Tuesday, February 26, 2013

महान जनयुद्धको सार्थकता

नेपाली जनयुद्धको महत्व आजको युगमा नेपालमा मात्र होइन विश्व कम्युनिष्ट आन्दोलनमा र आम मुक्तिकामी जनताको बीचमा जीवन्त रहने कुरा निश्चित छ किनकि यो विश्व क्रान्ति कै एक अंगका रुपमा स्थापित हुन पुगेको छ । त्यसो भएर फागुन १ लाई विश्वकै मुक्तिकामी जनताले स्मरण गर्न चाहन्छन् ।   
नेपाललाई मात्र होइन, विश्वलाई नै राम्ररी झकझक्याउन र उथलपुथल पैदा गर्न सफल महान जनयुद्धले यही फाल्गनु १ गते १७ वर्ष पूरा गरेर १८ औं वर्षमा प्रवेश गरेको छ । र हामीले देशव्यापी रुपमा महान जनयुद्धको १८ औं जनयुद्ध दिवस भव्यताका साथ मनाइ सकेको छौं । २०५२ साल फाल्गुन १ गते “सामन्तवाद र साम्राज्यवादको आडभरोसामा टिकेको प्रतिक्रियावादी राज्यव्यवस्थालाई ध्वंश गरौं, जनताको जनवादी राज्यसत्ता स्थापना गरौं ।”भन्ने मूल नाराका साथ रोल्पाको होलेरी प्रहरी चौकी, रुकुमको राडीज्यूला प्रहरी चौकी, सिन्धुलीको सिन्धुगढी प्रहरी चौकी र गोरखाको कृषि विकास बैंकका साना किसान परियोजनाको कार्यालयमा एकै समयमा भौतिक आक्रम गर्दै महान सशस्त्र जनयुद्धको थालनी गरिएको थियो ।
    महान जनयुद्धको १८ औं ऐतिहासिक स्थापना दिवस वडो क्रान्तिकारी उत्साह र भव्यताका  साथ मनाइरहेको यो महत्वपूर्ण अवसरमा हामी मालेमावादी क्रान्तिकारीहरुले जनयुद्ध किन आवश्यक थियो ? भन्ने बारेमा पनि स्मरण गर्न आवश्यक हुन्छ । किनकि जनयुद्ध जारी छ, रोकिएको छैन । खाली वर्ग संघर्षका रुपहरु मात्र परिवर्तन गरिएका हुन् । र अहिले सम्म पनि महान नेपाली क्रान्ति सम्पन्न भइसकेको छैन । नेपाली क्रान्ति जारी छ । र नेपाली सर्वहारावर्गको उच्चस्तरको संगठित अगुदस्ता नेपाल कम्युनिष्ट पार्टी – माओवादीले आफ्नो ऐतिहासिक सातौं राष्ट्रिय महाधिवेशनबाट ‘जनयुद्धको जगमा जनविद्रोह’ को वर्तमान नेपाली क्रान्तिको कार्यदिशा पारित गरेर नेपाली नयाँ जनवादी क्रान्ति अर्थात् नयाँ खाले पूँजीवादी क्रान्ति सम्पन्न गर्दै वैज्ञानिक समाजवाद र साम्यवादसम्म पुग्ने महान कार्यनीतिक योजनाका साथ अगाडि बढिरहेको छ ।
    २०५२ साल फाल्गुन १ गते नै जनयुद्ध संचालन गर्न किन आवश्यक थियो त ? भन्ने जुन सवाल छ, यो विषय के हो भने त्यतिबेला नेपाली कम्युनिष्ट आन्दोलन दशकौं लामो दक्षिणपन्थी संशोधनवादको मासमा फसिरहेको थियो । संसदवाद, सुधारवाद, सारसंग्रहवाद लगायत सवैखाले अवसरवादबाट नेपाली कम्युनिष्ट आन्दोलन ‘अजियासको तबेला’ को फोहरले पूरै काम नलाग्ने भइसकेको थियो । त्यस्तो बेला नेपाली कम्युनिष्ट आन्दोलनमा ‘अजियासको तबेला’ सफा गर्न तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) क्रान्तिकारी हर्कुलसको भूमिका पूरा गर्न महान जनयुद्ध तयारीमा जाने प्रतिबद्धता व्यक्त ग¥यो । जुन २०५१ साल फाल्गुन २ देखि ४ गतेसम्म गोरखामा बसेको तेश्रो विस्तारित बैठकले जनयुद्धमा जाने नेपाली नयाँ जनवादी क्रान्ति राजनीतिक तथा फौजी कार्यदिशा पारित गरेको थियो । त्यसपछि २०५२ साल असारमा बसेको माओवादीको केन्द्रीय समितिको बैठकले महान जनयुद्धका लागि ‘चार आधार र चार तयारी’ जस्ता ऐतिहासिक जनयुद्धको पहिलो योजना पारित गर्दै काममा लाग्न सम्पूर्ण पार्टी पंक्तिलाई निर्देशन पनि ग¥यो ।     हामीलाई के कुराको याद छ भने  त्यसै क्रममा माओवादी जनयुद्ध संचालन गर्न किन आवश्यक छ ? यसको लक्ष्य के हुने ? माओवादी किन बन्दुक उठाउँदै छ ? किन जनवादी क्रान्ति आवश्यक छ ? यो लगायत तमाम सवालहरुको जवाफ पनि नेकपा (माओवादी) ले  “ जनयुद्धको ऐतिहासिक पहलका लागि सैद्धान्तिक प्रतिबद्धताहरु” नाम दिएर ७ बुँदे प्रतिबद्धाताहरु व्यक्त गरेको थियो र त्यसको ठिक ८ महिनापछि माओवादीले महान जनयुद्धको शुरुवात गरेको थियो । जसले सबैखाले संशोधनवादी, प्रतिक्रियावादीहरुको स्वर्गमा ठूलो भुइँचालो ल्याइदिएको थियो । अनि क्रान्तिकारी जनता, विश्वका भाइचाराहरुमा महान क्रान्तिप्रतिको आशा र उत्साहको संचार पैदा गरि दिएको थियो ।
    सबैलाई ज्ञान भएकै कुरा हो । महान जनयुद्ध नेपालमा दश वर्षसम्म संचालन भयो । महान जनयुद्ध समग्र युद्ध थियो । त्यसले नेपाली समाजको आर्थिक, सामाजिक, साँस्कृतिक प्रक्रियालाई समेटेको थियो । दश वर्षसम्म संचालन भएको उक्त महान जनयुद्धको प्रक्रियामा छापामार दस्ता हुँदै जनमिलिसियाको निर्माणकै प्रक्रियाबाट चीनमा सन् १९ १९७६ सेप्टेम्बर ९ मा कमरेड माओत्सेतुङको निधन पश्चात विश्वकम्युनिष्ट  आन्दोलनमै सबैभन्दा ठूलो र शक्तिशाली तथा वैज्ञानिक दिमाग र हातहर भएको जनमुक्ति सेना नेपालको निर्माण गरिएको थियो र जुन सातौं डिभिजन सम्म विकास हुन पुगेको थियो । नेपालका अधिकांश ग्रामीण भूभागहरुमा आधार इलाकाहरुको निर्माण गरिएको थियो । नयाँ जनसत्ता र जनअदालतहरु निर्माण गरेर संचालनमा ल्याइएको थियो । जनसरकारहरु निर्माण गरेर पुरानो राज्यसीत समान्तर सरकार समेत संचालन हुन पुगेको थियो र मुलुकको करीव ८० प्रतिशत भू भाग नेकपा (माओवादी) को कब्जामा आइसकेको थियो । महान जनयुद्धकै क्रममा नेपाली आमाका दसौ हजार असल छोराछोरीहरुले जीवन उत्सर्ग गरेर महान सहीदहरुको कोटीमा लामबद्ध हुन पुगेका थिए । हजारौंलाई तत्कालिन राज्यले ज्यान वेपत्ता पारेको थियो जो आजसम्म सार्वजनिक गरिएको छैन । हजारौंको संख्यामा घाइते र अपाङ्ग पारिएको थियो । र यसैको परिणाम स्वरुप २४० वर्षदेखि शासन गर्दै आएको शाह वंशीय सामन्ती राजतन्त्रात्मक राज्यव्यवस्गथाको अन्त्य गरेर लोकतान्त्रिक गणतन्त्र अर्थात् वुर्जुवा पूँजीवादी गणतन्त्रात्मक व्यवस्थाको स्थापना हुन पुगेको हो ।
