Saturday, August 31, 2013

मार्क्सवाद र मार्क्सवादी ज्ञान–सिद्धान्त
हस्तबहादुर केसी
दर्शन के हो ?
जीवन र जगत्को बारेमा बुझ्न, अध्ययन गर्न, विश्लेषण गर्न र मालेमावादी सिद्धान्तलाई जीवन दर्शनको रूपमा ग्रहण गर्नको निम्ति यो माक्र्सवादी ज्ञान सिद्धान्तले सम्पूर्ण कम्युनिस्ट क्रान्तिकारीहरूलाई मद्दत गर्नेछ भन्ने हेतुले यो लेख लेख्ने प्रयत्न गरिएको छ । दर्शन भनेको कुनै वस्तुलाई हेर्ने, बुझ्ने र व्याख्या गर्ने साधनको नाम हो । अर्को शब्दमा दर्शन भनेको मानिसको भित्री आँखा हो, जुन आँखाले जीवन र जगत्का बारेमा हेर्न, बुझ्न र व्याख्या गर्नेक्रममा मद्दत गर्दछ ।
जीवन र जगत्का सामान्य नियमहरूको अध्ययन गर्ने साधनको नाम नै दर्शन हो । ‘दर्शन’ शब्दको साधारण अर्थ ‘हेर्नु’ भन्ने हुन्छ । यसको व्यापक अर्थ ‘हेर्न खोज्नु’ र ‘बुझ्नु’ हुन्छ विश्वको उत्पत्ति कसरी भयो ? पृथ्वीमा जीवजन्तु र मानिसको उत्पत्ति कसरी भयो ? जीवन र जगत्लाई चलाउने चालक शक्ति वा नियम के हुन् ? भविष्यमा विश्वको स्थिति के हुनेछ ? आदि विषयहरूको खोज, व्याख्या र दृष्टिकोणलाई दर्शन भनिन्छ । साथै, मानव जीवनका उद्देश्य, कर्तव्य, मूल्य–मान्यता र आदर्श के हुन् ? के प्रकृति र समाजमा कुनै व्यवस्था र नियम सङ्गति छ ? के मान्छेले प्रकृति र समाजको सम्पूर्ण ज्ञान प्राप्त गर्न सक्छ ? के मानिस आफ्नो ज्ञान र व्यावहारिक क्रियाशीलताका आधारमा प्रकृतिलाई बदल्न सम्भव छ । यी र यस्तै अनेकौँ प्रश्नहरूको सही जवाफ खोज्ने मान्छेको जिज्ञासावृत्तिको उपज र अभिव्यक्ति नै दर्शन हो । अतः दर्शन भनेको मानिसको विश्वदृष्टिकोण ९ध्यचमि इगतयियप० हो । संसार के हो ? यसको सृष्टि कसरी भयो ? यसको विकास र अन्त्य कसरी हुन्छ ? भन्ने जस्ता सवालमा हरेक व्यक्तिको एउटा निश्चित दृष्टिकोण हुन्छ, यो नै उसको दर्शन हो ।
दर्शनका प्रकारहरू
आज संसारका धेरै प्रकारका दर्शनहरू देखिए तापनि मुख्य तथा दर्शन दुई प्रकारका छन् । जस्तै, एकथरि चेतनालाई आदि तत्व या मूल तत्व मानेर जगत्लाई त्यसका स्वतःस्पूmर्त र रचना मान्यलाई अध्यात्मवादी दर्शन र अर्को पदार्थलाई मूल तत्व या त्यसको विकसित रूपलाई चेतनामान्य दर्शनलाई भौतिकवादी दर्शन भनिन्छ । दर्शनको क्षेत्रमा दुईओटा आधारभूत प्रश्नहरू छन् ? जसको जवाफको आधारमा दार्शनिकहरू पनि दुई शिविरमा बाँधिएका छन् ।
पदार्थलाई आदितत्व र चेतनालाई उत्पत्ति पदार्थबाट भएको मान्य कुरा दार्शनिकहरू भौतिकवादसित सम्बन्धित छन् भने ‘आत्मा’ चेतनालाई आदितत्व मान्ने दार्शनिकहरू अध्यात्मवादसित सम्बन्धित छन् ।Ê
विश्व अबोधगम्य छ अर्थात् अज्ञेय छ । यसलाई जान्न र बुझ्न सकिँदैन भन्ने दार्शनिकहरू अध्यात्मवादसित सम्बन्धित छन् भने विश्व बोधगम्य छ अर्थात् ज्ञेय छन् । विश्वलाई जान्न र बुझ्न सकिन्छ र यसलाई फेर्न सकिन्छ भन्ने दार्शनिकहरू भौतिकवादी दर्शनको खेमाभित्र पर्दछन् । अतः भौतिकवादी दार्शनिकहरूले जगत बोधगम्य छ भन्ने पुष्टि गरेका छन् भने अध्यात्मवादी दार्शनिकहरूले जगत्को बोधगम्यतालाई अस्वीकार गर्दछन् ।
उन्नाइसौँ शताब्दीको मध्यतिर आएर अर्थात् सन् १८४८ मा कार्ल माक्र्स (१८१८–१८४८) र फ्रेडरिक एङ्गेल्स (१८२०–१८९५) ले कम्युनिस्ट घोषणापत्र मार्फत सर्वहारा श्रमजीवीवर्गको मुक्तिको सिद्धान्त माक्र्सवादको प्रतिपादन गर्नुभयो । माक्र्सवादी दर्शनको उत्पत्तिले विश्वमा ठुलो क्रान्ति ल्याइदियो । माक्र्सवाद सर्वहाराक्रान्तिको विज्ञान हो । यो पुँजीवादको प्रारम्भिक अवस्थामा विकसित भएको हो । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद, अतिरिक्त मूल्यको सिद्धान्त, वर्गसङ्घर्ष, इतिहासमा बल प्रयोगको भूमिका र वैज्ञानिक समाजवाद तथा साम्यवाद यसका आधारभूत मान्यता हुन् । साथै प्रकृति, समाज, राज्यव्यवस्था आदि बारेमा कार्ल माक्र्स र फ्रेडरिक एङ्गेल्सले महान््् खोज र प्रयोगद्वारा निकाल्नुभएको वैज्ञानिक तथा क्रान्तिकारी विचार, सिद्धान्त र व्यवहारलाई माक्र्सवाद भनिन्छ । माक्र्सवादले पुँजीपतिवर्गको राज्यसत्तालाई ध्वस्त पारी त्यस ठाउँमा सर्वहारा श्रमजीवीवर्गको राज्य व्यवस्था स्थापना गर्ने सही क्रान्तिकारी बाटो देखाउँदछ । माक्र्सवादका भौतिक विशेषताहरू द्वन्द्वात्मक भौतिकवाद, ऐतिहासिक भौतिकवाद, वर्गसङ्घर्ष, अतिरिक्त मूल्यको सिद्धान्त, तल्लो वर्गको जनतामा राज्यको शक्ति निहित, सर्वहारा अधिनायकत्व आदि कुरा हुन् ।
दर्शनको उत्पत्ति र विकास
दर्शनको उत्पत्ति मानवज्ञानको विकास सँगसँगै भएको हो । हालसम्मका वैज्ञानिक आविष्कार तथा प्राप्त तथ्यहरूका अनुसार आजभन्दा करिब १५ अर्ब वर्ष पहिले ब्रह्माण्डको स्वनिर्माण भएको थियो । त्यस्तै करिब ४ अर्ब ६० करोड वर्ष पहिले हाम्रो पृथ्वी सहित सौर्यमण्डलको पनि स्वनिर्माण भएको थियो । आजभन्दा करिब ३ अर्ब ८० करोड वर्ष पहिले जीवनको अस्तित्व देखाप¥यो । त्यस्तै आजभन्दा करिब २० देखि ४० लाख वर्ष पहिले अफ्रिका र दक्षिणपूर्वी एसियाका विभिन्न क्षेत्रमा अस्ट्रलोपिथेकस नाम दिइएको मानवीय गुणयुक्त आदि मानव देखाप¥यो र आजभन्दा करिब ४० हजार वर्ष पहिले मात्र आधुनिक मानव वा प्रज्ञा मानवको विकास भएको बताइएको छ ।
जब मानिस जङ्गली अवस्थाबाट सामुदायिक जीवनको तहमा आइपुग्यो र उसले सामुदायिक चिन्तन पनि गर्न थाल्यो र मानव समाज वर्गमा विभाजित हुन पुग्यो, त्यसै बखत दर्शनको पनि उत्पत्ति भएको हो । ईसापूर्व प्रथम शताब्दीमा दक्षिण एसियामा उपनिषदिक चिन्तन तथा साङ्ख्य, लोकायत, जैन, बौद्ध आदि दर्शन देखापरे । चीनमा कन्फ्युसियसवाद र ताओवादी दर्शन देखाप¥यो भने प्राचीन युनानको आयोनिया द्वीपमा चेल्स, अनोक्सिमेन्डर र अनेक्सिमेनसका प्राकृतिक भौतिकवादी दार्शनिक चिन्तनहरू देखापरे । थेल्सले पानीलाई, अनेक्सिमेडरले कुहिरोलाई र अनेक्सिमेनसले वायुलाई सृष्टिको आधारमा मान्दथे । ईसापूर्व प्रथम शताब्दीको उत्तराद्र्धमा युनानका दार्शनिकहरू पाइथागोरस, हेराक्लिट्स, डेमोक्रेटस्, एपीकुरस, प्लेटो, अरिस्टोटल आदिले दर्शनशास्त्रको शास्त्रीय रूपरेखाको विकास गरेका थिए । दर्शनशास्त्रको विकासको क्षेत्रमा प्राचीन युनानी दार्शनिक थेल्सलाई पहिलो दार्शनिक मानिन्छ ।
माक्र्सवादको उत्पत्ति र विकास
जब मानव समाज अस्तित्व आयो, त्यसपछि मानव समाजका सर्वोत्तम चिन्तकहरूले ‘मानिसद्वारा मानिसको शोषण र उत्पीडनबाट मुक्त हुने आफ्नो उत्पादनको मालिक आफैँ हुने, खुसी र समृद्धशाली समाजको निर्माण गर्ने’ परिकल्पना गर्दै आएका थिए । यस विषयमा तभाभरवाले विचारकहरूले न्याय र समानताको आधारमा समाजको निर्माण कसरी गर्न सकिन्छ भन्ने विषयमा अनेकौँ थरिका परिकल्पनाहरू सहितका सिद्धान्तहरू प्रस्तुत गर्दै आएका थिए तर त्यस प्रकारका सबै विचार र सिद्धान्त समाज विज्ञानका नियम र वास्तविक परिस्थितिमा आधारित नभई कोरा कल्पनामा आधारित थिए । ती विचारहरूले वास्तविक रूपमा सामाजिक शोषण र उत्पीडनबाट कसरी मुक्त हुने र न्याय र समानतामा आधारित समाजको निर्माण गर्ने भन्ने सम्बन्धमा सटिक र वैज्ञानिक जवाफ दिन सकेका थिएनन् ।
मानव जातिको विकास जब पुँजीवादमा भयो तब सर्वहारावर्गको सङ्घर्ष विकासको प्रमुख वाधक बन्यो । ऐतिहासिक आवश्यकताको रूपमा वर्गीय शोषण र उत्पीडनमा मुक्त हुन उपाय र न्यायपूर्ण समाजमा सङ्क्रमण हुने नियम, तरिका र तिनका रूपहरूका बारेमा घोषणा गर्दै आजभन्दा १६४ वर्ष पहिले कार्ल माक्र्स र फ्रेडरिक एङ्गेल्सले सन् १८४८ फ्रेबुअरी १२ का दिन विश्वविख्यात कम्युनिस्ट घोषणापत्रले अभिव्यक्त गरेको विचार र सिद्धान्तले विश्वभरिका मजदूर तथा सर्वहारावर्गको हितलाई वैज्ञानिक आधारमा पुष्टि गर्ने काम ग¥यो । माक्र्स–एङ्गेल्सद्वारा जारी गरिएको यस घोषणापत्रको आधारमा संसारभरका कम्युनिस्ट क्रान्तिकारीहरूले आ–आफ्नो मुलुकको सामाजिक वस्तुस्थितिको विश्लेषण गर्दै त्यस सिद्धान्तलाई लागु गर्ने प्रयत्न गर्दै आएका छन् । यो क्रान्तिको विज्ञान सम्बन्धी कम्युनिस्ट घोषणापत्रको निर्माण गर्नुभन्दा पहिले पहिले उनीहरूले आफुभन्दा पूर्ववर्ती दार्शनिक, आर्थिक, सामाजिक ज्ञानको प्रसस्त अध्ययन गरेर त्यसैको निष्कर्षको रूपमा माक्र्सवादको प्रतिपादन भयो । यसमा शास्त्रीय दर्शन, अङ्ग्रेजी अर्थशास्त्र र फ्रान्सेली समाजवादको उच्च विकास र माक्र्स र एङ्गेल्समा रूपमा ऐतिहासिक प्रतिभाको समन्वयले माक्र्सवादको प्रादुर्भावमा पृष्ठिभूमिको काम ग¥यो । माथि पनि भनिएको छ– माक्र्सवादको जन्म पँुजीवादको विकासको प्रारम्भिक अवस्थामा भएको हो र माक्र्सले जर्मन शास्त्रीय दर्शन, अङ्ग्रेजी राजनीतिक अर्थशास्त्र र फ्रान्सिसी समाजवादलाई संश्लेषण गर्नुभयो र यसै प्रक्रियामा माक्र्सवादको जन्म भयो ।
माक्र्सवाद एउटा वैज्ञानिक सिद्धान्त हो । माक्र्सवाद एउटा समाज विज्ञान पनि हो । माक्र्सवादी दर्शन द्वन्द्वात्मक भौतिकवादी दर्शन हो । माक्र्सवाद द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी विश्वदृष्टिकोणमा आधारित छ । माक्र्सवादी दर्शनका दुई भाग छन्– द्वन्द्वात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवाद । माक्र्सवादी दर्शनको मानव चिन्तनको उज्ज्वल तथा प्रगतिशील परम्परालाई आत्मसात गरेर भएको हो । यस विषयमा लेनिनले भन्नुभएको छ– ‘माक्र्सवादको जन्म विश्व सभ्यताको अञ्जान गल्तीबाट भएको होइन । माक्र्सवादी दर्शन आदिमकालमा सर्वाधिक प्रगतिशील मतहरू, सिद्धान्तहरू र विचारधाराहरूको प्रत्यक्ष सिलसिला हो ।’
वर्गीय समाजमा प्रत्येक दर्शन वर्गदर्शन रहने कुरा माक्र्सवादी दर्शनको सम्बन्धमा पनि लागु हुन्छ । माक्र्सवादी दर्शन पनि एउटा वर्ग दर्शन हो तर यो अन्य दर्शन झैँ अल्पसङ्ख्यकहरूको, शोषणहरूको दर्शन नभएर बहुसङ्ख्यक सर्वहारा श्रमजीविहरूको दर्शन हो । यसलाई स्टालिनले माक्र्सवादी लेनिनवादी पार्टीको विश्वदृष्टिकोणका रूपमा परिभाषित गर्नुभएको छ । एक पूरै वैज्ञानिक दर्शनका रूपमा माक्र्सवादी दर्शनले पुरानो पुँजीवादी विश्वको विनास र नयाँ साम्यवादी विश्वको सिर्जनाको लागि अर्थात् विश्वको आमूल रूपान्तरणको लागि जब्बर सैद्धान्तिक जग प्रदान गरेको छ अर्थात् विश्वको क्रान्तिकारी रूपान्तरण गर्ने ऐतिहासिक जिम्मेवारी वहन गरेको सर्वहारावर्गको प्रयासलाई माक्र्सवादी दर्शनले सैद्धान्तिक, न्यायोचितताको आधार र निर्देशन प्रदान गरेको छ । त्यसमा विश्व सर्वहारावर्गको संसारलाई विकसित बुझ्ने र त्यसलाई बदल्ने एक अचूक बौद्धिक अस्त्र भेटाएको छ । यस विषयमा लेनिनले यसरी दर्शाउनुभएको छ– ‘माक्र्सवादको दर्शन एउटा यस्तो परिपूर्ण दार्शनिक भौतिकवाद हो जसले मानव जातिलाई र खास रूपले मजदूरवर्गलाई ज्ञानका शक्तिशाली औजार प्रदान गरेको छ ।’
जसले जीवन र जगत्लाई फेर्न चाहन्छ, विद्यमान यथार्थलाई फेरेर नयाँ यथार्थको निर्माण गर्न चाहन्छ, त्यसले संसारलाई बुझ्नुपर्दछ । त्यसलाई फेर्ने तरिका जान्नुपर्दछ । यही सामथ्र्य माक्र्सवादी दर्शनले मात्र उसलाई दिन्छ । मानव समाजमा सर्वहारावर्ग सबैभन्दा ठुलो शक्तिशाली र सचेत वर्ग हो । यस वर्गको लागि दर्शनको कत्रो महत्व रहेको हुन्छ भन्ने कुरालाई स्वयम् कार्ल माक्र्सले यसरी व्याख्या गर्नुभएको छ– ‘जसरी दर्शनले सर्वहारावर्गमा आफ्नो भौतिक हतियार भेटाउँछ, त्यसरी नै सर्वहारावर्गले दर्शनमा आफ्नो बौद्धिक हतियार भेटाउँछ’ त्यसैगरी माक्र्सवादको– दार्शनिक पक्षको महत्वलाई माओत्सेतुङ्ले यसरी दर्शाउनुभएको छ– ‘माक्र्सवाद ज्ञानका अनेक शाखाहरूबाट बनेको छ, माक्र्सवादी दर्शन, माक्र्सवादी अर्थशास्त्र र माक्र्सवादी समाजवाद अर्थात् वर्गसङ्घर्षको सिद्धान्त तर जग चाहिँ माक्र्सवादी दर्शन हो । यदि त्यसलाई मनन गरिँदैन भने हाम्रो एउटा कुनै साझा भाषा वा साझा तरिका हुनेछैन । हामी चीजहरूलाई स्पष्ट नपारीकन यताउताको कुराको तर्क मात्र गरिरहेका हुनेछौँ । द्वन्द्वात्मक भौतिकवादलाई मनन गरिसकेपछि थुपै्र दुःखकष्टबाट जोगिनेछ र धेरै गल्तीहरू हट्नेछन् ।’
