Sunday, January 20, 2013

नेपाली क्रान्तिको वर्तमान कार्यदिशा



जनयुद्धको जगमा जनविद्रोह
हस्तबहादुर के.सी
    हाम्रो पार्टी नेकपा–माओवादीको भरखरै सम्पन्न ऐतिहासिक सातौं राष्ट्रिय महाधिवेशनले जनयुद्धको जगमा जनविद्रोहको क्रान्तिकारी कार्यदिशा एकमतले पारित गरेको छ । जनयुद्धको जगमा जनविद्रोह नेपाली क्रान्तिको वर्तमान कार्यदिशा हो । र यस महाधिवेशनले नेपाली क्रान्तिको दीर्घकालिन जनयुद्धको कार्यनीतिक कार्यदिशा पनि पारित गरेको छ ।
    नेपालका मात्र होइन, विश्व जनसमुदायलाई समेत आकर्षित तुल्याउन सफल भएको नेपाली सर्वहारा वर्गको सबैभन्दा उच्चस्तरको संगठित अग्रदस्ता नेकपा–माओवादीको यस ऐतिहासिक र असाधारण सातौं महाधिवेशनले यी छुट्टाछुट्टै दुईवटा नेपाली क्रान्तिका कार्यनीतिक कार्यदिशा पारित गरे पश्चात विविध प्रकारका चर्चा, परिचर्चा र टिका टिप्पणीहरु मात्र चलेका छैनन् भने यस सम्पूर्ण क्रान्तिकारीहरु एवं मुक्तिकामी जनसमुदायलाई खुशी र क्रान्तिप्रति गम्भीररुपले आशावादी तुल्याएको छ भने देशी विदेशी प्रतिक्रियावादीहरुलाई आतंकित र भयवित तुल्याएको छ । यस परिस्थितिमा महाधिवेशनले पारित गरेका यी नेपाली क्रान्तिका कार्यदिशा जनयुद्धको जगमा जनविद्रोह र दीर्घकालिन जनयुद्ध सम्बन्धि कार्यदिशाका सारतत्वका बारेमा स्पष्ट हुन जरुरी छ ।
    नेपाल अहिलेसम्म अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थाबाट झनै अगाडि बढेर नवऔपनि अवस्थामा रहेको छ । यो नै नेपाली क्रान्तिको प्रमुख बाधकका रुपमा रहेको छ । किनकि दलाल तथा नोकरशाही पूँजीपति वर्ग नेपाली क्रान्तिको घरेलु तथा प्रधानशत्रु हो भने साम्राज्यवाद तथा विस्तारवाद बाह्य तथा आधारभूत शत्रु हुन् । यी दुवै शत्रुलाई परास्त नगरिकन नेपाली क्रान्ति सम्पन्न गर्न सकिदैन ।
    नेकपा–माओवादीको न्यूनतम लक्ष्य जनताको जनवाद हो भने अधिकतम लक्ष्य समाजवाद हुँदै साम्यवादसम्म पुग्ने हो । तर नयाँ जनवादी क्रान्ति सम्पन्न नगरि समाजवाद हुँदै साम्यवादसम्म पुग्न सकिँदैन । नयाँ जनवादी क्रान्ति भनेको नयाँ खाले पूँजीवादी क्रान्ति हो । यो क्रान्ति मजदुर– किसान वर्गको सहभागितामा सर्वहारा वर्गको राजनीतिक अग्रदस्त कम्युनिष्ट पार्टीको नेतृत्वमा मात्र सम्पन्न गर्न सकिन्छ । त्यसैले नेपाली सर्वहारा वर्गको राजनीतिक अग्रदस्ता नेकपा–माओवादी नेपाली नयाँ जनवादी क्रान्तिको एकमात्र नेतृत्वदायि शक्ति हो । यस पार्टीले नयाँ जनवादी क्रान्ति सम्पन्न गरेर मानव जातिलाई सबैखाले शोषण, उत्पीडन, अन्याय र अत्याचारवान् मुक्त दिलाउने समाजवाद हुँदै साम्यवादसम्म पुग्न चाहन्छ । तर अहिले् नेपाली समाज नयाँ जनवादी क्रान्तिको अन्तिम मोडमा आइपुगेको छ ।
