Saturday, August 30, 2014


कमजोर सैद्धान्तिक धरातल ः नेपाली कम्युनिस्टहरुको


                                                                            हस्तबहादुर केसी

जसले कम्युनिस्ट आदर्शलाई हृ्रदयदेखि नै स्वीकार  गर्छ र त्यो प्राप्तिको लागि आपूmलाई सम्पूर्ण रुपले न्यौछावर गर्दछ, त्यो सच्चा कम्युनिस्ट हो । कम्युनिस्ट त्यो हो जसले द्धन्द्धात्मक तथा ऐतिहासिक भौतिकवाद अर्थात् माक्र्सवाद लेनिनवाद माओवादले आफूलाई लैस बनाउँछ । कम्युनिस्ट त्यो हो, जसले आफुलाई मालेमावादी सिद्धान्तले लैस बनाउदै अनुशासित, लडाकु र मिलिटेन्ट राख्दछ । कम्युनिस्टहरुको ह्रृदय विशाल हुन्छ । ऊसित व्यक्तिगत भन्ने केही पनि हुँदैन । त्यसो भएर माक्र्सवादका प्रवर्तक कार्लमाक्र्सले भनेका छन्, ‘कम्युनिस्टहरुको आफ्नो भन्ने केही पनि हुँदैन । हारे हत्कडी, जिते संसार ।’ 

कम्युनिस्टहरु सिद्धान्तनिष्ठ हुन्छन् । उनीहरुको आफ्नै सिद्धान्त हुन्छ । यस विषयमा एंगेल्सले भनेका छन्, “कम्युनिस्टहरुको सिद्धान्तलाई एउटै वाक्यमा भन्न सकिन्छ, त्यो हो व्यक्तिगत सम्पतिको उन्मूलन गरेर वर्गविहीन, राज्यविहीन र समानतामूलक साम्यवादी समाजको निर्माण गर्ने एक मात्र उद्देश्य हुन्छ कम्युनिस्टहरुको । अर्थात् कम्युन व्यवस्थामा रहने, त्यसैको सामुहिक अनुशासनमा देश र जनताको विकास गर्दै मानवजातिलाई सबैखाले शोषण र उत्पीडनबाट मुक्त पारेर साम्यवादमा पु¥याउने ध्येय कम्युनिस्टहरुको मात्र हुन्छ ।” 

यसबारे माओले सेप्टेम्बर १९३७ मा ‘उदारतावदको विरोध गर’ भन्ने आफ्नो चर्चित लेखमा भनेका छन्, “कम्युनिस्टहरुको विशाल हृ्रदय हुनुपर्छ । ऊ इमान्दार र सक्रिय हुनुपर्छ । क्रान्तिका हितहरुलाई उसले आफ्नो ज्यानभन्दा प्यारो सम्झनुपर्छ । आफ्नो व्यक्तिगत हितलाई क्रान्तिको हितको अधिनमा राख्नुपर्छ । पार्टीको सामुहिक जीवनलाई मजबुत तुल्याउन पार्टी र जनताका सम्बन्धहरुलाई अझ बलियो पार्न उसलले सधै र जहाँ पनि सही सिद्धान्तमा अडिरहनु पर्छ । र सबै गलत विचार र कामहरुको विरोधमा अथक संघर्ष चलाउनु पर्छ । कुनै व्यक्ति भन्दा बर्ता उसले पार्टी  र जनताको चिन्ता लिनुपर्दछ र आफ्नो भन्दा बढ्ता किसानहरुको बास्ता गर्नुपर्छ । यसो भए मात्र उसलाई कम्युनिस्ट मान्न सकिन्छ ।” 

अतः कम्युनिस्ट बन्न ज्यादै गाह्रो विषय हो । सबै मानिसहरु कम्युनिस्ट बन्न सक्दैनन् । कम्युनिस्ट बन्नका लागि ठूलो अध्ययन, ज्ञान, त्याग, तपस्या र बलिदान गर्नै पर्ने हुन्छ । कम्युनिस्ट बन्नु भनेको वर्गसचेत समुदायको सबैभन्दा सर्वोत्तम जिम्मेबारी कम्युनिस्टहरुको काँधमा आएको र त्यो गहन दायित्व उसले पूरा गर्नै पर्ने भएकोले उसले संसारलाई पनि बुझेको हुनुपर्छ । ऊ चाहिँ ज्ञानको खानी बन्नै पर्छ । यस सन्दर्भमा लेनिनले भनेका छन्, “मानवजाजितले सिर्जना गरेका सम्पूर्ण ज्ञान–भण्डारबाट आफ्नो दिमागलाई समृद्ध पारेर मात्र तपाई कम्युनिस्ट बन्न सक्नु हुनेछ ।”

