Friday, April 5, 2013

तेश्रो जनआन्दोलनको सुनामी शुरु




साम्राज्यवादी र विस्तारवादीका नेपाली दलालहरुले मुख्यन्याधिशको नेतृत्वमा  कठपुतलि चुनावी नौटंकी सरकार निर्माण गरेर मुलुकलाई निर्दलीयता तिर धेकेल्दै नेपाली जनतामाथि अधिनायकवादी शासन लाद्न थालपश्चात नेकपा–माओवादी सहीत ३३ दलीय सयुंक्त मोर्चाले उनीहरुको उक्त प्रतिगमनकारी र पश्चगामी कदमका विरुद्ध ससक्त आन्दोलन गर्ने निर्णय गरेर कथित दोश्रो संविधानसभाका निर्वाचनका सम्पूर्ण प्रक्रियाहरुलाई वहिष्कार मात्र होइन ध्वस्त पार्ने अभियानमा अगाडि बढेपछि सिंगो मुलुक आन्दोलित हुन पुगेको छ । आन्दोलनकारी शक्तिहरुले आव्हान गरीसकेपछि पनि निर्वाचन आयोगले जर्वजस्त गाउँमा पसेर मतदाता नामावली संकलन थालेपछि त्यसका विरुद्ध नेकपा–माओवादी कार्यकर्ताहरुले फोटोसहितको मतदाता नामावली संकलन गर्ने उपकरणहरु जफ्त गर्ने र उक्त कार्य नरोकेमा सशक्त ढंगले अगाडि बढ्ने अभियान अगाडि सारे पश्चायत अहिले निर्वाचन आयोगले मतदाताा नामवली संकलन गर्ने कार्यलाई स्थगित गर्न बाध्य भएको छ । साम्राज्यवादी र विस्तारवादीका नेपाली दलालहरु एमाओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चा नेपाली जनताका विचबाट नाङ्गेझार भएका छन् र उनीहरुको विश्वका महाप्रभुहरुका सामु बफादार दलाल र चाकर हुन भन्ने कुरा यसले प्रमाणित गरिदिइएको छ । फेरी पनि उनीहरुले मंसिर तिर चुनावको घोषणा गर्ने नौटंकी रचिरहेको छ । तर उनका यी षड्यन्त्रहरु फेरी पनि चकनाचुर हुने कुरा निश्चित यति वेला ३३ दलिय मोर्चाले अगाडि सारेका संघर्षका कार्यक्रमले देशव्यापी रुपमा तेश्रो जनआन्दोलनको सोनामी पैदा गर्दैछ र जनआन्दोलनको बलबाट विगतका तानासाही शासकहरु जसरी धारासाही भएका थिए त्यसैगरी आजका यी नौटंकी शासकहरु पनि धारासाही हुने कुरा निश्चित छ ।
सबैलाई जानकारी भएकै कुरा हो की एमाओवादी, नेपाली कांग्रेस, एमाले र मधेसी मोर्चा विश्व सामा्रन्यवादी र विस्तावादीहरुका नेपाली दलाल हुन,  बफादार चाकर र अरौटे – भरौटे पनि हुन् । त्यसो भएर नै २००७ साल देखि यता ३० वर्षे निंरकुश राजतन्त्रको निर्दलीय तथा तानाशाही पञ्चायती व्यवस्थाको अवधि बाहेक जुन साला खाल  ३२ वर्षसम्म नेपालको राजनीतिमा आलो पालो गर्दै शासन सत्तामा पुगेका कांगे्रस, एमाले, एमाओवादी र मधेसी मोर्चाले तिनै सम्राज्यवादी र विस्तारवादी शक्तिदलले नेपालमा जेजे गर्न भन्यो त्यही गर्दै आएका छन् । उनीहरुकै पालका नदीनालाहरु भारतलाई बेच भने त्यो तिनीहरुले गर्दै, नेपालको सिमान भारतीय विस्तारवादले मिज्दै र अतिक्रमण गर्दै आयो । जंगे पिलरहरु भत्काउदै आयो, यस विषयमा चुप्प बस्नुभन्यो त्यही गर्दै आए । असमान सन्धी सम्झौताको बारेमा एक शब्द पनि नबोल्नु भन्यो भारतले चुप बस्दै आयो भन्यो  । भारतीय विस्तारवादले १२ बुँदे समझदारीमा सहीछाप ठोक भन्यो त्यहाँ पनि सहीछाप ठोके । संविधानसभाको चुनाव गराऔ भन्यो  भारतले त्यो पनि स्वीकारे र संविधान सभाको निर्वाचन पनि गराए यी दलहरुले । संविधान सभाबाट जनताको संविधान बन्ने वातावरण बन्दै गएको देखे पछि संविधानसभा विघठन गर भनेर भारती विस्तारवादले निर्देशन ग¥यो, यता यी नालायकहरुले राता रात संविधानसभा विघठन गर्न पुगे ।