    नेपाली जनता मुक्ति चाहन्छन् । नेपाल राष्ट्रस्वाधिनता चाहन्छ । तर एमाओवादी, नेपाली काँग्रेस, एमाले मधेशी मोर्चा लगायतका सत्ताधारी एवं संसदवादी प्रति क्रियावादी शक्तिहरु साम्राज्यवादी र विस्तारवादीहरुको नांगा तथा कुरुप दलाल बनेर नेपाली जनताको मुक्तिको निम्ति बाधक बनिरहेका छन् । नेपाल राष्ट्रको स्वाधिनताको लागि बाधक बनिरहेका छन् । यसरी घरेलु प्रतिक्रियावाद र वैदेशिक प्रति क्रियावादका यी अजंगरका पहाडहरु नेपाली जनताको मुक्तिको सामु र नेपाल राष्ट्रको स्वाधिनताको सामु खतरनाक ढंगले खडा हुन पुगेका छन् । नेपाली जनताले यी दुवै पहाडलाई नभत्काइसम्म राष्ट्रिय स्वाधिनता र वर्गीय मुक्ति प्राप्त गर्न सम्भव छैन । यी अजंगरका पहाडहरुलाई भत्काएर पूर्णरुपमा ध्वंस पार्ने एकमात्र हतियार नयाँ जनवादी क्रान्ति हो । हामी अहिले यही नयाँ जनवादी क्रान्तिको अन्तिम चरणमा आइपुगेका छौं ।
    नेपाली नयाँ जनवादीले क्रान्तिले दीर्घकालिन रुपधारण गर्दै आइरहेको छ । अर्थात नेपालको नयाँ जनवादी क्रान्तिको चरित्र भनेको दीर्घकालिन जनयुद्धको रुपमा विकसीत हुँदै आएको छ । गाउदेखि शहर घेर्ने यसको रणनीति भएकोले हामीले महान दश वर्ष सशस्त्र जनयुद्ध पनि संचालन गर्छौं । जनयुद्धको प्रक्रियामा सात सात वटा जनमुक्ति सेनाका डिभिजनहरु पनि निर्माण हुन पुगे । नेपालका विशाल ग्रामीण इलाकाहरुमा आधार इलाकाहरु र जनसत्ताहरुको निर्माण गरियो । जनअदालत रजनसरकारहरु पनि संचालन आए । र यसले २४० वर्षे शाहवंसीय सामन्ती राजतन्त्रको अन्त्य गर्ने काम पनि ग¥यो । तर ठिक यही बेला चुनवाङ वैठक हुँदै शान्ति प्रक्रियामा आए पश्चात माओवादी पार्टीको मुख्य नेतृत्व गर्दै आएको एउटा हिस्साले नेपाली क्रान्तिप्रति गद्ददारी गर्दै नेपाली जनताप्रति विश्वासघात गर्दै दक्षिणपन्थि संशोधनवाद भित्रबाट नवसंशोधनवादी जामा पहिरिएर नेपाली क्रान्तिको मैदानमा प्रतिक्रियावादी नाङ्गो नाच नाच्न पुगेपछि हामीले त्यससँग सम्बन्ध विच्छेद  गरेर नयाँ ढंगको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेकपा माओवादीको पुर्नगठन  गरेर नेपाली नयाँ जनवादी क्रान्ति कसरी सम्पन्न गर्ने ? नेपाली क्रान्तिको झण्डालाई कसरी उठाएर लैजाने जस्ता विषयमा गम्भीर रुपले बहस चलायौं । महाधिवेशन हुनुभन्दा दुई महिना पहिले नै पार्टीले राज्य, जिल्लादेखि स्थानीय कमिटिसम्म राजनीतिक प्रतिवेदन र अन्तरिम विधान छलफल र बहसका लागि पु¥याउने काम ग¥यो र ती सबै कमिटिहरुले आ आफ्ना तहमा व्यापक छलफल र बहस गरेर सुझावहरु पठाउने काम गरे भने ऐतिहासिक सातौं महाधिवेशनमा सहभागि भएका प्रतिनिधिहरुका बीचमा २१ वटा समुहहरुका बीचमा महान बहस चलाइयो र ती समूहहरुबाट दिएका सुझावहरुलाई समेत समावेश  गरेर  साथै नेपाली समाजको वर्तमान अवस्थाको ठोस विश्लेषण गर्दै नेपाली क्रान्तिको निम्ति दीर्घकालिन जनयुद्ध र जनयुद्धको जगमा जनविद्रोहगरि दुईवटा कार्यनीतिक कार्यदिशा पारित गरेर सर्वसम्मत ढंगले ५१ सदस्यीय पार्टीको नयाँ नेतृत्व समेत निर्माण गर्न सफल भएको छ । र यो ऐतिहासिक सातौं राष्ट्रिय महाधिवेशन नेपाली नयाँ जनवादी क्रान्तिको निम्ति कोसेढुंगा सावित हुने कुरा निश्चित छ ।