    विडम्बना शान्ति प्रक्रियामा आउने प्रक्रियासँगै महान जनयुद्धको मुख्य नेतृत्व गर्दै आएको पुष्प कमल दालहा प्रचण्ड र डा. बाबुराम भट्टराईमा सैद्धान्तिक विचलन आयो र त्यसको पराकाष्ठाको रुपमा पुगेर नवसंशोधनवादमा पतन हुन पुग्यो । त्यस पश्चात प्रचण्ड– बाबुरामले साम्राज्यवादीहरु र विस्तारवादीहरु मूलतः भारतीय विस्तारवादीहरुका सामु लमपसार पर्दै सत्रामा पुग्न र टिकीहरनका निम्ति  तिनै विदेशी महाप्रभुहरुका सामु आत्मसमर्पण गर्न पुगेर महान् जनयुद्ध थालनी गर्ने बेला पार्टीद्वारा प्रतिवद्धता जाहेर गरिएका ७ बुँदे प्रतिबद्धताहरुलाई लत्याउँदै, नेपाली क्रान्तिप्रति गद्धारी गर्न पुगेको नेपाली क्रान्तिको झण्डालाई बाटैमा लत्याएर क्रान्तिदेखि भागेको र मुक्तिकामी नेपाली जनता र आम कार्यकर्ताहरुलाई धोका दिँदै प्रतिक्रियावादी क्याम्पमा सामेल हुन पुगेको कुरा सर्वविदितै छ । त्यस पश्चात माओवादी पार्टी भित्रका क्रान्तिकारीहरुले नवसंशोधनवादसीत सम्बन्धविच्छेद गरेर नेपाली क्रान्तिका बाँकी कार्यभारहरु पूरा गर्ने उद्देश्यका साथ नयाँ ढंगको क्रान्तिकारी कम्युनिष्ट नेकपा–माओवादीको पुनर्गठन गरिसकेपछि नेपाली कम्युनिष्ट आन्दोलनको क्रान्तकारी धारा भित्र र भाइचारा शक्तिहरुका बीचमा क्रान्तिप्रतिको आशा र उत्साह पुनः जागृत हुन पुग्यो । त्यहि क्रममा नेकपा–माओवादीले गत महिना मात्र आफ्नो ऐतिहासिक सातौं महाधिवेशनबाट  ‘जनयुद्धको जगतमा जनविद्रोह’ नाम दिइएको नेपाली नयाँ जनवादी क्रान्तिको वर्तमान कार्यदिशा पारित गरे पश्चात सबैखाले संशोधनवादीहरु र प्रतिक्रियावादीहरुको स्वर्गमा पुनः ठूलो भुइँचालो ल्याइदिएको छ । र सबैखाले संशोधनवादीहरु र प्रतिक्रियावादीहरु एउटै कित्तामा एकजुट हुँदैछन् । र यही फाल्गुन १ गतेदेखि नेकपा–माओवादीले जनवाद, जनजीविका, राष्ट्रिय स्वाधिनता लगायतका जनसरोकारका एजेण्डा सहित सशक्त ढंगले जनप्रतिरो आन्दोलन संचालन गर्ने निर्णय सार्वजनिक भए पश्चात सबैखाले संशोधनवादी र प्रतिक्रियावादीहरुको क्याम्पमा हुन पुन ठूलो स्केलको भुकम्प पैदा भएको छ ।
    नेकपा–माओवादीले  ‘जनयुद्धको जगमा जनविद्रोह’ को कार्यदिशा पारित गरे पश्चात कार्यदिशाविहिन हुन पुगेको एमाओवादीले  आफ्ना सम्पूर्ण प्रतिक्रान्तिकारी एजेण्डाहरुलाई अनुमोदन गराउँदै र एमालेभन्दा पनि अझैं निकृष्ट रुपमा तल गिरेर बुर्जुवा सुधारवादी, पुँजीवादी एवं ख्रुश्चेभपन्थि आधुनिक संशोधनवादी कार्यदिशा पारित गर्दै भरखरै हेटौंडा महाधिवेशन फर्केको छ । यसले नेपाली क्रान्तिको बाटोलार्य सफा र सजिलो बनाइदिएाके छ किनकि नवसंशोधनवादमा पतन भइसकेका प्रचण्ड– बाबुरामहरुले क्रान्ति र विद्रोहका चर्का नाराहरु दिएर जनतालाई भ्रममा पारिरहेका थिए र नेपाली क्रान्तिको नेतृत्व प्रचण्ड बाबुराम बाहेक अरुले गर्न सक्तैनन् भन्ने जुन भ्रम फैलाइएर नेपाली क्रान्तिको बाटोमा जुन “अजियासको तबेला” झैं फोहर तुल्याएका थिए, त्यो फोहर प्रचण्ड– बाबुराम आफैले हेटौंडाबाट सफा गर्ने बाटो खोली दिएपछि क्रान्तिकारी माओवादीहरुलाई नेपाली नयाा जनवादी क्रान्तिलाई विजयको दिशातिर अगाडि बढाउन बाटो सफा भएको छ, सजिलो भएको छ ।
    यद्यपि नवसंशोधनवादीहरुले महान जनयुद्धले निर्माण गरेको जनमुक्ति सेना, आधार इालकाहरु, जनसत्ता, जनअदालत र जनसरकार लगायत सम्पूर्ण संरचनाहरु कानुनी रुपमा भत्काएर खारेज गरि सकेको भएता पनि हामी अब त्यही महान जनयुद्धहरुको जगमा टेकेर जनविद्रोह मार्फत नेपाली क्रान्ति सम्पन्न गर्ने एक ऐतिहासिक मोडमा आइपुगेका छौं । नवसंशोधनवादीहरुले जनयुद्धका सम्पूर्ण संरचनाहरु ध्वस्त पारिसकेको अववस्थामा कसरी जनयुद्धको जगमा जनविद्रोह सफल हुन्छ ? माओवादीले यो के कार्यदिशा पारित गरेको हो र यसबाट कसरी नेपाली क्रान्ति सम्पन्न हुन्छ भन्ने प्रश्नहरु पनि उठ्ने गरेका छन् । वास्तविकता के हो भने नेपाली नयाँ जनवादी क्रान्तिको जग भनेकै महान जनयुद्ध नै हो । जनयुद्धको जग भनेको त्यसबाट प्राप्त ज्ञान नै हो । हामीले जनयुद्धको क्रमाम जुन जनमुक्ति सेनाको निर्माण गरेका थियौ, आधार इलाकाहरुका निर्माण गरेका थियौ, नयाँ जनसत्ता र जनअदालतहरु निर्माण गरेका थियौं र त्यसबाट जुन जातीय, क्षेत्रीय, लैंगिक, महिला, दलित, पिछडिएको जनजाति, मुस्लिम आदिमा जुन चेतनाको उच्च विकास भयो, त्यो नै जनयुद्धको जग हुन् । अन्तर राष्ट्रिय भाइचारा पार्टीहरुसँगको सम्बन्ध, हजारौंको बलिदान, घाइते, अपाङ्ग, बेपत्ताहरुको त्याग, जसले चेतनाको आधार उच्च रुपमा खडा हुन पुगेको छ, जनयुद्धको आधार भनेको नै त्यसबाट प्राप्त ज्ञान, अनुभव हो । यी सबै चीज हामीसित छन् । यी चीजहरु नै महान जनयुद्धका  जग हुन् । यिनै चिजहरुको संरक्षण गर्दै र अरु वैज्ञानिक ढंगले विकास र संश्लेषण गर्दै नेपाली क्रान्तिलाई विजयको दिशातिर बढाउनु पर्दछ भन्ने कार्यदिशा नै जनयुद्धको जगमा जनविद्रोह भनिएको हो । पुराना चीजहरुले मात्र सबै कुराको प्राप्ती हुन सक्तैन नयाँ यी चीजको निर्माण र विकास गर्न आवश्यक हुन्छ । त्यो भनेको नयाँ ढंगको क्रान्तिकारी कम्युनिष्ट पार्टीको निर्माण, जनसेनाको निर्माण, संयुक्त राजनीतिक मोर्चा आदि भनिएको हो । क्रान्तिकारी पार्टी नेकपा–माओवादी निर्माण गरिसकेका छौं । क्रान्तिकारी विचार हामीसितै छ । हामीले जनमुक्ति सेनाको निर्माण, संयुक्त मोर्चाको निर्माण र आवश्यकता अनुसार अन्य संरचनाहरु निर्माण गरेर नेपाली नयाँ जनवादी क्रान्ति पूरा गर्ने प्रतिवद्धता जाहेर गरिसकेका छौं ।
    यो ऐतिहासिक कार्यभार पूरा गर्ने जिम्मा हामी माओवादी क्रान्तिकारीहरुको काँधमा आएको छ । क्रान्तिको बाटो सोझो रेखाबाट  अगाडी बढ्न सक्तैन । वाङ्ग टिङ्गा घुमाउरो तथा कठिन र अनगिन्ती अपठ्याराहरु बलिदान, योगदानहरु प्राप्त गरेर मात्र अगाडि बढ्छ । इतिहासले सुम्पेको यो ऐतिहासिक दायित्व पूरा गर्न हामीले पुनः ठूलो बलिदान र योगदानको सामना गर्नुपर्ने छ । महान जनयुद्धले सिकाएको पाठ पनि यही नै हो । महान् जनयुद्धको यस ऐतिहासिक १८औं जनयुद्ध दिवस भव्य रुपमा मनाइरहेको यो महान् अवसरमा  हामीले  त्यस जनयुद्धको समग्र मूल्याङ्कन, समिक्षा गर्न जरुरी छ । जनयुद्धका उपलब्धिहरु, कमीकमजोरीहरु समेत हर क्षेत्रको  वैज्ञानिक ढंगले समिक्षा गरेर त्यसबाट प्राप्त शिक्षालाई आत्मसाथ गर्दै नेपाली क्रान्तिलाई विजयको शिखरमा पु¥याउने प्रतिवद्धता जाहेर गरेर मात्र हामीले यो महान् जनयुद्ध दिवस मनाएको सार्थकता रहनेछ । किनकि नेपाली कम्युनिष्ट आन्दोलनमा विगतको इतिहासको जुन व्याज खाने परम्परा छ त्यसलाई न तोडेसम्म क्रान्तिकारीहरु प्रति जनताको विश्वास कायम रहने सम्भावना रहँदैन ।

