Tuesday, April 30, 2013

नेपाली कम्युनिस्ट आन्दोलनका ६४ वर्ष र नेपाली क्रान्तिको भविष्य




बिषय प्रबेश ः
    यही २०७० साल बैशाख ९ गते (सन् १९४९, अप्रिल २२) गते नेपाली कम्युनिष्ट आन्दोलनले ६४ वर्ष पुरा गरेर ६५ मा प्रवेश गरेको विविध प्रकारका आरोह–अवरोह र घुम्तिहरु तथा यस लामो ऐतिहासिक अवधिमा वर्गसंघर्ष र अन्तरसंघर्षका अत्यन्तै जटिल, वाङ्गाटिङ्ग र कहाली लाग्दा घुम्तिहरु पार गर्दै तथा विभिन्न टे«नहरु समेत पार गर्दै र फूट विभाजन, ध्रुविकरण, पून विभाजनका अत्यन्तै तिता मिठा अनुभव प्राप्त गरेको भएता पनि आज क्रान्तिट  र प्रतिक्रान्तिका बीचबाट महान नेपाली क्रान्ति सम्पन्न गर्ने काम भने बाँकी नै । यसै सेरोफेरोमा रहेर यो लेख लेख्ने  प्रयत्न गरिएको छ ।
    कार्ल माक्र्स र फ्रेडरिक एंगेल्सद्धारा लिखित विश्वविख्यात कम्युनिस्ट घोषणापत्रको प्रकाशन भएको ठिक १०१ बर्षपछि, र महान्् पेरिस कम्युनको निर्माण भएको ठिक ७८ बर्षपछि, अनि महान्् सोभियत अक्टुवर समाजवादी क्रान्ति सम्पन्न भएको ठिक ३२ बर्षपछि महान्् चिनियाँ नयाँ जनवादी क्रान्ति विजयको अन्तिम मोडमा पुगिरहेको अवस्थामा वि.सं. २००६ साल बैशाख १० गते (सन् १९४९ अप्रिल २२ तारिख) का दिन भारतको कोलकत्तामा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो । पुष्पलालको पहलकदमी र नेतृत्वमा नरबहादुर कर्माचार्य, निरन्जन गोविन्द वैद्य र नारायण विलास जोशी समेतको संलग्नतामा नेपाल कम्युनिस्ट एशियाई देशका कम्युनिस्ट पार्टीहरूमा सवभन्दा कान्छो पार्टीको रूपमा गठन भएको थियो । यसैबेला केन्द्रीय सङ्गठन समिति बन्यो र महासचिव कमरेड पुष्पलाललाई बनाइयो ।
    नेपाल कम्युनिस्ट पार्टीले २००६ साल १२ बैशाखमा जनताका नाममा एउटा अपिल प्रकाशित ग¥यो । राणा शासनका विरुद्ध पूर्ण नागरिक स्वतन्त्रताका लागि लड्न र त्यसका निम्ति स्थानिय रूपमा विभिन्न मोर्चा समितिहरू बनाउन उक्त अपिलद्धारा जनतासँग अनुरोध गरिएको थियो । र सामन्तवाद तथा साम्राज्यवादका विरुद्ध सङ्घर्षका बीचबाट पूर्ण नागरिक स्वतन्त्रता हासिल गरी समाजवाद र साम्यवादमा जाने लक्ष्य उद्घोष गरिएको थियो । त्यतिवेला अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थामा रहेको नेपालमा पार्टीको मूल नीति र कार्यक्रम अर्थात राजनीतिक कार्यदिशा सर्वहारावर्गको नेतृत्वमा सामन्तवाद, साम्राज्यवाद र विस्तारवादका विरुद्ध आम जनसमुदायको एकताद्धारा जनवादी क्रान्ति सम्पन्न गर्ने मान्यतामा आधारित थियो । पार्टीले नयाँ जनवादी क्रान्तिको स्पष्ट खाका कोरेको पनि थियो । स्थापनाकालमै नेपाल कम्युनिस्ट पार्टीले आफनो लक्ष्य र उद्देश्यलाई स्पष्टताका साथ अघि सारेको थियो ।

नेकपाको इतिहास सम्बन्धी टिप्पणीको प्रश्न ः
    हामीले इतिहासबाट के शिक्षा प्राप्त गरेका छौँ भने इतिहास तथ्यहरूद्धारा निर्माण हुने भएकोले यो निर्मम हुन्छ र त्यसलाई तोडमरोड गर्न मिल्दैन । त्यसको समीक्षा, संश्लेषण र सिंहावलोकन मात्र गर्न सकिन्छ । त्यसकै आधारमा त्यसबाट सकारात्मक र नकारात्मक शिक्षा ग्रहण गरेर अगाडि बढ्न प्रेरित गर्दछ । नेपाली कम्युनिस्ट आन्दोलनको ६२ वर्षको ज्यादै जटिल र अत्यन्तै संवेदनशील विषय हो ।
कम्युनिस्ट आन्दोलनको इतिहास जनआन्दोलन, वर्गसङ्घर्ष र दुइलाइन सङ्घर्ष वा विचारधारात्मक अन्तरसङ्घर्षका जटिल सजीव वाङ्गा टिङ्गा मोडहरू र आरोह अवरोहका परिघटनाहरूले भरिएको छ । नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासको अध्ययन गर्नेबारे अनेकौं विवादहरू पाइन्छन् । यस आन्दोलनका कैयौ घटकहरू वा नेताहरूले इतिहासलाई आफ्नो पक्षमा देखाउनका लागि विभिन्न रूपमा तोडमोड तथा अपव्याख्या गर्दै आएका छन र इतिहासलाई मनोगतवादी रूपमा लेख्ने र व्याख्या गर्ने गरेका छन् । नेपाली कम्युनिस्ट आन्दोलनको समग्र समीक्षा, संश्लेषण र सिंद्धावलोकन गर्ने क्रममा यी तमाम कुराहरूप्रति सतर्क रहन जरुरी छ । माक्र्सवादको मूल सिद्धान्त र क्रान्तिकारी सामाजिक व्यवहार अर्थात विचारधारात्मक, राजनीति तथा फौजी कार्यदिशालाई मापदण्ड बनाई नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासको अध्ययन गर्नु यसको समीक्षा, संश्लेषण र सिंद्धावलोकन गर्नु उपयुक्त हुन्छ ।

विचारधारात्मक प्रश्न ः
हाम्रो अध्ययनबाट हामीले के प्राप्त गरेका छौँ भने कमरेड माओत्सेतुङकै शब्दमा हरेक कुराको निर्धारण सही विचारले मात्र गर्दछ । कम्युनिस्ट पार्टी सर्वहारावर्गको अग्रदस्ता हो । नेपाल कम्युनिस्ट पार्टी नेपाली सर्वहारावर्गको प्रतिपादनपश्चात माक्र्सवाद–लेनिनवाद र माओवादको मार्गदर्शक सिद्धान्त र पथप्रदर्शक सिद्धान्तबाट निर्देशित हुदै आएको छ । माक्र्सवाद विश्व सर्वहारावर्गको मुक्तिको वैज्ञानिक र क्रान्तिकारी मार्गदर्शक सिद्धान्त हो । माक्र्सवादका प्रणेता काल माक्र्स (१८१८–१८८३) र फेडरिक एंगेल्स (१८२०–१८९५) हुनुहुन्छ । माक्र्सवादका तीन संघटक अंग छन्, ती हुन्–दर्शन, राजनीतिक अर्थतन्त्र र वैज्ञानिक समाजवाद । माक्र्सवाद सर्वहारावर्गको मुक्तिको सिद्धान्त भएकोले यसले उत्पीडित जनसमुदायका साथै सिंगो मानव जातिलाई मुक्ति प्रदान गर्दछ । माक्र्सवादको अभिष्ट साम्यवादी समाजको स्थापना हो । माक्र्स र एंगेल्सले सर्वहारावर्गको राजनीतिक प्रतिनिधिका रूपमा कम्युनिस्ट पार्टीको निर्माण अनिवार्य रूपमा आवश्यक भएको र यसको नीति तथा कार्यक्रम वा समग्र कार्यदिशाका रूपमा सन् १८४८ फेबु्रअरीमा कम्युनिस्ट पार्टीको घोषणापत्रको रचना गर्नुभयो । माक्र्सवादको सैद्धान्तिक ग्रन्थ यही नै हो ।
माक्र्सवाद सर्वहारा क्रान्तिको विज्ञान हो । यो पुँजीवादको प्रारम्भिक अवस्थामा विकसित भएको हो । द्धन्द्धात्मक तथा ऐतिहासिक भौतिकवाद, अतिरिक्त मूल्यको सिद्धान्त, वर्गसङ्घर्ष तथा इतिहासमा बल प्रयोगको भुमिका र वैज्ञानिक समाजवाद तथा साम्यवाद यसका आधारभूत मान्यता हुन् । प्रकृति, समाज, राज्यव्यवस्था आदिकाबारेमा कार्ल माक्र्स र फ्रेडरिक एंगेल्सले महान्् खोज र प्रयोगद्धारा निकाल्नु भएको वैज्ञानिक तथा क्रान्तिकारी विचार, सिद्धान्त र विचारलाई माक्र्सवाद भनिन्छ । माक्र्सवादले पुँजीपति वर्गको राज्यव्यवस्थालाई ध्वस्त पारी त्यसको ठाउँमा सर्वहारावर्गको राज्यव्यवस्थालाई स्थापना गर्ने सही क्रान्तिकारी बाटो देखाउछ । माक्र्सवादको परिमार्जन र विकासका क्रममा लेनिनवाद र माओवादमा गुणात्मक रूपले विकास भएको छ ।
साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगमा लेनिन (सन् १८७०–१९२४) ले माक्र्सवादलाई विकसित तुल्याउनु भयो । र लेनिनवादको जन्म भयो । माक्र्सवादको गुणात्मक विकासको दोस्रोे चरण लेनिनवाद हो । पुँजीवादले साम्राज्यवादमा प्रवेश गर्नु उत्पादक शक्ति सर्वहारा आन्दोलन तथा ज्ञान विज्ञानका विविध क्षेत्रमा थप प्रगति हुँदै जानु र यस प्रकारको नयाँ परिस्थिति अनुरूप माक्र्सवादलाई नयाँ उचाइँमा विकसित गर्नु पर्ने ऐतिहासिक आवश्यकताका बीचबाट लेनिनवाद जन्मियो । यसै प्रक्रियामा माओत्सेतुङ (१८९३–१९७६)ले माक्र्सवाद–लेनिनवादलाई विकसित तुल्याउनु भयो र माओवाद जन्मियो । माक्र्सवाद–लेनिनवादको गुणात्मक विकासको तेस्रोर नयाँ चरण माओवाद हो । सामन्तवादी–साम्राज्यवादी शोषणको दोहोरो उत्पीडनबाट आक्रान्त, अविकसित देशहरूका क्रान्तिका समस्याहरूको समाधानका लागि समाजवादी समाजका अन्तरविरोधहरूको समाधान गर्नु पर्ने र आधुनिक संशोधनवादका विरुद्धको लडाइँ लड्नु पर्ने ऐतिहासिक आवश्यकताको पृष्टभूमिमा माओद्धारा माक्र्सवाद–लेनिनवादको थप परिमार्जन तथा विकास गरी त्यसलाई माक्र्सवाद–लेनिनवाद–माओवादको तेश्रो, नयाँ र गुणात्मक उचाइँमा पु¥याउने काम भयो । यसरी आज अन्तर्राष्ट्रिय सर्वहारा वर्गको हातमा एउटा सार्वभौम सिद्धान्तको सिंगो अभेद्य इकाइका रूपमा माक्र्सवाद–लेनिनवाद–माओवाद रहेको छ । अतः माक्र्सवाद–लेनिनवाद–माओवाद नेपाली सर्वहारावर्गको मार्गदर्शक सिद्धान्त बनेको छ । एकीकृत नेकपा (माओवादी) विश्व सर्वहारावर्गको एक टुकडी भएकोले माक्र्सवाद–लेनिनवाद–माओवाद यसको पनि मार्गदर्शक सिद्धान्त र पथप्रदर्शक सिद्धान्त हो । यसै सिद्धान्तबाट यो पार्टी संचालित हुदै आएको छ । मालेमावादको मार्ग निर्देशनबिना एमाओवादी पार्टी क्रान्तिकारी कम्युनिस्ट बनिरहन सक्तैन ।

