मार्ताेभ
मार्ताेभ रुसका एक क्रान्तिकारी नेता थिए । सन् १९०३ मा
लेनिन र मार्ताेभको बीचमा पार्टी विधान, पार्टी निर्माण र परिचालनको विषयमा
व्यापक विवाद भएको थियो ध्र लेनिनले कम्युनिस्ट पार्टीको सदस्यले निश्चित
लेवी तिर्नुपर्दछ भन्ने प्रस्ताव गर्नुभएको थियो । मार्ताेभले यसको सोझै
विरोध गरेका थिए । पार्टी, सङ्गठन र पार्टी सदस्यहरूको अधिकारहरूका बारेमा
लेनिनले अघि सार्नुभएका माक्र्सवादी मान्यताहरूलाई मार्ताेभपन्थीहरूले
अस्वीकार गरेका थिए । लेनिनले पार्टी सङ्गठन, सर्वहारा वर्गको नेतृत्व र
सर्वहारावर्गको अधिनायकत्वबारे कडाइका साथ अघि सार्नुभएको थियो तर
मार्ताेभपन्थीहरूले लेनिनले अघि सार्नुभएका सबै माक्र्सवादी मान्यताहरूलाई
अस्वीकार गरेका थिएध्र लेनिन र मार्ताेभका बीच भीषण दुईलाइन सङ्घर्ष
सञ्चालन भयो । त्यही मतभेदको कारण पार्टीमा विभाजन आयो । वोल्सेभिक र
मेन्सेभिकको जन्म भयो । लेनिनको नेतृत्वमा वोल्सेभिक पार्टी निर्माण र
परिचालन भयो भने अल्पमत परेका मार्ताेभहरूले मेन्सेभिक पार्टी चलाए ।
लेनिनको नेतृत्वमा सन् १९१७ मा महान् रुसी अक्टोबर समाजवादी क्रान्ति
सम्पन्न भयो । यस दुईलाइन सङ्घर्षको उत्कर्षतासँगै लेनिनले लेनिनवादको
प्रतिपादन गर्नुभयो ।
कार्ल काउत्स्की
(१८५४–१९३८)
कार्ल काउत्स्की जर्मन सामाजिक जनवादीको तर्फबाट दोस्रो इन्टरनेशनलका
नेता बनेका थिए । सुरूमा उनि अराजकतावादी र प्रत्यक्षवादीहरूको प्रभावमा
परेका थिए । दोस्रो इन्टरनेशनलको गठन (सन् १८८९) हुने क्रममै फ्रेडरिक
एंगेल्ससँग उनको मतभेद भईसकेको थियो सर्वहारावर्गको अधिनायकत्वको आलोचना
गर्दै संसदवर्ग स्वार्थ देखि मुक्त हुनुपर्छ भन्ने चिन्तन अगाडी सारेका थिए
। संसदिय जनवादको पक्षधर भएर सर्वहारावर्गको अधिनायकत्वको विरोध गरेका थिए
। कार्ल काउत्स्की दोस्रो इन्टरनेशनलका नेता र माक्र्सवादी विरोधी थिए ।
सन् १९१८ मा लेनिनले सर्वहारा क्रान्ति र गद्धार काउत्स्की भन्ने पुस्तक
रचना गरेका थिए ।
अलेक्सान्द्रा एत्येन मिलेराँ
(१८५९–१९४३)
अलेक्सान्द्रा एत्येन मिलेराँ फ्रान्सीसी राजनीतिज्ञ थिए । १९औं
शताब्दीको अन्त्यतिर उनी समाजवादी पक्षधर बनेका थिए र, फान्सीसी समाजवादी
आन्दोलनमा उनले एक अवसरवादी धाराको प्रतिनिधित्व गरेका थिए । उनी
मन्त्रिमण्डलवादका पक्षपाती थिएध्र उनी प्रतिक्रियावादी बुर्जुवा सरकारमा
सामेल भएका थिए । १९०४ मा उनलाई समाजवाद पार्टीबाट निकाला गरिएको थियो ।
