Tuesday, April 30, 2013
नेपाली कम्युनिस्ट आन्दोलनका ६४ वर्ष र नेपाली क्रान्तिको भविष्य
बिषय प्रबेश ः
यही २०७० साल बैशाख ९ गते (सन् १९४९, अप्रिल २२) गते नेपाली कम्युनिष्ट आन्दोलनले ६४ वर्ष पुरा गरेर ६५ मा प्रवेश गरेको विविध प्रकारका आरोह–अवरोह र घुम्तिहरु तथा यस लामो ऐतिहासिक अवधिमा वर्गसंघर्ष र अन्तरसंघर्षका अत्यन्तै जटिल, वाङ्गाटिङ्ग र कहाली लाग्दा घुम्तिहरु पार गर्दै तथा विभिन्न टे«नहरु समेत पार गर्दै र फूट विभाजन, ध्रुविकरण, पून विभाजनका अत्यन्तै तिता मिठा अनुभव प्राप्त गरेको भएता पनि आज क्रान्तिट र प्रतिक्रान्तिका बीचबाट महान नेपाली क्रान्ति सम्पन्न गर्ने काम भने बाँकी नै । यसै सेरोफेरोमा रहेर यो लेख लेख्ने प्रयत्न गरिएको छ ।
कार्ल माक्र्स र फ्रेडरिक एंगेल्सद्धारा लिखित विश्वविख्यात कम्युनिस्ट घोषणापत्रको प्रकाशन भएको ठिक १०१ बर्षपछि, र महान्् पेरिस कम्युनको निर्माण भएको ठिक ७८ बर्षपछि, अनि महान्् सोभियत अक्टुवर समाजवादी क्रान्ति सम्पन्न भएको ठिक ३२ बर्षपछि महान्् चिनियाँ नयाँ जनवादी क्रान्ति विजयको अन्तिम मोडमा पुगिरहेको अवस्थामा वि.सं. २००६ साल बैशाख १० गते (सन् १९४९ अप्रिल २२ तारिख) का दिन भारतको कोलकत्तामा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो । पुष्पलालको पहलकदमी र नेतृत्वमा नरबहादुर कर्माचार्य, निरन्जन गोविन्द वैद्य र नारायण विलास जोशी समेतको संलग्नतामा नेपाल कम्युनिस्ट एशियाई देशका कम्युनिस्ट पार्टीहरूमा सवभन्दा कान्छो पार्टीको रूपमा गठन भएको थियो । यसैबेला केन्द्रीय सङ्गठन समिति बन्यो र महासचिव कमरेड पुष्पलाललाई बनाइयो ।
नेपाल कम्युनिस्ट पार्टीले २००६ साल १२ बैशाखमा जनताका नाममा एउटा अपिल प्रकाशित ग¥यो । राणा शासनका विरुद्ध पूर्ण नागरिक स्वतन्त्रताका लागि लड्न र त्यसका निम्ति स्थानिय रूपमा विभिन्न मोर्चा समितिहरू बनाउन उक्त अपिलद्धारा जनतासँग अनुरोध गरिएको थियो । र सामन्तवाद तथा साम्राज्यवादका विरुद्ध सङ्घर्षका बीचबाट पूर्ण नागरिक स्वतन्त्रता हासिल गरी समाजवाद र साम्यवादमा जाने लक्ष्य उद्घोष गरिएको थियो । त्यतिवेला अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थामा रहेको नेपालमा पार्टीको मूल नीति र कार्यक्रम अर्थात राजनीतिक कार्यदिशा सर्वहारावर्गको नेतृत्वमा सामन्तवाद, साम्राज्यवाद र विस्तारवादका विरुद्ध आम जनसमुदायको एकताद्धारा जनवादी क्रान्ति सम्पन्न गर्ने मान्यतामा आधारित थियो । पार्टीले नयाँ जनवादी क्रान्तिको स्पष्ट खाका कोरेको पनि थियो । स्थापनाकालमै नेपाल कम्युनिस्ट पार्टीले आफनो लक्ष्य र उद्देश्यलाई स्पष्टताका साथ अघि सारेको थियो ।
नेकपाको इतिहास सम्बन्धी टिप्पणीको प्रश्न ः
हामीले इतिहासबाट के शिक्षा प्राप्त गरेका छौँ भने इतिहास तथ्यहरूद्धारा निर्माण हुने भएकोले यो निर्मम हुन्छ र त्यसलाई तोडमरोड गर्न मिल्दैन । त्यसको समीक्षा, संश्लेषण र सिंहावलोकन मात्र गर्न सकिन्छ । त्यसकै आधारमा त्यसबाट सकारात्मक र नकारात्मक शिक्षा ग्रहण गरेर अगाडि बढ्न प्रेरित गर्दछ । नेपाली कम्युनिस्ट आन्दोलनको ६२ वर्षको ज्यादै जटिल र अत्यन्तै संवेदनशील विषय हो ।
कम्युनिस्ट आन्दोलनको इतिहास जनआन्दोलन, वर्गसङ्घर्ष र दुइलाइन सङ्घर्ष वा विचारधारात्मक अन्तरसङ्घर्षका जटिल सजीव वाङ्गा टिङ्गा मोडहरू र आरोह अवरोहका परिघटनाहरूले भरिएको छ । नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासको अध्ययन गर्नेबारे अनेकौं विवादहरू पाइन्छन् । यस आन्दोलनका कैयौ घटकहरू वा नेताहरूले इतिहासलाई आफ्नो पक्षमा देखाउनका लागि विभिन्न रूपमा तोडमोड तथा अपव्याख्या गर्दै आएका छन र इतिहासलाई मनोगतवादी रूपमा लेख्ने र व्याख्या गर्ने गरेका छन् । नेपाली कम्युनिस्ट आन्दोलनको समग्र समीक्षा, संश्लेषण र सिंद्धावलोकन गर्ने क्रममा यी तमाम कुराहरूप्रति सतर्क रहन जरुरी छ । माक्र्सवादको मूल सिद्धान्त र क्रान्तिकारी सामाजिक व्यवहार अर्थात विचारधारात्मक, राजनीति तथा फौजी कार्यदिशालाई मापदण्ड बनाई नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासको अध्ययन गर्नु यसको समीक्षा, संश्लेषण र सिंद्धावलोकन गर्नु उपयुक्त हुन्छ ।
विचारधारात्मक प्रश्न ः
हाम्रो अध्ययनबाट हामीले के प्राप्त गरेका छौँ भने कमरेड माओत्सेतुङकै शब्दमा हरेक कुराको निर्धारण सही विचारले मात्र गर्दछ । कम्युनिस्ट पार्टी सर्वहारावर्गको अग्रदस्ता हो । नेपाल कम्युनिस्ट पार्टी नेपाली सर्वहारावर्गको प्रतिपादनपश्चात माक्र्सवाद–लेनिनवाद र माओवादको मार्गदर्शक सिद्धान्त र पथप्रदर्शक सिद्धान्तबाट निर्देशित हुदै आएको छ । माक्र्सवाद विश्व सर्वहारावर्गको मुक्तिको वैज्ञानिक र क्रान्तिकारी मार्गदर्शक सिद्धान्त हो । माक्र्सवादका प्रणेता काल माक्र्स (१८१८–१८८३) र फेडरिक एंगेल्स (१८२०–१८९५) हुनुहुन्छ । माक्र्सवादका तीन संघटक अंग छन्, ती हुन्–दर्शन, राजनीतिक अर्थतन्त्र र वैज्ञानिक समाजवाद । माक्र्सवाद सर्वहारावर्गको मुक्तिको सिद्धान्त भएकोले यसले उत्पीडित जनसमुदायका साथै सिंगो मानव जातिलाई मुक्ति प्रदान गर्दछ । माक्र्सवादको अभिष्ट साम्यवादी समाजको स्थापना हो । माक्र्स र एंगेल्सले सर्वहारावर्गको राजनीतिक प्रतिनिधिका रूपमा कम्युनिस्ट पार्टीको निर्माण अनिवार्य रूपमा आवश्यक भएको र यसको नीति तथा कार्यक्रम वा समग्र कार्यदिशाका रूपमा सन् १८४८ फेबु्रअरीमा कम्युनिस्ट पार्टीको घोषणापत्रको रचना गर्नुभयो । माक्र्सवादको सैद्धान्तिक ग्रन्थ यही नै हो ।
माक्र्सवाद सर्वहारा क्रान्तिको विज्ञान हो । यो पुँजीवादको प्रारम्भिक अवस्थामा विकसित भएको हो । द्धन्द्धात्मक तथा ऐतिहासिक भौतिकवाद, अतिरिक्त मूल्यको सिद्धान्त, वर्गसङ्घर्ष तथा इतिहासमा बल प्रयोगको भुमिका र वैज्ञानिक समाजवाद तथा साम्यवाद यसका आधारभूत मान्यता हुन् । प्रकृति, समाज, राज्यव्यवस्था आदिकाबारेमा कार्ल माक्र्स र फ्रेडरिक एंगेल्सले महान्् खोज र प्रयोगद्धारा निकाल्नु भएको वैज्ञानिक तथा क्रान्तिकारी विचार, सिद्धान्त र विचारलाई माक्र्सवाद भनिन्छ । माक्र्सवादले पुँजीपति वर्गको राज्यव्यवस्थालाई ध्वस्त पारी त्यसको ठाउँमा सर्वहारावर्गको राज्यव्यवस्थालाई स्थापना गर्ने सही क्रान्तिकारी बाटो देखाउछ । माक्र्सवादको परिमार्जन र विकासका क्रममा लेनिनवाद र माओवादमा गुणात्मक रूपले विकास भएको छ ।
साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगमा लेनिन (सन् १८७०–१९२४) ले माक्र्सवादलाई विकसित तुल्याउनु भयो । र लेनिनवादको जन्म भयो । माक्र्सवादको गुणात्मक विकासको दोस्रोे चरण लेनिनवाद हो । पुँजीवादले साम्राज्यवादमा प्रवेश गर्नु उत्पादक शक्ति सर्वहारा आन्दोलन तथा ज्ञान विज्ञानका विविध क्षेत्रमा थप प्रगति हुँदै जानु र यस प्रकारको नयाँ परिस्थिति अनुरूप माक्र्सवादलाई नयाँ उचाइँमा विकसित गर्नु पर्ने ऐतिहासिक आवश्यकताका बीचबाट लेनिनवाद जन्मियो । यसै प्रक्रियामा माओत्सेतुङ (१८९३–१९७६)ले माक्र्सवाद–लेनिनवादलाई विकसित तुल्याउनु भयो र माओवाद जन्मियो । माक्र्सवाद–लेनिनवादको गुणात्मक विकासको तेस्रोर नयाँ चरण माओवाद हो । सामन्तवादी–साम्राज्यवादी शोषणको दोहोरो उत्पीडनबाट आक्रान्त, अविकसित देशहरूका क्रान्तिका समस्याहरूको समाधानका लागि समाजवादी समाजका अन्तरविरोधहरूको समाधान गर्नु पर्ने र आधुनिक संशोधनवादका विरुद्धको लडाइँ लड्नु पर्ने ऐतिहासिक आवश्यकताको पृष्टभूमिमा माओद्धारा माक्र्सवाद–लेनिनवादको थप परिमार्जन तथा विकास गरी त्यसलाई माक्र्सवाद–लेनिनवाद–माओवादको तेश्रो, नयाँ र गुणात्मक उचाइँमा पु¥याउने काम भयो । यसरी आज अन्तर्राष्ट्रिय सर्वहारा वर्गको हातमा एउटा सार्वभौम सिद्धान्तको सिंगो अभेद्य इकाइका रूपमा माक्र्सवाद–लेनिनवाद–माओवाद रहेको छ । अतः माक्र्सवाद–लेनिनवाद–माओवाद नेपाली सर्वहारावर्गको मार्गदर्शक सिद्धान्त बनेको छ । एकीकृत नेकपा (माओवादी) विश्व सर्वहारावर्गको एक टुकडी भएकोले माक्र्सवाद–लेनिनवाद–माओवाद यसको पनि मार्गदर्शक सिद्धान्त र पथप्रदर्शक सिद्धान्त हो । यसै सिद्धान्तबाट यो पार्टी संचालित हुदै आएको छ । मालेमावादको मार्ग निर्देशनबिना एमाओवादी पार्टी क्रान्तिकारी कम्युनिस्ट बनिरहन सक्तैन ।
नेकपाको विकास प्रक्रिया ः
अहिले नेपाली कम्युनिस्ट आन्दोलनले ६४ वर्ष पार गरिसकेको छ । यति लामो ऐतिहासिक अबधिमा यस आन्दोलनभित्र वर्गसङ्घर्ष र दुइलाइन सङ्घर्ष वा विचारधारात्मक अन्तरसङ्घर्षका अनेकौ जटिल, वाङ्गा टिङ्गा र कहाली लाग्दा घुम्तीहरू रहेका छन् । सर्वविधितै छ, यो आन्दोलन लामो समय पहिलेदेखि अनेकौ समुह–उपसमुहहरूमा विभाजित रहदै आएको छ । अतः सारमा यस आन्दोलनभित्र क्रान्तिकारी र संशोधनवादी दुई परस्परविरोधी धाराकै द्धन्द्ध प्रमुख बनेर आयो ।
आज नेपाली कम्युनिस्ट आन्दोलनको दक्षिणपन्थी संशोधनवादी–सुधारवादी धारा जो नेकपा एमालेले नेतृत्व गर्दै आएको छ । आफुलाई विजातिय कित्तामा सामेल गर्दै दक्षिणपन्थी एवम् आधुनिक संशोधनवादी धारामा गुणात्मक फड्को हान्न पुगेको छ भने यसको विपरित नेपाली कम्युनिस्ट आन्दोलनको क्रान्तिकारी धारा जो एकीकृत नेकपा माओवादीले नेतृत्व गर्दै आएको छ । आज माक्र्सवाद–लेनिनवाद–माओवादका रूपमा गुणात्मक ढंगले विकसित हुँर्दै दश वर्षे सशस्त्र जनयुद्ध र शान्ति प्रक्रियाहुँर्दै संविधानसभाको निर्वाचन र त्यसको गठनमार्फत सामन्ती राजतन्त्रको अन्त्य गरेर गणतन्त्रको घोषणा समेत गरेर यहाँसम्म आइपुगेको छ । अहिले सामन्तवाद र साम्राज्यवाद विरोधी सारतत्व भएको जनताको संघीय गणतन्त्रात्मक संविधान निर्माण गरेर नयाँ जनवादी क्रान्तिलाई अन्तिम विजयमा पु¥याउन अगाडि बढ्ने, यदि यस कार्यमा देशी विदेशी प्रतिक्रियावादी शक्तिहरूबाट षडयन्त्र भएमा जनविद्रोहमार्फत नेपाली क्रान्ति सम्पन्न गर्ने महान्् र जटिल प्रक्रियामा फड्को मार्ने स्तरमा पुगेको छ । नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासको यस द्धन्द्धवादलाई हामी माओवादी क्रान्तिकारीहरूले अत्याधिक गहिराइका साथ हृदयगम गर्न जरुरी छ ।
नेकपाले पार गर्दै आएको प्रमुख मोडहरू ः
सर्वविदितै कुरा हो कि नेपाल कम्युनिस्ट पार्टीको ६४ वर्षको लामो इतिहास अनेकौ बाङ्गा टिङ्गा मोडहरूको बीचबाट विकसित हुदै अगाडि बढिरहेको छ । विचारधारात्मक तथा राजनीतिक कार्यदिशा र आन्दोलनको अवस्थालाई मूल आधार बनाउँदै नेपाल कम्युनिस्ट पार्टीले पार गर्दै आएको विविध मोडहरूको बेग्लाबेग्लै रूपमा अध्ययन, विश्लेषण र समिक्षा गर्नु आवश्यक देखिन्छ ।
पार्टी स्थापनाको मोड ः (वि.स.२००६–२००८)
इतिहासका पाना पल्टाएर हेर्दा हामी के पाउँछाँै भने विश्वका विभिन्न देशहरूमा भएका पुँजीवादी जनवादी क्रान्ति, सोभियत रुसमा सम्पन्न महान्् अक्टुवर समाजवादी क्रान्ति, महान्् चिनियाँ नयाँ जनवादी क्रान्ति, भारतको तेलंगाना सशस्त्र सङ्घर्ष तथा भारतकै अंग्रेज साम्राज्यवादविरोधी राष्ट्रिय मूक्ति आन्दोलनको प्रभाव र आफ्नै देश नेपालमा राणा शासन विरोधी आन्दोलनको पृष्टभूमिमा नेपालमा माक्र्सवादको प्रवेश भएको थियो । यसै प्रक्रियामा अर्थात ५ अप्रिल १९४९ मा कमरेड पुष्पलालद्धारा नेपाली भाषामा अनुदित विश्वप्रसिद्ध कम्युनिस्ट पार्टीको घोषणापत्र प्रकाशित भयो । यस प्रक्रियाले नेकपाको स्थापनाका लागि कोसेढुङ्गाको काम ग¥यो । त्यसै प्रसंग र पृष्ठभूमिमा महान्् लेनिनको जन्मजयन्तीको अवसर पारेर भारतको पश्चिम वंगालको कलकत्तामा वि.स.२००६ साल बैशाख १० गते (सन् १९४९ अप्रिल २२ तारिख) का दिन क.पुष्पलाल श्रेष्ठ, क.निरन्जन गोविन्द वैद्य, क.नारायण बिलास जोशी र क नरबहादुर कर्मचार्यद्धारा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भयो । यसैबेला केन्द्रीय सङ्गठन समिति बन्यो र महासचिब क. पुष्पलाललाई बनाइयो ।
नेपाल कम्युनिस्ट पार्टीको स्थापना हुनु एउटा युगान्तकारी घटना थियो । किनकि त्यतिबेला नेपालमा स्थानीय र राष्ट्रिय स्तरका विभिन्न रंगका राजनीतिक दलहरू गठन त भइसकेका थिए तर पनि कुनै पनि राजनीतिक दलसँग एक वा अर्को रूपमा आंशिक लक्ष्यहरू भएतापनि नेपाली समाजलाई राजनीतिक आर्थिक र सांस्कृतिक रूपले कसरी क्रान्तिकारी ढंगले रूपान्तरित गर्ने भन्ने स्पष्ट लक्ष्य थिएन । नेपाली जनता लामो समयदेखि सामन्तवाद, साम्राज्यवाद र दलाल नोकरशाही पुँजीवादको शोषण र उत्पीडनमा परेका थिए । त्यसकाविरुद्ध सङ्घर्ष गर्दै आएका थिए र उनीहरू त्यसबाट मुक्ति पाउन चाहन्थे । जनता र राष्ट्रका यी चाहनाहरूलाई अभिव्यक्ति दिने कुनै राजनीतिक दल मुलुकमा थिएन । २००५ सालमा गठन भएको नेपाली कांग्रेजले पनि शासक वर्ग र अन्तरर्राष्ट्रिय पुँजीवादसँग संझौता गर्ने, घुडा टेक्ने र जनताका हितहरूलाई लत्याइदिने लक्ष्य देखाउन थालेको थियो । जसले गर्दा मुलुकमा एउटा सशक्त र प्रभावकारी क्रान्तिकारी पार्टी निर्माण गर्नु आवश्यक थियो । यही आवश्यकता पूरा गर्ने उद्देश्यका साथ नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो । स्थापनादेखि नै नेपाल कम्युनिस्ट पार्टीले न्यूनतम कार्यक्रम नयाँ जनवादी क्रान्ति र अधिकतम कार्यक्रम समाजवाद र साम्यवाद राखेको थियो । यो नै सही थियो ।
एकीकृत पार्टी मोड (दक्षिणपन्थी संशोधनवादी धाराको विकाससहित), (वि.स.२००८–२०१९)
यस ६४ वर्षको लामो इतिहासमा नेपाली कम्युनिस्ट आन्दोलनले विभिन्न मोडहरू पार गर्दै यहाँसम्म आइपुगेको छ । २००६ सालमा नेकपाको स्थापना भयो । २००८ सालको वरिपरिको अवधिलाई माथि पनि उल्लेख गरिएको छ, त्यस अवधि पार्टी स्थापना र नयाँ व्यवस्थापनकै अवधिको रूपमा लिन सकिन्छ । यहाँ २००८ सालदेखिको अवधि उल्लेख गर्न खोजिए पनि पार्टी स्थापनाकालदेखि तेस्रो महाधिवेशन २०१९ साल बैशाखसम्मको अवधिलाई नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमा दोस्रो मोडको रूपमा लिन सकिन्छ । यो मोडमा पार्टीका तीनवटा महाधिवेशनहरू सम्पन्न भएका छन् । र तेस्रो महाधिवेशनसम्म आउँदा दोस्रो मोड समाप्त हुन्छ ।
२००८ साल असोज ११–१६ मा भारतको कलकत्तामा पहिलो राष्ट्रिय सम्मेलन सम्पन्न भयो । उक्त सम्मेलनमा अन्तरसम्बन्धित जनताको जनवाद, जातीय आत्मनिर्णयको अधिकार, जमिन जोत्नेको नारा, राष्ट्रिय अर्थतन्त्र, जनवादी संस्कृति, राष्ट्रिय जनतान्त्रिक संयुक्त मोर्चालगायत कमरेड पुष्पलालद्धारा प्रस्तुत राजनीतिक कार्यदिशा पारित गरियो । यो समग्र कार्यनीतिक कार्यदिशा तत्कालीन अवस्थामा नयाँ नेपाली जनवादी क्रान्ति सम्पन्न गर्नका निम्ति वस्तुवादी अर्थात् माक्र्सवादी–लेनिनवादी दृष्टिकोणमा आधारित थियो र पार्टीले सही लाइन पकडेको थियो ।
त्यस सम्मेलनले त्रिपक्षीय राष्ट्रघाती दिल्ली संझौताको विरोध ग¥यो र अधुरो ‘क्रान्ति’ पुरा गर्ने कार्यनीति तय भयो । २००८ सालमा नै के.आई.सिह विद्रोह भयो । यस विद्रोहमा नेकपाको संलग्नता रहेको आरोप लगाउदै तत्कालिन नेपाली कांग्रेसको मातृकाप्रसाद कोइरालाको सरकारले नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगायो र पाँच वर्षसम्म नेपाल कम्युनिस्ट पार्टी भूमिगत रह्यो ।
२०१० साल माघ १३–१७ मा पाटनको ग्वाहालमा भुमीगत रूपमा नेपाल कम्युनिस्ट पार्टीको पहिलो राष्ट्रिय महाधिवेशन सम्पन्न भयो । त्यस महाधिवेशनले मनमोहन अधिकारीलाई महासचिबमा निर्वाचित ग¥यो । त्यस महाधिवेशनले कुनै नयाँपन ल्याउन सकेन र पार्टीको दोस्रोे महाधिवेशन काठमाण्डौमा खुल्ला वातावरणमा २०१४ साल जेठमा सम्पन्न भयो । त्यस महाधिवेशनले जनवादी कार्यक्रमको रणनीति र गणतन्त्र तथा संविधानसभा चुनावको कार्यनीति पारित ग¥यो । दोस्रोे महाधिवेशनको विडम्वना के रहयो भने गणतन्त्र विरोधी डा.केशरजंग राममाझीलाई पार्टीको महासचिव निर्वाचित ग¥यो ।
२००७ सालमा घोषित संविधानसभाको निर्वाचन राजा र कांग्रेजका कारणले गरिएन । राजालाई यथावतै काममै राखी नाम मात्रको संसद स्वीकार गरियो । २०१५ सालमा संसदको निर्वाचन सम्पन्न भयो । त्यसमा नेपाली कांग्रेसले अत्याधिक बहुमत ल्यायो । नेपाल कम्युनिस्ट पार्टीले चार स्थान मात्र प्राप्त ग¥यो ।
