पिचेर जोसे प्रुधोँ (१८०९–१८६५)
प्रुधोँ विख्यात फ्रान्सीसी पत्रकार,
अर्थाशास्त्री र एवम समाजशास्त्री थिए । सुरुमा प्रुधोँ माक्र्सवादका कट्टर
समर्थक थिए । माक्र्स र एङ्गेल्सको पहलकदमीमा सन् १८६४ मा प्रथम
अन्तर्राष्ट्रियको गठन भएको थियो । प्रुधोँ त्यसको अध्यक्षमा चुनिएका थिए ।
पछि प्रुधोँ समाजवादी नभएर एक अराजकतावादीका संस्थापक तथा माक्र्सवादका
प्रमुख आलोचक बने । माक्र्सवादलाई अराजकता फैलाउने पहिलो व्यक्ति प्रुधोँ
नै थिए । उनी साम्यवादी सिद्धान्तका कट्टर विरोधी र यसलाई उनले कमजोरीको
शोषण मानेका थिए । उनले साम्यवादलाई काल्पनिक मानेका छन् । प्रुधोँले
माक्र्सवादलाई ‘गरिबको दर्शन’ भनेका छन् भने माक्र्सले प्रुधोँको दर्शनलाई
‘दर्शनको दरिद्रता’ भन्नुभएको छ । प्रुधोँ राज्यशक्तिका विरोधी र
स्वतन्त्रताका प्रबल समर्थक रहेका छन् । अन्तिममा प्रुधोँ प्रतिक्रियावादमा
पतन हुन पुगेका छन् ।
लुई ओग्युस्टिन ब्लाङ्की (१८०५–१८८१)
ब्लाङ्की
फ्रान्सीसी युरोपियाइ समाजवादी तथा असाधारण क्रान्तिकारी थिए । उनले
फ्रान्सको सन् १८३० र १८४८ को क्रान्तिमा भाग लिएका थिए । उनलाई दुईचोटि
मृत्युदण्डको सजाय सुनाइएको थियो । उनको आधा जीवन जेलमा नै बितेको थियो ।
उनले षड्यन्त्रको राजनीतिलाई आफ्नो विचार बनाएका थिए । उनले पुँजीवादको
विरोध र सामाजिक क्रान्तिको समर्थन गरेका थिए । षड्यन्त्रको उनको कार्यनीति
गलत भएकाले ब्लाङ्कीपन्थीहरूले असफलता भोग्नुपरेको थियो । क्रान्तिकारी
पार्टीको नेतृत्वमा श्रमिकवर्गले भाग लिएर मात्र क्रान्ति सफल हुन्छ भन्ने
उनले ध्यान नदिई षड्यन्त्रकारीलाई मात्र कार्यनीति बनाएको हुँदा उनका
विचारमा त्रुटिरहेको पाइन्छ । ब्लाङ्कीवाद यो उग्रवामपन्थी अराजकतावादी
प्रवृत्ति हो । यो माक्र्सवाद विरोधी विचारधारा हो । ब्लाङ्कीको प्रभाव
प्रथम अन्तर्राष्ट्रिय र पेरिस कम्युनमा पनि परेको थियो । पेरिस कम्युनमा त
उनको बहुमत थियो । माक्र्सले उनको क्रान्तिकारी स्पिरिटको उच्च मूल्याङ्कन
गर्दै उनको वैचारिक खण्डन गरेका थिए । ब्लाङ्कीवादले सर्वहारावर्गको
क्रान्तिकारी पार्टीको निर्माणमा जोड दिनुको साटो मुट्ठीभर व्यक्तिहरूको
भूमिकामा जोड दिन्थ्यो । यसले जनतामाथि भर पर्ने र जनतालाई गोलबन्द
गर्नुपर्ने र सर्वहारा अधिनायकत्व अन्तर्गत निरन्तर रूपमा क्रान्ति चलाउने
वर्गसङ्घर्षको महत्वलाई अस्वीकार गर्दथ्यो । यसले सर्वहारा अधिनायकत्व,
वर्गहीन, राज्यविहीन स्थितिको विरोध गर्दथ्यो । ब्लाङ्कीवादलाई अनुशरण
गरेकै महान्् पेरिस कम्युन असफलता व्यहोर्नुपरेको तर्क पनि गरिएको पाइन्छ ।
मिखाइल अलेक्सान्द्रोविच बाकुनिन (१८१४–१८७६)
बाकुनिन
रुसी क्रान्तिकारी र अराजकतावादका एक सिद्धान्तकार थिए । उनले १८४८–१८४९
मा जर्मनीको क्रान्तिमा सक्रिय भाग लिएका थिए । युरोपमा उनले अराजकतावादी
आन्दोलन सङ्गठित गरेका थिए । बाकुनिनको दर्शनको मुख्य आधारमा राज्य नै
मानिसको उत्पीडनको मुख्य तत्व हो भन्ने रहेको छ । उनी प्रथम
अन्तर्राष्ट्रियको सदस्य बन्न सफल भएका थिए । उनले माक्र्स र एगेंल्सको
घनघोर विरोध मात्र गरेनन् कि अन्तर्राष्ट्रिय मजदुर आन्दोलनको नेतृत्व
हत्याउने प्रयत्न समेत गरेका थिए । सन् १८७२ मा प्रथम अन्तर्राष्ट्रियबाट
बाकुनिनलाई कारबाही गरेर निकाला गरिएको थियो ।
फर्डिनान्ड लासाल
फर्डिनान्ड
लासाल जर्मन मजदुर सङ्घका संस्थापक अध्यक्ष थिए । लासाल जर्मन मजदुर
आन्दोलनका नेता, अराजकतावादको विशेष रूप र लासालवादका संस्थापक थिए ।
अर्थात् माक्र्सवादविरोधी अवसरवादी धाराका लासाल प्रमुख व्यक्ति थिए । उनले
राज्यलाई वर्गभन्दा माथिको सङ्गठन मान्दथे । उनको आफ्नो अवसरवादी धार र
प्रक्रिया राजतन्त्रसँग सम्झौतावादी थियो । लासालको विचारलाई लासालवाद
भनिन्छ । अध्यक्ष लासालले त्यसबेलाको मजदुर आन्दोलनमा एक छुट्टै कार्यक्रम
पेश गरेका थिए । वास्तवमा लासालको कार्यक्रम अर्थात† लासालवाद एक सुधारवादी
कार्यक्रम थियो । माक्र्स र एङ्गेल्सले यस कार्यक्रमलाई मजदुर आन्दोलनको
एक अवसरवादी भनी आलोचना गर्नुभएको थियो ।
एडवर्ड बर्नस्टिन (१८५०–१९३२)
एडवर्ड
बर्नस्टिन जर्मनका सामाजिक जनवादी क्रान्तिकारी मजदुर आन्दोलनका
संशोधनवादी प्रवक्ता हुन् । सन् १८८९ मा एङ्गेल्सको नेतृत्वमा दोस्रो
इन्टरनेसनलको स्थापना गरिएको थियो । सन् १८९५ मा एङ्गेल्सको मृत्यु भयो ।
