हतियारविनाको सेना हुँदैन
हस्तवहादुर केसी.
१. विषय प्रवेश ः
मुलुको सुरक्षार्थ हतियारसहित खडा गरिएको मुलुको सशस्त्र समूहलाई सेना भनिन्छ । नेपालमा यतिवेला दुई प्रकारको सशस्त्र सेनाहरू छन् । एउटा सेना हो पुरानो राज्यको बिडो थाम्दै आएको नेपाली सेना, जसलाई नेपाली सेना भनिएको छ । अर्काे सेना हो नेपाली जनताको मुक्तिको खातिर महान् दश वर्षे सशस्त्र जनयुद्ध लडेर आएको सशस्त्र सेना, जसलाई जनमुक्ति सेना भनिन्छ । अर्काे शब्दमा यसलाई माओवादी सेना पनि भन्ने गरिएको छ । सामन्तवाद र साम्राज्यवादलाई ध्वस्त गरि जनताको जनवादी राज्यव्यवस्था स्थापना गर्ने उद्देश्य नेकपा(माओवादी) ले सञ्चालन गरेको दश वर्षे जनयुद्धकै प्रक्रियामा जनमुक्ति सेना नेपालको गठन भएकोले यसलाई माओवादी सेना भनिएको हो । तर माओवादी सेना नेपाली जनताको आफ्नो वास्तविक सेना हो ।
१ सेनाको संरचना र कार्य ः
राज्यको उत्पतिसँगै सेना निर्माणको प्रक्रिया आरम्भ भएको हो । राज्यको निर्माण गर्न र राज्यलाई जोगाई राख्नका निम्ति सेनाको आवश्यकता पर्दै आएको छ । सेनाको मुख्य कार्य नै बाह्य शक्तिबाट भएको मुलुकमाथिको आक्रमणबाट रक्षा गर्नु, सिमा सुरक्षा गर्नु र आन्तरिक विद्रोह भएका र प्रहरी शक्तिले नियन्त्रण गर्न नसकेमा आन्तरिक गडबन्ढी रोक्नु जस्ता कार्य सेनाबाट हुने गर्दछ । सेनालाई सार्वभौमिकताको रक्षा गर्ने सशस्त्र निकायको रुपमा लिइन्छ र अन्तिम शक्तिकै निर्धारण समेत सैनिक शक्तिबाटै हुन्छ । राज्यको तर्फबाट युद्ध गर्ने र शत्रुलाई परास्त गर्ने काम पनि सेनाबाटै हुने गर्दछ ।
नेपालको सैनिक इतिहास हेर्दा निकै लामो देखिन्छ । र यसलाई तीन भागमा बाडेर हेर्न सकिन्छ । दास युग, सामन्ती युग र पुँजीवादी युगसम्म । अल्पसङ्ख्यक शासकहरूको शक्ति प्रयोगको हतियारको रुपमा लिइने गरिएको नेपालमा राजतन्त्र रहन्जेलसम्म नेपालको सेनाको रुपमा रही नरेशको सेवालाई आर्दश मान्दथ्यो । तर २०६२÷०६३ को १९ दिने ऐतिहासिक जनआन्दोलनको सफलता पछि बसेको पुनस्र्थापित प्रतिनिधि सभाको २०६३ जेठ ४ गतेको निर्णयले सेनालाई राजाबाट अलग गरि सरकार अन्तरगत ल्याउने घोषणा र शाही सेनालाई लोकतान्त्रीकरण गरि राष्ट्रिय सेना बनाउने निर्णय गरे पछि राजासँगको सेनाको सम्बन्ध अलग गरिएको हो ।
राजतन्त्रले २०१७ साल पुस १ गते बहुदलीय व्यवस्थालाई अपदस्त गरि निरङ्कुश तथा तानाशाही पञ्चायती व्यवस्था लागू गर्ने उद्देश्यले सेनाको बल प्रयोग गरेको थियो । त्यस्तै राजतन्त्रले २०४६ सालको पञ्चायत विरोधी जनआन्दोलनलाई दबाउन अन्तिममा सेना परिचालन गरेको थियो । तर अससफल भएको थियो । त्यस्तै माओवादीले सञ्चालन गरेको सशस्त्र जनयुद्धलाई दबाउन तत्कालिन प्रतिक्रियावादी