माक्र्सपूर्वका काल्पनिक समाजवादी विचारकहरू
मानवजातिको समाज विकासक्रमले प्राचीनकाललाई पार गरेर आधुनिक कालमा प्रवेश गरेपछि धेरै असल विचारकहरू र काल्पनिक सामजवादी दार्शनिकहरूको जन्म भएको थियो, जसको यहाँ सामान्य चर्चा गरिएको छ ः
थोमस मन्जरे
१६औँँ शताब्दीको जर्मन किसान युद्धका नेता थिए । उनले वर्ग विभेद र निजी स्वामित्व रहित जनकल्याणकारी राज्यसंयन्त्रमा आधारित सामाजिक संरचनाको कार्यक्रम अगाडि सारेका थिए । यस सिद्धान्तमा आधारित रहेर उनले नेतृत्व गरेका किसान आन्दोलनहरू पनि असफल भए तर यसबाट काल्पनिक समाजवादको जन्म भयो ।
थोमस मोर (सन् १४७८–१५३५)
सन् १५१६ मा बेलायती विचारक थोमस मोरले उटोपिया (ल्याटिन भाषामा काल्पनिक टापु) नामक पुस्तक प्रकाशित गरेर काल्पनिक समाजवादमा थप योगदान गरे । उनका विचारमा गरिब, शोषण, दमन र उत्पीडनको मुलकारण नै निजी –स्वामित्व हो भन्ने थियो ।
फ्रान्सिस वेकन (सन् १५६१–१६१७)
अङ्ग्रेजी दार्शनिक बेकनले मध्ययुगीन धर्म, अन्धविश्वास आदिको आलोचना गरेर भौतिकवादी दर्शनको पुनस्र्थापना गरे । उनलाई अङ्गमन तर्कको पिता भनिन्छ ।
रेजे डेकार्ट (सन् १५९६–१६५०)
प्रसिद्ध फ्रान्सिसी दार्शनिक । उनले प्रकृतिबारे भौतिकवादी मत प्रकट गरेर पदार्थभित्र गतिको अस्तित्वलाई स्वीकार गरे तर उनले पदार्थ र गतिको उत्पत्ति ईश्वरले गरेको बताए । उनी बुद्धिवादी दार्शनिक मानिन्छन् ।
स्पिनोज (सन् १५३२–१६७७)
उनी भौतिकवादी दार्शनिक थिए । उनले प्रकृतिको स्वतन्त्र अस्तित्वलाई स्वीकार गरे तर अर्कोतिर ईश्वरलाई परमतत्व बताए ।
इमानुयल कान्ट (सन् १७२४–१८०४)
उनी प्रसिद्ध जर्मन दार्शनिक हुन् । उनले बुद्धिवादले ज्ञानभित्रबाट र अनुभववादले बाहिरबाट उत्पन्न हुने कुरा बताएका थिए । उनले यो बताएका कि हाम्रो बुद्धिको सीमा छैन । त्यसैकारण मुलतत्वको ज्ञान प्राप्त गर्नु सम्भव छैन । त्यसैलाई कान्टको अज्ञेयवाद भनिन्छ ।
जान फिक्टे (सन् १७६२–१८१४)
उनी जर्मन दार्शनिक हुन् । उनले परमात्मा चेतना र जडमा अभिव्यक्ति हुन्छ भने । उनले जडको पुरै निषेध गर्ने वर्कलेको मतको आलोचना गरे । फिक्टेबले मनलाई ज्ञानको स्रोत मान्दथे ।
सेन्ट साइमन (सन् १७६०–१८२५)
फ्रान्सेली विचारक सेन्ट साइमन पनि काल्पनिक समाजवादी नै थिए । उनको विचारमा भविष्यको आदर्श राज्य उद्योगपति र वैज्ञानिकहरूद्वारा नै सञ्चालित हुन्छ, त्यसले ठुलो उद्योगको विकास गर्दछ र सञ्चालित हुन्छ, त्यसले ठुलो उद्योगको विकास गर्दछ र निश्चित योजना अनुसार वैज्ञानिक आाधारमा हुन्छ भन्ने थियो । उनले मजदुरमाथि हुने शोषण र दमनको चर्चा गरे पनि मजदुर पनि परिवर्तनका वास्तविक वाहक र यो क्रान्तिकारी योद्धा बन्न सक्छन् भन्ने देख्न सेकेको थिएनन् तर उद्योग र विज्ञान बिचको एकता र योजनाबद्ध सङ्घ केन्द्रीकृत संरचनाबारे उनका केही तथ्यपरक विचारहरू आए । कार्ल माक्र्सले सेन्ट साइमनलाई समाजवादको पिताको रूपमा उल्लेख गर्नुभएको छ ।
रोवर्ट ओवेन (सन् १७७१–१८५८)
