Friday, March 8, 2013

विश्वका प्रमुख संशोधनवादी गद्धारहरू र दुई लाइन संघर्षको महत्व को बाँकी अंश

  मार्ताेभ
  मार्ताेभ रुसका एक क्रान्तिकारी नेता थिए ।  सन् १९०३ मा लेनिन र मार्ताेभको बीचमा पार्टी विधान, पार्टी निर्माण र परिचालनको विषयमा व्यापक विवाद भएको थियो ध्र लेनिनले कम्युनिस्ट पार्टीको सदस्यले निश्चित लेवी तिर्नुपर्दछ भन्ने प्रस्ताव गर्नुभएको थियो । मार्ताेभले यसको सोझै विरोध गरेका थिए । पार्टी, सङ्गठन र पार्टी सदस्यहरूको अधिकारहरूका बारेमा लेनिनले अघि सार्नुभएका माक्र्सवादी मान्यताहरूलाई मार्ताेभपन्थीहरूले अस्वीकार गरेका थिए । लेनिनले पार्टी सङ्गठन, सर्वहारा वर्गको नेतृत्व र सर्वहारावर्गको अधिनायकत्वबारे कडाइका साथ अघि सार्नुभएको थियो तर मार्ताेभपन्थीहरूले लेनिनले अघि सार्नुभएका सबै माक्र्सवादी मान्यताहरूलाई अस्वीकार गरेका थिएध्र लेनिन र मार्ताेभका बीच भीषण दुईलाइन सङ्घर्ष सञ्चालन भयो । त्यही मतभेदको कारण पार्टीमा विभाजन आयो । वोल्सेभिक र मेन्सेभिकको जन्म भयो । लेनिनको नेतृत्वमा वोल्सेभिक पार्टी निर्माण र परिचालन भयो भने अल्पमत परेका मार्ताेभहरूले मेन्सेभिक पार्टी चलाए । लेनिनको नेतृत्वमा सन् १९१७ मा महान् रुसी अक्टोबर समाजवादी क्रान्ति सम्पन्न भयो । यस दुईलाइन सङ्घर्षको उत्कर्षतासँगै लेनिनले लेनिनवादको प्रतिपादन गर्नुभयो ।

कार्ल काउत्स्की
(१८५४–१९३८)

        कार्ल काउत्स्की जर्मन सामाजिक जनवादीको तर्फबाट दोस्रो इन्टरनेशनलका नेता बनेका थिए । सुरूमा उनि अराजकतावादी र प्रत्यक्षवादीहरूको प्रभावमा परेका थिए । दोस्रो इन्टरनेशनलको गठन (सन् १८८९) हुने क्रममै फ्रेडरिक एंगेल्ससँग उनको मतभेद भईसकेको थियो सर्वहारावर्गको अधिनायकत्वको आलोचना गर्दै संसदवर्ग स्वार्थ देखि मुक्त हुनुपर्छ भन्ने चिन्तन अगाडी सारेका थिए । संसदिय जनवादको पक्षधर भएर सर्वहारावर्गको अधिनायकत्वको विरोध गरेका थिए । कार्ल काउत्स्की दोस्रो इन्टरनेशनलका नेता  र माक्र्सवादी विरोधी थिए । सन् १९१८ मा लेनिनले सर्वहारा क्रान्ति र गद्धार काउत्स्की भन्ने पुस्तक रचना गरेका थिए ।

अलेक्सान्द्रा एत्येन मिलेराँ
(१८५९–१९४३)

       अलेक्सान्द्रा एत्येन मिलेराँ फ्रान्सीसी राजनीतिज्ञ थिए । १९औं शताब्दीको अन्त्यतिर उनी समाजवादी पक्षधर बनेका थिए र, फान्सीसी समाजवादी आन्दोलनमा उनले एक अवसरवादी धाराको प्रतिनिधित्व गरेका थिए । उनी मन्त्रिमण्डलवादका पक्षपाती थिएध्र उनी प्रतिक्रियावादी बुर्जुवा सरकारमा सामेल भएका थिए । १९०४ मा उनलाई समाजवाद पार्टीबाट निकाला गरिएको थियो । १९२० देखि १९२४ सम्म उनी फ्रान्सीसी गणराज्यका राष्ट्रपति समेत बनेका थिए । मिलेराँ मन्त्रिमण्डलवादका प्रणेता हुन् । उनी संशोधनवादी गद्दारहरूको कोटामा पर्दछन ।

निकिता ख्रुश्चोभ
(१८९४–१९७१)

    सन् १९५३ मा स्टालिनको निधन भयो । त्यसपछि निकिता ख्रुश्चोभ सोभियत सङ्घका नेता राष्ट्रपति बन्न पुगे । १९५६ मा सोभियत कम्युनिस्ट पार्टी (वोल्सेभिक)को २० औं महाधिवेशनका आयोजना गरियो । त्यस महाधिवेशनमा मध्यरातमा ख्रुश्चोभले एउटा गोप्य रिपोर्ट पेश गरे र स्टालिनलाई खुनी, जड्याहा, जुवाडे हत्यारो आदि शब्दले गालीगलौज गर्दै विविध लाञ्छना र आरोपहरू लगाए । त्यति मात्र होइन ख्रुश्चोभले समाजवाद प्राप्तिको लागि शान्तिपूर्ण संक्रमणको बाटो र वर्ग समन्वयको बाटो अवलम्बन गर्न पुगे । उनले सम्पूर्ण जनताको पार्टी, सम्पूर्ण जनताको राज्य र शान्तिपूर्ण संक्रमणको सिद्धान्त अवलम्बन गर्दै तथा वर्गसङ्घर्ष, सर्वहारा अधिनायकत्व, सशस्त्र सङ्घर्षको सिद्धान्तका विरुद्ध भीषण हमला बोलेर ख्रुश्चोभले आधुनिक संशोधनवादलाई सोभियत समाजवादमा घुसाएर माक्र्सवाद–लेनिनवादप्रति गद्दारी गर्न पुग्यो र प्रतिक्रान्तिकारी बाटो अवलम्बन गर्न पुग्यो । ख्रुश्चोभको यो कार्यले कम्युनिस्ट आन्दोलनमा संशोधनवादी धारा अगाडि बढ्यो । र, सोभियत सङ्घलाई पुँजीवादमा पतन गराइछाड्यो । त्यसको लगत्तै माओत्सेतुङ र चिनियाँ कम्युनिस्ट पार्टीले ख्रुश्चोभी नवसंशोधनवादका विरुद्ध अन्तर्राष्ट्रिय स्तरमा महान् बहस चलायो । ख्रुश्चोभी नवसंशोधनवाद संसारका विभिन्न कम्युनिस्ट पार्टीहरूका हैजाका किटाणुझैं गरी फैलियो । अहिले पनि ख्रुश्चोभी आधुनिक संशोधनवाद विश्वसर्वहारा क्रान्तिको बाधकको रूपमा खडा हुँदै आइरहेको छ ।
ल्यू शाओ ची
(१८९८–१९६९)

  ल्यू शाओ ची चीनका राष्ट्रपतिसमेत भएका थिए । उनले १९५६ मा आयोजना गरिएको चिनियाँ कम्युनिस्ट पार्टीको आठौं महाधिवेशनमा समाजवादभित्र पुँजीवाद लागू गर्ने प्रस्ताव पेश गरेका थिए । माओत्सेतुङले समाजवादमा पनि वर्गसङ्घर्ष जारी राख्नुपर्दछ भन्ने विचार अघि सार्नुभएको थियो । माओले महान् छलाङ् भन्ने कार्यक्रम अघि सार्नुभएपछि ख्रुश्चोभका चेला ल्यू शाओ चीले तीन आधुनिकीकरण नीति अघि सारेपछि माओ र उनका बीचमा अन्तरविरोध शुरू भएको थियो । पार्टीको आठौं महाधिवेशनमा माओले समाजवादी बाटो अपनाउने, वर्गसङ्घर्ष पहिलो, उत्पादन सङ्घर्ष दोस्रो भन्ने प्रस्ताव अघि सार्नुभयो भने ल्यू शाओ चीले पुँजिवादी बाटो अपनाउने पहिलो उत्पादन सङ्घर्ष र आर्थिक क्रान्ति र दोस्रो वर्गसङ्घर्ष भन्ने ख्रुश्चोभी नीति अघि सारे । माओले भीषण दुईलाइन सङ्घर्ष सञ्चालन गर्नुभयो । ल्यू पुँजीवादपन्थी थिए । पार्टीलाई बुर्जुवाकरण गरेका कारण १९६६ देखि १९७६ सम्म माओको नेतृत्वमा महान् चिनियाँ सर्वहारा सांस्कृतिक क्रान्ति सञ्चालन गरियो । ल्यू शाओ चीलाई गद्दार घोषित गरी जेलमा हालियो र पार्टीबाट समेत निकाला गरिएको थियो ।
देङ शियाओ पिङ्
       
    देङ शियाओ पिङ दक्षिणपन्थी थिए । गद्दार ल्यू शाओ चीसँग देङलाई कारबाही गरी पार्टीबाट बर्खास्त गरिएको थियो । दशौं महाधिवेशनपछि देङ शियाओ पिङजस्ता दक्षिणपन्थी गद्दारलाई कारबाही फुकुवा गरी पुनर्संरचना गरेर पार्टीले गल्ती गरेको थियो । सन् १९७६ मा माओको निधन भयो । माओको मृत्युपछि देङ शियाओ पिङ शक्तिमा आए । माओको मृत्युभएको एक महिना नपुग्दै अक्टोबरमा चिनियाँ प्रतिक्रान्ति भयो । देङ शियाओ पिङले चार आधुनिकीकरणको सिद्धान्त अपनाइ चीनमा मिश्रित अर्थतन्त्र र खुला बजारी समाजवादको सिद्धान्त लागू गरेर चीनमा पुँजीवादको पुनस्र्थापना गरियो । चिनियाँ प्रतिक्रान्तिको प्रमुख नाइके र प्रयोगकर्ता गद्दार देङ शिओ पिङ थिए ।
        यी माथिका उल्लेखित संशोधनवादी गद्दारहरू विश्व कम्युनिस्ट आन्दोलन र सर्वहारा क्रान्तिलाई ठूलो क्षति पु¥याए । यसले नेपाली कम्युनिस्ट आन्दोलन र नेपाली क्रान्तिलाई पनि गम्भीर क्षति पु¥याएको छ । २०१३ साल वैशाख ३ गतेदेखि मनमोहन अधिकारी र डा. केशरजङ्ग रायमाझीको माध्यमबाट नेपालमा ख्रुश्चोभ पनि नवसंशोधनवाद नेपाली कम्युनिस्ट आन्दोलनमा घुस्न सफल भएको हो । पहिलो चरणमा यसले २०२०÷२०२२ सालतिर पार्टी फुटाउन सफल भयोध्र दोस्रोमा एक कालखण्डमा शक्तिशाली कम्युनिस्ट पार्टी बन्न पुगेको एमालेलाई दक्षिणपन्थी संशोधनवादी भाषमा डुबाउन सफल भयो । तेस्रो चरणमा अहिले वर्तमान नेपाली क्रान्तिको नेतृत्व गरिरहेको एकीकृत नेकपा माओवादीभित्र सुनामी तूफानी बेगका साथ सवार भइरहेको छ । समयमै यसलाई बाँदर लखेटाइ गरेर माओवादी पार्टीबाट लखेट्न सकिएन भने  नेपाली क्रान्तिलाई ठूलो नोक्सान पु¥याउने प्रबल सम्भावना छ ।
  
     नेपालका संशोधनवादीहरूका सन्दर्भमा ः

नेपाल कम्युनिस्ट पार्टीको स्थापना वि.सं. २००६ साल वैशाख १० (सन् १९४९ अप्रिल २२) गते पुष्पलाल श्रेष्ठको पहलकदमीमा भारतको कोलकत्तामा गरिएको थियो । नेपालको संस्थापक महासचिव पुष्पलाल हुनुहुन्छ । नेकपा ले २००६ साल वैशाख १२ गते एउटा प्रर्चा प्रकाशित गरेको थियो त्यसैबेला नै पार्टीले नेपाली समाजको वर्ग विश्लेषण गर्दै देश अर्धसामन्ती र अर्धऔपनेवेशिक रहेको ठहर गर्दै सामन्त, दलाल तथा नोकरशाही पूँजीपती वर्ग नेपाली जनताको प्रधान सत्रु रहेको र साम्राज्यवाद तथा विस्तारवाद आधारभूत सत्रु रहेको किटान गरेको थियो । र पार्टीको न्यूनतम कार्यक्रम नयाँ जनवादी क्रान्ति सम्पन्न गरेर जनताको जनवादी राज्य व्यवस्था स्थानिा गर्ने रहेको थियो भने अधिकतम कार्यक्रम (लक्ष्य) समाजवाद हुँदै साम्यवाद सम्म पुग्ने रहेको थियो । नेपाली कम्युनिस्ट आन्दोलनको  शैसव कालमै दक्षिणपन्थि संशोधनवाद घुस्न सफल भएको थियो त्यसैले आज आधुनिकवाद संशोधनवादहुँदै नवसंशोधनवादमा विकास गरिरहेको छ र दक्षिणपन्थि नवसंशोधनवाद नेपाली क्रान्तिको लागि बाधकको रूपमा खडा हुन पुगेको छ । नेपाली कम्युनिस्ट आन्दोलनको नेतृत्व गर्दै आएका मुख्य नेताहरूमा पुष्पलाल बाहेक अन्य सबै प्रमुख नेताहरू संशोधनवादी गद्धार बन्न पुगेका छन् । तिनीहरूको बारेमा यहाँ सामान्य चर्चा गर्न आवश्यक छ –

मनमोहन अधिकारी

वि.संं. २०१० सालमा नेकपाको प्रथम राष्ट्रिय महाअधिवेसन सम्पन्न गरियो उक्त महाधिवेशनमा दरवारीयाहरूले पार्टी नेतृत्व कब्जा गर्न सफल भए र दरबारीया मनमोहन अधिकारीलाई महासचिवमा निर्वाचित गरियो । त्यही महाधिवेसन बाटै क्रान्तिकारीहरूलाई पाखा लगाउने र नेतृत्व गर्ने तहबाट बञ्चित गर्ने षडयन्त्रपूर्ण क्रियाकलापको सुरूवात भयो । २००८ सालदेखि सरकारले नेकपालाई प्रतिबन्ध लगाउँदै आएको थियो । २०१३ साल वैशाख ३ गते तत्कालिन नेकपाका महासचिव मनमोहन अधिकारीले राजाको वैधानिकत्व स्वीकार्ने र शान्तिपूर्ण तरिका बाट समाजवादी क्रान्ति सम्पन्न गर्ने सर्तमा ५ वर्ष देखि पार्टी माथि लगाउँदै आएको प्रतिबन्ध हटाईपाउँ भनेर सरकारलाई चिठी लेखेर पठाए । २०१३ साल वैशाख ४ गते सरकारले पार्टी माथी लगाएको प्रतिबन्द हटाइएको थियो । यसरी वर्गसंघर्षको कार्यदिशा परित्याग गरेर वर्गसमन्वय, संशोधनवादी नीति विधिवत रूपमा अंगालेर नेपाली कम्युनिस्ट आन्दोलनलाई दक्षिणपन्थी संशोधनवादको दल–दलमा फसाउने पहिलो संशोधनवादी नेता मनमोहन अधिकारी हुन् । माले र माक्र्सवादीको एकता पश्चात २०४७ सालदेखि मनमोहन अधिकारी एमालेका अध्यक्ष बनेका थिए भने २०५१ सालको मध्यावधी आम निर्वाचनबाट एमालेको तर्फबाट नेपालको प्रधानमन्त्रीमा समेत निर्वाचीत भएका थिए । 
डा. केशरजंग रायमाझी

डा. केशरजंग रायमाझी दरवार परस्त नेता थिए । २०१४ सालमा सम्पन्न नेकपाको दोस्रो महाधिवेसन बाट उनि पार्टीको महासचिवमा निर्वाचीत भए । २०१७ साल पौष १ गते तत्कालिन राजा महेन्द्रले सैनिक ‘कुु’ गरि बहुदलीय व्यवस्थालाई अपदस्त गरि निरंकुश पञ्चायती व्यवस्थाको स्थापना गरेका थिए । उक्त शाही कदमलाई डा. केशरजंग रायमाझीले राजाको ‘शाहासी कदम’ भनेर स्वागत गरेका थिए । रायमाझीले नेकपालाई दरबारमा बुझाउने कोशिष गरेका थिए । २०१९ सालमा सम्पन्न नेकपाको तेस्रो महाधिवेसनले डा. केशरजंग रायमाझीलाई राजावादी गद्धार घोषितगरि पार्टीबाट निश्काषित समेत गरेको थियो । पछिसम्म उनले रायमाझीको नामबाट कम्युनिस्ट सञ्चालन गर्दै आएका थिए । राजतन्त्रले रायमाझीलाई राजपरिषदको सभापती बनाएको थियो । उनी दरबारको पहरेदार बनेका थिए । २०४६ सालको राजनीतिक परिवर्तन पछि राजतन्त्रले रायमाझीलाई नेपालको शिक्षा मन्त्री समेत बनाएको थियो ।
तुलसीलाल अमात्य

२०१९ सालको नेकपा को तेस्रो राष्ट्रिय महाधिवेशनले तुलसीलाल अमात्यलाई महासचिवमा निर्वाचीत गरेको थियो । त्यस महाधिवेशनले नेपाली नयाँ जनवादी क्रान्तिको शसस्त्र क्रान्तिको कार्यदिशालाई परित्याग गरि ‘राष्ट्रिय प्रजातन्त्र’ नाम दिइएको पूँजीवादी संसदीय कार्यदिशा पारित गरेको थियो । तुलसीलाल अमात्य संशोधनवादी नेता थिए । विचारविहिन नेतृत्वले सहि नेतृत्व प्रदान गर्न सकेन र २०२०–२०२१ सालतिरबाट नेपाल कम्युनिस्ट पार्टीभित्र टुट–फुट र विभाजनको श्रृङ्खला सुरू भयो । त्यसबेला देखि विभाजीत भएको नेपाली कम्युनिस्ट आन्दोलन अहिले सम्म पनि विभाजीत अवस्थामै छ । तुलसीलाल अमात्यले पछि सम्म पनि पार्टी छुटटै पार्टी चलाउँदै आएका थिए । २०४८ सालपछि उनि एमालेमा बिलय भएका थिए । उनलाई एमालेले चीनको राजदुत बनाएर पठाएको थियो ।

        मोहनविक्रम सिंह

मोहनविक्रम सिंह नेपाली कम्युनिस्ट आन्दोलनका अर्का एक जडसुत्रियसंशोधनवादी तथा संकिर्णवादी नेता हुन् । २०१७ सालपछि उनि लामो समयसम्म जेलमा बसे । वि.सं. २०२७ मा जेलबाट मुक्त भए । २०२८ सालमा उनले न्यूक्लसको गठन गरे । वि.सं. २०३१ सालमा नेकपाको चौंथो महाधिवेशन सम्पन्न गरियो । त्यस महाधिवेशनले मोहनविक्रम सिंहलाई महामन्त्रीमा निर्वाचीत ग¥यो । चौमको विभाजन पछि नेकपा (मशाल)को गठन भयो । २०४१ सालमा पार्टीको महाधिवेशनले उनलाई पार्टीबाट निश्कासन ग¥यो । उनले छुटट्ै नेकपा पातलो (मशाल)को गठन गरे । अहिले उनि नेकपा (मसाल)को महामन्त्री छन् ।
मदनकुमार भण्डारी
    मदन भण्डारी नेकपा एमालेका महासचिव हुन् । उनी नेकपा माले २०४६ सालमा सम्पन्न चौंथो राष्ट्रिय महाधिवेशन र २०४९ सालमा सम्पन्न पाँचौं राष्ट्रिय महाधिवेशनबाट दुई–दुई पटक एमालेको महासचिवमा निवार्चीत भएका थिए । वि.शं. २०४९ सालमा एमालेको पाँचौं महाधिवेशन बाट मदन भण्डारीले ‘जनताको बहुदलीय जनवाद’ नामक नेपाली क्रान्तिको नविनतम कार्यक्रम भन्दै खुश्चेवी आधुनिक संशोधनवादी लाईन पारित गराउन सफल भएका थिए । ‘जनताको बहुदलीय जनवाद’ खुश्चेवी आधुनिक संशोधनवादको नेपाली संस्करण थियो । उनी भारत विरोधी राष्ट्रवादी नेता थिए । २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा रहस्यमय जीप दुर्घटना द्वारा उनको हत्या गरिएको थियो । उनका हत्याराहरूको पत्ता लागिसकेको छैन् ।
प्रचण्ड–बाबुराम

