Friday, October 31, 2014
Wednesday, October 29, 2014
Saturday, October 18, 2014
Wednesday, October 15, 2014
2044_
Ma 2044_2o47 samma samasthapak Headmaster bahayar teaching gareko Janata Ma.Vidhyalay Pokhara Rukumko Bhaban.
Thursday, October 9, 2014
Monday, October 6, 2014
Wednesday, October 1, 2014
माक्र्सवादी दर्शन ः संक्षिप्त परिचय
प्रशिक्षण सामग्री – ९ज्बलम इगत०
– हस्तबहादुर के.सी.
१. द्वन्द्वात्मक भौतिकवाद
१. माक्र्सवाद
माक्र्सवाद कार्ल माक्र्स र फ्रेडरिक एंगेल्सद्वारा प्रतिपादित सर्वहारावर्गको मुक्तिको सिद्धान्त र विचारधारा हो । माक्र्सवाद सर्वहारा क्रान्तिको विज्ञान हो । यो पुँजीवादको प्रारम्भिक अवस्थामा विकसित भएको हो । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद, अतिरिक्त मूल्यको सिद्धान्त, वर्गसंघर्ष तथा इतिहासमा बल प्रयोगको भूमिका र वैज्ञानिक समाजवाद तथा साम्यवाद यसका आधारभूत मान्यता हुन् ।
माक्र्सवादका तीन संघटन अंग
माक्र्सवादका तीन संघटक अंग रहेका छन् । ती हुन् – दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवाद ।
(१) माक्र्सवादको दर्शन द्वन्द्वात्मक तथा भौतिकवादी दर्शन हो । यो दर्शनको सिद्धान्त भौतिकवाद हो । माक्र्सवादी दर्शन द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद भएकोले यो सबै खाले आदर्शवाद र अधिभूतवादका विरुद्ध परिलक्षित रहेको छ ।
(२) माक्र्सवादी राजनीतिक अर्थशास्त्र श्रमको मूल्य सिद्धान्तमा आधारित छ । यसको विकसित रुप अतिरिक्त मूल्यको सिद्धान्त हो ।
(३) वैज्ञानिक समाजवाद वर्गसंघर्ष, इतिहासमा बलप्रयोगको भूमिका, सर्वहारावर्गको अधिनायकत्वमा आधारित छ । यसको मूल उद्देश्य र आदर्श साम्यवाद हो । यसलाई विकसित तुल्याउने काममा लेनिन र माओको महत्वपूर्ण योगदान रहेको छ।
माक्र्सवाद – लेनिनवाद – माओवाद
माक्र्सवादको माक्र्सवाद – लेनिनवाद – माओवादीमा जुन विकास भयो त्यसका तीन गुणात्मक चरण छन् । ती हुन् ः–
(क) माक्र्सवादको चरण ः माक्र्सवाद एक वैज्ञानिक सिद्धान्त हो र माक्र्सवाद सर्वहारा क्रान्तिको विज्ञान हो । माक्र्सवाद सर्वहारावर्गको मुक्तिको सिद्धान्त र विश्वदृष्टिकोण हो ।
(ख) लेनिवादको चरण ः माक्र्सवादको गुणात्मक विकासको दोस्रो चरण लेनिनवाद हो । पुँजीवादले साम्राज्यवादमा प्रवेश गर्नु, उत्पादक शक्ति र सर्वहारा आन्दोलन तथा ज्ञानविज्ञानका विविध क्षेत्रमा थप प्रगति हुँदै जानु र यस प्रकारको नयाँ परिस्थिति अनुरुप माक्र्सवादलाई नयाँ उचाइमा विकसित गर्नुपर्ने ऐतिहासिक आवश्यकताका बीचबाट लेनिवाद जन्मिएको हो । लेनिन (१९७० – १९२४) लेनिवादका प्रतिपादक हुनुहुन्छ ।
(ग) माओवादको चरण ः
माक्र्सवाद–लेनिनवादको गुणात्मक विकासको तेस्रो र नयाँ चरण माओवाद हो । सामन्ती–साम्राज्यवादी शोषणको दोहोरो उत्पीडनबाट आक्रान्त अविकसित देशहरूका क्रान्तिका समस्याहरूको समाधान गर्नुपर्ने, सन् १९५३ मा स्टालिनको मृत्युपश्चात् रुस एवं पूर्वी युरोपका कैयौँ देशहरूमा पुँजीवादको पुनःस्थापनाका कारणहरूको खोज गरी त्यसबाट शिक्षा लिनुपर्ने तथा त्यसबाट उत्पन्न समाजवादी समाजका अन्तर्विरोधहरूको समाधान गर्नुपर्ने र आधुनिक संशोधनवादका विरुद्धको लडाईं लड्नुपर्ने ऐतिहासिक आवश्यकताको पृष्ठभूमिमा माओद्वारा माक्र्सवाद–लेनिनवादको थप परिमार्जन तथा विकास गरी त्यसलाई माक्र्सवाद–लेनिनवाद–माओवदको तेस्रो, नयाँ र गुणात्मक उचाइमा पु¥याउने काम भएको हो ।
यसरी आज अन्तर्राष्ट्रिय सर्वहारावर्गको हातमा एउटा सार्वभौम सिद्धान्तको सिङ्गो अभेद्य इकाइको रुप्मा माक्र्सवाद–लेनिनवाद–माओवाद रहेको छ । माओवादलाई आजको विश्वको माक्र्सवाद–लेनिवादका रुपमा ग्रहण नगरीकन कोही पनि सच्चा कम्युनिस्ट बन्न सक्दैनन् ।
दर्शन ः (क) दर्शनशास्त्रको प्रारम्भिक अध्ययन
(१) दर्शनशास्त्रको परिचय र परिभाषा
दर्शन भनेको कुनै पनि वस्तुलाई हेर्ने, बुभ्mने र व्याख्या गर्ने साधनको नाम हो । अर्को शब्दमा दर्शन भनेको मानिसको भित्री आँखा हो, जुन आँखाले जीवन र जगत्का बारेमा हेर्न, बुभ्mन र व्याख्या गर्ने काममा मद्दत गर्दछ । जीवन र जगत्का सामान्य नियमहरूको अध्ययन नै दर्शन हो । दर्शन शब्दको व्यापक अर्थ हेर्न खोज्नु, बुभ्mन खोज्नु हुन्छ । विश्व ब्रह्माण्डको उत्पत्ति कसरी भयो ? अर्थात् प्रकृति र समाजको जन्म कसरी भयो ? पृथ्वीमा जीवजन्तु र मानिसको उत्पत्ति कसरी भयो ? यो आपैm जन्मिएको हो । यिनलाई जन्माउने कुनै ईश्वर वा अलौकिक शक्ति छ ? मानव जीवनका उद्देश्य, आदर्श, कर्तव्य र मूल्य के हुन् ? के मानिसले प्रकृति र समाजबारे सत्यतापूर्ण ज्ञान प्राप्त गर्न सक्छ ? के मानिस आफ्नो ज्ञान र व्यावहारिक क्रियाशीलताका आधारमा प्रकृति र समाजलाई बदल्न समर्थ छ ? यी यस्तै अनेकौं प्रश्नहरूको सही जवाफ खोज्ने मान्छेको जिज्ञासनवृत्तिको उपज र अभिव्यक्ति नै दर्शन हो ।
दर्शन शब्दको पहिलो उपयोगकर्ता युनानी दार्शनिक पाइथागोरस हुन् । उनले दर्शनलाई बुझाउने फिलोसोफी ९एजष्यिकयउजथ० शब्दको प्रयोग गरे । फिलोस (प्रेम) र सोफिया (विवेक) जस्ता शब्दको मिलनबाट फिलोसोफी बन्यो । जसको अर्थ विवेक प्रेम हुन्छ ।
दर्शनको उत्पत्ति र विकास
दर्शनशास्त्र एक अति प्राचीन विज्ञान हो । उत्पादनको निम्ति संघर्ष, वैज्ञानिक प्रयोग र वर्गसंघर्षको बीचबाट दर्शनको जन्म भएको हो । मानव समाजमा वर्गको उदयसँगै दर्शनको पनि उत्पत्ति भयो । जव दासस्वामी समाजको विकास भयो, त्यस विकास प्रक्रियाका बीचबाट प्राचीन युनान, भारत र चीनमा सँगसँगै जसो दर्शनको विकास हुँदै आएको पाइन्छ ।
दर्शनको उत्पत्ति मानवज्ञानको विकाससँगै भएको हो । करिब १५ अर्ब वर्ष पहिले ब्रह्माण्डको स्वनिर्माण भएको थियो । करिब ४ अर्ब ६० करोड वर्ष पहिले पृथ्वीसहित सौर्यमण्डलको पनि स्वनिर्माण भयो । करिब ३ अर्ब ८० करोड ४० लाख वर्ष पहिले अफ्रिका र दक्षिणपूर्वी एसियाका विभिन्न क्षेत्रहरूमा अष्ट्रेलोपिथेकस नामको मानव देखाप¥यो । करिब ४० हजार वर्ष पहिले आधुनिक (प्रज्ञा मानव) ज्यmयकबउभभलक को विकास भयो ।
आदिम सामुदायिक समाजको मानिसहरूको दृष्टिकोण सरल थियो । त्यसबेलाको मानव समुदाय प्रकृति र समाजमा घट्ने घटनाका पछाडिका कारणहरूबारे अनभिज्ञ थियो । सरल र भौतिकवादी थियो । तर प्रकृतिका रहस्यहरू खोतल्दै जानेक्रममा उनीहरूमा विभिन्न खाले दार्शनिक दृष्टिकोणको विकास हुन पुग्यो । आदिम सामुदायिक समाजको विघटन र दास समाजको उत्पत्ति साथै साँचो अर्थमा दर्शनको प्रादुर्भाव भयो । दुईथरिका वर्गीय स्वार्थहरूको कारण दुईखाले अवधारणाको विकास भयो । दर्शन आजभन्दा करिब ३ हजार वर्ष अगाडिदेखिका प्राचीन युनान, दक्षिण एसिया, मिश्र नेपाल र चीनको सँगसँगै जस्तो उत्पत्ति भयो । प्राचीन ग्रन्थको ‘नासदीय सूक्त’ लाई प्रथम दार्शनिक रचना मानिन्छ भने युनानी विद्वान् थेल्स प्रथम दार्शनिक मानिन्छन् ।
दर्शनका प्रकारहरू
संसारमा धेरै प्रकारका दर्शनहरू भए तापनि मुख्य गरेर दुई प्रकारका दर्शन छन्–
(१) अध्यात्मवादी (आदर्शवादी) दर्शन ।
(२) भौतिकवादी दर्शन
२. दर्शनको ऐतिहासिक विकास प्रक्रिया
प्रारम्भिकालमा दर्शन (दासस्वामी समाज)
(क) युनानी तथा रोमन दर्शन (ख) नेपाली दर्शन
(ग) भारतीय दर्शन (घ) चीनको दर्शन
सामन्तवादी समाजको दर्शन
(क) युरोपको दर्शन (ख) अरबी दर्शन
(ग) भारतीय दर्शन (घ) नेपाली दर्शन
(ग) चीनमा बौद्ध– कन्फ्युसियस–ताओवादी दर्शन
पुँजीवादी समाजमा दर्शन
(क) पुँजीवादी दर्शन
(ख) माक्र्सवादी दर्शन
दर्शनका मूलभूत दुई प्रश्न र दुई विश्वदृष्टिकोण
दर्शनले सामना गर्नुपर्ने दुईवटा आधारभूत प्रश्नहरू छन्, जसको जवाफको आधारमा दार्शनिकहरू दुई शिविरमा बाँडिएका छन् । पदार्थलाई आदितत्व र चेतनाको जन्म पदार्थबाटै भएको कुरा मान्ने, संसार बोधगम्य छ, ज्ञेय छ भन्ने पदार्थ पहिलो र चेतना दोस्रो भन्ने मान्ने, संसारका सारा वस्तु वा परिघटनालाई एकआपसमा अन्तर सम्बन्धित, निरन्तर, गतिशील, अस्थिर र परिवर्तनशील मान्ने दार्शनिकहरू भौतिकवादसित अन्तरसम्बन्धित छन् ।
‘आत्मा’ चेतनालाई आदितत्व मान्ने, चेतनालाई पहिलो र पदार्थलाई दोस्रो मान्ने, संसारलाई बुभ्mन सकिँदैन, संसार अज्ञेय छ, संसारका सारा वस्तु वा परिघटनलाई स्वतन्त्र, एकाङ्की, तर स्थिर र अपरिवर्तनीय मान्दछन् ती दार्शनिकहश्रु अध्यात्मवादसित सम्बन्धित छन् ।
दर्शनशास्त्रको मौलिक प्रश्न
दर्शन के हो ? यसलाई कसरी बुभ्mने र परिभाषित गर्ने ? दर्शनको विषयवस्तु, अर्थ र महत्व के हो ? दर्शनमा के – कस्ता प्रवृत्तिहरू छन् र तिनका बीच कसरी संघर्ष चल्दै आएको छ ? यी प्रश्नहरूको आवश्यक जानकारी प्राप्त गर्नका लागि सर्वप्रथम दर्शनशास्त्रको मौलिक प्रश्नबारे अध्ययन गर्न जरुरी हुन्छ ।
एंगेल्स भन्नुहुन्छ– ’समग्र दर्शनको र विशेषतः नयाँ दर्शनको महमान् मौलिक प्रश्न चिन्तन र सत्ताको सम्बन्धको प्रश्न हो ।’ चिन्तन र सत्ताको सम्बन्धको प्रश्न दर्शनशास्त्रको मौलिक प्रश्न हो । चिन्तन भनेको समवेदना, अनुभव, इच्छा, संकल्प, भावना, विचार, अवधारणा, सिद्धान्त, दृष्टिकोण जस्ता चेतनाका विविध रुपहरू पर्दछन् । सत्ता भनेको अस्तित्व हो, विश्व हो ।
दर्शनशास्त्रको मौलिक प्रश्नका दुई महत्वपूर्ण पहलुहरू छन् ः
(१) पहिलो पहलु अन्तर्गत चिन्तन र सत्ताबीच प्राथमिकताक्रम निर्धारण गर्ने कुरा आउँछ ।
(२) दोस्रो पहलु अन्तर्गत चिन्तन र सत्ताबीचको आपसी अन्तक्र्रिया उद्घाटित गर्ने कुरा आउँछ ।
दार्शनिक सिद्धान्त ः आदर्शवाद र भौतिकवाद
आदर्शवाद एक यस्तो दार्शनिक सिद्धान्त हो जसले चेतना, आत्म, संकल्प, विचार वा ईश्वरलाई प्राथमिकता मान्दै त्यसबाट विश्व, पदार्थ वा प्रकृतिको जन्म भएको हो भन्ने कुरा स्वीकार गर्दछ ।
आदर्शवादका दुई हाँगा छन् –
(१) वस्तुनिष्ठ आदर्शवाद
(२) व्यक्तिनिष्ठ आदर्शवाद
चिन्तन र सत्ता आत्म र प्रकृति, चेतना र पदार्थलाई समानान्तर रुपमा प्राथमिक मान्ने, तटस्थ देखाउने दार्शनिक सिद्धान्तलाई द्वैतवाद, समन्वयवाद वा तटस्थतावाद भनिन्छ ।
विश्वलाई ज्ञेय अर्थात बोधगम्य मान्ने चिन्तनको सम्बन्ध भौतिकवादसँग र अज्ञेयवादको सम्बन्ध आदर्शवादसँग रहेको छ ।
दर्शनशास्त्रको पद्धति ः द्वन्द्ववाद र अधिभूतवाद
यहाँनेर बुभ्mनै पर्ने कुरा विश्वब्रह्माण्डको विकास प्रक्रिया र त्यसका नियमहरूको अध्ययन गर्ने चिन्तन प्रणालीलाई दर्शनशास्त्रको पद्धति भनिन्छ । दर्शनशास्त्रको इतिहासमा विश्वदृष्टिकोण दुई आधारभूत पद्धति रहिआएका छन् –
(१) द्वन्द्ववाद (२) अधिभूतवाद ।
द्वन्द्ववाद प्राचीन युनानी दिएलेगो ९म्ष्बयिनय० पदावलीबाट विकसित भएको हो । यसको अर्थ हो बहसको कला ।
अअधिभूतवाद पनि प्राचीन युनानी मेटाफिजिका ९ःभतब – एजथकष्अब० पदावलीबाट विकसित भएको हो । यसले भौतिकवादभन्दा पर भन्ने अर्थ बुझाउँछ ।
द्वन्द्ववादलाई गति तथा परिवर्तन र अधिभूतवादलाई स्थिष्रताको संवाहक पदावलीका अर्थमा बुभ्mन सकिन्छ । द्वन्द्ववाद ९म्ष्बभिअतष्अक० र अधिभूतवाद ९ःभतब ( एजथकष्अब० परस्पर विपरीत अर्थ बुझाउने पदावली हुन् ।
दार्शनिक पक्षधरताको प्रश्न
वर्गसमाजमा विभिन्न वर्गका स्वार्थहरू टकराउँछन् र ती भिन्न विचारहरूको रुपमा प्रतिबिम्बित बन्न पुग्दछन् । त्यसबेला दर्शनले वर्गसंघर्षमा दृढ पक्षधरताको माग गर्दछ ।
आदर्शवादले शोषकवगर्वको पक्षधरता लिन्छ भने भौतिकवादले शोषित वर्गको पक्षधरता लिन्छ । भौतिकवादी दर्शन माक्र्सवादी दर्शन हो ।
माओले वर्गसंघर्ष र दर्शनमा प्राथमिक स्थान वर्गसंघर्षको हुने कुरामाथि विशेष जोड दिनुभएको थियो । माओले भन्नुभयो थियो– ‘दर्शन त्यतिबेला मात्रै जन्मन्छ जब वर्गसंघर्ष चल्छ । जग वर्गसंघर्ष नै हो । त्यसमाथि मात्रै दर्शनको अध्ययनको कुरा आउँछ । कसको दर्शन ? बुर्जुवा कि सर्वहारावर्गको दर्शन ? सर्वहारावर्गको दर्शन माक्र्सवादी दर्शन हो ।’
दर्शनको विषयवस्तु
दर्शन भनेको विश्वको सामान्य दर्शन अर्थात् विश्वदृष्टिकोण हो । दर्शनको विषयवस्तु पनि यसै विश्वदृष्टिकोणको अध्ययनमा आधारित रहेको छ । दर्शनशास्त्रको विषयवस्तु अन्तर्गत दर्शनको विशिष्ट स्वत्व र परिधिको निर्धारण गरिन्छ । लामो ऐतिहासिक विकास प्रक्रियामा दर्शनको विषयवस्तु धेरै परिमार्जित बन्दै आएको छ र आज यसको विशिष्टीकरण हुन गएको छ ।
दर्शनको मूल विषयवस्तु दर्शनको मौलिक प्रश्न अर्थात् चिन्तन र सत्ताको सम्बन्धको प्रश्न हो । सत्ताको अर्को अर्थ विश्व हो, विश्व अन्तर्गत प्रकृति र समाज पर्छ । प्रकृति, समाज र चिन्तनका सामान्य नियमको अध्ययन नै दर्शनशास्त्रको विषयवस्तु बन्न जान्छ । कुनै पनि दार्शनिक प्रणालीमा मूलतः तीन तत्व हुन्छन् – (१) वर्गीय पक्षधरता (२) सिद्धान्त र (३) पद्धति ।
दर्शनको महत्व
दर्शनको काम प्रकृति, समाज वा चिन्तनलाई सही प्रकारले बुभ्mने मात्र नभएर त्यसलाई (विश्वलाई) बदल्नु पनि हो । तसर्थ माक्र्सले भन्नुभएको छ– ‘दार्शनिकहरूले संसारलाई विभिन्न तरिकाले व्याख्या मात्र गरेका छन्, तर मुख्य कुरा त्यसलाई बदल्नु हो ।’ वर्गसमाजमा दर्शनको वर्गीय अर्थ र महत्व हुन्छ । वर्गसमाजमा दर्शनले वर्ग हैसियत, हित र विचारको प्रतिविम्बन तथा प्रतिनिधित्व गर्दछ । वर्गसमाजमा कुन दर्शन सत्यको सन्निकट छ र वैज्ञानिक छ, त्यस कुराको टुङ्गो सम्बन्धित समाजको भौतिक अवस्था र सामाजिक व्यवहारद्वारा लगाइन्छ ।
माक्र्सवादी दर्शन वैज्ञानिक दर्शन हो । माक्र्सवाद सर्वहारावर्गको मुक्तिको सिद्धान्त हो । माक्र्सवादको दर्शनले समाजमाथि विद्यमान शोषण, उत्पीडन, अन्याय र अत्याचारले व्याप्त सामाजिक व्यवस्थालाई बदली त्यसको ठाउँमा सुखी, सुन्दर र उज्ज्वल भविष्य निर्माण गर्न चाहन्छ ।
आजको युगमा सर्वहारा वर्गको दर्शन अर्थात् माक्र्सवादी दर्शन नै सुसङ्गत, क्रान्तिकारी र वैज्ञानिक दर्शन हो । माक्र्सवादी दर्शनले प्रकृति, विज्ञान र समाज विज्ञानका विविध शाखाहरूमा वैज्ञानिक विश्वदृष्टिकोण प्रदान गरेर नियमित र अनुसन्धानमूलक कामका लागि पनि यथेष्ठ महत्व बुझाउँछ ।
३. माक्र्सवादी दर्शन
कार्ल माक्र्स (१८१८ – १८८३) र फ्रेडरिक एंगेल्स (१८२० – १८९५) माक्र्सवादी दर्शनका संस्थापक हुनुहुन्छ । १९औं शताब्दीको पूर्वाद्र्धमा जब पुँजीवादी समाजमा पुँजीपति र सर्वहारावर्ग बीचमा वर्गसंघर्षको अवस्था, प्रकृति विज्ञानका नयाँ खोजहरू र जर्मनशास्त्रीय दर्शन, इङ्गल्यान्डको राजनीतिक अर्थशास्त्र र फ्रान्सको समाजवाद, माक्र्सवादको जन्मका भौतिक तथा सैद्धान्तिक आधार बन्न पुग्दछन् ।
खासमा पुँजीवादी दर्शनमा काण्टदेखि लिएर हेगेल एवं फायरबाखसम्म आउँदा दर्शनमा जुन समस्या पैदा भएका थिए, माक्र्स र एंगेल्सले तिनको समाधान वैज्ञानिक ढङ्गले गर्नुभयो । माक्र्सवादी दर्शनको नाम द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवाद हो । माक्र्सवाद सर्वहारावर्गको समग्र विचारधारा हो । दर्शन, राजनीतिक अर्थशास्त्र र समाजवाद तीन तत्व मिलेर माक्र्सवाद बन्दछ । वर्गसंघर्ष, इतिहासमा बलप्रयोगको भूमिका, सर्वहारावर्गको अधिनायकत्व, साम्यवाद माक्र्सवादको इतिहास मीमांसाका मूल विषय हुन् ।
