Saturday, January 26, 2013

एमालेको दक्षिणपन्थी शंसोधनबादमा पतन

    “नाङ्गो संशोधनवाद, जसप्रति मजदूर जनसाधारणको मनमा तुरुन्तै घृणा पैदा हुन्छ, त्यति भयावह  हानिकारक हुँदैन, जति मध्यम वर्गको त्यो सिद्धान्त, जसले अवसरवादी व्यवहारलाई न्यायसंगत  प्रमाणित गर्नका लागि माक्र्सवादी सूत्रहरूको उपयोग गर्दछ र अनेकौ कुकर्महरूको सहायताबाट क्रान्तिकारी कार्वाही असामयिक छ भन्ने कुरा सिद्ध गर्न प्रयत्न गर्दछ, आदि । यो सिद्धान्तका सबैभन्दा कुख्यात प्रवक्ता र साथै दोश्रो इन्टरनेशनलका कुख्यात अधिकारी काउत्स्कीले आफूलाई परपाखण्डी तथा माक्र्सवादसित अनाचार गर्ने कलामा साटिएको व्यक्ति सिद्ध गरेका छन् ।”
– भी.आई. लेनिन


१.     विषय प्रवेश
    आज नेपाली कम्युनिष्ट आन्दोलनले साठी वर्ष पार गरिसकेको छ । यति लामो ऐतिहासिक अवधिमा यस आन्दोलनभित्र वर्गसंघर्ष र अन्तरसंघर्षका अनेकौं जटिल, बाङ्गाटिङ्गा र कहालीलाग्दा घुम्तीहरू रहेका छन् । यद्यपि यो आन्दोलन लामो समय पहिलेदेखि अनेकौँ समूह–उपसमूहहरूमा विभाजित अवश्यै रह्यो । अतः सारमा यस आन्दोलनभित्र क्रान्तिकारी र संशोधनवादी दुई परस्परविरोधी धाराकै द्वन्द्व प्रमुख बनेर आयो । आज नेपाली कम्युनिष्ट आन्दोलनको दक्षिणपन्थी संशोधनवादी–सुधारवादी धाराले आफूलाई विजातीय कित्तामा सामेल गर्दै दक्षिणपन्थी एवं आधुनिक संशोधनवादी धारामा गुणात्मक फड्को हान्न पुग्यो र यसको विपरीत नेपाली कम्युनिष्ट आन्दोलनको क्रान्तिकारी धारा आज माक्र्सवादी–लेनिनवादी–माओवादी÷विचारधाराका रूपमा गुणात्मक ढंगले विकसित हुँदै महान १० वर्षे सशस्त्र जनयुद्ध र जनआन्दोलनलाई फ्यूजन गरेर शान्ति प्रक्रियामा सामेल हुँदै ऐतिहासिक संविधानसभाको निर्वाचन र गठनमार्फत् २४० वर्षे शाहवंशीय सामन्ती राजतन्त्रलाई अन्त्य गरेर पूँजीवादी गणतन्त्रको घोषणा गर्ने स्तरमा गुणात्मक रूपले फड्को मारेर अहिले जनताको संघीय गणतन्त्रात्मक जनसंविधान निर्माण गरेर नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने महान र जटिल प्रक्रियामा फड्को मार्ने स्तरमा पुगेको छ । नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासको यस द्वन्द्ववादलाई हामी क्रान्तिकारीहरूले अत्यधिक गहिराइका साथ हृदयंगम गर्न जरुरी छ ।
    भारतीय विस्तारवादको निर्देशन र इसारामा एमाले–कांग्रेसलगायत दक्षिणपन्थी एवं यथास्थितिवादी अठारदलको निर्देशनमा २०६६ बैशाख २० गते राष्ट्रपतिलाई संवैधानिक ‘क’ू गर्ने निर्देशन गरेर गणतन्त्र नेपालको प्रथम जननिर्वाचित हाम्रो पार्टीले नेतृत्व गरेको सरकारलाई सत्ताच्यूत गरेर २०६६ जेष्ठ ९ गते एमालेको नेतृत्वमा कठपुतली सरकार निर्माण गरेपश्चात् गत एक वर्षसम्म हाम्रो पार्टीले नागरिक सर्वोच्चता स्थापित गर्ने, चालु शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउने, राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने, राज्यको पुनर्संरचना गर्दै जनताको संघीय गणतन्त्रात्मक जनसंविधान निर्माण गरी प्रतिक्रियावादी राज्यसत्ताका विरुद्ध नेपालमा नयाँ जनवादी गणतन्त्र स्थापना गर्ने महान उद्देश्य प्राप्तिका लागि तेस्रो जनआन्दोलनका चरणवद्ध ऐतिहासिक संघर्षको महान प्रक्रियामा आफूलाई समाहित ग¥यो । परन्तु यसको ठीक उल्टो नेकपा (एमाले) नामधारी दक्षिणपन्थी, संशोधनवादी एवं प्रतिक्रान्तिकारी डफ्फा जनता र क्रान्तिप्रति गम्भीर विश्वासघात गर्दै साम्राज्यवादी र विस्तारवादीहरूको इशारा र निर्देशनमा देशीय दक्षिणपन्थी एवं यथास्थितिवादी १८ दलको नेतृत्व गर्दै विदेशी प्रभुहरूको