Friday, March 29, 2013
माक्र्सवादको विकास सम्बन्धमा
‘माक्र्सवाद ज्ञानका अनेक शाखाहरूबाट बनेको छ । माक्र्सवादी दर्शन, माक्र्सवादी अर्थशास्त्र र माक्र्सवादी समाजवाद अर्थात वर्गसङ्घर्षको सिद्धान्त, तर जहाँतही माक्र्सवादी दर्शन हो । यदि त्यसलाई मनन गरिदैन भने हाम्रो एउटा साझा भाषा वा कुनै साझा तरिका हुने छैन । हामी चीजहरूलाई स्पष्ट नपारिकन यताउताको कुरा उठाइ तर्कशास्त्र गरिरहेका हुन्छौ । द्धन्द्धात्मक भौतिकवादलाई मनन गरिसके पछि थुप्रै दुख कष्टबाट जोगिने छ र धेरै गल्तीहरू हट्ने छन् ।’ – माओत्सेतुङ
विषयप्रवेश
हरेक वस्तुको जन्म र विकास हुनुमा निश्चित वैज्ञानिक आधारहरू अनिवार्य सर्त हुन्छन् । माक्र्सवाद द्धन्द्धात्मक भौतिकवादी एव ऐतिहासिक भौतिकवादी विश्वदृष्टिकोण हो । अर्थात सर्वहारावर्गको विश्वदृष्टिकोण हो । यसको जन्म र विकास एवम् रक्षाका पनि निश्चित वैज्ञानिक आधार र सर्तहरू छन् । त्यसका वारेमा जानकारी राख्न सकियो भने मात्र माक्र्सवादको विकास र रक्षा गर्न संभव हुनेछ । माक्र्सवाद एवम् वैज्ञानिक दर्शन र सर्वहारावर्गको मुक्तिको सैद्धान्तिक हतियार भएकोले यसलाई दार्शनिक धरातलबाट समेत हेर्न अनिवार्य हुन्छ ।
दर्शन भनेको के हो ?
दर्शन भनेको सामान्य शव्दमा हेर्ने, बुझ्ने र व्याख्या गर्ने साधनको नाम हो । अर्को शव्दमा दर्शन भनेको मानिसको भित्रि आखाँ हो, जुन आखाले जीवन र जगतका बारेमा हेर्न, वुझन र व्याख्या गर्ने काममा मद्धत गर्दछ । जीवन र जगतका सामान्य नियमहरूको अध्ययन नै दर्शन हो । ‘दर्शन’ शव्दको साधारण अर्थ ‘हेर्नु’ भन्ने हुन्छ । यसको व्यापक अर्थ ‘हेर्न खोज्नु’ र ‘वुझ्नु’ हुन्छ । विश्वको उत्पति कसरी भयो ? पृथ्वीमा जीव जन्तु र मानिसको उत्पति कसरी भयो ? जीवन र जगतलाई चलाउने शक्ति वा नियम के हुन ? भविष्यमा जीवन र जगत अर्थात विश्वको स्थिति के हुनेछ ? आदि विषयहरूको वैज्ञानिक खोज र व्याख्या गर्ने साधनलाई दर्शन भनिन्छ ।
दर्शनको परिभाषा
हरेक वस्तुको परिभााषा अलग अलग भए झै दर्शनको परिभाषा पनि आफ्नै प्रकारको छ । जीवन र जगतको सामान्य नियमहरूको अध्ययन गर्ने विश्वदृष्टिकोण नै दर्शन भएकोले खास गरि दर्शन भनेकै विश्वको विश्वदृष्टिकोण हो । दर्शन सामाजिक चेतनाको उच्च रूप हो, जसमा बैज्ञानिक तथा सामाजिक प्रगति समष्टिगत रूपमा प्रतिविम्वित भएको हुन्छ ।
दर्शनशास्त्रको परिभाषालाई निम्न तीन कुरामा ध्यान दिएर स्पष्ट पार्न सकिन्छ । पहिलो दर्शन भनेको जीवन र जगतलाई हेर्ने, वुझ्ने र व्यख्या गर्ने साधन हो । दोस्रो दर्शन भनेको प्रकृति, मानव समाज एवम् चिन्तनका चालक नियमहरूको नियम हो । यसले प्रकृति र मानव समाज एंव चिन्तनका ती चालक वा सामन्य नियमहरूको अध्ययन गराएर विश्वदृष्टिकोणको निर्माण गराउँदछ । तेस्रो दर्शन भनेको सिंगो जीवन र जगतको तथा प्रकृति र मानवसमाज एवम् चिन्तनका सामान्य नियमहरूको अध्ययन गर्ने एक पद्धति हो । यसले जीवन र जगतको अध्ययन कसरी र के का आधारमा गर्ने भन्ने कुरा सिकाउँछ ।
माक्र्सवादको परिभाषा अनुसार दर्शन भनेको सैद्धान्तिक ज्ञानको त्यो रूप हो जसले विश्वदृष्टिकोणसित प्रकृति र समाजलाई हेर्ने दृष्टिकोणसित सामान्य नियमहरूको विश्लेषण र व्याख्या प्रस्तुत गर्दछ । प्रकृति, जगत र मानवसमाजको विकास कुन ढंगले हुने गर्दछ ? ऐतिहासिक विकासका मूलकारण र प्रेरक शक्तिहरू के हुन ? हाम्रो वरिपरिको यस संसारलाई कुन रूपमा वुझन् र फेर्न सकिन्छ ? यी र यस्ता सवालहरूबारे दर्शनले स्पष्ट दृष्टिकोण वनाइदिन्छ ।
दर्शनको उत्पति र विकास
दर्शनको उत्पति मानव ज्ञानको विकाससंगै भएको हो । हालसम्मका वैज्ञानिक आविष्कार तथा प्राप्त तथ्यहरूका अनुसार आज भन्दा करीव १५ अर्व वर्ष पहिले ब्रहमाण्डको स्वनिर्माण भएको थियो । यस्तै करिव ४ अर्व ६० करोड वर्ष पहिले हाम्रो पृथ्वी सहित सौर्यमण्डल पनि स्वनिर्माण भएको थियो । आज भन्दा ३ अर्ब ८० करोड वर्ष पहिले जीवनको अस्तित्व देखा परयो । त्यस्तै आज भन्दा ४० लाख वर्ष पहिले अफ्रिका र दक्षिणपूर्वी एशियाका विभिन्न क्षेत्रमा अष्ट्रलोपिथेकस नाम दिइएको मानवीय गुणले युक्त आदि मानव देखा परयो र आज भन्दा करिव ३० लाख वर्ष पहिले मात्र आधुनिक मानव वा प्रज्ञा मानवको विकास भएको पाइन्छ ।
जव मानिस सामुदायिक जीवनको तहमा आइपुग्यो र उसले सामुहिक चिन्तन पनि गर्न थाल्यो र आदिम सामुदायिक समाजका मानिसहरूको चिन्तन वा ज्ञान र व्यवहारको सामान्यीकरणबाट दर्शनशास्त्रले आधार लिएको हो । निर्माण प्रक्रियाको हिसावले दर्शनशास्त्र भनेको प्रकृति , समाज र चिन्तनको सम्वन्धमा तत्कालीन समाजमा विद्यमान ज्ञान वा चेतनाको संश्लेषण वा संवाद हो । यस विषयमा कार्ल माक्र्सले हरेक साचो दर्शन आफनो समयको बौद्धिकसार संस्कृतिको जीवन्त आत्मा भन्नु भएको छ ।
मानिस यस उचाइको चिन्तनमा कहिलेदेखि पुग्यो भनेर ठिक ठिक समयमा किटान गर्न गाह्रो छ । तर पनि दर्शनको इतिहासको अनुसन्धानबाट अहिले सम्म प्राप्त भएका तथ्यहरूका आधारमा करिब आज भन्दा ३ हजार बर्ष पहिले इजिप्ट, दक्षिण एशिया, चीन र युनानमा विभिन्न प्रकारका दार्शनिक चिन्तनहरू देखा परेका थिए । प्राचीन युनानमा दर्शनशास्त्रको शास्त्रीय रूपको विकास भएको थियो भन्ने निष्कर्ष निकालेको पाइन्छ ।
इशापूर्व प्रथम सहस्राव्दीमा दक्षिण एशियामा उपनिषदिक चिन्तन तथा, सांख्य, लोकायत, जैन, बौद्ध आदि दर्शन देखा परे, चीनमा कन्फयुसिसवाद र ताओवादी दर्शन देखा परयो भने प्राचीन युनानको आयोनिया द्धीपमा थेल्स, अनोक्सिमेण्डर र अनोक्सिमेन्स नामक प्राकृतिक भौतिकवादी दार्शनिक चिन्तनहरू देखा परे । इशापूर्व प्रथम सहस्राव्दीको उत्तराद्र्धमा युनानका दार्शनिकहरू पाइथागोरस, हेराक्लिटस, डेमोक्रेटस, एपिकुरस, प्लेटो, एरिस्टोटल आदिले दर्शनशास्त्रको शास्त्रीय रूपको विकास गरेका थिए । दर्शनशास्त्रको विकासको क्षेत्रमा प्राचीन युनानी दार्शनिक थेल्सलाई पहिलो दार्शनिक मानिन्छ ।
दर्शनको वर्गीकरण
संसारमा धेरै प्रकारका दर्शनहरू देखिएतापति मुख्य गरि दर्शन २ प्रकारका छन् – अध्यात्मवादी दर्शन र भौतिकवादी दर्शन । एकथरी चेतनालाई आदितत्व या मूलतत्व मानेर जगतलाई त्यसको स्वतः स्फर्त रचना मान्ने र संसारलाई वुझनै सकिन्न, संसार अज्ञय छ भन्नेलाई अध्यात्मवादी दर्शन र अर्को पदार्थलाई मूलतत्व र त्यसको विकसित रूपलाई चेतना मान्ने र संसारलाई बुझ्न सकिन्छ, संसार ज्ञेय छ भन्ने दर्शनलाई भौतिकवादी दर्शन भनिन्छ ।
दर्शनको क्षेत्रमा दुइवटा आधारभूत प्रश्नहरू छन् जसको जवाफको आधारमा दार्शनिकहरू पनि दुइ शिविरमा बाँडिएका छन् । पदार्थलाई र चेतनाको उत्पति पदार्थबाटै भएको कुरा मान्ने दार्शनिकहरू भौतिकवादीसित सम्बन्धित छन भने आत्मा चेतनालाई आदितत्व मान्ने दार्शनिकहरू अध्यात्मवादसित सम्बन्धित छन् । जुन दर्शनले चेतनालाई पहिलो सृष्टिको आधार तथा पदार्थको अस्तित्व निर्धारक मान्दछ र संसारलाई बुझ्न सकिदैन भन्दछ, त्यस दर्शनलाई अध्यात्मवादी दर्शन भनिन्छछ । पदार्थ पहिलो र सृष्टिको आधार तथा चेतनालाई पदार्थको विशिष्ट गुण मानेर संसारलाई बुझ्न सकिन्छ भन्ने दर्शनलाई भौतिकवादी दर्शन भनिन्छ ।
१९ औ शताव्दीको मध्यतिर आएर अर्थात सन् १८४८ मा कार्ल माक्र्स र फ्रेडरिक एंगेल्सले कम्युनिस्ट घोषणापत्रमार्फत सर्वहारावर्गको मुक्तिको सिद्धान्त माक्र्सवादको प्रतिपादन गर्नु भयो । प्रकृति, समाज, राज्यव्यवस्था आदि बारेमा कार्ल माक्र्स र फ्रेडरिख एंगेल्सले महान्् खोज र प्रयोगद्धारा निकाल्नु भएको वैज्ञानिक तथा क्रान्तिकारी विचार, सिद्धान्त र व्यवहारलाई माक्र्सवाद मानिन्छ ।
माक्र्सवादको प्रतिपादनले दर्शनको क्षेत्रमा ठूलो क्रान्ति पैदा गरिदियो । कार्ल माक्र्स र फ्रेडरिख एंगेल्सले महान्् जर्मन दार्शनिकहरू हेगेलको द्धन्द्धवाद र फायरवाखको भौतिकवादबाट सार खिचेर द्धन्द्धात्मक भौतिकवादी दर्शनको विकास गर्नुभयो । अर्थात हेगेल र फायरवाखको टाउँकोले टेकेर उभिएको द्धन्द्धवाद र भौतिकवादलाई विकसित गरेर द्धन्द्धात्मक भौतिकवादी दर्शनको विकास गर्नु भयो ।
माक्र्स एंगेल्सद्धारा प्रतिपादित द्धन्द्धात्मक तथा ऐतिहासिसक भौतिकवाद त्यसभन्दा पहिलेका सम्पूर्ण दर्शनहरू भन्दा मूलभूत रूपमा नै भिन्न रहेको छ । माक्र्सवादको प्रतिपादन हुनुभन्दा पहिलेका दर्शन र दार्शनिकहरूले संसारको व्याख्या मात्रै गरेका थिए । तर माक्र्स र एंगेल्सले संसारको व्याख्या मात्र होइन परिवर्तन पनि गर्न सकिन्छ भन्ने उद्घोषक गर्नु भयो । र भन्नु भयो – ‘संसारको व्याख्या तर सबैले गरेका छन्, मुख्य गाठी कुरा त यसलाई वदल्नु पो हो त ।’ अतः उहाहरूले प्रकृति, जीवन र परिवर्तनका नियमहरू पत्ता लगाउने तथा व्यवहारद्धारा स्पष्ट पमार्ने काम समेत गर्नु भयो ।
माक्र्सवाद एक वैज्ञानिक सिद्धान्त हो । साथै समाज विज्ञान पनि हो । माक्र्स एंगेल्सद्धारा प्रतिपादित द्धन्द्धात्मक तथा ऐतिहासिक भौतिकवादले त्यसपूर्वका सम्पूर्ण रुढीग्रस्त, अवैज्ञानिक तथा अध्यात्मवादी चिन्तन र ब्वयहारलाई दार्शनिक रूपले ध्वंश पार्दै प्रकृति जगतमा मात्र होइन मानवसमाज र चिन्तनका क्षेत्रमा वैज्ञानिक साम्यवादको भविष्यलाई समेत सुनिश्चित गर्ने तर्कपूर्ण र बैज्ञानिक घोषणा ग¥यो ।
अध्यात्मवादी दर्शन आफ्नो जन्मकालदेखि नै सदासर्वदा शोषक वर्गको पक्षधर बन्दै आएको छ भन्ने भौतिकवादी दर्शन श्रमजीवि जनताको पक्षधर बन्दै आएको छ । द्धन्द्धात्मक भौतिकवाद तथा ऐतिहासिक भौतिकवादी दर्शनले सर्वहारावर्गको मुक्तिको मार्गदर्शन समेत गर्दछ । अतं द्धन्द्धात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शन सर्वहारावर्गको दर्शन हो भने अध्यात्मवादी दर्शन शोषक वर्गको दर्शन हो । वर्गीय समाजमा दर्शन पनि वर्गीय हुन्छ र वर्ग रहेसम्म दर्शन पनि वर्गीय हुनेछ ।
माक्र्सवाद भनेको के हो ?
कार्लमाक्र्स र फ्रेडरिख एंगेल्स कम्युनिस्ट लिगको सदस्य हुनुहुन्थ्यो । सन् १८४७ मा कम्युनिस्ट लिगले माक्र्स र एंगेल्सलाई कम्युनिस्ट घोषणपत्रको मस्योदा तयार पार्ने जिम्मा दियो । सन् १८४८ मा कार्ल माक्र्स र फ्रेडरिख एंगेल्सले कम्युनिस्ट घोषणपत्र जारी गर्नु भयो । त्यसपछि कम्युनिस्ट घोषणापत्र सर्वहारावर्गको मुक्तिको सिद्धान्त बन्यो । जसलाई माक्र्सवाद भनिन्छ । अर्थात प्रकृति, समाज, राज्यव्यवस्था, आदिकावारेमा कार्लमाक्र्स र फ्रेडरिख एंगेल्सले महान्् खोज र प्रयोगद्धारा निकाल्नु भएको वैज्ञानिक तथा क्रान्तिकारी विचार, सिद्धान्त र व्यवहारलाई माक्र्सवाद भनिन्छ ।
माक्र्सवादले पुँजीपति वर्गको राज्यव्यवस्थालाई ध्वस्त पारि त्यो ठाउँमा सर्वहारा श्रमजीवि वर्गको राज्यव्यवस्था स्थापना गर्ने सही क्रान्तिकारी बाटो देखाउदछ । माक्र्सवादका मौलिक विशेषताहरू हुन् द्धन्द्धात्मक भौतिकवाद, ऐतिहासिक भौतिकवाद, वर्गसङ्घर्ष, अतिरिक्त मुल्यको सिद्धान्त, तल्लो वर्गको जनतामा राज्यको शक्तिनिहित अर्थात सर्वहारावर्गको अधिनायकत्व आदि कुरा छन र द्धन्द्धात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवाद माक्र्सवादका दार्शनिक आधार हुन् ।
माक्र्सवाद एक वैज्ञानिक सिद्धान्त हो र सर्वहारावर्गको मुक्तिको सिद्धान्त तथा उसको विश्वदृष्टिकोण हो । माक्र्सवादले जीवन र जगतलाई द्धन्द्धात्मक र ऐतिहासिक भौतिकवादी ढंगले हेर्ने, वुझने, व्याख्या गर्ने र संसारको परिवर्तनको निम्ति बाटो देखाउने काम गर्ने भएकोले यो सर्वहारावर्गको मुक्तिको सिद्धान्त बन्न पुगेको हो । माक्र्सवादले प्रकृति, जीवन, समाज र चिन्तनका चालक वा आम नियमहरूको अध्ययन गराउने र संसारलाई जस्तो छ त्यस्तै यथार्थ रूपमा बुझ्ने वुझाउने एवम् संसारलाई परिवर्तन गर्ने तरिकाहरूको बोध गराउने काम गर्दछ ।
माक्र्सवादी दर्शनका दुई भाग छन् द्धन्द्धात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवाद । माक्र्सवादी दर्शनको विकास मानव चिन्तनको उज्जवल तथा प्रगतिशील परम्परालाई आत्मसात् गरेर भएको हो । यस विषयमा भी आई. लेनिनले भन्नु भएको छ – ‘माक्र्सवादको जन्म विश्वसभ्यताको अनजान गल्तीबाट भएको होइन । माक्र्सवादी दर्शन अतित कालमा सर्वाधिक प्रगतिशील मतहरू सिद्धान्तहरू र विचारधाराहरूको प्रत्यक्ष सिलसिला हो ।’
वर्गीय समाजमा प्रत्येक दर्शन वर्गदर्शन रहने कुरा माक्र्सवादी दर्शनको सम्वन्धमा पनि लागू हुन्छ । माक्र्सवादी दर्शन पनि एउटा वर्गदर्शन हो, तर यो अन्य दर्शनहरू झै अल्पसंख्यकहरूको शोषकहरूको दर्शन नभएर बहुसंख्यक सर्वहाराहरूको दर्शन हो । यसलाई स्टालिनले माक्र्सवादी लेनिनवाद पार्टीको विश्वदृष्टिकोणको रूपमा परिभाषित गर्नु भएको छ ।
माक्र्सवादी दर्शनको उत्पति ऐतिहासिक आवश्यक्ताले भएको हो । माक्र्सवादको जन्म भीषण सङ्घर्षको बीचबाट भएको हो । विश्वराजनीतिक रंगमंचमा एक स्वाधिन शक्तिको रूपमा देखापरेपछि सर्वहारावर्गका लागि एक साच्चिकै वैज्ञानिक दर्शनका् खाँचो पर्न गयो, त्यो एक प्रकारको ऐतिहासिक आवश्यक्ता थियो, जसको परिपूति माक्र्सवादी दर्शन अर्थात द्धन्द्धात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शनले गरयो । अत एक पूरै वैज्ञानिक दर्शनको रूपमा माक्र्सवादी दर्शनले पूरानो पुँजीवादी दर्शनको विनास र नयाँ साम्यवादी विश्वको सिर्जनाका लागि अर्थात विश्वको आमुल रूपान्तरणको लागि जव्वर सैद्धान्तिक जग प्रदान गरेको छ । अर्थात विश्वको क्रान्तिकारी रूपान्तरण गर्ने ऐतिहासिक जिम्मेवारी बहन गरेको सर्वहारावर्गको प्रयासलाई माक्र्सवादी दर्शनले सैद्धान्तिक आधार र निर्देशन प्रदान गरेको छ । त्यसमा सर्वहारावर्गले संसारलाई ठिकसित बुझ्ने र त्यसलाई फेर्ने एक अचुक बौद्धिक अस्त्र भेटाएको छ । यस विषयमा लेनिनलले यसरी दर्शाउनु भएको छ –‘माक्र्सको दर्शन एउटा परिपूर्ण दार्शनिक भौतिकवाद हो, जसले मानवजातिलाई र खासरूपले मजदुरवर्गलाई ज्ञानका शक्तिशाली औजारहरू प्रदान गरेको छ ।’
जसले जीवन र जगतलाई फेर्न चाहन्छ, जसले विद्यमान यथार्थतालाई फेरेर नयाँ यथार्थताको निर्माण गर्न चाहन्छ, त्यसले संसारलाई वुझ्नु पर्दछ । त्यसलाई फेर्ने तरिका जान्नु पर्दछ । यही सामथ्र्य माक्र्सवादी दर्शनले उसलाई दिन्छ । मानव समाजका सर्वहारावर्ग सवैभन्दा ठूलो शक्तिशाली वर्ग हो, यस वर्गको लागि दर्शनको कत्रो महत्व रहेको हुन्छ भन्ने कुरालाई स्वयं कार्ल माक्र्सले यसरी व्याख्या गर्नु भएको छ – ‘जसरी दर्शनले सर्वहारावर्गमा आफ्नो भौतिक हतियार भेटाउछ, त्यसरी नै सर्वहारावर्गले दर्शनमा आफ्नो बौद्धिक हतियार भेटाउँछ ।’
माक्र्सवाद र संशोधनवादबीचको भिन्नता
माक्र्सवाद लेनिनवादको मूल प्रस्तावनाको अवैज्ञानिक संशोधन गर्ने क्रान्तिकारी मजदुर आन्दोलनअन्तर्गतको एक अवसरवादी धारालाई संशोधनवाद भनिन्छ । माक्र्सवाद सर्वहारा क्रान्तिको वैज्ञानिक सिद्धान्त हो । यसका तीन संघटक अंग छन् ती हुन दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवाद । माक्र्सवादको दर्शन द्धन्द्धात्मक तथा ऐतिहासिक भौतिकवाद हो । े इतिहासको विकास प्रक्रियाको आर्थिक नियमहरूको भौतिकवादी अध्ययन गर्ने विज्ञानको नाम राजनीतिक अर्थशास्त्र हो । समाजवाद अन्र्तगत वर्ग, वर्गसङ्घर्ष, पार्टी, राज्यसत्ता, सर्वहारावर्गको अधिनायकत्व र ती सवैको विलुप्तिको वैज्ञानिक अध्ययन गरिन्छ । सर्वहारावर्गको यो वैज्ञानिक सिद्धान्त तमाम प्रकारका आदर्शवाद, अधिभूतवाद र कल्पनावादका विरुद्ध खडा छ । यो वैज्ञानिक सिद्धान्त संग सामना गर्न सक्ने क्षमता आज कसैसंग छैन । यो वैज्ञानिक र गतिशील सिद्धान्त भएकोले आज यो माक्र्सवाद लेनिनवाद माओवादका रूपमा विकसित भएको छ ।
यहाँनेर बुझनै पर्ने कुरा के होे भने माक्र्सवादको संशोधन, अपव्याख्या र पुनर्विचार गर्नु संशोधनवाद हो । माक्र्सवादको सैद्धान्तिक विजयका कारण आफनो पृथक अस्तित्व धान्न असमर्थ तमाम प्रकारका अवसरवादी तथा काल्पनिक समाजवादी धाराहरू माक्र्सवादको वैज्ञानिक धाराभित्र जब घुस्न पुग्छन त्यो बेला संशोधनवादको जन्म हुन्छ । माक्र्सवादको जन्म लगत्तै पु्रधो जस्ता अवसरवादीहरूको जन्म भएको हो । माक्र्सवादलाई पूरानो भइसकेको जडसुत्रवादी सिद्धान्त वताउदै यसको संशोधन र पुनर्विचारको प्रस्तावना पेस गर्ने पहिलो व्यक्ति वर्नस्टीन हो । वर्नस्टीन जर्मनका सामाजिक जनवादी क्रान्तिकारी आन्दोलनका संशोधनवादी प्रवक्ता हो । सन् १८९५ मा फ्रेडरिख एंगेल्सको देहवसान भयो, तब वहाँको मृत्युलगत्तै सन् १८९६ मा वर्नस्टीनले माक्र्सवादलाई संशोधन गर्ने प्रस्ताव अघि सारयो । र माक्र्सवादलाई संशोधन गर्नु पर्दछ भन्ने पहिलो व्यक्ति वर्नस्टीन हो ।
अन्तराष्टिय कम्युनिस्ट आन्दोलनमा संशोधनवादका दक्षिणपंथी, उग्रपंथी एवम् मध्यपंथी रूपहरू विभिन्न कालखण्डमा देखापर्दै आएका छन र यिनमा दक्षिणपंथी संशोधनवाद नै अधिक विकृतिपूर्ण एवम् खतरनाक रही आएको छ । संशोधनवादको शास्त्रीय संशोधनवाद, आधुनिक संशोधनवाद प्रतिक्रान्तिको बाटो हुूँदै प्रतिक्रियावादको रूपमा पतन हुन पुगेको छ । यो संशोधनवाद अन्तराष्टिय परिघटना हो । यसको जन्म आधुनिक समाजको वर्गीय परिवेशमा हुन्छ । हेरक देशमा आफ्ना क्रान्तिका विशेषतासंगै संशोधनवादले पनि आफ्ना विशिष्टताहरू जाहेर गर्ने गर्दछ । सामाजिक र सैद्धान्तिक विशेषताहरूसहित संशोधनवादको जन्म हुने गर्दछ ।
ऐतिहासिक तथ्यहरूले के पुष्टि गरेका छन् भने संशोधनवादको सामाजिक श्रोत निम्नपुँजीवाद हो, पुँजीवाद र साम्राज्यवाद हो । संशोधनवादको साम्राज्यवादसंग घनिष्ट सम्वन्ध रहदै आएको छ । साम्राज्यवादको जन्म इङल्याण्डबाट भएको थियो, जब साम्राज्यवाद अन्य देशहरूमा फैदलै गयो, त्यसको प्रभावको कारण ती देशहरूमा पनि संशोधनवाद फैलिन पुग्यो । जर्मनीको लासाल र लासालवादीहरूमा पनि अनेकौ अवसरवादी विकृतिहरू पैदा हुदै गएको कुरा बारे माक्र्स र एंगेल्सले उद्घाटित गर्नु भएको छ । सैद्धान्तिक रूपले हेर्दा संशोधनवादको वैचारिक श्रोत निम्नपुँजीवाद, पुँजीवाद र साम्राज्यवाद नै हो । संशोधनवादले माक्र्सवादका संघटक अंगको वारेमा दर्शन, राजनीतिक अर्थशास्त्र र समाजवाद तीनवटै संघटक अंगलाई संशोधित एवम् विकृत पार्दै आउने काम गरेको छ । दर्शनका क्षेत्रमा काष्ठवाद, प्रत्यक्षवाद, अनुभाववाद, व्यवहारवाद, भडुवाविकासवाद र नानाथथरिका सारसंग्रहवादलाई आत्मसात् गर्दै आएको छ । द्धन्द्धात्मक एंव ऐतिहासिक भौतिकवाद विरुद्ध यसले अधिभूतवाद र आदर्शवादको पक्षपोषण गर्दछ । राजनीतिक अर्थशास्त्रको क्षेत्रमा पुँजीवादी संकट तथा मुल्यसिद्धिान्तको विरोध गर्नु, साम्राज्यवादलाई प्रगतिशील देख्नु नियोजित अर्थतन्त्रका विरुद्ध अराजक स्वतस्फूर्ततावादी उत्पादक शक्तिको सिद्धान्त अंगाल्नु यसका मूलभूत सिद्धान्त हुन् । समाजवादको क्षेत्रमा यसले वर्गसघर्ष, सर्वहारावर्ग अधिनायकत्व र हिंसापूर्ण क्रान्तिको सिद्धान्तका विरुद्ध वर्गसमन्वय, पुँजीवादी अधिनायकत्व र शान्तिपूर्ण संक्रमणको सिद्धान्त अवलम्वन गर्दछ र मजदुर आन्दोलनलाई सुधारवादी, संसदवादी भासमा फसाउनु यसका मुल विशेषता हुन् ।
हामीले प्राप्त गरेको ज्ञान के हो भने अन्तराष्टिय कम्युनिस्ट आन्दोलनको इतिहासमा सर्वहारा क्रान्तिको सिद्धान्तको विकास जसरी माक्र्सवाद लेनिनवाद माओवादका तीन गुणात्मक चरणमा भएको छ त्यसरी नै संशोधनवाद पनि शास्त्रीय संशोधनवाद आधुनिक संशोधनवाद प्रतिक्रियावादको रूपमा विकृति हुन पुगेको छ । सर्वहारा क्रान्तिको विकास वर्गदुश्मनहरू, उनीहरूको विचारधारा, तमाम अराजकतावादी तथा अवसरवादीहरू र संशोधनवादीहरूका विरुद्धको भीषण वर्गसङ्घर्ष, अन्तरसङ्घर्ष र दुइलाइन सङ्घर्षका बीचबाट निकै जटिल, संगीन र ओजपूर्ण रहेको छ ।
