नेकपा–माओवादीको चौथो पूर्ण बैठकका ऐतिहासिक निर्णयहरूका सन्दर्भमा
– हस्तबहादुर केसीविषय प्रवेश
नेकपा – माओवादी चौथो पूर्ण बैठकले लिएका ऐतिहासिक निर्णय लिएको सार्वजनिक घोषणा पार्टी अध्यक्ष मोहन वैद्द किरण र महासिय रामबहादुर थापाद्वारा जारी गरिएको प्रेस विज्ञप्ती र यही साउन ७ गते आयोजना गरिएको पत्रकार सम्मेलनद्वारा सार्वजनिक गरिएको छ । फूल केन्द्रीय सदस्य, बैकल्पिक केन्द्रीय सदस्य र केन्द्रीय सल्लाहकार समितिका सदस्यहरू समेत सहभागी रहेको नेकपा –माओवादीको चौथो पूर्ण बैठकले लामो छलफल र बहस पछि पार्टी अध्यक्ष मोहन वैद्य किरणद्वारा राष्ट्रिय सम्मेलनमा पेश गर्ने तयार पारिएको “मालेमाको आलोकमा संघर्षका कार्यदिशालाई समृद्ध बनाऔं, पार्टीलाई एकताबद्ध तुल्याउँदै क्रान्तिको दिशामा दृढतापूर्वक अघि बढौं ।” शिर्षकको राजनीतिक प्रतिवेदन र सचिव नेत्रविक्रम चन्द विप्लवद्वारा फरकमतको रुपमा तयार पारिएको “यथास्थितिमा क्रमभङ्गता इतिहासको अपरिहार्य आवश्यकता, दलाल पुँजीवादी राज्यसत्ता विरुद्ध संघर्ष गरौं, जनवादी राज्यसत्ता निर्णयको दिशामा अघि बढौं ।” शीर्षकका अलग अलग दस्तावेजहरू प्रस्तुत गरिएका थिए । यस चौथोंपूर्ण बैठकमा लामो छलफल र बहस पछि राष्ट्रिय सम्मेलनलाई स्थगित गरि एक वर्ष भित्रमा विशेष राष्ट्रिय महाधिवेशनको आयोजना गर्ने र ती दुवै दस्तावेजहरूलाई हाललाई थाति राखेर आगामी महाधिवेशनको प्रक्रिय अन्तरगत फोरम खुला गरेर मात्र आम पार्टी पंक्तिमा बहस चलाउने गरि अहिले अन्तर पार्टी बहस संचालन नगर्ने निर्णय लिएको छ । र ती दुवै दस्तावेजहरूलाई राज्य तथा जिल्ला तहसम्म अध्ययनका लागि लैजाने र वहसलाई थाति राख्दै सबै राज्य तथा जिल्लाहरू र प्रवास तथा विदेशमा रहेका पार्टी पंक्ति भित्र यही आउँदो भदौ १५ भित्र प्रशिक्षण कार्यक्रमहरू सम्पन्न गरि सक्ने निर्णय समेत गरेको छ । साथै उक्त बैठकले जनवर्गीय संगठनहरू र मोर्चा संगठनहरूको सम्मेलनहरू गर्ने निर्णय गनेृ भन्ने पहिलेको निर्णयलाई खारेज गरेर महाधिवेशन पछि मात्रै जनवर्गीय संगठनहरू र मोर्चा संगठनहरू सम्मेलन सम्पन्न गर्ने निर्णय लिएको छ ।
अर्कोतिर बैठकले संविधान सभा विघटन भै मुलुकको वर्तमान समस्याको समाधान रहेको निष्कर्ष निकालेको छ । नेकपा – माओवादीको चौथो पूर्ण बैठकले पार्टीको आन्तरिक जीवनको समिक्षा र मुलुकको वर्तमान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिहरूको समेत विश्लेषण गढर्दै पार्टी भित्र विचाराधारात्मक दुइलाइन संघर्ष संचालन गर्ने र बाहिर नेपाली समाजमा वर्गसंघर्षलाई चर्काएर लैजाने निर्णय गरे पश्चात मुलुकको राष्ट्रिय राजनीतिमा नयाँ तरंग पैदा भएको छ । यी बैठक नेपाली कम्युनिष्ट आन्दोलन, नेपाली क्रान्ति र वर्गसंघर्षका लागि पनि युगान्तकारी र आफ्नो सारतत्वमा दूरगामी महत्वको बन्न गएको छ । यो बैठकमा बारेमा विभिन्न दृष्टिले अध्ययन र विश्लेषण गर्न सकिन्छ । प्रस्तुत लेख मुख्य प्रयोजन यस बैठक सारतत्वबारे संक्षिप्त प्रकाश पार्नु रहेको छ ।
