Wednesday, March 20, 2013

दक्षिणपन्थी नवसंशोधनवाद ः नेपाली क्रान्तिको बाधक


विचारधारात्मक रूपमा माक्र्सवादलाई नेपाली क्रान्तिको क्षेत्रमा सिर्जनात्मकरूपले प्रयोग र विकास गर्ने सवालमा दक्षिणपन्थी संशोधनवाद बाधक बन्दै आएको छ । २००६ साल बैशाख १० गते (सन् १९४९ अप्रिल २२ तारिख) का दिन क. पुष्पलालको नेतृत्वमा भारतको कोलकाता शहरमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भयो । नयाँ जनवादी क्रान्तिको माध्यमबाट साम्राज्यवाद र सामन्तवादलाई समूल नष्ट गरी जनताको जनवादी राज्यव्यवस्था स्थापना गर्दै वैज्ञानिक समाजवाद हु“दै साम्यवादसम्म पुग्ने लक्ष्य बोकेर नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो । स्थापनाको ६० वर्ष पार गरिसक्दासम्म पनि नेपाली क्रान्ति सम्पन्न हुन सकिरहेको छैन । यति लामो अवधि पार गरिसक्दासम्म पनि नेपाली क्रान्ति किन सम्पन्न हुन सकिरहेको छैन ? यसका प्रमुख र गौण बाधक तत्वहरू के–के हुन् ? कुन बाधक तत्वलाई परास्त गरेर मात्र क्रान्तिको निसाना किटान गर्न सकिन्छ र नेपाली क्रान्तिका लक्ष्यहरू प्राप्त गर्न सकिन्छ ? आदि विषयमा वर्तमान नेपाली कम्युनिस्ट आन्दोलनभित्र ब्यापकरूपमा बहस आरम्भ गर्न आवश्यक छ भन्ने आशयका साथ यो लेख लेख्ने प्रयत्न गरिएको छ ।
हामी माक्र्सवादी र क्रान्तिकारी कम्युनिस्टहरूले के कुरा बुझ्न आवश्यक छ भन्ने लाग्छ भने माक्र्सवादी सर्वहारा श्रमजीवीवर्गको मुक्तिको सैद्धान्तिक हतियार हो । विश्वसर्वहारा वर्गको मुक्तिको मार्गदर्शक सिद्धान्त माक्र्सवादभन्दा अर्को कुनै पनि वैज्ञानिक तथा क्रान्तिकारी सिद्धान्त छैन । माक्र्सवादको उद्भव र विकास सन् १८४८ बाट भएको थियो । सन् १८४७ मा कम्युनिस्ट लिगले कार्लमाक्र्स र फ्रेडरिक एंगेल्सलाई कम्युनिस्ट घोषणापत्र तयार पार्ने जिम्मा दियो । सन् १८४८ को फेब्रुअरीमा माक्र्स र एंगेल्सले कम्युनिस्ट घोषणापत्र जारी गर्नुभयो । बेलायतमा विकास अर्थतन्त्र र जर्मनमा विकास भइरहेको दर्शनशास्त्र र फ्रान्समा विकास भएको समाजको विषद् अध्ययन–विश्लेषण र आफूभन्दा पूर्वका महान् दार्शनिक हेगेल र तुडविक फायरबाख एवम् सेन्ट साइमन, रबर्ट ओवेल, चाल्र्स फूरियलगायत काल्पनिक समाजवादीहरूका विचारहरूबाट गहन शिक्षा ग्रहण गर्दै कार्लमाक्र्स र फ्रेडरिक एंगेल्सले कम्युनिस्ट घोषणापत्र जारी गर्नुभएको थियो । कम्युनिस्ट घोषणापत्र त्यसपछि विश्वसर्वहारा श्रमजीवीवर्गको मुक्तिको सैद्धान्तिक हतियार र अचूक अस्त्र बन्न पुग्यो ।
