Monday, August 12, 2013

यसरी पतन भए एमाले र एमाओवादी
                              – हस्तबहादुर केसी
१.पृष्ठभूमी
नेपाल कम्युष्टि (एमाले) र एकिकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) वर्तमान नेपाली कम्युनिष्ट आन्दोलन भित्रका सबैभन्दा ठुला कम्युनिष्ट हुन भन्ने गरिएको छ । एमाले २०२८ सालमा विष्फोट भएको एैतिहासिक झापा विद्रोहको जगमा टेकेर नेपाली कम्युनिष्ट आन्दोलनको एक कालखण्डमा सबैभन्दा ठुलो कम्युनिष्ट पार्टी बन्न पुगेको थियो भने एकिकृत नेकपा (माओवादी) महान दश बर्षे जनयुद्धको जगमा उपभएर नेपाली कम्युनिष्ट आन्दोलनको पछिल्लो कालखण्डमा सबैभन्दा ठुलो पार्टी बन्न पुग्यो । यी दुबै पार्टीहरु नेपाली जनताले गरेका ऐतिहासिक क्रान्तिकारी विद्रोहको भूमिमा टेकेर अगाडि बदने क्रममा अगाडि बढेका हुन भन्ने विषयमा कतै विवाद र वहस छैन । ऐतिहासिक तथ्यहरुले यी कुराहरुलाई पुष्टी गरेका छन् ।
एमाले र एमाओवादी दुबै संसदिय पार्टी हुन । यी दुबैले साम्राज्यवादी तथा विस्तारवादीहरुका सामु लम्पसार परेर आत्मसमर्पण गरिसकेका छन् । र वर्तमान परिवेशमा यी दुबै कम्युनिष्ट पार्टी भनिएकाहरु साम्राज्यवाद तथा विस्तारवादका दलाल मात्र होइन इमान्दार नोकर र बफादार चाकर समेत हुन । साम्राज्यवाद र विस्तारवादका दलालहरु कम्युनिष्ट क्रान्तिकारी हुनै सक्दैनन् । माक्र्सवाद– लेलिनवाद– माओवाद साम्राज्यवाद, विस्तारवाद, प्रभूत्ववाद,प्रतिक्रियावाद र सबैखाले संशोधनवादका विरुद्दमा छ । अतः एमाले र एमाओवादी सैद्वान्तिक रुपले विचलीत भएर दक्षिणपन्थि संशोधनवाद र नवसंशोधनवादमा नाङ्गो रुपमा पतन भएका छन् । तर पनि एमालेले माक्र्सवादको खोल आढेर आफूलाई कम्युनिष्ट पार्टी भएको बताउदै आएको छ भने एकिकृत माओवादीले माक्र्सवाद–लेलिनवाद–माओवादको खोल ओढेर आफूलाई कम्युनिष्ट पार्टी भएको दाबी गर्दै आएको छ । अहिले एमाले र एमाओवादीले माक्र्सवाद–लेलिनवाद र माओवादको जामा पहिरिएर नेपाली धर्तीमाथि दक्षिणपन्थि संशोधनवादी, नवसंशोधनवादी तथा प्रथिक्रियावादी नांच छमछमी नाचिरहेका छन् । र पछाडि पट्टीबाट साम्राज्यवादी तथा विस्तारवादीहरुले मादल बजाइरहेको जुन मादल १९५६ख्रुश्चोभका पछाडि पट्टी बसेर मादल बजाइरहेका र  खु्रश्चोभले माक्र्सवादी–लेलिनवादको जामा पहिरिएर रुसि भूमिमा आधुनिक सैशोधनवादी नांच नाचिरहेको थियो । आज त्यो भन्दा पनि अगाडि बढेर एमाले र एमाओवादीहरुले नेपाली धर्तीमा आधुनिक संशोधनवादी तथा नवसंशोधनवादी नांच नाचिरहेका छन् । र, राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतका बीचमा गम्भीर प्रकारको भ्रमको खेति गर्दै आफूलाई कम्युनिष्ट भएको झुट प्रचारबाजी गरिरहेका छन् । ्
अतः एमाओवादी र एमाले कम्युनिष्ट नभएर संशोधनवादी तथा प्रतिक्रान्तिकारी शक्तिहरु हुन । वैचारिक राजनैतिक रुपले विचलित भएर पतनका विविध श्रृंखलाहरु पार गर्दै यहाँ सम्म आइपुगेका छन् । एमाले र एमाओवादीले के कस्ता पतनका श्रृंखलाहरु पार गर्दै आएका छन् र नेपाली कम्युनिष्ट आन्दोलनलाई वैचारिक राजनैतिक रुपमा विकृत तुल्याइरहेका छन र तिनीहरुको भविष्य के हो भन्ने बारेमा यस लेखका माध्यमबाट सक्दो चिरफार गर्ने कोशिस गरिएको छ । तर पनि विशाल विषयलाई विस्तृत रुपमा समावेश गर्न भने कठिन हुन कुरा स्वाभावीक छ ।
२. एमालेको जन्म र विकासको श्रृंखलाः
