Sunday, March 3, 2013

जनयुद्धको जगमा जनविद्रोह


१. विषय प्रवेशः
    नेपाल कम्युनिस्ट पार्टी–माओवादीको नेतृत्वमा संचालित गरिएको महान् जनयुद्धको ऐतिहासिक पहल गरिएको १७ वर्ष पुरा भइसकेको छ र अहिले हामीले १८ औँ जनयुद्ध दिवस मनाइरहेका छौं । २०५२ साल फाल्गुन १ गते “प्रतिक्रियावादी राज्यसत्तालाई ध्वस्त गर्दै नयाँ जनवादी राज्यसत्ताको स्थापना गर्न जनयुद्धको बाटोमा अघि बढौं ।” भन्ने मुल नाराका साथ रोलपाको होलेरी प्रहरी चौकी, रूकुमको राडी ज्यूला प्रहरी चौकी, सिन्भुली माढिको प्रहरी चौकी र गोरखामा कृर्षि विकास बैंकको साना किसान आयोजनाको कार्यालयमा एकै साथ फौजी हमला गरि जनयुद्धको थालनी गरिएको थियो ।
    तत्कालिन अवस्थामा नेकपा (माओवादी)को नेतृत्वमा जनयुद्धको थालनी गर्नु एक युगान्तकारी कदम थियो । किनकी त्यतिबेला नेपाली कम्युनिस्ट आन्दोलन दशकौं लामो दक्षिणपन्थि संशोधनवादको भाषमा फसिसकेको थियो । संसदवाद, सुधारवाद, सारसंग्रहवाद लगायत सबैखाले कम्युनिस्ट आन्दोलन क्षतविक्षत हुन् पुगेको थियो । त्यसखाले विषम परिस्थितिमा नेपाली कम्युनिस्ट आन्दोलनलाई जोगाएर क्रान्तिकारी धाराको विकास गर्दै लामो समयदेखि अर्धसामन्ती र अर्ध–औपनेवेशिक दस्ताको जन्जीरबाट नेपाल राष्ट र नेपाली जनतालाई मुक्त गरि मान्छेद्वारा मान्छेमाथि गरिने सबैखाले शोषण, दमन उत्पिडन र अन्याय अत्याचारबाट मुक्त गरि समानताका अधारमा समृद्धशाली नयाँ नेपाल निर्माण गर्नका लागि सशस्त्र जनयुद्धको थालनी गर्नु जरुरी थियो र यसलाई नयाँ जनवादी क्रान्तिले मात्र पुरा गर्न तत्कालीन नेकपा (माओवादी) ले नेपाली क्रान्तिको ऐतिहासिक कार्यभार पुरा गर्न महान् जनयुद्धको तयारीमा जाने प्रतिबद्धता व्यक्त ग¥यो ।
    वि. शं. २०४८ मा सम्पन्न एकता महाधिवेशनले दिर्घकालिन जनयुद्धको कार्यदिशा पारित ग¥यो । २०५१ फागुन मा आयोजना गरिएको नेकपा (माओवादी)को पहिलो राष्ट्रिय सम्मेलनले जनयुद्धमा जाने ऐतिहासिक निर्णय गरेको थियो । त्यसपछि २०५२ साल असारमा बसेको माओवादीको केन्द्रीय समिति बैठकले जनयुद्धका लागि चार आधार र चार तयारीलाई पुरा गर्ने जस्ता काममा लाग्न पार्टीपंक्तिलाई निर्देशन गरेको थियो । यसै क्रममा माओवादी जनयुद्ध किन आवश्यक छ ? यसको लष्य उद्देश्य के हुने ? माओवादीले किन बन्दुक उठाउँदै छ ? नयाँ जनवादी क्रान्ति के हो र किन आवश्यक छ ? यिनै तमाम प्रश्न उठ्नु स्वभाविक थियो र यसको जवाफ पनि तत्कालिन नेकपा (माओवादी)ले जनयुद्धको ऐतिहासिक पहलको लागि सैद्धान्तिक प्रतिबद्धता ब्यक्त गरेको थियो र अन्य आवश्यक तयारी गर्दै त्यसको ठिक आठ महिनापछि अर्थात् २०५२ साल फागुन १ गतेदेखि माओवादीले महान् जनयुद्धको सुरुवात ग¥यो । त्यसले सबैखाले संशोधनवादीहरू र प्रतिक्रियावादीहरूको स्वर्गमा ठूला भूइचालो ल्याइदिएको थियो भने क्रान्तिकारी जनता र विश्वका भाइचाराहरूमा आशा र उत्साहको संचार पैदा गरिदिएको थियो । त्यस महान् १० वर्षे जनयुद्धले नेपाली जनतालाई मात्र होइन विश्वका जनतालाई एकपटक राम्ररी झकझकाएको थियो र त्यस जनयुद्धले सिड्डो पृथ्वीमा नै एकप्रकारको कम्पन पैदा गरिदिएको थियो ।
    बिडम्बना महान् जनयुद्धको प्रक्रियामा रूकुमको खारामा तत्कालिन शाही नेपाली सेनाको ब्यारेकमाथि फैजी आक्रमणमा पराजीत हुनेबित्तिकै माओवादीको मुख्य नेतृत्व डराएर झुक्न पुग्यो र २०६२ असोज–कातिकमा पुगेर सशस्त्र जनयुद्धको कार्यदिशालाई परित्याग गरी सशस्त्र सङ्घर्ष र जनआन्दोलनलाई फ्युजन गर्ने भन्ने बहानाबाजी गर्दै लोकतान्त्रिक गणतन्त्रको संसदवादी पुँजीवादी कार्यदिशा पारित गर्न पुग्यो । भारतिय विस्तारवादको निर्देशनमा र गुरुयोजनामा २०६२ मंसिर ७ गते नयाँ दिल्लीमा भएको संसदवादी सात राजनीतिक दलहरूसित राष्ट्रघाती १२ बुँदे समझदारी गरेर पार्टीलाई संसदीय भासतिर उन्मुख बनाइयो । यसलाई क्रियान्वयन गर्ने शिलसिलामा प्रचण्ड–बाबुरामले २०६२ साल असार २ गते संसदवादी दलालसित ८ बुँदे सम्झौता गर्दै महान् १० वर्षे जनयुद्धको प्रक्रियामा निर्माण गरिएका जनसत्ता, जनकम्युन, जनअदालत र जनसरकारहरू खारेज गर्न सहमत भए । प्रचण्ड–बाबुरामले २०६३ सालकै मंसिर ५ गते नेपाल सरकारसित बृहत शान्ति–सम्झौता कायम गर्ने क्रममा प्रचण्डले सशस्त्र जनयुद्ध त्यसै मितिदेखि समाप्त भएको घोषणा सम्झौतापत्रमा हस्ताक्षर गर्न पुगे र नेपाली जनताको बलिदानपश्चात निर्माण भएको जनमुक्ति सेना र हतियारलाई संयुक्त राष्ट संघको मातहतमा क्यान्टोनमेन्टमा राख्ने निर्णय समेत गरे पश्चात प्रतिक्रियावादी पुरानो संसदीय व्यवस्था स्वीकार गरी २०६३ माघ १ गते सिंहदरवारमा प्रवेश गरेपछि २०६३ चैत १८ गते प्रतिक्रियावादी सरकारमा सामेल हुन् पुगे । यसका बाबजुत २०६४ चैत २८ गते संविधानसभाको ऐतिहासिक निर्वाचन सम्पन्न भयो र यसले २४० वर्षे शाहवंशिय सामन्ती राजतन्त्रात्मक व्यवस्थाको अन्त्य गरेर संघिय लोकतान्त्रिक गणतन्त्र निर्माण गर्न सफल भए । यो नै महान् दस वर्षे जनयुद्धको राजनीतिक उपलब्धी