१९२० देखि १९२४ सम्म उनी फ्रान्सीसी गणराज्यका राष्ट्रपति समेत बनेका थिए ।
मिलेराँ मन्त्रिमण्डलवादका प्रणेता हुन् । उनी संशोधनवादी गद्दारहरूको
कोटामा पर्दछन ।
निकिता ख्रुश्चोभ
(१८९४–१९७१)
सन्
१९५३ मा स्टालिनको निधन भयो । त्यसपछि निकिता ख्रुश्चोभ सोभियत सङ्घका नेता
राष्ट्रपति बन्न पुगे । १९५६ मा सोभियत कम्युनिस्ट पार्टी (वोल्सेभिक)को
२० औं महाधिवेशनका आयोजना गरियो । त्यस महाधिवेशनमा मध्यरातमा ख्रुश्चोभले
एउटा गोप्य रिपोर्ट पेश गरे र स्टालिनलाई खुनी, जड्याहा, जुवाडे हत्यारो
आदि शब्दले गालीगलौज गर्दै विविध लाञ्छना र आरोपहरू लगाए । त्यति मात्र
होइन ख्रुश्चोभले समाजवाद प्राप्तिको लागि शान्तिपूर्ण संक्रमणको बाटो र
वर्ग समन्वयको बाटो अवलम्बन गर्न पुगे । उनले सम्पूर्ण जनताको पार्टी,
सम्पूर्ण जनताको राज्य र शान्तिपूर्ण संक्रमणको सिद्धान्त अवलम्बन गर्दै
तथा वर्गसङ्घर्ष, सर्वहारा अधिनायकत्व, सशस्त्र सङ्घर्षको सिद्धान्तका
विरुद्ध भीषण हमला बोलेर ख्रुश्चोभले आधुनिक संशोधनवादलाई सोभियत समाजवादमा
घुसाएर माक्र्सवाद–लेनिनवादप्रति गद्दारी गर्न पुग्यो र प्रतिक्रान्तिकारी
बाटो अवलम्बन गर्न पुग्यो । ख्रुश्चोभको यो कार्यले कम्युनिस्ट आन्दोलनमा
संशोधनवादी धारा अगाडि बढ्यो । र, सोभियत सङ्घलाई पुँजीवादमा पतन
गराइछाड्यो । त्यसको लगत्तै माओत्सेतुङ र चिनियाँ कम्युनिस्ट पार्टीले
ख्रुश्चोभी नवसंशोधनवादका विरुद्ध अन्तर्राष्ट्रिय स्तरमा महान् बहस चलायो ।
ख्रुश्चोभी नवसंशोधनवाद संसारका विभिन्न कम्युनिस्ट पार्टीहरूका हैजाका
किटाणुझैं गरी फैलियो । अहिले पनि ख्रुश्चोभी आधुनिक संशोधनवाद
विश्वसर्वहारा क्रान्तिको बाधकको रूपमा खडा हुँदै आइरहेको छ ।
ल्यू शाओ ची
(१८९८–१९६९)
ल्यू शाओ ची चीनका राष्ट्रपतिसमेत भएका थिए । उनले १९५६ मा आयोजना गरिएको
चिनियाँ कम्युनिस्ट पार्टीको आठौं महाधिवेशनमा समाजवादभित्र पुँजीवाद लागू
गर्ने प्रस्ताव पेश गरेका थिए । माओत्सेतुङले समाजवादमा पनि वर्गसङ्घर्ष
जारी राख्नुपर्दछ भन्ने विचार अघि सार्नुभएको थियो । माओले महान् छलाङ्
भन्ने कार्यक्रम अघि सार्नुभएपछि ख्रुश्चोभका चेला ल्यू शाओ चीले तीन
आधुनिकीकरण नीति अघि सारेपछि माओ र उनका बीचमा अन्तरविरोध शुरू भएको थियो ।
पार्टीको आठौं महाधिवेशनमा माओले समाजवादी बाटो अपनाउने, वर्गसङ्घर्ष
पहिलो, उत्पादन सङ्घर्ष दोस्रो भन्ने प्रस्ताव अघि सार्नुभयो भने ल्यू शाओ
