माक्र्सवाद–लेनिनवाद–माओवादको रक्षा, विकास र प्रयोगको प्रश्न
–हस्तबहादुर के.सी.
विषय प्रवेश ः
माक्र्सवादी–लेनिनवादी–माओवादी दर्शन सर्वहारा वर्गको मुक्तिको सैद्धान्तिक अस्त्र हो । सर्वहारावर्गलाई मार्गदर्शन र पथप्रदर्शन गर्ने मालेमावादी दर्शनबाहेक संसारमा अर्काे कुनै वैज्ञानिक र क्रान्तिकारी दर्शन र सिद्धान्त छैन । आज संसारमा धेरै प्रकारका दर्शनहरू देखिए पनि मुख्यतया दुई प्रकारका दर्शन छन्, जो चेतनालाई आदि तत्व मान्ने, जगतलाई त्यसको स्वतस्फूर्ततामा मान्ने र संसार अबोधगम्य छ अर्थात् जान्नै नसकिने खालको छ भन्ने अध्यात्मवादी (आदर्शवादी) दर्शन र अर्काे पदार्थलाई आदितत्व मान्ने अर्थात् संसार बोधगम्य छ र संसारका सबै कुरा जान्न सकिन्छ, बुझ्न सकिन्छ भन्ने दर्शन भौतिकवादी दर्शन हो । माक्र्सवादी दर्शन द्वन्द्वात्मक भौतिकवादी तथा ऐतिहासिक भौतिकवादी दर्शन हो । माक्र्सवाद द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी विश्वदृष्टिकोणमा आधारित छ । माक्र्सवादी दर्शनका दुइ भाग छन्–द्वन्द्वात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवाद ।
माक्र्सवादको दार्शनिक आधार द्वन्द्वात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवाद हो । माक्र्सको दर्शन द्वन्द्व तथा ऐतिहासिक भौतिकवादी दर्शन हो । यसले पदार्थ, प्राकृतिक वा सामाजिक सत्तालाई पहिलो र चेतना, विचार वा सामाजिक चेतनालाई दोस्रो स्थानमा राख्ने गर्छ । माक्र्सवादी दर्शन भनेको द्वन्द्वात्मक भौतिकवाद हो । यसमा भौतिकवाद र द्वन्द्ववाद अभिन्न रूपले सम्बन्धित भएका छन् । निश्चित सामाजिक र आर्थिक अवस्थाले नै यसलाई जन्माएको हो र यसको सुनिश्चित वैज्ञानिक तथा दार्शनिक पूर्वाधार पनि यही हो । वैज्ञानिक तथा दार्शनिक चिन्तनको सम्पूर्ण गतिविधिले माक्र्सवादी दर्शनको प्रादुर्भाव गरेको हो । जीवन र जगतको विकासको सामान्य चित्रको अध्ययन गर्नु भौतिवादी द्वन्द्ववादको एउटा महत्वपूर्ण लक्ष्य हो । यस विषयमा फ्रेडरिक एङ्गेल्सले लेख्नुभएको छ– ‘द्वन्द्ववाद भनेको प्रकृति, मानवसमाज र चिन्तनको गतिसम्बन्धी सार्वभौम नियमहरूको अध्ययन गर्ने नियम हो । यो पुँजीवादको प्रारम्भिक अवस्थामा विकसित भएको हो । माक्र्सवाद एक व्यावहारिक विज्ञान हो । माक्र्सवाद हाम्रो युगको सबभन्दा उन्नत विज्ञानसँग सम्बन्धित दर्शन हो ।’
प्रकृति, समाज, राज्यव्यवस्था आदिका बारेमा कार्लमाक्र्स र फ्रेडरिक एङ्ल्सले महान् खोज र प्रयोगद्वारा निकाल्नुभएको वैज्ञानिक तथा क्रान्तिकारी विचार सिद्धान्त र व्यवहारलाई माक्र्सवाद भनिन्छ । माक्र्सवादले पँुजीपतिवर्गको राज्यव्यवस्थालाई ध्वस्त पारी सर्वहाराको राज्यव्यवस्था स्थापना गर्ने सही क्रान्तिकारी बाटो देखाँउछ । माक्र्सवादका मौलिक विशेषता द्वन्द्वात्मक भौतिकवाद, ऐतिहासिक भौतिकवाद, वर्गसङ्घर्ष, अतिरिक्त मूल्यको सिद्धान्त र श्रम विभाजनमा आधारित बलप्रयोगको सिद्धान्त हो । माक्र्सवादले जीवन र जगतलाई द्वन्द्वात्मक एवं ऐतिहासिक भौतिकवादी ढङ्गले हेर्ने, बुझ्ने, व्याख्या गर्ने र संसार बदल्न बाटो देखाउने काम गर्छ । माक्र्सवाद जीवन र जगत अध्ययन गर्ने पद्धति भएकाले प्रकृति, जीवन, समाज र चिन्तनलाई अध्ययन गराउने गर्छ ।