कार्लमाक्र्स र फ्रेडरिक एंगेल्सले माक्र्सवादको प्रतिपादन गर्नु भन्दा पहिले पश्चिमी युरोपका केही देशमा पुँजीवादी क्रान्तिहरू सम्पन्न भइसकेका थिए र पुँजीवादको विकाससँगै औद्योगिक मजदूरहरूको पनि जन्म भइसकेको थियो । सोह्रौ शताब्दीदेखि विकसित भएको ब्रिटेनको औद्योगिक क्रान्तिले व्यापक परिवर्तन ल्याएको थियो । त्यस परिवर्तनसँग औद्योगिक सर्वहारावर्गको चेतनामा पनि परिवर्तन ल्याएको थियो । त्यसताका मजदूरहरूलाई पुँजीपतिवर्गले निर्मम शोषण र उत्पीडन मच्चाउ“दै आएको थियो । पुँजीपतिहरूविरुद्ध सङ्घर्ष गरे पनि प्रमुख अन्तर्विरोध छुट्याउन सक्ने चेतनाको विकास मजदूरमा भएको थिएन । त्यसैले ब्रिटेनका मजदूरहरूले कारखानाका मेशिनहरूलाई प्रमुख दुश्मन ठानी मेशिन तोड्ने (लुडाइट) आन्दोलन समेत सञ्चालन गरेका थिए । तर त्यो आन्दोलन असफलतामा टुंगिएपछि मजदूरहरूमाथि उद्योगपतिहरूले निर्मम दमन गरेका थिए ।
सन् १८३२ देखि सन् १८४२ सम्म बेलायतका मजदूरहरूले चर्टिष्ट आन्दोलन शुरु गरेका थिए । मजदूर वर्गीय आन्दोलनले मार्गनिर्देशन गर्ने वैज्ञानिक र क्रान्तिकारी सिद्धान्तको अभावले गर्दा चर्टिष्ट आन्दोलन पनि असफलतामा टुंगिएको थियो । सन् १७८९ मा सम्पन्न फ्रान्सेली राज्यक्रान्तिपश्चात् विकास भएको पुँजीवादले पनि फ्रान्समा औद्योगिक मजदूरवर्गको व्यापक संख्यामा विकास भएको थियो । फ्रान्स र जर्मनीका मजदूरहरूले पनि ठूला–ठूला मजदूर आन्दोलनहरू सञ्चालन गरेका थिए । तर मार्गदर्शन सिद्धान्तको अभाव र सङ्गठन अभावका कारण ती सबै एकातिर पुँजीवादको विकास प्रतिक्रियावादमा पतन हु“दै गयो भने अर्कोतिर यसका बिरुद्ध भएका स्वस्फूर्त सङ्घर्षहरू असफलतामा टुुंगिदै गए । यी घटनाक्रमहरूले सर्वहारा श्रमजीवीवर्गको मुक्तिका लागि वैज्ञानिक सिद्धान्तको खाँचो पनि झनै बढेर गयो । तर सन् १८४८ मा कार्लमाक्र्स र फ्रेडरिक एंगेल्सद्वारा कम्युनिस्ट घोषणापत्रमार्फत माक्र्सवादको प्रतिपादन गरेपश्चात् विश्व सर्वहारावर्गले आफ्नो सङ्घर्षको मार्गनिर्देशन गर्ने वैज्ञानिक सिद्धान्तको खाँचो पनि पूरा ग¥यो ।
माक्र्सवादको जन्म र विकासको छोटै अवधिभित्रै दक्षिणपन्थी अवसरवादले प्रवेश गर्ने मौका पाएको थियो । सन् १८६४ मा कार्लमाक्र्सले लण्डनमा प्रथम अन्तर्राष्ट्रियको आयोजना गर्नुभयो । त्यही अन्तर्राष्ट्रिय नेता प्रुंधोले नै पहिलोपटक माक्र्सवादभित्र दक्षिणपन्थी अवसरवादको बीऊ रोपेका थिए । घुनले बीऊको बीज खाई सिध्याएझै माक्र्सवादभित्र घुनको रूपमा प्रवेश गरेको दक्षिणपन्थी संशोधनवादले माक्र्सवादलाई नष्ट पार्न ठूलो प्रयत्न ग¥यो । तर माक्र्सले त्यसविरुद्ध भीषण वैचारिक सङ्घर्ष सञ्चालन गर्नुभयो र त्यसबाट जोगाउने र हुर्काउने काम गर्नुभयो ।
