चिनियाँ नयाँ जनवादी क्रान्तिका सन्दर्भमा
४ मई सन् १९१९ मा घटित
विद्यार्थी आन्दोलनले चीनमा सर्वहारावर्गको राजनीतिक अग्रदस्ता चिनियाँ
कम्युनिस्ट इन्टरनेशनलको सहयोगमा सांघाइमा चिनियाँ कम्युनिस्ट पार्टीको
पहिलो राष्ट्रिय सम्मेलनको आयोजना गरिएको थियो । विभिन्न कम्युनिस्ट
समुहहरुद्धारा चुनिएका १२ प्रतिनिधिहरुले उक्त सम्मेलनमा भाग लिएका थिए ।
जसका माओ, छन् तु स्यु, हो सु छङ, तुङ फि ऊ आदि सामेल थिए । उनीहरुले
जम्माजम्मी ५७ पार्टी सदस्यहरुको प्रतिनिधित्व गरेका थिए । त्यो पहिलो
सम्मेलनले चिनियाँ कम्युनिस्ट पार्टीको विधान पारित र नेतृत्व चयन गरेपछि
चिनियाँ कम्युनिस्ट पार्टीका् स्थापना भएको थियो ।
४ मई सन् १९१९ देखि
१९४९ सम्मको करिब ३० वर्षको अवधिलाई महान् चिनियाँ नयाँ जनवादी क्रान्तिको
एक ऐतिहासिक अवधिको रुपमा लिइन्छ । ४ मई १९१९ को विद्यार्थी आन्दोलनको
झड्काले चीनमा कम्युनिस्ट पार्टी निर्माण गर्ने आधार निर्माण गरिदिएको थियो
र १ जुलाई सन् १९२१ मा कम्युनिस्ट पार्टीको स्थापना पनि भयो । १ अक्टुबर
सन् १९४९ मा महान् चिनियाँ नयाँ जनवादी क्रान्ति सम्पन्न भएको थियो र नयाँ
जनवादी क्रान्ति सम्पन्न भएको थियो र नयाँ जनवादी अधिनायकत्वसहितको नयाँ
जनगणतन्त्र चीनको स्थापना गरिएको थियो ।
चीनमा क्रान्तिकारी पार्टी
निर्माणका निम्ति वैचारिक संघर्ष संचालन गर्ने क्रममा सन् १९२७ मा छन् तु
स्युको दक्षिणपन्थी विसर्जनवादका विरुद्धको संघर्ष, त्यसपछि लिलि शानमा
देखा परेको वामपन्थी दुस्साहसवादका विरुद्धको संघर्ष, सन् १९३० देखि १९३५
सम्म वाङमिङको उग्रवामन्थी लाइनका विरुद्धको संघर्ष चीनमा नयाँ जनवादी
क्रान्ति पूर्व माओले संचालन गरेका महत्वपूर्ण वैचारिक संघर्षहरु थिए ।
वर्गसंघर्षको दौरानमा सन् १९२७ को उत्तरी अभियानको कृषि क्रान्तिको पराजय,
सन् १९३४ मा पार गर्नु परेको लम्बे अभियान, १९३९ देखि १९४५ सम्म जापानी
साम्राज्यवादी आक्रमणकारीका विरुद्ध लड्नु परेको राष्टिय मुक्ति आन्दोलनमा र
१९४५पछि च्याङ काइ सेकको प्रतिक्रियावादका विरुद्ध चलेको महान् गृहयुद्धमा
चिनियाँ कम्युनिस्ट पार्टी, आम जनता र चिनियाँ लालसेनाको अतुलनीय योगदान र
बलिदान रह्यो । चिनियाँ नयाँ जनवादी क्रान्तिको प्रक्रियामा चिनियाँ लाल
सेनाले च्याङ काइ सेकका ३० लाख, ७० हजार सेनालाई खरानी पारिदिएको भने करिब
