Sunday, June 23, 2013

पार्टी निर्माणको एक वर्ष
– हस्तबहादुर के.सी.
    दश वर्षे सशस्त्र जनयुद्धको नेतृत्व गरेर आएको एकीकृत नेकपा (माओवादी) को एउटा मुख्य हिस्सासीत सम्बन्ध विच्छेद गरेर त्यसपार्टीभित्रका क्रान्तिकारीहरुले नयाँ ढंगको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेकपा– माओवादी निर्माणको एक वर्ष पूरा भएको छ । २०६९ असार २ देखि ५ गतेसम आयोजना गरेको बौध भेलाद्वारा पार्टीभित्रको नवसंशोधनवादी एउटा गुटसीत राजनीतिक वैचारिक, सैद्धान्तिक र सांगठनिक रुपले सम्बन्ध विच्छेद गरि नेपाली क्रान्तिको कार्यभार पूरा गर्ने उद्देश्यका  साथ माओवादी पार्टी निर्माण  गरिएको थियो ।
    जुन पार्टीले दश वर्षे सशस्त्र जनयुद्ध समेत गरेर आएको र दशौं हजारको बलिदान, हजारौंको संख्यामा राज्यबाट विपत्ता र घाइते तथा अपाङ्ग तुल्याइएको र शान्ति प्रक्रिमा आएपछि २०६८ साल चैत्र २८ गते सम्पन्न पहिलो संविधान सभाको ऐतिहासिक निर्वाचनबाट मुलुकको सबैभन्दा ठूलो दलको रुपमा उपस्थित हुन पुगेको र ठूलो दलकै हैसियतमा आफ्नै नेतृत्वमा ९ सरकार समेत संचालन समेत गरेर आएको र नेपाली जनताको भावि भविष्य बोकेर नेपाली धर्तीमा उदाइरहेको नेपालकै सम्बन्ध ठूलो कम्युनिष्ट पार्टी एमाओवादी किन विभाजित भयो त ? त्यसभित्रका क्रान्तिकारीहरुले आफैले निर्माण गरेको, त्यति ठूलो बलिदान र योगदान समेत गरेर आएको पार्टी जुन बेला सरकारको नेतृत्व गरिरहेकै अवस्थामा एमाओवादी पार्टीलाई किन फुटाइएको थियो त ? यसको पुष्टि विभाजित भएर जानेहरुले गर्न सक्लान् कि, नसक्लान् त ? एक वर्षको अवधिमा एमाओवादीबाट अलग भएर नयाँ पार्टी निर्माण गरेकाहरुले के के उपलब्धिहरु प्राप्त गरे त ? गर्नुपर्ने के थियो त ? पार्टी निर्माणको एक वर्षमा के के उपलब्धिहरु प्राप्त भए भने के के कम्जोरीहरु रहन गए त ? आदि विषयमा ठोस समिक्षा गर्नेपर्ने हुन्छ ।
    कम्युनिष्ट पार्टी निर्माण, यसको परिचालन र यसले प्राप्त गर्ने लक्ष्य उद्देश्यहरुको चर्चा गर्ने क्रममा सिंगै नेपाली कम्युनिष्ट आन्दोलनकै समिक्षा गर्न बान्धनीय हुन्छ । सर्वविदितै, नेपाल कम्युनिष्ट पार्टीको स्थापना २००६ साल वैशाख १० (सन् १९४९ अप्रिल २२) गते भारतको कोलकत्तामा भएको हो । यसका संस्थापकहरु पुष्पलाल श्रेष्ठ, नारायण विलास जोसी, निरंजन गोबिन्द बैध र नरबहारदुर कर्मचार्य थिए । पुष्पलाललाई संस्थापक महासचिव,  गराइएको थियो । संस्थापकहरुमा नरबहादुर कर्मचार्य मात्र जीवित हुनुहुन्छ । अन्यको मृत्यु भइसकेको छ ।