नेकपाको विकास प्रक्रिया ः
अहिले नेपाली कम्युनिस्ट आन्दोलनले ६४ वर्ष पार गरिसकेको छ । यति लामो ऐतिहासिक अबधिमा यस आन्दोलनभित्र वर्गसङ्घर्ष र दुइलाइन सङ्घर्ष वा विचारधारात्मक अन्तरसङ्घर्षका अनेकौ जटिल, वाङ्गा टिङ्गा र कहाली लाग्दा घुम्तीहरू रहेका छन् । सर्वविधितै छ, यो आन्दोलन लामो समय पहिलेदेखि अनेकौ समुह–उपसमुहहरूमा विभाजित रहदै आएको छ । अतः सारमा यस आन्दोलनभित्र क्रान्तिकारी र संशोधनवादी दुई परस्परविरोधी धाराकै द्धन्द्ध प्रमुख बनेर आयो ।
आज नेपाली कम्युनिस्ट आन्दोलनको दक्षिणपन्थी संशोधनवादी–सुधारवादी धारा जो नेकपा एमालेले नेतृत्व गर्दै आएको छ । आफुलाई विजातिय कित्तामा सामेल गर्दै दक्षिणपन्थी एवम् आधुनिक संशोधनवादी धारामा गुणात्मक फड्को हान्न पुगेको छ भने यसको विपरित नेपाली कम्युनिस्ट आन्दोलनको क्रान्तिकारी धारा जो एकीकृत नेकपा माओवादीले नेतृत्व गर्दै आएको छ । आज माक्र्सवाद–लेनिनवाद–माओवादका रूपमा गुणात्मक ढंगले विकसित हुँर्दै दश वर्षे सशस्त्र जनयुद्ध र शान्ति प्रक्रियाहुँर्दै संविधानसभाको निर्वाचन र त्यसको गठनमार्फत सामन्ती राजतन्त्रको अन्त्य गरेर गणतन्त्रको घोषणा समेत गरेर यहाँसम्म आइपुगेको छ । अहिले सामन्तवाद र साम्राज्यवाद विरोधी सारतत्व भएको जनताको संघीय गणतन्त्रात्मक संविधान निर्माण गरेर नयाँ जनवादी क्रान्तिलाई अन्तिम विजयमा पु¥याउन अगाडि बढ्ने, यदि यस कार्यमा देशी विदेशी प्रतिक्रियावादी शक्तिहरूबाट षडयन्त्र भएमा जनविद्रोहमार्फत नेपाली क्रान्ति सम्पन्न गर्ने महान्् र जटिल प्रक्रियामा फड्को मार्ने स्तरमा पुगेको छ । नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासको यस द्धन्द्धवादलाई हामी माओवादी क्रान्तिकारीहरूले अत्याधिक गहिराइका साथ हृदयगम गर्न जरुरी छ ।

नेकपाले पार गर्दै आएको प्रमुख मोडहरू ः
सर्वविदितै कुरा हो कि नेपाल कम्युनिस्ट पार्टीको ६४ वर्षको लामो इतिहास अनेकौ बाङ्गा टिङ्गा मोडहरूको बीचबाट विकसित हुदै अगाडि बढिरहेको छ । विचारधारात्मक तथा राजनीतिक कार्यदिशा र आन्दोलनको अवस्थालाई मूल आधार बनाउँदै नेपाल कम्युनिस्ट पार्टीले पार गर्दै आएको विविध मोडहरूको बेग्लाबेग्लै रूपमा अध्ययन, विश्लेषण र समिक्षा गर्नु आवश्यक देखिन्छ ।

पार्टी स्थापनाको मोड ः (वि.स.२००६–२००८)
इतिहासका पाना पल्टाएर हेर्दा हामी के पाउँछाँै भने विश्वका विभिन्न देशहरूमा भएका पुँजीवादी जनवादी क्रान्ति, सोभियत रुसमा सम्पन्न महान्् अक्टुवर समाजवादी क्रान्ति, महान्् चिनियाँ नयाँ जनवादी क्रान्ति, भारतको तेलंगाना सशस्त्र सङ्घर्ष तथा भारतकै अंग्रेज साम्राज्यवादविरोधी राष्ट्रिय मूक्ति आन्दोलनको प्रभाव र आफ्नै देश नेपालमा राणा शासन विरोधी आन्दोलनको पृष्टभूमिमा नेपालमा माक्र्सवादको प्रवेश भएको थियो । यसै प्रक्रियामा अर्थात ५ अप्रिल १९४९ मा कमरेड पुष्पलालद्धारा नेपाली भाषामा अनुदित विश्वप्रसिद्ध कम्युनिस्ट पार्टीको घोषणापत्र प्रकाशित भयो । यस प्रक्रियाले नेकपाको स्थापनाका लागि कोसेढुङ्गाको काम ग¥यो । त्यसै प्रसंग र पृष्ठभूमिमा महान्् लेनिनको जन्मजयन्तीको अवसर पारेर भारतको पश्चिम वंगालको कलकत्तामा वि.स.२००६ साल बैशाख १० गते (सन् १९४९ अप्रिल २२ तारिख) का दिन क.पुष्पलाल श्रेष्ठ, क.निरन्जन गोविन्द वैद्य, क.नारायण बिलास जोशी र क नरबहादुर कर्मचार्यद्धारा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भयो । यसैबेला केन्द्रीय सङ्गठन समिति बन्यो र महासचिब क. पुष्पलाललाई बनाइयो ।
नेपाल कम्युनिस्ट पार्टीको स्थापना हुनु एउटा युगान्तकारी घटना थियो । किनकि त्यतिबेला नेपालमा स्थानीय र राष्ट्रिय स्तरका विभिन्न रंगका राजनीतिक दलहरू गठन त भइसकेका थिए तर पनि कुनै पनि राजनीतिक दलसँग एक वा अर्को रूपमा आंशिक लक्ष्यहरू भएतापनि नेपाली समाजलाई राजनीतिक आर्थिक र सांस्कृतिक रूपले कसरी क्रान्तिकारी ढंगले रूपान्तरित गर्ने भन्ने स्पष्ट लक्ष्य थिएन । नेपाली जनता लामो समयदेखि सामन्तवाद, साम्राज्यवाद र दलाल नोकरशाही पुँजीवादको शोषण र उत्पीडनमा परेका थिए । त्यसकाविरुद्ध सङ्घर्ष गर्दै आएका थिए र उनीहरू त्यसबाट मुक्ति पाउन चाहन्थे । जनता र राष्ट्रका यी चाहनाहरूलाई अभिव्यक्ति दिने कुनै राजनीतिक दल मुलुकमा थिएन । २००५ सालमा गठन भएको नेपाली कांग्रेजले पनि शासक वर्ग र अन्तरर्राष्ट्रिय पुँजीवादसँग संझौता गर्ने, घुडा टेक्ने र जनताका हितहरूलाई लत्याइदिने लक्ष्य देखाउन थालेको थियो । जसले गर्दा मुलुकमा एउटा सशक्त र प्रभावकारी क्रान्तिकारी पार्टी निर्माण गर्नु आवश्यक थियो । यही आवश्यकता पूरा गर्ने उद्देश्यका साथ नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो । स्थापनादेखि नै नेपाल कम्युनिस्ट पार्टीले न्यूनतम कार्यक्रम नयाँ जनवादी क्रान्ति र अधिकतम कार्यक्रम समाजवाद र साम्यवाद राखेको थियो । यो नै सही थियो ।

एकीकृत पार्टी मोड (दक्षिणपन्थी संशोधनवादी धाराको विकाससहित), (वि.स.२००८–२०१९)
यस ६४ वर्षको लामो इतिहासमा नेपाली कम्युनिस्ट आन्दोलनले विभिन्न मोडहरू पार गर्दै यहाँसम्म आइपुगेको छ । २००६ सालमा नेकपाको स्थापना भयो । २००८ सालको वरिपरिको अवधिलाई माथि पनि उल्लेख गरिएको छ, त्यस अवधि पार्टी स्थापना र नयाँ व्यवस्थापनकै अवधिको रूपमा लिन सकिन्छ । यहाँ २००८ सालदेखिको अवधि उल्लेख गर्न खोजिए पनि पार्टी स्थापनाकालदेखि तेस्रो महाधिवेशन २०१९ साल बैशाखसम्मको अवधिलाई नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमा दोस्रो मोडको रूपमा लिन सकिन्छ । यो मोडमा पार्टीका तीनवटा महाधिवेशनहरू सम्पन्न भएका छन् । र तेस्रो महाधिवेशनसम्म आउँदा दोस्रो मोड समाप्त हुन्छ ।
२००८ साल असोज ११–१६ मा भारतको कलकत्तामा पहिलो राष्ट्रिय सम्मेलन सम्पन्न भयो । उक्त सम्मेलनमा अन्तरसम्बन्धित जनताको जनवाद, जातीय आत्मनिर्णयको अधिकार, जमिन जोत्नेको नारा, राष्ट्रिय अर्थतन्त्र, जनवादी संस्कृति, राष्ट्रिय जनतान्त्रिक संयुक्त मोर्चालगायत कमरेड पुष्पलालद्धारा प्रस्तुत राजनीतिक कार्यदिशा पारित गरियो । यो समग्र कार्यनीतिक कार्यदिशा तत्कालीन अवस्थामा नयाँ नेपाली जनवादी क्रान्ति सम्पन्न गर्नका निम्ति वस्तुवादी अर्थात् माक्र्सवादी–लेनिनवादी दृष्टिकोणमा आधारित थियो र पार्टीले सही लाइन पकडेको थियो ।