पुरानो संसारलाई विनष्ट पारी त्यसको लासमा नयाँ वर्गविहीन संसारको रचना गर्न सर्वहारा श्रमजीविवर्गको लागि माक्र्सवाद अचूक, अमोघ, अजय अस्त्र बन्न पुग्यो । क्रान्तिको विज्ञानको रूपमा माक्र्सवाद विश्व क्रान्तिकारी आन्दोलनको व्यवहारसँगै निरन्तर विकसित भइरहेको छ ।
माक्र्सवाद सर्वहारावर्गको मुक्तिको सिद्धान्त बन्न पुगेपछि सर्वहारावर्गले आफ्नो मुक्तिको सिद्धान्तको प्रतिपादन र विकासको कामलाई तीन ऐतिहासिक चरणमा सम्पन्न गरेको छ– जस्तै माक्र्सवादी चरण, लेनिनवादी चरण र माओवादी चरण । हामीले विशेष रूपले बुझ्ने कुरा के हो भने संसारलाई बदल्ने ऐतिहासिक जिम्मेवारी वहन गरिरहेको सर्वहारावर्गको सिद्धान्तको जन्म र विकासका दृष्टिले यी तीनवटै चरणको विशेष ऐतिहासिक महत्व छ । माक्र्सले जर्मन शास्त्रीय दर्शन, अङ्ग्रेजी राजनीतिक अर्थशास्त्र र फ्रान्सिसी समाजवादलाई संश्लेषण गर्नुभयो र यसै प्रक्रियामा माक्र्सवादको जन्म भयो । माक्र्सवाद विश्वक्तान्तिको इतिहासमा एक युगान्तकारी परिघटना हो । साथै, यसको चरणबद्ध विकासको क्रममा लेनिनवादी तथा माओवादी चरणमा पनि यस प्रकारको सिद्धान्तका तीनवटै सङ्घटक अङ्गको विकास गर्ने काम भएको छ ।
माक्र्सवादको प्रतिपादन र त्यसको विकास र रक्षा गरिरहेको बेला माक्र्स र एङ्गेल्सले सर्वहारावर्गको नेतृत्वमा समाजवादी क्रान्ति एउटा देशमा मात्र नभएर इङ्ल्यान्ड, फ्रान्स, जर्मनी जस्ता औद्योगिक विकास भएका पुँजीवादी देशहरूमा एकैसाथ हुने कुरा बताउनुभएको थियो तर लेनिनले पुँजीवादको चरम अवस्था साम्राज्यवाद भएको र साम्राज्यवादको उदयको स्थितिमाथि ध्यान दिँदै त्यसको अनिवार्य परिणाम युद्ध हुने र साम्राज्यवाद समाजवादी क्रान्तिको पूर्वबेला बन्न जाने स्थितिको विश्लेषण गर्दै एउटा देशमा पनि समाजवादको जित हुन सक्छ भन्ने मान्यता प्रस्तुत गर्नुभयो । त्यसै अनुरूप सशस्त्र विद्रोह मार्फत सन् १९१७ मा रूसमा महान््् अक्टुबर समाजवादी क्रान्ति पनि सम्पन्न भयो । यसरी लेनिनवाद साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगको माक्र्सवाद बन्न पुग्यो । यसरी लेनिनवाद माक्र्सवादको प्रयोग र विकास मात्र होइन, सिद्धान्त र व्यवहारबीच द्वन्दात्मक एकरूपता कायम गर्न गरी विश्व क्रान्तिको इतिहासमा नयाँ अध्याय थप्न पनि सफल भएको छ किनकि माक्र्सवादको गुणात्मक विकासको दोस्रो चरण लेनिनवाद हो र पुँजीवादले साम्राज्यवादमा प्रवेश गर्नु, उत्पादक शक्ति सर्वहारा आन्दोलन तथा ज्ञान–विज्ञानका विविध क्षेत्रमा थप प्रगति हुँदै जानु र यस प्रकारको नयाँ परिस्थिति गर्नुपर्ने ऐतिहासिक आवश्यकताका बीचबाट लेनिनवादको जन्म भएको हो ।
त्यसैगरी चीनमा विशिष्ट परिस्थितिमा माक्र्सवाद–लेनिनवादको सृजनात्मक रूपमा प्रयोग गर्नेक्रममा माओको नेतृत्वमा अर्धसामन्ती तथा अर्धऔपनेवेशिक अवस्थामा रहेको चीनमा नयाँ जनवादी क्रान्ति सम्पन्न भयो र समाजवादी क्रान्तिको प्रक्रियालाई अगाडि बढाइयो । अर्धसामन्ती तथा अर्धऔपनेवेशिक देशहरूमा सर्वहारावर्गको नेतृत्वमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने र समाजवादी क्रान्तिलाई सर्वहारावर्गको अधिनायकत्व अन्तर्गत निरन्तरता दिँदै महान््् सर्वहारा सांस्कृतिक क्रान्ति सम्पन्न गर्ने ऐतिहासिक प्रक्रियामा चीनमा मात्र होइन, विश्वक्तान्तिकै लागि समेत माओको विशिष्ट योगदान रहेको छ किनकि माक्र्सवाद–लेनिनवादको गुणात्मक विकास तेस्रो र नयाँ चरण माओवाद हो । सामन्तवाद–साम्राज्यवादी शोषणको दोहोरो उत्पीडनबाट आक्रान्त अविकसित देशहरूमा क्रान्तिका समस्याहरूको समाधान गर्नुपर्ने रुस, पूर्वी युरोपका कैयौँ देशहरूमा पुँजीवादको पुनःस्थापनाका कारणहरूको खोज, अनुसन्धान गरी त्यसबाट शिक्षा लिनुपर्ने तथा त्यसबाट उत्पन्न समाजवादी समाजका अन्तर्विरोधहरूको समाधान गर्नुपर्ने र आधुनिक संशोधनवादका विरूद्धको लडाइँँ लड्नुपर्ने ऐतिहासिक आवश्यकताको पृष्ठभूमिमा माओद्वारा माक्र्सवाद–लेनिनवादको थप परिमार्जन तथा विकास गरी त्यसलाई माक्र्सवाद–लेनिनवाद–माओवादको तेस्रो नयाँ र गुणात्मक उचाइमा पु¥याउने काम भएको हो ।
माक्र्सवादको जन्म र विकास
सन् १८४७ नोभेम्बरमा लन्डनमा कम्युनिस्ट लिगको दोस्रो सम्मेलनको आयोजना गरिएको थियो । उक्त सम्मेलनमा कार्ल माक्र्स र फ्रेडरिक एङ्गेल्स सहभागी हुनुभएको थियो । कम्युनिस्ट लिगको उक्त दोस्रो सम्मेलनले माक्र्स र एङ्गेल्सलाई कम्युनिस्ट घोषणापत्रको मस्यौदा तयार पार्ने जिम्मा दिएको थियो । माक्र्स र एङ्गेल्सले एक वर्ष लगाएर कम्युनिस्ट घोषणापत्रको मस्यौदा तयार पार्नुभयो र सन् १८४८ फेब्रुअरी १२ का दिन विश्वविख्यात कम्युनिस्ट घोषणापत्र जारी गर्नुभयो जो समग्रमा माक्र्सवादका रूपमा प्रतिपादित हुन पुग्यो र माक्र्सवाद विश्व सर्वहारावर्गको मुक्तिको सैद्धान्तिक अस्त्र बन्न पुग्यो ।
माक्र्सवाद सर्वहारा क्रान्तिको विज्ञान हो । यो पुँजीवादको प्रारम्भिक अवस्थामा विकसित भएको हो । यसका दर्शन, राजनीतिक अर्थशास्त्र र समाजवाद गरी तीन सङ्घटक अङ्ग रहेका छन् । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद, अतिरिक्त मूल्यको सिद्धान्त, वर्गसङ्घर्ष तथा इतिहासमा बल प्रयोगको भूमिका र वैज्ञानिक समाजवाद तथा साम्यवाद यसका आधारभूत मान्यता हुन् अर्थात् प्रकृति, समाज, राज्य व्यवस्था आदिबारे कार्ल माक्र्स र फ्रेडरिक एङ्गेल्सले महान्् खोज र प्रयोगद्वारा निकाल्नुभएको वैज्ञानिक तथा क्रान्तिकारी विचार, सिद्धान्त र व्यवहारलाई माक्र्सवाद भनिन्छ । माक्र्सवादले पुँजीपति वर्गको राज्य व्यवस्थालाई ध्वस्त पारी त्यस ठाउँमा सर्वहारा श्रमजीविवर्गको राज्य व्यवस्था स्थापना गर्ने सही तथा क्रान्तिकारी बाटो देखाउँछ । माक्र्सवादको दर्शन द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शन हो । यो दर्शनको सिद्धान्त भौतिकवाद हो ।
माक्र्सवादी चरण
माक्र्सवादको अहिले माक्र्सवाद–लेनिनवाद–माओवादमा गरी तीन गुणात्मक चरणमा विकसित भइसकेको छ । माक्र्सवादको बारेमा माथि नै बताइएको छ । लेनिनको भनाइ अनुसार माक्र्सवाद भनेको माक्र्सका विचार उनका शिक्षाको व्यवस्थित शृङ्खला हो । माक्र्सवादको निर्माण दर्शन, राजनीतिक अर्थशास्त्र र समाजवादका तीन सङ्घटक तत्वहरूको संश्लेषणबाट भएको छ । माक्र्सवादको दर्शन द्वन्द्वात्मक तथा भौतिकवादी दर्शन हो । यसले पदार्थ, प्रकृति वा सामाजिक सत्तालाई पहिलो र चेतना विचार वा सामाजिक चेतनालाई दोस्रो स्थानमा राख्छ । यसले चेतनालाई वस्तुजगत्को आत्मिक प्रतिबिम्बन मान्दछ र विश्वलाई बोधगम्य बताउँछ । माक्र्सवादी दर्शनको पद्धति द्वन्द्वात्मक हो । माक्र्सको राजनीतिक अर्थशास्त्र श्रमको मूल्य सिद्धान्त र अतिरिक्त मूल्यको सिद्धान्तमा आधारित रहेको छ । माक्र्सको वैज्ञानिक समाजवाद वर्गसङ्घर्ष, इतिहासमा बल प्रयोगको भूमिका, सर्वहारावर्गको अधिनायकत्व र साम्यवादका आधारभूत मान्यताद्वारा निर्मित भएको हो ।
लेनिनवादी चरण
माक्र्सवादको गुणात्मक विकासको दोस्रो चरण लेनिनवाद हो । पुँजीवादले साम्राज्यवादमा प्रवेश गर्नु, उत्पादक शक्ति, सर्वहारा आन्दोलन तथा ज्ञान–विज्ञानका विविध क्षेत्रमा थप प्रगति हुँदै जानु र यस प्रकारको नयाँ परिस्थिति अनुरूप माक्र्सवादलाई नयाँ उचाइमा विकसित गर्नुपर्ने ऐतिहासिक आवश्यकताका बिचबाट लेनिनवादको जन्म भएको हो । साम्राज्यवाद र संशोधनवादको चिरफार गर्दै क्रान्तिका कामहरूलाई अगाडि बढाउनुपर्ने आवश्यकताको परिपूर्ति लेनिनवादबाट भयो । लेनिनले सुरूमा सन् १९१७ मा महान्् अक्टुबर समाजवादी क्रान्ति सम्पन्न गरेर माक्र्सवादको सफल प्रयोग गर्नुभयो । यसैक्रममा लेनिनले सन् १९१९ मा तेस्रो अन्तर्राष्ट्रियको गठन गर्नुभयो । लेनिनवादका बारेमा स्टालिन भन्नुहुन्छ– ‘लेनिनवाद भनेको साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगको माक्र्सवाद हो । अझ खसोखास भन्ने हो भने लेनिनवाद भनेको सामान्यतः सर्वहारा क्रान्तिको सिद्धान्त तथा कार्यनीति विशेषतः सर्वहारावर्गको अधिनायकत्वको सिद्धान्त र कार्यनीति हो ।
लेनिनवादका शिक्षाका बारेमा माओले भन्नुहुन्छ– लेनिनवादको सिद्धान्तले माक्र्सवादको विकास गरेको छ । यो कुन कुराको सन्दर्भमा भएको छ भने प्रथम विश्वदृष्टिकोणमा, भौतिकवाद र द्वन्द्ववादमा द्वन्द्वात्मक क्रान्तिकारी सिद्धान्त र कार्यनीतिमा विशेषतः वर्गसङ्घर्ष सर्वहारावर्गको अधिनायकत्व र सर्वहारावर्गको राजनीतिक पार्टीका प्रश्नहरूमा र यसका साथै समाजवादी निर्माणमा लेनिनका शिक्षाहरू रहेका छन् । अन्ततः माक्र्सवादी–लेनिनवादी विश्वदृष्टिकोणलाई क्रान्तिको कार्यदिशासँग गाँस्ने वर्गदुश्मन तथा संशोधनवादका विरूद्ध वर्गसङ्घर्ष र दुईलाइन सङ्घर्षका समस्याहरूको समाधान गर्दै समाजवादको स्थापना तथा निर्माण गर्नेक्रममा लेनिनको भूमिका अद्वितीय रहेको छ ।
माओवादी चरण
माक्र्सवाद लेनिनवादको गुणात्मक विकासको तेस्रो र नयाँ चरण माओवाद हो । सामन्तवादी–साम्राज्यवादी शोषणको दोहोरो उत्पीडनबाट आक्रान्त, अविकसित देशहरूमा क्रान्तिका समस्याहरूको समाधान गरिनुपर्ने, स्टालिनको मृत्यु पश्चात रूस एवम्् पूर्वी यूरोपका कैयौँ देशहरूमा पुँजीवादको पुनस्र्थापनाका कारणहरूको खोज गरी त्यसबाट शिक्षा लिनुपर्ने तथा त्यसबाट उत्पन्न समाजवादी समाजका अन्तर्विरोधहरूको समाधान गर्नुपर्ने र आधुनिक संशोधनवादका विरूद्धको लडाइँँ लड्नुपर्ने ऐतिहासिक आवश्यकताको पृष्ठभूमिमा माओद्वारा माक्र्सवाद–लेनिनवादको थप परिमार्जन तथा विकास गरी त्यसलाई माक्र्सवाद–लेनिनवादको तेस्रो, नयाँ र गुणात्मक उचाइमा पु¥याउने काम भयो ।
द्वन्द्वात्मक भौतिकवादको सारतत्वको रूपमा अन्तर्विरोधको नियम, विपरीतहरूको एकताको नियमको उद्घाटन र व्याख्या एकको दुईमा विभाजन हुन्छ भन्ने कुराको समृद्ध व्याख्या र प्रयोग ज्ञान–सिद्धान्तको क्षेत्रमा पदार्थको चेतना र चेतनाको पदार्थमा रूपान्तरणको दुई छलाङ्को सिद्धान्तको विकास र व्याख्या, आधार र उपरीसंरचना, उत्पादक शक्ति र उत्पादन सम्बन्ध, सिद्धान्त र व्यवहारबीचको द्वन्द्वात्मक सम्बन्धको व्याख्या, विवेचना र परिमार्जन, नयाँ जनवाद, दीर्घकालीन जनयुद्ध, नोकरशाही पुँजीवाद, सर्वहारा अधिनायकत्व अन्तर्गत क्रान्तिको निरन्तरताको सिद्धान्त तथा महान्् सर्वहारा सांस्कृतिक क्रान्तिको सिद्धान्तको प्रतिपादन तथा प्रयोग, वर्ग सङ्घर्षलाई मुख्य कडी मान्ने, दर्शनलाई जनसमुदायमा पु¥याउनुपर्ने कुरामा जोड, विश्वदृष्टिकोण र कार्यदिशा बिचको अन्तर्सम्बन्धको प्रस्तुति, वर्गसङ्घर्ष तथा दुईलाइन सङ्घर्षको समस्याहरूको समाधानका लागि रणनीति तथा तथा कार्यनीतिको विकास र संशोधनवादका विरूद्ध निर्मम सङ्घर्ष आदिमा माओको योगदान अद्वितीय रहेको छ । अतः माक्र्सवाद–लेनिनवाद–माओवाद आज विश्वसर्वहारावर्गको मुक्तिको सैद्धान्तिक अस्त्र र पथप्रदर्शक सिद्धान्त बन्न पुगेको छ । माक्र्सवाद–लेनिनवाद–माओवादलाई आफ्नो पथप्रर्दशक सिद्धान्त स्वीकार नगर्नेहरू सच्चा क्रान्तिकारी कम्युनिस्ट नै बन्न सक्दैनन् । माक्र्सवाद–लेनिनवाद–माओवादलाई आफ्नो पार्टीको मार्गदर्शक सिद्धान्त र पथप्रर्दशक सिद्धान्त नबनाउने पार्टीहरू क्रान्तिकारी पार्टी बन्नै सक्दैनन् ।
