Sunday, January 27, 2013

माक्र्सवाद र माक्र्सवादी ज्ञान–सिद्धान्त

दर्शन
माक्र्सवाद र माक्र्सवादी ज्ञान–सिद्धान्त

दर्शन के–हो ?
जीवन र जगतको बारेमा बुझ्न, अध्ययन गर्न, विश्लेषण गर्न र मालेमावादी सिद्धान्तलाई जीवन दर्शनको रूपमा ग्रहण गर्नको निम्ति यो माक्र्सवादी ज्ञान सिद्धान्तले सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारीहरूलाई मदत गर्नेछ भन्ने हेतुले यो लेख लेख्ने प्रयत्न गरिएको छ । दर्शन भनेको कुनै बस्तुलाई हेर्ने, बुझने र व्याख्या गर्ने साधनको नाम हो । अर्को शब्दमा दर्शन भनेको मानिसको भित्री आँखा हो, जुन आँखाले जीवन र जगतका बारेमा हेर्नु, बुझ्न र व्याख्या गर्ने क्रममा मदत गर्दछ ।
    जीवन र जगतका सामान्य नियमहरूको अध्ययन गर्ने साधनको नाम नै दर्शन हो । ‘दर्शन’ शब्दको साधारण अर्थ ‘हेर्नु’ भन्ने हुन्छ । यसको ब्यापक अर्थ ‘हेर्न खोज्नु’ र ‘बुझ्नु’ हुनछ विश्वको उत्पती कसरी भयो ? पृथ्वीमा जीव–जन्तु र मानिसको उत्पति कसरी भयो ? जीवन र जगतलाई चलाउने चालक शक्ति वा नियम के हुन् ? भविष्यमा विश्वको स्थिति के हुनेछ ? आदि विषयहरूको खोज, व्याख्या र द«ष्टिकोणलाई दर्शन भनिन्छ । साथै मानव जीवनका उद्देश्य, कर्तव्य, मूल्य–मान्यता र आर्दश के हुन् ? के प्रकृति र समाजमा कुनै व्यवस्था र नियम संगति छ ? के मान्छेले प्रकृति र समाजको सत्पूर्ण ज्ञान प्राप्त गर्न सक्छ ? के मानिस आफ्नो ज्ञान र व्यवहारिक क्रियाशिलताका आधारमा प्रकृतिलाई बदल्न सम्भव छ । यीर यस्तै अनेकौं प्रश्नहरूको सही जवाफ खोज्ने मान्छेको जिज्ञासावृत्तिको उपज र अभिव्यक्ति नै दर्शन हो । अतः दर्शन भनेको मानिसको विश्वद«ष्टिकोण ९ध्यचमि इगतयियप० हो । संसार के हो ? यसको सृष्टि कसरी भयो ? यसको विकास र अन्त्य कसरी हुन्छ ? भन्ने जस्ता सवालमा हरेक व्यक्तिको एउटा निश्चित द«ष्टिकोण हुन्छ, यो नै उसको दर्शन हो ।
दर्शनका प्रकारहरूः
    आज संसारका धेरै प्रकारका दर्शनहरू देखिएतापनि मूख्य तथा दर्शन दुई प्रकारका छन् । जस्तै एकथरि चेतनालाई आदि तत्व या मुल तत्व मानेर जगतलाई त्यसका स्वतः स्फुत्त र रचना मान्यलाई अध्यात्मवादी दर्शन र अर्को पदार्थलाई मुल तत्व या त्यसको विकसित रूपलाई चेतना मान्य दर्शनलाई भौतिकवादी दर्शन भनिन्छ । दर्शनको छेत्रमा दुईओटा आधारभूत प्रश्नहरू छन् ? जसको जवाफको आधारमा दार्शनिकहरू पनि दुई सिविरमा बाँधिएका छन् ।
    पदार्थलाई आदितत्व र चेतनालाई उत्पति पदार्थबाट भएको मान्य कुरा दार्शनिकहरू भौतिकवादसित सम्बन्धीत छन् भने ‘आत्मा’ चेतनालाई आदितत्व मान्ने दार्शनिकहरू अध्यात्मवादसित सम्बन्धित छन् ।
    विश्व अवोधगाम्य छ अर्थात अज्ञय छ । यसलाई जान्न र बुझ्न सकिदैन भन्ने दार्शनिकहरू अध्यात्मबादसित सम्बन्धीत छन् भने विश्व बोधगाम्य छ । अर्थात ज्ञय छन् । विश्वलाई जान्न र बुझ्न सकिन्छ र यसलाई फेर्न सकिन्छ भन्ने दार्शनिकहरू भौतिकवादी दर्शनको खेमा भित्र पर्दछन् अतः भौतिकवादी दार्शनिकहरूले जगत वोधगाम्य छ भन्ने पृष्टि गरेका छन् भने अध्यात्मवादी दार्शनिकहरूले जगतको वोधगाम्यतालाई अस्विकार गर्दछन् ।
    उन्नाइसौं शताब्दीको मध्यतिर आएर अर्थात सन् १८४८ मा कार्ल माक्र्स (१८१८–१८४८), र फ्रेडरिक उंगेल्स (१८२०–१८९५) ले कम्युनिस्ट घोषणापत्र मार्फत सर्वहारा श्रमजीवि वर्गको मुक्तिको सिद्धान्त माक्र्सवादको प्रतिपादन गर्नुभयो । माक्र्सवादी दर्शनको उत्पतीले विश्वमा ठूलो क्रान्ति ल्याईदियो । माक्र्सवाद सर्वहारा क्रान्तिको विज्ञान हो । यो पुँजीवादको प्रारम्भीक अवस्थामा विकसीत भएको हो । द्वन्दात्मक तथा ऐतिहासिक भौतिकवाद, अतिरिक्त मूल्यको सिद्धान्त, वर्गसंङ्घर्ष, इतिहासमा बल प्रयोगको भूमिका र वैज्ञानिक समाजवाद तथा साम्यवाद यसका आधारभूत मान्यता हुन् । साथै प्रकृति, समाज, राज्यव्यवस्था आदि बारेमा कार्लमाक्र्स र फ्रेडरिक उैगेल्सले महान्् खोज र प्रयोगद्वारा निकाल्नु भएको वैज्ञानिक तथा क्रान्तिकारी विचार, सिद्धान्त र व्यवहारलाई माक्र्सवाद भनिन्छ । माक्र्सवादले पुँजीपती वर्गको राज्यसत्तालाई ध्वस्त पारी त्यस ठाउँमा सर्वहारा श्रमजीवि वर्गको राज्य व्यवस्था स्थापना गर्ने सही क्रान्तिकारी बाटो देखाउँदछ । माक्र्सवादका भौतिक विशेषताहरू द्वन्दात्मक भौतिकवाद, ऐतिहासिक भौतिकवाद, वर्गसङ्घर्ष, अतिरिक्त मूलयको सिद्धान्त, तल्लो वर्गको जनतामा राज्यको शक्ति निहित, सर्वहारा अधिनायकत्व आदि कुरा हुन् ।
दर्शनको उत्पती र विकासः
    दर्शनको उत्पती मानव ज्ञानको विकाससँग–सँगै भएको हो । हाल सम्मका वैज्ञानिक आविष्कार तथा प्राप्त तथ्यहरूका अनुहार आजभन्दा करिव १५ अर्ब वर्ष पहिले ब्रह्माण्डको स्वनिर्माण भएको थियो । त्यसै करिव ४ अर्व ६० करोड वर्ष पहिले हाम्रो पृथ्वी सहित सार्यमण्डल पनि स्वनिर्माण भएको थियो । आजभन्दा करिव ३ अर्व ८० करोड वर्ष पहिले जीवनको अस्तित्व देखा प¥यो । त्यसै आजभन्दा करिव २० देखि ४० लाख वर्ष पहिले अफ्रिका र दक्षिणपूर्वि उसियाका विभिन्न क्षेत्रमा अष्ट्रलोपिथेकस नाम दिइएको मानवीय गुणले युक्त आदि मानव देखा प¥यो । र आजभन्दा करिव ४० हजार वर्ष पहिले मात्र आधुनिक मानव वा प्रज्ञा मानवको विकास भएको बतायएको छ ।
    जब मानिस जंगली अवस्थाबाट सामुदायीक जीवनको तहमा आयपुग्यो र उसले सामुदायीक चिन्तन पनि गर्न थाल्यो र मानव समाज वर्गमा विभाजीत हुन पुग्यो, त्यसै बखत दर्शनको पनि उत्पति भएको हो । ईसापूर्व प्रथम शताब्दीमा दक्षिण एसियामा उपनिषदिक चिन्तन तथा संख्या, लोकापत, जैन, बोद्ध आदि दर्शन देखा परे, चीनमा कन्फयुसियसवाद र ताओवादी दर्शन देखा प¥यो भने प्राचिन युनानको आयोनिया दिपमा चेल्स, अनोक्सिमेण्डर र अनेक्सिमेनसका प्राकृतिक भौतिकवादी दार्शनिक चिन्तनहरू देखा परे । थेल्सले पानीलाई, अनेक्सीमेडरले कुहिरोलाई र अनेक्सिमेनसले वायुलाई सृष्टिको आधारमा मान्दथे । ईसापूर्व प्रथम शताब्दीको उत्तर्राद्धमा युनानका दार्शनिकहरू पाइथागोरस, हेराक्लिट्स, डेमोक्रेटस्, एपीकुरस, प्लेटो, अरिस्टोटल आदिले दर्शनशास्त्रको शास्त्रीय रूपरेखाको विकास गरेका थिए । दर्शनशास्त्रको विकासको क्षेत्रमा प्राचिन युनानी दार्शनिक थेल्सलाई पहिलो दार्शनिक मानिन्छ ।
माक्र्सवादको उत्पति र विकासः
    जब मानव समाज अस्तित्व आयो, त्यसपछि मानब समाजका सर्वोतम चिन्तकहरूले ‘मानिसद्वारा मानिसको शोषण र उत्पीडनबाट मुक्त हुने आफ्नो उत्पादनको मालिक आफै हुने, खुशी र समृद्धशाली समाजको निर्माण गर्ने’ परिकलपना गर्दै आएका थिए । यस विषयमा तभाभरवाले बिचारकहरूले न्याय र समानताको आधारमा समाजको निर्माण कसरी गर्न सकिन्छ भन्ने विषयमा अनेकौं थरिका परिकल्पनाहरू सहितका सिद्धान्तहरू प्स्तुत गर्दै आएका थिए । तर त्यस प्रकारका सबै विचार र सिद्धान्त समाज विज्ञानका नियम र वास्तविक परिस्थितिमा आधारित नभई कोराकल्पनामा आधारित थिए । ती विचारहरूले वास्तवीक रूपमा सामाजीक शोषण र उत्पीडनबाट कसरी मुक्त हुने र न्याय र समानतामा आधारित समाजको निर्माण गर्ने भन्ने सम्बन्धमा सटिक र वैज्ञानिक जवाफ दिन सकेका थिएनन् ।
    मानव जातीको विकास जब पुँजीवादमा भयो तब सर्वहारावर्गको सङ्घर्ष विकासको प्रमुख बाधक बन्यो । ऐतिहासिक आवश्यकताको रूपमा वर्गीय शोषण र उत्पीडनमा मुक्त हुन उपाय र न्यापूर्ण समाजमा संक्रमण हुने नियम, तरिका र तिनका रूपहरूका बारेमा घोषणा गर्दै आजभन्दा १६४ वर्ष पहिले कार्लमाक्र्स र फ्रेडरिक एंगेल्सले सन् १८४८ फ्रेबुअरी १२ का दिन विश्वविख्यात कम्युनिस्ट घोषणापत्रले अभिव्यक्त गरेको विचार र सिद्धान्तले विश्वभरिका मजदूर तथा सर्वहारावर्गको हितलाई वैज्ञानिक आधारमा पुष्टि गर्ने काम ग¥यो । माक्र्स–एंगेल्सद्वारा जारि गरिएको यस घोषणापत्रको आधारमा संसारभरका कम्युनिस्ट क्रान्तिकारीहरूले आ–आफ्नो मुलुकको सामाजिक वस्तुस्थितिको विश्लेषण गर्दै त्यस सिद्धान्तलाई लागु गर्ने प्रयत्न गर्दै आएका छन् । यो क्रान्तिको विज्ञान सम्बन्धी कम्युनिस्ट घोषणापत्रको निर्माण गर्नुभन्दा पहिले–पहिले उनिहरूले आफुभन्दा पूर्ववर्ती दार्शनिक, आर्थिक, सामाजिक ज्ञानको पसस्त अध्ययन गरेर त्यसैको निस्कर्षको रूपमा माक्र्सवादको प्रतिपादन भयो । यसमा शास्त्रीय दर्शन, अंग्रेजी अर्थशास्त्र र फ्रान्सेली समाजवादको उच्च विकास र माक्र्स र एंगेल्समा रूपमा ऐतिहासिक प्रतिभाको समन्वयले माक्र्सवादको प्रादुर्भावमा पृष्ठिभूमिको काम ग¥यो । माथि पनि भनिएको छ । माक्र्सवादको जन्म पँुजीवादको विकासको प्रारम्भीक अवस्थामा भएको हो । र माक्र्सले जर्मन शास्त्रीय दर्शन, अङ्ग्रेजी राजनीतिक अर्थशास्त्र र फ्रान्सीसी समाजवादलाई संस्लेषण गर्नुभयो र यसै प्रक्रियामा माक्र्सवादको जन्म भयो ।
    माक्र्सवाद एउटा वैज्ञानिक सिद्धान्त हो । माक्र्सवाद एउटा समाज विज्ञान पनि हो । माक्र्सवादी दर्शन द्वन्दात्मक भौतिकवादी दर्शन हो । माक्र्सवाद द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी विश्वदृष्टिकोणमा आधारित छ । माक्र्सवादी दर्शनका दुई भाग छन् – द्वन्दात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवाद । माक्र्सवादी दर्शनको मानव चिन्तनको उज्जवल तथा प्गतिशिल परम्परालाई आत्मसाथ गरेर भएको हो । यस विषयमा लेनिनले भन्नुभएको छ । – ‘माक्र्सवादको जन्म विश्व सभ्यताको अनजान गल्तीबाट भएको होइन । माक्र्सवादी दर्शन आदितकालमा सर्वाधिक प्रगतिशिल मतहरू, सिद्धान्तहरू र विचारधाराहरूको प्रत्यक्ष सिलसिला हो ।’
    वर्गीय समाजमा प्त्येक दर्शन वर्गदर्शन रहने कुरा माक्र्सवादी दर्शनको सम्बन्धमा पनि लागु हुन्छ । माक्र्सवादी दर्शन पनि एउटा वर्ग दर्शन हो तर यो अन्य दर्शन झैं अल्पसंख्यकहरूको, शोषणहरूको दर्शन नभएर बहुसंख्यक सर्वहारा श्रमजीविहरूको दर्शन हो । यसलाई स्टालिनले माक्र्सवादी लेनिनवादी पार्टीको विश्वदृष्टिकोणका रूपमा परिभाषित गर्नुभएको छ । एक पुरै वैज्ञानिक दर्शनका रूपमा माक्र्सवादी दर्शनले पूरानो पुँजीवादी विश्वको विनास र नयाँ साम्यवादी विश्वको सिर्जनको लागि अर्थात विश्वको आमुल रूपान्तरणको लागि जब्बर सैद्धानितक जग प्रदान गरेको छ । अर्थात विश्वको क्रान्तिकारी रूपान्तरण गर्ने ऐतिहासिक जिम्मेवारी बहन गरेको सर्वहारावर्गको प्रयासलाई माक्र्सवादी दर्शनले सैद्धान्तिक, न्यायोचितताको आधार र निद्रेशन प्रदान गरेको छ । त्यसमा विश्व सर्वहारावर्गको संसारलाई विकसीत बुझ्ने र त्यसलाई बदल्ने एक अथुक बौद्धिकअस्त्र भेटाएको छ । यस विषयमा लेनिनले यसरी दर्शाउनु भएको छ । – ‘माक्र्सवादको दर्शन एउटा यस्तो परिपूर्ण दाशृनिक भौतिकवाद हो जसले मानव जातिलाई र खास रूपले मजदूरवर्गलाई ज्ञानका शक्तिसाली औजार प्रदान गरेको छ’ ।
    जसले जीवन र जगतलाई फेर्न चाहन्छ, विद्यमान यर्थाथतालाई फेरेर नयाँ यथार्थताको निर्माण गर्न चाहन्छ त्यसले संसारलाई बुझ्नु पदृछ । त्यसलाई फेर्ने तरिका जान्नुपर्दछ । यह िसामथ्र्य माक्र्सवादी दर्शनले मात्र उसलाई दिन्छ । मानब समाजमा सर्वहारावर्ग सबैभन्दा ठूलो शक्तिसाली र सचेत वर्ग हो । यस वर्गको लागि दर्शनको कत्रो महत्व रहेको हुन्छ भन्ने कुरालाई स्वयं कार्ल माक्र्सले यसरी व्याख्या गर्नुभएको छ । – ‘जसरी दर्शनले सर्वहारावर्गमा आफ्नो भौतिक हतियार भेटाउँछ, त्यसरी नै सर्वहारावर्गले दर्शनमा आफ्नो बौद्धिक ‘हतियार भेटाउँछ’ त्यसै गरि माक्र्सवादको – दार्शनिक पक्षको महत्वलाई माओतसेतुङ्ले यसरी दर्शाउनु भएको छ । – ‘माक्र्सवाद ज्ञानका अनेक शाखाहरूबाट बनेको छ, माक्र्सवादी दशृन, माक्र्सवादी अर्थशास्त्र र माक्र्सवादी समाजवाद अर्थात वर्गसङ्घर्षको सिद्धान्त तर जग चाँही माक्र्सवादी दर्शन हो । यदि त्यसलाई मनन गरिदैन भने हाम्रो एउटा कुनै साझा भाषा वा साझा तरिका हुने छैन हामी चीजहरूलाई स्पष्ट नपारिकन यताउताको कुराको तर्क मात्र गरिरहेका हुने छौं । द्वन्दात्मक भौतिकवादलाई मनन गरिसकेपछि थुर्पै दुःख कष्ठ बाट जोगिने छ र धेरै गल्तिहरू हट्ने छन् ।
    पुरानो संसारलाई विनष्ठ पारि त्यसको लासमा नयाँ वर्गबिहिन संसारको रचना गर्न सर्वहारा श्रमजीवि वर्गको लागि माक्र्सवाद अन्चुक, अमोध, अजय अस्त्र बन्न पुग्यो । क्रान्तिको विज्ञानको रूपमा माक्र्सवाद विश्वक्रान्तिकारी आन्दोलनको व्यवहार सँगै निरन्तर विकसित भइरहेको छ ।
    माक्र्सवाद सर्वहारावर्गको मुक्तिको सिद्धान्त बन्न पुगेपछि सर्वहारावर्गले आफ्नो मुक्तिको सिद्धान्तको प्रतिपादन र विकासको कामलाई तीन ऐतिहासिक चरणमा सम्पन्न गरेको छ – जस्तै माक्र्सवादी चरण, लेनिनवादी चरण र माओवादी चरण । हामीले विशेष रूपले बुझ्ने कुरा के हो भने संसारलाई बदल्ने ऐतिहासिक जिम्मेवारी बहन गरिरहेको सर्वहारावर्गको सिद्धान्तको जन्म र विकासका दृष्टिले यी तिनवछै चरणको विशेष ऐतिहासिक महत्व छ । माक्र्सले जर्मन शास्त्रीय दर्शन, अङ्ग्रेजी राजनीतिक अर्थशास्त्र र फ्रान्सीसी समाजवादलाई संस्लेषण गर्नुभयो र यसै प्रक्रियामा माक्र्सवादको जन्म भयो । माक्र्सवाद विश्वक्रान्तिको इतिहासमा एक युगान्तकारी परिघटना हो । साथै यसको चरणबद्ध विकासको क्रममा लेनिनवादी तथा माओवादी चरणमा पनि यसप्रकारको सिद्धान्तका तिनवटै संघटक अंगको विकास गर्ने काम भएको छ ।
    माक्र्सवादको प्रतिपादन र त्यसको विकास र रक्षा गरीरहेको बेला माक्र्स र एंगेल्सले सर्वहारा वर्गको नेतृतवमा समाजवादी क्रान्ति एउटा देशमा मात्र नभएर एड्डल्याण्ड, फ्रान्स, जर्मनी जस्ता औधोगिक विकास भएका पुँजीवादी देशहरूमा एकैसाथ हुने कुरा बताउनुभएको थियो । तर लेनिनले पुँजीवादको चरम अवस्था साम्राज्यवाद भएको र साम्राज्यवादको उदयको स्थितिमाथि ध्यान दिंदै त्यसको अनिवार्य परिणाम सुद्ध हुने र साम्राज्यवाद समाजवादी क्रान्तिको पूर्वबेला बन्न जाने स्थितिको विश्लेषण गर्दै एउटा देशमा पनि समाजवादको जीत हुन सक्छ भन्ने मान्यता प्रस्तुत गर्नुभयो त्यसै अनुरूप सशस्त्र विद्रोह मार्फत सन् १९१७ मा रूसमा महान्् अक्टुवर समाजवादी क्रान्ति पनि सम्पन्न भयो । यसरी लेनिनवाद साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगको माक्र्सवाद बन्न पुग्यो । यसरी लेनिनवाद माक्र्सवादको प्रयोग र विकास मात्र होइन, सिद्धान्त र व्यवहारबीच द्वन्दात्मक एकरूपता कायम गर्न गरि विश्व क्रान्तिको इतिहासमा नयाँ अध्याय थप्न पनि सफल भएको छ । किन कि माक्र्सवादको गुणात्मक विकासको दोस्रो चरण लेनिनवाद हो र पुँजीवादले साम्राज्यबादमा प्रवेश गर्नु, उत्पादक शक्ति सर्वहारा आन्दोलन तथा ज्ञान–विज्ञानका विविध क्षेत्रमा थप प्रगति हुँदै जानु र यस प्रकारको नयाँ परिस्थिति गर्नुपर्ने ऐतिहासिक आवश्यकताका बीचबाट लेनिनवादको जन्म भएको हो ।
    त्यसैगरि चीनमा विशिष्ट परिस्थितिमा माक्र्सवाद–लेनिनवादको सृजनात्मक रूपमा प्रयोग गर्ने क्रममा माओको नेतृतवमा अर्धसामन्ती तथा अर्धऔपनेवेशिक अवस्थामा रहेको चीनमा नयाँ जनवादी क्रान्ति सम्पन्न भयो । र समाजवादी क्रान्तिको प्रक्रियालाई अगाडि बढाइयो । अर्धसामन्ती तथा अर्धऔपनेवेशिक देशहरूमा सर्वहारावर्गको नेतृत्वमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने र समाजवादी क्रान्तिलाई सर्वहारा वर्गको अधिनायकत्व अन्तरगत निरन्तरता दिंदै महान्् सर्वहारा साास्कृतिक क्रान्ति सम्पन्न गर्ने ऐतिहासिक प्रक्रियामा चीनमा मात्र होइन विश्व क्रान्तिकै लागि समेत माओको विशिष्ट योगदान रहेको छ । किनकि माक्र्सवाद–लेनिनवादको गुणात्मक विकास तेस्रो र नयाँ चरण माओवाद हो । सामन्तवाद–साम्राज्यवादी शोषणको दोहोरो उत्पीडनबाट आक्रान्त अविकसित देशहरूमा क्रान्तिका समस्याहरूको समाधान गर्नुपर्ने रूस, पूर्वी युरोपका कयौं देशहरूमा पुँजीवादको पुनः स्थापनाका कारणहरूको खोज, अनुसन्धान गरि त्यसबाट शिक्षा लिनुपर्ने तथा त्यसबाट उत्पन्न समाजवादी समाजका अन्तर्विरोधहरूको समाधान गर्नुपर्ने र आधुनिक संशोधनवादका विरूद्धको लडाई लड्नुपर्ने ऐतिहासिक आवश्यकताको पृष्ठभूमिमा माओद्वारा माक्र्सवाद–लेनिनवादको थप परिमार्जन तथा विकास गरि त्यसलाई माक्र्सवाद–लेनिनवाद–माओवादको तस्रो नयाँ र गुणात्मक उचाईमा पु¥याउने काम भएको हो ।