लेनिनको समय ल्पेखानोभ र स्टालिनको समयमा ट्राटस्कीले दक्षिणपन्थी संशोधनपन्थी बाटो लिए । त्यसका विरुद्ध लेनिन र स्टालिनले पनि भीषण वैचारिक सङ्घर्ष सञ्चालन गर्नुभयो र माक्र्सवादको सिर्जनात्मक प्रयोग गर्दै लेनिनवादको विकाससमेत गर्नुभयो । सन् १९५६ मा सोभियत कम्युनिस्ट पार्टी (बोल्सेभिक) ले आयोजना गरेको २० औं महाधिवेशनमा निर्णायकरूपमा शान्तिपूर्ण संक्रमणकालको रूपमा विश्व कम्युनिस्ट आन्दोलन पुगेको निष्कर्ष निकाल्दै औपचारिकरूपमा नै ख्रुश्चोभले खुला नवसंशोधनवादको विजारोपण ग¥यो । त्यसलाई युगोस्लाभियाका राष्ट्रपति मार्शल टिटोले समर्थन गरेपश्चात् चिनियाँ कम्युनिस्ट पार्टीका शिक्षाध्यक्ष कमरेड माओत्सेतुङले महाविवादको विश्वघोषणा गर्नुभयो र संशोधनबाद र दक्षिणपन्थी विचलनविरुद्ध भीषण वैचारिक सङ्घर्ष छेड्नुभयो । ख्रुश्चोभी नवसंशोधनवादका किटाणुहरू हैजाका किटाणुझै भएर विश्व कम्युनिस्ट आन्दोलनभित्र फैलिए । यसले विश्व कम्युष्टि आन्दोलनभित्र ठूलो प्रभाव पा¥यो । नेपाल पनि यसबाट अछुतो रहन सकेन ।
वि.सं. २००८ सालमा तत्कालीन राणा–कांग्रेस सरकारले नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगायो । २०१० सालमा सम्पन्न नेकपाको प्रथम महाधिवेशनले मनमोहन अधिकारीलाई महासचिवमा निर्वाचित ग¥यो । कम्युनिस्ट पार्टीले संवैधानिक राजतन्त्रलाई स्वीकार्ने शर्तमा २०१२ साल माघ १३ गते तत्कालीन सरकारले नेपाल कम्युनिस्ट पार्टीमाथि २००८ सालदेखि लगाउ“दै आएको प्रतिबन्ध हटायो । त्यसै दिनदेखि संस्थागतरूपमा नेपाल कम्युनिस्ट पार्टीभित्र दक्षिणपन्थी संशोधनवादले प्रवेश गरेको हो ।
२०१४ सालमा सम्पन्न नेकपाको दोस्रो राष्ट्रिय महाधिवेशनबाट डा. केशरजंग रायमाझी महासचिवमा निर्वाचित हुनपुगे । उनले २०१७ पुस १ गते राजा महेन्द्रद्वारा गरिएको ‘कू’ (शाही कदम) लाई समर्थन गरेर पार्टीलाई दरबारमा बुझाउने कोसिस गरे । २०१९ सालमा सम्पन्न नेकपाको तेस्रो राष्ट्रिय महाधिवेशनले रायमाझीलाई कारवाही गरेर फ्याँकिदियो र तुलसीलाल अमात्यको नेतृत्वमा केन्द्रीय कमिटी निर्माण ग¥यो तर त्यस महाधिवेशनले पनि पार्टीभित्र घुस्न सफल भएको दक्षिणपन्थी संशोधनवादलाई भने पूर्णरूपमा निर्मूल गर्न सकेन । तुलसीलाल अमात्यले नेतृत्व गर्दै आएको केन्द्रीय कमिटीले सही दिशानिर्देश र सही नेतृत्व प्रदान गर्न नसकेपछि २०२२÷२०२३ सालतिरबाट नेपाली कम्युनिस्ट आन्दोलन टुटफुट र छिन्नभिन्न हुन पुग्यो । त्यसपछि नेपाली कम्युनिस्ट आन्दोलनभित्र व्यापक निराशा, कुण्ठा, पलायन र शिथिलता छायो । त्यही परिवेशमा पूर्वी नेपालमा संगठित हुन पुगेका कम्युनिस्ट क्रान्तिकारीहरूले चीनमा क.