बेलायती विचारक रोवर्ट ओवेन काल्पनिक समाजवादी नै थिए । उनी पनि यथार्थमा तर्क र चेतनाको भरमा समाजमा परिवर्तन ल्याउन सकिन्छ भन्ने विचारका पक्षपाती थिए ।
चाल्र्स फुरिए (सन् १७७२–१८३६)
फ्रान्सका महान्् चिन्तक चाल्र्स फुरिय पनि काल्पनिक समाजवादी नै थिए । उनी पुँजीवादी समाज व्यवस्थाका कटु आलोचक थिए तर त्यसबाट मुक्ति पाउन नैतिक शिक्षामा जोड दिन्थे । उनले वैज्ञानिक समाजवाद सम्बन्धी केही नयाँ अवधारणाहरू ल्याए पनि त्यसले पूर्णता भने पाउन सकेको थिएन ।
जर्ज विल्हेल्म फ्रेडरिक हेगेल (सन् १७७०–१८३१)
हेगेल जर्मन शास्त्रीय दर्शनका प्रवर्तक एवम् वस्तुगत भाववादी दार्शनिक मानिन्छन् । दर्शनमा द्वन्द्वात्मक तर्कशास्त्रको प्रयोगमा हेगेलको महत्वपूर्ण योगदान रह्यो तर हेगेल द्वन्द्ववादी भए, भौतिकवादका पक्षहरू थिएनन् । द्वन्द्ववादका नियमहरूलाई निरन्तर प्रक्रिया नभई मनोगत ढङ्गले प्रयोग गर्ने कुराले उनको द्वन्द्ववादी दर्शन अधुरो रह्यो ।
लुडविक फायरवाख (सन् १८०४–१८७२)
लुडविक फायरवाख जर्मन शास्त्रीय दर्शनका महत्वपूर्ण हस्ती नै मानिन्छन् । उनी भौतिकवादी दार्शनिक थिए तर द्वन्द्ववादी थिएनन् । पदार्थ नै मुख्य तत्व हो र मानिसभन्दा स्वतन्त्र चेतनाको अस्तित्व हुँदैन भन्ने धारणामा दृढतपूर्वक उभिएर उनले भौतिकवादी दर्शनको विकासमा अत्यन्त महत्वपूर्ण योगदानहरू दिएका थिए । उनले द्वन्द्ववादलाई राम्ररी बुझ्न र पक्रड्न सकेका थिएनन् । उनमा अन्धविश्वासका सामाजिक आधारहरू पहिल्याउन नसक्ने एवम् चेतनाको विकासमा मानिएको सामाजिक परिवेश र व्यवहारको भूमिकालाई ठम्याउन नसक्ने कमजोरीहरू रहेका थिए ।
वास्तवमा माक्र्सवादले आफुभन्दा पहिलेका काल्पनिक समाजवादी विद्वान्हरूले अगाडि सारेका प्रगतिशील विचारहरूका राम्रा सैद्धान्तिक उपलब्धिहरूलाई आफुभित्र समेट्ने काम गरेको छ । त्यसैले माक्र्सवादका बारेमा राम्रो जानकारी हासिल गर्नका लागि माक्र्सवादको उदय हुनुभन्दा पूर्वका अवस्था र दर्शनका बारेमा पनि ख्याल गरिनुपर्ने हुन्छ ।
मानिस समाजले अस्तित्वमा आउन धेरै वर्ष पार गर्नुपरेको थियो । सुरु सुरुमा मानिसहरू साना साना गण र कबिलाहरूमा बस्ने गर्दथ्यो । जितबेला मानवसमाज अस्तित्वमा आयो तब कतिपय चिन्तकहरूले मानिसद्वारा मानिसमाथि हुने शोषणको अन्त्य गर्ने आफ्नोे उत्पादनको मालिक आफैँ हुन र समृद्ध समाजको निर्माण गर्ने परिकल्पना गरेको थिए । त्यतिबेलाका विद्वान्हरूले न्याय र समानताका आधारमा शोषणमुक्त समाजको कसरी निर्माण गर्न सकिन्छ भन्नेबारेमा पनि धेरै चिन्तन मनन गरेको पाइन्छ । ती विद्वान्हरूका विचारहरू यथार्थमा वास्तविक परिस्थिति र समाज विज्ञानका नियमहरूमा नभई कोरा कल्पनामा आधारित थिए । त्यसैले माक्र्सपूर्वका विचारकहरूले वास्तविक रूपमा सामाजिक शोषण र उत्पीडनबाट कसरी मुक्त हुने र न्याय एवम् समानतामा आधारित समाजको कसरी निर्माण गर्ने भन्नेबारेमा सटिक र वैज्ञानिक ठम्याई अगाडि ल्याउन सकेका थिएनन् तापनि उनीहरूका असल विचारहरू प्रयाप्त मात्रामा थिए ।
– हस्तबहादुर केसी

No comments:
Post a Comment