    भारतीय विस्तावादले प्रचण्ड, बाबुरामलाई विप्पा सम्झौता  गर भन्यो त्यो पनि गरे। सुपुर्दगी सन्धी गर भन्यो त्यो पनि गरे । विमानस्थल भारतलाई सुम्पीउ भन्यो त्यो पनि गर्न तयार भए । एमाओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाका राष्ट्रघाती, जनघाती र नालायक नेताहरु भारतीय विस्तारवादले अह्राएको काम गर्न कही पनि र कत्ति पनि चुकेको छैनन् । किन चुकेनन भने उनीहरु भारतीय विस्तावादका बफदार चाकर र असली दलाल हुन । त्यसो भएर चुकेनन् ।
भारतीय विस्तारवादले संविधानसभा विघठन गराउने आदेशसँगै नयाँ संविधानसभाको निर्वाचनको ढ्वाङ फुक्न लगायो प्रचण्ड, बाबुरामलाई ।  त्यसमा कांग्रेस  र एमाले स्यालको हुइयामा हुइया थप्दै आए र पछिल्लो अवधिमा विश्व साम्राज्यवाद, युरोपियन युनियन र भारतीय विस्तारवादको निर्देशनमा सर्वोच्च अदालतको मुख्य न्यायधिशको नेतृत्वमा चुनावी सरकार गराउ नितीहरुले सत्ता छोड भन्यो, त्यो आदेश उनीहरुले पुरा गरे र नौटंकी खिलराज रेग्मीको नेतृत्वमा कठपुतली सरकार बनाएर कठित नयाँ संविधानसभाको नाटक मञ्चन गरिरहेका छन् नेपाली दलालहरुले ।
नेपाली सर्वसाधारणको सवैभन्दा उच्चस्तरको संगठित राजनीतिक अग्रदस्ता तथा नेपाली क्रान्तिको निर्णायक नेनृत्वदायी शाक्ति नेकपा – माओवादीले विश्व साम्राज्यवाद र विस्तारवादी शक्तिकेन्द्रहरुको गुरु योजनामा यही फाल्गुण ३० गते मध्यरातमा चार दलबीच भएको षडयन्त्र मूलक ११ बँुदे सहमती, चैत्र १ गते राष्ट्रघाती बाधाअड्काउ फुकाउने नाममा गरिएको २५ बुँदे आदेश र सोही अनुसार प्रधानन्यायधिशको नेतृत्वमा सरकार गठन गरिएको कदमलाई राष्ट्रघाती र प्रतिगमनकारी कदम रहेको मूल्याकन गर्दै उक्त कदमक विरोध एवम भत्र्सहना गर्दै उक्त कदमलाई  खारेज गराउन अन्य समान धारण राख्ने दलहरुलाई सहकार्य गरी जन आन्दोलन उठाउने निश्चित गरे पश्चात अहिले ३३ दहरुका विचमा सहकार्य गरी देशव्यापी रुपमा विरोधमा उत्रिएको अवस्था छ र नेकपा – माओवादीका कार्यकर्ताहरुले देशव्यापी रुपमा मतदाता नामावली संकलन कार्यलाई व्यापक रुपमा अवरोध पु¥याइरहेका छन् । साथै उक्त चैत्र १ गते २५ बुँदे आदेशको खारेजी, न्यायधिश सरकारको विघठन र सर्वपक्षीय गोलमेच सभा गरी दलहरुकै वीचबाट राष्ट्रिय संयूक्त सरकार गठन नहुँदासम्म संविधानसभाको कथित दोश्रो निर्वाचनका सम्पूर्ण कार्यहरुलाई बहिस्कार गर्दै ती कथित निर्वाचन सम्बन्धी सवै कार्यहरुलाई रोक्न देशव्यापी रुपमा आवहान गरि सकेको छ । र यही चैत्र २५ गते नेपाल बन्दको आव्हान समेत गरी सकेको छ र यस पछि पनि आफुले अगाडि सारेका  मागहरुको सम्बोन्धन नभएमा आवश्यक प्रतिरोधात्मक संघर्षका कार्यक्रमहरु पनि संचालन गर्ने निस्कर्षमा नेकपा – माओवादी पुगी सकेको छ ।
