Thursday, August 1, 2013

निर्वाचन बहिष्कार घोषणाले दलालहरुमा छटपटाहट
 – हस्तबहादुर केसी
    ऐतिहासिक पोखरा बैठकको निर्णयअनुसार साउन १० गते नेकापा – माओवादीले राजधानी लगायत देशका ७५ वटै जिल्लामा तथाकथित दोश्रो संविधानसभा निर्वाचन बहिष्कारको उद्घाटन ग¥यो । राजधानी काठमाडोंमा नेवा राज्य समितिले आयोजना गरेको निर्वाचन बहिष्कार विरोधी सभामा पार्टी महासविचव रामबहादुर थापा बादलले सांकेतिक मतपेटिका घनले हानेर फुटालेर उद्घाटन गरे पश्चात मुलुकको राष्ट्रिय राजनीतिमा नयाँ तरंक पैदा भयो भने नेपाल स्थित साम्राज्यवादी तथा विस्तारवादीहरुका दलालहरुका बीचमा गम्भीर प्रकारको छटपटाहट पैदा भयो । माओवादीबाट चुनाव विथोलिने मात्र होइन बहिष्कार मार्फत ध्वस्तै हुने संकेत पाएपछि निर्वाचनका आयोजना दलालहरु बिलो खोसिन थालेको बेला कुकुर ङ्यारङ्यार र घ्यार घ्यार गरेझैं  ङ्यारङयाराउन थाले । उनीहरुको बीचमा गम्भरि प्रकारको छटपटाहट पैदा भयो । र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त काभ्रेको बनेपामा पुगेर आफ्ना वाइसीएलका कार्यकर्ताहरुलाई निर्देशन दिँदै भने, ‘माओवादीका निर्वाचन विथोल्न खटाइएका १० जना कार्यकर्ताका विरुद्ध १००० वाइसिएल खनिनुहोस् र पूरै गाउँ गाउँबाट लखट्नुहोस्’ भन्नु उर्दी जारी गरे । र वातावरणलाई आतंकीत तुल्याउँदै उनले माओवादी प्रति आफ्नो आक्रोसर छटपटाहटलाई उनले यसरी व्यक्त गरेको यदि चुनाव विथोलियो भने पृथ्वी नै खस्छ कि क्या हो भन्ने गरि ।
    “अरुलाई अरुकै चिन्ता घरज्वाइँलाई खानकै चिन्ता” भन्ने नेपाली उखान झैं अहिले मुलुक अत्यन्तै संकटग्रस्त बनिरहेको छ । नेपाल साम्राज्यवादी तथा वस्तारवादीहरुको क्रिडास्थल बनिरहेको छ । राष्ट्रियता धरापमा परे
को छ । भारतीय विस्तारवादले नेपालको सिमानाका ६६ स्थानमा सिमा अतिक्रमण गरिरहेको छ । करीव ८० वटा जंगे पिलरहरु भारतीय विस्तारवादी शाकहरुले गायब गरिसकेका छन् । नेपालको करीब ९६ हजार हेक्टर जमिन भारतीय शासकहरुले अतिक्रमन गरिसकेका छन् । दार्चुला जिल्लाको कालापनीमा भारतीय सेना क्याम्प गरेर त्यहाँ भारतीय सेनाहरुले ५१ वर्षदेखि परेड खेलीरहेको छ । नेपालका ठूला नदीनालाहरु भारतसीत विक्री गरिसकेका छन् शासकहरुले ।
    आफ्ना दलालहरु खडा गरेर साम्राज्यवादी तथा विस्तारवादीहरुले नेपालको राजनीतिमा खुलेआम र नाङ्गो रुपमा हात हालिरहेका छन् र नेपाललाई नयाँ सिक्किम बनाउने खतरनाक षड्यन्त्रमा तल्लिन भइरहेको छन् । यही ग्राइन्डडिजाइन अनुसार दलीय सरकारलाई हराएर सर्वोच्च अदालतका मुख्य न्यायाधिश खिलराज रेग्मीको नेतृत्वमा निर्दलीय कर्मचारी सरकार निर्माण गरिदिएका छन् । उनीहरुको निर्देशनमा नेपाली दलालहरुले अन्तरिम संविधान २०६३ लाई च्यातेर धजाधुजा पार्न लगाइएको छ । उनीहरुद्वारा नेपालको राजनीतिलाई विकृत तुल्याइएको छ र साम्राज्यवादी तथा विस्तारवादीहरुद्वारा नेपालमा आफ्ना दलालहरु मार्फत नवऔपनिवेशिक शासन लादिएको छ ।