राज्यसत्ताले २०५८ साल मङ्सिर ११ गतेदेखि देशव्यापी रुपमा सङ्कटकालीन अवस्था घोषण गरि शाही नेपाली सेनालाई देशव्यापी रुपमा परिचालन गरेको थियो । त्यो अवस्था २०६२ भदौ १८ गतेसम्म जारी रह्यो । त्यसक्रममा हजारौ नेपाली नागरिकले सेनाको गोलीबाट ज्यान गुमाएका छन् । हजारौ सङ्ख्यामा अपाङ्ग बनाइएका थिए भने कयौंलाई वेपत्ता समेत पारिएको थियो । १९ दिने ऐतिहासिक जनआन्दोलनलाई दवाउन तत्कालिन राजा ज्ञानेन्द्रले शाही नेपाली सेना परिचालन गरेका थिए तर असफल भएका थिए ।
प्राचीनकालदेखि युद्ध र युद्धका सिद्धान्त बनेका छन् र विगत ५ हजार बर्षको ज्ञान इतिहासमा लगभग ७०० युद्ध भएका छन् र २५२ वर्षमात्र युद्ध नभएका वर्षहरू पाइन्छन् । यसैले युद्ध वर्ग समाज, सम्पतिका साथै सुरु भएको हो र अहिले पारमाणिक युद्धको युगमा विश्व पुगेको छ । युद्ध सम्बन्धि सिद्धान्त आधुनिक युगमा सर्वप्रथम स्वरजरल्यान्डको जनरल जमिनिले गरेका हुन । यस पछि क्लाउजविट्स सुन्जुमाफर्त एंगेल्स लेनिन, स्टालिन, माओ, चे ग्वभारा, रेगित, जिपाय, मेक्रियाभेली गोञ्जालो आदिले युद्धको सिद्धान्त द्वन्द्व, कला, रणनीति विकास गरेको देखिन्छ । सैनिक नीतिमा रणनीति भनेको युद्धको पूर्ण योजना हो
२.जनमुक्ति सेना नेपालको गठन ः
नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को निर्देशन र योजनामा २०५८ साल मङ्सिर ८ गते विधिवत रुपमा जनमुक्ति सेना नेपालको गठन गरिएको थियो । यो नेपालकै कम्युनिस्ट आन्दोलनमा मात्रै होइन नेपालकै राजनीतिक इतिहासमा एउटा गौरवशाली घटना बन्न पुगेको थियो । माओवादीले सामन्तवाद र साम्राज्यवादको आड्भरोसामा टिकेको प्रतिक्रियावादी राज्यसत्तालाई ध्वंश गरौ जनताको जनवादी राज्यसत्ता स्थापना गरौ भन्ने मूल नाराका साथ २०५२ साल फाल्गुन १ गतेदेखि सशस्त्र जनयुद्धको थालनी ग¥यो । त्यही द्वन्द्वकालीन अवस्थामा जनमुक्ति सेना नेपालको निर्माण हुन पुग्यो । नेपाली जनताको काखमा जन्मिएकोले यो जनमुक्ति सेना नेपाली जनताको पहिलो आफनो सेना हो । यही जनमुक्ति सेनाको बलले मात्र २०६२÷०६३ को १९ दिने ऐतिहासिक जनआन्दोलन सफल भएको थियो र २४० वर्षे शाहवंसीय सामन्ती राजतन्त्रलाई अन्त्य गरेर गणतन्त्रको घोषण हुन पुगेको थियो । १० वर्षे लामो नेपाली जनयुद्ध र त्यो जनयुद्धको मुख्य र निर्णायक शक्ति भनेको जनमुक्ति सेना थियो । २०५८ साल मङ्सिर ८ गते दाङ जिल्लाको सदरमुकाम घोराहीस्थित तत्कालीन साही सेनाको व्यारेक र सदरमुकाम घोराही जनमुक्ति सेनाले कव्जा गर्दैथ्यो भने यसैगरि स्याङ्जा र सोलुखुम्बुको सदरमुकाम जनमुक्ति सेनाको कब्जामा आउँदै थियो । गाम, अछाम, अर्घाखाची, वेनी र पिलीमा जनमुक्ति सेना बिजयी नभएको भए १९ दिने