    यो कुरा पनि सर्वविदितै छ कि नेपाल कम्युनिष्ट पार्टीले स्थापना कालमै अर्थात् २००६ साल वैशाख १२ गते पहिलो पर्चा प्रकाशित गरि नेपाल अर्थ सामन्ती र अर्थ औपनिवेशिक अवस्थामा रहेको र यस देशमा गरिने क्रान्ति नयाँ जनवादी क्रान्ति नै हो । अर्थात् नयाँ खाले पूँजीवादी क्रान्ति नै हो र यसको नेतृत्व मजदुर – किसान एकताको आधारमा कम्युनिष्ट पार्टीले मात्र गर्न सक्नु पर्दछ र यसको मार्गदर्शन सिद्धान्त माक्र्सवाद लेनिनवाद र माओवाद मात्र हुनसक्छ भन्ने, सैद्धान्तिक विश्लेषण र संशलेषण गरिएको थियो । जसको पुष्टिभइसकेको छ र अहिलेसम्म पनि नेपाल अर्थसामन्ती र अर्थऔपनिवेशिक अवस्थामा रहेकै छ र नयाँ नेपाली जनवादी क्रान्ति अहिलेसम्म पार्न सम्पन्न भएको छैन । नेपाली क्रान्तिका कार्यभारहरु अधुरै छन् । नेपाली क्रान्ति अधुरै छ र ६ दशक भन्दा बढी समय पार गरिसक्दासम् पनि नेपाली कम्युनिष्ट क्रान्तिकारीहरुले आफ्ना लक्ष्यहरु, उद्देश्यहरु र चाहनाहरु अधुरै छन् । जो ४ जना र्सस्थापकहरुले आज भन्दा ६४ वर्ष पहिले नेपालमा जहानीया राणा शासनको दमनका कारणले नेपालमा सम्भव नभएर भारतीय कोलकत्तामा बसेर नेपालको कम्युनिष्ट पार्टीको निर्माण गरेका थिए । नेपाली क्रान्तिका रणनीति र कार्यनीतिका बारेमा  व्यापक छलफल गरिएको थिए र महान नेपाली क्रान्तिका सुन्दर सपनाहरु कोरिएका थिए ।
    अहिले नेपाली कम्युनिष्ट आन्दोलनले ६४ वर्ष पार गरिसकेको छ । यस लामो ऐतिहासिक अबधिमा वर्गसंघर्ष र अन्तर संघर्षका अनेकौ जटिल बाङ्गा टिङ्गा र कहाली लाग्दा घुम्ति रहेका छन् । यद्यपी या आन्दोलन लामो समयदेखि विभाजित रहँदै आएको छ । र यस अवधिमा संशोधनवादी धारा र क्रान्तिकारी धाराकै बीचको द्वन्द्व नै प्रमुख बनदै आएको छ । अहिले संशोधनवादी अवसरवादी धाराले दक्षिणपन्थि संशोधनवादी एवं नवसंशोधनवादी धारामा  (जो एमाले एमाओवादीले प्रतिनिधि गर्दै आएका छन्) गुणात्मक ढंगले फड्को हान्न पुगेको छ भने यसको ठिक विपरित नेपाली कम्युनिष्ट आन्दोलनको क्रान्तिकारी धारा (जो नेकपा –माओवादीले प्रतिनिधित्व गरेको छ) ले माक्र्सवादी – लेनिनवादी माओवादीमा गुणात्मक रुपमा विकास गर्न पुगेको छ । र यस पार्टीले माथि पनि भनिएको छ कि नवसंशोधनवाद  र सबै खाले संशोधनवादसीत सम्बन्ध विच्छेद गर्दै नयाँ ढंगको क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माण गरेर नयाँ नेपाली क्रान्ति सम्पन्न गर्ने उद्देश्य नेकपा –माओवादीले निश्चित गरेको छ । किनकि नेकपा –माओवादी नेपाली सर्वहारा वर्गको सबैभन्दा उच्चस्तरको संगठित अगुवा अग्रदस्ता हो । र, यसको न्यूनतम लक्ष्य नयाँ जनवाद र अधिकतम लक्ष्य वैज्ञानिक समाजवाद र साम्यवाद रहेको सर्वविदितै छ ।
