Thursday, January 24, 2013

बृहत संयुक्त मोर्चा निर्माणको आवश्यकता

अहिले हाम्रो देश अत्यन्तै संकटग्रस्ट बन्न पुगेको छ । राजनीतिक क्षेत्रमा, आर्थिक क्षेत्रमा, सामाजिक क्षेत्रमा, साँस्कृतिक क्षेत्रमा र राष्ट्रिय स्वाधिनताका क्षेत्रमा हाम्रो देश इतिहास मै संकटग्रस्त  बन्न पुगेको छ । भारतीय विस्तारवादको कठपुतलीको रुपमा सुपरिचित रहेको बाबुराम भट्टराईको नेतृत्वको सरकार इतिहासमै भ्रष्ट, नालायक, निकम्मा राष्ट्रघाती र जनघाति सरकारको रुपमा सावित हुन पुगेको छ । यो सरकार भ्रष्टचारीहरुको, नालायकहरुको, निकम्माहरुको र राष्ट्रघाती र जनघातिहरुको मात्र सरकार हो भन्ने कुराको पुष्टि हर क्षेत्रबाट भइरहेको छ । सरकारमा बस्ने व्यक्तिहरुले राष्ट्रिय ढुकुटीमाथि ब्रम्हलुट मच्चाइरहेका छन् । भ्रष्टाचारले सिमा नाघि सकेको छ । तस्कर घुसखोर, कमिशनखोर कालाबजारीया, मुनाफाखोर र विदेशी दलालहरुको आडभरोसामा यो कठपुतली सरकार टिकीरहेको छ । महंगीले सिमा नाघिसकेको छ । वेरोजगारी समस्याले सिमा नाघिसकेको छ र बेरोजगार युवाहरु रोजगारीका लागि दैनिक १७०० का दरले विदेशतिर पलायन भइरहेका छन् । यसरी मुलुक विक्राल अवस्थामा पुगेको छ । राजनीतिक मूल्य मान्यताहरु समाप्तै भएर गइरहेका छन् । जनतामाथि व्याप्त निरासाले छाएको छ ।
    कठपुतली सरकारको नेतृत्व गरिरहेको एमाओवादीका नेता प्रचण्ड र बाबुरामका बीचमा भारतीय विस्तारवादको दलाली गर्ने प्रतिष्पर्दा चलिरहेको छ र प्रधानमन्त्रीको पदलाई भागवन्डा लगाएर, आलोपालो  गर्ने हल्लाहवाद र विस्तारवादको. दलाली गरेरै भएपनि सत्तामा पुग्ने र सत्तामा टासीरहने चिन्तनकै कारण मुलुक यसरी संकटग्रस्त बन्न पुगेको हो । पराधिनको अवस्थामा पुगेको हो । यी सबै संकटहरुकोसमाधान गर्नका लागि सर्वपक्षीय गोलामेचसम्मको आयोजना गर्ने र त्यस मार्फत राष्ट्रिय सहमतिकै आधारमा राष्ट्रिय संयुक्त सरकार निर्माण गरेर अगाडि बढ्ने प्रस्ताव करीव ७ महिना पहिला नै नेकपा – माओवादीले अगाडि सारेको थियो । तर ठूला दर भनिएका र सत्ताका विपक्षमा समेत रहेका नेपाली कांग्रेस र एमाले समेतले यस प्रति गंभीरतापूर्वक लिएनन् र सत्ताहानथाप र प्रधानमन्त्रीको पदको भागवन्डामा रुमलिरहेर राष्ट्रपतिलाई उचालेर निष्कर्षविहीन यात्रामा लामबद्ध हुन पुगे । अन्ततः त्यसबाट पार नलागे पछि अहिले सडक आन्दोलनका नाममा काँग्रेस र एमाले दैलखतिर लागेका छन् भने सत्ताधारी दल एमाओवादीले पनि कठपुतली सरकारलाई बचाउने उद्देश्यले सडक आन्दोलनको घोषणा गरेर ‘कही नभएको जात्रा हाडी  गाउँमा’ को खेल खेलीरहेको छ । र विदेशी दलाल काँग्रेस, एमाले र एमाओवादी बीचको टेबुलवार्ता पनि पोखिएर सडकमा छताछुल्ल हुन पुगेको छ । यही मौका छोपेर एमाओवादीका नेता प्रचण्डवले भारतीय विस्तारवादको इमान्दार दलाल बनेर बाबुरामलाई सत्ताच्युत गरेर आफै प्रधानमन्त्री बन्ने होडबाजीमा कम्मर कसेर लागेका छन् ।
यस प्रकारले मुलुक गम्भीर संकटमा फसीरहेको अवस्थामा नेकपा– माओवादीले गोलमेच सभाको एजेण्डा, राष्ट्रिय स्वाधिनताको एजेण्डा, जनताको गास, बास, कपास र जनजीविको  एजेण्डा, ममहंगी भ्रष्टाचार, सुरक्षा, कालो बजारी, तस्करी र नेपाल जनतामाथि भइरहेको थिचोमिचो, शोषण, दमन, उत्पिडन र अन्याय, अत्याचारका विरुछ सशक्त रुपमा जनआन्दोलनको आधिवेरी सृष्टि गर्ने, जनतालाई विद्रोहमा उतार्ने र त्यस किसिमको जनताको विद्रोहलाई संगठित गर्दै र त्यसको नेतृत्व समेत गर्दै नेपाली क्रान्ति सम्पन्न गर्ने रोडम्यापका आधारमा सडक आन्दोलन चर्काउने निर्णयका साथ जनताका बीच आउँदैछ । यो नै आजका आवश्यकता हो ।