क्र्रान्तिकारी संयुक्त मोर्चा निर्माणको आवश्यकता

अहिले हाम्रो देश अत्यन्तै संकटग्रस्ट बन्न पुगेको छ । राजनीतिक क्षेत्रमा, आर्थिक क्षेत्रमा, सामाजिक क्षेत्रमा, साँस्कृतिक क्षेत्रमा र राष्ट्रिय स्वाधिनताका क्षेत्रमा हाम्रो देश इतिहास मै संकटग्रस्त  बन्न पुगेको छ । भारतीय विस्तारवादको कठपुतलीको रुपमा सुपरिचित रहेको बाबुराम भट्टराईको नेतृत्वको सरकार इतिहासमै भ्रष्ट, नालायक, निकम्मा राष्ट्रघाती र जनघाति सरकारको रुपमा सावित हुन पुगेको छ । यो सरकार भ्रष्टचारीहरुको, नालायकहरुको, निकम्माहरुको र राष्ट्रघाती र जनघातिहरुको मात्र सरकार हो भन्ने कुराको पुष्टि हर क्षेत्रबाट भइरहेको छ । सरकारमा बस्ने व्यक्तिहरुले राष्ट्रिय ढुकुटीमाथि ब्रम्हलुट मच्चाइरहेका छन् । भ्रष्टाचारले सिमा नाघि सकेको छ । तस्कर घुसखोर, कमिशनखोर कालाबजारीया, मुनाफाखोर र विदेशी दलालहरुको आडभरोसामा यो कठपुतली सरकार टिकीरहेको छ । महंगीले सिमा नाघिसकेको छ । वेरोजगारी समस्याले सिमा नाघिसकेको छ र बेरोजगार युवाहरु रोजगारीका लागि दैनिक १७०० का दरले विदेशतिर पलायन भइरहेका छन् । यसरी मुलुक विक्राल अवस्थामा पुगेको छ । राजनीतिक मूल्य मान्यताहरु समाप्तै भएर गइरहेका छन् । जनतामाथि व्याप्त निरासाले छाएको छ ।
    कठपुतली सरकारको नेतृत्व गरिरहेको एमाओवादीका नेता प्रचण्ड र बाबुरामका बीचमा भारतीय विस्तारवादको दलाली गर्ने प्रतिष्पर्दा चलिरहेको छ र प्रधानमन्त्रीको पदलाई भागवन्डा लगाएर, आलोपालो  गर्ने हल्लाहवाद र विस्तारवादको. दलाली गरेरै भएपनि सत्तामा पुग्ने र सत्तामा टासीरहने चिन्तनकै कारण मुलुक यसरी संकटग्रस्त बन्न पुगेको हो । पराधिनको अवस्थामा पुगेको हो । यी सबै संकटहरुकोसमाधान गर्नका लागि सर्वपक्षीय गोलामेचसम्मको आयोजना गर्ने र त्यस मार्फत राष्ट्रिय सहमतिकै आधारमा राष्ट्रिय संयुक्त सरकार निर्माण गरेर अगाडि बढ्ने प्रस्ताव करीव ७ महिना पहिला नै नेकपा – माओवादीले अगाडि सारेको थियो । तर ठूला दर भनिएका र सत्ताका विपक्षमा समेत रहेका नेपाली कांग्रेस र एमाले समेतले यस प्रति गंभीरतापूर्वक लिएनन् र सत्ताहानथाप र प्रधानमन्त्रीको पदको भागवन्डामा रुमलिरहेर राष्ट्रपतिलाई उचालेर निष्कर्षविहीन यात्रामा लामबद्ध हुन पुगे । अन्ततः त्यसबाट पार नलागे पछि अहिले सडक आन्दोलनका नाममा काँग्रेस र एमाले दैलखतिर लागेका छन् भने सत्ताधारी दल एमाओवादीले पनि कठपुतली सरकारलाई बचाउने उद्देश्यले सडक आन्दोलनको घोषणा गरेर ‘कही नभएको जात्रा हाडी  गाउँमा’ को खेल खेलीरहेको छ । र विदेशी दलाल काँग्रेस, एमाले र एमाओवादी बीचको टेबुलवार्ता पनि पोखिएर सडकमा छताछुल्ल हुन पुगेको छ । यही मौका छोपेर एमाओवादीका नेता प्रचण्डवले भारतीय विस्तारवादको इमान्दार दलाल बनेर बाबुरामलाई सत्ताच्युत गरेर आफै प्रधानमन्त्री बन्ने होडबाजीमा कम्मर कसेर लागेका छन् ।
यस प्रकारले मुलुक गम्भीर संकटमा फसीरहेको अवस्थामा नेकपा– माओवादीले गोलमेच सभाको एजेण्डा, राष्ट्रिय स्वाधिनताको एजेण्डा, जनताको गास, बास, कपास र जनजीविको  एजेण्डा, ममहंगी भ्रष्टाचार, सुरक्षा, कालो बजारी, तस्करी र नेपाल जनतामाथि भइरहेको थिचोमिचो, शोषण, दमन, उत्पिडन र अन्याय, अत्याचारका विरुछ सशक्त रुपमा जनआन्दोलनको आधिवेरी सृष्टि गर्ने, जनतालाई विद्रोहमा उतार्ने र त्यस किसिमको जनताको विद्रोहलाई संगठित गर्दै र त्यसको नेतृत्व समेत गर्दै नेपाली क्रान्ति सम्पन्न गर्ने रोडम्यापका आधारमा सडक आन्दोलन चर्काउने निर्णयका साथ जनताका बीच आउँदैछ । यो नै आजका आवश्यकता हो ।
हाम्रो देश अहिलेसम्म पनि अर्धसाम्मन्ती  र अर्ध औपनिवेशिक अवस्थामा रहँदै आएको छ र आजको भूमण्डलीकृत युगमापुगेर हाम्रो देश अर्ध औपनिवेशिक अवस्थाबाट अगाडि बढेर नवऔपनिवेशिक अवस्थामा गुज्रन बाध्य भएको छ । राष्ट्रिय स्वाधिनता धरापमा पर्दै आएको छ । सन १८१६ मार्च ३ तारिखमा सम्पन्न गरिएको राष्ट्रघाती सुगौली सन्धिदेखि यता सन् १९५० को असमान तथा अपमान सन्धि, सन् १९६५ को सुरक्षा सम्बन्धी राष्ट्रघाती सन्धि, कोसी, गण्डकी, महाकाली जस्ता राष्ट्रघाती सन्धि सम्झौताहरु यथावतै छन् । नेपालको सिमानावर्ती क्षेत्रमा करीव ६६ स्थानमा भारतीय विस्तारवादी शासकहरुले नेपाली भूमि अतिक्रमण गरिरहेको छ । सयभन्दा बढि जंगेपिलरहरु भत्काएर गायब गरिएको छ । कालापानीमा भारतीय सैनिक तैनाथ गरिदिरहेको छ । एमाओवादीको नेतृत्वमा संचालित बाबुराम भट्टराईको कठपुतली सरकारले भारतीय विस्तारवादी शासकहरुसीत विप्पा सम्झौता, सुपुर्दगी सन्धि गरेर उच्च कोसीवाध र अपर कर्णालीमा राष्ट्रघात गरेर र त्रिभुवन विमानस्थल सहित मुलुकका १५ वटा विमानस्थलहरु भारतीय शासकहरुलाई सुम्पेर भारतीय विस्तारवादको इमान्दार दलाल र चाकर बन्ने सत्तामा टिकीरहने रवैयाकै कारण आज मुलुक संकटग्रस्त बन्न पुगेको छ । साम्राज्यवादीहरु र विस्तारवादीहरुको चाकडी र दलाली गरेर सत्तामा पुग्ने र टासीरहने जुन सुरुवात पहिलो राणा प्रधानमन्त्री जंग बहादुर राणाले सुरु गरेको  थियो र राणा शासनका अन्त्यपछि राजतन्त्रले निरन्तरता दियो, त्यसमा नेपाली काँग्रेसले निरन्तरता प्रदान ग¥यो । एमालेले निरन्तरता दिँदै आयो र अहिले एमाओवादीका नेता प्रचण्ड र बाबुरामले निरन्तरता मात्र प्रदान गरिरहेका छैनन् कि त्यसलाई नयाँ संस्करणका रुपमा विकास गरिरहेका छन् ।