त्यस सम्मेलनले त्रिपक्षीय राष्ट्रघाती दिल्ली संझौताको विरोध ग¥यो र अधुरो ‘क्रान्ति’ पुरा गर्ने कार्यनीति तय भयो । २००८ सालमा नै के.आई.सिह विद्रोह भयो । यस विद्रोहमा नेकपाको संलग्नता रहेको आरोप लगाउदै तत्कालिन नेपाली कांग्रेसको मातृकाप्रसाद कोइरालाको सरकारले नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगायो र पाँच वर्षसम्म नेपाल कम्युनिस्ट पार्टी भूमिगत रह्यो ।
२०१० साल माघ १३–१७ मा पाटनको ग्वाहालमा भुमीगत रूपमा नेपाल कम्युनिस्ट पार्टीको पहिलो राष्ट्रिय महाधिवेशन सम्पन्न भयो । त्यस महाधिवेशनले मनमोहन अधिकारीलाई महासचिबमा निर्वाचित ग¥यो । त्यस महाधिवेशनले कुनै नयाँपन ल्याउन सकेन र पार्टीको दोस्रोे महाधिवेशन काठमाण्डौमा खुल्ला वातावरणमा २०१४ साल जेठमा सम्पन्न भयो । त्यस महाधिवेशनले जनवादी कार्यक्रमको रणनीति र गणतन्त्र तथा संविधानसभा चुनावको कार्यनीति पारित ग¥यो । दोस्रोे महाधिवेशनको विडम्वना के रहयो भने गणतन्त्र विरोधी डा.केशरजंग राममाझीलाई पार्टीको महासचिव निर्वाचित ग¥यो ।
२००७ सालमा घोषित संविधानसभाको निर्वाचन राजा र कांग्रेजका कारणले गरिएन । राजालाई यथावतै काममै राखी नाम मात्रको संसद स्वीकार गरियो । २०१५ सालमा संसदको निर्वाचन सम्पन्न भयो । त्यसमा नेपाली कांग्रेसले अत्याधिक बहुमत ल्यायो । नेपाल कम्युनिस्ट पार्टीले चार स्थान मात्र प्राप्त ग¥यो ।
२००७ सालदेखिपछि पार्टीले अनेकौ सङ्घर्षहरू चलायो । यस सन्दर्भमा त्रिपक्षीय दिल्ली संझौताको विरोध बारा, पर्सा, रौतहट लगायत पूर्वी तराइका विभिन्न जिल्लाहरूमा जमिन्दार वर्गकाविरुद्ध सशक्त किसान आन्दोलन, भारतसँग गरिएका कोशी गण्डकी संझौताको विरोध र संविधानसभाको निर्वाचनका लागि उठाएको आवाज लगायतका सङ्घर्षहरू त्यस अवधिका उल्लेखनीय रहेका छन् ।
२००७ साल पुस १ गते तत्कालीन राजा महेन्द्रद्धारा फौजीकाण्ड घटाएर बहुदलीय व्यवस्थालाई अपदस्त गरेर निरंकुशतन्त्र चलाउन थालेपछि भारतको दरभंगामा २०१७ फाल्गुणमा १ महिनासम्म पार्टीको प्लेनम बस्यो । सो प्लेनममा सर्वसत्तासम्पन्न संसदको स्थापना, विघटित संसदको पुनःस्थापना र संविधानसभा जस्ता तीन कार्यनीतिक प्रस्ताव प्रस्तुत गरिए र दोस्रोे प्रस्तावमा रहेको विघटित संसदको पुनःस्थापना नामक प्रस्ताव पारित भयो ।
पार्टीको तेस्रो महाधिवेशन ०१९ साल वैशाख ४ –१५ भारतको वनारमा सम्पन्न भयो । यसमा पार्टीले पहिलेदेखि निर्णय गर्दै आएको जनताको जनवादी कार्यक्रको साटो राष्ट्रिय प्रजातन्त्रको कार्यक्रम पारित ग¥यो । कार्यनीतिक रूपमा सर्वशक्तिसम्पन्न सार्वभौम संसदसहितको स्थापना अंगीकार गरी किटान भयो । त्यस महाधिवेशनले तुल्सीलाल अमात्यलाई महासचिवमा निर्वाचित ग¥यो । राजावादी भासमा फस्न पुगेका डा. केशरजंज रायमाझीलाई अनुशासनको कार्वाही गरी पार्टीबाट निकालियो । तर उनले राजावादी गुट खडा गरे ।
स्पष्ट रूपमा के देखिन्छ भने वि.स ००६ सालदेखि ०१९ सम्म आउँदा कम्युनिस्ट पार्टीमा दुइलाइन सङ्घर्ष तीव्र बन्यो । यो सङ्घर्षमा मुख्यत पहिले महाधिवेशनदेखि तेस्रो महाधिवेशनसम्म निकै चर्केर गयो । ००८ सालमा सम्पन्न पहिले ऐतिहासिक सम्मेलनबाट पारित कयौं मान्यताहरूमाथि संशोधन गरिएका थिए । ०१२ सालमा ००८ देखि सरकारद्धारा लगाइदै आएको प्रतिवन्ध फुकुवा गर्ने विषयमा गंभीर वहस चल्यो । पार्टीलाई वैधानिक बनाउने नाममा राजाको वैधानिक नायकत्व र समाजवादमा शान्तिपूर्ण संक्रमणको नीति अंगीकार गरियो । यो खु्रश्चोभी नव संशोधनवाद प्रवेश थियो नेकपाभित्र । ०१३ वैशाख ३ गते तत्कालीन महासचिव मनमोहन अधिकारीद्धारा राजाको वैधानिक परिधिभित्र रही शान्तिपूर्ण तरिकाले समाजवादको स्थापना गर्ने सकिनेमा आफ्नो विश्वास प्रतिवद्धता प्रकट गर्दै त्यसैलाई आफ्नो नीति घोषित गर्ने वचनवद्धताका साथ सरकारलाई पत्र पठाईयो र प्रेस विज्ञेप्ती पनि प्रकाशित गरियो । सरकारको विज्ञेप्तीमा भनिएको छ ः ‘नेपाल कम्युस्टि पार्टीले आफुमाथि लागेको प्रतिवन्ध हटोस भन्ने अपिल सरकारसँग गरेको र हिजो सरकारको छेउ प्रतिनिधिहरू पठाई आफ्नो नीति स्पस्ट गरेकोले आजदेखि कम्युनिस्ट पार्टीबाट सरकारको प्रतिवन्ध हटाइएको छ । आफ्नो नीति स्पष्ट गर्दै पार्टीले भनेको छ कि समाजवाद शान्तिपूर्ण तरिकाले स्थापना गर्न सकिन्छ भन्ने कुरामा कम्युनिस्ट पार्टी विश्सास गर्दछ । कम्युनिस्ट पार्टीले यो स्पष्ट गर्दछ कि राजको वैधानिक नायकत्वमा प्रचलित कानुनको अधिनमा रही आएको समाजवादी सिद्धान्तको प्रचार गर्ने छ ।’ यो वक्तव्यसहित ०१३ वैशाख ४ गते सरकारले ००८ माघ १० गतेदेखि लगाउदै आएको प्रतिवन्ध ५ वर्षपछि फुकुवा हटायो । २०१३ वैशाख ३ गते पार्टीमाथिको प्रतिवन्ध हटाउनका लागि राजाको प्रधानता (नायकत्व) स्वीकार र शान्तिपूर्ण संक्रमणको बाटोबाट समाजवाद निर्माण गर्ने पत्र सरकारलाई पठाएको दिन देखि नेपाल कम्युनिस्ट पार्टीलाई विधिवत रूपमा दक्षिणपन्थी संशोधनवादमा प्रवेश गराइएको थियो ।
नेपाली कम्युनिस्ट पार्टीमाथि लागेको प्रतिबन्ध हटाइएको यो घटना इतिहासमा अत्यन्तै विवादास्पद विषयमा रहेको पाइन्छ । पार्टीभित्र दक्षिणपन्थी सुधारवादी विचारको प्रवेश यहीबाट शुरु भएको थियो । पार्टीमाथिको प्रतिबन्ध हटेपछि आयोजित केन्द्रीय समितिको प्रथम वैठकमा पोलिट्व्युरोले राजाको सम्बन्धमा आफ्नो नीति स्पष्ट पार्दै लिखित रूपमा दिइएको वक्तव्यको तीव्र आलोचना गरी वहुमतद्धारा त्यसलाई अस्वीकार गरेको थियो ।
दोस्रोे महाधिवेशनमा गणतन्त्रवादी र संवैधानिक राजतन्त्रवादी धाराका बीचमा भीषण दुइलाइन सङ्घर्ष देखा प¥यो । तेस्रो महाधिवेशनसम्म आउँदा पार्टीले जनवादी कार्यक्रमलाई परित्याग गरी राष्ट्रिय प्रजातन्त्रको संशोधनवादी कार्यक्रम र तदनुसारको संसदवादी कार्यनीति पारित गरेर पार्टीलाई विसर्जनको दिलमा पु¥याएको थियो ।

पार्टी टुट फुट र विभाजनको मोड (२०१९–२०४६)
नेपाली कम्युनिष्ट आन्दोलनको चर्चा गर्ने क्रममा हामी के पाउँछौ भने २०१९ सालमा सम्पन्न नेकपाको तेस्रो महाधिवेशनको आसपासदेखि २०४६ सालको जनआन्दोलनसम्मको अवधिलाई नेपाली कम्युनिस्ट आन्दोलनभित्र पार्टी टुटफुट र विभाजनको रूपमा लिइन्छ । तेस्रो महाधिवेशनपछि पार्टी केन्द्रीय समितिभित्र तीव्र विवाद चर्कदै गयो । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा रुसी र चिनियाँ कम्युनिस्ट पार्टीभित्र चर्कदै गएका विवादको असर नेपाली कम्युनिस्ट आन्दोलनभित्र पनि प¥यो । त्यसै प्रक्रियामा तुल्सीलालको ‘कुन बाटो’ र पुष्पलालको ‘मूलबाटो’जस्ता दस्तावेजहरू खुल्ला रूपमा वाहिर आए । पार्टी केन्द्र नेतृत्वविहीन र विचारविहीन अवस्थामा पुग्यो । पार्टी अस्तव्यस्त र विभाजनको शिकार बन्न पुग्यो । र पार्टी फुटेर छरपस्त हुन पुग्यो ।
त्यसै परिस्थितिमा पार्टीमा तीन धाराहरू देखा परे । ती थिए– पुष्पलाल समुह, माले समुह र चौम समुह । नेपाल कम्युनिस्ट विभाजन हुनुको मूख्य कारण तत्कालीन कार्यनीति सम्बन्धी मतभिन्नताहरू थिए । २०१९ सालको तेस्रो महाधिवेशनपछि पार्टी नीति विहिनताकै कारण छिन्नभिन्न बन्न पुगेको थियो । केन्द्रको विघटनपछि प्रान्तीय र जिल्ला कमिटीहरूले स्वतन्त्र र समानान्तर पार्टीको रूपमा काम गर्न थाले । त्यही परिवेशमा २०२५ सालमा भारतको गोरखपुरमा तेस्रो राष्ट्रिय सम्मेलन गरेर पुष्पलाल समुह अस्तित्वमा आयो र उक्त सम्मेलनले नयाँ जनवादी कार्यक्रम अंगीकार ग¥यो । त्यसले कांग्रेस र कम्युनिस्टहरूबीच एकता कायम गरी निरंकुश पञ्चायती शासनका विरुद्ध सङ्घर्ष गर्ने कार्यनीति पारित ग¥यो । साथै त्यस सम्मेलनले क. पुष्पलाललाई महासचिवमा निर्वाचित ग¥यो ।