सन्दर्भ माक्र्सवादी ज्ञान सिद्धान्तकोः
    ज्ञानसम्बन्धी सिद्धान्त द्वन्द्वात्मक भौतिकवादको एक महत्वपूर्ण तत्व हो । अन्तर्राष्ट्रिय सर्वहारावर्गका महान् नेता भ्लादिमिर इल्वीच लेनिनले माक्र्सवादी ज्ञान– सिद्धान्तका बारेमा भन्नुभएको छ– ‘द्वन्द्ववाद माक्र्सवादको ज्ञानसम्बन्धी सिद्धान्त हो ।’– लेनिन, संकलित रचनाहरू, भाग ३८, पृष्ठ ३६२ ।
    द्वन्द्वात्मक भौतिकवादी सिद्धान्त भौतिक संसार र चेतनाबीचको सम्बन्धको आधारभूत सवालको अर्को महत्वपूर्ण पक्षसित सम्बन्धित छ । आफू रहेको संसारलाई हामी जान्न सक्छौं कि सक्दैनौं ? के त्यो यथार्थताको ठीक प्रतिबिम्ब हुन सक्छ ? के चिन्तन र सत्ताको मेल हुनसक्छ ? यी प्रश्नहरूको जवाफ पनि भौतिकवाद र आदर्शवादले एकदमै भिन्न–भिन्न ढंगले दिएका छन् । यस विषयमा दार्शनिकहरू दुई खेमामा विभाजित भएका छन् । यो संसार ज्ञेय छ (बुभन र जान्न सकिन्छ) भन्ने दार्शनिकहरू भौतिकवादी खेमामा खडा भएका छन् भने यो संसार अज्ञेय छ (बुझ्न र जान्न सकिदैन) भन्ने दार्शनिकहरू आदर्शवादी (अध्यात्मवादी) खेमामा खडा हुन पुगेका छन् ।
    जीवन र जगतको सामान्य नियमहरूको अध्ययन दर्शन हो । दर्शनको खास अर्थ ‘हेर्न खोज्नु र बुझ्नु’ हुन्छ । विश्व ब्रह्माण्डको उत्पत्ति कसरी भयो ? पृथ्वीमा जीवजन्तु र मानिसको उत्पत्ति कसरी भयो ? जगत र जीवनलाई चलाउने शक्ति या नियम के हुन् ? पदार्थको स्थान पहिलो कि चेतनाको स्थान पहिलो ? आदि विषयहरूको खोज, व्याख्या र दृष्टिकोणलाई दर्शन भनिन्छ । आज विश्वमा धेरै प्रकारका दर्शनहरू देखिए पनि मुख्यतया दर्शन दुई प्रकारका छन् । एकथरि चेतनालाई आदि दत्व वा मूल तत्व मानेर जगतलाई त्यसको स्वतःस्फूर्त रचना मान्ने अध्यात्मवादी दर्शन र अर्को पदार्थलाई मूल तत्व र त्यसको विकसितरूपलाई चेतना मान्ने भौतिकवादी दर्शन ।
    पदार्थलाई आदि तत्व र चेतनालाई पदार्थबाटै उत्पन्न भएको कुरा मान्ने दार्शनिकहरू भौतिकवादसित सम्बन्धित छन् । उनीहरूको दृष्टिकोणमा पदार्थ शास्वत छ अर्थात् कसैले पनि कहिल्यै पनि पदार्थको सृष्टि गरेको होइन र वस्तुगत जगतमा कुनै किसिमको अलौकिक वा पारलौकिक शक्तिको अस्तित्व छैन । चेतना चाहिँ पदार्थको ऐतिहासिक विकासको उपज हो भन्ने अवधारणा भौतिकवादी दार्शनिकहरूको रहेको छ भने ‘आत्मा’ चेतनालाई आदि तत्व मान्ने दार्शनिकहरू अध्यात्मवादसित सम्बन्धित छन् । उनीहरूको दृष्टिकोणमा पदार्थ भन्दा पहिले नै चेतनाको अस्तित्व थियो र त्यसैले पदार्थलाई जन्माएको हो । अर्थात् चेतना नै सम्पूर्ण अस्तित्वको पूर्वाधार हो भन्ने दार्शनिकहरू अध्यात्मवादसित सम्बन्धित छन् र उनीहरूले जगतको बोधगम्यतालाई अस्वीकार गर्छन् ।
    द्वन्द्वात्मक भौतिकवादी दार्शनिक एवम् वैज्ञानिक साम्यवादका प्रवर्तक कार्ल माक्र्सको उदय हुनु भन्दा पहिले नै जीवन र जगतलाई हेर्ने, बुझ्ने र व्याख्या गर्ने कार्य प्रशस्त मात्रामा भइसकेको थियो तर जीवन र जगतलाई सञ्चालन गर्ने र त्यसलाई बदल्ने सन्दर्भमा अध्यात्मवादी धारणाले काम गर्दै आएको थियो । दर्शनका क्षेत्रमा भएका सबभन्दा पछिल्लो विकासका क्रममा शास्त्रीय जर्मन दर्शनका रूपमा हेगेलको द्वन्द्ववाद र लुडाविक फायरवाखको भौतिकवादको रूपमा देखा परेको थियो । तत्कालीन समयमा देखापरेका यी दुई दर्शनका मूल्यवान तथा सुसंगत विचारहरूलाई आत्मसात गरेर कार्लमाक्र्स र फ्रेडरिक एंगेल्सेले द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शनको विकास गरे । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शन माक्र्सवादी विश्वदृष्टिकोण हो । यसले प्रकृति, मानव समाज र विचारधारात्मक विकासका अधिकतम सामान्य नियमहरूको अध्ययन र वैज्ञानिक व्याख्या गर्दछ । माक्र्सवादी दर्शन त्यस्तो दर्शन हो, जसले विश्वलाई रूपान्तरण गर्नका लागि त्यसलाई बुझ्ने प्रयत्न गर्दछ । यस विषयमा कार्लमाक्र्सले यसरी व्याख्या गर्नुभएको छ–‘दार्शनिकहरूले संसारको बेग्लाबेग्लै व्याख्या मात्रै गरेका छन् तर गाँठी कुरा त त्यसलाई बदल्नु पो हो त ।’– कार्लमाक्र्स, फायरवाखसम्बन्धी प्रस्थापनाहरू ।
    प्रकृति, समाज, राज्यव्यवस्था आदि बारेमा कार्ल माक्र्स र फ्रेडरिक एंगेल्सले महान् खोज र प्रयोगद्वारा निकाल्नुभएको वैज्ञानिक तथा क्रान्तिकारी विचार, सिद्धान्त र व्यवहारको संयुक्त योगलाई माक्र्सवाद भनिन्छ । माक्र्सवादले सामन्त वर्ग र पूँजीपति वर्गको राज्यव्यवस्थालाई निषेध गरेर सर्वहारा श्रमजीवी वर्गको राज्यव्यवस्था स्थापना गर्ने सही तथा क्रान्तिकारी बाटो देखाउँदछ । विश्व ब्रह्माण्डको सृष्टि र सञ्चालन ईश्वरले गर्दछ भन्ने सृष्टिवादी अध्यात्मवादको पूर्णरूपले खण्डन गरी त्यसको ठाउँमा प्रकृति र समाजको द्वन्द्वात्मक विकासको सिद्धान्त अघि सारेको छ । यसका मौलिक विशेषताहरू द्वन्द्वात्मक भौतिकवाद, ऐतिहासिक भौतिकवाद, वर्गसङ्घर्ष, अतिरिक्त मूल्यको सिद्धान्त, तल्लो वर्गको जनतामा राज्यको शक्ति आदि कुरा लेखेको छन् ।
                    ज्ञान– सिद्धान्तको क्षेत्र
    वस्तुगत जगतका नियमको सक्रिय तथा उद्देश्यमूलक मानसिक प्रतिबिम्बलाई ज्ञान भनिन्छ । भीआई लेनिनले ‘ज्ञान भनेको वस्तुसँग चिन्तनको शास्वत र अन्त्यहीन समानुपातिकरण हो’ भन्नुभएको छ । ज्ञानको आधार भनेको व्यवहार हो । व्यवहार भनेको विश्वलाई रूपान्तरण गर्ने मानिसहरूको भौतिक क्रियाकलाप हो । द्वन्द्वात्मक भौतिकवादी ज्ञान सिद्धान्तअनुसार ज्ञानको स्रोत मानिसको चारैतिर जगतमा उसको व्यवहार हो । ज्ञान प्राप्ति भनेको मानिसको मजगमा वस्तुगत जगत र त्यसका नियमहरूको क्रियाशील तथा मानसिक क्रियाकलापहरूको प्रतिबिम्ब हो । बाह्य जगतले मानिसमाथि असर पार्दछ र मानिस त्यहीअनुरूप अनुभूति, अवधारणा र ज्ञान उत्पन्न गर्दछ ।
    वस्तुगत जगतमा रहेका वस्तुहरू तथा घटनाहरूलाई मानवीय ज्ञानको एकमात्र स्रोतको मान्यता दिनु नै माक्र्सवादी तथा द्वन्द्वात्मक भौतिकवादी ज्ञान सिद्धान्तको आधारभूत प्रस्थानविन्दु हो । कार्लमाक्र्स र फ्रेडरिक एंगेल्सले ज्ञान प्राप्तिको वैज्ञानिक तथा व्यवहारिक धरातलमा उभिएर पहिलेका दार्शनिकहरूको सीमिततालाई हटाएर गुणात्मक दृष्टिकोणले नै नयाँ द्वन्द्वात्मक भौतिकवादी ज्ञान सिद्धान्तको प्रतिपादन गर्नुभयो । व्यवहारिक अनुभव अर्थात् मानिसहरूको भौतिक उत्पादनसम्बन्धी क्रियाकलापलाई ज्ञान प्राप्तिको आधार मान्नु नै माक्र्सवादी ज्ञान सिद्धान्तको मूलभूत विशेषता हो । माक्र्सवादी दर्शनमा अनुभव भनेको ज्ञान प्राप्तिको प्रक्रियाको आधार र प्रस्थानविन्दु मात्र होइन, यो ज्ञानको सत्यता र सहीपनाको कसौटी हो भनिएको छ । यस विषयमा भी.आई. लेनिनले भन्नुभएको छ– ‘जीवन र अनुभवको दृष्टिकोण नै ज्ञान सिद्धान्तको पहिलो मुख्य दृष्टिकोण हुनुपर्छ र यसले अनिवार्यतः भौतिकवादमा नै ल्याउनेछ ।’
व्यवहार नै ज्ञान प्राप्तिको पहिलो आधार
    द्वन्द्वात्मक भौतिकवादी ज्ञान–सिद्धान्तअनुसार प्रकृति र समाजलाई बदल्न मानिसले गर्ने सक्रिय क्रियाकलापलाई व्यवहार भनिन्छ । श्रम र भौतिक उत्पादन नै त्यसको आधार हो । राजनीतिक सङ्घर्ष सञ्चालन गर्नु, वर्गसङ्घर्षको उठान गर्नु, राष्ट्रिय मुक्ति आन्दोलन तथा वैज्ञानिक अनुसन्धान सबै प्रयोग गर्नुजस्ता सक्रिय व्यवहारद्वारा नै मानिसले प्रकृतिमा भएका ठोस भौतिक वस्तुहरूको रूपान्तरण मात्र नगरेर नयाँ वस्तुहरूको निर्माण समेत गर्दछ । त्यसको निम्ति मानिस प्रत्यक्षरूपमा श्रममा संलग्न हुनुपर्छ । किनभने व्यवहार नै ज्ञानको प्रस्थान विन्दु र आधार हो । सर्वप्रथम स्वयं ज्ञान नै व्यवहारको आधारमा र मुख्यतया भौतिक उत्पादनको प्रभावले गर्दा उत्पन्न भएको थियो भन्ने कुरा द्वन्द्वात्मक भौतिकवादी (माक्र्सवादी ज्ञान) ज्ञान सिद्धान्तले प्रमाणित गरिदिएको छ । यस विषयमा कमरेड माओत्सेतुङले यसरी व्याख्या गर्नुभएको छ–‘व्यवहारद्वारा सत्य पत्ता लगाऊ र फेरि व्यवहारद्वारा सत्यको पारख गर र त्यसलाई विकसित गर । इन्द्रियग्राह्य ज्ञानबाट शुरु गर र सक्रियतापूर्वक त्यसलाई बुद्धिसंगत ज्ञानमा विकसित गर, अनि बुद्धिसंगत ज्ञानबाट शुरु गर र मनोगत तथा वस्तुगत दुबै संसारलाई फेर्नका लागि सक्रियरूपले क्रान्तिकारी व्यवहारको पथप्रदर्शन गर । व्यवहार ज्ञान, फेरि व्यवहार, फेरि ज्ञान । यो क्रम अनन्तरूपले दोहोरिन्छ र प्रत्येक आवृत्तिका साथसाथै व्यवहार र ज्ञानको सारतत्व माथिल्लोस्तरमा पुग्दछ । यो नै सम्पूर्ण द्वन्द्वात्मक भौतिकवादी ज्ञान सिद्धानत हो र यो नै बोध र कार्यको एकतासम्बन्धी द्वन्द्वात्मक भौतिकवादी सिद्धान्त हो ।’ माओत्सेतुङ, संकलित रचना भाग १ पृष्ठ २४६
    मानिस आफ्नो अस्तित्वको पहिलो घडीदेखि नै श्रम गर्न बाध्य भयो । मानिस आफ्नो जीवनयापनका साधनहरू जुटाउन बाध्य भयो । श्रमको दौरानमा मानिसले प्रकृतिका जटिलतम शक्तिहरूसित लड्नुप¥यो र तिनलाई बदल्दै आफ्नो हितानुकूल काममा प्रयोग गर्दै विस्तार विस्तार तिनको ज्ञान पनि हासिल गर्दै गयो । उत्पादनको भावी विकासको निम्ति नयाँ नयाँ ज्ञानको आवश्यकता पर्दै गयो । त्यसको पूर्तिको लागि विविध निर्माणको काममा जुट्दै गयो र विज्ञान र प्रविधिको समेत विकास गर्न सक्षम भयो । वैज्ञानिक ज्ञानले व्यवहारबाट नै यन्त्र, उपकरण र प्रविधिहरूको निर्माण गर्न सफल भयो र व्यवहारले ज्ञान प्राप्तिमा योगदान पु¥याउँदै आएको छ । अतः व्यवहार ज्ञान प्राप्तिको आधार मात्र नभएर मानिसको उद्देश्य प्राप्त गर्ने वैज्ञानिक हतियारको रूपमा प्रमाणित हुनपुग्यो ।
    ज्ञान प्राप्ति मानिसहरूको श्रमको एउटा रूप हो । यो मानिसको सैद्धान्तिक क्रियाकलाप पनि हो । सिद्धान्तले स्वतः वास्तविकतालाई सक्दैन, त्यसमा सिद्धान्त र व्यवहारका बीचमा एकता कायम भएको हुन्छ । यही नै सिद्धान्त र व्यवहारबीचको अन्तर हो । अव्यवहारिक सिद्धान्त निरर्थक हुन्छ । भनिन्छ, सिद्धान्तविनाको व्यवहार अन्धो हुन्छ र सिद्धान्तले व्यवहारलाई बाटो देखाउँछ । आफ्नो सुप्रसिद्ध लेख व्यवहारबारेमा कमरेड माओत्सेतुङले सिद्धान्त र व्यवहारको सम्बन्धबारे निचोडको रूपमा भन्नुभएको छ– ‘हाम्रो निष्कर्ष हो, मनोगत र वस्तुगतको सिद्धान्त र व्यवहारको ज्ञान र ठोस कार्यको ऐतिहासिक एकता ।’ माओत्सेतुङ चुनिएका रचनाहरू, भाग १ पृष्ठ ३०८ ।
प्रत्यक्ष अनुभवबाट भावनात्मक चिन्तन ः
    द्वन्द्वात्मक भौतिकवादी सिद्धान्तअनुसार ज्ञान प्राप्ति स्थिर हुँदैन । यो निरन्तर गतिशील र विकासशील हुन्छ । प्रत्यक्ष अनुभवबाट भावनात्मक चिन्तनतिरको गतिमा ज्ञान प्राप्तिको विकास प्रक्रियाको अभिव्यक्ति भएको पाइन्छ । यस विषयमा लेनिनले भन्नुभएको छ– ‘प्रत्यक्षबोधबाट भावनात्मक चिन्तनतिर, अनि त्यसबाट व्यवहारतिरको बाटो नै सत्यको ज्ञान अर्थात् वस्तुगत यथार्थताको ज्ञानको मार्ग हो ।’ भी.आई.लेनिन, संकलित रचना संग्रह, खण्ड २९ पृष्ठ १५२–१५३ ।