अतः यी तमाम प्रकारका राष्ट्रिय सरोकार र जनसरोकारका विषयहरुलाई मुल मुद्धा बनाएर अर्थात राष्ट्रिय स्वाधिनता र जनवीविकाका एजेण्डाहरुलाई समेत मूल एजेण्डा बनाएर नेकपा – माओवादीले सशक्त रुपमा जनप्रतिरोध आन्दोलन र जनआन्दोलनको उठान गर्ने निर्णय गरिसकेको छ । यस आन्दोलनलाई सफल पार्न र राष्ट्रिय स्वाधिनता प्राप्तिको  आन्दोलनलाई निर्णाय मोडमा पु¥याउनका निम्ति सम्पूर्ण देशभक्त, जनवादी, गणतन्त्रवादी प्रगतिशील तथा संघीयता पक्षधर शक्तिहरु र राष्ट्रिय स्वाधिनताका सबै पक्षधर शक्तिहरुका बीचमा व्यापक मोर्चाबन्दी गर्न आवश्यक छ । यो आन्दोलनलाई एउटै कुनै पनि शक्तिले निर्णायक तहमा पु¥याउन सम्भव छैन । त्यसैले सम्पूर्ण देशभक्त, जनवादी, गणतन्त्रवादी, प्रगतिशील तथा संघीयता पक्षधर शक्तिहरु र राष्ट्रिय स्वाधिनताका सम्पूर्ण शक्तिहरु बीचमा बृहत संयुक्त मोर्चा निर्माण गर्न आवश्यक छ ।
आज नेपाल र नेपाली जनताले संयुक्त संघर्षको माग गरिरहेका छन् । आज यस प्रकारको संघर्षको महत्व तत्कालिन एवं दीर्घकालिन दुवै दृष्टिले विशिष्ट रहन गएको छ । नेपाल राष्ट्र स्वाधिनता चाहन्छ । नेपाली जनताले मुक्ति चाहन्छन् । स्वाधिन राष्ट्रको निर्माण गर्न र नेपाली जनतालाई यस मुलुकको वास्तविक मालिक बनाउनका लागि माथि उल्लेखित सबै शक्तिहरुसीत शसक्त रुपमा मोर्चाबन्दी गरेर सशक्त रुपमा जनआन्दोलनको उठाउन गर्न बृहत संयुक्त मोर्चा निर्माण गरेर मिल्न सक्ने, एजेण्डा र कार्यक्रम मिल्ने शक्तिहरुसित कार्यगत एकता गरेर मात्र जनआन्दोलन, जनप्रतिरोध संघर्षलाई निर्णायक विन्दुमा पु¥याउन सम्भव हुन्छ, साम्राज्यवादी, विस्तारवादीहरुका नयाँ नेपाली दलाल हुँदै इमान्दार चाकरहरुलाई नेपाली धर्तीमा धुलो चटाउँदै स्वाधिन राष्ट्रको निर्माण गर्न र नेपाली जनताको मुक्ति अभिमानलाई निर्णायक विन्दुमा पु¥याउन सकिनेछ ।

अधिभूतवाद र द्वन्द्ववादबारे

वास्तविक जगतमा जे जति कुरा अस्तित्वमा छन् ती एक आपसमा अन्तरसम्बन्धीत रहेका हुन्छन् । संसारमा अस्तित्वमा रहेका सारा वस्तुहरू र तिनीहरूको मानसिक छायाँ–विचारहरू गतिशील हुन्छन् र गतिका कारण वस्तुमा रहेका अन्तरविरोधी पक्षहरू नै प्रवल हुन्छन् भन्ने मान्यताका विपरीत अस्तित्वमा रहेका सारा वस्तुहरू र तिनीहरूको मानसिक छायाँ –विचारहरू स्थिर छन् र गतिका कारण बाहिरी बल हो भन्ने धारणा पनि रहेको छ । संसारमा थुप्रै दार्शनिक पद्धतिहरू मूलतः दुई खेमामा बाँडिएका छन् ।
  दार्शनिक जगतको क्षेत्रमा ती सबै दार्शनिक अतिभूतवादी हुन् जो संसारलाई संसारमा अस्तित्वमा रहेका सारा वस्तुहरू र तिनीहरूको मानसिक प्रतिबिम्ब विचारलाई अलग अलग ढंगले र स्थिर रूपमा हेर्छन् र विश्लेषण गर्छन् । एकजना अधिभूतवादीको लागि संसारमा जे जति रूपमा वस्तुहरू, जीवजन्तुहरूका प्रकारहरू अस्तित्वमा छन् ती सबै अनादिकालदेखि छुट्टाछुट्टै छन् र सबै अपरिवर्तनशील वा स्थिर छन् । केही परिवर्तन भएको छ भने तिनीहरूको संख्यामा घटबढ भएको छ । यो कुनै अर्को नयाँ रूपमा बदलिने र विकसित हुने गरेको छैन । तसर्थ यो संसार भनेको त्यस्तै अलग–अलग स्थिर र सधैंका लागि निश्चित रूपमा अन्तिम वस्तुको संगालोले ठाउँ सर्ने गरिरहेका छन् त्यो गतिको कारण बाहिरी बल हो ।
  कुनै पनि एकजना अधिभूतवादीको निम्ति कुनै वस्तु वा जीवजन्तु अस्तित्वमा छ भने सधैंभरि छ छैन भने कहिल्यै पनि अस्तित्वमा छैन । उसको निम्ति कुनै पनि वस्तु वा जीवजन्तु उही नै समयमा अस्तित्वमा छ पनि, साथसाथै त्यो अस्तित्वबाट जाँदैछ पनि भन्ने धारणा वा पद्धति रहेको छ ।
  यसप्रकार अधिभूतवाद भनेको एकलकाँटे र एकपाखे दार्शनिक पद्धति हो । यो दर्शनको सीमा नै यही हो कि यस दर्शनले कुनै पनि वस्तुलाई अन्तरसम्बन्धमा र निरन्तर गतिमा हेर्न र बुझ्न सक्दैन । यस दर्शनले कुनै पनि वस्तुको विपरीत पाटो र समग्र बाटोलाई हेर्न सक्दैन । यस दर्शनले कुनै पनि वस्तुविपरीत पाटोको आपसी द्वन्द्व र अन्तरसम्बन्धबाट पहिले मात्रामा बदलिदै गएर अन्ततः गुणकै हिसाबले बिल्कूलै नयाँ वस्तुमा किन र कसरी बदलिन्छ भन्ने विषयमा व्याख्या र विश्लेषण गर्न सक्दैन । अधिभूतवादी विकास, रूपान्तर फड्को जस्ता पद्धतिहरूलाई बुझेकै हुँदैनन् ।
  अधिभूतवादको ठीक विपरीत दर्शन हो– द्वन्द्ववादी दार्शनिकहरूको के मत छ भने संसारका कुनै पनि वस्तुलाई र तिनीहरूको मानसिक छायाँ, विचारहरूलाई एक्लो र अलग अलग रूपमा होइन, निरन्तर गतिमा हेर्नुपर्छ भन्ने धारणा राख्दछन् । एकजना द्वन्द्ववादीको लागि संसारको कुनै पनि वस्तु एक्लो र अलग अलग हुने गर्दैन । संसारको प्रत्येक वस्तु आफू वरिपरिका अरू अनगिन्ती वस्तुहरूसितको सम्बन्ध रहेको हुन्छ । अर्थात् त्यो अरू थुप्रै वस्तुसितको अन्तरनिर्भरता रहेको हुन्छ । ती सम्बन्धका कारणले एकले अर्कोमाथि प्रभाव पारेको हुन्छ । क्रियाप्रतिक्रिया सिर्जना गरिरहेको हुन्छ । वास्तवमा वस्तुहरूबीचका अन्तरसम्बन्धबाट पैदा हुने आपसी क्रिया–प्रतिक्रिया नै हामीले देख्ने गरेको गति हो । त्यसैले संसारमा त्यस्तो वस्तु नै हुँदैन जो अलग–अलग हुन्छ र अरू वस्तुसितको अन्तरसम्बन्धमा हुँदैन । द्वन्द्ववादी दार्शनिकहरूको विश्लेषणअनुसार यस्तो हुँदो हो त संसारमा परिवर्तन र गति भन्ने कुरा नै हुँदैनथ्यो । युगौंसम्म हामी उही मान्छे, उही वस्तु, उही समाज, उस्तै प्रकृति जस्ताका तस्तै देखिइरहेका हुने थिए । त्यसमा कुनै हेरफेर नै देखापर्दैनथ्यो भन्ने धारणा रहेको छ । वस्तुभित्रको गति र परिवर्तनको कारक तत्व अन्तरसम्बन्ध हो र अन्तरसम्बन्धमा रहेका तमाम वस्तुहरूको आपसी अन्तक्र्रिया हो । यस विषयमा फ्रेडरिक एंगेल्सको सटिक भनाइ छ– “यी चिजहरू अन्तरसम्बन्धीत छन् भन्ने तथ्यभित्र के कुरा पहिले नै समाहित हुन्छ भने तिनीहरूले एक अर्कोमाथि प्रतिक्रिया जनाउँछन् र ठीक यही आपसी प्रतिक्रियाले नै गति पैदा गर्छ ।”
  अधिभूतवादीहरूको भन्दा ठीक उल्टो द्वन्द्ववादीहरू के धारणा राख्छन् भने संसारमा जे जति थरिका वस्तु र जीवजन्तुहरू छन्, अस्तित्वमा छन– ती सबै अनादिकालदेखि अलग–अलग र उही रूपमा रहिरहेका छैनन् । ती लगातार बदलिरहेका छन् । आमरूपमा बदलिनु भनेको गति हो । खाली वस्तुहरूको संख्यामा मात्र घटबढ भएको होइन ठाउँमात्र सरेको पनि होइन, एउटा वस्तु सम्बन्धमा रहेका थुप्रै वस्तुहरूसितको अन्तक्र्रियाबाट बिल्कूल नयाँ अर्को वस्तुमा विकसित भइरहेको छ । वस्तुको गुणमै हेरफेर भइरहेछ । यो द्वन्द्ववादको आधारभूत नियमभित्र पर्दछ ।