माक्र्सवाद इतिहास विज्ञानको महान्् खोज थियो । वर्गसघर्षको सर्वहारा अधिनायकत्वका विकास र साम्यवादको स्थापना त्यस खोजको केन्द्रीय कडी सर्वहारावर्गको अधिनायकत्व थियो । अराजकतावादीहरूले माक्र्सवादको त्यसै केन्द्रीय कडीमाथि प्रहार गरेका थिएनन् । लासालवादीहरूको जोड त्यसै केन्द्रीय कडीका विरुद्ध स्वतन्त्र राज्यको पक्षपोषण गर्नु र स्वतन्त्रता, समानता, न्याय तथा भातृत्वको पुँजीवादी नारालाई अलंकृत गर्नु थियो । त्यसका निम्ति लासालवादीहरूले पार्टीमा विजातीय तत्वहरूलाई भर्ने र पार्टीको वैचारिक बन्ध्याकारण गर्ने कुरामा जोड दिएका थिए । माक्र्स एंगेल्सले ती सबका विरुद्ध लड्दै माक्र्सवादी सिद्धान्त, रणनीति तथा कार्यनीति र त्यसको संवाहक पार्टीलाई समेत स्थापित गर्नु भएको थियो ।
दोस्रो अन्तराष्टिय कालमा वर्नस्टीनले तमाम काल्पनिक तथा अवसरवादी विचारहरूलाई समेटदै तथा वर्गसङ्घर्ष, सर्वहारावर्गको अधिनायकत्व र हिंसात्मक क्रान्तिको सिद्धान्तको विरुद्ध वर्गसमन्वय, वालिगमताधिकार, पुँजीवादी अधिनायकत्व र शान्तिपूर्ण संक्रमणको सिद्धान्तको वकालत गर्दै शास्त्रीय संशोधनवादको जग वसालेको थियो । यस अवधिमा अर्थवाद, मेन्सिविकवाद, विसर्जनवाद, काउत्स्कीवाद लगायतका संशोधनवादका विविध रूपहरू प्रकट भएका थिए । गद्धार काउत्स्कीले वर्नस्टीनको सिद्धान्तलाई अनुसरण गर्दै सर्वहारा अधिनायकत्व र वल प्रयोगको सिद्धान्तका विरुद्ध शुद्ध जनवाद को पक्षपोषण गरेको थियो र उसले साम्राज्यवादलाई प्रगतिशील समेत बनाएको थियो ।
आधुनिक संशोधनवाको सुत्रपात मुख्यत खु्रश्चोभबाट भयो । उसले सम्पूर्ण जनताको पार्टी, सम्पूर्ण जनताको राज्य र शान्तिपूर्ण संक्रमणको सिद्धान्त अबलम्वन गर्दै तथा वर्गसङ्घर्ष सर्वहारावर्गको अधिनायकत्व र सशस्त्र सङ्घर्षका विरुद्ध भीषण हमला बोल्दै रुसमा पुँजीवादको स्थापना गरयो । खु्रश्चोभदेखि मिखाइल गोर्भाचोभसम्म आउँदा आधुनिक संशोधनवाद सामाजिक फाँसिवादका रूपमा गिर्न पुग्यो ।
सन् ६० को दशकमा कमरेड माओले एकातिर अन्तराष्टिय कम्युनिस्ट आन्दोलनको गंभीर अध्ययन र अर्कोतिर स्वयं चिनबाटै जटिल वन्दै गइरहेको पुँजीवादको पुनस्थापना रोक्नका लागि सर्वहारावर्गको अधिनायकत्व अन्तर्गत निरन्तर क्रान्ति जारी राख्ने सिद्धान्त प्रतिपादन गरि महान्् १० वर्षे सांस्कृतिक क्रान्ति संचालन गर्नु भयो । चीनको नयाँ जनवादी क्रान्तिदेखि आजसम्म आइपुग्दा दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादका तीनवटै क्षेत्रमा माक्र्सवाद लेनिनवादको तेस्रो गुणात्मक शिखरका रूपमा माओवादको विकास भयो । अन्तराष्टिय कम्युनिस्ट आन्दोलन यसरी माक्र्सवाद र संशोधनवादको भीषण द्धन्द्धको बीचबाट गु्रजदै आउदा क्रािन्त र प्रतिक्रान्तिका जीत र हारका अनेकौ घटनाहरू घटिसकेका छन् । सारा संशोधनवादीहरूले क्रान्तिकारीहरूलाई उग्रवादी, आतंकवादी, जडसुत्रवादी आदि भनेर बदनाम मात्र गरेका छैनन भीषण भौतिक हमलासम्म मात्र गरेका छैनन् भीषण भौतिक हमलासम्म गर्न पुगेका छन् । वास्तवमा संशोधनवादीहरू वर्नस्टीन, काउत्स्की र खु्रश्चोभ भन्दा पनि अझै तल गिरेर ठाडै संसदीय प्रजातन्त्र, पुँजीवादी संसद र बहुलवादलाई आदर्श मान्दै युरो कम्युनिज्मको पतीत सिद्धान्तसम्म अंगाल्नु पुगेका छन् र आज संशोधनवाद नांगो पुँजीवादमा समेत गिर्न पुगेको छ ।
हामी क्रान्तिकारीहरूले संचालन गर्दै आएको वर्गसङ्घर्ष, अन्तरसङ्घर्ष, दुइलाइन सङ्घर्ष, अध्ययन र अनुभवबाट के निष्कर्षमा पुग्न सकिन्छ भने अन्तराष्टिय कम्युनिस्ट आन्दोलनभित्रको माक्र्सवाद र संशोधनवादबीचको यो भीषण लडाइँ आज आएर एकातिर माक्र्सवाद लेनिनवाद माओवाद र अर्कोतिर शास्त्रीय संशोधनवाद, आधुनिक संशोधनवाद प्रतिक्रियावादबीचको लडाइँ अभिव्यक्त हुन पुगेको छ । यो एकातिर अन्तराष्टिय कम्युनिस्ट आन्दोलनभित्रको माक्र्सवाद र संशोधनवादबीचको लामो ऐतिहासिक लडाइँको समृद्ध अनुभव एवम् शिक्षाको सार हो भने अर्कोतिर त्यस लडाइँको माक्र्सवाद र प्रतिक्रियावादवीचको लडाइँमा रूपान्तरणको द्योतक पनि हो । यसरी आज माक्र्सवाद र संशोधनवादवीचको भीषण सङ्घर्षमा बदलिन पुगेको छ ।
अव यस कुरालाई नेपालको सन्दर्भमा भन्नुपर्दा एकातिर माक्र्सवाद लेनिनवाद माओवादको प्रतिनिधित्व गर्ने क्रान्तिकारी धाराको रूपमा अभिव्यक्त हुन पुगेको छ । आज एकीकृत नेकपा माओवादी अन्तराष्टिय आन्दोलनको क्रान्तिकारी परम्परा र त्यसको शिक्षाको सारलाई आत्सात् गर्दै माक्र्सवाद लेनिनवाद माओवादलाई पथप्रदर्शक सिद्धान्त मान्दै तथा तमाम प्रकारका दक्षिणपंथी संशोधनवाद र सुधारवादका विरुद्ध सङ्घर्ष गर्दै नेपालमा जनविद्रोहको कार्यदिशा मार्फत नयाँ जनवादी क्रान्ति गर्ने अन्तिम चरणमा प्रवेश गरेको छ । अर्थात एकीकृत माओवादीले पार्टी वाहिर र भित्रका संशोधनवादहरूसंग भीषण दुइलाइन सङ्घर्ष, अन्तरसङ्घर्ष र संशोधनवादका विरुद्धको सङ्घर्षलाई उचाइँमा पुरयाएर नेपाली क्रान्ति सम्पन्न गर्ने ऐतिहासिक चरणमा प्रवेश गरिसकेको छ । अहिले माओवादी पार्टी भित्र पनि आजको माक्र्सवाद र हिजोको माक्र्सवाद जस्ता बहस पनि चल्न थालेका छन । माक्र्सवाद वैज्ञानिक सिद्धान्त हो । यो सार्वभौम छ, माक्र्सवाद हिजाको र आजको हुन सक्दैन । वरु माक्र्सवाद ठोस परिस्थिितिको ठोस विश्लेषणका आधारमा सिर्जनात्मक रूपले प्रयोग गर्दै त्यसको विकास मात्र गर्न सकिन्छ । आजको माक्र्सवाद भन्नेहरू वर्नस्टीनका नवजात सन्तान वाहेक कोही होइनन र यो विचार युरो कम्युनिज्मको नेपाली नयाँ संस्करणभित्र सिवाय अरु क्ही पनि होइन ।
माक्र्सवादको विकसित रूप लेनिनवाद
साम्राज्यवादको युगमा लेनिनद्धारा विकसित गरिएको क्रान्तिकारी माक्र्सवादलाई लेनिनवाद भनिन्छ । यो माक्र्सवादको विकसित रूप हो । तत्कालीन विश्वपरिस्थितिको सटिक व्याख्या गर्दै लेनिनले माक्र्सवादको थप व्याख्या गर्नु भयो । ठोस परिस्थतिको ठोस विश्लेषण नै माक्सएवादको आत्मा हो भन्नु हुने लेनिनले पुँजीवादको अन्तिम चरण साम्राज्यवाद हो भनेर व्याख्या गर्नु भयो । साथै पार्टी निर्माणको सवालमा जनवादी केन्द्रीयताको सिद्धान्त प्रतिपादन गर्नु भयो । जसलाई लेनिनवादी सङ्गठनात्मक सिद्धान्त भनिन्छ । नयाँ ऐतिहासिक युग साम्राज्यवाद र समाजवादी क्रान्तिको युगमा लेनिनले माक्र्सवादी दर्शनको सिर्जनात्मक रूपमा विकास गर्नु भयो र यसलाई गुणात्मक रूपले नविन चरणमा उकाल्नु भयो । लेनिनको ऐतिहासिक देन केमा निहित छ भने उहाँले नयाँ ऐतिहासिक अवस्थामा द्धन्द्धात्मक एवम् भौतिकवादको समर्थन र विकसित गर्नु भयो । उहाँले सामाजिक आर्थिक वनाटको सिद्धान्तको विकास गर्नु भयो र वर्गहरूलाई परिभाषित गर्नु भयो । लेनिनले हरेक कोणबाट समाजवादी क्रान्तिको सिद्धान्तलाई सुविस्तारित गर्नु भयो । राज्य र सर्वहारावर्गको अधिनायकत्वको सिद्धान्तलाई ठोस रूप दिनु भयो ।
लेनिनले माक्र्सवादी दर्शनलाई समृद्ध मात्र तुल्याउनु भएन उहाँले व्यवहारिक जीवनमा यसको सिद्धान्तलाई लागु गर्नु भयो । लेनिनले साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगको व्याख्या गर्नु भएन साम्राज्यवाद र सर्वहारा क्रान्तिको रणनीति र कार्यनीति पनि प्रतिपादन गर्नु भयो । र रुसमा नयाँ क्रान्तिकारी पार्टी सोवियत कम्युनिस्ट पार्टी वोल्सेविक को निर्माण गर्नु भयो । त्यही पार्टीको नेतत्व गर्दै महान्् रुसी अक्टोवर समाजवादी क्रान्ति समेत सम्पन्न गर्नु भयो ।
लेनिनले राष्टिय प्रश्न र राष्टिय मुक्ति आन्दोलन सम्वन्धी वैज्ञानिक सिद्धान्तको तर्जुमा गर्नु भयो । उहाँले वर्गहरू र वर्गसङ्घर्षबारे सर्वहारा अधिनायकवाद र त्यसका रूपहरूबारे इतिहासमा जनसमुदाय र मजदुर पार्टीको भूमिका, प्रगतिशील भूमिका आदिबारे माक्र्सवादी शिक्षालाई पनि विकसित तुल्याउनु भयो । लेनिनले द्धन्द्धात्मक भाौतिकवादी ज्ञान सिद्धान्तलाई विकसित पार्नु भयो । र जडसुत्रवादीहरूका विरुद्ध सङ्घर्षको निम्ति सैद्धान्तिक अस्त्र प्रदान गर्नु भयो । लेनिनले माक्र्सवादी दर्शनको क्षेत्रमा प्रदान गर्नु भएको योगदान अतुलनीय रहेको छ । यसरी लेनिनले माक्र्सवादको भण्डारमा अतुलनीय योगदान थप्नु भयो र लेनिनवाद नयाँ ऐतिहासिक युगको साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगको पुँजीवादबाट समाजवादतर्फ र साम्यवादी समाजको निर्माणतर्फ सक्रमणको युगको माक्र्सवाद बन्यो ।
लेनिनवादको विकसित रूप माओवाद
माक्र्सवादमाथि थप व्याख्या गरेर महान्् लेनिनले विचार विकासको क्षेत्रमा थप योगदान गर्दै लेनिनवादको निर्माण गर्नु भयो । हरेक वस्तु गतिशील र परिवर्तनशील भए झै माक्र्सवाद पनि गतिशील विचार प्रणाली हो । माक्र्सवाद परिवर्तन हुँदैन बरु विकासस हुँदै जान्छ । विचारको विकास गर्नु भनेको माक्र्सवादलाई समृद्धशाली वनाउनु हो भने परिवर्तन गर्नु भन्नु संशोधनवाद हो ।
माक्र्सले पुँजीवादको विकास भएका मुलुकहरूमा एकैसाथ समाजवादी क्रान्ति सम्पन्न हुनेछ भन्ने सिद्धान्त अघि सार्नु भएको थियो । लेनिनले राष्टियता र मुक्ति आन्दोलनको प्रश्नको हल गर्दै पुँजीवादको चरम अवस्था साम्राज्यवाद हो भन्ने सिद्धान्त प्रतिपादन गरेर क्रान्तिको निम्ति वस्तुगत र आत्मगत परिस्थिति परिपक्व वनिसकेको छ भने एउटै देशमा पनि समाजवादी क्रान्ति सम्पन्न हुन सक्छ भन्ने सिद्धान्तको प्रतिपादन गर्नु भयो । र आफ्नै नेतृत्वमा सन् १९१७ अक्टुवर २५ तारिखका दिन महान्् रुसी अक्टुवर समाजवादी क्रान्ति सम्पन्न गर्नु भयो ।
माक्र्सले समाजविकासका क्रमहरूको वर्गीकरण गर्नु भयो । जस्तो आदिम साम्यवादी युग, दास युग, सामन्तवादी युुग, पुँजीवादी युग र समाजवादी युग । यसरी युग विकासको वैज्ञानिक वर्गीकरण अनुसार समाजवादी क्रान्ति सम्पन्न गर्नका लागि पुँजीवादी क्रान्ति सम्पन्न भइसकेको हुनु पर्ने विचारको विकास माक्र्सले गर्नु भयो । पुँजीको चरम विकास भएको मुलकमा समेत भिन्ना भिन्नै मुलुकमा फरक फरक रूपमा समाजवादी क्रान्ति सम्पन्न गरेर साम्यवादमा पुग्न विचारको विकास लेनिनले गर्नु भयो । तर जुन मुलुकमा पुँजीवादी क्रान्ति नै भएको छैन त्यस देशको क्रान्ति कसरी गर्ने भन्ने नयाँ विचारको आवश्यक्ता भएपछि माओसेतुङले पुँजीवादी क्रान्ति सम्पन्न नभई सकेको र एउटा अर्धसामन्ती र अर्ध औपनिवेशिक मुलुकमा क्रान्ति कसरी सम्पन्न गर्ने भन्ने विचार अघि सार्नु भयो । पुरानो खाले पुँजीवादी क्रान्ति सन् १७८९ मा सम्पन्न फ्रान्सेसी राज्यक्रान्ति माथि प्रतिक्रान्ति भएर त्यसको पुँजीपतिवर्गले सामन्तवाद र साम्राज्यवादको घाटी जोडि सकेकोले त्यस पुँजीवाद एकाधिकारवादी पुँजीवादमा पतन भईसकेकोले अव पुँजीपति वर्गले पुँजीवादी क्रान्तिको नेतृत्व गर्न नसक्ने भएकाले भएकोले एउटा अर्धसामन्ती र अर्धऔपनिवेशिक मुलुकमा कम्युनिस्ट पार्टीको नेतृत्वमा किसान मजदुरको एकतमा नयाँखाले पुँजीवादी क्रान्ति अर्थात नयाँ जनवादी क्रान्ति सम्पन्न गर्न सकिने र त्यसको निम्ति ग्रामीण इलाकाहरूमा आधारइलाका निर्माण गर्ने, गुरिल्लावार र गाउँदेखि शहर कव्जा गर्ने दीर्घकालीन जनयुद्धको नयाँ रणनीति र कार्यनीति तर्जुमा गर्नु भयो । साथै नयाँ जनवादी क्रान्ति सम्पन्न गर्नका लागि कम्युनिस्ट पार्टी, जनसेना र क्रान्तिकारी संयुक्त मोर्चाको अवधारणा अघि सार्नु भयो र गाउँदेखि शहर कव्जा गर्ने र केन्द्रीय सत्ता कव्जा गरेर नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने रणनीति कार्यनीति समेत प्रतिपादन गर्नु भयो । र आफ्नै नेतृत्वमा सन् १९४९ मा चीनमा नयाँ जनवादी क्रान्ति सम्पन्नु गर्नु भयो ।
विचारको विकास नै किन ?
विचारको विकास नै किन आवश्यक हुन्छ भन्ने प्रश्न एउटा सैद्धान्तिक प्रश्न हो । कार्लमाक्र्स र फ्रेडरिक एंगेल्स महान्् विचारक हुनुहुन्थ्यो । उहाँहरूले सर्वहारावर्गको मुक्तिको सिद्धान्त माक्र्सवादको प्रतिपादन गर्नु भयो । उहाँहरूले सर्वहारावर्गका निम्ति नयाँ विचारको विकास गर्नु भयो । उहाँहरूले पुँजीवादको विकास भएका मुुलुकहरूमा एकैसाथ समाजवादी क्रान्ति सम्पन्न भएर मानव समाज साम्यवादमा प्रवेश गर्नेछ भन्ने विचारको विकास गर्नु भयो । तर हरेक वस्तु गतिशील हुने भएकाले परिस्थितिमा फेरबदल आउने वित्तिकै अन्तरविरोधहरू पनि फरक फरक ढंगले विकास हुने नै भए । माक्र्स र एंगेल्सको निधन पछि लेनिनले पुँजीवादको चरम अवस्था साम्राज्यवाद हो भन्ने व्याख्या गर्दै पुँजीवादी वा समाजवादी मुलुकमा आ आफनै तििरकाले फरक फरक समयमा समाजवादी क्रान्ति गर्न सकिने नयाँ विचारको विकास गर्नु भयो र आफ्नै नेतृत्वमा सोभियत रुसमा महान्् अक्टुवर समाजवादी क्रान्ति सम्पन्न गरेर लागु गर्नु भयो । त्यस पछि विश्वका देशहरूमा मुक्ति अभियान अघि वढयो र २० औ राष्टहरूमा समाजवादी या जनवादी क्रान्तिहरू सम्पन्न भए । महान्् लेनिनको विचार विकासले गर्दा नै विश्वभर मुक्ति अभियानले सार्थकता पायो । त्यस्तै माओत्सेतुङले नयाँ विचारको विकास गरेर नयाँ खाले पुँजीवादी क्रान्ति अर्थात नयाँ जनवादी क्रान्तिको रणनीति र कार्यनीति तय गरेर आफ्नै नेतृत्वमा महान्् चिनियाँ नयाँ जनवादी क्रान्ति सम्पन्न गर्नु भयो त्यसलाई व्यहवारमै लागू गर्नु भयो । त्यस पछि अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थामा रहेका मुलुकहरूमा क्रान्तिको लहर फैलियो ।
आजको युग साम्राज्यवाद र विश्वसर्वहारा वर्गवीच भीषण सङ्घर्षको युग हो । अर्थात आजको युग सर्वहारा क्रान्तिको युग हो । साम्राज्यवादले पनि नयाँ ढंगले विकास गरेर अगाडि वढेको छ भने सर्वहारावर्ग पनि त्यही अनुरूप नयाँ विचारका साथ अघि वढ्न आवश्यक छ । आजको युुगको क्रान्तिलाई मार्गनिदेर्शन गर्नका लागि माक्र्सवाद लेनिनवाद माओवादमाथि थप नयाँ व्याख्या गर्नु पर्ने आइसकेको छ । यतिबेला माक्र्सवाद पुरानो भयो भन्ने नाममा आजको माक्र्सवादको हौवा खडा गरेर माक्र्सवादलाई भ्रष्टीकरण गर्ने कुचेष्टा गरिदैछ । माक्र्सवाद वैज्ञानिक सिद्धान्त हो । त्यसको विस्थापित हुन सक्दैन, थप व्याख्या मात्र हुन्छ र लेनिन, माओबाट समेत थप व्याख्या गर्दै विचारको विकास नगरेको भए सायद रुस, चीन जस्ता मुलुकहरूमा क्रान्ति अलिढिला हुन सक्थ्यो । अव गरिने क्रान्ति २१ औ शताव्दीको नयाँ क्रान्ति हो । नेपालमा एकीकृत माओवादीले जनविद्रोहद्धारा नेपाली क्रान्ति सम्पन्न गर्ने कार्यदिशा निक्र्यौल गरिसकेको छ । नेपाली मौलिकता र नेपाली मोडेलमा यो क्रान्ति सम्पन्न हुने भएकाले यसमा पनि थप विचार विकासको आवश्यक्ता पर्ने कुरा अनिवार्य शर्त हो । वर्गसङ्घर्ष र दुइलाइन सङ्घर्षले नयाँ विचारको विकास हुने हो ।
विश्वसर्वहारा क्रान्ति सम्पन्न गर्नका लागि नयाँ विचारको विकास निरन्तर रूपमा जारी रहने कुरा माक्र्सवादसम्मत नै हुन्छ । तर यतिबेला विभिन्न रूप र रंगका अवसरवादी एवम् संशोधनवादीहरूले क्रान्तिका नाममा माक्र्सवादलाई नै भ्रष्टीकरण गर्ने प्रयास जारी राखेका छन् । दुइलाइन सङ्घर्षको माध्यमबाट ती विचारहरूलाई परास्त गरेर माक्र्सवादको रक्षा गर्दै विचारको विकास गर्न आवश्यक छ ।
उपसंहार
भीषण वर्गसङ्घर्षका बीचबाट कार्लमाक्र्स र फ्रेडरिख एंगेल्सले माक्र्सवादको प्रतिपादन गर्नु भएको थियो । त्यसपछि माक्र्सवाद सर्वहारावर्गको मुक्तिको सिद्धान्त बन्न पुग्यो र सर्वहारावर्गले आफ्नो वर्गको मुक्तिको अस्त्र प्राप्त गरयो । अवसरवाद र संशोधनवाद विरुद्ध भीषण दुइलाइनसघर्ष र अन्तरसङ्घर्षकै माध्यमबाट माक्र्सवादको विकास र रक्षा हुँदै आएको छ । भीषण वर्गसङ्घर्ष र दुइलाइन सङ्घर्षकै बीचबाट लेनिनवाद र माओवादको रक्षा र विकास पनि महान्् दुइलाइन सङ्घर्ष र अन्तरसङ्घर्षबाट हुँद आएको छ । भविष्यमा पनि यही प्रक्रिया निरन्तर जारी राखेर मात्र रक्षा र विकास संभव हुनेछ ।
आजको युग २१ औ शताव्दीको युग हो । यो युग विज्ञान प्रविधि र उच्च मानव चेतनाले भरिपूर्ण युग पनि हो । आजको युग साम्राज्यवाद र सर्वहारा वर्गबीच भीषण सङ्घर्षको युग हो । साम्राज्यवाद नै सर्वहारावर्गको मुक्तिको लागि प्रमुख वाधकको रूपमा खडा भएको छ । आज भन्दा १६३ वर्ष पहिले कार्लमाक्र्स र एंगेल्सले माक्र्सवादको झण्डा आज संसारभरका करोडौ सर्वहारा श्रमजीवि वर्ग एवम् मेहनतकस जनताले निरन्तर उठाइरहेका छन् । र आफनो देशको वस्तुगत परिस्थितिको ठोस विश्लेषण गर्दै माक्र्सवादलाई सिर्जनात्मक रूपमा प्रयोग गर्दै क्रान्तिलाई अघि वढाउदै आएका छन् । त्यसैले आज माक्र्सवादको सान्दर्भिकता र महत्व झनै वढेर गएको छ ।
पुरानो संसारलाई विनष्ट पारि त्यसको लासमा नयाँ वर्गविहीन संसारको रचना गर्न सर्वहारा श्रमजीवि वर्गको लागि माक्र्सवाद अचुक, अमोध, अजय अस्त्र वन्न पुगेको छ । क्रान्तिको विज्ञानको रूपमा माक्र्सवाद विश्वक्रान्तिको आन्दोलनको व्यवहारसंगै निरन्तर विकास भइरहेको छ । माक्र्सवादको रक्षा गरेर मात्र विचार विकासको निर्माण गर्न सकिन्छ । माक्र्सवादको रक्षा र विकास गर्ने दायित्व विश्वसर्वहारावर्गको काधमा छ ।
प्रचण्ड–बाबुरामको दासत्वपूर्ण आत्मसमर्पण
विषय प्रवेश
चिनियाँ क्रान्तिका नायक कमरेड माओले एक ठाउँमा भन्नु भएको छ, ‘साहसी वीरहरू लड्ने गर्दछन् तर कायर र डरछेरुवाहरू आत्मसमर्पण गर्दछन् ।’ माओको यो संश्लेषण ज्यादै सटिक छ । साहसी वीर र कायर डरछेरुवाहरूमा हुने फरक पनि यही हो । माओले करिब ७५ वर्ष पहिले गर्नु भएको यो वैज्ञानिक संश्लेषण अहिले नेपालका एकीकृत माओवादीका अध्यक्ष प्रचण्ड र उपाध्यक्ष बाबुराम भट्टराइमा जस्ताको तस्तै लागु हून्छ । माओको उक्त भनाइ संसारभरका कायर र डरछेरुवा सबै गद्दारहरूमाथि समान रूपले लागु हुने गर्दछ । किनभने यो माक्र्सवादको सार्वभौम र आधारभूत नियम हो ।
०५२ फागुन १ देखि ०६२ को अन्त्यसम्म नेकपा माओवादीले महान्् जनयुद्धको संचालन ग¥यो । दश वर्षे जनयुद्धमा माओवादीले छापामार दस्तादेखि जनमिलिशियाहुँदै नेपालको कम्युनिस्ट आन्दोलनमा मात्र होइन विश्व कम्युनिस्ट आन्दोलनमा डिभिजनस्तरको जनमुक्ति सेनाको सैन्य संरचनाको विकास ग¥यो । यो नेपाली जनता र नेपालकै लागि गौरवको विषय थियो । दश वर्षे महान्् जनयुद्धकै प्रक्रियामै माओवादीले आधारइलाकाहरूको निर्माण ग¥यो, जनसत्ता र जनकम्युनहरूको निर्माण ग¥यो । जनसरकारहरू समेत गठन गरेर समानान्तर सरकार संचालनको अभ्यास समेत ग¥यो । त्यो अवधिमा माओवादीले नेपालको करिब ८० प्रतिशत भुभागमा आफ्नो कब्जामा लिन सफल भयो । त्यही जनयुद्धकै प्रक्रियामा दशौं हजार नेपाली आमाका असल छोराछोरीहरूले सहादत प्राप्त गरे । हजारौं जनतालाई राज्यले वेपत्ता पा¥यो, हजारौं नागरिक घाइते र अपांग बन्न पुगे । लाखौं नेपाली जनताको सहयोग, समर्थन, त्याग, बलिदान र योगदान रह्यो । यति ठूलो त्याग, तपस्या, बलिदान, सहास र सौर्यकासाथ विजयतिर अगाडि वढेको जनयुद्धले नेपालमा मात्र होइन विश्वमै आफ्नो गौरवशाली इतिहास निर्माण गर्न सफल भयो ।
अतः महान्् जनयुद्धको नेतृत्व समेत गरेर आएका प्रचण्ड र बाबुराम अहिले दक्षिणपंथी संशोधनवादको बाटो पकडेर अघि वढीरहेका छन् । जसका कारण मुलुकको राजनीतिक परिस्थिति समेत गंभीर मोडमा पुगेको छ र पार्टीभित्रको चालु दुइलाइन सङ्घर्ष र विचारधारात्मक अन्तरसङ्घर्ष पनि उत्कर्षमा पुगेको छ । यी विचलन र दासत्वपूर्ण आत्मसमर्पणका श्रृंखलाहरू कसरी जन्मिए ? यसले सिंगो कम्युनिस्ट आन्दोलन र नेपाली क्रान्तिलाई के असर पार्दछ ? अनि पार्टीभित्र र बाहिर छितरिरहेर बसेका कम्युनिस्टहरूले यो परिस्थितिमा के भुमिका निर्वाह गर्नु पर्ला ? यसको गंभीरतापूर्वक अध्ययन÷छलफल गर्न आवश्यक छ ।
के हो दासत्वपूर्ण आत्मसमर्पणवाद ?
