Monday, February 11, 2013

ख्रुश्चोभपन्थि पथमा पुग्यो एमाओवादि



  
    हेटौडामा आयोजना गरीएको कथित एकताको सातौँ महाधिवेसनमा पुगेर एकीकृत नेकपा (माओवादि) ख्रुश्चोभपन्थि पथमा पुग्न सफल भएको छ । तत्कालिन दश बषे सशस्त्र जनयुद्धको नेतृत्व समेत गरेका पुष्पकमल दाहाल प्रचण्ड र डा. बावुराम भट्टराईले २०६२ साल असोज– कार्तिकमा सम्पन्न चर्चित चुनवाङ बैठकबाट यो ख्रुश्चोभपन्थि पथको यात्रा शुरु गरेका थिए । यहाँसम्म आइपुग्नका लागि उनिहरुले वीचमा भारतीय विस्तारवादको निर्देशनमा २०६२ मंसिर ७ गते भारतको नयाँ दिल्लीमा सात राजनीतिक दलहरुसित राष्ट्रघाति १२ वुँदे समझदारी गरेका थिए । त्यस्तै उनिहरुले २०६३असार २ गते सात संसदवादी दलहरुसीत ८ बुँदे सम्झौता गर्दै दश वर्षे जनयुद्धका प्रक्रियामा निर्धारण गरिएका आधार इलाकाहरु नँया जनसत्ता र जन अदालतहरु एंव जनसरकारहरु खारेज गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।
    दुनियालाइ थाह भएकै कुरा हो, यो ठाँउमा पुग्नको लागि प्रचण्ड–बावुरामले २०६३ साल मंसिर ५ गते नेपाल सरकारसित वृहत्त शान्ति सम्झौता गर्ने क्रममा दश वर्षदेखि चल्दै आएको सशस्त्र संघर्ष समाप्त भएको घोषणापत्रमा हस्ताक्षर गरेका थिए । त्यतिमात्र होइन, सामन्तवाद र साम्राज्यवाद विरोधी सारतत्व वोको‘जनताको संघीय गण्तन्त्रात्मक संविधान निर्माण गर्ने, त्यसको क्रियान्वयनका जनविद्रोहमा जाने भन्ने पार्टिको आधारिक कार्यदिशालाई लत्याउदै उनिहरुले २०६८ वैशाखको अन्तिम साता ‘शान्ति र संविधान ’नाम दिइएको सुधारवादि तथा पुजीवादी कार्यदिशा पकडन पुगेका थिए ।
    इतिहास साक्षी छ, त्यही सिलसिलामा प्रचण्ड–बावुरामले २०६८ भदौ ११ गते राति भारतीय विस्तारवादको निर्देशनमा मधेशवादी दलहरुकावीच राष्ट्रघाती ४ वुदे सम्झौता गरेर भारतिय विस्तारवादको कठपुतली सरकारको नेतृत्व गर्न पुगेका थिए । र भारतीय विस्तारवादले सत्तामा पु¥याउनगुण लगायवाफत ऋण चुक्ता गर्ने मनसायले २०६८ कार्तिक ४ गते भारतीय शाकहरुसीत राष्ट्रघाती विप्पा सम्झौता गरिदिएका थिए । र साम्राज्यवादी र विस्तारवादीहरुलाई खुसी तुल्याउनका लागि २०६८ कार्तिक १५गते नेपाली कांगे्रस एमाले सीत राष्ट्रघाती तथा जनघाती ७ वुँदे सम्झौता गरेर क्यान्टोनमेन्टमा रहेका जनमुत्ति  m सेनालाई निशस्त्रीकरण गर्ने र कन्टेनरमा राखिएका हतियारको साँचो प्रतिक्रियावादी सरकारलाई बुझाउने र जनयुद्धका प्रक्रियामा किसानहरुले जफत गरेका सामन्त तथा जमिन्दादारहरुको जग्गा क्षतिपुर्तिसहित जमिन्दारहरुलाई फिर्ता दिलाई दिने सम्झौतापत्रमा साम्राज्यवादी तथा विस्तारवादीहरुका नेपाली दलालहरुसीत गरिएको सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।