१२ लाख चिनियाँ जनमुक्ति सेनाले महान् बलिदानी गर्नु परेको थियो । र लाखौं
चिनियाँ जनताले पनि बलिदानी गरेका थिए ।
क्रान्तिपूर्व चीन र चिनियाँ जनताको वीरतापूर्व संघर्षहरु
चीन
एक अर्धसामन्ती र अर्धऔपनिवेशिक देश थियो । त्यस अर्धसामन्ती र
अर्धऔपनिवेशिक चिनियाँ समाजका प्रधान अन्तरविरोधका रुपमा साम्राज्यवाद तथा
चिनियाँ राष्ट्रबीचको अन्तरविरोध र सामन्तवाद तथा व्यापक जनसमुदायवीचको
अन्तरविरोधहरु विद्यमान रहेका थिए । त्यस मध्ये साम्राज्यवाद तथा चिनियाँ
राष्टबवीचको अन्तरविरोध प्रमुख अन्तरविरोध थियो ।
त्यसवेला चीनलाई
औपनिवेशिक तथा अर्धसामन्ती समाजमा परिणत गर्न साम्राज्यवादको सामन्तवाद
विरुद्धको चिनियाँ जनताको अदम्य संघर्ष दुवै एकसाथ अघि बढिरहेको थियो । सन्
१८४० को जापानसित भएको अफिम युद्धदेखि सन् १९४९ मा चिनियाँ नयाँ जनवादको
स्थापना हुँदासम्मको १०९ वर्ष चिनियाँ जनताले वीरतापूर्ण तथा निर्भिकताका
साथ साम्राज्यवाद तथा सामन्तवादका विरुद्ध सघर्षको लामो श्रृखला जारी
राखेका थिए ।
हामीले चीनमा तिनै क्रान्तिलाई दुई कालखण्डमा विभक्त गर्न
सक्छौ, जसका आआफ्नै ऐतिहासिक विशिष्टताहरु रहेका छन् । ४ मे १९१९ को
आन्दोलनभन्दा अघिको ८० वर्षको क्रान्ति, जो पुँजीवादी वर्गले नेतृत्व गरेको
थियो र त्यो क्रान्ति पुरानो जनवादी प्रकृतिको थियो र पुँजीवादी
क्रान्तिको अंग पनि थियो । र ४ मे १९१९ को आन्दोलनदेखि १९४९ सम्मको
क्रान्तिको स्वरुप नयाँ जनवादी क्रान्तिको प्रकृतिको थियो । यसवाट हामी के
निष्कर्षमा पुग्दछौ भने पछिल्लो सर्वहारावर्गले नेतृत्व गरेको त्यो
क्रान्ति विश्वसर्वहारा क्रान्तिको एक हिस्सा थियो ।
इतिहासवाट हामीले
के प्राप्त गर्न सक्छौ भने पुरानो जनवादी कालमा चिनियाँ जनताले निरन्तर
क्रान्तिकारी संघर्ष गरेका थिए, जसमा थाइफिङको किसान युद्ध र सन् १९११ को
क्रान्ति पनि पर्दछ । त्यसमा पनि पुँजीपतिवर्गको नेतृत्व र पछिल्लो
निम्नपुँजीपति वर्गका डा. सन् यातसेनको अगुवाइमा भएको सन् १९११ को क्रान्ति
जुन क्रान्तिले छिङ वंसीय राजतन्त्रलाई अन्त्य गरिदिएको थियो, त्यो
क्राीन्तको विस्तार तथा प्रभावको दृष्टिले अत्याधिक महत्वपूर्ण रहेको थियो ।
यो क्रान्तिकारी संघर्षले चीनमा सामन्तवाद तथा साम्राज्यवादलाई गम्भीर
क्षति पु¥याई दियो र महान् चिनियाँ नयाँ जनवादी क्रान्तिको आधार निर्माण
गरिदियो ।