माक्र्सवादको प्रतिपादनले दर्शनका क्षेत्रमा महान् क्रान्ति ल्याइदियो । माक्र्सवादी दर्शनको जन्म मानवचिन्तनको उज्वल तथा प्रगतिशील परम्परालाई आत्मसात गरेर भएको हो । वर्गीय समाजमा प्रत्येक दर्शन वर्गीय रहने कुरा माक्र्सवादी दर्शनमा पनि लागू हुन्छ । माक्र्सवादी दर्शन सर्वहारावर्गको दर्शन हो । यसलाई स्टालिनले माक्र्सवादी लेनिनवादी पार्टीको विश्वदृष्टिकोणका रूपमा परिभाषित गर्नुभएको छ । माक्र्सवादी दर्शनको उत्पत्ति ऐतिहासिक आवश्यकताबाट भएको हो । सर्वहारावर्गका लागि एक साँच्चिकै वैज्ञानिक सिद्धान्त र वैज्ञानिक दर्शनको खाँचो प¥यो । यसको परिपूर्ती माक्र्सवादी दर्शन अर्थात द्वन्द्वात्मक भौतिकवादी दर्शनका रूपमा माक्र्सवादी दर्शनले पुरानो पुँजीवादको विनाश र नयाँ साम्यवादी विश्वको सिर्जनाका लागि अर्थात द्वन्द्वात्मक भौतिकवादी दर्शनले न्यायोचित आधार र निर्देशन प्रदान गरेको छ । यसमा विश्वसर्वहारावर्गले संसारलाई ठीकसित बुझ्ने र त्यसलाई फेर्ने एक अचुक बौद्धिक अस्त्र भेटाएको छ । यस विषयमा लेनिनले भन्नुभएको छ– ‘माक्र्सवादी दर्शन एउटा यस्तो परिपूर्ण दार्शनिक भौतिकवाद हो जसले मानव जातिलाई र खास रूपले मजदुर वर्गलाई ज्ञानको शक्तिशाली औजार प्रदान गरेको छ ।’ मानवसमाजमा सर्वहारावर्ग सबैभन्दा शक्तिशाली वर्ग हो । यसबारे कार्लमाक्र्सले यसरी व्याख्या गर्नुभएको छ– ‘जसरी दर्शनले सर्वहारावर्गमा आफ्नो भौतिक हतियार भेटाउँछ, त्यसरी नै सर्वहारा दर्शनमा आफ्नो बौद्धिक हतियार भेटाउँछ ।’ माक्र्सवादी दर्शनको दार्शनिक पक्षको महत्वलाई माओत्सेतुङले यसरी दर्शाउनु भएको छ– ‘माक्र्सवादी ज्ञान अनेक शाखाहरूबाट बनेको हुन्छ ।’
कम्युनिस्ट घोषणपत्रपछि विश्वका विभिन्न कम्युनिस्ट पार्टीहरूको विकासप्रक्रिया सशक्त रूपमा अघि बढ्यो । त्यसै क्रममा माक्र्स र एङ्गेल्स मिलेर सन् १९६४ मा पहिलोपटक अन्तर्राष्टिय (कम्युनिस्ट इन्टरनेसनल) स्थापना गर्नुभएको थियो । त्यो सन् १८७२ सम्म कायम रहेको थियो । माक्र्सको निधन भएपछि एङ्गेल्सको नेतृत्वमा १९१४ सम्म कायम रह्यो । माक्र्स र एङ्गेल्सले कम्युनिस्ट आन्दोलनमा विद्यमान अवसरवाद, अराजकतावादविरुद्ध भीषण सङ्घर्ष माक्र्सवादलाई समृद्धशाली बनाउनु पनि भयो ।