माओले सञ्चालन गर्नुभएको महान् चिनियाँ सांस्कृतिक क्रान्ति र भारतको विहार प्रान्तमा नक्सलगढीमा चासमजुमदारको नेतृत्वमा सञ्चालन भइरहेको नक्सलवादी सशस्त्र किसान आन्दोलनबाट प्रभावित भई २०२८ साल जेठ ३ गते देखि सशस्त्र दक्षिणपन्थी भासमा डुबेर शिथिल बन्न पुगेको नेपाली कम्युनिस्ट आन्दोलनलाई झक्झक्याएर ब्यू“ताउने काम ग¥यो ।
झापा सङ्घर्षका क्रान्तिकारीहरूले कोअर्डिनेशन कमिटी छ“दै २०३५ साल पुस ११ मा नेकपा (माले) को पुनर्गठन गर्न पुगे भने २०३१ मा चौथो महाधिवेशन सम्पन्न गरी मोहनविक्रम सिंहको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी (चौ.म) को गठन हुन पुग्यो । यीे दुबै धारहरू अलग धारबाट अघि बढ्दै गए भने अन्य समूह पनि आ–आफ्नै ढंगले अघि बढे । यसरी नेपाली कम्युनिस्ट आन्दोलन विभाजित अवस्थामा अघि बढे पनि क्रान्तिको न्यूनतम लक्ष्य नौलो जनवाद र अधिकतम लक्ष्य समाजवाद र साम्यवाद राख्दै आएका थिए भने नेपाली क्रान्तिको मार्गदर्शक सिद्धान्त माक्र्सवाद–लेनिनवाद र माओत्सेतुङ विचारधारा राख्दै आएका थिए । तर झापा विद्रोहबाट जन्म भएर कोअर्डिनेशन कमिटी हु“दै पुनर्गठन हुन पुगेको नेकपा (माले) भित्र २०४३÷०४४ देखि राजनीतिक विचलन शुरु भयो । तत्कालीन नेकपा (माले) ले निरंकुश राजतन्त्रको तानाशाही एवम् निर्दलीय तथा निरंकुश पञ्चायती व्यवस्थाले तोकेको मापदण्डभित्र रहेर २०४३ सालमा राष्ट्रिय पञ्चायतको चुनावमा र २०४४ सालमा स्थानीय निकायहरूको निर्वाचनमा भाग लियो । माले समूहको पञ्चायती निर्वाचनमा निःशर्तरूपमा भाग लिनु वैचारिक विचलनको उपज थियो ।
२०४४ सालमा नेकपा (माले) ले क्रान्तिको मार्गदर्शन सिद्धान्तबाट माओत्सेतुङ विचारधारालाई झिक्ने र सामाजिक साम्राज्यवादमा पतन भइसकेको सोभियत संघलाई समाजवादी मुलुक नै मान्ने निर्णय ग¥यो । २०४६ भदौमा सम्पन्न चौथो महाधिवेशनबाट नेकपा (माले) नयाँ जनवादी कार्यक्रमभित्र ‘बहुदलीयता’ भन्ने शब्द घुसाएर माक्र्सवादको गुदीको रूपमा रहेको वर्गसङ्घर्षलार्ई हटाएर वर्गसमन्वयको बाटो अबलम्वन गर्न पुग्यो र २०१२ सालबाट शुरु भएको नेपाली कम्युनिस्ट आन्दोलनभित्रको दक्षिणपन्थी संशोधनवादलाई नयाँ कडीको रूपमा जोड्न पुग्यो । २०४६ सालको संयुक्त जनआन्दोलनबाट नेपाली जनताले सीमित रूपमा प्रजातन्त्र प्राप्त गरे । २०४७ साल कार्तिक २३ गते राजा वीरेन्द्रद्वारा जारी गरिएको २०४७ सालको संविधानलाई केही बुँदाहरूमा मात्र असहमति जनाउ“दै संवैधानिक राजतन्त्रलाई स्वीकार गर्न पुग्यो ।