पुष्पकमल दाहाल ‘प्रचण्डु एकीकृत नेकपा (माओवादी) का अध्यक्ष हुन भने डा. बाबुराम भटट्राई एमाओवादी पार्टीको उपाध्यक्ष  र हाल नेपाल सरकारका वर्तमान कठपुतली प्रधानमन्त्री हुन् । प्रचण्ड–बाबुरामले १० वर्से सशस्त्र जनयुद्धको नेतृत्व समेत गरेका थिए । प्रचण्ड–बाबुराम वर्तमान नेपाली कम्युनिस्ट आन्दोलनका नवसंशोधनवादी प्रमुख पात्र हुन् । प्रचण्ड–बाबुरामले २०६२ असोज–कात्तिकमा सम्पन्न पार्टीको बहुचर्चीत चुनवाङ् बैठकबाट सशस्त्र संघर्षको नेपाली नयाँ जनवादी क्रान्तिको कार्यदिशालाई परित्याग गरि लोकतान्त्रिक गणतन्त्र सम्बन्धीत पूँजीवादी, संसदवादी, बहुलवादमा आधारित कार्यदिशा पारित गराउन सफल भएका थिए । त्यसपछि उनिहरूले भारतिय विस्तारवादको निर्देशनमा २०६२ मंसिर ७ गते सात पुराना संसदवादी दलहरूसँग राष्ट्रघाती १२ बुँदे समझदारी भारतमा गरेका थिए । शान्ति प्रक्रियामा सामेल भए पश्चात २०६३ मंसिर ५ गते नेपाल सरकारसँग बृहत शान्ति–सम्झौता गर्ने क्रममा १० वर्से सशस्त्र जनयुद्ध समाप्त भएको घोषणा गरेका थिए । १० वर्से जनयुद्धले निर्माण गरेका आधार इलाकाहरू, जनअदालत, जनकम्युन र जनसरकारको खारेजी गरेका थिए । पार्टीले पारित गरेको नेपाली क्रान्तिको जनविद्रोहको क्रान्तिकारी कार्यनीतिलाई परित्याग गरि ुशान्ति र संविधानु सम्बन्धी सुधारवादी–पूँजीवादी–संसदवादी कार्यदिशा पकडन पुगेका थिए । भारतीय विस्तारवादको निर्देशन र योजनामा मधेसवादी दलहरूसित राष्ट्रघाती चार बुँदे सम्झौता गरेर सरकारमा पुग्न सफ भएका हुन् । तिनीहरूले भारतीय शाषकहरूसित घाँटी जोडेर राष्ट्रघाती विप्पा सम्झौता गरे । जनमुक्ति सेनाको विधिवत रूपमा विघटन र विर्सजन गराए । जनताको बलिदान बाट प्राप्त हतियार दुश्मनलाई बुझाएर जनताको वास्तविक संविधान बनाउने कार्यलाई लथालिड्ड–भताभुड्ड पार्दै २०६९ जेठ १४ गते राती संविधानसभाको अन्त्यष्ठि गरिदिए । उनिहरूले पार्टीलाई विर्सजन गराउने प्रयत्न गरे क्रान्तिकारी माक्र्सवाद र नेपाली क्रान्तिप्रति गद्धारी गरे पश्चात प्रचण्ड–बाबुराम नवसंशोधनवादका मुख्य पात्र र लालगद्धार घोषित भइसकेका छन् ।
उपसंहार
    क्रान्तिका निम्ति क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टीको आवश्यकता अनिवार्य शर्त हुन् जो सर्वहारा वर्गका महान् गुरूहरूले व्याख्या गर्नसक्नुभएको छ  । अर्को माक्र्सवादको सार्वभौम नियम के हो भने क्रान्तिकारी माक्र्सवाद र संशोधनवाद एकै ठाउँमा बस्न सम्भव हुँदैन  । पार्टीभित्र उत्पन्न भएका दक्षिणपन्थी संशोधनवादलाई परास्त नगरीकन, संशोधनवादसँग सम्बन्ध बिच्छेद नगरीकन क्रान्तिकारी पार्टी निर्माण गर्न सम्भव पनि हुँदैन र क्रान्तिकारी पार्टीबिना क्रान्ति सम्पन्न गर्न सम्भव हुने कुरा ज्ञातै छ  । माक्र्स–एंगेल्सहरूले पनि संशोधनवाद, अवसरवाद र अराजकतावादलाई परास्त गरेर मात्र माक्र्सवादको रक्षा र विकास गर्नुभएको थियो । लेनिन र माओले पनि सबैखाले संशोधनवाद र अवसरवादलाई परास्त गरेर ती विचारहरूसँग सम्बन्धविच्छेद गरेर मात्र नयाँ ढंगबाट क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माण गरेर मात्र रूस र चीनमा क्रान्ति सम्पन्न गर्नुभएको थियो । नेपालमा पनि २०५१ सालमा पार्टीभित्रको अवसरवादी एवम संशोधनवादीहरूसँग सम्बन्ध विच्छेद गरेर नयाँ ढंगबाट क्रान्तिकारी पार्टी निर्माण गरेर नेकपा (माओवादी) ले दश वर्षसम्म जनयुद्ध सञ्चालन गरेको थियो । विश्व कम्युनिस्ट आन्दोलनको क्रान्तिकारी धाराको इतिहास यस्तै छ । संशोधनवादीहरूसँग कडा वैचारिक संघर्ष गरेर मात्र नयाँ ढंगबाट पार्टी निर्माण गर्न सकिन्छ  । यही पद्दतिबाट मात्र सर्वहाराको विकास हुन्छ । यस विषयमा फ्रेडरिक एंगेल्सले भन्नुभएको छ – ‘सर्वहारा वर्गको विकास जहाँकही पनि आन्तरिक संघर्षको बीचबाट नै अगाडि बढ्छ । जस्तो कि माक्र्स र म आफैंले पनि अरू कसैसँग भन्द बढी नक्कली समाजवादीहरूका विरूद्ध जीवनमा कठिन लडाइ लडेका थियौं ।ु एंगेल्सको यो भनाई दुईलाइन संघर्ष र नयाँ ढंगबाट पार्टी निर्माणको सवाल र सर्वहारा वर्गको विकासको निम्ति ज्यादै सारगर्भित रहेका छन् ।
    यी माथिका तथ्यहरूलाई केन्द्रविन्दुमा राख्दै तथा विश्व कम्युनिस्ट आन्दोलन र आफ्नै देशको कम्युनिस्ट आन्दोलनको दुईलाइन संघर्षको इतिहासबाट शिक्षा लिंदै नवसंशोधनवादसँग सम्बन्धविच्छेद नगरी नयाँ ढंगबाट पार्टी निर्माण गर्न संभव नहुने र यस प्रकारको पार्टी बिना नयाँ जनवादी क्रान्ति सम्पन्न गरी समाजवाद र साम्यवादको दिशातिर अगाडि बढ्न सम्भव नहुने भएकोले नै नेपाली क्रान्ति सम्पन्न गर्ने महान् उद्देश्यका साथ नवसंशोधजवादसँग सम्बन्ध बिच्छेद गरेर नेकपा–माओवादीको पुनर्गठन गरिएको तथ्यलाई कसैले नर्का सक्दैन् । नयाँ ढंगबाट कम्युनिस्ट पार्टी निर्माण गर्ने द्वन्द्ववादलाई सबैले यसरी बुझ्न जरूरी छ । सबैखाले संशोधनवादलाई परास्त गरेर मात्र क्रन्तिलाई विजयमा पु¥याउन सकिन्छ । क्रान्तिकारीहरूले सम्झौताहिन दुईलाइन संघर्ष सञ्चालन गरेर मात्र सबैखाले संशोधनवादलाई परास्त गर्न सकिन्छ  ।  विश्वका क्रान्तिकारीहरूले यहि पद्धती अपनाएर मात्रै क्रान्ति सम्पन्न गरेका इतिहासहरू साक्षी छन् ।
सन्दर्भ–सामग्रीहरू ः
१. कार्ल माक्र्स–पूजी खण्ड– १
२. फ्रेडरिक एंगेल्स–ड्युहरिङ मतखण्डन
३. माक्र्स–एंगेल्स–संकलित रचना संग्रह – खण्ड– १
४. लेनिन संकलित रचनासंग्रह–भाग १९
५. माक्र्स–एंगेल्स–संकलित रचना संग्रह खण्ड– २०
६. लेनिन–एकपाईला अगाडी दुई पाईला पछाडि
७. माओत्सेतुङ्–चुनिएका रचनाहरू भाग– १, २, ३ र ५
८. महान् रूसी अक्टोवर क्रान्तिको क्रान्तिको इतिहास
९. चिनियाँ नयाँ जनवादी क्रान्तिको इतिहास
१०. महान् चिनियाँ सर्वहारा साँस्कृतिक क्रान्तिको इतिहास
११. मोहन वैद्य ुकिरणु माक्र्सवादी दर्शन
१२. महान बहस
१३. हस्तबहादुर के.सी. माक्र्सवादी दर्शनशास्त्रको रूपरेखा
१४. नेकपा (माओवादी)का ऐतिहासिक दस्तावेजहरू
१५. नेकपा–माओवादीका दस्तावेज–२०६९

विश्वका प्रमुख संशोधनवादी गद्धारहरू र दुई लाइन संघर्षको महत्व

विषय प्रवेश
    माक्र्सवाद विश्व जनक्रान्ति र विश्व सर्वहारा वर्गको मुक्तिको पथप्रदर्शक सिद्धान्त हो । माक्र्सवादको प्रतिपादन हुनु पूर्व नै विश्वसर्वहारा वर्ग अर्थात औधोगिक मजदूर वर्गको जन्म भइसकेको थियो । १७ औं र १८ औं शताब्दीबाट पश्चिमी यूरोप र अमेरिकामा सँ–सँगै जसो पूँजीवादको जन्म र विकास भयो । त्यही पूँजीवादको गर्वबाट औधोगिक मजदूर वर्ग अर्थात विश्व सर्वहारा वर्गको जन्म भयो । युरोपका बेलायत, जर्मनी, फ्रान्स जस्ता देशहरूमा मजदूरहरुले पूँजीपती वर्गका र सिड्डो पूँजीवादका विरूद्ध ठूदा–ठूला संघर्ष गर्दै आएका थिए ।
    १६ औं शताब्दी देखि विकसीत भएको ब्रिटेनको औधोगिक क्रान्तिले ठूला मात्रामा किसान र शिल्पकारलाई मजदूर तथा सर्वहारा वर्गमा परिणत गरिदिएको थियो । त्यसपछि स्पष्ट रूपमा पूँजीपति वर्ग र मजदूर वर्गका बिचमा वर्ग संघर्ष चर्कन थाल्यो । मजदूर वर्गले आफ्नो दुरावस्थाबाट पार पाउनका लागि मेशिन तोड (लुडाइट)  आन्दोलन सुरू ग¥यो । सन १८११–१८१२ मा बेलायतका मजदूरहरूले स्वतस्र्फुत ढंगले मेसिन (लुडाइट) आन्दोलन चलाएका थिए । आन्दोलन माथी पूँजिपती वर्गले निर्मम दमन चलाएका थियो । त्यस त्रासदीपूर्ण र क्रुर दमनबाट शिक्षा प्राप्त गरेर सन् १८१३ देखि बेलाउतका मजदूरहरू संगठीत हुन थालेका थिए ।
    सन् १८३१ मा फ्रान्सको लियो शहरका कारखानामा कपडा बुन्ने मजदूरहरूले पूँजिपती वर्गका विरूद्ध विद्रोह गरेका थिए । सन् १८३२ देखि सन् १८४२ सम्म लगातार रूपमा बेलायतका मजदूरहरूले मागपत्र (चाटिष्ट) आन्दोलन सुरू गरेका थिए । लाखौं मजदूरहरू सहभागी रहेको उक्त आन्दोलन सन् १८४२ सम्म चलेको थियो र त्यस आन्दोलन माथि पूँजिवादी शाषकहरूले क्रुरतापूर्वक दमन गरेको थियो । र हजारौं मजदूरहरू मारिएका थिए ।
    सन् १८३२ मै पेरिसका मजदूरहरूले विद्रोह गरेका थिए । सन् १८४४ मा जर्मनीको शिलेसिया शहरमा कपडा बुन्ने मजदूरहरूले पनि पूँजिपती वर्गका विरूद्ध विद्रोह गरेका थिए । तर ती सबै मजदूर आन्दोलनहरूलाई मार्ग निद्रेशन र पथप्रर्दशन गर्ने वैज्ञानिक तथा क्रान्तिकारी सिद्धान्तको अभावमा सबै मजदूर आन्दोलनहरू असफलतामा टुंगिएका थिए ।
    जब कार्ल माक्र्स र फ्रेडरिक एंगेल्सले कम्युनिस्ट घोषणापत्र मार्फत सन् १८४८ मा माक्र्सवादको प्रतिपादन गरे तब मात्र सर्वहारा मजदूर वर्गले आफ्नो वर्गको मुक्तिको वैज्ञानिक तथा क्रान्तिकारी सिद्धान्त माक्र्सवादको रूपमा प्राप्त गर्न सफल भयो ।
    माक्र्सवादको अम्युदयपश्चात सन् १८४९ र १८५२ पछि युरोपका विभिन्न मूलुकहरूमा ठूला–ठूला मजदूर आन्दोलनहरू भएका थिए । तर ती सबै मजदूर आन्दोलनहरू पनि असफलतामा टुंगिएका थिए । सन् १८६४ मा लण्डनमा पहिलो कम्युनिस्ट अन्तर्राष्ट्रिको उदघाटन भाषणमा वैज्ञानिक साम्यवादका प्रर्वता कार्ल माक्र्सले ती सबै आन्दोलनहरू असफल हुनुको पछाडि शिक्षाको अभाव रहेको बताएका थिए । सन् १८७१ मा पेरिसका मजदूरहरूले पेरिस कम्युनको निर्माण गरेका थिए । पेरिस कम्युन विश्व सर्वहारा वर्गको पहिलो अधिनायकत्व थियो । पेरिस कम्युनका निर्माताका कतिपय आन्तरीक कमजोरीका कारणले प्रतिक्रियावादी शक्तिले कम्युनका विरूद्ध हमला ग¥यो र प्रतिक्रान्तिकारीहरू हमलाका कारण ७२ औं दिनपछि पेरिसका महान् मजदूरहरूले निर्माण गरेको महान् पेरिस कम्युन र विश्व सर्वहारा वर्गको पहिलो अधिनायकत्व ढल्यो । निर्माण भएको ७२ औं दिनमै पेरिस कम्युन पतन हुनुको पछाडीका कमजोरीहरू बारे औल्याउँदै माक्र्सले सर्वहारावर्गको अधिनायकत्वको बारेमा अत्यन्तै महत्वपूर्ण सिद्धान्तको प्रतिपादन गर्दै ठूलो ग्रन्थ प्रकाशित गर्नु भएको थियो ।
    माक्र्सवादले जन्माएको छोटै अवधिमा माक्र्सवादी विरोधी धाराको जन्म भएको थियो । माक्र्स एंगेल्सले आफ्नो पालामा माक्र्सवाद भित्र घुस्न सफल भएका अवसरवाद, अराजकतावाद र उग्रपन्थि विचार प्रणालीहरूलाई धोस्त पार्दै माक्र्सवादको रक्षार विकास गर्नुभएको थियो । त्यस्तै लनिनले पनि आफ्ना देखा परेका खासगरि दोस्रो अन्तर्राष्ट्रिय संशोधनवादी गद्धारहरूको विरूद्ध भिषण दुईलाइन संघर्ष चलाउनु भयो र  संशोधनवादहरूसँग सम्बन्ध बिच्छेद गरेर नयाँ ढंगको क्रान्तिकारी वोल्सेविक कम्युनिस्ट पार्टी निर्माण गर्नुभयो । सन् १९१७ मा महान् सोभियत अक्टोवर समाजवादी क्रान्ति सम्पन्न गर्नुभयो ।
    चिनमा माओले दक्षिणपन्थि अवसरवाद, संशोधनवाद, उग्रबामपन्थी लाईनका विरूद्ध भिषण संघर्ष गर्दै ति सबैखाले संशोधनवादी तथा अवसरवादी विचारहरूलाई धोस्त पार्दै महान् चिनियाँ नयाँ जनवादी क्रान्तिको नेतृत्व गर्नुभयो र सन् १९४९ मा आफ्नै नेतृत्वमा महान् चिनियाँ जनवादी क्रान्ति सम्पन्न गर्नुभयो र मुलुकलाई वैज्ञानिक समाजवादतिर प्रवेश लगतै चिनियाँ कम्युनिस्ट पार्टीको उच्चतहमा पुग्न सवल भएको खुश्चोवी आधुनिक संशोधनवादीहरूको भिषण दुईलाइन संघर्ष मात्र गर्नुभएन की बुर्जुवा ‘हेड क्वाटरमा बमवार्ड गर’, ‘विद्रोह गर्नु जनताको अधिकार हो’ भन्ने आह्वान गर्दै सन् १९६६ देखि सन् १९७६ सम्म महान् चिनियाँ सर्वहारा साँस्कृतिक क्रान्ति सम्पन्न गर्नुभयो ।
    नेपाली कम्युनिस्ट आन्दोलनभित्र नेपालका क्रान्तिकारी कम्युनिस्ट क्रान्तिकारीहरूले आन्दोलनभित्र घुस्न सफल भएका सबैखाले संशोधनवादीहरूका विरूद्ध वैचारिक संघर्ष चलाउँदै आएका छन् । महान् १० वर्से जनयुद्धको नेतृत्व गर्दै आएको नेकपा (माओवादी)को मुख्य नेतृत्व खासगरि पुष्पकमल दाहाल प्रचण्ड र बाबुराम भटट्राई शान्ति प्रक्रियामा देखि नै दक्षिणपन्थि संशोधनवादी बाटो पकडन पुगेका र पछिल्लो अवधिमा आएर नवसंशोधनवादमा नै पतन हुन पुगेपछि एकीकृत ने.क.पा. (माओवादी) भित्र पार्टीका वरिष्ठ नेता मोहन वैद्य किरणको नेतृत्वमा लामो समयसम्म दुईलाइन संघर्ष तथा विचारधारात्मक अन्तरसंघर्ष भिषण रूपमा सञ्चालन हुन पुग्यो तर प्रचण्ड–बाबुरामको नवसंशोधनवादी लाईन र विचारमा कुनै हालतमा रूपान्तरण हुन नसकेपछि गत ०६९ असार ४ गते उक्त एमाओवादी भित्रको नवसंशोधनवादी गुटसित र नवसंशोधनवादका विरूद्ध सम्बन्ध बिच्छेद गरेर ने.क.पा. – माओवादीको पुनर्गठन हुन पुग्यो र अहिले नेकपा–माओवादीले नेपाली क्रान्तिलाई बिजयको दिशातिर अगाडि बढाउनका निम्ती संघर्ष र संगठनका कार्यक्रमहरूलाई अगाडि बढाइरहेको छ । नयाँ ढंगको क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माणको महान् अभियानमा लागिरहेको छ ।
    आज विश्व सर्वहारा वर्गको मुक्तिको सिद्धान्त माक्र्सवादको प्रतिपादन भएको र विश्व कम्युनिस्ट आन्दोलन सुरु भएको १६५ वर्ष पुरा भइसकेको छ । अर्थात आज विश्व कम्युनिस्ट आन्दोलनले १६५ वर्ष पार गरिसकेको छ । यति लामो एतिहासिक अवधिमा यस आन्दोलनभित्र वर्गसंघर्ष र अन्र्तसंघर्षका अनेकौं जटिल वाड्डा–टिड्ड र कहालीलाग्दा घुम्तिहरू रहेका छन् । अन्ततः सारमा यस आन्दोलन भित्र क्रान्तिकारी र संशोधन दुई परस्पर विरोधी धारकै द्वन्द प्रमुख बन्दै आएको छ । आज विश्व कम्युनिस्ट आन्दोलनको दक्षिपन्थी सुधारवादी धारले आफुलाई विजातीय कित्तामा सामेल गर्दै प्रतिक्रान्तिको बाटो भएर आधुनिक संशोधनवादी एवम नवसंशोधनवादी धारमा गुणात्मक फड्को हान्न पुगेको छ भने यसको बिपती विश्व कम्युनिस्ट आन्दोलनको क्रान्तिकारी धार आज माक्र्सवादी–लेनिनवादी र माओवादीका रूपमा गुणात्मक ढंगले विकसित हुँदै अगाडि बढिरहेको छ ।
    तस्रो अन्तर्राष्ट्रियको विघटन पश्चात विश्व कम्युनिस्ट आन्दोलन नेतृत्व विहिन हुन बाधय भो तर सन् १९८४ मा विश्वका क्रान्तिकारी कम्युनिस्टहरूले क्रान्तिकारी अन्तर्राष्ट्रिय आन्दोलन रिमको निर्माण गर्न पुगे र विश्वका क्रान्तिकारीहरू रिम कै नेतृत्वमा संगठित हुँदै आएका छन्  । यति भएर पनि विश्व क्रान्तिको निम्ती आधारभूत रूपमा वस्तुगत परिस्थिती अनुकुल बन्दै गइरहेको भएता पनि आत्मगत शक्ति अत्यन्तै कमजोर भएकै कारण विश्व क्रान्तिले विजय प्राप्त गर्न सकिरहेको छैन् र विश्व क्रान्तिको निम्ती सबैखाले संशोधनवादहरू वाधकका रूपमा खडा हुन आएको हुँदा यसका विरूद्ध विस्तारवादमै क्रान्तिकारीहरूले दुईलाईन संघर्ष विचारधारात्मक अन्तरसंघर्षलाई भिषण रूपमा गाडी बढेर मात्र विश्व क्रान्तिलाई विजयको दिशातिर अगाडि बढाउन सकिनेछ ।  
माक्र्सवादको  जन्म र विकास ः