क्रान्तिकारी कम्युनिस्ट पार्टी र क्रान्तिको नेतृत्व गरिरहेका व्यक्ति वा नेताले आफ्नो सिद्धान्त र क्रान्तिकारी आर्दशलाई त्यागी सिद्धान्तबाट पलायन हुनु वा विचलित हुुनुलाई आत्मसमर्पणवाद भनिन्छ । खास गरि यो शब्द कम्युनिस्ट क्रान्तिकारीहरूले प्रयोग गर्दछन् । आफ्नो क्रान्तिको धारलाई छाडेर प्रतिक्रियावादीहरूलाई समर्थन गरि मिल्न जानुलाई दासत्वपूर्ण आत्मसमर्पणवाद भनिन्छ । यो एक किसिमको विसर्जनवाद हो । यसले क्रान्तिलाई विसर्जन गर्ने काम गर्दछ । क्रान्ति सामाजिक विकासको अनिवार्य र अविच्छिन्न धारा हो भन्ने थाहा भएर पनि क्रान्तिकारी परिश्रम, आर्दश तथा अनुशासन पालना गर्न नसकि आन्दोलनबाट आर्जन गरिएका र क्रान्तिका सम्पूर्ण उपलब्धीहरूलाई प्रतिक्रियावादी शक्तिलाई सुम्पनु अर्थात् राष्ट्र, जनता र क्रान्तिविरोधी काम कार्वाही या आचारण गर्नुलाई दासत्वपूर्ण आत्मसमर्पणवाद भनिन्छ ।
उपयुक्र्त विश्लेषणका आधारमा रही के निष्कर्षमा पुग्न सकिन्छ भन्ने दश वर्षे महान्् जनयुद्धबाट आर्जन गरिएका नेपाली क्रान्तिका सम्पूर्ण उपलब्धिहरूलाई शान्ति र संविधानको ढ्वाङ फुक्दै प्रचण्ड र बाबुरामले देशी विदेशी प्रतिक्रियावादीका सामु सुम्पेर नेपाली क्रान्तिलाई विसर्जनको अन्तिम मोडमा पु¥याएको हुनाले यस लेखमा प्रचण्ड बाबुरामको दासत्वपूर्ण आत्मसमर्पण भन्ने वारेमा संक्षिप्तमा प्रकाश पार्ने प्रयत्न गरिएको छ ।
कहाँबाट शुरु भयो दासत्वपूर्ण आत्मसमर्पणको यात्रा ?
०६२ असोज–कार्तिक माओवादीको चुनवाङमा बैठक बस्यो । त्यस बैठकले राजतन्त्रको अन्त्य गर्न संसदवादीदलहरूसित कार्यगत एकता गर्ने निर्णय ग¥यो र लोकतान्त्रिक गणतन्त्रको तत्कालीन कार्यनीतिक कार्यदिशा पारित ग¥यो । सो बैठकबाटै माओवादीले दक्षिणपन्थी संशोधनवादी लाइन पकड्यो । किन कि कम्युनिस्टहरूको कार्यक्रम गणतन्त्र होइन, जनगणतन्त्र हो । गणतन्त्र त बुर्जुवाहरूको नारा । यो पुँजीवादीहरूको संसदीय नारा हो । चुनवाङ बैठकबाटै गणतन्त्रको कार्यनीति पारितसँगै माओवादीको मुख्य नेतृत्व अर्थात् प्रचण्ड–बाबुरामको दासत्वपूर्ण आत्मसमर्पणको यात्रा शुरु भएको हो ।
यो यात्रा पूरा गर्नलाई बीच बीचमा संसद्वादी दलहरूसँग विभिन्न समयमा विविध विषयमा सम्झौता र सहमतिहरू सम्पन्न हुदै गए । भारतीय विस्तारवादको मध्यस्तामा ०६२ मंसिर ७ गते भारतको नयाँ दिल्लीमा सात संसद्वादी दलहरूसित १२ वुँदे समझदारी भयो । त्यतिखेर नै राजतन्त्रको अन्त्य हुनु पर्ने हो पार्टीको कार्यदिशा अनुसार तर ‘निरंकुश राजतन्त्रको अन्त्य’ भन्ने बुँदामा मूल नेतृत्व सहमत भएको छ । ०६२÷०६३ को १९ दिने जनआन्दोलनको बलबाट ०६३ बैशाख ११ गते तत्कालीन निरंकुश राजा ज्ञानेन्द्रले विघटित संसदको पुनस्थापना स्विाकार गरेपछि जन आन्दोलन स्थगित भयो र माओवादीले पनि स्वीकार गर्यो । संवैधानिक राजतन्त्रलाई स्वीकार्न पुग्नु माओवादी मूल नेतृत्वको बैचारिक विचलनको पराकाष्ठा थियो । यहाँनेर ०१२ सालमा नेकपाका तत्कालीन महासचिव मनमोहन अधिकारीले वैधानिक राजतन्त्रको नायकत्व स्विकार्ने सर्तमा ००८ सालदेखि पार्टीमाथि लगाउदै आएको प्रतिबन्ध फूकाउने जुन सहमति भएको थियो, त्यही इतिहासको पुनरावृत्ति हुन पुग्यो । ०६३ बैशाख ११ गते राजतन्त्र संवैधानिक भएको घोषणा भएपश्चात माओवादीले पनि संवैधानिक राजतन्त्रको नेतृत्व अन्तरगत रहेर १० वर्ष पहिलेदेखि भूमिगत रहेको पार्टीलाई खुल्ला गरायो । १२ वुँदे समझदारी गर्दा नै सम्झौता पत्रमा जनमुक्ति सेना नेपाल राख्नु पर्नेमा ‘माआोवादीका लडाकुहरू’ भन्ने शब्द राख्ने काम भयोे । उनीहरू माओवादीको जनमुक्ति सेना नेपाल भन्ने शब्द नै सुन्न चाहदनै थिए भन्ने त्यो बलियो प्रमाण हो । अनि यो आत्मसमर्पण कै उपज पनि थियो ।
०६३ मंसिर ५ गते नेपाल सरकार र विद्रोही माओवादीका बीच बृहत शान्ति सम्झौता गर्ने क्रममा पार्टी अध्यक्ष प्रचण्डले जनयुद्ध समाप्त भएको भन्ने घोषणापत्रमा हस्ताक्ष गरे र बिना विकल्प दश वर्षे महान्् जनयुद्धको प्रक्रियामा दशौ हजार महान्् सहिदहरूको रगतले निर्माण गरिएका आधार इलाकाहरू खारेज गरियो । नयाँ जनसत्ताहरू र जनकम्युनहरू विघटन गरियो । यी सबै कार्यहरू पार्टीको निर्णयबिना प्रचण्डले साम्राज्यवादीहरू, विस्तावादीहरू र तिनका नेपाली दलालहरू काँग्रेस–एमालेको दबाबमा गरिएको थियो । किसानहरूको रगत र पसिनाले युद्धकालीन अवस्थामा कब्जा गरिएका सामन्त÷जमिन्दारहरूको जमिन पनि फिर्ता गरियो । कांग्रेस÷एमालेहरूको मागअनुरूप वाइ.सि.एलको अर्ध सैनिक संरचना भंग गयिो । नेपाली क्रान्तिको निम्ति यो भन्दा ठूलो गद्दारी अर्काे हुनै सक्दैन । यी कार्यहरू दासत्वपूर्ण आत्मसमर्पणका परिणामहरू थिए ।
०६८ जेठ १४ गते जनताको नयाँ संविधान घोषणा गर्ने दिन नजिकिदै गर्दा देशी विदेशी प्रतिक्रियावादी शक्तिहरूले षडयन्त्र गर्न थालेका छन् । संविधानसभा नै विघटन गर्ने तयारी गरिरहेका छन् । राष्ट्रपति शासन लगाएर संकटकाल लगाउने र क्रान्तिकारीहरूलाई समाप्त पार्ने तयारी भइरहेको छ भन्ने हाउगुजी देखाएर प्रचण्ड–बाबुरामले जनविद्रोहको पार्टीको आधारिक कार्यदिशालाई परित्याग गरेका छन् । उनीहरूबाट ‘शान्ति र संविधान’ सम्वन्धी कांग्रेस–एमालेको वुर्जुवा सुधारवादी एवम् संंसद्वादी कार्यदिशालाई पकड्न पुगेर नेपाली क्रान्तिप्रति ठूलो गद्दारी र बेइमानी गरिएको छ । आफ्नो भन्दा शत्रुको शक्ति ठूलो देखाएर कायरता प्रदर्शन गर्ने क्रान्तिप्रति गद्दारी गर्ने प्रचण्ड–बाबुराममा चीनका आत्मसमर्पणवादी गद्दार चाङ क्वो थाओको गलत कार्यदिशा अभिव्यक्त हुन पुगेको छ ।
चाङ क्वो थाओका बाटोमा प्रचण्ड–बाबुराम
चीनमा लम्वे अभियानका क्रममा सन १९३५ मा चौथो मोर्चा सेनामा काम गर्ने चाङ क्वो थाओले शत्रुबाट हमलाको सामना गर्ने अभियान चल्दा उसले क्रान्तिको भविष्य प्रति भरोसा गरेन र जापान विरोधी जनवादी आन्दोलनको राष्ट्रव्यापी उत्थानलाई नकार्न पुग्यो र शत्रुको तागतलाई अधिक मूल्याङकन गर्दै क्रान्तिकारी शक्तिहरूलाई अति कम्जोर ठान्न पुग्यो । चाङ क्वो थाओको पलायनवादी कार्ययिदशाबाट चीनमा लालसेनाको ठूलो क्षति भयो र जापान विरोधी आन्दोलन पनि निकै कम्जोर बन्न पुग्यो । यतिले मात्र नपुगी चाङ क्वो थाओले लालसेनाको एकतालाई छिन्नभिन्न गर्दै नक्कली ‘केन्द्रीय समिति’ बनाई उसले पार्टी केन्द्रीय समितिलाई समेत खतरामा पार्ने कार्य रच्न पुग्यो । पार्टी निर्णय विपरित चाङ क्वो थाओले चौथो मोर्चा सेनालाई पश्चिमतर्फ बढ्ने आदेश दियो । यसको परिणाम एउटा सानो इकाई बाहेक पुरै चौथो मोर्चा सेना चाङ क्वो थाओको गलत कार्यदिशाको शिकार हुन पुग्यो । चीनियाँ लालसेनाका निम्ति यो गंभीर क्षति थियो । चाङको विघटनकारी गतिविधी एवम् तोडफोडका कारणले चीनियाँ लालसेनाले ठूलो क्षति व्यहोर्नु प¥यो । येनानमा भएको पार्टी र माओत्सेतुङद्धारा दिइएको सही नीतिले गर्दा चौथो मोर्चा सेनाले केन्द्रीय समितिको सही नेतृत्वको स्विकार ग¥यो । चाङको गल्तीबाट उम्कन केन्द्रीय समितिले लगातार शिक्षा दिने र बुझाउने तरिका अपनायो । रूपान्तरण गर्नका लागि चीनियाँ कम्युनिस्ट पार्टीले चाङलाई गल्तीहरूको आत्मालोचना गर्ने मौका दियो तर उसले नक्कली केन्द्रीय समिति स्थापना गर्न पुग्यो । अवसरवादी पतनलाई रोक्न उसले सकेन । अन्त्यमा चाङ क्वो थाओले क्रान्तिप्रति गद्दारी गर्दै आफूलाई क्वोमिङताङसँग बेच्यो र पतनको खाडलमा आफै पुरिन पुग्यो । महान्् चीनियाँ लालसेना विजयको झण्डा फहराउदै अगाडि बढ्यो ।
यहाँ चीनियाँ चाङको कालो इतिहासलाई किन उल्लेख गर्न खोजिएको हो भने नेपालमा एकीकृत माओवादी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री समेत रहेका उपाध्यक्ष बाबुराम भट्टराईले पनि शत्रु शक्तिलाई बलियो देख्ने, हजारौ महान्् सहिदहरूको रगत र लाखौ नेपाली जनताको त्याग, बलिदान, योगदान र सहयोगबाट निर्माण गरिएको जनमुक्ति सेनालाई प्रतिक्रियावादी सेना परिचालन गरेर आत्मसमर्पण गराई विघटन र विसर्जन गराउने र त्यस गद्दारीलाई प्रचण्डले ‘साहसिक निर्णय’ गरे भनेर जनतालाई उल्लु बनाउने अनि ‘जनमुक्ति सेनाको क्यान्टोनमेन्टभित्र हुन गइरहेको रक्तपातलाई रोकेको हुँ’ भनेर जनतालाई ढाट्ने जुन कार्य भइरहेका छन् सवै चाङ क्वो थाओ प्रवृत्ति हुन । यसले उजागार हुनु एमाओवादी पंक्ति भित्र अनिवार्य छ ।
दासत्वपूर्ण आत्मसमर्पणको पुनरावृत्ति
एकीकृत माओवादीका प्रचण्ड र बाबुराममा उत्पन्न भएको दासत्वपूर्ण आत्मसमर्पण नेपालको हकमा पहिलो र नौलो चाँही होइन, यो इतिहासको पुनरावृत्ति मात्रै भएको हो । यो नेपालको राजनीतिक इतिहासमा कहाँबाट शुरुबाट भएको हो भने तत्कालीन शासकहरूले ब्रिटिस भारतका सामु आत्मसमर्पण गरेर ३ मार्च सन् १८१६ मा राष्ट्रघाती सुगौली सन्धिमा हस्ताक्षर गरेपश्चात नेपालका शासक बन्दै आएकाहरूले श्रृंखलाबद्ध र क्रमबद्ध रूपमा साम्राज्यवादी र विस्तारवादीहरू विशेष गरी भारतीय विस्तारवादका सामु दासत्वपूर्ण आत्मसमर्पण गर्दै आएका थिए ।
नेपाल–अंग्रेज युद्ध (१८१४–१८१६) पछिको झण्डै २० वर्षसम्म शक्तिशाली मुख्तियार रहेका भीमसेन थापा(१८१६–१८३६)ले ब्रिटिश भारत सरकारलाई नेपालको आन्तरिक राजनीतिमा हस्तक्षेप नगर्न र हालीमुहाली चलाउन नदिए पछि तत्कालिन ब्रिटिश आवासीय राजदूतावासले अनेक घात–प्रतिघात र षडयन्त्रद्धारा दरवारिया राजनीतिलाई विषाक्त तुल्याई भीमसेन थापाको पतनदेखि कुवर खलकको उदयसम्मको प्रपञ्ज तयार पारी अन्ततः नेपालमा आफू अनुकुलको सत्ता निर्माण गर्न सफल भएको थियो । परिणाम स्वरूप सन् १८४६ सेप्टेम्बर १४ को राती १० वजे तत्कालीन शाही मन्त्री जंग बहादुर कँुवरले कोत पर्व मच्चाई स्वयंलाई सर्वेसर्वा तुल्याएको थियो । त्यसयता सत्तामा पुग्न र सत्तामा टिकिरहनका लागि ब्रिटिश भारतका सामु आत्मसमर्पण गर्दै गुलामीको जीन्दगी बिताउदै आएका छन् ।
जंगबहादुर राणाले ब्रिटिश भारत सरकारलाई साधेर नेपालमा एक शताब्दी लामो आततायी शासनको पूर्वाधार तयार पारेको थियो । सत्ता जोगाउनका लागि जंगबहादुर राणाले ब्रिटिशको सहयोगको लागि पहिलो विश्वयुद्ध (१९१४–१९१८) र दोश्रो विश्वयुद्ध (१९३९–१९४५) मा भारतको आन्तरिक मामिलामा भारतीय सिपाही विद्रोह (१८५७) र कास्मीर संकट तथा हैदरावाद संकट (१९४८) जस्ता ब्रिटिश भारत एवम् स्वतन्त्र भारतमा उठेका आन्तरिक एवम् वाहिरी संकटमा पूर्ण बचन बद्धताका साथ नेपाली सेना र साधन श्रोत उपलब्ध गराइएको थियो । राणा शासकहरू ब्रिटिश दलाल बाहेक हरू केही थिएनन् । कार्ल माक्र्सले जंगबहादुर राणालाई ‘बेलायती कुकुर’ को संज्ञा दिएका थिए ।
जनताको आन्दोलन र विद्रोहले एक शताब्दी भन्दा लामो जहाँनियाँ तथा खुनी राणा शासन डगमगाउन थालेपछि सत्ता जोगाउनका लागि अन्तिम राणा प्रधानमन्त्री मोहन समशेर राणाले स्वतन्त्र भारतसँग सन् १९५० को राष्ट्रघाती सन्धि गरेका थिए । ००७ सालमा राष्ट्रघाती एवम् धोकापूर्ण त्रिपक्षीय दिल्ली संझौताले राजा त्रिभुवन र नेपाली कांग्रेसलाई सत्तामा पु¥याई दियो । सत्तामा पु¥याइदिएवाफत भारतको तत्कालिन उत्तर प्रदेशका गृह सचिव गोविन्द नारायण सिंहलाई राजा त्रिभुवनले आफ्नो नीजि सचिव बनाइ काठमाडौमा राखेका थिए । त्यसैगरी ००८ सालमा नेपाली कांग्रेसको मातृका प्रसाद कोइरालाको सरकारले नेपालका लागि भारतीय राजदूतलाई क्याविनेटको बैठकमा उपस्थित गराउने र नेपालको राजनीतिको रिपोर्रिङ भारतमा गर्नेसम्मका काम गरे । ती सबै आत्मसमर्पणवादका ज्वलन्त उदाहरण थिए । नेपाली कांग्रेसले सत्ता टिकाउनकै निम्ति ०११ बैशाख १२ मा भारतसँग कोशी संझौता, कांग्रेसका प्रधानमन्त्री वीपी कोइरालाले ०१६ मंसीर १९ गते बेलुकी भारतसँग गण्डक संझौता सम्पन्न गरेर नेपालका नदी नालाहरू भारतलाई बेचेर दासत्वपूर्ण आत्मसमर्पणको श्रृंखलालाई निरन्तरता दिए ।
सत्ता टिकाउनकै निम्ति तत्कालिन राजा महेन्द्रले सन् १९६२ मा चीनको सुराकी गर्नका लागि पश्चिम नेपालको दार्चुला जिल्लाको कालापानीमा ३७ वर्ग किलोमिटर भू–भागमा भारतीय सेनाको क्याम्प राख्ने अनुमति दिएका थिए । अहिलेसम्म पनि कालापानीमा भारतीय सेनाले परेड खेलीरहेको छ । त्यति मात्रै होइन सत्ता जोगाउनकँे निम्ति राजा महेन्द्रले सन् १९६५ मा राष्ट्रघाती सुरक्षा संझौता भारतसँग गरेका थिए । सत्तामा टिकिरहनका निम्ति ०४८ सालमा भारत भ्रमणका क्रममा कांग्रेसका प्रधानमन्त्री गिरीजा प्रसाद कोइरालाले भारतसँग टनकपुर सन्धि गरे । सत्तामा पुग्नकै लागि कांग्रेस र एमालेले ०५३ असोज ४ गते संसदबाट राष्ट्रघाती महाकाली सन्धि अनुमोदन गरे । सत्तामा टिकिरहनका निम्ति दलाली गुलामी स्वरूप एकीकृत माओवादी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री समेत रहेका उपाध्यक्ष बाबुराम भट्टराईले ०६८ कार्तिक ४ गते भारतसँग राष्ट्रघाती बिप्पा संझौता गरे ।
सत्तामा पुग्न र टिकीरहनका निम्ति ०६९ बैशाख २१ गते एमाओवादी प्रचण्ड–बाबुराम समूहको स्थायी समिति वैठकमा वर्तमान भारतीय राजदूत जयन्त प्रसादलाई उपस्थित गराइएयो र जयन्त प्रसादको उपस्थिति अनि निर्देशनमा दासत्वपूर्ण आत्मसमर्पणवादी ५ वुँदे संझौतामा प्रचण्डले हस्ताक्षर गरे । अहिले एमाओवादीका प्रचण्ड–बाबुरामले भारतका सामु सत्तामा पुग्न र टिकिरहनका निम्ति गर्दै आएको दासत्वपूर्ण आत्मसमर्पण कुनै नयाँ, नौलो परिघटना होइन, जंगबहादुर राणा, मोहन शम्शेर जवरा, मातृका प्रसाद कोइराला, वीपी कोइराला, राजा महेन्द्र शाह, गिरिजा प्रसाद कोइराला, शेरबहादुर देउवा र माधव नेपाल–केपी वलीले गर्दै आएको दासत्वपूर्ण आत्मसमर्पणको पुनरावृत्ति मात्र हो । इतिहास दोहोरिएको मात्र हो र तिनै राष्ट्रघाती गद्दारहरूको विडो प्रचण्ड–बाबुरामले थाम्न खाजेको मात्र हो । यो विषयलाई यसरी नै बुझ्नु पर्ने हुन्छ । कार्ल माक्र्सले जंगबहादुर राणलाई ‘बेलायती कुकुर’ भन्नु भएझै यी राष्ट्रघातीहरूलाई ‘भारतीय कुकुर’को संज्ञा दिएका कुनै फरक नपर्ला । किन कि भारतीय शासकहरूले फ्याकी दिएको कलो खाएर यिनीहरूले मालिकको आज्ञापालन इमान्दारीपूर्वक निर्वाह गरेकै छन् । भारतलाई नरिझाए सम्म र उसको निर्देशनलाई पालना नगरेसम्म सत्तामा पुग्न पनि सकिदैन र टिक्न पनि सकिदैन भने दासत्वपूर्ण मानसिकताबाट यी घटनाहरू दोहोरिदै आएका छन् । भारतको विरोध गरेमा भीमसेन थापा र मदन भण्डारीको जस्तै हालत ब्यहोर्नु पदैछ भन्ने डरले पनि यी गद्दारहरूले भारतीय विस्तारवादका सामु आत्मसमर्पण गर्दै आएका छन् ।
क्रान्तिप्रति गद्दारीको अन्तर्राष्ट्रिय कडी
माक्र्सवादको जन्म र विकाससँगै संशोधनवादको पनि जन्म र विकास भयो । संशोधनवादको साम्राज्यवादसँग सोझै सम्पर्क रहदै आएको छ । साम्राज्यवादको विश्व भौगोलिकृत भइरहेको अवस्थामा संशोधनवादको पनि अन्तर्राष्ट्रियकरण भएको छ । संशोधनवाद भनेको माक्र्सवाद विरोधी, क्रान्ति विरोधी विचारधारा हो ।
लेनिनले रुसमा सन् १९०३ मा कम्युनिस्ट पार्टीलाई अनुशासनबद्ध, कमिटी प्रणालीमा चल्ने र पद्धतिसंगत लडाकु दस्ता बनाउनु पर्दछ भन्ने प्रस्ताव राख्दा मार्ताेभहरूले लेनिनको विरोध गरेका थिए । परिणाम त पार्टी फूटेर बोल्सेविक र मेन्सोविक बन्न पुगे । लेनिनले १९०१–१९१४ मा क्रान्तिको कुरा गरिरहेको बेला मेन्सोविकहरूले लेनिनको विरोध गरे । लेनिनले सर्वहारा क्रान्ति र सर्वहारावर्गको अधिनायकत्वको कुरा गरिरहेको बेला कार्ल काउत्स्की (१८५४–१९३८) ले सर्वहारा क्रान्ति र सर्वहारावर्गको अधिनायकत्वको आलोचना गरे । कार्ल काउस्कीका माक्र्सवादी सिद्धान्तसँग असहमतिका कुराहरूको खण्डन गर्दै सन् १८१८ मा लेनिनले ‘सर्वहारा क्रान्ति र गद्दार काउत्स्की’ भन्ने पुस्तकको रचना नै गर्नु भएको थियो ।
अहिले नेपालमा मोहन वैद्य ‘किरण’ र वादलहरूले जनविद्रोहको तयारी गरेर नेपाली क्रान्ति सम्पन्न गर्नु पर्छ भनिरहँदा प्रचण्ड–बाबुरामहरू संसदीय भासमा चुर्लुमै डुबेका छन् । पार्टी र क्रान्तिलाई छिन्नभिन्न पारेर, जनमुक्तिसेनालाई प्रतिक्रियावादी सेनामा विलय गरेर प्रचण्ड–बाबुरामले गरेको क्रान्तिप्रतिको यो गद्दारी नयाँ होइन अन्तरर्राष्ट्रिय गद्दारीकै नेपाली कडी र संस्करण मात्र हो ।
क्रान्तिप्रति गद्दारीको राष्ट्रिय कडी
नेपाली क्रान्तिप्रति गद्दारी गर्ने क्रममा प्रचण्ड–बाबुराम पहिलो पंक्तिमा पर्दैनन् । नेकपाको पहिलो महाधिवेशनबाट निर्वाचित महासचिव मनमोहन अधिकारीले वि.स. ०१२ मै राजतन्त्रका सामु आतमसमर्पण गरेर नेपाली क्रान्तिप्रति गद्दारीको शिलान्यास गरेका हुन् भने दोश्रो महाधिवेशन निर्वाचित महासचिव डा. केशरजंग रायमाझीले नेकपालाई र नेपाली क्रान्तिलाई राजदरवारमा बुझाएर नेपाली क्रान्तिप्रति ठूलो गद्दारी गरेका थिए । ऐतिहासिक झापा विद्रोहबाट अगाडि बढेका एमालेका नेताहरूले नेपाली क्रान्तिलाई भारतीय विस्तारवादका सामु बुझाएर ठूलो गद्दारी गरेका थिए भने अहिले प्रचण्ड बाबुरामले नेपाली क्रान्तिलाई भारतीय विस्तारवादी शासकहरू र तिनका नेपाली दलालहरूका सामु बुझाएर सत्तामा पुग्न र टिकिरहनका निम्ति दासत्वपूर्ण आत्मसमर्पण गरेका छन् । मनमोहन, रायमाझी र एमालेका नेताहरूको पंक्तिमा आफ्नो नाम दर्ता गरेर इतिहासको पुनरावृत्ति गरेका छन् । अर्थात प्रचण्ड–बाबुरामले मनमोहन, रायमाझी र एमालेका नेताहरूको विडो थाप्ने काम मात्र गरेका छन्, कुनै नयाँ इतिहास निर्माण गरेका होइनन् ।
क्रान्तिकारीहरूको दायित्व
क्रान्तिकारीहरूले संशोधनवादी, क्रान्तिका गद्दारहरूका विरुद्ध भीषण दुइलाइन सङ्घर्ष र विचारधारात्मक अन्तरसङ्घर्ष संचालन गरेर मात्र क्रान्तिलाई अगाडि बढाउन सक्छन् र गद्दारहरूलाई आन्दोलनबाट विस्थापित गर्न सक्छन् । माक्र्स, एंगेल्स, लेनिन, स्टालिन र माओले यही पद्धति अपनाएर नै माक्र्सवादको रक्षा र विकास गर्नु भएको थियो । जहाँ पनि आन्तरिक दुई लाइन सङ्घर्षको माध्यमबाट नै क्रान्तिलाई विजयमा पुर्याइएको थियो ।
नेपालमा पनि एमाओवादीका प्रचण्ड–बाबुरामहरूले गर्दै आएको क्रान्ति र माक्र्सवादप्रतिको गद्दारीकोे बारेमा पार्टी भित्रका मोहन वैद्य ‘किरण’ र ‘वादल’हरूले भीषण दुइलाइन सङ्घर्ष संचालन गर्दे आएका छन् र यतिबेला दुइलाइन सङ्घर्ष उत्कर्षमा पुगेको छ । प्रचण्ड–बाबुरामरूपी नवसंशोधनवाद नेपालका क्रान्तिकारीहरूका सामु नाङ्गो र कुरूप ढंगले उभिन पुगेको छ । यो संशोधनवाद क्रान्तिकारी कम्युनिस्ट पार्टीबाट विस्तापित हुने अन्तिम मोडमा पुगेको छ ।