एउटा व्यक्ति कम्युनिस्ट बन्नका लागि लेनिन र माओले भनेका यी भनाईहरु ज्यादै मननयोग्य हुन् । कम्युनिस्ट बन्ने भनेको चानचुने विषय होइन । त्यसो भएर नै स्टालिनले भनेका छन्, “कम्युनिस्टहरु विशेष धातुले बनेका स्पात हुन् ।” हो यी सबै भनाइहरुबाट कम्युनिस्ट बन्न र बनिरहन ज्यादै कठिन कुरा हो । उसले संसारलाई बुझेर मात्र हुँदैन । ज्ञान आर्जन गरेर मात्र पुग्दैन । उसले संसारलाई बदल्ने आँट गर्नै पर्ने हुन्छ । यस विषयमा माक्र्सले भनेका छन्, “संसारको व्याख्या त सबैले गरेका छन्, तर गुदी कुरो त त्यसलाई बदल्नु पो हो त ।” अतः संसार बदल्ने यति ठूलो आँट र क्षमता भएका मान्छेहरुसित सैद्धान्तिक ज्ञानको धरातल ज्यादै बलियो हुनु अनिवार्य आवश्यक कुरा हो । सैद्धान्तिक ज्ञानको भण्डार भनेको कुनै बेग्लै विषय होइन । त्यो मालेमावादी सिद्धान्तको ज्ञान भण्डार हो । यो ज्ञानले नै संसार बदल्ने आँट र जिम्मेबारी बहन गर्ने ऐतिहासिक जिम्मेबारी प्राप्त गरेका कम्युनिस्टहरुको मुख्य आधार हो । एउटा असल कम्युनिस्टका लागि यो पहिलो आवश्यकीय सर्त हो । 

मालेमावादी सिद्धान्तले लैस नभइकन कुनै पनि व्यक्ति कम्युनिस्ट बन्न सक्दैन । यो ज्ञान प्राप्त गर्नका लागि किताबी अध्ययन र ज्ञानले मात्र प्राप्त हुँदैन । उसले भीषण वर्गसंघर्ष र दुईलाइन संघर्ष वा विचारधारात्मक अन्तरसंघर्षको भट्टीमा खारिनै पर्ने हुन्छ । त्यहाँबाट मात्रै उसले सही मालेमावादी सिद्धान्तको ज्ञान प्राप्त सक्दछ । फेरि पनि यहाँ दोहो¥याई तेह¥याइ भन्नैपर्छ, मालेमावादी सिद्धान्तले ज्ञान प्राप्त नगरिकन, त्यसलाई जीवन व्यवहारमा नउतारिकन कोही पनि कम्युनिस्ट बन्न सक्दैन । तसर्थ कम्युनिस्ट क्रान्तिकारीहरुका लागि सैद्धान्तिक धरातल भनेकै मालेमावादी सिद्धान्त हो । माक्र्सवाद सर्वहारा क्रान्तिको विज्ञान हो । यो पुँजीवादको प्रारिम्भक अवस्थामा विकसित भएको हो । द्धन्द्धात्मक तथा ऐतिहासिक भौतिकवाद, अतिरिक्त मूल्यको सिद्धान्त, वर्गसंघर्ष तथा इतिहासमा बल प्रयोगको भूमिका र वैज्ञानिक समाजवाद तथा साम्यवाद यसका आधारभूत मान्यता हुन् । माक्र्सको दर्शन द्धन्द्धात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शन हो । दर्शनको सिद्धान्त भौतिकवाद हो । यसले पदार्थ, प्रकृति वा सामाजिक सत्तालाई पहिलो र चेतना, विचार वा सामाजिक चेतनालाई दोस्रो स्थानमा राख्दछ । 

अहिले माक्र्सवाद लेनिनवादबाट माओवादमा विकसित हुन पुगेको छ । जस्तो कि माक्र्सवादको गुणात्मक विकासको दोस्रो चरण लेनिनवाद हो भने माक्र्सवाद लेनिनवादको गुणात्मक विकासको तेस्रो र नयाँ चरण माओवाद हो । यसरी आज अन्तर्राष्ट्रिय सर्वहारावर्गको हातमा एउटा सार्वभौम सिद्धान्तको सिंगो अभेद्य इकाइका रुपमा मालेमावाद रहेको छ । माओवादलाई आजको विश्वको माक्र्सवाद लेनिनवादको रुपमा ग्रहण नगरिकन कोही पनि सच्चा कम्युनिस्ट बन्न सक्दैन । तर नेपालमा लामो समय पहिलेदेखि नेपाली कम्युनिस्ट आन्दोलन विभाजित रहदै आयो र यति लामो ऐतिहासिक अवधिमा निश्चतै रुपमा वर्गसंघर्ष र अन्तरसंघर्षका अनेकौं जटिल बांगाटिंगा घुम्तीहरु अवश्य पनि रहेका छन् । अतः सारमा यस आन्दोलनभित्र क्रान्तिकारी र संशोधनवादी दुई परस्परविरोधी धाराकै बीचको द्धन्द्ध प्रमुख बनेर आएको छ । आज नेपाली कम्युनिस्ट आन्दोलनले  दक्षिणपन्थी संशोधनवादी धारा जसको प्रतिनिधित्व एमाले र एमाओवादीले गरिरहेको छ । त्यस धाराले आज आफुलाई दक्षिणपन्थी विजातिय कित्तामा सामेल गर्दै संशोधनवाद, आधुनिक संशोधनवादहुँदै नव संशोधनवादी धारमा गुणात्मक फड्को हान्न पुगेको छ भने यसको ठीक विपरित नेपाली कम्युनिस्ट आन्दोलनको क्रान्तिकारी धारा जसको नेतृत्व नेकपा–माओवादीले गरिरहेको छ । 