 सन् १८४७ नोभेम्वरमा लण्डनमा कम्युनिस्ट लिगको दोस्रो सम्मेलनको आयोजना गरिएको थियो । उक्त सम्मेलनमा कार्ल माक्र्स र फ्रेडरिक एंगेल्स सहभागी हुनु भएको थियो  । कम्युनिस्ट लिगको उक्त दोस्रो सम्मेलनले माक्र्स र एंगेल्सलाई कम्युनिस्ट घोषणापत्रको मस्यौदा तयार पार्ने जिम्मा दिएको थियो । माक्र्स र एंगेल्सले एक वर्ष लगाएर कम्युनिस्ट घोषणापत्रको मस्यौदा तयार पार्नुभयो र सन् १८४८ फ्रेवूअरी १२ का दिन विश्वविख्यामत कम्युनिस्ट घोषणापत्र जारी गर्नुभयो जो समग्रमा माक्र्सवादका रूपमा प्रतिपादित हुन पुग्यो । र माक्र्सवाद विश्व सर्वहारावर्गको मुक्तिको सैद्धान्तिक अस्त्र बन्न पुग्यो ।
माक्र्सवाद सर्वहारा क्रान्तिको विज्ञान हो । यो पूँजीवादको प्रारम्भिक अवस्थामा विकसीत भएको हो । यसका दर्शन, राजनीतिक अर्थशास्त्र र समाजवाद गरि तीन संघटक अड्ड रहेका छन् । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद, अतिरिक्त मूल्यको सिद्धान्त, वर्गसंघर्ष तथा इतिहासमा बल प्रयोगको भूमिका र वैज्ञानिक समाजवाद तथा साम्यवाद यसका आधारभूत मान्यता हुन् । अर्थात प्रकृति, समाज, राज्य व्यवस्था आदिबारे कार्ल माक्र्स र फ्रेडरिक एंगेल्सले महान् खोज र प्रयोगद्वारा निकाल्नु भएको वैज्ञानिक तथा क्रान्तिकारी विचार, सिद्धान्त र व्यवहारलाई माक्र्सवाद भनिन्छ । माक्र्सवादले पूँजिपती वर्गको राज्य व्यवस्थालाई ध्वस्त पारी त्यस ठाउँमा सर्वहारा श्रमजीवी वर्गको राज्य व्यवस्था स्थापना गर्ने सही तथा क्रान्तिकारी बाटो देखाउँदछ । माक्र्सवादको दर्शन द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शन हो । यो दर्शनको सिद्धान्त भौतिकवाद हो ।
    माक्र्सवादको अहिले माक्र्सवाद–लेनिनवाद–माओवादमा गरि तीन गुणात्मक चरणमा विकसीत भइसकेको छ । माक्र्सवादको बारेमा माथि नै बताइएको छ । लेनिनको भनाई अनुसार माक्र्सवाद भनेको माक्र्सका विचार उनका शिक्षाको व्यवस्थित श्रृङ्खला हो । माक्र्सवादको निर्माण दर्शन, राजनीतिक अर्थशास्त्र र समाजवादका तीन संघटक तत्वहरूको संश्लेषणबाट भएको छ । माक्र्सवादको दर्शन द्वन्द्वात्मक तथा भौतिकवादी दर्शन हो । यसले पदार्थ, प्रकृति वा सामाजिक सत्तालाई पहिलो र चेतना विचार वा सामाजिक चेतनालाई दोस्रो स्थानमा राख्छ । यसले चेतनालाई वस्तुजगतको आत्मीक प्रतिविम्वन मान्दछ र विश्वलाई बोधगाम्य बताउँदछ । माक्र्सवादी दर्शनको पद्धति द्वन्द्वात्मक हो । माक्र्सको राजनीतिक अर्थशास्त्र श्रमको मूल्य सिद्धान्त र अतिरिक्त मूल्यको सिद्धान्तमा आधारित रहेको छ । माक्र्सको वैज्ञानिक समाजवाद वर्गसंघर्ष, इतिहासमा बल प्रयोगको भूमिका, सर्वहारावर्गको अधिनायकत्व र साम्यवादका आधारभूत मान्यताद्वारा निर्मित्त भएको हो ।
    माक्र्सवादको गुणात्मक विकासको दोस्रो चरण लेनिनवाद हो । पूँजिवादले साम्राज्यवादमा प्रवेश गर्नु, उत्पादक शक्ति ,सर्वहारा आन्दोलन तथा ज्ञान–विज्ञानका विविध क्षेत्रमा थप प्रगती हुँदै जानु र यस प्रकारको नयाँ परिस्थिती अनुरूप माक्र्सवादलाई नयाँ उचाईमा विकसीत गर्नु पर्ने ऐतिहासिक आवश्यकताका बिचबाट लेनिनवादको जन्म भएको हो । साम्राज्यवाद र संशोधनवादको चिरफार गर्दै क्रान्तिका कामहरूलाई अगाडी बढाउनु पर्ने आवश्यकताको परिपूत्र्ति लेनिनवाद बाट भयो । लेनिनले सुरूमा सन् १९१७ मा महान् अक्टुवर समाजवादी क्रान्ति सम्पन्न गरेर माक्र्सवादको सफल प्रयोग गर्नुभयो । यसै क्रममा लेनिनले सन् १९१९ मा तेस्रो अन्तर्राष्ट्रियको गठन गर्नुभयो । लेनिनवादका बारेमा स्टालिन भन्नुहुन्छ – ‘लेनिनवाद भनेको साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगको माक्र्सवाद हो । अझ खसोखास भन्ने हो भने लेनिनवाद भनेको सामान्यत सर्वहारा क्रान्तिको सिद्धान्त तथा कार्यनीति विशेषतः सर्वहारावर्गको अधिनायकत्वको सिद्धान्त र कार्यनीति हो ।’
    लेनिनवादका शिक्षाका बारेमा माओले भन्नुहुन्छ – लेनिनवादको सिद्धान्त्ले माक्र्सवादको विकास गरेको छ । यो कुन कुराको सन्दर्भमा भएको छ भने प्रथम विश्वदृष्ट्रिकोणमा, भौतिकवाद र द्वन्द्ववादमा दृतिय क्रान्तिकारी सिद्धान्त र कार्यनीतिमा विशेषतः वर्गसंघर्ष सर्वहारावर्गको अधिनायकत्व र सर्वहारावर्गको राजनीतिक पार्टीका प्रश्नहरूमा र यसका साथै समाजवादी निर्माणमा लेनिनका शिक्षाहरू रहेका छन् । अन्ततः माक्र्सवादी लेनिनवादी विश्वदृष्ट्रिकोणलाई क्रान्तिको कार्यदिशासँग गाँस्ने वर्गदुश्मन तथा संशोधनवादका विरूद्ध वर्गसंघर्ष र दुईलाइन संघर्षका समस्याहरूको समाधान गर्दै समाजवादको स्थापना तथा निर्माण गर्ने क्रममा लेनिनको भूमिका अद्वितीय रहेको छ ।
    माक्र्सवाद लेनिनवादको गुणात्मक विकासको तेस्रो र नयाँ चरण माओवाद हो । सामन्तवादी–साम्राज्यवादी शोषणको दोहोरो उत्पिडनबाट आक्रान्त, अविकसीत देशहरूमा क्रान्तिका समस्याहरूको समाधान गरिनु पर्ने, स्टालिनको मृत्युपश्चात रूस एवम् पूर्वि यूरोपका कयौं देशहरूमा पूँजिवादको पुन स्थापनाका कारणहरूको खोजगरि त्यसबाट शिक्षा लिनुपर्ने तथा त्यसबाट उत्पन्न समाजवादी समाजका अन्तर्विरोधीहरूको समाधान गर्नुपर्ने र आधुनिक संशोधनवादका विरूद्धको लडाई लड्नुपर्ने ऐतिहासिक आवश्यकताको पृष्ठभूमिमा माओद्वारा माक्र्सवाद–लेनिनवादको थप परिमार्जन तथा विकास गरि त्यसलाई माक्र्सवाद–लेनिनवादको तेस्रो, नयाँ र गुणात्मक उचाईमा पु¥याउने काम भयो ।
    द्वन्द्वात्मक भौतिकवादको सारतत्वको रूपमा अन्तर्विरोधको नियम, बिपरितहरूको एकताको नियमको उदघाटन र व्याख्या एकको दुईमा विभाजन हुन्छ भन्ने कुराको समृद्ध व्याख्या र प्रयोग ज्ञान–सिद्धान्तको क्षेत्रमा पदार्थको चेतना र चेतनाको पदार्थमा रूपान्तरणको दुई छलाङ्को सिद्धान्तको विकास र व्याख्या, आधार र उपरी संरचना, उत्पादक शक्ति र उत्पादन सम्बन्ध, सिद्धान्त र व्यवहारबिचको द्वन्द्वात्मक सम्बन्धको व्याख्या, विवेचना र परीमार्जन, नयाँ जनवाद, दिर्घकालिन जनयुद्ध, नोकरशाही पूँजिवाद, सर्वहारा अधिनायकत्व अन्र्तगत क्रान्तिको निरन्तरताको सिद्धान्त तथा महान् सर्वहारा साँस्कृतिक क्रान्तिको सिद्धान्तको प्रतिपादन तथा प्रयोग, वर्ग संघर्षलाई मूख्य कडी मान्ने, दर्शनलाई जनसमूदायमा पु¥याउनु पर्ने कुरामा जोड, विश्वदृष्ट्रिकोण र कार्यदिशा बिचको अन्तर्सम्बन्धको प्रस्तुती, वर्गसंघर्ष तथा दुईलाइन संघर्षको समस्याहरूको समाधानका लागि रणनीति तथा तथा कार्यनीतिको विकास र संशोधनवादका विरूद्ध निर्मम संघर्ष आदिमा माओको योगदान अद्वितीय रहेको छ । अतः माक्र्सवाद–लेनिनवाद–माओवाद आज विश्वसर्वहारावर्गको मुक्तिको सैद्धान्तिक अस्त्र र पथप्रदशक सिद्धान्त बन्न पुगेको छ । माक्र्सवाद–लेनिनवाद–माओवादलाई आफ्नो पथप्रर्दशक सिद्धान्त स्वीकार नगर्नेहरू सच्चा क्रान्तिकारी कम्युनिस्ट नै बन्न सक्दैनन् । माक्र्सवाद–लेनिनवाद–माओवादलाई आफ्नो पार्टीको मार्गदर्शक सिद्धान्त र पथप्रर्दशक सिद्धान्त नबनाउने पार्टीहरू क्रान्तिकारी पार्टी बन्नै सक्दैनन् ।
        साम्यवादी  अवधारणाको सन्दर्भ
       