दर्शनशास्त्रको वैज्ञानिक अध्ययनका लागि मौलिक प्रश्नको समस्या सही ढङ्गले हल गर्न, द्वन्द्ववाद र भौतिकवादलाई एकै ठाउँमा मिलाई द्वन्द्वात्मक भौतिकवादी दर्शनको स्थापना गर्नु समाजवादको विचारधारालाई केन्द्रविन्दुमा राखी भौतिकवादको सिद्धान्त र द्वन्द्ववादको पद्धति अवलम्बन गरी नयाँ दार्शनिक प्रणालीको निर्माण गर्नु माक्र्सवादी दर्शनका मूलभूत विशेषता हुन् ।
माक्र्सवादी दर्शनका जन्मका आधारहरू
माक्र्सवादी दर्शन एक वैज्ञानिक दर्शन भएकाले हो । माक्र्सवादी दर्शन सर्वहारा वर्गको विश्वदृष्टिकोण हो । यसलाई द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद भनिन्छ । यस दर्शनको जन्म दर्शनशास्त्रको इतिहासको लामो विकासप्रक्रियाका बीचबाट भएको हो । जुन परिस्थितिमा यो जन्मियो त्यसका आवश्यक पूर्वाधारहरू निम्न रहेका छन् ।
(१) सामाजिक–आर्थिक पूर्वाधार
युरोपका इङ्ल्यान्ड, फ्रान्स लगायतका देशहरूमा उसन्नाईसौँ शताब्दीको चौथो दसकमा आउँदै गर्दा सामन्तवादका विरुद्ध पुँजीवादी क्रान्ति सम्पन्न हुँदै जानु, उत्पादक शक्तिको तीव्र विकास हुँदै जानु, यसै प्रक्रिया अन्तर्गत औद्योगिक क्रान्ति हुनु, समाजमा पुँजीपति र सर्वहारावर्गका बीचमा वर्गसंघर्ष चर्कंदै जान थाल्नु, पुँजीपति वर्गका विरुद्धमा संघर्षमा सर्वहारावर्ग लाई इतिहासको सबैभन्दा प्रगतिशील वर्गको रुपमा विकसित हुँदै जानु, मजदुर वर्गले आफ्नो हक र हितका लागि आन्दोलनको प्रक्रिया अगाडि बढ्दै लैजानु, इङ्ल्यान्डका लुलाइड (मेसिन तोड) र चार्टिस्ट आन्दोलन (१८३८ – १८४२) चर्केर जान्छ । ठीक यो थप परिस्थितिमा मजदुरवर्गको मुक्ति, उद्देश्य र आन्दोलनका लागि सुसङ्गत क्रान्तिकारी विचारधाराको निर्माण एक ऐतिहासिक आवश्यकता बन्न गयो । त्यसको परिपूर्तिको लागि माक्र्स–एंगेल्सलेले माक्र्सवादको प्रादुर्भाव गर्नुभयो ।
(२) प्रकृति विज्ञानका पूर्वाधार
दासयुग युगीन समाजको पतनको सँगै विशेषतः युरोपको पुनर्जागरण कालयता प्रकृति विज्ञानका क्षेत्रमा प्रशस्त विकास हुँदै आयो । ज्योतिषशास्त्र, गणित, भौतिक विज्ञान, यन्त्रशास्त्र, रसायनशास्त्र, जीवन विज्ञान लगायत प्रकृति विज्ञानका विविध क्षेत्रमा नयाँ खोज हुँदै गए ।
यी सबै नयाँ खोजको परिणाम प्रकृति विज्ञानमा विद्यमान यान्त्रिक तथा अधिभूतवादी चिन्तनका विरुद्ध द्वन्द्ववादको स्थापना, प्रकृति तथा प्रकृति विज्ञान द्वन्द्ववादी रहेको पुष्टि । यो स्थितिमा तथाकथिक प्रकृति दर्शनको अन्त्य भई प्रकृति विज्ञानका विविध शाखाहरूलाई स्वतन्त्र विज्ञान बन्नका लागि राम्रो आधार तयार भयो । विशेषतः ऊर्जा संरक्षण र रुपान्तरणको सिद्धान्त, जीवकोषको खोजी र डार्विनको विकासवादी सिद्धान्त आदिले माक्र्सवादको जन्मका आधार तयार बन्न पुग्यो ।
(३) सैद्धान्तिक पूर्वाधार
जर्मन दर्शनशास्त्र, अङ्ग्रेजी राजनीतिक अर्थशास्त्र र फ्रान्सेली समाजवाद माक्र्सवादका पूर्वाधारका तीन आवश्यक तत्व बन्न पुगेका छन् ।
दार्शनिक फाँटमा क्रान्ति
माक्र्स–एंगेल्सद्वारा माक्र्सवादी दर्शनको प्रतिपादनले दार्शनिक फाँटमा ठूलो क्रान्ति ल्यायो । माक्र्सवादी दर्शन एक वैज्ञानिक दर्शन भएकाले त्यो भन्दा पूर्वका सबै विचार र दर्शनहरू स्वतः पछाडि पर्न गए ।
द्वन्द्वात्मक भौतिकवाद तथा ऐतिहासिक भौतिकवद
द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद सर्वहारावर्गको चिन्तन तथा विश्वदृष्टिकोण हो । यो दर्शन फायरबाख र हेगेलसहित विगतका सबै दर्शनभन्दा गुणात्मक रुपमा भिन्न छ ।
द्वन्द्वात्मक भौतिकवादको सिद्धान्त, द्वन्द्वात्मक भौतिकवादको पद्धति, द्वन्द्वात्मक भौतिकवादको ज्ञान सिद्धान्त र ऐतिहासिक भौतिकवादको सिद्धान्तलाई द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादका मूल विषय हुन् ।
नेपालमा माक्र्सवादको प्रवेश
वि.सं. २००५ सालमा पुष्पलालले कम्युनिस्ट घोषणापत्र नेपालीमा उल्था गरेर माक्र्सवादलाई नेपालमा प्रवेश गराए र २००६ सालमा पुष्पलालकै नेतृत्वमा नेपालमा पनि कम्युनिस्ट पार्टीको स्थापना भयो । कम्युनिस्ट पार्टीको स्थापना पश्चात नेपालमा माक्र्सवादको प्रयोगको प्रक्रिया विकसित हुँदै आएको छ ।
४. द्वन्द्वात्मक भौतिकवादको सिद्धान्त
द्वन्द्ववाद ः
(१) विश्व ब्रह्माण्डमा सारा चीजहरू दुई परस्पर विरोधी तत्व वा कुरा मिलेर बनेको हुन्छ ।
(२) संसारमा जहाँ पनि विरोधी कुराहरू सँगसँगै गाँसिएका हुन्छन् ।
(३) यस रुपमा विश्व सञ्चालित छ भनी सावित गर्ने वैज्ञानिक सिद्धान्तलाई द्वन्द्ववाद भनिन्छ ।
(४) हरेक वस्तुभित्र आपसी द्वन्द्व (संघर्ष) वा टक्कर चलिरहन्छ । यसै द्वन्द्वले नै हरेक कुराको जीवन (अस्तित्व) बनेको छ ।
(५) हरेक कुरा गतिशील, विकासशील र परिवर्तनशील छन् ।
(६) स्थिर होइन, अस्थिर छन् ।
द्वन्द्वात्मकताको सिद्धान्तलाई द्वन्द्ववाद भनिन्छ ।
भौतिकवाद ः
यो अध्यात्मवाद विरोधी भौतिक तत्वलाई प्रमुख र चेतनालाई गौण मान्ने, संसार बोधगम्य छ भनेर स्वीकार गर्ने, देश, काल, अनन्त छ भन्ने, चेतना पदार्थको उपज हो भन्ने सिद्धान्तलाई भौतिकवादले मान्दछ ।
द्वन्द्वात्मक भौतिकवाद
द्वन्द्ववाद र भौतिकवादको संश्लेषणबाट द्वन्द्वात्मक भौतिकवाद बन्दछ । पदार्थ र गति, दिशा र काल तथा पदार्थ र चेतनाको अध्ययनबाट नै द्वन्द्वात्मक भौतिकवादबाटै आवश्यक जानकारी प्राप्त गर्न सकिन्छ ।
पदार्थ र गति ः द्वन्द्वात्मक भौतिकवाद पदार्थ र गतिको एकताको मान्यतामा आधारित छ ।
(१) भौतिकवादले भौतिक पदार्थलाई विश्वको प्राथमिक तत्वको रुपमा अध्ययन गर्दछ ।
(२) द्वन्द्ववादले भौतिक पदार्थमा विद्यमान गतिको अध्ययन गर्दछ ।
(३) यी दुवै अध्ययनको पूर्णता द्वन्द्वात्मक भौतिक वादमा हुन्छ ।
पदार्थ के हो ? लेनिन भन्नुहुन्छ – “पदार्थ त्यस वस्तुपुरक यथार्थलाई अंकित गर्ने एक दार्शनिक प्रवर्ग हो जुन मान्छेमा उसको संवेदनाद्वारा प्राप्त हुन्छ र जसलाई हाम्रा संवेदनाहरूबाट स्वतन्त्ररुपले अस्तित्वमा रही तिनिहरूद्वारा प्रतिलिपित, फोटोचित्रित र प्रतिबिम्बित गरिन्छ ।”
अतः पदार्थ मान्छेको मन बाहिर स्वतन्त्र रुपले अस्तित्वशील छ । पदार्थ संवेदनाहरूद्वारा हाम्रो मनमा प्रतिबिम्बित हुन्छ ।
गति के हो ? एंगेल्स भन्नुहुन्छ – “ज्यादै सामान्य अर्थमा गतिलाई पदार्थको अस्तित्वको अवस्था, आन्तरिक गुण, स्थान परिवर्तनदेखि चिन्तनसम्म विश्वमा घटित हुने सबै परिवर्तन र प्रक्रियापरक रुपमा बुभ्mनु पर्दछ ।”
एंगेल्स भन्नुहुन्छ – “गति स्वयं एक अन्तर्विरोध हो ।” गति पदार्थमा विद्यमान अन्तर्विरोधको नाम हो ।
दिशा र काल
(१) विश्वमा गतिशील पदार्थको अस्तित्व दिशा र काल अन्तर्गत मात्रै कायम रहन सक्छ ।
(२) दिशा र कालबारे आदर्शवादी र भौतिकवादीहरूबीच विवाद चल्दै आएको छ ।
(३) दिशा र कालसम्बन्ध्ी हाम्रा अवधारणाहरूलाई वस्तुगत यथार्थका अभिव्यक्ति मान्छन् ती भौतिकवादी हुन् । यसको उल्टो तिनलाई चेतना वा विचारको उपज मान्नेहरू आदर्शवादी हुन् ।
पदार्थ र चेतना
(१) पदार्थ र चेतनाबीच एक रुपता छ ।
(२) पदार्थबाट चेतनाको विकास हुन्छ ।
(३) चेतना पदार्थको गतिको सर्वोच्च रुप हो ।
(४) आदर्शवादीहरू चेतनालाई पहिलो र पदार्थलाई चेतनाको उपज मान्दछन् ।
(५) भौतिकवादनीहरू पदार्थलाई पहिलो र चेतनालाई पदार्थको उपज मान्दछन् ।
(६) यान्त्रिक भौतिकवादीहरू पदार्थलाई पहिलो माने पनि चेतनालाई पदार्थको यान्त्रिक वा कोरो नक्कलका रुपमा ग्रहण गर्दछन् ।
(६) द्वन्द्वात्मक भौतिकवादीहरू चेतनालाई पदार्थको सुसङ्गठित तथा गुणात्मक ढङ्गले विकसित प्रतिबिम्बनको उच्च अभिव्यक्ति मान्दछन् ।
भाषा र चेतना
(१) समाजको विकासमा भाषाको महत्वपूर्ण भूमिका हुन्छ ।
(२) भाषाले चेतनाको विकासका गुणात्मक धक्का दिन्छ ।
(३) भाषा र चेतना परस्पर सम्बन्धित रहेका छन् ।
(४) भाषा सूचनाको एक व्यवस्थित प्रणाली हो ।
(५) माक्र्स भन्नुहुन्छ – “चिन्तनको जीवित अभिव्यक्तिको मूल वस्तु भाषा हो ।”
(६) भाषाले विचारका साथै संस्कृतिको पनि भण्डारण गर्दछ ।
५. आदर्शवाद र भौतिकवाद
(१) दार्शनिक सिद्धान्त
दार्शनिक सिद्धान्तहरू दर्शनशास्त्रको मौलिक प्रश्नसँग सम्बन्धित छन् । मूल्तः यी दुई प्रकारका छन् ः–
(१) भौतिकवाद (२) आदर्शवाद
(१) भौतिकवाद ः यो विभिन्न धारामा विभाजित छन् । दार्शनिक सिद्धान्तलाई अद्वैतवाद, द्वैतवाद र बहुलवादका आधारमा पनि वर्गीकरण गरिएको छ ।
द्वन्द्वात्मक भौतिकवाद अद्वैतवादी रहेको छ । आदर्शवाद र भौतिकवादको बीचमा अनेकौँ दार्शनिक धाराहरू रहेका छन् ।
(२) आदर्शवादः भौतिक तत्वको निषेध गरी आत्मिक वा अलौकिक तत्वलाई प्राथमिकता दिने सिद्धान्तको नाम आदर्शवाद हो ।
(१) आदर्शवाद प्रतिक्रियावादी वर्गको दार्शनिक सिद्धान्त हो ।
(२) आदर्शवादका विभिन्न धाराहरू
(क) वस्तुनिष्ठ आदर्शवादः ईश्वरलाई प्राथमिक र वस्तुगत सत्ता, संस्कृति, पदार्थलाई द्वितीय मान्छन् ती वस्तुनिष्ठ आदर्शवादी हुन् ।
(ख) आत्मनिष्ठ आदर्शवादः आत्मनिष्ठ आदर्शवादीहरूले व्यक्तिगत आत्मा, चेतना, मन, अनुभव वा संवेदना जस्ता मनोगत तत्वलाई प्राथमिक र वस्तुगत भौतिक जगत्लाई मानसिक तत्वको उपज ठान्दछन् । तिनका दृष्टिमा ज्ञाको स्रोत वस्तुगत जगत् नभई आत्म जगत हो ।
भौतिकवाद
भौतिक तत्व वा पदार्थलाई प्रथम र चेतनालाई द्वितीय स्थानमा राख्ने सिद्धान्तलाई भौतिकवाद भनिन्छ । भौतिकवादले प्रगतिशील तथा अग्रगामी वर्गको सेवा गर्दै आएको छ।
भौतिकवादका विभिन्न धाराहरू
(क) स्वतःस्पूmर्त भौतिकवाद ः प्राचीन भारत, चीन र युनानको दार्शनिक सिद्धान्त स्वतःस्पूmर्त भौतिकवाद हो । स्वतःस्पूmर्त भौतिकवादको समृद्ध रुप युनानी भौतिकवाद हो ।
(ख) यान्त्रिक भौतिकवाद ः उदयीमान पुँजीपतिवर्गको दर्शन यान्त्रिक भौतिकवाद हो । मध्ययुगीत सामन्तवादी विश्वदृष्टिकोण, ईश्वरमीमांसा र धर्मदर्शनका विरुद्ध संघर्ष गर्ने क्रममा यान्त्रिक भौतिकवादको विकास भएको हो । यान्त्रिक भौतिकवादका विविध कमी–कमजोरीका विरुद्ध संघर्षको प्रक्रियामा द्वन्द्वात्मक भौतिकवादको विकास भएको हो ।
बीचका दार्शनिक धाराहरू
भौतिकवाद र आदर्शवादका बीचमा कैयौँ दार्शनिक धाराहरू रहेका छन् ः
(१) अद्वैतवाद ः सत्ता र चेतना, पदार्थ र चेतना वा विषय र विषयी दुवैलाई समानान्तर रुपमा प्राथमिकता दिनु द्वैतवाद हो ।
(२) समन्वयवाद ः सत्ता र चिन्तन, पदार्थ र चेतना, भौतिक जगत् र ईश्वरबीच समन्वय कायम गर्ने दार्शनिक सिद्धान्तको नाम समन्वयवाद हो । अनन्तः यसले आदर्शवादकै पक्षधरता लिन्छ ।
(३) तटस्थतावाद ः दर्शनको मौलिक प्रश्न अर्थात् सत्ता र चेतनामा कुन प्राथमिक हो भन्ने प्रश्नमा जुन प्रवृत्ति तटस्थ देखापर्दछ त्यसलाई तटस्थवाद भनिन्छ । तटस्थतावाद गौतमबुद्धको सिद्धान्त हो ।
द्वन्द्वात्मक भौतिकवाद
द्वन्द्वात्मक भौतिकवादको तापत्र्य प्रकृति र समाज जुन अवस्थामा छन्, तिनलार्ई त्यसरी नै बुभ्mनुपर्छ । दर्शनशास्त्रको इतिहासमा भौतिकवादको तीन रुप छन् ः
(१) स्वतःस्पूmर्त भौतिकवाद
(२) यान्त्रिक भौतिकवाद
(३) द्वन्द्वात्मक भौतिकवाद
६. द्वन्द्वात्मक भौतिकवादका सैद्धान्तिक विशेषता
प्रकृति, समाज र चेतना सबै क्षेत्रको दार्शनिक सिद्धान्त नै द्वन्द्वात्मक भौतिकवाद हो ।
१. नयाँ भौतिकवादः नयाँ भौतिकवाद भनेको द्वन्द्वात्मक भौतिकवाद हो । द्वन्द्वात्मक र भौतिकवाद मिलेर द्वन्द्वात्मक भौतिकवाद बन्दछ ।
२. तत्वमीमांसा ः दर्शनशास्त्रको एउटा मूल क्षेत्र नै तत्व मीमांसा हो । तत्वमीमांसाको क्षेत्रमा द्वन्द्वात्मक भौतिकवादका आधारभूत मान्यताहरू ।
(क)ं पदार्थको प्राथमिक र चेतनाको द्वितीय भूमिका
(ख) पदार्थको स्वगतिशीलता
(ग) सत्ताको अद्वैतता तथा भौतिकता
(घ) ईश्वर वा कुनै अलौकिक शक्तिको निषेध
ज्ञानमीमांसा
ध्यान दिन योग्य विषयहरू
ज्ञानमीमांसा दर्शनशास्त्रको अर्को मूलक्षेत्र हो । यसलाई ज्ञानदर्शन पनि भनिन्छ ।
(१) विचार वा ज्ञानको स्रोतको रुपमा भौतिक संसार
(२) सत्ता र चेतनाको एकरुपताको प्रश्न
(३) भौतिक जगत्लाई बुभ्mने र बदल्ने प्रश्न
समाजवादसँग सम्बन्ध
भौतिकवादको सिद्धान्त समाजवाद र साम्यवादसँग जोडिएको छ ।
दार्शनिक पक्षधरता
वैचारिक पक्षधरता द्वन्द्वात्मक भौतिकवादको मूलभूत विशेषता हो । यसले पुँजीवादका विरुद्धको संघर्षमा सर्वहारावर्गको पक्षधरता अङ्गिकार गर्दछ ।
७. द्वन्द्वात्मक भौतिकवादको पद्धति
द्वन्द्ववाद र अधिभूतवाद
(१) ऐतिहासिक सन्दर्भ
(२) प्रकृति विज्ञान र दर्शन
(३) इतिहास र दर्शन
(४) अधिभूतवाद र द्वन्द्ववादका ऐतिहासिक रुपहरू
(क) परिवर्तन र स्थिरता ः दुई भिन्न दृष्टिकोण
(ख) शून्यवाद र द्वन्द्ववाद
(ग) यान्त्रिकतावाद र द्वन्द्ववाद
(घ) भँडुवा विकासवाद र क्रमभङ्गको पद्धति
(ङ) सारसङ्ग्रह र द्वन्द्ववाद
(च) बहुलवाद र एकत्ववाद
(छ) एकमनावाद र द्वन्द्वात्मक एकत्ववाद
(ज) विखण्डनवाद र अखण्डतावाद
भौतिकवादी द्वन्द्ववाद
कार्ल माक्र्सवादद्वारा विकसित भौतिकवाद द्वन्द्ववाद नै नयाँ द्वन्द्ववाद हो । भौतिकवादी द्वन्द्ववाद माक्र्सवादी दर्शनको चिन्तन पद्धति हो ।
भौतिकवादी द्वन्द्ववाद र प्रकृति विज्ञान
भौतिकवादी द्वन्द्ववाद र प्रकृति विज्ञानबीच घनिष्ट सम्बन्ध छ । भौतिकवादी द्वन्द्ववादले प्रकृति विज्ञान र प्रकृति विज्ञानले भौतिकवादी द्वन्द्ववादलाई सघाउँदै आएका छन् ।
विभिन्न विज्ञानका विकसित सिद्धान्तहरू
(१) भौतिक विज्ञान ः यसमा सापेक्षताको सिद्धान्त एउटा क्रान्ति नै हो ।
(२) क्वान्टम यान्त्रिकी ः क्वान्टम यान्त्रिकी भौतिक विज्ञानको एक शाखा हो ।
(३) जीव विज्ञान ः आनुवंशिकताको नियमका आधारमा सन् १९५३ ग्रि.यो. मण्डेलद्वारा मा जिनको संरचना तयार पारियो ।
(४) खगोल विज्ञान
(५) सूक्ष्म औद्योगिक (नानोटेक्नोलोजी)
(६) कम्प्युटर विज्ञान
८. द्वन्द्ववादका नियम र मूलतत्वहरू
द्वन्द्ववादका तीन नियम
(१) विपरीतहरूको एकता, संघर्ष र रुपान्तरणको नियम
(२) गुणको परिणाम र परिमाणको गुणमा रुपान्तरणको नियम
(३) रुपान्तरणको नियम
द्वन्द्ववादका मूलतत्वहरू
लेनिनले माक्र्सवादी मान्यतामा आधारित रही द्वन्द्ववादलाई पहिलो तीन र पछि १६ तत्वमा विभाजित गरी तिनलाई विपरीतहरूको एकरुपतामा संकेन्द्रित गर्नुभएको छ ।
द्वन्द्ववादको नियमसम्बन्धी अवधारणा
यसबारे एङ्गेल्स – “नियम भनेको प्रकृतिमा सार्वभौमिकताको रुप हो ।”, लेनिन– “नियम भनेको विश्वप्रक्रियाको पारस्परिक निर्भरता र समग्रंता, एकरुपता र संयोजनका चरणहरूको एक अवधारणा हो ।” माओ– “नियमबद्ध, वस्तुगत रुपमा अस्तित्ववान् हुन्छन्, ती मानिसको इच्छाबाट डो¥याइएका हुन सत्तैmनन् ।”
द्वन्द्ववादको आधारभूत नियम ः अन्तर्विरोधको नियम ।
९. अन्तर विरोधको नियम
माक्र्सवाद–लेनिनवादका दार्शनिक मान्यताहरूमाथि ध्यान दिँदै माओले द्वन्द्ववादलाई समृद्ध तुल्याउनुभएको छ । माओले अन्तर विरोधको नियम र मान्यताको विविध पक्षहरू प्रस्तुत गर्नुभएको छ ।
जस्तै ः दुई विश्वदृष्टिकोण, अन्तर्विरोधका सार्वभौमिकता, अन्तर विरोधको विशिष्टता, प्रधान अन्तर्विरोध, अन्तर विरोधहरूको पहलुहरूको एकरुपता र तिनको संघर्ष तथा अन्तर विरोधमा शत्रुताको स्थान ।
(१) दुई विश्वदृष्टिकोण
मानव ज्ञानको इतिहासमा विश्वको विकासबारे दुई विश्वदृष्टिकोण पाइन्छन् – अधिभूतवादी र द्वन्द्ववादी ।
विश्वको विकासबारे अधिभूतवाद र द्वन्द्ववादबीच कहाँनेर भिन्नता छ ?