चौथो बैठकका उद्देश्यहरू
हाम्रो पार्टी नवसंशोधानवादसित सम्बन्ध विच्छेद गरेर नयाँ ढंगको क्रान्तिकारी पार्टी निर्माणको ऐतिहासिक विकास प्रक्रियाबाट अघि बढिरहेको छ र यो नेपाली सर्बहारावर्गको सबैभन्दा उच्चस्तरको संगठित राजनीतिक अग्रदस्ता भएका नाताले वर्तमान नेपाली नयाँ जनवादी क्रान्तिको निर्णायक नेतृत्वदायी शक्ति बन्न पुगेको छ । यो सबै मुक्तिकामी जनसमुदायका लागि गौरवको कुरा हो । यस प्रक्रियामा विगतमा केन्द्रीय समितिले लिएका निर्णयहरू आफ्नो सापेक्षतामा ऐतिहासिक नै रहेका छन् । तर हालै सम्पन्न केन्द्रीय समितिको चौथो पूर्ण बैठकका निर्णयहरू विशेष उल्लेखनीय र ऐतिहासिक बन्न गएका छन् । पार्टीका निर्णयहरू विशेष महत्वका ऐतिहासिक त्यो बेला हुने गर्दछन्, जुन बेला तिनले सामाजिक क्रान्तिका बाह्य र आन्तरिक समस्याहरूलाई वैज्ञानिक समाधान दिने, वर्गसंघर्ष र पार्टी जीवनलाई गुणात्मक ढंगले नयाँ दिशा प्रदान गर्ने र समाजको इतिहासलाई अगाडि बढाउने सामथ्र्य राख्दछन् । हालसम्म केन्द्रीय समितिका निर्णयहर जस्तो कि कथित दोश्रो संविधानसभा निर्वाचनलाई सशक्त रुपमा बहिस्कार गर्ने, महाधिवेशनले लिएको जनयुद्धको जगमा जनविद्रोहको कार्य दिशालाई समद्ध तुल्याउने, मुलुकको वर्तमान समस्या समाधानको निम्ति कथित संविधान सभाको विघटन गर्ने, राष्ट्रिय राजनीतिक सहमतिको निर्माण, अधिकार सम्पन्न उच्चस्तरीय तथा सबै पक्षीय राजनीतिक सभाको गठन, राष्ट्रिय संयुक्त सरकारको गठन, जनसंविधानको निर्माण र राष्ट्रिय स्वाधिनता तथा सार्वभौमिकताको रषाका कामलाई नै तात्कालिक राजनीतिक कार्यनीतिका रुपमा लिनु पर्दछ र आवश्यकता अनुसार वार्ता र संवादको ढोका पनि खुला राख्नु पर्दछ ।” भन्ने निर्णयहरू विशेष महत्वका कुन अर्थमा हुन गएका छन् भने तिनले नेपाली वर्गसंघर्ष र कम्युनिष्ट आन्दोलनलाई नयाँ ढंगले संश्लेषित गर्नका लागि नयाँ वैचारिक आधार र वस्तुवादी मापदण्ड प्रदान गरेका छन् । र यी बैठकहरूले पार्टीको स्वतन्त्र र मौलिक पहिचानलाई सैद्धान्तिक तथा वैचारिक स्तरमा उठाउन गुणात्मक उच्चता प्रदान गरेका छन् ।