       
         १८ औं शताब्दीको उत्तराद्र्धमा वाष्प इन्जिनको अन्वषेणले मानव समाजमा औद्योगिक ल्यायो । यस क्रान्तिले युरोप र पश्चिमा मुलुकहरुमा पुँजीपतिवर्गको उदय गरायो र ती देशहरुमा र ती देशहरुमा पुँजीपतिवर्गको नेतृत्वमा सामन्तवादका विरुद्ध पुँजीवादी क्रान्ति सम्पन्न भए जो हामी पुरानो खाले पुँजीवादी क्रान्तिको नामले चिन्ने गर्दछौ । त्यसपछि ती देशहरुमा उत्पादक शक्ति (मजदुर) को अभूतपुर्व विकास हुन गयो । पुँजीवादी क्रान्तिलाई साम्यवादमा प्रवत्र्तक कार्ल माक्र्स र फेडरिक एङ्गेल्सले सामन्तवादको तुलनामा प्रगतिशील भन्नुभएको छ । तर पुँजीवादको विकासले एकातिर समाजमा उत्पादनका साधनहरूको मालिक पुँजीपतिवर्ग र अर्कोतिर आफ्नो श्रम बेचेर जीविका चलाउन बाध्य भएका मजदुरहरुको विशाल पंत्तिले सर्वहारावर्गको विकास गरायो ।
         पुँजीवादी समाजका अन्तरविरोधहरुको गहन अध्यापन पश्चात् माक्र्स र एंगेल्सले सर्वहारा वर्गलाई मानवसमाजको अन्तिम र सबैभन्दा क्रान्तिकारी वर्ग भएको उल्लेख गर्नुका साथै सर्वहारावर्गको नेतृत्वमा सम्पन्न हुने सर्वहारा क्रान्तिले मात्र वर्गविहीन राज्यविहीन साम्यवादी समाजको स्थापना हुने कुराको उद्घोष गर्दै सन् १८४८ मा विश्व विख्यात कम्युनिस्ट घोषणापत्र जारी गर्नुभयो । जो सर्वहारा वर्गको मुक्ति सैद्धान्तिक हतियार बन्न पग्यो । जो हामी त्यसलाई माक्र्सवादको रूपमा बुझ्ने गर्दछौ । माक्र्सवाद सर्वहारा क्रान्तिको विज्ञान हो । यो पुँजीवादको प्रारम्भिक अवस्थामा विकसित भएको हो । द्धन्द्धात्मक तथा ऐतिहासिक भौतिकवाद, अतिरिक्त मुल्यको सिद्धान्त, वर्गसंघर्ष  तथा इतिहासमा बल प्रयोगको भूमिका र वैज्ञानिक समाजवाद तथा साम्यवाद यसका आधारभुत मान्यता हुन् । अर्थात् प्रकृति, समाज, राज्यव्वस्था आदिबारे कार्ल माक्र्स र फ्रेडरिक एंगेल्सले महान् खोज र प्रयोगद्धारा निकाल्नुभएको वैज्ञानिक तथा क्रान्तिकारी विचार सिद्धान्त र व्यवहारलाई माक्र्सवाद भनिन्छ । माक्र्सवादले पुँजीपति वर्गको राज्यव्यवस्थालाई ध्वस्त पारी त्यो ठाउँमा सर्वहारा श्रमजीवी वर्गको राज्यव्यवस्था स्थापना गर्ने सही क्रान्तिकारी बाटो देखाउँछ । माक्र्सवादको दर्शन द्धन्द्धात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शन हो । यो दर्शनको सिद्धान्त भौतिकवाद हो । माक्र्सवाद अहिले लेनिनवाद—माओवादमा गुणात्मक रूपले विकसित भइसकेको छ र माक्र्सवाद—लेनिनवाद—माओवाद सर्वहारा क्रान्तिको पथप्रदर्शक सिद्धान्त बन्न पुगेको छ। माक्र्सवाद—लेनिनवाद—माओवादलाई आÇनो क्रान्तिको मार्गदर्शक सिद्धान्त नमान्नेहरु कम्युनिस्ट पार्टीलाई कम्युनिस्ट क्रान्तिकारी पार्टी नै भन्न सकिँदैन ।
        माक्र्सवादी दर्शनले पुरानो पुँजीवादी विश्वको विनाश र नयाँ साम्यवादी विश्वको सिर्जनाको लागि अर्थात् विश्वको आमुल रूपान्तरणको लागि जब्बर सैद्धान्तिक जग प्रदान गरेको छ । अर्थात् विश्वको क्रान्तिकारी रूपान्तरण गर्ने ऐतिहासीक जिम्मेवारी वहन गरेको सर्वहारा वर्गको प्रयासलाई माक्र्सवादी दर्शनले सैद्धान्तिक न्यायोचित प्रदान गरेको छ । त्यसमा सर्वहारावर्गले संसारलाई विकसित बुझ्ने र त्यसलाई फेर्ने एक अचुक बौद्धिक अस्त्र भेटाएको छ । यस विषयमा लेनिनले यसरी दर्शाउनुभएको छ—माक्र्सको दर्शन एउटा परिपुर्ण दार्शनिक भौतिकवाद हो, जसले मानव जातिलाई र खास रूपले मजदुर वर्गलाई ज्ञानका शक्तिशाली औजार प्रदान गरेको छ ।
         जसले जीवन र जगतलाई फेर्न चाहन्छ, विद्यमान यथार्थतालाई फेरेर नयाँ यथार्थको निमार्ण गर्न चाहन्छ, त्यसले संसारलाई बुझ्नुपर्दछ । त्यसलाई फेर्ने तरिका जान्नुपर्दछ । यही सामथ्र्य माक्र्सवादी दर्शनले उसलाई दिन्छ । मानव समाजमा सर्वहारा वर्ग सबैभन्दा सचेत र शक्तिशाली वर्ग हो । यस वर्गको लागि दर्शनको कत्रो महत्वको हुन्छ भन्ने कुरालाई स्वयम् कार्ल माक्र्सले यसरी व्याख्या गर्नुभएको छ— ुजसरी दर्शनले सर्वहारावर्गमा आफ्नो भौतिक हतियार भेट्टाउँछ, त्यसरी नै सर्वहारावर्गले दर्शनमा आफ्नो बौद्धिक हतियार भेट्टाउँछ ।’
        त्यसै गरी माक्र्सवादको दार्शनिक पक्षको महत्वलाई  माओले यसरी दर्शाउनुभएको छ— माक्र्सवाद ज्ञानका अनेक शाखाहरुबाट बनेको छ, माक्र्सवादी दर्शन, माक्र्सवादी अर्थशास्त्र र माक्र्सवादी समाजवाद अर्थात वर्गसंघर्षको सिद्धान्त तर जगचाहिँ माक्र्सवादी दर्शन हो । यदि त्यसलाई मनन गरीदैन भने हाम्रो एउटा साझा भाषा वा कुनै  साझा तरिका हुने छैन, हामी चिजहरुलाई स्पष्ट नपारिकन कुनै साझा तरिका हुने छैन, हामी चिजहरुलाई स्पष्ट नपारिकन यताउताको कुरा तर्क मात्र गरीरहेका हुने छौं । द्धन्द्धात्मक भौतिकवादलाई मनन गरीसकेपछि थुप्रै दुःख कष्टबाट जोगिने छ र धेरै गल्तीहरु हट्नेछन् । माक्र्स,लेनिन र माओद्धारा प्रस्तुत गरीएका यी विचारहरु नयाँ ढंगको कम्युनिस्ट पार्टी निर्माणका सन्दर्भमा ज्यादै सारगर्भित रहेका छन् ।
कम्युनिस्ट पार्टीको जन्मको विकास क्रमबारे ः
हरेक वस्तुको जन्म, विकास र मृत्युको नीश्चीत तथा ऐतिहासिक प्रक्रिया भए झैं कम्युनिस्ट पार्टीको जन्म, विकास र मृत्युको निश्चित तथा वैज्ञानिक पक्रिया र ऐतिहासिकता हुनु स्वभाविक छ ।
    कम्युनिस्ट पार्टीको जन्मको इतिहासबाट के पुष्टि भएको छ भने सन् १८४२ मा प्रवासी जर्मनहरूद्वारा न्यायिक लिगको स्थापना गरिएको थियो  । कार्ल माक्र्स र फ्रेडरिक एंगेल्सको पहलकदमीमा सन् १८४७ मा त्यस न्यायिक लिगलाई कम्युनिस्ट लिगमा रूपान्तरित गरेपछि विधिवत  र संगठीत रूपमा कम्युनिस्ट आन्दोलनको प्रारम्भ भयो । कार्ल माक्र्स र फ्रेडरिक एंगेल्सले स्थापना गर्नुभएको कम्युनिस्ट लिग नै कम्युनिस्ट पार्टीको पहिलो संगठन हो अर्थात सन् १८४७ मा माक्र्स र एंगेल्सले उक्त न्यायिक लिगलाई कम्युनिस्ट लिगमा रूपान्तरण गरेपछि विधिवत रूपमै सैद्धान्तीकिकरण गरि योजनाबद्ध रूपमा आन्दोलनको रूपरेखा तयार गरि सञ्चालन गरेपछि कम्युनिस्ट आन्दोलन प्रारम्भ भएको मानिन्छ । यसका लागि सन् १८४८ मा कम्युनिस्ट घोषणापत्र प्रकाशित गरि यसको सैद्धान्तिक र कार्यक्रमिक रणनीति, कार्यनीति तथा आन्दोलनका रूपरेखाहरू योजनाबद्ध रूपमा अगाडी बढाइएको थियो ।
    कम्युनिस्ट लिगको सन् १८४७ नोभेम्वरमा सम्पन्न दोस्रो सम्मेलनले कम्युनिस्ट घोषणपत्र तयार गर्ने जिम्मा कार्ल माक्र्स र फ्रेडरिक एंगेल्सलाई दिइएको थियो र सन् १८४८ फेर्वुअरी १२ मा माक्र्स र एंगेल्सद्वारा प्रकाशित गर्नुभयो । कम्युनिस्ट लिग सन् १८५२ मा विघटीत भएपनि कम्युनिस्ट घोषणापत्र विश्व कम्युनिस्ट आन्दोलनका लागि मार्गनिर्देशक सिद्धान्त बन्न पुग्यो । कम्युनिस्ट पार्टीको घोषणापत्रको पहिलो अध्यायमा पूँजिपती र सर्वहारावर्ग, दोस्रो अध्यायमा समाजवाद र कम्युनिस्ट साहित्य र चौंथो अध्यायमा वर्तमान कालका विभिन्न विरोधी पार्टीहरूको सम्बन्धमा कम्युनिस्टहरूको स्थिति र अन्तमा –‘सर्वहारावर्गसँग गुमाउनका लागि सिक्री बाहेक केही छैन, जित्नका लागि संसार छ’ भन्दै ‘दूनियाँका मजदूरहरू हो एक होऔं’ भन्ने आह्वान गरिएको थियो । घोषणापत्र बारे टिप्पणी गर्दै लेनिन लेख्नुहुन्छ – ‘यो सानो पूस्तिका सम्पूर्ण ग्रन्थहरूको बराबर छ, यसको आत्माले सभ्य संसारका समस्त संगठित र संघर्षशिल सर्वहाराहरूलाई प्रेरणा दिइरहेको छ र उनिहरूको पथप्रदर्शन गरिरहेको छ । अतः कम्युनिस्ट घोषणापत्र द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादको संश्लेषणको दस्तावेज हो ।’
     यसै घोषणा पत्रको आधारमा विश्वकम्युनिस्ट आन्दोलन अगाडि बढ्यो । कम्युनिस्ट आन्दोलनलाई संगठित रूपमा अगाडि बढाउन सन् १९६४ मा पहिलो कम्युनिस्ट अन्तर्राष्ट्रियको संगठन र सम्मेलन भएको थियो । यो कम्युनिस्ट अन्तर्राष्ट्रियको कार्यक्रमा माक्र्स र एंगेल्सले नै तयार पार्नुभएको थियो । यस सम्मेलनमा माक्र्सवाद विरोधीहरूपनि सम्मेलित भएका थिए । यसै उत्प्रेरणाले सन् १८७१ मा महान् पेरिस कम्युनको स्थापना भएको थियो र प्रतिक्रान्ति प्रति सजक नभएकाले ७२ दिनमा नै पेरिस कम्युन माथि दमन हुन पुग्यो । यो महान् विरासत ढल्यो । पेरिस कम्युनको हारको शिक्षाले मजदूरहरूले क्रान्तिपछि प्रतिक्रान्ति दवाउन सर्वहारा अधिनायकत्व अपनाउनु पर्ने दृष्ट्रिकोण माक्र्सले प्रस्तुत गर्नुभएको थियो ।
    माक्र्सको देहावसानपछि कम्युनिस्ट आन्दोलनलाई संगठित रूपमा अगाडी बढाउन एंगेल्सको नेतृत्वमा सन् १८८९ मा दोस्रो अन्तर्राष्ट्रियको गठन गरिएको थियो । दोस्रो अन्तर्राष्ट्रिय भित्र वर्नस्टाइन जस्ता घुस्न सफल भएका संशोधनवादीहरू बिचको विवादका कारण सन् १८१४ मा त्यसको विघटन भएपछि लेनिनले तेस्रो अन्तर्राष्ट्रिय गठन गर्ने प्रयास गर्नुभएको थियो । यसै अवस्थामा सन् १९१७ मा रूसमा महान् अक्टुवर समाजवादी क्रान्ति सम्पन्न भई विश्वमा पहिलो समाजवादी सिविर खडा हुन पुगेपछि विश्वका अनेकौं देशमा कम्युनिस्ट पार्टीहरू गठन हुन पुगे । लेनिनले सन् १९१९ मा तेस्रो अन्तर्राष्ट्रियको गठन गर्नुभयो र १९४३ मा तेस्रो अन्तर्राष्ट्रियको विघटन भयो । यसको विघटन फाँसीवादी मोर्चा निर्माण गर्नका लागि गरिएको थियो । यसको विघटन पछि विश्वभरका कम्युनिस्टहरूको सम्पर्कका लागि सन् १९४६ मा कोमिन्फर्मको स्थापना भएको थियो । यसलाई चौंथो इन्टरनेशनल पनि भन्ने गरिन्छ । कोमिन्फर्मका साथै विश्व कम्युनिस्ट सिविरको पनि स्थापना भएको थियो तर कोमिन्फर्म पनि सन् १९५२ मा विघटन गरियो । खुश्चेवको आधुनिक संशोधनवादमा पतन भए पश्चात विश्वसमाजवादी सिविरमा विभाजित हुन पुगेपछी चिन र रूस दुई खेमामा बदलीय । खुश्चेवी आधुनिक संशोधनवादका विरूद्ध माओले महान.् बहस आरम्भ गर्नुभयो र माओको नेतृत्वमा क्रान्तिकारी आन्दोलन अगाडी बढ्यो भने अर्कोतिर माक्र्सवाद विरोधी केन्द्रित आधुनिक संशोधनवादी आन्दोलन अगाडी बढ्यो । माओले चीनमा पार्टीको उच्च ओहोदामा पुग्न सफल भएका खुश्चेवपन्थि संशोधनवादीहरूका विरूद्ध सन् १९६६ देखि १९७६ सम्म  दस वर्से महान् सर्वहारा साँस्कृतिक क्रान्ति सञ्चालन गरेर निरन्तर क्रान्तिको सिद्धान्त प्रतिपादन गर्नुभयो ।
    माओको निधनपछि विश्व कम्युनिस्ट आन्दोलनमा संशोधनवाद हावी हुन पुग्यो । त्यसपछि केही क्रान्तिकारीहरूले माओको साँस्कृतिक क्रान्तिका पक्षधरका रूपमा सन् १८७९ मा पहिलो बैठक गरि सन् १८८४ मा क्रान्तिकारी अन्तर्राष्ट्रिय आन्दोलन (रिम) को स्थापना गरे त्यसै अवस्थामा ल्याटिन अमेरिकामा नवमाक्र्सवादी धारलाई अगाडि बढाइयो भने सन् १९८४ मा क्रान्तिकारी कम्युनिस्ट आन्दोलन (रिम) को स्थापना गरे भने सन् १९८४ मा संसदवादी कम्युनिस्टहरूले युरोपियन कम्युनिस्ट ‘युरो कम्युनिजम’ को नेतृत्व बढाउने सामूहिक प्रयास गरेका थिए । रूसमा खुश्चेवको आधुनिक संशोधनवादको अनिवार्य परिणतको रूपमा सोभियत युनियनको सन् १९९१ मा पतन हुन पुगेपछि विश्व कम्युनिस्ट आन्दोलनलाई गम्भिर धक्का लाग्न पुग्यो र विश्व कम्युनिस्ट आन्दोलन रक्षात्मक स्थितिमा पुग्यो ।
    सन् १९१७ मा रूसमा महान् अक्टुवर समाजवादी क्रान्ति सम्पन्न भयो भने सन् १९४५ को वरिपरी उत्तर कोरियो, भियतनाममा कम्युनिस्ट राज्य सत्ता स्थापना भयो भने सन् १९५९ मा क्यूवामा क्रान्ति द्वारा सर्वहारावर्गको राज्यसत्ता स्थापना हुन पुग्यो । कम्युनिस्ट पार्टीको जन्मको ऐतिहासिक घट्नाक्रमका सिलसिलाहरूलाई पनि यहाँ क्रमबद्ध रूपमा उल्लेख गर्न आवश्यक हुन्छ । एउटा उदायमान र विकासशिल पूँजिवादी अवस्थामा माक्र्सवादी दर्शनको प्रतिपादन र विकास कार्ल माक्र्स र फ्रेडरिक एंगेल्सद्वारा सन् १८४८ मा गरिएको थियो । जुनबेला सामाजीक विकासको गति मन्द र शान्तिपूर्ण ढंगले बढिरहेको थियो । त्यही परिवेशमा विश्व मानव समाजले नयाँ युगमा प्रवेश ग¥यो । १९ औं शताब्दीको अन्त्य  र विसौं शताब्दीको आरम्भमा ऐतिहासिक वातावरणमा आमूल परिवर्तन आयो  । पूँजिवाद आफ्नो अन्तिम चरण साम्राज्यवादमा बदलीयो । शोषणकारी एवम आक्रमणकारी साम्राज्यवादी व्यवस्थाभित्र आर्थिक र राजनैतिक अन्तर्विरोधहरू निकै चर्किएर शान्तिपूर्ण विकासको युगको ठाउँ सामाजीक आँधीबेरी र क्रान्तिकारी परिवर्तनहरूको युगले लियो । सन् १८७१ मा महान् पेरिस कम्युनको निर्माण भयो । यो विश्व सर्वहारावर्गको पहिलो र गौरवशाली अधिनायकत्व थियो । त्यसैक्रममा सन् १८९८ मा प्लेखानोवको पहलकदमीमा रूसमा रसियन सामाजीक जनवादी मजदूर पार्टीको निर्माण भयो । सन् १९०३ मा पार्टी विभाजन हुन पुगेपछी लेनिनको नेतृत्वमा सोभियत कम्युनिस्ट पार्टीको बोल्सेविकको निर्माण प्रक्रिया आरम्भ भयो । लेनिनकै नेतृत्वमा सन् १९१७ अक्टुवर २५ का दिन महान् रुसी अक्टुवर समाजवादी क्रान्ति सम्पन्न भयो । त्यस क्रान्तिले विश्वव्यापी रूपमा सर्वहारावर्गलाई शाहस र उत्साह गर्न मदत पु¥यायो र त्यसपछि क्रमिक रूपमा विश्वका विभिन्न मुलुकहरूमा कम्युनिस्ट पार्टी गठन हुने लहर नै चल्यो । त्यसै क्रममा एसिया, यूरोप, अर्फिका, ल्याटीन अमेरिका लगायत अनेकौं देशहरूमा कम्युनिस्ट पार्टीहरू धमाधम निर्माण हुन थाले जस्तै जर्मन कम्युनिस्ट पार्टी सन् (१९१८), हंगेरियन कम्युनिस्ट पार्टी (१९१८), युगोस्लाभ कम्युनिस्ट पार्टी (१९१८), बुल्गेरियन कम्युनिस्ट पार्टी (१९१९), हिन्दुस्थान कम्युनिस्ट गु्रप (१९२०), मंगोलियन कम्युनिस्ट पार्टी (१९२०), भियतनाम कम्युनिस्ट पार्टी (१९२०), चिनियाँ कम्युनिस्ट पार्टी (१९२१), इन्डोनेसियन कम्युनिस्ट पार्टी (१९२१), इटालियन कम्युनिस्ट पार्टी (१९२१), जापानीज कम्युनिस्ट पार्टी (१९२२), फिलिपियन्स कम्युनिस्ट पार्टी (१९२४), कोरियन वर्कस पार्टी (१९२५), भारतीय कम्युनिस्ट पार्टी (१९२८), पेरुभियन कम्युनिस्ट पार्टी (१९२८), साउथ एसियन कम्युनिस्ट पार्टी (१९२८), इराकी कम्युनिस्ट पार्टी (१९३४), बर्मिज कम्युनिस्ट पार्टी (१९४३), नेपाल कम्युनिस्ट पार्टी (१९४९) आदि रहेका छन् । नेपालमा सन् १९४९ मा कम्युनिस्ट पार्टीको स्थापना भयो र वि.सं. २०२०–२२ तिर कम्युनिस्ट आन्दोलन विभाजित हुन पुग्यो । आज नेपाली कम्युनिस्ट आन्दोलनले ६३ वर्ष पार गरिसकेको छ । लामो ऐतिहासिक अवधिमा यस आन्दोलनभित्र वर्गसंघर्ष र अन्तरसंघर्षका अनेकौं जटिल बाङ्गा–टिङ्गा र कहालीलाग्दा घुम्तीहरू रहेका छन् । यो आन्दोलन लामो समय पहिले देखि अनेकौं समूह–उपसमूहहरूमा विभाजीत रहँदै आएको छ । अतः सारमा यस आन्दोलनभित्र क्रान्तिकारी र संशोधनवादी दुई परस्पर विरोधी धाराकै द्वन्द्व प्रमुख बनेर आएको छ । अहिले नेपाली कम्युनिस्ट आन्दोलन दक्षिणपन्थि एवम आधुनिक संशोधनवादी तथा सुधारवादी एमाले, एमाओवादी धाराले आफुलाई विजातीय कित्तामा सामेल गर्दै दक्षिणपन्थि एवम आधुनिक संशोधनवादी र नवसंशोधनवादी धारामा गुणात्मक रूपमा फ्डको हान्न पुगेको छ भने यसको विपरित नेपाली कम्युनिस्ट आन्दोलनको क्रान्तिकारी धाराको प्रतिनिधित्व नेकपा–माओवादीले गरेको छ । आज मालेमावादीका रूपमा गुणात्मक ढंगले विकसीत हुँदै महान् १० वर्से जनयुद्धको जगमा
जनविद्रोह मार्फत नेपाली क्रान्ति सम्पन्न गर्दै समाजवाद तथा साम्यवादको दिशातीर अगाडी बढ्ने प्रत्तिवदताका साथ अगाडि बढिरहेको छ ।     
                           माक्र्स—एंगेल्सले पार्टी निमार्णमा पुराएको योगदान
    माक्र्स—एंगेल्सद्धारा लिखित तथा सन् १८४८ मा प्रकाशित कम्युनिस्ट घोषणापत्रमा त्यो कुरा स्पष्ट गरीएको छ की पुँजीवादबाट साम्यवादमा संक्रमणको यात्रा पूरा गर्न सर्वहारावर्गले कम्युनिस्ट पार्टीको निर्माण गर्नुपर्दछ र त्यस्तो पार्टीले मात्र वर्गीय समाजलाई वर्गविहीन समाजमा रूपान्तरण गर्न नेतृत्व गर्न सक्नेछ ।
         माक्र्सवादले यस्ता आधारभूत सत्यहरू दिएको छ, जुन कम्युनिस्ट पार्टी निर्माणका लागि सर्वहारा वर्गका वैचारिक आधारहरु मानिन्छन् । विश्वलाई बझ्न तथा बदल्नका निम्ति अपरिहार्य हुने वर्गसंघर्षको सिद्धान्त इतिहासको निर्माणको निम्ति सुडेनीको रूपमा रक्तपात युद्धको भूमिका, सर्वहारावर्गको अधिनायकत्व लगायतका विषयहरु कम्युनिस्ट पार्टी निर्माण आधारभूत वैचारिक पक्षहरु हुन् । यी आधारभूत वैचारिक विषयहरूको जगमा कम्युनिस्ट पार्टीको निर्माण त्यसका नेतृत्वमा पुँजीवादी सत्ताको ध्वंश र सर्वहारावर्गको सत्ता निर्माण मात्र मानव जातिलाई साम्यवादतर्फको मार्गप्रशस्त गर्दछ ।
        सामाजिक क्रान्तिकारी बारे स्पष्ट पार्दै माक्र्सले लेख्नुभएको छ की वर्गको अस्तित्व उत्पादनको विकास प्रक्रियाको खास ऐतिहासिक अवस्थामा मात्र रहन्छ । वर्गसंघर्ष अनिवार्य रूपले सर्वहारावर्गको अधिनायकत्वको वर्गहरूको उन्मूलन र वर्गविहिन समाजको संक्रमणकालिन अवस्थासम्म मात्र कायम रहन्छ । वर्गसंघर्ष र विचार संघर्षको लामो प्रक्रियाबाट माक्र्सले गर्नुभएको यो संश्लेषण नयाँ ढंगको पार्टी निमार्ण र सर्वहारा क्रान्तिको वैचारिक आधार हो ।
       माक्र्स र एंगेल्सले एकातिर लासाल तथा पु्रधो सुधारवाद र ब्लाङ्की तथा वाकुनीयनको उग्रवामपन्थी अराजकतावादजस्ता जस्ता दुईथरि गलत प्रवृत्तिका विरुद्ध संघर्ष गर्दै माक्र्सवादी सिद्धान्तको विकास गर्नुभएको थियो । यति मात्र होइन उहाँहरुले एकातिर प्रत्येक देशमा कम्युनिस्ट पार्टीको निर्माणमा सहयोग गरेर अर्कातिर सर्वहारा वर्गको अन्तर्राष्ट्रि«य संगठन पहिलो अन्तर्राष्ट्रिय (१८६४) को निर्माण गरेर विश्वभरिका कम्युनिस्ट क्रान्तिकारीहरुलाई एकताबद्ध गर्न कडा परिश्रम गर्नुभएको थियो । माक्र्स र एंगेल्सले यो पनि लेख्नुभएको छ कि ुसर्वहारा वर्गद्धारा सामाजिक क्रान्तिको विजय तथा यसको अन्तिम उद्देश्य वर्गहरुको उन्मुलनलाई सुनिश्चित गर्न राजनीतिक पार्टीको गठन अपरिहार्य छ । उहाँहरुको यो भनाइबाट विचार त संगठन भिन्न होइनन् । एक आपसमा अन्तरसम्बन्धित हुन् भन्ने कुरा स्पष्ट हुन्छ ।ु
लेनिनले पार्टी निर्माणमा पु¥याएको योगदान ः
      लेनिन (१८७०–१९२४) लेनिनवादका सिद्धान्तकारहरू हुनुहुन्छ । लेनिनले माक्र्सवादको गुणात्मक समस्या विकास गर्दै लेनिनवादको प्रतिपादन मात्रै गर्नुभएन, माक्र्सवाद–लेनिनवादको सही ढंगले सिर्जनात्मक रूपले प्रयोग पनि गर्नुभयो । रूसमा क्रान्तिकारी पार्टी निर्माणमा लेनिनले निकै जोड दिनुभएको थियो । विचार तथा राजनीति र त्यसको संगठनसँग कस्तो सम्बन्ध हुन्छ भन्ने विषयलाई उहाँले कसरी लिनुहुन्थ्यो भन्ने कुरा बुझ्नका लागि उहाँले यसरी लेख्नुहुन्छ– सत्ता प्राप्तिका निम्ति गरीने संघर्षमा सर्वहारावर्गसँग संगठनभन्दा अर्को हतियार हुँदैन । विचार तथा राजनीतिका साथै लेनिनले संगठन निर्माणको प्रश्नलाई निकै गम्भीरताका साथ लिनु हुन्थ्यो । रूसी पार्टीले सन् १९०३ को महाधिवेशनमा कुनै पनि व्यक्तिले पार्टी सदस्यता प्राप्त गर्नका लागि तीनवटा सर्त पुरा गर्नुपर्ने कुरा उठाउनुभएको थियो  । ती शर्तहरू थिए – पहिलो पार्टी कार्यक्रमको समर्थन गर्नुपर्ने, दोस्रो पार्टीलाई आर्थिक सहयोग दिनुपर्ने र तेस्रो पार्टीको कुनै न कुनै तहको कमिटिमा रहेर काम गर्नुपर्ने तर मार्ताेवले तेस्रो सर्त आवश्यक छैन् भनेर विरोध गरेका थिए । लेनिनले संगठनमा रहेर जिम्मेवारी पुरा गर्नुपर्नेविषय सामान्य नभएर एउटा सैद्धान्तिक विषय हो, त्यसमा सम्झौता गर्न सकिन्न भन्नुभएको थियो । लेनिनको यो पश्ताव पार्टीलाई हुने खाने र टाठाबाठाहरूको भिड जम्मा गर्ने थलोको रूपमा होइन, बल साड्डठनिक अनुशासनमा रहेर काम गर्न तयार हुने अनुशासीत व्यक्तिहरूको जुझारू संगठनको पक्षमा थियो भन्ने कुरा स्वतः स्पष्ट हुन्छ  ।
         लेनिनले संगठन निर्माणको प्रश्नलाई सँधै विचारसँग जोडेर हेर्नुहुनथ्यो । उहाँले आफ्नै पार्टीमा होस् वा दोस्रो अन्तर्राष्ट्रियमा संशोधनवादका विरूद्धको संघर्षलाई कहिल्यै कार्य हुन दिनु भएन् । पार्टी भित्रका मेन्सेवीकहरू र काउत्स्की जस्ता दोस्रो अन्तर्राष्ट्रियका संशोधनवादी गद्धारहरूसँग गम्भीर वैचारिक संघर्ष चलाउनुभयो  । वैचारिक स्पष्टताकै कारण सांड्डठनिक हिसावले कमजोर देखिने रूसी कम्युनिस्ट पार्टी रूसमा क्रान्ति सम्पन्न गर्नसक्ने शक्तिसाली पार्टी सावित हुन पुग्यो । यसले कम्युनिस्ट पार्टी निर्माणको प्रश्न मुख्यतः वैचारिक प्रश्न हो भन्ने तथ्यलाई पुनः एकपटक पुष्टि गरीदिएको छ ।
माओत्सेतुङ्ले पार्टी निर्माणमा पु¥याएको योगदान
        माओत्सेतुङ् (सन् १८९३–१९७६) माआुवादका सिद्धान्तकार हुनुहुन्छ । उहाँले माओवादको प्रतिपादन मात्र गर्नुभएन, अर्धसामन्ती र अर्धऔपनेवेशिक अवस्थामा रहेको चीनको तत्कालीन विशिष्ट परिस्थितिमा माक्र्सवाद–लेनिनवादको सृजनात्मक रूपले प्रयोग गर्दै महान् चिनियाँ नयाँ जनवादी क्रान्ति सम्पन्न गर्नुभयो ।
      पार्टी निर्माणको प्रश्नलाई माओले अत्यन्तै गम्भीरताका साथ लिनुभएको छ । ‘क्रान्ति सम्पन्न गर्नको लागि क्रान्तिकारी पार्टी हुनु अनिवार्य छ । क्रान्तिकारी पार्टीबिना माक्र्सवादी–लेनिनवादी सिद्धान्त र पद्धतिमा आधारित पार्टीबिना साम्राज्यवाद र तीनका पाल्तु कुकुरलाई पराजित गर्नको निम्ती श्रमजिवी वर्ग र व्यापक जनसमूदायलाई नेतृत्व गर्न असम्भव छ’ भन्ने माओका यी भनाईहरू नयाँ ढंगबाट पार्टी निर्माणका लागि ज्यादै सारगर्भित छ  ।
       वैचारिक संघर्षले मात्र पार्टीलाई क्रान्तिकारी बनाईराख्न सकिन्छ माओले क्रान्तिकारी पार्टी निर्माणका निम्ती थुप्रै वैचारिक संघर्षहरूको नेतृत्व गर्नुभएको छ । सन् १९२७ को छन तु स्युको दक्षिणपन्थी विर्सजनवादका विरूद्धको संघर्ष, त्यसको लगतै लिलि सानमा देखापरेको वामपन्थि दुस्साहसवादका विरूद्धको संघर्ष, सन् १९३० देखि १९३५ सम्म वाङमिङको उग्रवामपन्थी लाइनका विरूद्धको संघर्ष चीनमा नयाँ जनवादी क्रान्ति पूर्वका माओले सञ्चालन गरेका महत्वपूर्ण वैचारिक संघर्षहरू थिए ।
          सन् १९४९ मा क्रान्ति सम्पन्न भइसकेपछि सन् १९५६ मा पार्टीको आठौं महाधिवेशनमा ल्यु शाओ ची को संशोधनवादी कार्यदिशा बहुमतले पारित भयो । उसको त्यो वर्गसंघर्षलाई परित्याग गर्ने र पुँजीवादी बाटो अगाल्ने वर्नस्टिन, काउत्स्की, बुखारिन जस्ता संशोधनवादीहरूले अगाडी सारेको बाटो भन्दा कुनै अर्थमा भिन्न थिएन । त्यसको लगतै तेङ सियाओपिङले ल्यायको ‘बिरालो सेतो वा कालो भएर फरक पर्दैन’ ‘मुसा मारे हुन्छ’ भन्ने तर्कका आडमा ल्याएको पूँजीवादी कार्यदिशाका विरूद्ध वैचारिक संघर्षको नेतृत्व गर्नुभयो । वैचारिक तथा राजनीतिक कार्यदिशा सहि वा गलत हुनुपर्ने सबै कुराको निर्धारण कार्यदिशा सहि वा गलत हुनुपर्ने सबै कुराको निर्धारण गर्दछ भन्नु हुने माओले क्रान्तिकारी पार्टी निर्माणको निम्ती ‘पूँजीवादी अडड्मा बम बर्षाऔं’, ‘विद्रोह गर्नु जनताको अधिकार हो’ भन्ने नाराका साथ पार्टीको उच्च ओहोदामा पुग्न सफल भएका संशोधनवादी गद्धारहरूका विरूद्ध सन् १९६६ मा महान् चिनियाँ सर्वहारा साँस्कृतिक क्रान्तिको सुरूवात गर्नुभयो । माओले आफ्नो जीवनभर संशोधनवादका विरूद्धको संघर्षलाई कहिल्यै कम हुन दिनु भएन । यसरी नयाँ जनवादी क्रान्ति, महान् बहस हुँदै साँस्कृतिक क्रान्ति सम्म आईपुग्दा माओले केवल माक्र्सवाद–लेनिनवादको रक्षा मात्र गर्नुभएन बरू त्यसलाई चिनियाँ विशिष्टतामा सृजनशिल ढंगले लागु गरेर त्यतीबेला माक्र्सवाद–लेनिनवाद–माओविचारधारालाई माक्र्सवाद–लेनिनवाद –माओवादमा विकास गर्नुभयो र नयाँ ढंगबाट कम्युनिस्ट पार्टीको निर्माणको लागि बलियो वैचारिक आधार खडा गर्नुभयो । जो विश्व सर्वहारा वर्गको लागि शिक्षा बन्न पुग्यो  ।

        समाजमा वर्गहरू रहुञ्जेल राजनीतिक पार्टीहरू अस्तित्वमा रहन्छन् । कम्युनिस्ट पार्टीका लागि पनि यहि कुरा सत्य हो । कम्युनिस्ट पार्टी भनेको विपरितहरूको एकत्व हो । वर्गीय समाजमा चल्ने वर्गसंघर्षको प्रतिविम्व कम्युनिस्ट पार्टीमा पर्दछ र त्यो पार्टीभित्र दुईलाइन संघर्षको रूपमा अभिव्यक्त हुन्छ । कम्युनिस्ट पार्टीभित्र चल्ने क्रान्तिकारी र सुधारवादी प्रवृत्तिहरूको बिचको संघर्ष निरपेक्ष हुन्छ तर ति प्रवृत्तिहरू बिचको एकता भने सापेक्ष हुन्छ । आज जुन विषयमा एकता छ भोलीपनि त्यसैमा एकता भएर जान्छ भन्ने कुरा चाँही सहि होइन् त्यस्तै आज संघर्ष भइरहेको विषयमा भोलि संघर्ष नहुनपनि सक्छ । संघर्षको रूपान्तरण ल्याउँदा र रूपान्तरण पछि उच्च स्तरको एकता हुन्छ । यहि नियमका आधारमा नै माओले एकता, संघर्ष, रूपान्तरण र नयाँ आधारमा नयाँ एकता हुने जोड दिनु भएको थियो । यो नयाँ ढंगको पार्टी निर्माणको सैद्धान्तिक आधार हो ।
       यसरी कम्युनिस्ट निर्माणको कुरा गर्दा हामीले समाजमा चल्ने वर्गसंघर्ष र त्यसको प्रतिविम्वका रूपमा पार्टीभित्र चल्ने दुईलाइन संघर्षलाई ठिक ढंगले बुझ्ने र एकता, संघर्ष तथा रूपान्तरणको द्वन्द्ववादी विधिबाट पार्टीलाई एकताबद्ध बनाईराख्ने कुरामा जोड लगाउनुपर्छ। पार्टी एकताका नाममा सँधै सम्झौता र शुद्धताका नाममा सँधै फुट द्वन्द्ववाद होइन, यो त अधिभूतवाद हो । सहि वैचारिक तथा राजनीतिक कार्यदिशाका आधारमा पार्टीमा द्वन्द्वात्मक एकता स्थापना गर्ने कुरा नै नयाँ ढंगको क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माणको आधार हो । एकमनावादी एकता होइन यसलाई दहेसँग पकडेर दुईलाइन संघर्षलाई ठिक ढंगले प्रयोग गरेर मात्र नयाँ ढंगको पार्टी निर्माण गर्न सकिन्छ तर पार्टीभित्र संशोधनवाद–अवसरवाद हावी भयो र त्यो दुईलाइन संघर्षका माध्यमबाट रूपान्तरण भएन भने त्यहाँ क्रान्तिकारीहरूको विद्रोह गर्ने अधिकार सुरक्षित हुन्छ र संशोधनवादसँग सम्बन्ध विच्छेद गरेर नयाँ ढंगको कम्युनिस्ट पार्टी निर्माण गर्नुपर्ने ऐतिहासिक परिस्थिती निर्माण हुन्छ र त्यसो गर्नु अनिवार्य दायित्व बन्न जान्छ ।