सन् १८९६–१८९८ मा बर्नस्टिनले समाजवादको समस्या भन्ने लेख शृङ्खला प्रकाशित
गरेका थिए । ती लेखहरूमा उनले दर्शनशास्त्र, राजनीतिक अर्थशास्त्र तथा
वैज्ञानिक समाजका सिद्धान्तका क्षेत्रमा माक्र्सवादको आधारभूत प्रस्तावनाको
आलोचना गरेका थिए । फ्रेडरिक एङ्गेल्सको मृत्युपश्चात् सन् १८९६ मा दोस्रो
इन्टरनेसनलभित्र माक्र्सवादका विरुद्ध पहिलो पटक संशोधनवादको प्रस्ताव पेश
गर्ने पहिलो व्यक्ति एडवर्ग बर्नस्टिन हुन् । उनले द्वन्द्वात्मक
भौतिकवाद, वैज्ञानिक समाजवाद र सर्वहारावर्गको अधिनायकत्वलाई अस्वीकार गरी
वर्गसङ्घर्षलाई समाप्त पार्दै लैजाने सिद्धान्त प्रतिपादन गरेका थिए । उनले
क्रान्तिकारी सिद्धान्तलाई अस्वीकार गरी विकासवादको सिद्धान्त अनुसार
स्वयम् वर्गसङ्घर्ष समाप्त हुँदै जाने र मजदुरले क्रान्तिबाट पुँजीवादलाई
समाप्त गरी सर्वहाराको नेतृत्वमा समाजवादको स्थापनालाई अस्वीकार गरेकाले
उनको सिद्धान्तलाई संशोधनवाद भनिन्छ । दार्शनिक क्षेत्रमा प्लेखानोवले
बर्नस्टिनको संशोनवादको व्यापक खण्डन गरेका थिए । यसैबाट नै क्रान्तिकारी
माक्र्सवाद र क्रान्तिको सिद्धान्त अगाडि बढेको हो । लेनिनले रुसमा
बर्नस्टिनको संशोधनवाद र अर्थवादी तथा मेन्सेविक अन्तर्राष्ट्रिय आन्दोलनको
व्यापक आलोचना गरी क्रान्तिकारी माक्र्सवादी सिद्धान्तको रक्षा र विकास
गर्नेक्रममा लेनिनवादको प्रतिपादन गरेर माक्र्सवादको ज्ञानको भण्डारमा थप
योगदान पु¥याउनुभएको थियो र अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनलाई
समृद्धशाली तुल्याउनुभएको थियो ।
मार्ताेभ
मार्ताेभ रुसका एक
क्रान्तिकारी नेता थिए । सन् १९०३ मा लेनिन र मार्ताेभको बिचमा पार्टी
विधान, पार्टी निर्माण र परिचालनको विषयमा व्यापक विवाद भएको थियो ।
लेनिनले कम्युनिस्ट पार्टीको सदस्यले निश्चित लेवी तिर्नुपर्दछ भन्ने
प्रस्ताव गर्नुभएको थियो । मार्ताेभले यसको सोझै विरोध गरेका थिए । पार्टी,
सङ्गठन र पार्टी सदस्यहरूको अधिकारहरूका बारेमा लेनिनले अघि सार्नुभएका
माक्र्सवादी मान्यताहरूलाई मार्ताेभपन्थीहरूले अस्वीकार गरेका थिए ।
लेनिनले पार्टी सङ्गठन, सर्वहारावर्गको नेतृत्व र सर्वहारावर्गको
अधिनायकत्वबारे कडाइका साथ अघि सार्नुभएको थियो तर मार्ताेभपन्थीहरूले
लेनिनले अघि सार्नुभएका सबै माक्र्सवादी मान्यताहरूलाई अस्वीकार गरेका थिए ।
लेनिन र मार्ताेभका बिच भीषण दुईलाइन सङ्घर्ष सञ्चालन भयो । त्यही मतभेदको
कारण पार्टीमा विभाजन आयो । बोल्सेभिक र मेन्सेभिकको जन्म भयो । लेनिनको
नेतृत्वमा बोल्सेभिक पार्टी निर्माण र परिचालन भयो भने अल्पमत परेका
मार्ताेभहरूले मेन्सेभिक पार्टी चलाए । लेनिनको नेतृत्वमा सन् १९१७ मा
महान्् रुसी अक्टोबर समाजवादी क्रान्ति सम्पन्न भयो । यस दुईलाइन सङ्घर्षको
उत्कर्षतासँगै लेनिनले लेनिनवादको प्रतिपादन गर्नुभयो ।
अलेक्सान्द्रा एत्येन मिलेराँ (१८५९–१९४३)
अलेक्सान्द्रा
एत्येन मिलेराँ फ्रान्सीसी राजनीतिज्ञ थिए । १९औँ शताब्दीको अन्त्यतिर उनी
समाजवादी पक्षधर बनेका थिए र फ्रान्सीसी समाजवादी आन्दोलनमा उनले एक
अवसरवादी धाराको प्रतिनिधित्व गरेका थिए । उनी मन्त्रिमण्डलवादका पक्षपाती
थिए । उनी प्रतिक्रियावादी बुर्जुवा सरकारमा सामेल भएका थिए । १९०४ मा
उनलाई समाजवाद पार्टीबाट निकाला गरिएको थियो । १९२० देखि १९२४ सम्म उनी
फ्रान्सीसी गणराज्यका राष्ट्रपति समेत बनेका थिए । मिलेराँ
मन्त्रिमण्डलवादका प्रणेता हुन् । उनी संशोधनवादी गद्दारहरूको कोटामा
पर्दछन् ।
कार्ल काउत्स्की (१८५४–१९३८)
कार्ल काउत्स्की जर्मन
सामाजिक जनवादीको तर्फबाट दोस्रो इन्टरनेसनलका नेता थिए । सुरुमा उनी
अराजकतावादी प्रत्यक्षवादीहरूको प्रभावमा परेका थिए । दोस्रो इन्टरनेसनलको
गठन (१८८९) हुने क्रममै फ्रेडरिक एङ्गेल्ससँग उनको मतभेद भइसकेको थियो ।
उनले सर्वहारा अधिनायकत्वको आलोचना गर्दै ‘संसद वर्गस्वार्थदेखि मुक्त
हुनुपर्छ’ भन्ने चिन्तन अगाडि सारेका थिए । संसदीय जनवादको पक्षधर भएर
सर्वहारावर्गको अधिनायकत्वको विरोध गरेका थिए । उनी दोस्रो इन्टरनेसनलका
नेता र माक्र्सवादी विरोधी थिए । जर्मन कम्युनिस्ट पार्टी तथा दोस्रो
इन्टरनेसनलका चर्चित नेता काउत्स्की कुनै बेला घगडान माक्र्सवादी नेता थिए ।
जब उनी माक्र्सवादी सिद्धान्तबाट विचलित हुन पुगे, तब उनी लेनिनको शब्दमा
गद्दारको रूपमा पतन हुन पुगे । उनी विश्व साम्राज्यवादी युद्धकाल (सन्