चीले पुँजिवादी बाटो अपनाउने पहिलो उत्पादन सङ्घर्ष र आर्थिक क्रान्ति र
दोस्रो वर्गसङ्घर्ष भन्ने ख्रुश्चोभी नीति अघि सारे । माओले भीषण दुईलाइन
सङ्घर्ष सञ्चालन गर्नुभयो । ल्यू पुँजीवादपन्थी थिए । पार्टीलाई
बुर्जुवाकरण गरेका कारण १९६६ देखि १९७६ सम्म माओको नेतृत्वमा महान् चिनियाँ
सर्वहारा सांस्कृतिक क्रान्ति सञ्चालन गरियो । ल्यू शाओ चीलाई गद्दार
घोषित गरी जेलमा हालियो र पार्टीबाट समेत निकाला गरिएको थियो ।
देङ शियाओ पिङ्
देङ शियाओ पिङ दक्षिणपन्थी थिए । गद्दार ल्यू शाओ चीसँग देङलाई कारबाही
गरी पार्टीबाट बर्खास्त गरिएको थियो । दशौं महाधिवेशनपछि देङ शियाओ
पिङजस्ता दक्षिणपन्थी गद्दारलाई कारबाही फुकुवा गरी पुनर्संरचना गरेर
पार्टीले गल्ती गरेको थियो । सन् १९७६ मा माओको निधन भयो । माओको मृत्युपछि
देङ शियाओ पिङ शक्तिमा आए । माओको मृत्युभएको एक महिना नपुग्दै अक्टोबरमा
चिनियाँ प्रतिक्रान्ति भयो । देङ शियाओ पिङले चार आधुनिकीकरणको सिद्धान्त
अपनाइ चीनमा मिश्रित अर्थतन्त्र र खुला बजारी समाजवादको सिद्धान्त लागू
गरेर चीनमा पुँजीवादको पुनस्र्थापना गरियो । चिनियाँ प्रतिक्रान्तिको
प्रमुख नाइके र प्रयोगकर्ता गद्दार देङ शिओ पिङ थिए ।
यी
माथिका उल्लेखित संशोधनवादी गद्दारहरू विश्व कम्युनिस्ट आन्दोलन र सर्वहारा
क्रान्तिलाई ठूलो क्षति पु¥याए । यसले नेपाली कम्युनिस्ट आन्दोलन र नेपाली
क्रान्तिलाई पनि गम्भीर क्षति पु¥याएको छ । २०१३ साल वैशाख ३ गतेदेखि
मनमोहन अधिकारी र डा. केशरजङ्ग रायमाझीको माध्यमबाट नेपालमा ख्रुश्चोभ पनि
नवसंशोधनवाद नेपाली कम्युनिस्ट आन्दोलनमा घुस्न सफल भएको हो । पहिलो चरणमा
यसले २०२०÷२०२२ सालतिर पार्टी फुटाउन सफल भयोध्र दोस्रोमा एक कालखण्डमा
शक्तिशाली कम्युनिस्ट पार्टी बन्न पुगेको एमालेलाई दक्षिणपन्थी संशोधनवादी
भाषमा डुबाउन सफल भयो । तेस्रो चरणमा अहिले वर्तमान नेपाली क्रान्तिको
नेतृत्व गरिरहेको एकीकृत नेकपा माओवादीभित्र सुनामी तूफानी बेगका साथ सवार
भइरहेको छ । समयमै यसलाई बाँदर लखेटाइ गरेर माओवादी पार्टीबाट लखेट्न सकिएन
भने नेपाली क्रान्तिलाई ठूलो नोक्सान पु¥याउने प्रबल सम्भावना छ ।
नेपालका संशोधनवादीहरूका सन्दर्भमा ः
नेपाल
कम्युनिस्ट पार्टीको स्थापना वि.सं. २००६ साल वैशाख १० (सन् १९४९ अप्रिल
२२) गते पुष्पलाल श्रेष्ठको पहलकदमीमा भारतको कोलकत्तामा गरिएको थियो ।
नेपालको संस्थापक महासचिव पुष्पलाल हुनुहुन्छ । नेकपा ले २००६ साल वैशाख १२