          नेपालमा कम्युनिस्ट पार्टीको स्थापना २००६ साल वैशाख १० (सन् १९४९ अप्रिल २२) का दिन भएको हो । यसले आज नेपाली कम्युनिस्ट आन्दोलनले ६३ वर्ष पार गरीसकेको छ यति लामो ऐतिहासिक अवधिमा यस आन्दोलनभित्र वर्गसंघर्ष र अनतरसंघर्षका अनेकौं जटिल, बाँड्डाटिड्डा र कहालीलाग्दा घुम्तीहरू रहेका छन् । यो आन्दोलन लामो समय पहिले देखि अनेकौं समूह–उपसमूहमा विभाजित रहँदै आएको छ । अतः सारमा यस आन्दोलनभित्र क्रान्तिकारी र संशोधनवादी दुई परस्परविरोधी धाराकै द्वन्द्व प्रमुख बनेर आएको छ । आज नेपाली कम्युनिस्ट आन्दोलनको दक्षिणपन्थी संशोधनवादीधाराले आफूलाई विजातीय कित्तामा सामेल गर्दै दक्षिणपन्थी, सुधारवादी, आधुनिक संशोधनवादी हुँदै नवसंशोधनवादी जो एमाओवादी, घारामा गुणात्मक फड्को हान्न पुगेका छ भने यसको विपरित नेपाली कम्युनिस्ट आन्दोलनको क्रान्तिकारी धारा जो पुनर्गठित नेकपा–माओवादी आज माक्र्सवादी–लेनिनवादी–माओवादीका रूपमा गुणात्मक ढंगले विकसित हुँदै जनयुद्धको जगमा जनविद्रोह मार्फत नेपाली क्रान्ति सम्पन्न गर्ने अन्तिम ऐतिहासिक मोडमा खडा हुन पुगेको छ । यो नै नयाँ ढंगको क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माणको द्वन्द्ववाद हो । र नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासको यस द्वन्द्ववादलाई हामी क्रान्तिकारीहरूले अत्यधिक गहिराईका साथ आत्मसाथ गर्न जरूरी छ ।
    पार्टी सथापना देखि अहिलेसम्मको करिव ६३ वर्षको नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमा पार्टी निर्माणबारे पार्टीले महत्वपूर्ण अनुभवहरू हासिल गरेको छ र नयाँ ढंगको क्रान्तिकारी कम्युनिस्ट पार्टी आफैले निर्माण गरेर व्यवहारमै पूष्टि भेसकेको छ । ति सबै अनुभवहरूलाई सविस्तार व्याख्या गर्न यो लेखमा सम्भव छैन् । पार्टी निर्माणका वैचारिक तथा राजनैतिक संघर्ष तथा वर्गसंघर्षको विकासका दृष्ट्रिले मूख्यतः नेकपा (एकताकेन्द्र) को आयोजनामा २०४८ मा सम्पन्न एकता महाधिवेशन देखि २०५१ मा नेकपा (माओवादी) बन्ने प्रक्रियाको बिचको करिव ३ वर्ष र अहिले प्रचण्ड–बाबुरामले नेतृत्व गरेको एमाओवादी रूपी नवसंशोधनवादसँग सम्बन्ध बिच्छेद गरेर नेकपा–माओवादीको पुनर्गठनको यो करिव पाँच महिनाको हाम्रो पार्टीको अनुभव निकै महत्वपूर्ण रहेको छ । त्यसमा पनि पार्टीभित्र गहिरो घर गरेको अर्कमण्यवाद र सारसंग्रहवाद बाट पार्टीलाई मुक्त गरी कसरी क्रान्तिकारी बनाउने भन्नेबारे २०५० तिर पार्टीभित्र चलाइएको अन्र्तपार्टी सुर्कुलर र २०६५ मा खरिपाटी           राष्ट्रिय कार्यकर्ता भेला देखि २०६९ असार १–४ सम्म नेकपा–माओवादीको पुर्नगठन गर्ने प्रक्रियासम्मको करिव ४ वर्षसम्म एमाओवादी भित्र चलेको भिषण दुईलाइन संघर्ष तथा विचारधारात्मक अन्र्तसङ्घर्षलाई लिन सकिन्छ  । ती अन्र्तसंघर्षहरूले पार्टीको क्रान्तिकारी रूपान्तरणको लागि अर्थात नयाँ ढंगको पार्टी निर्माणको लागि निर्णायक भूमिका खेलेका थिए ।
    नयाँ ढंगबाट कम्युनिस्ट पार्टी निर्माणका सन्दर्भमा २०५० सालमा चलाइएको अन्तरपार्टी सर्कुलरले पार्टीमा अन्तरसंघर्ष र वर्गसंघर्षको अन्र्तसम्बन्धलाई बुझ्ने र पार्टीलाई एकताबद्ध संघर्ष र रूपान्तरणको प्रक्रियाबाट उच्च स्तरमा एकताबद्ध बनाई जनयुद्धको तयारी र थालनी गर्ने विषयमा थप सहयोग गरेको कुरा निर्विवाद छ त्यस्तै एमाओवादी भित्र करिव ४ वर्षसम्म चलेको भिषण दुईलाइन संघर्षले नवसंशोधनवाद सँग सम्बन्ध बिच्छेद गरेर नयाँ ढंगबाट क्रान्तिकारी पार्टी निर्माण गर्ने अनिवार्य नियम अन्र्तगत २०६९ असार ४ गते नेकपा–माओवादीको पुर्नगठन गरेर जनयुद्धको जगमा जनविद्रोहको तयारी गरेर नेपाली क्रान्ति पुरा गर्ने समग्र योजनामा थप सहयोग गरेको निर्विवाद छ ।
नवसंशोधनवादसँग सम्बन्ध बिच्छेद र
नेकपा–माओवादीको पुनर्गठनको औचित्यताबारे

        एकीकृत ने.क.पा. (माओवादी) को आयोजनामा २०६९ असार १ देखि ४ गते सम्पन्न राष्ट्रिय कार्यकर्ता भेलाले पार्टीको मुख्य नेतृत्व समाहल्दै आएका प्रचण्ड र बाबुराम भटट्राईले नेतृत्व गरेको नवसंशोधनवादी समूहसँग सम्बन्ध विच्छेद गरेर नेकपा–माओवादीको पुर्नगठन हुन पुग्यो । नेकपा–माओवादीको पुर्नगठनले नेपालको कम्युनिस्ट आन्दोलन र समग्र नेपालको राजनीतिमा तरङ्ग पैदा गरीदिएको कुरामा कुनै विवाद छैन् । यस ऐतिहासिक परिघट्नाबाट अत्तालीएर एमाओवादीले त्यसको लगत्तै विस्तारित बैठकको आयोजना ग¥यो । त्यो बैठक कम्युनिस्ट पार्टीलाई पुनः व्यवस्थित गर्ने र रूपान्तरण गर्ने नभई भारतको कथाको कुरू क्षेत्र बन्न पुग्यो र नेपाली कम्युनिस्ट आन्दोलनको कलंक बन्न पुग्यो । भारतीय विस्तारवादी शाषकहरूको निर्देशनमा भारतपरस्त दक्षिाणपन्थी मोर्चा बनाएर एमाओवादी सर्वहारा वर्गीय धरातलबाट दक्षिाणपन्थी बुर्जुवा वर्गमा परिणत भएको प्रमार्णित गरेको छ । यी घट्नाक्रमहरूले पनि संशोधनवादसँग सम्बन्ध विच्छेद गरेर नेकपा–माओवादीको पुनर्गठन हुन् अनिवार्य थियो भन्ने पुष्टि गरेको छ र एमाओवादी साँच्चीकै बिग्रिएकै कारणले नेकपा–माओवादीको पुनर्गठन गर्न उचित थियो भन्ने प्रमार्णित भएको छ ।
       प्रचण्ड–बाबुरामले नवसंशोधनवादको दल–दलमा भासिन पुगे । उनिहरू राष्ट्रिय आत्मसर्मपणवादमा पतन भएर साम्राज्यवादी, विस्तारवादीहरूका सामू नाड्डो रूपमा आत्मसमर्पण गर्न पुगे । उनीहरूले पार्टीले निर्णय गरेको क्रान्तिकारी जनविद्रोहको कार्यदिशालाई परित्याग गरी शान्ति र संविधानजस्तो सुधारवादी बुर्जुवा तथा संसदवादी कार्यदिशा पकड्न पुगे । भारतसँग राष्ट्रघाती विप्पा सम्झौता गरे । सुपुदर्गी ऐन ल्याउन र नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल भारतलाई सुम्पने कुचेष्ठा गरेर राष्ट्रघातको कलंकको टिका लगाउन पुगे  । जनयुद्धको प्रक्रियामा जनताद्वारा कब्जा गरिएका सामन्त जमिन्दारका घरजग्गा पुनः जमिन्दार, सामन्तलाई फिर्ता गर्न पुगे सुकुम्वासी जनतालाई सुरक्षा फौज र डोजर लगाएर उठिवास लगाए । जनमुक्ति सेनाको क्याम्पमा प्रतिक्रियावादी सेना परिचालन गरेर आत्मसमर्पण गराई अपमानजनक ढंगले विर्सजन र विघटन गर्न पुगे । जनताको संविधान बनाउने कार्यलाई बिचमै बेपत्ता पारेर संविधानसभाको विघटन गर्न पुगे । दस वर्षको जनयुद्धको क्रममा निर्माण गरीएका आधार इलाकाहरू जनसत्ता, जनकम्युन  र जनसरकारहरू पहिले नै विघटन गर्न पुगे र क्रान्तिकारी माक्र्सवाद र नेपाली क्रान्तिप्रति नेपाली जनताप्रति गम्भीर रूपमा गद्दारी गर्न पुगे  ।
       प्रचण्ड–बाबुरामहरूमा उत्पन्न भएको वैचारिक विचलनका विरूद्ध खरिपाटी, पालुङ्टार हुँदै पार्टीका वरिष्ठ उपाध्यक्ष क. मोहन वैद्य ‘किरण’को नेतृत्वमा लामो समयसम्म दुईलाइन संघर्ष सञ्चालन गरीयो । पार्टीलाई क्रान्तिकारी रूपान्तरण गर्ने उद्देश्यले ऐतिहासिक धोविघाट भेलाहरू पनि सम्पन्न भए तर ती सबै प्रयत्नहरूबाट प्रचण्ड र बाबुरामहरूमा कुनै परिवर्तन आएन । उनिहरूले झनै जनवादी केन्द्रीयताको सिद्धान्तलाई उल्लंघन गर्दै अघि बढे । क्रान्तिकारीहरूलाई पाखा लगाउने र अवसरवादीहरूलाई काखि च्यापेर अगाडि बढ्ने गरे । उनिहरूले पार्टीलाई कुनै कम्युनिस्ट पार्टीजस्तो नभएर एउटा क्लवको रूपमा परिणत गर्न पुगे, र पार्टीलाई छलछाम, षडयन्त्र र तिक्डमबाजीका आधारमा चलाउन थालेपछि त्यो दक्षिणपन्थी नवसंशोधनवादमा पतन भइसकेको नेतृत्वले नेपाली क्रान्तिको नेतृत्व गर्न नसक्ने ठहर गर्दै नेपाली क्रान्तिको बाँकी कार्यभार पूरा गर्ने ऐतिहासिक दायित्वबोधका साथ नवसंशोधनवादसँग सम्बन्ध बिच्छेद गरेर नेपली क्रान्तिको बृहतर हितलाई केन्द्रविन्दुमा राखेर नेकपा–माओवादीको पुनर्गठन गरीएको कुरामा अब कतै विवाद छैन् । यही नै हो नेकपा–माओवादीको पुनर्गठनको अन्तरवस्तु । पार्टी निर्माणको यो द्वन्द्ववादको नियमलाई हामी सबै क्रान्तिकारीले हृदयंगम गर्न जरूरी छ  ।
संशोधनवादको जन्म र विकास
    अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका समृद्ध ऐतिहासिक अनुभव र तथ्यहरूमा आधारित भएर अर्थात दुई गुणात्मक ढंगले भिन्न सिद्धान्त माक्र्सवाद–लेनिनवाद–माओवादको विकास र शास्त्रीय संशोधनवाद, आधुनिक संशोधनवाद, नवसंशोधनवादको प्रतिक्रियावादमा पतनको सारतत्वमाथि ध्यान दिनु आवश्यक हुन्छ ।
    माक्र्सवाद सर्वहारा क्रान्तिको वैज्ञानिक सिद्धान्त हो यसका तीन संघटक अंग छन् । ति हुन – दर्शन, राजनीतिक, अर्थशास्त्र, र समाजवाद । माक्र्सवादको दर्शन द्वन्द्वात्मक एवम ऐतिहासिक भौतिकवाद हो । मानव जातिको इतिहासको विकास प्रक्रियाको आर्थिक नियमहरूको भौतिकवादी अध्ययन गर्ने विज्ञानको नाम राजनैतिक अर्थशास्त्र हो । समाजवाद अन्र्तगत वर्ग – वर्गसंघर्ष, पार्टी, राज्यसत्ता, सर्वहारा अधिनायकत्व र ती सबैको बिलुप्तीको वैज्ञानिक अध्ययन गरिन्छ । सर्वहारा क्रान्तिको यो वैज्ञानिक सिद्धान्त तमाम प्रकारका आर्दशवाद, अधिभूतवाद र कल्पनावादका विरूद्ध खडा छ । यो वैज्ञानिक सिद्धान्तसित सामना गर्नसक्ने क्षमता आज कसै सँग छैन । यो वैज्ञानिक र गतिशील सिद्धान्त भएकोले आज यो माक्र्सवाद–लेनिनवाद र माओवादका रूपमा विकसित भएको छ । यहाँनेर बुझ्नै पर्ने कुरा के हो भने माक्र्सवादको संशोधन, अपव्याख्या र पूर्नविचार गर्नु संशोधनवाद हो । माक्र्सवादको सैद्धान्तिक विजयको कारण आफ्नो पृथक अस्तित्व धान्न असमर्थ तमाम प्रकारका अवसरवादी तथा काल्पनिक समाजवादी धाराहरू माक्र्सवादको वैज्ञानिक धाराभित्र जब घुस्न पुग्छन् त्यो बेला संशोधनवादको जन्म हुन्छ । माक्र्सवादको जन्मको लगतै पु्रधोजस्ता अवसरवादीहरूको जन्म भयोे । माक्र्सवादलाई पुरानो भइसकेको जडसुत्रवादी सिद्धान्त बताउँदै यसको संशोधन  र पुर्नविचारको प्रस्तावना पेश गर्ने पहिलो व्यक्ति वर्नस्टाइन हो । अन्तराष्ट्रिय कम्युनिस्ट आन्दोलनमा संशोधनवादका दक्षिणपन्थि, उग्रपन्थि एवम मध्यपन्थि रूपहरू विभिन्न काल खण्डमा देखा पर्दै आएका छन् र यिनमा दक्षिणपन्थि संशोधनवाद–नवसंशोधनवादनै  अधिक बिकृतीपूर्ण एवम खतरनाक रहि आएको छ । संशोधनवादको शास्त्रीय संशोधनवाद–आधुनिक संशोधनवाद–नवसंशोधनवाद–प्रतिक्रान्तिको बाटो हुँदै प्रतिक्रियावादका रूपमा पतन हुन पुगेको छ । यि सबैखाले संशोधनवाद अन्तर्राष्ट्रिय परिघटनाका परिणाम हुन् जसको जन्म आधुनिक समाजको वर्गिय परिवेशमा हुन्छ । हरेक देशमा क्रान्तिका विशेषता सँगै सबैखाले संशोधनवादहरूले पनि आफ्ना विशिष्टताहरू जाहेर गर्ने गर्दछन् । सामाजिक र सैद्धान्तिक विशेषताहरू सहित संशोधनवादको जन्म हुने गर्दछन् । ऐतिहासिक तथ्यहरूले के पुष्ठि  गरेका छन् भने संशोधनवादको सामाजीक स्रोत निम्न पूँजिवाद र साम्राज्यवाद हो । संशोधनवादको साम्राज्यवादसँग घनिष्ट सम्बन्ध रहँदै आएको छ । साम्राज्यवादको जन्म इङ्ग्लयाण्डबाट भएको होे । जब साम्राज्यवाद अन्य देशहरूमा फैलदैं गयो, त्यसको प्रभावको कारण ती देशहरूमा पनि संशोधनवाद फैलिन पुग्यो । जर्मनीको लासाल र लासालवादीहरूमा पनि अनेकौं अवसरवादी बिकृतीहरू पैदा हुँदै गएको कुरा बारे माक्र्स एंगेल्सले उदघाटीत गर्नु भएको छ । सैद्धान्तिक दृष्ट्रिले हेर्दा संशोधनवादको वैचारिक स्रोत निम्न पूँजिवाद, पूँजिवाद र साम्राज्यवादी विचारधारा नै हो । संशोधनवादले माक्र्सवादका संघटक अड्डको बारेमा दर्शन, राजनीति अर्थशास्त्र र समाजवाद तीनवटै संघटक अंगलाई संशोधित एवम बिकृत पार्दै आउने काम गरेको छ । दर्शनका क्षेत्रमा काष्ठवाद, पत्यक्षवाद, अनुभववाद, व्यवहारिकतावाद, सड्ढल्पवाद, भँडुवावाद, विकासवाद र नानाथरिका विचारपन्थि सारसंग्रहवादलाई आत्मसाथ गर्दै आएको छ । द्वन्द्वात्मक एवम ऐतिहासिक भौतिकवादका विरूद्ध यसले अधिभूतवाद र आर्दशवादको पक्षपोषण गर्ने गर्दछ । राजनीतिक अर्थशास्त्रको क्षेत्रमा पूँजिवादी संकट तथा मूल्य सिद्धान्तको विरोध गर्नु, साम्राज्यवादलाई प्रगतिशील देख्नु, नियोजीत अर्थतन्त्रका विरूद्ध अराजक स्वतः स्फुर्तवादी उत्पादक शक्तिको सिद्धान्त अँगाल्नु यसका मूलभूत पक्ष हुन् । समाजवादक क्षेत्रमा यसले वर्गसंघर्ष, सर्वहारा अधिनायकत्व र हिंशापूर्ण क्रान्तिको सिद्धान्तको विरूद्ध वर्गसमन्वय पूँजीवादी अधिनायकत्व र शान्तिपूर्ण संक्रमणको सिद्धान्त अवलम्बन गर्दछ । र, मजदूर आन्दोलनलाई सुधारवादी, संसदवादी भाषमा फसाउने यसका मूल विशेषता हुन् । हामीले प्राप्त गरेको ज्ञान के–हो भने अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको इतिहासमा सर्वहारा क्रान्तिको सिद्धान्तको विकास जसरी माक्र्सवाद–लेनिनवाद–माओवादका तीन गुणात्मक चरणमा भएको छ । त्यसरी नै संशोधनवाद पनि शास्त्रीय संशोधनवाद–आधुनिक      संशोधनवाद–नवसंशोधनवाद–प्रतिक्रियावादका रूपमा बिकृत हुन पुगेको छ । सर्वहारा क्रान्तिको विकास वर्ग दुश्मनहरू, उनिहरूको विचारधारा तमाम अराजकतावादी तथा अवसरवादीहरू र नवसंशोधनवादीका विरूद्धको भिषण वर्गसंघर्ष र अन्तरसंघर्षको दुईलाईन संघर्षका बिचबाट निकै जटिल,  संड्डिन र ओजपूर्ण रहेको छ । माक्र्सवाद इतिहास विज्ञानको महान् खोज थियो । वर्गसंघर्षको सर्वहारा अधिनायकत्वमा विकास र साम्यवादको स्थापना त्यसको खोजको केन्द्रीय कडी सर्वहारा वर्गको अधिनायकत्व थियो । अराजकतावादीहरूले माक्र्सवादको त्यसै केन्द्रीय कडीमाथि प्रहार गरेका थिए । लासालवादीहरूको जोड त्यसै केन्द्रीय कडीका विरूद्ध स्वतन्त्र राज्यको पक्षपोषण गर्नु र स्वतन्त्रता, समानता, न्याय तथा भातृत्वका पूँजिवादी नारालाई अलङ्कृत गर्नुथियो । त्यसका निम्ती लासालवादीहरूले पार्टीमा विजातीय तत्वलाई भर्ने र पार्टीको वैचारिक बन्ध्याकरण गर्ने कुरामा पुरा जोड दिएका थिए । माक्र्स–एंगेल्सले ती सबका विरूद्ध लड्दै माक्र्सवादी सिद्धान्त, रणनीति तथा कार्यनीति र त्यसको सम्वाहक पार्टीलाई समेत स्थापित गर्नु भएको थियो । दोस्रो अन्तर्राष्ट्रिय कालमा वर्नस्टिनलले तमाम काल्पनिक तथा अवसरवादी विचारहरूलाई समेट्दै तथा वर्गसंघर्ष, सर्वहारा अधिनायकत्व र हिंशापूर्ण क्रान्तिको सिद्धान्तका विरूद्ध वर्गसमन्वय, बालीक मताधिकार, पूँजिवादी अधिनायकत्व र शान्तिपूर्ण संक्रमणको सिद्धान्तको वकालत गर्दै शास्त्रीय संशोधनवादको जग बसालेको थियो । यस अवधिमा अर्थवाद, मेन्से– विकवाद, विर्सजनवाद, काउत्स्कीवाद लगायतका संशोधनवादका विविध रूपहरू प्रकट भएका थिए । गद्धार काउत्स्कीले वर्नस्टाइनको पदानुशरण गर्दै सर्वहारा अधिनायकत्व र बल प्रयोगको सिद्धान्तका विरूद्ध शुद्ध जनवादको पक्ष पोषण गरेको थियो र उसले साम्राज्यवादलाई प्रगतिशिल समेत बताएको थियो ।
आधुनिक संशोधनवादको सुत्रपात मूख्यतः खुश्चेवबाट भयो । उसले सम्पूर्ण जनताको पार्टी, सम्पूर्ण जनताको राज्य र शान्तिपूर्ण संक्रमणको सिद्धान्त अवलम्बन गर्दै तथा वर्गसंघर्ष सर्वहारावर्गको अधिनायकत्व र शसस्त्र संघर्षको विरूद्ध भिषण हमला बोल्दै रूसमा पूँजिवादको स्थापना ग¥यो । खुश्चेवदेखि मिखाईल गोर्भाचोभसम्म आउँदा आधुनिक संशोधनवाद, सामाजीक फाँसिवादका रूपमा गिर्न पुग्यो पछिल्लो अवधिमा आउँदा कमरेड माओत्सेतुङ्ले एकातिर अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको गहन अध्ययन र अर्कोतिर स्वयमः चीनमै जटिल बन्दै गईरहेको पूँजिवादको पुर्नस्थापना रोक्नको लागि सर्वहारा अधिनायकत्व अन्र्तगत निरन्तर क्रान्ति जारी राख्ने सिद्धान्त प्रतिपादन गरि महान् १० वर्षे सर्वहारा साँस्कृतिक क्रान्ति सञ्चालन गर्नुभयो । चीनको नयाँ जनवादी क्रान्ति देखि आज सम्म आईपुग्दा दर्शन, राजनीतिक अर्थशास्त्र र समाजवाद तीनवटै क्षेत्रमा माक्र्सवाद–लेनिनवादको तेस्रो गुणात्मक शिखरका रूपमा माओवादको विकास भयो । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन यसरी माक्र्सवाद र संशोधनवादको भिषण द्वन्द्वको बिचबाट गुर्जर्दै आउँदा क्रान्ति र प्रतिक्रान्तिका जित र हारका अनेकौं घट्नाहरू घटिसकेका छन् । सारमा संशोधनवादीहरूले क्रान्त्किारीहरूलाई उग्रवादी, आतड्ढवादी, जडसुत्रवादी आदी भनेर बदनाम मात्र गरेका छैनन् भिषण भौतिक हमला सम्म गर्न पुगेका छन्  । वास्तवमा संशोधनवादीहरू वर्नस्टाइन, काउत्स्की र खुश्चेव भन्दा पनि अझै तल गिरेर ठाडै संसदीय प्रजातन्त्र, पूँजीवादी संसद र बहुलवादलाई आर्दश मान्दै युरो कम्युनिज्मको पतित सिद्धान्त समेत अंगाल्न पुगेका छन् र आज संशोधनवाद नवसंशोधनवादमा बिकास गरेर नाङ्गो पूँजीवादमा समेत गिर्न पुगेको छ ।
हामीले संञ्चालन गर्दै आएको वर्गसंघर्ष, अन्तःसघर्ष र दुईलाइन संघर्षको अध्ययन र अनुभवबाट के निश्कर्षमा पुग्न सकिन्छ भने अन्र्तराष्ट्रिय कम्युनिस्ट आन्दोलनभित्रको माक्र्सवाद र संशोधनवाद बिचको यो भिषण लडाइ आज आएर एकातिर माक्र्सवाद–लेनिनवाद–माओवाद र अर्कोतिर शास्त्रीय संशोधनवाद–आधुनिक संशोधनवाद–प्रतिक्रियावाद बिचको लडाइमा अभिव्यक्त हुन पुगेको छ । एकातीर अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको माक्र्सवाद र संशोधनवादका बिचको लामो ऐतिहासिक लडाइका समृद्ध अनुभव एवम शिक्षाको सार हो भने अर्कोतिर त्यस लडाइको माक्र्सवाद र प्रतिक्रियावाद बिचको लडाइमा रूपान्तरणको द्योतक पनि हो । यसरी आज माक्र्सवाद र नवसंशोधनवाद बिचको संघर्ष सारमा भन्नुपर्दा माओवाद र प्रतिक्रियावाद बिचको भिषण संघर्षमा बदलीन पुगेको छ ।
विश्वका प्रमुख संशोधनवादी गद्धारहरू
    माक्र्सवादको उदयले विश्व मानव समाजमा ठूलो क्रान्ति ल्यायो र हलचल नै पैदा गरिदियो तर माक्र्सवादको जन्मसँगै यसको विरोधी धारा दक्षिणपन्थी संशोधनवादको पनि जन्म र विकास भयो माक्र्सवादको जुन लेनिनवाद र माओवादमा विकास हुन पुग्यो । त्यसैगरी संशोधनवादले पनि शास्त्रीय संशोधनवाद, आधुनिक संशोधनवाद र प्रतिक्रियवादमा गुणात्मकरूपमा विकास गर्न पुग्यो । संशोधनवादको स्रोत साम्राज्यवाद, पुँजीवाद र निम्न पुँजीवाद हो, यसलाई लेनिनले अन्तर्राष्ट्रिय परिघटनाको रूपमा संंश्लेषण गर्नुभएको छ । यस लेखमा पहिले माक्र्सवादी बनेर माक्र्सवादी धाराभित्र घुसेका र पछि संशोधनवादी बनेर माक्र्सवादका कट्टर हिमायती मात्र होइन प्रतिक्रियावादमा पतन भइसकेका प्रुधोँदेखि लिएर ल्युशाओ ची, देङ शाओपिङसम्मका संशोधनवादी गद्दारहरूको बारेमा सामान्य जानकारी गराउने प्रयत्न गरिएको छ । 

