Wednesday, May 15, 2013

प्रतिगमनका मतियार बने संसदवादी दलहरु




   
    सर्वोच्च अदालतका मुख्य न्यायाधिश खिलराज रेग्मीको चुनावी सरकारको अध्यक्षमा नियुक्तिबाट शुरु गरिएको प्रतिगमनको श्रृंखला शाही शासनकालका प्रतिगमनका मतियार र जनआन्दोलन दबाउन र जनहत्या गराउने मुख्य भूमिका निर्वाह गरेका पूर्व  मुख्य सचिव लोकमान सिंह कार्कीको संवैधानिक अंगको रुपमा रहेको अख्तियार दुरुपयोग निवारण आयोगको अध्यक्षमा नियुक्ति गरिए पछि नेपालका चार संसदवादी दलहरु एमाओवादी नेपाली कांग्रेस, एमाले र मधेसी मोर्चा प्रतिगमनका मतियारका रुपमा सिद्ध हुन पुगेका छन् ।
    संसारकै राजनीतिक इतिहासमा यी चार राजनीतिक दलहरुले सबैभन्दा घृणित अलोकतान्त्रीक, असंवैधानिक लज्जास्पद कार्यको शुरुवात त आफूहरु सत्तामा आशिन रहेकै अवस्थामा साम्राज्यवादी र विस्तारवादी शक्तिहरु त घरेलु यथास्थितिवादी तथा प्रतिक्रियावादीहरुको उक्साहट र निर्देशनमा दलीय राजनीतिक सत्तालाई निर्दलीय सत्तामा हस्तान्तरण गर्न पुगेका थिए । संसारमा यस्तो इतिहास कहीँ पनि छैन कि सत्तारुढ रहेका दलहरुले निर्दलीय व्यक्तिलाई सत्ता सुम्पेको तर नेपालका इतिहास, नालायक, निकम्मा, भ्रष्ट, लाचारी, आत्मसमर्पणवादीका रुपमा पतन हुन पुगेका चार ठूला संसदवादी राजनीतिक दलका तथाकथित चार शिर्ष नेता भनिएका पुष्पकमल दाहाल प्रचण्ड, सुशील कोइराला, झलनाथ खनाल र विजय कुमार गच्छेदारले गत फाल्गुण ३० गतेको मध्यरातमा राष्ट्रघाती तथा जनघाती ११ बुँदे संझौता गर्न पुगेका थिए भने चैत्र २०६५ चैत्र १ गते बाधा अड्काउ फुकाउको नाममा २५ बुँदे राष्ट्रघाती, असंवैधानिक संझौता गरे नेपालको अन्तरिम संविधान २०६३ लाई पूरै च्यातचुत पारेर नेपाललाई पुनः प्रतिगमनकारी बाटोतिर उन्मुख गराएका थिए । त्यस परिघटनालाई अर्थात २०६९ चैत्र १ गतेलाई हामीले कालो दिनको रुपमा परिभाािष्त गरेका थियौ । कानून व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनले पनि उक्त चैत्र १ गतेको दिनलाई कालो दिनको संज्ञा दिएको थियो र नेपालमा २०१७ साल पुस १ गते र २०६१ साल माघ १९ गते जस्तै गरी नेपालमा प्रतिगमनकारी कदम दोहोरिएको ठहर गरिएको थियो । त्यसपछि नेकपा–माओवादी सहित ३३ दलीय गठबन्धन र अन्य देशभक्त, प्रजातान्त्रिक जनवादी तथा प्रगतिशील शक्तिहरुले यसप्रति गमनकारी कदमका विरुद्ध बन्द हडताल र देशव्यापी रुपमा आन्दोलनलाई अगाडि बढाउने र नेपाली जनतालाई सुसूचित गर्ने काम गरें । नेपालबन्द सम्मका विरोधका कार्यक्रमहरु सम्पन्न गरिए । तर प्रतिगमन मतियारहरु र साम्राज्यवाद तथा