सन् १९५६ मा रुसमा खु्रश्चोवको आधुनिक संशोधनवादको क्रान्तिकारीहरूले समयमै उपचार गर्न नसक्दा सोभियत समाजवादले पराजय भोग्नु प¥यो । चीनमा माओको निधन पश्चात प्रतिक्रान्तिले मौलाउने मौका पायो । नेपालमै ०१९ सालमा पार्टीको तेश्रो महाधिवेशनले नेपाली क्रान्तिको गद्दार रायमाझीलाई त कार्वाही गरेर पार्टीबाट निकाल्यो तर क्रान्तिकारी कार्यदिशाका साथ अगाडि बढ्नु पर्नेमा राष्टिय प्रजातन्त्र जस्तो बुर्जुवा संसदवादी कार्यदिशा पारित गरेर अगाडि बढ्न खोज्दा नेपाली कम्युनिस्ट आन्दोलन विभाजित हुन पुग्यो । जसको असर अहिलेसम्म पनि कायमै छ । अव एमाओवादीका क्रान्तिकारीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय इतिहासबाट सकारात्मक तथा नकारात्मक पाठ सिकेर क्रान्तिकारी कार्यदिशाका साथ बढेर मात्रै नेपाली क्रान्तिका गद्दारहरूलाई निस्तेज पार्न सकिन्छ र क्रान्तिलाई विजयतिर लान सकिन्छ । इतिहासले सिकाएको पाठ पनि यहि नै हो ।
माक्र्सवादी द्वन्दवाद ः सार्वभौम सिद्धान्त
माक्र्सवादी द्वन्दवाद विकास तथा सार्वभौम सम्बन्धको सिद्धान्त हो । विकासको स्रोत र गतिदायी शक्तिहरूको प्रश्न नै यसको मुख्य प्रश्न हो । प्रतिपक्षहरूको एकता र सङ्घर्षको नियमले नै यस प्रश्नको समाधान गर्दछ । भी.आई. लेनिनले प्रतिपक्षहरूको एकता र सङ्घर्षको नियमलाई द्वन्दवादको ‘सार र गुदी’ हो भन्नुभएको छ । यस नियमले भौतिकजगतको विकास एवम् शाश्वत गतिका वास्तविक कारण र स्रोतहरूको उद्घाटन गर्दछ । व्यवहारिक क्रान्तिकारी गतिविधि, विज्ञान, समाज, चिन्तन तथा प्रकृतिको विकाससम्बन्धी द्वन्दवादका प्रश्नहरू बुझ्नका लागि यस नियमको जानकारी राख्नु अति आवश्यक हुन्छ ।
माक्र्सवादी दर्शनअनुसार सबै वस्तु र प्रक्रियाहरूमा आन्तरिक अन्तर्विरोध हुन्छ । त्यही अन्तर्विरोध तिनीहरूले विकासको लागि प्रेरक शक्ति हो । लेनिनले अन्तर्विरोधहरूको अध्ययनलाई ‘द्वन्दवादको केन्द्रविन्दु’ भन्नुभएको छ । तर, मौलिक प्रश्न के उठ्दछ भने अन्तर्विरोध आफूमा स्वयं के हो ? प्राचीन यूनानी द्वन्दवादी हेराक्लेटिसको विचारमा हरेक वस्तु, परिघटना र परिवर्तनको स्थितिमा हुने भएकाले वस्तुहरूको प्रकृति निर्धारण ती वस्तुहरूको अन्तरविरोधितामा गरिनुपर्दछ । कुनै वस्तु छ छैन त्यसमा हुने अविरल परिवर्तनको कारणले गर्दा यो तथ्य निर्धारण हुन्छ ।
संसारमा दुई ठ्याक्कै एकै रूपका वस्तुहरू वा परिघटनाहरू हुनै सक्तैनन् । दुई भन्ने बित्तिकै असमानता विद्यमान हुनजान्छ । तसर्थ समान वस्तुहरूमा पनि असमानता र भिन्नता रहन्छ । यसरी एकरूपता र भिन्नताको एकता हुन्छ । एकरूपता र भिन्नता सबै वस्तु र प्रक्रियाहरूमा सँगसँगै विद्यमान हुन्छन् । एउटा वस्तु अर्को वस्तुसित मात्र भिन्न नभई आफ्नो सम्बन्धमा पनि आफूसित भिन्न रहन्छ । उदाहरणका निम्ति एउटा जीवित वस्तु अरू वस्तुको सम्बन्धमा एकरूपता र भिन्नताको एकता मात्र नभई त्यसले आफूलाई स्वयं नकार गर्दछ अर्थात् मृत्युतिर बढिरहेको हुन्छ ।
द्वन्दवादमा कुनै वस्तु छ वा छैन भन्नुको अर्थ त्यो वस्तुमा स्थायित्व र परिवर्तनको एकता छ भन्नु हो, सकारात्मकता र नकारात्मकता छ, जीवन र मृत्यु छ भन्नु हो । तसर्थ एउटा निश्चित समय र स्तरमा रहेको एउटा इकाई र परिघटना प्रतिपक्षहरूको एकता हो, विरोधी गुण, चरित्र, गति र दिशा भएका पक्षहरूको एकता हो । प्रतिपक्षी शब्दले दुई परस्पर विरोधी गुण भएका दुई पक्षहरू एक ठाउँमा अस्तित्वमा छन् भन्ने जानकारी दिन्छ । दुई पक्षहरूले एक अन्तर्विरोध खडा गर्दछन्, अर्थात् प्रत्येक वस्तु प्रत्येक परिघटना दुईमात्र प्रतिपक्षीहरूको एकता हो । यद्यपि ती दुई प्रतिपक्षहरूमा अरू असंख्य अन्तर्विरोधहरू हुन्छन, जो गौण अन्तर्विरोधको रूपमा अस्तित्वमा रहेका हुन्छन् ।
अन्तर्विरोधको सबभन्दा महत्वपूर्ण पक्ष प्रतिपक्षहरूको बीच सम्बन्ध र अन्तक्र्रिया हो । प्रतिपक्षहरूको गुण र गति एकदमै प्रतिकूल भए पनि तिनीहरू आफ्नो अस्तित्वको निम्ति आफ्नो प्रतिद्वन्दी प्रतिपक्षीमाथि निर्भर गर्दछन् । यो एकताले त्यो वस्तुमा सम्पूर्णता दिन्छ । अन्तर्सम्वन्ध, अन्तर्निभरता र अन्तरप्रवेशको अवस्थाले प्रतिपक्षहरूलाई प्रवृत्ति र गुणहरू दिन्छ । यो एकताले त्यो वस्तुलाई अस्तित्व दिन्छ । प्रत्येक विद्युत–चुम्वकीय लहर (प्रकाश, ताप, विद्युत) विपरीत दिशा भएको उर्जाको एक इकाई हो । चुम्वकको प्रत्येक अणुमा उत्तरी र दक्षिणी धु्रव हुन्छन् । परमाणु धन विद्युत र ऋण विद्युतहरूका इकाईहरूको समूहबाट बनेको हुन्छ । जैविक कोषाणुले रगतबाट भोजन लिन्छ र दूषित कुरालाई रगतमा फ्याँकिदिन्छ । मानिसको श्वासप्रश्वास, भोजन गर्नु, विष्टा फ्याँक्नु, सामन्त र मोही, पूँजी र श्रम, उत्पादक शक्ति र उत्पादन सम्बन्धहरू विलोमहरूको (प्रतिपक्षीहरूको) एकता र सङ्घर्षका सवुत हुन् । अन्तर्विरोधमा एकताको अर्थविपरीत गुण र गति भएका पक्षहरूले अर्कोमाथि आफ्नो अनुकूल प्रभाव पार्न गरेको अर्थमा बुझ्नुपर्दछ । यसरी के स्पष्ट हुन्छ भने जुन आन्तरिक अन्तर्विरोधले कुनै वस्तुमा मूल, आधारभूत, प्राथमिक गुण, चरित्र र संरचना दिन्छ; त्यो नै विकासको प्रेरक शक्ति हुन्छ । परमाणुको केन्द्रमा प्रोटोन थपिन्छ भने इलेक्ट्रोनका संख्यामा पनि वृद्धि हुन्छ र पहिलेको भन्दा बेग्लै अर्को वस्तु र तत्व बन्न पुग्छ ।
वर्गीय समाजमा आधारभूत वर्गहरूको बीच दासस्वामी र दास, सामन्ती जग्गाधनी र मोही, पूँजीपति र सर्वहाराको बीचको अन्तरविरोध नै समाजको प्रेरक शक्ति हुन्छ । त्यही अन्तर्विरोधलाई आधारभूत (प्रधान) अन्तर्विरोध भनिन्छ । अरू सबै अन्तर्विरोधहरूलाई गौण अन्तर्विरोध भनिन्छ । कुनै वस्तु र परिघटनाको अरू वस्तु, अरू परिघटना वा वातावरणसितको अन्तर्विरोधलाई बाह्य अन्तर्विरोध भनिन्छ । बाह्य अन्तर्विरोधको उपस्थितिले आन्तरिक अन्तरविरोधहरूको समाधानमा अनुकूल वा प्रतिकूल अवस्था सिर्जना गर्दछन् । साम्राज्यवादको उपस्थितिले स्थानीय सामन्तवाद वा पूँजीवादविरोधी सङ्घर्षको विकासमा प्रतिकूल स्थितिको सिर्जना गर्दछ । तर, समाजवादी व्यवस्थाको उपस्थितिले श्रमिक वर्गीय बाह्य वा आन्तरिक आन्दोलनलाई अनुकूल स्थिति पैदा गर्दछ ।
कहिलेकाहीं आधारभूत आन्तरिक अन्तर्विरोधको समाधान गर्नमा, सामन्तवादविरोधी सङ्घर्षमा, अर्को कुनै आन्तरिक वा बाह्य अन्तर्विरोधले वाधा खडा गर्दछन् । त्यो निश्चित अन्तर्विरोधको समाधान नगरी आधारभूत अन्तर्विरोधको समाधान हुन सक्तैन । तसर्थ त्यो स्थितिमा त्यस्तो गौण वा बाहिरिया अन्तर्विरोध प्रमुख अन्तर्विरोध हुन पुग्दछ । आधारभूत अन्तर्विरोधको उपस्थितिमा नै प्रमुख अन्तर्विरोधको समाधान गर्नु प्रथम कार्य हुनजान्छ । तर, सामाजिक क्रान्तिको स्थिति विद्यमान छ भने आधारभूत अन्तर्विरोध नै प्रमुख अन्तर्विरोध हुन पुग्दछ ।
वर्गीय समाजमा आधारभूत अन्तर्विरोधलाई शत्रुतापूर्ण अन्तर्विरोध भनिन्छ । अर्थात् प्रतिपक्षहरूको प्रतिक्रान्ति पक्षको पूर्ण नाश क्रान्तिकारी पक्षले गर्दछ । पूँजीवादी समाजमा पूँजीपति र मजदुर वर्गको बीचको अन्तर्विरोधलाई शत्रुतापूर्ण अन्तर्विरोध भनिन्छ ।
वर्गीय समाजमा मैत्रीपूर्ण अन्तर्विरोध पनि हुन्छ । समान आर्थिक स्वार्थ र समानखाले सामाजिक जीवन भएका वर्ग र उपवर्गहरूबीचको अन्तर्विरोध मैत्रीपूर्ण हुन्छ । सामन्ती समाजमा सामन्ती जग्गाधनी, नोकरशाही पूँजीपति र दलाल व्यापारीको बीच वा मजदुर, किसान, मध्यम वर्ग र राष्ट्रिय पूँजीपतिको बीच मैत्रीपूर्ण अन्तर्विरोध हुन्छ । यद्यपि त्यस समाजमा मजदुरको शोषण भइरहेको हुन्छ ।
अन्तर्विरोधहरूको पनि विभिन्न चरणहरूमार्फत विकास हुन्छ । कुनै पनि परिघटना त्यसका अन्तर्विरोधहरू एकदमै परिपक्व र प्रष्ट नभएसम्म हराउन सक्तैनन् वा अर्को परिघटनाबाट विस्थापित हुन सक्तैनन् । किनभने परिपक्व विकासको स्थितिले नै नयाँ गुणात्मक स्थितिमा फड्को मार्ने पूर्वशर्तहरू स्थापित गरेका हुन्छन् । विकासको प्रथम चरणमा अन्तर्विरोध आफ्नो अपरिपक्व स्थितिले गर्दा भिन्नताको अवस्थामा रहन्छ । त्यसपछि विकासको क्रममा यो भिन्नता प्रष्ट अन्तर्विरोधमा विकसित हुन थाल्दछ र प्रतिपक्षहरू एउटै संरचनाभित्र रहन नसक्ने हुन्छन् ।
अन्तर्विरोधको विकासको अर्थ पक्ष र प्रतिपक्षहरूमा मात्रात्मक विकास हुनु हो । अन्तर्विरोधको एक पक्षमा मात्रात्मक वृद्धिले अर्को प्रतिपक्षमा पनि मात्रात्मक वृद्धि ल्याउँछ । पूँजीवादी समाजमा पूँजीको मात्रात्मक वृद्धिले मजदुरहरूको संख्यामा पनि वृद्धि गर्दछ । वा कूल शोषणको परिमाणमा वृद्धि गर्दछ । वर्गविरोधी समाजमा शत्रुतापूर्ण वर्गहरूको बीचको सङ्घर्षमा यसको अभिव्यक्ति हुन्छ, जसले सामाजिक क्रान्तिलाई जन्म दिन्छ र पुरानाको सट्टा नयाँ सामाजिक व्यवस्था कायम हुनजान्छ ।
अतः यसरी वस्तु र घटनाहरू दुई परस्पर विरोधी पक्षहरूमा विभक्त हुन्छन्, जसले प्रतिपक्षहरूको एकताको प्रतिनिधित्व गर्दछन् । प्रतिपक्षहरूको सहअस्तित्व मात्र हुने होइन यिनीहरू स्थायी अन्तर्विरोध अर्थात् पारस्परिक सङ्घर्षको स्थितिमा विद्यमान रहन्छन् । प्रतिपक्षहरूको सङ्घर्ष नै वास्तविकताको विकासको आन्तरिक सार तथा स्रोत हो । प्रतिपक्षहरूको एकता र सङ्घर्षसम्बन्धी द्वन्दवादी नियमको सारतत्व यही हो ।
सन्दर्भ ः दुईलाइन सङ्घर्ष सञ्चालन
‘पार्टीभित्र विभिन्न किसिमका विचारहरूका बिच विरोध र सङ्घर्ष निरन्तर चलिरहन्छ, यो समाजमा भएका वर्ग अन्तरविरोध र नयाा तथा पुरानाका बिचको अन्तरविरोधको पार्टीभित्र पर्ने प्रतिविम्व हो, पार्टीभित्र अन्तरविरोधहरू रहेनन् भने र तिनलाई समाधान गर्न विचारधारात्मक सङ्घर्ष (दुई लाइन सङ्घर्ष) भएनन् भने पार्टीको जीवनको अन्त्य हुनेछ ।’ – माओत्सेतुङ
एकीकृत नेकपा(माओवादी) को गत महिना सम्पन्न केन्द्रीय समितिको पूर्ण बैठकले अध्यक्ष प्रचण्डद्वारा गत कात्तिक ५–११ सम्म पालुङ्टारमा सम्पन्न छैठौं विस्तारित बैठकले निर्णय गरेको जनविद्रोहको कार्यदिशालाई स्थगित गरेर शान्ति र संविधानको कार्यदिशा बहुमतले पारित गरेपछि पार्टीले आत्मसमर्पणवादी बाटो पकडेको ठहर गर्दै वरिष्ठ उपाध्यक्ष क. मोहन बैद्य ‘किरण’ ले आफ्नो फरक मत प्रस्तुत गर्दै नोट अफ डिसेन्ट लेखेपश्चात एमाओवादी पार्टीभित्र यतिखेर क्रान्तिकारी धारा र दक्षिणपन्थी अवसरवादी धारा बिच भिषण दुई लाइन सङ्घर्ष सञ्चालन भइरहेको छ । पार्टी भित्र चल्ने दुई लाइन सङ्घर्ष सम्वन्धी विश्व कम्युनिस्ट आन्दोलनको शिक्षा र यसको परिचालन र पद्धतिका बारेमा कन्द्रित रहेर यो लेख्ने पर्यत्न गरिएको छ ।
कम्युनिस्ट पार्टीको घोषणापत्र कार्ल माक्र्स र फ्रेडरिक एङ्गेल्सले तयार पार्नुभएको थियो र कम्युनिस्ट लिगद्वारा सन् १८४८ मा जारी गरिएको थियो । कम्युनिस्ट घोषणापत्रमार्फत् सर्वप्रथम वैज्ञानिक समाजवाद र साम्यवादका युगान्तकारी सिद्धान्तहरूलाई विश्वसामु प्रस्तुत गरिएको थियो । कम्युनिस्टहरूको मूल कार्यक्रम कम्युनिस्ट घोषणापत्र हो । उद्घोषसहित लेखिएको यो घोषणापत्र सर्वहारा वर्गको मुक्तिको सैद्धान्तिक हतियार बन्यो । अर्थात् कार्ल माक्र्स र प्रेडिरिक एङ्गेल्सद्वारा तयार पारेर जारी गरिएको कम्युनिस्ट घोषणापत्रमार्फत् माक्र्सवाद प्रतिपादन हुन पुग्यो । र, माक्र्सवाद सर्वहारावर्गको मुक्तिको सैद्धान्तिक अस्त्र बन्यो ।
कम्युनिस्ट लिग कम्युनिस्ट पार्टीको पहिलो सङ्गठन हो । यसको निर्माण माक्र्स र एङ्गेल्सले गर्नुभएको थियो । अतः कम्युनिस्ट पार्टीको स्थापना गर्ने काम कार्ल माक्र्स र फ्रेडरिक एङ्गेल्सले गर्नुभएको थियो भने कम्युनिस्ट पार्टीको सङ्गठनात्मक संरचना भी.आई. लेनिनले तयार पार्नुभएको थियो र तेस्रो अन्तर्राष्ट्रियद्वारा सन् १९२१ मा पारित गरी जारी गरिएको थियो । यसमा सर्वहारा वर्गीय पार्टीको आम खाका कोरिएको छ । लेनिनद्वारा कम्युनिस्ट पार्टी निर्माण र परिचालनसम्बन्धी पार्टी सङ्गठनमा आवद्ध पार्टी सदस्यहरूले पालना गर्नुपर्ने आम आचारसंहितासहितको जनवादी केन्द्रीयताको सिद्धान्तसमेत समावेश गरिएको छ, जसलाई लेनिनवादी सङ्गठनात्मक सिद्धान्त भनिन्छ । तल्लो कमिटी माथिल्लो कमिटीको मातहतमा रहनु, अल्पमत बहुमतको मातहतमा रहनु, सम्पूर्ण पार्टी सदस्य केन्द्रीय कमिटीको मातहतमा रहनु, सिङ्गो केन्द्रीय कमिटी पार्टी महाधिवेशनको अधीनस्थ रहनुलाई जनवादी केन्द्रीयता भनिन्छ । कम्युनिस्ट पार्टी विधि, विधान र एक वैज्ञानिक पद्धतिका आधारमा चल्नुपर्दछ भन्ने सिद्धान्त नै जनवादी केन्द्रीयता हो, जहाँ आपूm सङ्गठित भएको पार्टी सङ्गठनभित्र पार्टी सदस्यले आफ्ना फरक मतहरू राख्न पाउनेछ । पक्ष विपक्षमा तर्क वितर्क, वादविवाद गर्न पाउनु, नेतृत्वको आलोचना गर्न र चुन्न र चुनिन पाउनु र पार्टीभित्र आलोचना र आत्मालोचनाको पद्धति र परिपाटी कायम गरिनुलाई जनवादी केन्द्रीयता सिद्धान्त भनिन्छ ।
कम्युनिस्ट पार्टी सर्वहारावर्गको अग्रदस्ता हो । यो माक्र्सवाद, लेनिनवाद र माओवादका वैज्ञानिक तथा क्रान्तिकारी सिद्धान्तद्वारा निर्देशित भएर परिचालन गरिएको हुन्छ । कम्युनिस्ट पार्टी भनेको विपरीतहरूको एकत्व हो । पार्टीभित्र वर्गसङ्घर्षको प्रतिविम्बका रूपमा विविध प्रकारका विचारहरू प्रवेश भइरहेका हुन्छन् । पार्टीभित्र एकता सङ्घर्ष र रूपान्तरणको प्रक्रिया निरन्तर चलिरहन्छ । पार्टीभित्र विविध प्रकारका विचारहरू राख्न पाइन्छ, नेतृत्वको आलोचना गर्न पाइन्छ, छलफल, वादविवाद गर्न पाइन्छ र फरक मतहरूलाई सञ्चालन गर्न पाइन्छ । यसलाई अन्तरजनवाद पनि भनिन्छ तर पार्टीभित्र फरक विचार र मतहरू राख्दा छलफल वा वादविवाद गर्दाखेरी र आलोचना गर्दाखेरी पनि पार्टीको विधि र पद्धतिभित्र रहेर मात्र गर्नुपर्ने हुन्छ । यो भन्दा बाहिर गएर गरियो भने त्यो अराजकता, अनुशासनहीनता र गुटगत रूपमा परिणत हुन्छ र त्यसले पार्टीलाई ठूलो नोक्सानी पु¥याउँछ । पार्टी नेतृत्वको पनि ती फरक विचारहरूलई एउटा विधिभित्र र चलाउने दिने वातावरण निर्माण गरी दिनुपर्दछ, त्यसलाई रोक्न खोजियो भने त्यसले विष्फोटक रूप लिने सम्भावना हुन्छ र यो माक्र्सवादसम्मत पनि हुँदैन ।
कम्युनिस्ट पार्टीमा जनवादको अभ्यास माक्र्स र एङ्गेल्सको पालादेखि नै हुँदै आएको छ । खासगरी अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा माक्र्सवादी र संशोधनवादी कार्यदिशाका बीचमा भीषण सङ्घर्ष चल्दै आएको छ । इतिहासले के सिद्ध गरिदिएको छ भने माक्र्सवादी कार्यदिशाको विकास संशोधनवादी कार्यदिशाको विरुद्धको सङ्घर्षको बीचबाट हुँदै आएको छ । माक्र्सवादको जन्मसँगै संशोधनवादको पनि विकास हुँदै आएको छ । सन् १८६४ मा प्रथम इन्टरनेशनलको स्थापना भएको थियो । यो सङ्घर्ष पहिलो इन्टरनेसनलकालमा अराजकतावाद र अवसरवादका विरुद्ध परिलक्षित रहेको थियो । माक्र्स र एङ्गेल्सले प्रूँधोवादी अराजकतावाद र लासालवादीहरूका अवसरवादी चिन्तन प्रवृत्तिका विरुद्ध भीषण वैचारिक सङ्घर्ष गर्नुभएको थियो र माक्र्सवाद समृद्ध पार्ने काम गर्नुभएको थियो । यस विषयमा फेडरिक एङ्गेल्सले भन्नुभएको छ, ‘सर्वहारावर्गको विकास जहाँ कहीँ पनि आन्तरिक सङ्घर्षको बीचबाटै अगाडि बढ्छ जस्तो कि माक्र्स र म आफैंले पनि अरू कसैसँग भन्दा बढी नक्कली समाजवादीहरूविरुद्ध जीवनमा कठिन लडाइँ लडेका थियौं ।
दोस्रो, अन्तर्राष्ट्रियकालमा मुख्यतः पुँजीवादको साम्राज्यवादमा पतन नभएपछिको अवस्थामा खुलेर प्रकट भयो । एङ्गेल्सका देहान्त भएको लगत्तै सन् १८९६ मा नै वर्नस्टीनले माक्र्सवादमाथि संशोधन गर्नुपर्ने प्रस्ताव राखेर माक्र्सवादमाथि भीषण आक्रमण सुरु गरेको थियो ।
तेस्रो अन्तर्राष्ट्रियदेखियता माक्र्सवाद लेनिनवादको विकाससँगै संशोधनवाद पनि विभिन्न रूपमा प्रकट हुँदै आएको छ । स्न १९०४ मा लेनिन र मार्तोभका बीचमा पार्टी विधान, पार्टी सङ्गठन निर्माण र परिचालनका विषयमा उत्पन्न दुईलाइन सङ्घर्षले भीषण रूप लियो । पार्टी सङ्गठन र पार्टी सदस्यहरूको अधिकारका बारेमा लेनिनले अघि सार्नुभएका माक्र्सवादी मान्यताहरूलाई अस्वीकार गरिरहेका मार्तोभपन्थीहरूले अस्वीकार गरेका थए । पार्टी सङ्गठनमा सर्वहारा वर्गको नेतृत्व हुने कुरामा लेनिनले जोड दिँदै भन्नुभएको थियो, ‘कम्युनिस्ट पार्टीको सङ्गठन सर्वहारा क्रान्तिमा कम्युनिस्ट नेतृत्वको सङ्गठन हो ।’ लेनिनको यो भनाइ कम्युनिस्ट पार्टी सर्वहारावर्गको अग्रदस्ता भएका नाताले विल्कुल सही थियो । तर, यो मार्तोभहरूले स्वीकारेनन् । त्यस्तै जनवादी केन्द्रीयताका बारेमा पनि लेनिनले आफ्ना माक्र्सवादी मान्यताहरूलाई कडाइका साथ लागू गर्नुभएको थियो । उहाँको ‘कम्युनिस्ट पार्टीहरू सङ्गठनमा जनवादी केन्द्रीयताको वास्तविक मेल अर्थात्, केन्द्रीयता र सर्वहारा जनतन्त्रको समिश्रण हुनुपर्दछ’ भन्ने भनाइबाट पनि यो कुरा पुष्टि हुन्छ । साथै लेनिनले जोड दिँदै भन्नुभएको थियो, ‘कम्युनिस्ट पार्टीहरूको सङ्गठनमा केन्द्रीयताको अर्थ यस्तो मजबुद नेतृत्वको निर्माण हो जो युद्धका लागि तयार होस् र साथसाथै आपूmलाई हरपरिस्थिति अनुकूलतामा ढाल्न सक्षम होस् ।’ केन्द्रिकृत पार्टी नेतृत्वको बारेमा जोड दिँदै पुनः लेनिनले भन्नुभएको थियो, ‘कम्युनिस्ट पार्टीले त्यो बेलासम्म आफ्नो कर्तव्य पूरा गर्नेछ, जब त्यो ज्यादै केन्द्रिकृत ढङ्गले सङ्गठित भएको हुन्छ । जब त्यो सैनिक अनुशासनको समान लौह अनुशासन कायम गर्न समर्थ हुन्छ र जब यसको पार्टी केन्द्र व्यापक अधिकारको प्रयोग गर्दै तथा पार्टीका समस्त सदस्यमा आमविश्वास जगाउ“दै शक्तिशाली तथा प्राधिकारपूर्ण अङ्ग बनेको हुन्छ ।’
अतः लेनिनले सन् १९०४ देखि पार्टीभित्र संशोधनवादीहरूका विरुद्ध भीषण दुईलाइन सङ्घर्ष सञ्चालन गर्नुभएको थियो र सोभियत कम्युनिस्ट (बोल्सेभिक) पार्टीको निर्माण गर्नुभएको थियो । महान्् अक्टवर समाजवादी क्रान्तिको प्रक्रियामा कामोनेयभलगायतका संशोधनवादीहरूबीच भीषण दुई लाइन सङ्घर्ष सञ्चालन गर्दै लेनिनले क्रान्ति सम्पन्न गर्नुभएको थियो । र, माक्र्सवाद लेनिनवादलाई समृद्ध पार्नुभएको थियो ।