ऐतिहासिक जनआन्दोलन सपनाको विषय मात्र बन्ने थियो । पाल्पा थानकोट र सिराहामा जनमुक्ति सेनाले सफलता प्राप्त गर्दैनथ्यो भने निरङ्कुश राजतन्त्रले नाराण्यणहिटी दरबार त्याग्न बाध्य हुने थिएन । राजतन्त्रलाई अन्त्य गरेर गणतन्त्रको घोषणा गरिनुमा जनमुक्ति सेनाको अतुलनीय योगदान रहेको छ । नेपाली क्रान्ति सम्पन्न भइसकेको छैन र नेपाली क्रान्ति विजयको अन्तिम शिरवरतिर बढ्दैछ । यसमा जनमुक्ति सेनाको ठूलो योगदान रहेको छ । त्यसैले जनमुक्ति सेना नेपाली क्रान्तिको मुख्य आधार हो ।
समकालिन विश्वमा सर्वहारावर्गको सबैभन्दा ठूलो सशस्त्र शक्ति नेपालको जनमुक्ति सेना नै हो । विश्व कम्युनिस्ट आन्दोलनमा माओत्सेतुङको निधन पछि यति ठूलो सङ्ख्यामा वैज्ञानिक विचारले लैस दिमाग र सशस्त्र हातहरू भएको शक्ति नेपालको जनमुक्ति सेना नै हो । यद्यपि १२ बँुदे समझदारी आठबुँदे सहमति पच्चिस बुँदे आचारसंहिता २०६३ कार्तिक २२ गते सम्पन्न शिर्षनेताहरूको बैठकका निर्णयहरू र २०६३ मङ्सिर ५ गते नेपाल सरकार र माओवादी बीच सम्पन्न वृहत्त शान्ति सम्झौता वमोजिम करिब ४ वर्षदेखि अस्थायी शिविरहरूमा अबलतयलmभलत मा सिमित भएर रहदै आएको भए तापनि यी जनमुक्ति सेना नेपाली र राष्ट्रको मुक्तिका खातिर निर्माण भएको सेना हो । र नेपाली जनताले मुक्ति प्राप्त नगरेसम्म नेपाल राष्ट्रले स्वाधिनता प्राप्त नगरेसम्म जनमुक्ति सेनाले नेपाली जनता र राष्ट्रकै मुक्ति र स्वाधिनताका निम्ति लडिरहने कुराको कुनै विकल्प छैन ।
३ माओवादीभित्र साँचो प्रकरणको बहस ः
२०६८ भदौ १४ गते पार्टी अध्यक्ष प्रचण्ड र उपाध्यक्ष बाबुराम भट्टराईको मिलोमतोमा जनमुक्ति सेनाको हतियार भण्डारण गरिएको कन्टेनरको साँचो पार्टीको निर्णय विपरीत विशेष समितिलाई बुझाउने निर्णय गरेर साँचो सरकारलाई हस्तान्तरण गरेपश्चात पार्टीभित्र ठूलो विवाद खडा हुन पुग्यो । पार्टीभित्र क्रान्तिकारी धारको नेतृत्व गर्दै आएको बरिष्ट उपाध्यक्ष मोहन वैद्य ‘किरण’को समुहले त्यस कदमको घोर विरोध र भ्रत्सहाना मात्र होइन सडकमा राके जुलुस निकाल्ने र चक्का जाम गर्ने जस्ता सङ्घर्ष गतिविधिहरू पनि सञ्चलन हुन पुग्यो । यो घटनाले पार्टीभित्रको दक्षिणपन्थी अवसरवादी धाराको क्यामभित्र ठूलै रेक्टर स्केलको भुकम्प पैदा गरिदियो । मोहन वैद्य ‘किरण’ हरूलाई पार्टी पद्धतिको आरोपमा कारवाही गर्नु पर्छ भन्ने आवाजहरू पनि उठ्न थाले । सेना समायोजनको मोडालिटी निर्धारण नगरिएन समायोजनमा जाने जनमुक्ति सेनाको जवानहरूको पुनर्वर्गीकरण र पुनस्र्थापनामा जानेहरूको मापदण्ड निर्धारण नगरिकन क्यान्टोनमेनको साँचो विशेष समितिलाई वुझाउनु आत्मघाती र आत्मसमपर्णवादी नीति भएको आरोप किरण समूहले