यस धाराले आज माक्र्सवादी–लेनिनवादी–माओवादी धाराका रुपमा गुणात्मक ढंगले विकसित हुन पुगेको छ । र विभाजीत अवस्थामा भए पनि आज नेपाली जनसंख्याको करीब ७५ प्रतिशत भूभाग नेपाली कम्युनिस्टहरुले ओगटिरहेका छन् । यति हुँदाहुदै पनि नेपाली कम्युनिस्टहरुको सैद्घान्तिक धरातल ज्यादै कमजोर अवस्थामा छ । माक्र्सवादी–लेनिनवादी–माओवादी सिद्घान्तको गहिरोसित अध्ययन गर्ने, त्यसलाई ग्रहण गर्ने र जीवन व्यवहारमा लागु गर्ने मामिलामा नेपाली क्रान्तिकारी कम्युनिस्टहरुको सैद्घान्तिक धरातल ज्यादै कमजोर मात्र नभई दिन प्रतिदिन खिइँदै गइरहेको छ । एमाले, एमाओवादी लगायतका संशोधनवादी समुहहरुमा त सैद्घान्तिक ज्ञानको  धरातल हुने कुरै भएन किनकि उनीहरु सैद्घान्तिक रुपमा बन्ध्याकरण भइसकेका छन् । जहाँसम्म माओवादी क्रान्तिकारीहरुको कुरा गर्दा पनि सैद्घान्तिक धरातल ज्यादै कमजोर भएर खिइँदै गईरहेको छ । यो ज्यादै चिन्ताको विषय पनि हो । किन कि हामीले नेपाली नयाँ जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गर्ने उद्देश्यले करिब २० महिना पहिले नवसंशोधनवादसित सम्बन्ध विच्छेद गरेर नयाँ ढंगको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेकपा–माओवादीको पूनर्गठन गर्न बाध्य भयौ । तर, यसभित्रको सैद्घान्तिक धरातल माथि नउठ्नु, झनै खिइँदै जानु भनेको त बडो विडम्बना र चिन्ताको विषय हो । 
नेपाली कम्युनिस्टहरुको सैद्घान्तिक धरातल कमजोर हुनुका पछाडि धेरै कारणहरु छन् । पहिलो हो पेटि बुर्जुवा चिन्तन वा निम्न पुँजीवादी चिन्तन । निम्न पुँजीवादी चिन्तन क्रान्तिकारी कम्युनिस्ट बन्न र सैद्घान्तिक धरातल उँचो उठाउन ज्यादै बाधक हुन्छ । दोस्रो हो अध्ययनको कमी । कम्युनिस्ट क्रान्तिकारीहरुले मालेमावादको गहिरो अध्ययन गर्ने र त्यसलाई ग्रहण गरेर जीवन व्यवहारमा लागु गर्ने ज्यादै महत्वपुर्ण र अन्तिम लक्ष्य नै हुन्छ । तर, यहाँ अध्ययनको ज्यादै कमी छ । स्कुलिङको ज्यादै कमी छ । टपरटुँइयाँ जानेकाहरुको भरमा आफूलाई धेरै जानेको र बुझेको ठान्ने प्रवृति । थोरै बुझेपछि धेरै जानेको कहलाउने जुन प्रवृत्ति हामीसित छ, यो नै हाम्रो सैद्घान्तिक धरातललाई माथि उठाउने बाटोमा तगारो बन्दै आएको छ ।