१९१४–१९१८) मा मध्यवाद अर्थात् सामाजिक अन्धराष्ट्रवादी विचारधारा अपनाए र
यस विचारधारालाई उनले अन्तर्राष्ट्रियवादी शब्दाडम्बरले ढाकछोप गर्थे । उनी
प्रतिक्रियावादी सिद्धान्त ‘अतिसाम्राज्यवाद’ का प्रतिपादक समेत बने ।
उनले महान्् अक्टोबर समाजवादी क्रान्तिप्रति खुल्ला रूपमा सर्वहारा
क्रान्ति, सर्वहारा अधिनायकवाद र सोभियत सत्ताको विरोध गर्न पुगेका थिए ।
सन् १९१८ मा लेनिनले ‘सर्वहारा क्रान्ति र गद्दार काउत्स्की’ भन्ने पुस्तक
रचना गरेका थिए ।
ट्राटस्की
ट्राटस्कीको जन्म सन् १८७९ नोभेम्बर ७
मा युक्रेनको यानोम्कामा भएको थियो । सुरुमा उनको नाम लभ डेभोडोभिच थियो ।
उनले सन् १९०३ मा आफ्नो बदलेर लिओन ट्राटस्की राखेको थिए । कम्युनिस्ट
आन्दोलनका अन्तर्राष्ट्रियवादको आन्दोलनलाई सैद्धान्तिकीकरण गर्ने व्यक्ति
ट्राटस्की नै थिए । ट्राटस्कीको मतमा पुँजीवादको चरित्र विश्वव्यापी भएकाले
कम्युनिस्ट क्रान्तिको चरित्र पनि विश्वव्यापी नै हुनुपर्दछ । ‘विश्व
क्रान्तिको लागि विश्व कम्युनिस्ट पार्टीको निर्माण’ भन्ने ट्राटस्कीको मत
थियो । उनी स्तालिनको ‘एक राज्य समाजवादी’ सिद्धान्तको विश्वव्यापी
कम्युनिस्ट आन्दोलनलाई रुसले अगाडि बढाउनुपर्छ भन्ने पक्षमा थिए ।
निकिता ख्रुश्चोभ (१८९४–१९७१)
सन्
१९५३ मा स्तालिनको निधन भयो । त्यसपछि निकिता ख्रुश्चोभ सोभियत सङ्घका
नेता राष्ट्रपति बन्न पुगे । १९५६ मा सोभियत कम्युनिस्ट पार्टी
(वोल्सेभिक)को २०औँ महाधिवेशनका आयोजना गरियो । त्यस महाधिवेशनमा मध्यरातमा
ख्रुश्चोभले एउटा गोप्य रिपोर्ट पेश गरे र स्तालिनलाई खुनी, जँड्याहा,
जुवाडे हत्यारो आदि शब्दले गालीगलौज गर्दै विविध लाञ्छना र आरोपहरू लगाए ।
त्यति मात्र होइन ख्रुश्चोभले समाजवाद प्राप्तिको लागि शान्तिपूर्ण
सङ्क्रमणको बाटो र वर्ग समन्वयको बाटो अवलम्बन गर्न पुगे । उनले सम्पूर्ण
जनताको पार्टी, सम्पूर्ण जनताको राज्य र शान्तिपूर्ण सङ्क्रमणको सिद्धान्त
अवलम्बन गर्दै तथा वर्गसङ्घर्ष, सर्वहारा अधिनायकत्व, सशस्त्र सङ्घर्षको
सिद्धान्तका विरुद्ध भीषण हमला बोलेर ख्रुश्चोभले आधुनिक संशोधनवादलाई
सोभियत समाजवादमा घुसाएर माक्र्सवाद–लेनिनवादप्रति गद्दारी गर्न पुग्यो र
प्रतिक्रान्तिकारी बाटो अवलम्बन गर्न पुग्यो । ख्रुश्चोभको यो कार्यले
कम्युनिस्ट आन्दोलनमा संशोधनवादी धारा अगाडि बढ्यो र सोभियत सङ्घलाई
पुँजीवादमा पतन गराइछाड्यो । त्यसको लगत्तै माओत्सेतुङ र चिनियाँ
कम्युनिस्ट पार्टीले ख्रुश्चोभी नवसंशोधनवादका विरुद्ध अन्तर्राष्ट्रिय
स्तरमा महान्् बहस चलायो । ख्रुश्चोभी नवसंशोधनवाद संसारका विभिन्न
कम्युनिस्ट पार्टीहरूका हैजाका किटाणु झैँ गरी फैलियो । अहिले पनि
ख्रुश्चोभी आधुनिक संशोधनवाद विश्वसर्वहारा क्रान्तिको वाधकको रूपमा खडा
हुँदै आइरहेको छ ।
ल्यू शाओ ची (१८९८–१९६९)
ल्यू शाओ ची चीनका
राष्ट्रपति समेत भएका थिए । उनले १९५६ मा आयोजना गरिएको चिनियाँ कम्युनिस्ट
पार्टीको आठौँ महाधिवेशनमा समाजवादभित्र पुँजीवाद लागू गर्ने प्रस्ताव पेश
गरेका थिए । माओत्सेतुङले समाजवादमा पनि वर्गसङ्घर्ष जारी राख्नुपर्दछ
भन्ने विचार अघि सार्नुभएको थियो । माओले महान्् छलाङ भन्ने कार्यक्रम अघि
सार्नुभएपछि ख्रुश्चोभका चेला ल्यू शाओ चीले तीन आधुनिकीकरण नीति अघि
सारेपछि माओ र उनका बिचमा अन्तरविरोध सुरु भएको थियो । पार्टीको आठौँ
महाधिवेशनमा माओले समाजवादी बाटो अपनाउने, वर्गसङ्घर्ष पहिलो, उत्पादन
सङ्घर्ष दोस्रो भन्ने प्रस्ताव अघि सार्नुभयो भने ल्यू शाओ चीले पुँजवादी
बाटो अपनाउने पहिलो उत्पादन सङ्घर्ष र आर्थिक क्रान्ति र दोस्रो
वर्गसङ्घर्ष भन्ने ख्रुश्चोभी नीति अघि सारे । माओले भीषण दुईलाइन सङ्घर्ष
सञ्चालन गर्नुभयो । ल्यू पुँजीवादपन्थी थिए । पार्टीलाई बुर्जुवाकरण गरेका
कारण १९६६ देखि १९७६ सम्म माओको नेतृत्वमा महान्् चिनियाँ सर्वहारा
सांस्कृतिक क्रान्ति सञ्चालन गरियो । ल्यू शाओ चीलाई गद्दार घोषित गरी
जेलमा हालियो र पार्टीबाट समेत निकाला गरिएको थियो ।
देङ शियाओ पिङ
देङ
शियाओ पिङ दक्षिणपन्थी थिए । गद्दार ल्यू शाओ चीसँग देङलाई कारबाही गरी
पार्टीबाट बर्खास्त गरिएको थियो । दशौँ महाधिवेशनपछि देङ शियाओ पिङजस्ता
दक्षिणपन्थी गद्दारलाई कारबाही फुकुवा गरी पुनर्संरचना गरेर पार्टीले गल्ती
गरेको थियो । सन् १९७६ मा माओको निधन भयो । माओको मृत्युपछि देङ शियाओ पिङ