फेरि पनि क्रान्तिको शिक्षाबाट के प्राप्त गर्न सकिन्छ भने
चीनमा अफिम युद्धपछिका पुराना खाले सबै किसान विद्रोह तथा पुँजीपति वर्गको
नेतृत्वमा भएका सबै क्रान्तिहरु असफल भए र साम्राज्यवाद तथा सामन्तवाद
विरोधी आन्दोलन अधुरो रहन पुगेको थियो । त्यसकारण हामीले त्यहाँको
क्रान्तिवाट यो शिक्षा प्राप्त गर्दछौँ कि एउटा नयाँ वर्ग अर्थात्
सर्वहारावर्ग आफ्नो राजनीतिक पार्टी सहित नेतृत्वका लागि अघि नआउँदासम्म
नयाँ जनवादी क्रान्ति गर्न तथा समाजवादको दिशामा अघि बढ्न असम्भव थियो
भन्ने प्रष्ट हुन्छ । त्यो नयाँ वर्ग जुन चीनको मजदुर वर्ग थियो र जो
उनीहरुकै पार्टी जुन सन् १९२१ मा स्थापना भएको थियो । त्यस पार्टीले माथि
उल्लेख गरिएका विचारधारात्मक अन्तरसंघर्ष र दुइलाईन संघर्ष र भीषण
वर्गसंघर्षका बीचवाट आफूलाई स्पातिलो पारेर मात्र चिनियाँ जनता र नयाँ
जनवादी क्रान्तिको नेतृत्व गर्दै क. माओको नेतृत्व र पहलकदमी सन् १९४९ मा
चीनलाई साम्राज्यवाद तथा सामन्तवादको जञ्जिकारबाट मुक्त तुल्याई दियो ।
नयाँ नेपाली जनवादी क्रान्तिको सन्दर्भमा ः
नेपाल
अहिलेसम्म पनि अर्धसामन्ती र नवऔपनि अवस्थामा रहदै आएको छ । यो प्रक्रिया ३
मार्च सन् १८१६ मा नेपाल र इस्टइन्डिया कम्पनीकाबीच सम्पन्न राष्ट्रघाती
सुगौली सन्धिवाट भएको हो । यस अर्धसामन्ती र नवऔपनिवेशिक अवस्थामा रहेको
नेपाली समाजमा गरिने क्रान्ति नयाँ जनवादी क्रान्ति हो र नेपाल अहिले नयाँ
नेपाली जनवादी क्रान्तिकै चरणमा रहेको छ । र नयाँ जनवादी क्रान्तिले मात्र
अर्धसामन्ती र नवऔपनिवेशिक अवस्थाको फलामे जन्जिरलाई तोडेर नेपाल राष्ट्र र
नेपाली जनतालाई छुटकारा दिलाउने छ ।
माथि नै नयाँ जनवादी क्रान्तिका
बारेमा व्यापक चर्चा गरिएको छ र महान् चिनियाँ नयाँ जनवादी क्रान्तिको पनि
प्रशस्तै मात्र उल्लेख गरिएको छ । त्यसो भएर नेपालमा मजदुर किसान एकताको
आधारमा नेपाली सर्वहारावर्गको राजनीतिक अग्रदस्ताको रुपमा रहेको कम्युनिस्ट
पार्टीले मात्र यस क्रान्तिको निर्णायक नेतृत्वदायी भूमिका निर्वाह गर्न
सक्तछ । यही उद्देश्य र लक्ष्य प्राप्तिका लागि वि.सं २००६ साल बैशाख १०
(सन् १९४९ अप्रिल २२) गते नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको हो ।
स्थापनासँगै नेकपाले देशको अवस्था अर्धसामन्ती र अर्धऔपनिवेशिक रहेको र
यहाँ गरिने भनिएको क्रान्ति नयाँ नेपाली जनवादी क्रान्ति नै हुने किटान