  त्यस्तै प्रकृति विज्ञानले पनि थुप्रै अकाट्य प्रमाणहरूद्वारा के सावित गरिसकेको छ भने मान्छे र जीवजन्तुहरू प्रकृतिकै विकासका नयाँ उपज हुन् । पृथ्वीमा अनादिकालदेखि नै मान्छे अस्तित्वमा थिएन, न त जीवजन्तु नै अस्तित्वमा थिए । यस्तो पनि पृथ्वीमा समय र परिस्थिति थियो, जतिखेर यहाँ कुनै जीवजन्तु नै अस्तित्वमा थिएन । खाली निर्जीव प्रकृतिमात्रै अस्तित्वमा थियो । निर्जीव वस्तुहरूबाट सजीव वस्तु पैदा कुनै ब्रह्माले सृष्टि गरेको कुरा नभएर अनगिन्ती निर्जीव वस्तुहरूको आपसी सम्बन्ध र आपसी क्रिया–प्रतिक्रिया नै त्यस्तो आधार हो जसले पृथ्वीमा रहेका सारा वस्तुहरूलाई बदल्दै लग्यो । लामो समयसम्मको निर्जीव वस्तुहरूको अन्तक्र्रिया र अन्तरसम्बन्धबाट नै अनुकूल हावा, पानी र परिस्थितिमा बिल्कुलै नयाँ अर्को चिज सजीव वस्तु पैदा भयो । वैज्ञानिक चाल्र्स डार्विनले थुप्रै अकाट्य प्रमाणहरूद्वारा के प्रमाणित गरिसकेका छन् भने – मान्छे आफ्नै कुनै ईश्वरको सृष्टि होइन, यो प्रकृति र जीवजन्तुकै क्रमिक विकासको उपज हो । यो क्रमिक विकास एक्लाएक्लै र अलग–अलग रूपमा कदापि आएको होइन । वरपरका अनगिन्ती वस्तु र घटनाहरूसितको अन्तरसम्बन्ध र त्यसबाट पैदा भएको क्रिया–प्रतिक्रियाबाट आएको हो ।
  तसर्थ अधिभूतवादको ठीक विपरीत द्वन्द्ववादले के धारणा राख्छ भने संसारको कुनै पनि वस्तु, जीवजन्तु वा कुनै पनि अस्तित्व दुरुस्त रूपमै दोहोरिने गर्दैन । आफू वरपरका अनगिन्ती वस्तुहरूसितको आपसी सम्बन्ध, अन्तक्र्रिया र अन्तर्निर्भरताबाट यो लगातार र क्रमिक रूपमा बदलिरहेको हुन्छ । यस हिसाबले अधिभूतवाद प्रकृति विज्ञान आजको उचाइमा विकास नहुँदाताकाको दर्शन हो । यो यन्त्र विज्ञानले मात्र विकास गर्दा तत्कालको सत्रौं÷अठारौं शताब्दीको दर्शन हो । यन्त्र विज्ञानमा वस्तुहरूको संख्यामा घटबढ हुन्ु वस्तुहरूले ठाउँ सर्नुलाई यान्त्रिक रूपमा लिने गर्छ । यन्त्र विज्ञानमा गतिको कारण बाहिरी बल हुने गर्छ । त्यस्तै अधिभूतवादीहरूको धारणा के रहेको छ भने संसारमा गतिको कारण बाहिरी बल हो ।
  द्वन्द्ववाद आधुनिक विज्ञानमा आधारित छ । तसर्थ अधिभूतवादको ठीक विपरीत द्वन्द्ववादको के धारणा राखेको छ भने संसारका तमाम वस्तुहरूको गतिको स्रोत बाहिरी बल होइन । वस्तुहरूमा निहित अन्तर्विरोधी पक्ष नै गतिको आधारभूत कारण हो । द्वन्द्ववादका अनुसार कुनै पनि वस्तु र घटनामा एउटा पक्ष वा पाटोमात्र हुँदैन, त्यसको ठीक विपरीत पक्ष वा पाटो पनि साथसाथै अस्तित्वमा रहेको हुन्छ । विपरीत पक्षहरू वा पाटाहरू आपसमा विरोधी मात्र हुन्नन्, तिनीहरूले अर्कोलाई प्रभावित पारिरहेका पनि हुन्छन् । एकले अर्कोभित्र प्रवेश गरिरहेका पनि हुन्छन् । एक अर्कोमाथि अन्तनिर्भर पनि हुन्छ । विपरीत पक्षहरू आपसमा सङ्घर्षरत पनि हुन्छ । उनीहरूका बीच सङ्घर्ष र एकता साथसाथै चलिरहेको हुन्छ ।
  अधिभूतवादको एउटा मुख्य दोष नै यही हो कि त्यसले हरेक वस्तुमा हुने अन्तर्विरोधी पक्ष देख्दैन र देख्न पनि सक्दैन । अतः यो एकपाखे दर्शन हो । कुनै पनि वस्तुको विपरीत पाटो देख्न नसक्नु नै अधिभूतवादको एउटा मुख्य सीमा हो । अधिभूतवादीहरू कुनै वस्तु वा व्यक्तिमा सकारात्मक पक्ष देख्छन् त्यही नै बेला त्यसमा नकारात्मक पक्ष हेर्न बिर्सन्छन् ।
  द्वन्द्ववादका अनुसार प्रकृति, समाज र विचारको हरेक क्षेत्रमा विपरीत वा अन्तर्विरोधी पक्षहरू हुन्छन् । अन्तर्विरोधी पक्षहरूबीचको आपसी द्वन्द्व र अन्तरसम्बन्ध न वस्तुको गति परिवर्तन वा विकासको मुख्य कारण हो । तर अधिभूतवादीहरूले गति, परिवर्तन वा विकासको मुख्य कारण नै ठम्याउन सक्दैनन् । यही हुनाले अधिभूतवादीहरूको धारणामा एउटा वस्तु अन्तर्विरोधी पक्षहरूबीचको द्वन्द्व वा अन्तरसम्बन्धले गर्दा पहिले मात्रामा बदलिदै गएर, एउटा निर्णायक विन्दुमा गुणात्मक रूपले नै नयाँ र उन्नत वस्तुमा रूपान्तरित हुने भन्ने कुरा हुँदैन । अधिभूतवादीहरूको धारणाअनुसार वस्तुमा मात्रात्मक परिवर्तन भन्ने कुरा मात्र हुन्छ, गुणात्मक परिवर्तन भन्ने कुरा हुँदैन । बुद्धि भन्ने कुरा मात्र हुन्छ विकास भन्ने कुरा हुँदैन । उस्तै उस्तै घटना दोहोरिने पुनरावृत्ति भइरहने भन्ने कुरामात्र हुन्छ, एउटै वस्तु बिल्कूलै नयाँ अर्को वस्तुमा बदलिने भन्ने कुरा हुँदैन । अधिभूतवादले कुनै पनि वस्तुको परिवर्तन र विकासको मूल कारण नै बुझ्न र ठम्याउन सक्दैन । यही हुनाले नै अधिभूतवादलाई एकपाखे र स्थिरताको दर्शन भनिएको छ । तर द्वन्द्ववाद भने अन्तरद्वन्द्व र अन्तरसम्बन्धको दर्शन हो । यो निरन्तर गति र विकासको दर्शन हो । अधिभूतवादको ठीक विपरीत द्वन्द्ववादले हरेक वस्तुमा अन्तर्विरोधी पक्षहरू रहेको देख्छ,, ती पक्षहरूबीच लगातार द्वन्द्व र अन्तरसम्बन्ध देख्छ र यही कारणले हरेक वस्तु लगातार गतिशील भइरहेको देख्छ ।
  यसरी हेर्दा संसारमा त्यस्तो कुनै वस्तु र घटना नै हुँदैन, जसमा अन्तर्विरोधी पक्षहरू हुन्नन् । त्यस्तो अन्तर्विरोधी पक्ष नै हुँदैन, जो द्वन्द्वमा र अन्तर्निर्भरतामा हुन्न् । जहाँ पूँजीपति हुन्छ त्यहाँ अवश्य पनि मजदुरहरू हुन्छन् । जहाँ शोषक हुन्छ, त्यहाँ अवश्य शोषितहरू पनि हुन्छन् । जहाँ क्रिया हुन्छ, त्यहाँ निश्चित पनि प्रतिक्रिया हुन्छ । क्रिया जति चर्को हुन्छ, प्रतिक्रिया पनि त्यत्तिकै चर्को र विपरीत हुन्छ । जुन वस्तुको सुरुवात हुन्छ, त्यसको अन्त्य पनि हुन्छ । जुन वस्तुमा जीवन हुन्छ, त्यसमा मृत्युको प्रक्रिया पनि सँगसँगै हुन्छ । द्वन्द्ववादले यसरी हेर्छ संसारलाई । प्रकृति, समाज र विचारलाई भने अधिभूतवादको दृष्टिकोणमा कुनै वस्तुको विपरीत पाटो हुँदैन । कुनै पनि वस्तुको अन्तर्विरोधी पक्ष हुँदैन र यसको अनुसार हरेक वस्तु एकपाटे र एकपाखे हुन्छ ।