शक्तिमा आए । माओको मृत्युभएको एक महिना नपुग्दै अक्टोबरमा चिनियाँ
प्रतिक्रान्ति भयो । देङ शियाओ पिङले चार आधुनिकीकरणको सिद्धान्त अपनाई
चीनमा मिश्रित अर्थतन्त्र र खुला बजारी समाजवादको सिद्धान्त लागू गरेर
चीनमा पुँजीवादको पुनस्र्थापना गरियो । चिनियाँ प्रतिक्रान्तिको प्रमुख
नाइके र प्रयोगकर्ता गद्दार देङ शिओ पिङ थिए ।
यी माथिका उल्लिखित
संशोधनवादी गद्दारहरू विश्व कम्युनिस्ट आन्दोलन र सर्वहारा क्रान्तिलाई
ठुलो क्षति पु¥याए । यसले नेपाली कम्युनिस्ट आन्दोलन र नेपाली क्रान्तिलाई
पनि गम्भीर क्षति पु¥याएको छ । २०१३ साल वैशाख ३ गतेदेखि मनमोहन अधिकारी र
डा. केशरजङ्ग रायमाझीको माध्यमबाट नेपालमा ख्रुश्चोभ पनि नवसंशोधनवाद
नेपाली कम्युनिस्ट आन्दोलनमा घुस्न सफल भएको हो । पहिलो चरणमा यसले
२०२०÷२०२२ सालतिर पार्टी फुटाउन सफल भयो । दोस्रोमा एक कालखण्डमा शक्तिशाली
कम्युनिस्ट पार्टी बन्न पुगेको एमालेलाई दक्षिणपन्थी संशोधनवादी भासमा
डुबाउन सफल भयो । तेस्रो चरणमा अहिले वर्तमान नेपाली क्रान्तिको नेतृत्व
गरिरहेको एकीकृत नेकपा माओवादीभित्र सुनामी बेगका साथ सवार भइरहेको छ ।
समयमै यसलाई बाँदर लखेटाइ गरेर माओवादी पार्टीबाट लखेट्न सकिएन भने नेपाली
क्रान्तिलाई ठुलो नोक्सान पु¥याउने प्रवल सम्भावना छ ।
३. नेपालमा नवसंशोधनवाद
नेपालमा
कम्युनिस्ट पार्टीको स्थापना २००६ सालमा भएको हो । संशोधनवाद
अन्तर्राष्ट्रिय परिघटना हुनुको कारण त्यसको असर नेपालमा स्वाभाविकै थियो र
गहिरो गरी प¥यो पनि । स्थापनाको प्रारम्भमा नै पार्टीले नेपालमा
सामन्तवाद, साम्राज्यवाद तथा भारतीय विस्तारवादका हस्तक्षेपका विरुद्ध
जनताको जनवादी क्रान्ति सम्पन्न गर्नु पर्ने आवश्यकता औल्याउँदै विश्वको
मजदूरवर्गको आन्दोलन र विश्व कम्युनिस्ट आन्दोलनसँग राम्रो एकता गर्ने
कुरामाथि जोड दिएको थियो र नेपाली क्रान्तिका सही रणनीति र कार्यनीति
निक्र्याैल गरेको थियो ।
इतिहासका तथ्य अनुसार २०१० सादलेखि नै नेपालमा
संशोधनवादको थालनी भएको पाइन्छ । २०१० सालमा सम्पन्न नेकपाको पहिलो
महाधिवेशनमा मनमोहन अधिकारीद्वारा प्रस्तुत तथा पारित दस्ताबेजमा यस अघि
हिन्दुस्तान र विदेशी पुँजीपतिप्रति गलत नीति लिएको र कार्यक्रममा चीन र
रुस पट्टी मात्र झुकाव देखिएको कुरालाई “वामपन्थी भूल” भएको बताइएको छ ।
यसरी एकातिर भारतिय विस्तारवाद र वैदेशिक दलाल पूजीपति वर्गप्रति झुकाव
राखिएको छ र दरवारपरस्त मनमोहन अधिकारीलाई महासचिवमा पु¥याइएको घटनाले
त्यसै अवधिदेखि नेपाली कम्युनिस्ट आन्दोलनभित्र संशोधनवादले–प्रवेश पाएको
देखिन्छ ।
नेपालमा संशोधनवाद विभिन्न रूपमा देखा पर्दै आएको छ ।
नेपालको कम्युनिस्ट पार्टीभित्र संशोधनवादको प्रवेशको अवधि र
प्रवृत्तिहरूबारे संस्थापक महासचिव कमरेड पुष्पलालले चर्चा गर्दै भन्नुभएको
छ, “यो अवधि कूल मिलाई चौध वर्षको अवधि रह्यो । प्रथम महाधिवेशन २०१०
सालदेखि तेस्रो महाधिवेशन २०१९ र त्यसपछि तेस्रो ऐतिहासिक राष्ट्रिय
सम्मेलनसम्मको ६ वर्षको अवधि । यो अवधिभित्र हाम्रो पार्टी नेतृत्वमा पहिले
पूँजीवादी पिछलग्गू विचारधाराले घर जमायो भने पछि क्रमिक रूपबाट विशेष गरी
सन् १९६० को शाही हस्तान्तरणपछि सामन्ती राजावादी विचारधाराले प्रभुत्व
जमाएको पाउँछौँ । अतः यस अवधिलाई हामीहरूले नेपाली कम्युनिस्ट आन्दोलनमा
संशोधनवाद तथा अवसरवादको उत्पत्ति, विकास र त्यो पराकाष्ठाको अवस्थामा
पुगेको पाउँछौँ ।” कमरेड पुष्पकमलको यो भनाइबाट नेपाली कम्युनिस्ट
आन्दोलनभित्र संशोधनवाद केके आवरण बोकेर प्रवेश गरेको रहेछ भन्ने बारेमा
जानकारी लिन सक्दछौँ । इतिहासको अध्ययनबाट हामी के पाउँछौँ भने २०१०
सालदेखि २०१९ सालको तेस्रो महाधिवेशनभन्दा अघि नेपालमा संशोधनवाद
वर्गसङ्घर्षको विरोधमा वर्ग सामन्तवाद, कानुनी माक्र्सवाद, र राजपरस्त
प्रवृत्ति देखा परेको थियो । २००८ सालमा तत्कालीन सरकारले नेकपामाथि
प्रतिबन्ध लगाएको थियो । २०१२ सालमा पार्टीलाई वैधानिक बनाउनका लागि
तत्कालीन महासचिव मनमोहन अधिकारीद्वारा राजाको वैधानिक नायकत्वमा समाजवादमा
जान सकिने कुरा उल्लेख गरी राजाकहाँ विन्तीपत्र चढाइएको पत्र २०१३ साल
वैशाख ३ गते राजदरबारमा पठाइएको थियो र २०१३ वैशाख ४ गते सरकारले ५ वर्ष
पहिलेदेखि लागउँदै आएको प्रतिबन्ध हटाइदिएको थियो । यो सबै कुराको चरम
उत्कर्ष रायमाझीको राजावादी लाइनमा गएर भयो ।
तेस्रो महाधिवेशनमा