गत मंसिर २३ – २९ सम्म कुपण्डोलमा सम्पन्न पार्टीको तेश्रो पूर्ण बैठकले पुस, माघ र फाल्गुन सम्म तीन महिना स्थानीय तहदेखि जिल्ला अधिवेशनहरू सम्पन्न गरि सक्ने, चैत्र र २०७१ वैशाख र जेठ तीन महिना वर्गसंघर्ष अन्तरगत जनसंघर्षका कामलाई घनिभूत बनाउँदै लैजाने र असारको दो।ो साता सम्म पार्टीको राष्ट्रिय सम्मेलन गरि सक्ने ऐतिहासिक निर्णय गरेको थियो । अर्थात् पार्टीको आन्तरिक मामिलामा संगठन निर्माण सुदृढ गराउने र सामाजिक क्रान्तिका क्षेत्रमा जनसंघर्ष सञ्चालन गर्ने यी दुईवटा महत्वका निर्णय गरेको थियो ।
यसै सिलसिलामा अन्तरगत २०७१ असार १० गते देखि प्रारम्भ भएको पार्टीको पोलिट व्यूरो बैठकले २०७१ असार २६ गतेदेखि राष्ट्रिय सम्मेलनको आयोजना गर्ने निर्णय गरेको थियो । र राष्ट्रिय सम्मेलनमा प्रस्तुत गर्नका लागि पार्टी अध्यष मोहन वैध किरणलाई राजनीतिक प्रस्ताव लेख्ने जिम्मा जिम्मा समेत दिएको थियो । असार १९ गतेदेखि प्रारम्भ भएको फूल केन्द्रीय समितिको बैठकमा अध्यक्ष किरणले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि असहमति जनाउँदै फरकमतका रुपमा सचिव नेत्रविक्रम चन्द विप्लवले छुट्टै राजनीतिक प्रतिवेदन पेश गरेपछि त्यसले पार्टीभित्र गहनको बहसको माग गरेकाले अहिले नै टुङ्गो लगाउन उपयुक्त नहुने ठहर गरि असार २८ गतेदेखि शुरु भएको चोथो पूर्ण बैठकले हाललाई राष्ट्रिय सम्मेलनलाई स्थगित गरेर एक वर्ष भित्रमा विशेष महाधिवेशनको आयोजना गर्ने र हाललाई दुवै राजनीतिक प्रतिवेदनहरूलाई थाति राखेर अगाडि बढ्ने र महाधिवेशन नजिकिँदै गर्दा फोरम खुला गरेपछि मात्र पार्टीभित्र महान बहस चलाउने निर्णय गरेको छ । पार्टीको यो ऐतिहासिक निर्णय पछि आम पार्टी पंक्ति भित्र नयाँ तरङ्ग र उर्जा पैदा भएको छ ।
चौथो बैठकको मुख्य उद्देश्य पहिले नै निर्णय भइसकेको राष्ट्रिय सम्मेलनको तयारीलाई व्यवस्थित गर्ने राजनिितक प्रतिबेदनलाई पूर्णता प्रदान गर्ने र नेपाली नयाँ जनवादी क्रान्तिका लागि क्रान्तिकारी कार्यदिशा पारित गर्ने सषम, लडाकू र क्रान्तिकारी केन्द्रीय नेतृत्व निर्माण गर्ने रहेको थियो ।
राजनतिक प्रतिवेदनहरूले माग गरेको विषयहरू
अध्यक्ष मोहन वैद्य किरणले “मालेमाको आलोकमा संघर्षको कार्यदिशालाई समृद्ध बनाऔं, पार्टीलाई एकताबद्ध तुल्याउँदै क्रान्तिको दिशामा दृढतापूर्वक अघि बढौं ।” भन्ने र सचिव नेत्रविक्रम चन्द विप्लवले “यथास्थितिमा क्रमभङ्गता इतिहासको अपरिहार्य आवश्यकता, दलाल राज्यसत्ता विरुद्ध संघर्ष गरौं, जनवादी राज्यसत्ता निर्माणको दिशामा अघि बढौं ।” भन्ने शीर्षक रहेका दुईवटा अलग अलग राजनीतिक प्रतिवेदन उक्त बैठकमा पेश गरिएका छन् । यी दुवै राजनीतिक प्रतिवेदनहरू इतिहासको आवश्यकताले आएको पार्टीले संश्लेषण गरेको छ । त्यस्तै यी दुवै राजनीतिक प्रतिवेदनहरू नेपाली क्रान्तिको चिन्ताका साथ आएको पार्टीले विश्लेषण गरेको छ । यी प्रतिवेदनहरूले भाग गरेका विषयहरू निम्न रहेका छन् ।