संशोधनवादको जन्म र विकास
संशोधनवाद भनेको पुँजीवाद हो । यसको स्रोत व्यक्तिवाद, निम्न पुँजीवाद, पुँजीवाद र साम्राज्यवाद हो । व्यक्तिवाद भनेकै पुँजीवाद र साम्राज्यवाद हो । वर्गसङ्घर्ष, सशस्त्र सङ्घर्ष तथा सर्वहारा अधिनायकत्वको परित्याग र माक्र्सवादका आधारभूत सैद्धान्तिक मान्यताहरूको तोडमरोड तथा अपव्याख्या गर्नु नै संशोधनवाद हो । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा माक्र्सवादी र संशोधनवादी कार्यदिशाका बीचमा भीषण सङ्घर्ष चल्दै आएको छ ।
संशोधनवादको सङ्घर्ष पहिलो इन्टरनेसनल कालमा अराजकतावाद र अवसरवादका विरुद्ध परिलक्षित रहेको थियो भने दोस्रो अन्तर्राष्ट्रिय कालमा मुख्यतः पुँजीवादको साम्राज्यवादमा परिणत भइसकेपछिको अवस्थामा खुलेर प्रकट भएको थियो । त्यस्तै, तेस्रो अन्तर्राष्ट्रियदेखि यता माक्र्सवाद–लेनिनवाद–माओवादको विकाससितै संशोधनवाद पनि शास्त्रीय संशोधनवाद, आधुनिक संशोधनवाद, नवसंशोधनवाद समेत विभिन्न रूपमा प्रकट हुँदै आएको छ ।Ê
अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा प्रकट हुँदै आएका सबैखाले संशोधवादको प्रभाव नेपालको कम्युनिस्ट आन्दोलन पनि पर्दै आएको छ । नेपाली कम्युनिस्ट आन्दोलनमा अवसरवाद, दक्षिणपन्थी संशोधनवाद, आधुनिक संशोधनवाद र नवसंशोधनवादको रूपमा प्रकट हुँदै आएको छ । यस आन्दोलनको पछिल्लो कडीको रूपमा एमाओवादीका नेता प्रचण्ड–बाबुराममा प्रकट भएको नवसंशोधनवाद सबैभन्दा खतरनाक प्रवृत्तिका रूपमा प्रकट भएको छ र यसले वर्तमान नेपाली कम्युनिस्ट आन्दोलन र नेपाली क्रान्तिलाई समेत गम्भीर क्षति पु¥याइरहेको छ । नेपालमा माक्र्सवादी र संशोधनवादी कार्यदिशाका बीचमा भीषण दुईलाइन सङ्घर्ष तथा विचारधारात्मक अन्तर्सङ्घर्ष चल्दै आएको छ र यसले नेपाली कम्युनिस्ट आन्दोलनमा टुटफुट पैदा गर्दै आएको छ ।
अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका समृद्ध ऐतिहासिक अनुभव र तथ्यहरूमा आधारित भएर अर्थात् दुई गुणात्मक ढङ्गले भिन्न सिद्धान्त माक्र्सवाद–लेनिनवाद–माओवादको विकास र शास्त्रीय संशोधनवाद, आधुनिक संशोधनवाद, नवसंशोधनवादको प्रतिक्रियावादमा पतनको सारतत्वमाथि ध्यान दिनु आवश्यक हुन्छ ।Ê
माक्र्सवाद सर्वहारा क्रान्तिको वैज्ञानिक सिद्धान्त हो यसका तीन सङ्घटक अङ्ग छन् । ती हुन्– दर्शन, राजनीतिक, अर्थशास्त्र र समाजवाद । माक्र्सवादको दर्शन द्वन्द्वात्मक एवम्् ऐतिहासिक भौतिकवाद हो । मानव जातिको इतिहासको विकास प्रक्रियाको आर्थिक नियमहरूको भौतिकवादी अध्ययन गर्ने विज्ञानको नाम राजनीतिक अर्थशास्त्र हो । समाजवाद अन्तर्गत वर्ग– वर्गसङ्घर्ष, पार्टी, राज्यसत्ता, सर्वहारा अधिनायकत्व र ती सबैको विलुप्तिको वैज्ञानिक अध्ययन गरिन्छ । सर्वहारा क्रान्तिको यो वैज्ञानिक सिद्धान्त तमाम प्रकारका आदर्शवाद, अधिभूतवाद र कल्पनावादका विरूद्ध खडा छ । यो वैज्ञानिक सिद्धान्तसित सामना गर्न सक्ने क्षमता आज कसैसँग छैन । यो वैज्ञानिक र गतिशील सिद्धान्त भएकोले आज यो माक्र्सवाद–लेनिनवाद र माओवादका रूपमा विकसित भएको छ । यहाँनेर बुझ्नैपर्ने कुरा के हो भने माक्र्सवादको संशोधन, अपव्याख्या र पुनर्विचार गर्नु संशोधनवाद हो । माक्र्सवादको सैद्धान्तिक विजयको कारण आफ्नो पृथक अस्तित्व धान्न असमर्थ तमाम प्रकारका अवसरवादी तथा काल्पनिक समाजवादी धाराहरू माक्र्सवादको वैज्ञानिक धाराभित्र जब घुस्न पुग्छन्, त्यो बेला संशोधनवादको जन्म हुन्छ । माक्र्सवादको जन्मको लगत्तै पु्रंधो जस्ता अवसरवादीहरूको जन्म भयोे । माक्र्सवादलाई पुरानो भइसकेको जडसुत्रवादी सिद्धान्त बताउँदै यसको संशोधन र पुनर्विचारको प्रस्तावना पेस गर्ने पहिलो व्यक्ति बर्नस्टाइन हुन् । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा संशोधनवादका दक्षिणपन्थी, उग्रपन्थी एवम् मध्यपन्थी रूपहरू विभिन्न कालखण्डमा देखापर्दै आएका छन् र यिनमा दक्षिणपन्थी संशोधनवाद–नवसंशोधनवाद नै अधिक विकृतिपूर्ण एवम् खतरनाक रहिआएको छ । संशोधनवादको शास्त्रीय संशोधनवाद–आधुनिक संशोधनवाद–नवसंशोधनवाद–प्रतिक्रान्तिको बाटो हुँदै प्रतिक्रियावादका रूपमा पतन हुन पुगेको छ । यी सबैखाले संशोधनवाद अन्तर्राष्ट्रिय परिघटनाका परिणाम हुन् जसको जन्म आधुनिक समाजको वर्गीय परिवेशमा हुन्छ । हरेक देशमा क्रान्तिका विशेषतासँगै सबैखाले संशोधनवादहरूले पनि आफ्ना विशिष्टताहरू जाहेर गर्ने गर्दछन् । सामाजिक र सैद्धान्तिक विशेषताहरू सहित संशोधनवादको जन्म हुने गर्दछन् । ऐतिहासिक तथ्यहरूले के पुष्टि गरेका छन् भने संशोधनवादको सामाजिक स्रोत निम्न पुँजीवाद र साम्राज्यवाद हो । संशोधनवादको साम्राज्यवादसँग घनिष्ट सम्बन्ध रहँदै आएको छ । साम्राज्यवादको जन्म इङ्ल्यान्डबाट भएको होे । जब साम्राज्यवाद अन्य देशहरूमा फैलँदै गयो, त्यसको प्रभावको कारण ती देशहरूमा पनि संशोधनवाद फैलिन पुग्यो । जर्मनीको लासाल र लासालवादीहरूमा पनि अनेकौँ अवसरवादी विकृतिहरू पैदा हुँदै गएको कुराबारे माक्र्स–एङ्गेल्सले उद्घाटन गर्नुभएको छ । सैद्धान्तिक दृष्टिले हेर्दा संशोधनवादको वैचारिक स्रोत निम्न पुँजीवाद, पुँजीवाद र साम्राज्यवादी विचारधारा नै हो । संशोधनवादले माक्र्सवादका सङ्घटक अङ्गको बारेमा दर्शन, राजनीति अर्थशास्त्र र समाजवाद तीनवटै सङ्घटक अङ्गलाई संशोधित एवम् विकृत पार्दै आउने काम गरेको छ । दर्शनका क्षेत्रमा कान्टवाद, पत्यक्षवाद, अनुभववाद, व्यावहारिकतावाद, सङ्कल्पवाद, भँडुवावाद, विकासवाद र नानाथरिका विचारपन्थी सारसङ्ग्रहवादलाई आत्मसात गर्दै आएको छ । द्वन्द्वात्मक एवम् ऐतिहासिक भौतिकवादका विरूद्ध यसले अधिभूतवाद र आदर्शवादको पक्षपोषण गर्ने गर्दछ । राजनीतिक अर्थशास्त्रको क्षेत्रमा पुँजीवादी सङ्कट तथा मूल्य सिद्धान्तको विरोध गर्नु, साम्राज्यवादलाई प्रगतिशील देख्नु, नियोजित अर्थतन्त्रका विरूद्ध अराजक स्वतः स्फुर्तवादी उत्पादक शक्तिको सिद्धान्त अँगाल्नु यसका मूलभूत पक्ष हुन् । समाजवादको क्षेत्रमा यसले वर्गसङ्घर्ष, सर्वहारा अधिनायकत्व र हिंसापूर्ण क्रान्तिको सिद्धान्तको विरूद्ध वर्गसमन्वय पुँजीवादी अधिनायकत्व र शान्तिपूर्ण सङ्क्रमणको सिद्धान्त अवलम्बन गर्दछ र मजदूर आन्दोलनलाई सुधारवादी, संसदवादी भासमा फसाउने यसका मूल विशेषता हुन् । हामीले प्राप्त गरेको ज्ञान के हो भने अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको इतिहासमा सर्वहारा क्रान्तिको सिद्धान्तको विकास जसरी माक्र्सवाद–लेनिनवाद–माओवादका तीन गुणात्मक चरणमा भएको छ, त्यसरी नै संशोधनवाद पनि शास्त्रीय संशोधनवाद–आधुनिक संशोधनवाद–नवसंशोधनवाद–प्रतिक्रियावादका रूपमा विकृत हुन पुगेको छ । सर्वहारा क्रान्तिको विकास वर्ग दुश्मनहरू, उनीहरूको विचारधारा तमाम अराजकतावादी तथा अवसरवादीहरू र नवसंशोधनवादीका विरूद्धको भीषण वर्गसङ्घर्ष र अन्तरसङ्घर्षको दुईलाइन सङ्घर्षका बिचबाट निकै जटिल, सङ्गीन र ओजपूर्ण रहेको छ । माक्र्सवाद इतिहास विज्ञानको महान्् खोज थियो । वर्गसङ्घर्षको सर्वहारा अधिनायकत्वमा विकास र साम्यवादको स्थापना त्यसको खोजको केन्द्रीय कडी सर्वहारावर्गको अधिनायकत्व थियो । अराजकतावादीहरूले माक्र्सवादको त्यसै केन्द्रीय कडीमाथि प्रहार गरेका थिए । लासालवादीहरूको जोड त्यसै केन्द्रीय कडीका विरूद्ध स्वतन्त्र राज्यको पक्षपोषण गर्नु र स्वतन्त्रता, समानता, न्याय तथा भातृत्वका पुँजीवादी नारालाई अलङ्कृत गर्नु थियो । त्यसका निम्ति लासालवादीहरूले पार्टीमा विजातिय तत्वलाई भर्ने र पार्टीको वैचारिक बन्ध्याकरण गर्ने कुरामा पुरा जोड दिएका थिए । माक्र्स–एङ्गेल्सले ती सबका विरूद्ध लड्दै माक्र्सवादी सिद्धान्त, रणनीति तथा कार्यनीति र त्यसको संवाहक पार्टीलाई समेत स्थापित गर्नुभएको थियो । दोस्रो अन्तर्राष्ट्रिय कालमा बर्नस्टिनले तमाम काल्पनिक तथा अवसरवादी विचारहरूलाई समेट्दै तथा वर्गसङ्घर्ष, सर्वहारा अधिनायकत्व र हिंसापूर्ण क्रान्तिको सिद्धान्तका विरूद्ध वर्गसमन्वय, बालिक मताधिकार, पुँजीवादी अधिनायकत्व र शान्तिपूर्ण सङ्क्रमणको सिद्धान्तको वकालत गर्दै शास्त्रीय संशोधनवादको जग बसालेको थियो । यस अवधिमा अर्थवाद, मेन्से विकवाद, विर्सजनवाद, काउत्स्कीवाद लगायतका संशोधनवादका विविध रूपहरू प्रकट भएका थिए । गद्दार काउत्स्कीले बर्नस्टाइनको पदानुशरण गर्दै सर्वहारा अधिनायकत्व र बल प्रयोगको सिद्धान्तका विरूद्ध शुद्ध जनवादको पक्षपोषण गरेको थियो र उसले साम्राज्यवादलाई प्रगतिशील समेत बताएको थियो ।
आधुनिक संशोधनवादको सुत्रपात मुख्यतः खु्रश्चेवबाट भयो । उसले सम्पूर्ण जनताको पार्टी, सम्पूर्ण जनताको राज्य र शान्तिपूर्ण सङ्क्रमणको सिद्धान्त अवलम्बन गर्दै तथा वर्गसङ्घर्ष सर्वहारावर्गको अधिनायकत्व र सशस्त्र सङ्घर्षको विरूद्ध भीषण हमला बोल्दै रूसमा पुँजीवादको स्थापना ग¥यो । खु्रश्चेवदेखि मिखाइल गोर्भाचोभसम्म आउँदा आधुनिक संशोधनवाद, सामाजिक फासीवादका रूपमा गिर्न पुग्यो । पछिल्लो अवधिमा आउँदा कामरेड माओत्सेतुङ्ले एकातिर अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको गहन अध्ययन र अर्कोतिर स्वयम् चीनमै जटिल बन्दै गइरहेको पुँजीवादको पुनस्र्थापना रोक्नको लागि सर्वहारा अधिनायकत्व अन्तर्गत निरन्तर क्रान्ति जारी राख्ने सिद्धान्त प्रतिपादन गरी महान्् १० बर्से सर्वहारा सांस्कृतिक क्रान्ति सञ्चालन गर्नुभयो । चीनको नयाँ जनवादी क्रान्तिदेखि आजसम्म आइपुग्दा दर्शन, राजनीतिक अर्थशास्त्र र समाजवाद तीनवटै क्षेत्रमा माक्र्सवाद–लेनिनवादको तेस्रो गुणात्मक शिखरका रूपमा माओवादको विकास भयो । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन यसरी माक्र्सवाद र संशोधनवादको भीषण द्वन्द्वको बिचबाट गुर्जंदै आउँदा क्रान्ति र प्रतिक्रान्तिका जित र हारका अनेकौँ घट्नाहरू घटिसकेका छन् । सारमा संशोधनवादीहरूले क्रान्तिकारीहरूलाई उग्रवादी, आतङ्कवादी, जडसुत्रवादी आदि भनेर बदनाम मात्र गरेका छैनन्, भीषण भौतिक हमलासम्म गर्न पुगेका छन् । वास्तवमा संशोधनवादीहरू बर्नस्टाइन, काउत्स्की र खुश्चेवभन्दा पनि अझै तल गिरेर ठाडै संसदीय प्रजातन्त्र, पुँजीवादी संसद र बहुलवादलाई आदर्श मान्दै युरो कम्युनिज्मको पतीत सिद्धान्त समेत अङ्गाल्न पुगेका छन् र आज संशोधनवाद नवसंशोधनवादमा विकास गरेर नाङ्गो पुँजीवादमा समेत गिर्न पुगेको छ ।
हामीले संञ्चालन गर्दै आएको वर्गसङ्घर्ष, अन्तःसङ्घर्ष र दुईलाइन सङ्घर्षको अध्ययन र अनुभवबाट के निष्कर्षमा पुग्न सकिन्छ भने अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनभित्रको माक्र्सवाद र संशोधनवाद बिचको यो भीषण लडाइँँ आज आएर एकातिर माक्र्सवाद–लेनिनवाद–माओवाद र अर्कोतिर शास्त्रीय संशोधनवाद–आधुनिक संशोधनवाद–प्रतिक्रियावाद बिचको लडाइँँमा अभिव्यक्त हुन पुगेको छ । एकातिर अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको माक्र्सवाद र संशोधनवादका बिचको लामो ऐतिहासिक लडाइँका समृद्ध अनुभव एवम् शिक्षाको सार हो भने अर्कोतिर त्यस लडाइँको माक्र्सवाद र प्रतिक्रियावाद बिचको लडाइँमा रूपान्तरणको द्योतक पनि हो । यसरी आज माक्र्सवाद र नवसंशोधनवाद बिचको सङ्घर्ष सारमा भन्नुपर्दा माओवाद र प्रतिक्रियावाद बिचको भीषण सङ्घर्षमा बदलिन पुगेको छ ।Ê