ख्रुश्चोभी लाइनमा आधारित ‘राष्ट्रिय प्रजातन्त्र’ को कार्यक्रम र संसदवादी
कार्यनीतिलाई स्वीकार गरियो । यसरी तेस्रो महाधिवेशनसम्ममा आइपुग्दा
नेपाली कम्युनिस्ट आन्दोलन पुरै दक्षिणपन्थी संशोधनवादको दलदलमा फस्न
पुग्यो । त्यसभित्रका क्रान्तिकारीहरू अल्पमतमा रहन पुगे ।
तेस्रो
महाधिवेशन पश्चात् नेपालमा माक्र्सवाद–लेनिनवाद–माओविचारधारा मान्ने
नमान्ने, नयाँ जनावादलाई अङ्गीकार गर्ने कि नगर्ने, राजा तथा
काङ्गे्रसप्रति वर्गीय दृष्टिले स्पष्ट हुने कि नहुने, सशस्त्र सङ्घर्षको
बाटा अवलम्बन गर्ने कि नगर्ने, महान्् चिनियाँ सर्वहारा सांस्कृतिक
क्रान्तिलाई अङ्गीकार गर्ने र नगर्ने जस्ता विषयमा गम्भीर प्रकारका दुईलाइन
सङ्घर्षहरू चलेका थिए । यो प्रक्रियामा वर्ग समन्वयवाद, सम्झौतावाद,
सुधारवाद तथा पुच्छरवादका रूपमा संशोधनवाद अभिव्यक्त भएको थियो र त्यो
बिचमा नेपाली कम्युनिस्ट आन्दोलन विभिन्न धाराहरू एवम् उपधाराहरूमा विभाजित
हुन पुग्यो जो अहिलेसम्म त्यो अवस्था यथावतै छ ।
नेपाल कम्युनिस्ट
पार्टी नेपाली सर्वहारावर्गको अग्रदस्ता हो र यो विश्व कम्युनिस्ट
आन्दोलनको एक टुकडी पनि हो । अन्तर्राष्ट्रियतावाद यसको विश्व दृष्टिकोण हो
।
संशोधनवाद अन्तरराष्ट्रिय परिघटना हुनुको कारणले अन्तरराष्ट्रिय
कम्युनिस्ट आन्दोलनमा पैदा भएका मतभेद र दुईलाइन सङ्घर्षबाट नेपाली
कम्युनिस्ट आन्दोलन पनि प्रभावित हुनु स्वाभाविकै हो । यो आन्दोलन प्रभावित
हुँदै आएको छ । यस सन्दर्भमा स्तालिन, खु्रश्चोभ, युरो कम्युनिज्म आदि
बारे स्पष्ट हुन आवश्यक हुन्छ ।
यहाँ गहिरो अध्ययनका साथ विश्लेषण र
संश्लेषणमा पुग्न आवश्यक कुरा यो छ कि सन् ६० को दशकको वरपर सोभियत सङ्घमा
विना कुनै प्रभावशाली प्रतिरोध पुँजीवादको पुनस्र्थापना गर्न खु्रश्चोभी
संशोधनवादी गुट सफल भएपछि माओले एकातिर विश्वको पहिलो समाजवादी व्यवस्थाका
उपलब्धिहरूको रक्षाका निम्ति सङ्घर्ष गर्नुभयो भने अर्काेतिर कमजोरी कहाँ
भयो, जसको परिणाम यस प्रकारको अवस्था सिर्जना भयो भन्ने प्रश्नमाथि गम्भीर
अध्ययनमा जुट्नुभयो । नवसंशोधनवादी खु्रश्चोभ गुटले स्तालिनका विरुद्ध भएका
प्रलापका विरुद्ध स्तालिनको रक्षामा अगाडि आउनु तथा स्वयम् स्तालिनका
कतिपय कमजोरीहरूको व्याख्या गर्नुलाई यसै सन्दर्भमा बुझ्न आवश्यक छ । कमरेड
माओको मूल्याङ्कन एकातिर कमरेड स्तालिनलाई सङ्कीर्ण रूपले नकार्ने
दक्षिणपन्थी संशोधनवादी गद्दार तथा स्तालिनका गल्तीलाई समेत सकारात्मक
देखाउने सङ्कीर्ण जडसूत्रीय संशोधनवादका विरुद्ध रहेको छ । यस सन्दर्भमा
अन्तरराष्ट्रिय कम्युनिस्ट आन्दोलनमा पहिलो पङ्क्तिमा बाकुनिन, टिटो,
खु्रश्चोभ आदि पर्दछन् भने दोस्रो पङ्क्तिमा अल्वानियाको अनवर होक्जा आदि
पर्दछन् । यहाँनेर हामीले यो कुरालाई पनि ध्यान दिन आवश्यक हुन्छ कि कमरेड
स्तालिनको ‘मानोलिथिक’ सम्बन्धी धारणा र नोकरशाहीको विरोधका नाममा युरो
कम्युनिज्मले बुर्जुवा अराजकतावादी बहुलवादको कोणबाट वस्तुतः माक्र्सवादकै
एकीकृत द्वन्द्वात्मक भौतिकवादी विज्ञानको विरोध गर्न पुगेको थियो । यसको
प्रत्यक्ष प्रभाव नेपाली कम्युनिस्ट आन्दोलनमा पर्न स्वाभाविकै थियो र प¥यो
पनि ।
४. एमालेरूपी दक्षिणपन्थी संशोधनवादी धारा
तेस्रो
राष्ट्रिय महाधिवेशन पश्चात् नेपाली कम्युनिस्ट आन्दोलन फुट, विभाजन भएर
विभिन्न गुट र उपगुटहरूमा छरप्रस्ट छन् । २०२०÷२०२१ म नेकपा विभाजन हुन
पुग्यो । २०२५ सालमा पुष्पलालले गोरखपुरमा राष्ट्रिय सम्मेलन गरेर नेपाल
कम्युनिस्ट आन्दोलनलाई एकीकृत पार्ने प्रयास गर्नुभयो तर सफल हुनुभएन ।
नयाँ जनवादी क्रान्तिको कार्यक्रम भने पारित भयो ।
संशोधनवाद र
प्रतिक्रियावादका विरुद्ध धावा बोल्दै २०२८ सालमा झापा विद्रोह विष्फोट भयो
। झापा विद्रोहको जगमा टेकेर २०३५ सालमा नेपाल कम्युनिस्ट पार्टी (माले)
को जन्म भयो । झापा विद्रोहका कतिपय उग्रवामपन्थी भड्काउहरू सच्याउने नाममा
मालेले क्रान्तिकारी बाटोलाई परित्याग गरी दक्षिणपन्थी संशोधनवादी बाटो
पकड्न पुग्यो र २०३७ सालमा झापा विद्रोहमा प्रयोग गरिएका हतियारहरू कोशी
नदीमा बगाइदिने निर्णय ग¥यो । माक्र्सवादको आधारभूत सिद्धान्तभित्र पर्ने
वर्गसङ्घर्ष, सशस्त्र सङ्घर्ष र सर्वहारावर्गको अधिनायकत्वलाई परित्याग
गरेर वर्गसङ्घर्ष, शान्तिपूर्ण सङ्क्रमणको बाटो र पुँजीवादी अधिनायकत्वलाई