    एकातिर यस प्रकारको स्थिति छ भने अर्कोतिर मुलुकभित्र महंगीले सिमा नाघेको छ । घुस, तस्करी, भ्रष्टाचार, अन्याय, अत्याचार, ढिला, सुस्ति र असुरक्षा आदिले नेपाली जनतालाई अक्रान्त तुल्याएको छ । बेरोजारी समस्या विक्राल बन्दै गइरहेको छ र लाखौं युवा शक्ति विदेशतिर पलायन भइरहेको छ । जनताका शिक्षा, स्वास्थ्य, यातायात तथा जनवाद, जनतन्त्र र जनजीविका समस्याहरु विगतका भन्दा पनि विक्राल बन्न पुगेका छन् । संसादवादी राजनीतिक दलका नेताहरु निकम्मा र नालायक र असफल बन्न पुगेपछि सरकार चलाउँनै नसक्ने अवस्थामा पुगेकै कारण दलीय सत्तालाई निर्दलीय र व्यूरोक्रयाटिक सरकारलाई सुम्पन पुगेका छन् । यसरी मुलुकलाई राष्ट्रिय संकटको दलदलमा फसाइएको छ ।
    अर्कोतिर साम्राज्यवादी र विस्तारवादीहरुले मंसीर ४ गतेका लागि कथित दोश्रो संविधानसभाको निर्वाचनको घोषणा गराइदिएका छन् र एमाओवादी, काँग्रेस, एमाले, मधेसी मोर्चा जस्ता दलाल राजनीतिक पार्टीहरुलाई जसरी पनि तोकिएको अवधिमा निर्वाचन गराउनै पर्दछ भन्न लगाइएको छ । भारतीय विस्तारवादी शासकहरुले आफ्ना दलालहरुलाई भारतमा बोलाएर निर्वाचन सम्बन्धि प्रशिक्षण दिइरहेका छन् । पहिलो लटमा एमओवादीका प्रचण्डलाई बोलाएर भारतीय विस्तारवादी शासकहरुले जसरी पनि मंसीरमा चुनाव गराउ भनेर आदेश बोकाएर पठाएको कुरा नेपाली जनतालाई दिनको घाम जत्तिकै छर्लङ्ग छ । दोश्रो लटमा नेपाली काँग्रेसका वरिष्ठ नेता देउवालाई भारतीय शासकहरुलाई भारतमा बोलाएर त्यही प्रचण्डलाई दिएको प्रशिक्षण दिएर पठाएका थिए भने तेश्रो लटमा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालमा कुनैलाई भारतीय विस्तारवादी शासकहरुले भारतमा बोलाएर प्रचण्ड र देउवा दिएको प्रशिक्षण दिएर अन्य निर्देशन बोकाएर नेपालतीरै फर्काइदिएका छन् । र केही दिनमै कांग्रेस सभापति सुशिल कोइरालालाई भारतीय शासकहरुले भारतमा बोलाइएको छ र उनको भारतमा भ्रमणको तयार गरिदै छ । यसरी साम्राज्यवादी र विस्तारवादीहरुका नेपाली दलालहरुलाई भारतीय विस्तारवादी शासकहरुले भारतमै पालोपालो गरि बोलाएर नेपालको आन्तरिक मामिलामा गरिएका षड्यन्धका पोकाहरु बोकाएर नेपाल पठाउने काम भइरहेको छ । र नेपालबाट दलालहरुको भारत भ्रमणको लर्को लागिरहेको छ । विशेष गरि भारतीय विस्तारवादीले शासकहरुले नेपालका एमओवादी, कांग्रेस, एमाले, मधेशी मोर्चा लगायतका पार्टी भित्रका आफ्ना इमान्दार र बफादार दलाल तथा नोकरहरुलाई भारतमै बोलाएर नेपाली जनता र राष्ट्रको हित विपरित षड्यन्धका योजना बनाएर पठाएको कार्यलाई तीव्रता दिइरहेको छ । र ती दलालहरुमार्फत नेपालमा कथित दोश्रो संविधान सभाको निर्वाचनको ढ्वाङ फुकाउँन लगाइरहेको छ ।
    यता नेपालमा नेकपा –माओवादीले कथित निर्वाचनलाई सशक्तरुपले बहिष्कार गर्ने घोषणा गरि सकेपछि मंसरी ४ गते घोषणा गरिएकोनिर्वाचन प्रायः असम्भव भइसकेकोले साम्राज्यवादी र विस्तारवादीहरुका नेपाली दलालहरु निकै आतंकित र चिन्तित बनिरहेका छन् । र ज्यादै छटपटाइरहेका छन् । सबै भन्दा छटपटाहट एमाओवादीलाई परेको छ। साम्राज्यवादी र विस्तारवादीहरुको योजना नेपालमा कथित संविधानसघभा निर्वाचित मार्फत कार्यान्वयन गराउन सकिने होइन कि भन्नेचिन्ताले सबैभन्दा बढि