नेकपा (एमाले) जन्म २०२८ साल जेठ २ गते विष्फोट भएको ऐतिहासिक झापा विद्रोहको जगमा टेकेर भएको । २०१९ सालमा सम्पन्न तेस्रो राष्ट्रिय महाधिवेशनले जनवादको कार्यक्रमलार्ई परित्याग गरि ‘राष्ट्रिय प्रजातन्त्र’ नाम दिइएको पूँजीवादी, संसदवादी कार्यदिशामा पारित ग¥यो । त्यसपछि विचारविहीन नेतृत्वले नेतृत्व प्रदान गर्ने कुरा भएन र २०२० साल पछिबाट नेपाली कम्युनिष्ट आन्दोलन विभाजन हुन पुग्यो । २०२५ सालमा गोरखपुरमा तेस्रो राष्ट्रिय सम्मेलन गरि संथापक महासचिव कमरेड पूष्पलालले नेपाली कम्युनिष्ट आन्दोलनलाई पुनः एकिकृत गर्ने काशिस गरे पनि सफल हुनु भएन । २०२८ सालमा मोहनविक्रम सिंहको नेतृत्वमा केन्द्रिय न्युकिलियस बनाइयो । यसै सिलसिलामा २०२७ सालको अन्त्यतिर तत्कालीन कोसि प्रान्तीय कमिटीको मातहतमा कार्यरत झापा जील्लाका वामपन्थिकार्यकर्ताहरुले उक्त कमिटीबाट अलग हुदै सशस्त्र झापा संघर्षको सृजना गरेका थिए ।
सन् १९६९ मे १ तारीखका दिन चारु मजुम्दारको नेतृत्वमा गठन भएको भारतीय कम्युनिष्ट पार्टी (माले) ले ‘‘बर्गशत्रु खतम गर’’ भन्ने मुल नाराका साथ भारतको विहार राज्यको नवसलगढमा सशस्त्र किसान विद्रोह सञ्चालनमा ल्याएको थियो । त्यसकै प्रत्यक्ष प्रभावमा परेर ‘‘सैनिकसंग नभिडी, सामन्तीलाई नगिडी आउदैन है जनवाद भाषण ठोकेर’’ भन्ने गित गांउदै ‘बर्गशत्रु खतम गरौं’ भन्ने मुल नाराका साथ २०२८ साल जेठ २ गते झापा जील्ला ज्यामीरगढी निवासी जमिन्दार कर्ण बहादुर गौतममाथि भौतिक आक्रमण गरि उनको सफाय गरेर सशस्त्र झापा विद्रोहको विष्फोट गरिएको थियो । नेपालको कम्युनिष्ट आन्दोलनमा झापा विद्रोह एउटा ऐतिहासिक क्रान्तिकारी घरना र कदमको रुपमा स्थापीत छ । झापा विद्रोहलाई तत्कालीन पञ्चायती शासकहरुले निर्ममतापूर्वक दबाएका थिए । र झापा विद्रोहले सामन्तवाद र संशोधनवादको मुटुमाथि ढ्यांग्रो ठोकाएको थियो र गंम्भिर धक्का दिएको थियो । झापा विद्रोहमाथि पञ्चायती शासकहरुद्धारा भिषण दमनचक्र चलाइएको थियो । संयौको संख्यामा गिरफ्तार गरिएको थियो । हजारौं झापाली क्रान्तिकारीहरु पूमिगत तथा प्रवासी जीवन बिताउन बाध्य पारिएका थिए । झापाबाट इलाममा जेल सार्ने बाहानामा २०२९ साल फाल्गुन २१ गते राती इलामको सुखानीको जंगलमा पु¥याएर झापा विद्रोहका अगुवाहरु रामनाथ ढकाल, नेत्र घिमिरे, नारायण श्रेष्ठ, विरेन राजवंशी र कृष्ण लुइटेललाई पूलिसले गोली ठोकेर पाशविक तरीकाले हत्या गरेको थियो ।
ऐतिहासिक झपा विद्रोहका क्रान्तिकारीहरुले २०३२ साल जेठ २४÷२५ गते पूर्वी नेपालको विराटनगरमा एक भेलाको आयोजना गरि अखिल नेपाल कम्युनिष्ट क्रान्तिकारी काअर्डीनृशन कमिटी (माले) को गठन गरेका थिए । यसैको आयोजनामा राष्ट्रिय सम्मेलन गरि २०३५ साल पुस ११ गते नेपाल कम्युनिष्ट पार्टी (माले) को गठन हुन पुग्यो । यसले माक्र्सवाद–लेलिनवाद र माओसतुङ् विचारधारालाई पार्टीको मार्गदर्शक सिद्धान्तमा राख्ने निष्कर्ष गरेको थियो । नेपाली क्रान्तिको कार्यक्रम नयाँ जनवादी क्रान्ति नै राखियो र क्रान्तिको चरित्र शसस्त्र क्रान्तिको बाटोलाई अबलम्बन गर्ने निर्णय गरेको थियो । यसरी २०२८ सालको झापा विद्रोहको प्रक्रियाबाट नेकपा (माले) को समुह जन्मियो  र २०४७ साल पुस २२ गते नेकपा (माले) र नेकपा (माक्र्सवादी) बिच एकता गरेर नेकपा (एमाले) बनाइएको थियो ।
एमाले पतनको श्रृंखलाः
कुनै पनि बस्तुको जन्म विकास र पतनका निश्चित आधारहरुमा हुनु अनिवार्य भएझै एमालेका पतन र विनासका निश्ति आधारहरु विद्यमान रहेका थिए । नेकपा (एमाले) लाई अहिले नेपाली कम्युनिष्ट आन्दोलनको दोस्रो ठुलो पार्टी भन्ने गरिएको छ । तर एमाले कम्युनिष्ट पार्टी होइन, यो त दक्षिणपन्थि संशोधनवादमा पतन भएर कम्युनिष्ट खोल मात्र आढेको नक्कली कम्युनिष्ट पार्टीको रुपमा रहेको छ । उसले माक्र्सवाद–लेलिनवाद, माओत्सेतुङ् विचारधारालाई परित्याग गरिसकेको छ । र नेपाली क्रान्ति र नेपाली जनतालाई धोका दिदै साम्राज्यवादी तथा विस्तारवादी शक्तिहरुका सामु लम्पसार परेर आत्मसमर्पण गरेर उनीहरु कै दलालको रुपमा खडा हुन पुगेको प्रतिक्रान्तिकारी शक्ति हो । एमाले दक्षिणपन्थि संशोधनवादमा एकाएक पतन हुन पुगेको होइन । एमालेले विविध श्रृंखलाहरु पार गर्दै यहाँसम्म आइपुगेको छ । यसबारेमा यहाँ संक्षिप्त रुपमा चर्चा गर्ने प्रयास गरिएको छ ।