२००७ सालदेखिपछि पार्टीले अनेकौ सङ्घर्षहरू चलायो । यस सन्दर्भमा त्रिपक्षीय दिल्ली संझौताको विरोध बारा, पर्सा, रौतहट लगायत पूर्वी तराइका विभिन्न जिल्लाहरूमा जमिन्दार वर्गकाविरुद्ध सशक्त किसान आन्दोलन, भारतसँग गरिएका कोशी गण्डकी संझौताको विरोध र संविधानसभाको निर्वाचनका लागि उठाएको आवाज लगायतका सङ्घर्षहरू त्यस अवधिका उल्लेखनीय रहेका छन् ।
२००७ साल पुस १ गते तत्कालीन राजा महेन्द्रद्धारा फौजीकाण्ड घटाएर बहुदलीय व्यवस्थालाई अपदस्त गरेर निरंकुशतन्त्र चलाउन थालेपछि भारतको दरभंगामा २०१७ फाल्गुणमा १ महिनासम्म पार्टीको प्लेनम बस्यो । सो प्लेनममा सर्वसत्तासम्पन्न संसदको स्थापना, विघटित संसदको पुनःस्थापना र संविधानसभा जस्ता तीन कार्यनीतिक प्रस्ताव प्रस्तुत गरिए र दोस्रोे प्रस्तावमा रहेको विघटित संसदको पुनःस्थापना नामक प्रस्ताव पारित भयो ।
पार्टीको तेस्रो महाधिवेशन ०१९ साल वैशाख ४ –१५ भारतको वनारमा सम्पन्न भयो । यसमा पार्टीले पहिलेदेखि निर्णय गर्दै आएको जनताको जनवादी कार्यक्रको साटो राष्ट्रिय प्रजातन्त्रको कार्यक्रम पारित ग¥यो । कार्यनीतिक रूपमा सर्वशक्तिसम्पन्न सार्वभौम संसदसहितको स्थापना अंगीकार गरी किटान भयो । त्यस महाधिवेशनले तुल्सीलाल अमात्यलाई महासचिवमा निर्वाचित ग¥यो । राजावादी भासमा फस्न पुगेका डा. केशरजंज रायमाझीलाई अनुशासनको कार्वाही गरी पार्टीबाट निकालियो । तर उनले राजावादी गुट खडा गरे ।
स्पष्ट रूपमा के देखिन्छ भने वि.स ००६ सालदेखि ०१९ सम्म आउँदा कम्युनिस्ट पार्टीमा दुइलाइन सङ्घर्ष तीव्र बन्यो । यो सङ्घर्षमा मुख्यत पहिले महाधिवेशनदेखि तेस्रो महाधिवेशनसम्म निकै चर्केर गयो । ००८ सालमा सम्पन्न पहिले ऐतिहासिक सम्मेलनबाट पारित कयौं मान्यताहरूमाथि संशोधन गरिएका थिए । ०१२ सालमा ००८ देखि सरकारद्धारा लगाइदै आएको प्रतिवन्ध फुकुवा गर्ने विषयमा गंभीर वहस चल्यो । पार्टीलाई वैधानिक बनाउने नाममा राजाको वैधानिक नायकत्व र समाजवादमा शान्तिपूर्ण संक्रमणको नीति अंगीकार गरियो । यो खु्रश्चोभी नव संशोधनवाद प्रवेश थियो नेकपाभित्र । ०१३ वैशाख ३ गते तत्कालीन महासचिव मनमोहन अधिकारीद्धारा राजाको वैधानिक परिधिभित्र रही शान्तिपूर्ण तरिकाले समाजवादको स्थापना गर्ने सकिनेमा आफ्नो विश्वास प्रतिवद्धता प्रकट गर्दै त्यसैलाई आफ्नो नीति घोषित गर्ने वचनवद्धताका साथ सरकारलाई पत्र पठाईयो र प्रेस विज्ञेप्ती पनि प्रकाशित गरियो । सरकारको विज्ञेप्तीमा भनिएको छ ः ‘नेपाल कम्युस्टि पार्टीले आफुमाथि लागेको प्रतिवन्ध हटोस भन्ने अपिल सरकारसँग गरेको र हिजो सरकारको छेउ प्रतिनिधिहरू पठाई आफ्नो नीति स्पस्ट गरेकोले आजदेखि कम्युनिस्ट पार्टीबाट सरकारको प्रतिवन्ध हटाइएको छ । आफ्नो नीति स्पष्ट गर्दै पार्टीले भनेको छ कि समाजवाद शान्तिपूर्ण तरिकाले स्थापना गर्न सकिन्छ भन्ने कुरामा कम्युनिस्ट पार्टी विश्सास गर्दछ । कम्युनिस्ट पार्टीले यो स्पष्ट गर्दछ कि राजको वैधानिक नायकत्वमा प्रचलित कानुनको अधिनमा रही आएको समाजवादी सिद्धान्तको प्रचार गर्ने छ ।’ यो वक्तव्यसहित ०१३ वैशाख ४ गते सरकारले ००८ माघ १० गतेदेखि लगाउदै आएको प्रतिवन्ध ५ वर्षपछि फुकुवा हटायो । २०१३ वैशाख ३ गते पार्टीमाथिको प्रतिवन्ध हटाउनका लागि राजाको प्रधानता (नायकत्व) स्वीकार र शान्तिपूर्ण संक्रमणको बाटोबाट समाजवाद निर्माण गर्ने पत्र सरकारलाई पठाएको दिन देखि नेपाल कम्युनिस्ट पार्टीलाई विधिवत रूपमा दक्षिणपन्थी संशोधनवादमा प्रवेश गराइएको थियो ।
नेपाली कम्युनिस्ट पार्टीमाथि लागेको प्रतिबन्ध हटाइएको यो घटना इतिहासमा अत्यन्तै विवादास्पद विषयमा रहेको पाइन्छ । पार्टीभित्र दक्षिणपन्थी सुधारवादी विचारको प्रवेश यहीबाट शुरु भएको थियो । पार्टीमाथिको प्रतिबन्ध हटेपछि आयोजित केन्द्रीय समितिको प्रथम वैठकमा पोलिट्व्युरोले राजाको सम्बन्धमा आफ्नो नीति स्पष्ट पार्दै लिखित रूपमा दिइएको वक्तव्यको तीव्र आलोचना गरी वहुमतद्धारा त्यसलाई अस्वीकार गरेको थियो ।
दोस्रोे महाधिवेशनमा गणतन्त्रवादी र संवैधानिक राजतन्त्रवादी धाराका बीचमा भीषण दुइलाइन सङ्घर्ष देखा प¥यो । तेस्रो महाधिवेशनसम्म आउँदा पार्टीले जनवादी कार्यक्रमलाई परित्याग गरी राष्ट्रिय प्रजातन्त्रको संशोधनवादी कार्यक्रम र तदनुसारको संसदवादी कार्यनीति पारित गरेर पार्टीलाई विसर्जनको दिलमा पु¥याएको थियो ।
पार्टी टुट फुट र विभाजनको मोड (२०१९–२०४६)
नेपाली कम्युनिष्ट आन्दोलनको चर्चा गर्ने क्रममा हामी के पाउँछौ भने २०१९ सालमा सम्पन्न नेकपाको तेस्रो महाधिवेशनको आसपासदेखि २०४६ सालको जनआन्दोलनसम्मको अवधिलाई नेपाली कम्युनिस्ट आन्दोलनभित्र पार्टी टुटफुट र विभाजनको रूपमा लिइन्छ । तेस्रो महाधिवेशनपछि पार्टी केन्द्रीय समितिभित्र तीव्र विवाद चर्कदै गयो । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा रुसी र चिनियाँ कम्युनिस्ट पार्टीभित्र चर्कदै गएका विवादको असर नेपाली कम्युनिस्ट आन्दोलनभित्र पनि प¥यो । त्यसै प्रक्रियामा तुल्सीलालको ‘कुन बाटो’ र पुष्पलालको ‘मूलबाटो’जस्ता दस्तावेजहरू खुल्ला रूपमा वाहिर आए । पार्टी केन्द्र नेतृत्वविहीन र विचारविहीन अवस्थामा पुग्यो । पार्टी अस्तव्यस्त र विभाजनको शिकार बन्न पुग्यो । र पार्टी फुटेर छरपस्त हुन पुग्यो ।
त्यसै परिस्थितिमा पार्टीमा तीन धाराहरू देखा परे । ती थिए– पुष्पलाल समुह, माले समुह र चौम समुह । नेपाल कम्युनिस्ट विभाजन हुनुको मूख्य कारण तत्कालीन कार्यनीति सम्बन्धी मतभिन्नताहरू थिए । २०१९ सालको तेस्रो महाधिवेशनपछि पार्टी नीति विहिनताकै कारण छिन्नभिन्न बन्न पुगेको थियो । केन्द्रको विघटनपछि प्रान्तीय र जिल्ला कमिटीहरूले स्वतन्त्र र समानान्तर पार्टीको रूपमा काम गर्न थाले । त्यही परिवेशमा २०२५ सालमा भारतको गोरखपुरमा तेस्रो राष्ट्रिय सम्मेलन गरेर पुष्पलाल समुह अस्तित्वमा आयो र उक्त सम्मेलनले नयाँ जनवादी कार्यक्रम अंगीकार ग¥यो । त्यसले कांग्रेस र कम्युनिस्टहरूबीच एकता कायम गरी निरंकुश पञ्चायती शासनका विरुद्ध सङ्घर्ष गर्ने कार्यनीति पारित ग¥यो । साथै त्यस सम्मेलनले क. पुष्पलाललाई महासचिवमा निर्वाचित ग¥यो ।
०२८ सालको ऐतिहासिक झापा विद्रोहको प्रक्रियाबाट नेकपा(माले) समुह जन्मियो । त्यसले दक्षिणपन्थी संशोधनवादका विरुद्ध सङ्घर्षको झण्डा उठायो र सशस्त्र सङ्घर्षको प्रक्रियामा अघि बढ्यो । त्यसको नीति एक एरिया एक यूनिट, एक स्क्वायड र एक एक्सनमा आधारित ‘वर्गशत्रु खतम गर’ लाइनमा आधारित थियो । चारु मजुम्दारको नेतृत्वमा भारतको नक्सलवाडीहरूको सोचबाट संचालित सशस्त्र किसान विद्रोहबाट प्रभावित चिन्तनमा निम्न पुँजीवादी यान्त्रिकता र वामपन्थी दुस्साहसवादका गंभीर कमजोरीका बावजुद झापा सशस्त्र कार्वाही एक यस्तो ऐतिहासिक विद्रोह थियो, जसले जनआन्दोलनको संशोधनवादी धार र राजाको सामन्ती सत्तामा समेत खैलावैला मच्चियो । सशस्त्र सङ्घर्षको प्रश्न कमसेकम कम्युनिस्ट आन्दोलनमा आम बहसको विषय बनेर गयो । पछि २०३५ सालमा पुगेर नेकपा (माले) बन्यो र सीपी मैनालीलाई संस्थापक महासचिब बनाइयो ।
०२८ सालमा मोहनविक्रम सिंहद्धारा न्यूक्लसको निर्माण भयो । न्यूक्लस हुँदै ०३१ सालमा भारतको अयोध्यामा सम्पन्न चौथो महाधिवेशनको वीचबाट नेकपा (चौ.मा) अगाडि बढ्यो । त्यस महाधिवेशनले ‘देशभक्त र जनतान्त्रिक’ शक्तिहरूको सरकारको कार्यनीति पारित ग¥यो र मोहनविक्रम सिंहलाई महामन्त्री बनाइयो । यी तीनवटै समुहहरू चीनमा माओत्सेतुङको नेतृत्वमा संचालित महान्् सर्वहारा साँस्कृतिक क्रान्तिलाई वैज्ञानिक उर्जा मुहान मान्ने गरेको थियो । सैद्धान्तिक तथा राजनीतिक रूपमा हेर्दा यी तीनवटै समुह माक्र्सवाद–लेनिनवाद र माओविचारधारा, नयाँ जनवादी कार्यक्रम तथा सशस्त्र सङ्घर्ष मान्ने समुह नै थिए । तर यी समुहवीच एकता हुन नसक्नुमा आन्दोलनभित्र विद्यमान अवसरवादी चिन्तनले काम गरेको थियो ।
यस अतिरिक्त पुष्पलाल समुहबाट अलग भएर मुक्तिमोर्चा, नेमकिपा, सर्वहारावादी श्रमिक सङ्गठन जस्ता उपसमुहहरू बनेका थिए । अर्काेतिर राजावादी रायमाझी समुह पनि कैयौ चिरामा विभाजित हुँदै गएको थियो । रुस पक्षधर तुल्सीलाल समुहले पनि आफ्नो नाममात्रको अस्तित्व कायम राखेको थियो । यसै प्रक्रियामा नेकपा (माक्र्सवादी) समुह पनि बनेको थियो । यसरी विभाजन भएपछि २०३१ साल यता सशक्त समुहका रूपमा नेकपा सयुक्त (चौ.म.) र नेकपा (माले) नै रहेका थिए ।
९ सेप्टेम्वर १९७६ मा चीनमा माओत्सेतुङको निधन भयो । त्यस पश्चात अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको अध्ययन गर्ने र संशोधनवादको पहिचान गर्ने बारेमा नेकपा संयुक्त चौम र नेकपा (माले) बीच गंभीर मत रहन गयो । नेकपा संयुक्त चौमले २०२८ सालमा भारतको अयोध्यामा प्लेनम गरी चीनमा पुँजीवाद पुनःस्थापना भएको ठहर ग¥यो र महान्् सर्वहारा साँस्कृतिक क्रान्तिप्रति प्रतिबद्धता जनायो । तर नेकपा (माले) यो मान्यताको विरोधमा उत्रियो ।
०४० सालपछि सुरुमा नेकपा चौथो महाधिवेशन अन्तरगतका नेकपा (मशाल), नेकपा (मसाल) र नेकपा (चौ.म.) गरि तीन समुहमा विभाजित हुन पुगे । ०४० सालमा सम्पन्न राष्ट्रिय सम्मेलनमा निर्मल लामा सहितका केही नेताहरू पार्टीबाट निस्काशित भए । यो सम्मेलनबाट पार्टीको नाम नेकपा (मशाल) राखियो र चित्र बहादुर के.सीलाई जनरल सेक्रेटरीमा निर्वाचित गरियो । निस्काशित पक्षबाट नेकपा(चौम) समुह बनाइयो र निर्मल लामालाई महासचिव बनाइयो । २०४१ सालमा नेकपा (मशाल)को पाँचौ महाधिवेशन सम्पन्न भयो । यसले क.मोहन वैद्य ‘किरण‘लाई महामन्त्री निर्वाचित ग¥यो । त्यसपश्चात पार्टीभित्र अन्तरसङ्घर्ष तीव्र बन्दै गयो र ०४२ सालमा पार्टी पुनः विभाजित भयो । अल्पमत पक्षले नेकपा (मसाल) समुह बनायो र त्यसको महामन्त्रीमा मोहन विक्रम सिंहलाई चयन ग¥यो ।
०१७ पुस १ गतेदेखि २०४६ सम्मको अवधि राजाको निरंकुशतन्त्रमा आधारित पञ्चायती शासनको कालरात्रीको अबधि थियो । यो अवधिमा सुरुमा नेपाली कांग्रेसले निरंकुशताका विरुद्ध बन्दुक उठायो । नेकपा (माले)ले पनि (२०२८–२०३७) एक दशकसम्म सशस्त्र सङ्घर्ष चलायो । यो अवधिमा पुष्पलाल समुहद्धारा अर्घाखाचीको हर्रेवर्रेसहित रुकुम, प्यूठान, गुल्मीलगायत देशका कतिपय भागमा किसान सङ्घर्ष चलाइयो । नेपालका सुस्ता, महेशपुर क्षेत्रमा भएका भारतीय विस्तारवादी अतिक्रमण र उत्पीडनका विरुद्ध पनि सङ्घर्ष चले । २०३५,२०३६ सालको विद्यार्थी आन्दोलनको पनि महत्वपूर्ण रह्यो । त्यसले जनमत संग्रहमा पु¥यायो तर राजतन्त्रले षडयन्त्रमुलक ढंगले पंचायतलाई जितायो । ०४२ सालको शिक्षक आन्दोलन र रामराजासिंहद्धारा घटाइएको वमकाण्ड पनि उल्लेखनीय रहेका छन् । अन्ततः ०४६ को राजतन्त्र विरुद्धको ऐतिहासिक जनआन्दोलन उल्लेखनीय रहेको छ ।
सुरुमा कांग्रेसले पंचायती व्यवस्थाको विरोधमा बन्दुक उठाएपनि त्यो प्रभावकारी रहेन । त्यो बेला नेकपा मालेले पनि बन्दुक उठायो । पछि त्यो संशोधनवादमा पतन हुन पुग्यो । ०४६ को संयुक्त जनआन्दोलनमा एकातिर कांग्रेस, माले, माक्र्सवादीसहितको वाममोर्चा र अर्कोतिर मशाल, मसाल, नेकपा संयुक्त, सम्भुरामसहितको संयुक्त राष्टिय जनआन्दोलन मोर्चाको संलग्नता संयुक्त पहलमा सम्पन्न भएको थियो । ०४६ को जनआन्दोलन नेपालमा पंचायती शासनको मात्रै अन्त्य नभएर राजतन्त्रको अन्त्य र गणतन्त्रको दिशामा परिलक्षित थियो तर कांग्रेस र मालेसहितको सहमतिमा धोकापूर्ण संझौताद्धारा २६ चैत्र ०४६ टुंगोमा पु¥याइयो र नेपाली जनतालाई ठूलो धोका दिइयो । निरंकुश पंचायती व्यवस्थाको अन्त्य भएर नाम मात्रको बहुदलीय व्यवस्थाको स्थापना हुन पुग्यो ।
पुन ः पार्टी एकीकरण प्रक्रियाको मोड (०४७– ०५१) ।
नेपाली कम्युनिष्ट आन्दोलनले विभिन्न प्रक्रियाहरु पार गर्ने क्रममा ०४६ को ऐतिहासिक जनआन्दोलनपश्चात नेपाली कम्युनिस्ट आन्दोलनभित्र पार्टी एकीकरणको प्रक्रिया शुरु भयो । ०४७ मा मशाल, विद्रोही मसाल, चौम र सर्वहारा श्रमीक सङ्गठन मिली पार्टी एकता संयोजन समिति बन्यो र नेकपा एकताकेन्द्र बन्यो । ०४८ मंसिरमा एकता महाधिवेशन सम्पन्न भयो । त्यस महाधिवेशनबाट माक्र्सवाद लेनिनवाद माओवाद, नयाँ जनवाद, दीर्घकालीन जनयुद्ध सहितको विचारधारात्मक राजनीतिक फौजी कार्यदिशा पारित भयो । यसले संसदीय चुनावमा भाग लियो र मुलुको तेस्रो दलको रूपमा स्थापित भयो । अर्कोतिर सशस्त्र सङ्घर्षको तयारीमा पनि लाग्यो । त्यस महाधिवेशनले प्रचण्डलाई महामन्त्रीमा निर्वाचित ग¥यो ।
अर्कोतिर ०४७ पौष २२ गते नेकपा माले र माक्र्सवादीबीच एकता भएर नेकपा एमाले बनाइयो । यसले ०४९ माघमा पाँचौ महाधिवेशन ग¥यो र सो महाधिवेशनद्धारा जनताको बहुदलीय जनवाद नामक संशोधनवादी कार्यक्रम पारित गराइयो । त्यस मशाधिवेशनले मनमोहन अधिकारीलाई अध्यक्ष र महासचिवमा मदन भण्डारीलाई निर्वाचित गरयो । पछि तुल्सीलाल समुह पनि एमालेभित्रै समाविष्ट भयो । एमालेले माओविचारधारा, नयाँ जनवाद, सशस्त्र सङ्घर्ष जस्ता मालेमावादी सिद्धान्तलाई परित्याग गरि बहुदलीय जनवादको पुँजीवादी सिद्धान्त, कार्यक्रम र नीति अंगालेर दक्षिणपंथी संशोधनवादमा पतन हुन पुग्यो ।
क्रान्तिकारी छलाङको मोड (०५१ ०६२)
यहानेर बुझ्नु पर्ने कुरा के हो भने ०४६ सालको बहुदलीय व्यवस्थाको पुनःस्थापना यता पनि राष्ट्रियताको रक्षा, जनतन्त्रको स्थापना र जनजीविकाका आधारभूत समस्याहरूको समाधान हुन सकेन । ती समस्याहरू झनै जटिल बन्दै गए । सरकारमा पुगेको नेपाली कांग्रेस पुरानै तरिकाले चल्न थाल्यो र राष्ट्रव्यापी रूपमा कांग्रेसले सर्वसत्तावाद चलाउन थाल्यो । तत्कालीन सरकारले शान्तिपूर्ण जनआन्दोलनमाथि दमन गर्दै लग्यो र काठमाण्डौमा समेत जनतालाई गोलीले भुट्न थाल्यो । रोल्पामा भीषण दमन चलाउदै रोमियो, अप्रेशनसमेत चलाएर निहत्या जनतालाई गोलीले भुट्न थाल्यो । देशमा दमन, उन्पीडन र क्रान्तिकारीहरूलाई मास्ने प्रक्रिया पराकाष्ठामा पु¥याउन थाल्यो र देशमा श्वेत आतंक भित्राउन थाल्यो ।
यी घटनाक्रमहरूले क्रान्तिकारीहरूलाई नयाँ ढंगले अगाडि बढ्नै पर्ने र सोच्नै पर्ने आवश्यकता पैदा भयो । तर सशस्त्र जनयुद्ध गर्ने विषयमा भने नेकपा (एकताकेन्द्र) भित्र मतभेद भयो र २०५१ जेठमा सम्पन्न नेकपा (एकताकेन्द्र)को राष्ट्रिय पार्टीभित्र विभाजन पैदा भयो र पार्टीभित्रका संशोधनवादी बाहिरिए र यता क्रान्तिकारी सशस्त्र जनयुद्धको विचार राख्नेहरूले नेकपा (माओवादी)को गठन गर्न पुगे भने पार्टीबाट अलगिएकाहरू नेकपा (एकताकेन्द्र) नै बनाए र संसदीय राजनीतिमा सामेल भए ।
०५१ चैत्रमा सम्पन्न नेकपा (एकताकेन्द्र) को तेस्रो विस्तारित बैठकमा एकताकेन्द्र हटाई माओवादी राखियो र नेकपा (माओवादी) को निर्माण भयो । त्यस विस्तारित बैठकले महामन्त्री प्रचण्डद्धारा प्रस्तुत महान्् दस्तावेज पारित भयो । तत्कालीन नेकपा (माओवादी)को नेतृत्वमा ०५२ साल फाल्गुण १ गते रोल्पाको होलेरी प्रहरी चौकी, रुकुमको राडीज्यूला प्रहरी चौकी, सिन्धुलीको सिन्धुलीमादी प्रहरी चौकी र गोरखामा कृषि विकास वैकमाथि एकै साथ सशस्त्र फौजी आक्रमण गरी प्रतिक्रियावाद र संशोधनवादका विरुद्ध महान्् जनयुद्धको थालनी भयो । त्यस महान्् जनयुद्धको उद्देश्य नेपालमा सर्वहारावर्गको नेतृत्वमा जनवादी गणतन्त्रको स्थापना गरी समाजवाद हुँदै साम्यवादतर्फ अगाडि बढ्नु रहेको थियो ।
दश वर्षसम्म संचालित त्यो महान्् जनयुद्धले सिंगो देश र विश्वलाई झकझकाएको थियो । त्यस जनयुद्धको प्रक्रियामा छापामारदस्ता, जनमिलिशिया हुँदै ०५८ साल मंसीर ८ गते चीनमा माओत्सेतुङको निधनपछि विश्वकम्युनिस्ट आन्दोलनमै सबै भन्दा विशाल जनमुक्ति सेना नेपालको निर्माण गरेको थियो । र जनयुद्धकै प्रक्रियामा देशका समस्त ग्रामीण क्षेत्रमा नयाँ जनसत्ता र जनअदालतको निर्माण र परिचालन भएका थिए । जनसरकारहरू समेत निर्माण गरेर समानान्तर सरकार समेत संचालन गरिएको थियो । त्यस प्रक्रियामा नेपाली जनता र जनमुक्ति सेनाहरूले त्याग, बलिदानका अपूर्व किर्तिमान प्रस्तुत गरेका थिए । जनयुद्धकै क्रममा माक्र्सवाद–लेनिनवाद–माओवादको रक्षा, प्रयोग र विकासका वीचबाट प्रचण्डपथको जन्म समेत भएको थियो । तर आज त्यो प्रचण्डपथ भ्रष्टपथमा पुगेर पतन हुन पुगेको छ र प्रचण्डपथ आविष्कारक स्व्यंम पुष्प कमल दाहाल प्रचण्ड नवसंशोधनवादमा पतन हुन पुगेका छन् ।
किन आवश्यक प¥यो नेपली कम्युनिष्टको पुर्नगठन ?