    ज्ञानेन्द्रियहरूको सहायताबाट बाह्य जगतका वस्तुहरूको परिचयद्वारा नै ज्ञान प्राप्तिको प्रक्रिया शुरु हुन्छ । दैनिक अनुभवबाट नै मानिसलाई यस कुरामा विश्वास हुन्छ । प्रत्यक्ष अनुभव नै ज्ञान प्राप्तिको बाटोमा चालिने पहिलो पाइला हो । ज्ञान प्राप्तिको बाटोमा अनुभूतिहरूको ज्यादै ठूलो महत्व हुन्छ किनभने जगतका वस्तुहरूबाट ठीक ठीक जानकारी राख्न तिनले मानिसलाई आवश्यक सामग्रीहरू दिन्छन् । ज्ञान प्राप्तिको सम्पूर्ण प्रक्रिया तथ्यहरूमा आधारित हुन्छ । माक्र्सवादी दार्शनिकहरूले ज्ञान प्राप्तिको जटिलतम प्रक्रियामा वस्तुगत जगतबाट त्यसलाइृ अलग्याउन पर्दा हाल्दै आएको अध्यात्मवादको ज्ञान शास्त्रीय मूल प्रवृत्तिहरूलाई चकनाचुर पारिदिएका छन् । लेनिनले अध्यात्मवादलाई ‘फलहीन फूल’ को संज्ञा दिनुभएको छ ।
सत्यको बारेमा माक्र्सवादी दृष्टिकोण
    द्वन्द्वात्मक भौतिकवादमा ‘सत्य’ भन्ने शब्दले वस्तुसम्बन्धी त्यो ज्ञान बुझाउँछ, जसले त्यस वस्तुको सही प्रतिबिम्ब उतार्दछ र जुन त्यस वस्तुको अनुरूप हुन्छ । द्वन्द्वात्मक भौतिकवादले मानव जातिको युगौंको व्यवहार तथा विज्ञानका उपलब्धिहरूको आधारमा सत्य वस्तुरपरक हुन्छ भन्ने पुष्टि गरेको छ । जस्तै पृथ्वी भकुण्डोजस्तो गोलो छ भन्ने निष्कर्षलाई नै लिन सकिन्छ । यो निष्कर्ष सत्य छ किनभने त्यो वास्तविकताको अनुरूप छ । यो पृथ्वीको स्वरूप मानिसले सोचेभन्दा धेरै बाहिर छ । किनभने मानिसभन्दा धेरै पहिले नै पृथ्वीको अस्तित्व थियो । माक्र्सवादी ज्ञान सिद्धान्तले ‘पदार्थ प्रथमोत्पन्न हो र चेतना द्वितीयोत्पन्न हो’, ‘चेतना मस्तिष्कको स्वभाव हो’ भन्ने अवधारणा नै सत्यको बारेमा माक्र्सवादी दृष्टिकोण हो ।
व्यवहार नै सत्यको कसौटी
    माक्र्सवादी दार्शनिकहरूले व्यवहारलाई नै सत्यको कसौटी हो भन्ने प्रमाण प्रस्तुत गरेका छन् । द्वन्द्वात्मक भौतिकवादमा सत्य भन्नाले वस्तुसम्बन्धी त्यो ज्ञानलाई बुझिन्छ, जसले त्यस वस्तुको सही प्रतिबिम्ब उतार्दछ र जुन त्यसको अनुरूप हुन्छ । जस्तै– ‘पिण्ड अणुहरूबाट बनेको हुन्छ’,‘मानिस भन्दा पहिले नै पृथ्वीको अस्तित्व थियो’, ‘जनता नै इतिहासका वास्तविक निर्माता हुन्’ इत्यादि विज्ञानले सिद्ध गरेका निष्कर्षहरू सत्य छन् भन्ने निचोडमा माक्र्सवादी दार्शनिकहरू पुगेका छन् ।
    अध्यात्मवादको विपरीत भौतिकवादले मानव जातिको युगौंदेखिको व्यवहार तथा विज्ञानका उपलब्धिहरूको आधारमा सत्य वस्तुपरक हुन्छ भन्ने दृष्टिकोण गरेको पाइन्छ । सत्यले वस्तुगतरूपमा अस्तित्वमा रहेको जगतलाई नै प्रतिबिम्बित गर्छ । त्यसै कारणले सत्यको सार पनि मानव चेतनामा निर्भर रहँदैन । यस विषयमा भीआई लेनिनले भन्नुभएको छ– ‘सत्य भनेको हाम्रो ज्ञानको यस्तो सार हो, जुन मानिसमा भर पर्दैन, मानव जातिमा भर पर्दैन । सत्यको सार तिनै वस्तुगत प्रक्रियाहरूको निरुपित गर्छन् । जसलाई त्यसले प्रतिबिम्बत गरेको हुन्छ’ लेनिन, संकलित रचना संग्रह, खण्ड १८, पृष्ठ १३७ ।
    उदाहरणको निम्ति ‘पृथ्वी भकुण्डो जस्तै गोलो छ’ भन्ने निष्कर्षलाई लिन सकिन्छ । यो निष्कर्ष सत्य छ । किनभने त्यो वास्तविकताको अनुरूप छ । पृथ्वीको रूप मानिसको चेतनामा भर पर्दैन र मानिस भन्दा धेरै पहिलेदेखि नै पृथ्वीको अस्तित्व थियो ।
    माक्र्सवादी दार्शनिकहरूले के पुष्टि गर्दै आएका छन् भने सत्यको पत्ता लगाउनु भनेको मानिसबाट स्वतन्त्र रहेको त्यो वस्तुगत आधार पत्ता लगाउनु हो । जसले सत्यको सही निष्कर्ष निकाल्छ र गलतबाट वास्तविक ज्ञानलाई छुट्याउने प्रशस्त सम्भावनाका ढोकाहरू खोलिदिन्छ । व्यवहार नै सत्यको एकमात्र यस्तो कसौटी हो, जुन कुनै पनि विचार वा वैज्ञानिक सिद्धान्तको सत्यताबारे जति पनि विवाद गर्न सकिन्छ तर व्यवहारले अर्थात् भौतिक उत्पादन, राजनीतिक सङ्घर्ष, वैज्ञानिक प्रयषेगले मात्र यस विवादको अन्तिम फैसला गर्न सक्छ । यस विषयमा कार्लमाक्र्सले लेख्नुभएको छ–‘मानव चिन्तनले वस्तुगत सत्यताको अभिव्यक्ति गर्दछ कि गर्दैन भन्ने प्रश्न सैद्धान्तिक प्रश्न होइन, यो त व्यवहारिक प्रश्न हो । व्यवहार नै मानिसले सत्यता अर्थात् आफ्नो चिन्तनको इहलौकिकता, व्यवहारिकता र क्षमता प्रमाणित गर्नुपर्छ ।’ कार्लमाक्र्स र फ्रेडरिक एंगेल्स, संकलित रचना संग्रह खण्ड ३, पृष्ठ १ ।
    तर विभिन्न किसिमका अध्यात्मवादीहरू द्वन्द्वात्मक भौतिकवादको यस महत्वपूर्ण निष्कर्षसित सहमत छैनन्, उनीहरू ज्ञान प्राप्तिमा व्यवहारको महत्वलाई अस्वीकार गर्दछन् र स्वयं मनुष्य तथा उसको चिन्तन नै सत्यको कसी हो भन्ने ठान्दछन् ।
    व्यवहारको जग भनेको मानवीय श्रमशीलता र भौतिक उत्पादन हो । ज्ञानको समष्टिगत व्यवहारबाट प्रमाणित पक्षलाई सिद्धान्त भनिन्छ । सिद्धान्त स्वयंले समाजलाई बदल्न सक्दैन । त्यस सिद्धा्रन्तले व्यवहारलाई मार्गदर्शन गर्न महत्वपूर्ण भूमिका खेल्दछ । ज्ञान र सिद्धान्त सही छ कि छैन भनेर जाँच्ने एकमात्र कसौटी व्यवहार हो । ज्ञान र व्यवहारको अन्योन्याश्रित सम्बन्ध रहेको छ ।
वैज्ञानिक ज्ञानको विधि र पद्धति
    द्वन्द्वात्मक भौतिकवादी दर्शनले मानिसले प्राप्त गर्दै आएको ज्ञानको बारेमा वैज्ञानिक रूपमा विविध विधि र पद्धतिका माध्यमबाट सटिक विश्लेषण गरेको छ । ज्ञान पदार्थको सबभन्दा सुसंगठित र सुन्दर उपज हो । वैज्ञानिक ज्ञान प्राप्तिमा उपकरणहरूको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ । उपकरणविना विज्ञान खासगरी आधुनिक विज्ञानको कल्पनासम्म गर्न गाह्रो हुन्छ । जस्तो आधुनिक इलेक्ट्रोनिक सूक्ष्मदर्शक यन्त्रले वस्तुको आकारलाई दशौंलाख गुणासम्म बृद्धि गर्दछ । विज्ञानमा उपयोगमा ल्याइने यन्त्र र उपकरणहरू विभिन्न प्रकारका हुन्छन् । नाप लिने र निरीक्षण गर्ने साधनहरू, समयसूचक यन्त्र, दूरवीन यन्त्र, सूक्ष्मदर्शक यन्त्र, भोल्टामिटर, एमिटर, विश्लेषणात्मक तराजु, भूकम्पमापक यन्त्र आदि । त्यसपछि आँकलन गर्ने उपकरणहरू, फोटोसम्बन्धी यन्त्र, माइक्रोफिल्म, स्मरणशक्ति भएको टेप, समय जाँच्ने घडी इत्यादि उल्लेखनीय छन् । साथै सञ्चारका साधनहरू टेलिग्राफ, टेलिफोन, रेडियो, टेलिभिजन, रेडियोलोकेटर, फोटोसेल, डिक्टाफोन, संकेत उपकरण इत्यादि । त्यस्तै सङ्गठन उपकरणहरू ः क्यालकुलेटर, स्लाइड रुल, कम्प्यूटर, गणितीय तालिका इत्यादिको उल्लेख गर्नु आवश्यक हुन्छ । यी उपकरणहरू अनुसन्धानका महत्वपूर्ण साधन हुन् ।
    विश्लेषण र संष्लेषणको पनि वैज्ञानिक ज्ञान प्राप्तिको क्षेत्रमा अत्यन्त महत्वपूर्ण स्थान छ । वैज्ञानिक ज्ञान प्राप्तिको क्षेत्रमा विश्लेषणको विपरीत संस्लेषण भनेको वस्तुका विभिन्न खण्ड र पक्षहरूको निर्जीव अथवा तार्किक संयोजन हो । वैज्ञानिक ज्ञान प्राप्तिको क्षेत्रमा ऐतिहासिक तथा तार्किक पद्धतिहरू अमूर्त र मूर्त गणितीय पद्धतिहरूको पनि उत्तिकै महत्व हुन्छ । विश्लेषणात्मक र संस्लेषणात्मक पद्धतिबेगर वैज्ञानिक ज्ञान हासिल गर्न असम्भव हुन्छ ।
    भौतिकवादी दर्शन क्षेत्रमा मानिसले प्राप्त गर्दै आएको ज्ञानको बारेमा वैज्ञानिकरूपमा अध्ययनबाट शिक्षा लिनु र त्यसलाई व्यवहारमा उतार्नु नै भौतिकवादी ज्ञान सिद्धान्तको मूल कडी हो । यसबाट के शिक्षा लिन सकिन्छ भने ज्ञान छिपछिपेबाट गहिराइतिर, अल्पज्ञानबाट पूर्ण ज्ञानतिर, सरलबाट जटिलतातिर, विकास गर्दछ भन्ने नै हो । विश्व ब्रह्माण्डमा रहेका वस्तुहरू र घटनाहरूको आन्तरिक स्वभाव तथा सारतत्व तिनको कार्य तथा विकासका नियमहरू पत्ता लगाउनु नै वैज्ञानिक ज्ञान प्राप्तिको लक्ष्य हो ।
माक्र्सवादी ज्ञान सिद्धान्तको महत्वः
    माक्र्सवाद सर्वहारा वर्गको मुक्तिको सिद्धान्त हो । माक्र्सवाद सर्वहारा क्रान्तिको विज्ञान हो । माक्र्सको दर्शन द्वन्दात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शन हो, दर्शन मानिसको सामान्य दृष्टिकोण हो र यो दर्शनको सिद्धान्त भौतिकवाद हो । माक्र्सवादले लेनिनवाद–माओवादमा विकास गरिसकेको छ । र माक्र्सवाद–लेनिनवाद–माओवाद विश्व सर्वहारावर्गको मुक्तिको मार्गदर्शक तथा पथप्रदर्शक सिद्धान्त हो ।
    दर्शन भनेको एउटा विश्वदृष्टिकोण हो अर्थात् विश्वलार्य हेर्ने एउटा दृष्टिकोण हो । र त्यो विज्ञानको यस्तो शाखा हो, जसले प्रकृति, समाज र मानवीय चिन्तनको विकासका नियमहरूको अध्ययन गर्दछ । हरेक वस्तुहरूको आ–आफ्नै परिभाषा हुन्छ । माक्र्सवादी परिभाषा अनुसार दर्शन भनेको सैद्धान्तिक ज्ञानको त्यो रूप हो, जसले विश्वदृष्टिकोणसित प्रकृति र समाजलाई हेर्ने दृष्टिकोणसित सम्बन्धित सामान्य सवालहरूको विश्लेषण र व्याख्या । पस्तुत गर्दछ । प्रकृति र समाजको विकास कुन ढंगबाट हुनेगर्छ, ऐतिहासिक विकासका मुल कारण र प्रेरक शक्तिहरू के हुन् हाम्रो यस संसारलाई कुन रूपमा बुझ्ने र फेर्न सकिन्छ यी र यस्ता प्रकारको सामथ्र्य माक्र्सवादी दर्शनले मात्र राख्दछ ।
    अतः दर्शनको अध्ययनले मानिसमा मुक्तिसंगत ढंगले सोच्ने क्षमताको विकास गराउँदछ । व्यक्तिको सैद्धान्तिक चिन्तनले दर्शनमा आफ्नो तरिका र सारतत्व भेटाउँछ भन्ने दर्शनले सैद्धान्तिक चिन्तनलाई रूप र ढाँचा प्रदान गर्दछ, व्यक्तिको चिन्तनधारालाई निर्देशित गर्दछ । त्यसैले माक्र्सवाद विश्वसर्वहारावर्गको आफ्नो दृष्टिकोण हो ।
    माक्र्सवादमा ज्ञानका अनेक शाखाहरू छन्ः माक्र्सवादी दर्शन, माक्र्सवादी अर्थशास्त्र, माक्र्सवादी समाजशास्त्र, अर्थात वर्गसङ्घर्ष सम्बन्धी सिद्धान्त तर जग चाँही माक्र्सवादी दर्शन हो । यही कुरालाई मनन गरिएन भने हाम्रो एउटा साझा भाषा वा कुनै साझा तरिका हुने छैन् र हामी चिजलाई स्पष्ट नपारिकन यताउती तर्फ गरिरहने छौं, द्वन्दात्मक भौतिकवादलाई बुझेपछि धेरै दुःख बाट बचिने छ ।र धेरे गल्तीहरू हट्नेछन् । भन्ने माओको गहन संश्लेषणबाट हामी के कुरा प्राप्त गर्दैछौं भने संसारलाई बदल्न र फेर्न चाहने जो कोहलिे पनि माक्र्सवादको अधययन गर्न र ज्ञान प्राप्त गनशर्् जरूरी छ । किनकि माक्र्सवाद ज्ञानको विशाल भण्डार हो । र सर्वहारा वर्गको आफ्नो विश्वदृष्टिकोण हो । एउटा सही भनाई के छ भने दृष्टिकोण नभएको मानिस जरा नभएको रूख जस्तै हो । क्रान्तिकारी दृष्टिकोण नभइकन सच्चा क्रान्तिकारी बन्न सकिदैन । समाजमा आमुल परिवर्तन ल्याउने सङ्घर्षमा योग्य र समर्थवाण जोघाहा बन्ने हो भने प्रत्येक क्रान्तिकारीले आफ्नो दिमागलाई क्रान्तिकारीकरण गर्नैपर्छ । अर्थात उसले क्रान्तिकारी दृष्टिकोण ग्रहण गर्न सक्नुपर्दछ । यस्तो दृष्टिकोणले मात्र उसको निम्ती प्रष्ट दिशा र दूरदर्शन प्रदान गर्दछ । यहाँ उल्लेख गरिएको दृष्टिकोणको तात्पर्य माक्र्सवादी दृष्टिकोण हो । यो ज्ञान माक्र्सवादी ज्ञान–सिद्धान्तसित अन्तर्सम्बन्धीत रहेको छ । यो र यसै प्रकारका तमाम ज्ञानहरूमाक्र्सवादी ज्ञान सिद्धान्तले प्रदान गर्ने भएकोले एउटा क्रान्तिकारी माक्र्सवादीका लागि माक्र्सवादी ज्ञान–सिद्धान्तको बढी महत्व छ ।