लगाउँदै विरोधमा उत्रियो र यो निर्णयलाई केन्द्रीय कमिटीको बैठकले टुङ्गो लगाउनु पर्ने र गलत निर्णय नसच्याएसम्म सरकारमा सहभागी नबन्ने अडानमा रहेपछि पार्टीभित्र भीषण अन्तरसङ्घर्ष र दुईलाईन सङ्घर्ष चली रहेको छ । यतिबेला पार्टीभित्र जनमुक्ति सेनालाई ससम्मान समायोजन गर्ने र क्रान्तिको आधार तयार गर्ने र जनमुक्ति सेनालाई डिजल्व गरेर सम्झौतावादी र सुधारवादी बाटो पकड्नेका बीच भीषण अन्तरसङ्घर्ष चलिरहेको छ ।
४ साँचो बुझाउने कार्यले प्रतिक्रियावादीहरूको इच्छा पूरा गर्दैछ ।
मथि पनि उल्लेख गरिएको छ समकालिन विश्वमा सर्वहारा वर्गको सबैभन्दा ठूलो सशस्त्र शक्ति नेपालको जनमुक्ति सेना नै हो । र विश्व कम्युनिस्ट आन्दोलनमा माओको निधनपछि यति ठूलो सङ्ख्यामा वैज्ञानिक विचारले लैस दिमाग र सशस्त्र हातहरू भएको शक्ति नेपालको जनमुक्ति सेना नै हो । यस कारणले पनि जनमुक्ति सेनाको मात्र नभएर संसारभरिका जनविरोधी प्रतिक्रियावादी शक्तिहरूका लागि टाउको दुखाइएको विषयवस्तु बन्दै आएको छ ।
संविधानसभामार्फत नेपाली जनतालाई अधिकार सम्पन्न तुल्याएको संविधान बनाउने एजेण्डा माओवादीले दश वर्षे जनयुकै प्रक्रियादेखि अघि सार्दै आएको हो । र जनताको सङ्घीय गणतन्त्रात्मक संविधान अर्थात सामन्तवाद र साम्राज्यवाद विरोधी सारतत्व बोकेको संविधान वनाउने कार्यनीतिक लक्ष्य माओवादीले किटान गर्दै आएको छ । तर देशी विदेशी प्रतित्रियावादीहरू यस्तो संविधान कुनै पनि हालतमा बनाउन दिने पक्षमा छैनन ।
जनमुक्ति सेना शान्ति प्रक्रियाको एउटा प्रमुख अङ्ग हो । जनमुक्ति सेनाको समस्या हल नगरिकन प्रक्रिया टुङ्गो हुन्न सक्दैन देशी–विदेशी प्रतिक्रियावादी र संशोधनवादी शक्तिहरू द्वन्द्वकालीन अवस्थादेखि नै जनमुक्ति सेनालाई समाप्त गर्न चाहन्थे । यिनीहरूले माओवादी जनमुक्ति सेनालाई निसशस्त्रीकरण गर्ने, हतियार विहीन गराएर यसलाई डिजल्ब गर्ने र त्यसपछि समायोजन नगर्ने अनि माओवादीलाई कम्जोर पारेर आफ्नो अनुकूलको संविधान बनाउन चाहन्छन । माओवादी जनमुक्ति सेनालाई निः सशस्त्रीकरण गर्ने योजना देशी–विदेशी प्रतिक्रियावादी शक्तिहरूको अहिलेको योजना होइन । यो १२ बुँदे समझदारी कायम गर्ने बखतकै योजना हो । पार्टीभित्र ठोस निर्णय नै नगरिकन हतियार भण्डारणको साँचो विशेष समितिलाई बुझाउने कार्यले देशी–विदेशी प्रतिक्रियावादी शक्तिहरूको इच्छा पूरा गराउने र योजनाहरू कार्यान्वय गर्ने सवालमा कोसेढुङ्गा सावित हुने निश्चितै छ ।
५ हतियारविनाको सेना नै हुँदैन ः