संसदवादि, राजनीतिक दलहरु गणतन्त्र विसर्जन गर्न तयार

नेपालका चार संसदवादी राजनीतिक दलहरु एकिकृत नेकपा (माओवादी), नेपाली काँग्रेस, नेकपा (एमाले) र मधेशी संयुक्त मोर्चा– महान दश वर्षे जनयुछ, २०६२÷०६३ को १९ दिने ऐतिहासिक जनआन्दोलनको परिणामस्वरुप र नेपाली जनताको करीव ६० वर्षको संघर्ष, बलिदान र योगदानको परिणाम स्वरुप प्राप्त गणतन्त्रात्मक व्यवस्थालाई विसर्जन गर्न तयार भएका छन् । यो कार्य उनीहरुले अमेरिकी साम्राज्यवादको आदेशमा र भारतीय विस्तारवाद र युरोपेली युनियनको निर्देशनमा गरिरहेका छन् । अन्तरिम संविधान २०६३ को विपरित, नेपाली जनताको इच्छा र भावनाविपरित, राजनीतिक दलहरुको मूल्य, मान्यता विपरित वुर्जुवा पूँजीवादी संसदवादीहरुले भन्दै र मान्दै आएको संविधानवाद, संसदवाद, स्वतन्त्र न्याय पालिका, कानूनको शासन, शक्रि पृथकीकरणका सिद्धान्त विपरित बहाल वाला प्रधान न्यायाधिशको अध्यक्षतामा चुनावी मन्त्री परिषद् गठन गर्नका लागि सर्वोच्च अदालतका प्रधानन्यायाधिश खिलराज रेग्मीलाई मनाउन संसदवादी चार दलका शिर्ष नेताहरु– पुष्पकमल दाहाल प्रचण्ड, सुशील कोइराला, झलनाथ खनाल र विजय कुमार  गच्छेदार पटक पटक प्रधान न्यायाधिश खिलराज रेग्मीको पाउमा ढोग गर्न पुग्नु र प्रधानन्यायाधिश रेग्मीले यही  फाल्गुन १४ गते सर्वोच्च मन्त्री परिषद अध्यक्ष बन्ने स्वीकार गरे पश्चात यी असक्षम र नालायिक सावित भइसकेका चार संसदवादी, राजनीतिक दलका शिर्ष भनिएका नेताहरु नेपाली जनताको रगत, पसिना, बलिदान र योगदानबाट प्राप्त गणतन्त्रलाई बिर्सजन गरेर नेपालमा निरंकुश, निर्दलीय, तथा अधिनायकवादी शासन लाद्न तयार भएको पुष्टि भएको छ । किनकि निर्वाचनको तिथि मिति घोषणा नहुँदै काम चलाउ भट्टराई सरकारले नयाँ संविधान सभाका लागि गरिने भनिएको चुनावमा सेना र सशस्त्र प्रहरी परिचालन गरिने भन्ने निर्णय सार्वजनिक गरिसकेपछि मुलुक निरंकुश तथा तानाशाही व्यवस्थामा परिणत भएको र गणतन्त्रात्मक व्यवस्थाको विसर्जन गराएको प्रमाणित हुन पुगेको छ । अर्को थप कुरा के पनि हो भने सत्तारुढ एकिकृत माओवादीले प्रतिक्रान्तिकारी कार्यदिशा पारित गराउन गत माघ २०–२५ मा  हेटौडामा सातौं महाधिवेशनको आयोजना गर्नु र त्यही महाधिवेशनबाटै बहालवाला प्रधानन्यायाधिश खिलारज रेग्मीलाई चुनावी सरकारको प्रधानमन्त्री बनाउने प्रस्ताव पारित गराउनु, उक्त प्रस्तावलाई काँग्रेस, एमाले र संयुक्त मधेशी मोर्चाले स्वागत गर्नु, शुरुमा प्रधान न्यायाधिश रेग्मीले उक्त जिम्मेवारी लिन आनाकानी गर्नु र राजनीतिक दलहरुको नियन्त्रणमा नबस्ने, आफ्नै स्वविवेकले चुनावी मन्त्रीपरिषद् गर्न पाउने जस्ता सर्त राखेपछि ती नालायक, असफल र पतित सावित हुन पुगेका चार दलका शिर्ष नेताहरु जिल्ल हुन पुगेका थिए । तर पुनः भारतीय विस्तारवाद र युरोपियन युनियनको निर्देशनमा अन्तिम पटक फाल्गनु १४ गते विहान ती चार दलका नेताहरु प्रधानन्यायाधिश रेग्मीको नीजि निवास बालुगवाटारमा पुगेर पाउमा विन्ती भाउ चढाउँदै रेग्मीले राख्दै आएका सबै सर्तहरु स्वीकार्न तयार भएपछि उनी अन्तरिम चुनावी मन्त्री परिषदको अध्यक्ष बन्न तयार भएको विज्ञप्ती सर्वोच्च अदालत मार्फत प्रसारित हुनु र सोही साँझको बि.बि.सी नेपाली सेवामा प्रधानन्यायाधिश रेग्मीले राजनीतिक दलहरुको नियन्त्रणविनाको अन्तरिम चुनावी सरकारको नेतृत्व लिन तयार भएको अन्तरवार्ता प्रसारण गरिनुले पनि यी चार संसदवादी दलहरुले गणतन्त्रलाई विसर्जन गराएको पुर्नपुष्टि हुन्छ । त्यति मात्र होइन कि, बहालवाला प्रधानमन्त्री डा. बाबुराम भट्टराई स्वयं प्रधानन्यायाधिश रेग्मीको निजी निवासमा पुगेर  प्रधानमन्त्री भइदिनको निम्ति बिन्तिभाउ चढाउन पुग्नु, यो भन्दा लज्जास्पद कुरा अरु के हुन सक्छ । यसले स्वाभिमानी जनताको शिर निहुराएको छ ।
    यी नाटकका पर्दाहरु एक्कासी खुल्दै आएका छैनन् । हरेक घटनाका पछाडि निश्चित कारण र उद्देश्यहरु रहेका हुन्छन् । घटनालाई भन्दा पनि कारणलाई प्रधान मानिन्छ । हामीले इतिहासलाई पनि फर्केर हेर्नुपर्ने हुन्छ । संविधान भनेको मुलुक संचालन गर्ने सर्वोच्च कानुन हो । त्यो जनता स्वयंले निर्माण गरे मात्र सच्चा संविधान बन्न सक्छ । संविधान सभा भनेको जनताले आफ्नो संविधान आफ्नै हातले लेख्ने भन्ने कुरा बुझिन्छ । अर्थात जनताद्वारा निर्वाचित जनप्रतिनिधिहरु मार्फत जनताको संविधान लेखिनु पर्दछ भन्ने नै हो । त्यसो भएर नै वि.सं. २००७ सालदेखि नै नेपाली जनताले संविधान सभाको आवाज उठाउँदै आएका छन्  । २००७ सालको अन्तरिम विधानले पनि संविधान सभाको चुनाव गरेर नयाँ संविधान निर्माण गर्ने व्यवस्था गरेको थियो । तर २०१५ सालमा पुगेर राजा महेन्द्र र नेपाली काँग्रेसको मिलोमतोमा निर्दलीय संविधान राजाद्वारा जारी गराइयो र आम निर्वाचन पनि गराइयो । काँग्रेसले बहुमत हाँसिल गरेर सरकार समेत निर्माण ग¥यो । तर नेपाली काँग्रेसको कम्जोरी देखाउँदै राजा महेन्द्रले २०१७ साल पुस १ गते सैनिक ‘कु’ मार्फत बहुदलीय व्यवस्थालाई अपदस्त गरेर निरंकुश तथा तानाशाही पञ्चायती व्यवस्था लाद्यो र ३० वर्षसम्म अधिनायकवादी शासन व्यवस्था चलाए ।
    जनयुद्धकै प्रक्रिया अन्तर्गत नेकपा (माओवादी) ले दुई÷दुई पटकसम्म नेपाली काँग्रेसको सरकार र निरंकुश राजा ज्ञानेन्द्र सरकारसँग संविधान सभालाई अन्तिम बटम लाइन बनाएर शान्ति वार्ता ग¥यो । तर काँग्रेस एमाले र राजा ज्ञानेन्द्र समेत संविधान सभाप्रति सहमत नभएपछि  माओवादी पुनः युद्धमा फर्केको थियो । तर २०६१ साल माघ १९ गते राजा ज्ञानेन्द्रले मुलुकमा निरंकुश शासन लाद्न पुगेपछि पुराना संसदवादी दलहरु काँग्रेस र एमाले खोलाको बगरमा फ्याकिएको मुढो जस्तै बन्न पुगेपछि भारतीय विस्तारवादको निर्देशनमा २०६२ मंसीर ७ गते भारतको नयाँ दिल्लीमा सात संसदवादी दलहरु र माओवादीका बीचमा १२ बुँदे समझदारी कायम भएपछि संविधान सभा सुनिश्चित बन्न पुगेको हो । र २०६४ चैत्र २८ गते संविधान सभाको ऐतिहासिक निर्वाचन सम्पन्न भएको सर्वविदितै छ ।