थियो । तर पार्टीको मुख्य नेतृत्व संहालीरहेका प्रचण्ड–बाबुरामले भने साम्राज्यवादी र विस्तारवादहरूका सामु लमपसार पर्दै आत्मसर्मपण गर्दै नवसंशोधनवादमा पतन हुन् पुगेपछि प्रचण्ड–बाबुरामले पार्टीले निर्णय गरेको नेपाली क्रान्तिको कार्यदिशालाई लत्याउँदै साम्राज्यवादी र विस्तारवादीहरूको निर्देशन र योजनामा ‘शान्ति र संविधान’ नाम दिइएको संसदवादी–सुधारवादी कार्यदिशालाई अंगिकार गर्न पुगेर नेपाली क्रान्तिप्रति गद्धारी गर्ने, जनता र क्रान्तिकारीहरूलाई गम्भीर प्रकारको धोका दिन पुगे प्रचण्ड–बाबुराम । उनिहरूको त्यस प्रकारको कदमले पार्टीभित्र गम्भीर प्रकारको दुईलाइन सङ्घर्ष सञ्चालन हुन पुग्यो र पार्टीभित्रका क्रान्तिकारीहरूले प्रचण्ड–बाबुरामलाई रूपान्तरण गराउन ठूलो प्रयत्न गरे तर उनीहरू रूपान्तरणहुनुको बदला झनै राष्ट्रघात र जनघातका श्रृङ्खलाहरू बढाउँदै जनमुक्ति सेनाको विघटन गर्ने र जनताको संविधान बनाउने कार्यलाई बिचमै लत्याउँदै जनताद्वारा निर्मित संविधानसभाको अवसान गराउँदै तथाकथित नयाँ संविधानसभाको निर्वाचनको घोषणाको नौटंकी मञ्चन गर्दै जनता र आमक्रान्तिकारीहरूलाई गम्भीर प्रकारको धोका दिन पुगेपछि पार्टीभित्रका क्रान्तिकारीहरूले नवसंशोधनवादीहरुसित सम्बन्ध बिच्छेद गर्दै नेपाली क्रान्तिका बाँकी कार्यभार पुरा गर्ने महान् उद्देश्यका साथ नेकपा–माओवादीको पुनर्गठन गर्न पुगेपछि यसले नेपाली कम्युनिस्ट आन्दोलनभित्र फेरी एउटा शक्ति पैदा गर्न सफल भयो र यही माघ २ गते सम्पन्न माओवादीको ऐतिहासिक सातौँ राष्ट्रिय महाधिवेशनले ‘जनयुद्धको जगमा जनविद्रोह’ नामक नेपाली क्रान्तिको वर्तमान कार्यदिशा पारित गर्न पुगे पश्चात क्रान्तिकारी जनता र विश्वका भाइचाराहरूमा पुनः आशा र उत्साह पदा भएको छ । नवसंशोधनवादीहरूले विथोलीरहेको नेपाली क्रान्तिको बाटो सफा हुन पुगेको छ ।
    आज महान् जनयुद्धले १७ वर्ष पुरा गरेर १८ वर्षमा प्रवेश गरिसकेको छ र हामिले यतिबेला १८ औं महान् जनयुद्ध दिवस भव्यताका साथ मनाइरहेका छौं । यतिबेला मुलुक क्रान्ति र प्रतिक्रान्तिको भीषण द्वन्दका बीचबाट अगाडी बढिरहेको छ । राष्ट्रिय स्वाधीनता धरापमा परिरहेको छ । सत्ताधारी वर्गले एकपछि अर्को गर्दै राष्ट्रिय रूपमा साम्राज्यवादी र विस्तारवादीहरूका सामु आत्मसर्मपण गर्दै राष्ट्रघातको श्रृङ्खलाहरू बढाइरहेका छन् । मुलुकमा क्रान्तिकारी संकट पैदा भइरहेको छ । जनताका जनजीवीका, गाँस, वास र कपासका समस्याहरू विकराल बनिरहेका छन् । बेरोजगारी समस्या तीब् रूपले बढिरहेको छ र प्रत्येक दिन १७०० नेपाली युवायुवतीहरू विदेशतिर पलायन भइरहेका छन् । महंगिले सिमा नाघीसकेको छ । असुरक्षा, घुस, भ्रष्टाचार, कालाबजारीया तस्करीतन्त्र र कमिशनतन्त्रले वोलवाला पाइरहेको छ । यी समस्याहरूको समाधान गर्ने एक मात्र साधन भनेको नयाँ जनवादी क्रान्ति मात्र हो । यही नेपाली नयाँ जनवादी क्रान्ति सम्पन्न गर्नका लागि नेपाली सर्वहारावर्गको संगठित राजनीतिक अग्रदस्ता नेकपा–माओवादीले आफ्नो ऐतिहासिक सातौं महाधिवेशनबाट जनयुद्धको जगमा जनविद्रोह सम्बन्धी कार्यनितीक कार्यदिशा पारित गरिसकेको छ । नेपाली क्रान्तिको जग महान् १० वर्षे जनयुद्ध नै हो । त्यसो भएर यो अवसरमा महान् १० वर्षे जनयुद्ध के हो ? त्यसले के–के उपलब्धीहरू हासिल ग¥यो ? यसका विरूद्ध प्रतिक्रान्तिकारी एवं सबै खाले संशोधनवादीहरूले कसरी धावा बोलीरहेका छन ? त आदि बारेमा समग्र विषयमा समिक्षा हुन जरुरी छ ।
                         २. के थियो महान् १० वर्षे जनयुद्ध ?
    महान् १० वर्षे जनयुद्ध समग्रयुद्ध थियो । युगौंदेखि नेपाली समाजमा जगडीदै आएको राजनीतिक, सामाजीक। आर्थिक, साँस्कृतिक रूपान्तरण र आमूल परिवर्तनका लागि जनयुद्धको थालनी गरिएको थियो  । नेकपा (माओवादी)ले २०५२ साल फागुन १ गतेका निम्ति महान् जनयुद्ध आरम्भ गरेपश्चात नेपाली परिवेशमा नवीन क्षितिज उघारिएको यथार्थ सर्वविदितै रहेको छ । सामन्तवाद, साम्राज्यवादका विरूद्ध जनयुद्धको परणाम  तः नेपालमा करिव अढाइ सय वर्षदेखि विद्यमान रहेको शाह वंशीय सामन्ती राजतन्त्रात्मक राज्यसत्ता समाप्त हुन पुगी संघिय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न सम्भव भएको हो । महान् १० वर्षे जनयुद्धको मुख्य लक्ष्य सामन्तवाद रसाम्राज्यवादको आडभरोसामा टिक्दै आएको प्तिक्रियावादी राज्य सत्तालाई ध्वंस गरि जनताको नयाँ जनवादी राज्यसत्ता स्थापना गरि समाजवाद सुँदै साम्यवादसम्म पुग्ने रहेको थियो र नेपालको अर्धसामन्ती र अर्धऔपनेवेशिक अवस्थालाई ध्वंस्त पारी स्वाधिन र स्वतन्त्र स्वं शोषकविहिन, अन्याय–अत्याचार विहिन र सबैखाले उत्पिडा विहिन नेपाली समाजको निर्माण गर्दै मान्छेले मान्छेमाथि गर्ने सबैखाले शोषण, उत्पिडन र भेदभाव विहिन तथा वर्गविहिन साम्यवादी समाज व्यवस्थासम्म नेपाललाई पु¥याउने लक्ष्य महान् १० वर्षे जनयुद्धले गरेको थियो  ।
                         ३. के थिए जनयुद्धको प्रतिबद्धताहरू ?