हतियार विनाको सेना नै हुँदैन । हतियार एउटा ठाउँमा सेना अर्काे ठाउँमा हुन सक्दैन । सेना सधै सशस्त्र हुन्छ । आम नागरिकसँग हतियार नहुने भएकाले उनीहरूलाई सेना भन्न मिल्दैन त्यसलाई पब्लिक भन्ने चलन छ । सरकारी सेना होस या विद्रोही सेना हतियारले लैस भएकै हुन्छन र हतियारबाट अलग गर्ने वित्तिकै सेनाको पहिचाहन समाप्त हुन्छ । सरकारी सेनाको पनि हतियार भण्डारण हुन्छ र साँचो पनि सेनाकै मातहतमा राखिन्छ । नेपाली सेनाको साँचो पनि उसैसँग छ, भद्रकालीमा मूख्य कार्यालय रहेको सेनाले आफ्नो साँचो सिँहदरबार लगेर सरकारलाई बुझाएको छैन । आफैसँग भद्रकाली मुख्यालयमै राख्दै आएको छ । यदि त्यो साँचो सरकारलाई बुझायो भने सिंहदबारमा पठायो भने त्यसदिनदेखि नेपाली सेना रहने छैन ।
जनमुक्ति सेनालाई हतियारसहित समायोजनमा जाने प्रश्न नै प्रमुख प्रश्न हो । अब साँचो बुझाइसकेपछि प्रतिक्रियावादीहरूले जनमुक्ति सेनाको पहिचाहनका बारेमा प्रश्न खडा गर्ने छन् र अन्तिममा समायोजनको औचित्य नरहेको तर्क अगाडि सार्ने छन्, त्यहीबेला माओवादी नेतृत्वहरूको उत्तर के हुने हो । उनीहरूले यही नै चाहेको विषय हो ।
६ साँचो बुझाउँदैमा जनसंविधान बन्ने ग्यारेन्टी छैन ः
अहिलेको पार्र्टीको तत्कालिक कार्यनीति शान्तिप्रक्रियालाई तार्किक निस्कर्षमा पु¥याउने र सामन्तवाद साम्राज्यवाद विरोधी सारतत्व बोकेको जनताको सङ्घीय गणतन्त्रात्मक संविधान बनाउने हो । शान्ति र संविधान एउटै सिक्काका दुईवटा पाटा जस्तै छुट्याउनै नसकिने गरि अन्तर संविधान बन्दै आएका छन् । शान्ति प्रक्रियालाई टुङ्गोमा नपु¥यार संविधान बन्दैन । संविधान नबनेमा शान्ति प्रक्रियाको पनि टुङ्गो लाग्न सक्दैन ।
आजको बहस र विवाद कस्तो संविधान बनाउने भन्ने हो । उही पुरानै संविधान बनाउने कि रूपान्तरण सहितको नयाँ संविधान बनाउने भन्ने हो, पुरानो संविधान बनाउने होइन । जनताको संविधान बनाउने कुरा हो, राष्ट्रियता जनतन्त्र र जनजीविकामा देखिएका समस्या समाधान गर्ने संविधान बनाउने बहसका कुरा हो । वर्गीय क्षेत्रीय जातीय एवम् लैङ्गिक लगायतका समस्या समाधान गर्ने जनताको संविधान बनाउने कुरा प्रमुख कुरो हो, यस्तो सारतत्व बोकेको संविधान बनाउनको निम्ति सम्मानजनक ढङ्गले जनमुक्ति सेनाको समायोजन प्रक्रिया अघि बढ्नु पर्छ । र पहिले शान्तिप्रक्रिया टुङ्ग्याउने र पछि संविधान बनाउने जुन कुरा आएको छ यसैमाथि खतरा बढ्दै गएको छ । शान्तिप्रक्रिया टुङ्गो लगाउने नयाँ संविधानको घोषणा गर्ने कार्य सँगसँगै हुनु पर्दछ ।