क. पार्टी विपरित तत्वको एकत्व भएकाले फरक मत आउन स्वाभाविक भएको कुरा यसले पुष्टि गरेको छ । यस प्रकारका कार्यले पार्टीलाई एकता, संघर्ष र रुपान्तर प्रक्रियाबाट क्रान्तिकारी बनाई राख्न मद्धत पु¥याएको छ ।
ख. पार्टी भित्र आगमन भएको यी फरक फरक राजनीतिक प्रतिवेदनले पार्टी भित्र उच्चस्तरको बहस र अध्ययनको माग गरोको छ । किनकि ऐतिहासिक बौद्ध भेला हुँदै सातौं राष्ट्रिय महाधिवेशनसम्म आइपुग्दा पार्टीले जनयुद्धको जगमा जनविद्रोहको नेपाली नयाँ जनवादी क्रानितको क्रान्तिकारी कार्यदिशा पारित ग¥यो । २०७० मंयसिर २३ – २९ मा सम्पन्न तेश्रो पूर्ण बैठकले सातौं राष्ट्रिय महाधिवेशनद्वारा पारित जनयुद्धको जगमा जनविद्रोहको कार्यदिशालाई समृद्ध तुल्याउने निर्णय ग¥यो । यसलाई राष्ट्रिय सम्मेलनबाटै समाधान गरिने अपेक्षा गरिएको थियो । तर अध्यक्ष मोहन वैद्यकिरणले तेश्रो पूर्ण बैठकले निष्कर्ष निकालेको राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थितिमा खासै परिवर्तन नआएको भन्दै त्यसकै निरन्तरतामा जनयुद्धको जगमा जनविद्रोहको कार्यदिशालाई समृद्ध तुल्याउने सहितको राजनीतिक प्रतिवेदन पेश गर्नुभएकोमा त्यस प्रतिवेदनमाथि असहमति जाहेर गर्दै क. नेत्रविक्रम चन्द विप्लवले छुट्टै अर्को राजनीतिक प्रतिवेन पेश गरेपछि पार्टीभित्र उच्चस्तरको बहस र अध्ययनको आवश्यकता स्वाभाविक बन्न पुगेको छ ।
यतिबेला पार्टीभित्र अध्ययनको पाटो निकै नै धाराशाही बन्दै गएको छ । माक्र्सवादको अध्ययन झनै न्यूनीकरण बन्दै गएको छ । आज माक्सृवादले आफ्नो गुणात्मक विकासको दोश्रो चरणको रुपमा लेनिनवादको विकास भएको छ भने माक्र्सवाद – लेनिनवाद गुणात्मक विकासको तेश्रो र नयाँ चरणमा माओवादको विकास भएको वर्तमान अवस्थामा माक्र्सवाद – लेनिनवाद माओवादी विश्व सर्वहारावर्गको पथप्रदर्शक सिद्धान्त भएकाले मालेमावादको गहिरो अध्ययन विना वर्तमान नेपाली समाजको नयाँ ढंगले विश्ेषण गर्न सामथ्र्ये राख्दैन । अझ अगाडि बढेर क. भन्न सकिन्छ भने माक्र्सवाद – लेनिनवादको गुणात्मक विकसाको तेश्रो र नयाँ चरणका रुपमा विकसीत हुन पुगेको माओवाद आज अर्धसामन्ती र अर्ध औपनिवेशिक वा नवऔपनिवेशकि अवस्थामा रहेका पछौटे कृषि प्रधान रहेको मुलुकमा गरिने नयाँ जनवादी क्रान्तिको पथप्रदर्शक सिद्धान्त मात्र नभएर माओवाद आज पूँजीवादको चरम विकास भएर साम्राज्यवादमा पतन भइसकेका मुलुकमा सम्पन्न गरिने सर्वहारा क्रान्तिो निम्ति समेत पथप्रदर्शक सिद्धान्त बन्न पुगेको छ । आजको युग साम्राज्यवाद र सर्वहार क्रान्ति बीचको भीषण संघर्षको युग हो । अतः यसरी आज अन्तर्राष्ट्रिय सर्वहारावर्गको हातमा एउटा सार्वभोम सिद्धान्तको सि.