माक्र्सवाद–लेनिनवादको विकासमा माओवादको विकास भएभैmं संशोधनवादमा पनि विकास भयो र स्टालिनको मृत्युपश्चात् सन् १९५६ देखि खु्रश्चोवी नवसंशोधनवादको विकास भयो । सन् ६० को दसकमा माओत्सेतुङको नेतृत्वमा चिनियाँ कम्युनिस्ट पार्टीले ख्रुश्चोभी नवसंशोधनवादका विरुद्ध महान्् बहस आरम्भ भयो । चीनमा स्वयम् माओले सर्वहारा क्रान्तिको निरन्तरताका निम्ति महान्् १० वर्षे सर्वहारा साँस्कृतिक क्रान्ति सञ्चालन गर्नुभयो र पार्टीभित्रका लि साओ ची, लिन प्याओजस्ता संशोधनवादीहरूका विरुद्ध भीषण अन्तरसङ्घर्ष सञ्चालन गर्नुभयो । यसरी अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा माक्र्स एङ्गेल्सकालीन चरण, लेनिनकालीन चरण र माओकालिन चरण गरी तीन चरणमा भीषण दुईलाइन सङ्घर्ष सञ्चालन हुँदै आएका छन् । आजको युग भूमण्डलीकृत साम्राज्यवाद र विश्वसर्वहारा क्रान्तिको युग हो । संशोधनवादको प्रमुख स्रोत साम्राज्यवाद भएकाले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनलाई नवसंशोधनवादले हमला गरिरहेको छ ।
कम्युनिस्ट पार्टीभित्र दुईलाइन सङ्घर्ष लगातार चलिरहन्छ । क्रान्तिकारी माक्र्सवाद र संशोधनवाद एवम् अवसरवादी कार्यदिशा बीचको सङ्घर्षलाई दुईलाइन सङ्घर्ष भनिन्छ । हामीले यसलाई समाजमा चल्ने वर्गसङ्घर्षको प्रतिविम्बका रूपमा बुझ्नुपर्दछ । पार्टीभित्र चल्ने दुईलाइन सङ्घर्षले पार्टीलाई कमजोर होइन, बलियो बनाउँछ, त्यसैले यसलाई पार्टीको जीवन र विकास प्रक्रियाको कारक तत्वका रूपमा लिइन्छ । माओत्सेतुङले दुईलाइन सङ्घर्षलाई पार्टीको आत्म भन्नुभएको छ र पार्टीभित्र दुईलाइन सङ्घर्ष समाप्त भयो भने पार्टीको मृत्यु हुन्छ भन्नुभएको छ ।
पार्टीलाई सही दिशामा अगाडि बढाउनका लागि लेनिनवादी सङ्गठनात्मक सिद्धान्तभित्र र पद्धतिसङ्गत ढङ्गले दुईलाइन सङ्घर्ष सञ्चालन गर्नुपर्दछ । पार्टीले निश्चित फोरम तय गरेर वा राष्ट्रिय सम्मेलन या महाधिवेशनको विधिबाट दुईलाइन सङ्घर्ष सञ्चालन गर्नुपर्दछ । पार्टीले पनि फरक मतलाई निषेध गरेर होइन सम्मानजनक ढङ्गले चल्न दिनुपर्दछ र फरकका प्रस्तोताले पनि पार्टीले तय गरेको मापदण्डभित्र रहेर मात्र आफ्ना विचारहरूलाई सञ्चालन गर्नुपर्दछ । दायराभन्दा बाहिर गएर फरक विचारहरू राख्न थालियो भने त्यो अनुशासनहीनता र गुटगत रूपमा परिणत हुन्छ र त्यसले अराजकतालाई निम्त्याउँछ । यस्ता गतिविधिले पार्टीलाई र क्रान्तिलाई ठूलो नोक्सानी पु¥याउँदछ । बेला कुबेलामा मनलागी जनवादको माग गर्नु र पद्धति विपरीत जाने प्रक्रियालाई रोक्न खोज्दा जनवादको हरण भयो भन्ने आरोप पनि पार्टीले व्यहोर्नुपर्ने स्थितिको निर्माण हुनु र त्यसले अति जनवादको माग गर्न थाल्दछ । कम्युनिस्ट पार्टीको प्रमुख लक्ष्य क्रान्ति सम्पन्न गर्नु र सर्वहारा वर्गको राज्यसत्ता स्थापना गर्नु हो । त्यो लक्ष्य पूरा गर्नका निम्ति पार्टी बलियो हुने पर्दछ । यस विषयमा माओत्सेत्तुङले भन्नुभएको छ, ‘क्रान्ति हुनुछ भने क्रान्तिकारी पार्टी हुनैपर्दछ । क्रान्तिकारी पार्टीविना, माक्र्सवादी, लेनिनवादी क्रान्तिकारी सिद्धान्त र क्रान्न्तिकारी पद्धतिअनुसार बनेको पार्टीविना, साम्राज्यवाद तथा यसका दलालहरूलाई पराजित गर्न मजदुर वर्ग र विशाल जनसमुदायलाई नेतृत्व गर्नु असम्भव छ । माओको यो भनाइ एकदमै उचित छ । माक्र्सवाद–लेनिनवाद–माओवादी सिद्धान्तले क्रान्तिकारी पार्टीविना, पद्धतिसङ्गत ढङ्गले सञ्चालित पार्टीविना आजको युगको क्रान्ति सम्पन्न गर्न सम्भव छैन ।
आजसम्मको अनुभवले के कुराको सिद्ध गरेको छ भने क्रान्तिकारी कम्युनिस्टहरूले दुईलाइन सङ्घर्षलाई सही ढङ्गले बुझ्ने, त्यसको उचित र वैज्ञानिक विधि पत्ता लगाउन र त्यसको सही परिचालन तथा समाधानका लागि विशेष ध्यान दिन आवश्यक हुन्छ । पार्टीलाई माक्र्सवाद–लेनिनवाद–माओवादद्वारा पथप्रदर्शित गर्दै निरन्तर समृद्ध, क्रियाशील, स्वस्थ्य र जुझारु बनाइ राख्नुपर्दछ । दुईलाइन सङ्घर्ष सञ्चालन गर्ने प्रक्रियामा पार्टीले क्रान्तिकारीहरूलाई गोलबन्द गर्ने, अवसरवादीहरूलाई रूपान्तरित गर्न प्रयत्नशील रहने तर सो नभएमा तिनलाई नङ्ग्याउने, मध्यमार्गीहरूलाई आफ्नो पक्षमा ल्याउने र क्रान्तिकारी नेतृत्वलाई स्थापित गर्नेतर्फ विशेष ध्यान दिन आवश्यक हुन्छ । त्यसको निम्ति सङ्गठनको कामको क्षेत्रलाई विशेष ध्यान दिन जरुरी हुन्छ ।
क्रान्तिकारी कम्युनिस्ट पार्टीभित्र दुईलाइन सङ्घर्षलाई ठोस रूपमा सञ्चालन गर्दा त्यसका लागि ठोस विधि र मापदण्ड निर्धारण गर्नुपर्ने हुन्छ । जस्तै विभिन्न खालका फोरमहरू चलाउन छलफल र बहसको कार्यक्रम चलाउनु सम्मेलन महाधिवेशन सम्पन्न गर्नुअघि दुईलाइन सङ्घर्षलाई मैत्रीपूर्ण ढङ्गले सञ्चालन गर्न प्रयत्नशील रहने, सुघ्रिनै नचाहनेहरूलाई कारबाही गर्ने, विजातीय तत्वहरूलाई पार्टीमा प्रवेश नदिने, पार्टीमा दक्षिणपन्थी अवसरवादका विरुद्ध वैचारिक सङ्घर्ष चलाउने र त्यो सम्भव नभएमा विद्रोह गर्ने मान्यतालाई क्रान्तिकारीहरूले दृढतापूर्वक अवलम्बन गर्नुपर्दछ । कम्युनिस्ट पार्टीमा जनवादको अभ्यास गर्ने तरिका र पद्धतिलाई माक्र्सवादी ढंगले सञ्चालन गर्ने विधि अवलम्वन गरिनु पर्दछ ।
पार्टीभित्र दुई लाइन सङ्घर्ष चलिरहेको अवस्थामा क्रान्तिकारी कम्युनिस्टहरूले के कुरामा ध्यान दिन जरुरी हुन्छ भने पार्टीभित्रको दक्षिणपन्थी अवसरवादी एवम् संशोधनवादी धाराले क्रान्तिकारी धारालाई विविध प्रकारका गैर माक्र्सवादी पद्धति अपनाउने, पार्टीभित्र विजातीय तत्वहरूलाई प्रवेश गराउने, प्राविधिक बहुमत जुटाएर जनवादी केन्द्रीयताको नाममा क्रान्तिकारीहरूलाई पाखा लगाउने, प्रतिक्रियावादी शक्तिलाई समेत उपयोग गरेर क्रान्तिकारी शक्तिलाई निश्तेज पार्दै लैजाने र पार्टीलाई सैद्धान्तिक वैचारिक रूपमा समेत बन्ध्याकरण गर्दै विशर्जनवादमा लगेर टुंग्याउने खतरा प्रवल रहेको हुन्छ । विश्व कम्युनिस्ट आन्दोलनको साथै नेपाल कम्युनिस्ट आन्दोलनको इतिहासले पनि यो कुराको पुष्टी गरिसकेको छ । उदाहरणको रूपमा नेकपा(एमाले)को विशर्जनवादमा पतन भएको इतिहासलाई पनि क्रान्तिकारी कम्युनिस्टहरूले शिक्षाको रूपमा लिँदै आफ्ना क्रान्तिकारी योजनाहरूलाई व्यवस्थित गर्न जरुरी हुन्छ ।
दर्शनशास्त्रको क्षेत्रमा माक्र्सवादको योगदान
सन् १८४८ मा कम्युनिस्ट घोषणापत्र मार्फत कार्ल माक्र्स र फ्रेडरिक एंगेल्सले माक्र्सवादको प्रतिपादन गर्नु भयो । प्रकृति, समाज, राज्यव्यवस्था आदि बारेमा कार्ल माक्र्स र फ्रेडरिक एंगेल्सले माहन खोज र प्रयागेद्वारा निकाल्नु भएको वैज्ञानिक तथा क्रान्तिकारी विचार, सिद्धान्त र व्यवहारलाई माक्र्सवाद भनिन्छ । माक्र्सवादले पूँजीपति वर्गको राज्यसत्तालाई ध्वस्त पारि त्यो ठाउँमा सर्वहारा वर्गको राज्यसत्ता स्थापना गर्ने सही क्रान्तिकारी बाटो देखाउँछ । माक्र्सवादका मौलिक विशेषताहरू द्वन्द्वात्मक भौतिकवाद, ऐतिहासिक भौतिकवाद, वर्गसङ्घर्ष, अतिरिक्त मूल्यको सिद्धान्त, तल्लो वर्गका जनतामा राज्यको शक्ति आदि कुरा हुन् । र, माक्र्सवाद सर्वहारा श्रमजीवी वर्गको मुक्तिको सिद्धान्त हो ।
कार्ल माक्र्स र फ्रेडरिक एंगेल्सले माक्र्सवादी दर्शनको सिर्जना गर्नुभयो । माक्र्सवादी दर्शन भनेको द्वन्द्वात्मक भौतिकवाद हो । यसमा भौतिकवाद र द्वन्द्ववाद अभिन्न रूपले सम्बन्धित छन् । माक्र्स र एंगेल्सहरूबाट प्रतिपादित र विशद व्याख्या गरिएको जुन दर्शन छ त्यसलाई द्वन्द्वात्मक भौतिकवाद भनिन्छ र इतिहासमा यसका सिद्धान्तहरूको प्रयोगलाई ऐतिहासिक भौतिकवाद भनिन्छ ।
द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादको निर्माण गरीकन माक्र्सवादका प्रतिपादक कार्ल माक्र्स र फ्रेडरिक एंगेल्सले दर्शनशास्त्रका क्षेत्रमा माक्र्सवादले गरेको क्रान्तिको सारतत्व पत्ता लगाउनु भनेको माक्र्स र एंगेल्सले दर्शनशास्त्रमा के नयाँ कुरा थप्नु भयो र पहिलेका दार्शनिक प्रणालीहरूको तुलनामा माक्र्सवादमा के गुणात्मक अन्तर छ भन्ने कुरा ठम्याउनु हो ।
माक्र्सवादी दर्शनले सिद्धान्ततः के नयाँ कुरा प्रस्तुत गरेको छ भने सर्वप्रथम आफ्नोे सर्वहारा वर्गीय चरित्र राख्ने भएकाले यो दर्शन अतीतका दार्शनिक प्रणालीहरू भन्दा वेग्लै किसिमको छ । माक्र्सभन्दा पहिलेका दार्शनिकहरूले प्रायशः शोषक वर्गकै सेवा गर्ने गरेका थिए । त्यसैले उनिहरूले श्रमजीवी वर्गको हित अनुकूल मानव जगतमा परिवर्तन ल्याउने लक्ष्य राखेका थिएनन् । तर माक्र्सवादी दर्शनले भने मु्ठ्ठीभर शोषकहरूको सेवा नगरेर सबैभन्दा प्रगतिशील एवम् सर्वहारा वर्गको इतिहासका वास्तविक निर्माता लाखौं जनताको हित गर्दछ । माक्र्सवादका प्रर्वतकहरू माक्र्स र एंगेल्स नयाँ दर्शनका निर्मातामात्र नभइकन सर्वहारा श्रमजीवी वर्गको बढ्दो क्रान्तिकारी आन्दोलनका नेता पनि हुनुहुनथ्यो । उहाँहरूले आफ्नोे प्रतिभाशाली बुद्धि, ठूलो रचनात्मक क्षमता र महान् सङ्गठनात्मक योग्यतालाई शोषणबाट श्रमिकहरूको मुक्तिको निम्ति लगाउनु भयो । समाजवादी क्रान्ति र सर्वहारा वर्गको अधिनायकवाद सर्वहारा श्रमजीवी वर्गको मुक्तिको एक मात्र बाटो हो भनेर उहाँहरूले पुष्टि गर्नु भयो ।
द्वन्द्वात्मक भौतिकवादको उदय दर्शनको विकासमा एउटा नौलो चरण रहेको छ । यसले प्रकृति, समाज र मानवीय चिन्तनको विकासका नियमहरू पत्ता लगाएर सर्वहारावर्गको हातमा विश्वको क्रान्तिकारी हेरफेर गर्ने एक अचूक साधन प्रदान गरेको छ । यस दर्शनमा सर्वहारावर्गले आफ्नोे समाजिक– आर्थिक मुक्तिको लागि शक्तिशाली बौद्धिक हतियार भेटाएको छ । यस विषयमा भी. आई. लेनिनले भन्नु भएको छ, – “जुन बौद्धिक दासत्वमा परेर आजसम्म सबै थिचिएका वर्गहरू दुर्वल बनेका छन्, त्यसबाट मुक्त हुने बाटो माक्र्सको दार्शनिक भौतिकवादले मात्र सर्वहारावर्गलाई देखाएको छ ।”
उत्पीडित तथा सर्वहारा वर्गको पक्षमा समर्थन गर्दै माक्र्स र एंगेल्सले यस्तो दर्शनको निर्माण गर्नुभयो, जुन पुँजीवादी व्यवस्थाको विरुद्ध सङ्घर्षमा सर्वहारा श्रमजीवी वर्गको वास्तविक स्थितिमा व्यापक परिवर्तन ल्याउने शक्तिशाली बन्न पुग्यो र यसले दर्शनशास्त्रका क्षेत्रमा क्रान्तिकारी हलचल पैदा गरि दिएको थियो । द्वन्द्वात्मक भौतिकवादले पहिलेको भौतिकवादको एउटा ठूलो त्रुटिलाई हटाएको छ । त्यस त्रुटिलाई व्याख्या गर्दै पुँजीपति वर्गको मुटुमा ढ्याङ्ग्रो ठोकिएको थियो भने सर्वहारा वर्गलाई ठूलो हौसला र अदम्य साहस पैदा गरि दिएको थियो । सन् १८४८ मा कम्युनिस्ट घोषणापत्र जारी भएपछि विश्वराजनीतिको रङ्कमञ्चमा हलचल पैदा भएको थियो । यस विषयमा कार्लमाक्र्सले भन्नुभएको थियो “युरोपमा एउटा हाउ घुमफिर गरिरहेको छ– साम्यवादको हाउ । यस हाउलाई धपाउन भनेर पोप र जार, मेटर्निख र गिंजो, फ्रेन्च उग्रवादी र जर्मन पुलिस अर्थात् पुरानो युरोपका सारा सत्ताधारीहरू एक भएका छन् ।
त्यस्तो कुन विरोधी पार्टी छ, जसलाई सत्ताधारीहरूले कम्युनिस्ट भनी बदनाम नगरेको होस् ? कुन यस्तो विरोधी पार्टी छ, जसले आपूmभन्दा धेरै प्रगतिशील विरोधी पार्टीहरूलाई र आफ्नोे प्रक्रियावादी विरोधीहरूलाई समेत कम्युनिस्ट भएको घृणित आरोप नलगाएको होस् ?
तथ्यबाट दुई कुरा प्रस्ट हुन्छ । युरोपका सारा सत्ताधारीहरूले साम्यवादलाई अब एक शक्ति मानिसकेका छन् । अब कम्युनिस्टहरूले सम्पूर्ण संसारको अगाडि आफ्नोे विचारहरू, आफ्नोे उद्देश्यहरू, आफ्नोे प्रयासहरू खुलस्त बनाउनु परेको छ र साम्यवादको हाउसम्बन्धी दन्त्यकथाको सट्टामा पार्टीको आफ्नोे घोषणापत्र प्रस्तुत गर्नुपरेको छ ।”
फेरि त्यसैबेला कार्ल माक्र्सले द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादको महत्वपूर्ण विशेषताको उल्लेख गर्दै भन्नु भएको थियो, – “दार्शनिकहरूले विभिन्न किसिमबाट संसारको व्याख्या त गरे, मुख्य कुरा त संसारलाई बदल्नु पो हो त ।”भौतिकवाद र द्वन्द्ववादको अभिन्न एकताको उपलब्धि नै दर्शनशास्त्रमा माक्र्सवादले सम्पन्न गरेको क्रान्तिकारी परिर्वनको महत्वपूर्ण अभिव्यक्ति हो ।
दर्शनशास्त्रको इतिहासले के देखाएको छ भने माक्र्सवादको प्रादूर्भाव हुनु भन्दा धेरै पहिले नै द्वन्द्ववाद र भौतिकवादको उत्पत्ति भइसकेको थियो । पहिलेको दर्शनशास्त्रले भौतिकवाद र द्वन्द्ववादलाई एक अर्कोबाट अलग्याइयो । हेगेल द्वन्द्ववादी थिए, भौतिकवादी थिएनन् । फायरबाख भौतिकतावादी थिए तर उनी द्वन्द्ववादी थिएनन् । माक्र्स र एंगेल्सहरूले मात्र द्वन्द्ववादी र भौतिकतावादी बीचको अन्तरलाई हराएर एउटै द्वन्द्वात्मक भौतिकवादी विश्वदृष्टिकोणको निर्माण गर्नुभयो । यो नै माक्सवादी दर्शनको एउटा विशेषता बन्न पुग्यो, जुन पहिलेका दार्शनिक प्रणालीहरूभन्दा गुणात्मक दृष्टिकोणले फरक छ । साथै माक्र्सवादको प्रार्दुर्भाव समाजसम्बन्धि दृष्टिकोणमा महान्तम क्रान्तिको पनि घोतक थियो ।
माक्र्सभन्दा पहिलेका दार्शनिकहरूले सामाजिक विकासलाई अध्यात्मवादी दृष्टिले हेर्ने गरेका थिए उनिहरूले मानिसहरूको भावना र चेतनामा मात्र विकासको गतिशीलतालाई देखेका थिए । माक्र्स र एंगेल्सहरूले भने अध्यात्मवादी दृष्टिकोणको इतिहासको सट्टा भौतिकवादी धारणालाई प्रस्तुत गर्नु भयो । उहाँहरूले नै दर्शनशास्त्रको मूल प्रश्न–अस्तित्वप्रति चिन्तनको सम्बन्धको प्रश्नलाई सर्वप्रथम सामाजिक जीवनको सन्दर्भमा प्रस्तुत गर्नु भएको थियो र त्यस प्रश्नको सही उत्तर दिनु भएको थियो । मानिसहरूको सामाजिक चेतनाले तिनको अस्तित्वको निरूपन गर्ने होइन, सामाजिक अस्तित्वले र सर्वप्रथम भौतिक सम्पतिको उत्पादनले सामािजक चेतनाको निरूपन गर्दछ । समाजको विकास मानिसहरूको विचार इच्छा र आकांक्षाबाट होइन भौतिक कारणहरूद्वारा निर्धारित हुन्छ भन्ने कुरा उहाँहरूले अकाट्य रूपमा प्रभावित गरि दिनु भयो । यसले दर्शनशास्त्रको क्षेत्रमा व्यापक क्रान्तिकारी परिवर्तन ल्याइदियो ।
माक्र्सवादी दर्शनको पक्षधरता
माक्र्सवादी दर्शन सर्वहारा वर्गको आफ्नोे दर्शन हो । द्वन्द्वात्मक भौतिकवाद सर्वहारा वर्गको विश्वदृष्टिकोण हो । पुँजीजीवी वर्गको विरुद्ध मजदुर वर्गको संर्घषको शिलशिलामा उसको बौद्धिक अस्त्रको रूपमा माक्र्सवादी दर्शनको उत्पति भएको थियो । सबभन्दा पहिले त मजदुरवर्ग र श्रमिक जनताको निस्वार्थ सेवामा र प्रतिक्रियावादी विचारधारा र राजनीतिको विरुद्ध सङ्घर्ष नै माक्र्सवादी दर्शनको सर्वहारावर्गीय पक्षधरताको अभिव्यक्ति हो । यस विषयमा लेनिनले “आफ्नोे नीति अनुरूप चल्नु र हामीप्रति सुभावना राख्ने शक्ति तथा वर्गहरूको तमाम नीतिको विरुद्ध सङ्घर्ष गर्नु, दर्शनको पक्षधरता सम्बन्धि सिद्धान्तको माग हुन्छ भन्नु भएको छ ।” दर्शनमा पक्षसमर्थन बन्नु भनेकै भौतिकवाद र अध्यात्मवाद वीचको सङ्घर्षमा निश्चित दृष्टिकोण राख्नु माक्र्सवादी दर्शनको सारतत्व हो ।
पुँजीवादी विचारकहरूका साथै आधुनिक संशोधनवादीहरूले पनि दर्शनशास्त्रको पक्षधरता सम्बन्धि माक्र्सवादी सिद्धान्तको सारतत्वलाई बंग्याउछन् । वास्तवमा पुँजीजीवी वर्गले समाजको विकासका नियमहरूलाई संधै बंग्याउदै आएका छन् । इतिहासले विनासको भागिदानर ठह¥याइसकेको पुँजीवादी व्यवस्थालाई बचाउनु नै यसको निम्ति उसलाई वास्तविक ज्ञानको आवश्यकता पर्दछ । सर्वहारावर्ग विज्ञानको पक्षमा हुन्छ । साम्यवादको अन्तिम विजयसम्म पुग्नु सर्वहारावर्गको अन्तिम लक्ष्य हो । वर्तमान समाजको वस्तुगत सारतत्व पनि साम्यवादतर्फ प्रगति नै रहेको छ । सर्वहारा वर्गको हित रक्षा गर्नु नै माक्र्सवादी दर्शनको महत्वपूर्ण पक्षधरता हो ।
माक्र्सवादी लेनिनवादी दर्शनको रचनात्मकता
हरेक वस्तु परिवर्तनशील गतिशील भए झैं माक्र्सवादी दर्शन भनेको पनि अपरिर्वतनीय र जड सिद्धान्तहरूको समुच्चय होइन । यो रचनात्मक र विकासशील विज्ञान हो । माक्र्सवादी दर्शन सदैव एकै ठाउँमा रहीरहन्न र यो निरन्तर वदलीरहने जीवनसित हातेमालो गर्दै अगाडी लम्किरहको सिद्धान्त हो । माक्र्सवादलाई सामाजिक –ऐतिहासिक व्यवहार तथा प्रकृति विज्ञानका महत्वपूर्ण उपलब्धिहरूले निरन्तर सुसम्पन्न तुल्याउदै ल्याइरहेको छ ।
एउटा उदयमान र विकासशील पुँजीवादी अवस्थामा माक्र्सवादी दर्शन जन्मिएको थियो । जुनबेला सामाजिक विकासको गति मन्द र शान्तिपूर्ण ढंगले बढिरहेको थियो । विश्वमानव समाज नयाँ युगमा प्रवेश ग¥यो । १९ औं शताब्दीको अन्त्य र २० औं शताब्दीको आरम्भमा ऐतिहासिक वातावरणमा आमूल परिवर्तन आयो । पुँजीवाद आफ्नोे अन्तिम चरण–साम्राज्यवादमा बदलियो । शोषणकारी एवम् आक्रमणकारी साम्राज्यवादी व्यवस्थाभित्र आर्थिक र राजनीतिक अन्तरविरोधहरू निकै चर्किए शान्तिपूर्ण विकासको युगको ठाउँ सामाजिक आँधिवेरी र क्रान्तिकारी परिवर्तनहरूको युगले लियो । सन् १८७१ मा पेरिस कम्यून निर्माण भयो । त्यस्तै सन् १८९८ मा रसियन सामाजिक जनवादी मजदुर पार्टी निर्माण भयो ।
सन् १९०३ मा लेनिनको नेतृत्वमा सोभियत कम्युनिस्ट पार्टी (वोल्सेभिक) को निर्माण भयो । त्यसपछि एशीया, युरोप, अफ्रिका, ल्याटिन अमेरिका लगयातका अनेकौं देशहरूमा कम्युनिस्ट पाटीहरू धमाधम निर्माण हुन थाले । जस्तै नेपालमा नेपाल कम्युनिस्ट पार्टी (२२ अप्रिल १९४९भारतमा), भारतमा– हिन्दुस्तान कम्यूनिष्ट गु्रप (१७ अक्टोबर १९२० रुसमा), भारतीय कम्युनिस्ट पार्टी (सन् १९२८), भियतनामी कम्युनिस्ट पार्टी (१९२०), मंगोलियन कम्युनिस्ट पार्टी (१९२०), चिनियाँ कम्युनिस्ट पार्टी (१९२१), जापनीज कम्युनिस्ट पार्टी (१९२२), फिलिपिन्स कम्युनिस्ट पार्टी (१९२४), इण्डोनेशियन कम्युनिस्ट पार्टी (१९२१), युगोस्लाभ कम्युनिस्ट पार्टी (१९१९), युल्गेरियन कम्युनिस्ट पार्टी (१९१९), हंगेरियन कम्युनिस्ट पार्टी (१९१८), त्यसैगरी, इटालियन कम्युनिस्ट पार्टी (१९२१), बर्मिज कम्युनिस्ट पार्टी (१९४३), पेरुभियन कम्युनिस्ट पार्टी (१९२८), साउथ सिज कम्युनिस्ट पार्टी (१९२८) – यसलाई १९३० मा मलाया कम्युनिस्ट पार्टी भनियो । कोरियन वर्कस पार्टी (१९२५), इराकी कम्युनिस्ट पार्टी (१९३४), जर्मन कम्युनिस्ट पार्टी (१९१८) ।
सन् १९१७ मा रुसमा अक्टोबर समाजवादी क्रान्ति सम्पन्न भयो । सोभियत समाजवादी क्रान्ति पश्चात पूर्वी युरोपका वीसौं देशहरूमा समादजवाद लागु गरियो भने – चीन, उत्तर कोरिया, भियतनाम, कम्वोडिया, क्यूवामा क्रान्तिहरू सम्पन्न भए ।