कठपुतली सरकारको नेतृत्व गर्दै शान्ति प्रक्रियालाई भाँड्ने, सैनिक सर्वोच्चतालाई स्थापित गर्ने, नागरिक सर्वोच्चतालाई हरण गर्ने, राष्ट्रिय स्वाधिनतालाई वैदेशिक शक्तिहरूका सामु बन्धकीमा राख्ने, राज्यको पुनर्संरचना गर्न नदिने, संविधानसभा विघटन गर्ने, राष्ट्रपति शासन लागू गरेर मुलुकलाई जबर्जस्त गृहयुद्धमा धकेलेर रक्तपात मच्चाउने र मुलुकलाई अन्धकारमा फसाएर पुरानै युगमा फर्काउने घोर प्रतिक्रान्तिको बाटोमा फर्काउनका निम्ति एकीकृत माओवादीलाई एक्ल्याउने, पाखा लगाउने र एमालेको काँधमा बन्दुक राखेर नेपालका माओवादीहरूलगायत सम्पूर्ण क्रान्तिकारीहरूलाई सखाप पारेर नेपाली क्रान्तिलाई रोक्ने साम्राज्यवादी र विस्तारवादीहरूको योजना पूरा गरिदिने कार्यमा निर्लज्ज ढंगले उत्रियोे । एमाले नेतृत्व गुट हाम्रो पार्टीले उठाएका जायज मागहरूलाई पूरा गर्नुको सट्टा आन्दोलनलाई भाँड्न भिजिलान्तेको प्रयोग ग¥यो र हामीलाई उत्तेजित पार्ने र हामीमाथि भीषण दमन गर्ने षड्यन्त्रमा लाग्यो । संविधानसभाको एजेण्डा हाम्रो पार्टीले अघि सार्दै आएकोले यसलाई असफल तुल्याउन विदेशी प्रभुहरूको निर्देशनमा तोकिएको अवधि २०६७ जेठ १४ गते नयाँ संविधान घोषणा गर्न नदिने र माओवादीलाई संविधानसभाको म्याद थप गर्न नदिने वातावरण तयार पार्ने र मुलुकलाई संविधानविहीन अवस्थामा पु¥याएर राष्ट्रपति शासन लगाउने, संविधानसभाको औचित्य समाप्त पार्ने र माओवादीलाई सखाप पार्ने अन्तिम योजनामा लाग्यो । नयाँ संविधान बनाउने प्रमुख दायित्व हाम्रो पार्टीको भएकोले हामी संविधानसभाको म्याद १ वर्ष थप गर्न तयार भयौं र तीन ठूला दलहरूबीचमा ३ बुँदे सहमति पनि कायम गरियो । तर ती सहमतिहरूलाई कार्यान्वयन नगर्न एमालेले देशी–विदेशी प्रतिक्रियावादीहरूको निर्देशनमा ठूलो बेइमानी र विश्वासघात गर्न पुग्यो । यसप्रकारको एमालेको प्रतिक्रान्तिकारी हर्कतले के कुरा छर्लङ्ग हुन्छ भने, नेपाली कम्युनिष्ट आन्दोलनभित्रको अन्तर्संघर्षले आज व्यवहारतः समेत क्रान्ति र प्रतिक्रान्तिबीचको भीषण जीवन–मरणको वर्गसंघर्ष गुणात्मक फड्को मारिसकेको छ । एमालेको यो प्रतिक्रान्तिकारी कदम नेपाली जनता र नेपाली नयाँ जनवादी क्रान्तिका लागि एक नयाँ परिस्थितिको नयाँ चुनौती हो र त्यसको साहसपूर्वक सामना गर्दै क्रान्तिलाई नयाँ उचाइ दिँदै विजयको शिखरतर्फ अघि बढाउनु हाम्रो काँधमा आएको आजको एक महान नयाँ ऐतिहासिक एवं युगीन जिम्मेवारी हो ।
    आज यसरी पूरै उदाङ्गो भएर दक्षिणपन्थी नवसंशोधनवादको बाटो हुँदै दक्षिणपन्थी संशोधनवादी कित्तामा गिर्दा पनि अझै एमालेले जनता, कार्यकर्ता र दुनियाँका सामु आफू मात्र नेपाली कम्युनिष्ट आन्दोलनको मूल प्रवाह भएको, सच्चा माक्र्सवादी–लेनिनवादी पार्टी रहेको र सही कार्यदिशा अबलम्बन गर्न समर्थ बनेको दावी गर्दै सारसंग्रहवाद र कुतर्कवादको सहारामा निर्लज्ज ढंगले भ्रम फैलाउने धृष्टता गरिरहेको छ । यो स्थितिमा यस संशोधनवादी डफ्फाको सैद्धान्तिक एवं राजनीतिक चिरफार गर्नु अझै आवश्यक एवं अनिवार्य बन्नगएको छ । ठीक यहीनेर कुन कुरामा जोड दिन जरुरी छ भने, एमालेको यो चिरफार सारमा कम्युनिष्ट आन्दोलनको एक सुधारवादी, संशोधनवादी– दक्षिणपन्थी धाराको हैसियतले मात्र होइन, प्रतिक्रान्तिकारी विजातीय फाँटमा गिरिसकेको एक निकृष्ट, कुरूप शक्तिको हैसियतले गर्नु आवश्यक छ । नेपाली क्रान्तिको नयाँ इतिहासले यस कुराको उद्घाटन गरिरहेको छ र यस कटुसत्यलाई हामीले आत्मसात गर्नुपर्ने नयाँ परिस्थिति निर्माण बनिसकेको छ ।

No comments:

Post a Comment