    भारतीय विस्तारवादले नेपाली जनता सार्वभौम सत्ता सम्पन्न भएको बलिया भएको देख्न चाहन्न । उसले नेपालका सत्तारुढ बन्न पुगेका वर्गलाई आफ्नो बफादार दलाल बनाएर नेपालको राजनीतिलाई अस्थिर र अन्योलपूर्ण गराई राख्ने र नेपाल राष्ट्र र नेपाली जनतालाई बलियो बन्न नदिने खेल खेल्दै आएको छ । त्यही खेल अन्तर्गत भारतीय विस्तारवादका दलाल बनेका काँग्रेस र एमालेले पहिले माओवादीले अगाडि सारेको संविधान सभाको एजेण्डालाई स्वीकारेका थिएनन् । तर दश वर्षे जनयुद्धको नेतृत्व समेत गरेका प्रचण्ड–बाबुराम भारतीय विस्तारवादका सामु आत्म समर्पण गरेर उसकै बफादार चाकर बन्न पुगे पश्चात काँग्रेस, एमाले प्रचण्ड–बाबुराम एउटै कित्तामा सामेल भएपछि संविधान सभाको चुनाव सम्भव भएको कुरा पनि विदितै छ ।
    भारतीय  विस्तारवादकै ग्राइन्डिजाइन अन्तर्गत प्रचण्ड बाबुरामले सशस्त्र जनयुद्ध अन्त्य भएको घोषणा गर्न पुगे, जनयुद्ध प्रक्रियामा निर्माण गरिएका आधार इलाकाहरु, जनसत्ता, जनअदालत, जनसरकारहरुको विघटन गरिएको थियो । जनमुक्ति सेना नेपालको विघटन र हितयार प्रतिक्रियावादी सरकारलाई बुझाउने कार्य पनि त्यही ग्राइन्डिजाइन अन्तर्गत सम्पन्न गरिएको थियो र सर्वोच्च अदालतले २०६९ जेठ १४ गतेदेखि संविधान सभाको म्याद थप गर्न नपाइने फैसला गरेको थियो । त्यही ग्राइन्डिजाइन अन्तर्गत प्रचण्ड बाबुरामले २०६९ जेठ १४ गते मध्य राती संविधानसभाको अवसान गराएको थिए । र तथाकथित नयाँ संविधानसभाको चुनावको ढ्वाङ फुक्न प्रचण्ड बाबुरामलाई लगाइएको थियो । र भारतीय विस्तारवादकै ग्राइन्डिजाइन अन्तर्गत अहिले प्रधानन्यायाधिश रेग्मीले संविधनसभा चुनावी परिषदको अध्यक्ष बनाउने योजना कार्यान्वयन हुन पुगेको हो ।
    निश्चितै रुपमा मुलुकमा अब भयङ्कर दुर्घटना निम्तियाइँदैछ र मुलुक द्वन्द्वमा फस्ने निश्चित छ । निरंकुश राजा ज्ञानेन्द्रलाई सत्ता सुम्पनु भन्दा पहिले नेपाली काँग्रेस र एमालेले राप्रपालाई सत्ता सुम्पन पुगेका थिए भने अहिले मुलुकमा निरंकुश तथा अधिनायकवादी शासन लाद्नु भन्दा पहिले सत्तारुढ एमाओवादीले बहालवाला प्रधानन्यायाधिश खिलराज रेग्मीलाई काँग्रेस एमाले र मधेशी मोर्चालाई साक्षी राखेर सम्पूर्ण शासन सत्ता सुम्पेर काँग्रेस एमालेको पुनरावृत्ति दोहो¥याउन पुगेको छ । अब देशभक्त प्रगतिशिल बामपन्थि, जनगणतन्त्रवादी, प्रजन्त्रतावादी एवं गणतन्त्रवादी समेत सम्पूर्ण जनताहरु एक ढिक्का भएर यी चार दलले गरेका राष्ट्रघाती, जनघाती, प्रजातन्त्र विरोधी कदमका विरुद्ध एकजुट भएर अगाडि बढ्नु र संघर्षको आँधिवेरी सृष्टि गर्नुको विकल्प छैन ।

Monday, February 11, 2013

My Photos
























ख्रुश्चोभपन्थि पथमा पुग्यो एमाओवादि



  
    हेटौडामा आयोजना गरीएको कथित एकताको सातौँ महाधिवेसनमा पुगेर एकीकृत नेकपा (माओवादि) ख्रुश्चोभपन्थि पथमा पुग्न सफल भएको छ । तत्कालिन दश बषे सशस्त्र जनयुद्धको नेतृत्व समेत गरेका पुष्पकमल दाहाल प्रचण्ड र डा. बावुराम भट्टराईले २०६२ साल असोज– कार्तिकमा सम्पन्न चर्चित चुनवाङ बैठकबाट यो ख्रुश्चोभपन्थि पथको यात्रा शुरु गरेका थिए । यहाँसम्म आइपुग्नका लागि उनिहरुले वीचमा भारतीय विस्तारवादको निर्देशनमा २०६२ मंसिर ७ गते भारतको नयाँ दिल्लीमा सात राजनीतिक दलहरुसित राष्ट्रघाति १२ वुँदे समझदारी गरेका थिए । त्यस्तै उनिहरुले २०६३असार २ गते सात संसदवादी दलहरुसीत ८ बुँदे सम्झौता गर्दै दश वर्षे जनयुद्धका प्रक्रियामा निर्धारण गरिएका आधार इलाकाहरु नँया जनसत्ता र जन अदालतहरु एंव जनसरकारहरु खारेज गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।
    दुनियालाइ थाह भएकै कुरा हो, यो ठाँउमा पुग्नको लागि प्रचण्ड–बावुरामले २०६३ साल मंसिर ५ गते नेपाल सरकारसित वृहत्त शान्ति सम्झौता गर्ने क्रममा दश वर्षदेखि चल्दै आएको सशस्त्र संघर्ष समाप्त भएको घोषणापत्रमा हस्ताक्षर गरेका थिए । त्यतिमात्र होइन, सामन्तवाद र साम्राज्यवाद विरोधी सारतत्व वोको‘जनताको संघीय गण्तन्त्रात्मक संविधान निर्माण गर्ने, त्यसको क्रियान्वयनका जनविद्रोहमा जाने भन्ने पार्टिको आधारिक कार्यदिशालाई लत्याउदै उनिहरुले २०६८ वैशाखको अन्तिम साता ‘शान्ति र संविधान ’नाम दिइएको सुधारवादि तथा पुजीवादी कार्यदिशा पकडन पुगेका थिए ।
    इतिहास साक्षी छ, त्यही सिलसिलामा प्रचण्ड–बावुरामले २०६८ भदौ ११ गते राति भारतीय विस्तारवादको निर्देशनमा मधेशवादी दलहरुकावीच राष्ट्रघाती ४ वुदे सम्झौता गरेर भारतिय विस्तारवादको कठपुतली सरकारको नेतृत्व गर्न पुगेका थिए । र भारतीय विस्तारवादले सत्तामा पु¥याउनगुण लगायवाफत ऋण चुक्ता गर्ने मनसायले २०६८ कार्तिक ४ गते भारतीय शाकहरुसीत राष्ट्रघाती विप्पा सम्झौता गरिदिएका थिए । र साम्राज्यवादी र विस्तारवादीहरुलाई खुसी तुल्याउनका लागि २०६८ कार्तिक १५गते नेपाली कांगे्रस एमाले सीत राष्ट्रघाती तथा जनघाती ७ वुँदे सम्झौता गरेर क्यान्टोनमेन्टमा रहेका जनमुत्ति  m सेनालाई निशस्त्रीकरण गर्ने र कन्टेनरमा राखिएका हतियारको साँचो प्रतिक्रियावादी सरकारलाई बुझाउने र जनयुद्धका प्रक्रियामा किसानहरुले जफत गरेका सामन्त तथा जमिन्दादारहरुको जग्गा क्षतिपुर्तिसहित जमिन्दारहरुलाई फिर्ता दिलाई दिने सम्झौतापत्रमा साम्राज्यवादी तथा विस्तारवादीहरुका नेपाली दलालहरुसीत गरिएको सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।