हामी यो निष्कर्षमा पुग्छौँकी महान् दस वर्षे जनयुद्धको समग्र उपलब्धिहरूको चर्चा मात्र होइन त्यसको रक्षा र संरक्षण गरेर मात्र जनयुद्धको जगमा टेकेर नेपाली क्रान्ति सम्पन्न गर्न सकिन्छ । यो क्रान्तिको प्रमुख आधार हो तर १० वर्षे जनयुद्धको मुख्य नेतृतव गरेका प्रचण्ड–बाबुरामले नेपाली नेपाली, क्रान्ति, जनता र क्रान्तिकारीहरूप्रति किन गद्धारी गर्न पुगे भन्ने विषयमा राम्रो जानकारी लिन आवश्यक छ किनभने त्यस पर्टीभित्र रहेका क्रान्तिकारीलाई उनिहरूसित सम्बन्धविच्छेद गरी नयाँ ढंगको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेकपा–माओवादीको पुनर्गठन गरेपछि पनि यसको नेतृत्वले पनि प्रचण्ड–बाबुरामले जस्तै, देश, जनता र क्रान्तिलाई त धोका दिने होयन ? भन्ने आशंकाहरू पैदा भइरहेका छन् । अबको नेतृत्वले त्यस प्रकारको धोका दिने र गद्धारी गर्ने छैन भन्ने आधार के हुन् सक्छन् त भन्ने प्रश्न उठ्नु पनि स्वभावीकै हुन्छ । किन ६३ वर्षको नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमा विभिन्न कालखण्डमा नेतृत्वले गर्दै आएको छ । नेकपाको प्रथम महाधिवेशनबाट निर्वाचीत महामन्त्री मनमोहन अधिकारीले २०१३ सालमा राजाको वैधानिक नायकत्व स्वीकार गर्ने र शान्तिपूर्ण बाटोबाट समाजवादी क्रान्ति गरिने छ भन्ने विचार अगाडी सारेर पार्टीलाई दक्षिणपन्थि संशोधनवादमा फसाउन पुगेका थिए भने दोस्रो महाधिवेशनबाट निर्वाचीत महामन्त्री डा. केशरजंग रायमाझीले पार्टीलाई दरबारमा बुझाउने को्सीस गरेपछि तेस्रो महाधिवेशनबाट निर्वाचित महामन्त्री तुल्सीलाल अमात्यले पनि पार्टीलाई नेतृत्व प्रदान गर्न सकेनन् । त्यसपछि पार्टी विभाजीत हुन् पुग्यो जो अहिलेसम्म नेपली कम्युनिस्ट आन्दोलन विभाजीत अवस्थामै छ ।
त्यस्तै चौंथो राष्ट्रिय महाधिवेशनबाट नेतृत्वमा आएका मोहनविक्रम सिंह पनि जडसुत्रीय संशोधनवाद र सारसङग्रहवादको भूमरीमा फसेर माथी उठ्नै सकेनन् । अर्कोतिर २०२८ सालको झापा विद्रोहको जगमा टेकेर अघि बढेको नेकपा एमालेको नेतृत्वमा पनि ‘जनताको बहुदलीय जनवाद’ नाम खुश्चोभपन्थि अधुनिक संशोधनवादी एवं मिलेरावादी संसदवादमा पुगेर पतन भयो । यसरी एमाओवादीका प्रचण्ड–बाबुरामसम्म आइपुग्दा नेपालको कम्युनिस्ट आन्दोलनमा विभिन्न चरणमा नेतृत वगर्न पुगेको नेतृत्वले किन यसरी धोकाधडी दिने र गद्धारी गर्ने कार्य गर्दै आएको छ भन्ने बारेमा वैज्ञानीक विश्लेषण र ठोस संस्लेषण गर्न जरूरी हुन्छ ।
मनमोहन अधिकारी देखि प्रचण्ड–बाबुरामसम्मको नेतृत्व दक्षिणपन्थि संशोधनवाद तथा नवसंशोधनवादमा पतन हुन पुगेको हो । प्रचण्ड–बाबुरामभित्र उत्पन्न भएको निम्न पुँजीवादी प्रवृत्तिलाई पत्ता लगाउन पार्टीभित्रका क्रान्तिकारीहरूलाई धेरै समय लागेको थियो । उनिहरूमा कायम रहँदै आएको निम्न पुँजीवादी चिन्तन र पुँजीवादी जीवनशैलीले नै कायम क्रान्ति प्रति गद्धार बन्न पुगेको हो ।
वर्तमान कम्युनिष्ट आन्दोलनका दुई विपरीत धाराहरु ः
इतिहास साक्षी छ नेपाली कम्युनिस्ट आन्दोलनले ६४ वर्ष पार गरिसकेको छ यती लामो अवधिमा यस आन्दोलनभित्र वर्ग सङ्घर्ष र विचारधारात्मक अन्तरसङ्घर्ष वा दुईलाइन सङ्घर्षका अनेकोँ जटिल तथा बाड्डाटिड्डा र कहाली लाग्दा घुम्तीहरू रहेका छन् । यसका साथै यो आन्दोलन लामो समयदेखि अनेकौँ समूह–उपसमूहमा विभाजीत रहँदै आएको छ । अतः सारमा यस आन्दोलनभित्र क्रान्तिकारी र संशोधनवादी दुई परस्पर विरोधी धाराकै द्वन्द प्रमुख बनेर आएको छ ।
अहिले नेपाली कम्युनिस्ट आन्दोलनको दक्षिणपन्थि संशोधनवादी धारा जो एमाले–एमाओवादीले नेतृत्व गरिरहेको छ । आफुलाई विजातीय कित्तामा सामेल गर्दै दक्षिणपन्थि एवं आधुनिक संशोधनवादी तथा नवसंशोधनवादी धारामा गुणात्मक ढंगले फड्को हान्न पुगेको छ र यसको विपरित नेपाली कम्युनिस्ट आन्दोलनको क्रान्तिकारी धारा जो नेकपा–माओवादीले नेतृत्व गरिरहेको छ यसले आज माक्र्सवादी–लेनिनवादी–माओवादीका रूपमा गुणात्मक ढंगले विकसीत हुन् पुगेको छ र नेपाली क्रान्ति सम्पन्न गर्नका लागि जनयुद्धको जगमा जनविद्रोहको कार्यदिशा निक्र्योल गरेर नयाँ नेपाली जनवादी क्रान्तिलाई विजयको शिखरमा पु¥याउने सम्पूर्ण तयारी गर्ने गरी नयाँ ढंगको क्रान्तिकारी पार्टी निर्माण गरिएको हो र नेकपा–माओवादी मात्र नेपाली क्रान्तिको निर्णायक क्रान्तिकारी पार्टीको रूपमा निर्माण र परिचालन हुन् पुगेको छ ।
नेकपा–माओवादीको पुर्नगठन किन ?
माथिनै हामीले धेरै ठाउँमा उल्लेख गरिसकेका छौँ कि नेकपा–माओवादी नेपाली सर्वहारावर्गको उच्चस्तरको संगठित राजनीतिक अग्रदस्ता हो । यो पार्टी अन्तरराष्ट्रिय सर्वहारावादमा आधारित छ र यो पार्टी अन्तर्राष्ट्रिरा सर्वहारावर्गको एक टुकुडी पनि हो । माक्र्सवाद–लेनिनवाद–माओवाद नेकपा–माओवादीको पथपद्रशक र मार्गदर्शक सिद्धान्त हो । लेनिनवादी जनवादी केन्द्रीयताको सिद्धान्तमा आधारित भएर खडा भएको यो पार्टीको न्यूनतम लक्ष्य नयाँ जनवादी राज्यव्यवस्था स्थापना गर्नु रहेको छ भने अधिकतम लक्ष्य वैज्ञानीक समाजवाद र साम्यवाद रहेको छ । एमाओवादीका मुख्य नेतृत्व सम्हालीरहेका प्रचण्ड–बाबुराम नवसंशोधनवादमा पतन भइसकेको, त्यस नवसंशोधनवादीसित सम्बन्ध बिच्छेद गरेर नयाँ ढंगको क्रान्तिकारी पार्टीको रूपमा नेकपा–माओवादीको गठन गत असार २ मा हुन् पुगेको हो । गत माघको २ गते सम्पन्न ऐतिहासिक सातौं राष्ट्रिय महाधिवेशनबाट नेपाली क्रान्तिको रणनीति र कार्यनीतिलाई पारित गरेर आफ्ना लक्ष्य, उद्देश्य, कार्यक्रम र कार्ययोजना समेत तर्जुमा गरिसकेकोले यतिबेला दक्षिणपन्थि संशोधनवादीहरू, नवसंशोधनवादीहरू र सम्पूर्ण देशि–बीदेशी प्रतिक्रियावादीहरू अत्तालिन पुगेका छन् ।
कस्तो छ नेपाली क्रान्तिको वर्तमान अवस्था ?
हाम्रो विश्लेषण के छ भने नेपाल अहिलेसम्म पनि नयाँ जनवादी क्रान्तिकै अवस्थामा छ । देशको अवस्था अहिलेसम्म पनि अर्धसामन्ती र अर्धऔपनेवेशिक अवस्थाबाट अगाडी बढेर नवऔपनेवेशिक अवस्थामा रहेको । यस प्रकारको सामाजीक अवस्था रहेको देशमा गरिने क्रान्ति भने नयाँ जनवादी क्रान्ति अर्थात् नयाँखाले पुँजीवादी क्रान्ति नै हो । नयाँ जनवादी क्रान्तिले मात्र मुलुकको अर्धसामन्ती र नवऔपनेवेशिक अवस्थाको अन्त्य गरेर वैज्ञानिक समाजवाद उन्मुख आर्थिक, सामाजीक, साँस्कृतिक व्यवस्था कायम गर्दछ ।
२०५२ साल फागुन १ गतेदेखि १० वर्षसम्म सञ्चालीत जनयुद्ध नेपाली क्रान्तिको इतिहासमा निर्णायक वर्गसङ्घर्षको उच्चतम रूप थियो । त्यस प्रक्रियामा छापामार, जनमिलिशिया दस्ताहुँदै सातौं डिभिजनसम्मको जनमुक्ति सेनाको निर्माण भयो । मुलुकका अधिकांश ग्रार्मिण इलाकाहरूमा आधार इलाकाहरू निर्माण गरिएको थियो । त्यस्तै जनसत्ता, जनअदालत र जनकम्युनहरू पनि निर्माण हुन् पुगेका थिए । जनसरकारहरू समेत निर्माणमा आएर पुरानो राज्यसत्तासीत समानान्तर सरकार समेत सञ्चालनमा आएका थिए । दस वर्षे जनयुद्धका यी उपलब्धिहरूले २४० वर्षे शाह वंशीय सामन्ती राजतन्त्रात्मक व्यवस्थालाई अनत्य गरेर संघिय लोकतान्त्रिक व्यवस्थाको स्थापना हुन पुगेको हो । त्यसैले महान् १० वर्षे सशस्त्र जनयुद्ध नेपाली नयाँ जनवादी क्रान्तिको मुख्य आधार हो ।
नेपाली क्रान्तिको वर्तमान कार्यदिशाको सवालः
क्रान्तिका लागि क्रान्तिकारी सिद्धान्त र क्रान्तिकारी पार्टी भएर मात्रै पुग्दैन । यसलाई क्रान्तिकारी कार्यदिशाको आवश्यक पर्दछ । त्यसो भएर गत माघ २ गते सम्पन्न नेपाली सर्वहारावर्गको राजनीतिक अग्रदस्ता नेकपा–माओवादीको ऐतिहासिक सातौं राष्ट्रिय महाधिवेशनले वर्तमान नेपाली क्रान्तिको कार्यदिशा ‘जनयुद्धको जगमा जनविद्रोह’ पारित गर्नुपरेको हो । यो कार्यदिशा नेपाली समाजको ठोस परिस्थितिको ठोस विश्लेषण गरेर निकालिएको निश्कर्ष हो । किन की दिर्घकालिन जनयुद्ध पनि नेपाली क्रान्तिको कार्यदिशा बन्न सक्दथ्यो । तर अहिलेको अवस्था त्यो भन्दा निकै अगाडी बढिसकेको छ । दिर्घकालीन जनयुद्ध भनेको गाउँदेखि शहर घेर्ने, ग्रामीण इलाकाहरूमा आधार इलाकाहरू निर्माण गर्ने, जनमुक्ति सेनाको निर्माण गर्ने, छापामार युद्ध सञ्चालन गर्ने र अन्तिममा केन्द्रीय सत्ता कब्जा गर्ने रणनीति अन्तर्गत दिर्घकालिन जनयुद्धको कार्यदिशा पर्दछ । यस प्रकारको अभ्यास १० वर्षे जनयुद्धको प्क्रियामा गरिसकेको छ । त्यस १० वर्षे जनयुद्ध सन्तुलनको अवस्थाहुँदै प्रत्याक्रमणको अवस्थासम्म विकास हुन् पुगेको थियो तर नवसंशोधनवादीहरूले महान् दस वर्षे जनयुद्धले निर्माण गरेका ती संरचनाहरू पूर्ण रूपले भत्काएको भएतापनि जनयुद्धको अनुभवको ठूलो विरासत कायमै छ । आजसम्म जनयुद्धमा लडेका र योगदान गरेको ठूलो क्रान्तिकारी शक्ति पनि नेकपा–माओवादीसँगै छ । त्यस महान् ऐतिहासिक विरासत माथि टेकेर नै नेपाली क्रान्तिलाई अगाडी बढाउने हो ।
क्रान्तिका लागि वस्तुगत परिस्थिति र आत्मगत परिस्थिति निर्माण भएको हुनुपर्दछ । यो माक्र्सवाद र समाज विज्ञानको नियम नै हो । हाम्रो देशमा यतिबेला क्रान्तिका लागि वस्तुगत अवस्था ठिक छ तर मनोगत परिस्थिति भने कमजोर नै छ । आत्मगत परिस्थिति त क्रान्तिकारीहरूले नै निर्माण गर्दै प्रतिकुल परिस्थितिलाई अनुकुल स्थितिमा रूपान्तरण गरि अघि बढ्ने हो ।
अर्को महत्वपूर्ण सवाल के हो भने क्रान्तिका लागि वस्तुगत तथा आत्मगत परिस्थितिको ठोस विश्लेषण गर्न आवश्यक हुन्छ । अन्यथा वामपन्थि अवसरवाद वा दक्षिणपन्थि अवसरवादमा फस्ने खतरा हुन्छ । वास्तविकता के हो भने यदि सर्वहारा वर्गको पार्टीले क्रान्ति गर्नका लागि वस्तुगत परिस्थिति र आत्मगत शक्तिहरूको ठोस विश्लेषण नगरिकन तथा उसले परिस्थिति परिपक्वता हुनुभन्दा पहिले नै हतार–हतारमा क्रान्ति सुरु गर्दछ भने त्यसलाई “वामपन्थि अवसरवाद” भनिन्छ तर यदि सर्वहारावर्गको पार्टीले परिस्थिति परिपक्व हुनुभन्दा पहिले सक्रियतापूर्वक कुनै तयारी गर्दैन अथवा क्रान्तिकारी परिस्थितिको उपस्थितिमा र परिस्थिति परिपक्व हुँदा खेरीपनि क्रान्तिको नेतृत्व गर्ने र राज्यसत्ता कब्जा गर्ने साहस गर्दैन भने त्यसलाई दक्षिणपन्थि अवसरवाद वा संशोधनवाद भनिन्छ । त्यसो भएर नै क्रान्तिकारी कम्युनिस्टहरूले परिस्थितिको मुल्याङ्कनको सन्दर्भमा दक्षिण वा वामपन्थि अवसरवाद सहित सबैखाले संशोधनवादबाट बुझ्न जरूरी हुन्छ । किनकी क्रान्ति स्वतः स्र्फूत रूपमा सम्पन्न हुन् सक्दैन । त्यसकारण सर्वहारावर्गले सचेत र योजनावद्ध तरिकाको सवाललाई मध्ये नजरमा राख्नुपर्ने हुन्छ । तयारी भन्नुको अर्थ के हो भने विचारधारात्मक, राजनीतिक, संगठनात्मक र फौजी सबै दृष्टिकोणको आधारबाट सम्पन्न गरिनु आवश्यक हुन्छ । अतः कुनैपनि कम्युनिस्ट पार्टीले सम्बन्धित मुलुकका सामाजिक क्रान्तिलाई निर्णायक विजयको दिशामा अगाडि बढाउनका लागि उपयुक्त कुराहरूका साथै परिस्थितिको अनुकुलता तथा प्रतिकुलता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्ति सन्तुलन, आन्तरीक तथा बाह्य अन्तरविरोधहरूको शहरि परिचालन र तयारी बारे आवश्यक ध्यान दिन जरुरी हुन्छ । अतः यी सबै विषयवस्तुको ठोस विश्लेषण गर्दै नेपाली समाजको वर्तमान अवस्थाको ठोस विश्लेषण गरेर नै पार्टीले नेपाली क्रान्तिको वर्तमान कार्यदिशा जनयुद्धको जगमा जनविद्रोह निक्र्योल गरेको हो । यही कार्यदिशा नै वस्तुवादी छ । किनकी यही बेला मुलुकमा क्रान्तिकारी संकट पैदा भएको छ । सत्ताधारी वर्गहरू सरकार चलाउनै नसक्ने अवस्थामा पुगेका छन् भने नेपाली जनताले यो सरकारलाई स्विकार गर्नै सक्ने अवस्थामा छैनन् । मुलुकको राष्ट्रिय स्वाधीनता धरापमा परिरहेको छ । जनताका जनजीवीका, गाँस, वास र कपासको समस्या विकराल बन्दै गइरहेको छ । महड्डीले सिमा नाघिसकेको छ । बेरोजगारी समस्याका कारण १७०० यूवाहरू प्रत्येक दिन विदेशतिर पलायन भइरहेका छन् । जनताको ज्यू धनको कुनै सुरक्षा छैन । त्यसैले देश गम्भीर प्रकारको संकटको भुमरिमा फसिरहेको छ । यस्तो अवस्थामा देशले स्वाधीनता चाहन्छ । जनताले मुक्ति चाहन्छन् । देश र जनताको यस प्रकारको समस्याको हल गर्ने एक मात्र साधन जनविद्रोह नै हो । जुन जनयुद्धको जगमा आधारित हुनेछ । मुलुकमा जनताको आक्रोश र विद्रोह बढ्दै छ । जनताको यस प्रकारको विद्रोहलाई संगठित गर्दै त्यसको नेतृत्व गरेर नै नेपाली क्रान्ति सम्पन्न गर्न सकिन्छ । यस कार्यमा देशी विदेशी प्रतिक्रियावादी शक्तिहरूले अवरोध खडा गरेर जनता माथि दमन चलाउन थाले भने बन्दुक उठ्ने पनि निश्चित छ । जनता हतियार उठाउने बाध्य हुनेछन् ।
१०. क्रान्तिको थलो शहर र आधार गाउँ बन्ने छः
पार्टीले जुन नेपाली क्रान्तिको कार्यदिशा जनताहरूको जगमा जनविद्रोह निक्र्योल गरेको छ, यसमा क्रान्तिको आधारभूत शहर नै बन्ने छ । किनकी दस वर्षे जनयुद्ध गरेर पार्टी शहर केन्द्रीत आन्दोलनको अवस्थामा आइपुगेको छ र शहरहरू क्रान्तिका लाल किल्ला बन्दै छन् । महान् दस वर्षे जनयुद्धले जनताको चेतनामा जुन विकास ग¥यो त्यो ग्रामीण इलाकाहरू मात्रै नभएर राजधानी लगायत मुलुकका ठूला शहर चेतनाको सागर बन्न पुगेका छन् । यद्यपी औधोगीक क्षेत्र टाटपल्टिएर बन्द हुँदै गएको अवस्था र दलाल पुँजीका कारण राष्ट्रिय पुँजी र पुँजीपतीवर्गको उल्लेख्य विकास नभइरहेको अवस्था सृजना भएको भएता पनि नेपाली जनताको अत्यन्तै ठूलो हिस्सा अहिले शहरमा केन्द्रीत हुन पुगेको छ र आजको विज्ञान र प्रविधिको विकासको कारणले पनि सबैलाई नजिक पु¥याईरहेको छ । श्रम बेचे जविन निर्वाह गर्नेहरूको अत्यधिक संख्या अहिले शहर बजारमा उपस्थित छ र त्यो नै सबैभन्दा उपेक्षित र अभावबाट ग्रस्त छ । मुक्ति र आन्दोलन बाहेक अर्को उसको कुनै बाँच्ने आधार छैन ।
शहर जनविद्रोहको आधार क्षेत्र र केन्द्र विन्दु बनेको भउपनि करिव ८० प्रतिशत जनता गाउँमा नै बसोवास गर्ने भएकाले क्रान्तिको आधार क्षेत्रको लागि गाउँलाई केन्द्र विन्दुमा राखीने छ । किनकी नेपाल जस्तो देशमा फेरीपनि छापामार युद्धलाई नकार्न सकिदैन र गाउँ तथा विशाल ग्रामीण इलाकाहरूमा बसोबास गर्दै आएका जनतालाई सरिक नबनाइकन नेपाली क्रान्ति सम्पन्न गर्न सम्भव पनि छैन । त्यसो भएर शहरलाई जनविद्रोहको केन्द्रविन्दु बनाउने र गाउँलाई आधार क्षेत्र बनाएर क्रान्तिलाई निर्णायक विजयको दिशातिर अगाडि बढाउन जरुरी हुन्छ ।
पार्टीलाई कसरी क्रान्तिकारी बनाई राख्ने ?