गरेको थियो । र २००६ साल बैशाख १२ गते नेकपाद्धारा प्रकाशित पहिलो पर्चामा
नयाँ नेपाली जनवादी क्रान्तिको कार्यक्रम सम्बन्धी खाका प्रस्तुत गरिएको
थियो । र नयाँ नेपाली जनवादी क्रान्तिको चरित्रवारेमा पनि त्यस पर्चामार्फत
प्रष्टै पारिएको छ । त्यो नेपाली क्रान्तिको आधार शिला र सैद्धान्तिक जग
हो ।
आज नेपाली कम्युनिस्ट आन्दोलनले ६४ वर्ष पार गरी सकेको छ । यस
आन्दोलनले यति लामो ऐतिहासिक अवधि पार गरुन्जेलसम्म पनि नेपाली क्रान्ति
सम्पन्न हुन सकेको छैन । यसको मुख्य कारण भनेको यसको शैसवकालदेखि
आन्दोलनभित्र घुस्न सफल भएको दक्षिणपन्थी संशोधनवाद, अवसरवाद र यस
आन्दोलनभित्र पछिल्लो कालखण्डमा पैदा भएको नवसंशोधनवाद नै हो जसको
प्रतिनिधित्व एकीकृत माओवादीले गरिरहेको छ । विशेषगरी नेकपाको प्रथम
राष्ट्रिय महाधिवेशनबाट महामन्त्री बन्न सफल भएका मनमोहन अधिकारीको
राजावादी रुझानसहितको दक्षिणपन्थी संशोधनवाद, रायमाझीको दरबारिया चरम
अवसरवाद, तुल्सीलाल अमात्यको ख्रुन्चोभपन्थी सुधारवाद तथा संसदवादीय
संशोधनवाद, मोहन विक्रमसिँहले प्रतिनिधित्व गरेको जडसूत्रीय संकिर्णवादी
संशोधनवाद, एमालेले प्रतिनिधित्व गर्दै आएको ख्रुश्चोभपन्थीय आधुनिक तथा
दक्षिणपन्थी संशोधनवाद र एकीकृत माओवादीका प्रचण्ड–बाबुराम मण्डलीले
प्रतिनिधित्व गर्दै आएको युरो कम्युनिज्मसहितको मिलेराँवादी संसदवाद र
साम्राज्यवाद तथा विस्तारवादका सामुको आत्मसमर्पणवादी नवसंशोधनवाद नै
नेपाली नयाँ जनवादी क्रान्तिको मुख्य बाधकको रुपमा खडा हुदै आएको छ ।
कस्तो छ नेपाली कम्युनिस्ट आन्दोलनको वर्तमान अवस्था ?
हामीले
विगत र भविष्यको मात्र चर्चा र आंकलन गरेर मात्र नेपाली कम्युनिस्ट
आन्दोलनका बारेमा समग्र जानकारी हासिल गर्न सक्तैनौ । त्यसो भएर वर्तमान
अवस्थाको पनि आकलन वैज्ञानिक ढंगले गर्न जरुरी हुन्छ । आज नेपाली
कम्युनिस्ट आन्दोलनले ६४ वर्ष पार गरी सकेको छ । यो अवधि चानचुने अवधि
अवश्यै होइन । यति लामो ऐतिहासिक अवधिमा यस आन्दोलनभित्र भीषण वर्गसंघर्ष र
विचारधारात्मक अन्तरसंघर्ष वा भीषण दुइलाइन संघर्षका अनेकौँ जटिल तथा
बाङ्काटिङ्का र कहालीलाग्दा घुम्तिहरु रहेका छन् । यसका साथै यो आन्दोलन
लामो समयदेखि अनेकौँ समूह उपसमूहमा विभाजित रहदै आएको तथ्य सर्वविदितै छ ।
अतः सारमा हामीले यो भन्न सक्छौ कि यस आन्दोलनभित्र आजसम्म क्रान्तिकारी र