माक्र्सवाद सर्वहारा क्रान्तिको विज्ञान हो । यो पुँजीवादको प्रारम्भिक अवस्थामा विकसित भएको हो । आज त्यो दर्शन माक्र्सवाद–लेनिनवाद–माओवादमा विकास भएको छ । त्यसलाई तीन चरणमा विभक्त गरेर हेर्न सकिन्छ । किनकि माक्र्सवादले माक्र्सवादको चरण, लेनिनवादको चरण र माओवादको चरण गरी तीन चरणमा आफूलाई विकसित तुल्याउँदै ल्याएको छ । अर्थात, माक्र्सवादको लेनिनवादमा, लेनिनवादको माओवादमा जुन विकास भयो त्यसका तीन गुणात्मक चरण छन तिनलाई निम्नानुसार प्रस्तुत गर्न सकिन्छ ।
१. माक्र्सवादको चरण ः
वैज्ञानिक साम्यवादका प्रवर्तक तथा जर्मन दार्शनिक कार्ल माक्र्स (१८१८–१८८३) र उहाँका निकटतम सहयोगी फ्रेडरिक एंगेल्स (१८२०–१८९५) कम्युनिस्टहरूको पहिलो सङ्गठन ‘कम्युनिस्ट लिग’ मा सङ्गठित भएर क्रियाशील हुनुभयो । कम्युनिस्ट लिगको दोस्रो काङ्ग्रेस नोभेम्बर सन् १८४७ मा लण्डनमा आयोजना भयो । त्यस काँङ्ग्रेसमा माक्र्स र एंगेल्सले भाग लिनुभयो । त्यसै काँङ्ग्रेसले माक्र्स र एंगेल्सललाई कम्युनिस्ट पार्टीको घोषणापत्रको मस्यौदा तयार पार्ने जिम्मेवारी सुम्पियो । उहाँहरूले पुरा एक वर्ष लगातार कम्युनिस्ट घोषणापत्रको मस्यौदा तयार पार्नु भयो र सन् १८४८ को फेब्रुअरीमा कम्युनिस्ट घोषणापत्र जारी गर्नुभयो । त्यसपछि कम्युनिस्ट घोषणापत्र वैज्ञानिक माक्र्सवादका रूपमा स्थापित अर्थात द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद, अतिरिक्त मूल्यको सिद्धान्त, वर्गसङ्घर्ष तथा इतिहासमा बल प्रयोगको भूमिका र वैज्ञानिक समाजवाद यसका आधारभूत मान्यता हुन ।
माक्र्सवादी दर्शन, माक्र्सवादी अर्थशास्त्र र माक्र्सवादी समाजवाद अर्थात वर्गसङ्घर्षको सिद्धान्त तर जग चाही माक्र्सवादी दर्शन हो । यदि त्यसलाई मनन् गरिदैन भने हाम्रो एउटा साझा भाषा वा कुनै साझा तरिका हुने छैन, हामी चीजहरूलाई स्पष्ट नपारीकन यताउताको कुरा उठाई तर्क मात्र गरिरहेका हुनेछौ । द्वन्द्वात्मक भौतिकवादलाई मनन गरिसकेपछि थुप्रै दुःख कष्टबाट जोगिने छ र धेरै गल्तीहरू हट्ने छन ् ।
गर्ने क्रम माक्र्स र एंगेल्सले आफ्नो समयमा एकातिर लासाल तथा प्रुधोको सुधारवाद र ब्लाङ्की तथा बाकुनियनको उग्रवामपन्थी अराजकतावाद जस्ता दुईथरी गलत प्रवृत्तिका विरुद्ध सङ्घर्ष गर्दै माक्र्सवादी सिद्धान्तको रक्षा र विकास गर्दै त्यसलाई समृद्धशाली तुल्याउनु भएको छ ।
यही नै रुसमा स्थापित कम्युनिस्ट पार्टी थियो र यसलाई लेनिनले नयाँ ढङ्गले विकास गर्नु भयो । माक्र्सवादको गुणात्मक विकासको दोस्रो चरण लेनिनवाद हो । पुँजीवादले साम्राज्यवादमा प्रवेश गर्नु, उत्पादन शक्ति, सर्वहारा आन्दोलन तथा ज्ञानविज्ञानका विविध क्षेत्रमा थप प्रगति हुँदै जानु र यस प्रकारको नयाँ परिस्थिति अनुरुप माक्र्सवादलाई नयाँ उचाइमा विकसित गर्नु पर्ने ऐतिहासिक आवश्यकताका बीचबाट लेनिनवाद जन्मियो । पुँजीवादको चरम अवस्था साम्राज्यवाद भएको व्याख्या गर्दै लेनिनले साम्राज्यवाद र सर्वहारावर्गबीच भीषण सङ्घर्ष हुने उल्लेख गर्नु भयो । लेनिनवाद भनेको साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगको माक्र्सवाद हो । लेनिनवाद सामान्यत ः सर्वहाराक्रान्तिको सिद्धान्त तथा कार्यनीति र विशेषता ः सर्वहारावर्गको अधिनायकतन्त्रको सिद्धान्त र कार्यनीति हो ।