पहिलोः २०३५ साल पूस ११ गते मालेले पार्टी गठन गर्ने प्रक्रियासँगै ऐतिहासिक झापा विद्रोहको क्रान्तिकारी स्प्रीडलाई परित्याग गरि दक्षिणपन्थि बाटो पकड्न पुग्नु र झपा विद्रोहलाई उग्रबामपन्थि भड्काउको संज्ञाा दिनु ।
दा्स्रोः वर्गसंघर्ष र शसस्त्र संघर्षको सिद्धान्तलाई परित्याग गर्दै वर्गसमन्वयको खु्रश्चोमपन्थि बाटो पकडन पुग्नु र २०३७ सालमा पुगेर २०२८ सालमा झपा विद्रोहमा प्रयो गरिएका हातहतियारहरु कोसी नदीमा बगाइदिने र देशव्यापी रुपमा रहेका सबै हातहतियारहरु नष्ट गर्ने निर्णय गर्न पुग्यो ।
तेस्रोः मालेले सैद्धान्तीक वैचारीक मुद्दामा होइन, ठुलो पार्टी बन्ने मोहमा पार्टी भित्र विचारधारात्मक अन्तरसंघर्ष र दुईलाइन संघर्षलाई क्रान्तिकारी विधी र पद्दतीबाट संञ्चालन नगरि सम्झौतावादलाई प्रश्रय दिइ पार्टीमा सैद्धान्तीक बन्ध्याकरणको प्रक्रियालाई तेज पार्दै लग्यो ।
चौथोः ‘पञ्चायती शाही राष्ट्रवाद’ को भ्रम छर्ने  अभिप्रायमा राजा विरेन्द्रले प्रस्तुत गरेको कथित शान्ति क्षेत्र नेपालको प्रस्तावलाई स्वीकारेर मालेले राजावादी नीति अवलम्बन गर्न पुग्यो ।
पाँचौः क. माओको निधन पश्चात चीनमा जुन प्रतिक्रान्ति भयो , त्यसलाई मालेले समर्थन गरेर चीनमा समाजवाद कायमै रहेको विश्लेषण गर्दै ठुलो सैद्धान्तीक गल्ती गर्न पुग्यो ।
छैठौः २०३७ सालको जनमत संग्रहलाई बहिस्कार गर्न पुगेको माले पार्टी २०४२÷०४३  तिर एकाएक पञ्चायती चुनावमा भाग लिन पुगेर उसले सुधारवादी, संसदवादी राजनीतिक कार्यदिशाको एक निकृष्ट बाटो समातेर पार्टीलाई पञ्चायतीकरण गर्दै लग्यो ।
सातौः मालेले २०४४ सालमा सर्वहारावर्गको अधिनायकत्व अन्तरगत निरन्तर क्रान्ति जारी राख्ने सिद्धान्तको विराध गर्दै महान चीनीयां सर्वहारा सांस्कृतीक क्रान्तिलाई निषेध गरेर गम्भिर सैद्धान्तीक भडकाउ गर्न पुग्यो । त्यसै सिलसिलामा माआत्सेतुङ् विचारधारालाई पार्टीको मार्गदर्शक सिद्धान्तबाट झिकेर फ्क्यो र आफूलाई संशोधनवादी बनेको सावित गरायो ।
आठौः आधुनिक संशोधनवादको समर्थन गर्दै मालेले अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको अध्ययन र त्यसबारे निष्कर्ष निकाल्ने क्रममा २०४४ माघमा पुगेर पूर्वी युरोप, रुस,चीन , भियतनाम लगाएत देशहरुमा पूँजीवादको स्थापना भएको कुरा स्वीकार गरेन र ती सबै मुलुकहरुलाई समाजवादी नै देख्न पुग्यो । यस प्रकारको मूल्यांकन र निष्कर्षले मालेलाई आधुनिक संशोधनवादको स्तरमा गिराइदियो ।
नवौः २०४६ सालको जनआन्दोलनमा क्रान्तिकारी तथा वामशक्तिसँगको एकतालाई लत्याएर नेपाली कांग्रेसको पुच्छर बन्नु, जनवादी क्रान्तिको नारालाई तिलाञ्जली दिएर नेकाको संसदिय प्रजातन्त्रको पुनस्थापनाको नारालाई स्वीकार्दै त्यसितको मार्चामा पुच्छरबन्दी बन्दै सम्मीलीत हुनु र नेका राजा सहीतको त्रिपक्षिय गठबन्धनमा आधारित धोकापूर्ण सम्झौतामा जनआन्दोलनलाई टुँग्याउने अत्यन्तै निच र घृणित खेल खेल्यो ।
दशौः २०४६ सालको परिवर्तन पश्चात सुधारवादी, मिलाएँवाद, मन्त्रीमण्डलवादकै नेपाली संस्करणको रुपमा मालेले अन्तरिम मन्त्रीमण्डलमा सामेल भइ क्रान्तिप्रति ठुलो गद्दारी र विश्वासघात गरेको थियो ।