संशोधनवादी दुई परस्परविरोधी धारा बीचकै द्धन्द्ध प्रमुख बनेर आएको छ । र
आज त झन क्रान्तिकारी धारा र दक्षिणपन्थी संशोधनवादी एंव नवसंशोधनवादी
धाराकै बीचको द्धन्द्ध प्रमुख र प्रखर बनेर आएको छ र सिंगो नेपाली
कम्युनिस्ट आन्दोलन भीषण वैचारिक द्धन्द्धमा प्रवेश गरेको अवस्था छ ।
अर्थात क्रान्तिकारी माक्र्सवादी धारा र गैरमाक्र्सवादी तथा सबै खाले
संशोधनवादी धाराकै बीचको वैचारिक संघर्ष नै प्रमुख द्धन्द्ध बन्न पुगेको छ ।
हामी के कुरामा प्रष्ट हुन जरुरी छ भने आज नेपाली कम्युनिस्ट
आन्दोलनको दक्षिणपन्थी संशोधनवादी धारा जो एमाले– एमाओवादीले नेतृत्व
गरिरहेको छ, जसले आफूलाई विजातीय कित्तामा सामेल गर्दै दक्षिणपन्थी एंव
आधुनिक संशोधनवादी तथा नवसंशोधनवादी धारामा गुणात्मक ढंगले फड्को हाल्न
पुगेको छ भने यसको विपरित नेपाली कम्युनिस्ट आन्दोलनको क्रान्तिकारी धारा
जो अहिले नेकपा–माओवादीले प्रतिनिधित्व गरिरहेको छ र यसले आज
माक्र्सवादी–लेनिनवादी–माअोवादीका रुपमा गुणात्मक ढंगले विकास गर्न पुगेको
छ र नेपाली क्रान्ति सम्पन्न गर्नका लागि जनयुद्धको जगमा जनविद्रोहको
कार्यदिशा निक्र्याेल गरेर नयाँ जनवादी क्रान्तिलाई विजयको शिखरमा पु¥याउने
सम्पूर्ण तयारी गर्ने गरी नयाँ ढंगको क्रान्तिकारी पार्टी निर्माण गरेर
नेपाली क्रान्तिको निर्णयक नेतृत्वदायी शक्तिको रुपमा खडा हुन पुगेको छ ।
नेपाली क्रान्तिको वर्तमान अवस्थावारे
अहिले
नेपाली क्रान्तिको वर्तमान अवस्थाका बारेमा चर्चा गरिरहँदा हामी कुन
निष्कर्षमा पुग्दछौ भने अहिले नेपाली क्रान्ति नयाँ जनवादी क्रान्तिकै
चरणमा छ । किनकि अहिलेसम्म पनि नेपाल अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थामै
रहेको हुदा यहाँ गरिने क्रान्ति नयाँ नेपाली जनवादी क्रान्ति नै हो ।
किनभने अर्धसामन्ती तथा अर्धऔपनिवेशिक अवस्था रहेको नेपाली समाजलाई नयाँ
नेपाली जनवादी क्रान्तिले मात्र मुक्त र स्वाधिन गर्न सक्छ । यहाँ उल्लेख
गर्न खोजिएको विषय के हो भने नेपालजस्ता मुलुकमा गरिने क्रान्ति भनेको नयाँ
जनवादी क्रान्ति अर्थात नयाँ खाले पुँजीवादी क्रान्ति नै हो । नयाँ जनवादी
क्रान्तिले मात्र मुलुकको अर्धसामन्ती तथा नवऔपनिवेशिक अवस्थाको अन्त्य
गरेर वैज्ञानिक समाजवाद उन्मुख आर्थिक, सामाजिक एंव साँस्कृतिक व्यवस्था
कायम गर्ने छ ।
नेपाली क्रान्तिको मोडल के हुने ?