विश्वका प्रमुख संशोधनवादी गद्दारहरू
माक्र्सवादको उदयले विश्व मानव समाजमा ठुलो क्रान्ति ल्यायो र हलचल नै पैदा गरिदियो तर माक्र्सवादको जन्मसँगै यसको विरोधी धारा दक्षिणपन्थी संशोधनवादको पनि जन्म र विकास भयो, माक्र्सवादको जुन लेनिनवाद र माओवादमा विकास हुन पुग्यो । त्यसैगरी संशोधनवादले पनि शास्त्रीय संशोधनवाद, आधुनिक संशोधनवाद र प्रतिक्रियावादमा गुणात्मक रूपमा विकास गर्न पुग्यो । संशोधनवादको स्रोत साम्राज्यवाद, पुँजीवाद र निम्न पुँजीवाद हो, यसलाई लेनिनले अन्तर्राष्ट्रिय परिघटनाको रूपमा संंश्लेषण गर्नुभएको छ । यस लेखमा पहिले माक्र्सवादी बनेर माक्र्सवादी धाराभित्र घुसेका र पछि संशोधनवादी बनेर माक्र्सवादका कट्टर हिमायती मात्र होइन, प्रतिक्रियावादमा पतन भइसकेका प्रुंधोदेखि लिएर ल्युशाओ ची, देङ शाओपिङसम्मका संशोधनवादी गद्दारहरूको बारेमा सामान्य जानकारी गराउने प्रयत्न गरिएको छ ः
पिचेर जोसे प्रुधोँ (सन् १८०९–१८६५)
प्रुधोँ विख्यात फ्रान्सीसी पत्रकार, अर्थाशास्त्री र एवम् समाजशास्त्री थिए । सुरूमा प्रुधोँ माक्र्सवादका कट्टर समर्थक थिए । माक्र्स र एङ्गेल्सको पहलकदमीमा सन् १८६४ मा प्रथम अन्तर्राष्ट्रियको गठन भएको थियो । प्रुधोँ त्यसको अध्यक्षमा चुनिएका थिए । पछि प्रुधोँ समाजवादी नभएर एक अराजकतावादीका संस्थापक तथा माक्र्सवादका प्रमुख आलोचक बने । माक्र्सवादलाई अराजकता फैलाउने पहिलो व्यक्ति प्रुधोँ नै थिए । उनी साम्यवादी सिद्धान्तका कट्टर विरोधी र यसलाई उनले कमजोरीको शोषण मानेका थिए । उनले साम्यवादलाई काल्पनिक मानेका छन् । प्रुधोँले माक्र्सवादलाई “गरिबको दर्शन” भनेका छन् भने माक्र्सले प्रुधोँको दर्शनलाई “दर्शनको दरिद्रता” भन्नुभएको छ । प्रुधोँ राज्यशक्तिका विरोधी र स्वतन्त्रताका प्रबल समर्थक रहेका छन् । अन्तिममा प्रुधोँ प्रतिक्रियावादमा पतन हुन पुगेका छन् ।
लुई ओग्युस्टिन ब्लाङ्कीÊ (सन् १८०५–१८८१)
ब्लाङ्की फ्रान्सीसी युरोपियाई समाजवादी तथा असाधारण क्रान्तिकारी थिए र उनले फ्रान्सको सन् १८३० र १८४८ को क्रान्तिमा भाग लिएका थिए । उनलाई दुईचोटि मृत्युदण्डको सजाय सुनाइएको थियो । उनको आधा जीवन जेलमा नै बितेको थियो । उनले षड्यन्त्रको राजनीतिलाई आफ्नो विचार बनाएका थिए । उनले पुँजीवादको विरोध र सामाजिक क्रान्तिको समर्थन गरेका थिए । षड्यन्त्रको उनको कार्यनीति गलत भएकाले ब्लाङ्कीपन्थीहरूले असफलता भोग्नुपरेको थियो । क्रान्तिकारी पार्टीको नेतृत्वमा श्रमिकवर्गले भाग लिएर मात्र क्रान्ति सफल हुन्छ भन्ने उनले ध्यान नदिई षड्यन्त्रकारीलाई मात्र कार्यनीति बनाएको हुँदा उनका विचारमा त्रुटिरहेको पाइन्छ ।
ब्लाङ्कीवाद यो उग्रवामपन्थी अराजकतावादी प्रवृत्ति हो । यो माक्र्सवाद विरोधी विचारधारा हो । ब्लाङ्कीको प्रभाव प्रथम अन्तर्राष्ट्रिय र पेरिस कम्युनमा पनि परेको थियो । पेरिस कम्युनमा त उनको बहुमत थियो । माक्र्सले उनको क्रान्तिकारी स्पिरिटको उच्च मूल्याङ्कन गर्दै उनको वैचारिक खण्डन गरेका थिए । ब्लाङ्कीवादले सर्वहारावर्गको क्रान्तिकारी पार्टीको निर्माणमा जोड दिनुको साटो मुट्ठीभर व्यक्तिहरूको भूमिकामा जोड दिन्थ्यो । यसले जनतामाथि भर पर्ने र जनतालाई गोलबन्द गर्नुपर्ने र सर्वहारा अधिनायकत्व अन्तर्गत निरन्तर रूपमा क्रान्ति चलाउने वर्गसङ्घर्षको महŒवलाई अस्वीकार गर्दैथ्यो । यसले सर्वहारा अधिनायकत्व, वर्गहीन, राज्यविहीन स्थितिको विरोध गर्दथ्यो । ब्लाङ्कीवादलाई अनुशरण गरेकै महान्् पेरिस कम्युन असफलता व्यहोर्नुपरेको तर्क पनि गरिएको पाइन्छ ।
मिखाइल अलेक्सान्द्रोविच बाकुनिन (सन् १८१४–१८७६)
बाकुनिन रुसी क्रान्तिकारी र अराजकतावादका एक सिद्धान्तकार थिए । उनले सन् १८४८–१८४९ मा जर्मनीको क्रान्तिमा सक्रिय भाग लिएका थिए । युरोपमा उनले अराजकतावादी आन्दोलन सङ्गठित गरेका थिए । बाकुनिनको दर्शनको मुख्य आधारमा राज्य नै मानिसको उत्पीडनको मुख्य तत्व हो भन्ने रहेको छ । उनी प्रथम अन्तर्राष्ट्रियको सदस्य बन्न सफल भएका थिए । उनले माक्र्स र एङ्गेल्सको घनघोर विरोध मात्र गरेनन् कि अन्तर्राष्ट्रिय मजदुर आन्दोलनको नेतृत्व हत्याउने प्रयत्न समेत गरेका थिए । सन् १८७२ मा प्रथम अन्तर्राष्ट्रियबाट बाकुनिनलाई कारबाही गरेर निकाला गरिएको थियो ।Ê
फर्डिनान्ड लासाल
फर्डिनान्ड लासाल जर्मन मजदुर सङ्घका संस्थापक अध्यक्ष थिए । लासाल जर्मन मजदुर आन्दोलनका नेता, अराजकतावादको विशेष रूप र लासालवादका संस्थापक थिए अर्थात् माक्र्सवाद विरोधी अवसरवादी धाराका लासाल प्रमुख व्यक्ति थिए । उनले राज्यलाई वर्गभन्दा माथिको सङ्गठन मान्दथे । उनको आफ्नो अवसरवादी धार र प्रक्रिया राजतन्त्रसँग सम्झौतावादी थियो । लासालको विचारलाई लासालवाद भनिन्छ । अध्यक्ष लासालले त्यसबेलाको मजदुर आन्दोलनमा एक छुट्टै कार्यक्रम पेस गरेका थिए । वास्तवमा लासालको कार्यक्रम अर्थात् लासालवाद एक सुधारवादी कार्यक्रम थियो । माक्र्स र एङ्गेल्सले यस कार्यक्रमलाई मजदुर आन्दोलनको एक अवसरवादी भनी आलोचना गर्नुभएको थियो ।
एडवर्ड बर्नस्टिन (सन् १८५०–१९३२)
एडवर्ड बर्नस्टिन जर्मनका सामाजिक जनवादी क्रान्तिकारी मजदुर आन्दोलनका संशोधनवादी प्रवक्ता हुन । सन् १८८९ मा एङ्गेल्सको नेतृत्वमा दोस्रो इन्टरनेसनलको स्थापना गरिएको थियो । सन् १८९५ मा एङ्गेल्सको मृत्यु भयो । सन् १८९६–१८९८ मा बर्नस्टिनले समाजवादको समस्या भन्ने लेख शृङ्खला प्रकाशित गरेका थिए । ती लेखहरूमा उनले दर्शनशास्त्र, राजनीतिक अर्थशास्त्र तथा वैज्ञानिक समाजका सिद्धान्तका क्षेत्रमा माक्र्सवादको आधारभूत प्रस्तावनाको आलोचना गरेका थिए । फ्रेडरिक एङ्गेल्सको मृत्यु पश्चात् सन् १८९६ मा दोस्रो इन्टरनेसनलभित्र माक्र्सवादका विरुद्ध पहिलो पटक संशोधनवादको प्रस्ताव पेस गर्ने पहिलो व्यक्ति एडवर्ग बर्नस्टिन हुन् । उनले द्वन्द्वात्मक भौतिकवाद, वैज्ञानिक समाजवाद र सर्वहारावर्गको अधिनायकत्वलाई अस्वीकार गरी वर्गसङ्घर्षलाई समाप्त पार्दै लैजाने सिद्धान्त प्रतिपादन गरेका थिए । उनले क्रान्तिकारी सिद्धान्तलाई अस्वीकार गरी विकासवादको सिद्धान्त अनुसार स्वयम् वर्गसङ्घर्ष समाप्त हुँदै जाने र मजदुरले क्रान्तिबाट पुँजीवादलाई समाप्त गरी सर्वहाराको नेतृत्वमा समाजवादको स्थापनालाई अस्वीकार गरेकाले उनको सिद्धान्तलाई संशोधनवाद भनिन्छ । दार्शनिक क्षेत्रमा प्लेखानोवले बर्नस्टिनको संशोनवादको व्यापक खण्डन गरेका थिए । यसैबाट नै क्रान्तिकारी माक्र्सवाद र क्रान्तिको सिद्धान्त अगाडि बढेको हो । लेनिनले रुसमा बर्नस्टिनको संशोधनवाद र अर्थवादी तथा मेन्सेविक अन्तर्राष्ट्रिय आन्दोलनको व्यापक आलोचना गरी क्रान्तिकारी माक्र्सवादी सिद्धान्तको रक्षा र विकास गर्नेक्रममा लेनिनवादको प्रतिपादन गरेर माक्र्सवादको ज्ञानको भण्डारमा थप योगदान पु¥याउनुभएको थियो र, अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनलाई समृद्धशाली तुल्याउनुभएको थियो ।
मार्ताेभ
मार्ताेभ रुसका एक क्रान्तिकारी नेता थिए । सन् १९०३ मा लेनिन र मार्ताेभको बीचमा पार्टी विधान, पार्टी निर्माण र परिचालनको विषयमा व्यापक विवाद भएको थियो । लेनिनले कम्युनिस्ट पार्टीको सदस्यले निश्चित लेवी तिर्नुपर्दछ भन्ने प्रस्ताव गर्नुभएको थियो । मार्ताेभले यसको सोझै विरोध गरेका थिए । पार्टी, सङ्गठन र पार्टी सदस्यहरूको अधिकारहरूका बारेमा लेनिनले अघि सार्नुभएका माक्र्सवादी मान्यतालाई मार्ताेभपन्थीहरूले अस्वीकार गरेका थिए । लेनिनले पार्टी सङ्गठन, सर्वहारावर्गको नेतृत्व र सर्वहारावर्गको अधिनायकत्वबारे कडाइका साथ अघि सार्नुभएको थियो तर मार्ताेभपन्थीहरूले लेनिनले अघि सार्नुभएका सबै माक्र्सवादी मान्यतालाई अस्वीकार गरेका थिए । लेनिन र मार्ताेभका बीच भीषण दुईलाइन सङ्घर्ष सञ्चालन भयो । त्यही मतभेदको कारण पार्टीमा विभाजन आयो । बोल्सेभिक र मेन्सेभिकको जन्म भयो । लेनिनको नेतृत्वमा बोल्सेभिक पार्टी निर्माण र परिचालन भयो भने अल्पमत परेका मार्ताेभहरूले मेन्सेभिक पार्टी चलाए । लेनिनको नेतृत्वमा सन् १९१७ मा महान्् रुसी अक्टोबर समाजवादी क्रान्ति सम्पन्न भयो । यस दुईलाइन सङ्घर्षको उत्कर्षसँगै लेनिनले लेनिनवादको प्रतिपादन गर्नुभयो ।
कार्ल काउत्स्की (सन् १८५४–१९३८)
कार्ल काउत्स्की जर्मन सामाजिक जनवादीको तर्फबाट दोस्रो इन्टरनेसनलका नेता बनेका थिए । सुरूमा उनी अराजकतावादी र प्रत्यक्षवादीहरूको प्रभावमा परेका थिए । दोस्रो इन्टरनेसनलको गठन(सन् १८८९) हुने क्रममै फ्रेडरिक एङ्गेल्ससँग उनको मतभेद भइसकेको थियो । सर्वहारावर्गको अधिनायकत्वको आलोचना गर्दै संसदवर्ग स्वार्थदेखि मुक्त हुनुपर्छ भन्ने चिन्तन अगाडि सारेका थिए । संसदीय जनवादको पक्षधर भएर सर्वहारावर्गको अधिनायकत्वको विरोध गरेका थिए । कार्ल काउत्स्की दोस्रो इन्टरनेसनलका नेता र माक्र्सवादी विरोधी थिए । सन् १९१८ मा लेनिनले सर्वहारा क्रान्ति र गद्दार काउत्स्की भन्ने पुस्तक रचना गरेका थिए ।
अलेक्सान्द्रा एत्येन मिलेरा (सन् १८५९–१९४३)
अलेक्सान्द्रा एत्येन मिलेराँ फ्रान्सीसी राजनीतिज्ञ थिए । १९ औँ शताब्दीको अन्त्यतिर उनी समाजवादी पक्षधर बनेका थिए र फान्सीसी समाजवादी आन्दोलनमा उनले एक अवसरवादी धाराको प्रतिनिधित्व गरेका थिए । उनी मन्त्रिमण्डलवादका पक्षपाती थिए । उनी प्रतिक्रियावादी बुर्जुवा सरकारमा सामेल भएका थिए । सन् १९०४ मा उनलाई समाजवाद पार्टीबाट निकाला गरिएको थियो । सन् १९२० देखि १९२४ सम्म उनी फ्रान्सीसी गणराज्यका राष्ट्रपति समेत बनेका थिए । मिलेराँ मन्त्रिमण्डलवादका प्रणेता हुन् । उनी संशोधनवादी गद्दारहरूका कोटामा पर्दछन् ।
निकिता ख्रुश्चोभÊ (सन् १८९४–१९७१)
सन् १९५३ मा स्टालिनको निधन भयो । त्यसपछि निकिता ख्रुश्चोभ सोभियत सङ्घका नेता÷राष्ट्रपति बन्न पुगे । १९५६ मा सोभियत कम्युनिस्ट पार्टी (बोल्सेभिक)को २० औँ महाधिवेसनका आयोजना गरियो । त्यस महाधिवेसनमा मध्यरातमा ख्रुश्चोभले एउटा गोप्य रिपोर्ट पेस गरे र स्टालिनलाई खुनी, जड्याहाँ, जुवाडे हत्यारो आदि शब्दले गालीगलौज गर्दै विविध लाञ्छना र आरोपहरू लगाए । त्यति मात्र होइन, ख्रुश्चोभले समाजवाद प्राप्तिको लागि शान्तिपूर्ण सङ्क्रमणको बाटो र वर्ग समन्वयको बाटो अवलम्बन गर्न पुगे । उनले सम्पूर्ण जनताको पार्टी, सम्पूर्ण जनताको राज्य र शान्तिपूर्ण सङ्क्रमणको सिद्धान्त अवलम्बन गर्दै तथा वर्गसङ्घर्ष, सर्वहारा अधिनायकत्व, सशस्त्र सङ्घर्षको सिद्धान्तका विरुद्ध भीषण हमला बोलेर ख्रुश्चोभले आधुनिक संशोधनवादलाई सोभियत समाजवादमा घुसाएर माक्र्सवाद–लेनिनवादप्रति गद्दारी गर्न पुग्यो र प्रतिक्रान्तिकारी बाटो अवलम्बन गर्न पुग्यो । ख्रुश्चोभको यो कार्यले कम्युनिस्ट आन्दोलनमा संशोधनवादी धारा अगाडि बढ्यो र सोभियत सङ्घलाई पुँजीवादमा पतन गराइछाड्यो । त्यसको लगत्तै माओत्सेतुङ र चिनियाँ कम्युनिस्ट पार्टीले ख्रुश्चोभी नवसंशोधनवादका विरुद्ध अन्तर्राष्ट्रिय स्तरमा महान्् बहस चलायो । ख्रुश्चोभी नवसंशोधनवाद संसारका विभिन्न कम्युनिस्ट पार्टीहरूका हैजाका किटाणु झैँ गरी फैलियो । अहिले पनि ख्रुश्चोभी आधुनिक संशोधनवाद विश्वसर्वहारा क्रान्तिको वाधकको रूपमा खडा हुँदै आइरहेको छ ।
ल्यू शाओ चीÊ (सन् १८९८–१९६९)