क्रान्ति गर्नु छ भने क्रान्तिका लागि क्रान्तिकारी सिद्धान्त र क्रान्तिकारी पार्टीको अनिवार्य आवश्यकता पर्दछ यो नै मालेमावादको सर्वाभौम सिद्धान्त हो । हामसित माक्र्सवाद–लेनिनवाद–माओवाद जस्तो क्रान्तिकारी सिद्धान्त छ भने नवसंशोधनवादसित सम्बन्ध बिच्छेद गरेर पुनर्गठन गरिएको नेकपा–माओवादी नै नयाँ ढंगको क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माण गरिसकेका छौं र पार्टीलाई नेपाली क्रान्तिको निर्णायक नेतृत्व प्रदान गर्ने सर्वहारावर्गीय शक्तिका रूपमा स्थापित हुनपुगेको छ । किनभने यो पार्टी लेनिनवादी जनवादी केन्द्रीयतामा आधारित भएर बनेको पार्टी हो । तर यसलाई फेरी पनि नयाँ बनाइराख्न पर्दछ । पार्टीलाई नयाँ बनाइराख्ने भनेको दुईलाइन सङ्घर्ष र विचारधारात्मक अर्थात् दुईलाइन सङ्घर्षलाई एउटा पद्धतीसंगत ढंगले सञ्चालन गर्ने र वैज्ञानिक ढंगले हल गर्ने पद्धतिको विकास गर्न जरूरी हुन्छ । पार्टी भनेको विपरितहरूको एकत्व हो । पार्टीभित्र चल्ने दुइलाइन संघर्षबाट पार्टीलाई नयाँ ढंगको कम्युनिस्ट पार्टी बनाउनका लागि आवश्यक मदत पुग्दछ । अर्को जानीराख्नु पर्ने कुरा के हो भने पार्टीलाई क्रान्तिकारी बनाई राख्नका लागि माक्र्सवाद–लेनिनवाद–माओवाद सैद्धान्तिक पथप्रदर्शक र क्रान्तिकारी कार्यदिशा सांगठनिक सिद्धान्त तथा कार्यशेलिको आलम्बन गर्न अनिवार्य रूपमा आवश्यक हुन्छ । र पार्टीलाई क्रान्तिकारी बनाइराख्नका लागि सुद्धिकरण तथा सुदृढिकरण अभियानहरू पनि सञ्चालन गरिनुपर्दछ । पार्टी स्कुलिङ्को व्यवस्था प्रभावकारी तुल्याउन र नयाँ स्कुलिङ विधिको विकास गर्न आवश्यक हुन्छ । र पार्टीलाई लौह अनुशासीत दस्ताको रूपमा विकास गर्न अनिवार्य आवश्यक हुन्छ र पार्टी नेतृत्वलाई सर्वहाराकरण गर्दै लैजाने कार्यशैलीको विकास गर्न अनिवार्य आवश्यक हुन्छ यी सबै कुरालाई गम्भीरतापूर्वक ध्यान दिएर जीवन व्यवहारमा लागु गर्दे जाने हो भने पार्टीलाई सँधै क्रान्तिकारी बनाई राख्न सकिन्छ ।
नेपाली कम्युनिष्ट आन्दोलनका विविध ट्रेनः
क) नेपाली कम्युनिष्ट पार्टीको स्थापना २००६ साल वैशाख १० (सन् १९४९ अप्रिल २२) गते भारतको कलकत्ता शहरमा भएको कुरा सर्वविदितै छ । नेकपाको २००६ साल वैशाख १२ गतेको पहिलो पर्चा अनुसार यसले राष्ट्रिय–अन्तराष्ट्रिय परिस्थितिको विश्लेषण गर्दै देश अर्धसामन्ती र अर्धऔपनिवेशीक रहेको र यस देशमा गरिने क्रान्तिको चरित्र नयाँ जनवादी भएको ठहर गरेको थियो । र नयाँ जनवादी क्रान्तिको रणनीति, कार्यनीति सहितको आम कार्यक्रम तय गरेको थियो । यस सन्दर्भमा २००६ साल देखि २०१० साल सम्म नेपाली कम्युनिष्ट आन्दोलनका पहिलो क्रान्तिकारी टे«नको रुपमा लिइन्छ । यसको नेतृत्व तत्कालीन अवस्थामा पार्टीका स्थापक महासचिव कमरेड पुष्पलालले गर्नुभएको थियो ।
ख) २०१० सालमा नेकपाको पहिलो राष्ट्रिय महाधिवेशन सम्पन्न भयो । त्यस्तै २०१४ सालमा पार्टीको दोस्रो राष्ट्रिय महाधिवेशन सम्पन्न भयो । पहिलो महाधिवेशनले निर्वाचित गरेका महामन्त्रि मनमोहन अधिकारी राजापरस्त थिए । उनले राजाको वैधानिकत्व स्वीकारेर वर्ग संघर्षको वदला वर्ग समन्वयनको बाटो अंगालेका थिए । र नेपाली कम्युनिष्ट आन्दोलन भित्र दक्षिणपन्थी संशोधनवादलाई भित्राएका थिए । साथै दोस्रो महाधिवेशनले डा. केशरजंग रायमाझीलाई महामन्त्रि निर्वाचित गरेको थियो । उनी दरबार परस्त थिए । उनले २०१७ पुष १ गतेको साही कदमलाई स्वागत गरे र उनलाई २०१९ सालमा सम्पन्न तेस्रो राष्ट्रिय महाधिवेशनले गद्धार घोषित गरी पार्टीबाट निस्कासित गरेको थियो । त्यसै महाधिवेशनले नेपाली क्रान्तिको नयाँ जनवादी क्रान्तिलाई हटाएर “राष्ट्रिय प्रजातन्त्र” नामक पूँजीवादी संसदवादी कार्यक्रम पारित गरेर नेपाली कम्युनिष्ट आन्दोलनलाई विर्सजनको दिशामा धकेलेको थियो । २०१० साल देखि २०१९ साल सम्मको अवधिलाई नेपाली कम्युनिष्ट आन्दोलनको पहिलो दक्षिणपन्थी संशोधनवादी तथा चरमअवसरवादी टे«नको रुपमा लिइन्छ ।
ग) २०२० साल देखी नेपाली कम्युनिष्ट आन्दोलन फूट विभाजनको सिकार बन्न पुग्यो । २०२५ सालमा स्थापक महासचिव पुष्पलालले तेस्रो राष्ट्रिय सम्मेलन सम्पन्न गरेर विभाजित कम्युनिष्ट आन्दोलनलाई एकृकित गर्ने प्रयास गरे तर सफल भएनन् । त्यस सम्मेलन बाट नयाँ जनवादी क्रान्तिको कार्यक्रम पारित गरेर नेपाली क्रान्तिको निरन्तरतालाई अगाडि बढाउने सुरुवात गरे । २०२८ सालमा झापा विद्रोह भयो । त्यस्तै केन्द्रिय न्युक्लिसको गठन भयो । र २०२५ साल देखि २०३१ साल सम्मको अवधिलाई क्रान्तिको धाराको रुपमा उठान भएको पाइन्छ र यो अवधि भनेको दोस्रो क्रान्तिकारी टे«नको अवधिको रुपमा लिइन्छ ।
घ) २०३१ सालमा न्यूक्लियसको नेतृत्वमा चौथौँ राष्ट्रिय सम्मेलन मोहन विक्रमसिंहको नेतृत्वमा सम्पन्न भयो । त्यस महाधिवेशनले क्रान्तिकारी कार्यदिशा पारित गर्न सकेन । जनसूत्रिय तथा सारसंशोधनवादी कार्यदिशा पारित ग¥यो । यसको अवधि २०४८ साल सम्म रह्यो । यस अवधिलाई नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासमा जन सूत्रियवादी टे«नको रुपमा लिइन्छ ।
ङ) २०४८ साल मंसिरमा नेकपा एकता केन्द्रको आयोजनामा एकता महाधिवेशन सम्पन्न भयो । त्यस महाधिवेशनले दिर्घकालिन जनयुद्धको कार्यदिशा पारित ग¥यो र २०५१ सालमा गठन भएको नेकपा–माओवादीको नेतृत्वमा २०५२ साल फाल्गुन १ गते देखि सशस्त्र जनयुद्धको थालनी ग¥यो । यस जनयुद्धको प्रक्रिया २०६२ साल असोज सम्म रह्यो । त्यस दश वर्षे जनयुद्ध सम्रग युद्ध थियो । र नेपालको कम्युनिष्ट आन्दोलन मात्र होइन विश्व कम्युनिष्ट आन्दोलनमा समेत यसलाई क्रान्तिकारी उथलपुथलको रुपमा लिइन्छ । यो नेपाली कम्युनिष्ट आन्दोलनको तेस्रो क्रान्तिकारी टे«नको रुप्मा लिइन्छ ।
च) २०६२ साल असोज–कार्तिकमा सम्पन्न नेकपा(माओवादी)को चुनवाङ्ग बैठकले सशस्त्र जनयुद्धको कार्यदिशालाई स्थगित गरी “लोकतान्त्रिक गणतान्त्रिक” को कार्यदिशा पारित गरेर शान्ति प्रक्रियमा प्रवेश ग¥यो । जनयुद्धको नेतृत्व समेत गरेर आएका प्रचण्ड–बाबुराममा वैचारिक विचलन आयो । र उनीहरुलाई २०६९ जेष्ठ सम्म आईपुग्दा साम्राज्यवाद र विस्तारवादका सामू आत्मसर्मपण गर्दै नेपाली कम्युनिष्ट आन्दोलनलाई विर्सजन गराउने प्रक्रिया अन्र्तगत १० वर्षे जनयुद्धका प्रक्रियामा निर्माण भएका आधार इलाका, जनमुक्ति सेना नेपाल, जनसत्ता, जनअदालत, जनसरकारहरुको विघटन गर्दै जनमुक्ति सेनाका हतियार समेत प्रक्रियावादी सरकारलाई बुझाएर प्रतिक्रान्तिको बाटो नै प्रतिक्रियावादी कित्तामा सामेल हुन पुगेपछि र जनताद्वारा निर्मत संविधानसभाको अवसान गराउँदै प्रचण्ड–बाबुराम नवसंशोधनवादमा पतन हुन पुगे । यसरी २०६२ साल असोज देखि २०६९ साल जेष्ठ सम्मको अवधिलाई नेपाली कम्युनिष्ट आन्दोलनको नवसंशोधनवादी तथा विर्सजनवादी टे«नको रुपमा लिइन्छ । यो ट्रेन नेपाली कम्युनिष्ट आन्दोलनको अत्यन्तै हानीकारक र खतरनाक टे«नको रुपमा लिइन्छ । यसभन्दा पहिले हामीले के कुरा बुझ्नु पर्छ भने झापा आन्दोलनलाई टेकेर माले हुँदै एमाले बन्न पुगेको नेकपा एमालेले २०४९ साल माघमा सम्पन्न आफ्नो पाँचौँ महाधिवेशनबाट “जनताको बहुदलीय जनवाद”नामक ख्रुश्चोभपन्थी तथा मिलेराँवादी–यूरोकम्युनिज्मवादी विचारप्रतिपादन गरेर नेपाली कम्युनिष्ट आन्दोलनलाई दक्षिणपन्थी संशोधनवादी धाराको रुपमा विकास गरायो । यस अवधिलाई पनि नेपाली कम्युनिष्ट आन्दोलनको दक्षिणपन्थी संशोधनवादी टे«नको रुपमा लिइन्छ । र अहिले नेकपा एमालेले बोक्दै आएको यस दक्षिणपन्थी संशोधनवादी टे«न र एकीकृत नेकपामाओवादीले बोक्न पुगेको नवसंशोधनवादी तथा विर्सजनवादी टे«न एउटै कित्तामा सामेल हुन पुगेका छन् । एमाले तथा एमाओवादी रुपी यस टे«नलाई नेपाली कम्युनिष्ट आन्दोलनको निम्ति अत्यन्तै हानीकारक र खतरनाक टे«नको रुपमा लिइन्छ ।
छ) २०६९ साल असार २–५ मा नेकपामाओवादीको आयोजनामा सम्पन्न राष्ट्रिय भेलाले एकीकृत माओवादीका प्रचण्ड–बाबुराम रुपी नवसंशोधनवाद सम्बन्ध विच्छेद गरेर त्यस भित्र क्रान्तिकारी धाराले नेकपा–माओवादीको पुर्नगठन गरेर २०६९ पुष २५– माघ १ मा सम्पन्न आफ्नो साँतौँ ऐतिहासिक राष्ट्रिय महाधिवेशनबाट जनयुद्धको जगमा जनविद्रोह मार्फत नयाँ नेपाली जनवादी क्रान्तिसम्पन्न गर्ने कार्यदिशा पारित गरेर नेपालको क्रान्तिकारी धारालाई अगाडि बढाउने कामको सुरुवात गरे पश्चात पुनः २०६९ असार देखि यताको अवधिलाई नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासमा र नयाँ नेपाली जनवादी क्रान्तिको यस महान यात्रामा यसलाई क्रान्तिकारी टे«नको रुपमा लिइन्छ ।
निष्कर्षः
हामीले के कुरा बुझ्नू जरुरी छ भने हाम्रो महान् तथा गौरवशाली पार्टी नेकपा–माओवादीको आफ्नो ऐतिहासिक सातौं राष्ट्रिय महाधिवेशनबाट नेपाली क्रान्तिको वर्तमान कार्यदिशा जनयुद्धको जगमा जनविद्रोह पारित गरेको छ । यो नै ठोस परिस्थितिको ठोस विश्लेषण हो । किनकी नेपाली क्रान्तिको मुख्य आधार भनेकै महान १० वर्षे जनयुद्ध हो । जनयुद्धका उपलब्धिहरूलाई एकातिर पन्छाएर नेपाली क्रान्तिलाई आमी अगाडि बढाउने कलपनासम्म पनि गर्न सक्दैनौं । किनकी नेपाली क्रान्तिको जगभ नेकै महान् १० वर्षे जनयुद्ध हो । यस विषयमा माथि ठाउ–ठाउँमा प्रशस्तै मात्रामा उल्लेख गरिएको छ ।
महान् १० वर्षे जनयुद्ध नेपाली समाजको निम्ती समग्र युद्ध थियो । त्यसले राजनीतिक, आर्थीक, सामाजीक, साँस्कृतिक लगायतका क्षेत्रमा क्रान्तिकारी रूपान्तरण ल्याएको थियो । २४० वर्षिय शाहवंशीय सामन्ती राजतन्त्रात्मक राज्य व्यवस्थाको अन्त्य गरी संघीय गणतन्त्रात्मक राज्य व्यवस्थाको स्थापना गर्ने मुख्य आधार नै महान् दस वर्षे जनयुद्ध हो । अब साम्राज्यवाद र विस्तारवादको आडभरोसामा टिकेको दलाल तथा नोकरशाही पुँजीपति वर्ग र सामन्तवर्गको राज्यसत्तालाई ध्वंश गरेर जनताको जनवादी राज्यसत्ता अथार्त जनगणतन्त्रात्मक राज्य व्यवस्था स्थापना गर्नका लागि फेरी पनि तयही महान् दस वर्षे जनयुद्धको जगमा टेकेर सञ्चालन गरिने जनविद्रोह नै हुनेछ । यद्यपी महान् दस वर्षे जनयुद्धको प्रक्रियामा निर्माण गरिएका जनमुक्ति सेना, आधारइलाकाहरू, जनसत्ता, जनकम्युन र जनअदालतहरूलाई नवसंशोधनवादीहरूले पूर्ण रूपमा खारेज र विघटन गरिसकेका भएतापनि जनयुद्धले निर्माण गरेको जनताको चेतना बाँकी छ । जनयुद्धबाट आएको क्रान्तिकारी शक्तिपनि हामीसितै छ र जनयुद्धको अनुभवको ठूलो विरासत हामसितै छ । जहाँसम् मभौतिक तथा प्राविधिक तयारीको कुरा हो, त्यो तयारी गर्न आवश्यक छ र गनिे छ पनि । कमरेड माओले भन्नुभएको छ, क्रान्तिकारीका लागि क्रान्तिकारी पार्टी, जनमुक्ति सेना र संयुक्त राजनीतिक मोर्चा जसलाई क्रान्तिका तीन जादुगरी हतियार भन्नुभएको छ । माओका यी विचारहरूलाई पनि हामीले मनन गर्नैपर्ने हुन्छ । हामीपनि क्रान्तिका यी तीन हतियारहरूलाई गहिराइका साथ अवलम्बन गर्न चाहनछौं । क्रान्तिकारी पार्टी निर्माण गरीसकेका छौं भने पार्टीको मातहतमा क्रान्तिको आवश्यकताले जनमुक्ति सेनाको निर्माण गर्ने र संयुक्त राजनीतिक मोर्चा निर्माण गर्ने सवाललाई पार्टीले आफ्नो प्राथमीकतामा राखेको कुरालाई बुझ्नु जरूरी छ । किनकी यी महत्वपूर्ण कार्यहरूलाई पुरा नगरिकन क्रान्ति सम्भव पनि छैन । तर यी सबै महत्वका कार्यहरू क्रान्तिकै अभियानमा पुरा गर्दै र क्रियान्वयन गर्दै जाने कुरा हो । तर कुनै मनोगत आकांक्षा र विश्लेषणका आधारमा क्रान्तिका हतीयारहरू निर्माण भइहाल्दैनन् ।
नेपाली क्रान्ति अझै बलिदानको माग गर्दछ । जनआन्दोलन, जनविद्रोह वा जनयुद्ध सबैमा नेपाली जनताले ठूलो बलिदान गरेको छ । तर नेतृत्वले त्यती ठूलो बलिदान गरेको छैन । बरु जहिलेपनि नेतृतव अवसरवादी बन्दै गएर संशोधनवादमा पुगेर पतन हुँदै आएको छ र देश, जनता र क्रान्तिलाई धोका दिने र गद्धारी गर्दै मात्रै आएको छ । दस वर्षे जनयुद्धको नेतृत्व गरेको प्रचण्ड–बाबुरामले गरेको धोकावाजी र गद्धारी सबैभन्दा ठूलो र ताजा उदाहरण हो । अतः अहिले हाम्रो पार्टीको नेतृत्वप्रति पनि फेरी धोका हुँदैन भन्ने के ग्यारेन्टी छ ? भन्ने प्रश्नहरू प्रशस्तै मात्रामा उठ्ने गरेका छन् । त्यसको जवाफ अन्य ढंगले दिएर पुग्नेवाला छैन । नेतृत्वले गर्ने योगदान र बलिदानले मात्र सहि जवाफ दिने छ ।
यतिबेला साम्रान्यवादी र विस्तारवादीका दलालेहरुले कथित नयाँ संविधानसभाको घोषणा गरेका छन् । हामी त्यस चुनावलाई वहिष्कारद्वारा ध्वंस बनाउदै जनविद्रोह मार्फत नेपाली क्रान्तिको बाँकी कार्यभार पुरा गर्ने ऐतिहासिक दायित्ववोधका साथ आएका छौं । इतिहासले सुम्पेको यस ऐतिहासिक दायित्व पुरा गर्ने आँट, शाहस र धैर्यता हामीसीत हुनैपर्दछ । क्रान्तिको भविष्य सुनिश्चित गर्ने जिम्मा पनि हाम्रै काँधमा छ । किनकि नेपालको वर्तमान कम्युनिष्ट आन्दोलनमा क्रान्तिकारी धाराको नेतृत्व गरिरहेको नेकपा–माओवादी नै एकमात्र क्रान्तिको निर्णय शक्ति भएकाले नेपाली क्रान्तिको भविष्यलाई विजयको शिखरमा पु¥याउने दायित्व पनि यसकै काधमा छ । नेपलाी क्रान्तिको यो द्वन्द्ववादलाई हामी सबै क्रान्तिकारीहरुले अत्यन्तै गहिराईका साथ हृदयंगम गर्न जरुरी छ ।
Friday, April 26, 2013
अराजनीतिक र असंवैधानिक संयन्त्र र वार्ताको प्रलाप
साम्राज्यवादीहरु र विस्तारवादीहरुको ग्रान्डडिजाइन र निर्देशनमा बनेको एमाओवादी, कांग्रेस, एमाले र मधेशी मोर्चाको अराजनीतिक र असंवैधानिक संयन्त्रले यतिबेला चैत्र १ गतेको असंवैधानिक तथा प्रतिगमनकारी परिघटनाका विरुद्ध सडक आन्दोलन चकाईरहेकोे नेकपा–माओवादी लगायत आन्दोलनरत राजनीतिक दलहरुलाई वार्तामा आउन र त्यसै संयन्त्रमा सामेल गराउने षडयन्त्रका तानावाना बुन्दै नेकपा–माओवादीका नेताहरुका घरघर चाहर्न लर्को लाग्न थालेको छ । यसै क्रममा वैशाााख ५ गते संयन्त्रका संयोजक कांग्रेस सभापति सुशिल कोइरालाको टोली नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य किरणको निवास टोखा पुगेका थिए । र संयन्त्रमा सामेल भएर कथित संविधानसभाको चुनावको वातावरण तयार गर्न सहयोगका लागि अनुरोध गरेका थिए । उनीहरुले मधेसी फोरम लगायत समभागी आन्दोलन दलका नेताहरुसँग पनि वार्ता भेटघाटलाई अगाडि बढाउने र संयन्त्रणमा सामेल गराई छाड्ने दावा गर्दै हिडेका छन् ।
यसका पछाडि दुईवटा कारणहरु रहेका छन् । पहिलो कुरा के हो भने यसभन्दा अघि टेरपुच्छरै नलगाएका र कुनै शक्ति नै नठानेका नेकपा–माओवादी र उसका सहयोगी दलहरुले संचालन गरेका सडक आन्दोलनले कठपुतली सरकारले असारको पहिलो हप्तामै चुनाव सम्पन्न गर्ने बाँचाबचन गरेकोमा मंसीरमा चुनाव सार्न वाधा भए पछि अब माओवादीलाई सामेल नगराएसम्म चुनावै हुन सक्तैन भन्ने विश्लेषणमा पुगे पछि त्यहाँ असंवैधानिक तथा अराजनीतिक संयन्त्र र कठपुतली सरकारले आन्दोलन दलहरुलाई वार्तामा आउन आव्हान गरेका थिए । तर सर्बविदितै छ कि नेकपा–माओवादी समेतका राजनीतिक दलहरुले फागुन ३० गतेको मध्यरातमा सम्पन्न गरिएको ११ बुँदे राष्ट्रघाती जनघाति सम्झौता र चैत्र १ गतेको २५ बँुदे बाधा अड्कान फुकाउ समेतको प्रतिगमी कदमको खोजी नगरेसम्म चुनावको कुनै प्रक्रियामा प्रवेश नगर्ने उत्तरदिए पछि उनीहरु अत्तालिन पुगेका थिए र वार्तामा बोलाउन बाध्य भएका थिए ।
दोस्रो कुरा के हो भने वार्ताको आव्हान गर्नु र संयन्त्रमा सामेल हुनुपर्दछ भन्नुको पछाडि आन्दोलनलाई बीचमै तुहाई दिने र माओवादीलाई एमाओवादी तथा एमाले जस्तै संसदीय पार्टीको दर्जामा झारी दिएर जनताका सामु माओवादी लगायतका सडक आन्दोलन दलहरुलाई उल्लु र वेकुफ साबित गराई दिने षड्यन्त्रका साथ यी कदमहरु चालिएका हुन् ।
फेरी पनि थप कुरा के हो भने यो वार्ता र संयन्त्रमा सामेल गराउने योजना पनि साम्राज्यवादी र विस्तारवादी शक्ति एवं यूरोपियन यूनियनले नै बनाएको हो । किनकि पहिले यूरोपियनका प्रतिनिधीहरु माओवादी पार्टी कार्याल्य बुद्धनगर पुगेर चुनावमा भाग नलिए तपाईहरुमाथि खतरा बढ्नेछ भन्ने धम्किपूर्ण भाषा बोलेका थिए । त्यस्तै अर्को पटक अमेरिका काटेर सेन्टरका अध्यक्ष जेभी काटिने माओवादी अध्यक्षा मोहन वैद्य किरणलाई उहाँकै निवासमा पुगेर चुनाव बहिस्कार गरेमा तपाईहरु प्रतिको एटिच्युट नकारात्मक बन्नेछ भन्ने अभिव्यक्ति दिएका थिए । माओवादी लगायत आन्दोलनरत दलहरुले उनीहरुका धम्की कुनै महत्व नदिएपछि अहिले उनीहरु निरास भएर वार्ता र संयन्त्रमा सामेल गराएर जनताको बीचबाट गिराउने षडयन्त्र पूर्ण खेलमा लागेका कुरालाई सम्पूर्ण आन्दोलनरत दलहरु र जनताले बुझ्न जरुरी भएको छ ।
क्रान्तिहरुलाई दमन गरेर वा अन्य तरिकाले परास्त गर्न नसकेपछि वार्ताद्वारा र सत्ताको प्रलोभन आदि देखाएर अर्थात् हरियो घाँस देखाएर अल्मल्याउन र आफ्नो स्वार्थपूर्ति गर्ने संशोधिय राजनीतिक दलहरु र साम्राज्यवादी तथा विस्तारवादीहरुको आम चरित्र नै हो ।
सबै उपायहरु समाप्त भइसकेपछि यसप्रकारका उपायहरु उनीहरुले अपनाउन पुगेका हुन् । यस किसिमका षड्यन्त्र पूर्ण चालबाजीहरुलाई राम्ररी बुझेर आन्दोलनरत दलहरुले होसीयारीपूर्वक आफ्ना गतिविधीहरु र योजनाहरुलाई अगाडि बढाउन जरुरी हुन्छ । अब यी दलहरुका सामू चैत्र १ गतेको प्रतिगमनकारी कदमलाई पूर्ण रुपमा निषेध गरेर गोलमेच सभाद्वारा राजनैतिक सहमती कायम गरी संयूक्त राष्ट्रिय सरकार निर्माण गरेर मूलुकको अग्रगामी निकास दिनुको विकल्प छैन ।