प्रकृति विज्ञानले पनि क्रान्तिकारी फड्को मा¥यो । इलेक्ट्रोनको आविश्कार रेडियो सक्रियताको खोज र विज्ञान अन्य महान्तम उपलब्धिहरूले पदार्थ र त्यसको स्वभावको वारेमा पुराना धारणाहरूलाई चक्नाचुर पारिदिए । विकसीत भइरहेको नयाँ परिस्थितिले माक्र्सवादी दर्शनको रचनात्मक विकासको माग गर्नु स्वभाविकै थियो । उर्लदो सर्वहारा वर्गको क्रान्तिकारी सङ्घर्षको अनुभवन र प्रकृति विज्ञानका नवीनतम उपलब्धिहरूको सामान्यीकरण गर्नु जरुरी थियो । मजदुर वर्गको विश्वदृष्टिकोणको सैद्धान्तिक आधार द्वन्द्वात्मक एवम् ऐतिहासिक भौतिकवादी भएकोले माक्र्सवादी प्रति शत्रुभाव राख्ने शक्तिहरू सक्रिय हुदै गएपछि यसको रचनात्मकतामा विकास हुनु आवश्यक थियो ।
सन् १८६४ माक्र्सको नेतृत्वमा अन्तराष्ट्रिय बनेको थियो । १९ औं शताब्दीको अन्त्यमा अन्तराष्ट्रिय मजदुर आन्दोलनको केन्द्र रुसमा सरेको थियो । सोभियत रुस साम्राज्यवादमा पतन भइसकेको थियो । त्यहाँ साम्राज्यवादी युगको पहिले बुज्रुवा जनवादी क्रान्ति परिपक्क हुदै थियो र सर्वहारा वर्गले यस क्रान्तिमा नेतृत्वदायी भूमिका खेल्दै थियो । यो क्रान्ति समाजवादी क्रान्तिमा विकसित हुनको लागि त्यसमा वस्तुपरक आधारहरू तयार हुँदै थिए । त्यसको नेतृत्व लेनिनले प्रदान गरिरहनु भएको थियो । तत्वकालिन विश्वपरिस्थितिको सटिक व्याख्या गर्दै लेनिनले माक्र्सवादको थप व्याख्या गर्नु भयो । ठोस परिस्थितिको ठोस विश्लेषण नै माक्र्सवादको आत्मा हो भन्नु हुने लेनिनले पुँजीवादको अन्तिम चरण साम्राज्यवाद हो भनेर व्याख्या गर्नु भयो । साथै पार्टी निर्माणको सवालमा लेनिनवादी सङ्गठनात्मक सिद्धान्त प्रतिगमन गर्नु भयो ।
लेनिनवाद नयाँ ऐतिहासिक युगको साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगको पुुँजीवादबाट समाजतर्फ र साम्यवादी समाजको निर्माणतर्फ संक्रामणको युगको माक्र्सवाद बन्यो । लेनिनकै नेतृत्वमा सोभियत कम्यनिष्ट पार्टी (वोल्सेभिक) ले सन् १९१७ अक्टुवर २५ तारिखका दिन रुसी महान् समाजवादी क्रान्ति सम्पन्न भयो । रुसमा पहिलो पटक सर्वहारा श्रमजीवी वर्गको राज्य सत्ताको झण्डा गाडियो । त्यसैले माक्र्सवादी दर्शनको भावी रचनात्मक विकासमा अन्तराष्ट्रिय सर्वहारा वर्गका महान् नेता भ्लादीमिर इल्वीच लेनिन १८७० –१८२४) को नामसित घनिष्ठ रूपले सम्वन्धित हुन पुग्यो । दर्शनको क्षेत्रमा लेनिनको देन अतुलनीय रहेको छ ।
दर्शनशास्त्रको विकासमा लेनिनवादी चरण
नयाँ ऐतिहासिक युग, साम्राज्यवाद र समाजवादी क्रान्तिको युगमा भी. आई. लेनिनले सृजनात्मक रूपमा माक्र्सवादी दर्शनको विकास गर्नु भयो र यसलाई गुणात्मक रूपले नवीन चरणमा उकाल्नु भयो । दर्शनशास्त्रको विकासमा उन्नाइसौं शताब्दीको अन्त्य देखि वर्तमानसम्मको युगको प्रतिनिधित्व गरिरहेको छ । लेनिनको ऐतिहासिक देन नै केमा निहित छ भने उहाँले नयाँ ऐतिहासिक अवस्थामा द्वन्द्वात्मक एवम् ऐतिहासिक भौतिकवादको समर्थन र विकास गर्नु भयो । उहाँले सामाजिक आर्थिक बनौटका सिद्धान्तको विकास गर्नु भयो । र, वर्गहरूलाई परिभाषित गर्नु भयो । लेनिनले हरेक कोणबाट समाजवादी क्रान्तिको सिद्धान्तलाई सुविस्तारित गर्नु भयो । र, राज्य र सर्वहारा वर्गको अधिनायकत्वको सिद्धान्तलाई ठोस रूप दिनु भयो ।
लेनिनले माक्र्सवादी दर्शनलाई समृद्ध मात्र तुल्याउनु भएको होइन, उहाँले व्यवहारिक जीवनमा यसको सिद्धान्तहरूलाई लागु पनि गर्नु भयो । उहाँले रुसमा नयाँ क्रान्तिकारी किसिमको पार्टी सोभियत कम्युनिस्ट पार्टी (वोल्सेभिक) पार्टीको निर्माण गर्नु भयो । यसै पार्टीको नेतृत्वमा पूँजीवादी व्यवस्थाको समूल अन्त्य गरेर संसारमा पहिलो सामाजवादी राज्यको स्थापना गर्नुभयो । लेनिनले राष्ट्रिय प्रश्न र राष्ट्रिय मुक्ति आन्दोलन सम्बन्धि वैज्ञानिक सिद्धान्तको तर्जुमा गर्नुभयो । उहाँले वर्गहरू र वर्गसङ्घर्षवारे, सर्वहारा अधिनायकवाद र त्यसका रूपहरूबारे इतिहासमा जनसमुदाय र मजदुर पार्टीको भूमिका प्रगतीशील विचारहरूको भूमिका आदिबारे माक्र्सवादी शिक्षालाई पनि विकसित तुल्याउनु भयो ।
द्वन्द्ववादका सम्बन्धमा लेनिनको योगदान निकै ठूलो रहेको छ । विभिनन किसिमका अधि भौतिकवादीहरूको विरुद्ध सङ्घर्षमा लेनिनले भौतिकवादी द्वन्द्ववादको मुटु बनेको प्रतिपक्षहरूको एकता र सङ्घर्षको नियममा विशेष ध्यान दिनु भयो ।
भी. आईं. लेनिनले द्वन्द्वात्मक भौतिकवादी ज्ञान – सिद्धान्तलाई विकसित पार्नु भयो । उहाँले बुज्र्रुवा विचारधारा संशोधनवाद र जडसुत्र वादको विरुद्ध अर्थक सङ्घर्ष गर्नु भयो र जडसूत्रवादीहरूको विरुद्ध सङ्घर्षको निम्ति सैद्धान्तिक अस्त्र प्रदान गर्नु भयो ।
लेनिनले पदार्थको दार्शनिक परिभाषा दिनु भयो र पदार्थको वास्तविक रूपमा नै वैज्ञानिक र सर्वोतोमुखी व्याख्या प्रस्तुत गर्नु भयो । उहाँले लेख्नुभयो– “पदार्थ भनेको वस्तुगत यथार्थलाई बुझाउने त्यो दार्शनिक भाव हो, जुन मानिसलाई उसको अनुभूतिमा दिइएको हुन्छ र जुन हाम्रो अनुभूतिबाट स्वतन्त्र रूपमा रहन्छ तर जसको हाम्रो अनुभूतिबाट स्वतन्त्र रूपमा अस्तित्वमा रहन्छ, तर जसको हाम्रो अनुभूतिले प्रतिलिपी बनाउँछ, फोटो खिच्छ र चित्रण गर्दछ ।”
लेनिनले दिनुभएको पदार्थ सम्बन्धि व्याख्या निकै महत्वपूर्ण छ । वास्तवमा पदार्थ अनादी र अनन्त छ भने त्यसको न सृष्टि हुन्छ, न त विनास नै हुन्छ । पदार्थ नै सम्पूर्ण अस्तित्वको अन्तर्निहित अन्तिम कारण पनि हो, जुन संसारमा पदार्थ सम्पूर्ण प्रथम कारण र पूर्वाधार हुन्छ ।
लेनिनले पदार्थको दार्शनिक परिभाषा दिनुभयो । गतिको वस्तुपरकतालाई प्रमाणित गर्नु भयो । गति, दिक–कालको वस्तुपरकता सिद्ध गर्नु भयो । उन्नाइसौं शताब्दीको अन्त्य र वीसौं शताब्दीको आरम्भमा भएका प्रकृति विज्ञान सम्बन्धि आविस्कारहरूको दार्शनिक सामान्यीकरण गर्नु भयो । र उहाँले दार्शनिकहरू र प्रकृति शास्त्रीयहरूवीच एकताको आवश्यकतालाई पदार्थको बारेमा, थप व्याख्या गर्नुभयो, “संसारमा गतिमान पदार्थबाहेक अर्को थोक केही छैन र गतिशील पदार्थहरू दिक र काल वाहेक अरू कुनै पनि किसिमले गतिशील हुन सक्दैनन् । ”
नेपालमा पनि सन् १९४९ अप्रिल २२ तारिखका दिन कमरेड पुष्पलालको नेतृत्व र पहलकदमीमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको हो । यसले अहिले ५९ वर्ष पुरा गरिसकेको छ । लामो समयदेखि नेपाली कम्युनिस्ट आन्दोलन लामो समयदेखि विभाजित अवस्थामा रहदै आएका कारण नेपाली क्रान्ति सम्पन्न हुन सकिरहेको छैन । तर अहिले नेपाली कम्युनिस्ट आन्दोलन उच्चता भने प्राप्त गरिरहेको छ । वर्तमान संविधान सभामा ६२ प्रतिशत सीटहरूमा कम्युनिस्टहरूले नै उपस्थित हुन पुगेका छन् भने करीव ७० प्रतिशत भन्दा बढि जनसंख्याको भू–भाग कम्युनिस्टहरूले नै ओगटेका छन् । तर वामपन्थि शक्तिहरूका बीचमा तालमेल हुन नसकेकै कारण नेपालको राजनीतिक इतिहासमा पहिलो राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा आफ्नोे बहुमत हुदाहुदै पनि कम्युनिस्टहरूले आफ्नोे उम्मेदवारहरू गुमाउन पुगेका छन् ।
सन. १९९० को दर्शकमा पुगेर सोभियत मोडेलको समाजवादको पतन पश्चात विश्व कम्युनिस्ट आन्दोलन र रक्षात्मक स्थितिमा पुग्यो । तर पनि विश्वभरका कम्युनिस्टपार्टीहरू त्यसबाट शिक्षा आर्जन गरेर नयाँ विश्लेषणका साथ आ–आफ्नोे मुलुकको ठोस परिस्थितिको विश्लेषण गर्दे क्रान्तिलाई अगाडि बढाईरहेका छन् । र, विश्व सर्वहारा वर्ग आफ्नोे वर्गको मुक्तिको निम्ति अरू सचेत र संगठित भएर अघि बढीरहेको छ ।
अहिले १६२ वर्ष पुरा भई सकेको छ । सोभियत मोडेलको समाजवादको पतन पश्चात विश्वभरका साम्राज्यवादी एवम् पूँजीपति स्यालहरू हुइया हुइयाको स्वमा स्वर मिलाएर घोषणा गरे माक्र्सवादको औचित्य समाप्त भयो र माक्र्सवाद संग्रालयमा घन्किन पुग्यो भनेर तर ती साम्राज्यवादी एवम् पूँजीपति स्यालहरूको कसरत असफल सिद्ध भएको छ । अहिले पनि विश्व सर्वहार वर्ग र साम्राज्यवाद बीच भीषण सङ्घर्ष जारी नै छ । र हिजो जस्तै आज पनि माक्र्सवादको सान्दर्भीकता उत्तिकै आवश्यक छ र भोली – पनि रही रहने छ । किन भने माक्र्सवाद एक वैज्ञानिक तथा क्रान्तिकारी सिद्धान्त हो । यसको विकल्पमा कुनै वैज्ञानिक र क्रान्तिकारी सिद्धान्त छैन यस दुनियामा ।
सन्दर्भ ः स्टालिन र माओ जयन्ती
विश्व सर्वहारा बर्गका महान् नेता जोसेफ स्टालिनको जन्म सन् १८७९ डिसेम्बर २१ का दिन रुसको जार्जियाको एक शहर गोरिमा जुत्ता सिलाउने परिवारमा भएको थियो र मृत्यु सन् १९५३ मार्च ५ का दिन भएको थियो । साथै विश्व सर्वहारा वर्गका अर्का महान् नेता तथा चिनिया कम्युनिस्ट पार्टीका शिक्षाध्यक्ष क. माओत्सेतुङको जन्म सन् १८९३ डिसेम्बर २६ का दिन चिनको हुनान प्रान्त अन्तर्गत श्याङस्यान काउन्टिको शाओसान गाउँमा एक किसान परिवारमा भएको थियो र मृत्यु सन् १९७६ सेप्टेम्बर ९ तारिखका दिन भएको थियो । प्रत्यक बर्षको २१ डिसेम्बर र २६ डिसेम्बरको दिनलाई विश्व सर्वहारा श्रमजीवि वर्गले दुई महान् अन्तराष्ट्रियतावादी मार्कसवादी लेनिनवादीहरूको जन्म जयन्तिका रूपमा धुमधाम र क्रान्तिकारी जोस जाँगर र क्रान्तिकारी रणनीतिकज्ञ र कार्यनीतिज्ञ शिक्षा र प्रेरणाका रूपमा मनाउँदै आएका छन् । र, यस बर्षको २१ डिसेम्बर र २६ डिसेम्बरलाई त्यहि रूपमा मनाउने तयारी गरिरहेका छन् । सन् १९२२ मे मा आयोजित पार्टी महाधिवेशनमा लेनिनले पार्टीको महासचि पद त्याग्ने घोषाणा गर्नुभयो र १९२२ को अप्रिल ३ मा सम्पन्न पार्टी केन्द्रिय समितिको विस्तारित बैठकमा लेनिनले स्टालिनलाई महासचिव वनाउने प्रस्ताब राख्नुभयो र उहाँ महासचिब बन्नुभयो ।
सन् १९२४ जनवरी २१ मा महान् लेनिनको मृत्यु पछि समाजवादी सोभियत संघको नेतृत्व गर्ने जिम्मा स्टालिनको काँधमा आयो । सन् १९३० मा सम्पन्न १६ आँै पार्टी महाधिवेशनले सवै मोर्चाको समाजवादीकरणको कार्यक्रम स्टालिनले घोषणा गर्नुभयो । सन् १९४१ जुन २२ मा जर्मनीले रुसमाथि आाक्रमण गरयो, त्यसको प्रतिरोधको योजना सहित सशस्त्र सेनाको सर्वोच्च कमाण्डरमा स्टालिनलाई नियुक्त गरियो । संसारको शक्तिशाली सेना भएको जर्मन र हिटलरी फाँसिवादका विरुद्ध लगातार तीन बर्ष लडेर १९४४ मा जर्मनीलाई पूरै हार खुवाएर रुसी भूमिमा धोलो चटाइयो । यसरी सोभियत समाजवादी सत्ता र सोभियत रुसलाई रक्षा गर्ने र बचाउने काम गरेर स्टालिनले राष्ट्रियताको अनुपम कृतिमान कायमा गर्नुभयो ।
पार्टी भित्रका दक्षिण पन्थि अवसरवादीहरू जस्तै ट्राटस्कि, कामेनेभ, ब्रोजनेभ, जिनोवेव, ख्रुश्चोभ, बुखारिन आदि विरुद्ध लगातार बैचारिक लडाई लडदै स्टालिनले माक्र्सवाद लेनिनवादको सही प्रयो्ग गरेर समाजवादी सोभियत सत्ताको सदृढीकरण सहित अगाडि बढाउनुभयो ।
महान् लेनिनको मृत्यु पछि अन्तराष्ट्रिय कम्युनिस्ट आन्दोलनको नेतृत्व गर्ने जिम्मेवारी पनि स्टालिनको काँधमा आयो । जिनोवियेव, कामोनयेभ र मुख्यतः ट्राटस्किको कथित स्थायी क्रान्ति सम्बन्धि उग्र रूपमा देखापरेको दक्षिणपन्थि विसर्जनबादलाई परारस्त गर्ने, लेनिनवादलाई स्थापना गर्ने, सामूहिक खेति र योजनाबद्ध आर्थिक विकासद्धारा सोभियत संघलाई बलीयो पार्ने, दोश्रो विश्वयुद्धमा हिटलरी फाँसिवादालाई धुलो चटाउने, सोभियत आर्थिक विकासका अनुभवहरूको संश्लेषण गर्ने र सिङ्गो अन्तराष्ट्रिय कम्युनिस्ट आन्दोलनलाई करिब ३ दशक सम्म नेतृत्व प्रदान गर्ने जस्तो ऐतिहाँसिक कार्यहरू क. स्टालिनले सर्वहारा वर्गको अधिनायकत्वलाई स्थापित गर्ने र सर्वहारा आन्दोलनको सेवा गर्नुभएको थियो ।
यति हँुदाहुँदै पनि क. स्टालिनमा अधिभूतबादी एवम् यन्त्रिकतावादी चिन्तन हावि रहनु, राष्ट्रियताका सवालमा सोभियत भूमिमा मात्र केन्द्रित रहनु आदि कमजोरीहरू रहेका कारण गम्भिर समस्याहरू आएका थिए । स्टालिनका चिन्तन र कार्यहरूका बारेमा माओले सहत्तर प्रतिसत सही र ३० प्रतिसत गलत बताउनुभएको थियो । यी कमजोरीहरूका वावजुद स्टालिनका विभिन्न योगदानहरू मध्य सर्वहारा अधिनायकत्व सम्बन्धि उहाँको मार्कसवादी लेनिनवादी समझदारी र त्यसको भूमिका महत्वपूर्ण छन् । स्टालिन सच्चा माक्र्सवादी लेनिनवादी र अन्तराष्ट्रिय कम्युनिस्ट आन्दोलनका एक महान् नेता हुनुहुन्थ्यो । त्यसो भएर नै संसारका सवै प्रतित्रिक्रयावादी र अवसरवादीहरूले उहाँ प्र्रति विषवमन गर्दै आएका छन् । यसर्थ स्टालिन माथिका आक्रमण माक्र्सवाद लेनिनवाद माथिको आक्रमण हो । सर्वहारा अधिनायकत्वमाथिको आक्रमण हो ।
माक्र्सवादी लेनिनवादी सिद्धान्त अनुसार राज्य सत्ता क्रान्तिको केन्द्रीय प्रश्न हो । यस प्रश्नको जवाफमा स्टालिनले हमेसा बल प्रयोगको भूमिका माथि जोड दिनुभएको थियो र त्यस्तै राज्यसत्ता प्राप्त गरे पछि क्रान्तिका उपलब्धिहरूको कशरी रक्षा हुन सक्छ ? यस प्रश्नको जवाफमा स्टालिनले सर्वहारा अधिनायकत्वमाथि जोड दिनुभएको थियो । बलपूर्वक राज्यसत्ताको प्राप्ती र संक्रमणकालका लागि सर्वहारा अधिनायकत्वको आवश्यकता माक्र्सवादी लेनिनवादी सिद्धान्तका मूल प्रस्थापना हुन र यि दुवै प्रस्थापना प्रति स्टालिनको अपार निष्ठा थियो । जीवनपर्यन्त यही निष्ठाको प्रयोग नै स्टालिनको अविस्मरणीय योगदान थियो ।
माओत्सेतुङ चिनिया क्रान्तिका मात्र नभै अन्तराष्ट्रिय कम्युनिस्ट आन्दोलनकै महान् नेता हुनुहुन्थ्यो । माक्र्सवाद लेनिनवादको विकासमा उहाँले जुन नयाँ आयाम थप्नुभयो त्यो संसारभरका श्रमिक जनताका निम्ति निकै अविश्मरणीय योगदान हो । माक्र्सवादको दोश्रो चरणमा लेनिनवादको गुणात्मक विकास भयो भने माक्र्सवदकै तेश्रो चरणमा माओवादको गुणात्मक विकास भयो । माओवाद विना आज दुनियामा क्रान्ति हुन नसक्ने कुरा स्पष्ट छ । त्यसैले सारा संसोधनवादीहरूले आज माओका विरुद्ध भयभरको शक्ति लगाएर आक्रमण गरिरहेका छन् । यो स्थितिमा संसोधनबादका विरुद्ध निर्मम सङ्घर्ष चलाउँदै अर्कातिर माओवादी सिद्धान्तको रक्षाा गर्ने र अर्कोतिर त्यसलाई सृजनात्मक ढंगले ब्यवहारमा उतार्ने काम हरेक सच्चा क्रान्तिकारीहरूले विषेश ध्यान दिन जरुरी छ ।
माक्र्सवाद क्रान्तिको बैज्ञानिक सिद्धान्तको रूपमा जन्मियो र त्यसको विकास लेनिनवादको रूपमा भयो । माक्र्सवादको सार्वभौम सिद्धान्तको प्रयोग लेनिनले रुसमा गर्नुभयो । उद्योगधन्दाको विकास भएको पुँजीवादी देशमा सर्वहारा वर्गले कशरी क्रान्ति सम्पन्न गर्न सक्दछ ? यो कुरा लेनिनले गरिदेखाउनुभयो । त्यो महान् अक्टुबर क्रान्तिको बाटो थियो र त्यो बाटो विकसित पुँजीवादी देशहरूका लागि क्रान्तिको आधारभूत बाटो बन्न पुग्यो । त्यो लामो समयसम्म जनसङ्घर्ष चलाएर सहरहरूमा सङ्घर्षको विकास गर्दै सहरबाट गाउँ घेर्ने शसस्त्र विद्रोहको बाटो थियो । विकसित देशहरूका सन्दर्भमा त क्रान्तिको आधारभूत बाटो फेला परयो तर प्रश्न उठयो अर्धसामन्ति तथा अर्धऔपनिवेशिक देशहरू जहाँ उद्योगधन्दाको विकास हुन सकेको छैन र जुन देशको अर्थतन्त्र मुलतः कृषि प्रधान छ मा कशरी क्रान्ति सम्पन्न हुनसक्छ ? यस प्रश्नको् ठीक जवाफ माओले दिनुभयो । उहँले यस प्रकारका अविकसित मुलुकहरूका लागि नयाँ जनबाद र दिर्घकालिन जनयुद्धको बाटो अवलम्बन गर्ने कुरा वताउनुभयो र त्यो चिनमा गरेर देखाउनुभयो । त्यो गाउँबाट शहर घेर्नेबाटो थिायो । माक्र्सवाद लेनिनवादको विकास क्रममा यो एउटा थप सिद्धान्त हो र यसलाई माओको सवैभन्दा पहिलो मौलिक योगदानको रूपमा लिनु पर्दछ ।
स्टालिनको मृत्युपछि खुश्चेव नवसंसोधनवादको जन्म भयो र रुसमा पुँजीवादको पुर्नस्थापना भयो । त्यो स्थितिको माक्र्सवाद लेनिनवादको रक्षा र आधुनिक संसोधनवादका विरुद्ध सङ्घर्ष अन्तराष्ट्रिय कम्युनिस्ट आन्दोलनलाई सही ढंगले अगाडि बढाउने दिशामा प्रधान र अहं विषय बन्न गए । रुसको सर्वहारा वर्गको पार्टीलाई सम्पूर्ण जनताको पार्टी र सर्वहारा वर्गको अधिनायकत्वलाई सम्पूर्ण जनताको राज्य भन्न थालियो र शान्तिपूर्ण संक्रमणको सिद्धान्तको वकालत गरीयो । ठीक यसै समयमा माओले माक्र्सवादी लेनिनवादी सिद्धान्तको रक्षा र विकास गर्दै खुश्चेभको आधुनिक संसोृधनबादका विरुद्ध जोडदार सङ्घर्ष चलाउनुभयो र अन्तराष्ट्रिय कम्युनिस्ट आन्दोलनलाई सहि सैद्धान्तिक एवम् राजनैतिक दिशा प्रदान गर्नुभयो । यि माथिका निकै महत्वपूर्ण योगदानहरू थिए ।
खुश्चेभी नव संसोधनबादले इतिहाँस निर्माणमा जनसमुदायको निर्णायक भूमिकालाई इन्कार गरयो । तीन शान्तिपूर्णका नाममा खुश्चोभी गद्धारगुटले बर्गसङ्घर्षको विरुद्ध बर्गसमन्वयको वकालत गरयो । बुर्जुवा संसदवादको नाङ्गो पक्षपोषणलाई उहाँले बदलिएको विश्व परिस्थितिको संभावनाको जामा पहिरयाइयो ।
रुसको पुँजीवादको पुर्नस्थापनाबाट उत्साहित चीनका दक्षिणपन्थिहरूले पार्टीको सर्वहारावादी क्रान्तिकारी लाइनका विरुद्ध हमला बढाउँदै लगे । खुश्चोभका इमान्दार चेलाहरूले चिनमा पार्टी सत्ता र राजकीय सत्तामा कब्जा जमाउन पुगे । यो जटील परिस्थितिमा उभिएर माओत्सेतुङले समाजवादमा सर्वहारा वर्गको स्थितिबारे गम्भिर अध्यन र चिन्तन गर्नुाभयो । देशबाहिर खुश्चेभी आधुनिक संसोधनवादका विरुद्ध सङ्घर्षको झन्डा उठाउनुभयो । यो भिषण एवम् जीवनमरणको सङ्घर्षको बीचबाट माओले समाजवादमा बर्गसङ्घर्षको स्थितिको बैज्ञानिक ब्याख्या सहित त्यसलाई रोक्ने सिद्धान्तका रूपमा सर्वहारा वर्गको अधिनायकत्व अन्तर्गत निरन्तर क्रान्तिको धारणा प्रस्तुत गर्नुभयो । यहि वैज्ञानिका धारणाका आधारमा मानवजातिकै इतिहाँसमा अभूतपूर्व क्रान्तिका रूपमा महान् सर्वहारा साँस्कृतिक क्रान्तिको नेतृत्व गर्नुभयो । सिङ्गो भूमण्डल थर्कााउने यो क्रान्ति मार्फत माओले समाजवादी समाजमा पुँजीवादको पुर्नस्थापना रोक्ने नयाँ इतिहाँसद्धारा सर्वहारा वर्गलाई सुसज्जित पार्नुभयो । ल्यू साओ चि र तङसाओ पिङ को गद्धार गुटलाई पुरै तहस नहस पार्नुृभयो ।