जनयुद्धको जगमा
जनविद्रोह नै वर्तमान नेपाली क्रान्तिको कार्यदिशाको बारेमा चर्चा गरिरहेको
बेला जनयुद्धको जगमा जनविद्रोह भनेको के हो ? भन्ने प्रश्न हुनु पनि
स्वाभाविकै हुन्छ । महान् दश वर्षे जनयुद्ध समग्रयुद्ध थियो । त्यसले
नेपाली समाजको राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक लगायत समग्र
क्षेत्रको रुपान्तरणको एजेण्डा अगाडि सारेको थियो । अर्थात् दश वर्षे महान्
जनयुद्ध नेपाली समाजको आमूल परिवर्तनसहितको क्रान्तिकारी एजेण्डा संचालन
गरिएको समग्रयुद्ध थियो । त्यसले आफ्नो युद्धको प्रक्रिया अवधिमा छापामार
दस्ता, जनमिलिसियाहुँदै सातौँ डिभिजन तहसम्मको जनमुक्ति सेनाको निर्माण
गरेको थियो । आधार इलाकाहरुको निर्माण गरेर नयाँ जनसत्ता, जनअदालत र
जनसरकारहरुको निर्माण गरेर संचालनमा समेत ल्याएको थियो । र मुलुकको ८०
प्रतिशत भु–भाग आफ्नो कब्जामा ल्याइसकेको थियो । तर त्यस दश वर्षे
जनयुद्धको नेतृत्व समेत गरेका प्रचण्ड–बाबुराम मण्डली नवसंशोधनवादमा पतन
भएर प्रतिक्रान्तिकारी तथा प्रतिक्रियावादी कित्तामा सामेल भएपश्चात
जनयुद्धले निर्माण गरेका सबै संरचनाहरुको खारेज गरिसकेको अवस्था भएता पनि
त्यसको ठूलो अनुभव र विरासत हामीसितै भएकाले त्यसकै जगमा टेकेर नेपाली
क्रान्ति सम्पन्न गर्ने भनिएको हो । र अहिले पनि नेपाली क्रान्तिको आधार
भनेको गाउँ नै हो । किनकि नयाँ जनवादी क्रान्तिको चरित्र भनेकै गाउँबाट शहर
घेरेर अन्तिममा केन्द्रीय राज्यसत्ता कब्जा गर्ने नै हो ।
जहाँसम्म
वर्तमान नेपाली क्रान्तिको मोडेलको प्रश्न छ । त्यो भनेको के हो भने
अहिलेसम्म विश्वमा क्रान्तिका दुइवटा मोडेल छन्– ती हुन– रुसी जनविद्रोहको
मोडेल र चिनियाँ नयाँ जनवादी क्रान्तिको मोडेल । हामी दुई मोडेलको हुबहु
नक्कल गरेर नेपाली क्रान्तिको मोडेल लागू गर्दैनौं । बरु ती क्रान्तिका
दुवै मोडेलहरुबाट शिक्षा लिन्छौ र नेपाली मौलिकतामा र नेपालकै विशिष्टतामा
नेपाली क्रान्तिको नयाँ मोडेल निर्माण गछौँ । त्यो नयाँ मोडेल भनेको के हो त
भन्ने प्रश्न पनि खडा हुनसक्छ । त्यो भनेको हामी यतिबेला वैज्ञानिक र
कानुनी संघर्षको चरणमा अर्थात जनआन्दोलनको चरणमा छौँ । हामी जनयुद्ध र
जनआन्दोलनलाई फ्यूजन गरेर शहरिया जनविद्रोहमार्फत् नेपाली क्रान्ति सम्पन्न
गर्ने रणनीतिक चरणमा प्रवेश गरिसकेका छौँ । हामी राजधानीलगायतका ठूला
शहरहरु र विशाल जनसंख्यामा रहेको तराई तथा मधेशका विशाल भूभाग र
बस्तीहरुलाई नेपाली क्रान्तिको तयारीको थलोको रुपमा विकास गर्न चाहन्छौँ र
विशाल भू–भाग ओगटेको गाउँ तथा ग्रामीण इलाकाहरुलाई नेपाली क्रान्तिको आधार
इलाकाहरुको रुपमा पुनः विकास गरेर नेपाली क्रान्ति सम्पन्न गर्ने रणनीतिक
योजना नै वर्तमान नेपाली क्रान्तिको नयाँ मोडेल हो भन्ने कुरामा कतै पनि
भ्रम सिर्जना हुनुहुदैन । गाउँ र शहरिया विद्रोहलाई फ्यूजन गरेर नेपाली
क्रान्ति सम्पन्न गर्ने रणनीतिक मोडेल नेपाली क्रान्तिको नयाँ र मौलिक
मोडेलका रुपमा बुझ्न जरुरी हुन्छ । क्रान्तिको द्धन्द्धवाद पनि यही नै ।
तर
यहाँ अर्काे विकल्प पनि के बाँकी रहन सक्छ भने यदि शहरिया विद्रोहमार्फत
अर्थात् जनयुद्धको जगमा जनविद्रोहमार्फत नेपाली क्रान्ति सम्पन्न गर्ने
भन्ने हाम्रो कार्यनीतिक कार्यदिशाका आधारमा प्रतिक्रियावादीहरुबाट
क्रान्तिलाई नै अवरोध खडा गर्न पुग्यो भने यो बाटो र तरिकाबाट नेपाली
क्रान्ति सम्पन्न गर्न सकिएन भने हामीले दीर्घकालीन जनयुद्धको कार्यदिशालाई
समेत विकास गरेर नेपाली क्रान्ति सम्पन्न गर्न सक्तछौँ । किनकि
साम्राज्यवादी शक्तिहरु रहेसम्म छापामार युद्धको आवश्यकता कायमै रहन्छ । क.