एघारौः मालेले २०४७ सालको प्रतिक्रियावादी संविधान निर्माण गर्ने काममा जुन निकृष्ट भूमिका खेल्यो, त्यो अत्यन्तै ठुलो प्रतिगामी कदम थियो । त्यसले तत्कालीन माले पार्टीलाई प्रतिक्रियावादी वर्ग र त्यसको राजनीतिक व्यवस्थाको एक वफादार चाकरको रुपमा परिणत गरिदियो ।
२०४६ सालको परिवर्तनसंगै पार्टी पुरै संसदवादी पार्टीमा परिणत गराउदै मालेले २०४७ सालमा माक्र्सवादी समुहसित पार्टी एकता गर्ने प्रक्रियासँगै ठुलो पार्टी बन्ने र संसदमा बहुमत ल्याएर सरकारमा पुग्ने लालचाका कारणले कथित पार्टी एकताका नाममा र संशोधनवाद र सुधारवादको चरम स्थितीमा पुगेपछि ठुलो पार्टी बनाइ संसदमा बहुमत ल्याउनु र प्रतिगामी सरकार बनाउनु नै सबै थोक ठान्दै अनेकौ विजातीय गु्रपहरुलाई समेत्दै तथा क्रान्तिकारीहरुलाई पाखा लगाउदै विगतका प्रश्तावहरु, गलत तत्वहरु विकृत अवसरवादीहरुलाई बटुल्ने क्रममा माले पार्टीलाई एमालेमा परिणत गर्दै पाएसम्म अवसरवादी, सुधारवादी गुटहरुलाई पार्टीमा हुल्न जरुर ठान्यो र यसै अनुरुप पार्टी एकता ग¥यो ।
बाह्रौः २०४९ माघमा आयोजना गरिएको पार्टीको पाँचौ महाधिवेशनबाट तत्कालीन महासचिव मदनभण्डारीले प्रस्तुत गरेको खु्रश्चोमी आधुनीक संशोधनवादी ‘जनताको बहुदलिय जनवाद’ नामक विचार र कार्यक्रम पारित गराएर पार्टी पुरै संशोधनवादी भाषमा डुबाइदियो ।
तेह्रौः २०५३ साल मंिसर १२ गते पूर्वपञ्चहरुको दरवारीया पार्टी राप्रपाको चन्द सरकारमा सामेल भएर राजतन्त्रलाई बलियो तुल्याउन उद्दत हुनुले एमाले दक्षिणपन्थि संशोधनवादमा गिरेको पूर्नपुष्टी हुन पुग्यो ।
चौधौः चन्द सरकारमा गएको बेला २०५४ सालमा माओवादीले संचालन गरेको जनयुद्धलाई समाप्त पार्नका लागि र दमनका लागि सरकारलाई गुहार्नु, धामी आयोग र मैनाली आयोग बनाई जनयुद्धका विरुद्ध जासुसि गतिविधी तथा दमनका लागि आधार तयार पार्नु, जनयुद्ध दमनका लागि प्रतिक्रियावादीहरुको गोटी बनेर कथित आतंकवाद विराधी विधयक पास गराइ संसदमा पेश गर्ने षडयन्त्र गर्नु, आफ्ना कार्यकर्ताहरुलाई जनयुद्धका विरुद्ध प्रतिकारमा उत्रण निर्देशन दिनु एमाले निकृष्ट गतिविधीका उदाहरणको पर्यावाची बनेको थियो ।
पन्ध्रौः २०५३ साल असोज ४ गतेको मध्यरातमा संसदबाट एमालेले भारतसित महाकाली सन्धि अनुमोदन गराइदिएर राष्ट्रघातको कलंकको टिका ग्रहण गर्न पुग्यो ।
सोह्रौः २०५६ माघमा आयोजना गरेको पार्टीको छैठौ महाधिनबाट एमालेले अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको शब्दावली नराख्ने र कतै पनि उचचारण समेत नगर्ने नीति पारित ग¥यो । र साम्राज्यवाद र विस्तारवादप्रतिकोदलालीकरणलाई बढवा दियो ।
अठारौंः २०५८÷०५९ मा तत्कालीन नेपाली कांग्रेसको देउवा सरकारले देशव्यापी रुपमा संकटकालको घोषणा गरेर जनयुद्धका विरुद्ध सेना परिचालन ग¥यो, माओवादी नेताहरुको टाउकाको मुल्य तोक्यो, प्रतिक्रियावादी सरकारको सहयोगि बनेर एमालेले आफुलाई प्रतिक्रियावादी कित्तामा गिरायो ।
बीसौः सैद्धान्तीक वैचारीक रुपमा विचलीत भइ पार्टी पुरै दक्षिणपन्थि संशोधनवादमा भासिन पुगेपछि पेजेरोवादी संस्कृती, प्राडोवादी संस्कृति, महलवादी संस्कृति, एनजीओ÷आई एन जी ओ वादी संस्कृतिलाई एमाले पार्टी भित्राउदै सम्पुर्ण नेता, कार्यकर्ताहरुलाई गैर माक्र्सवाद र गैर क्रान्तिकारी बाटोमा अग्रसर तुल्याउदै लग्यो ।
एकाइसौंः एमाले आफ्ना् मुख्यालय बल्खुदरबारमा  अमेरिकी राजदुत र अन्य विदेशी राजदुतहरु प्रवेश गर्ने क्रम, त्यहाँ राखिएका माक्र्स–एँगेल्स–लेलिन–स्तालिन र माओका फोटोहरु उठाएर हरायो ।