पिचेर जोसे प्रुधोँ
(१८०९–१८६५)

        प्रुधोँ विख्यात फ्रान्सीसी पत्रकार, अर्थाशास्त्री र एवम समाजशास्त्री थिएध्र शुरूमा प्रुधोँ माक्र्सवादका कट्टर समर्थक थिएध्र माक्र्स र एगेंल्सको पहलकदमीमा सन् १८६४ मा प्रथम अन्तर्राष्ट्रियको गठन भएको थियो । प्रुधोँ त्यसको अध्यक्षमा चुनिएका थिए । पछि प्रुधोँ समाजवादी नभएर एक अराजकतावादीका संस्थापक तथा माक्र्सवादका प्रमुख आलोचक बने । माक्र्सवादलाई अराजकता फैलाउने पहिलो व्यक्ति प्रुधोँ नै थिए । उनी साम्यवादी सिद्धान्तका कट्टर विरोधी र यसलाई उनले कमजोरीको शोषण मानेका थिए । उनले साम्यवादलाई काल्पनिक मानेका छन् । प्रुधोँले माक्र्सवादलाई “गरिबको दर्शन” भनेका छन् भने माक्र्सले प्रुधोँको दर्शनलाई “दर्शनको दरिद्रता” भन्नुभएको छ । प्रुधोँ राज्यशक्तिका विरोधी र स्वतन्त्रताका प्रबल समर्थक रहेका छन् । अन्तिममा प्रुधोँ प्रतिक्रियावादमा पतन हुन पुगेका छन् ।
लुई ओग्युस्टिन ब्लाङ्की
(१८०५–१८८१)

ब्लाङ्की फ्रान्सीसी युरोपियाइ समाजवादी तथा असाधारण क्रान्तिकारी थिए र उनले फ्रान्सको सन् १८३० र १८४८ को क्रान्तिमा भाग लिएका थिए । उनलाई दुईचोटि मृत्युदण्डको सजायँ सुनाइएको थियो । उनको आधा जीवन जेलमा नै बितेको थियो । उनले षड्यन्त्रको राजनीतिलाई आफ्नो विचार बनाएका थिए । उनले पुँजीवादको विरोध र सामाजिक क्रान्तिको समर्थन गरेका थिए । षड्यन्त्रको उनको कार्यनीति गलत भएकाले ब्लाङ्कीपन्थीहरूले असफलता भोग्नुपरेको थियो । क्रान्तिकारी पार्टीको नेतृत्वमा श्रमिकवर्गले भाग लिएर मात्र क्रान्ति सफल हुन्छ भन्ने उनले ध्यान नदिई षड्यन्त्रकारीलाई मात्र कार्यनीति बनाएको हुँदा उनका विचारमा त्रुटिरहेको पाइन्छ ।
        ब्लाङ्कीवाद यो उग्रवामपन्थी अराजकतावादी प्रवृत्ति हो ध्र यो माक्र्सवादविरोधी विचारधारा हो । ब्लाङ्कीको प्रभाव प्रथम अन्तर्राष्ट्रिय र पेरिस कम्युनमा पनि परेको थियोध्र पेरिस कम्युनमा त उनको बहुमत थियो । माक्र्सले उनको क्रान्तिकारी स्प्रिटको उच्च मूल्याङ्कन गर्दै उनको वैचारिक खण्डन गरेका थिएध्र ब्लाङ्कीवादले सर्वहारावर्गको क्रान्तिकारी पार्टीको निर्माणमा जोड दिनुको साटो मुठिठ्भर व्यक्तिहरूको भूमिकामा जोड दिन्थ्यो । यसले जनतामाथि भरपर्ने र जनतालाई गोलबन्द गर्नुपर्ने र सर्वहारा अधिनायकत्व अन्तर्गत निरन्तररूपमा क्रान्ति चलाउने वर्गसङ्घर्षको महŒवलाई अस्वीकार गर्दैथ्यो । यसले सर्वहारा अधिनायकत्व, वर्गहीन, राज्यविहीन स्थितिको विरोध गर्दथ्यो ध्र ब्लाङ्कीवादलाई अनुशरण गरेकै महान् पेरिस कम्युन असफलता व्यहोर्नुपरेको तर्क पनि गरिएको पाइन्छ

मिखाइल अलेक्सान्द्रोविच बाकुनिन
(१८१४–१८७६)

        बाकुनिन रुसी क्रान्तिकारी र अराजकतावादका एक सिद्धान्तकार थिएध्र उनले १८४८–१८४९ मा जर्मनीको क्रान्तिमा सक्रिय भाग लिएका थिएध्र युरोपमा उनले अराजकतावादी आन्दोलन संगठित गरेका थिए ध्र बाकुनिनको दर्शनको मुख्य आधारमा राज्य नै मानिसको उत्पीडनको मुख्य तत्व हो भन्ने रहेको छध्र उनी प्रथम अन्तर्राष्ट्रियको सदस्य बन्न सफल भएका थिएध्र उनले माक्र्स र एगेंल्सको घनघोर विरोध मात्र गरेनन† कि अन्तर्राष्ट्रिय मजदुर आन्दोलनको नेतृत्व हत्याउने प्रयत्न समेत गरेका थिए । सन् १८७२ मा प्रथम अन्तर्राष्ट्रियबाट बाकुनिनलाई कारबाही गरेर निकाला गरिएको थियो ।


फर्डिनान्ड लासाल

    फर्डिनान्ड लासाल जर्मन मजदुर सङ्घका संस्थापक अध्यक्ष थिए । लासाल जर्मन मजदुर आन्दोलनका नेता, अराजकतावादको विशेष रूप र लासालवादका संस्थापक थिए । अर्थात् माक्र्सवाद विरोधी अवसरवादी धाराका लासाल प्रमुख व्यक्ति थिए । उनले राज्यलाई वर्गभन्दा माथिको सङ्गठन मान्दथे । उनको आफ्नो अवसरवादी धार र प्रक्रिया राजतन्त्रसँग सम्झौतावादी थियो । लासालको विचारलाई लासालवाद भनिन्छ । अध्यक्ष लासालले त्यसबेलाको मजदुर आन्दोलनमा एक छुट्टै कार्यक्रम पेश गरेका थिए । वास्तवमा लासालको कार्यक्रम अर्थात् लासालवाद एक सुधारवादी कार्यक्रम थियो । माक्र्स र एगेंल्सले यस कार्यक्रमलाई मजदुर आन्दोलनको एक अवसरवादी भनी आलोचना गर्नुभएको थियो ।

एडवर्ड बर्नस्टिन
 (१८५०–१९३२)

       एडवर्ड बर्नस्टिन जर्मनका सामाजिक जनवादी क्रान्तिकारी मजदुर आन्दोलनका संशोधनवादी प्रवक्ता हुन । सन् १८८९ मा एगेंल्सको नेतृत्वमा दोस्रो इन्टरनेशनलको स्थापना गरिएको थियो । सन् १८९५ मा एगेंल्सको मृत्यु भयो । सन् १८९६–१८९८ मा बर्नस्टिनले समाजवादको समस्या भन्ने लेख शृङ्खला प्रकाशित गरेका थिए । ती लेखहरूमा उनले दर्शनशास्त्र, राजनीतिक अर्थशास्त्र तथा वैज्ञानिक समाजका सिद्धान्तका क्षेत्रमा माक्र्सवादको आधारभूत प्रस्तावनाको आलोचना गरेका थिए । फ्रेडरिक एगेंल्सको मृत्युपश्चात् सन् १८९६ मा दोस्रो इन्टरनेशनलभित्र माक्र्सवादका विरुद्ध पहिलो पटक संशोधनवादको प्रस्ताव पेश गर्ने पहिलो व्यक्ति एडवर्ग बर्नस्टिन हुन् । उनले द्वन्द्वात्मक भौतिकवाद, वैज्ञानिक समाजवाद र सर्वहारावर्गको अधिनायकत्वलाई अस्वीकार गरी वर्गसङ्घर्षलाई समाप्त पार्दै लैजाने सिद्धान्त प्रतिपादन गरेका थिए । उनले क्रान्तिकारी सिद्धान्तलाई अस्वीकार गरी विकासवादको सिद्धान्तअनुसार स्वयं वर्गसङ्घर्ष समाप्त हुँदै जाने र मजदुरले क्रान्तिबाट पुँजीवादलाई समाप्त गरी सर्वहाराको नेतृत्वमा समाजवादको स्थापनालाई अस्वीकार गरेकाले उनको सिद्धान्तलाई संशोधनवाद भनिन्छ । दार्शनिक क्षेत्रमा प्लेखानोवले बर्नस्टिनको संशोनवादको व्यापक खण्डन गरेका थिएध्र यसैबाट नै क्रान्तिकारी माक्र्सवाद र क्रान्तिको सिद्धान्त अगाडि बढेको हो । लेनिनले रुसमा वर्नस्टिनको संशोधनवाद र अर्थवादी तथा मेन्सेविक अन्तर्राष्ट्रिय आन्दोलनको व्यापक आलोचना गरी क्रान्तिकारी माक्र्सवादी सिद्धान्तको रक्षा र विकास गर्ने क्रममा लेनिनवादको प्रतिपादन गरेर माक्र्सवादको ज्ञानको भण्डारमा थप योगदान पु¥याउनुभएको थियो र, अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनलाई समृद्धशाली तुल्याउनुभएको थियो ।
             