विगतका आन्दोलनको नेतृत्व गरेका राजनैतिक दलहरुले बेइमानी गरेर लक्ष्यमा नपुग्दै जनतालाई धोका दिँदै आएकाले नेपाली जनताले आफ्नो लक्ष्य प्राप्त गर्न सकिरहेका छैनन् । अहिले संचालन गरिएको प्रतिगमनकारी आन्दोलनलाई निर्णायक निष्कर्शमा पु¥याउने कार्यमा आन्दोलनरत दलहरुप्रति जनताले शंकाको दृष्टिले हेरिरहेका छन् । यस विश्वास प्राप्त गर्न एकमात्र उपया भनेको इमान्दारीपूर्वक लक्ष्यमा पु¥याउनु हो । यसबाट के स्पष्ट हुन्छ भने अहिले सडह आन्दोलनको नेतृत्व गरिरहेको नेकपा–माओवादी लगायतका आन्दोलनरत दलहरुका सामू गम्भीर प्रकारको चुनौति खडा भएको छ । यस चुनौतिलाई पनि सामाना गर्दै अगाडि बढ्नुको विकल्प छैन ।
Thursday, April 18, 2013
कठपुतली सरकारको निर्वाचनले हावा खायो
विश्व साम्राज्यवाद र भारतीय विस्तारवादका नेपाली दलालहरुले खडा गरेको कठपुतली सरकारको निर्वाचनले हावा खाइसकेको छ । असारको पहिलो साता भित्र चुनाव सम्पन्न गर्ने भन्दै ती दलालहरुले कठपुतली न्यायधिश सरकार बनाएका थिए । चुनावको खुबै झ्याली पिटेका थिए । । दलालहरुका महापुरुषहरु अमेरिका, भारत, चीन लगायतका साम्राज्यवादी तथा विस्तावरवादी राष्ट्रहरुले सरकार बनेको एकाविहानै कठपुतली सरकारलाई बधाईदिन तछाड मछाड गरिरहेका थिए । अहिले निर्वाचन आयोग, चार दलीय सिन्डीकेट र स्वयं कठपुतली सरकारले समेत असारमा चुनाव, गराउन नसकिने घोषणा गरिसकेको छ र कार्तिक÷मंसीर सम्म गराइन्छ, भन्ने पुगेका छन् ।
कुरा साँचो हो, कार्तिक÷मंसीरमा पनि चुनाव हुने वाला छैन । किनभने यो सरकारले १ महिना भित्रै हावा खाइसकेको छ । नेकपा–माओवादीको नेतृत्वमा गोलबन्द हुन पुगेका करीव ५० राजनीतिक दलहरुका कारण यो कठपुतली सरकाले हावा खाएको हो । सडक संघर्षको विविध कार्यक्रमहरु सहित नेपालबन्दल सम्म र नेकपा–माओवादीले निर्वाचन आयोगले फोटो सहितको मतदाता नामावली संकलन गर्न गाउँगाउँमा पसेको कर्मचारीहरुको टोलीलाई देशव्यापी रुपमा लखाटीदिए पछि यो नौटंकी सरकार हावा खाना बाध्य भएको हो । अहिले दलालहरु यो पनि भन्न थालेको छन् कि कार्तिक÷मंसीरमा चुनाव नभए चैत्रसम्म गर्न सकिनछ । यसबाट यो पनि प्रमाणित भएको छ कि अर्काको इसारामा नाच्नेहरुको हवीगत यस्तै हुँदो रहेछ ।
यहानेर बुझ्नु पर्ने कुरा के हो भने, कठपुतली सरकार कसरी बन्यो, किन बन्यो ? यसको योजनाकार र सूत्रधार को थियो ? भन्ने कुरालाई ध्यान दिनु पर्ने हुन्छ । यो खिलराज रेग्मीको नेतृत्वमा नेपालमा कठपुतली सरकार निर्माण गर्ने पहिलो योजनाकार अमेरिकी साम्राज्यवाद हो र ह्वाइट हाउसमा बसेर यसको समग्र योजना बनेको हो । यसलाई भारतद्वारा कार्यान्वयन गर्न लगाइयो । भारतीय विस्तारवादले तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईलाई आदेश र निर्देशन दियो । बाबुराम भट्टराईले हेटौँडा महाधिवेशनको हलबाटै एमाओवादी अध्यक्ष प्रचण्डलाई एउटा सूत्र भेटियो भनेर फुक्न लगाइयो । यो खबरले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा तरंग पैदा गरिदियो । । त्यतिवेलासम्म कांग्रेस र एमाले कहाँ अमेरिका र भारतबाट खबर आईपुगेको थिएन । त्यसोभएर कांग्रेस र एमालेले शुरुमा ठूलो स्वरले त्यसको विरोध गरेका थिए । तर पछि ह्वाइट हाउस दरबार र दिल्ली दरबारबाट फोन आए पछि एमाले–कांग्रेस पनि सहमत भएपश्चात एमाओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाका बीच चारदलीय सिन्डीकेट बन्यो र नेपालको अन्तरिम संविधान बृहत शान्ति सम्झौता लगायत सबै संवैधानिक व्यवस्थालाई च्यातचूत पारेर चारदलीय सिन्डीकेटका आधारमा मुलुकलाई जबरजस्त गम्भीर संकटमा धकेल्न राष्ट्रपतिलाई उक्साइयो र खिलराज रेग्मीको नेतृत्वमा नौटंकी कठपुतली सरकार निर्माण हुनपुग्यो ।
प्रश्न उठ्छ, यो कठपुतली सरकार किन बनाइयो त ? यसको प्रष्ट जवाफ के हो भने नेपालका यी राष्ट्रघाती तथा जनघाती चार दलहरु चार चार वर्षसम्म लागेर पनि संविधानसभाबाट नयाँ संविधान बनाउन सकेनन् । यी दलाल दलहरु असफल भए । यिनीहरुलाई असफल बनाएर नेपालमा नयाँ संविधान बनाउन नदिने र नेपाललाई गम्भीर संकटतिर धकेल्ने र राजनीतिक अस्थिरता र अन्यौलता पैदा गराइ दिएर नेपाललाई असफल राष्ट्रको रुपमा पु¥याईदिने योजना अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको रहदै आएको थियो । परिणाम तः यी चार दलाल राजनीतिक दलहरु असफल भए पछि आफ्नो कठपुतली सरकारको रुपमा खिलराज रेग्मीलाई एउटा घृणित पात्रको रुपमा नेपालमा उभ्याइएको हो । यो नेपालको राजनीतिक इतिहासमा एक लज्जास्पद र घृणाप्रद परिघटना हो यो । किनभने कुनै तानाशाही वा अधिनायकवादी शासकहरुले सत्ता विप्लव गरेर वा “कू” गरेर दलहरुमाथि प्रतिवन्ध लगाउने, मुलुकको सम्पूर्ण राजकीय अधिकार आफ्नो हातमा लिएर तानाशाही तथा अधिनायकवादी एव्ां फाँसीवादी शासन चलाएका उदाहरणहरु त विश्वमा थुप्रै छन् तर राजनीतिक दलहरुले नै एउटा स्वतन्त्र व्यक्ति त्यो पनि सरकारी जागिरेलाई सम्पूर्ण शासनसत्ता सुम्पेर मुलुकलाई निर्दलीयतातिर धकेलिदिएर तानाशाही एवं अधिनायकवादतिर मुलुकलाई पु¥याएको विश्वकै यो पहिलो परिघटना हो । त्यसैले त नेकपा–माओवादी र नेपाल बार यसोसियसानले समेत २०६९ चैत्र १ गतेको दिनलाई कालो दिनका रुपमा परिभाषित गरि दिएका छन् । र एमाओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चा नेपालको राजनीतिक इतिहासमा नालायक, निकम्मा, असफल र इतिहासमै कुलंगार र घृणित पात्रको रुपमा खडा हुन पुगेका छन् ।
कुरा के साँचो हो भने कथित नयाँ संविधानसभाको निर्वाचन गराउने कार्यमा खिलराज रेग्मीको कठपुतली सरकारले मात्रै हावा खाएको छैन । यो राष्ट्रघाती तथा जनघाती चार दलीय सिन्डीकेटले समेत पनि हावा खाइसकेको छ । किनकि यिनीहरुले असारमा त चुनाव गराउन सकिन्न भनेर आफैँले घोषणा गरिसकेकाछन् । उनीहरुले कार्तिक वा मंसीरमा चुनाव गराउन सक्ने वाला छैनन् । किनभने नेकपा–माओवादी लगायत मुलुकको करीव ५ दर्जन जति राजनीतिक दलहरुलाई सामेल नगराएर यो चुनाव हुदै सक्तैन । तर चैत्र १ गतेको राष्ट्रघाती–जनघाती एवं असंवैधानिक कदमको खारेज गरेर गोलमेच सभाद्वारा संयुक्त राष्ट्रिय सरकार निर्माण गरेर मुलुकको अग्रगामी निकासको बाटो नपहिल्याएसम्म माओवादी समेतका राजनीतिक दलहरु कठपुतली सरकारले तयार पारेको चुनावको कुनै पनि प्रक्रियामा सामेल हुने छैनन् । त्यति मात्र होइन अव चार दलीय सिन्डीकेट भित्र पनि व्यापक अन्तरविरोध उत्पन्न भइरहेको छ । त्यहापनि छिटै विखण्डन आउने कुरा निश्चित छ र कार्तिक÷मंसीरसम्ममा त मुलुकको राजनीतिक परिस्थिति पनि धेरै माथि पुगी सक्ने छ । र यो कठपुतली सरकारका चुनावी नाराहरु त फिका सावित भइसकेका हुनेछन् । यो तरिकाले त अव नेपालमा संविधानसभाको चुनाव हुनै सक्तैन । एउटै मात्र विकल्प नेकपा–माओवादीले अगाडि सार्दै आएको गोलमेच सभा माध्यमबाट मात्र नयाँ संविधान बन्न सक्छ । मुलुकलाई यो बाटोबाट पनि प्रवेश गर्न दिइएन भने मुलुक पुनः एक पटक गृहयुद्धमा परिणत हुनेछ र नेपाली क्रान्तिको बाटोलाई फराकिलो तुल्याइदिनेछ । तथापी नेपाली क्रान्तिले मात्र मुलुकको संकट समाधान गर्नेछ । । हावा खाइसकेको कठपुतली सरकारले चुनाव गराउला र मुलुकको संकट मोचन होला भनेर कल्पना गर्ने जमाना गइसक्यो ।
अर्थहीन चुनावको निरर्थक बहस
अचेल जताततै र जहाकँही पनि कथित नयाँ संविधान सभा र चुनावको बहस चल्ने गरेको छ । यो अर्थहीन चुनावको निरर्थक बहस गर्नुको कुनै औचित्य छैन । किनभने एमाओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाको गठबन्धनले २०७० असार ७ गते भित्र कथित नयाँ संविधानसभा चुनाव सम्पन्न गर्ने घोषणा गरेका थिए । यसै योजना अन्तरगत फाल्गुन ३० गते मध्यराती राष्ट्रघाती र जनघाती ११ बुँदे सम्झौता गरेका थिए र चैत्र १ गते बाधा अडकाउ फूकाउका नाममा अन्तरिम संविधान २०६३ का धारा उपधाराहरुलाई तोडमरोड र निलम्बन गर्दै २५ बुँदे राष्ट्रघाती जनघाती सहमति गरेर मूख्य न्यायाधिश खिलराज रेग्मीको नेतृत्वमा र्निदलीय कठपुतली सरकार निर्माण गरिएको सर्वविदितै छ । यसलाई नेकपा–माओवादी लगायत मुलुकका ३३ राजनीतिक दलहरुले चैत्र १ गतेको त्यस परिघटनालाई प्रतिगामी र प्रतिगमनकारीको संज्ञा दिए यसलाई “कू” को नामाकरण गर्दै सडक आन्दोलनमा जाने निर्णयमा पुगे र सडक संघर्षका विविध कार्यक्रमहरु संचालन गर्दै चैत्र २५ गते नेपालबन्दलाई सान्दार रुपले सफल तुल्याए । कथित नयाँ संविधानसभाको चुनावको एजेण्डालाई निरर्थक तुल्याई दिए । आन्दोलनको चपेटामा परेर कठपुतली सरकारको अरौटे–भरौटे निर्वाचन आयोगले फोटोसहितको मतदाना नामावली संकलन कार्यलाई स्थगित गर्न बाध्य भयो । अचेल निर्वाचन आयोग, कांग्रेस र एमालेहरु कार्तिक या मंसीरमा चुनाव गराउनु पर्दछ त्यतिखेर पनि सकिएन भने चैत्र सम्ममा चुनाव गर्नुपर्छ भन्न थालेका छन् भने एमाओवादी जो यो कथित चुनावको सूत्रधार हो । त्यसले असारमा चुनाव नगराए मंसिरमा चुनाव गराउन नदिने धम्कीपूर्ण भाषामा क्रदन पोख्दै हिड्न थालेको छ ।
नेपाली क्रान्तिको निर्णायक नेतृत्वदायी शक्तिको रुपमा स्थापित हुन पुगेको नेकपा–माओवादी यो कथित तथा निरर्थक नयाँ संविधानसभा चुनावकको बहसमा प्रवेश गर्ने र सामेल हुने वाला छैन । यस परिस्थितिमा नेकपा–माओवादीको यस संविधानसभाको चुनावको बारेमा यसको धारणा के हो त ? माओवादीले चुनावमा भाग लिन्छ कि बहिष्कार गर्दछ त ? भन्ने प्रश्न पनि उठ्नु स्वाभाविक हुन्छ । यस विषयमा पार्टीको धारणा र दुष्टिकोण प्रष्ट हुन जरुरी हुन्छ ।
पहिलो कुरा नेकपा–माओवादीले चैत्र १ गतेको परिघटनालाई नेपालको राजनीतिक इतिहासमा “कालो दिन” को रुपमा परिभाषित गरेर एक असंवैधानिक र प्रतिगमनकारी घटनाको संज्ञा दिएको छ र यस कथित संविधानसभा चुनावको सम्पूर्ण प्रक्रियाहरुलाई बष्हिकार गर्ने र खारेज गरेर जाने निर्णय समेत गरेको छ । सहमत हुने अन्य दर्जनौ राजनीतिक दलहरुसीत संयुक्त मोर्चा निर्माण गरेर जनआन्दोलनमा उत्रिरहेको छ र चैत्र १ गतेको राष्ट्रघाती, जनघाती, असंवैधानिक र प्रतिगमनकारी कदम नसचिएसम्म कुनै पनि प्रक्रियामा सामेल नहुने निर्णय अनुसार कथित चार दलीय सिन्डीकेटीय संयन्त्र र नौटंकी कठपुतली सरकारले आव्हान गरेको वार्तालाई पूर्ण रुपमा बहिष्कार गरेको छ ।
दोश्रो कुरा – साम्राज्यवादी र विस्तारवादीहरुका यी नेपाली दलालहरुले संविधानसभाको निर्वाचन पनि गराउने होइनन् । यो चुनावको योजना अमेरिकी साम्राज्यवादले ह्वाइटहाउसमा बसेर खिलराज रेग्मी लाई प्रधानमन्त्री बनाउने प्रस्ताव बनाएको र भारतीय विस्तारवाद मार्फत तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईद्वारा क्रियान्वयन गर्न लगाएको हो । बाबुरामले प्रचण्डमार्फत हेटौँडा सम्मेलनबाट एक सूत्रको रुपमा फुक्न लगाएको कुरा पहिले नै सार्वजनिक भइसकेको छ । पहिले कांग्रेस र एमालेहरु सहमत थिएनन् तर अमेरिका र भारतबाट फोन आए पश्चात उनीहरुपनि सहमत भएका छन् । साम्राज्यवादी र विस्तारवादीहरु नेपालमा राजनीतिक स्थायित्व चाहदैनन् । नेपाललाई सधै अस्थितर तुल्याइदिएर असफल राष्ट्रका रुप्मा पु¥याउनका निम्ति यो कथित संविधानसभाको चुनावको नाटक रुचिएको हो । यस कथित र अर्थहीन चुनावको बहसमा नेकपा–माओवादी सामेल हुँदैन ।
तेश्रो यो कथित चुनाव माओवादीको एजेण्डा भित्र पर्दैन किनकि नेकपा–माओवादीको सातौँ राष्ट्रिय महाधिवेशन पारित राजनीतिक प्रतिवेदनमा भनिएको छ – “संविधान सभाको कार्यनीति संविधानसभाको कार्यनीति मार्फत् जनवादी क्रान्तिको रणनीति पुरा गर्नका लागि क्रान्तिकारीहरुद्वारा सरकारको नेतृत्व, जनपक्षीय राज्यसत्ताको स्थापना र सशस्त्र जनवादको आवश्यकता पर्दछ । यो कुरा विश्वका जनवादी क्रान्ति र अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको इतिहासबाट राम्रोसँग प्रमाणित भइसकेको छ । नेपालका सन्दर्भमा पनि यही नै सत्य हो । यदि नेतृत्वको एउटा हिस्सा वर्गीय तथा राष्ट्रिय आत्मसमर्पणवादमा नफँसेको, उक्त मान्यताप्रति आवश्यक ध्यान दिइएको र सो कार्यनीतिलाई जनवादी क्रान्तिको रणनीतिसँग जोड्ने तर्फ विशेष सतर्कता अवलम्बन गरिएको भए नेपालमा जनवादी क्रान्ति पुरा हुन पनि सक्तथ्यो ।
परन्तु, त्यसो हुन सकेन । अतः उक्त सबै कुरामाथि ध्यानदिँदा सैद्धान्तिक रुपमा कुरा के स्पष्ट हुन्छ भने यथास्थितिमा संविधानसभाको कार्यनीतिक नारा जनवादी क्रान्तिको पूरक कुनै पनि अर्थमा बन्न सक्तैन । नेपाली राजनीतिमा दलाल–नोकरशाह पूँजीपति एवम् जमिनदार वर्गसहित पुरानो राज्यसत्ताका प्रतिनिधि, यथास्थितिवादी, संसद्वादी तथा संशोधनवादी शक्तिहरु प्रभावकारी रहेको, नवसंशोधनवादी समूहको दलालीकरणको प्रक्रिया तिब्र रुपमा बढ्दै गएको र त्यस समूहद्वारा जनमुक्ति सेना नेपालको विर्सजन गरिएको अहिलेको स्थितिमा कार्यनीतिका रुपमा संविधानसभाको निर्वाचनको कुरा गर्नु जनतालाई भ्रमित पार्नु र पुरानो राज्यसत्ताको संसदवादी महाजालमा फँस्नु नै हो । यसबाट पनि के प्रष्ट हुन्छ भने कथित संविधानसभाको निर्वाचनमा माओवादी पार्टी फस्न र दिनहरु पछाडि धकेल्न चाहदैन ।
चौथो कुरा नेकपा–माओवादी संविधानसभा निर्वाचनको विरोधी पार्टी पनि होइन । नेपालमा सम्पन्न पहिलो संविधासभाको निर्वाचन माओवादीकै योजना र पहलकदमीमा भएको कुरा इतिहास साक्षी छ । सवाल के मात्रै हो भने त्यो देश र जनताको हितमा छ कि छैन भन्ने कुरा हो । नेपाली क्रान्ति र परिवर्तनको पक्षमा छ कि छैन भन्ने कुरा हो । तर अहिले अर्थहीन र एजेण्डा विनाको कृषिगत नयाँ संविधानसभाको चुनावको निरर्थक बहसमा नेकपा–माओवादी प्रवेश गर्दैन र निरर्थक दिनखेर हालेर समयको वर्वादी पार्ने मूर्खतापूर्ण खेलमा फस्नेवाला छैन । किनभने यस पार्टीको यतिवेलाको मूख्य काम भनेको क्रान्तिको तयारी गर्ने र जनविद्रोहको तयारी गर्ने वेला हो । यसभन्दा वरपर दायाँवायाँ गर्ने अधिकार पनि साताँै महाधिवेशनले यो पार्टीलाई दिएको छैन ।
जनआन्दोलन र जनविद्रोहको फ्युजनको प्रश्न
क्रान्तिका बाटाहरु र मोडलहरु फरकफरक हुन्छन् र वस्तुगत परिस्थिति तथा आत्मगत परिस्थिति अनुसार क्रान्तिका बाटाहरु निर्धारण गरिन्छ । विशेषगरि क्रान्तिमा कानूनी, गैरकानूनी, संवैधानिक, गैरसंवैधानिक र शान्तिपूर्ण तथा हतियारबन्ध शसस्त्र संघर्षका रुपहरु प्रयोग गरिन्छ । हामी यतिवेला कानूनी, संवैधानिक र खुला जनसंघर्षको माध्यमबाट क्रान्तिलाई अगाडि बढाईरहेका छौं र जनयुद्धको जगमा जनविद्रोह मार्फत नयाँ नेपाली जनवादी क्रान्ति गर्ने कार्यनीतिक कार्यदिशाका आधारमा नेपाली क्रान्तिलाई अगाडि बढाईरहेका छौँ । हाम्रंो पार्टीले पारित गरेको कार्यदिशा जनयुद्धको जनविद्रोह नै हो । यो क्रान्तिको थलो राजधानी लगायत मुलुकका ठूला शहरहरु हुन भने क्रान्तिको आधार क्षेत्र गाउँनै हो । त्यसो भएर हामी यतिवेला शहर र गाउँलाई नै आधार इलाका बनाएर क्रान्तिलाई अगाडि बढाउन चाहन्छाँै । जनआन्दोलन र जनविद्रोह बिच फ्युजन गरेर राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा जनक्रान्तिहरु सम्पन्न भएका इतिहास छ । हामी पनि नेपालमा चालु तेश्रो जनआन्दोलनलाई जनविद्रोहमा फ्युजन गरेर नेपाली क्रान्ति सम्पन्न गर्न चाहन्छौँ । क्रान्तिको यो द्धन्द्धबादलाई सबै क्रान्तिकारीहरुले अत्यन्तै गहिराईका साथ हृदयगम गर्न जरुरी छ । यसै सेरोफरोमा रहेर यो लेख लेख्ने प्रयत्न गरिएको छ ।
मुलुकमा यतिखेर गम्भीर प्रकारको राजनीतिक संकट पैदा भएको छ र यस संकटलाई क्रान्तिकारी शक्तिले क्रान्तिकारी संकटमा बदल्ने अवस्थामा मुलुक पुगेको छ । किनकि संसदीय प्रजातन्त्र, मानवअधिकार र बहुदलीय व्यवस्थाको दुहाई दि“दै आएका र यही व्यस्थाकै ठेकेदारी गर्दै आएका संसदवादी राजनीतिक दलहरु एकीकृत माओवादी, नेपाली कांग्रेस, एमाले र मधेसी मोर्चाले सत्ता चलाउन नसकेर मुख्य न्यायाधीशलाई राजकीय शक्तिको सम्पूर्ण अधिकार सुम्पेर निर्दलीय सरकार निर्माण गर्न लगाएर मुलुकलाई निर्दलीयतातिर र अधिनायकवादी फा“सीवादतिर मुलुकलाई धकेलिरहेका छन् । र दोस्रो संविधानसभाको नौटंकी नाटक मञ्चन गरिरहेका छन् ।
गत फाल्गुन ३० गतेको मध्यरातमा यी चार संसदवादी दलहरु एमाओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाबीच कायम गरिएको ११ बु“दे राष्ट्रघाती तथा जनघाती सम्झौता र चैत १ गते राष्ट्रपति डा. रामवरण यादवद्वारा बाधा अड्काउ फुकाउ सम्बन्धी आदेशलाई नेकपा–माओवादीलगायत मुलुकका ३३ राजनीतिक दलहरुले ‘कू’ को संज्ञा दि“दै मुलुकलाई प्रतिगमन र पश्चगमनतिर धकेलिदिएको विश्लेषण गरेर यो चारदलीय सिन्डिकेटले गरेका ती सबै प्रकारका निर्णयहरुलाई अस्वीकार गर्ने र कथित संविधानसभा निर्वाचनका सम्पूर्ण कार्यक्रमहरु र प्रक्रियाहरुलाई बहिष्कार गर्ने निर्णयका साथ सडक आन्दोलन सञ्चालन गर्ने निर्णय गरेपश्चात यतिबेला मुलुक जनआन्दोलनमयी बन्न पुगेको छ । अझै अगाडि बढेर नेकपा–माओवादीको मतदाता नामावली संकलन गर्न गाउ“गाउ“मा खटिएका टोलीहरुलाई अवरोध खडा गर्ने र इलेक्ट्रोनिक उपकरणहर समेत कब्जामा ल्याउने कार्यलाई देशव्यापी रुपमा प्रभावकारी ढंगले अगाडि बढाएपछि निर्वाचन आयोग वक्तव्य प्रकाशित गरेर फोटोसहितको मतदाता नामावली संकलन गर्ने कार्य स्थगित गर्न बाध्य भएको छ भने अर्कोतिर आन्दोलनरत माओवादी पार्टी लगायत ३३ दलीय संयुक्त मोर्चाले विरोध जुलुस, नेपाल बन्द जस्ता वैधानिक जनआन्दोलनका कार्यहरु सफलतापूर्वक अगाडि बढिरहेका र जनताको समर्थन व्यापक रुपमा बढ्दै गएकाले नेपालमा तेस्रो जनआन्दोलनको सुनामी भेललाई पनि निम्त्याइरहेको आभाष भइरहेको छ । अब तेस्रो जनआन्दोलनका विकल्प छैन ।