बाइसौंः आधा पूतिगमन सच्चियो भन्दै एमालेले २०६१ साल बैशाख २१ गते राजा ज्ञानेन्द्रको निरंकुश सरकारमा सामेल भएर निरंकुश राजतन्त्रलाई मलजल गर्ने, प्रजातन्त्रको घाँटी निमोठ्न र क्रान्तिकारीहरुलाई सखाप पार्ने योजनामा लागेर आफूलाई आफूलाई प्रतिक्रियावादी कित्तामा उभ्यायो ।
तेइसौंः एमालेले पार्टीभित्र पद, प्रतिष्ठा र पैसाको संस्कृतिलाई भित्रायो । एमालेले पैसाका लागि जे गर्ने, जुनसुकै शक्तिको पुच्छर बनेर सरकारमा जाने र पैसा कमाउने खेलमा सम्पूर्ण पार्टी पंक्तिलाई परिचालन गराउदै लग्यो । यो उसको विचारविहीनताको पराकाष्ट थियो ।
यसरी एमालेले माक्र्सवादी चिन्तन, क्रान्तिकारी सिद्धान्त र कम्युनिष्ट नैतिकतालाई परित्याग गर्दै विभिन्न श्रृंखलाहरु  पार गर्दै पार्टीलाई दक्षिणपन्थि संशोधनवादमा पतन गराएर छोड्यो । माथिका तथ्यहरुले यही कुराको पुष्टि गर्दछन् ।
एमाओवादीको जन्म र विकासको श्रृंखलाः
एमाओवादीको जन्म नेकपा (चौम), नेकपा (मशाल),नेकपा (एकताकेन्द्र),नेकपा (माओवादी) हुँदै २०६५ पुस ११ गते विश्वसर्वहारा वर्गका महान नेता तथा चीनीयाँ कम्युनिष्ट पार्टीका शिक्षाध्यक्ष कमरेड माओत्सेतेङ्को जन्मदिवसको अवसर पारेर नेकपा (माओवादी) र नेकपा (एकता केन्द्र मशाल) को पार्टी एकताबाट भएको यसको जग मूख्य रुपमा महान दश वर्षे जनयुद्ध नै हो ।
एकिकृत नेकपा (माओवादी) अहिले नेपाली कम्युनिष्ट आन्दोलनको सबैभन्दा ठुलो कम्युनिष्ट भनने गरिएको छ । तर कम्युनिष्ट संख्या मात्रै ठुलो मानिदैन, उसले अंगीकार गर्दै सहि क्रान्तिकारी विचारले मात्र ठुलो र सानोको निर्धारण गर्ने गर्दछ । एमाओवादी त अहिले नेपाली कम्युनिष्ट आन्दोलन भित्रको नवसंशोधनवादमा पतन भइसकेको पार्टी हो । वर्गीय रुपमा, राष्ट्रिय रुपमा समेत साम्राज्यवाद र विस्तारवादका सामु लम्पसार परेर आत्मसमर्पण गरेर उनीहरुकै दलालीकरणमा रमाइरहेको शक्ति जो अहिले यो पार्टी साम्राज्यवादी तथा विस्तारवादी शक्तिहरुको गोटी बनेको छ । यति तथ्यहरु हुदादुँदै पनि हामीले एमाआवादीको जन्म र विकास कसरी हुन पुग्यो भन्ने बारेमा जानकारी लिन सकेनौ भने यसको पतनका निश्चित श्रृंखलाहरुलाई पनि वैज्ञानीक रुपमा पहिचान गर्न र पुष्टि गर्न सक्ने छैनौ ।
एमाओवादीको तीब्र विकास हुनु र नेपाली कम्युनिष्ट आन्दोलनमा सबैभन्दा ठुलो पार्टी कहलिनुमा यसका पछाडीको मूख्य कारण महान दश वर्षे जनयुद्ध नै र्विविदितै कुरा हो, जनयुद्ध नेपाली समाजको सर्वत्र युद्ध थियो– राजनीतिक, आर्थीक, सामाजीक, सांस्कृतीक हरक्षेत्रको रुपान्तरणकारी युद्ध थियो । जनयुद्धले नेपालको राजनीतिक इतिहासमा नेपाली कम्युनिष्ट आन्दोलनको समग्र इतिहासमा एउटा क्रान्तिकारी कम्युनिष्ट पार्टीको नीति, सिद्धान्त र विचारको आधारमा योजना र कार्यक्रमका आधारमा र लाखौ लाख नेपाली जनताको सहयोगमा पहिलो पल्ट छापामार दस्ता हुदै जनमिलीसीयाको विकास र त्यसबाट सातौ डिभीजन सम्मको जनमुक्ति सेनाको निर्माण हुनु, आधारइलाकाहरु, जनसत्ता, जनअदालत र जनसरकारहरुको निर्माण हुन पुग्नु नै सबैभन्दा महत्व र ऐतिहासिकताको विषय थियो । महान दश वर्षे जनयुद्धकै प्रक्रियामा दशौ हजार नेपाली आमाका असल छोराछोरीहरुले साहदत प्राप्त गरेका हजारौलाई राज्यले वेपत्ता पा¥यो र हजारौले घाइते तथा अपाङ्ग जीवन विताउन बाध्य हुनु प¥यो । यीनै महान तथा ऐतिहासिक घटनाक्रमहरुले गर्दा ततकालीन माओवादी पार्टी नेपालको कम्युनिष्ट आन्दोलनमा मात्रै होइन नेपालको समग्र राजनीतिक क्षितीजमै सबैभन्दा ठुलो र शक्तिशाली राजनीतिक पार्टी बन्न पुग्यो । महान दश वर्षे जनयुद्धको यो ऐतिहासिक पार्टी बन्न पुग्यो । महान दश वर्षे जनयुद्धको यो ऐतिहासिक महानतालाई कसैले पनि न्युनीकरण गर्न र उपेक्षा गर्ने सामथ्र्य राख्न सक्दैन । यसकै जगमा टेकेर २०६५ साल पुस ११ गते नेकपा (माओवादी) पार्टी एकीकृत नेकपा (माओवादी) मा परिणत हुन पुगेको हो ।