गरेर त्यसको नेतृत्व गर्दै उहाँले माक्र्सवादको रक्षा, विकास र प्रयोग गर्ने कार्यमा महत्वपूर्ण योगदान गर्नभयो ।
सामन्तवादी साम्राज्यवादी शोषणको दोहोरो उत्पीडनबाट आक्रान्त अविकसित देशहरूका क्रान्तिका समस्याहरूको समाधान गर्नु पर्ने, समाजवादी समाजभित्र उत्पन्न अन्तरविरोधहरूको समाधान गर्नुपर्ने र आधुनिक संशोधनवादका विरुद्धको लडाइँ लड्नु पर्ने ऐतिहासिक आवश्यकताको पृष्ठभूमिमा माओद्वारा माक्र्सवाद लेनिनवादको थप परिमार्जन तथा विकास गरि त्यसलाई माक्र्सवाद लेनिनवाद माओवादको तेस्रो, नयाँ गुणात्मक उचाईमा पु¥याउने काम भयो । यो नै विश्वसर्वहारा वर्गको मुक्तिको सैद्धान्ति हतियार बन्न पुग्यो ।
२. लेनिनवादको चरण ः
रुसमा माक्र्सवादको प्रचारप्रसार गर्ने पहिलो व्यक्ति प्लेखानोभ थिए । सन् १८८३ मा प्लेखानोभको नेतृत्वमा पहिलो माक्र्सवादी समूहको गठन गरिएको थियो । पँुजीवादको चरम अवस्था साम्राज्यवाद भएको व्याख्या गर्दै लेनिनले साम्राज्यवाद र सर्वहारावर्गबीचमा भीषण सङ्घर्ष हुने उल्लेख गर्नुभयो । पुँजीवादले साम्राज्यवादमा प्रवेश गर्नु उत्पादन शक्ति, सर्वहारा आन्दोलन तथा ज्ञानविज्ञान विविध क्षेत्रमा थप प्रगति गर्दै जानु र यसप्रकारको नयाँ परिस्थितिअनुरुप माक्र्सवादको विकास हुन पुग्यो । महान् लेनिनले पार्टी निर्माण र परिचालनको सिद्धान्त लेनिनवादी सङ्गठनात्मक पद्धतिको प्रतिपादन गर्नुभयो । साम्राज्यवाद र संशोधनवादको चिरफार गर्दै क्रान्तिका कामहरूलाई कसरी अगाडि बढाउनुपर्ने आवश्यकता परिपूर्ती गर्ने काम लेनिनबाट भयो । लेनिनले रुसमा सन् १९१७ अक्टुबर २५ तारिखमा महान् रुसी अक्टुवर समाजवादी क्रान्ति सम्पन्न गरेर माक्र्सवादको सफल प्रयोग गर्नुभयो । यसै प्रक्रियामा लेनिनले सन् १९१९ मा तेस्रो अन्तर्राष्ट्रियको गठन गर्नुभयो ।
साम्राज्यवादको सारतत्व र हिंसापूर्ण क्रान्तिको अधिनायकत्वलाई लेनिनले थप योगदान गर्नुभयो । माक्र्सवादी, लेनिनवादी विश्वदृष्टिकोणलाई क्रान्तिको कार्यदिशासँग गाँस्ने वर्गदुस्मन तथा संशोधनवादका विरुद्ध वर्गसङ्घर्ष तथा दुईलाइन सङ्घर्ष समाधान गर्दै समाजवादको स्थापना तथा निर्माण गर्ने काममा लेनिनको भूमिका अद्धितीय रहेको छ । लेनिन अर्थशास्त्र र जनविद्रोहको सङ्गठनकर्ता, योजनाकार र प्रयोगकर्ता समेत हुनुहुन्छ । आजको भूमण्डलीकृत साम्राज्यवाद र विश्वसर्वहारा क्रान्तिको युगमा लेनिनको सान्दर्भिकता बढेर गएको छ ।
३. माओवादको चरण ः
माओत्सेतुङ (सन् १८९३ देखि १९७६) चिनीयाँ कम्युनिस्ट पार्टीका शिक्षाध्यक्ष र माओवादका प्रवर्तक हुनुहुन्छ । माक्र्सवाद, लेनिनवादको विकास प्रक्रियामा माओवादको गुणात्मक विकासको तेस्रो र नयाँ चरणमा माओवादको जन्म भयो । सर्वहारा क्रान्तिको विज्ञानका रूपमा विकसित हुन पुग्यो । माक्र्सवाद स्वयं एउटा विज्ञान भएकाले यसको निरन्तर विकास हुनु स्वाभाविक प्रक्रिया हो ।
