहरु नवसम्सोधनबादमा पतन भइसकेको ठहर गर्दै त्यस नवसम्सोधन बादसँग सम्बन्ध बिच्छेद गरेर नेपाली क्रान्तिको अधुँरो कार्यभार पुरागर्ने महान उद्देश्यका साथ नयाँ ढंगको क्रान्तिकारी कम्यूनिष्ट पार्टी नेकपा–माओबादीको पुनर्गठन गरे पश्चात नेपाली कम्यूनिष्ट आन्दोलनमा एउटा तरंग पैदा भएको छ । नेपाली क्रान्ति सम्पन्न गर्नु यसको मूख्य दायित्व हो ।
क्रान्तिका लागि क्रान्तिकारी बिचार र क्रान्तिकारी पार्टी आवश्यक पर्दछ यसलाई कार्यन्वयन गर्नका लागि क्रान्तिकारी नेतृत्व पनि आवश्यक पर्दछ । हामी यति नेपाली क्रान्तिका लागि नयाँ ढंगको क्रान्तिकारी पार्टी निर्माणको प्रकृयामा छौं । भर्खरै मात्र हामी नवसम्सोधन बादसित सम्बन्ध बिच्छेद गरेर आएको हुनाले पार्टी पद्धती र कमिटी प्रणाली कतिपय महत्वपूर्ण बिषयहरुलाई व्यवस्थित गर्ने काम बाँकी नै छ । क्रान्तिकारी निर्माणको प्रश्न भनेको नयाँ ढंगको कम्यूनिष्ट पार्टी निर्माणको प्रश्न हो । पार्टीलाई निरन्तर नयाँ बनाउँदै गएपछि नै क्रान्तिकारी कम्यूनिष्ट पार्टीको निर्माण हुन सक्छ । नवसम्सोधनबाद सित सम्बन्ध बिच्छेद गरेको अहिलेको अवस्थामा नयाँ ढंगको कम्यूनिष्ट पार्टी निर्माणको प्रश्नले बिशेष महत्व राख्दछ ।
वर्तमान सन्दर्भमा पार्टीमा नवसम्सोधन बादीसितको लामो संसर्गका कारण कैयौं कुराहरु बिग्रिएका छन् । जनबादी केन्द्रियता, सामूहिकता, आत्मालोचना–आलोचना, क्रान्तिकारी कार्यशैली, जनदिशा, नेतृत्वको कामगर्ने तरिका, कार्यकता नीति, गोपनियता लगायतका मान्यताहरु ध्वस्त भएका छन् । ठुला पार्टी र जनबर्गीय संगठनहरु बनेका छन् । चुष्टद्रुष्ट पार्टी कमिटीहरु छैनन् । साङगठनिक क्षेत्रमा नयाँ ढंगको पार्टी निर्माणको प्रश्न, नेतृत्व निर्माणको प्रश्न, जनबादी केन्द्रियता, दुइलाइन संघर्ष सञ्चालनको प्रश्न, आलोचना–आत्मालोचना, कार्यकर्ता सम्बन्धि प्रश्न, कार्यशैली, आर्थिक क्षेत्र, संगठक र बिभागिय काम, प्रचार तथा प्रसार, अन्तराष्ट्रिय तथा प्रवास क्षेत्रको काम, संयूक्त मोर्चा आदि बारेमा प्रष्ट नीति अवलम्बन गर्न क्रान्तिकारी कार्यदिशा र बैज्ञानिक योजनाको आवश्यकता पर्दछ । यी सबै चिजहरु रणनीतिलाई सहयोग गर्ने तत्वको रुपमा लिइन्छ ।
नेपाल अहिले पनि अर्ध सामन्ति र नव औपनिवेशिक अवस्थामा छ । यहाँ गरिने क्रान्ति नयाँ जनबादी क्रान्ति अर्थात नयाँ खाले पुँजीबादी क्रान्ति नै हो । यसको नेतृत्व मजदुर–किसान बर्गको एकताको आधारमा सर्बहाराबर्गको अग्रदस्ता कम्यूनिष्ट पार्टीले गर्ने भएकोले हामी नेकपा–माओबादी पुनर्गठन गरिसकेका छौं । नेकपा–माओबादी नै नेपाली क्रान्तिको नेतृत्व गर्ने