०२८ सालको ऐतिहासिक झापा विद्रोहको प्रक्रियाबाट नेकपा(माले) समुह जन्मियो । त्यसले दक्षिणपन्थी संशोधनवादका विरुद्ध सङ्घर्षको झण्डा उठायो र सशस्त्र सङ्घर्षको प्रक्रियामा अघि बढ्यो । त्यसको नीति एक एरिया एक यूनिट, एक स्क्वायड र एक एक्सनमा आधारित ‘वर्गशत्रु खतम गर’ लाइनमा आधारित थियो । चारु मजुम्दारको नेतृत्वमा भारतको नक्सलवाडीहरूको सोचबाट संचालित सशस्त्र किसान विद्रोहबाट प्रभावित चिन्तनमा निम्न पुँजीवादी यान्त्रिकता र वामपन्थी दुस्साहसवादका गंभीर कमजोरीका बावजुद झापा सशस्त्र कार्वाही एक यस्तो ऐतिहासिक विद्रोह थियो, जसले जनआन्दोलनको संशोधनवादी धार र राजाको सामन्ती सत्तामा समेत खैलावैला मच्चियो । सशस्त्र सङ्घर्षको प्रश्न कमसेकम कम्युनिस्ट आन्दोलनमा आम बहसको विषय बनेर गयो । पछि २०३५ सालमा पुगेर नेकपा (माले) बन्यो र सीपी मैनालीलाई संस्थापक महासचिब बनाइयो ।
०२८ सालमा मोहनविक्रम सिंहद्धारा न्यूक्लसको निर्माण भयो । न्यूक्लस हुँदै ०३१ सालमा भारतको अयोध्यामा सम्पन्न चौथो महाधिवेशनको वीचबाट नेकपा (चौ.मा) अगाडि बढ्यो । त्यस महाधिवेशनले ‘देशभक्त र जनतान्त्रिक’ शक्तिहरूको सरकारको कार्यनीति पारित ग¥यो र मोहनविक्रम सिंहलाई महामन्त्री बनाइयो । यी तीनवटै समुहहरू चीनमा माओत्सेतुङको नेतृत्वमा संचालित महान्् सर्वहारा साँस्कृतिक क्रान्तिलाई वैज्ञानिक उर्जा मुहान मान्ने गरेको थियो । सैद्धान्तिक तथा राजनीतिक रूपमा हेर्दा यी तीनवटै समुह माक्र्सवाद–लेनिनवाद र माओविचारधारा, नयाँ जनवादी कार्यक्रम तथा सशस्त्र सङ्घर्ष मान्ने समुह नै थिए । तर यी समुहवीच एकता हुन नसक्नुमा आन्दोलनभित्र विद्यमान अवसरवादी चिन्तनले काम गरेको थियो ।
यस अतिरिक्त पुष्पलाल समुहबाट अलग भएर मुक्तिमोर्चा, नेमकिपा, सर्वहारावादी श्रमिक सङ्गठन जस्ता उपसमुहहरू बनेका थिए । अर्काेतिर राजावादी रायमाझी समुह पनि कैयौ चिरामा विभाजित हुँदै गएको थियो । रुस पक्षधर तुल्सीलाल समुहले पनि आफ्नो नाममात्रको अस्तित्व कायम राखेको थियो । यसै प्रक्रियामा नेकपा (माक्र्सवादी) समुह पनि बनेको थियो । यसरी विभाजन भएपछि २०३१ साल यता सशक्त समुहका रूपमा नेकपा सयुक्त (चौ.म.) र नेकपा (माले) नै रहेका थिए ।
९ सेप्टेम्वर १९७६ मा चीनमा माओत्सेतुङको निधन भयो । त्यस पश्चात अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको अध्ययन गर्ने र संशोधनवादको पहिचान गर्ने बारेमा नेकपा संयुक्त चौम र नेकपा (माले) बीच गंभीर मत रहन गयो । नेकपा संयुक्त चौमले २०२८ सालमा भारतको अयोध्यामा प्लेनम गरी चीनमा पुँजीवाद पुनःस्थापना भएको ठहर ग¥यो र महान्् सर्वहारा साँस्कृतिक क्रान्तिप्रति प्रतिबद्धता जनायो । तर नेकपा (माले) यो मान्यताको विरोधमा उत्रियो ।
०४० सालपछि सुरुमा नेकपा चौथो महाधिवेशन अन्तरगतका नेकपा (मशाल), नेकपा (मसाल) र नेकपा (चौ.म.) गरि तीन समुहमा विभाजित हुन पुगे । ०४० सालमा सम्पन्न राष्ट्रिय सम्मेलनमा निर्मल लामा सहितका केही नेताहरू पार्टीबाट निस्काशित भए । यो सम्मेलनबाट पार्टीको नाम नेकपा (मशाल) राखियो र चित्र बहादुर के.सीलाई जनरल सेक्रेटरीमा निर्वाचित गरियो । निस्काशित पक्षबाट नेकपा(चौम) समुह बनाइयो र निर्मल लामालाई महासचिव बनाइयो । २०४१ सालमा नेकपा (मशाल)को पाँचौ महाधिवेशन सम्पन्न भयो । यसले क.मोहन वैद्य ‘किरण‘लाई महामन्त्री निर्वाचित ग¥यो । त्यसपश्चात पार्टीभित्र अन्तरसङ्घर्ष तीव्र बन्दै गयो र ०४२ सालमा पार्टी पुनः विभाजित भयो । अल्पमत पक्षले नेकपा (मसाल) समुह बनायो र त्यसको महामन्त्रीमा मोहन विक्रम सिंहलाई चयन ग¥यो ।
०१७ पुस १ गतेदेखि २०४६ सम्मको अवधि राजाको निरंकुशतन्त्रमा आधारित पञ्चायती शासनको कालरात्रीको अबधि थियो । यो अवधिमा सुरुमा नेपाली कांग्रेसले निरंकुशताका विरुद्ध बन्दुक उठायो । नेकपा (माले)ले पनि (२०२८–२०३७) एक दशकसम्म सशस्त्र सङ्घर्ष चलायो । यो अवधिमा पुष्पलाल समुहद्धारा अर्घाखाचीको हर्रेवर्रेसहित रुकुम, प्यूठान, गुल्मीलगायत देशका कतिपय भागमा किसान सङ्घर्ष चलाइयो । नेपालका सुस्ता, महेशपुर क्षेत्रमा भएका भारतीय विस्तारवादी अतिक्रमण र उत्पीडनका विरुद्ध पनि सङ्घर्ष चले । २०३५,२०३६ सालको विद्यार्थी आन्दोलनको पनि महत्वपूर्ण रह्यो । त्यसले जनमत संग्रहमा पु¥यायो तर राजतन्त्रले षडयन्त्रमुलक ढंगले पंचायतलाई जितायो । ०४२ सालको शिक्षक आन्दोलन र रामराजासिंहद्धारा घटाइएको वमकाण्ड पनि उल्लेखनीय रहेका छन् । अन्ततः ०४६ को राजतन्त्र विरुद्धको ऐतिहासिक जनआन्दोलन उल्लेखनीय रहेको छ ।
सुरुमा कांग्रेसले पंचायती व्यवस्थाको विरोधमा बन्दुक उठाएपनि त्यो प्रभावकारी रहेन । त्यो बेला नेकपा मालेले पनि बन्दुक उठायो । पछि त्यो संशोधनवादमा पतन हुन पुग्यो । ०४६ को संयुक्त जनआन्दोलनमा एकातिर कांग्रेस, माले, माक्र्सवादीसहितको वाममोर्चा र अर्कोतिर मशाल, मसाल, नेकपा संयुक्त, सम्भुरामसहितको संयुक्त राष्टिय जनआन्दोलन मोर्चाको संलग्नता संयुक्त पहलमा सम्पन्न भएको थियो । ०४६ को जनआन्दोलन नेपालमा पंचायती शासनको मात्रै अन्त्य नभएर राजतन्त्रको अन्त्य र गणतन्त्रको दिशामा परिलक्षित थियो तर कांग्रेस र मालेसहितको सहमतिमा धोकापूर्ण संझौताद्धारा २६ चैत्र ०४६ टुंगोमा पु¥याइयो र नेपाली जनतालाई ठूलो धोका दिइयो । निरंकुश पंचायती व्यवस्थाको अन्त्य भएर नाम मात्रको बहुदलीय व्यवस्थाको स्थापना हुन पुग्यो ।

पुन ः पार्टी एकीकरण प्रक्रियाको मोड (०४७– ०५१) ।
नेपाली कम्युनिष्ट आन्दोलनले विभिन्न प्रक्रियाहरु पार गर्ने क्रममा ०४६ को ऐतिहासिक जनआन्दोलनपश्चात नेपाली कम्युनिस्ट आन्दोलनभित्र पार्टी एकीकरणको प्रक्रिया शुरु भयो । ०४७ मा मशाल, विद्रोही मसाल, चौम र सर्वहारा श्रमीक सङ्गठन मिली पार्टी एकता संयोजन समिति बन्यो र नेकपा एकताकेन्द्र बन्यो । ०४८ मंसिरमा एकता महाधिवेशन सम्पन्न भयो । त्यस महाधिवेशनबाट माक्र्सवाद लेनिनवाद माओवाद, नयाँ जनवाद, दीर्घकालीन जनयुद्ध सहितको विचारधारात्मक राजनीतिक फौजी कार्यदिशा पारित भयो । यसले संसदीय चुनावमा भाग लियो र मुलुको तेस्रो दलको रूपमा स्थापित भयो । अर्कोतिर सशस्त्र सङ्घर्षको तयारीमा पनि लाग्यो । त्यस महाधिवेशनले प्रचण्डलाई महामन्त्रीमा निर्वाचित ग¥यो ।
अर्कोतिर ०४७ पौष २२ गते नेकपा माले र माक्र्सवादीबीच एकता भएर नेकपा एमाले बनाइयो । यसले ०४९ माघमा पाँचौ महाधिवेशन ग¥यो र सो महाधिवेशनद्धारा जनताको बहुदलीय जनवाद नामक संशोधनवादी कार्यक्रम पारित गराइयो । त्यस मशाधिवेशनले मनमोहन अधिकारीलाई अध्यक्ष र महासचिवमा मदन भण्डारीलाई निर्वाचित गरयो । पछि तुल्सीलाल समुह पनि एमालेभित्रै समाविष्ट भयो । एमालेले माओविचारधारा, नयाँ जनवाद, सशस्त्र सङ्घर्ष जस्ता मालेमावादी सिद्धान्तलाई परित्याग गरि बहुदलीय जनवादको पुँजीवादी सिद्धान्त, कार्यक्रम र नीति अंगालेर दक्षिणपंथी संशोधनवादमा पतन हुन पुग्यो ।

क्रान्तिकारी छलाङको मोड (०५१ ०६२)