वर्गसङ्घर्षका नयाँ अनुभव र समस्याहरूका सन्दर्भमा लेनिनद्वारा, माक्र्सवादलाई त्यसको समग्रतामा विकासको दोस्रो चरण लेनिनवादको चरणमा पु¥याउने काम भयो । आजको यो विज्ञान सङ्घर्षकै क्रममा माक्र्सवादको विकासको तेस्रो नयाँ चरणमा माओवादको गुणात्मक रूपमा विकास हुन पुग्यो । आज अन्तर्राष्ट्रिय सर्वहारावर्गको हातमा एउटा सार्वभौम सिद्धान्तको सिङ्गो अभेद्य हतियारका रूपमा माक्र्सवाद–लेनिनवाद–माओवाद रहेको छ र मालेमावाद विश्व सर्वहारावर्गको मुक्तिको मार्गनिर्देशक सिद्धान्त बनेको छ । माओवादलाई आजको विश्वको माक्र्सवाद, लेनिनवादका रूपमा ग्रहण नगरी कोही पनि सच्चा कम्युनिस्ट बन्न सक्दैन । जसरी माक्र्सवाद–लेनिनवादको स्थापना कम्युनिस्ट क्रान्तिकारीहरूद्वारा सबैखाले प्रतिक्रियावाद, संशोधनवाद र अवसरवादका क्रममा भएको हो, त्यसैगरी नै माओवादको स्थापना पनि निर्मम वर्गसङ्घर्षका बीचबाट भएको हो ।
माओत्सेतुङद्वारा प्रतिपादित मााओवादी विश्वदृष्टिकोण मूलतः द्वन्द्वात्मक भौतिकवादको सारतत्वका रूपमा अन्तरविरोधहरूको अध्ययन र व्याख्या गर्ने, एकको दुईमा विभाजन हुन्छ भन्ने कुराको समृद्ध व्याख्या र प्रयोग, ज्ञान सिद्धान्तको क्षेत्रमा पदार्थको चेतना र चेतनाको पदार्थमा रूपान्तरणको दुई छलाङको सिद्धान्तका रूपमा विकास र व्याख्या रहेको छ । साथै नयाँ जनवाद, दीर्घकालीन जनयुद्ध, सर्वहारावर्गको अधिनायकत्वअन्तर्गत, निन्तर क्रान्तिको सिद्धान्त तथा महान् सर्वहारा सांस्कृतिक क्रान्तिको सिद्धान्तको प्रतिपादन तथा बलप्रयोग, वर्गसङ्घर्षलाई मुख्य कडी मान्ने आधार र उपरिसंरचना, उत्पादक शक्ति र उत्पादन सम्बन्ध अनि सिद्धान्त र व्यवहारबीचको व्याख्या, विवेचना र परिमार्जन इतिहास निर्माणमा जनसमुदायको भूमिकाको उच्च मूल्याङ्कनसहित जनदिशाको मान्यता निर्धारणसहितको विचारद्वारा ऐतिहासिक भौतिकवादका क्षेत्रमा महत्वपूर्ण योगदान, दर्शनलाई जनसमुदायका बीचमा पु¥याउनु पर्ने कुरामा जोड, विश्वदृष्टिकोण र कार्यदिशाबीचको अन्तरसम्बन्धको प्रस्तुति ः वर्गसङ्घर्ष तथा दुई लाइन सङ्घर्षका समस्याहरूको समाधानका लागि रणनीति तथा कार्यनीतिको विकास र संशोधनवादका विरुद्ध निर्मम सङ्घर्ष सञ्चालन गर्ने विशेषताहरू माओवादका प्रमुख योगदान हुन । यसरी माओवाद आजको युगको माक्र्सवाद बन्न पुगेको हो ।
दुईलाइन सङ्घर्षको प्रश्न ः