नेपालमा विगतमा सञ्चालन गरिएका सबै जनआन्दोलनले राजनीतिक परिवर्तन ल्याएको इतिहास छ । वि.सं. २००७ सालमा सञ्चालन गरिएको जनआन्दोलनले १०४ वर्षसम्म चलेको जहानिया राणा शासनलाई धरासायी तुल्याएको थियो । त्यस्तै २०४६ सालमा सञ्चालन गरिएको पहिलो संयुक्त जनआन्दोलनले ३० वर्षसम्म चल्दै आएको निरंकुश राजतन्त्रको निर्दलीय तथा तानाशाही पञ्चायती व्यवस्थालाई धरासायी तुल्याएको थियो भने २०६२÷०६३ मा सञ्चालन गरिएको र जनक्रान्ति स्वरुप धारण गरेको १९ दिने ऐतिहासिक दोस्रो जनआन्दोलनले निरंकुश राजा ज्ञानेन्द्रको निरंकुश तथा स्वेच्छाचारी शासन व्यवस्थालाई धरासायी मात्र तुल्याएको थिएन कि त्यसकै जगमा टेकेर निर्माण गरिएको संविधानसभाको माध्यमबाट २४० वर्षे शाहवंशीय सामन्ती राजतन्त्रको समेत अन्त्य गरेको थियो । र अहिले सञ्चालन गरिन थालिएको तेस्रो जनआन्दोलनले पनि साम्राज्यवादी र विस्दारवादीहरुका नेपाली दलाल एमाओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाको चारदलीय सिन्डिकेटको षड्यन्त्रमूलक ढंगले निर्माण गरिएको खिलराज रेग्मीय नोकरशाही शासन व्यस्था पनि धरासायी हुने कुरा निश्चित छ । किनकि जनआन्दोलन जनताको बृहत सहभागितामा सम्पन्न गरिन्छ र जनताले हारेको इतिहास कतै पनि छैन । जनताकै बलबाट फ्रान्सका लुइ सम्राटहरु, रुसका जारशाहहरु र चीनका च्याङकाइसेक जस्ता तानाशाहहरु समाप्त भएका थिए ।
तर नेपालमा सञ्चालन गरिएका २००७ साल, ०४६ साल र ०६२÷६३ का जनआन्दोलनका परिणामहरु धेरै तीता र नकारात्मक रहृ“दै आएका छन् । ती जनआन्दोलनहरुमा नेपाली जनताको धेरै ठूलाठूला बलिदान गरेका थिए, रगत र पसिना बगाएका थिए । तर जनताले पूर्णरुपमा राजनीतिक स्वतन्त्रता पाउन सकेनन् र सार्वभौम सत्ता सम्पन्न हुनबाट बञ्चित तुल्याइएको इतिहास छ । ती जनआन्दोलनहरु असफल हुनुको पछाडिको मुख्य कारण जनआन्दोलनको नेतृत्व गरेको मुख्य राजनीतिक शक्तिले प्रतिक्रियावादी र यथास्थितिवादी शक्तिसित सम्झौता गरेर बीचमै आन्दोलनलाई तुहाएर जनतालाई धोका दि“दै आएको इतिहास छ । जस्तो कि २००७ सालको जनक्रान्तिको मुख्य नेतृत्व गरेको नेपाली कांग्रेसले भारतीय विस्तारवादको निर्देशनमा र मध्यस्थतामा राष्ट्रघाती त्रिपक्षीय दिल्ली सम्झौताबाट राणा शासकहरु र राजतन्त्रसित जनघाती तथा राष्ट्रघाती सम्झौता गरेर आन्दोलनलाई बीचमै तुहाएर नेपाली जनतालाई ठूलो धो्का दिएको थियो । २०४६ सालमा सञ्चालन गरिएको जनआन्दोलनमा नेपाली कांग्रेस र नेकपासहितको संयुक्त वाममोर्चाले राजतन्त्रसित सम्झौता गरेर आन्दोलनलाई बीचमै तुहाएर नेपाली जनतालाई गम्भीर प्रकारको धोका दिएको थियो । त्यस्तै ०६२÷६३ को १९ दिने ऐतिहासिक जनआन्दोलनमा पनि नेपाली कांग्रेस, एमालेसमेतका सात संसदवादी दलहरुले विघटित संसदको पुनर्वहालीको शर्तमा तत्कालीन निरंकुश राजा ज्ञानेन्द्र शाहसित सम्झौता गरेर आन्दोलनलाई बीचमै तुहाएर नेपाली जनतालाई ठूलो धोका दिएका थिए र सीमित अधिकार मात्रै नेपाली जनताले प्राप्त गरेका थिए । विगतमा जनआन्दोलनको नेतृत्व गरेका राजनीतिक शक्तिहरुले गद्धारी गरेर जनतालाई गम्भीर प्रकारको धोका दि“दै आएका हुनाले अहिले सञ्चालन गरिएको तेस्रो जनआन्दोलनमा नेपाली जनताले धोका त पाइने हो भन्ने शंकाका दृष्टिले हेर्नुपर्ने प्रशस्त ठाउ“ छ ।
अहिलेको जनआन्दोलनको नेतृत्व गरिरहेको राजनीतिक शक्ति नेकपा–माओवादीको प्रवृत्ति भने विगतमा नेतृत्व गर्दै आएका शक्तिहरुको भन्दा भिन्नै प्रकारको छ । यो माओवादी पार्टी पहिलो नम्बरमा महान् दश वर्षे सशस्त्र जनयुद्धको नेतृत्वसमेत गरेर आएको राजनीतिक शक्ति हो । दोस्रो नम्बरमा यो दश वर्षे जनयुद्धको मुख्य नेतृत्व गरेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बाबुराम भट्टराई नवसंशोधनवादमा पतन भई नेपाली क्रान्ति र नेपाली जनताप्रति गद्धारी गरेर साम्राज्यवादी र विस्तारवादीहरुका सामु लम्पसार परेर आत्मसमर्पण गर्दै ती वैदेशिक शक्तिहरुको नया“ दलाल बनेर पुराना दलालहरु कांग्रेस र एमालेलगायत मधेसी मोर्चाहरुस“ग सा“ठगा“ठ गरेर प्रतिक्रियावादमा पतन भएको शक्तिसित सम्बन्ध बिच्छेद गरेर नेपाली क्रान्तिको बा“की कार्यभार पूरा गर्ने महान् उद्देश्यका साथ नया“ ढंगका क्रान्तिकारी कम्युनिस्ट पार्टीका रुपमा गठन हुन पुगेको नेकपा–माओवादीले नेतृत्व गर्न पुगेको परिस्थिति भएकाले अहिलेको जनआन्दोलनको फरक खालको प्रवृत्तिको रहेको छ ।
नेकपा–माओवादीले जनआन्दोलनकै माध्यमबाट मात्र नेपाली जनताले पूर्णरुपमा मुक्ति पाउ“छन् भन्ने कुरामा विश्वास राख्दैन । नया“ नेपाली जनवादी क्रान्ति सम्पन्न गरेर मात्र नेपाली धर्तीको राष्ट्रिय स्वाधिनता अक्षुण्ण रहन्छ र नेपाली जनताको गा“स, बास, कपास र जनजीविकाको ग्यारेन्टी हुन्छ भन्ने विश्वास राख्दछ । अर्थात् सबैलाई जानकारी भएकै कुरा हो कि माओवादी पार्टीको न्यूनतम लक्ष्य नया“ जनवादी राज्यव्यवस्थाको स्थापना गर्नु रहेको छ भने अन्तिम लक्ष्य वैज्ञानिक समाजवाद र साम्यवादसम्म पुग्ने रहेको छ ।
नया“ जनवादी क्रान्ति सम्पन्न गर्नका निम्ति नेकपा–माओवादीले जनयुद्धको जगमा जनविद्रोहको कार्यनीतिक कार्यदिशा आफ्नो ऐतिहासिक सातौं राष्ट्रिय महाधिवेशनबाट पारित गरिसकेको छ । यस पार्टीको संघर्षको मुख्य मोडल शान्तिपूर्ण जनआन्दोलन नभएर आम जनविद्रोह हुन पुगेको छ । यो जनविद्रोह शान्तिपूर्ण तरिकाले सम्पन्न हुन सक्तैन । यसमा नेपाली जनताले निश्चित रुपमा र अनिवार्य रुपमा हतियार उठाउनु पर्ने छ । तर यसले जनआन्दोलनलाई पनि जनविद्रोहसित फ्युजन गरेर नेपाली क्रान्तिलाई निर्णायक विन्दुमा पु¥याउन चाहन्छ । अब जनताले यसरी बुझ्नुपर्ने हुन्छ । र जनयुद्धको जगमा जनविद्रोहको विकल्प छैन नेकपा–माओवादीको सामु ।
यति हु“दाहु“दै पनि नेकपा–माओवादीका सामु गम्भीर प्रकारका चुनौतीहरु खडा छन् । पहिलो नम्बरमा यस पार्टीभित्र जनआन्दोलनलाई प्रमुख बनाउने कि जनविद्रोहलाई प्रमुख बनाउने भन्नेमा दुविधा छ । यस विषयमा पार्टी नेतृत्व प्रस्ट हुनु अनिवार्य हुन्छ । दोस्रो नम्बरमा आम पार्टी पंक्ति, जनवर्गीय संगठन तथा मोर्चा संगठनलाई आन्दोलनमा सक्रियरुपमा सहभागी बनाउने प्रश्नले महत्व राख्दछ । तर यहा“ त्यसपट्टि गम्भीर रुपले ध्यान पु¥याएको देखि“दैन र जनवर्गीय संगठनहरु, मोर्चा संगठनहरु, सांगठनिक रुपले सहभागी भइरहेका छैनन् । तेस्रो नम्बरमा यो पार्टीभित्र प्रचण्ड प्रवृत्ति र संस्कृतिको अन्त्य भइसकेको छैन । यसले पनि आन्दोलनमा गम्भीर क्षति पु¥याउन सक्छ । यसतर्फ नेतृत्वले बढी ध्यान पु¥याउनुपर्ने हुन्छ । चौथो कुरा यो पंक्ति दश वर्षे सशस्त्र जनयुद्धबाट आएको हुनाले युद्धको धङधङी बा“की छ र त्यो पंक्तिले कोठाभित्र क्रान्तिका ठूला ठूला गफ गर्ने, जनविद्रोहका ठूला–ठूला गफ गर्ने तर आन्दोलनमा पटक्कै सहभागी नबन्ने र टाउको लुकाउने प्रवृत्तिहरु देखापरेका छन् । यो निकै चुनौतीको रुपमा खडा हुन पुगेको छ । पा“चौं कुरा दश वर्षे जनयुद्धको ब्याज खाने प्रवृत्ति हावी छ । यसले नया“को विकास र सक्रियतालाई सहन सक्तैन । यसखाले प्रवृत्तिले पनि आन्दोलनलाई ठूलो नोक्सानी पु¥याउ“छ । यस खाले गलत प्रवृत्तिलाई पनि पार्टीलाइ अन्त्य गर्नैपर्ने हुन्छ । छैठौं कुरा एउटा क्रान्तिकारी पार्टीले सहरिया विद्रोहबाट नेपाली क्रान्तिको तयारी गरिरहेको अवस्थामा बुद्धिजीवीहरु मनोगतवादी बन्दै जाने र पार्टी नेतृत्व अवसरवादी बन्दै जाने खतरा बढी हुन्छ र त्यही मनोगतवादले ग्रस्त बुद्धिजीवीको सल्लाह–सुझावमा पार्टी नेतृत्व चल्ने खतरा रहने गर्दछ । यो खतरा माओवादी पार्टीभित्र प्रशस्त मात्रामा छ । यसलाई पनि पार्टीले निषेध गर्नुपर्ने हुन्छ । सातौं कुरा पार्टीभित्र अनुशासन र पार्टी पद्धतिको ठूलो महत्व हुन्छ । तर नवसंशोधनवादसितको लामो संशयका बीचबाट यो पार्टीको सिंगो पंक्ति आएकोले पार्टी अनुशासन, पद्धति र आर्थिक पारदर्शितामा गम्भीर प्रकारका चुनौतीहरु छन् ।
यस प्रकारको चुनौतीको सामना पार्टीले गर्नुपर्ने छ । आठौं कुरा पार्टी पंक्तिभित्र ठूलो जमात नेतृत्वको भोगी रहेको देखिन्छ । यो प्रवृत्ति पनि क्रान्तिकारी पार्टीका निम्ति ज्यादै हानिकारक हुन्छ । यसखाले प्रवृत्तिलाई पनि पार्टीले निरुत्साहित मात्रै होइन समाप्तै पार्नुपर्ने हुन्छ कि यो प्रवृत्ति नितान्त संशोधनवादी प्रवृत्ति हो । किनकि यसखाले प्रवृत्तिहरुले आन्दोलन र क्रान्तिलाई निकै ठूलो क्षति पु¥याउ“दछ । नवौं कुरा आन्दोलनमा नेतृत्वले अन्तिममा जनतालाई धोका दिन्छ भन्ने जुन शंका छ विगतदेखिको यसमा पार्टीृ नेतृत्वले जनतालाई विश्वास दिलाउन व्यवहारमै उत्रिने चुनौती पनि त्यत्तिकै गम्भीर छ । यस विषयमा पार्टी नेतृत्व निपूर्ण बन्न जरुरी छ । दशौं कुरा, अहिले सहमत राख्ने ३३ दलहरुसित सहकार्य कायम गरी अगाडि बढिरहेको अवस्था छ र अन्य साना दलहरु सामेल हुने प्रक्रिया बढ्दो छ, यो सकारात्मक पक्ष पनि हो । आन्दोलनमा धेरै सहभागी गराउ“दै लैजाने र आम जनताको विश्वास प्राप्त गर्ने कुरा ठूलो महत्व राख्ने गर्दछ । तर त्यसको नाममा जनताको बीचमा कत्ति पनि अस्तित्व नरहेका दलका नाममा र व्यक्तिका नाममा दलको संख्या थप्दै जानाले पार्टीप्रति र आन्दोलनप्रति समाजमा यसले राम्रो प्रभाव पार्न सक्तैन । यस विषयमा पनि पार्टीले गम्भीर रुपमा सोच्नुपर्ने हुन्छ ।
यी तमाम प्रकारका चुनौतीहरु पार्टीका सामु विद्यमान हु“दाहु“दै पनि नेपाल राष्ट्र र नेपाली जनताको पूर्ण विश्वास नेकपा–माओवादीप्रति नै रहेको हुनाले पार्टी नेतृत्वले पनि समय र परिस्थितिअनुसार रुपान्तरित हु“दै चालु जनआन्दोलनलाई सुनामी आ“धीबेहरीका रुपमा परिणत गर्ने र यो जनआन्दोलनलाई जनविद्रोहमा फ्युजन गर्ने कार्यनीतिक कार्यदिशाको रुपमा विकास गर्न जरुरी छ र गम्भीर चुनौतीहरुका सामु क्रान्तिको महान् सम्भावनाहरु रहेका छन् र नेपाली क्रान्ति अवश्यंभावी छ । तर देशीविदेशी प्रतिक्रियावादीहरु अर्थात साम्राज्यवादी र विस्तारवादीका नेपाली दलालहरुले हाम्रो पार्टीलाई वार्ताको नौटंकी नाटक मञ्चन गरेर हुन्छ वा चुनावमा आउन्छ भन्नेको प्रचार गरेर या दमनको हत्कण्डा प्रयोग गरेर वा अन्य तरिकाले गलाउने र फसाउने षडयन्त्र सुरु गरिसकेका छन् । हामी यस विषयमा होसियार बन्न जरुरी छ । यतिवेला नेपालकै तात्कालिय घटना क्रमलाई हेर्दा खेरी पनि के कुरो प्रमाणित हुन्छ भने साम्राज्यवादी, विस्तारवादी तथा पूँजीवादीहरुले भन्ने र मान्दै आइरहेको संसदीय व्यवस्था असफल भएको छ । आज अमेरिकी साम्राज्यवाद, यूरोपियन यूनियन र भारतीय विस्तारवाद समेत नेपालको राजनीतिक मामिलामा असफल िसद्ध भएको छ । यस घटनाक्रम बाट हामी क्रान्तिकारीहरुले नयाँ पाठ सिकेर नेपाली क्रान्तिलाई अगाडि बढाउन आवश्यक छ
Friday, April 5, 2013
तेश्रो जनआन्दोलनको सुनामी शुरु
साम्राज्यवादी र विस्तारवादीका नेपाली दलालहरुले मुख्यन्याधिशको नेतृत्वमा कठपुतलि चुनावी नौटंकी सरकार निर्माण गरेर मुलुकलाई निर्दलीयता तिर धेकेल्दै नेपाली जनतामाथि अधिनायकवादी शासन लाद्न थालपश्चात नेकपा–माओवादी सहीत ३३ दलीय सयुंक्त मोर्चाले उनीहरुको उक्त प्रतिगमनकारी र पश्चगामी कदमका विरुद्ध ससक्त आन्दोलन गर्ने निर्णय गरेर कथित दोश्रो संविधानसभाका निर्वाचनका सम्पूर्ण प्रक्रियाहरुलाई वहिष्कार मात्र होइन ध्वस्त पार्ने अभियानमा अगाडि बढेपछि सिंगो मुलुक आन्दोलित हुन पुगेको छ । आन्दोलनकारी शक्तिहरुले आव्हान गरीसकेपछि पनि निर्वाचन आयोगले जर्वजस्त गाउँमा पसेर मतदाता नामावली संकलन थालेपछि त्यसका विरुद्ध नेकपा–माओवादी कार्यकर्ताहरुले फोटोसहितको मतदाता नामावली संकलन गर्ने उपकरणहरु जफ्त गर्ने र उक्त कार्य नरोकेमा सशक्त ढंगले अगाडि बढ्ने अभियान अगाडि सारे पश्चायत अहिले निर्वाचन आयोगले मतदाताा नामवली संकलन गर्ने कार्यलाई स्थगित गर्न बाध्य भएको छ । साम्राज्यवादी र विस्तारवादीका नेपाली दलालहरु एमाओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चा नेपाली जनताका विचबाट नाङ्गेझार भएका छन् र उनीहरुको विश्वका महाप्रभुहरुका सामु बफादार दलाल र चाकर हुन भन्ने कुरा यसले प्रमाणित गरिदिइएको छ । फेरी पनि उनीहरुले मंसिर तिर चुनावको घोषणा गर्ने नौटंकी रचिरहेको छ । तर उनका यी षड्यन्त्रहरु फेरी पनि चकनाचुर हुने कुरा निश्चित यति वेला ३३ दलिय मोर्चाले अगाडि सारेका संघर्षका कार्यक्रमले देशव्यापी रुपमा तेश्रो जनआन्दोलनको सोनामी पैदा गर्दैछ र जनआन्दोलनको बलबाट विगतका तानासाही शासकहरु जसरी धारासाही भएका थिए त्यसैगरी आजका यी नौटंकी शासकहरु पनि धारासाही हुने कुरा निश्चित छ ।
सबैलाई जानकारी भएकै कुरा हो की एमाओवादी, नेपाली कांग्रेस, एमाले र मधेसी मोर्चा विश्व सामा्रन्यवादी र विस्तावादीहरुका नेपाली दलाल हुन, बफादार चाकर र अरौटे – भरौटे पनि हुन् । त्यसो भएर नै २००७ साल देखि यता ३० वर्षे निंरकुश राजतन्त्रको निर्दलीय तथा तानाशाही पञ्चायती व्यवस्थाको अवधि बाहेक जुन साला खाल ३२ वर्षसम्म नेपालको राजनीतिमा आलो पालो गर्दै शासन सत्तामा पुगेका कांगे्रस, एमाले, एमाओवादी र मधेसी मोर्चाले तिनै सम्राज्यवादी र विस्तारवादी शक्तिदलले नेपालमा जेजे गर्न भन्यो त्यही गर्दै आएका छन् । उनीहरुकै पालका नदीनालाहरु भारतलाई बेच भने त्यो तिनीहरुले गर्दै, नेपालको सिमान भारतीय विस्तारवादले मिज्दै र अतिक्रमण गर्दै आयो । जंगे पिलरहरु भत्काउदै आयो, यस विषयमा चुप्प बस्नुभन्यो त्यही गर्दै आए । असमान सन्धी सम्झौताको बारेमा एक शब्द पनि नबोल्नु भन्यो भारतले चुप बस्दै आयो भन्यो । भारतीय विस्तारवादले १२ बुँदे समझदारीमा सहीछाप ठोक भन्यो त्यहाँ पनि सहीछाप ठोके । संविधानसभाको चुनाव गराऔ भन्यो भारतले त्यो पनि स्वीकारे र संविधान सभाको निर्वाचन पनि गराए यी दलहरुले । संविधान सभाबाट जनताको संविधान बन्ने वातावरण बन्दै गएको देखे पछि संविधानसभा विघठन गर भनेर भारती विस्तारवादले निर्देशन ग¥यो, यता यी नालायकहरुले राता रात संविधानसभा विघठन गर्न पुगे ।
भारतीय विस्तावादले प्रचण्ड, बाबुरामलाई विप्पा सम्झौता गर भन्यो त्यो पनि गरे। सुपुर्दगी सन्धी गर भन्यो त्यो पनि गरे । विमानस्थल भारतलाई सुम्पीउ भन्यो त्यो पनि गर्न तयार भए । एमाओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाका राष्ट्रघाती, जनघाती र नालायक नेताहरु भारतीय विस्तारवादले अह्राएको काम गर्न कही पनि र कत्ति पनि चुकेको छैनन् । किन चुकेनन भने उनीहरु भारतीय विस्तावादका बफदार चाकर र असली दलाल हुन । त्यसो भएर चुकेनन् ।
भारतीय विस्तारवादले संविधानसभा विघठन गराउने आदेशसँगै नयाँ संविधानसभाको निर्वाचनको ढ्वाङ फुक्न लगायो प्रचण्ड, बाबुरामलाई । त्यसमा कांग्रेस र एमाले स्यालको हुइयामा हुइया थप्दै आए र पछिल्लो अवधिमा विश्व साम्राज्यवाद, युरोपियन युनियन र भारतीय विस्तारवादको निर्देशनमा सर्वोच्च अदालतको मुख्य न्यायधिशको नेतृत्वमा चुनावी सरकार गराउ नितीहरुले सत्ता छोड भन्यो, त्यो आदेश उनीहरुले पुरा गरे र नौटंकी खिलराज रेग्मीको नेतृत्वमा कठपुतली सरकार बनाएर कठित नयाँ संविधानसभाको नाटक मञ्चन गरिरहेका छन् नेपाली दलालहरुले ।
नेपाली सर्वसाधारणको सवैभन्दा उच्चस्तरको संगठित राजनीतिक अग्रदस्ता तथा नेपाली क्रान्तिको निर्णायक नेनृत्वदायी शाक्ति नेकपा – माओवादीले विश्व साम्राज्यवाद र विस्तारवादी शक्तिकेन्द्रहरुको गुरु योजनामा यही फाल्गुण ३० गते मध्यरातमा चार दलबीच भएको षडयन्त्र मूलक ११ बँुदे सहमती, चैत्र १ गते राष्ट्रघाती बाधाअड्काउ फुकाउने नाममा गरिएको २५ बुँदे आदेश र सोही अनुसार प्रधानन्यायधिशको नेतृत्वमा सरकार गठन गरिएको कदमलाई राष्ट्रघाती र प्रतिगमनकारी कदम रहेको मूल्याकन गर्दै उक्त कदमक विरोध एवम भत्र्सहना गर्दै उक्त कदमलाई खारेज गराउन अन्य समान धारण राख्ने दलहरुलाई सहकार्य गरी जन आन्दोलन उठाउने निश्चित गरे पश्चात अहिले ३३ दहरुका विचमा सहकार्य गरी देशव्यापी रुपमा विरोधमा उत्रिएको अवस्था छ र नेकपा – माओवादीका कार्यकर्ताहरुले देशव्यापी रुपमा मतदाता नामावली संकलन कार्यलाई व्यापक रुपमा अवरोध पु¥याइरहेका छन् । साथै उक्त चैत्र १ गते २५ बुँदे आदेशको खारेजी, न्यायधिश सरकारको विघठन र सर्वपक्षीय गोलमेच सभा गरी दलहरुकै वीचबाट राष्ट्रिय संयूक्त सरकार गठन नहुँदासम्म संविधानसभाको कथित दोश्रो निर्वाचनका सम्पूर्ण कार्यहरुलाई बहिस्कार गर्दै ती कथित निर्वाचन सम्बन्धी सवै कार्यहरुलाई रोक्न देशव्यापी रुपमा आवहान गरि सकेको छ । र यही चैत्र २५ गते नेपाल बन्दको आव्हान समेत गरी सकेको छ र यस पछि पनि आफुले अगाडि सारेका मागहरुको सम्बोन्धन नभएमा आवश्यक प्रतिरोधात्मक संघर्षका कार्यक्रमहरु पनि संचालन गर्ने निस्कर्षमा नेकपा – माओवादी पुगी सकेको छ ।
यही सिलसिलामा मतादाता नामावली संकलनमा अवरोध पु¥याउनेहरु उपर कठपुतली सरकारले जनपथ प्रहरीले नसकेको ठहर गर्दै सशस्त्र प्रहरी परिचालन गर्ने निर्देशन दिइसकेको छ । यसबाट के स्पष्ट हुन्छ भनेकी ती चार दलहरुको नौटंकी कठपुतली तथा नोकरशाही सरकार तानाशाही तथा फासीवादी सरकामा परिणत भइसकेको छ र ज्ञानेन्द्र शैलीमा चुनाव सम्पन्न गर्ने गुरु योजना बनाइरहेको छ । यसले प्रष्ट रुपमा के कुरा दर्शाएको छ भने अव नेपालमा तेश्रो जनआन्दोलनको सुनामी पैदा गर्ने र आन्दोलनको आधिबेरी सृष्टि गर्नुको विकल्प छैन । ३३ दलीय सहकार्यमा आन्दोलनका कार्यक्रमहरु संचालन भइरहेका छन् । कांग्रेस र एमाले भित्र पनि यसका विरुद्ध व्यापक विरोध भइरहेको छ । अव सम्पूर्ण देशभक्त, जनवादी, गणतन्त्रवादी, एवं प्रगतिशिल शक्तिहरु एक ढिक्का भएर यस राष्ट्रघाती, जनघाती, प्रतिगमनकारी कदमका विरुद्ध तेश्रो जनआन्दोलनको सुनामी उभारल्याएर ज्ञानेन्द्र शाहलाई दोश्रो जनआन्दोलनले जुन स्थानमा पु¥याएको थियो त्यही स्थानमा साम्राज्यवादी विस्तावादीहरुका नेपाली दलालहरु एमाओवादी ,कांग्रेस, एमाले र मधेसीमोर्चालाई पु¥याउनुको विकल्प छैन । किनभने राष्ट्रघाती, जनघाती र प्रतिगमनकारीहरु पुग्ने स्थान पनि त्यही नै हो जो अन्तिम निरंकुश राजा ज्ञानेन्द्र शाह पुगेका थिए । यी नालयक चार दलका शिर्षनेताहरुलाई नेपाली जनताले ज्ञानेन्द्र शाहकै स्थानमा पु¥याउनुको विकल्प छैन । त्यसको निम्ती तेश्रो जनआन्दोलनको सुनामी ल्याउन आवश्यक छ र तेश्रो जनआन्दोलनको सुनामीको संकेत पनि गरि सकेको टछ ।