गते एउटा प्रर्चा प्रकाशित गरेको थियो त्यसैबेला नै पार्टीले नेपाली
समाजको वर्ग विश्लेषण गर्दै देश अर्धसामन्ती र अर्धऔपनेवेशिक रहेको ठहर
गर्दै सामन्त, दलाल तथा नोकरशाही पूँजीपती वर्ग नेपाली जनताको प्रधान सत्रु
रहेको र साम्राज्यवाद तथा विस्तारवाद आधारभूत सत्रु रहेको किटान गरेको
थियो । र पार्टीको न्यूनतम कार्यक्रम नयाँ जनवादी क्रान्ति सम्पन्न गरेर
जनताको जनवादी राज्य व्यवस्था स्थानिा गर्ने रहेको थियो भने अधिकतम
कार्यक्रम (लक्ष्य) समाजवाद हुँदै साम्यवाद सम्म पुग्ने रहेको थियो ।
नेपाली कम्युनिस्ट आन्दोलनको शैसव कालमै दक्षिणपन्थि संशोधनवाद घुस्न सफल
भएको थियो त्यसैले आज आधुनिकवाद संशोधनवादहुँदै नवसंशोधनवादमा विकास
गरिरहेको छ र दक्षिणपन्थि नवसंशोधनवाद नेपाली क्रान्तिको लागि बाधकको रूपमा
खडा हुन पुगेको छ । नेपाली कम्युनिस्ट आन्दोलनको नेतृत्व गर्दै आएका मुख्य
नेताहरूमा पुष्पलाल बाहेक अन्य सबै प्रमुख नेताहरू संशोधनवादी गद्धार बन्न
पुगेका छन् । तिनीहरूको बारेमा यहाँ सामान्य चर्चा गर्न आवश्यक छ –
मनमोहन अधिकारी
वि.संं.
२०१० सालमा नेकपाको प्रथम राष्ट्रिय महाअधिवेसन सम्पन्न गरियो उक्त
महाधिवेशनमा दरवारीयाहरूले पार्टी नेतृत्व कब्जा गर्न सफल भए र दरबारीया
मनमोहन अधिकारीलाई महासचिवमा निर्वाचित गरियो । त्यही महाधिवेसन बाटै
क्रान्तिकारीहरूलाई पाखा लगाउने र नेतृत्व गर्ने तहबाट बञ्चित गर्ने
षडयन्त्रपूर्ण क्रियाकलापको सुरूवात भयो । २००८ सालदेखि सरकारले नेकपालाई
प्रतिबन्ध लगाउँदै आएको थियो । २०१३ साल वैशाख ३ गते तत्कालिन नेकपाका
महासचिव मनमोहन अधिकारीले राजाको वैधानिकत्व स्वीकार्ने र शान्तिपूर्ण
तरिका बाट समाजवादी क्रान्ति सम्पन्न गर्ने सर्तमा ५ वर्ष देखि पार्टी माथि
लगाउँदै आएको प्रतिबन्ध हटाईपाउँ भनेर सरकारलाई चिठी लेखेर पठाए । २०१३
साल वैशाख ४ गते सरकारले पार्टी माथी लगाएको प्रतिबन्द हटाइएको थियो । यसरी
वर्गसंघर्षको कार्यदिशा परित्याग गरेर वर्गसमन्वय, संशोधनवादी नीति विधिवत
रूपमा अंगालेर नेपाली कम्युनिस्ट आन्दोलनलाई दक्षिणपन्थी संशोधनवादको
दल–दलमा फसाउने पहिलो संशोधनवादी नेता मनमोहन अधिकारी हुन् । माले र
माक्र्सवादीको एकता पश्चात २०४७ सालदेखि मनमोहन अधिकारी एमालेका अध्यक्ष
बनेका थिए भने २०५१ सालको मध्यावधी आम निर्वाचनबाट एमालेको तर्फबाट नेपालको
प्रधानमन्त्रीमा समेत निर्वाचीत भएका थिए ।
डा. केशरजंग रायमाझी
डा.