माओले पार्टीभित्र चल्ने दुइलाइन सङ्घर्ष नै पार्टी जीवनको प्रेरक हुने यथार्थलाई स्पष्ट पार्दै समाजमा चल्ने वर्गसङ्घर्ष र पार्टीभित्र चल्ने दुइलाइन सङ्घर्षको अन्तरसम्बन्धलाई स्पष्ट समाजमा वर्गरहेसम्म पार्टी रहने र पार्टी रहेसम्म विचारधारात्मक सङ्घर्ष पनि तथ्यको विज्ञानसम्मत व्याख्या प्रस्तुत गर्दै एकमना एकता सम्बन्धी धारणालाई द्वन्द्वावादविरोधी बताउँदै त्यसको ठाडै इन्कार गर्नु भयो । नयाँ आयाम थप्ने काम गर्नु भएको छ र सही र गलत विचारका बीचमा पार्टीभित्र निरन्तर सङ्घर्ष चलिरहन्छ र निश्चित अवस्थामा पुगेपछि गलत विचार संशोधनवादका रूपमा प्रकट हुन्छ र क्रान्तिकारीहरूसँग त्यसको शत्रुतापूर्ण सङ्घर्षको रुप लिन्छ । यदि गैरसर्वहारावादी विचार हावी हुन गएमा पार्टीको पूरै रङ्ग बदलिन जान्छ । अतः क्रान्तिकारीहरूले हमेसा दुइलाइन सङ्घर्षका बीचबाट पार्टीको निरन्तर क्रान्तिकरण गरिरहनु पर्दछ भन्ने द्वन्द्वात्मक भौतिकवादी धारणा प्रस्तुत गर्नु भएको छ ।
स्टालिनको मृत्युपश्चात सोभियत सङ्घमा प्रतिक्रान्तिकारी षड्यन्त्रमार्फत ख्रुश्चोभी संशोधनवादले १९५६ मा आयोजना गरिएको पार्टीको २०औं महाधिवेशनमा नेतृत्व कब्जा ग¥यो र त्यसपछि सोभियत सङ्घमा पुँजीवादको पुनस्र्थापना भयो । रूसमा पुँजीवादको पुनस्र्थापनाबाट उत्साही चीनका दक्षिणपन्थीहरूले पार्टीको सर्वहारावादी क्रान्तिकारी लाइनका विरुद्ध हमला बढाउँदै लगे । त्यस जटिल परिस्थितिमा उभिएर माओले समाजवादमा वर्गसङ्घर्षको स्थितिबारे गम्भीर चिन्तन र अध्ययन गरेर देशबाहिर ख्रुस्चोभी आधुनिक संशोधनवादका विरुद्ध र पार्टीभित्र दक्षिणपन्थी अवसरवादका विरुद्ध सङ्घर्षको झण्डा उठाउनु भयो । त्यो भीषण एवं जीवनमरणको सङ्घर्षका बीचबाट माओले समाजवादमा वर्गसङ्घर्षको स्थितिको वैज्ञानिक व्याख्यासहित त्यसलाई रोक्ने सिद्धान्तका रूपमा सर्वहारावर्गको अधिनायकत्व अन्तरगत निरन्तर क्रान्तिको धारणा प्रस्तुत गर्नुभयो । यही वैज्ञानिक धारणाका आधारमा मानव जातिकै इतिहासमा अभूतपूर्व जनक्रान्तिका रूपमा महान् सर्वहारा सांस्कृतिक क्रान्तिको नेतृत्व गर्नुभयो र सिङ्गो भूमण्डल थर्काउने त्यो क्रान्तिमार्फत माओले समाजवादी समाजमा पुँजीवादको पुनस्थापना रोक्ने नयाँ हतियारद्वारा सर्वहारावर्गलाई सुसज्जित पार्नु भयो । यो महान् योगदानले माओलाई माक्र्सवादको तेस्रो, नयाँ र उच्च चरण माक्र्सवाद–लेनिनवाद–माओवादका प्रवर्तकका रूपमा स्थापित गरायो । यो महान् सर्वहारा सांस्कृतिक क्रान्तिले चीनमा पुँजीवादको स्थापनालाई रोक्यो । तर, उहाँको निधन भएको एक महिना नपुग्दै प्रतिक्रान्तिकारी षडयन्त्रद्वारा पुँजीवादको स्थापना गर्न पुँजीवादपन्थी सफल भए ।
यसरी माक्र्स एंगेल्स, लेनिन, स्टालिन र माओले पार्टी बाहिर भीषण वर्गसङ्घर्ष र पार्टीभित्र भीषण दुइलाइन तथा विचारधारात्मक अन्तरसङ्घर्ष सञ्चालन गरेर माक्र्सवादको रक्षा, विकास र प्रयोग गर्नु भएको थियो ।
वर्तमान अवस्थामा मालेमावादको स्थिति ः