ल्यू शाओ ची चीनका राष्ट्रपति समेत भएका थिए । उनले १९५६ मा आयोजना गरिएको चिनियाँ कम्युनिस्ट पार्टीको आठौँ महाधिवेसनमा समाजवादभित्र पुँजीवाद लागू गर्ने प्रस्ताव पेस गरेका थिए । माओत्सेतुङले समाजवादमा पनि वर्गसङ्घर्ष जारी राख्नुपर्दछ भन्ने विचार अघि सार्नुभएको थियो । माओले महान्् छलाङ भन्ने कार्यक्रम अघि सार्नुभएपछि ख्रुश्चोभका चेला ल्यू शाओ चीले तीन आधुनिकीकरण नीति अघि सारेपछि माओ र उनका बीचमा अन्तरविरोध सुरू भएको थियो । पार्टीको आठौँ महाधिवेसनमा माओले समाजवादी बाटो अपनाउने, वर्गसङ्घर्ष पहिलो, उत्पादन सङ्घर्ष दोस्रो भन्ने प्रस्ताव अघि सार्नुभयो भने ल्यू शाओ चीले पुँजीवादी बाटो अपनाउने पहिलो उत्पादन सङ्घर्ष र आर्थिक क्रान्ति र दोस्रो वर्गसङ्घर्ष भन्ने ख्रुश्चोभी नीति अघि सारे । माओले भीषण दुईलाइन सङ्घर्ष सञ्चालन गर्नुभयो । ल्यू पुँजीवादपन्थी थिए । पार्टीलाई बुर्जुवाकरण गरेका कारण १९६६ देखि १९७६ सम्म माओको नेतृत्वमा महान्् चिनियाँ सर्वहारा सांस्कृतिक क्रान्ति सञ्चालन गरियो । ल्यू शाओ चीलाई गद्दार घोषित गरी जेलमा हालियो र पार्टीबाट समेत निकाला गरिएको थियो ।
देङ शियाओ पिङ्
देङ शियाओ पिङ दक्षिणपन्थी थिए । गद्दार ल्यू शाओ चीसँग देङलाई कारबाही गरी पार्टीबाट बर्खास्त गरिएको थियो । दसौँ महाधिवेसनपछि देङ शियाओ पिङ जस्ता दक्षिणपन्थी गद्दारलाई कारबाही फुकुवा गरी पुनर्संरचना गरेर पार्टीले गल्ती गरेको थियो । सन् १९७६ मा माओको निधन भयो । माओको मृत्युपछि देङ शियाओ पिङ शक्तिमा आए । माओको मृत्युभएको एक महिना नपुग्दै अक्टोबरमा चिनियाँ प्रतिक्रान्ति भयो । देङ शियाओ पिङले चार आधुनिकीकरणको सिद्धान्त अपनाइ चीनमा मिश्रित अर्थतन्त्र र खुला बजारी समाजवादको सिद्धान्त लागू गरेर चीनमा पुँजीवादको पुनस्र्थापना गरियो । चिनियाँ प्रतिक्रान्तिको प्रमुख नाइके र प्रयोगकर्ता गद्दार देङ शिओ पिङ थिए ।Ê
यी माथिका उल्लेखित संशोधनवादी गद्दारहरू विश्व कम्युनिस्ट आन्दोलन र सर्वहारा क्रान्तिलाई ठुलो क्षति पु¥याए । यसले नेपाली कम्युनिस्ट आन्दोलन र नेपाली क्रान्तिलाई पनि गम्भीर क्षति पु¥याएको छ । २०१३ साल वैशाख ३ गतेदेखि मनमोहन अधिकारी र डा. केशरजङ्ग रायमाझीको माध्यमबाट नेपालमा ख्रुश्चोभ पनि नवसंशोधनवाद नेपाली कम्युनिस्ट आन्दोलनमा घुस्न सफल भएको हो । पहिलो चरणमा यसले २०२०÷२०२२ सालतिर पार्टी फुटाउन सफल भयो । दोस्रोमा एक कालखण्डमा शक्तिशाली कम्युनिस्ट पार्टी बन्न पुगेको एमालेलाई दक्षिणपन्थी संशोधनवादी भासमा डुबाउन सफल भयो । तेस्रो चरणमा अहिले वर्तमान नेपाली क्रान्तिको नेतृत्व गरिरहेको एकीकृत नेकपा माओवादीभित्र सुनामी बेगका साथ सवार भयो । समयमै यसलाई बाँदर लखेटाइ गरेर माओवादी पार्टीबाट लखेट्न सकिएन भने नेपाली क्रान्तिलाई ठुलो नोक्सान पु¥याउने प्रबल सम्भावना देखेपछि सो गरियो पनि ।Ê
नेपालका संशोधनवादीहरूका सन्दर्भमा
नेपाल कम्युनिस्ट पार्टीको स्थापना २००६ साल वैशाख १० (सन् १९४९ अप्रिल २२) गते पुष्पलाल श्रेष्ठको पहलकदमीमा भारतको कोलकत्तामा गरिएको थियो । नेपालको संस्थापक महासचिव पुष्पलाल हुनुहुन्छ । नेकपाले २००६ साल वैशाख १२ गते एउटा प्रर्चा प्रकाशित गरेको थियो । त्यसैबेला नै पार्टीले नेपाली समाजको वर्ग विश्लेषण गर्दै देश अर्धसामन्ती र अर्धऔपनेवेशिक रहेको ठहर गर्दै सामन्त, दलाल तथा नोकरशाही पुँजीपतिवर्ग नेपाली जनताको प्रधान सत्रु रहेको र साम्राज्यवाद तथा विस्तारवाद आधारभूत सत्रु रहेको किटान गरेको थियो र पार्टीको न्यूनतम कार्यक्रम नयाँ जनवादी क्रान्ति सम्पन्न गरेर जनताको जनवादी राज्य व्यवस्था स्थापना गर्नु रहेको थियो भने अधिकतम कार्यक्रम (लक्ष्य) समाजवाद हुँदै साम्यवादसम्म पुग्ने रहेको थियो । नेपाली कम्युनिस्ट आन्दोलनको शैशव कालमै दक्षिणपन्थी संशोधनवाद घुस्न सफल भएको थियो । त्यसैले आज आधुनिकवाद संशोधनवाद हुँदै नवसंशोधनवादमा विकास गरिरहेको छ र दक्षिणपन्थी नवसंशोधनवाद नेपाली क्रान्तिको लागि वाधकको रूपमा खडा हुन पुगेको छ । नेपाली कम्युनिस्ट आन्दोलनको नेतृत्व गर्दै आएका मुख्य नेताहरूमा पुष्पलाल बाहेक अन्य सबै प्रमुख नेताहरू संशोधनवादी गद्दार बन्न पुगेका छन् । तिनीहरूको बारेमा यहाँ सामान्य चर्चा गर्न आवश्यक छ–
मनमोहन अधिकारी
२०१० सालमा नेकपाको प्रथम राष्ट्रिय महाअधिवेसन सम्पन्न गरियो उक्त महाधिवेसनमा दरबारीयाहरूले पार्टी नेतृत्व कब्जा गर्न सफल भए र दरबारीया मनमोहन अधिकारीलाई महासचिवमा निर्वाचित गरियो । त्यही महाधिवेसनबाटै क्रान्तिकारीहरूलाई पाखा लगाउने र नेतृत्व गर्ने तहबाट बञ्चित गर्ने षडयन्त्रपूर्ण क्रियाकलापको सुरूआत भयो । २००८ सालदेखि सरकारले नेकपालाई प्रतिबन्ध लगाउँदै आएको थियो । २०१३ साल वैशाख ३ गते तत्कालीन नेकपाका महासचिव मनमोहन अधिकारीले राजाको वैधानिकत्व स्वीकार्ने र शान्तिपूर्ण तरिकाबाट समाजवादी क्रान्ति सम्पन्न गर्ने सर्तमा ५ वर्षदेखि पार्टीमाथि लगाउँदै आएको प्रतिबन्ध हटाइपाऊँ भनेर सरकारलाई चिठी पठाए । २०१३ साल वैशाख ४ गते सरकारले पार्टीमाथि लगाएको प्रतिबन्ध हटाइएको थियो । यसरी वर्गसङ्घर्षको कार्यदिशा परित्याग गरेर वर्गसमन्वय, संशोधनवादी नीति विधिवत् रूपमा अङ्गालेर नेपाली कम्युनिस्ट आन्दोलनलाई दक्षिणपन्थी संशोधनवादको दलदलमा फसाउने पहिलो संशोधनवादी नेता मनमोहन अधिकारी हुन् । माले र माक्र्सवादीको एकता पश्चात २०४७ सालदेखि मनमोहन अधिकारी एमालेका अध्यक्ष बनेका थिए भने २०५१ सालको मध्यावधि आम निर्वाचनबाट एमालेको तर्फबाट नेपालको प्रधानमन्त्रीमा समेत निर्वाचित भएका थिए ।
डा. केशरजङ्ग रायमाझी
डा. केशरजङ्ग रायमाझी दरबार परस्त नेता थिए । २०१४ सालमा सम्पन्न नेकपाको दोस्रो महाधिवेसनबाट उनी पार्टीको महासचिवमा निर्वाचित भए । २०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्रले सैनिक ‘कू’ गरी बहुदलीय व्यवस्थालाई अपदस्त गरी निरङ्कुश पञ्चायती व्यवस्थाको स्थापना गरेका थिए । उक्त शाही कदमलाई डा. केशरजङ्ग रायमाझीले राजाको ‘साहसी कदम’ भनेर स्वागत गरेका थिए । रायमाझीले नेकपालाई दरबारमा बुझाउने कोसिस गरेका थिए । २०१९ सालमा सम्पन्न नेकपाको तेस्रो महाधिवेसनले डा. केशरजङ्ग रायमाझीलाई राजावादी गद्दार घोषित गरी पार्टीबाट निष्काशन समेत गरेको थियो । पछिसम्म उनले रायमाझीको नामबाट कम्युनिस्ट सञ्चालन गर्दै आएका थिए । राजतन्त्रले रायमाझीलाई राजपरिषद्को सभापति बनाएको थियो । उनी दरबारको पहरेदार बनेका थिए । २०४६ सालको राजनीतिक परिवर्तनपछि राजतन्त्रले रायमाझीलाई नेपालको शिक्षा मन्त्री समेत बनाएको थियो ।
तुलसीलाल अमात्य
२०१९ सालको नेकपाको तेस्रो राष्ट्रिय महाधिवेसनले तुलसीलाल अमात्यलाई महासचिवमा निर्वाचित गरेको थियो । त्यस महाधिवेसनले नेपाली नयाँ जनवादी क्रान्तिको सशस्त्र क्रान्तिको कार्यदिशालाई परित्याग गरी ‘राष्ट्रिय प्रजातन्त्र’ नाम दिइएको पुँजीवादी संसदीय कार्यदिशा पारित गरेको थियो । तुलसीलाल अमात्य संशोधनवादी नेता थिए । विचारविहीन नेतृत्वले सही नेतृत्व प्रदान गर्न सकेन र २०२०–२०२१ सालतिरबाट नेपाल कम्युनिस्ट पार्टीभित्र टुटफुट र विभाजनको शृङ्खला सुरू भयो । त्यसबेलादेखि विभाजित भएको नेपाली कम्युनिस्ट आन्दोलन अहिलेसम्म पनि विभाजित अवस्थामै छ । तुलसीलाल अमात्यले पछिसम्म पनि पार्टी छुट्टै पार्टी चलाउँदै आएका थिए । २०४८ सालपछि उनी एमालेमा विलय भएका थिए । उनलाई एमालेले चीनको राजदुत बनाएर पठाएको थियो ।
मोहनविक्रम सिंह
मोहनविक्रम सिंह नेपाली कम्युनिस्ट आन्दोलनका अर्का एक जडसुत्रीय संशोधनवादी तथा सङ्कीर्णवादी नेता हुन् । २०१७ सालपछि उनी लामो समयसम्म जेलमा बसे । २०२७ मा जेलबाट मुक्त भए । २०२८ सालमा उनले न्यूक्लिसको गठन गरे । २०३१ सालमा नेकपाको चौथो महाधिवेसन सम्पन्न गरियो । त्यस महाधिवेसनले मोहनविक्रम सिंहलाई महामन्त्रीमा निर्वाचित ग¥यो । चौमको विभाजनपछि नेकपा (मशाल)को गठन भयो । २०४१ सालमा पार्टीको महाधिवेसनले उनलाई पार्टीबाट निष्काशन ग¥यो । उनले छुटट्ै नेकपा पातलो (मशाल)को गठन गरे । अहिले उनी नेकपा (मसाल)को महामन्त्री छन् ।
मदनकुमार भण्डारी
मदन भण्डारी नेकपा एमालेका महासचिव हुन् । उनी नेकपा माले २०४६ सालमा सम्पन्न चौँथो राष्ट्रिय महाधिवेसन र २०४९ सालमा सम्पन्न पाँचौँ राष्ट्रिय महाधिवेसनबाट दुई–दुई पटक एमालेको महासचिवमा निर्वाचित भएका थिए । २०४९ सालमा एमालेको पाँचौँ महाधिवेसनबाट मदन भण्डारीले ‘जनताको बहुदलीय जनवाद’ नामक नेपाली क्रान्तिको नवीनतम कार्यक्रम भन्दै खुश्चेभी आधुनिक संशोधनवादी लाइन पारित गराउन सफल भएका थिए । ‘जनताको बहुदलीय जनवाद’ खुश्चेभी आधुनिक संशोधनवादको नेपाली संस्करण थियो । उनी भारत विरोधी राष्ट्रवादी नेता थिए । २०५० साल जेठ ३ गते चितवनको दासढुङ्गामा रहस्यमय जीप दुर्घटनाद्वारा उनको हत्या गरिएको थियो । उनका हत्याराहरूको पत्ता लागिसकेको छैन ।
प्रचण्ड–बाबुराम
पुष्पकमल दाहाल एकीकृत नेकपा (माओवादी) का अध्यक्ष हुन् भने बाबुराम भट्टराई एमाओवादी पार्टीको नेता हुन् । प्रचण्डले १० बर्से सशस्त्र जनयुद्धको नेतृत्व समेत गरेका थिए । प्रचण्ड–बाबुराम वर्तमान नेपाली कम्युनिस्ट आन्दोलनका नवसंशोधनवादी प्रमुख पात्र हुन् । प्रचण्ड–बाबुरामले २०६२ असोज–कात्तिकमा सम्पन्न पार्टीको बहुचर्चित चुनवाङ् बैठकबाट सशस्त्र सङ्घर्षको नेपाली नयाँ जनवादी क्रान्तिको कार्यदिशालाई परित्याग गरी लोकतान्त्रिक गणतन्त्र सम्बन्धित पुँजीवादी, संसदवादी, बहुलवादमा आधारित कार्यदिशा पारित गराउन सफल भएका थिए । त्यसपछि उनीहरूले भारतीय विस्तारवादको निर्देशनमा २०६२ मङ्सिर ७ गते सात पुराना संसदवादी दलहरूसँग राष्ट्रघाती १२ बुँदे समझदारी भारतमा गरेका थिए । शान्ति प्रक्रियामा सामेल भए पश्चात २०६३ मङ्सिर ५ गते नेपाल सरकारसँग बृहत् शान्ति सम्झौता गर्नेक्रममा १० बर्से सशस्त्र जनयुद्ध समाप्त भएको घोषणा गरेका थिए । १० बर्से जनयुद्धले निर्माण गरेका आधार इलाकाहरू, जनअदालत, जनकम्युन र जनसरकारको खारेजी गरेका थिए । पार्टीले पारित गरेको नेपाली क्रान्तिको जनविद्रोहको क्रान्तिकारी कार्यनीतिलाई परित्याग गरी ‘शान्ति र संविधान’ सम्बन्धी सुधारवादी–पुँजीवादी–संसदवादी कार्यदिशा पकड्न पुगेका थिए । भारतीय विस्तारवादको निर्देशन र योजनामा मधेसवादी दलहरूसित राष्ट्रघाती चारबुँदे सम्झौता गरेर सरकारमा पुग्न सफल भएका थिए । तिनीहरूले भारतीय शासकहरूसित घाँटी जोडेर राष्ट्रघाती बिप्पा सम्झौता गरे । जनमुक्ति सेनाको विधिवत् रूपमा विघटन र विर्सजन गराए । जनताको बलिदानबाट प्राप्त हतियार दुश्मनलाई बुझाएर जनताको वास्तविक संविधान बनाउने कार्यलाई लथालिङ्ग–भताभुङ्ग पार्दै २०६९ जेठ १४ गते राती संविधानसभाको अन्त्येष्टि गरिदिए । उनीहरूले पार्टीलाई विसर्जन गराउने प्रयत्न गरे । क्रान्तिकारी माक्र्सवाद र नेपाली क्रान्तिप्रति गद्दारी गरे पश्चात प्रचण्ड–बाबुराम नवसंशोधनवादका मुख्य पात्र र लालगद्दार घोषित भइसकेका छन् ।
सन्दर्भ ः माक्र्सवादी ज्ञान सिद्धान्त
ज्ञान सम्बन्धी सिद्धान्त द्वन्द्वात्मक भौतिकवादको एक महत्वपूर्ण तत्व हो । अन्तर्राष्ट्रिय सर्वहारावर्गका महान्् नेता भ्लादिमिर इल्वीच लेनिनले माक्र्सवादी ज्ञान– सिद्धान्तका बारेमा भन्नुभएको छ– ‘द्वन्द्ववाद माक्र्सवादको ज्ञान सम्बन्धी सिद्धान्त हो’– लेनिन, सङ्कलित रचनाहरू, भाग ३८, पृ. ३६२ ।