आज ति महान् अन्तरिष्ट्रय सर्वहारावादी नेताहरूलाई नेपालको सन्दर्भमा कशरी सम्झने र उहँहरूका योगदानहरूलाई कशरी हेर्ने ? भन्ने प्रश्न प्रवल रूपमा खडा भइरहेको छ । र, नेपालका माओवादी क्रान्तिकारीहरूले स्टालिन र माओका योगदानबाट के शिक्षा लिने ? र के पाठ सिक्ने ? भन्ने प्रश्न खडा भएको छ । किनकी १० बर्षे जनयुद्धको नेतृत्व गर्दै शान्ति प्रक्रियामा सामेल हुन पुगेको एकीकृत नेकपा मओवादी भित्र लामो समयदेखि क्रान्तिकारी माक्र्सवाद र दक्षिणपन्थि संसोधनबादका विचमा नेपाली क्रान्ति गर्नु पर्दछ भन्ने र नेपाली क्रान्ति गर्न सकिन्न भन्ने हरूका बीचमा, पाार्टीले निर्णय गरिसकेको सामन्तवाद र साम्राज्यबाद विरोधी सारतत्व वोकेको जनताको संघीय गणतन्त्रात्मक संविधान बनाउनु पर्दछ भन्नेहरू र यथास्थितिवादी संविधान बनाउनु पर्छ भन्नेहरूका बीचमा, पार्टीले निर्णय गरिसकेको जनविद्रोहको कार्यवदिशालाई कार्यन्वएन गर्नु पर्छ भन्नेहरू र शान्ति र संविधान सम्बन्धि संसदीय सुधारवादी कार्यदिशाका बीचमा राष्ट्रिय स्वाधीनता र राष्ट्रिय आत्मसर्मपणवादका बीचमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्नु पर्दछ भन्नेहरू बीच तथा नयाँ जनवादी क्रान्तिका बाँकी कार्यभार समाजवादी क्रान्तिले पूरा गर्नु पर्दछ भन्ने विसर्जनवादीहरूका बीचमा भिषण दुई लाइन सङ्घर्ष चलिरहेको छ । पार्टी भित्र विचारधारात्मक २ लाईन सङ्घर्ष र बाहिर वर्गसङ्घर्ष उत्कर्षमा पुगिरहेको छ । र, अन्तरविरोधका विविध रूपमहरू पार्टी भित्र र वाहिर प्रकट भइरहेका छन् ।
एकातिर पार्टीको मूल नेतृत्व सम्हालीरहेका अध्यक्ष क. प्रचण्ड र प्रधानमन्त्री समेत रहेका उपाध्यक्ष डा. बाबुराम भटटराई दक्षिणपन्थि र विर्सजनवादको दिशाबाट अघि बढीरहनुभएको छ यसको सवुत प्रमाण भनेको जनमुक्ति सेनाको विघटन, भारतसँग भएको विप्पा सम्झौता र घरजग्गा फिर्ताको नाममा सामन्तबादको रक्षा र सत्ता लोलुपताका कारण साम्रज्यबाद र विस्तारवादको दलालीकरण हुन् । भने, अर्कोतिर पार्टीका बरिष्ठ उपाध्यक्ष मोहोन बैद्य किरण, महासचिव रामबहादुर थापा बादल र नेत्रविक्रम चन्द विप्लवको नेतृत्वमा सञ्चालित क्रान्तिकारी बीचार समूहले माक्र्संवाद –लेनिनवाद र माओवादका प्रस्थापना अन्तर्गत रहेर क्रान्तिकारी विचार, दृष्टिकोण, नीति र कार्यँदिशाका साथ पार्टी भित्र हावी भइरहेका दक्षिणपन्थि संसोधनवादी बीचारहरूलाई परारस्त गरेर नयाँ ढंगको क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माण गर्ने कार्ययोजनाका साथ अघि बढीरहेको छ । र, माओवादी पार्टी क्रान्तिकारी कित्ता र दक्षिण पन्थि संसोधनवादी एवम् विर्सजनबादी कित्तागरी २ विपरित धु्रबमा विभाजित हुन पुगेको छ । यस्तो जटील बैचारिक राजनैतिक परिस्थितिमा पार्टी भिात्रका माओवादी क्रान्तिकारँीाहरूले नेपाली क्रान्तिको रक्षा र विकास गर्ने तथा पार्टी भित्रका दक्षिणपन्थि संसोधनवादीहरू एवम् विर्सजनबादी हरूलाई बैचारिक राजनैतिक, सङ्गठनात्मक रूपमा समेत प्रारस्त गरेर मालेमाबादको सैद्धान्तिक मार्ग निर्देशन एवम् पथप्रर्दशन बमोजिम नेपाली क्रान्तिको रक्षा र विकास गर्नु जरुरी छ । यस स्थितिमा सवल र निर्णायक नेतृत्व प्रदान गर्न सक्ने नयाँ ढंगको क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माण गर्नका लागि क. स्टालिन र क. माओबाट के कुराहरू सिक्ने र कशरी अगाडि बढने भन्ने प्रश्न नै आजको मूलभूत प्रश्न हो । यसलाई माओवादी भित्रका तथा आम क्रान्तिकारीहरूले ग्रहण गर्न र कार्यन्वएन गर्नुको विकल्प छैन् साथै हामी माओवादी क्रान्तिकारीहरूले स्टालिन र माओको योगदानहरूका बारेमा चर्चा गरिरहेको बेला के कुरा बुझन जरुरी छ भने चिनिया क्रान्तिको इतिहाँसमा वाङमिङले पनि एकताका बन्दुग बोकेका थिए पछि उनी दक्षिणपन्थि बने । रुसमा पनि ट्राटस्कि मण्डलीहरू पनि बोल्सेभिकीहरू नै थिए पछि तिनीहरू सोभियत सत्ताको विरोधी बने त्यसैले एक पटक बन्दुग बोक्दैमा सधँै क्रान्तिकारी भइरहन सक्तैन भन्ने रुस र चिनको इतिहाँस नेपालको माओवादी भित्र पनि दोहोरिन थालिसकेको छ ।
अक्टुवर क्रान्तिको शिक्षा
सन् १९१७ अक्टुवर २५ तारिखका दिन विश्वसर्वहारावर्गका महान् नेछा भ्लादीभिर इल्वीच लेनिनको नेतृत्वमा महान् रुसी अक्टुवर समाजवादी क्रान्ति सम्पन्न भएको थियो । महान् अक्टुवर क्रान्ति विश्वमै वैज्ञानिक समाजवादी क्रान्ति थियो र त्यस क्रान्तिले पहिलो पटक पूँजीवादी राज्यव्यवस्थालाई बलपूर्वक ध्वंश गरेर श्रमिक जनताको अर्थात् वैज्ञानिक समाजवादी राज्यव्यवस्था निर्माण गरेर सर्वहारावर्गको अधिनायकत्व स्थापित गरेको थियो । अक्टुवर क्रान्तिलाई सर्वहारावर्गको निम्ति गौरवपूर्ण विजयको रूपमा लिइन्छ । त्यही समयमा रुसमा महान् लेनिनको नेतृत्वमा कसरी अक्टुवर क्रान्ति सम्पन्न भयो ? र अहिले सोभित रुसमा प्रतिक्रान्ति भएर नाङ्गो तथा विकृतिपूर्ण पूँजीवादी व्यवस्था लागु भइरहेको भएतापनि महान्् रुसी अक्टुवर समाजवादी क्रान्तिले विश्व सर्वहारावर्गलाई प्रदान गरेको दीर्घकालिन शिक्षा अहिले पनि विश्वभरिका एवम् ....... नेपाली सर्वहारा वर्ग अर्थात् नेपाली माओवादी क्रान्तिकारीहरूले त्यस क्रान्तिबाट के पाठ सिक्न सक्छन्? भन्ने विषयमा यस लेखमा संक्षिप्त रूपमा प्रकाश पार्ने प्रयत्न गरिएको छ ।
कार्ल माक्र्स र फेडरिक एंगेल्सद्वारा माक्र्सवादको प्रतिपादन भएको ठिक ३५ वर्ष अघि सोभियत रुसमा सन् १८८३ मा प्लेखानोभको नेतृत्वमा मजदूर मुक्ति दल नाम पहिलो माक्र्सवादी समूहको विकास भयो । यही रुसमा स्थापित कम्युनिस्ट पार्टी थियो र यसलाई दोस्रो अन्तराष्ट्रिय भित्रका संशोधनवादीहरू र देश भित्रैका मार्तोभहरू, मेन्सेभिकहरू, एसेर समेतका संशोधनवादीहरूका विषयहरू भीषण दुईलाइन सङ्घर्ष र विचारधारात्मक अन्तरसङ्घर्ष संचालन गरेर त्यस कम्युनिस्ट पार्टीलाई लेनिन (सन् १८७०–१९२४) ले नयाँ ढंगले विकास गर्नु भयो । माक्र्सवाद सर्वहारा क्रान्तिको विज्ञान हो । यो पूँजीवादको प्रारम्भिक अवस्थामा विकसित भएको एक वैज्ञानिक र क्रान्तिकारी सिद्धान्त, वर्गसङ्घर्ष तथा इतिहासमा बलप्रयोगको भूमिका र वैज्ञानिक समाजवाद तथा साम्यवाद यसका आधारभूत मान्यताहरूलाई स्थापित गर्ने क्रममा पहिलो चरणमा माक्र्सवादको विकास भयो भने माक्र्सवादको गुणात्मक विकासको दोस्रो चरणमा पूँजीवादले साम्राज्यवादमा प्रवेश गर्नु, उत्पादक शक्ति र सर्वहारा आन्दोलन तथा ज्ञान–विज्ञानका विविध क्षेत्रमा थप प्रगति हुँदै जानु र यस प्रकारको नयाँ परिस्थिति अनुरूप माक्र्सवादलाई नयाँ उँचाइमा विकसित गर्नु पर्ने एतिहासिक आवश्यकताका बीचबाट लेनिनवादको जन्म विकास भयो । रुसमा चलिरहेको वर्गसङ्घर्षको उत्कर्ष र कम्युनिस्ट आन्दोलन भित्र तथा कम्युनिस्टपार्टी भित्र संचालन भइरहेको संझौताहीन र भीषण दुईलाई सङ्घर्षका बीचबाट लेनिनले लेनिनवादको प्रतिपादन र विकास गर्नुभयो । र, माक्र्सवाद–लेनिनवाद सर्वहारावर्गको मुक्तिको मार्गदर्शक सिद्धान्त बन्यो ।
रुसमा सन् १९०५ र १९१४ का दुइवटा क्रान्तिहरू असफल भए । तर मजदुर आन्दोलको भने चरम विकास भएको थियो । १ अगस्ट सन् १८१४ मा पहिलो विश्व साम्राज्यवादी युद्ध शुरु भयो । जार सरकारले रुसमा मजदुरहरूको क्रान्तिकारी आन्दोलनलाई दवाउन विश्व युद्धबाट फाइदा उठाउन भरमग्दर प्रयास ग¥यो । विश्वयुद्ध चर्कदै गयो । युद्धरत राष्ट्रहरूका मजदुर पार्टीहरूका बहुसंख्यक नेताहरू अन्धराष्ट्रवादी प्रचारको विषालु प्रभावमा परेर आफ्ना सरकारको समर्थन गर्ने, युछकालमा वर्गीय शान्ति स्थापना गर्ने आह्वान गर्न थाले । यो प्रकारले उनिहरू श्रमिक जनताको स्वार्थमाथि गद्दारी गर्दै थिए । विश्युद्धको यसमा नै दोस्रो इन्टरनेशनल भंग भयो । मात्र वोल्सेभिकहरूले लेनिनको नेतृत्वमा सर्वहारा अन्तराष्ट्रियवादको झण्डा उठाएका थिए र युद्धको साम्राज्यवादी चरित्रको भण्डाफोर गरेका थिए । लडाइको शुरुमा रुसमा करीब ४० लाख मानिसहरू सेनामा भर्ति गरिएका थिए । सम्पूर्ण युद्धकालमा (सन् ११९१४–१९१८) रुसमा डेढ करोड मानिसहरूलाई सेनामा भर्ति गरिएको थियो । रुसी सेना ठूलो वीरता र साहससहित लडाईँ लडेको थियो । युद्धले देशलाई विर्वाद पार्दै लग्यो । युद्ध शुरु हुनासाथ नै बोल्सेभिकहरूले मोर्चामा र देशभित्र सैनिकहरूलाई यो युद्ध अन्यायपूर्ण छ, साम्राज्यवादीहरूले आफ्नो नीजि स्वार्थपूर्तिका लागि यो लडाईँ शुरु गरेको हुन भन्ने कुरा बुझाउँदै आएका थिए जारशाही सैनिक अदालत बोल्सेभिक प्रचारकहरूलाई मृत्युदण्ड दिन्थ्यो । सैनिकहरू, मजदुरहरू तथा किसानहरू युद्धबारे वास्तविक कुरा थाहा पाइहाल्यो । अत्याधिक श्रमीक जनताले “साम्राज्यवादी युद्धलाई गृहयुद्धमा परिणत गर” जस्ता वोल्सेभिकहरूका नारालाई समर्थन गर्न थाले । जारशाही विरोधी आन्दोलन चर्केर गयो । रुसमा क्रान्ति परिपक्व वन्दै गयो । बोल्सेभिकहरूको आह्वानमा मजदुर आन्दोलनले उग्ररूप लिदै गयो । पुलिसले आन्दोलनकारीहरूमाथि चर्को दमन चलाउन थाल्यो । तर मजदुरहरूले “युछ मुर्दावाद ! जार मुर्दावाद ! रोटी ! रोटी ! शान्ति ! शान्ति ! जस्ता नारा घन्काउँदै आन्दोललाई तीब्र गतिमा अगाडि बढाए । सन् १९१७ फेब्रुअरीका दिन जारशाहले निकोलाई ........ आफ्ना सैनिहरूलाई मजदुरहरूमाथि गोली चलाउने आदेश दियो । र सैनिकहरूलाई मैदानमा उता¥यो । तर सैनिकहरूले मजदुरहरूमाथि ...............हरूले मजदुर जनतालाई साथ दिए । लाखौं मजदुर जता सडकमा उत्रियो उनिहरूमाथि दमन गर्ने जारशाहको प्रयास असफल भयो । फेबु्रअरी क्रान्ति पुरा भयो । जार शाही राज्यसत्ता ढल्यो । तर नयाँ सत्ता वुर्जुवा पूँजीपतिहरूको हातमा गयो । बोल्सेभिकहरू असफल भए नयाँ सत्ता प्राप्त गर्नलाई ।
जारशाहीलाई सत्ताच्यूत गरे पश्चात् अस्थायी सरकारको स्थापना भयो । करेन्स्की अस्थायी सरकारका प्रमुख बने । मेन्सेभिकहरू सरकारमा सहभागी भए । तर बोलेभिकहरू सरकारमा सामेल भएनन् ।
लेनिन ९ वर्षदेखि स्विजरल्याण्डमा निर्वासित हुनुहुन्थ्यो । अस्थायी सरकार र त्यसका नेताहरूले जारशाहको तख्ता उलिसकेपछि क्रान्तिको उद्देश्य पुरा भइसकेको भन्दै जनतालाई अलमल्याउँदै थिए । निर्वासन् तथा जेलहरूबाट निस्केर आएका बोल्सेभिकहरूले मजदुर, सैनिन तथा किसानहरूलाई जबसम्म पूँजीपतिहरू तथा जमिन्दारहरूको हातमा सत्तारहन्छ, वास्तविक स्वतन्त्रता पाउन सकिन्न भन्ने कुरा बुझाउन थाले । निर्वासनबाटै लेनिनले मजदुरहरूलाई संवोधन गर्दै लेख्नु भएको थियो । “जारशाही सत्ताको उन्मूलन मात्र पहिलो कदम हो ।” उहाँले श्रमिक जनतालाई अस्थायी सरकारमाथि विश्वास नगर्ने र आफ्नो सङ्घर्ष चालु राख्ने आह्वान गर्नु भएको थियो ।
फरवरी क्रान्तिले लेनिनलाई निर्वासनबाट रुस फर्कन बाटो खोली दियो । विभिन्न कठिनाइहरू पारगर्दै लेनिन ३ अप्रिल १९१७ को दिन पेत्रोग्राद आइपुग्नु भएको थियो । जनताले उहाँलाई ठूलो स्वागत गरे । क्रान्तिकारी सैनिकहरूको सुरक्षासहित लेनिनले भाषण गर्दै भन्ु भएको थियो – “जारको तख्ता उल्टी सकेको छ, तर जिमन्दारहरू तथा पूँजीपतिहरूको सत्ता कायमै छ । जमिन कलकारखाना आदि यथावत उनिहरूकै हातमा छन् । उनिहरू मजदुर तथा किसानहरूको शोषण गर्दै छन् । पूँजीपतिहरू तथा जमिन्दारहरूको सत्ताको ठाउँमा श्रमिक जनताको सत्ता कायम हुनु पर्दछ । जनता नै समस्त जमि, कलकारखानाहरूको मालिक बन्नुपर्छ ।” लेनिनले आफ्नो भाषणको अन्त्यमा .................... ४ अप्रिलका दिन बोल्सेभिकहरूको वैठकमा लेनिनले पार्टीको भावी कार्योजना सम्बन्धि सम्पूर्ण योजना प्रस्तुत गर्नु भयो । जसलाई अप्रिल थोसिसको रूपमा प्रख्यात छ । त्यसमा रुसी क्रान्ति सम्बन्धि कार्पोजना समावेस गरिएको थियो । त्यस पश्चात रुसमा क्रान्तिको व्यापक तयारी हुन थाल्यो । मजदुर आन्दोलन उत्कर्षमा पुग्न थाल्यो । अस्थायी सरकारले मजदुरहरू आन्दोलनहरूमाथि दमनचक्र चलाउन थाल्यो । अस्थायी सरकारले श्रमिक जनतामाथि प्रहार गर्न शुरु ग¥यो ।
लेनिनलाई बचाउने उद्देश्यले बोल्सेभिक पार्टीले उहाँलाई गुप्तवासमा पठाउने निर्णय ग¥यो । लेनिन भूमिगत हुनु भयो र भूमिगत अवस्थाबाटै रुसी क्रान्तिको नेतृत्व गरि रहनु भयो । अगस्ट १९१७ मा बसेको वोल्सेभिकको छैठौं पार्टी कांग्रेसले सशस्त्र विद्रोहको लागि तयारी गर्ने प्रस्ताव स्वीकार ग¥यो । त्यसपछि लेनिन सशस्त्र विद्रोहको समस्त योजना तयार पार्ने कार्यमा लागि पर्नु भयो ।
७ अक्टुवर, १९१७ को दिन लेनिन गुप्त रूपमा पेत्रोग्राद फर्कनु भयो १० अक्टुवरका दिन वोल्सेभिक पार्टीको केन्द्रीय सभितिको वैठक बस्यो । त्यस वैठकमा लेनिनले भन्नु भएको थियो, अस्थायी सरकारलाई हटाउने मौका आइसकेको छ, जनता विद्रोहको लागि तयरा छ ।” वोल्सेभिक पार्टीको केन्द्रीय समितिले अविलम्भ सशस्त्र विद्रोहको लागि तयारी गर्ने निर्णय पारित ग¥यो । कामेनेभ, जिनोभ्येम र रिकोवले मात्र सशस्त्र विद्रोहको विरोध गरेर गद्दारी गरेका थिए भने ट्राटस्कीले जनविद्रोहलाई पछि धकेलेर विथोल्न चाहेका थिए । ती सबैका प्रयासहरू असफल भए । महान् लेनिनको नेतृत्वमा सन् १९१७ अक्टुवर २५ का दिन रुसमा आम सशस्त्र जनविद्रोह सफल भयो । रुसमा पहिलो समाजवादी शिविरको झण्डा गाडियो । श्रमिक जनताको युगौं पुरानो सपना साकार भयो । मजदुर तथा किसानहरू देशका मालिक बने । फरवरी क्रान्ति पश्चात लेनिनले क्रान्तिको योजना नवनाएको भए शायद त्यही समयमै संसमा क्रान्ति सम्पन्न नहुन पनि सक्थ्यो ।
हामी माक्र्सवादको प्रतिपादन भएको १६३ वर्ष पछि महान् रुसी अक्टुवर समाजवादी क्रान्ति सम्पन्न भएको ९४ वर्ष पछि र महान् चीनीया नयाँ जनवादी क्रान्ति सम्पन्न भएको ६२ वर्ष पछि मा जनविद्रोमार्पmत नयाँ नेपाली जनवादी क्रान्ति पुरा गर्ने निर्णायाक विन्दुमा पुगेका छौं । र माक्र्सवाद लेनिनवाद–माओवादको मार्गनिर्देशन र ................संचालित नेपाली सर्वहारा वर्गको अग्रदस्ता एकीकृत नेकपा (माओवादी) नेपाली क्रान्तिको निर्णायक नेतृत्वकारी शक्ति हो । नेपाली क्रान्तिको वाँकी कार्यभार यही पार्टीले नै पुरा गर्नु पर्ने छ । तर यतिबेला नेपाली क्रान्तिको नेतृत्व गरिएको एकीकृत माओवादी पार्टीको मूख्य नेतृत्व नेपाली कम्युनिस्ट आन्दोलनलाई विसर्जन गर्ने, नेपाली क्रान्तिलाई विर्सजन गर्ने दिशातिर उन्मुख भइरहेको छ । जसका कारण क्रान्तिकारी माक्र्सवाद र दक्षिणपन्थि विर्सर्जनवादकाबीच, क्रान्तिकारी कार्यदिशा र सुधारवादी–संशोधनवादी कार्यदिशाका बीच र क्रान्ति गर्ने कि नगर्ने ? आदि विषयमा यति बेला पार्टीभित्र दुइलाइन सङ्घर्ष र विचारधारात्मको दुइलाइन सङ्घर्ष भीषण रूपमा संचालन भइरहेको छ ।
पार्टी भित्रको यो अवस्था एकाएक पैदा भएको होइन । यसको लामो श्रृंखला छ । महान्् दश वर्षे जनयुद्ध र २०६२÷०६३ मा सम्पन्न १९ दिने ऐतिहासिक जनआन्दोलनको बलबाट सामान्तवादी राजतन्त्रात्मक राज्यव्यवस्थाको अन्त्य भयो र एकखाले पूँजीवादी राज्य व्यवस्थाको स्थापना भयो । राजतन्त्रको अन्त्य त भयो, तर सत्ता वुर्जुवा वर्गको हातमा दलाल तथा नोकरशाही पूँजीपति वर्ग र सामन्तवर्गको हातमा गयो । जनक्रान्तिको स्वरूप धारण गरेको त्यो क्रान्तिलाई रुसमा सम्पन्न भएको फरवरि क्रान्तिको स्वरूपमा पनि लिन सकिन्छ । राजनीतिक सत्ता परिवर्तन हुने वित्तिकै, नयाँ सत्ता वुर्जुवा वर्ग अर्थात् साम्राज्यवाद र विस्तारवादका नेपाली दलालहरूको हातमा जाने वित्तिकै तत्कालिन नेकपा (माओवादी) ले रुसमा महान् लेनिनले फरवरि क्रान्तिलाई टेकेर आम सशस्त्र विद्रोह तयारी गरेर महान्् अक्टुवर समाजवादी क्रान्ति सम्पन्न गर्ने जुन वैज्ञानिक कार्यनीति तय गर्नु भएको थियो, त्यसै गरि २०६२÷०६३ को १९ दिने ऐतिहासिक जनआन्दोलनको सफलतालाई टेकेर सशस्त्र आम जनविद्रोह मार्पmत नेपाली क्रान्ति सम्पन्न गर्ने कार्यदिशाकासाथै अघि बढ्नु पथ्र्यो । तर त्यसो नगरी पार्टीको भूल नेतृत्वले साम्राज्यवादी र विस्तारवादीहरूका नेपाली दलालहरूका संझौता गर्दै अघि बढ्न थाल्यो । त्यहीनेरबाट पार्टीको मूल नेतृत्व भित्र वैचारिक विचलन पैदा भएको खुलारूपमा प्रकट हुन पुग्यो
वैचारिक, सैद्धान्तिक रूपमा विचलित भएर नै २०६३ मंसीर ५ गते नेपाल सरकारका वृहत शान्तिवार्तामा हस्ताक्षर गर्दै जनमुक्ति सेनालाई ............न्टोनमेन्टमा हुल्ने र हतियारलाई कन्टेनरमा लगेर थन्क्याउन तयार भयो । त्यतिमात्र होइन, महान् दश वर्षे जनयुद्धलाई अन्त्य गरेको घोषणा गर्दै जनयुद्धकै प्रक्रियामा निर्माण गरिएका स्थानीय जनसत्ता र जनसरकारहरूलाई खारेज गर्ने, जनयुद्धद्वारा निर्माण गरिएका जनकम्युनहरूलाई खारेज गर्ने देशी विदेशी प्रतिक्रियावादीहरूले तयार पारिदिएको दस्तावेजहरूमा समेत मूल नेतृत्व हस्ताक्षर गर्न पुग्यो ।
यति हुँदाहुँदै पनि पार्टी निर्णय गरिसकेको जनविद्रोहको कार्यदिशालाई स्थागित गरेर शान्ति र संविधान सम्बन्धी सुधारवादी कार्यदिशालाई बोकेर अगाढि बढ्ने पार्टीले निर्णय गरिसकेको सामन्तवाद साम्रज्यवाद विरोधी–सारतत्व बोकेको जनताको संघीय गणतन्त्रात्मक संविधान निर्माण गर्ने कार्यदिशालाई परित्याग गरेर देशी विदेशी प्रतिक्रियावादीहरूको निर्देशनमा चारबुँदे सम्झौतामा पुगेर लोकतान्त्रिक संविधान वनाउने सम्झौता पत्रमा हस्ताक्षर गर्न र साम्राज्यवादीहरू, विस्तारवादीहरू र तिनका नेपाली दलहरूको तयार पारिदिएको सात बुँदे सम्झौतामा पुगेर जनमुक्ति सेनालाई निसशस्त्रीयकरण गर्ने र विधिवत रूपमा ........ गर्ने मस्यौदामा हस्ताक्षर गरेर पार्टीको मूल नेतृत्व यतिबेला नेपाली कम्युनिस्ट आन्दोलनलाई विसर्जन गर्ने, नेपाली क्रान्तिलाई विसर्जन गर्ने तहमा फड्को मार्न पुगेको छ । सत्तामा पुग्नका निम्ति साम्राज्यवादीहरू र विस्तारवादीहरूलाई खुसी तुल्याउन र विश्वास दिलाउनका निम्ति पार्टीको निर्णय विपरित सहीहरूको रगतले साटिएका हतियारहरू सरकारलाई बुझाउने काम गरियो । त्यतिमात्र सरकारमा पुग्नका निम्ति राष्ट्रघाती ४ बुँदे सम्झौतामा गर्ने क्रममा जनसंविधान गर्ने पार्टीको निर्णय विपरित लोकतान्त्रिक संविधान बनाउने र जमिन्दारहरूलाई सुकुम्वासी किसानहरूले उपभोग गर्दै आएका घर जग्गा प्रशासन लगाएर भएपनि फिर्ता गर्ने पत्रमा हस्ताक्षर गर्ने काम भयो । यो नितान्त नेपाली क्रान्ति विरोधी क्रियाकलाप हो । भारतीय विस्तारवादी शासकहरूलाई खुसी तुल्याउने उद्देश्यले सन् ५० को असमान तथा राष्ट्रघाती सन्धिको पुनरावृत्तिको रूपमा रहेको भारतसंग विप्पा सम्झौता पहिले नै गरियो । यी सबै आत्मसमर्पणवादका निकृष्ट परिणामहरू थिए ।
फरवरी क्रान्तिपछि क्रान्तिको तयारी गर्नका निम्ति लेनिन पुन भूमिगत हुनु भएको थियो र भूमिगत अवस्थाबाटै क्रान्तिको नेतृत्व गर्नु भएको थियो । जसले गर्दा अक्टुवर क्रान्ति सम्पन्न गर्न सम्भव भयो । नेपाली क्रान्तिको नेतृत्व गरिरहेको एमाओवादीको मूल नेतृत्वले पनि पार्टीले लिएको जनविद्रोह कार्यदिशा पुरा गर्न आवश्यक परे भूमि पुनः भूमिगत भएर भए पनि क्रान्तिलाई अगाडि बढाउन तयार हुनु पथ्र्यो तर तेस्रो जनआन्दोलनका क्रममा सरकारले सामान्य प्रहरी परिचालन गर्ने वित्तिकै मूल नेतृत्वले आन्दोलन फिर्ता लिन काम ग¥यो । यी सबै कार्यहरू वैचारिक विचलन भएको ज्वलन्त परिणाम हो । वास्तविकता के हो भने सिद्धान्तलाई बेचेर खाने र राष्ट्रिय आत्मसमर्पणको बाटो पक्रनेहरूले क्रान्तिको नेतृत् वगर्न सक्तैनन् भन्ने तथ्यका पर्दाहरू एकपछि अर्को गर्दै खुल्दै छन् । मुख्य नेतृत्वको यो गतिविधिले नेपालमा नेपाली क्रान्तिको विसर्जन गरिने र क्रान्तिलाई धेरै टाढा पु¥याउने प्रयास गरिदै छ भन्न्े आभाष सजिलै पाइन्छ । तर दक्षिणपन्थि अवसरवादीहरू र संशोधनवादी एवम् प्रतिक्रान्तिकारीहरूले क्रान्तिलाई यसरी नै अलमल्याउने, विथोल्ने र विर्सजन गर्ने अभ्यास गरि नै रहन्छन् । तर क्रान्तिको पाङ्ग्रा चाहि राकिदैन । चीनमा मात्रै चिनीया कम्युनिस्ट पार्टीले माओसेतुङको नेतृत्वमा सन् १९२७ को छन् तु स्युको दक्षिणपन्थि विर्सजनवादको विरुद्धको सङ्घर्ष, त्यस पछि लि लि सानमा देखा परेको वामपन्थि दुस्साहवादका विरुद्धको सङ्घर्ष सन् १९३० देखि १९३५ सम्म वाङ्ग मिङ्गको उग्रवामपन्थि लाइन विरुद्धको दुइलाइन सङ्घर्ष संचालन गरेर ती सबैलाई परास्त गरेर मात्र चिनीया क्रान्ति सफलतामा पुगेको थियो ।
एमाओवादी पार्टी भित्र पनि यति बेला मुख्य नेतृत्व अवलम्बन गर्दै आएको दक्षिणपन्थि अवसरवादका विरुद्ध विचारसमूहले भीषण दुइलाइन सङ्घर्ष संचालन गरिरहेको छ । यो विचार सङ्घर्षले दक्षिणपन्थि अवसरवादीहरू र सुधारवादी संशोधनवादी विचारहरूलाई परास्त गरेर नयाँ ढंगको कम्युनिस्ट पार्टी निर्माण गरेर क्रान्तिलाई निर्णायक विन्दुमा पु¥याउने निश्चित किन भने क्रान्ति सम्पन्न गर्नलाई क्रान्तिकारी पार्टी पार्टीको आवश्यकता हुन्छ । क्रान्तिकारी विचार र क्रान्तिकारी नेतृत्वको पनि त्यत्तिकै आवश्यकता हुन्छ । पार्टी भित्र चलिरहेको दुइलाइन संघषले क्रान्तिको झण्डालाई मर्न दिने छैन र क्रान्तिका गद्दारहरूलाई पनि माफी दिने छैन । क्रान्तिको इतिहासको नियम पनि यही नै हो ।
कार्ल माक्र्स र फेडरिक एंगेल्सद्वारा माक्र्सवादको प्रतिपादन भएको ठिक ३५ वर्ष अघि सोभियत रुसमा सन् १८८३ मा प्लेखानोभको नेतृत्वमा मजदूर मुक्ति दल नाम पहिलो माक्र्सवादी समूहको विकास भयो । यही रुसमा स्थापित कम्युनिस्ट पार्टी थियो र यसलाई दोस्रो अन्तराष्ट्रिय भित्रका संशोधनवादीहरू र देश भित्रैका मार्तोभहरू, मेन्सेभिकहरू, एसेर समेतका संशोधनवादीहरूका विषयहरू भीषण दुईलाइन सङ्घर्ष र विचारधारात्मक अन्तरसङ्घर्ष संचालन गरेर त्यस कम्युनिस्ट पार्टीलाई लेनिन (सन् १८७०–१९२४) ले नयाँ ढंगले विकास गर्नु भयो । माक्र्सवाद सर्वहारा क्रान्तिको विज्ञान हो । यो पूँजीवादको प्रारम्भिक अवस्थामा विकसित भएको एक वैज्ञानिक र क्रान्तिकारी सिद्धान्त, वर्गसङ्घर्ष तथा इतिहासमा बलप्रयोगको भूमिका र वैज्ञानिक समाजवाद तथा साम्यवाद यसका आधारभूत मान्यताहरूलाई स्थापित गर्ने क्रममा पहिलो चरणमा माक्र्सवादको विकास भयो भने माक्र्सवादको गुणात्मक विकासको दोस्रो चरणमा पूँजीवादले साम्राज्यवादमा प्रवेश गर्नु, उत्पादक शक्ति र सर्वहारा आन्दोलन तथा ज्ञान–विज्ञानका विविध क्षेत्रमा थप प्रगति हुँदै जानु र यस प्रकारको नयाँ परिस्थिति अनुरूप माक्र्सवादलाई नयाँ उँचाइमा विकसित गर्नु पर्ने एतिहासिक आवश्यकताका बीचबाट लेनिनवादको जन्म विकास भयो । रुसमा चलिरहेको वर्गसङ्घर्षको उत्कर्ष र कम्युनिस्ट आन्दोलन भित्र तथा कम्युनिस्टपार्टी भित्र संचालन भइरहेको संझौताहीन र भीषण दुईलाई सङ्घर्षका बीचबाट लेनिनले लेनिनवादको प्रतिपादन र विकास गर्नुभयो । र, माक्र्सवाद–लेनिनवाद सर्वहारावर्गको मुक्तिको मार्गदर्शक सिद्धान्त बन्यो ।
रुसमा सन् १९०५ र १९१४ का दुइवटा क्रान्तिहरू असफल भए । तर मजदुर आन्दोलको भने चरम विकास भएको थियो । १ अगस्ट सन् १८१४ मा पहिलो विश्व साम्राज्यवादी युद्ध शुरु भयो । जार सरकारले रुसमा मजदुरहरूको क्रान्तिकारी आन्दोलनलाई दवाउन विश्व युद्धबाट फाइदा उठाउन भरमग्दर प्रयास ग¥यो । विश्वयुद्ध चर्कदै गयो । युद्धरत राष्ट्रहरूका मजदुर पार्टीहरूका बहुसंख्यक नेताहरू अन्धराष्ट्रवादी प्रचारको विषालु प्रभावमा परेर आफ्ना सरकारको समर्थन गर्ने, युछकालमा वर्गीय शान्ति स्थापना गर्ने आह्वान गर्न थाले । यो प्रकारले उनिहरू श्रमिक जनताको स्वार्थमाथि गद्दारी गर्दै थिए । विश्युद्धको यसमा नै दोस्रो इन्टरनेशनल भंग भयो । मात्र वोल्सेभिकहरूले लेनिनको नेतृत्वमा सर्वहारा अन्तराष्ट्रियवादको झण्डा उठाएका थिए र युद्धको साम्राज्यवादी चरित्रको भण्डाफोर गरेका थिए । लडाइको शुरुमा रुसमा करीब ४० लाख मानिसहरू सेनामा भर्ति गरिएका थिए । सम्पूर्ण युद्धकालमा (सन् ११९१४–१९१८) रुसमा डेढ करोड मानिसहरूलाई सेनामा भर्ति गरिएको थियो । रुसी सेना ठूलो वीरता र साहससहित लडाईँ लडेको थियो । युद्धले देशलाई विर्वाद पार्दै लग्यो । युद्ध शुरु हुनासाथ नै बोल्सेभिकहरूले मोर्चामा र देशभित्र सैनिकहरूलाई यो युद्ध अन्यायपूर्ण छ, साम्राज्यवादीहरूले आफ्नो नीजि स्वार्थपूर्तिका लागि यो लडाईँ शुरु गरेको हुन भन्ने कुरा बुझाउँदै आएका थिए जारशाही सैनिक अदालत बोल्सेभिक प्रचारकहरूलाई मृत्युदण्ड दिन्थ्यो । सैनिकहरू, मजदुरहरू तथा किसानहरू युद्धबारे वास्तविक कुरा थाहा पाइहाल्यो । अत्याधिक श्रमीक जनताले “साम्राज्यवादी युद्धलाई गृहयुद्धमा परिणत गर” जस्ता वोल्सेभिकहरूका नारालाई समर्थन गर्न थाले । जारशाही विरोधी आन्दोलन चर्केर गयो । रुसमा क्रान्ति परिपक्व वन्दै गयो । बोल्सेभिकहरूको आह्वानमा मजदुर आन्दोलनले उग्ररूप लिदै गयो । पुलिसले आन्दोलनकारीहरूमाथि चर्को दमन चलाउन थाल्यो । तर मजदुरहरूले “युछ मुर्दावाद ! जार मुर्दावाद ! रोटी ! रोटी ! शान्ति ! शान्ति ! जस्ता नारा घन्काउँदै आन्दोललाई तीब्र गतिमा अगाडि बढाए । सन् १९१७ फेब्रुअरीका दिन जारशाहले निकोलाई ........ आफ्ना सैनिहरूलाई मजदुरहरूमाथि गोली चलाउने आदेश दियो । र सैनिकहरूलाई मैदानमा उता¥यो । तर सैनिकहरूले मजदुरहरूमाथि ...............हरूले मजदुर जनतालाई साथ दिए । लाखौं मजदुर जता सडकमा उत्रियो उनिहरूमाथि दमन गर्ने जारशाहको प्रयास असफल भयो । फेबु्रअरी क्रान्ति पुरा भयो । जार शाही राज्यसत्ता ढल्यो । तर नयाँ सत्ता वुर्जुवा पूँजीपतिहरूको हातमा गयो । बोल्सेभिकहरू असफल भए नयाँ सत्ता प्राप्त गर्नलाई ।
जारशाहीलाई सत्ताच्यूत गरे पश्चात् अस्थायी सरकारको स्थापना भयो । करेन्स्की अस्थायी सरकारका प्रमुख बने । मेन्सेभिकहरू सरकारमा सहभागी भए । तर बोलेभिकहरू सरकारमा सामेल भएनन् ।
लेनिन ९ वर्षदेखि स्विजरल्याण्डमा निर्वासित हुनुहुन्थ्यो । अस्थायी सरकार र त्यसका नेताहरूले जारशाहको तख्ता उलिसकेपछि क्रान्तिको उद्देश्य पुरा भइसकेको भन्दै जनतालाई अलमल्याउँदै थिए । निर्वासन् तथा जेलहरूबाट निस्केर आएका बोल्सेभिकहरूले मजदुर, सैनिन तथा किसानहरूलाई जबसम्म पूँजीपतिहरू तथा जमिन्दारहरूको हातमा सत्तारहन्छ, वास्तविक स्वतन्त्रता पाउन सकिन्न भन्ने कुरा बुझाउन थाले । निर्वासनबाटै लेनिनले मजदुरहरूलाई संवोधन गर्दै लेख्नु भएको थियो । “जारशाही सत्ताको उन्मूलन मात्र पहिलो कदम हो ।” उहाँले श्रमिक जनतालाई अस्थायी सरकारमाथि विश्वास नगर्ने र आफ्नो सङ्घर्ष चालु राख्ने आह्वान गर्नु भएको थियो ।
फरवरी क्रान्तिले लेनिनलाई निर्वासनबाट रुस फर्कन बाटो खोली दियो । विभिन्न कठिनाइहरू पारगर्दै लेनिन ३ अप्रिल १९१७ को दिन पेत्रोग्राद आइपुग्नु भएको थियो । जनताले उहाँलाई ठूलो स्वागत गरे । क्रान्तिकारी सैनिकहरूको सुरक्षासहित लेनिनले भाषण गर्दै भन्ु भएको थियो – “जारको तख्ता उल्टी सकेको छ, तर जिमन्दारहरू तथा पूँजीपतिहरूको सत्ता कायमै छ । जमिन कलकारखाना आदि यथावत उनिहरूकै हातमा छन् । उनिहरू मजदुर तथा किसानहरूको शोषण गर्दै छन् । पूँजीपतिहरू तथा जमिन्दारहरूको सत्ताको ठाउँमा श्रमिक जनताको सत्ता कायम हुनु पर्दछ । जनता नै समस्त जमि, कलकारखानाहरूको मालिक बन्नुपर्छ ।” लेनिनले आफ्नो भाषणको अन्त्यमा .................... ४ अप्रिलका दिन बोल्सेभिकहरूको वैठकमा लेनिनले पार्टीको भावी कार्योजना सम्बन्धि सम्पूर्ण योजना प्रस्तुत गर्नु भयो । जसलाई अप्रिल थोसिसको रूपमा प्रख्यात छ । त्यसमा रुसी क्रान्ति सम्बन्धि कार्पोजना समावेस गरिएको थियो । त्यस पश्चात रुसमा क्रान्तिको व्यापक तयारी हुन थाल्यो । मजदुर आन्दोलन उत्कर्षमा पुग्न थाल्यो । अस्थायी सरकारले मजदुरहरू आन्दोलनहरूमाथि दमनचक्र चलाउन थाल्यो । अस्थायी सरकारले श्रमिक जनतामाथि प्रहार गर्न शुरु ग¥यो ।
लेनिनलाई बचाउने उद्देश्यले बोल्सेभिक पार्टीले उहाँलाई गुप्तवासमा पठाउने निर्णय ग¥यो । लेनिन भूमिगत हुनु भयो र भूमिगत अवस्थाबाटै रुसी क्रान्तिको नेतृत्व गरि रहनु भयो । अगस्ट १९१७ मा बसेको वोल्सेभिकको छैठौं पार्टी कांग्रेसले सशस्त्र विद्रोहको लागि तयारी गर्ने प्रस्ताव स्वीकार ग¥यो । त्यसपछि लेनिन सशस्त्र विद्रोहको समस्त योजना तयार पार्ने कार्यमा लागि पर्नु भयो ।
७ अक्टुवर, १९१७ को दिन लेनिन गुप्त रूपमा पेत्रोग्राद फर्कनु भयो १० अक्टुवरका दिन वोल्सेभिक पार्टीको केन्द्रीय सभितिको वैठक बस्यो । त्यस वैठकमा लेनिनले भन्नु भएको थियो, अस्थायी सरकारलाई हटाउने मौका आइसकेको छ, जनता विद्रोहको लागि तयरा छ ।” वोल्सेभिक पार्टीको केन्द्रीय समितिले अविलम्भ सशस्त्र विद्रोहको लागि तयारी गर्ने निर्णय पारित ग¥यो । कामेनेभ, जिनोभ्येम र रिकोवले मात्र सशस्त्र विद्रोहको विरोध गरेर गद्दारी गरेका थिए भने ट्राटस्कीले जनविद्रोहलाई पछि धकेलेर विथोल्न चाहेका थिए । ती सबैका प्रयासहरू असफल भए । महान् लेनिनको नेतृत्वमा सन् १९१७ अक्टुवर २५ का दिन रुसमा आम सशस्त्र जनविद्रोह सफल भयो । रुसमा पहिलो समाजवादी शिविरको झण्डा गाडियो । श्रमिक जनताको युगौं पुरानो सपना साकार भयो । मजदुर तथा किसानहरू देशका मालिक बने । फरवरी क्रान्ति पश्चात लेनिनले क्रान्तिको योजना नवनाएको भए शायद त्यही समयमै संसमा क्रान्ति सम्पन्न नहुन पनि सक्थ्यो ।
हामी माक्र्सवादको प्रतिपादन भएको १६३ वर्ष पछि महान् रुसी अक्टुवर समाजवादी क्रान्ति सम्पन्न भएको ९४ वर्ष पछि र महान् चीनीया नयाँ जनवादी क्रान्ति सम्पन्न भएको ६२ वर्ष पछि मा जनविद्रोमार्पmत नयाँ नेपाली जनवादी क्रान्ति पुरा गर्ने निर्णायाक विन्दुमा पुगेका छौं । र माक्र्सवाद लेनिनवाद–माओवादको मार्गनिर्देशन र ................संचालित नेपाली सर्वहारा वर्गको अग्रदस्ता एकीकृत नेकपा (माओवादी) नेपाली क्रान्तिको निर्णायक नेतृत्वकारी शक्ति हो । नेपाली क्रान्तिको वाँकी कार्यभार यही पार्टीले नै पुरा गर्नु पर्ने छ । तर यतिबेला नेपाली क्रान्तिको नेतृत्व गरिएको एकीकृत माओवादी पार्टीको मूख्य नेतृत्व नेपाली कम्युनिस्ट आन्दोलनलाई विसर्जन गर्ने, नेपाली क्रान्तिलाई विर्सजन गर्ने दिशातिर उन्मुख भइरहेको छ । जसका कारण क्रान्तिकारी माक्र्सवाद र दक्षिणपन्थि विर्सर्जनवादकाबीच, क्रान्तिकारी कार्यदिशा र सुधारवादी–संशोधनवादी कार्यदिशाका बीच र क्रान्ति गर्ने कि नगर्ने ? आदि विषयमा यति बेला पार्टीभित्र दुइलाइन सङ्घर्ष र विचारधारात्मको दुइलाइन सङ्घर्ष भीषण रूपमा संचालन भइरहेको छ ।
पार्टी भित्रको यो अवस्था एकाएक पैदा भएको होइन । यसको लामो श्रृंखला छ । महान्् दश वर्षे जनयुद्ध र २०६२÷०६३ मा सम्पन्न १९ दिने ऐतिहासिक जनआन्दोलनको बलबाट सामान्तवादी राजतन्त्रात्मक राज्यव्यवस्थाको अन्त्य भयो र एकखाले पूँजीवादी राज्य व्यवस्थाको स्थापना भयो । राजतन्त्रको अन्त्य त भयो, तर सत्ता वुर्जुवा वर्गको हातमा दलाल तथा नोकरशाही पूँजीपति वर्ग र सामन्तवर्गको हातमा गयो । जनक्रान्तिको स्वरूप धारण गरेको त्यो क्रान्तिलाई रुसमा सम्पन्न भएको फरवरि क्रान्तिको स्वरूपमा पनि लिन सकिन्छ । राजनीतिक सत्ता परिवर्तन हुने वित्तिकै, नयाँ सत्ता वुर्जुवा वर्ग अर्थात् साम्राज्यवाद र विस्तारवादका नेपाली दलालहरूको हातमा जाने वित्तिकै तत्कालिन नेकपा (माओवादी) ले रुसमा महान् लेनिनले फरवरि क्रान्तिलाई टेकेर आम सशस्त्र विद्रोह तयारी गरेर महान्् अक्टुवर समाजवादी क्रान्ति सम्पन्न गर्ने जुन वैज्ञानिक कार्यनीति तय गर्नु भएको थियो, त्यसै गरि २०६२÷०६३ को १९ दिने ऐतिहासिक जनआन्दोलनको सफलतालाई टेकेर सशस्त्र आम जनविद्रोह मार्पmत नेपाली क्रान्ति सम्पन्न गर्ने कार्यदिशाकासाथै अघि बढ्नु पथ्र्यो । तर त्यसो नगरी पार्टीको भूल नेतृत्वले साम्राज्यवादी र विस्तारवादीहरूका नेपाली दलालहरूका संझौता गर्दै अघि बढ्न थाल्यो । त्यहीनेरबाट पार्टीको मूल नेतृत्व भित्र वैचारिक विचलन पैदा भएको खुलारूपमा प्रकट हुन पुग्यो
वैचारिक, सैद्धान्तिक रूपमा विचलित भएर नै २०६३ मंसीर ५ गते नेपाल सरकारका वृहत शान्तिवार्तामा हस्ताक्षर गर्दै जनमुक्ति सेनालाई ............न्टोनमेन्टमा हुल्ने र हतियारलाई कन्टेनरमा लगेर थन्क्याउन तयार भयो । त्यतिमात्र होइन, महान् दश वर्षे जनयुद्धलाई अन्त्य गरेको घोषणा गर्दै जनयुद्धकै प्रक्रियामा निर्माण गरिएका स्थानीय जनसत्ता र जनसरकारहरूलाई खारेज गर्ने, जनयुद्धद्वारा निर्माण गरिएका जनकम्युनहरूलाई खारेज गर्ने देशी विदेशी प्रतिक्रियावादीहरूले तयार पारिदिएको दस्तावेजहरूमा समेत मूल नेतृत्व हस्ताक्षर गर्न पुग्यो ।
यति हुँदाहुँदै पनि पार्टी निर्णय गरिसकेको जनविद्रोहको कार्यदिशालाई स्थागित गरेर शान्ति र संविधान सम्बन्धी सुधारवादी कार्यदिशालाई बोकेर अगाढि बढ्ने पार्टीले निर्णय गरिसकेको सामन्तवाद साम्रज्यवाद विरोधी–सारतत्व बोकेको जनताको संघीय गणतन्त्रात्मक संविधान निर्माण गर्ने कार्यदिशालाई परित्याग गरेर देशी विदेशी प्रतिक्रियावादीहरूको निर्देशनमा चारबुँदे सम्झौतामा पुगेर लोकतान्त्रिक संविधान वनाउने सम्झौता पत्रमा हस्ताक्षर गर्न र साम्राज्यवादीहरू, विस्तारवादीहरू र तिनका नेपाली दलहरूको तयार पारिदिएको सात बुँदे सम्झौतामा पुगेर जनमुक्ति सेनालाई निसशस्त्रीयकरण गर्ने र विधिवत रूपमा ........ गर्ने मस्यौदामा हस्ताक्षर गरेर पार्टीको मूल नेतृत्व यतिबेला नेपाली कम्युनिस्ट आन्दोलनलाई विसर्जन गर्ने, नेपाली क्रान्तिलाई विसर्जन गर्ने तहमा फड्को मार्न पुगेको छ । सत्तामा पुग्नका निम्ति साम्राज्यवादीहरू र विस्तारवादीहरूलाई खुसी तुल्याउन र विश्वास दिलाउनका निम्ति पार्टीको निर्णय विपरित सहीहरूको रगतले साटिएका हतियारहरू सरकारलाई बुझाउने काम गरियो । त्यतिमात्र सरकारमा पुग्नका निम्ति राष्ट्रघाती ४ बुँदे सम्झौतामा गर्ने क्रममा जनसंविधान गर्ने पार्टीको निर्णय विपरित लोकतान्त्रिक संविधान बनाउने र जमिन्दारहरूलाई सुकुम्वासी किसानहरूले उपभोग गर्दै आएका घर जग्गा प्रशासन लगाएर भएपनि फिर्ता गर्ने पत्रमा हस्ताक्षर गर्ने काम भयो । यो नितान्त नेपाली क्रान्ति विरोधी क्रियाकलाप हो । भारतीय विस्तारवादी शासकहरूलाई खुसी तुल्याउने उद्देश्यले सन् ५० को असमान तथा राष्ट्रघाती सन्धिको पुनरावृत्तिको रूपमा रहेको भारतसंग विप्पा सम्झौता पहिले नै गरियो । यी सबै आत्मसमर्पणवादका निकृष्ट परिणामहरू थिए ।
फरवरी क्रान्तिपछि क्रान्तिको तयारी गर्नका निम्ति लेनिन पुन भूमिगत हुनु भएको थियो र भूमिगत अवस्थाबाटै क्रान्तिको नेतृत्व गर्नु भएको थियो । जसले गर्दा अक्टुवर क्रान्ति सम्पन्न गर्न सम्भव भयो । नेपाली क्रान्तिको नेतृत्व गरिरहेको एमाओवादीको मूल नेतृत्वले पनि पार्टीले लिएको जनविद्रोह कार्यदिशा पुरा गर्न आवश्यक परे भूमि पुनः भूमिगत भएर भए पनि क्रान्तिलाई अगाडि बढाउन तयार हुनु पथ्र्यो तर तेस्रो जनआन्दोलनका क्रममा सरकारले सामान्य प्रहरी परिचालन गर्ने वित्तिकै मूल नेतृत्वले आन्दोलन फिर्ता लिन काम ग¥यो । यी सबै कार्यहरू वैचारिक विचलन भएको ज्वलन्त परिणाम हो । वास्तविकता के हो भने सिद्धान्तलाई बेचेर खाने र राष्ट्रिय आत्मसमर्पणको बाटो पक्रनेहरूले क्रान्तिको नेतृत् वगर्न सक्तैनन् भन्ने तथ्यका पर्दाहरू एकपछि अर्को गर्दै खुल्दै छन् । मुख्य नेतृत्वको यो गतिविधिले नेपालमा नेपाली क्रान्तिको विसर्जन गरिने र क्रान्तिलाई धेरै टाढा पु¥याउने प्रयास गरिदै छ भन्न्े आभाष सजिलै पाइन्छ । तर दक्षिणपन्थि अवसरवादीहरू र संशोधनवादी एवम् प्रतिक्रान्तिकारीहरूले क्रान्तिलाई यसरी नै अलमल्याउने, विथोल्ने र विर्सजन गर्ने अभ्यास गरि नै रहन्छन् । तर क्रान्तिको पाङ्ग्रा चाहि राकिदैन । चीनमा मात्रै चिनीया कम्युनिस्ट पार्टीले माओसेतुङको नेतृत्वमा सन् १९२७ को छन् तु स्युको दक्षिणपन्थि विर्सजनवादको विरुद्धको सङ्घर्ष, त्यस पछि लि लि सानमा देखा परेको वामपन्थि दुस्साहवादका विरुद्धको सङ्घर्ष सन् १९३० देखि १९३५ सम्म वाङ्ग मिङ्गको उग्रवामपन्थि लाइन विरुद्धको दुइलाइन सङ्घर्ष संचालन गरेर ती सबैलाई परास्त गरेर मात्र चिनीया क्रान्ति सफलतामा पुगेको थियो ।
एमाओवादी पार्टी भित्र पनि यति बेला मुख्य नेतृत्व अवलम्बन गर्दै आएको दक्षिणपन्थि अवसरवादका विरुद्ध विचारसमूहले भीषण दुइलाइन सङ्घर्ष संचालन गरिरहेको छ । यो विचार सङ्घर्षले दक्षिणपन्थि अवसरवादीहरू र सुधारवादी संशोधनवादी विचारहरूलाई परास्त गरेर नयाँ ढंगको कम्युनिस्ट पार्टी निर्माण गरेर क्रान्तिलाई निर्णायक विन्दुमा पु¥याउने निश्चित किन भने क्रान्ति सम्पन्न गर्नलाई क्रान्तिकारी पार्टी पार्टीको आवश्यकता हुन्छ । क्रान्तिकारी विचार र क्रान्तिकारी नेतृत्वको पनि त्यत्तिकै आवश्यकता हुन्छ । पार्टी भित्र चलिरहेको दुइलाइन संघषले क्रान्तिको झण्डालाई मर्न दिने छैन र क्रान्तिका गद्दारहरूलाई पनि माफी दिने छैन । क्रान्तिको इतिहासको नियम पनि यही नै हो ।
Subscribe to:
Posts (Atom)