(१) विश्वको विकासको पहिलो आधार– भौतिकवाद हो ।
(२) विश्वको विकासको दोस्रो प्रेरक शक्ति, स्रोत र कारण भौतिकवस्तु भित्रै विद्यमान हुन्छ ।
(३) विकास वस्तुहरूमा विद्यमान विपरीतहरूको अन्तःसम्बन्ध र अन्तर विरोधमा आधारित हुन्छ ।
(४) वस्तुहरूको विकासको प्रक्रिया विपरीतहरूको विकास, एकता, संघर्ष र छालाङ्गको रुपमा सम्पन्न हुन्छ ।
(५) विकासको दिशा – अग्रगति र सर्पिल ढङ्गले अघि बढ्छ, त्यसको वृत्तबाट उध्र्वपात हुन्छ ।
(२) अन्तर्विरोधको सार्वभौमिकता
(१) हरेक वस्तुमा अन्तर्विरोध व्याप्त हुन्छ ।
(२) अन्तर्विरोधहरूको अर्को नाम गति हो ।
(३) पदार्थमा विद्यमान अन्तर विरोधको व्यापकता र निरपेक्षता नै वास्तवमा अन्तर विरोधहरूको सार्वभौमिकता हो ।
(४) हरेक वस्तुको विकास प्रक्रियामा सुरुदेखि अन्त्यसम्म अन्तर्विरोध कायम रहन्छ ।
(३) अन्तर्विरोधको विशिष्टता
हरेक वस्तुमा अन्तर्विरोध व्याप्त हुन्छ । यो नै अन्तर विरोधको सार्वभौमिकता र निरपेक्षता हो । तर विस्तुहरूमा विद्यमान अन्तर्विरोधका विशिष्ट रुप पनि हुने गर्दछन् । कुनै पनि वस्तुको विशिष्ट एकत्व र हरेक वस्तुबीचको गुणात्मक भेद अन्तर्विरोधको यसै विशिष्टता र सापेक्षतामा आधारित हुन्छ ।
(४) प्रधानअन्तर्विरोध र अन्तर्विरोधको प्रधान पहलु
पहिलो कुनै मूल वस्तु वा प्रक्रियामा अनेकौँ अन्तर्विरोधहरू हुन्छन् र तिनमा एउटा अन्तर्विरोध प्रधान हुन्छ ।
दोस्रो अन्तर्विरोधहरूका दुई पहलुहरूमा कुनै एक पहलु प्रधान हुन्छ । यसको अर्थ कुनै पनि वस्तु या प्रक्रियाको विकासक्रममा अन्तर्विरोधहरू एवं तिनका पहलुहरू असमान ढङ्गले प्रस्तुत भएका हुन्छन् र तिनको विकास समानान्तर ढङ्गले हुन सत्तैmन । कुनै पनि वस्तुको विकास प्रक्रियामा त्यसको मूल वस्तुको निर्धारण प्रधान अन्तर्विरोध र त्यसै अन्तर्विरोधको प्रधान पहलुका आधारमा हुने गर्दछ ।
पहिलो, अन्तर्विरोधको कुरा गर्दा पुँजीवादी समाजमा पुँजीपति वर्ग र सर्वहारावर्ग बीचको अन्तर्विरोध प्रधान अन्तर्विरोध हुन्छ ।
अन्तर्विरोधको प्रधान पहलुको कुरा गर्दा अन्तर्विरोधका परस्पर विपरीत पहलुहरू आ–आफ्नो विकासक्रममा प्रधान र गौण हुने गर्दछन् । प्रधान पहलु गौण र गौण पहलु प्रधानमा बदलिने गर्दछन् ।
जस्तो पुँजीवादी समाजको कुरा गर्दा – पुँजीपति र सर्वहारा अन्तर्विरोधका दुई पहलु हुन् । पुँजीवादी समाजमा यी दुई पहलुमा पुँजीपतिको भूमिका प्रधान हुन्छ । तर समाजवादी समाजमा चीज बदलिन्छ, त्यहाँ सर्वहारावर्ग प्रधान बन्न पुग्छ । त्यहाँ पुँजीपति वर्ग शासित र सर्वहारा वर्ग शासक बन्न पुग्छ ।
(५) अन्तर्विरोधको पहलुहरूका एकरुपता र तिनको संघर्ष
विपरीतहरूको कसरी एक रुप हुन्छन् र खास अवस्थामा ती कसरी अर्कोमा बलिन्छन् यही नै अन्तर्विरोधका पहलुहरूको एकरुपता र संघर्षसँग सम्बन्धित मूल विषय हो । यो विपरीतहरूको एकत्वको नियमसँग सम्बन्धित छ ।
(६) अन्तर्विरोधमा शत्रुताको स्थान
अन्तर्विरोधमा शत्रुता विपरीतहरूको संघर्ष एउटा रुप हो । त्यति मात्र होइन मानव इतिहासमा विपरीत वर्गहरूबीच अन्तर्विरोध चल्दै आएको छ । अतः यो अन्तर्विरोध खास स्थितिमा शत्रुतापूर्ण रुपमा बदलिन्छ र त्यसले सामाजिक क्रान्तिको रुप लिन्छ ।
वर्ग समाजमा विभिन्न विपरीत वर्गबीच अन्तर्विरोधहरू हुन्छन् तिनलाई एकातिर शत्रुतापूर्ण तथा मैत्रीपूर्ण अन्तर्विरोधका रुपमा वर्गीकरण गर्न जरुरी हुन्छ ।
पार्टीभित्र चल्ने अन्तर्विरोधहरू शत्रुतापूर्ण नभई मैत्रीपूर्ण अन्तर्विरोध हुन् ।
द्वन्द्वात्मक भौतिकवादका प्रवर्गहरू
दार्शनिक प्रवर्गलाई अरस्तुले विकास गरेका थिए । माक्र्सवादी दर्शन अनुसार प्रवर्गको रचना ज्ञान र सामाजिक व्यवहारको ऐतिहासिक विकासको प्रक्रियामा भएको थियो ।
प्रवर्ग वस्तु, समाज र चिन्तनका मूलभूत विशेषता, गुण र स्वभावलाई संकल्पनाका रुपमा समेट्दै मानव मस्तिष्कमा अभिव्यक्त हुन्छन् । प्रवर्गहरूको जन्म मानव जातिको उत्पादनका लागि संघर्ष, वैज्ञानिक खोज र वर्ग संघर्षको ऐतिहासिक विकास प्रक्रियाका बीचबाट भएको हो ।
आदर्शवादीहरू प्रवर्गलाई मनका संकल्पना मान्दछन् र प्रवर्गको वस्तुपरकता अङ्गिकार गर्दैनन् । कैयौँ यान्त्रिक भौतिकवादीहरू प्रवर्गलाई अस्वीकार गर्दछन् । अधिभूतवादीहरू प्रवर्गलाई गतिहीन र स्थिर मान्दछन् । द्वन्द्वात्मक भौतिकवादीहरू प्रवर्गहरूलाई वस्तुगत जगत्को प्रतिबिम्बन ठान्दछन् । भौतिकवादी द्वन्द्ववादले प्रवर्गलाई गतिशील, सजीव र एक अर्कोमा रुपान्तरण हुने कुरो अङ्गिकार गर्दछ ।
भौतिकवादी द्वन्द्ववादका केही प्रवर्गहरू
(१) वैयक्तिक, विशिष्ट र सार्वभौम
(२) अन्तरवस्तु र रुप
(३) सारतत्व र दृश्यरुप
(४) कारण र कार्य
(५) आवश्यकता र संयोग
(६) आवश्यकता र स्वतन्त्रता
(७) यथार्थता र सम्भावना
(८) मात्रा र गुण
(९) सकार र नकार
(१०) अंश र सम्पूर्ण
११. द्वन्द्वात्मक भौतिकवादको ज्ञान सिद्धान्त
प्रतिबिम्बनको सिद्धान्त ः सत्ता र चिन्तनको एकरुपता
ज्ञानसिद्धान्तको क्षेत्रमा प्रतिबिम्बनको सिद्धान्त एउटा महत्वपूर्ण सिद्धान्त हो । यो सिद्धान्त सत्ता र चिन्तन तथा समाजिक सत्ता र सामाजिक चिन्तनको एकरुपताको सिद्धान्त हो । सिद्धान्त र पद्धतिका दृष्टिले यसको विविध रुपमा अध्ययन गर्न सकिन्छ ।
(१) ज्ञानसिद्धान्तको मौलिक प्रश्न
(१) संसारलाई हेर्ने दृष्टिकोण ज्ञेयवादी र अज्ञेयवादी ।
(२) चिन्तन र सत्ताको एकरुपताको प्रश्न नै चेतना, पदार्थ, मन र प्रकृति, ज्ञान र ज्ञाता, सामाजिक चेतना र सामाजिक सत्ताजस्ता पहलुहरू विचको सम्बन्धको प्रश्न ज्ञानसिद्धान्तसँग सम्बन्धित दर्शनशास्त्रको मौलिक प्रश्न हो ।
यी प्रश्नहरूको सही जवाफ दिनेहरू भौतिकवादी र यसको उल्टो यी प्रश्नहरूको नकारात्मक जवाफ दिनेहरू अज्ञेयवादको श्रेणीमा पर्दछन् ।
(२) चिन्तन र सत्ताको एकरुपता कस्तो हुन्छ ?
चिन्तन र सत्ता एक रुप हुन्छ तर ती भिन्न हुन्छन् । यो माक्र्सवादको मूल मर्म हो । तमाम प्रकारका आदर्शवादी र अधिभूतवाहीहरूले यो कुरा अङ्गिकार गर्न सक्तैनन् ।
(क) आदर्शवादी समरुपता
(ख) यान्त्रिक भौतिकवादी समरुपता
(ग) द्वैतवादी स्थिर भिन्नता वा द्वैतता
(घ) अनुरुपता
(३) प्रतिबिम्बनको प्रक्रिया
ज्ञान सिद्धान्त तीन कुरामा आधारित छ ।
१. प्रतिबिम्बनको सिद्धान्त
२. पद्धति
३. निष्कर्ष
ज्ञानको प्रतिबिम्बनको सिद्धान्तमा चिन्तन र सत्ताबीचको यो भिन्नतालाई र एकरुपतालाई सही ढङ्गले बुभ्mन आवश्यक हुन्छ ।
(४) ज्ञानको वैज्ञानिक सिद्धान्त
१. ज्ञान भनेको मान्छेको मनमा विश्व अर्थात प्रकृति र समाजमा प्रतिबिम्बन हो ।
२. ज्ञानको वास्तविक अर्थ विश्वको यथासम्भव बढी वैज्ञानिक तस्वीर खिच्नु हो ।
३. विश्वको यस्तो वैज्ञानिक तस्वीर ज्ञानको द्वन्द्वात्मक भौतिकवादी सिद्धान्तले नै खिच्न सक्छ ।
४. द्वन्द्ववाद र ज्ञानसिद्धान्त बीच के सम्बन्ध छ ?
५. चेतना र सत्ताको एकरुपताको प्रश्न पनि दर्शनशास्त्रको मौलिक प्रश्नको दोस्रो महत्वपूर्ण पहलु हो ।
६. संसारलाई समग्रमा बुभ्mन त्यसलाई नियममा समेट्नु, संसारलाई बदल्नु यसको सार हो ।
ज्ञान प्राप्तिको प्रक्रिया ः दुई छालड्डको सिद्धान्त
मान्छेले ज्ञान कसरी प्राप्त गर्न सक्छ ? ज्ञान प्राप्तिको प्रक्रिया के हो ? कम गहन ज्ञानबाट बढी गहन ज्ञान कसरी प्राप्त हुन्छ ? यी प्रश्नको सही जवाफ द्वन्द्वात्मक भौतिकवादी ज्ञानसिद्धान्तको प्रतिबिम्बन र दुई छालाङ्गको सिद्धान्तमा आधारित रहेर दिन सकिन्छ ।
दुई छालाङ्गको अर्थ हो – व्यवहारबाट सिद्धान्तमा छालाङ्ग र सिद्धान्तबाट पुनः व्यवहारमा छालाङ्ग । पदार्थबाट चेतना र चेतनाबाट पुनः पदार्थमा छालाङ्ग पनि भन्न सकिन्छ । यो प्रक्रिया तीन चरणमा सम्पन्न हुन्छन् – इन्द्रिय प्रत्यक्ष ज्ञानको चरण, बुद्धिसङ्गत ज्ञानको चरण र व्यवहारतर्पm फर्कने चरण ।
(१) इन्द्रिय प्रत्यक्ष ज्ञानको चरण
ज्ञानको थालनी व्यवहारबाट हुन्छ । उत्पादनको निम्ति संघर्ष, वैज्ञानिक प्रयोग र वर्गसंघर्षमा संलग्न मान्छेका अनगिन्ती व्यावहारिक गतिविधिहरू तिनबाट पहिले इन्द्रिय प्रत्यक्ष ज्ञानको जन्म हुन्छ । यो ज्ञान प्राप्तिको पहिलो चरण हो ।
(२) बद्धिसङ्गत ज्ञानको चरण
इन्द्रियग्राह्य ज्ञानको चरणबाट अर्थात् संवेदना, संस्कार, प्रत्यक्ष र स्मृतिको स्तरबाट विकसित हुँदै धारणा, निर्णय, निष्कर्ष र नियमहरूको स्तरमा गुणात्मक ढङ्गले रुपान्तरित हुन्छ, त्यो बुद्धिसङ्गत ज्ञान हो । यसलाई ज्ञान प्राप्तिको दोस्रो चरण भनिन्छ । इन्द्रियग्राह्य ज्ञान र बुद्धिसङ्गत ज्ञानका बीच गुणात्मक अन्तर छ ।
(३) व्यवहारतर्पm फर्कने चरण
व्यवहारबाट ज्ञानमा र ज्ञानबाट पुनः व्यवहारमा । यी ज्ञान प्राप्तिका दुई ठूला महत्वका छालाङ्ग हुन् ।
माओका महत्वपूर्ण भनाइहरू
(४) व्यवहार र सिद्धान्त ः द्वन्द्वात्मक एकत्व
व्यवहारद्वारा सत्यको खोज गर्नु र फेरि व्यवहारद्वारा सत्यलाई सच्याउनु र विकसित गर्नु, व्यवहार, ज्ञान, फेरि व्यवहार फेरि ज्ञान । मनोगत संसार तथा वस्तुगत संसार दुवैलाई फेर्न क्रान्तिकारी व्यवहारलाई सक्रिय रुपले बाटो देखाउनुमा नै द्वन्द्वात्मक भौतिकवादी सिद्धान्तको ............।
ज्ञानको स्रोत, स्वरुप र कसौटी
(१) ज्ञानको स्रोत ः वस्तुगत जगत र सामाजिक व्यवहार अर्थात् ज्ञानको प्रारम्भिक विन्दु मान्छेको सामाजिक व्यवहार हो ।
ज्ञानको स्रोत र उत्पत्तिबारे मुख्यतः तीन सिद्धान्तहरू पाइन्छन् – आदर्शवाद, यान्त्रिक भौतिकवाद र द्वन्द्वात्मक भौतिकवाद ।
ज्ञानको स्रोत र उत्पत्तिबारे आदर्शवाद र यान्त्रिक भौतिकवादले सही जवाफ दिन सक्तैनन् । द्वन्द्वात्मक भौतिकवादले मात्र सही जवाफ दिन्छ ।
(२) ज्ञानको स्वरुप र सीमा ः सापेक्ष र निरपेक्ष सत्य ः कुनै वस्तु, प्रक्रिया वा संसारबारे हामीले जुन ज्ञान हासिल गर्दै आएका छौँ, यो हाम्रो ज्ञानको सीमित वा सापेक्ष स्वरुप हो । हामीले कुनै वस्तु, प्रक्रिया र संसारबारे तिनको विकासको अनन्त प्रक्रियाका जुन ज्ञान प्राप्त गर्न बाँकी छ त्यो ज्ञानको असीमितता वा निरपेक्षता हो ।
(३) ज्ञान अर्थात् सत्यको कसौटी ः सामाजिक व्यवहार
माक्र्सवादले सत्यको कसौटीको रुपमा सामाजिक व्यवहारलाई नै मान्दछ । कुनै पनि विषयको जानकारी वा ज्ञान सत्य छ वा छैन त्यसलाई असत्य, भ्रम आदिबाट कसरी छुट्याउने ? यी प्रश्नहरू ज्ञानको कसौटीसँग सम्बन्धित छन् ।
सत्यको कसौटीलाई निर्धारण गर्ने सन्दर्भमा ज्ञानसिद्धान्तको क्षेत्रमा गलत चिन्तनहरू छन् ।
(१) वस्तुनिष्ठ आदर्शवाद
(२) अज्ञेयवाद
(३) आदर्शवादी अनुभववाद
(४) नवप्रत्यक्षवाद
(५) व्यवहारवाद
ज्ञानसिद्धान्तका क्षेत्रमा विभिन्न धारा तथा प्रवृत्तिहरू
माक्र्सवादी ज्ञान सिद्धान्तले सिद्धान्त र व्यवहारबीच एकरुपताको माग गर्दछ । ज्ञान सिद्धान्तको क्षेत्रमा माक्र्सवाद अनेकौँ गलत चिन्तनका विरुद्ध लड्दै आएको छ । ज्ञान सिद्धान्तकभो केन्द्रमा बुद्धिवाद र अनुभववाद रहेका छन् । यी आदर्शवादी भौतिकवादी दुवै हुने गर्दछन् ।
(१) आदर्शवादी बुद्धिवाद र अनुभववाद
बुद्धिवाद भनेको त्यो सिद्धान्त हो, जस अनुसार ज्ञानको उत्पत्ति र स्रोतबारे वस्तुजगतसहित व्यवहार र अनुभवलाई अस्वीकार गरी बुद्धिलाई सबैथजोक मानिन्छ । बुद्धिवादलाई तर्क बुद्धिवाद पनि भनिन्छ ।
आदर्शवादी अनुभववाद, जसलाई अतर्कबुद्धिवाद पनि भनिन्छ । यसका प्रवक्ता मुख्यतः बण्र्ड र ह्युम हुन् ।
(२) अज्ञेयवाद र आभासवाद
ज्ञानको स्रोतको रुपमा वस्तुजगत्को निषेध गरी मानसिक संवेदना, छाप वा आभाषलाई प्राथमिकता दिनु र त्यसभन्दा अगाडि नबढ्नु आभाषवाद हो र यसको अर्को कदम अज्ञेयवाद हो । अज्ञेयवादको मुख्य विशेषता भनेको वस्तुको सारतत्वलाई अज्ञेय बनाउनु हो । अज्ञेयवादलाई ठीकसँग बुभ्mनका लागि सर्वप्रथम द्वैतवादको उल्लेख गर्न आवश्यक छ । द्वैतवादले चिन्तन र सत्ताबीच ठूलो परिवर्तन खडा गर्दछ । काण्ट द्वैतवादी हुन् र उनले चिन्तन र सत्ता बीच ठूलो पर्खाल खडा गरेका छन् । अज्ञेयवादको अर्को पाटो पनि छ त्यो ह्युमको अज्ञेयवाद हो ।
(३) भौतिकवादी बुद्धिवाद र अनुभववाद
भौतिकवादी बुद्धिवादीहरूले ज्ञानको लागि अनुभवमा कम र बुद्धिमा बढी जोड दिने गर्दछन् । यस प्रकारको बुद्धिवाद कतिपय अवस्थामा स्पिंनोजा र कतिपय अवस्थामा अठारौँ शताब्दीका भौतिकवादीहरूमा पाइन्छ । साथै यान्त्रिक भौतिकवादी अनुभववादीहरू अनुभव वा संवेदनालाई ज्ञानको आधारमा मान्दछन् र उनीहरूका दृष्टिमा त्यसप्रकारको अनुभव वा संवेदनाको स्रोत वस्तुजगत् तथा जीवन हो ।
(४) जडसूत्रवाद र अनुभववाद
आदर्शवादी बुद्धिवाद र अनुभववाद वा भौतिकवादी बुद्धिवाद र अनुभववाद ती सबैको चरम परिणती जडसूत्रवाद र अनुभववादमा गएर हुन्छ । अनुभववादको विकसित रुप व्यवहारवाद ९एबनmबतष्कm० हो ।
सिद्धान्तलाई अस्थिर, जड र धर्मसूत्रका रुपमा लिने चिन्तन जडसूत्रवाद हो । यसले व्यवहार वा अनुभवको महत्वलाई अस्वीकार गर्दछ । यसको ठीक उल्टो अनुभववाद र व्यवहारवादको सिद्धान्तनको महत्वलाई अस्वीकार गर्दछ र अनुभव वा व्यवहारमा विशेष जोड दिन्छ । जडसूत्रवाद र अनुभववाद क्रमशः तर्कबुद्धिवादन र अतर्कबुद्धिवादका भिन्न अभिव्यक्ति हुन् । जडसूत्रवाद र अनुभववाद पदावलीको प्रयोग मूलरुपमा कम्युनिस्ट आन्दोलनभित्र हुँदै आएको छ । जडसूत्रवाद र अनुभववदको विकृतिका रुपमा कम्युनिस्ट आन्दोलनमा श्रद्धावाद र शंकावाद प्रकट हुने गर्दछ ।
(५) बितण्डावाद
वितण्डावाद कुटतर्क वा कुतर्कमा आधारित रहेको छ । बितण्डावादको जन्म प्राचीन युनान र भारतमा भएको हो । प्राचीन युनानका बितण्डावादीहरूले जीवन र जगतलाई भौतिकवादी अर्थमा ग्रहण गर्दथे । तर पछि गएर उनीहरू शंकावादी बन्दै आदर्शवादमा फस्न पुगे ।
(६) ज्ञानसिद्धान्तको क्षेत्रमा द्वन्द्वात्मक भौतिकवाद
ज्ञानसिद्धान्तनको क्षेत्रमा ज्ञानको स्रोतको सन्दर्भमा कान्टले आदर्शवादी बुद्धिवाद र अनुभववादलाई जसरी आदर्शवादी ढङ्गले र त्यसलाई समीक्षावादको नाम दिने काम गरे त्यसको ठीक विपरीत यान्त्रिक भौतिकवादी बुद्धिवाद र अनुभववादका विरुद्ध समेत परिलक्षित रही माक्र्सले बुद्धिवाद र अनुभववादलाई द्वन्द्वात्मक भौतिकवादी कोणबाट संश्लेषित गर्नुभयो र ज्ञानको द्वन्द्वात्मक भौतिकवादी सिद्धान्त प्रतिपादन गर्नुभयो । त्यस अनुसार माक्र्सवादले ज्ञानको स्रोतको रुपमा वस्तुगत जगत तथा व्यवहारलाई मान्दछ र ज्ञानको उत्पत्ति वस्तुगत जगत तथा व्यवहारबाट हुने कुरा अङ्गिकार गर्दछ ।