सन १९९१ मा पुगेर सोभियत समाजवादलाई ख्रुस्चोभपन्थी नवसंशोधनवादीहरूले औपचारिक रूपमा विघटन गरेको घोषणा गरे । त्यसपश्चात विश्व कम्युनिस्ट आन्दोलन रक्षात्मक स्थितिमा पुग्यो र यो आन्दोलन दक्षिणपन्थी संशोधनवाद हावी हुन पुग्यो । त्यही परिस्थितिमा २०५२ साल फाल्गुन १ गतेदेखि तत्कालीन नेकपा (माओवादी)ले सशस्त्र जनयुद्धको सुरुआत ग¥यो । यसले लडाकु दस्ता, छापामार दस्ता, जनमिलिसिया हुँदै जनमुक्तिसेनाको निर्माण समेत गरेर आधार इलाकाहरूको निर्माण, नयाँ जनसत्ताहरू र जनसरकारहरूको निर्माण परिचालन गरेर समानान्तर सरकार समेत सञ्चालन गरेर वर्गसङ्घर्षलाई भीषण तुल्यायो । दश वर्षसम्म सञ्चालन गरेको सशस्त्र जनयुद्धले साम्राज्यवादीहरू र विस्तारवादीहरूलाई मात्र होइन संशोधनवादी गद्धारहरूलाई समेत थर्कमान तुल्याइदियो र महान् दश बर्से सशस्त्र जनयुद्धको माध्यमबाट माओवादी पार्टीले नेपालको कम्युनिस्ट आन्दोलनको इतिहास र राजनीतिक इतिहासमा मात्र होइन, विश्व मानव समुदायमा नै आफ्नो गौरवशाली इतिहास निर्माण गर्न सफल भयो । माओवादी पार्टीले यी महान् उपलब्धीहरू प्राप्त गर्नुको पछाडिको प्रमुख कारण माक्र्सवाद लेनिनवाद माओवादलाई व्यावहारिक रूपमा सशस्त्र सङ्घर्षको माध्यमबाट प्रयोग गर्नुले नै हो भन्ने माक्र्सवादी द्वन्द्वात्मक भौतिकवादको आधारभूत नियमहरूलाई गहिराइका साथ हृदयंगम गर्न जरुरी हुन्छ । यसरी माक्र्सवाद–लेनिनवाद–माओवाद क्रान्तिकारी कम्युनिस्ट पार्टीको मार्गदर्शक सिद्धान्त र पथप्रदर्शक सिद्धान्त बन्न पुगेको छ । माक्र्सवाद–लेनिनवाद–माओवादलाई मार्गदर्शक सिद्धान्त र पथप्रदर्शक सिद्धान्त नमान्ने कम्युनिस्ट पार्टीहरू सही अर्थमा कम्युनिस्ट पार्टी नै मानिदैनन् । यसरी आजको भूमण्डलीकृत साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगको मार्गदर्शक सिद्धान्त र पथप्रदर्शक सिद्धान्त बन्न पुगेको छ–माक्र्सवाद–लेनिनवाद–माओवाद ।
मालेमावादको रक्षा, विकास र प्रयोगको प्रश्न ः
माक्र्सवाद–लेनिनवाद–माओवादको रक्षा, विकास र प्रयोगको प्रश्न क्रान्तिकारीहरूका लागि अहम महत्वको प्रश्न हो । मोलमावाद भनेको के हो र यसको जन्म र विकासको प्रक्रिया कसरी विकसित हुँदै आएको छ भन्ने विषयमा माथि धेरै हदसम्म चर्चा भइसकेको छ । यहाँ उल्लेख गर्न खोजिएको प्रश्न भनेको यसको रक्षा, विकास र प्रयोग कसरी गर्ने भन्ने नै रहेको छ ।
माक्र्सवाद –लेनिनवाद–माओवाद सर्वहारा क्रान्तिको विज्ञान भएकोले यसको रक्षा, विकास र प्रयोग भीषण वर्गसङ्घर्ष र दुइलाइन सङ्घर्ष वा विचारधारात्मक अन्तरसङ्घर्षको बीचबाट मात्र गर्न सकिन्छ । माक्र्स, एंगेल्सले माक्र्सवादको रक्षा र विकास भीषण वर्गसङ्घर्ष र दुइलाइन सङ्घर्ष कै बीचबाट गर्नु भएको थियो । त्यस्तै भी.