Sunday, March 3, 2013

जनयुद्धको जगमा जनविद्रोह


१. विषय प्रवेशः
    नेपाल कम्युनिस्ट पार्टी–माओवादीको नेतृत्वमा संचालित गरिएको महान् जनयुद्धको ऐतिहासिक पहल गरिएको १७ वर्ष पुरा भइसकेको छ र अहिले हामीले १८ औँ जनयुद्ध दिवस मनाइरहेका छौं । २०५२ साल फाल्गुन १ गते “प्रतिक्रियावादी राज्यसत्तालाई ध्वस्त गर्दै नयाँ जनवादी राज्यसत्ताको स्थापना गर्न जनयुद्धको बाटोमा अघि बढौं ।” भन्ने मुल नाराका साथ रोलपाको होलेरी प्रहरी चौकी, रूकुमको राडी ज्यूला प्रहरी चौकी, सिन्भुली माढिको प्रहरी चौकी र गोरखामा कृर्षि विकास बैंकको साना किसान आयोजनाको कार्यालयमा एकै साथ फौजी हमला गरि जनयुद्धको थालनी गरिएको थियो ।
    तत्कालिन अवस्थामा नेकपा (माओवादी)को नेतृत्वमा जनयुद्धको थालनी गर्नु एक युगान्तकारी कदम थियो । किनकी त्यतिबेला नेपाली कम्युनिस्ट आन्दोलन दशकौं लामो दक्षिणपन्थि संशोधनवादको भाषमा फसिसकेको थियो । संसदवाद, सुधारवाद, सारसंग्रहवाद लगायत सबैखाले कम्युनिस्ट आन्दोलन क्षतविक्षत हुन् पुगेको थियो । त्यसखाले विषम परिस्थितिमा नेपाली कम्युनिस्ट आन्दोलनलाई जोगाएर क्रान्तिकारी धाराको विकास गर्दै लामो समयदेखि अर्धसामन्ती र अर्ध–औपनेवेशिक दस्ताको जन्जीरबाट नेपाल राष्ट र नेपाली जनतालाई मुक्त गरि मान्छेद्वारा मान्छेमाथि गरिने सबैखाले शोषण, दमन उत्पिडन र अन्याय अत्याचारबाट मुक्त गरि समानताका अधारमा समृद्धशाली नयाँ नेपाल निर्माण गर्नका लागि सशस्त्र जनयुद्धको थालनी गर्नु जरुरी थियो र यसलाई नयाँ जनवादी क्रान्तिले मात्र पुरा गर्न तत्कालीन नेकपा (माओवादी) ले नेपाली क्रान्तिको ऐतिहासिक कार्यभार पुरा गर्न महान् जनयुद्धको तयारीमा जाने प्रतिबद्धता व्यक्त ग¥यो ।
    वि. शं. २०४८ मा सम्पन्न एकता महाधिवेशनले दिर्घकालिन जनयुद्धको कार्यदिशा पारित ग¥यो । २०५१ फागुन मा आयोजना गरिएको नेकपा (माओवादी)को पहिलो राष्ट्रिय सम्मेलनले जनयुद्धमा जाने ऐतिहासिक निर्णय गरेको थियो । त्यसपछि २०५२ साल असारमा बसेको माओवादीको केन्द्रीय समिति बैठकले जनयुद्धका लागि चार आधार र चार तयारीलाई पुरा गर्ने जस्ता काममा लाग्न पार्टीपंक्तिलाई निर्देशन गरेको थियो । यसै क्रममा माओवादी जनयुद्ध किन आवश्यक छ ? यसको लष्य उद्देश्य के हुने ? माओवादीले किन बन्दुक उठाउँदै छ ? नयाँ जनवादी क्रान्ति के हो र किन आवश्यक छ ? यिनै तमाम प्रश्न उठ्नु स्वभाविक थियो र यसको जवाफ पनि तत्कालिन नेकपा (माओवादी)ले जनयुद्धको ऐतिहासिक पहलको लागि सैद्धान्तिक प्रतिबद्धता ब्यक्त गरेको थियो र अन्य आवश्यक तयारी गर्दै त्यसको ठिक आठ महिनापछि अर्थात् २०५२ साल फागुन १ गतेदेखि माओवादीले महान् जनयुद्धको सुरुवात ग¥यो । त्यसले सबैखाले संशोधनवादीहरू र प्रतिक्रियावादीहरूको स्वर्गमा ठूला भूइचालो ल्याइदिएको थियो भने क्रान्तिकारी जनता र विश्वका भाइचाराहरूमा आशा र उत्साहको संचार पैदा गरिदिएको थियो । त्यस महान् १० वर्षे जनयुद्धले नेपाली जनतालाई मात्र होइन विश्वका जनतालाई एकपटक राम्ररी झकझकाएको थियो र त्यस जनयुद्धले सिड्डो पृथ्वीमा नै एकप्रकारको कम्पन पैदा गरिदिएको थियो ।
    बिडम्बना महान् जनयुद्धको प्रक्रियामा रूकुमको खारामा तत्कालिन शाही नेपाली सेनाको ब्यारेकमाथि फैजी आक्रमणमा पराजीत हुनेबित्तिकै माओवादीको मुख्य नेतृत्व डराएर झुक्न पुग्यो र २०६२ असोज–कातिकमा पुगेर सशस्त्र जनयुद्धको कार्यदिशालाई परित्याग गरी सशस्त्र सङ्घर्ष र जनआन्दोलनलाई फ्युजन गर्ने भन्ने बहानाबाजी गर्दै लोकतान्त्रिक गणतन्त्रको संसदवादी पुँजीवादी कार्यदिशा पारित गर्न पुग्यो । भारतिय विस्तारवादको निर्देशनमा र गुरुयोजनामा २०६२ मंसिर ७ गते नयाँ दिल्लीमा भएको संसदवादी सात राजनीतिक दलहरूसित राष्ट्रघाती १२ बुँदे समझदारी गरेर पार्टीलाई संसदीय भासतिर उन्मुख बनाइयो । यसलाई क्रियान्वयन गर्ने शिलसिलामा प्रचण्ड–बाबुरामले २०६२ साल असार २ गते संसदवादी दलालसित ८ बुँदे सम्झौता गर्दै महान् १० वर्षे जनयुद्धको प्रक्रियामा निर्माण गरिएका जनसत्ता, जनकम्युन, जनअदालत र जनसरकारहरू खारेज गर्न सहमत भए । प्रचण्ड–बाबुरामले २०६३ सालकै मंसिर ५ गते नेपाल सरकारसित बृहत शान्ति–सम्झौता कायम गर्ने क्रममा प्रचण्डले सशस्त्र जनयुद्ध त्यसै मितिदेखि समाप्त भएको घोषणा सम्झौतापत्रमा हस्ताक्षर गर्न पुगे र नेपाली जनताको बलिदानपश्चात निर्माण भएको जनमुक्ति सेना र हतियारलाई संयुक्त राष्ट संघको मातहतमा क्यान्टोनमेन्टमा राख्ने निर्णय समेत गरे पश्चात प्रतिक्रियावादी पुरानो संसदीय व्यवस्था स्वीकार गरी २०६३ माघ १ गते सिंहदरवारमा प्रवेश गरेपछि २०६३ चैत १८ गते प्रतिक्रियावादी सरकारमा सामेल हुन् पुगे । यसका बाबजुत २०६४ चैत २८ गते संविधानसभाको ऐतिहासिक निर्वाचन सम्पन्न भयो र यसले २४० वर्षे शाहवंशिय सामन्ती राजतन्त्रात्मक व्यवस्थाको अन्त्य गरेर संघिय लोकतान्त्रिक गणतन्त्र निर्माण गर्न सफल भए । यो नै महान् दस वर्षे जनयुद्धको राजनीतिक उपलब्धी थियो । तर पार्टीको मुख्य नेतृत्व संहालीरहेका प्रचण्ड–बाबुरामले भने साम्राज्यवादी र विस्तारवादहरूका सामु लमपसार पर्दै आत्मसर्मपण गर्दै नवसंशोधनवादमा पतन हुन् पुगेपछि प्रचण्ड–बाबुरामले पार्टीले निर्णय गरेको नेपाली क्रान्तिको कार्यदिशालाई लत्याउँदै साम्राज्यवादी र विस्तारवादीहरूको निर्देशन र योजनामा ‘शान्ति र संविधान’ नाम दिइएको संसदवादी–सुधारवादी कार्यदिशालाई अंगिकार गर्न पुगेर नेपाली क्रान्तिप्रति गद्धारी गर्ने, जनता र क्रान्तिकारीहरूलाई गम्भीर प्रकारको धोका दिन पुगे प्रचण्ड–बाबुराम । उनिहरूको त्यस प्रकारको कदमले पार्टीभित्र गम्भीर प्रकारको दुईलाइन सङ्घर्ष सञ्चालन हुन पुग्यो र पार्टीभित्रका क्रान्तिकारीहरूले प्रचण्ड–बाबुरामलाई रूपान्तरण गराउन ठूलो प्रयत्न गरे तर उनीहरू रूपान्तरणहुनुको बदला झनै राष्ट्रघात र जनघातका श्रृङ्खलाहरू बढाउँदै जनमुक्ति सेनाको विघटन गर्ने र जनताको संविधान बनाउने कार्यलाई बिचमै लत्याउँदै जनताद्वारा निर्मित संविधानसभाको अवसान गराउँदै तथाकथित नयाँ संविधानसभाको निर्वाचनको घोषणाको नौटंकी मञ्चन गर्दै जनता र आमक्रान्तिकारीहरूलाई गम्भीर प्रकारको धोका दिन पुगेपछि पार्टीभित्रका क्रान्तिकारीहरूले नवसंशोधनवादीहरुसित सम्बन्ध बिच्छेद गर्दै नेपाली क्रान्तिका बाँकी कार्यभार पुरा गर्ने महान् उद्देश्यका साथ नेकपा–माओवादीको पुनर्गठन गर्न पुगेपछि यसले नेपाली कम्युनिस्ट आन्दोलनभित्र फेरी एउटा शक्ति पैदा गर्न सफल भयो र यही माघ २ गते सम्पन्न माओवादीको ऐतिहासिक सातौँ राष्ट्रिय महाधिवेशनले ‘जनयुद्धको जगमा जनविद्रोह’ नामक नेपाली क्रान्तिको वर्तमान कार्यदिशा पारित गर्न पुगे पश्चात क्रान्तिकारी जनता र विश्वका भाइचाराहरूमा पुनः आशा र उत्साह पदा भएको छ । नवसंशोधनवादीहरूले विथोलीरहेको नेपाली क्रान्तिको बाटो सफा हुन पुगेको छ ।
    आज महान् जनयुद्धले १७ वर्ष पुरा गरेर १८ वर्षमा प्रवेश गरिसकेको छ र हामिले यतिबेला १८ औं महान् जनयुद्ध दिवस भव्यताका साथ मनाइरहेका छौं । यतिबेला मुलुक क्रान्ति र प्रतिक्रान्तिको भीषण द्वन्दका बीचबाट अगाडी बढिरहेको छ । राष्ट्रिय स्वाधीनता धरापमा परिरहेको छ । सत्ताधारी वर्गले एकपछि अर्को गर्दै राष्ट्रिय रूपमा साम्राज्यवादी र विस्तारवादीहरूका सामु आत्मसर्मपण गर्दै राष्ट्रघातको श्रृङ्खलाहरू बढाइरहेका छन् । मुलुकमा क्रान्तिकारी संकट पैदा भइरहेको छ । जनताका जनजीवीका, गाँस, वास र कपासका समस्याहरू विकराल बनिरहेका छन् । बेरोजगारी समस्या तीब् रूपले बढिरहेको छ र प्रत्येक दिन १७०० नेपाली युवायुवतीहरू विदेशतिर पलायन भइरहेका छन् । महंगिले सिमा नाघीसकेको छ । असुरक्षा, घुस, भ्रष्टाचार, कालाबजारीया तस्करीतन्त्र र कमिशनतन्त्रले वोलवाला पाइरहेको छ । यी समस्याहरूको समाधान गर्ने एक मात्र साधन भनेको नयाँ जनवादी क्रान्ति मात्र हो । यही नेपाली नयाँ जनवादी क्रान्ति सम्पन्न गर्नका लागि नेपाली सर्वहारावर्गको संगठित राजनीतिक अग्रदस्ता नेकपा–माओवादीले आफ्नो ऐतिहासिक सातौं महाधिवेशनबाट जनयुद्धको जगमा जनविद्रोह सम्बन्धी कार्यनितीक कार्यदिशा पारित गरिसकेको छ । नेपाली क्रान्तिको जग महान् १० वर्षे जनयुद्ध नै हो । त्यसो भएर यो अवसरमा महान् १० वर्षे जनयुद्ध के हो ? त्यसले के–के उपलब्धीहरू हासिल ग¥यो ? यसका विरूद्ध प्रतिक्रान्तिकारी एवं सबै खाले संशोधनवादीहरूले कसरी धावा बोलीरहेका छन ? त आदि बारेमा समग्र विषयमा समिक्षा हुन जरुरी छ ।
                         २. के थियो महान् १० वर्षे जनयुद्ध ?
    महान् १० वर्षे जनयुद्ध समग्रयुद्ध थियो । युगौंदेखि नेपाली समाजमा जगडीदै आएको राजनीतिक, सामाजीक। आर्थिक, साँस्कृतिक रूपान्तरण र आमूल परिवर्तनका लागि जनयुद्धको थालनी गरिएको थियो  । नेकपा (माओवादी)ले २०५२ साल फागुन १ गतेका निम्ति महान् जनयुद्ध आरम्भ गरेपश्चात नेपाली परिवेशमा नवीन क्षितिज उघारिएको यथार्थ सर्वविदितै रहेको छ । सामन्तवाद, साम्राज्यवादका विरूद्ध जनयुद्धको परणाम  तः नेपालमा करिव अढाइ सय वर्षदेखि विद्यमान रहेको शाह वंशीय सामन्ती राजतन्त्रात्मक राज्यसत्ता समाप्त हुन पुगी संघिय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न सम्भव भएको हो । महान् १० वर्षे जनयुद्धको मुख्य लक्ष्य सामन्तवाद रसाम्राज्यवादको आडभरोसामा टिक्दै आएको प्तिक्रियावादी राज्य सत्तालाई ध्वंस गरि जनताको नयाँ जनवादी राज्यसत्ता स्थापना गरि समाजवाद सुँदै साम्यवादसम्म पुग्ने रहेको थियो र नेपालको अर्धसामन्ती र अर्धऔपनेवेशिक अवस्थालाई ध्वंस्त पारी स्वाधिन र स्वतन्त्र स्वं शोषकविहिन, अन्याय–अत्याचार विहिन र सबैखाले उत्पिडा विहिन नेपाली समाजको निर्माण गर्दै मान्छेले मान्छेमाथि गर्ने सबैखाले शोषण, उत्पिडन र भेदभाव विहिन तथा वर्गविहिन साम्यवादी समाज व्यवस्थासम्म नेपाललाई पु¥याउने लक्ष्य महान् १० वर्षे जनयुद्धले गरेको थियो  ।
                         ३. के थिए जनयुद्धको प्रतिबद्धताहरू ?
    महान् १० वर्षे जनयुद्धको सुृरूवात गर्नुभन्दा पहिले नेकपा (माओवादी)ले निम्न सातवटा प्रतिबद्धताहरू जाहेर गरेको थियो । सम्पूर्ण जनतालाई जानकारीहोस् भन्ने अभिप्रायले ती प्रतिबद्धताहरूलाई यस लेखमा समावेश गर्ने प्रयत्न गरिएको छ ।
१. हाम्रो योजना क्रान्तिकारी हिंसासम्बन्धी माक्र्सवाद–लेलिनवाद–माओवादका शिक्षामा आधारित हुनेछ । हाम्रो देशको विशिष्टताअनुसार गाउँबाट सहर घेर्ने रणनीतिमा आधारित दीर्घकालिन जनयुद्धका रुपमा अघि बढ्ने यस प्रक्रियाको पहलकदमीको योजना निर्माणका सन्दर्भमा पार्टी एकपटक पुनः माओद्धारा विकास गरिएको सर्वहारावर्गको सार्वभौम र अपराजेय र माक्र्सवादी सैन्यसिद्धान्तका रुपमा जनयुद्धको सिद्धान्तप्रति अविचल रहने प्रतिज्ञा गर्दछ ।
२. जनयुद्धको थालनीको हाम्रो यो योजना ‘राज्यसत्ताबाहेक हरु सबै भ्रम हो’ भन्ने मान्यतामा आधारित हुनेछ । जनताका निमित्त राजनीतिक सत्ता कब्जा गर्नु नै सशस्त्र संघर्षको प्रमुख उद्देश्य हो भन्ने कुरामा दृढ रही यस प्रश्नमा देखापर्ने अर्थवाद, सुधारवाद, अराजकतावादलगायतका सबै प्रकारका विचलनवादी चिन्तन र प्रवृत्तिका विरुद्ध निरन्तर संघर्ष गर्न पार्टी आफ्नो प्रतिबद्धता जाहेर गर्दछ ।
३. हाम्रो योजना सामन्तवाद र साम्राज्यवादलाई ध्वस्त गरी नयाँ जनवादी क्रान्ति पूरा गर्ने, त्यसको लगत्तै समाजवादी क्रान्तिमा अघि बढ्ने तथा सर्वहाराको अधिनायकत्वअन्तर्गत क्रान्ति जारी राख्ने सिद्धान्तका आधारमा साँस्कृतिक क्रान्तिहरु चलाउँदै मानवजातिकै स्वर्णीम भविष्य साम्यवादको स्थापनासम्म जाने उद्देश्यमा आधारित हुनेछ । एकपटक हतियार उठाएपछि त्यसलाई अन्त्यसम्म लैजाने दृढताविना सशस्त्र संघर्षको थालनी गर्नु सर्वहारावर्ग एवम् आमजनताप्रति अपराध हुने कुरामा हामी दृढ छौ । यो संघर्ष जनताको स्थितिमा आंशिक सुधार गर्ने, प्रतिक्रियावादीलाई दबाब दिई सामान्य सम्झौतामा टुङ्ग्याउने साधन बन्न कदापि दिइने छैन । यसरी हाम्रो सशस्त्र संघर्ष सबै प्रकारका निम्नपुँजीवादी, सङ्कीर्ण, राष्ट्रवादी, धार्मिक, साम्प्रदायिक एवम् जातिवादी विभ्रमहरुबाट सम्पूर्ण रुपले मुक्त रहनेछ ।
४. हाम्रो यो योजना सर्वहारा अन्तर्राष्ट्रवादको महान् भावनामा आधारित रहनेछ । नेपाली क्रान्ति, सर्वहारा विश्वक्रान्तिको अभिन्न अङ्ग हो र यसले विश्वक्रान्तिको सेवा गर्नेछ । हाम्रो पार्टी यस सन्दर्भमा माक्र्सवाद–लेलिनवाद–माओवादको निर्देशनमा विश्वक्रान्ति अघि बढाउन तथा नयाँ अन्तर्राष्ट्रिय निर्माणको दिशामा अघि बढिरहेको ‘क्रान्तिकारी अन्तर्राष्ट्रियतावादी  आन्दोलन’ (रिम) (जसको हाम्रो पार्टी पनि सदस्य छ) को विकासमा अझ बढी सहयोग पु¥याउने कुरालाई गम्भीरतापूर्वक लिन्छ ।
५. हाम्रो योजना नयाँ जनवादी क्रान्तिकालमा सर्वहारावर्गको पार्टीको नेतृत्वमा क्रान्तिकारी संयुक्त मोर्चा र क्रान्तिकारी सेना निर्माणको सैद्धान्तिक मान्यतामा आधारित रहनेछ । अन्तर्विरोधको नियमको सार्वभौमिकताअनुसार पार्टी भित्री संघर्षलाई द्धन्द्धात्मक ढंगले ग्रहण गर्नु र त्यसलाई सञ्चालन गर्नु पार्टीलाई त्यसरी सजीव राखी हरक्षेत्रमा त्यसको नेतृत्व स्थापित गर्न पूरा हृदयले जनताको सेवा गर्ने, जनतासँग घनिष्ट सम्बन्ध कायम राख्ने जनदिशाको सिद्धान्तमा अविचल रहने कुरामा पार्टी कटिबद्ध छ ।
६. हाम्रो यो योजना सर्वहारावर्गको पार्टीको स्वतन्त्र आत्मनिर्णयको अधिकारको मान्यताअनुसार बन्नेछ । पार्टीको नेतृत्वमा सामन्तवाद र साम्राज्यवादविरोधी सबै तह र तप्काका जनसमुदायलाई गोलबन्द गर्दै सशस्त्र संघर्ष सञ्चालन गरिनेछ । कृषि क्रान्तिलाई मेरुदण्ड मानी हाम्रो सशस्त्र संघर्ष श्रमजीवी जनयसुदाय मुख्यतः गरिब किसानहरुमाथि भर परेर चल्नेछ । कहिल्यै  र कुनै पनि हालतमा पार्टी देशी एवम् प्रतिक्रियावादी गुटहरुको दबाब, धम्की र प्रलोभनमा पर्ने छैन । 
                                ४. महान् जनयुद्धका उपलब्धिहरूः
    महान् जनयुद्ध रणनीतिक रक्षा र सन्तुलनको चरण पार गर्दैै प्रत्याक्रमणको प्रक्रियामा विकसित हुन पुग्यो  । नेपाली जनयुद्ध राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रिय जगमा पनि आम जीज्ञासा, चासो र बहसको विषय बन्यो  । जनयुद्धको प्रक्रियामा पार्टी, जनसेना, र संयुक्त मोर्चाले नयाँ उचाई हासिल गरे । पार्टी मात्रात्मक रूपमा देशव्यापी र सबैभन्दा ठूलो पार्टी मात्र बनेन गुणात्मक रूपमा सिद्धान्तनिष्ठ  र जुझारू पनि बन्न पुग्यो  । जनसेनाले लडाकु दलबाट स्क्वायड, कम्पनी, बटालियनर बिग्रेडहुँदै सातौं डिभिजनसम्म  बिकसित हुन् पुग्यो । त्यसक्रममा विभिन्न जनवर्गिय संगठन तथा जातीय मोर्चाहरूलाई विकसित तुल्याउँदै नयाँ ढंगको संयुक्त मोर्चा बन्यो । देशका विशाल ग्रामीण क्षेत्रहरूमा आधार इलाकाहरूको निर्माण भयो र ती क्षेत्रहरूमा नयाँ जनसत्ता, जनअदालत, जनसरकार  र जनकम्युनहरूको निर्माण गरियो । नेपाली जनताको जनसरकारहरू मार्फत राजनीतिक, आर्थिक र साँस्कृतिक क्षेत्रमा जनसत्ताको अभ्यास समेत गरे । जनसेनाले प्रहरीचौकी हुँदै कैयौं जिल्ला सदरमुकामहरू सम्म कब्जा गर्ने र सरकारी सेनासँग लड्ने काममा पनि महान् बिजय हासिल गर्दै अगाडि बढ्यो गाउँका जाली, फटाहा र सामन्तहरू भागेर जिल्ला सदरमुकामहरू  रराजधानी काठमाडौंमा आन्तरीक र स्थानिय बन्न बाध्य भए । साथै जनयुद्धको दस वर्षको अवधीमा माक्र्सवाद–लेनिनवाद–मओवादको आलोकमा वर्गीय, जातीय–क्षेत्रीय, लिड्डिक तथा दलीत चेतना विकसित भयो । यो प्रक्रियामा पार्टीले कार्यदिशा, रणनीति र कार्यनीतिलाई विकसित तथा समृद्ध तुल्याउने काममा पनि महत्वपूर्ण भूमिका  खेल्न पुग्यो ।
    दस वर्षको जनयुद्धको अवधी राजनीतिक, फौजी र साास्कृतिक दृष्टिले महान् उथलपुथलहरूको अवधी थियो । त्यस अवधीमा जनसमुदाय, जनसेना र पार्टीपंक्तिबाट त्याग, वीरता र बलिदानका उच्च कृतिमान स्थापीत गर्ने काम भएको थियो । यस प्रकारका उपलब्धीहरू हासिल गर्ने काममा जनता र जनसेनाको रगत र पसिनाको प्रमुख भूमिका रहन गएको छ । जनयुद्धको प्रक्रियामा दस हजारभन्दा बढिको शहादत हुन पुग्यो भने ठूलो संख्यामा क्रान्तिका योद्धाहरूलाई राज्यले बेपत्ता पा¥यो । विशाल संख्यामा क्रान्तिका योद्धाका अपाड्ड  र घाइते बन्न पुगे । महान् जनयुद्धको प्रक्रियामा जनता, जनसेना, पार्टीका कार्यकर्ता र नेताको मानसपटलमा उत्पीडन र दमनबाट मुक्त नयाँ, स्वाधीन र सुन्दर नेपाल निर्माण गर्ने उदात्त आदर्श र मीठा सपना सजीएका थिए । त्यो बेला सबैले ‘मुक्ति या मृत्यु’को सपथ खाएका थिए र त्यसमा नै सबै गौरवान्तित हुने गर्दथे । हो निश्चय नै गणतन्त्र, धर्म निरपेक्षता र संघीयता पनि महान् जनयुद्धका विशिष्ट उपलब्धीहरू नै हुन् । तर ती क्रान्तिकारीहरू यत्तिका लागी मात्र लडेका थिएनन् र देश अझै अर्धसामन्तीर नवऔपनेवेशिक अवस्थमा गुज्रिरहेको छ । क्रान्तिको कार्यभार अधुरै छ ।
    महान् जनयुद्धको प्रक्रियामा हासिल गरिएका उपलब्धिको रूपमा रहेका जनमुक्ति सेना, आधार इलाकाहरू, नयाँ जनसत्ता, जनसरकार र जनअदालतहरूलाई जनयुद्धकै नेतृत्व गर्दै आएका प्रचण्ड–बाबुरामले गद्धारीपूर्ण ढंगले विघटन र खारेज गरिसकेका छन्  र प्रतिक्रियावादीहरूलाई बुझाइसकेका छन् र उनीहरूले साम्राज्यवादी र विस्तारवादीहरूका समु लम्पसार परेर आत्मसर्मपण गर्दै राष्टघात र जनघातका अनेकौं श्रृङ्खलाहरू बढाइरहेका छन् र प्रचण्ड–बाबुराम नवसंशोधनवादमा पतन भइसकेपछि त्यस भित्रका क्रान्तिकारीहरूले त्यससँग सम्बन्ध बिच्छेद गरेर नयाँ ढंगको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेकपा–माओवादीको पुनर्गठन हुन् पुग्यो र नेपाली क्रान्तिको अधुरो कार्यभार पुरा गर्ने महान्. उद्देश्यले आफ्नो ऐतिहासिक सातौं महाधिवेशनबाट नेपाली क्रान्तिको वर्तमान कार्यदिशा जनयुद्धको जगमा जनविद्रोहको कार्यदिशा पारित गरेर नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने रणनीतिक योजनाका साथ अगाडि बढिरहेको अवस्था छ । नेपाली कम्युनिस्ट आन्दोलन आज क्रान्तिकारी धारा र दक्षिणपन्थी एवं नवसंशोधनवादी धाराको सिमा (कित्ता) स्पष्ट भएको छ । क्रान्तिकारी धाराको नेतृत्व नेकपा–माओवादीले गर्न पुगेको छ भने दक्षिणपन्थि संशोधनवादी एवं नवसंशोधनवादी धाराको नेतृत्व एमाओवादी–एमालेले गर्न पुगेका छन् । र क्रान्तिकारी धारा र सबैखाले संशोधनवादका बीच भिषण वैचारिक संघर्ष चलाईरहेको छ यही दक्षिणपन्थि संशोधनवादी एवं नवसंशोधनवादी शक्ति नेपाली क्रान्तिको प्मुख बाधकको रूपमा रहेको छ । यो शक्तिले नै लालगद्धारिको भूमिका निर्वाह गर्दै आएको छ र क्रान्तिलाई  धोका दिंदै आएको छ । यसले माक्र्सवादको आवरण भित्रबाट क्रान्तिको नारा दिएर जनतालाई भ्रममा पार्दै आएको छ र क्रान्तिलाई पछाडी धकेल्दै आएको छ र क्रान्तिलाई बाधा पु¥याउँदै आएको छ । यसलाई परास्त गरेर मात्र नेपाली क्रान्तिलाई विजयको दिशामा पु¥याउन सकिन्छ ।
                     ५. मुख्य नेतृत्वले किन क्रान्तिप्रति गद्धारी ग¥यो ?