सन्दर्भ सामाग्रीहरूः
१. कार्ल माक्र्स – पुँजी खण्ड १ र २
२. फ्रेडरिक एंगेल्स – ड्युहरिड्ड मतखण्डन
३. माक्र्स–एंगेल्स – संकलीत रचना सङ्ग्रहः भाग १, २, ३, ८, १०, २०, ३२, ४२, ४३
४. लेनिन संकलित रचना सङ्ग्रह भाग – ५, १८, १९, २४, ३८
५. माओत्सेतुङ् चुनिएका रचनाहरू भाग – १, २, ३, ५, ८
६. लेनिन – एक पाइला अगाडि दुई पाइला पछाडी
७. महान्् रूसी अक्टुवर क्रानितको इतिहास
८. चिनियाँ नयाँ जनवादी क्रान्तिको इतिहास
९. महान्् बहस
१०. हो चि मिन्ह – क्रान्तिकारी नैतिकता
११. कम्युनिस्ट नैतिकता
१२. स्टालिन – लेनिनवादका आधारहरू
१३. प्लेखानोन – चुनिएका दार्शनिक कृतिहरू – भाग १ र २
१४. लेनिन – माक्र्स–एंगेल्स–माक्र्सवाद
१५. माक्र्स–एंगेल्स – पेरिस कम्युन
१६. माक्र्स–एंगेल्स – साहितय र कला
१७. मोहन वैद्य ‘किरण’ – माक्र्सवादी दर्शन
१८. कृष्णदास श्रेष्ठ – कार्ल माक्र्स ः व्यक्तित्व र कृतित्व
१९. हस्तबहादुर के.सी. – माक्र्सवादी दर्शनशास्त्रका रूपरेखा
२०. हस्तबहादुर के.सी. – माक्र्सवादी दर्शनशास्त्रका सिद्धान्तहरू
२१. नेकपा (माओवादी) का ऐतिहासिक दस्तावेजहरू
२२. नेकपा–माओवादीको दश्तावेज–२०६९ असार  