     यहानेर बुझ्नु पर्ने कुरा के हो भने ०४६ सालको बहुदलीय व्यवस्थाको पुनःस्थापना यता पनि राष्ट्रियताको रक्षा, जनतन्त्रको स्थापना र जनजीविकाका आधारभूत समस्याहरूको समाधान हुन सकेन । ती समस्याहरू झनै जटिल बन्दै गए । सरकारमा पुगेको नेपाली कांग्रेस पुरानै तरिकाले चल्न थाल्यो र राष्ट्रव्यापी रूपमा कांग्रेसले सर्वसत्तावाद चलाउन थाल्यो । तत्कालीन सरकारले शान्तिपूर्ण जनआन्दोलनमाथि दमन गर्दै लग्यो र काठमाण्डौमा समेत जनतालाई गोलीले भुट्न थाल्यो । रोल्पामा भीषण दमन चलाउदै रोमियो, अप्रेशनसमेत चलाएर निहत्या जनतालाई गोलीले भुट्न थाल्यो । देशमा दमन, उन्पीडन र क्रान्तिकारीहरूलाई मास्ने प्रक्रिया पराकाष्ठामा पु¥याउन थाल्यो र देशमा श्वेत आतंक भित्राउन थाल्यो ।
यी घटनाक्रमहरूले क्रान्तिकारीहरूलाई नयाँ ढंगले अगाडि बढ्नै पर्ने र सोच्नै पर्ने आवश्यकता पैदा भयो । तर सशस्त्र जनयुद्ध गर्ने विषयमा भने नेकपा (एकताकेन्द्र) भित्र मतभेद भयो र २०५१ जेठमा सम्पन्न नेकपा (एकताकेन्द्र)को राष्ट्रिय पार्टीभित्र विभाजन पैदा भयो र पार्टीभित्रका संशोधनवादी बाहिरिए र यता क्रान्तिकारी सशस्त्र जनयुद्धको विचार राख्नेहरूले नेकपा (माओवादी)को गठन गर्न पुगे भने पार्टीबाट अलगिएकाहरू नेकपा (एकताकेन्द्र) नै बनाए र संसदीय राजनीतिमा सामेल भए ।
०५१ चैत्रमा सम्पन्न नेकपा (एकताकेन्द्र) को तेस्रो विस्तारित बैठकमा एकताकेन्द्र हटाई माओवादी राखियो र नेकपा (माओवादी) को निर्माण भयो । त्यस विस्तारित बैठकले महामन्त्री प्रचण्डद्धारा प्रस्तुत महान्् दस्तावेज पारित भयो । तत्कालीन नेकपा (माओवादी)को नेतृत्वमा ०५२ साल फाल्गुण १ गते रोल्पाको होलेरी प्रहरी चौकी, रुकुमको राडीज्यूला प्रहरी चौकी, सिन्धुलीको सिन्धुलीमादी प्रहरी चौकी र गोरखामा कृषि विकास वैकमाथि एकै साथ सशस्त्र फौजी आक्रमण गरी प्रतिक्रियावाद र संशोधनवादका विरुद्ध महान्् जनयुद्धको थालनी भयो । त्यस महान्् जनयुद्धको उद्देश्य नेपालमा सर्वहारावर्गको नेतृत्वमा जनवादी गणतन्त्रको स्थापना गरी समाजवाद हुँदै साम्यवादतर्फ अगाडि बढ्नु रहेको थियो ।
दश वर्षसम्म संचालित त्यो महान्् जनयुद्धले सिंगो देश र विश्वलाई झकझकाएको थियो । त्यस जनयुद्धको प्रक्रियामा छापामारदस्ता, जनमिलिशिया हुँदै ०५८ साल मंसीर ८ गते चीनमा माओत्सेतुङको निधनपछि विश्वकम्युनिस्ट आन्दोलनमै सबै भन्दा विशाल जनमुक्ति सेना नेपालको निर्माण गरेको थियो । र जनयुद्धकै प्रक्रियामा देशका समस्त ग्रामीण क्षेत्रमा नयाँ जनसत्ता र जनअदालतको निर्माण र परिचालन भएका थिए । जनसरकारहरू समेत निर्माण गरेर समानान्तर सरकार समेत संचालन गरिएको थियो । त्यस प्रक्रियामा नेपाली जनता र जनमुक्ति सेनाहरूले त्याग, बलिदानका अपूर्व किर्तिमान प्रस्तुत गरेका थिए । जनयुद्धकै क्रममा माक्र्सवाद–लेनिनवाद–माओवादको रक्षा, प्रयोग र विकासका वीचबाट प्रचण्डपथको जन्म समेत भएको थियो । तर आज त्यो प्रचण्डपथ भ्रष्टपथमा पुगेर पतन हुन पुगेको छ र प्रचण्डपथ आविष्कारक स्व्यंम पुष्प कमल दाहाल प्रचण्ड नवसंशोधनवादमा पतन हुन पुगेका छन् ।
किन आवश्यक प¥यो नेपली कम्युनिष्टको पुर्नगठन ?
    हामी यो निष्कर्षमा पुग्छौँकी महान् दस वर्षे जनयुद्धको समग्र उपलब्धिहरूको चर्चा मात्र होइन त्यसको रक्षा र संरक्षण गरेर मात्र जनयुद्धको जगमा टेकेर नेपाली क्रान्ति सम्पन्न गर्न सकिन्छ । यो क्रान्तिको प्रमुख आधार हो तर १० वर्षे जनयुद्धको मुख्य नेतृतव गरेका प्रचण्ड–बाबुरामले नेपाली नेपाली, क्रान्ति, जनता र क्रान्तिकारीहरूप्रति किन गद्धारी गर्न पुगे भन्ने विषयमा राम्रो जानकारी लिन आवश्यक छ किनभने त्यस पर्टीभित्र रहेका क्रान्तिकारीलाई उनिहरूसित सम्बन्धविच्छेद गरी नयाँ ढंगको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेकपा–माओवादीको पुनर्गठन गरेपछि पनि यसको नेतृत्वले पनि प्रचण्ड–बाबुरामले जस्तै, देश, जनता र क्रान्तिलाई त धोका दिने होयन ? भन्ने आशंकाहरू पैदा भइरहेका छन् । अबको नेतृत्वले त्यस प्रकारको धोका दिने र गद्धारी गर्ने छैन भन्ने आधार के हुन् सक्छन् त भन्ने प्रश्न उठ्नु पनि स्वभावीकै हुन्छ । किन ६३ वर्षको नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमा विभिन्न कालखण्डमा नेतृत्वले गर्दै आएको छ । नेकपाको प्रथम महाधिवेशनबाट निर्वाचीत महामन्त्री मनमोहन अधिकारीले २०१३ सालमा राजाको वैधानिक नायकत्व स्वीकार गर्ने र शान्तिपूर्ण बाटोबाट समाजवादी क्रान्ति गरिने छ भन्ने विचार अगाडी सारेर पार्टीलाई दक्षिणपन्थि संशोधनवादमा फसाउन पुगेका थिए भने दोस्रो महाधिवेशनबाट निर्वाचीत महामन्त्री डा. केशरजंग रायमाझीले पार्टीलाई दरबारमा बुझाउने को्सीस गरेपछि तेस्रो महाधिवेशनबाट निर्वाचित महामन्त्री तुल्सीलाल अमात्यले पनि पार्टीलाई नेतृत्व प्रदान गर्न सकेनन् । त्यसपछि पार्टी विभाजीत हुन् पुग्यो जो अहिलेसम्म नेपली कम्युनिस्ट आन्दोलन विभाजीत अवस्थामै छ ।
    त्यस्तै चौंथो राष्ट्रिय महाधिवेशनबाट नेतृत्वमा आएका मोहनविक्रम सिंह पनि जडसुत्रीय संशोधनवाद र सारसङग्रहवादको भूमरीमा फसेर माथी उठ्नै सकेनन् । अर्कोतिर २०२८ सालको झापा विद्रोहको जगमा टेकेर अघि बढेको नेकपा एमालेको नेतृत्वमा पनि ‘जनताको बहुदलीय जनवाद’ नाम खुश्चोभपन्थि अधुनिक संशोधनवादी एवं मिलेरावादी संसदवादमा पुगेर पतन भयो । यसरी एमाओवादीका प्रचण्ड–बाबुरामसम्म आइपुग्दा नेपालको कम्युनिस्ट आन्दोलनमा विभिन्न चरणमा नेतृत वगर्न पुगेको नेतृत्वले किन  यसरी धोकाधडी दिने र गद्धारी गर्ने कार्य गर्दै आएको छ भन्ने बारेमा वैज्ञानीक विश्लेषण र ठोस संस्लेषण गर्न जरूरी हुन्छ ।
    मनमोहन अधिकारी देखि प्रचण्ड–बाबुरामसम्मको नेतृत्व दक्षिणपन्थि संशोधनवाद तथा नवसंशोधनवादमा पतन हुन पुगेको हो । प्रचण्ड–बाबुरामभित्र उत्पन्न भएको निम्न पुँजीवादी प्रवृत्तिलाई पत्ता लगाउन पार्टीभित्रका क्रान्तिकारीहरूलाई धेरै समय लागेको थियो । उनिहरूमा कायम रहँदै आएको निम्न पुँजीवादी चिन्तन र पुँजीवादी जीवनशैलीले नै कायम क्रान्ति प्रति गद्धार बन्न पुगेको हो ।
वर्तमान कम्युनिष्ट आन्दोलनका दुई विपरीत धाराहरु ः
    इतिहास साक्षी छ नेपाली कम्युनिस्ट आन्दोलनले ६४ वर्ष पार गरिसकेको छ यती लामो अवधिमा यस आन्दोलनभित्र वर्ग सङ्घर्ष र विचारधारात्मक अन्तरसङ्घर्ष वा दुईलाइन सङ्घर्षका अनेकोँ जटिल तथा बाड्डाटिड्डा र कहाली लाग्दा घुम्तीहरू रहेका छन् । यसका साथै यो आन्दोलन लामो समयदेखि अनेकौँ समूह–उपसमूहमा विभाजीत रहँदै आएको छ । अतः सारमा यस आन्दोलनभित्र क्रान्तिकारी र संशोधनवादी दुई परस्पर विरोधी धाराकै द्वन्द प्रमुख बनेर आएको छ ।
    अहिले नेपाली कम्युनिस्ट आन्दोलनको दक्षिणपन्थि संशोधनवादी धारा जो एमाले–एमाओवादीले नेतृत्व गरिरहेको छ । आफुलाई विजातीय कित्तामा सामेल गर्दै दक्षिणपन्थि एवं आधुनिक संशोधनवादी तथा नवसंशोधनवादी धारामा गुणात्मक ढंगले फड्को हान्न पुगेको छ र यसको विपरित नेपाली कम्युनिस्ट आन्दोलनको क्रान्तिकारी धारा जो नेकपा–माओवादीले नेतृत्व गरिरहेको छ यसले आज माक्र्सवादी–लेनिनवादी–माओवादीका रूपमा गुणात्मक ढंगले विकसीत हुन् पुगेको छ र नेपाली क्रान्ति सम्पन्न गर्नका लागि जनयुद्धको जगमा जनविद्रोहको कार्यदिशा निक्र्योल गरेर नयाँ नेपाली जनवादी क्रान्तिलाई विजयको शिखरमा पु¥याउने सम्पूर्ण तयारी गर्ने गरी नयाँ ढंगको क्रान्तिकारी पार्टी निर्माण गरिएको हो र नेकपा–माओवादी मात्र नेपाली क्रान्तिको निर्णायक क्रान्तिकारी पार्टीको रूपमा निर्माण र परिचालन हुन् पुगेको छ ।
नेकपा–माओवादीको पुर्नगठन किन ?