केशरजंग रायमाझी दरवार परस्त नेता थिए । २०१४ सालमा सम्पन्न नेकपाको
दोस्रो महाधिवेसन बाट उनि पार्टीको महासचिवमा निर्वाचीत भए । २०१७ साल पौष १
गते तत्कालिन राजा महेन्द्रले सैनिक ‘कुु’ गरि बहुदलीय व्यवस्थालाई अपदस्त
गरि निरंकुश पञ्चायती व्यवस्थाको स्थापना गरेका थिए । उक्त शाही कदमलाई
डा. केशरजंग रायमाझीले राजाको ‘शाहासी कदम’ भनेर स्वागत गरेका थिए ।
रायमाझीले नेकपालाई दरबारमा बुझाउने कोशिष गरेका थिए । २०१९ सालमा सम्पन्न
नेकपाको तेस्रो महाधिवेसनले डा. केशरजंग रायमाझीलाई राजावादी गद्धार
घोषितगरि पार्टीबाट निश्काषित समेत गरेको थियो । पछिसम्म उनले रायमाझीको
नामबाट कम्युनिस्ट सञ्चालन गर्दै आएका थिए । राजतन्त्रले रायमाझीलाई
राजपरिषदको सभापती बनाएको थियो । उनी दरबारको पहरेदार बनेका थिए । २०४६
सालको राजनीतिक परिवर्तन पछि राजतन्त्रले रायमाझीलाई नेपालको शिक्षा
मन्त्री समेत बनाएको थियो ।
तुलसीलाल अमात्य
२०१९ सालको नेकपा
को तेस्रो राष्ट्रिय महाधिवेशनले तुलसीलाल अमात्यलाई महासचिवमा निर्वाचीत
गरेको थियो । त्यस महाधिवेशनले नेपाली नयाँ जनवादी क्रान्तिको शसस्त्र
क्रान्तिको कार्यदिशालाई परित्याग गरि ‘राष्ट्रिय प्रजातन्त्र’ नाम दिइएको
पूँजीवादी संसदीय कार्यदिशा पारित गरेको थियो । तुलसीलाल अमात्य संशोधनवादी
नेता थिए । विचारविहिन नेतृत्वले सहि नेतृत्व प्रदान गर्न सकेन र
२०२०–२०२१ सालतिरबाट नेपाल कम्युनिस्ट पार्टीभित्र टुट–फुट र विभाजनको
श्रृङ्खला सुरू भयो । त्यसबेला देखि विभाजीत भएको नेपाली कम्युनिस्ट
आन्दोलन अहिले सम्म पनि विभाजीत अवस्थामै छ । तुलसीलाल अमात्यले पछि सम्म
पनि पार्टी छुटटै पार्टी चलाउँदै आएका थिए । २०४८ सालपछि उनि एमालेमा बिलय
भएका थिए । उनलाई एमालेले चीनको राजदुत बनाएर पठाएको थियो ।
मोहनविक्रम सिंह
मोहनविक्रम
सिंह नेपाली कम्युनिस्ट आन्दोलनका अर्का एक जडसुत्रियसंशोधनवादी तथा
संकिर्णवादी नेता हुन् । २०१७ सालपछि उनि लामो समयसम्म जेलमा बसे । वि.सं.