Saturday, January 26, 2013

एमालेको दक्षिणपन्थी शंसोधनबादमा पतन को बाँकी अंश

२.  अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको शिक्षा 
    आज नेपाली सर्वहारा श्रमजीवी वर्गको अग्रदस्ता एकीकृत नेकपा
(माओवादी) कसरी क्रान्तिकारी पार्टीमा गुणात्मक ढंगले विकसित भयो र त्यसको विपरीत एमाले कसरी प्रतिक्रान्तिकारी बन्न पुग्यो, यो कुरा बुझ्नका लागि अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनका समृद्ध ऐतिहासिक अनुभव र तथ्यहरूमा आधारित भएर अर्थात्, दुई गुणात्मक ढंगले भिन्न सिद्धान्त माक्र्सवाद–लेनिनवाद–माओवाद÷विचारको विकास र शास्त्रीयसंशोधनवाद–आधुनिक संशोधनवादको प्रतिक्रियावादमा पतनको सारतत्वमाथि ध्यान दिनु आवश्यक हुन्छ ।
    माक्र्सवाद सर्वहारा क्रान्तिको वैज्ञानिक सिद्धान्त हो । यसका तीन संघटक अंग छन् । ती हुन्– दर्शन, राजनीतिक अर्थशास्त्र र समाजवाद । माक्र्सवादको दर्शन द्वन्द्वात्मक एवं ऐतिहासिक भौतिकवाद हो । मानवजातिको इतिहासको विकास प्रक्रियाको आर्थिक नियमहरूको भौतिकवादी अध्ययन गर्ने विज्ञानको नाम राजनीतिक अर्थशास्त्र हो । समाजवादअन्तर्गत वर्ग, वर्गसंघर्ष, पार्टी, राज्यसत्ता, सर्वहारा अधिनायकत्व र ती सबैको विलुप्तीको वैज्ञानिक अध्ययन गरिन्छ । सर्वहारा क्रान्तिको यो वैज्ञानिक सिद्धान्त तमाम प्रकारका आदर्शवाद, अधिभूतवाद र कल्पनावादका विरुद्ध खडा छ । यो वैज्ञानिक सिद्धान्तसँग सामना गर्नसक्ने क्षमता आज कसैसँग छैन । यो वैज्ञानिक र गतिशील सिद्धान्त भएकोले आज यो माक्र्सवाद–लेनिनवाद र माओवाद÷विचारधाराका रूपमा विकसित भएको छ । यहाँनेर बुझ्नैपर्ने कुरा के हो भने, माक्र्सवादको संशोधन, अपव्याख्या र पुनर्विचार गर्नु संशोधनवाद हो । माक्र्सवादको सैद्धान्तिक विजयको कारण आफ्नो पृथक अस्तित्व धान्न असमर्थ तमाम प्रकारका अवसरवादी तथा काल्पनिक समाजवादी धाराहरू माक्र्सवादको वैज्ञानिक धाराभित्र जब घुस्न पुग्दछन, त्यो बेला संशोधनवादको जन्म हुन्छ । माक्र्सवादको जन्मको लगत्तै प्रुधोंजस्ता अवसरवादीहरूको जन्म भएको हो । माक्र्सवादलाई पुरानो भइसकेको ‘जडसूत्रवादी’ सिद्धान्त बताउँदै यसको संशोधन र पुनर्विचारको प्रस्थापना पेश गर्ने पहिलो व्यक्ति वर्नस्टाइन हो । अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा संशोधनवादका दक्षिणपन्थी, उग्रपन्थी एवं मध्यपन्थी रूपहरू विभिन्न कालखण्डमा देखापर्दै आएका छन् र यिनमा दक्षिणपन्थी संशोधनवाद नै अधिक विकृतिपूर्ण एवं खतरनाक रही आएको छ । संशोधनवादको शास्त्रीय संशोधनवाद आधुनिक संशोधनवाद–प्रतिक्रान्तिको बाटो हुँदै प्रतिक्रियावादका रूपमा पतन हुन पुगेको छ । यो संशोधनवाद अन्तर्राष्ट्रिय परिघटना हो । यसको जन्म आधुनिक समाजको वर्गीय परिवेशमा हुन्छ । हरेक देशमा क्रान्तिका विशेषतासँगै संशोधनवादले पनि आफ्ना विशिष्टताहरू जाहेर गर्ने गर्छ । सामाजिक र सैद्धान्तिक विशेषताहरूसहित संशोधनवादको जन्म हुने गर्दछ ।
    ऐतिहासिक तथ्यहरूले के पुष्टि गरेका छन् भने, संशोधनवादको सामाजिक स्रोत निम्नपूँजीवाद, पूँजीवाद र साम्राज्यवाद हो । संशोधनवादको साम्राज्यवादसँग घनिष्ठ सम्बन्ध रहँदै आएको छ । साम्राज्यवादको जन्म इङ्ल्याण्डबाट भएको थियो । जब साम्राज्यवाद अन्य देशहरूमा फैलदै गयो, त्यसको प्रभावको कारण ती देशहरूमा पनि संशोधनवाद फैलिन पुग्यो । जर्मनीको लासाल र लासालवादीहरूमा पनि अनेकौं अवसरवादी विकृतिहरू पैदा हुँदै गएको कुराबारे माक्र्स–एंगेल्सले उद्घाटित गर्नुभएको छ । सैद्धान्तिक दृष्टिले हेर्दा संशोधनवादको वैचारिक स्रोत निम्न पूँजीवाद, पूँजीवाद र साम्राज्यवादी विचारधारा नै हो । संशोधनवादले माक्र्सवादका संघटक अंगको बारेमा दर्शन, राजनीति र समाजवाद तीनवटै संघटक अंगलाई संशोधित एवं विकृत पार्दै आउने काम गरेको छ । दर्शनका क्षेत्रमा काष्टवाद, प्रत्यक्षवाद, अनुभववाद, व्यवहारिकतावाद, संकल्पवाद, भँडुवा, विकासवाद र नानाथरिका विचारपन्थी सारसंग्रहवादलाई आत्मसात गर्दै आएको छ । द्वन्द्वात्मक एवं ऐतिहासिक भौतिकवादका विरुद्ध यसले अधिभूतवाद र आदर्शवादको पक्षपोषण गर्दछ । राजनीतिक अर्थशास्त्रको क्षेत्रमा पूँजीवादी संकट तथा मूल्यसिद्धान्तको विरोध गर्नु, साम्राज्यवादलाई प्रगतिशील देख्नु, नियोजित अर्थतन्त्रका विरुद्ध अराजक स्वतःस्फूर्ततावादी उत्पादक शक्तिको सिद्धान्त अँगाल्नु, यसका मूलभूत सिद्धान्त हुन् । समाजवादको क्षेत्रमा यसले वर्गसंघर्ष, सर्वहारा अधिनायकत्व र हिंसापूर्ण क्रान्तिको सिद्धान्तका विरुद्ध वर्गसमन्वय, पूँजीवादी अधिनायकत्व र शान्तिपूर्ण संक्रमणको सिद्धान्त अवलम्वन गर्दछ र, मजदूर आन्दोलनलाई सुधारवादी, संसदवादी भासमा फसाउनु यसका मूल विशेषता हुन् ।
    हामीले प्राप्त गरेको ज्ञान के हो भने, अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको इतिहासमा सर्वहारा क्रान्तिको सिद्धान्तको विकास जसरी माक्र्सवाद–लेनिनवाद–माओवाद÷विचारधाराका तीन गुणात्मक चरणमा भएको छ । त्यसरी नै संशोधनवाद पनि शास्त्रीय संशोधनवाद–आधुनिक संशोधनवाद–प्रतिक्रियावादका रूपमा विकृत हुन पुगेको छ । सर्वहारा क्रान्तिको विकास वर्गदुश्मनहरू, उनीहरूको विचारधारा, तमाम अराजकतावादी तथा अवसरवादीहरू र संशोधनवादीहरूका विरुद्धको भीषण वर्गसंघर्ष, अन्तरसंघर्ष र दुईलाइन संघर्षका बीचबाट निकै जटिल, संगीन र ओजपूर्ण रहेको छ ।
    माक्र्सवाद इतिहास–विज्ञानको महान खोज थियो । वर्गसंघर्षको सर्वहारा अधिनायकत्वमा विकास र साम्यवादको स्थापना त्यस खोजको केन्द्रीय कडी सर्वहारा वर्गको अधिनायकत्व थियो । अराजकतावादीहरूले माक्र्सवादको त्यसै केन्द्रीय कडीमाथि प्रहार गरेका थिए । लासालवादीहरूको जोड त्यसै केन्द्रीय कडीका विरुद्ध ‘स्वतन्त्र राज्य’ को पक्ष पोषण गर्नु र स्वतन्त्रता, समानता, न्याय तथा भातृत्वका पूँजीवादी नारालाई अलंकृत गर्नु थियो । त्यसका निम्ति लासालवादीहरूले पार्टीमा विजातीय तत्वहरूलाई भर्ने र पार्टीको वैचारिक बन्ध्याकरण गर्ने कुरामा पूरा जोड दिएका थिए । माक्र्स–एंगेल्सले ती सबका विरुद्ध लड्दै माक्र्सवादी सिद्धान्त, रणनीति तथा कार्यनीति र त्यसको सम्वाहक पार्टीलाई समेत स्थापित गर्नुभएको थियो । दोस्रो अन्तर्राष्ट्रियकालमा वर्नस्टिनले तमाम काल्पनिक तथा अवसरवादी विचारहरूलाई समेट्दै तथा वर्गसंघर्ष, सर्वहारा अधिनायकत्व र हिंसापूर्ण क्रान्तिको सिद्धान्तका विरुद्ध वर्गसमन्वय, बालिग मताधिकार, पूँजीवादी अधिनायकत्व र शान्तिपूर्ण संक्रमणको सिद्धान्तको वकालत गर्दै शास्त्रीय संशोधनवादको जग बसालेको थियो । यस अवधिमा अर्थवाद, मेन्सेविकवाद, विसर्जनवाद, काउत्स्कीवादलगायतका संशोधनवादका विविध रूपहरू प्रकट भएका थिए । गद्दार काउत्स्कीले वर्नस्टाइनको पदानुसरण गर्दै सर्वहारा अधिनायकत्व र बल प्रयोगको सिद्धान्तका विरुद्ध ‘शुद्ध जनवाद’को पक्षपोषण गरेको थियो र उसले साम्राज्यवादलाई प्रगतिशीलसमेत बताएको थियो ।
    आधुनिक संशोधनवादको सूत्रपात मुख्यतः ख्रुश्चोभबाट भयो । उसले सम्पूर्ण जनताको पार्टी, सम्पूर्ण जनताको राज्य र शान्तिपूर्ण संक्रमणको सिद्धान्त अवलम्वन गर्दै तथा वर्गसंघर्ष, सर्वहारावर्गको अधिनायकत्व र सशस्त्र संघर्षका विरुद्ध भीषण हमला बोल्दै रुसमा पूँजीवादको स्थापना ग¥यो । खु्रश्चोभदेखि मिखाइल गोर्भाचोभसम्म आउँदा आधुनिक संशोधनवाद सामाजिक फाँसीवादका रूपमा गिर्न पुग्यो । पछिल्लो अवधिमा आउँदा क. माओत्सेतुङले एकातिर अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको गहन अध्ययन र अर्कोतिर स्वयम् चीनमै जटिल बन्दै गइरहेको पूँजीवादको पुनस्र्थापना रोक्नका लागि सर्वहारा अधिनायकत्वअन्तर्गत निरन्तर क्रान्ति जारी राख्ने सिद्धान्त प्रतिपादन गरी महान १० वर्षे साँस्कृतिक क्रान्ति सञ्चालन गर्नुभयो । चीनको नयाँ जनवादी क्रान्तिदेखि आजसम्म आइपुग्दा दर्शन, राजनीतिक अर्थशास्त्र र समाजवाद तीनवटै क्षेत्रमा माक्र्सवाद–लेनिनवादको तेस्रो गुणात्मक शिखरका रूपमा माओवाद÷विचारधाराको विकास भयो । अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलन यसरी माक्र्सवाद र संशोधनवादको भीषण द्वन्द्वको बीचबाट गुज्रदै आउँदा क्रान्ति र प्रतिक्रान्तिका जित र हारका अनेकौँ घटनाहरू घटिसकेका छन् । सारा संशोधनवादीहरूले क्रान्तिकारीहरूलाई उग्रवादी, आतंकवादी,जडसूत्रवादी, आदि भनेर बदनाम मात्र गरेका छैनन्, भीषण भौतिक हमलासम्म गर्न पुगेका छन् । वास्तवमा संशोधनवादीहरू वर्नस्टाइन, काउत्स्की र खु्रश्चोभभन्दा पनि अझै तल गिरेर ठाडै संसदीय प्रजातन्त्र, पूँजीवादी संसद र बहुलवादलाई आदर्श मान्दै युरो कम्युनिज्मको पतीत सिद्धान्तसम्म अँगाल्न पुगेका छन् र आज संशोधनवाद नांगो पूँजीवादमा समेत गिर्न पुगेको छ ।
    हामीले सञ्चालन गर्दै आएको वर्गसंघर्ष, अन्तरसंघर्ष, दुई लाइनको संघर्ष, अध्ययन र अनुभवबाट के निष्कर्षमा पुग्न सकिन्छ भने, अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनभित्रको माक्र्सवाद र संशोधनवादबीचको यो भीषण लडाइँ आज आएर एकातिर माक्र्सवाद–लेनिनवाद–माओवाद÷विचारधारा र अर्कोतिर, शास्त्रीय संशोधनवाद–आधुनिक संशोधनवाद–प्रतिक्रियावादबीचको लडाइँ अभिव्यक्त हुन पुगेको छ । यो एकातिर अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको माक्र्सवाद र संशोधनवादका बीचको लामो ऐतिहासिक लडाइँका समृद्ध अनुभव एवं शिक्षाको सार हो भने, अर्कोतिर त्यस लडाइँको माक्र्सवाद र प्रतिक्रियावाद बीचको लडाइमा रूपान्तरणको द्योतक पनि हो । यसरी आज माक्र्सवाद र संशोधनवादबीचको संघर्ष सारमा भन्नुपर्दा माओवाद÷विचारधारा र प्रतिक्रियावादबीचको भीषण संघर्षमा बदलिन पुगेको छ ।
    अब यस कुरालाई नेपालको सन्दर्भमा भन्नुपर्दा एकातिर माक्र्सवाद–लेनिनवाद–माओवाद÷विचारको प्रतिनिधित्व गर्ने क्रान्तिकारी धारा र अर्कोतिर संशोधनवादको प्रतिगामी धाराको रूपमा अभिव्यक्त हुन पुगेको छ । आज एकीकृत नेकपा (माओवादी) अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको क्रान्तिकारी परम्परा र त्यसको शिक्षाको सारलाई आत्मसात गर्दै माक्र्सवाद–लेनिनवाद–माओवाद÷विचारलाई पथप्रदर्शक सिद्धान्त मान्दै तथा तमाम प्रकारका दक्षिणपन्थी संशोधनवाद र सुधारवादका विरुद्ध संघर्ष गर्दै नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्नका लागि महान् १० वर्षे जनयुद्धको ऐतिहासिक प्रक्रियाबाट अघि बढेर सशस्त्र जनयुद्ध र शान्तिपूर्ण जनआन्दोलनको फ्यूजनबाट शान्ति प्रक्रियामा सामेल हुँदै ऐतिहासिक संविधानबाटको निर्वाचनबाट सामन्तवादी राजतन्त्रलाई अन्त्य गरेर जनताको संघीय गणतन्त्रात्मक संविधान निर्माण गरी नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने अन्तिम खुड्किलो पार गर्ने प्रक्रियामा प्रवेश गरेर क्रान्तिकारी धाराको प्रतिनिधित्व गर्दै अघि बढिरहेको छ भने, नेकपा (एमाले) प्रतिगामी डफ्फा लासालवाददेखि शास्त्रीय संशोधनवाद र आधुनिक संशोधनवादसम्मका सारा विकृतहरूलाई अँगाल्दै तथा खु्रश्चोभी नवसंशोधनवादी पतीत कडीको रूपमा आएको जनताको बहुदलीय जनवादको नारा नवसंशोधनवादी खोल ओढेर अहिले साम्राज्यवाद र विस्तारवादीहरूको इच्छा र उद्देश्य पूरा गरिदिने उद्देश्यका साथ प्रतिक्रान्तिको झण्डा बोक्दै संशोधनवादी एवं प्रतिक्रान्तिकारी धाराको नेतृत्व गरिरहेको छ र आज एमाले नेतृत्व गुट महान नयाँ नेपाली जनवादी क्रान्ति र जनताको संघीय गणतन्त्र स्थापना गर्ने संघर्षका विरुद्ध नीचतापूर्वक प्रतिगामी एवं प्रतिक्रान्तिकारी कदममा उत्रिएको छ ।