एमओवादी भित्रका दलालहरुलाई सताइरहेको छ । त्यसो भएर नै एमाओवादी अध्यक्ष प्रचण्ड टाइफाइड विरामी होस् गुमाएर बर्बराएझैं गरि बर्बराइरहेका छन् र माओवादीका नेता कार्यकर्ताहरुलाई स्यालको संज्ञा दिइरहेका छन् । प्रचण्डले एकातिर यसरी कुष्ठा र आक्रोस व्यक्त गरेका छन् भने अर्को तीर गाउँ गाउँमा कार्यकर्ता कार्यकर्ता बीच भीडन्त गराएर अशान्ति फैलाउने, वातावरणलाई भयवाह तुल्याउने गाउँ गाउँ घरमा हिंसा मच्चाउन जनताका बीचमा मारकाट  शुरु गरेर दमनलाई निम्त्याउने र प्रशासनिक बल प्रयोग गेरर मोहन वैध किरणले नेतृत्व गरेको माओवादीलाई साम्राज्यलवादी तथा विस्तारवादीहरुको निर्देशनमा सिध्याउने षड्यन्धमा लागेको सहजै बुझ्न सकिन्छ ।
    अर्को पक्ष के हो भने प्रचण्डले १० को बदला १००० को हवला दिएर वैध माओवदी शक्तिहीन भएको त्यसले केही गर्ने नसकेको भएकोले आफ्ना वाइसियलका कार्यकर्ताहरुलाई गाउँ गाउँमा पठाए खेद्ने जुन आदेश दिएका छन् यो कुनै नौलो विषय होइन । प्रतिक्रियावादीहरुले क्रान्तिकारीहरु प्रति यस्तै रवैया अपनाउँदै आएका छन् । यो सूत्र र हतियार त २०५२ सालमै माओवादीले जनयुद्ध शुरु गर्ने वित्तिकै काँग्रेस र एमालेहरुले प्रयोग गरिसकेको सूत्र हो । माओवदीले जनयुद्ध सुरु गरेपछि काँग्रेस र एमालेहरुले माओवादीका दुई चार रुप केटाकेटीहरुले शुरु गरेको जनयुद्ध २÷४ महिनाभित्र समाप्त हुनछ भनेका थिए। यो कुरा प्रचण्ड – बाबुरामहरुले पनि सुनेकै कुरा हो । माओवादी कति थिए पछि कति भएका थिए र उनीहरुले के गरेका थिए त ? त्यो कुरा प्रचण्ड –  बाबुरामलाई निकै राम्ररी हेक्का छ । तर किन हो कुन्नी उनीहरु अहिले यसरी होस गुमाएर वैधले नेतृत्व गरेको माओवादी र आम नेपाली जनतालाई होच्याएर बोलिरहेका छन् । सत्तामा पुगेपछि सबैका आँखा र कान फुट्छन् भन्थे बुढा बाआमाहरुले साच्चिकै सत्तामा पुगेपछि प्रचण्ड – बाबुरामहरुका आँखा कान फुटेकै छन् कि क्या हो । नत्र सच्चा मानवले त यसरी होस गुमाएर कुनै कुराको हेक्का नै नराखिकन यसरी वर्वराउन त सक्तैन ।
    अर्को कुरा चुनाव बहिष्कार गरेमा सेना परिचालन गरेर दमनद्वारा सिद्धयाउने योजना पनि बनाइदैछ । यो पनि नौलो कुरो होइन । २०५०–२०५२ सालतिर नेपाली कांग्रेस र एमालेले प्रयोग गरिसकेको कुरा हो । माओवादीलाई दबाउने, सिध्याउने उद्देश्यले रोमियो अप्रेशन, किलो शेरा– टु जस्ता प्रहरी अप्रेशन चलाएकै थिए । सिंगो नेपाललाई संकटकालिन अवस्थाको घोषणा गरेका थिए, देशव्यापी रुपमा सेना परिचालन गरेका थिए, मओवादी नेताको टाउकोको मूल्य समेत तोकेका थिए र दशौं हजार नेपाली आमाका असल छोराछोरीहरुलाई हत्या समेत त कांग्रेस, एमालेहरुले गरेकै हुन् । अब एमओवादीलगायतले चाहेको कुरा पो भन्दा बढि पो गर्ने होलान् र । त्यस्तो गर्ने कांग्रेस र एमालेको हवीगत के भयो त ? त्यो पनि सबैलाई थाहै छ । यी कुरा थाहा पाइसकेका प्रचण्ड– बाबुरामहरु यसरी चिल्लाही रहेका छन् कुन्नी ! किन छटपटाइरहेका र बर्बराइरहेका छन् कुन्नी प्रचण्ड– बाबुरामहरु र साम्रज्यवादी र विस्तारवदीहरुका बफादार दलालहरु ?

No comments:

Post a Comment