    महान् १० वर्षे जनयुद्धको सुृरूवात गर्नुभन्दा पहिले नेकपा (माओवादी)ले निम्न सातवटा प्रतिबद्धताहरू जाहेर गरेको थियो । सम्पूर्ण जनतालाई जानकारीहोस् भन्ने अभिप्रायले ती प्रतिबद्धताहरूलाई यस लेखमा समावेश गर्ने प्रयत्न गरिएको छ ।
१. हाम्रो योजना क्रान्तिकारी हिंसासम्बन्धी माक्र्सवाद–लेलिनवाद–माओवादका शिक्षामा आधारित हुनेछ । हाम्रो देशको विशिष्टताअनुसार गाउँबाट सहर घेर्ने रणनीतिमा आधारित दीर्घकालिन जनयुद्धका रुपमा अघि बढ्ने यस प्रक्रियाको पहलकदमीको योजना निर्माणका सन्दर्भमा पार्टी एकपटक पुनः माओद्धारा विकास गरिएको सर्वहारावर्गको सार्वभौम र अपराजेय र माक्र्सवादी सैन्यसिद्धान्तका रुपमा जनयुद्धको सिद्धान्तप्रति अविचल रहने प्रतिज्ञा गर्दछ ।
२. जनयुद्धको थालनीको हाम्रो यो योजना ‘राज्यसत्ताबाहेक हरु सबै भ्रम हो’ भन्ने मान्यतामा आधारित हुनेछ । जनताका निमित्त राजनीतिक सत्ता कब्जा गर्नु नै सशस्त्र संघर्षको प्रमुख उद्देश्य हो भन्ने कुरामा दृढ रही यस प्रश्नमा देखापर्ने अर्थवाद, सुधारवाद, अराजकतावादलगायतका सबै प्रकारका विचलनवादी चिन्तन र प्रवृत्तिका विरुद्ध निरन्तर संघर्ष गर्न पार्टी आफ्नो प्रतिबद्धता जाहेर गर्दछ ।
३. हाम्रो योजना सामन्तवाद र साम्राज्यवादलाई ध्वस्त गरी नयाँ जनवादी क्रान्ति पूरा गर्ने, त्यसको लगत्तै समाजवादी क्रान्तिमा अघि बढ्ने तथा सर्वहाराको अधिनायकत्वअन्तर्गत क्रान्ति जारी राख्ने सिद्धान्तका आधारमा साँस्कृतिक क्रान्तिहरु चलाउँदै मानवजातिकै स्वर्णीम भविष्य साम्यवादको स्थापनासम्म जाने उद्देश्यमा आधारित हुनेछ । एकपटक हतियार उठाएपछि त्यसलाई अन्त्यसम्म लैजाने दृढताविना सशस्त्र संघर्षको थालनी गर्नु सर्वहारावर्ग एवम् आमजनताप्रति अपराध हुने कुरामा हामी दृढ छौ । यो संघर्ष जनताको स्थितिमा आंशिक सुधार गर्ने, प्रतिक्रियावादीलाई दबाब दिई सामान्य सम्झौतामा टुङ्ग्याउने साधन बन्न कदापि दिइने छैन । यसरी हाम्रो सशस्त्र संघर्ष सबै प्रकारका निम्नपुँजीवादी, सङ्कीर्ण, राष्ट्रवादी, धार्मिक, साम्प्रदायिक एवम् जातिवादी विभ्रमहरुबाट सम्पूर्ण रुपले मुक्त रहनेछ ।
४. हाम्रो यो योजना सर्वहारा अन्तर्राष्ट्रवादको महान् भावनामा आधारित रहनेछ । नेपाली क्रान्ति, सर्वहारा विश्वक्रान्तिको अभिन्न अङ्ग हो र यसले विश्वक्रान्तिको सेवा गर्नेछ । हाम्रो पार्टी यस सन्दर्भमा माक्र्सवाद–लेलिनवाद–माओवादको निर्देशनमा विश्वक्रान्ति अघि बढाउन तथा नयाँ अन्तर्राष्ट्रिय निर्माणको दिशामा अघि बढिरहेको ‘क्रान्तिकारी अन्तर्राष्ट्रियतावादी  आन्दोलन’ (रिम) (जसको हाम्रो पार्टी पनि सदस्य छ) को विकासमा अझ बढी सहयोग पु¥याउने कुरालाई गम्भीरतापूर्वक लिन्छ ।
५. हाम्रो योजना नयाँ जनवादी क्रान्तिकालमा सर्वहारावर्गको पार्टीको नेतृत्वमा क्रान्तिकारी संयुक्त मोर्चा र क्रान्तिकारी सेना निर्माणको सैद्धान्तिक मान्यतामा आधारित रहनेछ । अन्तर्विरोधको नियमको सार्वभौमिकताअनुसार पार्टी भित्री संघर्षलाई द्धन्द्धात्मक ढंगले ग्रहण गर्नु र त्यसलाई सञ्चालन गर्नु पार्टीलाई त्यसरी सजीव राखी हरक्षेत्रमा त्यसको नेतृत्व स्थापित गर्न पूरा हृदयले जनताको सेवा गर्ने, जनतासँग घनिष्ट सम्बन्ध कायम राख्ने जनदिशाको सिद्धान्तमा अविचल रहने कुरामा पार्टी कटिबद्ध छ ।
६. हाम्रो यो योजना सर्वहारावर्गको पार्टीको स्वतन्त्र आत्मनिर्णयको अधिकारको मान्यताअनुसार बन्नेछ । पार्टीको नेतृत्वमा सामन्तवाद र साम्राज्यवादविरोधी सबै तह र तप्काका जनसमुदायलाई गोलबन्द गर्दै सशस्त्र संघर्ष सञ्चालन गरिनेछ । कृषि क्रान्तिलाई मेरुदण्ड मानी हाम्रो सशस्त्र संघर्ष श्रमजीवी जनयसुदाय मुख्यतः गरिब किसानहरुमाथि भर परेर चल्नेछ । कहिल्यै  र कुनै पनि हालतमा पार्टी देशी एवम् प्रतिक्रियावादी गुटहरुको दबाब, धम्की र प्रलोभनमा पर्ने छैन । 
                                ४. महान् जनयुद्धका उपलब्धिहरूः