ज्ञानसिद्धान्तको विधि
वस्तुगतजगत तथा घटना प्रक्रियामा विद्यमान नियम तथा प्रवर्गहरूलाई सामान्यीकारण गर्न र सिद्धान्तलाई विकसित तुल्याउन ती नियम वा सिद्धान्तलाई व्यवहारमा जाँच्न, ती सबै कुराका आधारमा तमाम अनुसन्धानमूलक कामहरू सम्पन्न गर्न ज्ञान सिद्धान्तमा निश्चित विधि हुने गर्दछन् । कुनै एउटा प्राक्कल्पना कसरी नियम वा सिद्धान्तमा विकसित हुन्छ त्यो कुरा ज्ञान सिद्धान्तको विधिमा आधारित हुन्छ । जस्तै ः
(१) निरीक्षण र प्रयोग
निरीक्षण र प्रयोगका बीच द्वन्द्वात्मक सम्बन्ध छ । कुनै पनि वस्तुलाई ठीक त्यस्तै रुपमा बुभ्mन, जानकारी प्राप्त गर्न र अनुसन्धान गर्नका लागि निरीक्षण र प्रयोगको आवश्यकता पर्दछ । कुनै पनि वस्तुलाई बाह्य मात्रै होइन, त्यसको आन्तरिक सार, विशेषता र अन्य वस्तुसँगको सम्बन्धको समग्रतामा निरीक्षण गरेर मात्र त्यसबारे सही जानकारी प्राप्त गर्न सकिन्छ । माक्र्सवादी विश्वदृष्टिकोण अनुसार अनुसन्धान गर्नु भनेको तथ्यबाट सत्य पत्ता लगाउनु हो ।
(२) निगमन र आगमन
दर्शनशास्त्रमा निगमन र आगमनको लामो ऐतिहासिक पृष्ठभूमि छ । निगमन प्रणालीको विकासमा अरस्तुको विशेष भूमिका रह्यो र आगमन प्रणालीको विकासमा डेमोक्राइटस्को । यी दुवै प्रणलीको बीचमा द्वन्द्वात्मक सम्बन्ध छ ।
निगमन र आगमन चिन्तनका तार्किक प्रणाली छन् । निगमन प्रणाली बुद्धिवाद र आगमन प्रणाली अनुभववादसँग सम्बन्धित रहेका छन् ।
(३) अमूर्त र मूर्त
मूर्त भनेको ठोस र जानिने, बुझिने हुन्छ । तर अमूर्त त्यस्तो ठोस हुँदैन । जस्तो माक्र्सवादी अर्थशास्त्रमा वस्तु र माललाई मूर्त श्रम र अमूर्त श्रमिका आधारमा अलग्याउने गरिन्छ । द्वन्द्वात्मक भौतिकवादी मान्यता अनुसार अमूर्त र मूर्त वस्तुजगतको वास्तविक सम्बन्ध र सारतत्वलाई अभिव्यक्त गर्ने सार्वमौम प्रवर्ग हुन् ।
(४) ऐतिहासिक र तार्किक
दर्शनशास्त्रमा तथ्यबाटत सत्य पत्ता लगाउने काममा ऐतिहासिक र तार्किक विधिको विशेष महत्व छ । ऐतिहासिक विधि त्यो हो जस अनुसार कुनै पनि चीजलाई वस्तुजगत् एवं ऐतिहासिक विधि त्यो हो जस अनुसार कुनै पनि चीजलाई वस्तुजगत एवं ऐतिहासिक विकास प्रक्रियामाथि ध्यान दिँदै अध्ययन गरिन्छ । वस्तुगत र इतिहाससम्मत चीजलाई तार्किक दृष्टिले पुष्टि गर्नु तार्किक विधिको काम हो ।
(५) विश्लेषण र संश्लेषण
कुनै पनि चीजलाई अंश–अंशमा विभाजित गर्नु विश्लेषण हो र ती अंशलाई समग्रतामा जोड्नु संश्लेषण हो । विश्लेषणको अर्थ वस्तुमा विद्यमान विभिन्न अन्तर्विरोधहरूलाई समाधान प्रस्तुत गर्नु हो । विश्लेषण भनेको कुनै चीजको व्याख्या गर्नु हो भने संश्लेषण भनेको त्यसलाई बदल्नु हो । विना विश्लेषण संश्लेषण हुनै सक्तैन र विना संश्लेषण मात्र विश्लेषणको खास औचित्य हुन्न । विश्लेषण र संश्लेषणबीच द्वन्द्वात्मक सम्बन्ध हुन्छ ।
तर्कशास्त्र, द्वन्द्ववाद र ज्ञानको सिद्धान्त
तर्कशास्त्र, द्वन्द्ववाद र ज्ञानको सिद्धान्तको बीचमा मेल हुन्छ । तर्कशास्त्र चिन्तनको विज्ञान हो । तर्कशास्त्रका दुई हाँगा छन्– आकारपरक र द्वन्द्ववाद । तर्कशास्त्रमा सत्य पत्ता लगाउने काम गरिन्छ र ज्ञानको सिद्धान्तले पनि त्यही काम गर्दछ । द्वन्द्ववाद पनि ज्ञान सिद्धान्त र विधि हो ।
(२) द्वन्द्वात्मक तथा आकारपरक तर्कशास्त्रका नियम
द्वन्द्वात्मक तर्कशास्त्रको नियम विपरीतहरूको एकत्वको नियम हो । आकारपरक तर्कशास्त्रका अनुसार एउटै वस्तु एकै साथ सत् र असत् हुन सत्तैmन या त सत् हो या असत् हो र ती दुईमा एउटा हुनु अनिवार्य छ ।
(३) तर्कशास्त्रको विकास र हेगेलीय द्वन्द्ववाद
अरस्तुले निगमन, आगमन र सामान्यानुमान विकसित गरे । अरसतुको आकारपरक तर्कशास्त्रलाई मध्ययुगीन युरोप र भारतमा विशेष जोड दिइयो ।
हेगेलले आकारपरक तर्कशास्त्रको विरोधमा द्वन्द्वात्मक तर्कशास्त्रलाई स्थापित तुल्याउने काम गरे र उनले आपूmलाई हेरेक्लाइटसको परम्परामा जोडे ।
(४) भौतिकवादी द्वन्द्ववाद, तर्कशास्त्र र ज्ञानसिद्धान्त
हेगेलको विचारबाट प्रकृति तथा प्रकृतिबाट निरपेक्ष विचारको मान्यतालाई माक्र्सले सुल्टो पार्नुभयो र त्यसलाई प्रकृति, मानवीय मस्तिष्क र विचारको रुपमा प्रस्तुत गर्नुभयो ।
तर्कशास्त्र, द्वन्द्ववाद र ज्ञानको सिद्धान्त माक्र्सवादी मान्यता अनुसार एकीकृत बन्न गएका छन् । ज्ञानको भौतिकवादी सिद्धान्तको वास्तविक मर्मको उद्घाटन यी तीनलाई एकीकृत ढङ्गले ग्रहण गर्न, यिनमा मेल स्थापित गर्न सके मात्रै हुन सक्दछ ।
(५) तार्किक आकारिताको संरचना
आकारपरक तर्कशास्त्र तार्किक आकारिकामा आधारित हुन्छ । तार्किक आकारिकाको निश्चित संरचना हुन्छ । त्यसमा तीन पक्ष हुन्छन् । दुईवटा निर्णय, अर्थात् दुई आधारिका र एउटा निष्कर्ष । जस्तैः–
(क) सबै मान्छे मरणशील छन् ।
(ख) श्याम मान्छे हो ।
(ग) अतः श्याम मरणशील छ ।
यहाँ (क) र (ख) बुँदामा उल्लेखित वाक्यहरू दुई आधारित छन् वा निर्णय छन् र (ग) बुँदामा उल्लेखित वाक्य निष्कर्ष हो ।
(६) द्वन्द्वात्मक तथा आकारपरक तर्कशास्त्र
द्वन्द्वात्मक तर्कशास्त्र विपरीतहरूको एकरुपताको नियममा आधारित हुन्छ । तर आकारपरक तर्कशास्त्रले वस्तुरुमा विद्यमान विपरीतहरूको एकत्व, विपरीतहरूको अन्तर्विरोध र खास अवस्थामा विपरीतहरूको – एकको अर्कोमा रुपान्तरणको मान्यतालाई इन्कार गर्दछ । मुख्यतः हामी आकारपरक तर्कशास्त्र होइन, द्वन्द्वात्मक तर्कशास्त्रमा नै भर पर्नुपर्दछ ।
माक्र्सवाद – लेनिनवाद – माओवादले आदर्शवाद एवं अधिभूतवादका विरुद्ध संघर्ष चलाएर द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी विश्वदृष्टिकोणको निर्माण गरेर दर्शनशास्त्रमा आमूल क्रान्ति ल्याइदिएको छ । यो काम तर्कशास्त्र र ज्ञानको भौतिकवादी सिद्धान्तबीचको मेलद्वारा समपन्न भएको छ ।
२. ऐतिहासिक भौतिकवाद
१. ऐतिहासिक भौतिकवादको परिचय
ऐतिहासिक भौतिकवाद भनेको समाज विकासका सामान्य नियमहरूको विज्ञान हो । यो समाजलाई भौतिकवादी ढङ्गले हेर्ने, बुभ्mने, व्याख्या गर्ने र बदल्नका निम्ति बाटो देखाउने माक्र्सवादी लेनिनवादी– माओवादी विश्वदृष्टिकोण हो । द्वन्द्वात्मक भौतिकवादको आधारमा इतिहासको भैतिकवादी व्याख्या गर्ने दृष्टिकोणलाई ऐतिहासिक भौतिकवाद भनिन्छ ।
ऐतिहासिक भौतिकवाद द्वन्द्ववाद भौतिकवादको अभिन्न अङ्ग हो । यसको प्रतिपादन कार्ल माक्र्सले गर्नुभएको हो ।
अतः समाज विकासको ऐतिहासिक प्रक्रियाका गतिका सामान्य नियमहरूको अध्ययन गर्ने विज्ञानलाई ऐतिहासिक भौतिकवाद भनिन्छ । ऐतिहासिक भौतिकवादमा इतिहास तथा समाज विकासका उत्प्रेरक शक्तिहरूको अध्ययन गरिन्छ । ऐतिहासिक भौतिकवादको खोजका वैचारिक पृष्ठभूमि प्रदान गर्ने काममा अठारौँ शताब्दीका यान्त्रिक भौतिकवादीहरू उन्नाइसौँ शताब्दीका काल्पनिक समाजवादीहरू र विभिन्न राजनीतकि अर्थशास्त्रीहरूको भूमिका रहेको छ ।
द्वन्द्वात्मक विश्वदृष्टिकोणको आधारमा मानव जातिको इतिहास र सामाजिक जीवनको अध्ययन गर्ने प्रक्रियामा ऐतिहासिक भौतिकवादको जन्म भएको हो । ऐतिहासिक भौतिकवादको खोजले इतिहासको अध्ययनमा विद्यमान आदर्शवाद र अधिभूतवादको अन्त्य गरिन्छ ।
इतिहासको क्षेत्रमा क्रान्ति
ऐतिहासिक भौतिकवादको प्रतिपादन हुनुभन्दा पहिले इतिहासको क्षेत्रमा यान्त्रिक भौतिकवाद, आदर्शवाद र अधिभूतवाद व्याप्त थिए । प्रकृति दर्शनको क्षेत्रमा जस्तै इतिहास दर्शनको क्षेत्रमा पनि वास्तविक अन्तसम्बन्धलाई स्थापित गर्नुको सट्टा काल्पनिक र रहस्यमूलक अन्तःसम्बन्धलाई स्थापित गरिँदै आउने काम भएको थियो । ऐतिहासिक भौतिकवादको प्रतिपादनपछि यसले इतिहासको क्षेत्रमा ठूलो क्रान्ति नै ल्याई दियो ।
ऐतिहासिक भौतिकवादको विषयवस्तु
ऐतिहासिक भौतिकवाद त्यो दार्शनिक विज्ञान हो जसले इतिहासका गतिका सामान्य नियमहरूको अध्ययन गर्र्दछ । यो अध्ययन ऐतिहासिक भौतिकवादका निश्चित प्रवर्ग हो । अध्ययन ऐतिहासिक भौतिकवादका निश्चित प्रवर्ग, पद्धति र सिद्धान्तसँग सम्बन्धित रहेको छ ।
ऐतिहासिक भौतिकवादको पद्धति भौतिकवादी द्वन्द्ववादको पद्धतिमा आधारित छ । यो पद्धति सबैखाले अधिभूतवादका विरुद्ध खडा छ । ऐतिहासिक भौतिकवादको सिद्धान्त सामाजिक सत्ता र सामाजिक चेतनाबीच विद्यमान सम्बन्धको अध्ययन गर्ने दर्शनशास्त्रको भौतिक प्रश्नसँग सम्बन्धित रहेको छ । इतिहाससम्बन्धी दर्शनशास्त्रका यसप्रकारको मौलिक प्रश्नमा द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादको सामाजिक सत्तालाई प्राथमिक तथा सामाजिक चिन्तनलाई द्वितीय मान्दै सामाजिक सत्तालाई ज्ञेय, बोधगम्य बताउँछ ।
सामाजिक सत्ता र सामाजिक चिन्तन बिचको सम्बन्धमा आधारित छ । यसले समाजको विकासका गतिका सामान्य नियमहरूको अधारमा गर्दछ । यो अध्ययन उत्पादक शक्ति र उत्पादन सम्बन्ध, आधार र उपरिसंरचना तथा उत्पीडक वर्ग र उत्पीडित वर्गका बीचको सङ्घर्ष अर्थात् अन्तर्विरोधमा आधारित
रहेको छ ।
२. ऐतिहासिक भौतिकवादका आधारभूत सैद्धान्तिक मान्यता र नियम
(१) सैद्धान्तिक मान्यता ः समाज विकासका निर्धारित तत्वहरू के हुन् ? ऐतिहासिक भौतिकवादले यस प्रश्नको वैज्ञानिक जवाफ दिन्छ । आदर्शवादीहरू समाजको उत्पत्ति र विकासलाई कुनै ईश्वर, सामान्य विचार, कुनै बाह्य शक्तिको संकल्प, कसैको ‘इच्छा, आकांक्षा जस्ता कारणहरूको परिणामको अर्थमा ग्रहण गर्दछन् । यान्त्रिक भौतिकवादीहरू तथा काल्पनिक समाजवादीहरू समाजको उत्पत्ति र विकासलाई कुनै बाह्य शक्तिको बनी बनाऊ सोच वा कसैको स्वतन्त्र इच्छामा आधारित ठान्ने गर्दछन् । तर माक्र्सवाद यी सबै कुराको विरोधी रहेको छ । माक्र्सवादले समाजको उत्पत्ति र विकासको प्रश्नलाई आत्मपरक होइन, वस्तुपरक ढङ्गले ग्रहण गर्दछ र इतिहासको विकासको वास्तविक वस्तुगत अन्तःसम्बन्धलाई द्वन्द्वात्मक भौतिकवादी विश्वदृष्टिकोणको आधारमा प्रस्तुत गर्दछ ।
(२) सामाजिक सत्ता र समाजिक चेतना ः इतिहासको सही अध्ययनका लागि इतिहासको क्षेत्रसँग सम्बन्धित दर्शनको मौलिक प्रश्न सामाजिक चेतना र सामाजिक सत्ताबिचको सम्बन्धबारे उल्लेख गर्न आवश्यक हुन्छ । यो सम्बन्धको पहिलो पाटो सामाजिक चेतना र समाजिक सत्ताबिच प्राथमिकताक्रम निर्धारण गर्ने पाटो हो । जसले ईश्वर, विवेक, मनुष्यका स्वतन्त्र इच्छा तथा चेतनालाई पहिलो र सामाजिक सत्ता तथा मानिसका उत्पादनमूलक भौतिक गतिविधिलाई दोस्रो मान्दछन् । ती आदर्शवादी हुन् । यसको उल्टो जसले सामाजिक सत्ता, मानिसका उत्पादनमूलक भौतिक गतिविधिहरूलाई प्रथम र सामाजिक चेतनालाई द्वितीय स्थान राख्छन् ती भौतिकवादी हुन् ।
सामाजिक चेतना र सामाजिक सत्ता बीचको सम्बन्ध द्वन्द्वात्मक हुन्छ ।
(३) उत्पादक शक्ति र उत्पादन सम्बन्ध ः उत्पादन पद्धतिका दुई पहलु हुन्छन् – उत्पादन शक्ति र उत्पादन सम्बन्ध । भौतिक वस्तुको उत्पादन गर्दा मान्छेले प्रकृतिसँग सम्बन्ध कायम गर्दै त्यसलाई बुभ्mन् र रुपान्तरण गर्ने काममा जुन शक्तिको सहायता लिन्छ, त्यसलाई उत्पादक शक्ति भनिन्छ ।
उत्पादक शक्ति र उत्पादन सम्बन्ध बीच द्वन्द्वात्मक सम्बन्ध हुन्छ । जस्तो –
(१) उत्पादन शक्तिको विकास अनुरुप उत्पादन सम्बन्ध निर्मित हुन्छ र उत्पादन शक्ति अनुरुप उत्पादन सम्बन्ध बन्नै पर्छ ।
(२) उत्पादक शक्ति र उत्पादनसम्बन्ध बिच अन्योन्याक्रिया चल्छछ । यी दुईमा अन्ततः उत्पादन शक्तिको भूमिका निर्णायक हुन्छ ।
(३) कुनै खास अवस्थाहरूमा उत्पादन सम्बन्धको भूमिका प्रधान हुन जान्छ ।
(४) उत्पादक र उत्पादन सम्बन्ध बीचको अन्तर्विरोधको परिणामस्वरुप सामाजिक क्रान्ति हुन्छ ।
(४) आधार र उपरिसंरचना ः उत्पादन सम्बन्धको कुल योग नै समाजको आर्थिक आधार हो । उपरिसंरचना अन्तर्गत सरकार, सत्ता, कानुनी तथा राजनीतिक व्यवस्था र दर्शन, राजनीतिक नैतिकता, कला जस्ता विचारधारात्मक रुपहरू आउँछन् । आधार र उपरिसंरचना बीच अन्योन्याक्रिया चल्दछ ।
आर्थिक परिस्थिति अर्थात् आर्थिक अधार कुनै पनि सामाजिक सत्ता र व्यवस्थाका निम्ति आधारभूत, अनिवार्य र अन्ततः निर्णायक तत्व हो ।
(५) वर्गसंघर्षको सिद्धान्त ः ऐतिहासिक भौतिकवादको आधारभूत सैद्धान्तिक मान्यताको चर्चा गर्दा वर्गसंघर्षको सिद्धान्तको पनि उल्लेख गर्न आवश्यक छ ।
(१) वर्ग र वर्गसंघर्षको खोजको श्रेय पुँजीवादी विचारकहरूलाई नै छ ।
(२) तर पनि वर्गसंघर्षको दिशालाई व्यवस्थित तुल्याउने काममा माक्र्सको महत्वपूर्ण भूमिका रहेको छ ।
(३) माक्र्सवादी मान्यताअनुसार समाजको विकास र परिवर्तनको मुख्य कारण समाजमा विद्यमान अन्तर्विरोध हो ।
(६) समाज विकासका नियमहरू
समाज विकासका ऐतिहासिक प्रक्रियाका निश्चित नियमहरू
(१) पहिलो श्रेणीमा भौतिकवादी द्वन्द्ववादको विपरीतहरूको एकत्वको नियम पर्दछ । यो नियम समाज विकासको समग्र ऐतिहासिक प्रक्रिया, विशिष्ट समाज व्यवस्था र चिन्तन सबै क्षेत्रमा सार्वभौम रुपमा क्रियाशील रहेको हुन्छ ।
(२) दोस्रो श्रेणीका नियमहरू ऐतिहासिक भौतिकवादको मूल सैद्धान्तिक प्रस्थापनामा आधारित हुनछ । जस्तै ः– सामाजिक सत्ता र सामाजिक चेतनाको एकरुपताको नियम, उत्पादन शक्ति र उत्पादन सम्बन्धको एकरुपताको नियम तथा आधार उपरिसंरचनाको एकरुपताको नियम हो । यी नियमहरू समाज विकासको इतिहासबा सबै चरण र प्रक्रियामा सामान्य रुपमा क्रियाशील रहेका हुन्छन् ।
(३) तेस्रो श्रेणीमा पर्ने महत्वपूर्ण नियम भनेको वर्गसंघर्षको नियम हो । यो नियम सबै वर्गसमाजमा लागु हुन्छ । यो नियम समाज विकासको सामान्य नियमभन्दा तल विशिष्ट नियमभन्दा माथि रहेको हुन्छ ।
(७) समाज विकासका नियमबारे भ्रान्त धारणा
समाज विकासका नियमबारे विभिन्न प्रकारका भ्रान्त धारणाहरू यसप्रकार छन् ः
(१) भूगोल, जलवायु र जनसंख्या सिद्धान्त
(२) अस्तित्वको लागि संघर्ष
(३) सांस्कृतिक पतन र ऐतिहासिक चक्रको सिद्धान्त
(४) समाजशास्त्रीय आदर्शवाद
(५) भ्रष्ट समाजशास्त्रीय संशोधनवाद
(६) प्राविधिक नियतत्ववाद
(७) सांस्कृतिक अध्ययनको प्रणाली
३. उत्पादन पद्धति र सामाजिक आर्थिक संरचना