आत्मसात् गर्न पुग्यो । मालेले आफ्नो दक्षिणपन्थी संशोधनवादी यात्रा
फराकिलो पार्नेक्रममा २०३८ सालमा चीनमा भएको प्रतिक्रान्तिलाई अस्वीकार
ग¥यो र चीनमा समाजवाद भएको निष्कर्षमा पुग्यो । महान्् चिनियाँ सर्वहारा
सांस्कृतिक क्रान्तिलाई निषेध गर्ने र माओविचारधारालाई मार्गदर्शक
सिद्धान्तबाट हराउन पुग्यो । खुस्चोबी आधुनिक संशोधनवादको समर्थन गर्दै
मालेले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको क्रममा २०४४ सालमा पूर्वी
युरोप, रुस, चीन, भियतनाम लगायतका देशहरूमा पुँजीवादको स्थापना भएको कुरा
स्वीकार गरेन र ती सबै मुलुकहरूलाई समाजवादी नै देख्न पुग्यो । यस प्रकारको
मूल्याङ्कन र निष्कर्षले मालेलाई आधुनिक संशोधनवादको स्तरमा गिराइदियो ।
पञ्चायती चुनावमा भाग लिन पुगेर मालेले सुधारवादी–संसदवादी राजनीतिक
कार्यदिशाको एक निकृष्ट बाटो समातेर पार्टीलाई पञ्चायतीकरण गर्दै लग्यो ।
दक्षिणपन्थी संशोधनवादमा गिर्दै जानेक्रममा मालेले २०४६ सालको जनआन्दोलनमा
क्रान्तिकारी तथा वामशक्तिसँगको एकतालाई लत्याएर नेपाली काङ्ग्रेसको पुञ्छर
बन्नु, जनवादी क्रन्तिको नारालाई तिलाञ्जली दिएर नेकांको संसदीय
प्रजातन्त्रको पुनस्र्थापनाको नारालाई स्वीकार्न नेकां र राजा सहितको
त्रिपक्षीय गठबन्धनमा आधारित धोकापूर्ण सम्झौतामा टुङ्ग्याउने जस्ता
अत्यन्तै नीच र घृणित खेल खेल्न उसको दक्षिणपन्थी संशोधनवादमा पतनको अन्तिम
पराकाष्ठा थियो । त्यसरी गिर्नेक्रममा सुधारवादी मिलेराँवाद
मन्त्रिमण्डलवादकै नेपाली संस्करणका रूपमा मात्र सीमित नरहेर युरो
कम्युनिज्म र दक्षिणपन्थी नवसंशोधनवादकै नेपाली संस्करणका रूपामा गिर्न
पुग्यो । उसले त्यत्तिमा मात्र सीमित राखेन, २०४७ सालको प्रतिक्रियावादी
संविधान निर्माण गर्ने काममा जुन निकृष्ट भूमिका खेल्यो, त्यसले माले
पार्टीलाई प्रतिक्रियावादी वर्ग र त्यसको राजनीतिक व्यवस्थाको एक बफादार
चाकरका रूपमा परिणत गरिदियो । ठुलो पार्टी बन्ने मोहमा कथित पार्टी एकताका
नाममा संशोधनवाद तथा सुधारवादको चरमा स्थितिमा पुगेपछि ठुलो पार्टी बनाई
संसदमा बहुमत ल्याउनु र प्रतिगामी सरकार बनाउनु, सबै थोक छाड्दै अनकौँ
विजातीय गु्रपहरूलाई समेट्दै तथा क्रान्तिकारीलाई पाखा लगाउँदै विगतका
भ्रष्ट पञ्चहरू, गलत तत्वहरूलाई पार्टीमा छल्न जसरी ठान्यो र यसै अनुरूप
पार्टी एकता ग¥यो ।
२०४९ साल माघमा पार्टीको पाँचौँ राष्ट्रिय
महाधिवेशन गरेर एमालेले दक्षिणपन्थी एवम् यूरो कम्युनिज्ममा आधारित जनताको
बहुदलीय जनवाद नाम संशोधनवादी एवम् सुधारवादी विचार पारित गराएर उसले
वर्गसङ्घर्ष, सर्वहारा अघिनायकत्व र सशस्त्र क्रान्तिको सिद्धान्तलाई
तिलाञ्जली दिन पुग्यो । त्यसले स्पष्टतः जनवादको निषेध तथा पुरानो
पुँजीवादी विचारधाराप्रतिको पूर्ण समर्पणमा गिरायो र दक्षिणपन्थी
संशोधनवादमा पतन भइसकेपछि एमालेले सत्तामा पुग्न र सत्तामा टाँसिरहने
उद्देश्यले साम्राज्यवाद र विस्तारवादका सामु आत्मसमर्पण गर्न पुग्यो ।
२०५३ सालमा भारतसँग महाकाली सन्धि गरेर राष्ट्रघाती कदमले आफुलाई अनुमोदन
ग¥यो । एक कालखण्डमा क्रान्तिकारी पार्टी ठानिएको कम्युनिस्ट पार्टी, नीति
सिद्धान्त, कार्यक्रम र कार्यदिशालाई लत्याएर अगाडि बढेपछि अर्को कालखण्डमा
कहाँ पुग्दो रहेछ भन्ने कुरा एमाले पनि एउटा बलियो प्रमाण हो ।
५. जड्सूत्रीय संशोधनवादी धारा
मोहनविक्रम
सिंहले २०२८ सालमा न्यूक्लियसको गठन गरे । त्यसैको जगमा टेकेर २०३१ सालमा
चौथो महाधिवेशन गरियो र महासचिवमा मोहनविक्रम सिंह चुनिए । एकीकृत चौममा
विभाजन आयो र त्यसभित्रबाट नेकपा (मशाल) को निर्माण हुन पुग्यो । अर्काे र
चौम कायमै रह््यो । मसालको नेतृत्व पनि मोहनविक्रमले नै सम्हाले ।
मोहनविक्रममा रहेको जडसूत्रीय संशोधनवादी चिन्तन र सङ्कीर्ण विचारले गर्दा
मसालमा पनि विभाजन आयो र त्यसभित्रबाट नेकपा (मसाल) बन्न पुग्यो । मशाल
कायमै रह््यो । मसालको नेतृत्व मोहनविक्रमले गर्दै आए । कुनै पनि
वस्तुभित्र हुने अनिवार्य गतिलाई अस्वीकार गर्ने विचार नै जडसूत्रवाद हो ।
आफ्ना मान्यतालाई जहिले पनि ठिक हुन् भन्ने धारणाबाट निर्देशित कार्य
प्रणाली पनि जडसूत्रवादी कार्य प्रणाली हो । त्यसैले यो विचार
द्वन्द्ववादको ठिक विपरीत छ ।
मोहनविक्रम सिंहमा कायम रहँदै आएको
जडसूत्रीय संशोधनवादले नेपाली कम्युनिस्ट आन्दोलन र नेपाली क्रान्तिलाई
गम्भीर प्रकारको क्षति पु¥याउँदै आएको छ । जडसूत्रीय संशोधनवादले