    त्यस्तै चीनमा सन् १९७६ मा कमरेड माओ र सेतुङको निधन भएपछि विशवका कम्युनिष्ट आन्दोलनमै सबैभन्दा शक्तिशाली र वैज्ञानिक दिमाग र हात भएको जनमुक्ति सेनालाई प्रचण्ड–बावुरामले २०६८ चैत्र २८ गते प्रतिक्रियावादी सेना परिचालन गरेर क्यान्टोनमेन्टमा आत्मसमर्पण गर्न लगाई विधिवतरुपमा विघटन गर्ने निर्णय गरेका थिए । जनताको रगत र वलिदानबाट निर्माण गरिएको संविधानसभालाई नयाँ संविधानसभाको चुनावको नौटँकि नाटकको घोषणा गर्न पुगेका थिए । महान दश वर्षे जनयुद्धको प्रक्रियामा दसौ हजार शहीदहरुको रगत हजारौँको वेपत्तार अपाङ्ग–घाइते तथा नेपाली जनताको अतलनीय योगदान र वलिदाबाट प्राप्त गरिएका सम्पुर्ण बिरसहीदहरुलाई ध्वस्त पार्न सफल भएर मात्र एमाओवादिको नेतृत्व मण्डली आज ख्रुश्चोभपन्थि पथमा पुग्न सफल भएको छ । प्रचण्ड–वावुरामले पहिले कहिल्यै पनि पार्टीको महाधिवेसनको आयोजना गर्न तयार भएनन् । तर अहिले उनिहरु सवै प्रक्रियाहरु पुरा गरि सकेपछि आफ्ना दक्षिण पन्थि संसोधनवादी तथा नव संसोधनवादी विचार र एजेण्डाहरु पारित गराउन करीव २१ वर्षपछि हेटौडामा सातौँ महाधिवेसन चलाउन पुगेका छन् । र उनिहरुमा बैचारिक विचलनलाई प्रष्टसंग उजागर गर्दै माक्र्सवादको कडिको सत्यमा रहेका द्वन्द्वात्मक भौतिकवाद, अतिरिक्त मुल्यको सिद्धान्त, वर्ग संघर्ष तथा इतिहासमा वल पु¥याएको भुमिका  वैज्ञानिक समाजवाद तथा साम्यवादका आधारभुत मान्यताहरुलाई लत्याउँदै वर्ग समन्वयको सिद्धान्तलाई अंगाल्दै शान्तिपुर्ण ढंगले समाजवाद तथा साम्यवादका आधारभुत मान्यतालाई लत्याउदै वर्ग समन्वयको सिद्धान्तलाई अंगाल्दै शान्तिपुर्ण ढंगले समाजवाद स्थापना गर्ने भन्ने जुन विचार सन् १९५६ को फेवु्रअरी २४÷२५ मा आयोजना गरिएको रुसी कम्युनिष्ट पार्टी(वोल्सेनिक) को २० औँ महाधिवेसन तत्कालिन महासचिव निकेतन ख्रुश्चो भन्ने मध्यरात जुन खुसुक्क गोप्य रिपोर्ट प्रस्तुत गर्दै आधुनिक संशोधनवादी विचार राखेको त्यही शैलीमा प्रचण्डले एमाओवादीको हेटौडा महाधिवेसनमा नव संशोधनवादी विचार प्रस्तुत गरेका छन् । उनले आफ्नो प्रस्तावमा राजनीतिक क्रान्ति प्रायः सम्पन्न भइसकेको र अव आर्थिक क्रान्ति गरेर नेपालि जनतालाई सम्पन्न तुल्याएर शान्तिपुर्ण ढंगले समाजवादी क्रान्ति सम्पन्न गरिने विचार अगाडि सारेका छन् । सन् १९ ५६ मा आधुनिक संसोधनवादको जन्मदाता खु्रश्चो भन्ने सम्पुर्ण जनताको पार्टी, सम्पुर्ण जनताको राज्य, र शान्तिपुर्ण सक्रमणको सिद्धान्त अवलम्वन गर्दै तथा वर्ग संघर्ष सर्वहारावर्गको अधिनायकत्व र सशस्त्र संघर्षका विरुद्ध भिषण हमला वोल्दै रुसमा पुजीवादको स्थापना गरेको थियो । आज प्रचण्डले ल्याएको आर्थिक क्रान्ति र शान्तिपुर्ण ढंगले समाजवादको स्थापना गर्ने भन्ने विचार पनि खुश्चोभको आधुनिक संसोधनवाद हो । नयाँ नेपाली संस्करणमात्र हो । किनकि विश्व सर्वहारा वर्गका महान नेता.क.माओले भन्नु भएको छ राज्य सत्ता वाहेक सवै भ्रम हो । सर्वहारा वर्गले बलपुर्वक राज्यसत्ता कब्जा गरेपछि मात्र आर्थिक सामाजिक, सांस्कृतिक रुपान्तरण र परिवर्तनको कुरा आउँदछ । आज प्रचण्ड र वावुरामले प्रतिक्रीयावादिको राज्य सक्ताको नेतृत्व गर्दै आर्थिक क्रान्ति गरेर समाज वादको स्थापना गर्ने उट्फट्याङ गफ हाकि रहेका छन् । र नेपालि जनताका आखामा छारो छर्ने प्रयत्न गरीरहेका छन् ।