एमाओवादी पतनको श्रृंखलाः
एमाले जस्तै एमाओवादीको एकाएक भएको होइन । यसले पनि विविध श्रृंखला र घटनाक्रमहरु पार गर्दै सैद्धान्तीक रुपमा विचलीत भएर नवसंशोधनवादमा पतन हुन पुगेको हो । एमाओवादीलाई नवसंशोधनवादको भाषमा डुवाइदिने प्रमुख भूमिका दश वर्षे जनयुद्धको समेत नेतृत्व गर्दै आएका पुष्पकमल दाहाल प्रचण्ड र बाबुराम भट्राई नै हुन । प्रचण्ड–बाबुराममा पैदा भएको अवसरमा र नवसंशोधनवादी चिन्तनले नै एमाओवादी लाई पतनको खाडलमा खसाली दिएको हो । एमाओवादीको पतनका विविध श्रृंखला हरु बारे यहाँ संक्षेपमा चर्चा गर्ने प्रयत्न गरिएको छ ।
पहिलोः एमाओवादीको पतनको जग दश वर्षे जनयुद्धकै प्रक्रिया अन्तरगत २०५५ सालमा नेतृत्व केन्द्रिकरण गर्ने प्रक्रियासँग प्रारम्भ भएको पाइन्छ । २०५५ सालमा पार्टीले प्रचण्डलाई सर्वाेच्च नेता घोषित गरेर व्यक्तिलाई प्राधिकरण गरिनु व्यक्तिवादको पराकाष्ठा थियो र व्यक्तिवाद भनेको संशोधनवाद हो । त्ही प्रक्रिया देखि माओवादीको संशोधनवादी यात्रा तय भएको थियो ।
दोस्रोः २०५७ मा सम्पन्न दोस्रो राष्ट्रिय सम्मेलनबाट प्रचण्डपक्षको विचार विकासको नाममा जुन प्रचण्डपथ पारित गरियो । यो तत्कालीन माओवादीको ठुलो भूल थियो । प्रचण्डपक्षलाई पछि स्वयम प्रचण्डले नै बोकेर हिडन् सकेनन् । यसले पनि व्यक्तिवादलाई प्रसय दिएको थियो ।
तस्रोः २०५७ सालमा सम्पन्न गरिएको दोस्रो राष्ट्रिय सम्मेलनबाट जुन एकाइसौं शताब्दीको जनवाद नामक दस्तावेज पारित गरिएको छ, यसमा पनि सैद्धान्तीक गल्ति भएको छ ।
चौथोः २०६२ असोजमा सम्पन्न चुनवाङ बैठकले जुन जनयुद्धको कार्यदिशालाई परित्याग गरेर ‘लोकतान्त्रिक गणतनत्र’ नाम दिइएको सुधारवादी एवम वुर्जुवा संसदवादी कार्यनीतिक कार्यदिशा पारित ग¥यो, त्यही पैक्रियाबाटै संस्थागत रुपमा तत्कालीन नेकपा(माओवादी) ले संशोधनवादी सुधारवादी एवं अवसरवादी यात्रा सुरु ग¥यो । यो निर्णय सैद्धान्तीक रुपमा वैचारीक विचलनको परिणामका रुपमा आएको छ । चुनवाङ बैठकको निर्णय नै एमाओवादीको पतनको प्रमुख आधार बन्यो ।
पाँचौः २०६२ मंसिर ७ गते भारतको नयाँ दिल्लीमा सात संसदवादी राजनीतिक दल र माओवादी बीच १२ बुँदे समझदारी कायम गर्दा खेरि जुन निरंकुश राजतन्त्रको अन्त्य मात्र भनिएको छ, सैद्धान्तीक राजतन्त्रको अन्त्यको कुरा नउठाइनु लगाएतका अन्य सैद्धान्तीक गल्ति हुन पुगेका छन् । १२ बुँदे समझदारी पनि एमाओवादीको पतनको एउटा हतियार बन्न पुग्यो ।
छैठौः २०६३ असार २ गते संसदवादी दलहरु र माओवादीका बीचमा ८ बुँदे सम्झौता गर्ने क्रममा जनयुद्धका प्रक्रियामा निर्माण गरिएका आधारइलाकाहरु, जनसत्ता र जनअदालतहरु र जनसरकारहरु विघटन जुन सहमति भयो यो गम्भिर प्रकारको सैद्धान्तीक गल्ति र सैद्धान्तीक विचलन थियो । यी प्रक्रियागत निर्णयहरुले पार्न माओवादीलाई संशोधनवादतिर धकेल्दै लगेको स्पष्टै हुन्छ ।
सातौंः २०६३ मंसिर ५ गते नेपाल सरकार र माओवादीका बिचमा बृहत शान्तिसम्झौता कायम गर्ने क्रममा पार्टी अध्यक्ष प्रचण्डले ‘‘सशस्त्र जनयुद्ध आजका मितीदेखि अन्त्य भएको घोषणा गरिन्छ’’ भन्ने सम्झौता पत्रमा हस्ताक्षर गरे । त्यो गंभिर प्रकारको सैद्धान्तीक गल्ति थियो ।
आठौः २०६५ जेठ १५ गते बसेको संविधानसभाको पहिलो बैठकले २४० वर्षे सामन्ती राजतन्त्रको अन्त्य गरेर गणतन्त्रको घोषना ग‘¥यो । राजतन्त्र अन्त्य पश्चात राजनीतिक शक्ति सन्तुलन परिवर्तन त भयो तर माओवादीले तत्कालै वर्ग विश्लेषण गरेर प्रमुख र गौण दुश्मन किटान गर्न र तात्कालीन कार्यनीतिक कार्यदिशा पारित गरेर अगाडी बढन नसकेर रुमलिएर जुन अवस्थाको सृजना ग¥यो । यो पनि नेतृत्वको सैद्धान्तीक विचलनको परिणाम थियो ।