माओले समाजवादी क्रान्तिपछि पनि वर्ग जीवितै रहने र निरन्तर क्रान्तिको
सिद्धान्त अनुरुप त्यतिखेर पनि छापामार युद्ध आवश्यक रहने कुरा औल्याउनु
भएको छ । हामी त अहिलेसम्म नयाँ जनवादी क्रान्तिकै चरणमा रहेको हुनाले
छापामार युद्ध अर्थात दीर्घकालिन जनयुद्धमा पुगेर नेपाली क्रान्ति सम्पन्न
गर्ने दायित्व पनि हामीले निर्वाह गर्नु पर्ने हुन्छ । क्रान्तिको यो
द्धन्द्धवादलाई पनि हामीले कदापि भूल्नु हुँदैन ।
अहिलेसम्म नेपाली जनताले गरेका वीरतापूर्ण संघर्षहरुका सन्दर्भमा
चिनियाँ
नयाँ जनवादी क्रान्ति सम्पन्न हुनु पूर्व चिनियाँ जनताले महान् बलिदानी र
वीरतापूर्ण संघर्ष गरे झै नेपाली जनताले पनि करिब ६०÷७० वर्षदेखि नेपाली
क्रान्तिका लागि वीरतापूर्ण र बलिदानीपूर्ण संघर्ष गर्दै आएका हुन् । जस्तो
कि–२००७ सालको जनविद्रोह र जनक्रान्तिमा नेपाली जनताले वीरतापूर्ण र
वलिदानीपूर्ण संघर्ष गरे र १०४ वर्षे जहानिया राणाशासनको अन्त्य पनि भयो ।
तर नेपाली क्रान्ति सफल भएन । बुर्जुवा सुधारवादी एंव सामन्तवादीहरुको
हातमा राज्यसत्ता गयो । नेपाली जनताले धोका खाए । क्रान्ति अधुरै रह्यो ।
०३५÷३६
साल र २०४६ सालमा नेपाली जनताले पूनः विद्रोह गरेर जनविद्रोहको स्वरुप
धारण गरिएको जनआन्दोलनको संचालन भयो । त्यस जनआन्दोलनमा नेपाली जनताले
वीरतापूर्ण र बलिदानीपूर्ण संघर्ष गरे । ३० वर्षे निर्दलीय तथा तानशाही
पञ्चायती व्यवस्थाको अन्त्य त भयो तर त्यस पटक पनि राज्यसत्ता बुर्जुवा
सुधारवादी एंव यथास्थितिवादी र सामन्तीवादीहरुको हातमा गयो । क्रान्ति
असफलतामा टुंगियो । नेपाली जनताले धोका खाए । क्रान्ति अधुरो रह्यो ।
०५२
सालमा नेपाली जनताले नेपालको राजनीतिक इतिहासमा हतियारबद्ध विद्रोह गरे ।
त्यो जनयुद्ध दश वर्षसम्म संचालन चयो । त्यसले माथि उल्लेख गरिसकेका नेपाली
क्रान्तिका आधार र संरचनाहरु निर्माण ग¥यो । त्यस प्रक्रियामा दशौ हजार
नेपाली जनताले जीवनको बलिदानी गरे । हजारौलाई प्रतिक्रियावादी राज्यसत्ताले
वेपत्ता पा¥यो । हजारौ घाइते र अपाङ्क वनाइए । नेपाली जनताले नेपाली