३.     एमाले जन्मको पृष्ठभूमि
    हरेक वस्तुको जन्म र विकासका लागि निश्चित आधारहरू विद्यमान रहेका हुन्छन् । नेकपा (एमाले) को जन्म र विकास पनि एकाएक भएको होइन । तत्कालीन नेपाली कम्युनिष्ट आन्दोलन भित्रबाट विभिन्न प्रकारका कालखण्डहरू पार गरेर मात्र एमालेको जन्म भएको थियो । जो यस प्रकार छ ः
    नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जन्म सशस्त्र झापा विद्रोहको जगमा उभिएर भएको हो । २०२२÷२३ सालदेखि नै नेपाली कम्युनिष्ट आन्दोलन विभाजन हुन पुग्यो । २०२५ सालमा तेस्रो राष्ट्रिय सम्मेलन गरी भारतको गोरखपुरबाट नेकपाका संस्थापक महासचिव पुष्पलालले पार्टीलाई पुनर्गठित गर्ने प्रयास नगरेको त होइन तर उहाँको प्रयासले पनि कुनै सार्थक परिणाम दिन सकेन । त्यसैले यस्तै प्रयासको रूपमा २०२७ सालको अन्त्यतिर तत्कालीन पूर्व कोशी प्रान्तीय कमिटीको मातहतमा कार्यरत झापा जिल्लाका वामपन्थी कार्यकर्ताहरूले उक्त कमिटीबाट अलग हुँदै सशस्त्र झापा संघर्षको सिर्जना गरेका थिए । सन् १९६९ मे १ तारिखका दिन चारु मजुम्दारको नेतृत्वमा गठन भएको भारतीय कम्युनिष्ट पार्टी (माले) ले ‘वर्गशत्रु खत्तम गर’ भन्ने मूल नाराका साथ भारतको विहार राज्यको नक्सलगढमा सशस्त्र विद्रोह सञ्चालन गरिरहेको थियो । त्यसकै प्रत्यक्ष प्रभावमा परेर ‘सैनिकसँग नभिडी सामन्तीलाई नगिडी आउँदैन है जनवाद भाषण ठोकेर’ भन्ने गीत गाउँदै ‘वर्गशत्रु खत्तम गरौं’ भन्ने मूलनाराका साथ २०२८ साल जेठ २ गतेका दिन झापा जिल्ला ज्यामिरगढी निवासी जमिनदार कर्णबहादुर गौतममाथि भौतिक आक्रमण गरी उनको सफाया गरेर सशस्त्र झापा विद्रोहको विष्फोट भएको थियो । नेपालको कम्युनिष्ट आन्दोलनभित्र सशस्त्र झापा विद्रोह ऐतिहासिक घटनाका रूपमा रहेको छ ।
    निरंकुश राजतन्त्रको तत्कालीन तानाशाही तप्का फासिष्ट पञ्चायती व्यवस्थाले झापा विद्रोहमाथि भीषण दमनचक्र चलाएको थियो । झापाबाट इलाममा जेल चलान गर्ने बहाना २०२९ साल फागुन २१ गते राति सुखानीको जंगलमा झापाली विद्रोहीहरू रामनाथ दाहाल, नेत्र घिमिरे, नारायण श्रेष्ठ, वीरेन राजवंशी र कृष्ण कुइकेललाई पञ्चायती शासकहरूले गोली ठोकेर हत्या गरेका थिए । सयौंको संख्यामा गिरफ्तार गरिएको थियो । हजारौं झापाली क्रान्तिकारीहरू प्रवासी जीवन बिताउन बाध्य भएका थिए ।
    झापा विद्रोहका क्रान्तिकारीहरूले २०३२ जेठ २४–२५ गते पूर्वी नेपालको विराटनगर १६ मा गुप्तरूपमा भेला भई अखिल नेपाल कम्युनिष्ट क्रान्तिकारीको कोअर्डिनेशन कमिटी (माले) को गठन गरे । यसकै आयोजनामा राष्ट्रिय सम्मेलन गरी २०३५ साल पुस ११ गते नेपाल कम्युनिष्ट पार्टी (माले) को गठन हुन पुग्यो र सी.पी. मैनाली महासचिव बनाइए । यसले माक्र्सवाद–लेनिनवाद र माओत्सेतुङ विचारधारालाई पार्टीको मार्गदर्शक सिद्धान्तमा राख्ने निर्णय ग¥यो । क्रान्तिको कार्यक्रम नयाँ जनवादी क्रान्ति नै राखियो र क्रान्तिको चरित्र सशस्त्र क्रान्तिको बाटोलाई नै अवलम्वन गर्ने निर्णय ग¥यो ।
    २०४६ साल भदौ ९–१४ मा सिराहा जिल्लाको लाहानमा नेकपा (माले) को चौथो राष्ट्रिय महाधिवेशन सम्पन्न भयो । महाधिवेशनले मदनकुमार भण्डारीलाई महासचिव निर्वाचित ग¥यो । त्यस महाधिवेशनले नेपाली क्रान्तिको कार्यक्रममा ‘बहुदलीयता’ थप्यो । स्थापनाकालदेखि नै नेपाली क्रान्तिको कार्यक्रम नयाँ जनवादी क्रान्ति नै राख्दै आएकोमा नेकपा (माले) ले भन,े २०४६ सालको चौथो महाधिवेशनबाटै ‘बहुदलीयता’ थपेर कम्युनिष्ट पार्टीलाई संसदीय पार्टीमा बदल्ने थालनी ग¥यो र पञ्चायती व्यवस्थाका विरुद्ध नेपाली कांग्रेससँग संयुक्त जनआन्दोलन गर्ने कार्यनीति तय ग¥यो ।
    मालेसहित ७ वामपन्थी पार्टीहरूका बीचमा २०४६ पुसमा सहाना प्रधानको नेतृत्वमा संयुक्त वाममोर्चाको गठन भयो । २०४६ माघमा संयुक्त वाममोर्चा र नेपाली कांग्रेसका बीच पञ्चायती व्यवस्थाका विरुद्ध संयुक्त जनआन्दोलन सञ्चालन गर्ने निर्णय भयो । २०४६ फागुन ७ गतेदेखि संयुक्त जनआन्दोलन सञ्चालन भयो । २०४६ साल चैत्र २४ गते राष्ट्रिय संयुक्त जनआन्दोलन नेपालले आव्हान गरेको संघर्षमा राजधानीमा लाखौं जनता सडकमा ओर्लियो । त्यसले पञ्चायती व्यवस्थालाई घुँडा टेकाइसकेको थियो र नेपाली कांग्रेससँग मिलेर तत्कालीन मालेले राजतन्त्रसँग सम्झौता ग¥यो र २०४६ चैत २६ गते राति ११ बजे जनआन्दोलनलाई स्थगित गरेर जनआन्दोलनलाई बीचमै तुहाएर जनतामाथि ठूलो गद्दारी ग¥यो र २०४७ बैशाख ६ गते बसेको बैठकले नेकपा (माले) लाई भूमिगत अवस्थाबाट खुला गर्ने निर्णय ग¥यो ।
    २०४७ पुस २२ गते नेकपा (माले) र नेकपा (माक्र्सवादी) बीच एकता गरेर नेकपा (एमाले) पार्टी बनाइयो । मदनकुमार भण्डारीलाई नै महासचिव बनाइयो । २०४८ कार्तिक (अक्टुबर १९९१) मा मदन भण्डारीले ‘बहुदलीय जनवादबारे’ शीर्षक अन्तर्गत एउटा पुस्तक प्रकाशित गरे ।
    २०४९ साल माघ १४–१८ मा नेकपा (एमाले) ले आयोजना गरेको पाँचौं राष्ट्रिय महाधिवेशनले मदन भण्डारीले प्रस्तुत गरेको ‘जनताको बहुदलीय जनवाद’ नामक सैद्धान्तिक कार्यक्रम बहुमतले पारित ग¥यो । त्यसलाई नेपाली क्रान्तिको मौलिक कार्यक्रम नेपाली क्रान्तिको नवीनतम सिद्धान्तजस्ता नामले परिभाषित गरियो । जनताको बहुदलीय जनवाद सन् १९५६ मा खु्रश्चोभले रुसी कम्युनिष्ट पार्टी (बोल्सेभिक) को बिसौं महाधिवेशनमा पेश गरिएको नवसंशोधनवादी सिद्धान्तको नयाँ कडीको रूपमा लिन सकिन्छ । नेपाली कम्युनिष्ट आन्दोलनमा जनताको बहुदलीय जनवाद नामको संशोधनवादी सिद्धान्त एमालेले पहिलोपटक भित्र्याएको हो ।
    २०५० साल जेठ ३ गते तत्कालीन नेकपा (एमाले) का महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको चितवन जिल्लाको दासढुंगामा रहस्यमयढंगले हत्या भयो । त्यसपछि माधवकुमार नेपाललाई एमालेको महासचिव बनाइयो । २०५६ माघ १२–१८ मा एमालेको छैठौं राष्ट्रिय महाधिवेशन सम्पन्न भयो । त्यस महाधिवेशनले जनताको बहुदलीय जनवादलाई नेपाली क्रान्तिको सिद्धान्त र कार्यनीतिक कार्यक्रम समेत पारित ग¥यो । त्यस महाधिवेशनले भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादलाई मौनसमर्थन गरेर भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको दलाल पार्टीको रूपमा एमालेले आफूलाई खडा ग¥यो । महासचिवमा माधवकुमार नेपाललाई नै चुनेको थियो ।
    २०५९ माघ १८–२२ मा एमालेले सातौं राष्ट्रिय महाधिवेशनको आयोजना जनकपुरमा ग¥यो । त्यस महाधिवेशनले संविधानसभाको प्रस्तावलाई अस्वीकृत ग¥यो । जनताको बहुदलीय जनवादलाई नेपाली क्रान्तिको सिद्धान्त भन्दै निरन्तरतता दिने काम ग¥यो । साथै २०६६ फागुन ५–१० मा एमालेले आठौं राष्ट्रिय महाधिवेशनको आयोजना बुटवलमा ग¥यो र त्यस महाधिवेशनले पनि पुरानै महाधिवेशनको निरन्तरता दिने काम ग¥यो । अर्थात् पार्टीलाई अध्यावधि रिन्यू गर्नुपर्नेबाहेक कुनै नीति त्यसले पारित गरेन । त्यस महाधिवेशनले झलनाथ खनाललाई अध्यक्षमा निर्वाचित ग¥यो । पार्टीलाई बहुपदीय कमिटी प्रणालीमा रूपान्तरण मात्र ग¥यो ।

एमालेको दक्षिणपन्थी शंसोधनबादमा पतन

    “नाङ्गो संशोधनवाद, जसप्रति मजदूर जनसाधारणको मनमा तुरुन्तै घृणा पैदा हुन्छ, त्यति भयावह  हानिकारक हुँदैन, जति मध्यम वर्गको त्यो सिद्धान्त, जसले अवसरवादी व्यवहारलाई न्यायसंगत  प्रमाणित गर्नका लागि माक्र्सवादी सूत्रहरूको उपयोग गर्दछ र अनेकौ कुकर्महरूको सहायताबाट क्रान्तिकारी कार्वाही असामयिक छ भन्ने कुरा सिद्ध गर्न प्रयत्न गर्दछ, आदि । यो सिद्धान्तका सबैभन्दा कुख्यात प्रवक्ता र साथै दोश्रो इन्टरनेशनलका कुख्यात अधिकारी काउत्स्कीले आफूलाई परपाखण्डी तथा माक्र्सवादसित अनाचार गर्ने कलामा साटिएको व्यक्ति सिद्ध गरेका छन् ।”
– भी.आई. लेनिन