द्वन्द्वात्मक भौतिकवादी सिद्धान्त भौतिक संसार र चेतनाबीचको सम्बन्धको आधारभूत सवालको अर्को महत्वपूर्ण पक्षसित सम्बन्धित छ । आफु रहेको संसारलाई हामी जान्न सक्छौँ कि सक्दैनौँ ? के त्यो यथार्थको ठीक प्रतिबिम्ब हुन सक्छ ? के चिन्तन र सत्ताको मेल हुन सक्छ ? यी प्रश्नहरूको जवाफ पनि भौतिकवाद र आदर्शवादले एकदमै भिन्न–भिन्न ढङ्गले दिएका छन् । यस विषयमा दार्शनिकहरू दुई खेमामा विभाजित । यो संसार ज्ञेय छ (बुझ्न र जान्न सकिन्छ) भन्ने दार्शनिकहरू भौतिकवादी खेमामा खडा भएका छन् भने यो संसार अज्ञेय छ (बुझ्न र जान्न सकिँदैन) भन्ने दार्शनिकहरू आदर्शवादी (अध्यात्मवादी) खेमामा खडा हुन पुगेका छन् ।
जीवन र जगत्को सामान्य नियमहरूको अध्ययन दर्शन हो । दर्शनको खास अर्थ ‘हेर्न खोज्नु र बुझ्नु’ हुन्छ । विश्व ब्रह्माण्डको उत्पत्ति कसरी भयो ? पृथ्वीमा जीवजन्तु र मानिसको उत्पत्ति कसरी भयो ? जीवन र जगत्लाई चलाउने शक्ति या नियम के हुन् ? पदार्थको स्थान पहिलो कि चेतनाको स्थान पहिलो ? आदि विषयहरूको खोज, व्याख्या र दृष्टिकोणलाई दर्शन भनिन्छ । आज विश्वमा धेरै प्रकारका दर्शनहरू देखिए पनि मुख्यतया दर्शन दुई प्रकारका छन् । एकथरि चेतनालाई आदि तत्व वा मूल तत्व मानेर जगत्लाई त्यसको स्वतःस्फूर्त रचना मान्ने अध्यात्मवादी दर्शन र अर्को पदार्थलाई मूल तत्व र त्यसको विकसित रूपलाई चेतना मान्ने भौतिकवादी दर्शन ।
पदार्थलाई आदितत्व र चेतनालाई पदार्थबाटै उत्पन्न भएको कुरा मान्ने दार्शनिकहरू भौतिकवादसित सम्बन्धित छन् । उनीहरूको दृष्टिकोणमा पदार्थ शाश्वत् छ अर्थात् कसैले पनि कहिल्यै पनि पदार्थको सृष्टि गरेको होइन र वस्तुगत जगत्मा कुनै किसिमको अलौकिक वा पारलौकिक शक्तिको अस्तित्व छैन । चेतना चाहिँ पदार्थको ऐतिहासिक विकासको उपज हो भन्ने अवधारणा भौतिकवादी दार्शनिकहरूको रहेको छ भने ‘आत्मा’ चेतनालाई आदि तत्व मान्ने दार्शनिकहरू अध्यात्मवादसित सम्बन्धित छन् । उनीहरूको दृष्टिकोणमा पदार्थभन्दा पहिले नै चेतनाको अस्तित्व थियो र त्यसैले पदार्थलाई जन्माएको हो अर्थात् चेतना नै सम्पूर्ण अस्तित्वको पूर्वाधार हो भन्ने दार्शनिकहरू अध्यात्मवादसित सम्बन्धित छन् र उनीहरूले जगत्को बोधगम्यतालाई अस्वीकार गर्छन् ।
द्वन्द्वात्मक भौतिकवादी दार्शनिक एवम्् वैज्ञानिक साम्यवादका प्रवर्तक कार्ल माक्र्सको उदय हुनुभन्दा पहिले नै जीवन र जगत्लाई हेर्ने, बुझ्ने र व्याख्या गर्ने कार्य प्रशस्त मात्रामा भइसकेको थियो तर जीवन र जगत्लाई सञ्चालन गर्ने र त्यसलाई बदल्ने सन्दर्भमा अध्यात्मवादी धारणाले काम गर्दै आएको थियो । दर्शनका क्षेत्रमा भएका सबभन्दा पछिल्लो विकासका क्रममा शास्त्रीय जर्मन दर्शनका रूपमा हेगेलको द्वन्द्ववाद र लुडाविक फायरवाखको भौतिकवादको रूपमा देखापरेको थियो । तत्कालीन समयमा देखापरेका यी दुई दर्शनका मूल्यवान् तथा सुसङ्गत विचारहरूलाई आत्मसात् गरेर कार्ल माक्र्स र फ्रेडरिक एङ्गेल्सेले द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शनको विकास गरे । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शन माक्र्सवादी विश्वदृष्टिकोण हो । यसले प्रकृति, मानव समाज र विचारधारात्मक विकासका अधिकतम सामान्य नियमहरूको अध्ययन र वैज्ञानिक व्याख्या गर्दछ । माक्र्सवादी दर्शन त्यस्तो दर्शन हो, जसले विश्वलाई रूपान्तरण गर्नका लागि त्यसलाई बुझ्ने प्रयत्न गर्दछ । यस विषयमा कार्ल माक्र्सले यसरी व्याख्या गर्नुभएको छ– ‘दार्शनिकहरूले संसारको बेग्लाबेग्लै व्याख्या मात्रै गरेका छन् तर गाँठी कुरा त त्यसलाई बदल्नु पो हो त ।’– कार्ल माक्र्स, फायरवाख सम्बन्धी प्रस्थापनाहरू ।
प्रकृति, समाज, राज्यव्यवस्था आदि बारेमा कार्ल माक्र्स र फ्रेडरिक एङ्गेल्सले महान्् खोज र प्रयोगद्वारा निकाल्नुभएको वैज्ञानिक तथा क्रान्तिकारी विचार, सिद्धान्त र व्यवहारको संयुक्त योगलाई माक्र्सवाद भनिन्छ । माक्र्सवादले सामन्त वर्ग र पुँजीपतिवर्गको राज्यव्यवस्थालाई निषेध गरेर सर्वहारा श्रमजीवीवर्गको राज्यव्यवस्था स्थापना गर्ने सही तथा क्रान्तिकारी बाटो देखाउँछ । विश्व ब्रह्माण्डको सृष्टि र सञ्चालन ईश्वरले गर्दछ भन्ने सृष्टिवादी अध्यात्मवादको पूर्ण रूपले खण्डन गरी त्यसको ठाउँमा प्रकृति र समाजको द्वन्द्वात्मक विकासको सिद्धान्त अघि सारेको छ । यसका मौलिक विशेषताहरू द्वन्द्वात्मक भौतिकवाद, ऐतिहासिक भौतिकवाद, वर्गसङ्घर्ष, अतिरिक्त मूल्यको सिद्धान्त, तल्लो वर्गको जनतामा राज्यको शक्ति आदि कुरा लेखेको छन् ।
ज्ञान–सिद्धान्तको क्षेत्र
वस्तुगत जगत्का नियमको सक्रिय तथा उद्देश्यमूलक मानसिक प्रतिबिम्बलाई ज्ञान भनिन्छ । भीआई लेनिनले ‘ज्ञान भनेको वस्तुसँग चिन्तनको शाश्वत् र अन्त्यहीन समानुपातीकरण हो’ भन्नुभएको छ । ज्ञानको आधार भनेको व्यवहार हो । व्यवहार भनेको विश्वलाई रूपान्तरण गर्ने मानिसहरूको भौतिक क्रियाकलाप हो । द्वन्द्वात्मक भौतिकवादी ज्ञान सिद्धान्त अनुसार ज्ञानको स्रोत मानिसको चारैतिर जगत्मा उसको व्यवहार हो । ज्ञान प्राप्ति भनेको मानिसको मगजमा वस्तुगत जगत् र त्यसका नियमहरूको क्रियाशील तथा मानसिक क्रियाकलापहरूको प्रतिबिम्ब हो । बाह्य जगत्ले मानिसमाथि असर पार्दछ र मानिस त्यही अनुरूप अनुभूति, अवधारणा र ज्ञान उत्पन्न गर्दछ ।
वस्तुगत जगत्मा रहेका वस्तुहरू तथा घटनाहरूलाई मानवीय ज्ञानको एक मात्र स्रोतको मान्यता दिनु नै माक्र्सवादी तथा द्वन्द्वात्मक भौतिकवादी ज्ञान सिद्धान्तको आधारभूत प्रस्थानविन्दु हो । कार्ल माक्र्स र फ्रेडरिक एङ्गेल्सले ज्ञान प्राप्तिको वैज्ञानिक तथा व्यावहारिक धरातलमा उभिएर पहिलेका दार्शनिकहरूको सीमिततालाई हटाएर गुणात्मक दृष्टिकोणले नै नयाँ द्वन्द्वात्मक भौतिकवादी ज्ञान सिद्धान्तको प्रतिपादन गर्नुभयो । व्यावहारिक अनुभव अर्थात् मानिसहरूको भौतिक उत्पादन सम्बन्धी क्रियाकलापलाई ज्ञान प्राप्तिको आधार मान्नु नै माक्र्सवादी ज्ञान सिद्धान्तको मूलभूत विशेषता हो । माक्र्सवादी दर्शनमा अनुभव भनेको ज्ञान प्राप्तिको प्रक्रियाको आधार र प्रस्थानविन्दु मात्र होइन, यो ज्ञानको सत्यता र सहीपनाको कसौटी हो भनिएको छ । यस विषयमा भीआई लेनिनले भन्नुभएको छ– ‘जीवन र अनुभवको दृष्टिकोण नै ज्ञान सिद्धान्तको पहिलो मुख्य दृष्टिकोण हुनुपर्छ र यसले अनिवार्यतः भौतिकवादमा नै ल्याउनेछ ।’
व्यवहार नै ज्ञान प्राप्तिको पहिलो आधार
द्वन्द्वात्मक भौतिकवादी ज्ञान–सिद्धान्त अनुसार प्रकृति र समाजलाई बदल्न मानिसले गर्ने सक्रिय क्रियाकलापलाई व्यवहार भनिन्छ । श्रम र भौतिक उत्पादन नै त्यसको आधार हो । राजनीतिक सङ्घर्ष सञ्चालन गर्नु, वर्गसङ्घर्षको उठान गर्नु, राष्ट्रिय मुक्ति आन्दोलन तथा वैज्ञानिक अनुसन्धान सबै प्रयोग गर्नु जस्ता सक्रिय व्यवहारद्वारा नै मानिसले प्रकृतिमा भएका ठोस भौतिक वस्तुहरूको रूपान्तरण मात्र नगरेर नयाँ वस्तुहरूको निर्माण समेत गर्दछ । त्यसको निम्ति मानिस प्रत्यक्ष रूपमा श्रममा संलग्न हुनुपर्छ किनभने व्यवहार नै ज्ञानको प्रस्थानविन्दु र आधार हो । सर्वप्रथम स्वयम् ज्ञान नै व्यवहारको आधारमा र मुख्यतया भौतिक उत्पादनको प्रभावले गर्दा उत्पन्न भएको थियो भन्ने कुरा द्वन्द्वात्मक भौतिकवादी (माक्र्सवादी ज्ञान) ज्ञान सिद्धान्तले प्रमाणित गरिदिएको छ । यस विषयमा कमरेड माओत्सेतुङले यसरी व्याख्या गर्नुभएको छ– ‘व्यवहारद्वारा सत्य पत्ता लगाऊ र फेरि व्यवहारद्वारा सत्यको परख गर र त्यसलाई विकसित गर । इन्द्रियग्राह्य ज्ञानबाट सुरु गर र सक्रियतापूर्वक त्यसलाई बुद्धिसङ्गत ज्ञानमा विकसित गर, अनि बुद्धिसङ्गत ज्ञानबाट सुरु गर र मनोगत तथा वस्तुगत दुबै संसारलाई फेर्नका लागि सक्रिय रूपले क्रान्तिकारी व्यवहारको पथप्रदर्शन गर । व्यवहार ज्ञान, फेरि व्यवहार, फेरि ज्ञान । यो क्रम अनन्त रूपले दोहोरिन्छ र प्रत्येक आवृत्तिका साथसाथै व्यवहार र ज्ञानको सारतत्व माथिल्लोस्तरमा पुग्दछ । यो नै सम्पूर्ण द्वन्द्वात्मक भौतिकवादी ज्ञान सिद्धान्त हो र यो नै बोध र कार्यको एकता सम्बन्धी द्वन्द्वात्मक भौतिकवादी सिद्धान्त हो’ माओत्सेतुङ, सङ्कलित रचना भाग १ पृ. २४६ ।
मानिस आफ्नो अस्तित्वको पहिलो घडीदेखि नै श्रम गर्न बाध्य भयो । मानिस आफ्नो जीवनयापनका साधनहरू जुटाउन बाध्य भयो । श्रमको दौरानमा मानिसले प्रकृतिका जटिलतम शक्तिहरूसित लड्नुप¥यो र तिनलाई बदल्दै आफ्नो हितानुकूल काममा प्रयोग गर्दै विस्तार–विस्तार तिनको ज्ञान पनि हासिल गर्दै गयो । उत्पादनको भावी विकासको निम्ति नयाँ नयाँ ज्ञानको आवश्यकता पर्दै गयो । त्यसको पूर्तिको लागि विविध निर्माणको काममा जुट्दै गयो र विज्ञान र प्रविधिको समेत विकास गर्न सक्षम भयो । वैज्ञानिक ज्ञानले व्यवहारबाट नै यन्त्र, उपकरण र प्रविधिहरूको निर्माण गर्न सफल भयो र व्यवहारले ज्ञान प्राप्तिमा योगदान पु¥याउँदै आएको छ । अतः व्यवहार ज्ञान प्राप्तिको आधार मात्र नभएर मानिसको उद्देश्य प्राप्त गर्ने वैज्ञानिक हतियारको रूपमा प्रमाणित हुन पुग्यो ।
ज्ञान प्राप्ति मानिसहरूको श्रमको एउटा रूप हो । यो मानिसको सैद्धान्तिक क्रियाकलाप पनि हो । सिद्धान्तले स्वतः वास्तविकतालाई सक्दैन, त्यसमा सिद्धान्त र व्यवहारका बीचमा एकता कायम भएको हुन्छ । यही नै सिद्धान्त र व्यवहारबीचको अन्तर हो । अव्यावहारिक सिद्धान्त निरर्थक हुन्छ । भनिन्छ, सिद्धान्तविनाको व्यवहार अन्धो हुन्छ र सिद्धान्तले व्यवहारलाई बाटो देखाउँछ । आफ्नो सुप्रसिद्ध लेख व्यवहारबारेमा कमरेड माओत्सेतुङले सिद्धान्त र व्यवहारको सम्बन्धबारे निचोडको रूपमा भन्नुभएको छ– ‘हाम्रो निष्कर्ष हो, मनोगत र वस्तुगतको सिद्धान्त र व्यवहारको ज्ञान र ठोस कार्यको ऐतिहासिक एकता’ माओत्सेतुङ चुनिएका रचनाहरू, भाग १ पृ. ३०८ ।
प्रत्यक्ष अनुभवबाट भावनात्मक चिन्तन
द्वन्द्वात्मक भौतिकवादी सिद्धान्त अनुसार ज्ञान प्राप्ति स्थिर हुँदैन । यो निरन्तर गतिशील र विकासशील हुन्छ । प्रत्यक्ष अनुभवबाट भावनात्मक चिन्तनतिरको गतिमा ज्ञान प्राप्तिको विकास प्रक्रियाको अभिव्यक्ति भएको पाइन्छ । यस विषयमा लेनिनले भन्नुभएको छ– ‘प्रत्यक्षबोधबाट भावनात्मक चिन्तनतिर, अनि त्यसबाट व्यवहारतिरको बाटो नै सत्यको ज्ञान अर्थात् वस्तुगत यथार्थताको ज्ञानको मार्ग हो’ भीआई लेनिन, सङ्कलित रचना सङ्ग्रह, खण्ड २९ पृ. १५२–१५३ ।
ज्ञानेन्द्रियहरूको सहायताबाट बाह्य जगत्का वस्तुहरूको परिचयद्वारा नै ज्ञान प्राप्तिको प्रक्रिया सुरु हुन्छ । दैनिक अनुभवबाट नै मानिसलाई यस कुरामा विश्वास हुन्छ । प्रत्यक्ष अनुभव नै ज्ञान प्राप्तिको बाटोमा चालिने पहिलो पाइला हो । ज्ञान प्राप्तिको बाटोमा अनुभूतिहरूको ज्यादै ठुलो महत्व हुन्छ किनभने जगत्का वस्तुहरूबाट ठीक–ठीक जानकारी राख्न तिनले मानिसलाई आवश्यक सामग्रीहरू दिन्छन् । ज्ञान प्राप्तिको सम्पूर्ण प्रक्रिया तथ्यहरूमा आधारित हुन्छ । माक्र्सवादी दार्शनिकहरूले ज्ञान प्राप्तिको जटिलतम प्रक्रियामा वस्तुगत जगत्बाट त्यसलाई अलग्याउन पर्दा हाल्दै आएको अध्यात्मवादको ज्ञान शास्त्रीय मूल प्रवृत्तिहरूलाई चकनाचुर पारिदिएका छन् । लेनिनले अध्यात्मवादलाई ‘फलहीन फूल’ को संज्ञा दिनुभएको छ ।
सत्यको बारेमा माक्र्सवादी दृष्टिकोण