प्रमुख शक्ति हो । नेपाली क्रान्तिको न्यूनतम् कार्यक्रम नयाँ जनबादी क्रान्ति हो र यो दिर्घकालिन चरित्रको बन्दै आएको र नेपाली क्रान्तिको अधिकतम् कार्यक्रम समाजबाद र साम्यबाद हो । अतः हामी यतिबेला नयाँ जनबादी क्रान्तिको निर्णायक चरणमा छौं । नेपाली क्रान्तिको राणनीति र कार्यनीति पारित गरि नेपाली क्रान्तिलाई बिजयको दिशातिर प्रस्थानाउनको लागि अर्थात हामी क्रान्तिका लागि महाधिवेशनको आयोजना गर्दै छौं । कम्यूनिष्ट पार्टीका लागि प्रथम महाधिवेशन बिचार निर्माणको थलो हो भने नेतृत्व निर्माणको थलो पनि बिचार र नेतृत्वबाट नै द्वन्दात्मक सम्बन्ध कायम हुन्छ ।
निचोड
हामी यतिबेला नेपाली क्रान्तिका महान् सम्भावनाहरू र गम्भीर चुनौतिहरूका बीचबाट अगाडि बढिरहेका छौं र नेपाली क्रान्ति सम्भव पनि बन्दै गईरहेको छ । यतिबेला नेपाली कम्युनिस्ट आन्दोलन क्रान्तिकारी धारा र नवसंशोधनवादी धाराका बीचमा धुर्वीकृत (कित्ताबाट) भईरहेको छ । क्रान्तिको यो दौरानमा यस अवस्थामा पुग्नु समाज विज्ञानको नियम नै हो । नेपाली कम्युनिस्ट आन्दोलनभित्र क्रान्तिकारी माक्र्सवाद र संशोधनवाद, नवसंशोधनवादका बीचमा भीषण द्वन्द्व र दुईलाईन सङ्घर्ष चलिरहेको छ । नवसंशोधनवादीहरू पनि प्रतिक्रान्तिलाई अनुमोदन गर्न र आफ्नो पृथक अस्तित्व धान्नका लागि महाधिवेशन ढ्वाङ् रचिरहेका छन् । अर्कोतिर वर्गसङ्घर्ष पनि निकै पेचिलो बनिरहेको छ र गम्भीर प्रकारको क्रान्तिकारी संकट पैदा भईरहेको छ र क्रान्तिका निम्ति उर्वर वातावरण बनिरहेको छ यही परिवेशमा हामी पार्टीको ऐतिहासिक र गौरवपूर्ण सातौं राष्ट्रिय महाधिवेशनको संघारमा उभिएका छौं । हामीले गम्भीर भएर सोच्न जरूरी छ ।
क्रान्ति सम्पन्न गर्नका निमित्त एकातिर हामीहरू क्रान्तिकारी पार्टी निर्माण गर्ने, नेपाली क्रान्तिका रणनीति, कार्यनीति ठोस गर्ने र क्रान्तिका लागि क्रान्तिकारी कार्यदिशा कार्यक्रम र कार्ययोजनाका साथ अगाडि बढनुपर्ने मोडमा आईपुगेका छौं अतः क्रान्तिका लागि हामीले हामी भन्दा बाहिर रहेका क्रान्तिकारीलाई एकताबद्ध गर्ने, क्रान्तिका लागि जुझारू शक्ति अर्थात सेनाको प्रश्नलाई गम्भीर रूपले लिने र संयुक्त मोर्चा निर्माणको प्रश्नलाई पनि त्यही ओजमा उठाएर लिने एउटा दायित्वबोधको साथ अगाडि बढ्ने मोडमा आईपुगेका छौं । क्रान्तिले बलिदानीको माग गर्दछ । हामी क्रान्तिको निम्ति आवश्यक बलिदान गर्ने आँट र योजनाका साथ अघि बढ्न र यही भावका साथ आगामी महाधिवेशन भव्य रूपमा सफल तुल्याउने आकांक्षाका साथ अगाडि बढ्न जरुरी छ । यसैमा नेपाली क्रान्तिको हित छ ।

Subscribe to:
Posts (Atom)