    त्यस्तै चीनमा सन् १९७६ मा कमरेड माओ र सेतुङको निधन भएपछि विशवका कम्युनिष्ट आन्दोलनमै सबैभन्दा शक्तिशाली र वैज्ञानिक दिमाग र हात भएको जनमुक्ति सेनालाई प्रचण्ड–बावुरामले २०६८ चैत्र २८ गते प्रतिक्रियावादी सेना परिचालन गरेर क्यान्टोनमेन्टमा आत्मसमर्पण गर्न लगाई विधिवतरुपमा विघटन गर्ने निर्णय गरेका थिए । जनताको रगत र वलिदानबाट निर्माण गरिएको संविधानसभालाई नयाँ संविधानसभाको चुनावको नौटँकि नाटकको घोषणा गर्न पुगेका थिए । महान दश वर्षे जनयुद्धको प्रक्रियामा दसौ हजार शहीदहरुको रगत हजारौँको वेपत्तार अपाङ्ग–घाइते तथा नेपाली जनताको अतलनीय योगदान र वलिदाबाट प्राप्त गरिएका सम्पुर्ण बिरसहीदहरुलाई ध्वस्त पार्न सफल भएर मात्र एमाओवादिको नेतृत्व मण्डली आज ख्रुश्चोभपन्थि पथमा पुग्न सफल भएको छ । प्रचण्ड–वावुरामले पहिले कहिल्यै पनि पार्टीको महाधिवेसनको आयोजना गर्न तयार भएनन् । तर अहिले उनिहरु सवै प्रक्रियाहरु पुरा गरि सकेपछि आफ्ना दक्षिण पन्थि संसोधनवादी तथा नव संसोधनवादी विचार र एजेण्डाहरु पारित गराउन करीव २१ वर्षपछि हेटौडामा सातौँ महाधिवेसन चलाउन पुगेका छन् । र उनिहरुमा बैचारिक विचलनलाई प्रष्टसंग उजागर गर्दै माक्र्सवादको कडिको सत्यमा रहेका द्वन्द्वात्मक भौतिकवाद, अतिरिक्त मुल्यको सिद्धान्त, वर्ग संघर्ष तथा इतिहासमा वल पु¥याएको भुमिका  वैज्ञानिक समाजवाद तथा साम्यवादका आधारभुत मान्यताहरुलाई लत्याउँदै वर्ग समन्वयको सिद्धान्तलाई अंगाल्दै शान्तिपुर्ण ढंगले समाजवाद तथा साम्यवादका आधारभुत मान्यतालाई लत्याउदै वर्ग समन्वयको सिद्धान्तलाई अंगाल्दै शान्तिपुर्ण ढंगले समाजवाद स्थापना गर्ने भन्ने जुन विचार सन् १९५६ को फेवु्रअरी २४÷२५ मा आयोजना गरिएको रुसी कम्युनिष्ट पार्टी(वोल्सेनिक) को २० औँ महाधिवेसन तत्कालिन महासचिव निकेतन ख्रुश्चो भन्ने मध्यरात जुन खुसुक्क गोप्य रिपोर्ट प्रस्तुत गर्दै आधुनिक संशोधनवादी विचार राखेको त्यही शैलीमा प्रचण्डले एमाओवादीको हेटौडा महाधिवेसनमा नव संशोधनवादी विचार प्रस्तुत गरेका छन् । उनले आफ्नो प्रस्तावमा राजनीतिक क्रान्ति प्रायः सम्पन्न भइसकेको र अव आर्थिक क्रान्ति गरेर नेपालि जनतालाई सम्पन्न तुल्याएर शान्तिपुर्ण ढंगले समाजवादी क्रान्ति सम्पन्न गरिने विचार अगाडि सारेका छन् । सन् १९ ५६ मा आधुनिक संसोधनवादको जन्मदाता खु्रश्चो भन्ने सम्पुर्ण जनताको पार्टी, सम्पुर्ण जनताको राज्य, र शान्तिपुर्ण सक्रमणको सिद्धान्त अवलम्वन गर्दै तथा वर्ग संघर्ष सर्वहारावर्गको अधिनायकत्व र सशस्त्र संघर्षका विरुद्ध भिषण हमला वोल्दै रुसमा पुजीवादको स्थापना गरेको थियो । आज प्रचण्डले ल्याएको आर्थिक क्रान्ति र शान्तिपुर्ण ढंगले समाजवादको स्थापना गर्ने भन्ने विचार पनि खुश्चोभको आधुनिक संसोधनवाद हो । नयाँ नेपाली संस्करणमात्र हो । किनकि विश्व सर्वहारा वर्गका महान नेता.क.माओले भन्नु भएको छ राज्य सत्ता वाहेक सवै भ्रम हो । सर्वहारा वर्गले बलपुर्वक राज्यसत्ता कब्जा गरेपछि मात्र आर्थिक सामाजिक, सांस्कृतिक रुपान्तरण र परिवर्तनको कुरा आउँदछ । आज प्रचण्ड र वावुरामले प्रतिक्रीयावादिको राज्य सक्ताको नेतृत्व गर्दै आर्थिक क्रान्ति गरेर समाज वादको स्थापना गर्ने उट्फट्याङ गफ हाकि रहेका छन् । र नेपालि जनताका आखामा छारो छर्ने प्रयत्न गरीरहेका छन् ।
        प्रचण्डले अघि सारेका विचार नेपालको सन्दर्भमा पनि कुनै नौलो होइन् । किनकि वि.स.२०१३ साल बैशाख ३ गते तत्कालिन नेकपाका महमन्त्रि मनमोहन अधिकारीले पाँच वर्षदेखि सरकारले पार्टीमाथि लगाँउदै आएको प्रतिवन्ध हटाउने निहुमा सरकारलाई लेखेको पत्रमा के उल्लेख गरेका छन् । भने राजाको बैधानिकतत्व स्वीकार्ने शान्तिपुर्ण रुपमा समाजवादको निर्धारण गर्ने भनिएको छ । त्यहि विचारलाई नयाँ सस्करणकारुपमा आज प्रचण्डले अगाडि सारेका मात्रै हुन् । यो भन्दा पनि पहिले नै नेपालि काङगे्रसका संस्गापक नेता विपि कोइरालाले आर्थिक क्रान्तिपछि समाजवाद लागु गर्ने भन्ने विचार नेपालमा भित्राएका थिए । यो दृष्टिले त प्रचण्ड विपिको पथसम्म पुगेका छन् । अर्कोतिर प्रचण्ड कहाँसम्म पुगेका छन्भने चिनमा खु्रश्चोभको चेला दङ शाओ पिङले विरालो सेतो र कालो हुनुले केहि फरक पर्दैन मुसा मारे हुन्छ भने ठाउमा पुगेका छन् भने प्रचण्ड सश्लेषण के छ भने पुजिवादी जनवादि या समाजवादि क्रान्ति जे भनेपनी हुन्छ मुख्य कुरा त आर्थिक क्रान्ति नै हो भन्न पुगेका छन् । यहि नै उनको गम्भिर प्रकारको सैदान्तिक विचलन हो ।
    यसप्रकारको सैद्धान्तिक विचलन प्रचण्ड बाबुराममा एकाएक पैदा भएको होइन् । योत चुनवाङ बैठकमा आउनु भन्दा पहिले नै तयार भएको अबस्था हो र यो उनिहरुको सुनियोजित योजना पनि हो । अव प्रचण्ड–वावुरामले वाटो प्रष्ट गरेका छन् । उनिहरु क्रान्तिकारी नै हुन भन्ने जनता प्रति ठुलो भ्रम थियो । अवदेखि त्यो भ्रम साफ भएको छ । हिजोदेखि क्रान्तिकारी भनिएको उनिहरुको पुरानो अध्याय समाप्त भएको छ । र दक्षिणपन्थि एंव नवसंसोधन वादी नयाँ अध्याय सुरु भएको छ । नेपालि क्रान्तिका बाकि कार्यभार पुरा गर्ने उदेश्यले पुर्नगठित भएको नेकपा माओवादि लगाएत सम्पुर्ण क्रान्तिकारी र आम जनतालाई पनि अगाडि बढ्नका लागि वाटो सफा भएको छ । एमाओवादि पार्टि अव रुस, पुर्वि युरोप, भारत र पश्चिमि युरोपका सोसलिष्ट पार्टीदयको भाइचारापार्टिमा परीणत हुन पुगेको छ । र उनिहरुले यो विचार ल्याएको एमओवादिको निकै प्रससा गरीरहेका छन् ।
    एमाओवादि अहिलेसम्म एमाले भन्दा तल र काङगे्रस भन्दा अलि मार्थिको एउटा पेन्डुलम शक्तिकोरुपमा रहेको छ । संसदिय मैदान केहि क्षणको लागि एमालेसित ठुलै प्रतिष्पर्धा चल्नेछ । र एमाले झापा विद्रोहका ब्याज खाए झै एमाओवादिले पनि दश बर्षे जनयुद्धको व्याज खान निकै ठुलो कसरत गर्नुपर्ने छ । यो परी घटनाले नेपालको बर्तमान कम्युनिष्ट आन्दोलन लाई क्रान्तिकारी धारा र संशोधन वादि धाराविचको कित्ताकाट प्रष्ट पारी दिएको छ । र क्रान्तिकारी धाराकाृ नेतृत्व नेकपा–माओवादिले गर्न पुगेको र सबै खाले संसोधनवादि  धाराको नेतृत्व एमाओवादिएएमालेले गरीरहेृको जुन यर्थाथता हो तयसलाई ब्यवहारमा प्रष्ट पारी दिएको छ । नेपालि क्रान्तिको यो महान तथा जटिल यात्रामा यस्तो अनिवार्य थियो ,। त्यो भयो नै । किनकी द्वन्द्वात्मक भौतिकवादको समाज विज्ञानको नियम पनि यहि नै हो ।