हाम्रो देश अहिलेसम्म पनि अर्धसाम्मन्ती  र अर्ध औपनिवेशिक अवस्थामा रहँदै आएको छ र आजको भूमण्डलीकृत युगमापुगेर हाम्रो देश अर्ध औपनिवेशिक अवस्थाबाट अगाडि बढेर नवऔपनिवेशिक अवस्थामा गुज्रन बाध्य भएको छ । राष्ट्रिय स्वाधिनता धरापमा पर्दै आएको छ । सन १८१६ मार्च ३ तारिखमा सम्पन्न गरिएको राष्ट्रघाती सुगौली सन्धिदेखि यता सन् १९५० को असमान तथा अपमान सन्धि, सन् १९६५ को सुरक्षा सम्बन्धी राष्ट्रघाती सन्धि, कोसी, गण्डकी, महाकाली जस्ता राष्ट्रघाती सन्धि सम्झौताहरु यथावतै छन् । नेपालको सिमानावर्ती क्षेत्रमा करीव ६६ स्थानमा भारतीय विस्तारवादी शासकहरुले नेपाली भूमि अतिक्रमण गरिरहेको छ । सयभन्दा बढि जंगेपिलरहरु भत्काएर गायब गरिएको छ । कालापानीमा भारतीय सैनिक तैनाथ गरिदिरहेको छ । एमाओवादीको नेतृत्वमा संचालित बाबुराम भट्टराईको कठपुतली सरकारले भारतीय विस्तारवादी शासकहरुसीत विप्पा सम्झौता, सुपुर्दगी सन्धि गरेर उच्च कोसीवाध र अपर कर्णालीमा राष्ट्रघात गरेर र त्रिभुवन विमानस्थल सहित मुलुकका १५ वटा विमानस्थलहरु भारतीय शासकहरुलाई सुम्पेर भारतीय विस्तारवादको इमान्दार दलाल र चाकर बन्ने सत्तामा टिकीरहने रवैयाकै कारण आज मुलुक संकटग्रस्त बन्न पुगेको छ । साम्राज्यवादीहरु र विस्तारवादीहरुको चाकडी र दलाली गरेर सत्तामा पुग्ने र टासीरहने जुन सुरुवात पहिलो राणा प्रधानमन्त्री जंग बहादुर राणाले सुरु गरेको  थियो र राणा शासनका अन्त्यपछि राजतन्त्रले निरन्तरता दियो, त्यसमा नेपाली काँग्रेसले निरन्तरता प्रदान ग¥यो । एमालेले निरन्तरता दिँदै आयो र अहिले एमाओवादीका नेता प्रचण्ड र बाबुरामले निरन्तरता मात्र प्रदान गरिरहेका छैनन् कि त्यसलाई नयाँ संस्करणका रुपमा विकास गरिरहेका छन् ।
अतः यी तमाम प्रकारका राष्ट्रिय सरोकार र जनसरोकारका विषयहरुलाई मुल मुद्धा बनाएर अर्थात राष्ट्रिय स्वाधिनता र जनवीविकाका एजेण्डाहरुलाई समेत मूल एजेण्डा बनाएर नेकपा – माओवादीले सशक्त रुपमा जनप्रतिरोध आन्दोलन र जनआन्दोलनको उठान गर्ने निर्णय गरिसकेको छ । यस आन्दोलनलाई सफल पार्न र राष्ट्रिय स्वाधिनता प्राप्तिको  आन्दोलनलाई निर्णाय मोडमा पु¥याउनका निम्ति सम्पूर्ण देशभक्त, जनवादी, गणतन्त्रवादी प्रगतिशील तथा संघीयता पक्षधर शक्तिहरु र राष्ट्रिय स्वाधिनताका सबै पक्षधर शक्तिहरुका बीचमा व्यापक मोर्चाबन्दी गर्न आवश्यक छ । यो आन्दोलनलाई एउटै कुनै पनि शक्तिले निर्णायक तहमा पु¥याउन सम्भव छैन । त्यसैले सम्पूर्ण देशभक्त, जनवादी, गणतन्त्रवादी, प्रगतिशील तथा संघीयता पक्षधर शक्तिहरु र राष्ट्रिय स्वाधिनताका सम्पूर्ण शक्तिहरु बीचमा बृहत संयुक्त मोर्चा निर्माण गर्न आवश्यक छ ।
आज नेपाल र नेपाली जनताले संयुक्त संघर्षको माग गरिरहेका छन् । आज यस प्रकारको संघर्षको महत्व तत्कालिन एवं दीर्घकालिन दुवै दृष्टिले विशिष्ट रहन गएको छ । नेपाल राष्ट्र स्वाधिनता चाहन्छ । नेपाली जनताले मुक्ति चाहन्छन् । स्वाधिन राष्ट्रको निर्माण गर्न र नेपाली जनतालाई यस मुलुकको वास्तविक मालिक बनाउनका लागि माथि उल्लेखित सबै शक्तिहरुसीत शसक्त रुपमा मोर्चाबन्दी गरेर सशक्त रुपमा जनआन्दोलनको उठाउन गर्न बृहत संयुक्त मोर्चा निर्माण गरेर मिल्न सक्ने, एजेण्डा र कार्यक्रम मिल्ने शक्तिहरुसित कार्यगत एकता गरेर मात्र जनआन्दोलन, जनप्रतिरोध संघर्षलाई निर्णायक विन्दुमा पु¥याउन सम्भव हुन्छ, साम्राज्यवादी, विस्तारवादीहरुका नयाँ नेपाली दलाल हुँदै इमान्दार चाकरहरुलाई नेपाली धर्तीमा धुलो चटाउँदै स्वाधिन राष्ट्रको निर्माण गर्न र नेपाली जनताको मुक्ति अभिमानलाई निर्णायक विन्दुमा पु¥याउन सकिनेछ ।

No comments:

Post a Comment