    माथिनै हामीले धेरै ठाउँमा उल्लेख गरिसकेका छौँ कि नेकपा–माओवादी नेपाली सर्वहारावर्गको उच्चस्तरको संगठित राजनीतिक अग्रदस्ता हो । यो पार्टी अन्तरराष्ट्रिय सर्वहारावादमा आधारित छ र यो पार्टी अन्तर्राष्ट्रिरा सर्वहारावर्गको एक टुकुडी पनि हो । माक्र्सवाद–लेनिनवाद–माओवाद नेकपा–माओवादीको पथपद्रशक र मार्गदर्शक सिद्धान्त हो । लेनिनवादी जनवादी केन्द्रीयताको सिद्धान्तमा आधारित भएर खडा भएको यो पार्टीको न्यूनतम लक्ष्य नयाँ जनवादी राज्यव्यवस्था  स्थापना गर्नु रहेको छ भने अधिकतम लक्ष्य वैज्ञानीक समाजवाद र साम्यवाद रहेको छ । एमाओवादीका मुख्य नेतृत्व सम्हालीरहेका प्रचण्ड–बाबुराम नवसंशोधनवादमा पतन भइसकेको, त्यस नवसंशोधनवादीसित सम्बन्ध बिच्छेद गरेर नयाँ ढंगको क्रान्तिकारी पार्टीको रूपमा नेकपा–माओवादीको गठन गत असार २ मा हुन् पुगेको हो । गत माघको २ गते सम्पन्न ऐतिहासिक सातौं राष्ट्रिय महाधिवेशनबाट नेपाली क्रान्तिको रणनीति र कार्यनीतिलाई पारित गरेर आफ्ना लक्ष्य, उद्देश्य, कार्यक्रम र कार्ययोजना समेत तर्जुमा गरिसकेकोले यतिबेला दक्षिणपन्थि संशोधनवादीहरू, नवसंशोधनवादीहरू र सम्पूर्ण देशि–बीदेशी प्रतिक्रियावादीहरू अत्तालिन पुगेका छन् ।
कस्तो छ नेपाली क्रान्तिको वर्तमान अवस्था ?
    हाम्रो विश्लेषण के छ भने नेपाल अहिलेसम्म पनि नयाँ जनवादी क्रान्तिकै अवस्थामा छ । देशको अवस्था अहिलेसम्म पनि अर्धसामन्ती र अर्धऔपनेवेशिक अवस्थाबाट अगाडी बढेर नवऔपनेवेशिक अवस्थामा रहेको । यस प्रकारको सामाजीक अवस्था रहेको देशमा गरिने क्रान्ति भने नयाँ जनवादी क्रान्ति अर्थात् नयाँखाले पुँजीवादी क्रान्ति नै हो । नयाँ जनवादी क्रान्तिले मात्र मुलुकको अर्धसामन्ती र नवऔपनेवेशिक अवस्थाको अन्त्य गरेर वैज्ञानिक समाजवाद उन्मुख आर्थिक, सामाजीक, साँस्कृतिक व्यवस्था कायम गर्दछ ।
    २०५२ साल फागुन १ गतेदेखि १० वर्षसम्म सञ्चालीत जनयुद्ध नेपाली क्रान्तिको इतिहासमा निर्णायक वर्गसङ्घर्षको उच्चतम रूप थियो । त्यस प्रक्रियामा छापामार, जनमिलिशिया दस्ताहुँदै सातौं डिभिजनसम्मको जनमुक्ति सेनाको निर्माण भयो । मुलुकका अधिकांश ग्रार्मिण इलाकाहरूमा आधार इलाकाहरू निर्माण गरिएको थियो । त्यस्तै जनसत्ता, जनअदालत र जनकम्युनहरू पनि निर्माण हुन् पुगेका थिए । जनसरकारहरू समेत निर्माणमा आएर पुरानो राज्यसत्तासीत समानान्तर सरकार समेत सञ्चालनमा आएका थिए । दस वर्षे जनयुद्धका यी उपलब्धिहरूले २४० वर्षे शाह वंशीय सामन्ती राजतन्त्रात्मक व्यवस्थालाई अनत्य गरेर संघिय लोकतान्त्रिक व्यवस्थाको स्थापना हुन पुगेको हो । त्यसैले महान् १० वर्षे सशस्त्र जनयुद्ध नेपाली नयाँ जनवादी क्रान्तिको मुख्य आधार हो ।
नेपाली क्रान्तिको वर्तमान कार्यदिशाको सवालः
    क्रान्तिका लागि क्रान्तिकारी सिद्धान्त र क्रान्तिकारी पार्टी भएर मात्रै पुग्दैन । यसलाई क्रान्तिकारी कार्यदिशाको आवश्यक पर्दछ । त्यसो भएर गत माघ २ गते सम्पन्न नेपाली सर्वहारावर्गको राजनीतिक अग्रदस्ता नेकपा–माओवादीको ऐतिहासिक सातौं राष्ट्रिय महाधिवेशनले वर्तमान नेपाली क्रान्तिको कार्यदिशा ‘जनयुद्धको जगमा जनविद्रोह’ पारित गर्नुपरेको हो । यो कार्यदिशा नेपाली समाजको ठोस परिस्थितिको ठोस विश्लेषण गरेर निकालिएको निश्कर्ष हो । किन की दिर्घकालिन जनयुद्ध पनि नेपाली क्रान्तिको कार्यदिशा बन्न सक्दथ्यो । तर अहिलेको अवस्था त्यो भन्दा निकै अगाडी बढिसकेको छ । दिर्घकालीन जनयुद्ध भनेको गाउँदेखि शहर घेर्ने, ग्रामीण इलाकाहरूमा आधार इलाकाहरू निर्माण गर्ने, जनमुक्ति सेनाको निर्माण गर्ने, छापामार युद्ध सञ्चालन गर्ने र अन्तिममा केन्द्रीय सत्ता कब्जा गर्ने रणनीति अन्तर्गत दिर्घकालिन जनयुद्धको कार्यदिशा पर्दछ । यस प्रकारको अभ्यास १० वर्षे जनयुद्धको प्क्रियामा गरिसकेको छ । त्यस १० वर्षे जनयुद्ध सन्तुलनको अवस्थाहुँदै प्रत्याक्रमणको अवस्थासम्म विकास हुन् पुगेको थियो तर नवसंशोधनवादीहरूले महान् दस वर्षे जनयुद्धले निर्माण गरेका ती संरचनाहरू पूर्ण रूपले भत्काएको भएतापनि जनयुद्धको अनुभवको ठूलो विरासत कायमै छ । आजसम्म जनयुद्धमा लडेका र योगदान गरेको ठूलो क्रान्तिकारी शक्ति पनि नेकपा–माओवादीसँगै छ । त्यस महान् ऐतिहासिक विरासत माथि टेकेर नै नेपाली क्रान्तिलाई अगाडी बढाउने हो । 
क्रान्तिका लागि वस्तुगत परिस्थिति र आत्मगत परिस्थिति निर्माण भएको हुनुपर्दछ । यो माक्र्सवाद र समाज विज्ञानको नियम नै हो । हाम्रो देशमा यतिबेला क्रान्तिका लागि वस्तुगत अवस्था ठिक छ तर मनोगत परिस्थिति भने कमजोर नै छ । आत्मगत परिस्थिति त क्रान्तिकारीहरूले नै निर्माण गर्दै प्रतिकुल परिस्थितिलाई अनुकुल स्थितिमा रूपान्तरण गरि अघि बढ्ने हो ।
    अर्को महत्वपूर्ण सवाल के हो भने क्रान्तिका लागि वस्तुगत तथा आत्मगत परिस्थितिको ठोस विश्लेषण गर्न आवश्यक हुन्छ । अन्यथा वामपन्थि अवसरवाद वा दक्षिणपन्थि अवसरवादमा फस्ने खतरा हुन्छ । वास्तविकता के हो भने यदि सर्वहारा वर्गको पार्टीले क्रान्ति गर्नका लागि वस्तुगत परिस्थिति र आत्मगत शक्तिहरूको ठोस विश्लेषण नगरिकन तथा उसले परिस्थिति परिपक्वता हुनुभन्दा पहिले नै हतार–हतारमा क्रान्ति सुरु गर्दछ भने त्यसलाई “वामपन्थि अवसरवाद” भनिन्छ तर यदि सर्वहारावर्गको पार्टीले परिस्थिति परिपक्व हुनुभन्दा पहिले सक्रियतापूर्वक कुनै तयारी गर्दैन अथवा क्रान्तिकारी परिस्थितिको उपस्थितिमा र परिस्थिति परिपक्व हुँदा खेरीपनि क्रान्तिको नेतृत्व गर्ने र राज्यसत्ता कब्जा गर्ने साहस गर्दैन भने त्यसलाई दक्षिणपन्थि अवसरवाद वा संशोधनवाद भनिन्छ । त्यसो भएर नै क्रान्तिकारी कम्युनिस्टहरूले परिस्थितिको मुल्याङ्कनको सन्दर्भमा दक्षिण वा वामपन्थि अवसरवाद सहित सबैखाले संशोधनवादबाट बुझ्न जरूरी हुन्छ । किनकी क्रान्ति स्वतः स्र्फूत रूपमा सम्पन्न हुन् सक्दैन । त्यसकारण सर्वहारावर्गले सचेत र योजनावद्ध तरिकाको सवाललाई मध्ये नजरमा राख्नुपर्ने हुन्छ । तयारी भन्नुको अर्थ के हो भने विचारधारात्मक, राजनीतिक, संगठनात्मक र फौजी सबै दृष्टिकोणको आधारबाट सम्पन्न गरिनु आवश्यक हुन्छ । अतः कुनैपनि कम्युनिस्ट पार्टीले सम्बन्धित मुलुकका सामाजिक क्रान्तिलाई निर्णायक विजयको दिशामा अगाडि बढाउनका लागि उपयुक्त कुराहरूका साथै परिस्थितिको अनुकुलता तथा प्रतिकुलता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्ति सन्तुलन, आन्तरीक तथा बाह्य अन्तरविरोधहरूको शहरि परिचालन र तयारी बारे आवश्यक ध्यान दिन जरुरी हुन्छ । अतः यी सबै विषयवस्तुको ठोस विश्लेषण गर्दै नेपाली समाजको वर्तमान अवस्थाको ठोस विश्लेषण गरेर नै पार्टीले नेपाली क्रान्तिको वर्तमान कार्यदिशा जनयुद्धको जगमा जनविद्रोह निक्र्योल गरेको हो । यही कार्यदिशा नै वस्तुवादी छ । किनकी यही बेला मुलुकमा क्रान्तिकारी संकट पैदा भएको छ । सत्ताधारी वर्गहरू सरकार चलाउनै नसक्ने अवस्थामा पुगेका छन् भने नेपाली जनताले यो सरकारलाई स्विकार गर्नै सक्ने अवस्थामा छैनन् । मुलुकको राष्ट्रिय स्वाधीनता धरापमा परिरहेको छ । जनताका जनजीवीका, गाँस, वास र कपासको समस्या विकराल बन्दै गइरहेको छ । महड्डीले सिमा नाघिसकेको छ । बेरोजगारी समस्याका कारण १७०० यूवाहरू प्रत्येक दिन विदेशतिर पलायन भइरहेका छन् । जनताको ज्यू धनको कुनै सुरक्षा छैन । त्यसैले देश गम्भीर प्रकारको संकटको भुमरिमा फसिरहेको छ । यस्तो अवस्थामा देशले स्वाधीनता चाहन्छ । जनताले मुक्ति चाहन्छन् । देश र जनताको यस प्रकारको समस्याको हल गर्ने एक मात्र साधन जनविद्रोह नै हो । जुन जनयुद्धको जगमा आधारित हुनेछ । मुलुकमा जनताको आक्रोश र विद्रोह बढ्दै छ । जनताको यस प्रकारको विद्रोहलाई संगठित गर्दै त्यसको नेतृत्व गरेर नै नेपाली क्रान्ति सम्पन्न गर्न सकिन्छ । यस कार्यमा देशी विदेशी प्रतिक्रियावादी शक्तिहरूले अवरोध खडा गरेर जनता माथि दमन चलाउन थाले भने बन्दुक उठ्ने पनि निश्चित छ । जनता हतियार उठाउने बाध्य हुनेछन् ।
                     १०. क्रान्तिको थलो शहर र आधार गाउँ बन्ने छः
पार्टीले जुन नेपाली क्रान्तिको कार्यदिशा जनताहरूको जगमा जनविद्रोह निक्र्योल गरेको छ, यसमा क्रान्तिको आधारभूत शहर नै बन्ने छ । किनकी दस वर्षे जनयुद्ध गरेर पार्टी शहर केन्द्रीत आन्दोलनको अवस्थामा आइपुगेको छ र शहरहरू क्रान्तिका लाल किल्ला बन्दै छन् । महान् दस वर्षे जनयुद्धले जनताको चेतनामा जुन विकास ग¥यो त्यो ग्रामीण इलाकाहरू मात्रै नभएर राजधानी लगायत मुलुकका ठूला शहर चेतनाको सागर बन्न पुगेका छन् । यद्यपी औधोगीक क्षेत्र टाटपल्टिएर बन्द हुँदै गएको अवस्था र दलाल पुँजीका कारण राष्ट्रिय पुँजी र पुँजीपतीवर्गको उल्लेख्य विकास नभइरहेको अवस्था सृजना भएको भएता पनि नेपाली जनताको अत्यन्तै ठूलो हिस्सा अहिले शहरमा केन्द्रीत हुन पुगेको छ र आजको विज्ञान र प्रविधिको विकासको कारणले पनि सबैलाई नजिक पु¥याईरहेको छ । श्रम बेचे जविन निर्वाह गर्नेहरूको अत्यधिक संख्या अहिले शहर बजारमा उपस्थित छ र त्यो नै सबैभन्दा उपेक्षित र अभावबाट ग्रस्त छ । मुक्ति र आन्दोलन बाहेक अर्को उसको कुनै बाँच्ने आधार छैन ।
    शहर जनविद्रोहको आधार क्षेत्र र केन्द्र विन्दु बनेको भउपनि करिव ८० प्रतिशत जनता गाउँमा नै बसोवास गर्ने भएकाले क्रान्तिको आधार क्षेत्रको लागि गाउँलाई केन्द्र विन्दुमा राखीने छ । किनकी नेपाल जस्तो देशमा फेरीपनि छापामार युद्धलाई नकार्न सकिदैन र गाउँ तथा विशाल ग्रामीण इलाकाहरूमा बसोबास गर्दै आएका जनतालाई सरिक नबनाइकन नेपाली क्रान्ति सम्पन्न गर्न सम्भव पनि छैन । त्यसो भएर शहरलाई जनविद्रोहको केन्द्रविन्दु बनाउने र गाउँलाई आधार क्षेत्र बनाएर क्रान्तिलाई निर्णायक विजयको दिशातिर अगाडि बढाउन जरुरी हुन्छ ।
पार्टीलाई कसरी क्रान्तिकारी बनाई राख्ने ?