नबौः २०६५ मंसिरमा आयोजना गरिएको खरिपाटी राष्ट्रिय कार्यकर्ता भेलामा पार्टीको मुल नेतृत्व गरेका प्रचण्डबाट कुनै विचार प्रस्तुत हुन नसक्नु र तत्कालीन पार्टीका वरिष्ठ नेता मोहन वैद्य किरणले प्रस्तुत गरेको साम्राज्यवाद तथा विस्तारवाद विराधी सारतत्व बोकेको जनताको संघीय गणतन्त्रात्मक संविधान बनाउने भन्ने कार्यदिशा एकमतले पारित भयो । तर विचार एउटाको, नेतृत्व अर्काेको भएका कारणले कार्यान्वयन हुन सकेन । यो सैद्धान्तीक  बिचलनकै परिणाम थियो ।
दशौः २०६७ मंसिरमा सम्पन्न ऐतिहासिक पालुङटार प्लेनमले जनविद्रोहको कार्यदिशाको म्याण्डेट प्रदान ग¥यो । त्यसपछि बसेको पार्टीको केन्द्रिय समितीको बैठकले त्यसलाई बहुमतले पारित ग¥यो । तर पार्टीको मुख्य नेतृत्व गरिरहेका प्रचण्ड –बाबुरामले कार्यान्वयन गर्नुको बदला २०६८ बैशाखको अन्तिम साता सम्पन्न केन्द्रिय समितीको वैठकबाट जनविद्रोहको कार्यदिशालाई लत्याएर ‘शान्ति र संविधान’ नाम दिइएको सुधारवादी एवं बर्जुवा, संसदवादी कार्यदिशा बहुमतद्धारा पारित गराइयो । र पार्टीलाई पूरै संशोधनवादी कित्तामा परिणत गराइयो । त्यसै बखत पार्टीका बरिष्ठ उपाध्यक्ष मोहन वैद्य किरणले नेतृत्व गरेको क्रान्तिकारी विचार समुहले तत्कालै विद्रोह गरेर नोट अफ डिसेन्ट लेख्यो । त्यसपछि पार्टी भित्र दुईलाइन संघर्ष महान बहसकै प्रक्रिया अन्तरगत संचालन हुन पुग्यो ।
एघारौः २०६८ भदौ ११ गते राती संयुक्त मधेसी मोर्चाबिच प्रचण्ड –बाबुरामले राष्ट्रघाती चार बुँदे सम्झौता गरेर जुन बाबुराम भट्राईको नेतृत्वमा सरकारमा जाने काम भयो, यो सबैभन्दा वैचारिक विचलनको पराकाष्ठा थियो । यस प्रक्रियामा प्रचण्ड–बाबुरामले गंभिर प्रकारको जनघात गरेका थिए । यो संशोधनवादको परिणाम थियो । जसरी पनि र पार्टीलाई ढाँट्दै र छल्दै रातो साम्राज्यवादी र विस्तारवादीहरुका निर्देशनमा यसखालेका सम्झौता गर्नुले प्रचण्ड–बाबुरामको चरम अवसरवादको परिणम हो ।
बाह्रौः प्रचण्ड–बाबुरामले २०६८ भदौ १५ गते जनमुक्ति सेनाका क्यान्टोनमेन्टमा भण्डारण गरिएका हातहतियार राखिएका कन्टेनरको साँचो प्रतिक्रियावादी सरकारलाई बुझाउने अर्काे राष्ट्रघाती र जनघाती निर्णय गरेका थिए । यो कदम प्रतिक्रान्तिकै नमुना थियो ।
तेह्रौः २०६८ कार्तिक ४ गते भारत भ्रमणको सिलसिलामा तत्कालीन प्रधानमन्त्री रहेका बाबुराम भटराइले भारत सरकारसित विपपा सम्झौता गरेर राष्ट्रघातको कलंकको टिका पहिरिएका थिए ।
चौधौः २०६८ कार्तिक ७ गते प्रचण्ड–बाबुरामले संसदवादी दलहरुसित राष्ट्रघाती तथा जनघाती ७ बुँदे सम्झौता गरेर एमाओवादीलाई प्रतिक्रियावादी कित्तामा दर्ज गराएका थिए ।
पन्ध्रौः २०६८ चैत्र २८ गते प्रचण्ड–बाबुरामले जनमुक्ति सेनाका अस्थायी शिवीर हरुमा प्रतिक्रियावादी सेना परिचालन गरेर जनमुक्ति सेना आत्मसमर्पण गराउदै सातौ डिविजन सम्ममा रहेको जनमुक्ति सेनालाई विधिवत रुपमा विघटन गराएर भयंकर ठुलो गद्दारी गरेका छन् ।
सोह्रौः २०६९ जेठ १४ गते मध्यरातमा प्रचण्ड–बाबुरामले नेपाली जनतालाई कुनै सूचना नै नदिएर साम्राज्यवादी र विस्तारवादीको निर्देशनमा संविधानसभाको अवसान गराएर कथित दोस्रो संविधानसभाको लागि भदौ २०६९ कार्तीक ७ गतेका लागि निर्णयको नौटंकी ढ्वाङ फुकेका थिए । यो जनता र क्रान्तिप्रतिको गंभिर प्रकारको धोका र षडयन्त्र पथयो ।