समाज विकासको ऐतिहासिक प्रक्रिया उत्पादन पद्धतिको विकासको प्रक्रियामा आधारित छ । समाज विकासको समग्र ऐतिहासिक प्रक्रियालाई उत्पादक शक्ति र उत्पादन सम्बन्ध, आर्थिक आधार र उपरिसंरचनामा तथा उत्पीडक वर्ग र उत्पीडित वर्गबीचको संघर्षको विकास प्रक्रिया ग्रहण गर्नुपर्ने हुन्छ ।
१. मुनष्य र प्रकृति
(१) मानिसले गास, वास र कपास लगायत भौतिक आवश्यकताका परिपूर्तिका लागि उत्पादन प्रक्रियामा लाग्नुपर्ने हुन्छ ।
(२) सामाजिक जीवनको कारकतत्व, आधार र मेरुदण्ड भनेको उत्पादन पद्धति हो ।
(३) उत्पादन पद्धतिका दुई पक्ष छन् – उत्पादन शक्ति र उत्पादन सम्बन्ध ।
(४) सामाजिक – आर्थिक संरचनाको मूल आधार नै उत्पादन पद्धति हो ।
(५) सिङ्गो उत्पादन पद्धति मानिसको श्रम प्रक्रियामा अधारित हुन्छ ।
(६) श्रम प्रक्रिया मानिस र प्रकृतिका बीचको द्वन्द्वात्मक सम्बन्धमा आधारित हुन्छ ।
(७) प्रकृतिबाट मानिसले आफ्ना आवश्यकता परिपूर्ति गर्दछ । प्रकृतिलाई पनि रुपान्तरण गयर्ने काम गर्दछ ।
२. उत्पादन पद्धति र युगविभिाजनमा औजारको भूमिका
(१) प्राचीनकालदेखि लिएर आजसम्मको विभिन्न युगको औजारको बारेमा व्याख्या गर्न गर्न आवश्यक
(२) श्रम औजारको रुपमा मेसिनको विकासको प्रक्रियामा प्राविधिक क्रान्ति हुन्छ र यस प्रकारको प्राविधिक क्रान्ति तीन चरणमा समापन भएको पाइन्छ ।
(क) पहिलो सन् १८४० यता वाष्प इन्जिनबाट स्वचालित मेसिनमा आधारित क्रान्ति ।
(ख) दोस्रो सन् १८९० यता विद्युतचालित मेसिनमा आधारित क्रान्ति र
(ग) तेस्रो १९६० यता विकसित विद्युतीय उपकरणहरूमा आधारित अर्धस्वचालित तथा स्वचालित मेसिनमा अधारित क्रान्ति ।
औद्योगिक क्रान्तिपश्चात विद्युतीय सूचना र सञ्चारसहित प्रविधिको क्षेत्रमा जुन क्रान्ति सम्पन्न भएको छ, यसलाई प्राविधिक क्रान्ति भनिन्छ ।
३. मेसिनको प्रयोग र त्यसको परिणाम
(१) पुँजीपति वर्गले मुनाफा वृद्धि गर्नका लागि मेसिनहरूको प्रयोगमा अत्यधिक जोड दिन्छ ।
(२) यसबाट मजुदर बेरोजगार बन्दै जान्छन् ।
(३) मजदुरहरू पुँजीपति वर्गलाई परास्त गर्न अगाडि बढ्दछन् ।
(४) मेसिनको प्रयोगले समाजवादको स्थापनाका लागि राम्रो अधार तयार पार्दै जान्छ ।
४. उत्पादन पद्धति र समाज विकासको ऐतिहासिक प्रक्रिया
उत्पादन पद्धतिको विकाससँगै समाजको किास हुन्छ । जस्तै ः
आदिम समाज
(१) मनुष्यको जन्म, श्रमशक्ति, वाणी र मस्तिष्कको विकास प्रक्रिया बीचमा बाँदरबाट भयो ।
(२) पूर्व विकसित मानवको उदयसँगै समाजको जन्म भयो ।
(३) निम्न अवस्थाबाट मनुष्यले श्रममा औजारको विकास गर्दै ल्यायो ।
(४) मानव समाजको उत्पादक शक्तिको विकासको समग्र अवस्था र प्रक्रियामा उत्पादनका साधनहरूको स्वामित्वका दुईवटा रुप देखा पर्दछन् ।
पहिलो रुप पूर्णतः सामुहिक स्वामित्व ।
दोस्रो रुप सामुहिकबाट निजी स्वामित्वमा सङ्क्रमणको अवस्था ।
(५) त्यो बेलाको सामाजिक संरचनालाई क्रमशः मातृसत्तात्मक र पितृसत्तात्मक समाजव्यवस्था पनि भनिन्छ । यी दुवै समाज व्यवस्था गोत्रात्मक सामाजिक संघमा आबद्ध रहेका थिए ।
गोत्रकम्युनमा आधारित आदिम साम्यवाद
यो मातृसत्तात्मक समाज थियो । यो गोत्र कम्युनमा आधारित आदिम साम्यवाद थियो । यो मानव इतिहासको सबैभन्दा पहिलो उत्पादन सम्बन्ध हो ।
निजी सम्पत्तिको उत्पत्ति र आदिम साम्यवादको अन्त्य
पशुपालनको विकास अनुरुप समाजमा पहिलो ठूलो श्रमविभाजन भयो र पशुपालक कबिलाहरू बर्बर कबिलाहरूबाट अलगिए । प्रशस्तै औजारको निर्माण भयो । मालको विनियमको स्थिति पैदा भयो । पशुधनको मापदण्ड बन्दै गयो ।
पितृसत्ताको उदय मयो । निजी सम्पत्तिको उत्पत्ति भयो । आदिम साम्यवादको अन्त्य भयो ।
प्राचीन समाज वा एसियाली समाज
प्राचीन समाज भनेको मूलतः दासस्वामी समाज हो । दासस्वामी समाजको उत्पादन सम्बन्धको मूल लाक्षणिक विशेषता भनेको उत्पादनका साधनहरू तथा दासहरूमाथि स्वामित्व कायम हुनु हो । दासस्वामी समाज मूलतः प्राचीन युनान र रोममा विकसित भएको पाइन्छ ।
एसियाली समाज जसलाई उत्पादनको एसियाली पद्धति भनिन्छ, त्यो एसियासँग मात्र सम्बन्धित नभई प्राचीन मिश्र, मेक्सिको, पेरु, रुस, भारत लगायत युरोपका कतिपय देशहरूमा पनि विद्यमान रहेको थियो ।
दासयुगीन समाज
आदिम साम्यवादी युगको विघटनपछि दासयुगीन समाजको स्थापना भयो । त्यससँग समाजमा दुईवटा वर्गहरू देखापरे । एउटा उत्पादनका साधन (जग्गा जमिन)मालिक र अर्को भूपतिहरूको दास । यस युगलाई दास युग भनिन्छ ।
सामन्तवादी समाज
दासस्वामी समाजको गर्भबाट सामन्तवादी समाजको जन्म हुन्छ । सामन्तवदी समाजमा दासहरू भूदास र दासस्वामीहरू सामन्त वा जमिन्दारवर्गका रुपमा विकसित हुन्छन् । सामन्तवादी समाजको मूल आर्थिक आधार सामन्तवर्गको स्वामित्वमा आधारित भूमि व्यवस्था हो । सामन्तवादी समाजले दास मालिक र दासहरूका बीचको अन्तर्विरोध समाधान गर्दछ ।
सामन्तवदी समाजमा सामन्त वा जमिन्दार किसान, दस्तकार, व्यापारी, साहु, महाजन जस्ता वर्ग हुन्छन् । त्यहाँ जमिनदार र किसानहरूकाबीच प्रधान अन्तर्विरोध हुन्छ । यो समाजमा सबैभन्दा ठूलो जमिन्दार वा सामन्त राजा महाराजा हुने गर्दछन् र सामन्तवादको व्यवस्थित विकास पश्चिमी युरोप र चीनमा भएको पाइन्छ । नेपालमा पनि लिच्छवीकालीन राजा मानदेवको पालादेखि सामन्तवादको उदय भएको र पृथ्वीनारायण शाहको पालादेखि केन्द्रीकरण अभियानको प्रक्रियामा त्यसले उत्कर्ष प्राप्त गरेको पाइन्छ ।
पुँजीवादी समाज
सामन्तवादी समाजको गर्भबाट विकसित भइरहेको माल उत्पादनले शिल्पसंघ र दस्ताकारिताका बीचबाट पुँजीबाटी क्रान्तिको प्रक्रिया हँुदै औद्योगिक क्रान्तिको दिशामा फड्को हान्दै गयो ।
सन् १७८९ को फ्रान्सेली राज्यक्रान्ति पहिलो पुँजीवादी क्रान्ति हो । पुँजीवादी त्यो समाज हो जहाँ प्रमुख वर्गका रुपमा पुँजीपति र सर्वहारा वर्ग हुन्छन् ।
समाजवादी तथा साम्यवादी समाज
माक्र्सको मान्यता अनुसार पुँजीवादको अन्त्यपछि समाजवादी समाजको स्थापना हुन्छ र एक विशेष स्थितिमा समाजवादी समाज साम्यवादी समाजमा विकसित हुन्छ । पुँजीपति वर्गको गर्भबाट औद्योगिक सर्वहारा वर्गको जन्म हुन्छ ।
समाजवादी समाज त्यो समाज हो जहाँ प्रमुख वर्गका रुपमा सर्वहारा र पुँजीपति वर्ग हुन्छ । यस समाजमा निम्न पुँजीपति वर्गका विभिन्न तह पनि हुन्छन् । यस समाजमा सर्वहारा वर्ग र पुँजीपति वर्गका बीच वर्ग संघर्ष चल्दछ । पुँजीपति वर्ग र सर्वहारावर्ग बीचको अन्तर्विरोध नै प्रधान अन्तर्विरोध हुन्छ । यस समाजमा अधिनायकत्वमा राज्यसत्ता निर्मित भएको हुन्छत । पुँजीवादका विरुद्ध सर्वहारावर्गको राज्यसत्ता स्थापित भएको समाजलाई समाजवादी समाज भनिन्छ ।
साम्यवादी समाज
समाजवादी समाजको विकासका बीचबाट साम्यवादको स्थापना हुन्छ । समाजवादबाट साम्यवादमा जानका लागि सर्वहारावर्गको नेतृत्व र अधिनायकत्व शैक्षिक वा सांस्कृतिक क्षेत्रमा संघर्षको प्रक्रियालाई अघि बढाउन आवश्यक हुन्छ ।
साम्यवाद एउटा त्यस्तो नयाँ मानवतावाद हो, जहाँ शोषक र शोषित वर्ग हुँदैन, वर्ग हुँदैन, राज्यसत्ता पनि हुँदैन, यो वर्गविहीन, राज्यविहीन नयाँ समाज व्यवस्था हो ।
५. वर्गसंघर्ष, राज्यसत्ता र सामाजिक क्रान्ति
(१) यहाँ वर्गसंघर्ष, राज्यसत्ता र सामाजिक क्रान्ति सम्बन्धी अवधारणाहरू परस्पर सम्बन्धित रहेका छन् ।
(२) राज्यसत्ता वर्गसंघर्षको अनिवार्य आवश्यकता हो ।
(३) सामाजिक क्रान्ति सामाजिक संरचना र राज्यसत्तासँग अभिन्न रूपले गाँसिएको छ ।
१. वर्ग संघर्ष ः वर्गहरूको उत्पत्ति आदिम समाजको अन्तिम चरणमा भएको हो । दासस्वामी, सामन्तवादी, पुँजीवादी र समाजवादी । यो सबै सामाजिक तथा आर्थिक व्यवस्थाहरूका वर्ग हुन्छन् र त्यसैले त्यहाँ वर्गसंघर्ष चलिरहन्छ । साम्यवादमा वर्ग र वर्गसंघर्ष हुँदैन । राज्य पनि हुँदैन ।
कम्युनिस्ट पार्टी सर्वहारावर्गको राजनीतिक पार्टी हो । यो पार्टीले क्रान्तिलाई अगाडि बढाउने भएकाले राजनीतिक, आर्थिक मात्र होइन सैद्धान्तिक संघर्षको क्षेत्रमा पनि विशेष ध्यान दिनुपर्ने हुन्छ ।
वर्ग संघर्षका विभिन्न रूपहरू हुन्छन् – सैद्धान्तिक, राजनीतिक र आर्थिक ।
(१) सैद्धान्तिक संघर्ष भनेको प्रतिक्रियावादी, संशोधनवादी तथा सबै गैरसर्वहारा विचारधाराका विरुद्ध संघर्ष गर्नु र सर्वहारावादी विचारधाराको पक्ष पोषण गर्नु ।
(२) राजनीतिक संघर्ष भनेको प्रतिक्रियावादी राज्यसत्ताको विरोध र जनताको जनवादी तथा समाजवादी राज्यसत्ताको निम्ति संघर्ष गर्नु ।
(३) आर्थिक संघर्ष भनेको जनसमुदायको भौतिक आवश्यकता र दैनिक जीवनसँग सम्बन्धित आर्थिक हकहितका लागि संघर्ष गर्नु ।
यी सबै संघर्षहरूको समग्रता नै वर्ग संघर्ष हो र वर्गसंघर्षको घनीभूत अभिव्प्यक्रि राजनीतिक संघर्षमा नै हुन्छ ।
माक्र्सवाद (मालेमावाद) ले वर्ग संघर्षलाई अङ्गिकार गर्दछ तर त्यो वर्ग संघर्षसम्म मात्र सीमित रहन सक्तैन र वर्ग संघर्षबाट सर्वहारा अधिनायकत्वसम्म अगाडि बढ्छ ।
२. राज्यसत्ताको जन्म, विकास र विलोप
(१) व्यक्तिगत सम्पत्ति नै वास्तवमा वर्ग, वर्ग संघर्ष र राज्यको उत्पत्तिको मुख्य कारण बन्यो ।
(२) आदिम गोत्रव्यवस्थामा आधारित समाज जुन आर्थिक दृष्टिले विकसित हुँदै गयो, निजी सम्पत्ति, वर्ग र वर्ग संघर्षको प्रादुर्भाव भयो ।
(३) जब जीवनको भौतिक तथा आर्थिक परिस्थितिले व्यक्तिगत सम्ब्न्धलाई ध्वस्त पारिदिन्छ । यो स्थितिमा वर्ग, वर्ग संघर्ष र राज्यसत्ताको पनि अन्त्य हुन पुग्दछ ।
(४) राज्यसत्ता एक वर्गले अर्को वर्गलाई दमन र उत्पीडक गर्ने मेसिन हो । सशस्त्र शक्ति, पुलिसको फौज, नोकरशाहीतन्त्र यस प्रकारको दमन र उत्पीडनका मूल साधन हुन् ।
पुँजीवादी राजनीतिक सत्ताका विरुद्ध बलपूर्वक सामाजिक क्रान्ति सम्पन्न भएपछि सर्वहारा अधिनायकत्वमा आधारित जुन समाजवादी राज्यसत्ता कायम हुन्छ त्यो पनि निजी सम्पत्ति, वर्ग र वर्गसंघर्षको अन्त्यसितै विलुप्त हुन्छ र त्यसको ठाउँ साम्यवादले लिन्छ । त्यसबेला राज्यसत्ताको नामनिसानै रहन्न ।
३. सामाजिक क्रान्ति र बलप्रयोग
(१) इतिहासमा हरेक वर्गले अनिवार्य रूपमा बलप्रयोगको माध्यमबाट कुनै पनि मुलुकमा सामाजिक क्रान्ति सम्पन्न गरेको ।
(२) इतिहासमा जति पनि सामाजिक क्रान्ति भएका छन्, ती सशस्त्रबलमा नै आधारित रहेका छन् ।
(३) जसरी राज्यसत्ता बलप्रयोगमा टिकेको हुन्छ, त्यसरी नै त्यसका विरुद्ध क्रान्ति वा प्रतिक्रान्तिका लागि पनि बलप्रयोगको आवश्यकता पर्दछ ।
(४) राज्यसत्ता सामाजिक क्रान्ति र सशस्त्र शक्ति बीचको सम्बन्धलाई माओले भन्नुभएको छ– राजनीतिक शक्तिको जन्म बन्दुकको नालबाट हुन्छ । अझै अगाडि बढेर माओ भन्नुहुन्छ– “राज्यसम्बन्धी माक्र्सवादी सिद्धान्त अनुसार सेना राज्यसत्ताको मुख्य तत्व हुन्छ ।”
(५) माक्र्सवादले सशस्त्र संघर्ष वा इतिहासमा बलप्रयोगको भूमिकालाई क्रान्तिको सार्वभौम नियमको रूपमा अङ्गिकार गर्दछ र त्यो शान्तिपूर्ण संक्रमणको सिद्धान्तको विरोधी रहेकोछ ।
४. सामाजिक क्रान्ति ः वस्तुगत तथा आत्मगत परिस्थिति
(१) उत्पादक शक्ति र उत्पादन सम्बन्ध तथा आधार र उपरिसंरचनाका बीचको अन्तर्विरोधको बीचबाट सामाजिक क्रान्ति सम्पन्न हुने गर्र्दछ ।
(२) वर्गीय समाजमा वर्ग संघर्षको घनिभूत अभिव्यक्ति उत्पीडक र उत्पीडित वर्गबीचको संघर्षमा हुन्छ ।
(३) कुनै पनि सामाजिक व्यवस्थामा जब उत्पादक शक्ति र उत्पादन सम्बन्धका बीच अन्तर्विरोध पैदा हुन्छ, जब पुराना उत्पादन सम्बन्धहरू नयाँ उत्पादन शक्तिको विकासका लागि बाधक बन्दछन्, जब समाजमा विद्यमान मुख्य वर्गहरूबीच तीव्र संघर्ष पैदा हुन्छ ती अन्तर्विरोधहरूको समाधानका लागि सामाजिक क्रान्ति अनिवार्य देखिन आउँछ ।
(४) समाजमा विद्यमान अन्तर्विरोधको समाधानका लागि समाजिक क्रान्ति अनिवार्य रूपले आवश्यक हुन्छ । तर सामाजिक क्रान्ति मनोगत इच्छाले होइन वस्तुगत तथा आत्मगत परिस्थितिको एकत्वमा आधारित हुन्छ ।
(५) क्रान्तिका लागि वस्तुगत तथा आत्मगत परिस्थितिको ठोस विश्लेषण गर्न आवश्यक हुन्छ । अन्यथा ‘वामपन्थी’ अवसरवाद वा दक्षिणपन्थी अवसरवादमा फस्ने खतरा हुन्छ ।
(६) क्रान्ति स्वतः स्पूmर्त रूपमा सम्पन्न हुन सक्तैन । त्यसका लागि सचेत र योजनाबद्ध तयारीको आवश्यकता पर्दछ । यस प्रकारको तयारी विचारधारात्मक, राजनीतिक, संगठनात्मक र फौजी सबै दृष्टिकोणका आधारमा सम्पन्न गरिनुपर्दछ ।
(७) कम्युनिस्ट पार्टीले सम्बन्धित मुलुकमा सामाजिक क्रान्तिलाई निर्णायक विजयको दिशामा अगाडि बढाउनका लागि माथि उल्लेखित कुराहरूमा साथै परिस्थितिको अनुकूलता, आन्तरिक तथा बाह्य अन्तर्विरोधहरूको सही पहिचालन तयारीबारे आवश्यक ध्यान दिन जरुरी हुन्छ ।
६. साम्रान्यवाद र सर्वहारा क्रान्तिको युग
परिचय
जब पुँजीको सञ्चिती एवं केन्द्रीकरणको ऐतिहासिक प्रक्रियासँगै पुँजीवाद विकसित हुँदै गयो तब त्यसले साम्राज्यवादको रूप लिन पुग्यो । यस प्रक्रियाले सामाजिक जीवन र क्रान्तिका क्षेत्रमा भयंकर ठूलो फेरबदल हुन गयो र यस स्थितिमा साम्राज्यवाद र सर्वहारा क्रान्तिलाई नयाँ ढङ्गले परिभाषित गर्न आवश्यक बन्न गयो ।
(१) पुँजीवादको साम्राज्यवादमा पतन
(क) उन्नाईसौँ शताब्दीको अन्त्य र बीसौँ शताब्दीको थालनीसम्म (पेरिस कम्युनको स्थापना तथा त्यसको विरुद्ध पुँजीपति वर्गको राज्य आतंक हुँदै) मा आइपुग्दा पुँजीवादको साम्राज्यवादमा पतन भयो ।
(ख) साम्राज्यवादको परिभाषा दिँदै लेनिनले भन्नुहुन्छ – “साम्राज्यवादको यथासम्भव संक्षिप्तमा परिभाषाका रूपमा हामी के भन्दै भन्ने पुँजीवादको एकाधिकारी अवस्था साम्राज्यवाद हो ।”
(ग) साम्राज्यवादलाई अझ स्पष्ट पार्दै लेनिन भन्नुहुन्छ, साम्राज्यवादका विशेषता तीन प्रकारका छन्–
(१) एकाधिकार पुँजीवाद
(२) परजीवी अथवा सडिरहेको पुँजीवाद
(३) मरणासन्न पुँजीवाद ।
मरणसन्न पुँजीवाद भनेको समाजवादतर्पm संत्रधmमणकालीन पुँजीवाद हो । यसको निष्कर्ष निकाल्दै लेनिनले भन्नुभएको थियो – ‘साम्राज्यवाद, समाजवादी क्रान्तिको पूर्वबेला हो ।’
२) स्थायी क्रान्तिको सिद्धान्त र समाजवादी क्रान्ति
(१) माक्र्स स्थायी क्रान्तिको पक्षमा हुनुहुन्थ्यो । उहाँले सर्वहारावर्गको अधिनायकत्वलाई स्थायी क्रान्तिको उद्घोषण बताउनुभएको थियो ।