गो अमेद्य इकाइको रुपमा माक्र्सवाद – लेनिनवाद – माओवाद रहेको छ । माओवादलाई आजको विश्वको माक्र्सवाद – लेनिनवाद रुपमा ग्रहण नगरिा कोही पनि सच्चा कम्युनिष्ट बन्न सक्तैन । आजको विश्वको माक्र्सवाद– लेनिवाद भएकोले नै नेपाल लगायत संसारभरका प्रतिक्रियावादी एवं संशोधनवादीहरूले माओवादमाथि भीषण हमला गरिरहेका छन् । अतः हामीले मालेमावादको गहिरो अध्ययन र आत्मसातीकरण नगरि चीजलाई बुझनै सक्तैनौं । अर्थात् यसको गहन अध्ययन विना नेपाली क्रान्तिको मौलिक मोडेल निर्धारण गर्न र नेपाली नयाँ जनवादी क्रान्तिको सही क्रान्तिकारी कार्यदिशा निक्र्योल गर्न पनि सक्तैनौं । मालेमावाद हाम्रो हरेक कामको पथप्रदर्शक भएकाले यसको अध्ययन अपरिहार्य आवश्यकता छ । हाम्रो पार्टी भित्र शुरु भएको दुईलाइन संघर्षले यही कुराको माग गरेको छ ।
ग. जनवादी केन्द्रीयताको प्रश्नः
जनवादी केन्द्रीयता क्रान्तिकारी पार्टीको मेरुदण्ड हो । जनवादी केन्द्रीयताको सिद्धान्त र पद्धतिलाई पालना नगर्ने, नगराउनेहरू क्रान्तिकारी कम्युनिष्ट बन्नै सक्तैनन् र जनवादी केन्द्रीयताको पद्धति भन्दा बाहिर रहेका कम्युनिष्ट पार्टी क्रान्तिकारी बन्नै सक्तैन र त्यस प्रकारको पार्टीले सर्वहारा वर्गको मुक्तिको निम्ति नेतृत्व प्रदान गर्ने कुरै आउँदैन । पार्टीभित्र अहिले दुइलाइन र्सघर्ष शुरु भएको छ । यसलाई जनवादी केन्द्रीयताको पद्धति र मापदण्ड विना संचालन गरियो भने यो अराजकतामा परिणत हुन्छ र पार्टी फुट र विभाजनको दिशातिर उन्मुख हुन जान्छ । दुईलाइन संघर्षलाई पद्धति र विधिपूर्वक हल गर्नका निम्ति यसले जनवादी केन्द्रीयतालाई दह्रोसीत पकडन र क्रियान्वयनको माग गरेको छ ।
घ. एकताबद्ध पार्टी निर्माणको अपेक्षा
कम्युनिष्ट पार्टी विपरित तत्वको एकत्व भएको कारण यस भित्र विविध प्रकारका विचार र मतहरू आउनु स्वभाविक मात्र होयन अनिवार्य मानिएको भएता पनि नेपाली कम्युनिष्ट आन्दोलन भित्र फरक मत आउने वित्तिकै त्यो विधि र एउटा वैज्ञानिक पद्धतिद्वारा हल हुँदै जानुको सट्टा पार्टी फुट्दै आएको इतिहास छ । अहिलेसम्म त्यस प्रकारका घटनाहरू परिघटित हुँदै आएका हुनाले अहिले हाम्रो पार्टीमा पनि फरक मत दर्ज हुने वित्तिकै पार्टी विभाजनको हल्लाह मच्चाउने र एक अर्कोलाई आशंका गर्ने प्रयत्न शुरु भएको छ । तर हाम्रो पार्टीभित्रका दुईलाइन संघर्षले पार्टी फुटको दिशातिर नभएर अझै उकताबद्ध र क्रान्तिप्रति झनै बढि प्रतिबद्ध भएर अगाडि बढ्ने र बढाउने कामको माग गरेको छ ।