    नेपाली कम्युनिष्ट आन्दोलन भित्रका नवसंशोधनवादका प्रमुख पात्र प्रचण्ड बाबुरामले दश वर्षे जनयुद्धका प्रमुख आधारहरुका रुपमा रहेका जनमुक्ति सेना, आधार इलाकाहरु, जनसत्ता र जनसरकारहरुको खारेजी र विघटन गरि सकेको भए तापनि हामिसित अहिले पनि त्यस दश वर्षे जनयुद्धको ठूलो अनुभवको विराउसत छ । दश वर्षे जनयुद्ध लडेर आएको ठूलो क्रान्तिकारी जनशक्ति छ, आम जनता छ, विघटित जनमुक्ति सेना छ । यावत कारणहरुले गर्दा वर्तमान नेपाली क्रान्तिको तात्कालिक कार्यदिशा जनयुद्धको जगमा जनविद्रोह ठोस हुन पुगेको छ । नेपाली क्रान्तिको यो द्वन्द्ववादलाई हामी सबैले गहिराइका सात हृदयगमन गर्न जरुरी छ ।
    नेपाली अहिले इतिहासमै सबैभन्दा ठूलो संकट पैदा भएको छ । मुलुक संकटग्रस्त बन्न पुगेको छ । नेपाली जनताका  गाँस, बास र कपासको समस्या जटिल बन्दै गएका छन् ? अभाव र महंगीले सीमा नाघिसकेको छ । साम्राज्यवादी र विस्तारवादीहरुका दलालहरु सत्तालुछाचुडीको कुकुरे कलहमा लिप्त भएर सिंगो मुलुकलाई बन्दक तुल्याइरहेका छन् र कथित नयाँ संविधानसभाको षड्यन्त्रको ढ्वाङ फुकेर जनतामाथि भ्रम छर्ने प्रयत्न गर्दैछन् । र मुलुकको राष्ट्रिय स्वाधिनतामाथि खतरा मोलेर देशलाई साम्राज्यवादी र विस्तारवादीहरुलाई बन्दकीमा राखेका छन् । यिनै विषयहरुलाई समेटेर हामीले ७० बुँदे माग पत्र पहिले नै सरकारलाई बुझाइ सकेका छौं । र अब जनताका जनजीविका गास, बास, कपास र राष्ट्रिय स्वाधिनताका सवालहरुलाई उठाएर जनआन्दोलनको आधिवेरी सृष्टि गर्दछौं र नेपाली जनताको विद्रोहलाई संगठीत गरेर जनयुद्धको जगमा टेकेर जनविद्रोह मार्फत नेपाली क्रान्ति सम्पन्न गर्न चाहन्छौं । यसमा देशी विदेशी प्रतिक्रियावादीहरुले अवरोध खडा गरे भने हतियार उठ्ने कुरा पनि निश्चित छ । सर्वहारा वर्गले सशस्त्र संघर्षबाट मात्रै आफ्नो वर्गीय सत्ता प्राप्त गर्न सक्छ । यदि जनविद्रोह माफृत नेपाली क्रान्ति सम्पन्न गर्न दिइएन भने हामी दीर्घकालीन जनयुद्धको बाटो अंगीकार गरेर नै नेपाली क्रान्ति सम्पन्न गर्ने रणनीतिक योजनामा विकसीत हुन पुगेका छौं । भरखरै सम्पन्न गरिएको ऐतिहासिक सातौं राष्ट्रिय महाधिवेशनले हामीलाई प्रदान गरेको प्रमुख म्यान्डेट पनि यही हो । यो ऐतिहासिक कार्यभार पूरा गर्ने दायित्व अहिले नेकपा–माओवादीको काधमा आएको छ । यही सारतत्वलाई सबैले गहिराइका सात बुझ्न र ग्रहण गर्न सबै कार्यान्वयन गर्न आवश्यक छ । आजको युगको माग पनि यही नै हो ।
जबकतपअ२नmबष्।िअयm

No comments:

Post a Comment