(२) एंगेल्सले यस प्रश्नको जवाफ दिँदै भन्नुभएको थियो– “कम्युनिस्ट क्रान्ति केवल राष्ट्रिय मात्र हुँदैन, त्यो सबै सभ्य देशहरूमा अर्थात् कम्तिमा पनि इङ्ल्यान्ड, अमेरिका, फ्रान्स तथा जर्मनीमा एकै साथ हुनेछ ।
(३) ट्राटस्कीले स्थायी क्रान्तिको मान्यतालाई यान्त्रिक रूपमा ग्रहण गर्न पुगे ।
(४) लेनिनले ट्राटस्कीको स्थायी क्रान्तिको मौलिक सिद्धान्तको विरोध गर्दै त्यसलाई अर्ध मेन्सेविक बताउनुभयो ।
(५) लेनिनले स्थायी क्रान्तिको मान्यतालाई यान्त्रिक होइन, द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी ढङ्गले ग्रहण गर्नुभयो ।
(६) पुँजीवादको असमान विकास तथा साम्राज्यमा पतनको विशेषताबारे लेनिनले राम्रो अध्ययन गर्नुभयो ।
(७) लेनिनले केही देश वा एउटै देशमा पनि समाजवादी क्रान्ति विजयी बन्न सक्छ भन्ने आफ्नो महान् सैद्धान्तिक प्रस्थापना महान् अक्टोबर क्रान्ति सम्पन्न गरेर सिद्ध गर्नुभयो ।
३. समाजवादी क्रान्ति
(क) सर्वहारावर्गको नेतृत्वमा सन् १९१७ को अक्टोबरमा रुसमा समाजवादी क्रान्ति सम्पन्न भयो र सोभियत व्यवस्थाको स्थापना गरियो ।
(ख) अक्टोबर समाजवादी क्रान्तिले पुँजीवादलाई चक्नाचुर पा¥यो ।
(ग) अक्टोबर क्रान्तिले मानव जातिको इतिहासमा नयाँ युग सर्वहारा क्रान्तिको युगको सूत्रपात ग¥यो ।
४. नयाँ जनवादी क्रान्ति
(क) माओद्वारा नयाँ जनवादी क्रान्तिको अवधारणा विकास भएको हो ।
(ख) अर्धसामन्ती, अर्धऔपनिवेशिक तथा नवऔपनिवेशिक देशहरूमा सर्वहारावर्गको नेतृत्वमा सम्पन्न गरिने सामन्तवाद–साम्राज्यवाद विरोधी क्रान्तिको नाम नै नयाँ जनवादी क्रान्ति हो ।
(ग) यो क्रान्ति पछि स्थापना हुने समाजको नाम नयाँ जनवादी समाज हो ।
(घ) पुरानो पुँजीवादी क्रान्तिले पश्चिम युरोपलगायत कैयौँ देशहरूमा किसान समुदाय र सामन्तवादका बीचको अन्तर्विरोधलाई समाधान ग¥यो ।
(ङ) उत्पीडित जातिहरूको विरुद्ध राष्ट्रियता तथा राष्ट्रहरूको अन्तर्विरोधहरूलाई पुरानो पुँजीवादी क्रान्तिले राष्ट्रिय राज्यहरूको निर्माण गरेर समाधान ग¥यो ।
(च) पुँजीवादको साम्राज्यवादमा भएको पतनले अविकसित देशहरूमा पुँजीवादी क्रान्तिको समस्यालाई नयाँ ढंगले प्रस्तुत गर्दै माओले अर्ध सामन्ती र अर्धऔपनिवेशिक अवस्थामा रहेको चिनियाँ समाजको गम्भीरतापूर्वक अध्ययन गर्नुभयो ।
(छ) उत्पादक शक्तिको विकासलाई रोक्ने प्रतिक्रियावादको वर्गका समस्या जमिन्दार वर्गका अतिरिक्त दलाल तथा नोकरशाही पुँजीपति वर्गको पनि जन्म भएको माओले बताउनुभयो ।
(ज) नयाँ जनवादी क्रान्ति वस्तुतः पुँजीवादी क्रान्ति नै हो । नयाँ जनवादी क्रान्ति पुँजीपति वर्गको नेतृत्वमा नभई सर्वहारावर्गको नेतृत्वमा सम्पन्न हुन्छ ।
(झ) यो विशुद्ध पुँजीवादी क्रान्ति नभई समाजवादी क्रान्तिको एक अभिन्न अङ्ग हो ।
(ञ) आज एसिया, अफ्रिका र दक्षिण अमेरिकाका कैयौँ देशहरूमा नयाँ जनवादी क्रान्तिको चरणको प्रक्रिया पार गर्ने क्रममा संलग्न रहेका छन् ।
(ट) नेपाल आज पनि नयाँ जनवादी क्रान्तिको चरणमा छ ।
(ठ) नयाँ जनवादी क्रान्तिको मोडेल दीर्घकालीन जनयुद्ध ।
५. रुसी समाजवादको पतन
खु्रश्चोभी – आधुनिक संशोधनवाद पछि रुस लगायत विश्व समाजवादी शिविरको अन्त्य ।
६. समाजवाद र क्रान्तिको निरन्तरताको सिद्धान्त
(क) माओले सर्वहारा अधिनायकत्व अन्तर्गत क्रान्तिको निरन्तरताको सिद्धान्त प्रतिपादन गर्नुभयो ।
(ख) माओवादले यस सिद्धान्त अन्तर्गत समाजवादी समाजमा सत्तामा घुसेको पुँजीवादपन्थी र सर्वहारा बीचको अन्तर्विरोधको समाधानको लागि महान् सर्वहारा संस्कृतिको क्रान्ति अपरिहार्य हुने कुरा बताउनुभयो ।
(ग) आधार र उपरिसंरचना बीच सन्तुलन कायम हुन जसरी हुन्छ । तर चिनीया समाजवादी क्रान्तिकालमा नयाँ अधिन आधार अमनुरूप उपरिसंरचना निर्माण हुन सकेन ।
(घ) समाजवादी राज्यव्यवस्था पनि वर्गीय राज्य व्यवस्था भएकाले त्यहाँ पनि वर्ग संघर्ष चलिरहन्छ ।
७. नव उपनिवेशवाद
(१) दोस्रो विश्वयुद्धपछि एकातिर समाजवादी प्रणाली तथा राष्ट्रिय मुक्ति आन्दोलनको विकास तीव्र रूपमा अगाडि बढ्यो भने अर्कातिर पुरानो उपनिवेशको ठाउँमा नयाँ उपनिवेशवादको जन्म भयो ।
(२) नव उपनिवेशवाद भनेको दोस्रो विश्वयुद्धपछि विकसित उपनिवेशवादको नयाँ रूप हो ।
(३) प्रत्यक्ष उपनिवेशबाट मुक्त देशहरूमा जब साम्राज्यवादी देशहरूले आफ्ना दलालहरू तयार पारेर ती मार्फत कठपुतली सरकार बनाएर तिनीहरूसित सैन्य गठबन्धन गरेर आर्थिक सहयोगीको वहाना गरेर राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रमा प्रभुत्व कायम गर्ने काम गर्दर्छन् । यसै प्रक्रियामा नवऔपनिवेशवादको स्थापना हुन्छ ।
८. भूमण्डलीकरण साम्राज्यवाद
(क) पुँजीवादको साम्राज्यवादमा प्रवेश भएको र त्यो अभैm उत्कर्षमा पुगेको स्थितिमा साम्राज्यवादले भूमण्डलीकृतको रूप लिँदै आएको छ ।
(ख) आज मानिसहरूका बीचको सम्पर्कको लागि नयाँ उपकरणको विकास भएको छ । उपकरणहरूमा इन्टरनेट सम्पर्क सेल्युलर फोन र नयाँ प्रकारका मिडिया यन्त्र संलग्न रहेका छन् ।
(ग) विश्वव्यापार संगठन, गैरसरकारी संगठन, बहुराष्ट्रिय कम्युनिस्टहरूमार्फत भूमण्डलीकरणको प्रक्रियालाई अगाडि बढाइएको छ ।
(घ) आज एकधु्रवीय साम्राज्यवाद बहुधु्रवीय बनिरहेको छ । केही वर्षयता विश्वमा अर्को धु्रवका रूपमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका जस्ता पाँच देशहरूले साझा संस्था ९द्यच्ष्ऋक्० पनि विकसित तथा क्रियाशील बन्दै गइरहेको छ ।
७. मानव समुदायको विकासको प्रक्रिया
(१) सामाजिक आर्थिक विकासको प्रक्रियामा आधारित रहेर मानव समुदायको अस्त्वि कायम हुन्छ ।
(२) इतिहासको विकासको प्रक्रियामा मानव समुदाय विभिन्न रूपमा विकसित हुँदै आएको छ ।
(३) उत्पादक शक्ति र उत्पादन सम्बन्धको द्वन्द्वात्मक एकत्वमा यसको प्रक्रियामा निहित छ ।
१. गोत्र समुदाय
(१) रक्त सम्बन्धमा आधारित गोत्रसमुदाय आदिम मानव समुदायको उत्पादन सम्बन्धको आधार हो । मातृसत्तात्मक आदिम गोत्र समुदाय सामुहिक स्वामित्वमा आधारित थियो ।
(२) पशुपालन कृषि र दस्तकारिताको विकाससँगै गोत्र समुदायको दोस्रो रूप पितृसत्तात्मक थियो । यहीबाट शोषणको थालनी भयो ।
२. कबिला समुदाय
(क) दुई वा बढी गोत्रको मिलन र विकासको प्रक्रियाबाट कबिला समुदाय बन्यो ।
(ख) कबिला पहिलो मातृगोत्र र पछि पितृगोत्रमा आधारित थियो ।
(ग) चुनाबबाट गोत्रको प्रमुख वा सैनिक नेता चुनिन्थे । तिनलाई गणनायक वा गणपति भनिन्थ्यो ।
(घ) यो प्रारम्भिक गण समाज थियो । कसैलाई विशेषाधिकार थिएन ।
३. वर्ग
(क) पितृसत्तात्मक कबिला तन्त्रीय समाजमा उत्पादन पद्धतिको विकास र व्यक्तिगत सम्पत्तिको उत्पत्तिसितै वर्गको जन्म भएको हो ।
(ख) वर्ग मानव समुदायको एउटा रूप हो ।
(ग) इतिहासको मुख्य चालक शक्ति वर्गहरूबीचको संघर्ष हो । वर्ग संघर्ष हो ।
४. राज्य
राज्य मानव समुदायको एउटा रूप हो । समाजमा वर्ग संघर्ष समाधान गर्न कठिन बन्दै गएपछि समाजका बीचबाट र समाजभन्दा माथि एउटा विशेष शक्तिका रूपमा राज्यको उत्पत्ति भएको हो ।
मानवजातिको इतिहासमा सबैभन्दा पहिले दासस्वामी समाजमा राज्यको उत्पत्ति भएको हो ।
५. जनजाति समुदाय
कबिलाहरूको मिलनबाट जुन उच्च जनसमुदाय बन्दछ त्यसको नाम जनजाति हो ।
जनजाति समुदाय कबिला समाजभन्दा उच्च र राष्ट्रभन्दा निम्न अवस्थाबीचको सामाजिक अवस्था हो । यो भाषिक, आर्थिक र सांस्कृतिक एकतामा आधारित मानव समुदाय हो ।
६. राष्ट्र वा जाति
(१) जनजाति समुदायको विकास उच्च रूप राष्ट्र हो । राष्ट्रको अवधारणा समाज, भाषा, भूभाग, आर्थिक जीवन र सांस्कृतिक मनोविज्ञानजस्ता तत्वहरूमा आधारित छ ।
(२) राष्ट्रको अवधारणा समान भाषा, भूभाग, आर्थिक जीवन र सांस्कृतिक मनोविज्ञानजस्ता तत्वहरूमा आधारित छ ।
(३) राष्ट्रलाई जाति पनि भनिन्छ ।
(४) राष्ट्र सामन्तवाद विरोधी पुँजीवादी जनवादी क्रान्तिको ऐतिहासिकता र राष्ट्रिय आन्दोलनको अन्तरवस्तुमा आधारित छ ।
(५) माक्र्सवाद – लेनिनवाद – माओवादले राष्ट्रहरूको आत्म निर्णयको अधिकारलाई अङ्गिकार गर्दछ ।
७. वर्ण तथा जात र नस्ल
(क) वर्ण तथा जातको अवधारणा भारत वर्ष अर्थात् हिमाली उपमहाद्विपमा विकसित भएको पाइन्छ ।
(ख) वर्ण अन्तर्गत मानव समुदायलाई ब्राह्मण, क्षेत्री तथा शुद्रमा विभाजित गरिन्छ ।
(ग) जात एउटै जातिभित्रको धार्मिक भेद र सामाजिक श्रमविभाजनसँग सम्बन्धित छ ।
(घ) नस्ल भनेको प्रजाति हो । मानव समुदाय भनेको प्रजातिमा विभाजित रही आएको छ । मुख्य प्रजातिहरूमा नेग्रिटो, अस्ट्रिक, द्रविड, आर्य र मंगोल आदि ।
(ङ) वर्ण वा जात राष्ट्र होइन, साथै नस्ल पनि वर्ण वा जात र राष्ट्र होइन ।
८. परिवार
(१) परिवार मानव समुदायको प्रारम्भिक इकाइ हो ।
परिवार पहिले पहिले आजको अवस्थामा थिएन । प्रारम्भिक अवस्थामा परिवरको अर्थ घरेलु दास ९ाबmगबिक० थियो ।
(२) मातृसत्तात्मक समाजमा युथ विवाह थियो । पितृसत्तात्मक समाजमा युग्म विवाहको विकाससितै एकनिष्ट विवाह विकसित भयो ।
(३) व्यक्तिगत यौन प्रेमको विकास मध्ययुगमा भयो ।
(३) समाजवादबाट साम्यवादमा जाँदा विवाहका यी आधार मिट्नेछन् र व्यक्तिगत यौन प्रेममा आधारित एकनिष्ट विवाह विकसित भएर जाने छ ।
९. अन्तर्राष्ट्रियतावाद
(१) मानव समुदायको विकसित रूप अन्तर्राष्ट्रियतावाद हो ।
(२) राष्ट्रियतालाई खँदिलो तुल्याउँदै समाजवाद र साम्यवादको विकास प्रक्रियासितै अन्तर्राष्ट्रियतावादको विकास हुन्छ ।
(३) सर्वहारावर्गको स्वरूप अन्तर्राष्ट्रिय छ र सर्वहारा मानवतावाद सर्वहारा अन्तर्राष्ट्रियतावादमा आधारित छ ।
१०. आदिम साम्यवाददेखि भविष्यको साम्यवादसम्म
(१) मानवजवातिको सामाजिक विकासको यात्रा आदिम साम्यवाददेखि भविष्यको साम्यवादसम्म उन्मुख रहेको छ ।
(२) मानव समुदायका बीचमा रही आएका सबै शोषण तथा उत्पीडनहरूको अन्त्य र मानवीय मुक्ति साम्यवादमा नै गएर हुन्छ ।
८. राष्ट्रियताको प्रश्न र अन्तर्राष्ट्रियतावाद
१. राष्ट्रियताको प्रश्न
(१) आधुनिक राष्ट्रको जन्म सामन्तवादका विरुद्ध पुँजीवादी जनवादी क्रान्तिको प्रक्रियामा हुन्छ ।
(२) राष्ट्रियता र राष्ट्रिय आन्दोलनका दुई पक्ष छन् । राष्ट्रिय अर्थात् जातीय राज्यहरूको निर्माण र जातीय आत्मनिर्णयको अधिकारको स्थापना ।
(३) माक्र्सवदले राष्ट्रियता र राष्ट्रिय आन्दोलनको प्रश्नलाई समाज विकासको ठोस ऐतिहासिक युगसँग जोडेर अध्ययन गर्दछ ।
२. दुई भिन्न ऐतिहासिक युग र जातीय आत्मनिर्णयको प्रश्न
(१) राष्ट्रियता र राष्ट्रिय आन्दोलनको विकास प्रक्रिया र जातीय आत्मनिर्णयको अधिकारसँग सम्बन्धित दई प्रश्नहरू
(क) पुरानो पुँजीवादी क्रान्ति
(ख) नयाँ जनवादी क्रान्ति ।
माक्र्स र लेनिनका भनाइहरू
– माक्र्स एकातिर निरपेक्ष पृथकीकरणको विरोधी तथा केन्द्रीकरणकै पक्षमा हुनुहुन्थ्यो भने अर्काेतिर जातीय आत्मनिर्णयको अधिकारलाई पनि अङ्गिकार गर्नुपर्ने कुरा महत्वप्रति गम्भीर हुनुहुन्थ्यो ।
– लेनिन राष्ट्र र राष्ट्रिय आन्दोलनको ऐतिहासिक सन्दर्भमाथि ध्यान दिँदै जातीय आत्मनिर्णयको सन्दर्भमा तीन प्रकारका देशहरूको चर्चा गर्नुभएको छ ।
(१) पहिलो श्रेणीमा – पश्चिमी युरोपका विकसित देशहरू र संयुक्त राज्य अमेरिका पर्दछन् ।
(२) दोस्रो श्रेणीमा पूर्वी युरोप र मुख्यतः रुस सहितका देशहरू पर्दछ ।
(३) तेस्रो श्रेणीमा चीन, फारस, टर्की लगायतका अर्ध औपनिवेशित देश र अरु सबै उपनिवेशहरू पर्दछन् ।
३. जनवाद र राष्ट्रियता
(१) आजको युग साम्राज्यवाद र सर्वहारा क्रान्तिको युग हो ।
(२) यो युगमा अर्धसामन्ती तथा अर्धऔपनिवेशिक देशहरूमा गरिने पुँजीवादी जनवादी क्रान्ति सामन्तवाद तथा साम्राज्यवाद दुवैका विरुद्ध परिलक्षित हुन्छ ।
(३) सामन्तवादको विरोधमा जनवाद र साम्राज्यवादको विरोधमा राष्ट्रिय स्वाधिनताको आन्दोलन हुने गर्दछन् र हुँदै आएका छन् ।
(४) यस प्रकारको आन्दोलन कुनै बेला जनवाद, कुनै बेला राष्ट्रियता तथा कुनै बेला दुवैलाई प्रमुख बन्दै आएका छन् र बन्ने गर्दछन् ।
(५) चिनियाँ क्रान्तिको अनुभव
४. राष्ट्रियता र अन्तर्राष्ट्रियता
सामान्यतः राष्ट्रियतालाई पुँजीवाद र अन्तर्राष्ट्रितालाई सर्वहारावाद पनि भन्न सकिन्छ । तर राष्ट्रियता पुँजीवादसम्म मात्र सीमित रहन र त्यो सर्वहारावादको छलाङ्ग हान्न पुग्न ।
९. जनसमुदाय, व्यक्तिहरू र नेतृत्व
(१) इतिहास निर्माणमा जनसमुदायको भूमिका
(क) मानवजातिको इतिहासको निर्माणमा जनसमुदाय, सानो बनाउने व्यक्तिहरू र नेताहरूको भूमिका हुन्छ तर यसमा जनसमुदायकै निर्णायक भूमिका हुन्छ ।
(ख) जनसमुदाय इतिहासका निर्माता हुन् ।
२. इतिहासमा नेताहरूको भूमिका
(क) नेताहरूको जन्म इतिहासको आवश्यकता अनुसार हुने गर्दछ । तर अमुक व्यक्ति नै नेता बन्ने कुरा भने आकस्मिकतामा आधारित हुन्छ ।
(ख) नेताहरूको जन्म आवश्यकता र आकस्मिकताको द्वन्द्वात्मक सम्बन्धको बीचबाट हुन्छ ।
(ग) नेताहरूको जन्म जनताको बीचबाट हुन्छ ।
(घ) नेताहरू प्रतिगामी र क्रान्तिकारी दुवै वर्गका हुन्छन् । त्यसमा क्रान्तिकारी तथा अवसरवादी दुवै ढङ्गका नेताहरू हुन्छन् ।
३. नेतृत्व र जनसमुदायका बीचको सम्बन्ध
(१) माओले जनतालाई इतिहासको निर्माता बताउनुभएको छ र जनदिशाको मान्यता विकसित तुल्याउनुभएको छ ।
(२) क्रान्तिकारी कम्युनिस्ट पार्टीले आफ्ना विचारलाई विकसित तुल्याउन, सही कार्यदिशा र योजना निर्माणको लागि जनताबाट ल्याएर जनतालाई दिने मान्यता अर्थात् जनदिशाको विशेष महत्व छ ।
१०. सामाजिक चेतना र विचारधारा
१. सामाजिक चेतनाका रूपहरू र तिनको अन्योन्यक्रिया
(१) सामाजिक चेतना सामाजिक सत्ताको प्रतिबिम्ब हो ।
(२) विविध रूपहरू ः राजनीतिक, कानुन, नैतिकता, धर्म, दर्शन, सौन्दर्य चिन्तन र विज्ञान ।
– मुख्यतः दुई रूप –
(१) दैविक चेतना र सैद्धान्तिक चेतना ।
(३) वर्ग समाजमा सामाजिक चेतनाका सबै रूपहरूको चरित्र वर्गीय नै हुन्छ ।
(४) सैद्धान्तिक चेतना अन्तर्गत विचारधारा, सैद्धान्तिक तथा ज्ञान र विज्ञान आउँछन् ।
(५) रूपान्तरणको प्रश्न
(क) आदर्शवादी मान्यता अनुसारकै रूपान्तरण्(ा
(ख) भौतिकवादी द्वन्द्ववलादको मान्यता अनुसार रूपान्तरण ।
(६) आधारभूत रूपमा आर्थिक आधारकै भूमिका प्रधान र निर्णायक हुन्छ ।