१.     विषय प्रवेश
    आज नेपाली कम्युनिष्ट आन्दोलनले साठी वर्ष पार गरिसकेको छ । यति लामो ऐतिहासिक अवधिमा यस आन्दोलनभित्र वर्गसंघर्ष र अन्तरसंघर्षका अनेकौं जटिल, बाङ्गाटिङ्गा र कहालीलाग्दा घुम्तीहरू रहेका छन् । यद्यपि यो आन्दोलन लामो समय पहिलेदेखि अनेकौँ समूह–उपसमूहहरूमा विभाजित अवश्यै रह्यो । अतः सारमा यस आन्दोलनभित्र क्रान्तिकारी र संशोधनवादी दुई परस्परविरोधी धाराकै द्वन्द्व प्रमुख बनेर आयो । आज नेपाली कम्युनिष्ट आन्दोलनको दक्षिणपन्थी संशोधनवादी–सुधारवादी धाराले आफूलाई विजातीय कित्तामा सामेल गर्दै दक्षिणपन्थी एवं आधुनिक संशोधनवादी धारामा गुणात्मक फड्को हान्न पुग्यो र यसको विपरीत नेपाली कम्युनिष्ट आन्दोलनको क्रान्तिकारी धारा आज माक्र्सवादी–लेनिनवादी–माओवादी÷विचारधाराका रूपमा गुणात्मक ढंगले विकसित हुँदै महान १० वर्षे सशस्त्र जनयुद्ध र जनआन्दोलनलाई फ्यूजन गरेर शान्ति प्रक्रियामा सामेल हुँदै ऐतिहासिक संविधानसभाको निर्वाचन र गठनमार्फत् २४० वर्षे शाहवंशीय सामन्ती राजतन्त्रलाई अन्त्य गरेर पूँजीवादी गणतन्त्रको घोषणा गर्ने स्तरमा गुणात्मक रूपले फड्को मारेर अहिले जनताको संघीय गणतन्त्रात्मक जनसंविधान निर्माण गरेर नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने महान र जटिल प्रक्रियामा फड्को मार्ने स्तरमा पुगेको छ । नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासको यस द्वन्द्ववादलाई हामी क्रान्तिकारीहरूले अत्यधिक गहिराइका साथ हृदयंगम गर्न जरुरी छ ।
    भारतीय विस्तारवादको निर्देशन र इसारामा एमाले–कांग्रेसलगायत दक्षिणपन्थी एवं यथास्थितिवादी अठारदलको निर्देशनमा २०६६ बैशाख २० गते राष्ट्रपतिलाई संवैधानिक ‘क’ू गर्ने निर्देशन गरेर गणतन्त्र नेपालको प्रथम जननिर्वाचित हाम्रो पार्टीले नेतृत्व गरेको सरकारलाई सत्ताच्यूत गरेर २०६६ जेष्ठ ९ गते एमालेको नेतृत्वमा कठपुतली सरकार निर्माण गरेपश्चात् गत एक वर्षसम्म हाम्रो पार्टीले नागरिक सर्वोच्चता स्थापित गर्ने, चालु शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउने, राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने, राज्यको पुनर्संरचना गर्दै जनताको संघीय गणतन्त्रात्मक जनसंविधान निर्माण गरी प्रतिक्रियावादी राज्यसत्ताका विरुद्ध नेपालमा नयाँ जनवादी गणतन्त्र स्थापना गर्ने महान उद्देश्य प्राप्तिका लागि तेस्रो जनआन्दोलनका चरणवद्ध ऐतिहासिक संघर्षको महान प्रक्रियामा आफूलाई समाहित ग¥यो । परन्तु यसको ठीक उल्टो नेकपा (एमाले) नामधारी दक्षिणपन्थी, संशोधनवादी एवं प्रतिक्रान्तिकारी डफ्फा जनता र क्रान्तिप्रति गम्भीर विश्वासघात गर्दै साम्राज्यवादी र विस्तारवादीहरूको इशारा र निर्देशनमा देशीय दक्षिणपन्थी एवं यथास्थितिवादी १८ दलको नेतृत्व गर्दै विदेशी प्रभुहरूको कठपुतली सरकारको नेतृत्व गर्दै शान्ति प्रक्रियालाई भाँड्ने, सैनिक सर्वोच्चतालाई स्थापित गर्ने, नागरिक सर्वोच्चतालाई हरण गर्ने, राष्ट्रिय स्वाधिनतालाई वैदेशिक शक्तिहरूका सामु बन्धकीमा राख्ने, राज्यको पुनर्संरचना गर्न नदिने, संविधानसभा विघटन गर्ने, राष्ट्रपति शासन लागू गरेर मुलुकलाई जबर्जस्त गृहयुद्धमा धकेलेर रक्तपात मच्चाउने र मुलुकलाई अन्धकारमा फसाएर पुरानै युगमा फर्काउने घोर प्रतिक्रान्तिको बाटोमा फर्काउनका निम्ति एकीकृत माओवादीलाई एक्ल्याउने, पाखा लगाउने र एमालेको काँधमा बन्दुक राखेर नेपालका माओवादीहरूलगायत सम्पूर्ण क्रान्तिकारीहरूलाई सखाप पारेर नेपाली क्रान्तिलाई रोक्ने साम्राज्यवादी र विस्तारवादीहरूको योजना पूरा गरिदिने कार्यमा निर्लज्ज ढंगले उत्रियोे । एमाले नेतृत्व गुट हाम्रो पार्टीले उठाएका जायज मागहरूलाई पूरा गर्नुको सट्टा आन्दोलनलाई भाँड्न भिजिलान्तेको प्रयोग ग¥यो र हामीलाई उत्तेजित पार्ने र हामीमाथि भीषण दमन गर्ने षड्यन्त्रमा लाग्यो । संविधानसभाको एजेण्डा हाम्रो पार्टीले अघि सार्दै आएकोले यसलाई असफल तुल्याउन विदेशी प्रभुहरूको निर्देशनमा तोकिएको अवधि २०६७ जेठ १४ गते नयाँ संविधान घोषणा गर्न नदिने र माओवादीलाई संविधानसभाको म्याद थप गर्न नदिने वातावरण तयार पार्ने र मुलुकलाई संविधानविहीन अवस्थामा पु¥याएर राष्ट्रपति शासन लगाउने, संविधानसभाको औचित्य समाप्त पार्ने र माओवादीलाई सखाप पार्ने अन्तिम योजनामा लाग्यो । नयाँ संविधान बनाउने प्रमुख दायित्व हाम्रो पार्टीको भएकोले हामी संविधानसभाको म्याद १ वर्ष थप गर्न तयार भयौं र तीन ठूला दलहरूबीचमा ३ बुँदे सहमति पनि कायम गरियो । तर ती सहमतिहरूलाई कार्यान्वयन नगर्न एमालेले देशी–विदेशी प्रतिक्रियावादीहरूको निर्देशनमा ठूलो बेइमानी र विश्वासघात गर्न पुग्यो । यसप्रकारको एमालेको प्रतिक्रान्तिकारी हर्कतले के कुरा छर्लङ्ग हुन्छ भने, नेपाली कम्युनिष्ट आन्दोलनभित्रको अन्तर्संघर्षले आज व्यवहारतः समेत क्रान्ति र प्रतिक्रान्तिबीचको भीषण जीवन–मरणको वर्गसंघर्ष गुणात्मक फड्को मारिसकेको छ । एमालेको यो प्रतिक्रान्तिकारी कदम नेपाली जनता र नेपाली नयाँ जनवादी क्रान्तिका लागि एक नयाँ परिस्थितिको नयाँ चुनौती हो र त्यसको साहसपूर्वक सामना गर्दै क्रान्तिलाई नयाँ उचाइ दिँदै विजयको शिखरतर्फ अघि बढाउनु हाम्रो काँधमा आएको आजको एक महान नयाँ ऐतिहासिक एवं युगीन जिम्मेवारी हो ।
    आज यसरी पूरै उदाङ्गो भएर दक्षिणपन्थी नवसंशोधनवादको बाटो हुँदै दक्षिणपन्थी संशोधनवादी कित्तामा गिर्दा पनि अझै एमालेले जनता, कार्यकर्ता र दुनियाँका सामु आफू मात्र नेपाली कम्युनिष्ट आन्दोलनको मूल प्रवाह भएको, सच्चा माक्र्सवादी–लेनिनवादी पार्टी रहेको र सही कार्यदिशा अबलम्बन गर्न समर्थ बनेको दावी गर्दै सारसंग्रहवाद र कुतर्कवादको सहारामा निर्लज्ज ढंगले भ्रम फैलाउने धृष्टता गरिरहेको छ । यो स्थितिमा यस संशोधनवादी डफ्फाको सैद्धान्तिक एवं राजनीतिक चिरफार गर्नु अझै आवश्यक एवं अनिवार्य बन्नगएको छ । ठीक यहीनेर कुन कुरामा जोड दिन जरुरी छ भने, एमालेको यो चिरफार सारमा कम्युनिष्ट आन्दोलनको एक सुधारवादी, संशोधनवादी– दक्षिणपन्थी धाराको हैसियतले मात्र होइन, प्रतिक्रान्तिकारी विजातीय फाँटमा गिरिसकेको एक निकृष्ट, कुरूप शक्तिको हैसियतले गर्नु आवश्यक छ । नेपाली क्रान्तिको नयाँ इतिहासले यस कुराको उद्घाटन गरिरहेको छ र यस कटुसत्यलाई हामीले आत्मसात गर्नुपर्ने नयाँ परिस्थिति निर्माण बनिसकेको छ ।

Thursday, January 24, 2013

बृहत संयुक्त मोर्चा निर्माणको आवश्यकता

अहिले हाम्रो देश अत्यन्तै संकटग्रस्ट बन्न पुगेको छ । राजनीतिक क्षेत्रमा, आर्थिक क्षेत्रमा, सामाजिक क्षेत्रमा, साँस्कृतिक क्षेत्रमा र राष्ट्रिय स्वाधिनताका क्षेत्रमा हाम्रो देश इतिहास मै संकटग्रस्त  बन्न पुगेको छ । भारतीय विस्तारवादको कठपुतलीको रुपमा सुपरिचित रहेको बाबुराम भट्टराईको नेतृत्वको सरकार इतिहासमै भ्रष्ट, नालायक, निकम्मा राष्ट्रघाती र जनघाति सरकारको रुपमा सावित हुन पुगेको छ । यो सरकार भ्रष्टचारीहरुको, नालायकहरुको, निकम्माहरुको र राष्ट्रघाती र जनघातिहरुको मात्र सरकार हो भन्ने कुराको पुष्टि हर क्षेत्रबाट भइरहेको छ । सरकारमा बस्ने व्यक्तिहरुले राष्ट्रिय ढुकुटीमाथि ब्रम्हलुट मच्चाइरहेका छन् । भ्रष्टाचारले सिमा नाघि सकेको छ । तस्कर घुसखोर, कमिशनखोर कालाबजारीया, मुनाफाखोर र विदेशी दलालहरुको आडभरोसामा यो कठपुतली सरकार टिकीरहेको छ । महंगीले सिमा नाघिसकेको छ । वेरोजगारी समस्याले सिमा नाघिसकेको छ र बेरोजगार युवाहरु रोजगारीका लागि दैनिक १७०० का दरले विदेशतिर पलायन भइरहेका छन् । यसरी मुलुक विक्राल अवस्थामा पुगेको छ । राजनीतिक मूल्य मान्यताहरु समाप्तै भएर गइरहेका छन् । जनतामाथि व्याप्त निरासाले छाएको छ ।
    कठपुतली सरकारको नेतृत्व गरिरहेको एमाओवादीका नेता प्रचण्ड र बाबुरामका बीचमा भारतीय विस्तारवादको दलाली गर्ने प्रतिष्पर्दा चलिरहेको छ र प्रधानमन्त्रीको पदलाई भागवन्डा लगाएर, आलोपालो  गर्ने हल्लाहवाद र विस्तारवादको. दलाली गरेरै भएपनि सत्तामा पुग्ने र सत्तामा टासीरहने चिन्तनकै कारण मुलुक यसरी संकटग्रस्त बन्न पुगेको हो । पराधिनको अवस्थामा पुगेको हो । यी सबै संकटहरुकोसमाधान गर्नका लागि सर्वपक्षीय गोलामेचसम्मको आयोजना गर्ने र त्यस मार्फत राष्ट्रिय सहमतिकै आधारमा राष्ट्रिय संयुक्त सरकार निर्माण गरेर अगाडि बढ्ने प्रस्ताव करीव ७ महिना पहिला नै नेकपा – माओवादीले अगाडि सारेको थियो । तर ठूला दर भनिएका र सत्ताका विपक्षमा समेत रहेका नेपाली कांग्रेस र एमाले समेतले यस प्रति गंभीरतापूर्वक लिएनन् र सत्ताहानथाप र प्रधानमन्त्रीको पदको भागवन्डामा रुमलिरहेर राष्ट्रपतिलाई उचालेर निष्कर्षविहीन यात्रामा लामबद्ध हुन पुगे । अन्ततः त्यसबाट पार नलागे पछि अहिले सडक आन्दोलनका नाममा काँग्रेस र एमाले दैलखतिर लागेका छन् भने सत्ताधारी दल एमाओवादीले पनि कठपुतली सरकारलाई बचाउने उद्देश्यले सडक आन्दोलनको घोषणा गरेर ‘कही नभएको जात्रा हाडी  गाउँमा’ को खेल खेलीरहेको छ । र विदेशी दलाल काँग्रेस, एमाले र एमाओवादी बीचको टेबुलवार्ता पनि पोखिएर सडकमा छताछुल्ल हुन पुगेको छ । यही मौका छोपेर एमाओवादीका नेता प्रचण्डवले भारतीय विस्तारवादको इमान्दार दलाल बनेर बाबुरामलाई सत्ताच्युत गरेर आफै प्रधानमन्त्री बन्ने होडबाजीमा कम्मर कसेर लागेका छन् ।
यस प्रकारले मुलुक गम्भीर संकटमा फसीरहेको अवस्थामा नेकपा– माओवादीले गोलमेच सभाको एजेण्डा, राष्ट्रिय स्वाधिनताको एजेण्डा, जनताको गास, बास, कपास र जनजीविको  एजेण्डा, ममहंगी भ्रष्टाचार, सुरक्षा, कालो बजारी, तस्करी र नेपाल जनतामाथि भइरहेको थिचोमिचो, शोषण, दमन, उत्पिडन र अन्याय, अत्याचारका विरुछ सशक्त रुपमा जनआन्दोलनको आधिवेरी सृष्टि गर्ने, जनतालाई विद्रोहमा उतार्ने र त्यस किसिमको जनताको विद्रोहलाई संगठित गर्दै र त्यसको नेतृत्व समेत गर्दै नेपाली क्रान्ति सम्पन्न गर्ने रोडम्यापका आधारमा सडक आन्दोलन चर्काउने निर्णयका साथ जनताका बीच आउँदैछ । यो नै आजका आवश्यकता हो ।
हाम्रो देश अहिलेसम्म पनि अर्धसाम्मन्ती  र अर्ध औपनिवेशिक अवस्थामा रहँदै आएको छ र आजको भूमण्डलीकृत युगमापुगेर हाम्रो देश अर्ध औपनिवेशिक अवस्थाबाट अगाडि बढेर नवऔपनिवेशिक अवस्थामा गुज्रन बाध्य भएको छ । राष्ट्रिय स्वाधिनता धरापमा पर्दै आएको छ । सन १८१६ मार्च ३ तारिखमा सम्पन्न गरिएको राष्ट्रघाती सुगौली सन्धिदेखि यता सन् १९५० को असमान तथा अपमान सन्धि, सन् १९६५ को सुरक्षा सम्बन्धी राष्ट्रघाती सन्धि, कोसी, गण्डकी, महाकाली जस्ता राष्ट्रघाती सन्धि सम्झौताहरु यथावतै छन् । नेपालको सिमानावर्ती क्षेत्रमा करीव ६६ स्थानमा भारतीय विस्तारवादी शासकहरुले नेपाली भूमि अतिक्रमण गरिरहेको छ । सयभन्दा बढि जंगेपिलरहरु भत्काएर गायब गरिएको छ । कालापानीमा भारतीय सैनिक तैनाथ गरिदिरहेको छ । एमाओवादीको नेतृत्वमा संचालित बाबुराम भट्टराईको कठपुतली सरकारले भारतीय विस्तारवादी शासकहरुसीत विप्पा सम्झौता, सुपुर्दगी सन्धि गरेर उच्च कोसीवाध र अपर कर्णालीमा राष्ट्रघात गरेर र त्रिभुवन विमानस्थल सहित मुलुकका १५ वटा विमानस्थलहरु भारतीय शासकहरुलाई सुम्पेर भारतीय विस्तारवादको इमान्दार दलाल र चाकर बन्ने सत्तामा टिकीरहने रवैयाकै कारण आज मुलुक संकटग्रस्त बन्न पुगेको छ । साम्राज्यवादीहरु र विस्तारवादीहरुको चाकडी र दलाली गरेर सत्तामा पुग्ने र टासीरहने जुन सुरुवात पहिलो राणा प्रधानमन्त्री जंग बहादुर राणाले सुरु गरेको  थियो र राणा शासनका अन्त्यपछि राजतन्त्रले निरन्तरता दियो, त्यसमा नेपाली काँग्रेसले निरन्तरता प्रदान ग¥यो । एमालेले निरन्तरता दिँदै आयो र अहिले एमाओवादीका नेता प्रचण्ड र बाबुरामले निरन्तरता मात्र प्रदान गरिरहेका छैनन् कि त्यसलाई नयाँ संस्करणका रुपमा विकास गरिरहेका छन् ।
अतः यी तमाम प्रकारका राष्ट्रिय सरोकार र जनसरोकारका विषयहरुलाई मुल मुद्धा बनाएर अर्थात राष्ट्रिय स्वाधिनता र जनवीविकाका एजेण्डाहरुलाई समेत मूल एजेण्डा बनाएर नेकपा – माओवादीले सशक्त रुपमा जनप्रतिरोध आन्दोलन र जनआन्दोलनको उठान गर्ने निर्णय गरिसकेको छ । यस आन्दोलनलाई सफल पार्न र राष्ट्रिय स्वाधिनता प्राप्तिको  आन्दोलनलाई निर्णाय मोडमा पु¥याउनका निम्ति सम्पूर्ण देशभक्त, जनवादी, गणतन्त्रवादी प्रगतिशील तथा संघीयता पक्षधर शक्तिहरु र राष्ट्रिय स्वाधिनताका सबै पक्षधर शक्तिहरुका बीचमा व्यापक मोर्चाबन्दी गर्न आवश्यक छ । यो आन्दोलनलाई एउटै कुनै पनि शक्तिले निर्णायक तहमा पु¥याउन सम्भव छैन । त्यसैले सम्पूर्ण देशभक्त, जनवादी, गणतन्त्रवादी, प्रगतिशील तथा संघीयता पक्षधर शक्तिहरु र राष्ट्रिय स्वाधिनताका सम्पूर्ण शक्तिहरु बीचमा बृहत संयुक्त मोर्चा निर्माण गर्न आवश्यक छ ।
आज नेपाल र नेपाली जनताले संयुक्त संघर्षको माग गरिरहेका छन् । आज यस प्रकारको संघर्षको महत्व तत्कालिन एवं दीर्घकालिन दुवै दृष्टिले विशिष्ट रहन गएको छ । नेपाल राष्ट्र स्वाधिनता चाहन्छ । नेपाली जनताले मुक्ति चाहन्छन् । स्वाधिन राष्ट्रको निर्माण गर्न र नेपाली जनतालाई यस मुलुकको वास्तविक मालिक बनाउनका लागि माथि उल्लेखित सबै शक्तिहरुसीत शसक्त रुपमा मोर्चाबन्दी गरेर सशक्त रुपमा जनआन्दोलनको उठाउन गर्न बृहत संयुक्त मोर्चा निर्माण गरेर मिल्न सक्ने, एजेण्डा र कार्यक्रम मिल्ने शक्तिहरुसित कार्यगत एकता गरेर मात्र जनआन्दोलन, जनप्रतिरोध संघर्षलाई निर्णायक विन्दुमा पु¥याउन सम्भव हुन्छ, साम्राज्यवादी, विस्तारवादीहरुका नयाँ नेपाली दलाल हुँदै इमान्दार चाकरहरुलाई नेपाली धर्तीमा धुलो चटाउँदै स्वाधिन राष्ट्रको निर्माण गर्न र नेपाली जनताको मुक्ति अभिमानलाई निर्णायक विन्दुमा पु¥याउन सकिनेछ ।