    महान् दस वर्षे जनयुद्धको समग्र उपलब्धिहरूको चर्चा मात्र होइन त्यसको रक्षा र संरक्षण गरेर मात्र जनयुद्धको जगमा टेकेर नेपाली क्रान्ति सम्पन्न गर्न सकिन्छ । यो क्रान्तिको प्रमुख आधार हो तर १० वर्षे जनयुद्धको मुख्य नेतृतव गरेका प्रचण्ड–बाबुरामले नेपाली नेपाली, क्रान्ति, जनता र क्रान्तिकारीहरूप्रति किन गद्धारी गर्न पुगे भन्ने विषयमा राम्रो जानकारी लिन आवश्यक छ किनभने त्यस पर्टीभित्र रहेका क्रान्तिकारीलाई उनिहरूसित सम्बन्धविच्छेद गरी नयाँ ढंगको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेकपा–माओवादीको पुनर्गठन गरेपछि पनि यसको नेतृत्वले पनि प्रचण्ड–बाबुरामले जस्तै, देश, जनता र क्रान्तिलाई त धोका दिने होयन ? भन्ने आशंकाहरू पैदा भइरहेका छन् । अबको नेतृत्वले त्यस प्रकारको धोका दिने र गद्धारी गर्ने छैन भन्ने आधार के हुन् सक्छन् त भन्ने प्रश्न उठ्नु पनि स्वभावीकै हुन्छ । किन ६३ वर्षको नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमा विभिन्न कालखण्डमा नेतृत्वले गर्दै आएको छ । नेकपाको प्रथम महाधिवेशनबाट निर्वाचीत महामन्त्री मनमोहन अधिकारीले २०१३ सालमा राजाको वैधानिक नायकत्व स्वीकार गर्ने र शान्तिपूर्ण बाटोबाट समाजवादी क्रान्ति गरिने छ भन्ने विचार अगाडी सारेर पार्टीलाई दक्षिणपन्थि संशोधनवादमा फसाउन पुगेका थिए भने दोस्रो महाधिवेशनबाट निर्वाचीत महामन्त्री डा. केशरजंग रायमाझीले पार्टीलाई दरबारमा बुझाउने को्सीस गरेपछि तेस्रो महाधिवेशनबाट निर्वाचित महामन्त्री तुल्सीलाल अमात्यले पनि पार्टीलाई नेतृत्व प्रदान गर्न सकेनन् । त्यसपछि पार्टी विभाजीत हुन् पुग्यो जो अहिलेसम्म नेपली कम्युनिस्ट आन्दोलन विभाजीत अवस्थामै छ ।
    त्यस्तै चौंथो राष्ट्रिय महाधिवेशनबाट नेतृत्वमा आएका मोहनविक्रम सिंह पनि जडसुत्रीय संशोधनवाद र सारसङग्रहवादको भूमरीमा फसेर माथी उठ्नै सकेनन् । अर्कोतिर २०२८ सालको झापा विद्रोहको जगमा टेकेर अघि बढेको नेकपा एमालेको नेतृत्वमा पनि ‘जनताको बहुदलीय जनवाद’ नाम खुश्चोभपन्थि अधुनिक संशोधनवादी एवं मिलेरावादी संसदवादमा पुगेर पतन भयो । यसरी एमाओवादीका प्रचण्ड–बाबुरामसम्म आइपुग्दा नेपालको कम्युनिस्ट आन्दोलनमा विभिन्न चरणमा नेतृत वगर्न पुगेको नेतृत्वले किन  यसरी धोकाधडी दिने र गद्धारी गर्ने कार्य गर्दै आएको छ भन्ने बारेमा वैज्ञानीक विश्लेषण र ठोस संस्लेषण गर्न जरूरी हुन्छ ।
    मनमोहन अधिकारी देखि प्रचण्ड–बाबुरामसम्मको नेतृत्व दक्षिणपन्थि संशोधनवाद तथा नवसंशोधनवादमा पतन हुन पुगेको हो । प्रचण्ड–बाबुरामभित्र उत्पन्न भएको निम्न पुँजीवादी प्रवृत्तिलाई पत्ता लगाउन पार्टीभित्रका क्रान्तिकारीहरूलाई धेरै समय लागेको थियो । उनिहरूमा कायम रहँदै आएको निम्न पुँजीवादी चिन्तन र पुँजीवादी जीवनशैलीले नै कायम क्रान्ति प्रति गद्धार बन्न पुगेको हो ।
                  ६. नेपाली कम्युनिस्ट आन्दोलनको वर्तमान अवस्था ः
    नेपाली कम्युनिस्ट आन्दोलनले ६३ वर्ष पार गरिसकेको छ यती लामो अवधिमा यस आन्दोलनभित्र वर्ग सङ्घर्ष र विचारधारात्मक अन्तरसङ्घर्ष वा दुईलाइन सङ्घर्षका अनेकोँ जटिल तथा बाड्डाटिड्डा र कहाली लाग्दा घुम्तीहरू रहेका छन् । यसका साथै यो आन्दोलन लामो समयदेखि अनेकौँ समूह–उपसमूहमा विभाजीत रहँदै आएको छ । अतः सारमा यस आन्दोलनभित्र क्रान्तिकारी र संशोधनवादी दुई परस्पर विरोधी धाराकै द्वन्द प्रमुख बनेर आएको छ ।
    आज नेपाली कम्युनिस्ट आन्दोलनको दक्षिणपन्थि संशोधनवादी धारा जो एमाले–एमाओवादीले नेतृत्व गरिरहेको छ । आफुलाई विजातीय कित्तामा सामेल गर्दै दक्षिणपन्थि एवं आधुनिक संशोधनवादी तथा नवसंशोधनवादी धारामा गुणात्मक ढंगले फड्को हान्न पुगेको छ र यसको विपरित नेपाली कम्युनिस्ट आन्दोलनको क्रान्तिकारी धारा जो नेकपा–माओवादीले नेतृत्व गरिरहेको छ यसले आज माक्र्सवादी–लेनिनवादी–माओवादीका रूपमा गुणात्मक ढंगले विकसीत हुन् पुगेको छ र नेपाली क्रान्ति सम्पन्न गर्नका लागि जनयुद्धको जगमा जनविद्रोहको कार्यदिशा निक्र्योल गरेर नयाँ नेपाली जनवादी क्रान्तिलाई विजयको शिखरमा पु¥याउने सम्पूर्ण तयारी गर्ने गरी नयाँ ढंगको क्रान्तिकारी पार्टी निर्माण गरिएको हो र नेकपा–माओवादी मात्र नेपाली क्रान्तिको निर्णायक क्रान्तिकारी पार्टीको रूपमा निर्माण र परिचालन हुन् पुगेको छ ।
                           ७. नेकपा–माओवादीका सन्दर्भमाः
    नेकपा–माओवादी नेपाली सर्वहारावर्गको उच्चस्तरको संगठित राजनीतिक अग्रदस्ता हो । यो पार्टी अन्तरराष्ट्रिय सर्वहारावादमा आधारित छ र यो पार्टी अन्तर्राष्ट्रिरा सर्वहारावर्गको एक टुकुडी पनि हो । माक्र्सवाद–लेनिनवाद–माओवाद नेकपा–माओवादीको पथपद्रशक र मार्गदर्शक सिद्धान्त हो । लेनिनवादी जनवादी केन्द्रीयताको सिद्धान्तमा आधारित भएर खडा भएको यो पार्टीको न्यूनतम लक्ष्य नयाँ जनवादी राज्यव्यवस्था  स्थापना गर्नु रहेको छ भने अधिकतम लक्ष्य वैज्ञानीक समाजवाद र साम्यवाद रहेको छ । एमाओवादीका मुख्य नेतृत्व सम्हालीरहेका प्रचण्ड–बाबुराम नवसंशोधनवादमा पतन भइसकेको, त्यस नवसंशोधनवादीसित सम्बन्ध बिच्छेद गरेर नयाँ ढंगको क्रान्तिकारी पार्टीको रूपमा नेकपा–माओवादीको गठन गत असार २ मा हुन् पुगेको हो । गत माघको २ गते सम्पन्न ऐतिहासिक सातौं राष्ट्रिय महाधिवेशनबाट नेपाली क्रान्तिको रणनीति र कार्यनीतिलाई पारित गरेर आफ्ना लक्ष्य, उद्देश्य, कार्यक्रम र कार्ययोजना समेत तर्जुमा गरिसकेकोले यतिबेला दक्षिणपन्थि संशोधनवादीहरू, नवसंशोधनवादीहरू र सम्पूर्ण देशि–बीदेशी प्रतिक्रियावादीहरू अत्तालिन पुगेका छन् ।
                                 ८. नेपाली क्रान्तिको वर्तमान अवस्थाः
    नेपाल अहिलेसम्म पनि नयाँ जनवादी क्रान्तिकै अवस्थामा छ । देशको अवस्था अहिलेसम्म पनि अर्धसामन्ती र अर्धऔपनेवेशिक अवस्थाबाट अगाडी बढेर नवऔपनेवेशिक अवस्थामा रहेको । यस प्रकारको सामाजीक अवस्था रहेको देशमा गरिने क्रान्ति भने नयाँ जनवादी क्रान्ति अर्थात् नयाँखाले पुँजीवादी क्रान्ति नै हो । नयाँ जनवादी क्रान्तिले मात्र मुलुकको अर्धसामन्ती र नवऔपनेवेशिक अवस्थाको अन्त्य गरेर वैज्ञानिक समाजवाद उन्मुख आर्थिक, सामाजीक, साँस्कृतिक व्यवस्था कायम गर्दछ ।
    २०५२ साल फागुन १ गतेदेखि १० वर्षसम्म सञ्चालीत जनयुद्ध नेपाली क्रान्तिको इतिहासमा निर्णायक वर्गसङ्घर्षको उच्चतम रूप थियो । त्यस प्रक्रियामा छापामार, जनमिलिशिया दस्ताहुँदै सातौं डिभिजनसम्मको जनमुक्ति सेनाको निर्माण भयो । मुलुकका अधिकांश ग्रार्मिण इलाकाहरूमा आधार इलाकाहरू निर्माण गरिएको थियो । त्यस्तै जनसत्ता, जनअदालत र जनकम्युनहरू पनि निर्माण हुन् पुगेका थिए । जनसरकारहरू समेत निर्माणमा आएर पुरानो राज्यसत्तासीत समानान्तर सरकार समेत सञ्चालनमा आएका थिए । दस वर्षे जनयुद्धका यी उपलब्धिहरूले २४० वर्षे शाह वंशीय सामन्ती राजतन्त्रात्मक व्यवस्थालाई अनत्य गरेर संघिय लोकतान्त्रिक व्यवस्थाको स्थापना हुन पुगेको हो । त्यसैले महान् १० वर्षे सशस्त्र जनयुद्ध नेपाली नयाँ जनवादी क्रान्तिको मुख्य आधार हो ।
                  ९. जनयुद्धको जगमा जनविद्रोह, वर्तमान नेपाली क्रान्तिको कार्यदिशाः
    गत माघ २ गते सम्पन्न नेपाली सर्वहारावर्गको राजनीतिक अग्रदस्ता नेकपा–माओवादीको ऐतिहासिक सातौं राष्ट्रिय महाधिवेशनले वर्तमान नेपाली क्रान्तिको कार्यदिशा ‘जनयुद्धको जगमा जनविद्रोह’ पारित गरेको छ । यो कार्यदिशा नेपाली समाजको ठोस परिस्थितिको ठोस विश्लेषण गरेर निकालिएको निश्कर्ष हो । किन की दिर्घकालिन जनयुद्ध पनि नेपाली क्रान्तिको कार्यदिशा बन्न सक्दथ्यो । तर अहिलेको अवस्था त्यो भन्दा निकै अगाडी बढिसकेको छ । दिर्घकालीन जनयुद्ध भनेको गाउँदेखि शहर घेर्ने, ग्रामीण इलाकाहरूमा आधार इलाकाहरू निर्माण गर्ने, जनमुक्ति सेनाको निर्माण गर्ने, छापामार युद्ध सञ्चालन गर्ने र अन्तिममा केन्द्रीय सत्ता कब्जा गर्ने रणनीति अन्तर्गत दिर्घकालिन जनयुद्धको कार्यदिशा पर्दछ । यस प्रकारको अभ्यास १० वर्षे जनयुद्धको प्क्रियामा गरिसकेको छ । त्यस १० वर्षे जनयुद्ध सन्तुलनको अवस्थाहुँदै प्रत्याक्रमणको अवस्थासम्म विकास हुन् पुगेको थियो तर नवसंशोधनवादीहरूले महान् दस वर्षे जनयुद्धले निर्माण गरेका ती संरचनाहरू पूर्ण रूपले भत्काएको भएतापनि जनयुद्धको अनुभवको ठूलो विरासत कायमै छ । आजसम्म जनयुद्धमा लडेका र योगदान गरेको ठूलो क्रान्तिकारी शक्ति पनि नेकपा–माओवादीसँगै छ । त्यस महान् ऐतिहासिक विरासत माथि टेकेर नै नेपाली क्रान्तिलाई अगाडी बढाउने हो । 
क्रान्तिका लागि वस्तुगत परिस्थिति र आत्मगत परिस्थिति निर्माण भएको हुनुपर्दछ । यो माक्र्सवाद र समाज विज्ञानको नियम नै हो । हाम्रो देशमा यतिबेला क्रान्तिका लागि वस्तुगत अवस्था ठिक छ तर मनोगत परिस्थिति भने कमजोर नै छ । आत्मगत परिस्थिति त क्रान्तिकारीहरूले नै निर्माण गर्दै प्रतिकुल परिस्थितिलाई अनुकुल स्थितिमा रूपान्तरण गरि अघि बढ्ने हो ।
    अर्को महत्वपूर्ण सवाल के हो भने क्रान्तिका लागि वस्तुगत तथा आत्मगत परिस्थितिको ठोस विश्लेषण गर्न आवश्यक हुन्छ । अन्यथा वामपन्थि अवसरवाद वा दक्षिणपन्थि अवसरवादमा फस्ने खतरा हुन्छ । वास्तविकता के हो भने यदि सर्वहारा वर्गको पार्टीले क्रान्ति गर्नका लागि वस्तुगत परिस्थिति र आत्मगत शक्तिहरूको ठोस विश्लेषण नगरिकन तथा उसले परिस्थिति परिपक्वता हुनुभन्दा पहिले नै हतार–हतारमा क्रान्ति सुरु गर्दछ भने त्यसलाई “वामपन्थि अवसरवाद” भनिन्छ तर यदि सर्वहारावर्गको पार्टीले परिस्थिति परिपक्व हुनुभन्दा पहिले सक्रियतापूर्वक कुनै तयारी गर्दैन अथवा क्रान्तिकारी परिस्थितिको उपस्थितिमा र परिस्थिति परिपक्व हुँदा खेरीपनि क्रान्तिको नेतृत्व गर्ने र राज्यसत्ता कब्जा गर्ने साहस गर्दैन भने त्यसलाई दक्षिणपन्थि अवसरवाद वा संशोधनवाद भनिन्छ । त्यसो भएर नै क्रान्तिकारी कम्युनिस्टहरूले परिस्थितिको मुल्याङ्कनको सन्दर्भमा दक्षिण वा वामपन्थि अवसरवाद सहित सबैखाले संशोधनवादबाट बुझ्न जरूरी हुन्छ । किनकी क्रान्ति स्वतः स्र्फूत रूपमा सम्पन्न हुन् सक्दैन । त्यसकारण सर्वहारावर्गले सचेत र योजनावद्ध तरिकाको सवाललाई मध्ये नजरमा राख्नुपर्ने हुन्छ । तयारी भन्नुको अर्थ के हो भने विचारधारात्मक, राजनीतिक, संगठनात्मक र फौजी सबै दृष्टिकोणको आधारबाट सम्पन्न गरिनु आवश्यक हुन्छ । अतः कुनैपनि कम्युनिस्ट पार्टीले सम्बन्धित मुलुकका सामाजिक क्रान्तिलाई निर्णायक विजयको दिशामा अगाडि बढाउनका लागि उपयुक्त कुराहरूका साथै परिस्थितिको अनुकुलता तथा प्रतिकुलता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्ति सन्तुलन, आन्तरीक तथा बाह्य अन्तरविरोधहरूको शहरि परिचालन र तयारी बारे आवश्यक ध्यान दिन जरुरी हुन्छ । अतः यी सबै विषयवस्तुको ठोस विश्लेषण गर्दै नेपाली समाजको वर्तमान अवस्थाको ठोस विश्लेषण गरेर नै पार्टीले नेपाली क्रान्तिको वर्तमान कार्यदिशा जनयुद्धको जगमा जनविद्रोह निक्र्योल गरेको हो । यही कार्यदिशा नै वस्तुवादी छ । किनकी यही बेला मुलुकमा क्रान्तिकारी संकट पैदा भएको छ । सत्ताधारी वर्गहरू सरकार चलाउनै नसक्ने अवस्थामा पुगेका छन् भने नेपाली जनताले यो सरकारलाई स्विकार गर्नै सक्ने अवस्थामा छैनन् । मुलुकको राष्ट्रिय स्वाधीनता धरापमा परिरहेको छ । जनताका जनजीवीका, गाँस, वास र कपासको समस्या विकराल बन्दै गइरहेको छ । महड्डीले सिमा नाघिसकेको छ । बेरोजगारी समस्याका कारण १७०० यूवाहरू प्रत्येक दिन विदेशतिर पलायन भइरहेका छन् । जनताको ज्यू धनको कुनै सुरक्षा छैन । त्यसैले देश गम्भीर प्रकारको संकटको भुमरिमा फसिरहेको छ । यस्तो अवस्थामा देशले स्वाधीनता चाहन्छ । जनताले मुक्ति चाहन्छन् । देश र जनताको यस प्रकारको समस्याको हल गर्ने एक मात्र साधन जनविद्रोह नै हो । जुन जनयुद्धको जगमा आधारित हुनेछ । मुलुकमा जनताको आक्रोश र विद्रोह बढ्दै छ । जनताको यस प्रकारको विद्रोहलाई संगठित गर्दै त्यसको नेतृत्व गरेर नै नेपाली क्रान्ति सम्पन्न गर्न सकिन्छ । यस कार्यमा देशी विदेशी प्रतिक्रियावादी शक्तिहरूले अवरोध खडा गरेर जनता माथि दमन चलाउन थाले भने बन्दुक उठ्ने पनि निश्चित छ । जनता हतियार उठाउने बाध्य हुनेछन् ।
                     १०. क्रान्तिको थलो शहर र आधार गाउँ बन्ने छः
पार्टीले जुन नेपाली क्रान्तिको कार्यदिशा जनताहरूको जगमा जनविद्रोह निक्र्योल गरेको छ, यसमा क्रान्तिको आधारभूत शहर नै बन्ने छ । किनकी दस वर्षे जनयुद्ध गरेर पार्टी शहर केन्द्रीत आन्दोलनको अवस्थामा आइपुगेको छ र शहरहरू क्रान्तिका लाल किल्ला बन्दै छन् । महान् दस वर्षे जनयुद्धले जनताको चेतनामा जुन विकास ग¥यो त्यो ग्रामीण इलाकाहरू मात्रै नभएर राजधानी लगायत मुलुकका ठूला शहर चेतनाको सागर बन्न पुगेका छन् । यद्यपी औधोगीक क्षेत्र टाटपल्टिएर बन्द हुँदै गएको अवस्था र दलाल पुँजीका कारण राष्ट्रिय पुँजी र पुँजीपतीवर्गको उल्लेख्य विकास नभइरहेको अवस्था सृजना भएको भएता पनि नेपाली जनताको अत्यन्तै ठूलो हिस्सा अहिले शहरमा केन्द्रीत हुन पुगेको छ र आजको विज्ञान र प्रविधिको विकासको कारणले पनि सबैलाई नजिक पु¥याईरहेको छ । श्रम बेचे जविन निर्वाह गर्नेहरूको अत्यधिक संख्या अहिले शहर बजारमा उपस्थित छ र त्यो नै सबैभन्दा उपेक्षित र अभावबाट ग्रस्त छ । मुक्ति र आन्दोलन बाहेक अर्को उसको कुनै बाँच्ने आधार छैन ।
    शहर जनविद्रोहको आधार क्षेत्र र केन्द्र विन्दु बनेको भउपनि करिव ८० प्रतिशत जनता गाउँमा नै बसोवास गर्ने भएकाले क्रान्तिको आधार क्षेत्रको लागि गाउँलाई केन्द्र विन्दुमा राखीने छ । किनकी नेपाल जस्तो देशमा फेरीपनि छापामार युद्धलाई नकार्न सकिदैन र गाउँ तथा विशाल ग्रामीण इलाकाहरूमा बसोबास गर्दै आएका जनतालाई सरिक नबनाइकन नेपाली क्रान्ति सम्पन्न गर्न सम्भव पनि छैन । त्यसो भएर शहरलाई जनविद्रोहको केन्द्रविन्दु बनाउने र गाउँलाई आधार क्षेत्र बनाएर क्रान्तिलाई निर्णायक विजयको दिशातिर अगाडि बढाउन जरुरी हुन्छ ।
             ११. क्रान्तिका लागि क्रान्तिकारी सिद्धान्त र क्रान्तिकारी पार्टीको आवश्यकताः
    क्रान्तिका लागि क्रान्तिकारी सिद्धान्त र क्रान्तिकारी पार्टीको अनिवार्य आवश्यकता पर्दछ । हामसित माक्र्सवाद–लेनिनवाद–माओवाद जस्तो क्रान्तिकारी सिद्धान्त छ भने नवसंशोधनवादसित सम्बन्ध बिच्छेद गरेर पुनर्गठन गरिएको नेकपा–माओवादी नै नयाँ ढंगको क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माण गरिसकेका छौं र पार्टीलाई नेपाली क्रान्तिको निर्णायक नेतृत्व प्रदान गर्ने सर्वहारावर्गीय शक्तिका रूपमा स्थापित हुनपुगेको छ । किनभने यो पार्टी लेनिनवादी जनवादी केन्द्रीयतामा आधारित भएर बनेको पार्टी हो । तर यसलाई फेरी पनि नयाँ बनाइराख्न पर्दछ । पार्टीलाई नयाँ बनाइराख्ने भनेको दुईलाइन सङ्घर्ष र विचारधारात्मक अर्थात् दुईलाइन सङ्घर्षलाई एउटा पद्धतीसंगत ढंगले सञ्चालन गर्ने र वैज्ञानिक ढंगले हल गर्ने पद्धतिको विकास गर्न जरूरी हुन्छ । पार्टी भनेको विपरितहरूको एकत्व हो । पार्टीभित्र चल्ने दुइलाइन संघर्षबाट पार्टीलाई नयाँ ढंगको कम्युनिस्ट पार्टी बनाउनका लागि आवश्यक मदत पुग्दछ । अर्को जानीराख्नु पर्ने कुरा के हो भने पार्टीलाई क्रान्तिकारी बनाई राख्नका लागि माक्र्सवाद–लेनिनवाद–माओवाद सैद्धान्तिक पथप्रदर्शक र क्रान्तिकारी कार्यदिशा सांगठनिक सिद्धान्त तथा कार्यशेलिको आलम्बन गर्न अनिवार्य रूपमा आवश्यक हुन्छ । र पार्टीलाई क्रान्तिकारी बनाइराख्नका लागि सुद्धिकरण तथा सुदृढिकरण अभियानहरू पनि सञ्चालन गरिनुपर्दछ । पार्टी स्कुलिङ्को व्यवस्था प्रभावकारी तुल्याउन र नयाँ स्कुलिङ विधिको विकास गर्न आवश्यक हुन्छ । र पार्टीलाई लौह अनुशासीत दस्ताको रूपमा विकास गर्न अनिवार्य आवश्यक हुन्छ र पार्टी नेतृत्वलाई सर्वहाराकरण गर्दै लैजाने कार्यशैलीको विकास गर्न अनिवार्य आवश्यक हुन्छ यी सबै कुरालाई गम्भीरतापूर्वक ध्यान दिएर जीवन व्यवहारमा लागु गर्दे जाने हो भने पार्टीलाई सँधै क्रान्तिकारी बनाई राख्न सकिन्छ ।
                               १२. उपसंहारः
    हाम्रो महान् तथा गौरवशाली पार्टी नेकपा–माओवादीको आफ्नो ऐतिहासिक सातौं राष्ट्रिय महाधिवेशनबाट नेपाली क्रान्तिको वर्तमान कार्यदिशा जनयुद्धको जगमा जनविद्रोह पारित गरेको छ । यो नै ठोस परिस्थितिको ठोस विश्लेषण हो । किनकी नेपाली क्रान्तिको मुख्य आधार भनेकै महान १० वर्षे जनयुद्ध हो । जनयुद्धका उपलब्धिहरूलाई एकातिर पन्छाएर नेपाली क्रान्तिलाई आमी अगाडि बढाउने कलपनासम्म पनि गर्न सक्दैनौं । किनकी नेपाली क्रान्तिको जगभ नेकै महान् १० वर्षे जनयुद्ध हो । यस विषयमा माथि ठाउ–ठाउँमा प्रशस्तै मात्रामा उल्लेख गरिएको छ ।
    महान् १० वर्षे जनयुद्ध नेपाली समाजको निम्ती समग्र युद्ध थियो । त्यसले राजनीतिक, आर्थीक, सामाजीक, साँस्कृतिक लगायतका क्षेत्रमा क्रान्तिकारी रूपान्तरण ल्याएको थियो । २४० वर्षिय शाहवंशीय सामन्ती राजतन्त्रात्मक राज्य व्यवस्थाको अन्त्य गरी संघीय गणतन्त्रात्मक राज्य व्यवस्थाको स्थापना गर्ने मुख्य आधार नै महान् दस वर्षे जनयुद्ध हो  । अब साम्राज्यवाद र विस्तारवादको आडभरोसामा टिकेको दलाल तथा नोकरशाही पुँजीपति वर्ग र सामन्तवर्गको राज्यसत्तालाई ध्वंश गरेर जनताको जनवादी राज्यसत्ता अथार्त जनगणतन्त्रात्मक राज्य व्यवस्था स्थापना गर्नका लागि फेरी पनि तयही महान् दस वर्षे जनयुद्धको जगमा टेकेर सञ्चालन गरिने जनविद्रोह नै हुनेछ । यद्यपी महान् दस वर्षे जनयुद्धको प्रक्रियामा निर्माण गरिएका जनमुक्ति सेना, आधारइलाकाहरू, जनसत्ता, जनकम्युन र जनअदालतहरूलाई नवसंशोधनवादीहरूले पूर्ण रूपमा खारेज र विघटन गरिसकेका भएतापनि जनयुद्धले निर्माण गरेको जनताको चेतना बाँकी छ । जनयुद्धबाट आएको क्रान्तिकारी शक्तिपनि हामीसितै छ र जनयुद्धको अनुभवको ठूलो विरासत हामसितै छ । जहाँसम् मभौतिक तथा प्राविधिक तयारीको कुरा हो, त्यो तयारी गर्न आवश्यक छ र  गनिे छ पनि । कमरेड माओले भन्नुभएको छ, क्रान्तिकारीका लागि क्रान्तिकारी पार्टी, जनमुक्ति सेना र संयुक्त राजनीतिक मोर्चा जसलाई क्रान्तिका तीन जादुगरी हतियार भन्नुभएको छ । माओका यी विचारहरूलाई पनि हामीले मनन गर्नैपर्ने हुन्छ । हामीपनि क्रान्तिका यी तीन हतियारहरूलाई गहिराइका साथ अवलम्बन गर्न चाहनछौं । क्रान्तिकारी पार्टी निर्माण गरीसकेका छौं भने पार्टीको मातहतमा क्रान्तिको आवश्यकताले जनमुक्ति सेनाको निर्माण गर्ने र संयुक्त राजनीतिक मोर्चा निर्माण गर्ने सवाललाई पार्टीले आफ्नो प्राथमीकतामा राखेको कुरालाई बुझ्नु जरूरी छ । किनकी यी महत्वपूर्ण कार्यहरूलाई पुरा नगरिकन क्रान्ति सम्भव पनि छैन । तर यी सबै महत्वका कार्यहरू क्रान्तिकै अभियानमा पुरा गर्दै र क्रियान्वयन गर्दै जाने कुरा हो । तर कुनै मनोगत आकांक्षा र विश्लेषणका आधारमा क्रान्तिका हतीयारहरू निर्माण भइहाल्दैनन् ।
    नेपाली क्रान्ति अझै बलिदानको माग गर्दछ । जनआन्दोलन, जनविद्रोह वा जनयुद्ध सबैमा नेपाली जनताले ठूलो बलिदान गरेको छ । तर नेतृत्वले त्यती ठूलो बलिदान गरेको छैन । बरु जहिलेपनि नेतृतव अवसरवादी बन्दै गएर संशोधनवादमा पुगेर पतन हुँदै आएको छ र देश, जनता र क्रान्तिलाई धोका दिने र गद्धारी गर्दै मात्रै आएको छ । दस वर्षे जनयुद्धको नेतृत्व गरेको प्रचण्ड–बाबुरामले गरेको धोकावाजी र गद्धारी सबैभन्दा ठूलो र ताजा उदाहरण हो । अतः अहिले हाम्रो पार्टीको नेतृत्वप्रति पनि फेरी धोका हुँदैन भन्ने के ग्यारेन्टी छ ? भन्ने प्रश्नहरू प्रशस्तै मात्रामा उठ्ने गरेका छन् । त्यसको जवाफ अन्य ढंगले दिएर पुग्नेवाला छैन । नेतृत्वले गर्ने योगदान र बलिदानले मात्र सहि जवाफ दिने छ ।
    हामी यतिबेला क्रान्तिको बाँकी कार्यभार पुरा गर्ने ऐतिहासिक दायित्ववोधका साथ आएका छौं । इतिहासले सुम्पेको यस ऐतिहासिक दायित्व पुरा गर्ने आँट, शाहस र धैर्यता हामीसीत हुनैपर्दछ । क्रान्तिको भविष्य सुनिश्चित गर्ने जिम्मा पनि हाम्रै काँधमा छ । क्रान्ती आवश्यक छ ।