२०२७ मा जेलबाट मुक्त भए । २०२८ सालमा उनले न्यूक्लसको गठन गरे । वि.सं.
२०३१ सालमा नेकपाको चौंथो महाधिवेशन सम्पन्न गरियो । त्यस महाधिवेशनले
मोहनविक्रम सिंहलाई महामन्त्रीमा निर्वाचीत ग¥यो । चौमको विभाजन पछि नेकपा
(मशाल)को गठन भयो । २०४१ सालमा पार्टीको महाधिवेशनले उनलाई पार्टीबाट
निश्कासन ग¥यो । उनले छुटट्ै नेकपा पातलो (मशाल)को गठन गरे । अहिले उनि
नेकपा (मसाल)को महामन्त्री छन् ।
मदनकुमार भण्डारी
मदन भण्डारी
नेकपा एमालेका महासचिव हुन् । उनी नेकपा माले २०४६ सालमा सम्पन्न चौंथो
राष्ट्रिय महाधिवेशन र २०४९ सालमा सम्पन्न पाँचौं राष्ट्रिय महाधिवेशनबाट
दुई–दुई पटक एमालेको महासचिवमा निवार्चीत भएका थिए । वि.शं. २०४९ सालमा
एमालेको पाँचौं महाधिवेशन बाट मदन भण्डारीले ‘जनताको बहुदलीय जनवाद’ नामक
नेपाली क्रान्तिको नविनतम कार्यक्रम भन्दै खुश्चेवी आधुनिक संशोधनवादी लाईन
पारित गराउन सफल भएका थिए । ‘जनताको बहुदलीय जनवाद’ खुश्चेवी आधुनिक
संशोधनवादको नेपाली संस्करण थियो । उनी भारत विरोधी राष्ट्रवादी नेता थिए ।
२०५० साल जेठ ३ गते चितवनको दासढुंगामा रहस्यमय जीप दुर्घटना द्वारा उनको
हत्या गरिएको थियो । उनका हत्याराहरूको पत्ता लागिसकेको छैन् ।
प्रचण्ड–बाबुराम
पुष्पकमल
दाहाल ‘प्रचण्डु एकीकृत नेकपा (माओवादी) का अध्यक्ष हुन भने डा. बाबुराम
भटट्राई एमाओवादी पार्टीको उपाध्यक्ष र हाल नेपाल सरकारका वर्तमान कठपुतली
प्रधानमन्त्री हुन् । प्रचण्ड–बाबुरामले १० वर्से सशस्त्र जनयुद्धको
नेतृत्व समेत गरेका थिए । प्रचण्ड–बाबुराम वर्तमान नेपाली कम्युनिस्ट
आन्दोलनका नवसंशोधनवादी प्रमुख पात्र हुन् । प्रचण्ड–बाबुरामले २०६२
असोज–कात्तिकमा सम्पन्न पार्टीको बहुचर्चीत चुनवाङ् बैठकबाट सशस्त्र
संघर्षको नेपाली नयाँ जनवादी क्रान्तिको कार्यदिशालाई परित्याग गरि
लोकतान्त्रिक गणतन्त्र सम्बन्धीत पूँजीवादी, संसदवादी, बहुलवादमा आधारित
कार्यदिशा पारित गराउन सफल भएका थिए । त्यसपछि उनिहरूले भारतिय
विस्तारवादको निर्देशनमा २०६२ मंसिर ७ गते सात पुराना संसदवादी दलहरूसँग
राष्ट्रघाती १२ बुँदे समझदारी भारतमा गरेका थिए । शान्ति प्रक्रियामा सामेल
भए पश्चात २०६३ मंसिर ५ गते नेपाल सरकारसँग बृहत शान्ति–सम्झौता गर्ने
क्रममा १० वर्से सशस्त्र जनयुद्ध समाप्त भएको घोषणा गरेका थिए । १० वर्से
जनयुद्धले निर्माण गरेका आधार इलाकाहरू, जनअदालत, जनकम्युन र जनसरकारको