प्रतिक्रियावादी शक्तिलाई नै सेवा गर्दछ । दस वर्ष जनयुद्धलाई मोहनविक्रम
सिंहले घोर विरोध गरेर प्रतिक्रियावादीहरूलाई सहयोग पु¥याएका थिए भने अहिले
एमाओवादीको प्रचण्ड–बाबुरामको नवसंशोधनवादी तप्कालाई समर्थन गरेर मोहन
बैद्यले नेतृत्व गरेको क्रान्तिकारी विचारलाई घोर विरोध गर्दै आएका छन् ।
यो उनको जडसूत्रीय संशोधनवादकै पराकाष्ठा हो ।
६. प्रचण्ड–बाबुराम नवसंशोधनवादमा पतन
एकीकृत
माओवादीका अध्यक्ष प्रचण्ड र उपाध्यक्ष डा.बाबुराम भट्टराई दक्षिणपन्थी
नवसंशोधनवादमा पुगेर पतन हुन पुगेका छन् । प्रचण्ड–बाबुरामले दस बर्से
जनयुद्धको नेतृत्व गरेका थिए । माओवादी पार्टी शान्ति प्रक्रियामा सामेल
भएदेखि यता करिब ६ वर्षसम्म प्रचण्ड–बाबुरामले एमाओवादी पार्टीको मुख्य
नेतृत्व सम्हाल्दै आए । एमाओवादीको प्रमुख जिम्मेवारी वहन गर्दै आएका
प्रचण्ड–बाबुराम भट्टराई कसरी दक्षिणपन्थी नवसंशोधनवादमा पतन हुन पुगे
भन्ने विषयमा व्यापक छलफल, विश्लेषण र संलेषण गर्न र त्यस विषयमा गहिरो
अध्ययन गर्न आवश्यक छ । किन भने त्यही पार्टीभित्रबाट लामो समयदेखि
क्रान्तिकारी विचार समुहको नामबाट दुईलाइन सङ्घर्ष र विचारधारात्मक
अन्तरसङ्घर्ष सञ्चालन गर्दै आएको मोहन बैद्य ‘किरण’ समुहले नवसंशोधनवादसँग
सम्बन्ध विच्छेद गरेर नेकपा–माओवादी पुनर्गठन गरिसकेको छ र नेपाली
क्रान्तिलाई विजयको दिशातिर पु¥याउने जनयुद्धको जगमा जनविद्रोह मार्फत््
नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने सही कार्यदिशाका साथ अगाडि बढिसकेको छ ।
प्रचण्ड–बाबुरामको नवसंशोधनवादी यात्रा
माओवादी पार्टीभित्र
दक्षिणपन्थी नवसंशोधनवाद एकाएक प्रकट हुन पुगेको होइन । २०५२ मा सम्पन्न
दोस्रो राष्ट्रिय सम्मेलनले जुन २१ औँ शताब्दीको जनवाद भन्ने प्रस्ताव
पारित ग¥यो, त्यसदेखि नै सैद्धान्तिक, वैचारिक रूपले माओवादी पार्टीको
नवसंशोधनवादी यात्रा सुरु भएको थियो । यो निर्णय पार्टीले सुनियोजित ढङ्गले
गरेको देखिन्छ किनकि युद्धकै प्रक्रियामा गोलमेच सम्मेलन, संयुक्त
राष्ट्रिय सरकार र संविधान सभाको एजेन्डा अगाडि सारियो र दुई दुई पटकसम्म
सरकारसँग शान्ति वार्ता पनि गरियो । यी नाराहरू त सुधारवादी र संसदवादी नै
थिए । चुनवाङबाट लोकतान्त्रिक गणतन्त्रलाई कार्यनीतिक नारा बनाउनु र
संसदवादी दलहरूसित १२ बुँदे सम्झौता गर्नुले पनि माओवादीको संशोधनवादी
यात्रालाई फराकिलो बनाउन मलजल ग¥यो । एमाओवादीको मूल नेतृत्वमा रहँदै आएका
प्रचण्ड–बाबुराममा नवसंशोधनवादका २ वटा प्रवृत्तिहरू बलियो भएर आएका छन् ।
(१) वर्गीय आत्मसमर्पणवाद । (२) राष्ट्रिय आत्मसमर्पणवाद ।
(१) वर्गीय आत्मसमर्पणवाद
प्रचण्ड–बाबुरामले
माक्र्सवादका आधारभूत मान्यताहरू परित्याग गर्दै जानु, पार्टीले निर्णय
गरेको नेपाली क्रान्तिको जनविद्रोहको कार्यदिशालाई लत्र्याउनु, पार्टीका
निर्णयहरू कार्यान्वयन नगर्नु आदि वर्गीय आत्मसमर्पणवादभित्रै पर्दछन् ।
साथै स्थानीय जनसत्ता र जनआन्दोलनहरूको खारेजी गर्न युद्धकालीन अवस्थामा
पार्टीले कब्जा गरेका घर जग्गा पुनः सामन्त र जमिनदारहरूलाई फिर्ता गराउनु,
सुकुम्बासीहरूलाई सुरक्षाफौज प्रयोग गरेको डोजर लगाएर धपाउनु जस्ता
कार्यहरू प्रचण्ड–बाबुरामका वर्गीय आत्मसमर्पणवादका निकृष्ट र घृणित नमूना
हुन् । त्यस्तै पार्टीभित्रका क्रान्तिकारीहरूलाई पाखा लगाएर
अवसरवादीहरूलाई मात्रै काखी च्यापेर अघि बढ्नु र नेपाली क्रान्तिप्रति ठुलो
गद्दारी बेइमानी हो । यिनै हुन् प्रचण्ड–बाबुरामका राष्ट्रिय
आत्मसमर्पणवादका निकृष्ट र घृणित नमूनाहरू ।
२. राष्ट्रिय आत्मसमर्पणवाद
साम्राज्यवाद
र विस्तारवादका सामु प्रचण्ड–बाबुरामले लम्पसार परेर आत्मसमर्पण गर्नु नै
राष्ट्रिय आत्मसमर्पणवाद हो । साम्राज्यवाद र विस्तारवादका नयाँ नेपाली
दलाल बनेर उनीहरूकै निर्देशनमा भारतसँग बिप्पा सम्झौता गर्नु, सरकारी सेना
परिचालन गरेर जनमुक्ति सेनालाई आत्मसमर्पण गर्न लगाएर विघटन र विसर्जन
गराउनु प्रचण्ड–बाबुरामको एक जघन्य राष्ट्रिय आत्मसमर्पणवादका पराकाष्ठा हो
। साथै साम्राज्यवादी र विस्तारवादीकै निर्देशनमा संविधानसभाको अवसान
गराउनु राष्ट्रिय आत्मसमर्पणवादको घृणित र नीचतापूर्ण क्रियाकलाप हो ।
राष्ट्रिय समर्पणवादको योभन्दा अर्काे नमूना हुनै सक्तैन ।
नवसंशोधनवादी प्रकृतिबारे
संशोधनवाद,
दक्षिणपन्थी संशोधनवाद, नवसंशोधनवाद अर्थात् सबैखाले संंशोधनवाद