२. वर्गीय मनोविज्ञान र विचारधारा
(१) मानिसहरूका मनमा प्रतिबिम्बन रूपमा दैनिक अमनुभव, सम्वेदना, विचार, आदत, इच्छा, उद्देश्य प्रतिबिम्बित हुने गर्दछन् र तिनलाई सामाजिक मनोभावना भनिन्छ ।
(२) वर्ग समाजमा सामाजिक मनोभावना स्रोत वर्गीय हुने गर्दछ ।
(३) विचारधाराको निर्माणमा वर्गीय मनोविज्ञानको विशेष महत्व हुन्छ ।
(४) वर्गीय समाजमा विचारधाराले सम्बन्धित वर्गको प्रतिनिधित्व गर्दछ ।
(५) सर्वहारावादी विचारधारा क्रान्तिकारी आशावादले समृद्ध छ ।
३. माक्र्सवादी–लेनिनवादी – माओवादी विचारधारा
(१) सर्वहारावाही विचारधारा भनेको माक्र्सवादी– लेनिनवादी–माओवादी विचारधारा नै हो र यो नै माक्र्सवादी विचारधारा हो ।
(२) माक्र्सवादी – लेनिनवादी–माओवादी विचारधारा वर्तमान युगको सबैभन्दा वैज्ञानिक तथा क्रान्तिकारी विचारधारा हो । यो माक्र्सवदी दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादको संश्लेषणमा आधारित छ ।
११. सामाजिक चेतनाका रूपहरू
सामाजिक चेतनाका प्रमुख रूपहरूः राजनीति, कानुन, धर्म, नैतिकता, सौन्दर्य चेतना, विज्ञान, संस्कृतिक र दर्शन हुन् ।
१. राजनीति
(क) उत्पादन पद्धतिको विकास प्रक्रिया र मानिसको वर्गीय सामाजिक संरचनासितै राजनीतिको जन्म भएको हो ।
(ख) राजनीति भनेको राज्यसत्तामा संकेन्द्रित वर्ग, वर्ग संघर्ष, क्रान्ति र वर्गहितको रक्षामा आधारित सामाजिक उत्पादनको सम्बन्ध घनीभूत अभिव्यक्ति हो ।
(ग) वर्गहरू, राजनीतिक दलहरू राष्ट्र र राज्यसत्ताका बीच मानिसका पारस्परिक सम्बन्धहरूलाई अभिव्यक्त गर्ने चेतना, नियम र सिद्धान्तको समष्टि नै राजनीति हो ।
(घ) सामाजिक चेतनाका समग्र रूपहरूमा राजनीतिक चेतनाको भूमिकभा प्रमुख हुन्छ ।
२. कानुन
(क) वर्ग, वर्ग संघर्ष र राज्यसत्ताको उत्पत्तिसँगै न्यायिक चेतना र कानुनको उत्पत्ति भयो । कानुनको उत्पत्ति उत्पीडक वर्गको आर्थिक एवं सामाजिक हितको संरक्षण गपर्ने राज्यसत्ताको विधिको रूपमा भएको हो ।
(ख) वर्गसमाजमा न्यायिक चेतना, कानुन र विधिसहितको चरित्र वर्गीय हुने गर्दछ ।
(ग) सर्वहारावर्गले राज्यसत्ता प्राप्त गरेपछि आफ्नो आर्थिक तथा राजनीतिक हित अनुरूप न्यायिक चेतना र कानुनको निर्माण गर्दछ ।
३. नैतिकता
(क) मान्छेका हित, चालचलन, आचरण र मान्यता समग्र नै नैतिकता हो ।
(ख) वर्गसमाजमा नैतिकताको रूप वर्गीय हुने गर्दछन् ।
(ग) वर्ग संघर्षको प्रक्रियामा पुराना नैतिकता मान्यताहरूको ध्वंश र नयाँ नैतिक मान्यताको निर्माण हुन्छ ।
(घ) कम्युनिस्ट नैतिकता सर्वहारावर्गीय हितका साथै समस्त उत्पीडित जनसमुदायका हितमा हुँदै अन्ततः सिङ्गो मानव जातिको हित र मुक्तिमा आधारित रहेको हुन्छ ।
४. धर्म
(क) धर्मको उत्पत्ति आदिम समाजमा भएको थियो । दाससमाज र सामन्ती समाजमा धर्म धेरै विकसित हुँदै गयो ।
(ख) धर्ममा मूलतः तीन तत्व हुन्छन् ः
धार्मिक विचार, धार्मिक आस्था र पूजापाठ ।
(ग) द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद धर्मको विरोधी रहेको छ ।
५. विज्ञान र प्रविधि
(क) विज्ञान सामाजिक चिन्तनको एकक्रमबद्ध र व्यवस्थित ज्ञान हो ।
(ख) विज्ञानको उत्पत्ति मान्छेका भौतिक जीवनका आवश्यकता पूरा गर्ने क्रममा श्रमकार्यका बीचबाट भएको हो ।
(ग) उन्नाइसौँ शताब्दीदेखि बीसौँ शताब्दीसम्म आउँदा विज्ञानका क्षेत्रमा अभूतपूर्व विकास भयो ।
(घ) विज्ञान र प्रविधिका विकासले समाजवादी क्रान्तिलाई निकट ल्याएको छ ।
(ङ) विज्ञान र प्रविधिको क्षेत्रमा नेपाल धेरै पछाडि पर्दै आएको छ ।
६. सौन्दर्य चेतना
(क) सौन्दर्य चेतना सामाजिक चेतनाका अन्य रूपहरूमा सम्भवतः सबैभन्दा पहिलो वा जेठो रूप हो ।
(ख) मानवीय श्रमकाबीचबाट सौन्दर्यको सृष्टि भयो र पशुबाट मानिस अलग्निुमा सौन्दर्य चेतनाकै महत्वपूर्ण भूमिका रहन गएको छ ।
(ग) श्रम प्रक्रियाका बीचबाट आदिम समाजमा सौन्दर्य र कलाको जन्म भयो ।
(घ) आज पश्चिमा साहित्य कला र सौन्दर्य चिन्तनको क्षेत्रमा उत्तरआधुनिकतावादको प्रदूषण पैmलिएको छ ।
(ङ) नेपालमा साहित्य, कला र सौन्दर्य चिन्तनको क्षेत्रमा प्रतिगामी र प्रगतिशील धाराको बीच लामो संघर्ष चल्दै आएको छ ।
(च) माक्र्सवादी सौन्दर्यशास्त्रका अनुसार साहित्य तथा कलामा संज्ञानात्मक विचारधारात्मक र सौन्दर्यात्मक मूल्य सन्निहित रहेका हुन्छन् ।
७. संस्कृति
– संस्कृतिको अर्थ परिष्कार वा सृजना हो ।
– संस्कृति दुई किसिमका हुन्छन् (१) भौतिक (२) आत्मिक ।
– संस्कृति सम्बन्धित समाजको आर्थिक तथा राजनीतिक जीवनको वैचारिक प्रतिबिम्ब हो ।
– संस्कृतिको इतिहास उत्पादन सम्बन्ध विकासको इतिहास हो ।
– वर्ग समाजमा सामाजिक चेतनाका सबै रूपमा वर्गीय हुने भएझैँ संस्कृतिकको रूप पनि वर्गीय हुन्छ ।
– मानवजातिको इतिहासमा प्रतिक्रियावादी, संस्कृतिको ध्वंसका बीचबाट जनवादी संस्कृतिको निर्माण हुन्छ ।
साम्राज्यवादको विकाससँग पुँजीवादी समाजमा संस्कृतिलाई दुई भागमा विभाजन गरिएको छ ः
(१) अभिजात वर्गीय संस्कृति
(२) लोकप्रिय संस्कृति
– संस्कृतिको क्षेत्र विचारधारात्मक क्षेत्र अन्तर्गत पर्दछ ।
– महान् चिनिया सर्वहारा संस्कृति क्रान्ति विचारधारात्मक र वर्गीय रहेको छ ।
– वर्तमान नेपालमा जनविरोधी, अराष्ट्रिय तथा अवैज्ञानिक र जनवादी–राष्ट्रिय तथा वैज्ञानिक संस्कृतिका बीच लामो समयदेखि भीषण संघर्ष चल्दै आएको छ ।
– हरेक समाजमा नयाँ विचार र मूल्यहरू सामाजिक क्रान्ति बीचबाट विकसित हुन्छन् ।
१. अक्तिरिक्त
साम्राज्यवाद र सर्वहाराक्रान्तिको युगमा दर्शन
पुँजीवादी दर्शनको विकास
माक्र्सवादी दर्शनसँगै र त्यसपश्चात पुँजीवादी दर्शनको विविध धारामा विकास हुँदै आएको छ । पुँजीवादको साम्राज्यवादमा पतनसँगै यस प्रकारका दार्शनिक धाराहरूले साम्राज्यवादको सेवा गरेका छन् ः
(१) संकल्पवाद
– संकल्पवादी दर्शनमा संकल्प ९ध्ष्िि० अर्थात् कामनालाई प्रधानता दिइन्छ । यसको चरम विकास गर्ने दार्शनिक फ्रेडरिक नित्से (१८४४ – १९००) हुन् ।
– साम्राज्यवादको उदयको पृष्ठभूमि र प्रक्रियासँगै नित्सेको संकल्पवाद विकसित हुन पुगेको हो ।
– दार्शनिक रूपमा नित्सेको संकल्पवाद साम्राज्यवादी दर्शनको अनुदारवादी धारा हो ।
२. प्रत्यक्षवाद
– प्रत्यक्षवाद उन्नाईसौँ शताब्दीको अन्त्यमा जन्मिएको दर्शन हो । यसले साम्राज्यवादी युगको उदारवादी धारालाई प्रश्रय दिने काम गरेका छ । फ्रान्सका दार्शनिक अगस्टस् कोम्टे (१७९८ – १९९५) यस दर्शनका संस्थापक हुन् ।
– ज्ञान सिद्धान्तको क्षेत्रमा प्रत्यक्षवाद अज्ञेयवादी रहेको छ ।
– प्रत्यक्षवादीहरू र संशोधनवादीहरूका बीच घनिष्ट साँठगाँठ चल्दै आएको छ ।
३. व्यवहारवाद
– व्यवहारवाद उन्नाइसौँ शताब्दीको अन्त्य र बीसौँ शताब्दीको प्रारम्भवमा अमेरिकामा जन्मिएको तथा विकसित भएको दार्शनिक धारा हो ।
– यस दर्शनका मुख्य प्रणेता विलियम जेम्स र जान डिबे हुन् ।
– व्यवहारवादले दर्शनशास्त्रको मौलिक प्रश्नमा तटस्थतावादको पक्षपोषण गर्दछ ।
– प्रत्यक्षवाद जस्तै व्यवहारवाद पनि अज्ञेयवादी नै रहेको छ ।
४. नवयथार्थवाद
नवयथार्थवाद सहज यथार्थवादको विकसित रूप हो ।
५. अस्तित्ववाद
अस्तित्ववाद बीसौँ शताब्दीको एक महत्वपूर्ण दर्शन हो ।
यो दर्शनलाई ईश्वरवादी र निरश्वरवादी दुई धारामा विभाजित गर्न सकिन्छ ।
२. संशोधनवादी दर्शन
– माक्र्सवादका तीनवटै संघटक अङ्गको तोडमोड तथा अपव्याख्या गर्नु संशोधनवाद हो ।
– मुख्य संशोधनवादीहरू – प्रुँधो, वाकुनिन, लासाल, ड्यहरिङ, वनस्टिन, काउत्सकी, खु्रश्चोभ, ल्यु शाओची आदि ।
– संशोधनवाद दक्षिणपन्थी, मध्यपन्थी, उग्रपन्थी तीन धारामा विभाजित हुँदै आएको छ ।
दार्शनिक सिद्धान्त
– दर्शनमा आदर्शवाद र भौतिकवाद बीचमा विभिन्न धाराहरू भएझैँ संशोधनवादका पनि विभिन्न धाराहरू छन् ।
– संशोधनवादको दार्शनिक सिद्धान्त प्रत्यक्षवाद र अज्ञेयवादमा आधारित रहेको छ ।
– संशोधनवादको यसप्रकारको दार्शनिक सिद्धान्त मूलतः दक्षिणपन्थी संशोधनवादी दर्शनसँग सम्बन्धित रहेको छ ।
– ज्ञान सिद्धान्तको क्षेत्रमा संशोधनवाद मूलतः तीन रूपमा प्रकट हुने गर्दछ– जडसूत्रवाद, अनुभववाद, व्यवहारवाद र बितण्डतावाद ।
– द्वन्द्वात्मक भौतिकवाद यी तीनवटै गलत चिन्तनको विरोधी रहेका छन् ।
दार्शनिक पद्धति
– दार्शनिक पद्धतिको क्षेत्रमा दक्षिणपन्थी संशोधनवादले क्रान्तिकारी द्वन्द्ववादको विरोधमा भँडुवा विकासवाद र शान्तिपूर्ण विकासको पक्षपोषण गर्दछ ।
– संशोधनवादीहरूको विश्वदृष्टिकोण अधिभूतवादी विश्वदृष्टिकोण हो ।
– दार्शनिक पद्धतिको क्षेत्रमा संशोधनवादका मूलतः तीन प्रकारका विशेषता छन् ।
(१) एकमनावाद (२) बहुलवाद (३) सारसंग्रहवाद
ऐतिहासिक भौतिकवाद
माक्र्सवादले इतिहासको भौतिकवादी अध्ययनका आधारमा समाजवाद र साम्यवादको स्थापना गर्ने निष्कर्ष निकाल्ने काम गर्दछ । तर संशोधनवाद यसप्रकारको माक्र्सवादी मान्यताको विरोधी रहेको छ ।
ऐतिहासिक भौतिकवादको क्षेत्रमा देखा पर्ने संशोधनवादका मुख्य विशेषताहरू
(१) सामाजिक सत्ता र सामाजिक चेतना
(२) उत्पादक शक्ति र उत्पादन सम्बन्ध
(३) आधार र उपरिसंरचना
(४) उत्पीडक र उत्पीडित वर्ग बीचको संघर्ष
(५) इतिहासमा बलप्रयोगको भूमिका
(६) सर्वहारावर्गको अधिनायकत्व
आधुनिक तथा नवसंशोधनवाद
– माक्र्सवादको विकाससँगै संशोधनवाद पनि विकसित हुँदै जान्छ ।
– संशोधनवादले खु्रश्चोभमा गएर एउटा उत्कर्ष प्राप्त गरेको छ ।
– आधुनिक संशोधनवादले पनि आफ्नो कलेवर फेर्दै जान्छ । (नवसंशोधनवाद)
– नकारात्मक प्रवृत्तिको ढाकछोप गर्न सकारात्मक प्रवृत्तिको उपयोग गर्नु संशोधनवादको मूल विशेषता हो ।
नेपालमा संशोधनवाद
– संशोधनवाद अन्तर्राष्ट्रिय परिघटना भएकोले त्यसको असर नेपालमा पर्नु स्वाभाविक भयो ।
– नेपालमा २०१० सालदेखि संशोधनवादले प्रवेश गरेको हो ।
– २०१० सालदेखि २०१९ सालसम्मको तेस्रो महाधिवेशनसम्म नेपालमा संशोधनवाद वर्गसंघर्षको विरोधमा वर्गसमन्वयवाद, कानुनी माक्र्सवाद र राजापरस्त प्रवृत्तिका रूपमा देखाप¥यो ।
– जडसूत्री संशोधनवाद ।
– एमालेको दक्षिणपन्थी संशोधनवाद
– एमाओवादीको नवसंशोधनवाद ।
३. प्रैंmकफुर्ट स्कुलदेखि उत्तरआधुनिककता सम्म
– प्रैंmकफुर्ट स्कुलदेखि उत्तरआधुनिकवादसम्मका विचारहरू निम्न पुँजीवादी, पुँजीवादी र माक्र्सवादी विचारधाराको घोलको रूपमा देखापर्दै आएका छन् ।
प्रैंmकफुर्ट स्कुल
यो स्कुल जर्मनमीमा प्रैंmकफुर्ट विश्वविद्यालयमा स्थापना गरिएको एक सामाजिक अनुसन्धानमूलक संस्था हो ।
– यो स्कुलले माक्र्सवाद, समाजशास्त्र, दर्शन, संस्कृति जस्ता विषयमा अध्ययन–अनुसन्धान गर्ने नाममा तिनलाई विकृत तुल्याउने काम गरेको छ ।
– यो स्कुल माक्र्सवाद, शून्यवाद, फ्रायडवाद, हेगेलवाद र अस्तित्ववाद मिलेर बनेको सारसंग्रहवादी स्कुल हो ।
– यस स्कुलका मुख्य मान्यता समाजको आलोचनात्मक सिद्धान्त, निषेधात्मक द्वन्द्ववाद, शून्यवाद, आदर्शवाद संसद् अर्थात युटोपियाको अवधारणा र सारमा माक्र्सवाद तथा रूपमा पुँजीवादको पनि विरोध
– यो स्कुल मूलतः निरासावादी रहेको छ ।
संरचनावादी माक्र्सवाद
संरचनावादी माक्र्सवाद भनेको माक्र्सवादलाई भाषावादी वा जैविक संरचनावादका आधारमा अध्ययन गर्नु हो । यसका प्रणेता फ्रान्सेली दार्शनिक, भाषाविद् र समाजशास्त्री मल्थ्युसर (१९१८ – १९९०) हुन् ।
सांस्कृतिक भौतिकवाद
सांस्कृतिक भौतिकवादले माक्र्सवादलाई विषयलाई विकृतीकरण गर्ने काम गरेको छ ।
उत्तर आधुनिकतावाद
– उत्तर आधुनिकतावाद साम्राज्यवादी विचारधाराको एउटा रूप हो । यो दर्शन, समाजशास्त्र, साहित्य, कला, सौन्दर्यशास्त्र, भाषाविज्ञानका क्षेत्रमा पैmलिएको ।
– उत्तरआधुनिकतावाद आधुनिकतावाद र मुख्यतः माक्र्सवादको विरोधी रहेको छ ।
– ज्ञानसिद्धान्तको क्षेत्रमा उत्तर आधुनिकतावादीहरू आतर्कबुद्धिवाद तथा अज्ञेयवादी रहेका छन् ।
– उत्तर आधुनिकतावादसित नारीवादी आन्दोलन र उपनिवेशवाद पनि जोडिएको छ ।
– आजको विज्ञान र प्रविधिको क्षेत्रमा अपूर्व प्रगति र क्रान्ति भएको छ तर उत्तर आधुनिकतावादीहरू यो क्रान्ति र प्रगतिलाई उल्टो कोणबाट व्याख्या गर्दछन् ।
– समग्रमा भन्नुपर्दा उत्तरआधुनिकतावाद यथार्थ विचारधारा, इतिहास र मानवजातिकै विरोधी रहेको छ ।
– नेपालमा यसको सशक्त विरोध हुँदै आएको छ ।
४. माक्र्सवादको विकास र समाजवादको भविष्य
(१) माक्र्सवादको विकास
– आफ्नो वर्गको मुक्तिको सिद्धान्तको प्रतिपादन र विकासको कामलाई सर्वहारा वर्गले तीन ऐतिहासिक चरण्यामा पूरा गर्दै आएको छ ।
– माक्र्सवादी चरण, लेनिनवादी, माओवादी चरण
– पुँजीवादको विकासको प्रारम्भिक अवस्थामा माक्र्सवादको जन्म भयो ।
– माक्र्सवादका तीन संघटक अङ्ग
– माक्र्सवादको जन्म विश्व क्रान्तिको इतिहासमा एक युगान्तकारी – ऐतिहासिक परिघटना हो ।
– माक्र्स–एंगेल्सले सर्वहारावर्गको नेतृत्वमा एउटा देशमा मात्र नभएर इङ्ल्यान्ड, फ्रान्स, जर्मनीजस्ता औद्योगिक विकास भएका देशहरूमा एकसाथ हुने कुरा बताउनुभएको थियो । तर लेनिनले साम्राज्यवादको उदयको स्थिति ध्यान दिँदै त्यसको अनिवार्य परिणाम युद्ध हुने र साम्राज्यवाद, समाजवादी क्रान्तिको पूर्वबेला बन्न जाने स्थितिको विश्लेषण गर्दै एउटै देशमा पनि क्रान्ति हुन सक्छ भन्ने मान्यता पुष्टि गर्नुभएको थियो । रूपमा अक्टोबर समाजवादी क्रान्ति पनि सम्पन्न गर्नुभएको थियो ।
– माओले अर्धसामन्ती र अर्ध औपनिवेशिक अवस्थामा रहेको चीनमा तथा जनवादी क्रान्ति सम्पन्न गर्नुभएको थियो । समाजवादी क्रान्तिलाई अगाडि बढाउनुभएको थियो ।
– माओले सर्वहारावर्गको नेतृत्वमा जनवादी क्रान्ति र सर्वहारावर्गको अधिनायकत्व अन्तर्गत निरन्तरता दिँदै महान् सर्वहारा सांस्कृतिक क्रान्ति सम्पन्न गर्ने प्रक्रिया चीनमात्रै नभएर विश्व क्रान्तिकै लागि माओको विशिष्ट योगदान रह्यो ।
(२) दर्शनको फाँटमा माक्र्स–एंगेल्स, लेनिन र माओको प्रक्रियामा द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादको विकासको प्रक्रियामा अद्वितीय योगदान रहेको छ ।
(३) माक्र्सवादमाथि लगाइएका विभिन्न आरोपहरूको खण्डन
(क) प्रतिक्रियावादी तथा अवसरवादीद्वारा माक्र्सवादमाथि लगाइएका झुट्टा आरोपहरू