खारेजी गरेका थिए । पार्टीले पारित गरेको नेपाली क्रान्तिको जनविद्रोहको
क्रान्तिकारी कार्यनीतिलाई परित्याग गरि ुशान्ति र संविधानु सम्बन्धी
सुधारवादी–पूँजीवादी–संसदवादी कार्यदिशा पकडन पुगेका थिए । भारतीय
विस्तारवादको निर्देशन र योजनामा मधेसवादी दलहरूसित राष्ट्रघाती चार बुँदे
सम्झौता गरेर सरकारमा पुग्न सफ भएका हुन् । तिनीहरूले भारतीय शाषकहरूसित
घाँटी जोडेर राष्ट्रघाती विप्पा सम्झौता गरे । जनमुक्ति सेनाको विधिवत
रूपमा विघटन र विर्सजन गराए । जनताको बलिदान बाट प्राप्त हतियार दुश्मनलाई
बुझाएर जनताको वास्तविक संविधान बनाउने कार्यलाई लथालिड्ड–भताभुड्ड पार्दै
२०६९ जेठ १४ गते राती संविधानसभाको अन्त्यष्ठि गरिदिए । उनिहरूले पार्टीलाई
विर्सजन गराउने प्रयत्न गरे क्रान्तिकारी माक्र्सवाद र नेपाली
क्रान्तिप्रति गद्धारी गरे पश्चात प्रचण्ड–बाबुराम नवसंशोधनवादका मुख्य
पात्र र लालगद्धार घोषित भइसकेका छन् ।
उपसंहार
क्रान्तिका
निम्ति क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टीको आवश्यकता अनिवार्य शर्त
हुन् जो सर्वहारा वर्गका महान् गुरूहरूले व्याख्या गर्नसक्नुभएको छ ।
अर्को माक्र्सवादको सार्वभौम नियम के हो भने क्रान्तिकारी माक्र्सवाद र
संशोधनवाद एकै ठाउँमा बस्न सम्भव हुँदैन । पार्टीभित्र उत्पन्न भएका
दक्षिणपन्थी संशोधनवादलाई परास्त नगरीकन, संशोधनवादसँग सम्बन्ध बिच्छेद
नगरीकन क्रान्तिकारी पार्टी निर्माण गर्न सम्भव पनि हुँदैन र क्रान्तिकारी
पार्टीबिना क्रान्ति सम्पन्न गर्न सम्भव हुने कुरा ज्ञातै छ ।
माक्र्स–एंगेल्सहरूले पनि संशोधनवाद, अवसरवाद र अराजकतावादलाई परास्त गरेर
मात्र माक्र्सवादको रक्षा र विकास गर्नुभएको थियो । लेनिन र माओले पनि
सबैखाले संशोधनवाद र अवसरवादलाई परास्त गरेर ती विचारहरूसँग सम्बन्धविच्छेद
गरेर मात्र नयाँ ढंगबाट क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माण गरेर
मात्र रूस र चीनमा क्रान्ति सम्पन्न गर्नुभएको थियो । नेपालमा पनि २०५१
सालमा पार्टीभित्रको अवसरवादी एवम संशोधनवादीहरूसँग सम्बन्ध विच्छेद गरेर
नयाँ ढंगबाट क्रान्तिकारी पार्टी निर्माण गरेर नेकपा (माओवादी) ले दश
वर्षसम्म जनयुद्ध सञ्चालन गरेको थियो । विश्व कम्युनिस्ट आन्दोलनको
क्रान्तिकारी धाराको इतिहास यस्तै छ । संशोधनवादीहरूसँग कडा वैचारिक संघर्ष