    महान् जनयुद्ध रणनीतिक रक्षा र सन्तुलनको चरण पार गर्दैै प्रत्याक्रमणको प्रक्रियामा विकसित हुन पुग्यो  । नेपाली जनयुद्ध राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रिय जगमा पनि आम जीज्ञासा, चासो र बहसको विषय बन्यो  । जनयुद्धको प्रक्रियामा पार्टी, जनसेना, र संयुक्त मोर्चाले नयाँ उचाई हासिल गरे । पार्टी मात्रात्मक रूपमा देशव्यापी र सबैभन्दा ठूलो पार्टी मात्र बनेन गुणात्मक रूपमा सिद्धान्तनिष्ठ  र जुझारू पनि बन्न पुग्यो  । जनसेनाले लडाकु दलबाट स्क्वायड, कम्पनी, बटालियनर बिग्रेडहुँदै सातौं डिभिजनसम्म  बिकसित हुन् पुग्यो । त्यसक्रममा विभिन्न जनवर्गिय संगठन तथा जातीय मोर्चाहरूलाई विकसित तुल्याउँदै नयाँ ढंगको संयुक्त मोर्चा बन्यो । देशका विशाल ग्रामीण क्षेत्रहरूमा आधार इलाकाहरूको निर्माण भयो र ती क्षेत्रहरूमा नयाँ जनसत्ता, जनअदालत, जनसरकार  र जनकम्युनहरूको निर्माण गरियो । नेपाली जनताको जनसरकारहरू मार्फत राजनीतिक, आर्थिक र साँस्कृतिक क्षेत्रमा जनसत्ताको अभ्यास समेत गरे । जनसेनाले प्रहरीचौकी हुँदै कैयौं जिल्ला सदरमुकामहरू सम्म कब्जा गर्ने र सरकारी सेनासँग लड्ने काममा पनि महान् बिजय हासिल गर्दै अगाडि बढ्यो गाउँका जाली, फटाहा र सामन्तहरू भागेर जिल्ला सदरमुकामहरू  रराजधानी काठमाडौंमा आन्तरीक र स्थानिय बन्न बाध्य भए । साथै जनयुद्धको दस वर्षको अवधीमा माक्र्सवाद–लेनिनवाद–मओवादको आलोकमा वर्गीय, जातीय–क्षेत्रीय, लिड्डिक तथा दलीत चेतना विकसित भयो । यो प्रक्रियामा पार्टीले कार्यदिशा, रणनीति र कार्यनीतिलाई विकसित तथा समृद्ध तुल्याउने काममा पनि महत्वपूर्ण भूमिका  खेल्न पुग्यो ।
    दस वर्षको जनयुद्धको अवधी राजनीतिक, फौजी र साास्कृतिक दृष्टिले महान् उथलपुथलहरूको अवधी थियो । त्यस अवधीमा जनसमुदाय, जनसेना र पार्टीपंक्तिबाट त्याग, वीरता र बलिदानका उच्च कृतिमान स्थापीत गर्ने काम भएको थियो । यस प्रकारका उपलब्धीहरू हासिल गर्ने काममा जनता र जनसेनाको रगत र पसिनाको प्रमुख भूमिका रहन गएको छ । जनयुद्धको प्रक्रियामा दस हजारभन्दा बढिको शहादत हुन पुग्यो भने ठूलो संख्यामा क्रान्तिका योद्धाहरूलाई राज्यले बेपत्ता पा¥यो । विशाल संख्यामा क्रान्तिका योद्धाका अपाड्ड  र घाइते बन्न पुगे । महान् जनयुद्धको प्रक्रियामा जनता, जनसेना, पार्टीका कार्यकर्ता र नेताको मानसपटलमा उत्पीडन र दमनबाट मुक्त नयाँ, स्वाधीन र सुन्दर नेपाल निर्माण गर्ने उदात्त आदर्श र मीठा सपना सजीएका थिए । त्यो बेला सबैले ‘मुक्ति या मृत्यु’को सपथ खाएका थिए र त्यसमा नै सबै गौरवान्तित हुने गर्दथे । हो निश्चय नै गणतन्त्र, धर्म निरपेक्षता र संघीयता पनि महान् जनयुद्धका विशिष्ट उपलब्धीहरू नै हुन् । तर ती क्रान्तिकारीहरू यत्तिका लागी मात्र लडेका थिएनन् र देश अझै अर्धसामन्तीर नवऔपनेवेशिक अवस्थमा गुज्रिरहेको छ । क्रान्तिको कार्यभार अधुरै छ ।
    महान् जनयुद्धको प्रक्रियामा हासिल गरिएका उपलब्धिको रूपमा रहेका जनमुक्ति सेना, आधार इलाकाहरू, नयाँ जनसत्ता, जनसरकार र जनअदालतहरूलाई जनयुद्धकै नेतृत्व गर्दै आएका प्रचण्ड–बाबुरामले गद्धारीपूर्ण ढंगले विघटन र खारेज गरिसकेका छन्  र प्रतिक्रियावादीहरूलाई बुझाइसकेका छन् र उनीहरूले साम्राज्यवादी र विस्तारवादीहरूका समु लम्पसार परेर आत्मसर्मपण गर्दै राष्टघात र जनघातका अनेकौं श्रृङ्खलाहरू बढाइरहेका छन् र प्रचण्ड–बाबुराम नवसंशोधनवादमा पतन भइसकेपछि त्यस भित्रका क्रान्तिकारीहरूले त्यससँग सम्बन्ध बिच्छेद गरेर नयाँ ढंगको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेकपा–माओवादीको पुनर्गठन हुन् पुग्यो र नेपाली क्रान्तिको अधुरो कार्यभार पुरा गर्ने महान्. उद्देश्यले आफ्नो ऐतिहासिक सातौं महाधिवेशनबाट नेपाली क्रान्तिको वर्तमान कार्यदिशा जनयुद्धको जगमा जनविद्रोहको कार्यदिशा पारित गरेर नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने रणनीतिक योजनाका साथ अगाडि बढिरहेको अवस्था छ । नेपाली कम्युनिस्ट आन्दोलन आज क्रान्तिकारी धारा र दक्षिणपन्थी एवं नवसंशोधनवादी धाराको सिमा (कित्ता) स्पष्ट भएको छ । क्रान्तिकारी धाराको नेतृत्व नेकपा–माओवादीले गर्न पुगेको छ भने दक्षिणपन्थि संशोधनवादी एवं नवसंशोधनवादी धाराको नेतृत्व एमाओवादी–एमालेले गर्न पुगेका छन् । र क्रान्तिकारी धारा र सबैखाले संशोधनवादका बीच भिषण वैचारिक संघर्ष चलाईरहेको छ यही दक्षिणपन्थि संशोधनवादी एवं नवसंशोधनवादी शक्ति नेपाली क्रान्तिको प्मुख बाधकको रूपमा रहेको छ । यो शक्तिले नै लालगद्धारिको भूमिका निर्वाह गर्दै आएको छ र क्रान्तिलाई  धोका दिंदै आएको छ । यसले माक्र्सवादको आवरण भित्रबाट क्रान्तिको नारा दिएर जनतालाई भ्रममा पार्दै आएको छ र क्रान्तिलाई पछाडी धकेल्दै आएको छ र क्रान्तिलाई बाधा पु¥याउँदै आएको छ । यसलाई परास्त गरेर मात्र नेपाली क्रान्तिलाई विजयको दिशामा पु¥याउन सकिन्छ ।
                     ५. मुख्य नेतृत्वले किन क्रान्तिप्रति गद्धारी ग¥यो ?