(१) जडसूत्रवादी माक्र्सवाद
(२) अधिभूतवाद
(३) आर्थिक निर्धारणवाद
(४) एकदलीय अधिनायकवाद
(५) सर्वसत्तावाद
(६) रुढिवादी माक्र्सवाद आदि ।
यी आरोप लासालदेखि लिएर वर्नस्टाइनसम्मका संशोधनवादीहरू रहेकभा छन् ।
(४) नेपाली क्रान्तिको अनुभव
नेपाली क्रान्तिको अनुभवको सन्दर्भमा २०५२ सालदेखि नेकपा (माओवादी) द्वारा सञ्चालन गरिएको जनयुद्ध उल्लेखनीय रहेको छ । यसको समग्र पाटोको अध्ययन गर्न जरुरी हुन्छ ।
आजको युग र समाजवादको भविष्य
(१) आजको युग भूमण्डलीकृत, साम्राज्यवाद र सर्वहारा क्रान्तिको युग हो ।
– आज प्रतिक्रियावादी तथा संशोधनवादीहरूले साम्राज्यवादलाई चिरञ्जीवी ठान्दै सर्वहारा क्रान्ति र समाजवादको भविष्यप्रति गम्भीर आशंका व्यक्त गरेका छन् ।
कुरा त्यसो होइन, बरु आजको युगका मुख्य विशेषताहरू हुन् ः–
(१) वैज्ञानिक तथा प्राविधिक क्रान्ति र उत्पादकशक्तिको विकास ।
(२) बहुध्रुवीय विश्वव्यवस्थाको उदय ।
(३) वित्तीय संकटको प्रक्रिया
(४) साम्राज्यवाद विरोधी जनभावना
(५) क्रान्ति र मुक्तिको सचेतन प्रयास
५. माक्र्सवादी दर्शन ः संक्षिप्त निष्कर्ष
विश्वदृष्टिकोण र क्रान्तिको कार्यदिशा द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद कम्युनिस्ट पार्टीको दर्शन हो ।
१. विश्वदृष्टिकोण र वर्ग संघर्षको कार्यदिशा
(१) विश्वदृष्टिकोण र वर्गसंघर्षको कार्यदिशा बीच घनिष्ट सम्बन्ध छ ।
(२) वर्गसंघर्ष तथा क्रान्तिको कार्यदिशा
– क्रान्तिको कार्यदिशा भनेको नीति, कार्यक्रम र योजनाको समग्र नाम हो ।
– नीति दुई प्रकारका हुन्छन् – रणनीति र कार्यनीति
– कार्यक्रम दुई प्रकारका हुन्छन् । अधिकतम र न्यूनतम । त्यसैगरी योजना पनि रणनीति र कार्यनीतिक दुवै प्रकारका हुने गर्दछन् ।
– कार्यनीति राजनीतिक र फौजी हुने गर्दछ ।
– क्रान्तिका कार्यदिशा विभिन्न रूप र प्रकारका हुने गर्दछन् ।
– सर्वहारा क्रान्तिको अधिकतम कार्यक्रम वा लक्ष्य साम्यवाद हो ।
३. संगठन र संघर्षका रूपहरू
– क्रान्तिकारीहरुले क्रान्तिको आवश्यकता अनुसार विभिन्न प्रकारका संगठन र संघर्षका रूपहरू प्रयोग गर्दछन् ।
– क्रान्तिको आवश्यकता अनुसार संगठनका विविध रूपहरू हुने गर्दछन् । जस्तै– वैधानिक र अवैधानिक, खुला र गुप्त, राजनीतिक र फौजी, पार्टी, जनवर्गीय मोर्चा आदि ।
४. नाराहरूबारे
– क्रान्ति वा आन्दोलनको प्रक्रियामा नाराको विशेष महत्व हुन्छ ।
– नारा भनेको पार्टीद्वारा निर्धारित क्रान्तिलाई वा तत्कालीन उद्देश्य दीर्घकालीन वा स्पष्ट रूपमा सूत्रीकरण गर्नु हो ।
– स्टालिनका अनुसार नाराहरु प्रचारात्मक, आन्दोलनमूलक, कार्वाहीमूलक र निर्देशनमूलक हुन्छन् ।
६. विश्वदृष्टिकोण र दुईलाइन संघर्षको प्रश्न
– अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा माक्र्सवादी र संशोधनवादी कार्यदिशाका बीचमा भीषण संघर्ष चल्दै आएको छ ।
– माक्र्सवादी कार्यदिशाको विकास संशोधनवादी कार्यदिशाका विरुद्धको संघर्षका बीचबाट हुने हुँदै आएको छ ।
– माक्र्सवादको जन्मसितै संशोधनवाद पनि विकास हुँदै आएको छ ।
– पहिलो, दोस्रो र तेस्रो इन्टरनेसनलताका यताका संशोधनवादी विरोधी संघर्षको इतिहास अध्ययन गर्न जरुरी छ ।
– वर्ग संघर्ष, सशस्त्र संघर्ष तथा सर्वहारा अधिनायकत्वको आधारभूत सैद्धान्तिक मान्यताको तोडमरोड तथा अपव्याख्या गर्नु संशोधनवाद हो ।
– संशोधनवाद भनेको पुँजीवादी विचारधारा हो ।
– संशोधनवाद दक्षिणपन्थी, मध्यपन्थी र उग्रवामपन्थी धारामा विभाजित भएको पाइन्छ ।
२. कम्युनिस्ट पार्टी र दुई लाइन संघर्ष
(क) कम्युनिस्ट पार्टी भनेको विपरीततत्वको एकत्व हो ।
(ख) पार्टीभित्र चल्ने दुईलाइन संघर्षबाट पार्टीलाई नयाँ ढङ्गको कम्युनिस्ट पार्टी बनाउनका लागि मद्दत पुग्दछ ।
(ग) अन्ततः संघर्ष वा दुई लाइन संघर्ष क्रान्तिकारी कम्युनिस्ट पार्टीको जीवन हो ।
– कम्युनिस्ट पार्टीभित्र दुई लाइन संघर्ष विभिन्न रुपहरुमा चल्ने गर्दछ । कहिले मन्द गतिमा कहिले ज्वारभाटाको रूपमा ।
– पार्टीमा चल्ने दुईलाइन संघर्ष मूलतः विचारधारात्मक, दार्शनिक, राजनीतिक तथा सांगठनिक पक्षमा आधारित हुने गर्दछ ।
३. दुई लाइन संघर्षको प्रकृति
(क) माक्र्सवादी र अवसरवादी कार्यदिशाबीचको संघर्षलाई दुईलाइन संघर्ष भनिन्छ ।
(ख) कम्युनिस्ट पार्टीभित्र दुईलाइन संघर्ष निरन्तर चलिरहन्छ ।
(ग) यो वर्ग समाजमा चल्ने वर्ग संघर्षको प्रतिबिम्ब हो ।
(१) पार्टीभित्र चल्ने दुई लाइन संघर्ष पार्टीको जीवन र विकासप्रक्रियाको कारक तत्व हो ।
(२) समाजमा चल्ने, वर्गसंघर्षको दीर्घकालीन प्रकृति अनुरूप पार्टी मित्र दुई लाइन संघर्षको प्रकृति पार्ने दीर्घकालीन हुने गर्दछ ।
(ग) पार्टीलाई सही दिशामा अगाडि बढाउनका लागि दुई लाइन संघर्षको सही पहिचान गरी त्यसलाई सही ढंगले समाधान गर्न जरुरी हुन्छ ।
(घ) दुई लाइन संघर्ष समाधानका लागि सही नीति अवलम्बन गर्न जरुरी हुन्छ ।
(ङ) पार्टीलाई एकता, संघर्ष र नयाँ आधारमा नयाँ एकताका अर्थमा वादविवाद अर्थमा बुभ्mनु द्वन्द्वात्मक भौतिकवादी अद्वैतवाद हो ।
४. दुई लाइन संघर्ष
क्रान्तिकारी कम्युनिस्टहरुले द्वन्द्वलाइन संघर्षलाई सही ढङ्गले बुभ्mन त्यसको वैज्ञानिक विधि पत्ता लगाउन र त्यसको सही परिचालन वा समाधानका लागि विशेष ध्यान दिन जरुरी हुन्छ ।
(क) लक्ष्य (ख) नीति (ग) पद्धतिलाई विशेष ध्यान दिन जरुरी हुन्छ ।
५. गुटवाद र फुटवादका विरुद्ध संघर्ष
– पार्टीभित्र गुटवाद र फुटवादका समस्या पैदा हुने गर्दछन् । यसले कम्युनिस्ट पार्टीभित्र चल्ने दुई लाइन संघर्षलाई अस्वस्थ रूप दिने कोशिस गर्दछ ।
– यसको समाधानका लागि क्रान्तिकारी रूपान्तरण र नयाँ आधारमा नयाँ एकताको निर्माणमा जोड दिनुपर्दछ ।
– जसले पार्टीमा क्रान्तिकारी सिद्धान्त र राजनीतिको परित्याग गर्दछ, त्यही नै वास्तविक अर्थमा फुटवादी हुन्छ ।
– यदि पार्टी संशोधनवादी बन्न गयो भने त्यो बेला त्यस प्रकारको संशोधनवादी पार्टीका विरुद्ध सच्चा क्रान्तिकारी कम्युनिस्टहरू विद्रोहको निमित्त तयार रहनु पर्दछ ।
– फुटपरस्त तत्व ती हुन्छन् जसले माक्र्सवाद–लेनिनवाद – माओवाद तथा सर्वहारावादी कार्यदिशाको परित्याग गरी संशोधनवादको बाटो पक्ड्दछन् र क्रान्तिप्रति विश्वासघात गर्दछन् ।
७. सामाजिक क्रान्ति र सिद्धान्तको विकासको प्रश्न
१. सिद्धान्तको विकासको आवश्यकता
(१) प्रकृति र सामाजिक जीवन गतिशील छ ।
(२) सामाजिक जीवन र क्रान्तिको गतिशील प्रक्रियामा सर्वहारा वर्गले निरन्तर पैदा भइरहने समस्याहरुको समाधान गर्दै अगाडि बढ्नुपर्ने आवश्यकता हुन्छ ।
(३) सामाजिक जीवन र क्रान्तिको प्रक्रियामा सिद्धान्त तथा दर्शनको क्षेत्रमा पनि निरन्तर प्रगति र विकासको आवश्यकता पर्दछ ।
(४) अतः माक्र्सवाद – लेनिनवाद – माओवादको सैद्धान्तिक तथा दार्शनिक विकास पनि यसरी नै हुँदै आएको छ ।
(५) माओको निधन, सोभियत संघ लगायत मुलुकहरुमा समाजवादको विघटन, साम्राज्यवादले भूमण्डलीकृत रुप धारण गर्दै गएको सन्दर्भमा सामाजिक क्रान्तिका लागि सिद्धान्तहरुको विकास गर्नु अनिवार्य सर्त भन्दै आएको हो ।
(६) सिद्धान्तको विकास गर्नुपर्ने आवश्यकतामाथि विशेष जोड दिँदै लेनिनले भन्नुभएको छ – “हामी माक्र्सको सिद्धान्तलाई कुनै अन्तिम या अनुल्लंघनीय वस्तु कदापि मान्दैनौँ, यसको विपरीत हामी कुन कुरामा स्पष्ट छौँ भने माक्र्सको सिद्धान्तले त सामान्य त्यो विज्ञानको आधारशीला खडा गरिदिएको हो, जसको समाजवादीहरुले यदि जीवनको साथमा कदम मिलाएर अगाडि बढ्न चाहने हो भने सर्वतोमुखी विकास गर्नुपर्ने हुन्छ ।”
(७) सामाजिक जीवन र प्रकृति विज्ञानका विविध क्षेत्रमा नयाँ रुपमा देखा पर्दै आउने समस्या र नयाँ प्रकारका अनुसन्धानहरुको माक्र्सवादी दर्शन अर्थात् द्वन्द्वात्मक भौतिकवादको विकास हुनु अनिवार्य आवश्यकताको विषय बन्दै आएको छ ।
२. सिद्धान्तको सृजनशील प्रयोग र मौलिक विकासको प्रश्न
(१) सिद्धान्तको वास्तविक विकास र प्रयोग यान्त्रिक रुपमा होइन हरेक देशको ठोस परिस्थिति, विशिष्टता र मौलिकतामा आधारित हुँदै त्यसको सृजनशील प्रयोगमा आधारित हुन्छ ।
(२) कुनै पनि मुलुकमा सिद्धान्तको प्रयोग गर्दा यान्त्रिकता र अन्धानुकरण नभई सृजनशीलता र सम्बन्धित देशको विशिष्टता माथि ध्यान दिनुपर्ने हुन्छ ।
३. व्यवहारवाद, बितण्डतावाद र जडसूत्रवाद
(क) सिद्धान्त तथा दर्शनको रक्षा, प्रयोग र विकासको प्रश्नमा सच्चा क्रान्तिकारी कम्युनिष्टहरुले विशेष ध्यान दिन आवश्यक हुन्छ ।
(ख) व्यवहारवाद भनेको सारमा आदर्शवादको एउटा विशिष्ट रुपमा हो । यसलाई प्रयोजनवाद पनि भन्ने गरिन्छ । व्यवहारवादको अर्को नाम अनुभववाद हो ।
(ग) बितण्डावाद भनेको त्यो हो, जसले कुतर्कका आधारमा सत्यलाई ढाकछोप गर्ने काम गर्दछ । अतः कुतर्कद्वारा माक्र्सवादलाई त्यसको सजीव अवस्थाबाट अलग्याउने चिन्तनको नाम बितण्डावाद हो र यो सारसंग्रहवादसँग सम्बन्धित छ ।
(घ) जडसूत्रवाद भनेको सिद्धान्तलाई स्थिर, जड र अपरिवर्तनीय धर्मसूत्रका रुपमा ग्रहण गर्नु हो । जडसूत्रवादको एउटा मूल विशेषता भनेको सिद्धान्तलाई व्यवहारबाट कटाउनु हो ।
(ङ) व्यवहारवाद, बितण्डावाद र जडसूत्रवादको विरुद्ध संघर्ष गरेर नै माक्र्सवादको रक्षा, प्रयोग र विकास गर्न जरुरी हुन्छ ।
(च) माक्र्सवादको सिर्जनात्मक प्रयोग र विकासका लागि द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादलाई दृढतापूर्वक अवलम्बन गर्न अनिवार्य आवश्यक हुन्छ ।
४. कमजोरी, सीमा र विचलनको प्रश्न
(१) क्रान्तिका लागि क्रान्तिकारी सिद्धान्त वा दर्शनको रक्षा, प्रयोग र विकास अनिवार्य रुपमा आवश्यक हुन्छ । यसका लागि दुई वटा कुरामा शिवेष ध्यान दिनुपर्दछ ।
(क) सिद्धान्तको प्रयोगको प्रक्रियामा देखा पर्दैै आएका कमी, कमजोरी तथा सीमाको प्रश्न ।
(ख) सिद्धान्तको संशोधन तथा परित्यागको परिघटना ।
(१) क्रान्तिकारी कम्युनिष्टहरुले सिद्धान्तको संशोधन र परित्यागको परिघटनालाई सामान्य अर्थमा होइन संशोधनवादी परिघटनाका रुपमा ग्रहण गर्न आवश्यक हुन्छ ।
(२) संशोधवाद दक्षिण, मध्य र उग्र जुनसुकै रुपमा देखापर्न सक्छ ।
(३) आजको युगमा संशोधनवाद खुला रुपमा भन्दा छद्म रुपमा प्रकट हुने गर्दछ ।
व्यवहारवादले दक्षिणपन्थी अवसरवाद, बितण्डावादले मध्यपन्थी अवसरवाद र जडसूत्रवादले उग्रवामपन्थी अवसरवाद तथा दुस्साहसवादलाई सघाउने तथा मलजल प्रदान गर्ने काम गर्दछ ।
५. माक्र्सवादको विकास संघर्षको बीचबाट हुन्छ
माक्र्सवाद एक गतिशील विज्ञान हो । यसको विकास कसरी हुन्छ ?
(क) माओले भन्नुभएको छ – “माक्र्सवाद संघर्षद्वारा मात्र विकसित हुन सक्छ र यो कुरा विगत र वर्तमानका सन्दर्भमा मात्र नभई भविष्यका सन्दर्भमा पनि त्यत्तिकै सत्य हो ।”
(ख) माक्र्सैवादको विकास प्रतिक्रियावादी वर्गका विरुद्धमा गरिने आर्थिक, राजनीतिक र सैद्धान्तिक संघर्षका बीचबाट नै हुन्छ ।
(ग) माक्र्सवादको विकास पुँजीवादी, निम्न पुँजीवादी तथा संशोधनवादी विचारधारा विरुद्धको संघर्षका बीचबाट हुन्छ ।
(घ) माक्र्सवादी दर्शनलाई संघर्षको दर्शन पनि भनिन्छ ।
८. माक्र्सवादी दर्शनको ऐतिहासिक कार्यभार
(१) माक्र्सवाद सर्वहारावर्ग र सबै उत्पीडित जनसमुदायको मुक्तिको सिद्धान्त हो ।
(२) माक्र्सवादी दर्शन यसै सिद्धान्तको एक प्रमुख अङ्ग हो ।
(३) माक्र्सले भन्नुभएको थियो – “जसरी दर्शनले सर्वहारामा आफ्नो भौतिक हतियार भेटाउँछ, त्यसरी नै सर्वहाराले दर्शनमा आफ्नै बौद्धिक हतियार भेटाउँछ ।”
(४) माक्र्सवादी दर्शन अर्थात् द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद सर्वहारा वर्गको वैचारिक हतियार हो र यसलाई क्रान्तिकारी कम्युनिस्टहरुले दृढताका साथ अवलम्बन गर्नुपर्दछ ।
२. जनताको बीचमा दर्शन
(१) माक्र्सवादी दर्शन जनताको दर्शन भएकाले यसलाई जनताकै बीचमा पु¥याउन जरुरी हुन्छ ।
(२) माओ भन्नुहुन्छ, – “माक्र्सवादको सैद्धान्तिक आधारको रुपमा रहेका द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादको अध्ययन गर्ने दसौँ लाख मानिसकहरुका यस्ता डफ्फाहरुको निर्माण गर्ने योजना तयार गर्नैपर्छ र तिनलाई सबै खालको आदर्शवाद र यान्त्रिक भौतिकवाद विरुद्ध जुभ्mनका लागि तयार ग राउनु पर्दछ ।”
(३) माक्र्सदवाद एवं वैज्ञानिक दर्शन हुनुको नाताले यो दर्शन सबैखाले आदर्शवाद, अधिभूतवाद तथा यान्त्रिक भौतकिवादका विरुद्ध वैज्ञानिक दृष्टिकोणमा आधारित छ र विज्ञान हुनुको नाताले माक्र्सवादी दर्शनलेले प्रयोगको माग गर्दछ ।
(४) सर्वहारावर्गको वैज्ञानिक दर्शन हुनुको नाताले माक्र्सवादी दर्शन वर्गीय पक्षधरतामा आधारित छ र यसले सर्वहारावर्गमा तथा आम जनसमुदायको सेवा गर्दछ ।
३. ऐतिहासिक कार्यभार
द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शनका निश्चित विशिष्ट र बहुविध ऐतिहासिक कार्यभार रहेका छन् । जस्तैः–
(१) वर्गसंघर्षसहित सिङ्गो सामाजिक क्रान्तिका समस्याहरुको अध्ययन र समाधानको प्रश्न ।
(२) दुई लाइन संघर्षलाई बुभ्mने र त्यसको समाधान गर्ने प्रश्न ।
(३) दर्शनलाई जनताको बीचमा पु¥याउने र जनतामा विद्यमान सिर्जनात्मक ऊर्जाको उद्घाटन गर्ने प्रश्न ।
(४) अध्ययन र अनुसन्धानको प्रश्न ।
(५) दिशाबोधको प्रश्न ।
(६) सिंगो विश्वलाई बुभ्mने र त्यसलाई बदल्ने प्रश्न ।
क्रान्तिकारी कम्युनिस्टहरुले सर्वहारावर्ग तथा उत्पीडन जनसमुदाय र अन्ततः सिंगो मानव जातिकै सुन्दर, सुसङ्गत तथा उदात्त प्रकारको नयाँ संसार निर्माण गर्न चाहन्छन् । नयाँ संसार सम्भव छ र त्यो नयाँ संसार भनेको साम्यवाद नै हो ।
सन्दर्भ ग्रन्थहरु
१. माक्र्स–एंगेल्स, लेनिन, स्टालिन, माओका छानिएका संकलित रचनासंग्रहरु
२. द्वन्द्वात्मक भौतिकवाद– मौरिसस कर्नफोर्थ ।
३. माक्र्सवादी दर्शन, मोहन वैद्य ‘किरण’ ।
४. भक्तबहादुर श्रेष्ठका संकलित रचनाहरु, भाग – १ ।
५. क्रान्ति र सिद्धान्त, मोहन वैद्य ‘किरण’ ।
६. माक्र्सवादका प्रवर्गहरु, कृष्णदास श्रेष्ठ ।
७. माक्र्सवादी दर्शनशास्त्रको रुपरेखा, हस्तबहादुर के.सी. ।
८. माक्र्सवाद र उत्तरआधुनिकतावाद, डा. ऋषिराज बराल ।
९. क्रान्ति र विद्रोह, हस्तबहादुर के.सी. ।

Subscribe to:
Posts (Atom)