अवको तेश्रो जनआन्दोलनको नेतृत्ववादी शक्ति भनेको नेकपा–माओवादी नै हो । यसकै नेतृत्वमा सम्पुर्ण परिर्वतनकारी शाक्ति र आमजनता गोलबन्द हुनेछन । नेकपा – माओवादीको लक्ष्य संविधानसभाको चुनावमा होम्मिने मात्र होइन । नेपाली क्रान्तिलाई विजयको दिशातिर अगाडि बढाउनु हो । संविधानसभाको निवार्चन माओवादीको प्राथमिकता भित्र पर्दैन । पार्टी भित्र र बाहिर कतै पनी चुनावमा जाने अन्य दलहरुको चुनावी सहकार्य गर्ने अझ नजिकको पार्टी एमाओवादी सित नै चुनावी तालमेल गरेर जाने कसैले सपना देखेको छ भने त्यो उसको दिवासपना मात्र हुनेछ । किनकी यो सोच बेकारको सोच हो । त्यसैले अव नेकपा – माओवादीको सम्पूर्ण पार्टी र शक्ति तेश्रो जनआन्दोलन मार्फत जनयुद्धको जगमा जनविद्रोहको नेतृत्व गर्दै नेपाली क्रान्ति सम्पन्न गर्ने एक सुत्रीय एजेण्डामा होम्मिनुको विकल्प छैन । क्रान्तिको ऐतिहासिकताले माग गरेको विषय पनि यही नै हो ।
विश्वका प्रमुख जनविद्रोह र नेपाली क्रान्ति
विषय प्रवेश ः
नेपाली कम्युनिस्ट आन्दोलनले ६४ वर्ष पार गर्दैछ । यसको स्थापना वि.सं. २००६ साल वैशाख १० (सन् १९४९ अप्रिल २२) गते भएको हो । स्थापनाकालमै यसले नयाँ जनवाद, वैज्ञानि समाजवाद हुँद० साम्यवादसम्म पुग्ने आफ्नो लक्ष्य किटान गरेको थियो । तर यसले यति लामो अवधि पार गरिसक्दासम्म पनि आफ्नो घोषित लक्ष्य प्राप्त गर्न सकिरहेको छैन, अर्थात् नेपाली क्रान्ति सम्पन्न हुन सकिरहेको छैन ।
करिब ६४ वर्षको यति लामो ऐतिहासिक अवधिमा नेपाली कम्युनिस्ट आन्दोलनभित्र वर्गसंघर्ष, दुईलाइन संघर्ष र विचारधारात्मक अन्तरसंघर्षका अनेकौँ जटिल, बाङ्गाटिङ्गा र कहालीलाग्दा घुम्तिहरु रहेका छन् । यद्यपि यो आन्दोलन लामो समय पहिलेदेखि अनेकौँ समूह–उपसमूहरुमा विभाजित रहँदै आएको छ । अतः सारमा यस आन्दोलनभित्र क्रान्तिकारी र संशोधनवादी दुई परस्परविरोधी धाराकै द्वन्द्व प्रमुख बनेर आएको छ ।
अहिले नेपाली कम्युनिस्ट आन्दोलनको दक्षिणपन्थी संशोधनवादी – सुधारवादी धारा (जसको प्रतिनिधित्व एमाओवादी–एमालेले गर्छन्) ले आपूmलाई विजातीय कित्तामा सामेल गर्दै दक्षिणपन्थी दक्षिणपन्थी, आधुनिक संशोधनवादी एवं नवसंशोधनवादी धारामा गुणात्मक रुपमा फड्को हान्न पुगेको छ भने यसको ठीक विपरीत नेपाली कम्युनिस्ट आन्दोलनको क्रान्तिकारी धारा (जसको प्रतिनिधित्व नेकपा – माओवादीले गर्दछ) आज माक्र्सवादी–लेनिनवादी – माओवादीका रुपमा गुणात्मक रुपले विकसित हुँदै महान् दस वर्षे जनयुद्ध र फेरि जनयुद्धको जगमा जनविद्रोह मार्फत नयाँ नेपाली जनवादी क्रान्ति सम्पन्न गर्ने अन्तिम र निर्णायक मोडमा आइपुगेको छ । यसरी आज क्रान्तिकारी धाराले जनयुद्धको जगमा जनविद्रोह मार्फत नयाँ नेपाली जनवादी क्रान्ति सम्पन्न महान् र जटिल प्रक्रियामा फड्को मार्ने स्तरमा आइपुगेको वर्तमान अवस्थामा नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासको यस द्वन्द्ववादलाई हामी माओवादी क्रान्तिकारीहरुले अत्याधिक गहिराइका साथ हृदयंगम गरेर मात्र नेपाली क्रान्तिलाई विजयको दिशातिर अगाडि बढाउन सक्तछौँ ।
अतः हामी यसरी जनयुद्धको जगमा जनविद्रोह मार्फत नेपाली क्रान्ति सम्पन्न गर्ने यस ऐतिहासिक मोडमा आइपुगेको सन्दर्भमा विश्वमा आजसम्म सम्पन्न भएका जनविद्रोह र जनक्रान्तिहरु र नेपालीमै सम्पन्न भएका विभन्नि जनविद्रोह, जनआन्दोलन, सशस्त्र संघर्ष र जनक्रान्तिका सफलता र असफलताहरुको जुन ठूलो अनुभव हामीसित त्यसलाई आजको सन्दर्भमा नयाँ ढंगले संश्लेषण गरेर अगाडि बढ्न प्रेरणा र शिक्षा मिल्ने छ भन्ने हेतुले यो लेख लेख्ने प्रयत्न गरिएको छ ।
विज्ञानका विभिन्न विधा र शाखाहरूले गरेका गहन अध्ययन, अनुसन्धान र विश्लेषणबाट र मानवशास्त्रीहरूको गहन खोज र अनुसन्धानबाट मानवले आधुनिक मानवको रूपमा करीब २० लाख वर्ष पहिले मात्र लिएको हो भन्ने निष्कर्ष निकालेको छ । त्यसबेलादेखि अहिलेसम्म मानवजाति स्वयं निरन्तर विकसित र परिवर्तन हुँदै आएको छ र यो क्रम भविष्यमा पनि अघि बढ्दै जानेछ ।
पृथ्वीमा विकसित भएका अन्य सबै प्राणीहरू भन्दा मानवजाति नयाँ र भिन्न गुण तथा विशेषता भएको प्रणीका रूपमा देखा प¥यो । त्यो भन्दा ठूलो गुण र विशेषता भनेको उसको विकसित मष्तिष्क र चेतना शक्ति नै हो । शुरुमा मानवको चेतनास्तर विल्कुल तल्लो र सामान्य अवस्थामा थियो । तर प्रकृतिसँगको निरन्तर सङ्घर्ष र जिउनका लागि गरिने सङ्घर्षका तथा सत्य र असत्यका बीचको सङ्घर्षका क्रममा मानव चेतना लगातार उन्नत र विस्तृत बन्दै गयो । मानव समाज र प्राकृतिक वातावरण बीचको अन्तरसम्बन्ध जति फेरीँदै गयो, आफूभित्र र बाहिरको बस्तुगत परिस्थिति जति विकसित र परिवर्तन हुँदै गयो, मानव चेतना पनि त्यति नै उन्नत र विकसित बन्दै गयो ।
आधुनिक मानवको अवस्थामा उठिसके पछि पनि लाखौं वर्षसम्म मानिसले एउटा आदिम रूपको सामुदायिक जीवन विताउँदै आयो । मनव समुदाय भित्र वर्गहरू उत्पति भएका थिएनन् । त्यस बेला मानवजाति र प्रकृति बीचको अन्तरविरोध नै मुख्य थियो । तर पनि मानव समुदाय भित्र असंख्य चिन्तन श्रृंलाहरू प्रकट भइरहन्थे । तिनीहरू भित्र कुनै कल्पनावादी भ्रामक, अवस्तुवादी र गलत हुन्थे, कोही यथार्थवादी ठीक, वस्तुवादी र सही हुन्थे । त्यस्ता विपरित विचारहरूका बीचमा अन्तरद्धन्द्धहरू चलिरहन्थे । त्यस अन्तरद्वन्द्वका क्रममा मानवजाति सत्यको खोजीमा लगातार अघि बढ्दै आयो ।
मानव समाजको विकासमा लाखौं वर्ष ओगटेको आदिम साम्यवादी कालखण्ड पार गरे पछि समाजमा वर्गहरूको उदय भयो । समाजमा उत्पीडक र उत्पीडित वर्गहरू बीच सङ्घर्ष विकसित हुन थाल्यो । सही र गलत बीचको सङ्घर्ष, मानवजाति र प्रकृति बीचको सङ्घर्ष अब वर्गहरूबीचको सङ्घर्षमा मिसियो । मानव जातिको विकसमा वर्गसङ्घर्षले निर्णायक भूमिका खेल्न थाल्यो । त्यो नै समाज विकासको चालक शक्ति बन्न पुग्यो । दास सामाज, सामन्तवादी समाज, पूजीवादी समाजमा मानवजातिको विकास क्रमशः वर्गसङ्घर्ष, सही र गलत बीचको सङ्घर्ष र मानवजाति तथा प्रकृति बीचको सङ्घर्षका रूपमा विकसित हुँदै गयो ।
यो सङ्घर्षको हजारौं वर्षको अवधिमा मानव चेतनाले अझ व्यवस्थित र ढोस रूप लिन थाल्यो । वस्तुजगत विकासका क्रममा त्यस्तो विकास प्रक्रियालाई हेर्ने, बुझ्ने, विश्लेषण गर्ने र संश्लेषण गर्ने चेतना शक्तिको पनि विकास हुँदै गयो । हजारौं वर्षका व्यवहारिक अनुभवहरूको ज्ञानले विभिन्न क्षेत्रमा मानव ज्ञानले फड्को मार्न थाल्यो । मानव समाजको क्रममा दास पुंगीन समाज पहिलो वर्गीय समाज हो । दास युगिन समाज व्यवस्था लामो अवधिसम्म कायम रह्यो । दासयुगिन समाज व्यवस्था अत्यन्तै वर्बर थियो । दास मालिकहरूले दास–दासीहरूलाई पशुतुल्य सरह व्यवहार गर्दथे । दास दासीहरूको किनवेच समेत हुन्थ्यो । दासहरूका बीचमा क्रमशः चेतनाको विकास हुँदै गयो । दास मालिक र दासहरूका बीचमा पनि अन्तरद्धन्द्ध चल्न थाल्यो । रोममा पहिलो दास विद्रोह भयो । रोमन दास विद्रोह र त्यस पछि सम्पन्न भएका जनविद्रोहहरूका बारेमा यहाँ संक्षिप्त चर्चा गर्ने प्रयत्न गरिएको छ ।
१. दास विद्रोह
मानव समाजको विकासको क्रममा आदिम साम्यवादी समाजबाट अघि बढ्नेक्रम मानवजातिले दासयुगिन समाज व्यवस्थामा प्रवेश ग¥यो । मानव समाजको दास युग नै पहिलो वर्गीयसमाज थियो । मानव समाज दास समाजमा प्रवेश गरिसकेपछि दास मालिक (स्वामी) ले हजारौं दास–दासी र कमारा–कमारीहरू बाधाका रूपमा राख्ने चलन कायम हुन पुग्यो । दास युग वर्गीय रूपमा अत्यन्तै वर्वरतापूर्ण युगको रूपमा कायम हुन पुग्यो ।
इतिहासका क्रममा रोमन साम्राज्य अत्यन्तै वैभवशाली बन्न पुग्यो । त्यहाँका दास मालिकहरूले हजारौंको संख्यामा दास–दासीहरू राख्ने गर्दथे । रोमन साम्राज्यमा दास मालिकहरूले बाहिरका विभिन्न मुलुकहरूबाट दासहरू खरिद गरेर ल्याउने गर्दथे । दासहरू सामान र वस्तुसरह खरिद विक्री हुने गर्दथे ।
रोममा त्यहाँका शासकहरूले दास–दासहरूक बीचमा भीडन्त गराएर मनोरञ्जन लिने गर्दथे । बलियावाङ्गा दासहरूलाई आपसमा भिडाएर मनोरञ्जन लिनका लागि त्यस किसिमका दासहरूका लागि पालन पोषणको व्यवस्था पनि राम्रै गरिएको हुन्थ्यो । भीडन्तमा एउटा समूहले अर्को समूहलाई र एउटा दासले अर्काे दासलाई पराजित गरेर हत्या समेत गरिन्थ्यो । साम्राज्य लिप्सा, शक्तिको पूजा, दासहरूको मालिक भएको अमानवीय दम्भ र जसरी पनि आराम, भोगविलास, विलासी चरित्रले रोमनहरूलाई सम्पूर्ण रूपमा अल्छि, लम्पट, कामनलाग्ने, उछृङ्खल बनाएको थियो । विभिन्न किसिमका सौख र रगतले लतपत्तिएका दासयोद्धाहरू अखडामा द्धन्द्धरत दृश्यहरूले रोमाञ्चित हुनु तत्कालिन रोमहरूको जीवनशैली बनिसकेको थियो ।
यस किसिमको विरुद्ध रोममा श्रृंखलाबद्ध दास विद्रोहहरू संचालन हुँदै आएका थिए । दुई दुई वटा दास विद्रोहहरू विस्फोट भइसकेका थिए तर ती विद्रोहहरूमा हजारौं दासहरूको हत्या भइसकेको थियो ।
शोषण, अन्याय, अत्याचार र दमनले सीमा नाघिसकेको थियो । दास जो रोमन साम्राज्यको सम्पूर्ण शक्ति, वैभव र विलासिताको आधार थिए । दास– ‘जसकाो जीवनको एउटा मात्र उद्देश्य मण्डीमा विक्री हुनु र आफ्नो मालिकको आज्ञा पालन गर्दै मृत्युवरण गर्नु थियो । दासहरूले आफ्नो यस किसिमको दारुण अवस्थाबाट मुक्ति पाउनका लागि तीनवटा विद्रोह गरे ः जसमा सबैभन्दा ठूलो र प्रभावशाली तेश्रो विद्रोह इशाको जन्म भन्दा ७३ वर्ष पहिलो भएको थियो । यस विद्रोहको नेता थिए – थसियन ग्लैडिएटर दास स्र्पाटाकस ।
दास स्पार्टाकसले ठूलो संख्यामा सेना निर्माण गरेका थिए । लडाइको तालिम पनि दिँदै आएका थिए । स्पार्टाकसको नेतृत्वमा दास सेनाहरूको करीब करीब चार वर्षसम्म सु–संगीत र योजनाबद्ध लडाई चल्यो ।
जसले त्यस बेलाको सबैभन्दा शक्तिशाली रोम सेनाहरूलाई पराजित ग¥यो । एकचोटीका लागि सम्पूर्ण रोमन साम्राज्यको जगलाई हल्लायो । गृहयुद्धमा चपेटामा परेको पतनशील रोमन साम्राज्यको विरुद्धमा स्पार्टाकस नाम गरेका एक जना प्रेसियन दासको नेतृत्वमा तेश्रो दास विद्रोह सम्पन्न भयो, जुन विश्व इतिहासमा पहिलो जनक्रान्तिको रूपमा अंकित छ । स्पार्टाकसले रोमन सेनाहरूलाई नराम्रो ढंगले पराजित गरी दासहरूलाई पराधिनता तथा दास्ताका जंजिरहरूबाट मुक्त गरे ।
तर रोम साम्राज्यका सेनापति क्रैससले स्पार्टाकसलाई युद्ध मैदानमा पराजित गरे । ६ हजार दास योद्धाहरूलाई पक्रेर नृशंशतापूर्वक हत्या गरेर रोम देखि कापुआआसम्मको सडक पेटीमा काठका फ्ल्याकमा झूण्ड्याइयो । आफ्नो पराजयका बाबजुद पनि स्पार्टाकसको विद्रोह गाथा इतिहासमा अमर छ । मानव जातिका लागि स्वतन्तत्राको विगुल फुक्ने स्पार्टाकसको विद्रोह गाथा इतिहासमा अमर छ । मानव जातिका लागि स्वतन्त्रताको विगुल फुक्ने स्पार्टाकसको दास विद्रोहलाई संसारभरीका स्वतन्त्रता प्रेमीहरूले उच्च मूल्याङ्कन गर्दै आएका छन् । किनकी जसले मानव जातिको स्वतन्त्रताका लागि सङ्घर्ष गरेर र बलिदानी दिए । स्पार्टाकसले सम्पन्न गरेका दास विद्रोह मानवजातिको मुक्तिको लागि गरिने जनविद्रोह र जनक्रान्तिका लागि सँधै प्रेरणाको श्रोत बन्दै आएको छ ।
२. फ्रान्सेली राज्य क्रान्ति (१७८९–१७९४)
मानव समाजको विकासक्रममा स्थापित हुन पुगेको सामन्तवादी राज्यव्यवस्था लामो अवधिसम्म कायम रह्यो । सामन्तवादी राज्यव्यवस्थाले राजतन्त्रलाई आफ्नो राजनीतिक संस्था र राजा महाराजाहरूलाई आफ्नोवर्गको नेताको रूपमा स्थापित गर्दै आयो । दैवी सिद्धान्तको रूपमा राजतन्त्रलाई संचालन गरिदै आयो । एक जमानामा संसारभर करीब ५ हजार राजतन्त्रहरू कायम रहन गएको इतिहास छ । अहिले गणतन्त्र र जनगणतन्त्रको चपेटामा परेर संसारमा जम्मा २६ वटा देशहरूमा मात्र राजतन्त्र जीवित रहन पुगेका छन् र तिनीहरू पनि विलोपिकरणको प्रक्रियामा रहेका छन् ।
कुलिनतन्त्रमा परिणत हुन पुगेको फ्रान्सेली राजतन्त्र अत्यन्तै क्रुरुर, दमनकारी, अत्याचारी र विलासी बन्न पुगेको थियो । दमन र अत्याचारले गर्दा जनताको चेतनास्तर पनि विकसित हुँदै गयो । फ्रान्सका मदजदुर, किसान, वकिल,साहित्यकार र मध्यम वर्गमा जागरण र उत्साह बढ्दै गयो । र स्वतन्त्रता, समानता र भातृत्वको नाराका साथ फ्रान्समा सामन्तवाद विरोधी, राजतन्त्र विरोधी आन्दोलनहरू संगठित हुन पुगे । त्यहाँ कनूनी सङ्घर्षले नै प्रधानता पायो ।
मध्यम वर्गले नेतृत्व गरेको फ्रान्सेली राज्य क्रान्तिले सामन्तवादी राजतन्त्रलाई अन्त्य गरेर पूँजीवादी राज्यव्यवस्थाको स्थापना ग¥यो । १० अगस्त १७९२ मा जनताहरूको भीडले ट्युलेरिस दरवारलाई घेरा हाल्यो । राजा लुइ १६ औं ले भागेर लेजिस्टेरिव असम्बेलीमा शरण लियो । नागरिकहरूले राजालाई मृत्युदण्ड दिने माग गरे र नेश्नल कन्भेन्सनको निर्वाचन शरियेस, जसले एउटा नयाँ संविधानको निर्वाचन गरियोस भनी माग गरियो । सन् १७९२ सेप्टेम्वर २० मा कन्भेन्सनको बैठक बोलायो र त्यसले सर्वसम्मत ढंगले राजशाहीलाई समाप्त पार्ने योजना बनयो । लुइमाथि गणरज्यसँग गद्धारी गरेको मुद्धा चलायो र २१ जनवरी १७९३ मा फ्रान्सका राजालाई डा. गिलोटिनले आविष्कार गरेको गिलोटिनमा राखेर मृत्युदण्ड दियो । रानी मेरी एन्टाइनको टाउको पनि शरीरबाट अलग गरियो । यसरी फ्रान्सेली राज्यक्रान्तिद्धारा सामन्तवादी राजतन्त्रको अन्त्य गरियो ।
फ्रान्सेली राज्यक्रान्तिले प्रगतिशीला र वैचारिक उथलपुथल ल्याइदियो । स्वतन्त्रता समानता र मातृत्वको नारालाई विश्व भरि नै फैलाई दियो । पहिलो पटक पूँजीवादी राज्यव्यवस्थाको स्थापना ग¥यो । राजशाहीलाई समाप्त पारियो । आम जनसमुदायको शासन स्थापना गरियो ।
तर फ्रान्सेली क्रान्ति पाँच सालमा नै असफल हुन पुग्यो । सन् १७९४ मा नेपालियन बोनापार्टलाई फ्रान्सको नायक र साम्राटको रूपमा घोषणा गरियो । र फ्रान्सेली क्रान्तिमाथि प्रतिक्रान्ति भयो । पूँजीवादी एकाधिकारवादको ठाउँ दलाल तथा नोकरशाही पूँँजीवादले लियो । र स्वतन्त्र पूँजीवादले पुनः सामन्तवाद र साम्राज्यवादसँग घाँटी जोड्न पुग्यो र त्यस पछि पूँजीवादी क्रान्तिको नेतृत्व गर्दै आएको पूँजीपति वर्ग पनि सामन्तवाद र साम्राज्यवादको ठिमाह सन्तनको रूपमा परिणत भयो । छोटै अवधिमाा प्रतिक्रान्ति भएको भएपनि फ्रान्सेली राज्य क्रान्तिलाई नयाँ युगको आगमनको रूपमा लिइन्छ ।
३. पेरिस कम्युन
सन् १८७१ मार्च १८ का दिन पेरिस मजदुरहरूले थियेर्सको प्रतिक्रियावादी सत्तालाई अपदस्त गरेर सर्वहारावर्गको अधिनायकत्व सहितको पेरिस कम्युनको निर्माण गरेका थिए । यो विश्व सर्वहारा वर्गको पहिलो अधिनायकत्व थियो । सन् १८७१ मार्च २८ देखि १८७१ मई २८ सम्म टिकेको महान् पेरिस कम्युन विश्वसर्वहारावर्गको महान आदर्श थियो ।
पेरिस कम्युन जम्मा ७२ दिन मात्र टिक्यो । जुन पेरिस कम्युनमाथि प्रतिक्रान्ति भयो र थियेर्सको सेना र वीर कम्युन योद्धाहरूको माझमा संग्राम चल्यो, त्यस बखत पेरिस कम्युनको योद्धाहरू बडो वीरताका साथ आफ्नो रगतको अन्तिम थोपासम्म पेरिस कम्युनको रक्षा गर्न लडे । कम्युनको बहादुर योद्धाहरूले पेरिसका सुपुत्र–सुपुत्रीहरूले शत्रुको सामु कहिल्यै शिर झुकाएनन् । करिब ३० हजार पेरिस मजदुरहरूलाई प्रतिक्रियावादी सत्ताले निर्ममतापूर्वक हत्या ग¥यो भने करिब ५० हजारलाई घाइते बनाइयो ।
पेरिस कम्युनको हार त भयो तर हातमा बन्दुक लिई राजनीतिक सत्ता कब्जा गर्नमा, पुँजीवादी राज्य संयन्त्रलाई ध्वस्त पारी सर्वहारावर्गको अधिनायकतन्त्र कायम गर्नमा र पेरिस कम्युनको सुरक्षा गर्नमा पेरिसका बहादुर मजदुरहरूले जुन ‘स्वर्गमा धावा बोल्ने’ वीरता र आत्मबलिदानी भावना देखाए । त्यो नौलो विश्वका निर्माता विश्व सर्वहारावर्गका लागि प्रेरणाको र उत्साहको कहिल्यै नझुक्ने स्रोत बनेको छ र सर्वहारा मुक्ति संघर्षमा एउटा मार्गदर्शक ज्योति बनेर सदाको लागि चम्किरहेको छ । पेरिस कम्युनको असफलताले विश्व सर्वहारावर्गको लागि अमूल्य ऐतिहासिक शिक्षा र अनुभवहरू प्रदान गरेको छ ।
पेरिस कम्युन विश्व सर्वहारावर्गको मुक्ति संघर्षको रक्तरञ्जित इतिहासमा एउटा सुनौलो पृष्ठ रहेको छ । पेरिस कम्युनको सर्वहारा क्रान्ति, पेरिसका मजदुरहरूको लडाकु भावना, वीरतापूर्ण बलिदान, क्रान्तिकारिता र त्यसमा निहित क्षमताको स्पष्ट अभिव्यक्त भएको छ । संसारलाई फेर्नु पर्छ र फेर्न सकिन्छ र हेरफेर ल्याउने महान् ऐतिहासिक अभिभारालाई पूरा गर्न सक्ने एक मात्र वर्ग मजदुर वर्ग हो भन्ने शिक्षा नै पेरिस कम्युनले दिएको मूल सन्देश हो ।
पेरिस कम्युनको असफलता हुनुको आधारभूत कारण के हो भने त्यसमा निर्देशक सिद्धान्तको रुपमा माक्र्सवाद रहेको सर्वहारा वर्गीय राजनीतिक पार्टीको नेतृत्व थिएन । अर्को कारण बैंक अफ फ्रान्स जस्ता महत्वपूर्ण वित्तीय संस्थाहरूलाई कब्जा गरेन । तेस्रो कारण कम्युनले किसानहरूसित एकता गरेर तिनको समर्थन प्राप्त गर्न सकेन ।
४. सोभियत महान् अक्टुवर क्रान्ति (१९१७)