विस्तारवादका दलालहरुले कुनै टेर पुच्छर नै लगाएनन् । त्यति मात्र उनीहरुले आफू सत्तामा सात सात वर्षसम्म बस्दा पनि संवैधानिक निकायका दलहरु पूर्ति गर्न सकेका थिएनन् । तर सत्ता निर्दलीय व्यक्तिलाई सुम्पिने क्रममै अख्तियारको प्रमुखमा जनआन्दोलनको हत्यारा तथा भ्रष्टव्यक्ति लोकमान सिंह कार्कीलाई समेत सिफारिस गरेको समाचार प्रचारमा आयो । त्यसपछि उनका विरुद्ध व्यापक विरोध भयो । अदालतमा मुद्दासमेत दर्ता गरियो । यस कदमका विरुद्ध राजनीतिक दलहरु, विद्यार्थी, नागरिक समाज लगायतका शक्तिहरुले विरोध भण्डाफोर गरे । सिफारिस फिर्ता लिन तर चार दलहरुलाई आह्वान र अनुरोध समेत गरे । तर सबैकुरालाई लत्याउँदै लोकमान सिंह कार्कीलाई राता रात अख्तियार प्रमुखमा नियुक्ति गरियो । यति ठूलो विरोध र जनदबाबका बाबजूद किन संसदवादी चार दलहरुले लोकमान सिंह कार्की जस्तो भ्रष्ट जनहत्यारा व्यक्तिलाई १९ दिने ऐतिहासिक जनआन्दोलनलाई समेत उपहास गर्दै अख्तियार दुरुपयोग निवारण आयोग जस्तो जिम्मेवार निकायको प्रमुखको रुपमा नियुक्त गर्न पुगे त ? यो नै गम्भीर प्रश्न हो । आम नेपाली जनताको लागि चिन्ताको विषय पनि हो । किनकि जुन राजनीतिक दलहरुलाई जनताले विश्वास गर्दै आएका थिए । चुनावमा भोट दिएर ठूला दलका रुपमा माथि माथिसम्म पनि पु¥याइदिएका थिए । तिनै राजनीतिक दलहरुले आज जनताका ती भावना र चाहनामाथि खेलबाड गर्दै प्रतिगमनकारी तथा प्रतिक्रियावादी कदम एकपछि अर्को गर्दै अगाडि बढाइरहेका छन् । यो जस्तो विडम्बनापूर्ण र लज्जास्पद कार्य अर्को के हुन सक्छ र ? यी चार राष्ट्रघाती तथा जनघाती दलहरुको प्रतिगमनकारी परिघटनाले यतिबेला सिंगो नपाल राष्ट्र र नेपाली जनताले लज्जाबोध गरीरहेको छ र विश्वका सामु आफ्नो सीर निहुरिएको महसूस गरिरहेको छ ।
    प्रकृतिमा होस् वा मानव समाजमा होस् वा राज्य व्यवस्थामा या चिन्तनमा घटित हुने कुनै पनि घटना र परिघटनाका पछाडि निश्चित वैज्ञानिक कारणहरु विद्यमान रहेका हुन्छन् र विनाकारण कुनै पनि घटना घटित हुन सक्दैन । नेपालमा अहिले घटना घटित हुन सक्दैन । नेपालमा अहिले घटित हुन पुगेको यो प्रतिगमनकारी परिघटना घटिन हुनुका पछाडि पनि निश्चित वैज्ञानिक घटनाहरु विद्यमान रहेका छन् ।
    यस परिघटना घटित हुनुको पछाडि धेरै कारणहरु हुन सक्छन् तर यहाँ दुईवटा मुख्य कारणहरु विद्यमान रहेका छन् –