    महान् दस वर्षे जनयुद्धको समग्र उपलब्धिहरूको चर्चा मात्र होइन त्यसको रक्षा र संरक्षण गरेर मात्र जनयुद्धको जगमा टेकेर नेपाली क्रान्ति सम्पन्न गर्न सकिन्छ । यो क्रान्तिको प्रमुख आधार हो तर १० वर्षे जनयुद्धको मुख्य नेतृतव गरेका प्रचण्ड–बाबुरामले नेपाली नेपाली, क्रान्ति, जनता र क्रान्तिकारीहरूप्रति किन गद्धारी गर्न पुगे भन्ने विषयमा राम्रो जानकारी लिन आवश्यक छ किनभने त्यस पर्टीभित्र रहेका क्रान्तिकारीलाई उनिहरूसित सम्बन्धविच्छेद गरी नयाँ ढंगको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेकपा–माओवादीको पुनर्गठन गरेपछि पनि यसको नेतृत्वले पनि प्रचण्ड–बाबुरामले जस्तै, देश, जनता र क्रान्तिलाई त धोका दिने होयन ? भन्ने आशंकाहरू पैदा भइरहेका छन् । अबको नेतृत्वले त्यस प्रकारको धोका दिने र गद्धारी गर्ने छैन भन्ने आधार के हुन् सक्छन् त भन्ने प्रश्न उठ्नु पनि स्वभावीकै हुन्छ । किन ६३ वर्षको नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमा विभिन्न कालखण्डमा नेतृत्वले गर्दै आएको छ । नेकपाको प्रथम महाधिवेशनबाट निर्वाचीत महामन्त्री मनमोहन अधिकारीले २०१३ सालमा राजाको वैधानिक नायकत्व स्वीकार गर्ने र शान्तिपूर्ण बाटोबाट समाजवादी क्रान्ति गरिने छ भन्ने विचार अगाडी सारेर पार्टीलाई दक्षिणपन्थि संशोधनवादमा फसाउन पुगेका थिए भने दोस्रो महाधिवेशनबाट निर्वाचीत महामन्त्री डा. केशरजंग रायमाझीले पार्टीलाई दरबारमा बुझाउने को्सीस गरेपछि तेस्रो महाधिवेशनबाट निर्वाचित महामन्त्री तुल्सीलाल अमात्यले पनि पार्टीलाई नेतृत्व प्रदान गर्न सकेनन् । त्यसपछि पार्टी विभाजीत हुन् पुग्यो जो अहिलेसम्म नेपली कम्युनिस्ट आन्दोलन विभाजीत अवस्थामै छ ।
    त्यस्तै चौंथो राष्ट्रिय महाधिवेशनबाट नेतृत्वमा आएका मोहनविक्रम सिंह पनि जडसुत्रीय संशोधनवाद र सारसङग्रहवादको भूमरीमा फसेर माथी उठ्नै सकेनन् । अर्कोतिर २०२८ सालको झापा विद्रोहको जगमा टेकेर अघि बढेको नेकपा एमालेको नेतृत्वमा पनि ‘जनताको बहुदलीय जनवाद’ नाम खुश्चोभपन्थि अधुनिक संशोधनवादी एवं मिलेरावादी संसदवादमा पुगेर पतन भयो । यसरी एमाओवादीका प्रचण्ड–बाबुरामसम्म आइपुग्दा नेपालको कम्युनिस्ट आन्दोलनमा विभिन्न चरणमा नेतृत वगर्न पुगेको नेतृत्वले किन  यसरी धोकाधडी दिने र गद्धारी गर्ने कार्य गर्दै आएको छ भन्ने बारेमा वैज्ञानीक विश्लेषण र ठोस संस्लेषण गर्न जरूरी हुन्छ ।
    मनमोहन अधिकारी देखि प्रचण्ड–बाबुरामसम्मको नेतृत्व दक्षिणपन्थि संशोधनवाद तथा नवसंशोधनवादमा पतन हुन पुगेको हो । प्रचण्ड–बाबुरामभित्र उत्पन्न भएको निम्न पुँजीवादी प्रवृत्तिलाई पत्ता लगाउन पार्टीभित्रका क्रान्तिकारीहरूलाई धेरै समय लागेको थियो । उनिहरूमा कायम रहँदै आएको निम्न पुँजीवादी चिन्तन र पुँजीवादी जीवनशैलीले नै कायम क्रान्ति प्रति गद्धार बन्न पुगेको हो ।
                  ६. नेपाली कम्युनिस्ट आन्दोलनको वर्तमान अवस्था ः
    नेपाली कम्युनिस्ट आन्दोलनले ६३ वर्ष पार गरिसकेको छ यती लामो अवधिमा यस आन्दोलनभित्र वर्ग सङ्घर्ष र विचारधारात्मक अन्तरसङ्घर्ष वा दुईलाइन सङ्घर्षका अनेकोँ जटिल तथा बाड्डाटिड्डा र कहाली लाग्दा घुम्तीहरू रहेका छन् । यसका साथै यो आन्दोलन लामो समयदेखि अनेकौँ समूह–उपसमूहमा विभाजीत रहँदै आएको छ । अतः सारमा यस आन्दोलनभित्र क्रान्तिकारी र संशोधनवादी दुई परस्पर विरोधी धाराकै द्वन्द प्रमुख बनेर आएको छ ।
    आज नेपाली कम्युनिस्ट आन्दोलनको दक्षिणपन्थि संशोधनवादी धारा जो एमाले–एमाओवादीले नेतृत्व गरिरहेको छ । आफुलाई विजातीय कित्तामा सामेल गर्दै दक्षिणपन्थि एवं आधुनिक संशोधनवादी तथा नवसंशोधनवादी धारामा गुणात्मक ढंगले फड्को हान्न पुगेको छ र यसको विपरित नेपाली कम्युनिस्ट आन्दोलनको क्रान्तिकारी धारा जो नेकपा–माओवादीले नेतृत्व गरिरहेको छ यसले आज माक्र्सवादी–लेनिनवादी–माओवादीका रूपमा गुणात्मक ढंगले विकसीत हुन् पुगेको छ र नेपाली क्रान्ति सम्पन्न गर्नका लागि जनयुद्धको जगमा जनविद्रोहको कार्यदिशा निक्र्योल गरेर नयाँ नेपाली जनवादी क्रान्तिलाई विजयको शिखरमा पु¥याउने सम्पूर्ण तयारी गर्ने गरी नयाँ ढंगको क्रान्तिकारी पार्टी निर्माण गरिएको हो र नेकपा–माओवादी मात्र नेपाली क्रान्तिको निर्णायक क्रान्तिकारी पार्टीको रूपमा निर्माण र परिचालन हुन् पुगेको छ ।
                           ७. नेकपा–माओवादीका सन्दर्भमाः