द्वन्द्वात्मक भौतिकवादमा ‘सत्य’ भन्ने शब्दले वस्तु सम्बन्धी त्यो ज्ञान बुझाउँछ, जसले त्यस वस्तुको सही प्रतिबिम्ब उतार्दछ र जुन त्यस वस्तुको अनुरूप हुन्छ । द्वन्द्वात्मक भौतिकवादले मानव जातिको युगौँको व्यवहार तथा विज्ञानका उपलब्धिहरूको आधारमा सत्य वस्तुरपरक हुन्छ भन्ने पुष्टि गरेको छ । जस्तै, पृथ्वी भकुण्डो जस्तो गोलो छ भन्ने निष्कर्षलाई नै लिन सकिन्छ । यो निष्कर्ष सत्य छ किनभने त्यो वास्तविकताको अनुरूप छ । यो पृथ्वीको स्वरूप मानिसले सोचेभन्दा धेरै बाहिर छ किनभने मानिसभन्दा धेरै पहिले नै पृथ्वीको अस्तित्व थियो । माक्र्सवादी ज्ञान सिद्धान्तले ‘पदार्थ प्रथमोत्पन्न हो र चेतना द्वितीयोत्पन्न हो’, ‘चेतना मस्तिष्कको स्वभाव हो’ भन्ने अवधारणा नै सत्यको बारेमा माक्र्सवादी दृष्टिकोण हो ।
व्यवहार नै सत्यको कसौटी
माक्र्सवादी दार्शनिकहरूले व्यवहारलाई नै सत्यको कसौटी हो भन्ने प्रमाण प्रस्तुत गरेका छन् । द्वन्द्वात्मक भौतिकवादमा सत्य भन्नाले वस्तु सम्बन्धी त्यो ज्ञानलाई बुझिन्छ, जसले त्यस वस्तुको सही प्रतिबिम्ब उतार्दछ र जुन त्यसको अनुरूप हुन्छ । जस्तै– ‘पिण्ड अणुहरूबाट बनेको हुन्छ’,‘मानिस भन्दा पहिले नै पृथ्वीको अस्तित्व थियो’, ‘जनता नै इतिहासका वास्तविक निर्माता हुन्’ इत्यादि विज्ञानले सिद्ध गरेका निष्कर्षहरू सत्य छन् भन्ने निचोडमा माक्र्सवादी दार्शनिकहरू पुगेका छन् ।
अध्यात्मवादको विपरीत भौतिकवादले मानव जातिको युगौँदेखिको व्यवहार तथा विज्ञानका उपलब्धिहरूको आधारमा सत्य वस्तुपरक हुन्छ भन्ने दृष्टिकोण गरेको पाइन्छ । सत्यले वस्तुगत रूपमा अस्तित्वमा रहेको जगत्लाई नै प्रतिबिम्बित गर्छ । त्यसै कारणले सत्यको सार पनि मानव चेतनामा निर्भर रहँदैन । यस विषयमा भीआई लेनिनले भन्नुभएको छ– ‘सत्य भनेको हाम्रो ज्ञानको यस्तो सार हो, जुन मानिसमा भर पर्दैन, मानव जातिमा भर पर्दैन । सत्यको सार तिनै वस्तुगत प्रक्रियाहरूको निरुपित गर्छन् । जसलाई त्यसले प्रतिबिम्बत गरेको हुन्छ’ लेनिन, सङ्कलित रचना सङ्ग्रह, खण्ड १८, पृष्ठ १३७ ।
उदाहरणको निम्ति ‘पृथ्वी भकुन्डो जस्तै गोलो छ’ भन्ने निष्कर्षलाई लिन सकिन्छ । यो निष्कर्ष सत्य छ किनभने त्यो वास्तविकताको अनुरूप छ । पृथ्वीको रूप मानिसको चेतनामा भर पर्दैन र मानिसभन्दा धेरै पहिलेदेखि नै पृथ्वीको अस्तित्व थियो ।
माक्र्सवादी दार्शनिकहरूले के पुष्टि गर्दै आएका छन् भने सत्यको पत्ता लगाउनु भनेको मानिसबाट स्वतन्त्र रहेको त्यो वस्तुगत आधार पत्ता लगाउनु हो । जसले सत्यको सही निष्कर्ष निकाल्छ र गलतबाट वास्तविक ज्ञानलाई छुट्याउने प्रशस्त सम्भावनाका ढोकाहरू खोलिदिन्छ । व्यवहार नै सत्यको एकमात्र यस्तो कसौटी हो, जुन कुनै पनि विचार वा वैज्ञानिक सिद्धान्तको सत्यताबारे जति पनि विवाद गर्न सकिन्छ तर व्यवहारले अर्थात् भौतिक उत्पादन, राजनीतिक सङ्घर्ष, वैज्ञानिक प्रयोगले मात्र यस विवादको अन्तिम फैसला गर्न सक्छ । यस विषयमा कार्लमाक्र्सले लेख्नुभएको छ– ‘मानव चिन्तनले वस्तुगत सत्यताको अभिव्यक्ति गर्दछ कि गर्दैन भन्ने प्रश्न सैद्धान्तिक प्रश्न होइन, यो त व्यावहारिक प्रश्न हो । व्यवहार नै मानिसले सत्यता अर्थात् आफ्नो चिन्तनको इहलौकिकता, व्यावहारिकता र क्षमता प्रमाणित गर्नुपर्छ’ कार्लमाक्र्स र फ्रेडरिक एङ्गेल्स, सङ्कलित रचना सङ्ग्रह खण्ड ३, पृ. १ ।
तर विभिन्न किसिमका अध्यात्मवादीहरू द्वन्द्वात्मक भौतिकवादको यस महत्वपूर्ण निष्कर्षसित सहमत छैनन्, उनीहरू ज्ञान प्राप्तिमा व्यवहारको महत्वलाई अस्वीकार गर्दछन् र स्वयम् मनुष्य तथा उसको चिन्तन नै सत्यको कसी हो भन्ने ठान्दछन् ।Ê
व्यवहारको जग भनेको मानवीय श्रमशीलता र भौतिक उत्पादन हो । ज्ञानको समष्टिगत व्यवहारबाट प्रमाणित पक्षलाई सिद्धान्त भनिन्छ । सिद्धान्त स्वयम्ले समाजलाई बदल्न सक्दैन । त्यस सिद्धान्तले व्यवहारलाई मार्गदर्शन गर्न महत्वपूर्ण भूमिका खेल्दछ । ज्ञान र सिद्धान्त सही छ कि छैन भनेर जाँच्ने एक मात्र कसौटी व्यवहार हो । ज्ञान र व्यवहारको अन्योन्याश्रित सम्बन्ध रहेको छ ।
ज्ञान प्राप्तिमा अनुभूति, अवधारणा र सिद्धान्तको महत्व
ज्ञान प्राप्ति प्रक्रिया द्वन्द्वात्मक विकासको क्रममा सरलतम् अनुभूतिबाट जटिलतम् वैज्ञानिक सिद्धान्तसम्मको लामो बाटो हो । मानसिको बुद्धि–विवेकले भौतिक वास्तविकताको बारेमा सही ज्ञान प्राप्त गर्ने क्षमता राख्दछ र संसार पूर्णतः बोधगम्य छ ।Ê
मानिसको मगजमा बाह्य जगतले असर पार्दछ र त्यसै अनुरूप मानिसमा अनुभूति, अवधारणा र ज्ञान उत्पन्न गर्दछ । ज्ञानको विषय र स्रोत हामी बाहिरको भौतिक जगत् हो भने ज्ञानको कर्ता, त्यसको वाहक मानव समाज हो । ज्ञान प्राप्तिको प्रक्रिया अज्ञानताबाट ज्ञानीतर्फ, चिन्तन प्रवाहको असीम प्रक्रिया हो ।
प्रकृति र समाजको परिवर्तनका लागि मानिसहरूबाट हुने सक्रिय क्रियाकलापलाई व्यवहार भनिन्छ । व्यवहार नै ज्ञानको प्रस्थान विन्दु र आधार हो । ज्ञान प्राप्ति मानिसको सैद्धान्तिक क्रियाकलाप हो । सिद्धान्तले जगतको प्रतिबिम्ब मात्र उतार्दछ तर आफैँ वास्तविकतालाई बदल्न सक्दैन । सिद्धान्त र व्यवहारबीचको फरक यही हो । सिद्धान्तविनाको व्यवहार अन्धो हुन्छ । कुनै उद्देश्य पूर्तितिर निर्देशित हुँदैन । त्यसैले माक्र्सवाद–लेनिनवादले सिद्धान्त र व्यवहारबीचको एकत्वलाई आफ्नो सर्वोच्च व्यवहारबीचको एकत्वलाई आफ्नो सर्वोच्च सिद्धान्त मान्दछ । यस विषयमा भीआई लेनिनले लेख्नुभएको छ– “प्रत्यक्ष बोधबाट भावनात्मक चिन्तनतिर अनि त्यसबाट व्यवहारतिरको बाटो नै सत्यको ज्ञान अर्थात् वतुगत यर्थाथता ज्ञानको द्वन्द्ववादी बाटो हो ” (लेनिन सङ्कलित रचना सङ्ग्रह, खण्ड २९, पृ. १५२–१५३) ।
ज्ञान, ज्ञान प्राप्त गर्ने तरिकाहरू र ज्ञान तथा व्यवहारबीचको अन्तर्सम्बन्ध आदि विषयको अध्ययन गर्ने दर्शनशास्त्रको विशिष्ट शाखालाई ज्ञान सिद्धान्त भनिन्छ । संसारमा दुईखाले दर्शन भएकाले ज्ञान सिद्धान्त पनि दुईखालका नै छन् । भाववादी ज्ञान सिद्धान्तले ज्ञानलाई ईश्वरीय देन ठान्दछ र मानिसको स्वअनुभव वा संवेदनालाई ज्ञानको सं्रोत मान्दछ । भौतिकवादी ज्ञान सिद्धान्तले ज्ञानलाई मानव मस्तिष्कमा बस्तुगत जगत्को प्रतिबिम्ब भन्दछ र वस्तुगत जगत्लाई ज्ञानको स्रोत एवम् व्यवहारलाई ज्ञानको आधार र लक्ष्य मान्दछ ।
ज्ञान भनेको मानव मस्तिष्क एवम् ज्ञानेन्दीयहरूमा पर्ने पदार्थ वा भौतिक जगत्को पं्रतिबिम्ब हो अर्थात् मानिसको चेतनामा बाह्य वस्तु वा घटनाको अस्तिव, गुण र सम्बन्धहरूको बोध हुनु नै ज्ञान हो । मानवीय चेतनाभन्दा बाहिर स्वतन्त्र रूपले अस्तित्वमा रहेका भौतिक वस्तु र घटनाहरूको बिम्ब ज्ञानेन्द्रीयहरूमा पुग्छ र चेतनाले वस्तु वा घटनाको अस्तित्व, गुण सम्बन्धको बोध गर्दछ, त्यही नै ज्ञान हो । त्यसैले ज्ञानलाई मानव मस्तिष्कमा वस्तुगत जगत्को प्रतिबिम्ब भनिन्छ जुन प्रतिबिम्ब यान्त्रिक वा निष्क्रिय नभई रचनात्मक र क्रियाशील हुन्छ । मानव मस्तिष्क भौतिक पदार्थको अत्यन्त उन्नत किसिमको सुसङ्गठित रूप हो जसमा बाह्य जगतलाई परिवर्तन गर्न सक्ने विशेष गुण हुन्छ ।
मानिसले ज्ञानेन्द्रियहरू मार्फत बाह्य जगत्का बस्तु तथा घटनाहरूको बारेमा प्राप्त गर्ने पहिलो अनुभूति हो– ऐन्द्रिक ज्ञान । अनुभूतिलाई लेनिनले वस्तुगत जगत्को मनोगत चित्र भन्नुभएको छ । ऐन्द्रिक ज्ञानले वस्तुहरूको आन्तरिक स्वभाव, तिनको सारतत्व र तिनका विकासका नियमहरूको उद्घाटन गर्न सक्दैन ।
ज्ञान प्राप्तिको विकासमा ऐन्द्रिक ज्ञानभन्दा उच्चस्तरीय चरण हो– तार्किक ज्ञान । तार्किक चिन्तनको मुख्य रूप अवधारणा हो । अवधारणाले वस्तुहरूको गौण लक्षणहरूलाई महत्व नदिई प्रमुख र आम पक्षहरूलाई मात्र प्रतिबिम्ब गर्दछ । व्यवहार नै अवधारणाको उत्पत्तिको आधार हो । ऐन्द्रिक ज्ञानबाट तार्किक ज्ञानतिर सङ्क्रमण भन्नु ज्ञान प्राप्तिको प्रक्रियामा द्वन्द्वात्मक फड्को हो । यस्तो फड्को व्यवहारको आधारमा मात्र सम्पन्न गर्न सकिन्छ ।
ज्ञान कुनै तम्तयार वा अपरिवर्तनीय विषय होइन । प्रत्यक्ष बोध वा अनुभूति ज्ञान प्राप्तिको पहिलो खुड्किलो हो । अज्ञानबाट ज्ञान प्राप्त हुन्छ र अल्प ज्ञानबाट अधिक ज्ञान प्राप्त हुँदै जान्छ । यो प्रक्रिया निरिन्तर जारी रहन्छ । खण्ड–खण्ड गरेर निरन्तरताको निश्चित सीमाहरू हुँदै अनन्तताको, विशिष्ट वा ठोस हुँदै आम वा सामान्यको र सापेक्ष सत्य हुँदै निरपेक्ष सत्यको ज्ञान हुन्छ । ज्ञानको स्रोतको रूपमा रहेको वस्तुगत जगत् निरन्तर गतिशील एवम् विकासशील भएको हुनाले ज्ञान प्राप्तिको प्रक्रिया पनि निरन्तर गतिशील र विकासशील हुन्छ । यो द्वन्द्वात्मक ढङ्गले अगाडि बढिरहन्छ । ज्ञान वृद्धि हुँदै जाँदा कहिलेकाहीँ पुराना मान्यताहरू विस्थापित भएर नयाँ मान्यताहरू स्थापित हुन समेत पुग्दछन् ।
ज्ञान प्राप्तिमा निष्कर्षको ठुलो महत्व हुन्छ । निष्कर्ष भनेको चिन्तनको त्यो रूप हो, जसले कुनै कुराको पुष्टि वा नकार गर्दछ । निष्कर्षभित्र निश्चित अवधारणाहरू पर्दछन् । अवधारणा र निष्कर्षहरू अन्योन्याश्रित हुन्छन् । निश्चित निष्कर्षहरूको आधारमा प्राप्त गरिने नयाँ निष्कर्षलाई अनुमान भन्दछन् । अनुमानको सहायताद्वारा नै विद्यमान ज्ञानबाट नयाँ ज्ञान प्राप्त गर्न सकिन्छ । अवधारणा, निष्कर्ष र अनुमान यी सबैको जटिलतम समुच्चय एवम् एकत्वद्वारा नै परिकल्पना र सिद्धान्त निर्मित हुन्छन् । परिकल्पना भने घटना र नियमहरूको बारेमा पूर्व अनुमान गर्नु हो ।
सत्य ज्ञान प्राप्तिको प्रमुख तत्व हो । सत्य भन्नाले वस्तु सम्बन्धी त्यस्तो ज्ञान हो, जसले त्यस वस्तुको सही प्रतिबिम्ब उतार्नुको साथै त्यस अनुरूप हुन्छ । सत्य सदा वस्तुपरक हुन्छ । सत्य सधैँँ यथार्थ हुन्छ । यथार्थ नै सत्य हो । कुनै ज्ञान पूर्णतः र निरपेक्ष रूपमा वास्तविक अनुरूप छ भने त्यसलाई निरपेक्ष सत्य भनिन्छ । कुनै ज्ञान आंशिक रूपमा मात्र वास्तविकता अनुरूप छ भने त्यस्तालाई सापेक्ष सत्य भनिन्छ ।
सत्य जहिले पनि मूर्त हुन्छ, भावनात्मक हुँदैन । सत्यका बारेमा कार्ल माक्र्सले लेख्नुभएको छ– “मानव चिन्तनले वस्तुगत सत्यताको अभिव्यक्ति गर्छ कि गर्दैन भन्ने प्रश्न सैद्धान्तिक प्रश्न होइन । यो व्यावहारिक प्रश्न हो । व्यवहार नै मानिसले सत्यता अर्थात् आफ्नो चिन्तनको इहलौकिकत, वास्तविकता र क्षमता प्रमाणित गर्नुपर्दछ” (काल्र्स माक्र्स–फ्रेडरिक एङ्गेल्स, सङ्कलित रचना सङ्ग्रह खण्ड ३ पृ. १) । अतः व्यवहार नै सत्यको एक मात्र कसौटी हो र यो नै ज्ञान प्राप्तिको प्रमुख आधार हो ।
वैज्ञानिक ज्ञानको विधि र पद्धतिबारे
भौतिकवादी दर्शनले मानिसले प्राप्त गर्दै आएको ज्ञानको बारेमा वैज्ञानिक रूपमा विविध विधि र पद्धतिका माध्यमबाट सटिक विश्लेषण गरेको छ । मानिसको इच्छाशक्तिदेखि स्वतन्त्र रहेको भौतिक जगत्, मानिसले लगाएको श्रम र व्यवहारद्वारा मानिसका ज्ञानेन्द्रीयका माध्यमले मस्तिष्कमा प्रतिबिम्बित भएको जगत् र जीवनलाई ज्ञान भनिन्छ । अर्को शब्दमा ज्ञान पदार्थको सबभन्दा सुसङ्गठित र सुन्दर उपज हो । ज्ञान व्यवहारबाट बिम्ब निस्कन्छ र पुनः व्यवहारमा जान र अघि बढ्न यसले बाटो देखाउँछ अर्थात्् वस्तुगत जगत्का नियमको सक्रिय तथा उद्देश्यमूलक मानसिक प्रतिबिम्बलाई ज्ञान भनिन्छ भने वस्तुगत जगत्का वास्तविकताहरूलाई आफ्नो पक्षमा ल्याउनको निम्ति गरिने उद्देश्यमूलक भौतिक र मानसिक क्रियाकलापलाई व्यवहार भनिन्छ । ज्ञानको स्रोत मानिसको चारैतिरको जगत्मा उसको व्यवहार हो र त्यसप्रतिको क्रियाकलाप र व्यवहारबाट उसले ज्ञान प्राप्त गर्दछ ।