ङ. सत्यको अन्वेषणको माग
अहिले हाम्रो पार्टीभित्र पेस गरिएका दुई अलग अलग राजनीतिक प्रतिवेदनले सत्यको अन्वेषणको मागका साथ आएका छन् । किनकि हामीले नेपाली नयाँ जनवादी क्रान्ति सम्पन्न गर्दै समाजवाद हुँदै साम्यवाद सम्म पुग्ने गर्दै समाजवाद हुँदै साम्यवाद सम्म पुग्ने लक्ष्य निर्धारण गरि सकेका छौं । हाम्रो देश अहिले सम्म पनि अर्धसामन्ती र नवऔपनिवेशिक अवस्थामा गुज्रीरहेको छ । यस प्रकारको अवस्थामा हामीले सम्पन्न गर्ने क्रानित नयाँ जनवादी क्रान्ति भन्दा अर्को हुनै सक्तैन । अतः हामीले जनयुद्धको जगमा जनविद्रोह कार्य दिशा पारित गरेर आएका छौं । यसलाई समृद्ध तुल्याउने भन्दै पनि आएको छौं । यो विषय विवादरहित पनि छैन । यस अवस्थामा नेपाली नयाँ जनवादी क्रान्तिको मौलिक मोडेल के हुने ? नेपाली समाजको वर्ग विश्लेषण कसरी गर्ने ? नेपाली नयाँ जनवादी क्रान्तिको अग्रमाग शहर हुने कि गाउँ हुने ? या क्रान्तिको पृष्ठ भाग गाउ हुने कि शहर हुने ? यसमा मुख्य कसलाई बनाउने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिको सुष्म विश्लेषण कसरी गर्ने र समग्रमा भन्नु पर्दा नेपाली नयाँ जनवादी क्रान्ति कसरी सम्पन्न गर्ने भन्ने विषयमा नयाँ खोजी गर्न आवश्यक छ । अर्थात् सत्यको अन्वेषण गर्न आश्यक छ । अतः पार्टी भित्रको चालु दुई लाइन संघर्षले नेपाली क्रान्ति सम्पन्न गर्नका निम्ति सत्यको अन्वेषण गर्ने आवश्यकता माग गरेको छ ।
च. सारांस
पार्टीभित्र अलग अलग दुईवटा दुईवटा राजनीतिक प्रतिवेदनले प्रवेस पाउनु ऐतिहासिक आवश्यकताको उपज हो । यसलाई स्वागत गरिनु पर्दछ । यी प्रतिवेदनहरू नेपाली क्रान्तिका चिन्ताका साथ आएका छन् । यसले अवस्ये पनि पार्टी भित्र नेता कार्यकर्ताहरूको बैचारिक चेतना स्तरलाई माथि उडाउन महत्वपूर्ण योगदान गर्ने छ । र यसले हाम्रो पार्टी भित्रका नेता कार्यकर्ताहरूलाई नयाँ ठाउँमा पु¥याउने छ । साथै यसले नेपाली नयाँ जनवादी क्रान्तिलाई पनि नयाँ ठाउँमा पु¥याउने छ । यसले दुईलाइन संघर्षलाई नयाँ ढंगले संचालन गर्न र एउटा वैज्ञानिक पद्धति र विधिद्वारा हल गर्न नयाँ आयामको विकास गर्न प्रेरणा प्रदान गर्नेछ । नकारात्मक पाटोको रुपमा हेर्ने हो । भने जनवादी केन्द्रीयताको सिद्धान्त र पद्धति वेगर यसलाई संचालन गरियो भने, पार्टीभित्र अनुशासन कायम हुन सकेन भने पार्टीभित्र अराजकतावाद हावी हुने छ र पार्टी फुट र विभाजनको शिकार बन्न पुगेर नेपाली कम्युनिष्ट आन्दोलनको दुइलाइन संघर्षका दुःखद इतिहासको पुनरावृत्ति पनि हुन सक्छ । यस विषयमा आम पार्टी पंक्ति होसियारी पूर्वक अगाडि बढ्न आवश्यक हुन्छ ।
No comments:
Post a Comment