    नेकपा–माओवादी नेपाली सर्वहारावर्गको उच्चस्तरको संगठित राजनीतिक अग्रदस्ता हो । यो पार्टी अन्तरराष्ट्रिय सर्वहारावादमा आधारित छ र यो पार्टी अन्तर्राष्ट्रिरा सर्वहारावर्गको एक टुकुडी पनि हो । माक्र्सवाद–लेनिनवाद–माओवाद नेकपा–माओवादीको पथपद्रशक र मार्गदर्शक सिद्धान्त हो । लेनिनवादी जनवादी केन्द्रीयताको सिद्धान्तमा आधारित भएर खडा भएको यो पार्टीको न्यूनतम लक्ष्य नयाँ जनवादी राज्यव्यवस्था  स्थापना गर्नु रहेको छ भने अधिकतम लक्ष्य वैज्ञानीक समाजवाद र साम्यवाद रहेको छ । एमाओवादीका मुख्य नेतृत्व सम्हालीरहेका प्रचण्ड–बाबुराम नवसंशोधनवादमा पतन भइसकेको, त्यस नवसंशोधनवादीसित सम्बन्ध बिच्छेद गरेर नयाँ ढंगको क्रान्तिकारी पार्टीको रूपमा नेकपा–माओवादीको गठन गत असार २ मा हुन् पुगेको हो । गत माघको २ गते सम्पन्न ऐतिहासिक सातौं राष्ट्रिय महाधिवेशनबाट नेपाली क्रान्तिको रणनीति र कार्यनीतिलाई पारित गरेर आफ्ना लक्ष्य, उद्देश्य, कार्यक्रम र कार्ययोजना समेत तर्जुमा गरिसकेकोले यतिबेला दक्षिणपन्थि संशोधनवादीहरू, नवसंशोधनवादीहरू र सम्पूर्ण देशि–बीदेशी प्रतिक्रियावादीहरू अत्तालिन पुगेका छन् ।
                                 ८. नेपाली क्रान्तिको वर्तमान अवस्थाः
    नेपाल अहिलेसम्म पनि नयाँ जनवादी क्रान्तिकै अवस्थामा छ । देशको अवस्था अहिलेसम्म पनि अर्धसामन्ती र अर्धऔपनेवेशिक अवस्थाबाट अगाडी बढेर नवऔपनेवेशिक अवस्थामा रहेको । यस प्रकारको सामाजीक अवस्था रहेको देशमा गरिने क्रान्ति भने नयाँ जनवादी क्रान्ति अर्थात् नयाँखाले पुँजीवादी क्रान्ति नै हो । नयाँ जनवादी क्रान्तिले मात्र मुलुकको अर्धसामन्ती र नवऔपनेवेशिक अवस्थाको अन्त्य गरेर वैज्ञानिक समाजवाद उन्मुख आर्थिक, सामाजीक, साँस्कृतिक व्यवस्था कायम गर्दछ ।
    २०५२ साल फागुन १ गतेदेखि १० वर्षसम्म सञ्चालीत जनयुद्ध नेपाली क्रान्तिको इतिहासमा निर्णायक वर्गसङ्घर्षको उच्चतम रूप थियो । त्यस प्रक्रियामा छापामार, जनमिलिशिया दस्ताहुँदै सातौं डिभिजनसम्मको जनमुक्ति सेनाको निर्माण भयो । मुलुकका अधिकांश ग्रार्मिण इलाकाहरूमा आधार इलाकाहरू निर्माण गरिएको थियो । त्यस्तै जनसत्ता, जनअदालत र जनकम्युनहरू पनि निर्माण हुन् पुगेका थिए । जनसरकारहरू समेत निर्माणमा आएर पुरानो राज्यसत्तासीत समानान्तर सरकार समेत सञ्चालनमा आएका थिए । दस वर्षे जनयुद्धका यी उपलब्धिहरूले २४० वर्षे शाह वंशीय सामन्ती राजतन्त्रात्मक व्यवस्थालाई अनत्य गरेर संघिय लोकतान्त्रिक व्यवस्थाको स्थापना हुन पुगेको हो । त्यसैले महान् १० वर्षे सशस्त्र जनयुद्ध नेपाली नयाँ जनवादी क्रान्तिको मुख्य आधार हो ।
                  ९. जनयुद्धको जगमा जनविद्रोह, वर्तमान नेपाली क्रान्तिको कार्यदिशाः
    गत माघ २ गते सम्पन्न नेपाली सर्वहारावर्गको राजनीतिक अग्रदस्ता नेकपा–माओवादीको ऐतिहासिक सातौं राष्ट्रिय महाधिवेशनले वर्तमान नेपाली क्रान्तिको कार्यदिशा ‘जनयुद्धको जगमा जनविद्रोह’ पारित गरेको छ । यो कार्यदिशा नेपाली समाजको ठोस परिस्थितिको ठोस विश्लेषण गरेर निकालिएको निश्कर्ष हो । किन की दिर्घकालिन जनयुद्ध पनि नेपाली क्रान्तिको कार्यदिशा बन्न सक्दथ्यो । तर अहिलेको अवस्था त्यो भन्दा निकै अगाडी बढिसकेको छ । दिर्घकालीन जनयुद्ध भनेको गाउँदेखि शहर घेर्ने, ग्रामीण इलाकाहरूमा आधार इलाकाहरू निर्माण गर्ने, जनमुक्ति सेनाको निर्माण गर्ने, छापामार युद्ध सञ्चालन गर्ने र अन्तिममा केन्द्रीय सत्ता कब्जा गर्ने रणनीति अन्तर्गत दिर्घकालिन जनयुद्धको कार्यदिशा पर्दछ । यस प्रकारको अभ्यास १० वर्षे जनयुद्धको प्क्रियामा गरिसकेको छ । त्यस १० वर्षे जनयुद्ध सन्तुलनको अवस्थाहुँदै प्रत्याक्रमणको अवस्थासम्म विकास हुन् पुगेको थियो तर नवसंशोधनवादीहरूले महान् दस वर्षे जनयुद्धले निर्माण गरेका ती संरचनाहरू पूर्ण रूपले भत्काएको भएतापनि जनयुद्धको अनुभवको ठूलो विरासत कायमै छ । आजसम्म जनयुद्धमा लडेका र योगदान गरेको ठूलो क्रान्तिकारी शक्ति पनि नेकपा–माओवादीसँगै छ । त्यस महान् ऐतिहासिक विरासत माथि टेकेर नै नेपाली क्रान्तिलाई अगाडी बढाउने हो । 
क्रान्तिका लागि वस्तुगत परिस्थिति र आत्मगत परिस्थिति निर्माण भएको हुनुपर्दछ । यो माक्र्सवाद र समाज विज्ञानको नियम नै हो । हाम्रो देशमा यतिबेला क्रान्तिका लागि वस्तुगत अवस्था ठिक छ तर मनोगत परिस्थिति भने कमजोर नै छ । आत्मगत परिस्थिति त क्रान्तिकारीहरूले नै निर्माण गर्दै प्रतिकुल परिस्थितिलाई अनुकुल स्थितिमा रूपान्तरण गरि अघि बढ्ने हो ।
    अर्को महत्वपूर्ण सवाल के हो भने क्रान्तिका लागि वस्तुगत तथा आत्मगत परिस्थितिको ठोस विश्लेषण गर्न आवश्यक हुन्छ । अन्यथा वामपन्थि अवसरवाद वा दक्षिणपन्थि अवसरवादमा फस्ने खतरा हुन्छ । वास्तविकता के हो भने यदि सर्वहारा वर्गको पार्टीले क्रान्ति गर्नका लागि वस्तुगत परिस्थिति र आत्मगत शक्तिहरूको ठोस विश्लेषण नगरिकन तथा उसले परिस्थिति परिपक्वता हुनुभन्दा पहिले नै हतार–हतारमा क्रान्ति सुरु गर्दछ भने त्यसलाई “वामपन्थि अवसरवाद” भनिन्छ तर यदि सर्वहारावर्गको पार्टीले परिस्थिति परिपक्व हुनुभन्दा पहिले सक्रियतापूर्वक कुनै तयारी गर्दैन अथवा क्रान्तिकारी परिस्थितिको उपस्थितिमा र परिस्थिति परिपक्व हुँदा खेरीपनि क्रान्तिको नेतृत्व गर्ने र राज्यसत्ता कब्जा गर्ने साहस गर्दैन भने त्यसलाई दक्षिणपन्थि अवसरवाद वा संशोधनवाद भनिन्छ । त्यसो भएर नै क्रान्तिकारी कम्युनिस्टहरूले परिस्थितिको मुल्याङ्कनको सन्दर्भमा दक्षिण वा वामपन्थि अवसरवाद सहित सबैखाले संशोधनवादबाट बुझ्न जरूरी हुन्छ । किनकी क्रान्ति स्वतः स्र्फूत रूपमा सम्पन्न हुन् सक्दैन । त्यसकारण सर्वहारावर्गले सचेत र योजनावद्ध तरिकाको सवाललाई मध्ये नजरमा राख्नुपर्ने हुन्छ । तयारी भन्नुको अर्थ के हो भने विचारधारात्मक, राजनीतिक, संगठनात्मक र फौजी सबै दृष्टिकोणको आधारबाट सम्पन्न गरिनु आवश्यक हुन्छ । अतः कुनैपनि कम्युनिस्ट पार्टीले सम्बन्धित मुलुकका सामाजिक क्रान्तिलाई निर्णायक विजयको दिशामा अगाडि बढाउनका लागि उपयुक्त कुराहरूका साथै परिस्थितिको अनुकुलता तथा प्रतिकुलता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्ति सन्तुलन, आन्तरीक तथा बाह्य अन्तरविरोधहरूको शहरि परिचालन र तयारी बारे आवश्यक ध्यान दिन जरुरी हुन्छ । अतः यी सबै विषयवस्तुको ठोस विश्लेषण गर्दै नेपाली समाजको वर्तमान अवस्थाको ठोस विश्लेषण गरेर नै पार्टीले नेपाली क्रान्तिको वर्तमान कार्यदिशा जनयुद्धको जगमा जनविद्रोह निक्र्योल गरेको हो । यही कार्यदिशा नै वस्तुवादी छ । किनकी यही बेला मुलुकमा क्रान्तिकारी संकट पैदा भएको छ । सत्ताधारी वर्गहरू सरकार चलाउनै नसक्ने अवस्थामा पुगेका छन् भने नेपाली जनताले यो सरकारलाई स्विकार गर्नै सक्ने अवस्थामा छैनन् । मुलुकको राष्ट्रिय स्वाधीनता धरापमा परिरहेको छ । जनताका जनजीवीका, गाँस, वास र कपासको समस्या विकराल बन्दै गइरहेको छ । महड्डीले सिमा नाघिसकेको छ । बेरोजगारी समस्याका कारण १७०० यूवाहरू प्रत्येक दिन विदेशतिर पलायन भइरहेका छन् । जनताको ज्यू धनको कुनै सुरक्षा छैन । त्यसैले देश गम्भीर प्रकारको संकटको भुमरिमा फसिरहेको छ । यस्तो अवस्थामा देशले स्वाधीनता चाहन्छ । जनताले मुक्ति चाहन्छन् । देश र जनताको यस प्रकारको समस्याको हल गर्ने एक मात्र साधन जनविद्रोह नै हो । जुन जनयुद्धको जगमा आधारित हुनेछ । मुलुकमा जनताको आक्रोश र विद्रोह बढ्दै छ । जनताको यस प्रकारको विद्रोहलाई संगठित गर्दै त्यसको नेतृत्व गरेर नै नेपाली क्रान्ति सम्पन्न गर्न सकिन्छ । यस कार्यमा देशी विदेशी प्रतिक्रियावादी शक्तिहरूले अवरोध खडा गरेर जनता माथि दमन चलाउन थाले भने बन्दुक उठ्ने पनि निश्चित छ । जनता हतियार उठाउने बाध्य हुनेछन् ।
                     १०. क्रान्तिको थलो शहर र आधार गाउँ बन्ने छः
पार्टीले जुन नेपाली क्रान्तिको कार्यदिशा जनताहरूको जगमा जनविद्रोह निक्र्योल गरेको छ, यसमा क्रान्तिको आधारभूत शहर नै बन्ने छ । किनकी दस वर्षे जनयुद्ध गरेर पार्टी शहर केन्द्रीत आन्दोलनको अवस्थामा आइपुगेको छ र शहरहरू क्रान्तिका लाल किल्ला बन्दै छन् । महान् दस वर्षे जनयुद्धले जनताको चेतनामा जुन विकास ग¥यो त्यो ग्रामीण इलाकाहरू मात्रै नभएर राजधानी लगायत मुलुकका ठूला शहर चेतनाको सागर बन्न पुगेका छन् । यद्यपी औधोगीक क्षेत्र टाटपल्टिएर बन्द हुँदै गएको अवस्था र दलाल पुँजीका कारण राष्ट्रिय पुँजी र पुँजीपतीवर्गको उल्लेख्य विकास नभइरहेको अवस्था सृजना भएको भएता पनि नेपाली जनताको अत्यन्तै ठूलो हिस्सा अहिले शहरमा केन्द्रीत हुन पुगेको छ र आजको विज्ञान र प्रविधिको विकासको कारणले पनि सबैलाई नजिक पु¥याईरहेको छ । श्रम बेचे जविन निर्वाह गर्नेहरूको अत्यधिक संख्या अहिले शहर बजारमा उपस्थित छ र त्यो नै सबैभन्दा उपेक्षित र अभावबाट ग्रस्त छ । मुक्ति र आन्दोलन बाहेक अर्को उसको कुनै बाँच्ने आधार छैन ।
    शहर जनविद्रोहको आधार क्षेत्र र केन्द्र विन्दु बनेको भउपनि करिव ८० प्रतिशत जनता गाउँमा नै बसोवास गर्ने भएकाले क्रान्तिको आधार क्षेत्रको लागि गाउँलाई केन्द्र विन्दुमा राखीने छ । किनकी नेपाल जस्तो देशमा फेरीपनि छापामार युद्धलाई नकार्न सकिदैन र गाउँ तथा विशाल ग्रामीण इलाकाहरूमा बसोबास गर्दै आएका जनतालाई सरिक नबनाइकन नेपाली क्रान्ति सम्पन्न गर्न सम्भव पनि छैन । त्यसो भएर शहरलाई जनविद्रोहको केन्द्रविन्दु बनाउने र गाउँलाई आधार क्षेत्र बनाएर क्रान्तिलाई निर्णायक विजयको दिशातिर अगाडि बढाउन जरुरी हुन्छ ।
             ११. क्रान्तिका लागि क्रान्तिकारी सिद्धान्त र क्रान्तिकारी पार्टीको आवश्यकताः
    क्रान्तिका लागि क्रान्तिकारी सिद्धान्त र क्रान्तिकारी पार्टीको अनिवार्य आवश्यकता पर्दछ । हामसित माक्र्सवाद–लेनिनवाद–माओवाद जस्तो क्रान्तिकारी सिद्धान्त छ भने नवसंशोधनवादसित सम्बन्ध बिच्छेद गरेर पुनर्गठन गरिएको नेकपा–माओवादी नै नयाँ ढंगको क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माण गरिसकेका छौं र पार्टीलाई नेपाली क्रान्तिको निर्णायक नेतृत्व प्रदान गर्ने सर्वहारावर्गीय शक्तिका रूपमा स्थापित हुनपुगेको छ । किनभने यो पार्टी लेनिनवादी जनवादी केन्द्रीयतामा आधारित भएर बनेको पार्टी हो । तर यसलाई फेरी पनि नयाँ बनाइराख्न पर्दछ । पार्टीलाई नयाँ बनाइराख्ने भनेको दुईलाइन सङ्घर्ष र विचारधारात्मक अर्थात् दुईलाइन सङ्घर्षलाई एउटा पद्धतीसंगत ढंगले सञ्चालन गर्ने र वैज्ञानिक ढंगले हल गर्ने पद्धतिको विकास गर्न जरूरी हुन्छ । पार्टी भनेको विपरितहरूको एकत्व हो । पार्टीभित्र चल्ने