    दश वर्षे सशस्त्र जनयुद्धको मुख्य नेतृत्व गर्दै आएको एकीकृत नेकपा माओवादीको मुख्य नेतृत्व भित्र वैचारिक विचल पदा भई नवसंशोधनवादमा पतन हुन पुगेर त्यस गुटले नेपाली क्रान्तिप्रति र नेपाली जनताप्रति गद्धारी गर्दै र धोका दिँदै नेपाली क्रान्तिको झण्डाबीच बाटोमै फ्याकेर सिंगो क्रािन्त प्रति नै गद्धारी गर्न पुगे पछि नेपाली क्रान्तिका बाँकी कार्यभार पूरा गर्ने महान उद्देश्यका साथ नेकपा – माओवादीको निर्माण गर्न त्यस पार्टीभित्र क्रान्तिकारीहरु वाध्य भएका हुन् र उनीहरुको दायित्व पनि हो ।
    लेनिनले क्रान्तिकारी सिद्धान्त र क्रान्तिकारी पार्टीको अभावमा क्रान्ति असंभव हुन्छ भन्नुभए झैं क्रान्तिका लागि क्रान्तिकारी सिद्धान्त, नीति कार्यक्रम, रणनीति तथा कार्य नीति तय गरेर नयाँ ढंगको क्रान्तिकारी पार्टी –माओवादी निर्माण गरिएको हो ।  एमाओवादी भित्रको विभाजन र –माओवादीको पुनगंठनलाई यही रुपमा बुझ्न आवश्यक हुन्छ । यसमा हामीले एक वर्षका बीचमा के कति ग¥यौं  त ? के कतै उपलब्धिहरु हाँसिल ग¥यौं त ? हामीले के के कमजोरीहरु ग¥यौं त ? अब हामीले के के गर्नुपर्ला त ? भन्ने कुरालाई बढि ध्यान दिन आवश्यक छ ।
    हामीले नवसंशोधनवाद र सबैखाले संशोधनवादीसीत सम्बन्ध विच्छेद गरेर क्रान्तिकारी पार्टी निर्माण ग¥यौं । नवसंशोधनवादी सीत सम्बन्ध विच्छेद गरेर क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माण गर्नु हाम्रो साहसी तथा ऐतिहासिक कदम थियो । तर हामीले यो बीचा पार्टीलाई क्रान्तिकरण गर्ने रुपान्तरण गर्न सकिरहेका छैनौं । पार्टीलाई जनवादी केन्द्रीयताको सिद्धान्त बमोजिम निर्माण गर्न र परिचालन गर्न सकिरहेका छैनौं । नेपाली क्रान्तिका लागि जनयुद्धको जगमा जनविद्रोह सम्बन्धी क्रान्तिकारी कार्यदिशा निर्माण गरिसकेका छौं । पार्टी निर्माणको एक वर्षकै अवधिमा पार्टी जनताको बीचमा निकै स्थापित भइसकेको छ ।
    जनविद्रोहलाई नेपाली क्रान्तिको प्रमुख कार्यदिशा तर्जुमा गरि सकेपछि त्यसलाई क्रियान्वयन गर्नका चुस्त दुरुस्त खालका क्रान्तिकारी पार्टी संगठनको आवश्यकता पर्दछ । जनविद्रोहलाई संगठन गर्ने र त्यसलाई नेतृत्व गर्न सक्ने गरि चुस्त दुरुस्त खालका क्रान्तिकारी चरित्रको पार्टी संगठनहरु निर्माण गर्न र परिचालन गर्न सकिरहेका छैनौं । केन्द्रदेखि तल्लो सेल कमिटीसम्म पार्टी संगठनहरु ठूलो संख्या भन्दा र अवैज्ञानिक ढंगका  कायमै छन् । प्रचण्ड स्फुलिङबाट बन्ने गरेका गैर क्रान्तिकारी मुद्दम र जम्मो टाइपका पार्टी संगठन निर्माण गर्ने प्रक्रियामा परिवर्तन गर्न सकिरहेका छैनौं । ठूला, भद्धा र जम्मे टाइपका पार्टी संगठनहरु भएकाले नियमित बैठक बस्ने, जनवादको प्रयोग गर्ने, ठोस निर्णय लिने मामिलामा हामी प्रचण्ड प्रवृत्तिबाट छुटकारा पाउन सकिरहेका छैनौं । पार्टी पंक्ति भित्र प्रचण्ड प्रवृत्तिलाई हटाउन सकिरहेका छैनौं । प्रचण्ड प्रवृत्ति नेपाली कम्युनिष्ट आन्दोलन भित्रको निकै हानिकारक प्रवृत्ति देखाएको छ । यस प्रवृत्तिलाई निर्मूल नपारिकन पार्टीलाई क्रान्तिकारी रुपान्तरण गर्न सकिँदैन । नेपाललाई क्रान्तिको नेतृत्व प्रदान गर्न पनि सकिँदैन । पार्टीभित्र आर्थिक साँस्कृतिक विचलन र अपारदशिता तीव्र छ, यसलाई रोक्न र रुपान्तरण गर्न सकिरहेका छैनौं । पार्टीका नेता कार्यहरुमा गैर सर्वहारा वर्गीय चिन्तन र कार्यशैली यथावतै छ । पार्टी पंक्ति भित्र स्कुलिङको ठूलो खडेरी छ । माक्र्सवादी शास्त्रीय अध्ययन त शुन्य प्रायः बन्न पुगेको छ । टपरटुइयाँ अध्यापनका आधारमा नेता बन्ने प्रवृत्ति हामी छ । र यसले भुइफुट्टाहरु पनि नेतृत्वमा प्रश्ने, नेता बन्ने खतरा प्रबल बन्दै गएको छ । र पार्टीभित्र १० वर्षे जनयुद्धको व्याजको पनि स्याज खाने प्रबृत्ति हावी छ । यो ज्यादै हानिकारक प्रवृत्ति हो नेपाली क्रान्तिका लागि । किन भने हामी जनविद्रोह मार्फत नेपाली क्रान्ति सम्पन्न गर्ने रणनैतिक कार्यक्रम र कार्यदिशाका साष अगाडि बढिरहेकोले पार्टीलाई बोलसेविकीकरण गर्न चाहन्छौं । तर यी प्रस्तुती र आचरणहरु बेल्सेविको कार्यशैली विपरीत रहेका छन् । झापा विद्रोहको व्याजको स्याज खाने प्रवृत्तिकै कारण एमाले दक्षिणपन्थि संशोधनवादकै दलदलमा फसन पुग्यो । १० वर्ष जनयुद्धको व्यजाको स्याज  खान खोज्दा एमाओवादी नवसंशोधनवादका दलदलमा फस्न पुग्यो । यो प्रवृत्तिबाट मुक्त भएनौं भने हामी पनि पुग्न बाटो भनेकै एमाले र एमाओवादी पुगेकै स्थापनामा पुग्ने छौं र त्यसैले नेपाली जनता र नेपाली क्रान्तिको वृहत्तर हितलाई मध्यनजरमा राखेर हामी सुध्रिन र रुपान्तरण हुन जरुरी छ । नेपाली क्रान्तिका लागि पारित गरिएका क्रान्तिकारी कार्यदिशालाई क्रियान्वयन गर्न सकिरहेका छैनौं । यसमा हामी भित्रैमा लुकेर बसेका माथि उल्लेखित कार्यशैली र जीवन शैली प्रमुख रहँदै आएका छन् । एक वर्षको र करीव ६ दशक पहिले देखिको अनुभवहरुलाई आत्साथ गर्दै र यी सबै गैर क्रान्तिकारी तथा गैर माक्र्सवादी– लेनिनवादी–माओवादी प्रवृत्ति आचारण र कार्यशैली तथा जीवन शैलीहरुलाई त्यागेर मात्र नेपाली क्रान्तिलाई सबल नेतृत्व गर्न सक्ने गरि पार्टीलाई क्रान्तिकारी बनाइराख्न सक्ने छौं र  नेपाली क्रान्तिका लागि नेकपा  –माओवादीको विकल्प छैन यसैका भारमा नेपाली जनता र नेपाली क्रान्तिको भविष्य अडिएको छ । यही महान कार्यभार गर्न नेकपा – माओवादीका सिंगो पंक्तिप्रतिबद्ध भएर अगाडि बढ्नुको विल्कप छैन । नेपाली जनताले हामीमाथि सुम्पेका अभिभारा पनि यही नै हो ।
लेखकः (नेकपा माओवादीका केन्द्रीय सल्लाहकार एवं केन्द्रीय पार्टीका सचिव हुन्)

No comments:

Post a Comment