गरेर मात्र नयाँ ढंगबाट पार्टी निर्माण गर्न सकिन्छ । यही पद्दतिबाट
मात्र सर्वहाराको विकास हुन्छ । यस विषयमा फ्रेडरिक एंगेल्सले भन्नुभएको छ –
‘सर्वहारा वर्गको विकास जहाँकही पनि आन्तरिक संघर्षको बीचबाट नै अगाडि
बढ्छ । जस्तो कि माक्र्स र म आफैंले पनि अरू कसैसँग भन्द बढी नक्कली
समाजवादीहरूका विरूद्ध जीवनमा कठिन लडाइ लडेका थियौं ।ु एंगेल्सको यो भनाई
दुईलाइन संघर्ष र नयाँ ढंगबाट पार्टी निर्माणको सवाल र सर्वहारा वर्गको
विकासको निम्ति ज्यादै सारगर्भित रहेका छन् ।
यी माथिका तथ्यहरूलाई
केन्द्रविन्दुमा राख्दै तथा विश्व कम्युनिस्ट आन्दोलन र आफ्नै देशको
कम्युनिस्ट आन्दोलनको दुईलाइन संघर्षको इतिहासबाट शिक्षा लिंदै
नवसंशोधनवादसँग सम्बन्धविच्छेद नगरी नयाँ ढंगबाट पार्टी निर्माण गर्न संभव
नहुने र यस प्रकारको पार्टी बिना नयाँ जनवादी क्रान्ति सम्पन्न गरी समाजवाद
र साम्यवादको दिशातिर अगाडि बढ्न सम्भव नहुने भएकोले नै नेपाली क्रान्ति
सम्पन्न गर्ने महान् उद्देश्यका साथ नवसंशोधजवादसँग सम्बन्ध बिच्छेद गरेर
नेकपा–माओवादीको पुनर्गठन गरिएको तथ्यलाई कसैले नर्का सक्दैन् । नयाँ
ढंगबाट कम्युनिस्ट पार्टी निर्माण गर्ने द्वन्द्ववादलाई सबैले यसरी बुझ्न
जरूरी छ । सबैखाले संशोधनवादलाई परास्त गरेर मात्र क्रन्तिलाई विजयमा
पु¥याउन सकिन्छ । क्रान्तिकारीहरूले सम्झौताहिन दुईलाइन संघर्ष सञ्चालन
गरेर मात्र सबैखाले संशोधनवादलाई परास्त गर्न सकिन्छ । विश्वका
क्रान्तिकारीहरूले यहि पद्धती अपनाएर मात्रै क्रान्ति सम्पन्न गरेका
इतिहासहरू साक्षी छन् ।
सन्दर्भ–सामग्रीहरू ः
१. कार्ल माक्र्स–पूजी खण्ड– १
२. फ्रेडरिक एंगेल्स–ड्युहरिङ मतखण्डन
३. माक्र्स–एंगेल्स–संकलित रचना संग्रह – खण्ड– १
४. लेनिन संकलित रचनासंग्रह–भाग १९
५. माक्र्स–एंगेल्स–संकलित रचना संग्रह खण्ड– २०
६. लेनिन–एकपाईला अगाडी दुई पाईला पछाडि
७. माओत्सेतुङ्–चुनिएका रचनाहरू भाग– १, २, ३ र ५
८. महान् रूसी अक्टोवर क्रान्तिको क्रान्तिको इतिहास
९. चिनियाँ नयाँ जनवादी क्रान्तिको इतिहास
१०. महान् चिनियाँ सर्वहारा साँस्कृतिक क्रान्तिको इतिहास
११. मोहन वैद्य ुकिरणु माक्र्सवादी दर्शन
१२. महान बहस
१३. हस्तबहादुर के.सी. माक्र्सवादी दर्शनशास्त्रको रूपरेखा
१४. नेकपा (माओवादी)का ऐतिहासिक दस्तावेजहरू
१५. नेकपा–माओवादीका दस्तावेज–२०६९
No comments:
Post a Comment