पहिलो कारण ः यस परिघटनाका प्रमुख सूत्रधार र मतियार एकीकृत नेकपा (माओवादी) र त्यसका नेता पुष्पकमल दाहाल प्रचण्ड हुन् । उनले गत माघमा सम्पन्न पार्टीको हेटौडा महाधिवेशन हलमै सूच भरियो भनेर ठूलो स्वरले कुर्लेका थिए । त्यहाँदेखि यो खेल विधिवत् रुपमा संचालनमा आएको हो । एमाले, कांग्रेस जस्ता पार्टीहरुले यो काम गर्दै थिए नै । किनकि उनीहरु साम्राज्यवाद र विस्तारवादका दलाल हुन् । यो उनीहरुको कर्तव्यभित्र पर्दैथियो । तर दश वर्षे जनयुद्धको नेतृत्व समेत गरेको दशौं हजारको बलिदानी र हजारौंको वेपत्ता र घाइते अपाङ्ग तथा घरबारविहीन समेत पु¥याउन पुगेका एमाओावदी र त्यसको नेता प्रचण्डले किन गरे त भन्ने प्रश्न नै मुख्य प्रश्न हो र चिन्ताको विषय पनि हो यो ।
    यसको वास्तविकता के हो भने एकीकृत माओवादी वैद्धारिक–सैद्धान्तिक रुपले नवसंशोधनवादी पार्टी हो । नवसंशोधनवादीहरुसित कुनै निश्चित वैज्ञानिक विचार हुँदैन । उसको ढाट्ने झुट मुटका कुरा गर्ने षडयन्त्र र तिकड्मवाजी तथा जालसाजी कार्य गर्ने रहेको हुन्छ । त्यसो भएर एमाओवादी पार्टी र उसका नेताको कर्तव्य त्यही हुने हो र भइ पनि रहेको छ । लेनिनले एक ठाउँमा के भनेका छन् भने “संशोधनवादीहरु अन्तिममा प्रतिक्रियावादी र प्रतिक्रान्तिकारी कित्तामा सामेल हुन्छन् ।” लेनिनले भने जस्तै नवसंशोधनवादमा पतन हुन पुगेर नेपाली कम्युनिष्ट आन्दोलनभित्रको  ठमाह सन्तानका रुपमा एमाओवादी पुगैकै हो । त्यसो भए एमाओवादी र उसका नेतृत्वहरु प्रतिक्रियावादी र प्रतिक्रान्तिकारी कित्तामा पुगेकै कारण अहिले एमाओवादी र त्यसका नेता प्रचण्ड वर्तमान नेपालको प्रतिगमनकारी कदमका मुख्य मतियार बन्न पुगेका हुन् । सचेत नेपाली जनताले बुझ्ने कुरा यही नै हो । एमाले, कांग्रेस र मधेसी मोर्चा त प्रतिगमन र प्रतिक्रान्तिका मतियारका पुरानै अंसियार हुन् ।
    दोश्रो कारण ः एमाओवादी र यसका नेता प्रचण्ड बाबुरामलाई खुला भ्रष्टाचारी हुन् । यिनीहरुले राष्ट्रको ठूलो सम्पत्ति माथि ब्रह्मलुट मच्चाएका छन् । प्रचण्डको नाममा अख्तियारमा भ्रष्टाचार सम्बन्धी मुद्दा दर्ता भएको छ । एमाले, कांग्रेस र मधेसी मोर्चा र तिनका नेताहरु त १२ वर्षे कार्यकालदेखि कै नामुद भ्रष्टाचारी हुन् । उनीहरुका नाम अख्तियारमा सैयौं मुद्दाहरु दर्ता हुँदै आएका छन् । अतः लोकमानसिंह कार्की पनि ठूलो भ्रष्टाचारी र अनैतिक व्यक्ति हो । उसैलाई अख्तियारको प्रमुख बनाएमा भ्रष्टाचारको मुद्दाबाट जोगाइदिन्छ भन्ने उद्देश्यले नै उनीहरुले लोमानसिंह कार्कीलाई अख्तियारको प्रमुखमा सिफारिस गरेका हुन् । यी दुईवटा कारण नै मुख्य रुपमा रहेका छन् । प्रचण्ड, सुशील, झलनाथ, गच्छेदार जस्ता भ्रष्टहरु अब जोगिन्छन् कि जेलमा सडाइन्छन् हेर्न बाँकी छ ।


No comments:

Post a Comment