आई. लेनिनले पनि माक्र्सवादको रक्षा, विकास र प्रयोग भीषण वर्गसङ्घर्ष र दुइलाइन सङ्घर्ष वा विचारधारात्मक अन्तरसङ्घर्षकै बीचबाट महान् रुसी अक्टुवर समाजवादी क्रान्ति सम्पन्न गरेर व्यवहारबाटै सिद्ध गरिदिनु भयो । त्यसै प्रक्रियामा लेनिनवादको जन्म भयो । र माक्र्सवाद–लेनिनवाद–साम्राज्यवाद र सर्वहारा क्रान्ति बीचको भीषण वर्गसङ्घर्षको मार्गदर्शक सिद्धान्त बन्न पुग्यो । साथै माओत्सेतुङले पनि भीषण वर्गसङ्घर्ष र दुइलाइन सङ्घर्ष वा विचारधारात्मक अन्तरसङ्घर्षकै बीचबाट माक्र्सवाद–लेनिनवादको रक्षा, विकास र प्रयोग महान् चिनियाँ नयाँ जनवादी क्रान्ति सम्पन्न गरेर र महान् दश बर्से सर्वहारा सांस्कृतिक क्रान्ति सम्पन्न गरेर व्यवहारद्वारा प्रमाणित गरिदिनु भयो र माक्र्सवाद–लेनिनवादको ज्ञानको भण्डारमा थप माक्र्सवाद–लेनिनवाद–माओवाद भूमण्डलीकृत साम्राज्यवाद र सर्वहारा क्रान्तिको वैज्ञानिक सिद्धान्त बन्न पुग्यो । अतः जहाँ कहीँ र इतिहासदेखि नै माक्र्सवाद–लेनिनवाद–माओवादको रक्षा, विकास र प्रयोग भीषण वर्गसङ्घर्ष र दुइलाइन सङ्घर्षका बीचबाट मात्र भएको छ । मूलतः यसको रक्षा, विकास र प्रयोग सङ्घर्षबाट मात्रै हुन सक्तछ । यही नै माक्र्सवादको सार्वभौम नियम हो ।
अहिले मालेमावादकै खोल ओढेका नक्कली मालेमावादीहरू र संशोधनवादीहरूबाट माक्र्सवाद–लेनिनवाद–माओवादमाथि भीषण आक्रमण भइरहेको छ । २१ औं शताब्दीको पहिलो दशक मै विश्वलाई नै आश्चर्यचकित तुल्याउने चमत्कार प्रदर्शन गर्न सफल भएको नेकपा (माओवादी)को मूल नेतृत्वले समेत २०६५ पुस मै पार्टी एकता गर्ने क्रममा पार्टीले मार्गदर्शक सिद्धान्त मान्दै आएको माक्र्सवाद–लेनिनवाद–माओवादलाई, माक्र्सवाद–लेनिनवाद–माअोवाद विचार भन्ने शब्दावलीलाई मार्गदर्शक मानेर सारसंग्रहवादी चिन्तन पकड्न पुग्नु, नेपाली क्रान्ति सम्पन्न नहुँदै सशस्त्र जनयुद्धलाई विसर्जन गरिएको घोषणा गर्नु र आफ्नै हातले हजारौं नेपाली आमाका असल छोराछोरीहरूको रगतको ताकतले निर्माण हुन पुगेको जनमुक्ति सेना नेपाललाई प्रतिक्रियावादी सेनालाई परिचालन गरेर आत्मसमर्पण गराउँदै त्यसको विधिवत रूपमै विसर्जन गराउनु र एमाओवादी भित्रका क्रान्तिकारीहरूलाई इतिहासदेखि नै संशोधनवादीहरूले प्रयोग गर्दै आएका उग्रवामपन्थी, जडसूत्रीयवादी, लफ्फाजीहरू र लम्पट सर्वहारा तथा अराजकतावादीको शब्द प्रयोग गर्दै भीषण सङ्घर्षमा उत्रिनु जस्ता क्रियाकलापहरू र व्यावहारबाट अहिले माक्र्सवाद–लेनिनवाद–माओवादमाथि भीषण आक्रमण भइरहेको छ । फेरि पनि यसको रक्षा, विकास र प्रयोगको निम्ति एमाओवादी भित्रको क्रान्तिकारी विचारसमूहले भीषण दुइलाइन सङ्घर्ष वा विचारधारात्मक अन्तरसङ्घर्षलाई उत्कर्षतिर विकसित तुल्याइरहेको छ र नेपाली क्रान्ति र विश्वक्रान्तिकै रक्षा र विकासको निम्ति वर्तमान नेपाली क्रान्तिको क्रान्तिकारी जनविद्रोहको कार्यदिशालाई दृदतापूर्वक आत्मसात गरेर नेपाली क्रान्तिलाई विजयको दिशातिर अगाडि बढाउने दृदता व्यवहारद्वारा जाहेर गरिरहेको छ । यसै प्रक्रियाबाट मात्र माक्र्सवाद–लेनिनवादलाई र माओवादको रक्षा, विकास र प्रयोग गर्न सकिन्छ । क्रान्तिकारीहरूका सामु यसको विकल्प छैन ।

No comments:
Post a Comment