जनमुक्ति सेनाको साँचो बुझाएपछि शान्ति प्रक्रिया अघि बढ्छ र संविधान बन्छ भन्ने सोच आत्मसमर्पणवादी सोच हो । देशी–विदेशी प्रतिक्रियावादीहरू जनमुक्ति सेनासँग डराउँदै र आतङ्किदै हुँदै आएका छन् । र जनमुक्ति सेनालाई डिजल्व गरेर माओवादी कम्जोर भयो भने आफ्नो अनुकूलको संविधान बनाउन चाहन्छन । अब उनीहरूले सम्मानजनक सेना समायोजनलाई गौण रुपमा उठाउने र पहिलो नम्वर न्यूनीकरण गर्नेतिर लाग्ने छन् र दोस्रो नम्वरमा समायोजन गर्ने पर्दैन भन्ने कोणबाट आउने छने र तेस्रो नम्वरमा जनविरोधी संविधान बनाउन न्वारानदेखिको बल प्रयोग गर्ने छन् । हरेक ठाउँमा संझौता गर्दै अधि बढ्ने हो भने त्यतिबेला माओवादीले टुलु–टुलु हेरेर बस्नु बाहेक अर्काे विकल्प रहने छैन । त्यसैले क्रान्तिकारी विचारले मात्र क्रान्तिकारी रूपान्तरण सहितको जनसंविधान बनाउने कुरा हो तर जनमुक्ति सेनाको साँचो बुझाउँदैमा जनसंविधान बन्छभन्ने कुनै ग्यारेन्टी छैन ।
७. नेपाली सेनाको लोकतान्त्रिकरणको प्रश्न ओझेलमा ः
नेपाल सरकार र माओवादी बीच बृहत्त शान्तिसंझौता गर्ने क्रममा नेपाली सेनालाई लोकतान्त्रिकरण गर्ने कुरा उल्लेख गरिएको छ । तर अहिलेसम्म प्रतिक्रियावादीहरूले उठाउने त कुरै भएन माओवादीहरूले समेत नेपाली सेनाको लोकतान्त्रिकरणको कुरा कतै पनि जोड दिएन उठाएको पाइदैन । खाली माओवादी सेनाको मात्रै टुङ्गो लगाउने नेपाली सेनाको लोकतान्त्रिकरण र प्रजातान्त्रिकरण सवाललाई जोडदार रुपले उठाइएन भने त्यसले पछि समस्या खडा गर्न सक्छ । माओवादी पार्टीभित्र यस विषयमा व्यापक बहस र छलफल चलाउन आवश्यक छ ।
८. नेपाललाई चिली र इन्डोनेशिया बनाउने खतरा ः
अहिले एकीकृत माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराईको नेतृत्वमा संयुक्त सरकार बनेको छ, अर्थात तराइतिरका क्षेत्रीय पार्टीहरूको सहयोगमा यो अन्तरिम संयुक्त सरकार बनेको छ । सिद्धान्त, दर्शन र उद्देश्यका दृष्टिकोणले उत्तर र दक्षिणतिर फर्केका राजनीतिक शक्तिहरूको बीचमा संयुक्त सरकार बनेको छ । त्यसैले यो माओवादीको सरकार नभएर माओवादीले नेतृत्व गरेको सुधारवादी सरकार हो । संविधानसभाको दोस्रो ठूलो दल नेपाली कांग्रेस र तेस्रो दल एमाले सत्तावाहिर छन् । प्रतिपक्षमा रहेका छन् ।
यतिबेला माओवादी पार्टीभित्रका अवसरवादी र मध्यपन्थी विचार राख्नेहरूले यही सरकारलाई क्रान्तिकारी सरकार ठान्ने र कम्युनिस्ट पार्टीको क्रान्तिकारी सरकार ढान्ने कुरा प्रष्ट रुपमा उजागर हुन थालेको छ र जनमुक्ति सेनाको साँचो बुझाउने प्रक्रियाबाटै यो प्रमाणित भइसकेको छ । यो कम्युनिस्टहरूको क्रान्तिकारी सरकार होइन् क्रान्ति पूर्वको कम्युनिस्ट नेतृत्वमा बनेको सुधारवादी सरकार हो । सामान्य सुधारका काम बाहेक यसले अरु बढी काम गर्न सक्दैन । संविधान बनाउने यस सरकारको दायित्व हो । एक्लै यो सकारले संविधान घोषणा गर्न सक्दैन संविधान दुई तिहाई बहुमतका निम्ति कांग्रेस र एमालेलाई सहमतिमा ल्याउनै पर्दछ ।