    क्रान्ति गर्नु छ भने क्रान्तिका लागि क्रान्तिकारी सिद्धान्त र क्रान्तिकारी पार्टीको अनिवार्य आवश्यकता पर्दछ यो नै मालेमावादको सर्वाभौम सिद्धान्त हो । हामसित माक्र्सवाद–लेनिनवाद–माओवाद जस्तो क्रान्तिकारी सिद्धान्त छ भने नवसंशोधनवादसित सम्बन्ध बिच्छेद गरेर पुनर्गठन गरिएको नेकपा–माओवादी नै नयाँ ढंगको क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माण गरिसकेका छौं र पार्टीलाई नेपाली क्रान्तिको निर्णायक नेतृत्व प्रदान गर्ने सर्वहारावर्गीय शक्तिका रूपमा स्थापित हुनपुगेको छ । किनभने यो पार्टी लेनिनवादी जनवादी केन्द्रीयतामा आधारित भएर बनेको पार्टी हो । तर यसलाई फेरी पनि नयाँ बनाइराख्न पर्दछ । पार्टीलाई नयाँ बनाइराख्ने भनेको दुईलाइन सङ्घर्ष र विचारधारात्मक अर्थात् दुईलाइन सङ्घर्षलाई एउटा पद्धतीसंगत ढंगले सञ्चालन गर्ने र वैज्ञानिक ढंगले हल गर्ने पद्धतिको विकास गर्न जरूरी हुन्छ । पार्टी भनेको विपरितहरूको एकत्व हो । पार्टीभित्र चल्ने दुइलाइन संघर्षबाट पार्टीलाई नयाँ ढंगको कम्युनिस्ट पार्टी बनाउनका लागि आवश्यक मदत पुग्दछ । अर्को जानीराख्नु पर्ने कुरा के हो भने पार्टीलाई क्रान्तिकारी बनाई राख्नका लागि माक्र्सवाद–लेनिनवाद–माओवाद सैद्धान्तिक पथप्रदर्शक र क्रान्तिकारी कार्यदिशा सांगठनिक सिद्धान्त तथा कार्यशेलिको आलम्बन गर्न अनिवार्य रूपमा आवश्यक हुन्छ । र पार्टीलाई क्रान्तिकारी बनाइराख्नका लागि सुद्धिकरण तथा सुदृढिकरण अभियानहरू पनि सञ्चालन गरिनुपर्दछ । पार्टी स्कुलिङ्को व्यवस्था प्रभावकारी तुल्याउन र नयाँ स्कुलिङ विधिको विकास गर्न आवश्यक हुन्छ । र पार्टीलाई लौह अनुशासीत दस्ताको रूपमा विकास गर्न अनिवार्य आवश्यक हुन्छ र पार्टी नेतृत्वलाई सर्वहाराकरण गर्दै लैजाने कार्यशैलीको विकास गर्न अनिवार्य आवश्यक हुन्छ यी सबै कुरालाई गम्भीरतापूर्वक ध्यान दिएर जीवन व्यवहारमा लागु गर्दे जाने हो भने पार्टीलाई सँधै क्रान्तिकारी बनाई राख्न सकिन्छ ।
नेपाली कम्युनिष्ट आन्दोलनका विविध ट्रेनः
क) नेपाली कम्युनिष्ट पार्टीको स्थापना २००६ साल वैशाख १० (सन् १९४९ अप्रिल २२) गते भारतको कलकत्ता शहरमा भएको कुरा सर्वविदितै छ । नेकपाको २००६ साल वैशाख १२ गतेको पहिलो पर्चा अनुसार यसले राष्ट्रिय–अन्तराष्ट्रिय परिस्थितिको विश्लेषण गर्दै देश अर्धसामन्ती र अर्धऔपनिवेशीक रहेको र यस देशमा गरिने क्रान्तिको चरित्र नयाँ जनवादी भएको ठहर गरेको थियो । र नयाँ जनवादी क्रान्तिको रणनीति, कार्यनीति सहितको आम कार्यक्रम तय गरेको थियो । यस सन्दर्भमा २००६ साल देखि २०१० साल सम्म नेपाली कम्युनिष्ट आन्दोलनका पहिलो क्रान्तिकारी टे«नको रुपमा लिइन्छ । यसको नेतृत्व तत्कालीन अवस्थामा पार्टीका स्थापक महासचिव कमरेड पुष्पलालले गर्नुभएको थियो ।
ख) २०१० सालमा नेकपाको पहिलो राष्ट्रिय महाधिवेशन सम्पन्न भयो । त्यस्तै २०१४ सालमा पार्टीको दोस्रो राष्ट्रिय महाधिवेशन सम्पन्न भयो । पहिलो महाधिवेशनले निर्वाचित गरेका महामन्त्रि मनमोहन अधिकारी राजापरस्त थिए । उनले राजाको वैधानिकत्व स्वीकारेर वर्ग संघर्षको वदला वर्ग समन्वयनको बाटो अंगालेका थिए । र नेपाली कम्युनिष्ट आन्दोलन भित्र दक्षिणपन्थी संशोधनवादलाई भित्राएका थिए  । साथै दोस्रो महाधिवेशनले डा. केशरजंग रायमाझीलाई महामन्त्रि निर्वाचित गरेको थियो । उनी दरबार परस्त थिए । उनले २०१७ पुष १ गतेको साही कदमलाई स्वागत गरे र उनलाई २०१९ सालमा सम्पन्न तेस्रो राष्ट्रिय महाधिवेशनले गद्धार घोषित गरी पार्टीबाट निस्कासित गरेको थियो । त्यसै महाधिवेशनले नेपाली क्रान्तिको नयाँ जनवादी क्रान्तिलाई हटाएर “राष्ट्रिय प्रजातन्त्र” नामक पूँजीवादी संसदवादी कार्यक्रम पारित गरेर नेपाली कम्युनिष्ट आन्दोलनलाई विर्सजनको दिशामा धकेलेको थियो । २०१० साल देखि २०१९ साल सम्मको अवधिलाई नेपाली कम्युनिष्ट आन्दोलनको पहिलो दक्षिणपन्थी संशोधनवादी तथा चरमअवसरवादी टे«नको रुपमा लिइन्छ ।
ग) २०२० साल देखी नेपाली कम्युनिष्ट आन्दोलन फूट विभाजनको सिकार बन्न पुग्यो । २०२५ सालमा स्थापक महासचिव पुष्पलालले तेस्रो राष्ट्रिय सम्मेलन सम्पन्न गरेर विभाजित कम्युनिष्ट आन्दोलनलाई एकृकित गर्ने प्रयास गरे तर सफल भएनन् । त्यस सम्मेलन बाट नयाँ जनवादी क्रान्तिको कार्यक्रम पारित गरेर नेपाली क्रान्तिको निरन्तरतालाई अगाडि बढाउने सुरुवात गरे । २०२८ सालमा झापा विद्रोह भयो । त्यस्तै केन्द्रिय न्युक्लिसको गठन भयो । र २०२५ साल देखि २०३१ साल सम्मको अवधिलाई क्रान्तिको धाराको रुपमा उठान भएको पाइन्छ र यो अवधि भनेको दोस्रो क्रान्तिकारी टे«नको अवधिको रुपमा लिइन्छ ।
घ) २०३१ सालमा न्यूक्लियसको नेतृत्वमा चौथौँ राष्ट्रिय सम्मेलन मोहन विक्रमसिंहको नेतृत्वमा सम्पन्न भयो । त्यस महाधिवेशनले क्रान्तिकारी कार्यदिशा पारित गर्न सकेन । जनसूत्रिय तथा सारसंशोधनवादी कार्यदिशा पारित ग¥यो । यसको अवधि २०४८ साल सम्म रह्यो । यस अवधिलाई नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासमा जन सूत्रियवादी टे«नको रुपमा लिइन्छ ।
ङ) २०४८ साल मंसिरमा नेकपा एकता केन्द्रको आयोजनामा एकता महाधिवेशन सम्पन्न भयो । त्यस महाधिवेशनले दिर्घकालिन जनयुद्धको कार्यदिशा पारित ग¥यो र २०५१ सालमा गठन भएको नेकपा–माओवादीको नेतृत्वमा २०५२ साल फाल्गुन १ गते देखि सशस्त्र जनयुद्धको थालनी ग¥यो । यस जनयुद्धको प्रक्रिया २०६२ साल असोज सम्म रह्यो । त्यस दश वर्षे जनयुद्ध  सम्रग युद्ध थियो । र नेपालको कम्युनिष्ट आन्दोलन मात्र होइन विश्व कम्युनिष्ट आन्दोलनमा समेत यसलाई क्रान्तिकारी उथलपुथलको  रुपमा लिइन्छ । यो नेपाली कम्युनिष्ट आन्दोलनको तेस्रो क्रान्तिकारी टे«नको रुप्मा लिइन्छ ।