Sunday, January 20, 2013

नेपाली क्रान्तिको वर्तमान कार्यदिशा



जनयुद्धको जगमा जनविद्रोह
हस्तबहादुर के.सी
    हाम्रो पार्टी नेकपा–माओवादीको भरखरै सम्पन्न ऐतिहासिक सातौं राष्ट्रिय महाधिवेशनले जनयुद्धको जगमा जनविद्रोहको क्रान्तिकारी कार्यदिशा एकमतले पारित गरेको छ । जनयुद्धको जगमा जनविद्रोह नेपाली क्रान्तिको वर्तमान कार्यदिशा हो । र यस महाधिवेशनले नेपाली क्रान्तिको दीर्घकालिन जनयुद्धको कार्यनीतिक कार्यदिशा पनि पारित गरेको छ ।
    नेपालका मात्र होइन, विश्व जनसमुदायलाई समेत आकर्षित तुल्याउन सफल भएको नेपाली सर्वहारा वर्गको सबैभन्दा उच्चस्तरको संगठित अग्रदस्ता नेकपा–माओवादीको यस ऐतिहासिक र असाधारण सातौं महाधिवेशनले यी छुट्टाछुट्टै दुईवटा नेपाली क्रान्तिका कार्यनीतिक कार्यदिशा पारित गरे पश्चात विविध प्रकारका चर्चा, परिचर्चा र टिका टिप्पणीहरु मात्र चलेका छैनन् भने यस सम्पूर्ण क्रान्तिकारीहरु एवं मुक्तिकामी जनसमुदायलाई खुशी र क्रान्तिप्रति गम्भीररुपले आशावादी तुल्याएको छ भने देशी विदेशी प्रतिक्रियावादीहरुलाई आतंकित र भयवित तुल्याएको छ । यस परिस्थितिमा महाधिवेशनले पारित गरेका यी नेपाली क्रान्तिका कार्यदिशा जनयुद्धको जगमा जनविद्रोह र दीर्घकालिन जनयुद्ध सम्बन्धि कार्यदिशाका सारतत्वका बारेमा स्पष्ट हुन जरुरी छ ।
    नेपाल अहिलेसम्म अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थाबाट झनै अगाडि बढेर नवऔपनि अवस्थामा रहेको छ । यो नै नेपाली क्रान्तिको प्रमुख बाधकका रुपमा रहेको छ । किनकि दलाल तथा नोकरशाही पूँजीपति वर्ग नेपाली क्रान्तिको घरेलु तथा प्रधानशत्रु हो भने साम्राज्यवाद तथा विस्तारवाद बाह्य तथा आधारभूत शत्रु हुन् । यी दुवै शत्रुलाई परास्त नगरिकन नेपाली क्रान्ति सम्पन्न गर्न सकिदैन ।
    नेकपा–माओवादीको न्यूनतम लक्ष्य जनताको जनवाद हो भने अधिकतम लक्ष्य समाजवाद हुँदै साम्यवादसम्म पुग्ने हो । तर नयाँ जनवादी क्रान्ति सम्पन्न नगरि समाजवाद हुँदै साम्यवादसम्म पुग्न सकिँदैन । नयाँ जनवादी क्रान्ति भनेको नयाँ खाले पूँजीवादी क्रान्ति हो । यो क्रान्ति मजदुर– किसान वर्गको सहभागितामा सर्वहारा वर्गको राजनीतिक अग्रदस्त कम्युनिष्ट पार्टीको नेतृत्वमा मात्र सम्पन्न गर्न सकिन्छ । त्यसैले नेपाली सर्वहारा वर्गको राजनीतिक अग्रदस्ता नेकपा–माओवादी नेपाली नयाँ जनवादी क्रान्तिको एकमात्र नेतृत्वदायि शक्ति हो । यस पार्टीले नयाँ जनवादी क्रान्ति सम्पन्न गरेर मानव जातिलाई सबैखाले शोषण, उत्पीडन, अन्याय र अत्याचारवान् मुक्त दिलाउने समाजवाद हुँदै साम्यवादसम्म पुग्न चाहन्छ । तर अहिले् नेपाली समाज नयाँ जनवादी क्रान्तिको अन्तिम मोडमा आइपुगेको छ ।
    नेपाली जनता मुक्ति चाहन्छन् । नेपाल राष्ट्रस्वाधिनता चाहन्छ । तर एमाओवादी, नेपाली काँग्रेस, एमाले मधेशी मोर्चा लगायतका सत्ताधारी एवं संसदवादी प्रति क्रियावादी शक्तिहरु साम्राज्यवादी र विस्तारवादीहरुको नांगा तथा कुरुप दलाल बनेर नेपाली जनताको मुक्तिको निम्ति बाधक बनिरहेका छन् । नेपाल राष्ट्रको स्वाधिनताको लागि बाधक बनिरहेका छन् । यसरी घरेलु प्रतिक्रियावाद र वैदेशिक प्रति क्रियावादका यी अजंगरका पहाडहरु नेपाली जनताको मुक्तिको सामु र नेपाल राष्ट्रको स्वाधिनताको सामु खतरनाक ढंगले खडा हुन पुगेका छन् । नेपाली जनताले यी दुवै पहाडलाई नभत्काइसम्म राष्ट्रिय स्वाधिनता र वर्गीय मुक्ति प्राप्त गर्न सम्भव छैन । यी अजंगरका पहाडहरुलाई भत्काएर पूर्णरुपमा ध्वंस पार्ने एकमात्र हतियार नयाँ जनवादी क्रान्ति हो । हामी अहिले यही नयाँ जनवादी क्रान्तिको अन्तिम चरणमा आइपुगेका छौं ।
    नेपाली नयाँ जनवादीले क्रान्तिले दीर्घकालिन रुपधारण गर्दै आइरहेको छ । अर्थात नेपालको नयाँ जनवादी क्रान्तिको चरित्र भनेको दीर्घकालिन जनयुद्धको रुपमा विकसीत हुँदै आएको छ । गाउदेखि शहर घेर्ने यसको रणनीति भएकोले हामीले महान दश वर्ष सशस्त्र जनयुद्ध पनि संचालन गर्छौं । जनयुद्धको प्रक्रियामा सात सात वटा जनमुक्ति सेनाका डिभिजनहरु पनि निर्माण हुन पुगे । नेपालका विशाल ग्रामीण इलाकाहरुमा आधार इलाकाहरु र जनसत्ताहरुको निर्माण गरियो । जनअदालत रजनसरकारहरु पनि संचालन आए । र यसले २४० वर्षे शाहवंसीय सामन्ती राजतन्त्रको अन्त्य गर्ने काम पनि ग¥यो । तर ठिक यही बेला चुनवाङ वैठक हुँदै शान्ति प्रक्रियामा आए पश्चात माओवादी पार्टीको मुख्य नेतृत्व गर्दै आएको एउटा हिस्साले नेपाली क्रान्तिप्रति गद्ददारी गर्दै नेपाली जनताप्रति विश्वासघात गर्दै दक्षिणपन्थि संशोधनवाद भित्रबाट नवसंशोधनवादी जामा पहिरिएर नेपाली क्रान्तिको मैदानमा प्रतिक्रियावादी नाङ्गो नाच नाच्न पुगेपछि हामीले त्यससँग सम्बन्ध विच्छेद  गरेर नयाँ ढंगको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेकपा माओवादीको पुर्नगठन  गरेर नेपाली नयाँ जनवादी क्रान्ति कसरी सम्पन्न गर्ने ? नेपाली क्रान्तिको झण्डालाई कसरी उठाएर लैजाने जस्ता विषयमा गम्भीर रुपले बहस चलायौं । महाधिवेशन हुनुभन्दा दुई महिना पहिले नै पार्टीले राज्य, जिल्लादेखि स्थानीय कमिटिसम्म राजनीतिक प्रतिवेदन र अन्तरिम विधान छलफल र बहसका लागि पु¥याउने काम ग¥यो र ती सबै कमिटिहरुले आ आफ्ना तहमा व्यापक छलफल र बहस गरेर सुझावहरु पठाउने काम गरे भने ऐतिहासिक सातौं महाधिवेशनमा सहभागि भएका प्रतिनिधिहरुका बीचमा २१ वटा समुहहरुका बीचमा महान बहस चलाइयो र ती समूहहरुबाट दिएका सुझावहरुलाई समेत समावेश  गरेर  साथै नेपाली समाजको वर्तमान अवस्थाको ठोस विश्लेषण गर्दै नेपाली क्रान्तिको निम्ति दीर्घकालिन जनयुद्ध र जनयुद्धको जगमा जनविद्रोहगरि दुईवटा कार्यनीतिक कार्यदिशा पारित गरेर सर्वसम्मत ढंगले ५१ सदस्यीय पार्टीको नयाँ नेतृत्व समेत निर्माण गर्न सफल भएको छ । र यो ऐतिहासिक सातौं राष्ट्रिय महाधिवेशन नेपाली नयाँ जनवादी क्रान्तिको निम्ति कोसेढुंगा सावित हुने कुरा निश्चित छ ।
    नेपाली कम्युनिष्ट आन्दोलन भित्रका नवसंशोधनवादका प्रमुख पात्र प्रचण्ड बाबुरामले दश वर्षे जनयुद्धका प्रमुख आधारहरुका रुपमा रहेका जनमुक्ति सेना, आधार इलाकाहरु, जनसत्ता र जनसरकारहरुको खारेजी र विघटन गरि सकेको भए तापनि हामिसित अहिले पनि त्यस दश वर्षे जनयुद्धको ठूलो अनुभवको विराउसत छ । दश वर्षे जनयुद्ध लडेर आएको ठूलो क्रान्तिकारी जनशक्ति छ, आम जनता छ, विघटित जनमुक्ति सेना छ । यावत कारणहरुले गर्दा वर्तमान नेपाली क्रान्तिको तात्कालिक कार्यदिशा जनयुद्धको जगमा जनविद्रोह ठोस हुन पुगेको छ । नेपाली क्रान्तिको यो द्वन्द्ववादलाई हामी सबैले गहिराइका सात हृदयगमन गर्न जरुरी छ ।
    नेपाली अहिले इतिहासमै सबैभन्दा ठूलो संकट पैदा भएको छ । मुलुक संकटग्रस्त बन्न पुगेको छ । नेपाली जनताका  गाँस, बास र कपासको समस्या जटिल बन्दै गएका छन् ? अभाव र महंगीले सीमा नाघिसकेको छ । साम्राज्यवादी र विस्तारवादीहरुका दलालहरु सत्तालुछाचुडीको कुकुरे कलहमा लिप्त भएर सिंगो मुलुकलाई बन्दक तुल्याइरहेका छन् र कथित नयाँ संविधानसभाको षड्यन्त्रको ढ्वाङ फुकेर जनतामाथि भ्रम छर्ने प्रयत्न गर्दैछन् । र मुलुकको राष्ट्रिय स्वाधिनतामाथि खतरा मोलेर देशलाई साम्राज्यवादी र विस्तारवादीहरुलाई बन्दकीमा राखेका छन् । यिनै विषयहरुलाई समेटेर हामीले ७० बुँदे माग पत्र पहिले नै सरकारलाई बुझाइ सकेका छौं । र अब जनताका जनजीविका गास, बास, कपास र राष्ट्रिय स्वाधिनताका सवालहरुलाई उठाएर जनआन्दोलनको आधिवेरी सृष्टि गर्दछौं र नेपाली जनताको विद्रोहलाई संगठीत गरेर जनयुद्धको जगमा टेकेर जनविद्रोह मार्फत नेपाली क्रान्ति सम्पन्न गर्न चाहन्छौं । यसमा देशी विदेशी प्रतिक्रियावादीहरुले अवरोध खडा गरे भने हतियार उठ्ने कुरा पनि निश्चित छ । सर्वहारा वर्गले सशस्त्र संघर्षबाट मात्रै आफ्नो वर्गीय सत्ता प्राप्त गर्न सक्छ । यदि जनविद्रोह माफृत नेपाली क्रान्ति सम्पन्न गर्न दिइएन भने हामी दीर्घकालीन जनयुद्धको बाटो अंगीकार गरेर नै नेपाली क्रान्ति सम्पन्न गर्ने रणनीतिक योजनामा विकसीत हुन पुगेका छौं । भरखरै सम्पन्न गरिएको ऐतिहासिक सातौं राष्ट्रिय महाधिवेशनले हामीलाई प्रदान गरेको प्रमुख म्यान्डेट पनि यही हो । यो ऐतिहासिक कार्यभार पूरा गर्ने दायित्व अहिले नेकपा–माओवादीको काधमा आएको छ । यही सारतत्वलाई सबैले गहिराइका सात बुझ्न र ग्रहण गर्न सबै कार्यान्वयन गर्न आवश्यक छ । आजको युगको माग पनि यही नै हो ।
जबकतपअ२नmबष्।िअयm

Hasta kc with Madan Bhandari


Hasta kc photos