दुइलाइन संघर्षबाट पार्टीलाई नयाँ ढंगको कम्युनिस्ट पार्टी बनाउनका लागि आवश्यक मदत पुग्दछ । अर्को जानीराख्नु पर्ने कुरा के हो भने पार्टीलाई क्रान्तिकारी बनाई राख्नका लागि माक्र्सवाद–लेनिनवाद–माओवाद सैद्धान्तिक पथप्रदर्शक र क्रान्तिकारी कार्यदिशा सांगठनिक सिद्धान्त तथा कार्यशेलिको आलम्बन गर्न अनिवार्य रूपमा आवश्यक हुन्छ । र पार्टीलाई क्रान्तिकारी बनाइराख्नका लागि सुद्धिकरण तथा सुदृढिकरण अभियानहरू पनि सञ्चालन गरिनुपर्दछ । पार्टी स्कुलिङ्को व्यवस्था प्रभावकारी तुल्याउन र नयाँ स्कुलिङ विधिको विकास गर्न आवश्यक हुन्छ । र पार्टीलाई लौह अनुशासीत दस्ताको रूपमा विकास गर्न अनिवार्य आवश्यक हुन्छ र पार्टी नेतृत्वलाई सर्वहाराकरण गर्दै लैजाने कार्यशैलीको विकास गर्न अनिवार्य आवश्यक हुन्छ यी सबै कुरालाई गम्भीरतापूर्वक ध्यान दिएर जीवन व्यवहारमा लागु गर्दे जाने हो भने पार्टीलाई सँधै क्रान्तिकारी बनाई राख्न सकिन्छ ।
                               १२. उपसंहारः
    हाम्रो महान् तथा गौरवशाली पार्टी नेकपा–माओवादीको आफ्नो ऐतिहासिक सातौं राष्ट्रिय महाधिवेशनबाट नेपाली क्रान्तिको वर्तमान कार्यदिशा जनयुद्धको जगमा जनविद्रोह पारित गरेको छ । यो नै ठोस परिस्थितिको ठोस विश्लेषण हो । किनकी नेपाली क्रान्तिको मुख्य आधार भनेकै महान १० वर्षे जनयुद्ध हो । जनयुद्धका उपलब्धिहरूलाई एकातिर पन्छाएर नेपाली क्रान्तिलाई आमी अगाडि बढाउने कलपनासम्म पनि गर्न सक्दैनौं । किनकी नेपाली क्रान्तिको जगभ नेकै महान् १० वर्षे जनयुद्ध हो । यस विषयमा माथि ठाउ–ठाउँमा प्रशस्तै मात्रामा उल्लेख गरिएको छ ।
    महान् १० वर्षे जनयुद्ध नेपाली समाजको निम्ती समग्र युद्ध थियो । त्यसले राजनीतिक, आर्थीक, सामाजीक, साँस्कृतिक लगायतका क्षेत्रमा क्रान्तिकारी रूपान्तरण ल्याएको थियो । २४० वर्षिय शाहवंशीय सामन्ती राजतन्त्रात्मक राज्य व्यवस्थाको अन्त्य गरी संघीय गणतन्त्रात्मक राज्य व्यवस्थाको स्थापना गर्ने मुख्य आधार नै महान् दस वर्षे जनयुद्ध हो  । अब साम्राज्यवाद र विस्तारवादको आडभरोसामा टिकेको दलाल तथा नोकरशाही पुँजीपति वर्ग र सामन्तवर्गको राज्यसत्तालाई ध्वंश गरेर जनताको जनवादी राज्यसत्ता अथार्त जनगणतन्त्रात्मक राज्य व्यवस्था स्थापना गर्नका लागि फेरी पनि तयही महान् दस वर्षे जनयुद्धको जगमा टेकेर सञ्चालन गरिने जनविद्रोह नै हुनेछ । यद्यपी महान् दस वर्षे जनयुद्धको प्रक्रियामा निर्माण गरिएका जनमुक्ति सेना, आधारइलाकाहरू, जनसत्ता, जनकम्युन र जनअदालतहरूलाई नवसंशोधनवादीहरूले पूर्ण रूपमा खारेज र विघटन गरिसकेका भएतापनि जनयुद्धले निर्माण गरेको जनताको चेतना बाँकी छ । जनयुद्धबाट आएको क्रान्तिकारी शक्तिपनि हामीसितै छ र जनयुद्धको अनुभवको ठूलो विरासत हामसितै छ । जहाँसम् मभौतिक तथा प्राविधिक तयारीको कुरा हो, त्यो तयारी गर्न आवश्यक छ र  गनिे छ पनि । कमरेड माओले भन्नुभएको छ, क्रान्तिकारीका लागि क्रान्तिकारी पार्टी, जनमुक्ति सेना र संयुक्त राजनीतिक मोर्चा जसलाई क्रान्तिका तीन जादुगरी हतियार भन्नुभएको छ । माओका यी विचारहरूलाई पनि हामीले मनन गर्नैपर्ने हुन्छ । हामीपनि क्रान्तिका यी तीन हतियारहरूलाई गहिराइका साथ अवलम्बन गर्न चाहनछौं । क्रान्तिकारी पार्टी निर्माण गरीसकेका छौं भने पार्टीको मातहतमा क्रान्तिको आवश्यकताले जनमुक्ति सेनाको निर्माण गर्ने र संयुक्त राजनीतिक मोर्चा निर्माण गर्ने सवाललाई पार्टीले आफ्नो प्राथमीकतामा राखेको कुरालाई बुझ्नु जरूरी छ । किनकी यी महत्वपूर्ण कार्यहरूलाई पुरा नगरिकन क्रान्ति सम्भव पनि छैन । तर यी सबै महत्वका कार्यहरू क्रान्तिकै अभियानमा पुरा गर्दै र क्रियान्वयन गर्दै जाने कुरा हो । तर कुनै मनोगत आकांक्षा र विश्लेषणका आधारमा क्रान्तिका हतीयारहरू निर्माण भइहाल्दैनन् ।
    नेपाली क्रान्ति अझै बलिदानको माग गर्दछ । जनआन्दोलन, जनविद्रोह वा जनयुद्ध सबैमा नेपाली जनताले ठूलो बलिदान गरेको छ । तर नेतृत्वले त्यती ठूलो बलिदान गरेको छैन । बरु जहिलेपनि नेतृतव अवसरवादी बन्दै गएर संशोधनवादमा पुगेर पतन हुँदै आएको छ र देश, जनता र क्रान्तिलाई धोका दिने र गद्धारी गर्दै मात्रै आएको छ । दस वर्षे जनयुद्धको नेतृत्व गरेको प्रचण्ड–बाबुरामले गरेको धोकावाजी र गद्धारी सबैभन्दा ठूलो र ताजा उदाहरण हो । अतः अहिले हाम्रो पार्टीको नेतृत्वप्रति पनि फेरी धोका हुँदैन भन्ने के ग्यारेन्टी छ ? भन्ने प्रश्नहरू प्रशस्तै मात्रामा उठ्ने गरेका छन् । त्यसको जवाफ अन्य ढंगले दिएर पुग्नेवाला छैन । नेतृत्वले गर्ने योगदान र बलिदानले मात्र सहि जवाफ दिने छ ।
    हामी यतिबेला क्रान्तिको बाँकी कार्यभार पुरा गर्ने ऐतिहासिक दायित्ववोधका साथ आएका छौं । इतिहासले सुम्पेको यस ऐतिहासिक दायित्व पुरा गर्ने आँट, शाहस र धैर्यता हामीसीत हुनैपर्दछ । क्रान्तिको भविष्य सुनिश्चित गर्ने जिम्मा पनि हाम्रै काँधमा छ । क्रान्ती आवश्यक छ ।                
               

No comments:

Post a Comment