संयुक्त सरकारको नेतृत्व गर्न पुगेकै हेसियतमा आफ्नै पार्टीको क्रान्तिकारी सरकार निर्माण गरेको ठानेर नेपाली सेनाको प्रजातान्त्रिकरण गर्ने सवालमा चू–सम्म पनि गर्न नसकेन र आफ्नै पार्टीको जनमुक्ति सेनालाई निःसशस्त्रीकरण गर्दै लैजाने हो र कम्जोर बनाउने हो भने देशी–विदेशी प्रतिक्रियावादी शक्तिहरूले नेपालका कम्युनिस्ट क्रान्तिकारीहरूलाई चिली र इन्डोनेशिया जस्तै बनाउने खतरा कायमै रहने वाला छ । यस विषयमा बढि ध्यान दिन जरुरी हुन्छ । किनभने संसारभरिका प्रतिक्रियावादी शक्तिहरूले माओवादीलाई हेरिरहेका छन् र चारैतिरबाट घेराबन्दी गर्दैै आएका छन् ।
९. उपसंहार ः
एकीकृत माओवादी नेपाली सर्वहारसावर्गको अगदस्ता हो । नेपाली क्रान्तिको निर्णायक शक्ति पनि हो । यति बेला नेपाली क्रान्ति निर्णयक मोडमा पुगेको छ । नेपाली क्रान्ति सम्पन्न गर्ने एतिहासिक कार्यभार पनि यही पार्टीले नै पूरा गर्नुपर्ने छ । अहिले पार्टी समान्तवाद साम्रराज्यवाद विरोधी सारतत्व बोकेको जनताको सङ्घीय गणतन्त्रात्मक संविधान निर्माण गरे । नेपाली क्रान्तिलाई निर्णायक मोडमा पु¥याउने तहमा गुणात्मक रुपले विकसित भएको छ ।
तर शान्तिप्रक्रियामा प्रवेश गरेपश्चात पार्टी पहिलेको तुलनामा कम्जोर हँुदै गएको छ । यतिबेला पार्टीभित्र क्रान्तिकारी धारा र दक्षिणपन्थी धाराबीच दुइलाइन सङ्घर्ष चलिरहेको छ । र पार्टीभित्र दक्षिणपन्थी अवसरवाद हावी भइरहेको छ । पार्टीभित्रको एउटा तप्का क्रान्तिदेखि थाकी सकेको छ र आरामका साथ राज्यबाट अवसरहरू लिदै जाने पक्षमा जसका कारण देशी–विदेशी प्रतिक्रियावदीहरूका सामू बेला वखतमा संझौता गर्दै अघि बढ्दै जनमुक्ति सेनाको हतियार भण्डारणको साँचो विशेष समितिलाई बुझाउन पुगेको छ ।
नेपाली जनताले मुक्ति चाहन्छन् । नेपाल राष्ट्रले स्वाधिनता चाहन्छ र आम पार्टी कार्यकर्ताहरूले क्रान्ति चाहन्छन् । क्रान्ति सम्पन्न गर्नका निम्ति क्रान्तिकारी पार्टीको आवश्यकता पर्दछ । यही तरिकाको पार्टीले नेपाली क्रान्तिको तेतृत्व गर्न असम्भव हुन्छ । त्यसो भएर रूपन्तरण सहित नयाँ ढङ्गको पार्टीको निर्माण गर्न जरुरी हुन्छ ।
पार्टीका वरिष्ठ उपाध्यक्ष क. मोहन वैद्य ‘किरण’को नेतृत्वमा पार्टीभित्र मौउलाउँदै गएको गलत चिन्तन र प्रवृत्तिका विरुद्ध जुन भीषण दुइलाईन सङ्घर्ष सञ्चालन हुँदै आएको छ । यसलाई विचारधारात्मक रुपमा संझौता हिन अन्तरसङ्घर्षका निरन्तर रुपमा जारी राख्ने र क्रान्तिकारी रूपान्तरणको दिशामा अघि बढाउन जरुरी छ । क्रान्तिकारी झण्डा बोकेर क्रान्तिको सपना मर्न नदिने उद्देश्यले क्रान्तिको रक्षामा खटिएका क्रान्तिकारीहरूले पार्टीभित्रको दुईलाईन सङ्घर्षलाई जिम्मेवारी ढङ्गले अघि बढाउनुको विकल्प छैन । समाप्त वर्ष ५ अङ्क ३ मा प्रकाशित ।

No comments:
Post a Comment