धर्तीमा ठूलो रगतको खोलो बगाए । तर जनयुद्धको नेतृत्व गरिरहेको माओवादीको
मूख्य नेतृत्वमा आएको वैचारिक विचलन आत्मसमर्पणवादी नीतिका कारण जनयुद्धले
पनि पूर्णता पाउन सकेन । र नेपाली क्रान्तिले पनि पूर्ण सफलता प्राप्त गर्न
सकेन र फेरि नेपाली क्रान्ति अधुरै रह्यो । नेपाली जनताले धोका पाए ।
नेपाली क्रान्तिले धोका खायो ।
निरंकुशतन्त्रका विरुद्ध ०६२÷६३ सालमा
नेपाली जनताले पुनः विद्रोह गरे । ऐतिहासिक जनआन्दोलनको उठान गरे । त्यसमा
पनि नेपाली जनता बलिदानीपूर्ण र वीरतापूर्ण संघर्ष गरे । निरंकुशतन्त्रको त
अन्त्य भयो । तर क्रान्ति सफल भएन । पुनः राज्यसत्ता यथास्थितिवादी र
संशोधनवादीहरुको हातमा गयो । यहाँ पनि नेपाली जनताले धोका पाए । नेपाली
क्रान्तिको कार्यभार अधुरै रहयो ।
निचोड
नयाँ जनवादी क्रान्ति
समाजवादमा प्रवेश गर्नुको पूर्वबेलाको क्रान्ति हो । समाजवादमा पुग्नु
भन्दा पहिले पूँजीवादी क्रान्ति सम्पन्न गर्नु अनिवार्य हुन्छ । तर पुरानो
खाले पूँजीवादी क्रान्तिपश्चात् त्यसको नेतृत्व गरेको मध्यम वर्गले पुनः
सामन्तवाद र साम्राज्यवादसित घाँटी जोडेर एकाधिकार पुँजीवादमा पतन भइसकेपछि
क्रान्ति गर्नु अनिवार्य भइसकेको तर देश अर्धसामन्ती र अर्धऔपनिवेशिक
अवस्थामा रहेको र पुँजीवादी क्रान्तिको नेतृत्व गर्ने पुँजीपति वर्ग नै
नरहेको मुलुकमा कम्युनिस्ट पार्टीको नेतृत्वमा मजदुर र किसान एकताको आधारमा
नयाँ खाले पुँजीवादी क्रान्ति सम्पन्न गर्ने ऐतिहासिक अवस्था निर्माण
भएकोलाई नयाँ जनवादी क्रान्ति अर्थात नयाँ खाले जनवादी क्रान्ति भनिएको हो
।
क्रान्ति सम्पन्न नभएको तर क्रान्तिको अनिबार्यता खड्किएको मुलुकमा
यो क्रान्ति सम्पन्न गरिन्छ । यसै सिद्धान्तका आधारमा चीन, भियतनाम, उत्तर
कोरिया, कम्वोडिया, क्यूवालगायतका देशहरुमा यसै प्रकारले क्रान्ति सम्पन्न
गरिएको थियो भने नेपाल जस्तो अर्धसामन्ती र नवऔपनिवेशिक मुलुकमा नयाँ
जनवादी क्रान्तिको विकल्प हुँदैन । हामी नयाँ जनवादी क्रान्ति सम्पन्न गरेर
मात्र समाजवादमा जाने ढोका तय गर्न सक्ने छौँ ।
No comments:
Post a Comment