अठारौंः प्रचण्ड वावुरामले २०६९ फाल्गुन ३० गते राती साम्राज्यवादी र विस्तारवादीहरुको निर्देशन र योजनामा संसदवादी दलहरुसीत राष्ट्रघाती तथा जनघाती सम्झौता र २०६९ चैत्र १ गते संविधानमाथि वाधा अडकाउ फूकाउ सम्बन्धी २५ वुदे आदेश राष्ट्रपति गर्न लगाएर अराजनीतिक, असंवैधानिक र प्रतिगामी कदम चाल्न पुगेको छ । चैत्र १ गतेको दिनलाई नेकपा–माओवादीले कालो दिनको रुपमा परिभाषित गरिसकेको छ । चैत्र १ गतेको प्रतिगामी कदमले मुलुकलाई प्रतिक्रान्तिको वाटोमा अग्रसर तुल्याएको छ ।
अतः प्रचण्डवावुरामले शाान्ति प्रक्रियामा प्रवेश गरेर पार्टीलाई संसदीय पार्टीको रुपमा परिणत गराइसकेपछि चुनाववाट बहुमत ल्याई सरकार बनाउने लालचाले विभिन्न पार्टी र समूहसीत एकताा गर्ने क्रममा विविध प्रकार विजातीय तत्वहरुलाई पार्टीमा हुल्ने हाडवाजी नै चलाएन थिए । पार्टी ठूलो बनाउने नाममा जनयुद्धदेखि डराएर भागेको नेकपा (एकताकेन्द्र) मसाललाई अत्यन्तै महत्वका साथ पार्टीमा भित्र्याएका थिए र पार्टी एकता गर्ने क्रममा माक्र्सवाद–लेनिनवाद–माओवादलाई पार्टीको पथप्रर्दशक सिद्धान्त मान्दै आएकोमा माक्र्सवाद–लेनिनवाद–माओवाद विचारधारा राखेर सारसंग्रवादी तथा चरम अवसरवादी नीति अवलम्वन गर्न पुगेको थियो । पार्टी नेतृत्वलाई नवसंशोधनवादमा पतन गराउने सिलसिलामा यस प्रकारको पार्टी एकताले महत्वपूर्ण भूमिका खेलेको प्रस्टै हुन्छ ।
माथिका तथ्यहरुको विश्लेषण गर्दा के संश्लेषणमा पुगिन्छ भने एमाओवादी एकाएक वा रातारात नवसंशोधनवादमा पतन हुन पुगेको थिएन । यसले विविध श्रृखलाहरु पार गर्दै योजनाबद्ध दंगले नवसंशोधनवादी यात्रा पार गर्दै पतनको भाषामा डुब्न पुगेको हो । र प्रचण्डवावुरामले योजनाबद्ध दंगले पार्टीलाई पतनको खाडलमा खसालेको विषयमा अव कतै दुइमत छैन ।
सारांस
माथि नै व्यापक चर्चा गरिएको छ, एमाले र एमाओवादी कम्युनिस्ट पार्टी होइन । कम्युनिस्ट पार्टी बन्न र रही रहनका लागि त माक्र्सवादका निश्चित मापदण्डहरु पुरा गरेको हुनु पर्दछ । माक्र्सवाद–लेनिनवाद–माअ‍ोवादलाई पथप्रर्दशक सिद्धान्त मान्नु पर्दछ र त्यसलाई व्यवहारमा उतारेको हुनु पर्दछ । यी दुबै पार्टी विचलित भैसकेका छन् । एमाले ऐतिहासिक झापा विद्रोहको जगमा टेकेर पार्टी निर्माण ग¥यो र एक कालखण्डमा ठूलो पार्टी पनि र पछिल्लो अवधिमा त्यही ऐतिहासिक झापा विद्रोहको व्याजको पनि स्याज खादै सिंगो पार्टी दक्षिणपन्थी संशोधनवादमा पतन गराई छाड्यो । त्यस्तै अर्काे कालखण्डमा महान दश वर्षे जनयुद्धको जगमा टेकेर एमाओवादी ठूलो पार्टी बन्न सफल भयो र पछिल्लो कालखण्डका आएर दश वर्षे जनयुद्धको व्याजको पनि स्याज खादै अहिले पार्टीलाई नवसंशोधनवादमा पतन गराई छोडेको छ । यसरी एमाले हुदै एमाओवादीसम्म आएर दक्षिणपन्थी संशोधनवाद तथा नवसंशोधनवादको विकास हुदासम्मको अवधिमा नेपालमा हजारौ नेपाली आमाका असल छोराछोरीहरुले यस धर्तीमा रगतको खोलो बगाए सकेका छन । आज कोसी, कालीगण्डकी, सेती, कर्णाली र राप्ती नदीहरुमा पानी मात्र बगेको छैन, त्यहा नेपाली आमाका ती आटी छोराछोरीहरुको रातो रगत समेत बगिरहेको छ । एमाले र एमाओवादी अर्थात प्रचण्डवावुरामहरुले नेपाली क्रान्ति र नेपाली जनता प्रति गंभीर प्रकारको गद्धारी र धोकादिइसकेका हन्ुन । यति भएर पनि ती संशोधनवादी र नवसंशोधनवादीहरु सीतसम्बन्ध बिच्छेद गरेर नेकपा–माओवादी पार्टी गठन भएर नेपाली क्रान्तिका झण्डालाई पुन माथि उठाउने काम भए पछि पुन एक पटक क्रान्तिकारी जनता र भाइचाराहरुका बीचमा आशा पलाएको छ । अव एमाले एमाओवादीभित्र पनि ठूलो संख्यामा क्रान्तिकारीहरु रहेका छन् । उनीहरुले गंभीररुपले सोच्ने बेला आई सकेको छ । कुनै पनि क्रान्तिकारीहरु गद्धारहरुका पछि लागेर क्रान्तिलाई घाता पु¥याउने कार्य गर्नु हुदैन ।

No comments:

Post a Comment