यही सिलसिलामा मतादाता नामावली संकलनमा अवरोध पु¥याउनेहरु उपर कठपुतली सरकारले जनपथ प्रहरीले नसकेको ठहर गर्दै सशस्त्र प्रहरी परिचालन गर्ने निर्देशन दिइसकेको छ । यसबाट के स्पष्ट हुन्छ भनेकी ती चार दलहरुको नौटंकी कठपुतली तथा नोकरशाही सरकार तानाशाही तथा फासीवादी सरकामा परिणत भइसकेको छ र ज्ञानेन्द्र शैलीमा चुनाव सम्पन्न गर्ने गुरु योजना बनाइरहेको छ । यसले प्रष्ट रुपमा के कुरा दर्शाएको छ भने अव नेपालमा तेश्रो जनआन्दोलनको सुनामी पैदा गर्ने र आन्दोलनको आधिबेरी सृष्टि गर्नुको विकल्प छैन । ३३ दलीय सहकार्यमा आन्दोलनका कार्यक्रमहरु संचालन भइरहेका छन् । कांग्रेस र एमाले भित्र पनि यसका विरुद्ध व्यापक विरोध भइरहेको छ । अव सम्पूर्ण देशभक्त, जनवादी, गणतन्त्रवादी, एवं प्रगतिशिल शक्तिहरु एक ढिक्का भएर यस राष्ट्रघाती, जनघाती, प्रतिगमनकारी कदमका विरुद्ध तेश्रो जनआन्दोलनको सुनामी उभारल्याएर ज्ञानेन्द्र शाहलाई दोश्रो जनआन्दोलनले जुन स्थानमा पु¥याएको थियो त्यही स्थानमा साम्राज्यवादी विस्तावादीहरुका नेपाली दलालहरु एमाओवादी ,कांग्रेस, एमाले र मधेसीमोर्चालाई पु¥याउनुको विकल्प छैन । किनभने राष्ट्रघाती, जनघाती र प्रतिगमनकारीहरु पुग्ने स्थान पनि त्यही नै हो जो अन्तिम निरंकुश राजा ज्ञानेन्द्र शाह पुगेका थिए । यी नालयक चार दलका शिर्षनेताहरुलाई नेपाली जनताले ज्ञानेन्द्र शाहकै स्थानमा पु¥याउनुको विकल्प छैन । त्यसको निम्ती तेश्रो जनआन्दोलनको सुनामी ल्याउन आवश्यक छ र तेश्रो जनआन्दोलनको सुनामीको  संकेत पनि गरि सकेको टछ ।
    अवको तेश्रो जनआन्दोलनको नेतृत्ववादी शक्ति भनेको नेकपा–माओवादी नै हो । यसकै नेतृत्वमा सम्पुर्ण परिर्वतनकारी शाक्ति र आमजनता गोलबन्द हुनेछन । नेकपा – माओवादीको लक्ष्य संविधानसभाको चुनावमा होम्मिने मात्र होइन । नेपाली क्रान्तिलाई विजयको दिशातिर अगाडि बढाउनु हो । संविधानसभाको निवार्चन माओवादीको प्राथमिकता भित्र पर्दैन । पार्टी भित्र र बाहिर कतै पनी चुनावमा जाने अन्य दलहरुको चुनावी सहकार्य गर्ने अझ नजिकको पार्टी एमाओवादी सित नै चुनावी तालमेल गरेर जाने कसैले सपना देखेको छ भने त्यो उसको दिवासपना मात्र हुनेछ । किनकी यो सोच बेकारको सोच हो । त्यसैले अव नेकपा  – माओवादीको सम्पूर्ण पार्टी र शक्ति तेश्रो जनआन्दोलन मार्फत जनयुद्धको जगमा जनविद्रोहको नेतृत्व गर्दै नेपाली क्रान्ति सम्पन्न गर्ने  एक सुत्रीय  एजेण्डामा होम्मिनुको विकल्प छैन । क्रान्तिको ऐतिहासिकताले माग गरेको विषय पनि यही नै हो ।

No comments:

Post a Comment