ब्रह्माण्डमा रहेका वस्तुहरू र घटनाहरूको आन्तरिक स्वभाव तथा सारतत्व तिनको कार्य तथा विकासका नियमहरू पत्ता लगाउनु नै वैज्ञानिक ज्ञान प्राप्तिको लक्ष्य हो । वस्तुगत जगत्मा घट्ने कुनै पनि घटनाहरूको नियमको सारतत्व सतहमा देखापर्दैनन् । तिनलाई पत्ता लगाउनको निम्ति विज्ञान तथा व्यवहारको दीर्घकालीन र जटिलतम विकासको प्रक्रियामा वैज्ञानिक अनुसन्धानका अनेकौँ विधि र पद्धतिहरू तयार पारिएका छन् । यी वैज्ञानिक विधि तथा पद्धतिहरूको हरक्षेत्रमा महत्व हुन्छ । वास्तविक जगत्का विभिन्न घटनाहरूको अनुसन्धान गर्दा जुनसुकै विज्ञानमा पनि ती विधि र पद्धतिको उपयोग गरिन्छ । वैज्ञानिक ज्ञान प्राप्तिको एउटा ज्यादै नै प्रचलित विधि हो– वैज्ञानिक निरीक्षण एवम्् अनुसन्धान । जगत्का वस्तुहरू र घटनाक्रमहरूलाई उनीहरूको स्वाभाविक रूपमा अर्थात्् प्रत्यक्ष वास्तविकतामा ती जस्ता छन् त्यस्तै रूपमा गम्भीररूपले ध्यान दिएर हेर्नु र बोध गर्नु नै वैज्ञानिक निरीक्षण हो । यो विशेष गरी प्राकृतिक विज्ञानहरूमा उपयुक्त हुन्छ । ज्ञान प्राप्तिको एउटा अति महत्वपूर्ण पद्धति हो– प्रयोग । प्राकृतिक विज्ञानमा त्यसको व्यापक रूपले उपयोग गरिन्छ । सामाजिक विज्ञानहरूमा पनि त्यसको महत्व उल्लेखनीय रहन्छ । विज्ञानको क्षेत्रमा प्रयोगशालामा गरिने सानातिना प्रयोगहरूदेखि लिएर ठुल्ठुला उत्पादन सम्बन्धी प्रयोगहरूसम्म प्रयोगहरूको चरित्र ज्यादै महत्वपूर्ण हुन्छ । आजको युगमा जुनबेला विज्ञान प्रत्यक्ष उत्पादन शक्तिमा परिणत भएको छ स्वयम् उत्पादन नै एक विशाल प्रयोग क्षेत्र बन्न गएको छ । जहाँ वैज्ञानिक आविष्कारहरू नवीनतम प्रविधि र प्राद्योगिकी, श्रमको सङ्गठन र सञ्चालन सम्बन्धी नयाँ वैज्ञानिक तरिकाहरूको कठोर तथा सर्वतोमुखी परीक्षण हुन्छ ।
वैज्ञानिक ज्ञान प्राप्तिमा उपकरणहरूको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ । निरीक्षण तथा प्रयोग कार्य मानिसहरूले विशेष गरी अनुसन्धानकर्ताहरूले मुख्यतया ज्ञानेन्द्रीयहरूको सहायताबाट गर्दैछन् तर ज्ञानेन्द्रीयहरूको क्षमता सीमित हुन्छ । मान्छेको आँखाले मिलिमिटरको चालीसौँ खण्डभन्दा सानो आकार नभएको वस्तुलाई मात्र देख्न सक्छ । उपकरणहरूको सहायताले ज्ञानेन्द्रीयहरूको सीमिततालाई हटाउन सकिन्छ । उपकरणबिना विज्ञान खास गरिकन आधुनिक विज्ञानको कल्पनासम्म गर्न गाह्रो हुन्छ । जस्तो आधुनिक इलेक्ट्रोनिक सुक्ष्मदर्शक यन्त्रले वस्तुको आकारलाई दसौँ लाख गुणासम्म वृद्धि गर्छ । विज्ञानमा उपयोगमा ल्याइने यन्त्र र उपकरणहरू विभिन्न प्रकारका हुन्छन् । नाप लिने र निरीक्षण गर्ने साधनहरू, समयसूचक यन्त्र, दूरविक्षण यन्त्र, सुक्ष्मदर्शक यन्त्र, भोल्टामिटर, एमिटर, विश्लेषणात्मक तराजु, भूकम्पमापक यन्त्र आदि । त्यसपछि अङ्कन गर्ने उपकरणहरू– फोटो सम्बन्धी यन्त्र, माइक्रो फिल्म, स्मरण शक्ति भएको टेप, समय जाँच्ने घडी इत्यादि उल्लेखनीय छन् । साथै सञ्चारका साधनहरू– टेलिग्राफ, टेलिफोन, रेडियो, टेलिभिजन, रेडियोलोकेटर, फोटोसेल, डिकटाफोन, सङ्केत उपकरण इत्यादि । त्यस्तै सङ्गणना उपकरणहरू– गणना गर्ने यन्त्रहरू जस्तै क्यालकुलेटर, स्लाइड रुल, कम्प्यूटर, गणितीय तालिका इत्यादिको उल्लेख गर्नु अत्यावश्यक हुन्छ । आधुनिक विज्ञानमा सङ्गणना प्रविधिको भूमिका निकै महत्वपूर्ण हुन्छ । यसले मानिसको बौद्धिक सामथ्र्यलाई ठुलो स्तरसम्म विस्तृत गराइदिन्छ । उपकरणहरू सुक्ष्म प्रक्रियाहरू अनुसन्धानका महत्वपूर्ण साधन हुन् ।
विश्लेषण र संश्लेषणको पनि वैज्ञानिक ज्ञान प्राप्तिको क्षेत्रमा अत्यन्त महत्वपूर्ण स्थान छ । कुनै पनि वस्तु विभिन्न अङ्गहरू, पक्षहरू र स्वभावहरूको एकमुष्ठ प्रणाली हो । जुन तत्वहरू र पक्षहरू मिलेर वस्तु बनेको हुन्छ तिनको स्थान बुझ्न तीमध्ये सारगर्वित तथा प्रमुख कुरा छुट्याउनको लागि वस्तुको विभाजन गर्नु भनेकै विश्लेषण हो । यस विषयमा लेनिनले लेख्नुभएको छ– ‘विश्लेषण भनेको कुनै निश्चित घटनालाई खण्ड–खण्ड पारेर हेर्नु वा विभिन्न भागहरूमा विभाजित गर्नु हो ।’ अतः विश्लेषण निर्जीव पनि हुन सक्तछ र तार्किक वा भावनात्मक पनि हुन सक्तछ । निर्जीव विश्लेषण प्रकृतिको अनुसन्धानमा प्रयोग गरिन्छ भने कुनै कारणले गर्दा वस्तुलाई खण्ड–खण्डमा विभाजित गर्न सकिएन भने तार्किक विश्लेषणको उपयोग गरिन्छ । जैविक अङ्गहरू तथा सामाजिक प्रणालीहरूको अनुसन्धानमा विशेषरूपले तार्किक विश्लेषणको प्रयोग गरेको पाइन्छ ।
वैज्ञानिक ज्ञान प्राप्तिको क्षेत्रमा विश्लेषणको विपरीत संश्लेषण भनेको वस्तुका विभिन्न खण्ड र पक्षहरूको निर्जीव अथवा तार्किक संयोजन हो । यस पद्धतिबाट वस्तुको आन्तरिक, अत्यावश्यक सम्बन्धहरू पत्ता लगाउन सकिन्छ र यसैका आधारमा वस्तुको निम्ति स्वाभाविक नियमको उद्घाटन गरिन्छ । व्यवहारकै आधारमा मानिसको विश्लेषणात्मक तथा संश्लेषणात्मक ज्ञान प्राप्तिको क्षमता देखापरेको थियो भन्ने वैज्ञानिकहरूको दावी छ । विश्लेषण र संश्लेषणको आपसी एकता हुन्छ किनभने वस्तु र यसका अङ्गहरू तथा पक्षहरूको पनि एकत्व हुन्छ । वैज्ञानिक ज्ञान प्राप्तिका क्षेत्रमा ऐतिहासिक तथा तार्किक पद्धतिहरू, अमूर्त र मूर्त, गणितीय पद्धतिहरूको पनि त्यत्तिकै महत्व हुन्छ ।
माक्र्सवादी ज्ञान सिद्धान्तको महत्व
माक्र्सवाद सर्वहारा वर्गको मुक्तिको सिद्धान्त हो । माक्र्सवाद सर्वहारा क्रान्तिको विज्ञान हो । माक्र्सको दर्शन द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शन हो, दर्शन मानिसको सामान्य दृष्टिकोण हो र यो दर्शनको सिद्धान्त भौतिकवाद हो । माक्र्सवादले लेनिनवाद–माओवादमा विकास गरिसकेको छ र माक्र्सवाद–लेनिनवाद–माओवाद विश्व सर्वहारावर्गको मुक्तिको मार्गदर्शक तथा पथप्रदर्शक सिद्धान्त हो ।
दर्शन भनेको एउटा विश्वदृष्टिकोण हो अर्थात् विश्वलाई हेर्ने एउटा दृष्टिकोण हो र त्यो विज्ञानको यस्तो शाखा हो, जसले प्रकृति, समाज र मानवीय चिन्तनको विकासका नियमहरूको अध्ययन गर्दछ । हरेक वस्तुहरूको आ–आफ्नै परिभाषा हुन्छ । माक्र्सवादी परिभाषा अनुसार दर्शन भनेको सैद्धान्तिक ज्ञानको त्यो रूप हो, जसले विश्वदृष्टिकोणसित प्रकृति र समाजलाई हेर्ने दृष्टिकोणसित सम्बन्धित सामान्य सवालहरूको विश्लेषण र व्याख्या । प्रस्तुत गर्दछ । प्रकृति र समाजको विकास कुन ढङ्गबाट हुनेगर्छ, ऐतिहासिक विकासका मूल कारण र प्रेरक शक्तिहरू के हुन् ? हाम्रो यस संसारलाई कुन रूपमा बुझ्ने र फेर्न सकिन्छ ? यी र यस्ता प्रकारको सामथ्र्य माक्र्सवादी दर्शनले मात्र राख्दछ ।
अतः दर्शनको अध्ययनले मानिसमा युक्तिसङ्गत ढङ्गले सोच्ने क्षमताको विकास गराउँदछ । व्यक्तिको सैद्धान्तिक चिन्तनले दर्शनमा आफ्नो तरिका र सारतत्व भेटाउँछ भन्ने दर्शनले सैद्धान्तिक चिन्तनलाई रूप र ढाँचा प्रदान गर्दछ, व्यक्तिको चिन्तनधारालाई निर्देशित गर्दछ । त्यसैले माक्र्सवाद विश्वसर्वहारावर्गको आफ्नो दृष्टिकोण हो ।
माक्र्सवादमा ज्ञानका अनेक शाखाहरू छन् ः माक्र्सवादी दर्शन, माक्र्सवादी अर्थशास्त्र, माक्र्सवादी समाजशास्त्र, अर्थात् वर्गसङ्घर्ष सम्बन्धी सिद्धान्त तर जग चाहिँ माक्र्सवादी दर्शन हो । यही कुरालाई मनन गरिएन भने हाम्रो एउटा साझा भाषा वा कुनै साझा तरिका हुनेछैन् र हामी चिजलाई स्पष्ट नपारीकन यताउतितर्फ गरिरहने छौँ, द्वन्द्वात्मक भौतिकवादलाई बुझेपछि धेरै दुःखबाट बचिनेछ र धेरै गल्तीहरू हट्नेछन् भन्ने माओको गहन संश्लेषणबाट हामी के कुरा प्राप्त गर्दैछौँ भने संसारलाई बदल्न र फेर्न चाहने जो कोहीले पनि माक्र्सवादको अध्ययन गर्न र ज्ञान प्राप्त गर्न जरूरी छ किनकि माक्र्सवाद ज्ञानको विशाल भण्डार हो । सर्वहारावर्गको आफ्नो विश्वदृष्टिकोण हो । एउटा सही भनाइ के छ भने दृष्टिकोण नभएको मानिस जरा नभएको रूख जस्तै हो । क्रान्तिकारी दृष्टिकोण नभइकन सच्चा क्रान्तिकारी बन्न सकिँदैन । समाजमा आमूल परिवर्तन ल्याउने सङ्घर्षमा योग्य र समर्थवाण जोधाहा बन्ने हो भने प्रत्येक क्रान्तिकारीले आफ्नो दिमागलाई क्रान्तिकारीकरण गर्नैपर्छ अर्थात् उसले क्रान्तिकारी दृष्टिकोण ग्रहण गर्न सक्नुपर्दछ । यस्तो दृष्टिकोणले मात्र उसको निम्ति प्रस्ट दिशा र दूरदर्शन प्रदान गर्दछ । यहाँ उल्लेख गरिएको दृष्टिकोणको तात्पर्य माक्र्सवादी दृष्टिकोण हो । यो ज्ञान माक्र्सवादी ज्ञान–सिद्धान्तसित अन्तर्सम्बन्धित रहेको छ । यो र यसै प्रकारका तमाम ज्ञानहरू माक्र्सवादी ज्ञान सिद्धान्तले प्रदान गर्ने भएकोले एउटा क्रान्तिकारी माक्र्सवादीका लागि माक्र्सवादी ज्ञान–सिद्धान्तको बढी महत्व छ ।
निष्कर्ष
ज्ञान प्राप्तिका धेरै शाखाहरू छन्, जसमध्ये माक्र्सवादी ज्ञान–सिद्धान्त ज्ञान प्राप्तिको सबैभन्दा वैज्ञानिक शाखा हो । माक्र्सवादले माक्र्सवादका प्रवर्तक कार्ल–माक्र्सकै शब्दमा ‘संसारको व्याख्या त सबैले गरेका छन् तर मुख्य कुरा त्यसलाई बदल्नु हो’ भने झैं संसारलाई बुझ्न मात्र होइन त्यसलाई बदल्नको निम्ति माक्र्सवाद मात्रै एक वैज्ञानिक अस्त्रको रूपमा प्रमाणित हुन पुगेको छ । संसारलाई बुझ्न र बदल्न तथा नयाँ संसार निर्माण गर्न चाहने हामी माक्र्सवादी–लेनिनवादी–माओवादी क्रान्तिकारीहरूले माक्र्सवादका सबै दार्शनिक तथा सैद्धान्तिक मान्यताहरूप्रति गहिरो ज्ञान प्राप्ति नगरिकन हामी संसारलाई बदल्न सक्दैनौँ र सुन्दर संसार निर्माण गर्ने हाम्रा सपनाहरू कल्पनामै सीमित रहेर मनोगतवादमा गएर टुङ्गिनेछन् । त्यसो भएर हामी क्रान्तिकारी कम्युनिस्टहरूले माक्र्सवादका विविध पक्षहरूमा गहिरो ज्ञान प्राप्त गर्नको निम्ति माक्र्सवादी ज्ञान–सिद्धान्तले महत्वपूर्ण मदत गर्दछ किनभने ज्ञान प्राप्तिको सन्दर्भमा हामी कुन निष्कर्षमा पुग्छौँ भने हरेक वस्तुको विकास छिप्छिपेबाट गहिराइतिर सरलबाट जटिलतातिर सानोबाट ठुलोतिर, सजिलोबाट अप्ठ्यारोको बाटोबाट मात्र अगाडि बढ्न सक्दछ । यो नै माक्र्सवादी प्रमुख आधार हो । त्यसैले हाम्रो क्रान्तिकारी जीवनमा माक्र्सवादी ज्ञान–सिद्धान्तको महत्वपूर्ण स्थान रहेको छ किनभने माक्र्सवाद सर्वहारावर्गको विश्वदृष्टिकोण हो । यसकै आधारमा मात्र हामी संसारलाई बदल्न र वर्गविहीन, राज्यविहीन मानव समाजको निर्माण गर्न सक्षम हुन्छौँ । त्यसैले हामी मालेमावादी क्रान्तिकारीहरूले माक्र्सवादलाई जीवनदर्शनको रूपमा आत्मसात गर्न जरूरी छ ।
सन्दर्भ सामग्रीहरू
१. कार्ल माक्र्स, पुँजी खण्ड १ र २
२. फ्रेडरिक एङ्गेल्स, ड्युहरिङ्ग मतखण्डन
३. माक्र्स–एङ्गेल्स, सङ्कलित रचना सङ्ग्रह ः भाग १, २, ३, ८, १०, २०, ३२, ४२, ४३
४. लेनिन सङ्कलित रचना सङ्ग्रह, भाग– ५, १८, १९, २४, ३८
५. माओत्सेतुङ् चुनिएका रचनाहरू, भाग– १, २, ३, ५, ८
६. लेनिन ः एक पाइला अगाडि दुई पाइला पछाडि
७. महान््् रूसी अक्टुबर क्रान्तिको इतिहास
८. चिनियाँ नयाँ जनवादी क्रान्तिको इतिहास
९. महान््् बहस
१०. हो चि मिन्ह, क्रान्तिकारी नैतिकता
११. कम्युनिस्ट नैतिकता
१२. स्टालिन–लेनिनवादका आधारहरू
१३. प्लेखानोभ, चुनिएका दार्शनिक कृतिहरू ः भाग १ र २
१४. लेनिन, माक्र्स–एङ्गेल्स–माक्र्सवाद
१७. मोहन वैद्य ‘किरण’, माक्र्सवादी दर्शन
१८. कृष्णदास श्रेष्ठ, कार्ल माक्र्स ः व्यक्तित्व र कृतित्व
१९. हस्तबहादुर केसी, माक्र्सवादी दर्शनशास्त्रका रूपरेखा
२०. हस्तबहादुर केसी, माक्र्सवादी दर्शनशास्त्रका सिद्धान्तहरू
२१. नेकपा(माओवादी)का ऐतिहासिक दस्तावेजहरू
२२. नेकपा–माओवादीको दस्तावेज– २०६९ असार

No comments:

Post a Comment