च) २०६२ साल असोज–कार्तिकमा सम्पन्न नेकपा(माओवादी)को चुनवाङ्ग बैठकले सशस्त्र जनयुद्धको कार्यदिशालाई स्थगित गरी “लोकतान्त्रिक गणतान्त्रिक” को कार्यदिशा पारित गरेर शान्ति प्रक्रियमा प्रवेश ग¥यो । जनयुद्धको नेतृत्व समेत गरेर आएका प्रचण्ड–बाबुराममा वैचारिक विचलन आयो । र उनीहरुलाई २०६९ जेष्ठ सम्म आईपुग्दा साम्राज्यवाद र विस्तारवादका सामू आत्मसर्मपण गर्दै नेपाली कम्युनिष्ट आन्दोलनलाई विर्सजन गराउने प्रक्रिया अन्र्तगत १० वर्षे जनयुद्धका प्रक्रियामा निर्माण भएका आधार इलाका, जनमुक्ति सेना नेपाल, जनसत्ता, जनअदालत, जनसरकारहरुको विघटन गर्दै जनमुक्ति सेनाका हतियार समेत प्रक्रियावादी सरकारलाई बुझाएर प्रतिक्रान्तिको बाटो नै प्रतिक्रियावादी कित्तामा सामेल हुन पुगेपछि र जनताद्वारा निर्मत संविधानसभाको अवसान गराउँदै प्रचण्ड–बाबुराम नवसंशोधनवादमा पतन हुन पुगे । यसरी २०६२ साल असोज देखि २०६९ साल जेष्ठ सम्मको अवधिलाई नेपाली कम्युनिष्ट आन्दोलनको नवसंशोधनवादी तथा विर्सजनवादी टे«नको रुपमा लिइन्छ । यो ट्रेन नेपाली कम्युनिष्ट आन्दोलनको अत्यन्तै हानीकारक र खतरनाक टे«नको रुपमा लिइन्छ । यसभन्दा पहिले हामीले के कुरा बुझ्नु पर्छ भने झापा आन्दोलनलाई टेकेर माले हुँदै एमाले बन्न पुगेको नेकपा एमालेले २०४९ साल माघमा सम्पन्न आफ्नो पाँचौँ महाधिवेशनबाट “जनताको बहुदलीय जनवाद”नामक ख्रुश्चोभपन्थी तथा मिलेराँवादी–यूरोकम्युनिज्मवादी विचारप्रतिपादन गरेर नेपाली कम्युनिष्ट आन्दोलनलाई दक्षिणपन्थी संशोधनवादी धाराको रुपमा विकास गरायो । यस अवधिलाई पनि नेपाली कम्युनिष्ट आन्दोलनको दक्षिणपन्थी संशोधनवादी टे«नको रुपमा लिइन्छ । र अहिले नेकपा एमालेले बोक्दै आएको यस दक्षिणपन्थी संशोधनवादी टे«न र एकीकृत नेकपामाओवादीले बोक्न पुगेको नवसंशोधनवादी तथा विर्सजनवादी टे«न एउटै कित्तामा सामेल हुन पुगेका छन् । एमाले तथा एमाओवादी रुपी यस टे«नलाई नेपाली कम्युनिष्ट आन्दोलनको निम्ति अत्यन्तै हानीकारक र खतरनाक टे«नको रुपमा लिइन्छ ।
छ) २०६९ साल असार २–५ मा नेकपामाओवादीको आयोजनामा सम्पन्न राष्ट्रिय भेलाले  एकीकृत माओवादीका प्रचण्ड–बाबुराम रुपी नवसंशोधनवाद सम्बन्ध विच्छेद गरेर त्यस भित्र क्रान्तिकारी धाराले नेकपा–माओवादीको पुर्नगठन गरेर २०६९ पुष २५– माघ १ मा सम्पन्न आफ्नो साँतौँ ऐतिहासिक राष्ट्रिय महाधिवेशनबाट जनयुद्धको जगमा जनविद्रोह मार्फत नयाँ नेपाली जनवादी क्रान्तिसम्पन्न गर्ने कार्यदिशा पारित गरेर नेपालको क्रान्तिकारी धारालाई अगाडि बढाउने कामको सुरुवात गरे पश्चात पुनः २०६९ असार देखि यताको अवधिलाई नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासमा र नयाँ नेपाली जनवादी क्रान्तिको यस महान यात्रामा यसलाई क्रान्तिकारी टे«नको रुपमा लिइन्छ ।
निष्कर्षः
    हामीले के कुरा बुझ्नू जरुरी छ भने हाम्रो महान् तथा गौरवशाली पार्टी नेकपा–माओवादीको आफ्नो ऐतिहासिक सातौं राष्ट्रिय महाधिवेशनबाट नेपाली क्रान्तिको वर्तमान कार्यदिशा जनयुद्धको जगमा जनविद्रोह पारित गरेको छ । यो नै ठोस परिस्थितिको ठोस विश्लेषण हो । किनकी नेपाली क्रान्तिको मुख्य आधार भनेकै महान १० वर्षे जनयुद्ध हो । जनयुद्धका उपलब्धिहरूलाई एकातिर पन्छाएर नेपाली क्रान्तिलाई आमी अगाडि बढाउने कलपनासम्म पनि गर्न सक्दैनौं । किनकी नेपाली क्रान्तिको जगभ नेकै महान् १० वर्षे जनयुद्ध हो । यस विषयमा माथि ठाउ–ठाउँमा प्रशस्तै मात्रामा उल्लेख गरिएको छ ।
    महान् १० वर्षे जनयुद्ध नेपाली समाजको निम्ती समग्र युद्ध थियो । त्यसले राजनीतिक, आर्थीक, सामाजीक, साँस्कृतिक लगायतका क्षेत्रमा क्रान्तिकारी रूपान्तरण ल्याएको थियो । २४० वर्षिय शाहवंशीय सामन्ती राजतन्त्रात्मक राज्य व्यवस्थाको अन्त्य गरी संघीय गणतन्त्रात्मक राज्य व्यवस्थाको स्थापना गर्ने मुख्य आधार नै महान् दस वर्षे जनयुद्ध हो  । अब साम्राज्यवाद र विस्तारवादको आडभरोसामा टिकेको दलाल तथा नोकरशाही पुँजीपति वर्ग र सामन्तवर्गको राज्यसत्तालाई ध्वंश गरेर जनताको जनवादी राज्यसत्ता अथार्त जनगणतन्त्रात्मक राज्य व्यवस्था स्थापना गर्नका लागि फेरी पनि तयही महान् दस वर्षे जनयुद्धको जगमा टेकेर सञ्चालन गरिने जनविद्रोह नै हुनेछ । यद्यपी महान् दस वर्षे जनयुद्धको प्रक्रियामा निर्माण गरिएका जनमुक्ति सेना, आधारइलाकाहरू, जनसत्ता, जनकम्युन र जनअदालतहरूलाई नवसंशोधनवादीहरूले पूर्ण रूपमा खारेज र विघटन गरिसकेका भएतापनि जनयुद्धले निर्माण गरेको जनताको चेतना बाँकी छ । जनयुद्धबाट आएको क्रान्तिकारी शक्तिपनि हामीसितै छ र जनयुद्धको अनुभवको ठूलो विरासत हामसितै छ । जहाँसम् मभौतिक तथा प्राविधिक तयारीको कुरा हो, त्यो तयारी गर्न आवश्यक छ र  गनिे छ पनि । कमरेड माओले भन्नुभएको छ, क्रान्तिकारीका लागि क्रान्तिकारी पार्टी, जनमुक्ति सेना र संयुक्त राजनीतिक मोर्चा जसलाई क्रान्तिका तीन जादुगरी हतियार भन्नुभएको छ । माओका यी विचारहरूलाई पनि हामीले मनन गर्नैपर्ने हुन्छ । हामीपनि क्रान्तिका यी तीन हतियारहरूलाई गहिराइका साथ अवलम्बन गर्न चाहनछौं । क्रान्तिकारी पार्टी निर्माण गरीसकेका छौं भने पार्टीको मातहतमा क्रान्तिको आवश्यकताले जनमुक्ति सेनाको निर्माण गर्ने र संयुक्त राजनीतिक मोर्चा निर्माण गर्ने सवाललाई पार्टीले आफ्नो प्राथमीकतामा राखेको कुरालाई बुझ्नु जरूरी छ । किनकी यी महत्वपूर्ण कार्यहरूलाई पुरा नगरिकन क्रान्ति सम्भव पनि छैन । तर यी सबै महत्वका कार्यहरू क्रान्तिकै अभियानमा पुरा गर्दै र क्रियान्वयन गर्दै जाने कुरा हो । तर कुनै मनोगत आकांक्षा र विश्लेषणका आधारमा क्रान्तिका हतीयारहरू निर्माण भइहाल्दैनन् ।
    नेपाली क्रान्ति अझै बलिदानको माग गर्दछ । जनआन्दोलन, जनविद्रोह वा जनयुद्ध सबैमा नेपाली जनताले ठूलो बलिदान गरेको छ । तर नेतृत्वले त्यती ठूलो बलिदान गरेको छैन । बरु जहिलेपनि नेतृतव अवसरवादी बन्दै गएर संशोधनवादमा पुगेर पतन हुँदै आएको छ र देश, जनता र क्रान्तिलाई धोका दिने र गद्धारी गर्दै मात्रै आएको छ । दस वर्षे जनयुद्धको नेतृत्व गरेको प्रचण्ड–बाबुरामले गरेको धोकावाजी र गद्धारी सबैभन्दा ठूलो र ताजा उदाहरण हो । अतः अहिले हाम्रो पार्टीको नेतृत्वप्रति पनि फेरी धोका हुँदैन भन्ने के ग्यारेन्टी छ ? भन्ने प्रश्नहरू प्रशस्तै मात्रामा उठ्ने गरेका छन् । त्यसको जवाफ अन्य ढंगले दिएर पुग्नेवाला छैन । नेतृत्वले गर्ने योगदान र बलिदानले मात्र सहि जवाफ दिने छ ।
    यतिबेला साम्रान्यवादी र विस्तारवादीका दलालेहरुले कथित नयाँ संविधानसभाको घोषणा गरेका छन् । हामी त्यस चुनावलाई वहिष्कारद्वारा ध्वंस बनाउदै जनविद्रोह मार्फत नेपाली क्रान्तिको बाँकी कार्यभार पुरा गर्ने ऐतिहासिक दायित्ववोधका साथ आएका छौं । इतिहासले सुम्पेको यस ऐतिहासिक दायित्व पुरा गर्ने आँट, शाहस र धैर्यता हामीसीत हुनैपर्दछ । क्रान्तिको भविष्य सुनिश्चित गर्ने जिम्मा पनि हाम्रै काँधमा छ । किनकि नेपालको वर्तमान कम्युनिष्ट आन्दोलनमा क्रान्तिकारी धाराको नेतृत्व गरिरहेको नेकपा–माओवादी नै एकमात्र क्रान्तिको निर्णय शक्ति भएकाले नेपाली क्रान्तिको भविष्यलाई विजयको शिखरमा पु¥याउने दायित्व पनि यसकै काधमा छ । नेपलाी क्रान्तिको यो द्वन्द्ववादलाई हामी सबै क्रान्तिकारीहरुले अत्यन्तै गहिराईका साथ हृदयंगम गर्न जरुरी छ ।
                                       
               

No comments:

Post a Comment