        प्रचण्डले अघि सारेका विचार नेपालको सन्दर्भमा पनि कुनै नौलो होइन् । किनकि वि.स.२०१३ साल बैशाख ३ गते तत्कालिन नेकपाका महमन्त्रि मनमोहन अधिकारीले पाँच वर्षदेखि सरकारले पार्टीमाथि लगाँउदै आएको प्रतिवन्ध हटाउने निहुमा सरकारलाई लेखेको पत्रमा के उल्लेख गरेका छन् । भने राजाको बैधानिकतत्व स्वीकार्ने शान्तिपुर्ण रुपमा समाजवादको निर्धारण गर्ने भनिएको छ । त्यहि विचारलाई नयाँ सस्करणकारुपमा आज प्रचण्डले अगाडि सारेका मात्रै हुन् । यो भन्दा पनि पहिले नै नेपालि काङगे्रसका संस्गापक नेता विपि कोइरालाले आर्थिक क्रान्तिपछि समाजवाद लागु गर्ने भन्ने विचार नेपालमा भित्राएका थिए । यो दृष्टिले त प्रचण्ड विपिको पथसम्म पुगेका छन् । अर्कोतिर प्रचण्ड कहाँसम्म पुगेका छन्भने चिनमा खु्रश्चोभको चेला दङ शाओ पिङले विरालो सेतो र कालो हुनुले केहि फरक पर्दैन मुसा मारे हुन्छ भने ठाउमा पुगेका छन् भने प्रचण्ड सश्लेषण के छ भने पुजिवादी जनवादि या समाजवादि क्रान्ति जे भनेपनी हुन्छ मुख्य कुरा त आर्थिक क्रान्ति नै हो भन्न पुगेका छन् । यहि नै उनको गम्भिर प्रकारको सैदान्तिक विचलन हो ।
    यसप्रकारको सैद्धान्तिक विचलन प्रचण्ड बाबुराममा एकाएक पैदा भएको होइन् । योत चुनवाङ बैठकमा आउनु भन्दा पहिले नै तयार भएको अबस्था हो र यो उनिहरुको सुनियोजित योजना पनि हो । अव प्रचण्ड–वावुरामले वाटो प्रष्ट गरेका छन् । उनिहरु क्रान्तिकारी नै हुन भन्ने जनता प्रति ठुलो भ्रम थियो । अवदेखि त्यो भ्रम साफ भएको छ । हिजोदेखि क्रान्तिकारी भनिएको उनिहरुको पुरानो अध्याय समाप्त भएको छ । र दक्षिणपन्थि एंव नवसंसोधन वादी नयाँ अध्याय सुरु भएको छ । नेपालि क्रान्तिका बाकि कार्यभार पुरा गर्ने उदेश्यले पुर्नगठित भएको नेकपा माओवादि लगाएत सम्पुर्ण क्रान्तिकारी र आम जनतालाई पनि अगाडि बढ्नका लागि वाटो सफा भएको छ । एमाओवादि पार्टि अव रुस, पुर्वि युरोप, भारत र पश्चिमि युरोपका सोसलिष्ट पार्टीदयको भाइचारापार्टिमा परीणत हुन पुगेको छ । र उनिहरुले यो विचार ल्याएको एमओवादिको निकै प्रससा गरीरहेका छन् ।
    एमाओवादि अहिलेसम्म एमाले भन्दा तल र काङगे्रस भन्दा अलि मार्थिको एउटा पेन्डुलम शक्तिकोरुपमा रहेको छ । संसदिय मैदान केहि क्षणको लागि एमालेसित ठुलै प्रतिष्पर्धा चल्नेछ । र एमाले झापा विद्रोहका ब्याज खाए झै एमाओवादिले पनि दश बर्षे जनयुद्धको व्याज खान निकै ठुलो कसरत गर्नुपर्ने छ । यो परी घटनाले नेपालको बर्तमान कम्युनिष्ट आन्दोलन लाई क्रान्तिकारी धारा र संशोधन वादि धाराविचको कित्ताकाट प्रष्ट पारी दिएको छ । र क्रान्तिकारी धाराकाृ नेतृत्व नेकपा–माओवादिले गर्न पुगेको र सबै खाले संसोधनवादि  धाराको नेतृत्व एमाओवादिएएमालेले गरीरहेृको जुन यर्थाथता हो तयसलाई ब्यवहारमा प्रष्ट पारी दिएको छ । नेपालि क्रान्तिको यो महान तथा जटिल यात्रामा यस्तो अनिवार्य थियो ,। त्यो भयो नै । किनकी द्वन्द्वात्मक भौतिकवादको समाज विज्ञानको नियम पनि यहि नै हो ।

No comments:

Post a Comment