अक्टुवर क्रान्ति ९इअतयदभच च्भखयगितष्यल० रुसमा पूँजीवादी व्यवस्थालाई समाप्त गरी समाजवादी व्यवस्था स्थापना गर्न सोभियत कम्युनिस्ट पार्टी बोल्सेभिकका नेता भी.आई.लेनिनको नेतृत्वमा सन् १९१७ अक्टुवर २५ का दिन मजदूर वर्गको अगुवाइमा किसानहरूको सहयोगमा भएको क्रान्तिलाई अक्टुवर क्रान्ति भनिन्छ । यो क्रान्तिले पूँजीवादी व्यवस्थालाई पल्टाएर समाजवादी व्यवस्थाको स्थापना गर्ने काम ग¥यो । संसारमा नै मजदूर वर्गके नेतृत्वमा भएको यो क्रान्तिले राज्य व्यवस्थाको भौतिक चरित्रमा नै परिवर्तन गरी शोषक वर्गको स्थानमा शोषित वर्गले राज्यसत्ता कब्जा गरेकाले यसले इतिहासको क्रमलाई नै महान् परिवर्तन गरीदिएको थियो । त्यसैले यसलाई महान् अक्टुवर क्रान्ति भनिन्छ ।
सन् १९१७ को फेबु्रअरी क्रान्तिले जारशाहको शासनलाई उन्मूलन गरी पूँजीवादी लोकतान्त्रिक प्रणालीको स्थापना गरेको थियो । यसले जार शाहीलाई सत्ताच्यूत गरेपनि अस्थायी सरकारको रूपमा स्थापना भएको थियो । त्यसबेला प्रथम विश्वयुद्धहरू चलिरहेको थियो । जनता युद्धको अन्त्य र शान्तिको स्थापना चाहन्थे । तर जनताको यो भावनालार्य संवोधन गर्नु अस्थायी सरकार असंभव भएपछि आक्रोस बढ्दै गएकाले यसै अवस्थामा लेनिनको नेतृत्वमा सन् १९१७ मा क्रान्ति सम्पन्न भयो यसले समाजवादी राज्यव्यवस्थाको स्थापना ग¥यो ।
सोभियत अक्टुवर क्रान्तिको सफलताले विश्वसर्वहारा वर्गलाई ठूलो प्रेरणा प्रदान ग¥यो । त्यसपछि संसारका विभिन्न मूलुकहरूमा कम्युनिस्ट पार्टीहरू स्थापना भए । पूर्वी यूरोपका २० औं राष्ट्रहरूमा सोभियत मोडेलको समाजवादी स्थापना गरियो भने चीन, उत्तरकोरिया, भियतनाम कम्बोडिया, क्यूवा आदि देशहरूमा नयाँ जनवादी तथा सशस्त्र क्रान्तिहरू सफल भएका थिए ।
५. चिनियाँ नयाँ जनवादी क्रान्ति (१९१९ – १९४९)
माओत्सेतुङ र चीनीयाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा भएको चीनको क्रान्तिलाई नयाँ जनवादी क्रान्ति भनिन्छ । किनकी यसको नेतृत्व चीनका किसान र मजदुरको हातमा थियो । यो क्रान्ति पूँजीवादी ढाँचा अन्तरगत नै सम्पन्न भयो । पूरानो जनवादी क्रान्तिसँगको फरक देखाउनका लागि यसलाई नयाँ जनवादी क्रान्ति भनिन्छ । पुरानो जनवादी क्रान्तिको नेतृत्व (फ्रान्सेली क्रान्ति १७८९) मध्यमवर्गले (पूँजीपति वर्ग)ले गरेको थियो । त्यो वर्गले त्यस पछि सामन्तवाद र साम्राज्यवादसँग धारा जोड्न पुगेपछि एउटा अर्ध सामन्ती र अर्काे औपनिवेशिक मुलुकमा कम्युनिस्ट पार्टीको नेतृत्वमा मजदूर किसान एकताको आधारमा दीर्घकालिन जनयुद्धको तरिकाले गाउँदेखि शहर घेर्ने गुरिल्लाबार काो समेत माओत्सेतुङले पारित गरी क्रान्तिको नेतृत्व गरेका थिए । यसलाई नयाँ जनवादी क्रान्ति अर्थात, नयाँखाले पूँजीवादी क्रान्ति भनिन्छ ।
कम्युनिस्टहरूको नेतृत्वमा सम्पन्न भएतापनि यो क्रान्तिको अनुभव सोभियत समाजवादी अक्टुवर क्रान्ति भन्दा फरक छ । सोभियत क्रान्ति औद्योगिक शहरी इलाकामा मजदुरवर्गको विद्रोहको माध्यमबाट भएको थियो तर चीनीयाँ क्रान्ति किसानहरूको दीर्घकालिन जनयुद्धबाट विजयी भइ सम्पन्न भएको थियो । चीनीयाँ जनवादी क्रान्ति सन् १९१९ बाट शुरु भई सन् १९४९ अर्थात् १ अक्टुवर १९४९ मा सम्पन्न भएको थियो । जुलाई १९४६ बाट लिएर जुन १९४९ सम्म चीनीयाँ लालसेनाले कुलमिलाएर ३० लाख ७० हजार क्वामिङताङ सैनिकहरूलाई माटोमा मिलाइदिएको थियो । १ अक्टुवर १९४९ मा चीनीयाँ गणराज्यको विधिवत घोषणा गरे पश्चात चीनीयाँ इतिहासको एउटा नयाँ अध्यायको सुरुवात भयो ।
यसका अतिरिक्त उत्तर कोरिया, भियतनाम, कम्बोडिया, क्युबामा समेत जनविद्रोहमार्फत जनक्रान्ति सम्पन्न भएका छन् । यद्यपि ती राष्ट्रहरूमा प्रतिक्रान्ति भएका भए तापनि जनविद्रोह र जनक्रान्तिको इतिहासमा शिक्षाप्रद रहेका छन् ।
नेपालमा विभिन्न कालखण्डमा ठूला ठूला जनविद्रोह, जनक्रान्ति, जनआन्दोलन र सशस्त्र संघर्षका अवधिहरू पनि रहेका छन् ।
१. २००७ सालको जनविद्रोह
२००७ सालमा १०४ वर्षे जहानियाँ राणा शासनका विरुद्ध ऐतिहासिक जनविद्रोह भयो । त्यसमा नेपाली जनताले अतुलनीय योगदान र बलिदान समेत गरे । राणा शासनको अन्त्य पनि भयो । तर भारतीय विस्तारवादको छत्रछायामा राणा, कांग्रेस र राजाको बीचमा राष्ट्रघाती त्रिपक्षीय दिल्ली सम्झौता मार्फत जनक्रान्तिलाई लक्ष्यमा पुग्न नदिएर बीचैमा तुहाइयो । जनताले सम्पूर्ण अधिकार पाउन सकेनन् । नेपाली कांग्रेसका कारण २००७ सालको जनविद्रोह अर्थात् जनक्रान्ति असपलतामा गएर टुंगियो । जनताले ठूलो धोका पाए ।
राणा शासनको अन्त्यपछि बनेको ‘अन्तरिम विधान २००७’ मा संविधानसभा मार्फत नेपाली जनतालाई नागरिक सरकार हस्तान्तरण गरिने छ भन्ने उल्ले गरिएको थियो तर नेपाली कांग्रेस र राजतन्त्रका कारण संविधानसभाको चुनाव गराइएन । राजाद्वारा २०१५ सालको संविधान जारी गरेर नेपाली कांग्रेस र राजतन्त्रका कारण नेपाली जनताले ठूलो धोका पाए । क्रान्ति अधुरै रह्यो । राजतन्त्रसित सम्झौता गरेर नेपाली कांग्रेसले २०१५ सालको चुनावमा भाग लियो । दुई तिहाई बहुमत ल्याएर सरकार पनि बनायो । नेकपाले पनि चुनावमा भाग लिएको थियो । जम्मा ४ सिटमा मात्र विजय हासिल गरेको थियो ।
२०१७ साल पुस १ गते राजा महेन्द्रले सैनिक ‘कु’ मार्फत बहुदलीय व्यवस्थालाई अपदस्त गरी निर्दलय तथा तानाशाही व्यवस्थाको स्थापना गरे पश्चात मुलुक निरंकुशता र अधिनायकवादी शासन व्यवस्थाको जाँतोमुनि पिसिन बाध्य भयो ।
२. २०३५÷२०३६ को जनविद्रोह
२०३५÷२०३६ सालको विद्यार्थी आन्दोलनले राष्ट्रव्यापी रुप लियो । त्यसले जनआन्दोलन र जनक्रान्तिको रुप लिन पुग्यो । तर राजतन्त्र र दलहरूका सम्झौताका कारण जनमतगंग्रहमा गएर टुंगियो । २०३७ साल वैशाख २० गते जनमत संग्रह भयो । पञ्चायती व्यवस्थाले धाँदली गरेर पञ्चायतलाई नै जितायो । बहुदलीय पक्षधर शक्ति पराजित भयो । यहाँ पनि नेपाली जनताले ठूलो धोका पाए । नेपाली क्रान्ति अधुरै रह्यो ।
३. २०४६ सालको जनविद्रोह
२०४६ सालमा नेपाली जनताले निर्दलीय तानाशाही व्यवस्थाका विरुद्ध विद्रोह गरे । संयुक्त जनआन्दोलन सञ्चालन भयो । त्यहाँ पनि नेपाली कांग्रेस र नेकपा माले लगायत संयुक्त वाममोर्चाले राजतन्त्रसँग सम्झौता गर्न पुगे पछि जनआन्दोलन बीच बाटोमै तुहिन पुग्यो । ३० वर्षे पञ्चायती व्यवस्थाको त अन्त्यभयो । निरंकुश राजतन्त्र संवैधानिक राजतन्त्रमा ओर्लियो । जनताका सीमित मात्रको बहुदलीय प्रजतान्त्रिक भनिएको व्यवस्था स्थापना भयो । यहाँ पनि जनताले धोका पाए । क्रान्ति अधुरै रह्यो ।
४. २०५२ सालको जनविद्रोह
नेपालको राजनीतिक इतिहासमा २०५२ साल फाल्गुन १ गतेदेखि नेपाली जनताले सबैभन्दा ठूलो जनविद्रोह सुरुवात गरे । यो जनविद्रोह हतियारबन्द सशस्त्र जनयुद्धको माध्यमबाट थालनी गरिएको थियो र त्यसको नेतृत्व तत्कालीन नेकपा (माओवादी) ले गरेको थियो ।
नेकपा (माओवादी) को नेतृत्वमा सञ्चालित त्यस जनयुद्ध १० वर्षसम्म चल्यो । सबैलाई जानकारी भएकै कुरा हो, त्यस जनयुद्धको प्रक्रियामा छापामार दस्ता, जनमिलिसिया हुँदै सातौँ डिभिजनसम्मको जनमुक्ति सेना नेपालको निर्माण भयो । आधार इलाका, जनसत्ता, जनअदालत र जनसरकारहरू समेत निर्माण गरिए । त्यस जनयुद्धको प्रक्रियाबाट नेपालको करिब ८० प्रतिशत भूभाग नेकपा (माओवादी) को कब्जामा आइसकेको थियो ।
त्यस जनयुद्धको प्रक्रियामा नेपाली आमाका दसौँ हजार असल छोराछोरीहरूले सहादत प्राप्त गरे । हजारौँलाई राज्यले बेपत्ता पा¥यो । हजारौँको संख्यामा घाइते र अपाङ्ग बनाइए । दस वर्षसम्म चलेको जनयुद्धले नेपाली धर्तीलाई मात्र होइन, विश्व धर्तीलाई नै एकपट राम्ररी झकझक्याइदिएको थियो र त्यो युद्ध विश्वक्रान्तिकै एक अङ्ग बन्न पुगेको थियो ।
तर नेपाली क्रान्ति विजयको शिखरमै पुगेकै बेला संसदवादी दलहरूसित शान्तिप्रक्रियामा सामेल हुने बहानाबाजी बनाएर २०६२ असोज–कार्तिकमा सम्पन्न चुनवाङ बैठकबाटै सशस्त्र जनयुद्धको कार्यदिशालाई परित्याग गरी लोकतान्त्रिक गणतन्त्रको बुर्जुवा सुधारवादी कार्यदिशा पारित गरेर शान्ति प्रक्रियामा सामेल भए पश्चात पार्टीकै एजेन्डाकै रुपमा रहेको संविधानसभामार्फत २४० वर्षे शाहवंशीय सामन्ती राजतन्त्रलाई अन्त्य गरियो । राजनीतिक उपलब्धि त भयो तर दसवर्षे जनयुद्धको मुख्य नेतृत्व गर्दै आएका प्रचण्ड–बाबुराममा गम्भीर प्रकारको वैचारिक विचलन आयो र साम्राज्यवादी र विस्तारवादीहरूका सामु लम्पसार परेर आत्मसमर्पण गर्न पुगे । नेपाली क्रान्तिको झन्डालाई बीच बाटोमै फ्याँकेर नेपाली क्रान्तिलाई गम्भीर प्रकारको धोका र विश्वासघात गर्न पुगे । दस वर्षको जनयुद्धको प्रक्रियामा निर्माण गरिएको जनमुक्ति सेना नेपालको विघटन गरियो । हतियार प्रतिक्रियावादी सरकारलाई बुझाइयो । आधार इलाका, जनसत्ता, जनअदालत र जनसरकारहरूको विघटन गरियो । जनताले आफ्नो संविधान आफै बनाउने उद्देश्यले निर्माण गरिएको संविधानसभालाई भारतीय विस्तारवादको निर्देशनमा रातारात अवसान गराइयो र नयाँ संविधानसभाका लागि भनेर चुनावको नौटंकी रचियो । बिप्पा सम्झौता, सुपुर्दगी सन्धि, एयरपोर्ट बुझाउने प्रयास लगायत नदीनालाहरूमा गम्भीर प्रकारको राष्ट्रघात गरियो र अहिले साम्राज्यवादी र विस्तारवादीहरूको निर्देशनमा उनीहरूले नै मान्दै आएको बहुदलीय व्यवस्था र अन्तरिम संविधान २०६३ लाई समेत च्याप्दै सर्वोच्च अदालतका प्रधान न्यायाधीश खिलराज रेग्मीलाई महेन्द्रपथीय र ज्ञानेन्द्रपथीय शैलीमा निर्दलीय र अधिनायकवादी सरकारलाई सम्पूर्ण अधिकारहरू सुम्पेर मुलुकलाई निरंकुशतातिर धकेल्न पुगेर आफ्ना महाप्रभुहरूलाई खुसी तुल्याउन सफल भएका छन् । यहाँ पनि क्रान्ति अधुरै रह्यो ।
५. २०६२÷२०६३ को जनविद्रोह
दस वर्षे जनयुद्धको जगमा सञ्चालन भएको २०६२÷०६३ को निरंकुशता विरोध जनविद्रोह पनि कांग्रेस, एमाले लगायत सात संसदवादी दल र निरंकुश राजा ज्ञानेन्द्र शाहबीच सम्झौता गरेर संसदको पुनःस्थापनामा पुगेर बीच बाटोमा तुहाइयो । नेपाली क्रान्ति अधुरै रह्यो ।
पुनः उठाइयो नेपाली क्रान्तिको झन्डा
प्रचण्ड–बाबुराममा गम्भीर प्रकारको वैचारिक विचालन आएर नेपाली क्रान्ति र नेपाली जनतालाई ठूलो विश्वासघात र धोका दिँदै नेपाली क्रान्तिको झन्डालाई बीच बाटोमै फ्याँकेर नवसंशोधनवादमा पतन हुन पुगे पश्चात त्यससँग सम्बन्ध विच्छेद गरी त्यसभित्रका क्रान्तिकारीहरूले नयाँ ढंगको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेकपा – माओवादीको गठन गर्दै नेपाली क्रान्तिको बाँकी कार्यभारलाई पूरा गर्ने महान् उद्देश्यले पुनः नेपाली क्रान्तिको झन्डालाई पुनः माथि उठाउने काम भएको छ । यस कदमले नेपालीका क्रान्तिकारी जनता र विश्वका भाइचाराका बीचमा पुनः ठूलो आशा र विश्वास बढ्न पुगेको छ ।
क्रान्तिकारी कार्यदिशा कार्यान्वयनको प्रश्न
नेपाली सर्वहारावर्गको राजनीतिक सबैभन्दा उच्चस्तरको संगठित राजनीतिक अग्रदस्ता तथा नेपाली क्रान्तिको निर्णायक नेतृत्वदायी शक्तिको रुपमा गुणात्मक रुपमा विकसित हुन पुगेको नेकपा – माओवादीले नेपाली क्रान्तिको कार्यभार पूरा गर्ने ऐतिहासिक जिम्मेवारी आफ्नो काँधमा आएको प्रतिबद्धता जाहेर गरिसकेको छ र गत पुस २५ देखि माघ १ सम्म सम्पन्न पार्टीको ऐतिहासिक सातौँ महाधिवेशनबाट वर्तमान नेपाली क्रान्तिको क्रान्तिकारी कार्यदिशाको रुपमा जनयुद्धको जगमा जनविद्रोह पारित गरिसकेको छ । त्यस अघि नेपालको राजनीतिमा नयाँ तरङ्ग पैदा भएको छ ।
यसको मूलभूत प्रश्न हो, यस क्रान्तिकारी कार्यदिशालाई कसरी कार्यान्वयन गर्ने र नेपाली क्रान्ति सम्पन्न गर्ने नै हो ।
यतिबेला नेपाली क्रान्तिको मैदान खाली छ । सत्ताधारी वर्गले राज्यसत्ता अर्थात सरकार चलाउन नसकेर एउटा कर्मचारीलाई सुम्पेर निर्दलीय सरकारको निर्माण गर्न पुगेको छ । जनतचा यो सरकारलाई मान्ने पक्षमा छैनन् र मुलुकमा क्रान्तिकारी संकट पैदा भएको छ अर्थात् क्रान्तिको निम्ति अनुकूल वातावरण निर्माण भएको छ । क्रान्तिका निम्ति वस्तुगत परिस्थिति परिपक्व बनिरहेको छ । क्रान्तिका निम्ति वस्तुगत परिस्थिति र आत्मगत परिस्थिति परिपक्व हुनुपर्दछ । यो सार्वभौम नियम हो । तर हाम्रो यतिबेला वस्तुगत परिस्थिति त निश्चित रुपमा परिपक्व बनेको छ तर आत्मगत परिस्थिति परिपक्व नबनिरहेको अवस्था हो । एउटा महत्वपूर्ण पक्ष के हो भने आत्मगत परिस्थ्तिि निर्माण गर्ने त क्रान्तिकारी शक्ति स्वयंले नै हो । त्यसो भएर क्रान्तिकारी शक्ति भनेकै हाम्रो पार्टी हो । त्यसैले अब पार्टीले क्रान्तिका लागि वस्तुगत परिस्थिति र आत्मगत शक्तिबीचको सन्तुलन मिलाउनेतिर ध्यान दिन जसरी हुन्छ ।
जनतालाई विद्रोहमा उतार्नका निम्ति पार्टीले पहिलो नम्बरमा पार्टीको आधिकारिक लाइन अर्थात पार्टीले तय गरेको कार्यदिशा, कार्यक्रम, कार्ययोजना र आम लक्ष्य तथा उद्देश्यहरूबारे जनतालाई राम्ररी जानकारी गराउनु पर्ने हुन्छ । यो कार्य गर्ने भनेका पार्टी कमिटीहरू र पार्टीका वरिपरि रहेका रहेका जनवर्गीय संगठन, मोर्चा संगठन, सेना र संयुक्त मोर्चाहरू नै हुन् । यसका निम्ति दोस्रो नम्बरमा पार्टीले हस्तक्षेप गर्न जरुरी हुन्छ । पार्टी पंक्तिलाई लेनिनवादी संगठनात्मक सिद्धान्तका आधारमा चलाउने र जनवादी केन्द्रियताको मापदण्डका आधारमा पार्टी पंक्ति र आम कार्यकर्ताहरूलाई तयार पार्न जरुरी हुन्छ अर्थात् पार्टीलाई लौह अनुशासनबद्ध बनाएर अगाडि बढाउनु पर्ने हुन्छ । यसका निम्ति स्कुलिङको आवश्यता पर्दछ । पार्टी पंक्तिभित्र र आम कार्यकर्ताहरूका बीचमा स्कुलिङको अभाव छ । यसको निम्ति देशव्यापी रुपमा र आम पार्टी सदस्यस्तरसम्म योजनाबद्ध ढंगले पार्टीले स्कुलिङ सञ्चालन गर्न जरुरी छ । स्कुलिङ विनाका कार्यकर्ताहरू विद्रोहमा होमिन सम्भव हुँदैन । कार्यकर्ता भनेका पार्टीका सम्पत्ति हुन् र पार्टी मेसिनरीका पार्टपूर्जा पनि । उनीहरूको वैज्ञानिक रुपमा कार्यविभाजन र विन्यास गर्ने र उनीहरूलाई योजनाबद्ध ढंगले स्कुलिङ गर्न जरुरी छ । किनकि जनतालाई विद्रोहका लागि संगठित गर्ने र विद्रोहमा उतार्ने साधन भनेकै पार्टीका आम कार्यकर्ता र सदस्यहरू हुन् । त्यसो भएर उनीहरूलाई पहिलो नम्बरमा तयार पार्न जरुरी छ ।
क्रान्ति सम्पन्न गर्नका निम्ति पार्टीको मातहतमा जुझारु प्रतिरोधी शक्तिको निर्माण र संयुक्त मोर्चा निर्माणका आवश्यकता हुन्छ । पार्टीले यस विषयमा उचित मात्रामा ध्यान केन्द्रित गर्न जरुरी छ । यी दुवै चीजहरू क्रान्तिका भरपर्दा शक्ति हुन् ।
हामी यतिबेला जुलुस, विरोधसभा, सामान्य, आम हडताल, नेपालबन्द आदि संघर्ष र आन्दोलनका तौरतरिकाहरू अपनाएर अघि बढिरहेका छौँ । यतिले मात्र जनविद्रोहको कार्यदिशा अगाढि बढ्न पूरा हुन सक्तैन । यी त संघर्षका विविध रुप मात्र हुन् । अब जनविद्रोहका निम्ति सशक्त र हस्तक्षेपकारी योजना र संघर्षका कार्यक्रमका साथ जनविद्रोहको आम कार्यक्रम, कार्ययोजनालाई अगाडि बढाएर मात्र हामीले नेपाली क्रान्तिलाई विजयको दिशातिर पु¥याउन सक्तछौँ ।
निचोड ः
क्रान्ति र प्रतिक्रान्तिको बीचबाट मात्रै क्रान्तिकारी कार्यदिशा अगाडि बढ्दछ । हाम्रो मुलुक यतिबेला यही क्रान्ति र प्रतिक्रान्तिका बीचबाट अगाडि बढिरहेको छ र हामीले वैचारिक रुपमा नवसंशोधनवादसित सम्बन्ध विच्छेद गरेर नै क्रान्तिकारी कार्यदिशा–जनयुद्धको जगमा जनविद्रोह कार्यदिशा निक्र्यौल गरेका छौँ । यो ऐतिहासिक आवश्यकताको उपज पनि हो । हामीसित विश्वका सफल÷असफल जनविद्रोह र जनक्रान्तिका अनुभवहरू छन् । नेपालकै जनआन्दोलन, जनविद्रोह र जनक्रान्तिका सफलता तथा असफलताका अनुभवहरू छन् । क्रान्ति र जनविद्रोहको हल्लाह त प्रतिक्रान्तिकारी तथा सबै खाले संशोधनवादीहरूले समेत गरिरहेका छन् । त्यो उनीहरूको जनताको बीचमा भ्रमको खेती गरेर आफ्नो गुमेको अस्तित्व धान्नु बाहेक अरु केही होइन । तर हामीले नेपालमा वास्तवमै जनयुद्धको जगमा टेकेर जनविद्रोह मार्फत नेपाली क्रान्ति सम्पन्न गर्ने निर्णाय शक्ति हौँ । त्यसो भएर रुसी महान् अक्टोबर क्रान्ति गर्ने पूर्व तयारीका बखत जसरी सोभियतहरूले आम जनतालाई ‘सोभियत’ मा परिणत गरेका थिए, त्यसैगरी हामीले पनि प्रत्येक नेपाली जनतालाई ‘नेपाली’ बनाउन र राष्ट्रिय स्वाधिनताको आन्दोलनलाई मुक्ति आन्दोलनसित गाँसेर विद्रोहको तयारी गर्न जरुरी छ ।
विद्रोहको निम्ति राजधानी लगायत देशका ठूला सहरहरूलाई विद्रोहको प्रमुख थलो बनाउने र गाउँलाई आधार क्षेत्र अर्थात आधार इलाकाको रुपमा विकास गरेर अगाडि बढ्नुको विकल्प छैन । जहाँसम्म विश्वासको संकटको प्रश्न हो, यसलाई पनि हल गरिनु पर्दछ । विगतका जनआन्दोलन, जनविद्रोहको नेतृत्व समेत गरेका प्रचण्ड–बाबुरामले समेत क्रान्ति र जनतालाई धोका दिएका र गद्दारी गरेकाले फेरि पनि आशंका गर्नु स्वाभाविक हुन्छ । फेरि पनि धोका नै हुन्छ कि भन्ने आशंकालाई हाम्रो नेतृत्व पंक्तिले आन्दोलनकै मैदानबाट विश्वास दिलाउनुको विकल्प छैन ।
२००७ सालको जनविद्रोह नेपाली कांग्रेसका कारणले असफलतामा टुंगियो । २०४६ सालको जनविद्रोह कांग्रेस, माले समेतको संयुक्त वाम मोर्चाको कारणले असफलतामा टुंगियो । २०५२ सालको जनविद्रोहका उपलब्धिहरू प्रचण्ड बाबुरामका कारणले गुम्न पुगे । २०६२÷६३ को जनविद्रोह कांग्रेस, एमाले समेतको ७ संसदवादी दलहरू र निरंकुश राजा ज्ञानेन्द्रका बीच विघटित संसद पुनर्वहाली गर्ने सम्झौतामा पुगेर असफलतामा टुंगियो । यी नकारात्मक परिघटनाहरूबाट शिक्षा लिएर अब सञ्चालन गरिने जनविद्रोहलाई कुनै पनि खाले सम्झौताबाट तुहिन नदिने सवालमा क्रान्तिकारी र आम जनता सचेत रहन जरुरी हुन्छ ।
Subscribe to:
Posts (Atom)