प्रतिक्रियावादमा परिणत भइसकेको छ तर नवसंशोधनवादीहरूले भने आफुलाई
क्रान्तिकारी नै भएको देखाउन ठुलो कसरत गरिरहेका हुन्छन् । माक्र्सवादको
खोल ओढेर क्रान्तिकारी आवरण दिइरहेका हुन्छन् र जनतालाई भ्रम सिर्जना
गरिरहेका हुन्छन् । नवसंशोधनवादमा गिरिसकेका प्रचण्ड र बाबुरामले पनि
अहिलेसम्म क्रान्तिकै कुरा गरिरहेका छन् । माक्र्सवाद–लेनिनवाद–माओवादका
कुरा गरिरहेका छन् । प्रचण्ड–बाबुरामले जन–विद्रोहको कुरा गरिरहेका छन् ।
नवसंशोधनवादीहरूको चरित्र यस्तै हुन्छ । एमाले पनि अहिलेसम्म नेपाली
क्रान्ति र जनवादको कुरा गर्न छोडेको छैन । एमालेहरू र प्रचण्ड–बाबुरामले
क्रान्तिका कुरा गर्नु नवसंशोधनवादी चरित्रको एउटा नमूना मात्र हो ।
नवसंशोधनवादीहरू फुटपरस्त
इतिहासदेखि
नै संशोधनवादीहरू फुटपरस्त रहँदै आएका छन् । नेपाली कम्युनिस्ट आन्दोलनमा
५० वर्षको अवधि टुट, फुट र विभाजनको रहँदै आएको छ । नेपाली कम्युनिस्ट
आन्दोलनलाई विभाजित गर्ने, फुटाउने र टुटाउने काममा दक्षिणपन्थी
नवसंशोधनवाद नै जिम्मेवार रहँदै आएको छ । पार्टीको पहिलो महाधिवेशनदेखि नै
दक्षिणपन्थी संशोधनवाद हावी हुँदै आयो र त्यसले तेस्रो महाधिवेशनमा पुगेर
खु्रश्चोभपन्थी ‘राष्ट्रिय प्रजातन्त्र’ नामक पुँजीवादी कार्यदिशा पारित
गरे पश्चात् नेपाली कम्युनिस्ट आन्दोलन विभाजित हुन पुग्यो । एमाले
दक्षिणपन्थी संशोधनवादमा पतन भए पश्चात् अधिनायकत्व र सशस्त्र क्रान्तिको
सिद्धान्तलाई परित्याग गरेपछि नेपाली कम्युनिस्ट आन्दोलन विभाजित अवस्थामा
रहन बाध्य भयो । दस बर्से महान्् जनयुद्धको नेतृत्व समेत गरेका
प्रचण्ड–बाबुरामलाई दक्षिणपन्थी नवसंशोधनवादमा गिर्न पुगेपछि एमाओवादीमा
फुट पैदा गरेर अहिले नेकपा–माओवादी पुनर्गठित हुन बाध्य भयो । यसबाट पनि के
सिद्ध भएको छ भने संशोधनवादीहरूले नै कम्युनिस्ट पार्टीमा फुट ल्याउँछन् ।
उपसंहार
माक्र्सवादको जन्म सँगसँगै दक्षिणपन्थी अवसरवाद र
संशोधनवादको पनि जन्म भएको हो । माक्र्सवादका प्रवर्तक कार्ल माक्र्स र
फ्रेडरिख एङ्गेल्सले माक्र्सवादभित्र घुस्न सफल भएका अवसरवादीहरू,
दक्षिणपन्थी संशोधनवादीहरूका विरुद्ध कडा वैचारिक, सैद्धान्तिक सङ्घर्ष
गरेर प्रथम अन्तर्राष्ट्रियभित्र रहेका अवसरवादी, अराजकतावादी एवम्
संशोधनवादीहरूको कडा रूपमा भण्डाफोर गरे मात्र नक्कली समाजवादीहरूबाट
माक्र्सवादलाई जोगाएर रक्षा र विकास गर्नुभएको थियो । यस विषयमा फ्रेडरिख
ऐङ्गल्सले भन्नुभएको छ– “सर्वहारावर्गको विकास जहाँ कहाँ पनि आन्तरिक
सङ्घर्षको बिचबाटै अगाडि बढ्छ । जस्तो कि माक्र्स र म आफैँले पनि अरू
कसैसँग नभएर बढी नक्कली समाजवादीहरू विरुद्ध जीवनमा कठिन लडाइँ लडेका थियौँ
।”
भीआई लेनिनले पनि दोस्रो अन्तर्राष्ट्रियभित्र प्रवेश गरेका
संशोधनवादीहरू र बोल्सेविक तथा मेन्सेविकभित्र सङ्गठित हुन पुगेका
अवसरवादी, संशोधनवादी र विसर्जनवादी गद्दारहरू र उनीहरूले अङ्गालेका
संशोधनवादी विचारका विरुद्ध भीषण अन्तरसङ्घर्ष गर्नेक्रममा लेनिनवादको
प्रतिपादन गरेर माक्र्सवादलाई समृद्धशाली तुल्याउनुभयो र रुसमा समाजवादी
क्रान्ति सम्पन्न गर्नुभएको थियो ।
माओत्सेतुङले पनि चिनियाँ
कम्युनिस्ट पार्टीभित्र उत्पन्न भएका विभिन्नखाले अवसरवादी प्रवृत्तिका
विरुद्ध भीषण दुईलाइन सङ्घर्ष सञ्चालन गरेर माओत्सेतुङ विचारधाराको
प्रतिपादन गर्नुभयो र माक्र्सवाद–लेनिनवादलाई समृद्धशाली तुल्याउनुभयो र
सन् १९४९ मा महान्् चिनियाँ नयाँ जनवादी क्रान्ति सम्पन्न भयो । साथै,
माओले समाजवादी देश चीनमा सरकार र पार्टीको उच्च तहमा घुस्न सफल भएका
पुँजीवादका एजेन्टहरू ल्यु शोओ ची र लिन पियाओहरूका विरुद्ध भण्डाफोर गर्दै
महान्् सर्वहारा सांस्कृतिक क्रान्ति सञ्चालन गरेर प्रतिक्रान्ति रोक्न
निरन्तर क्रान्तिको सिद्धान्त प्रतिपादन गर्नुभयो र खु्रश्चोभी
नव–संशोधनवादका विरुद्ध विश्वस्तरमै महान्् बहस सञ्चालन गरेर
माक्र्सवाद–लेनिनवाद र माओत्सेतुङ विचारधारालई समृद्धशाली तुल्याउनुभयो ।
यसबाट के प्रमाणित भएको छ भने आन्तरिक सङ्घर्षबाटै सर्वहारावर्गको विजय
भएको छ ।
अहिले पनि आन्तरिक रूपमा दक्षिणपन्थी संशोधनवाद नै सर्वहारा
क्रान्तिको वाधकको रूपमा खडा हुँदै आइरहेको छ । दुईलाइन सङ्घर्षको
माध्यमबाट यसलाई परास्त गरेर मात्र सर्वहारावर्गले आफ्नो वर्गको मुक्ति
सम्भव तुल्याउन सक्छ ।
No comments:
Post a Comment