तेस्रो कारण हो अवसरवादी चिन्तन प्रवृत्ति । यो प्रवृत्ति नेपाली कम्युनिस्ट आन्दोलनमा इतिहासदेखि नै हावी हुदै आएको छ । यसलाई निराकरण गर्न नसक्दा नै अहिले सबैखाले संशोधनवादीहरुको बाहुल्यता नेपालमा बढ्न पुगेको छ । अहिले हाम्रो खेमामा पनि यसले ठुलो मलजल पाएर मौलाउने मौका पाइरहेको छ ।  चौथो कारण हो, सिद्घान्तिविहिन भुइँफट्टा व्यक्तिहरुलाई विविध प्रकारका बहाना बनाएर नेतृत्वमा पु¥याइने र पुग्ने जुन प्रवृत्ति छ, यसले अध्ययन गर्नु पर्ने, सिद्घान्तनिष्ठ बन्नुपर्ने कुरा होइन कि, सित्तैमा नेता बन्न पाएपछि के खाएर कठोर परिश्रम गर्नु प¥यो र ! किन गहन अध्ययन गर्नु नै प¥यो र !  पाँचौ कारण हो, नातावाद, कृपावाद प्रवृति, यसले नेपाली कम्युनिस्ट आन्दोलनभित्र नातावाद, कृपावाद, फरियावाद र परिवारवादले जुन मौका पाएर मौलाउने वातावरण कायम छ त्यसले पनि नेता–कार्यकर्ताहरुको सैद्घान्तिक धरातललाई माथि उठ्न बाँधा अवरोध खडा गरिराखेको छ ।  छंैठौ कारण हो, दलाली तथा च्याप्लुसी प्रवृत्ति । नातावाद, कृपावाद, परिवारवाद, दलाली एवं चाप्लुसी प्रवृत्ति र प्रथा सामन्तवादी संस्कृति र प्रथाका उपज र अवषेश हुन् । यी प्रवृत्तिहरु नेपाली कम्युनिस्ट आन्दोलनभित्र जरो गाडेर बसिरहेको छ । नाता, कुटुम्ब, दलाली र चाप्लुसी गरेर नेता बन्ने, नेता बनाइने र पार्टीको नेतृत्व पंक्तिमा पुग्न पाइन्छ भने के का लागि गहन रुपमा कठोर परिश्रम गर्नु प¥यो र ! सातौं कारण हो, व्यक्तिगत सम्पतिप्रतिको मोह । माथि नै काफी चर्चा गरिएको छ कि कम्युनिस्टहरुसित कुनै प्रकारको व्यक्तिगत सम्पति हुँदैन । तर यहाँ त के छ भने जो बढी धनी र सम्पन्न छ, जसका आलिसान महल छन्, आधुनिक गाडीहरु छन्, ठुलो संख्यामा नोकरचाकर र स्टाफहरु राखेको हुन्छ र आफ्नो परिवारलाई धनपैसाका आडमा मोजमस्तीका साथ पालनपोषण गरिरहेको हुन्छ । ऐस÷आरामको जीन्दगी चलाएको हुन्छ उही नेता बन्ने र बनाइने भएकाले नेपाली क्रान्तिकारी कम्युनिस्टहरुको सैद्घान्तिक धरातल कमजोर बन्दै र खिइँदै गएको हो । यी लगायत तमाम प्रकारका प्रवृत्ति र कारणहरु नेपाली कम्युनिस्टहरुको सैद्घान्तिक धरातल माथि उठ्न मुख्य बाधकका रुपमा खडा हुन पुगेका छन् । यिनीहरुको सैद्घान्तिक, वैचारिक र व्यवहारिक रुपमा निरुपण नगरिकन सैद्घान्तिक धरातललाई माथि उठाउने कल्पना सम्म पनि गर्न सकिदैन । क्रान्तिको विजय त धेरै टाढाको वस्तु हो ।

यही सैद्घान्तिक धरातललाई माथि उठाउन नसक्नु, उकास्ने मामिलामा नेतृत्वले भरमग्दुर प्रयत्न गर्नुको साटो बरु उल्टो अहंवाद, व्यवहारवाद र अनुभववादलाई प्रशय दिनु जस्ता गलत तथा गैर माक्र्सवादी तौरतरिका अपनाउदै आएका कारण सैद्घान्तिक रुपले खारिएको नेतृत्व स्थापीत हुन नसक्नु र विचलन पैदा भएर प्रचण्ड र बाबुराम समेतले नेतृत्व गरेको एमाओवादीको हविगत हुन पुग्नु स्वाभावीक बन्न पुगेको हो । हामीले देखेका छौ कि लेनिन, माओ, हाचिमिन्ह फिडेल क्यास्त्रो, चे ग्वेभाराले नेतृत्व गरेका कम्युनिस्ट पार्टीहरुमा सैद्घान्तिक धरातल माथि उठाउन ठुलो जोड दिएका कारण त्यहाँ छिटै क्रान्ति सम्पन्न भएको थियो । हामीले त्यहाँबाट सिक्न जरुरी छ । क्रान्तिको यो द्घन्दवादलाई हामी माओवादी क्रान्तिकारीहरुले गहिरो गरी ह्रदयगंमन गर्न जरुरी छ ।  












No comments:

Post a Comment