२०४७ साल पुस २२ गते नेकपा (माले) र नेकपा (माक्र्सवादी) बीच पार्टी एकता भई नेकपा (एमाले) को पुनर्गठन भएपश्चात् तत्कालीन नेकपा (एमाले) का महासचिव मदन भण्डारीले नयाँ जनवादी कार्यक्रमको ठाउ“मा नेपाली क्रान्तिको कार्यक्रमका रूपमा “जनताको बहुदलीय जनवाद” नामक नेपाली क्रान्तिको नवीनतम सिद्धान्त भन्दै अघि सारे । २०४९ माघ १४–१८ मा सम्पन्न नेकपा (एमाले) को पाँचौ राष्ट्रिय महाधिवेशनले मदन भण्डारीले प्रस्तुत गरेको जनताको बहुदलीय जनवादलाई अनुमोदन ग¥यो । र, एमालेद्वारा आयोजना गरिएका छैठौं, सातौं र आठौं राष्ट्रिय महाधिवेशनले समेत जवजलाई निरन्तरता दियो र नेपाली क्रान्तिको कार्यनीतिक सिद्धान्त भनी पारित गर्दै आयो । अहिले नेकपा (एमाले) जबजलार्ई नेपाली क्रान्तिको न्यूनतम कार्यक्रम र समाजवाद र साम्यवादलाई अधिकतम कार्यक्रम भन्दै आएको भए पनि जबज भनेको मिखाइल गोर्भाचोवले सुधारका नाममा अघि सारेको ‘प्रेस्त्रोइका र ग्लास्तनोस्त’ जस्तोबाहेक अर्को केही पनि होइन । यसरी नेकपा (एमाले) सिद्धान्ततः दक्षिणपन्थी भासमा डुब्न पुग्यो ।
यही परिवेशमा २०५२ साल फागुन १ गतेदेखि तत्कालीन नेकपा (माओवादी) ले सशस्त्र जनयुद्धको थालनी ग¥यो । बहुत ठूलो त्याग बलिदान गर्दै उपलब्धिहरू हासिल गर्दै १० वर्षे जनयुद्धले नेपाली कम्युनिस्ट आन्दोलनभित्र मात्र होइन साम्राज्यवाद र विस्तारवादको आडभरोसामा टिकेको प्रतिक्रियावादी राज्यव्यवस्थालाई समेत धराशायी बनाउन सफल भयो । तत्कालीन नेकपा (माओवादी) द्वारा सञ्चालित १० वर्षे जनयुद्धको बलले निर्माण भएको २०६२÷०६३ को १९ दिने जनआन्दोलनले निरंकुश राजतन्त्रलाई पराजित ग¥यो र २०६४ चैत २८ गते सम्पन्न ऐतिहासिक संविधानसभाको निर्वाचनपश्चात २०६५ जेठ १५ गते बसेको संविधानसभाको पहिलो बैठकले २ सय ४० वर्षे सामन्ती राजतन्त्रलाई अन्त्य गरी लोकतान्त्रिक गणतन्त्र घोषणा ग¥यो । त्यसपछि नेपाल नयाँ युगमा प्रवेश ग¥यो र एकखाले पुँजीवादी ब्यवस्थाको आगमन भयो ।
सामन्तवादी राजतन्त्रात्मक राज्य व्यवस्थाको अन्त्य भई बुर्जुवा गणतन्त्रको स्थापना भए तापनि नेपाली समाजको आधारभूत चरित्रमा खासै परिवर्तन भएको छैन । देश अहिले पनि अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थाबाट गुज्रिरहेको छ र नेपाली नयाँ जनवादी क्रान्तिको चरित्रमा कुनै फेरबदल आएको छैन् । अहिलेको परिस्थिति भनेको शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउने, समाजवादउन्मुख नयाँ जनसंविधान निर्माण गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यब्यवस्थालाई संस्थागत विकास गर्दै आर्थिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रमा व्यापक रूपान्तरण गरी मुलुकलाई समृद्ध बनाउ“दै अघि बढाउनु हो । तर नेपाली क्रान्ति सम्पन्न गर्ने कार्यभार त बँँकी नै रहन्छ ।
रणनीतिक लक्ष्य एउटै हु“दाहु“दै पनि कार्यनीतिक लक्ष्यमा मतभेद उत्पन्न हु“दै आएका कारण नेपाली कम्युनिस्ट आन्दोलन विभाजित रह“दै आएको छ । यतिबेला नेपालमा विविध प्रकारका कम्युनिस्ट केन्द्रहरू क्रियाशील रह“दै आएका छन् । यो बहुकेन्द्र प्रणालीलाई छिट्टै हटाउन र नेपालमा एउटै कम्युनिस्ट केन्द्र स्थापना गर्न आवश्यक छ । यो कार्य पूरा गर्नका लागि नेपाली कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्न आवश्यक हुन्छ । तर अहिले नै त्यो परिस्थिति भने निर्माण भइसकेको छैन ।
अहिले नेपाली कम्युनिस्ट आन्दोलन दुई ध्रुवमा ध्रुवीकृत हुन पुगेको छ । एउटा क्रान्तिकारी ध्रुव भने अर्को हो दक्षिणपन्थी ध्रुव । क्रान्तिकारी ध्रुवको नेतृत्व यतिबेला एकीकृत नेकपा माओवादीले गरिरहेको छ भने दक्षिणपन्थी ध्रुवको नेतृत्व नेकपा एमालेले गरिरहेको छ । एमाले दक्षिणपन्थी तथा संशोधनवादी पार्टी हो । जनताको आधारभूत तहबाट एमाले कटिसकेको छ भने मध्यमवर्गका जनताको एउटा तप्कालाई एमालेले समेट्दै आएको छ । सोभियत संघको विघटनपछि पूर्वी युरोपका कम्युनिस्ट पार्टीहरू सोसल डेमोक्रेटिक पाटीको रूपमा परिणत भएझै एमाले पनि सोसल डेमोक्रेटिक पार्टीको रूपमा परिणत भइसकेको छ । तर एमालेले आफूलाई कम्युनिस्ट नै भएको प्रचार गरेर नेपाली जनतालाई भ्रमित तुल्याउ“दै आएको छ । नेपाली क्रान्ति सम्पन्न गर्ने अभियानमा वैचारिक दलदलमा फसेको बाधकको रूपमा खडा हु“दै आएको छ । नेपाली जनताको बीचबाट एमालेलाई नअलग्यासम्म एमाले नेपाली क्रान्तिको तगारोको रूपमा खडा भइरहने छ । सोभियत रुसमा ख्रुश्चोभी नवसंशोधनवादलाई त्यहाँका कम्युनिस्टहरूले समयमै चिरफार गर्ने र त्यसलाई परास्त गर्न नसक्दा लेनिनको नेतृत्वमा बोल्सेभिकहरूले निर्माण गरेको समाजवाद ढल्यो । यो राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाक्रमहरूबाट शिक्षा ग्रहण गरिसकेको एकीकृत नेकपा माओवादीको नेतृत्वमा नेपाली आकाशमा मडारिरहेको ख्रुश्चोभपन्थी नवसंशोधनवादलाई छिटोभन्दा छिटो परास्त गरेर नेपाली कम्युनिस्ट आन्दोलनलाई क्रान्तिकारी धारमा एकीकृत गर्दै एउटै कम्यनिष्ट केन्द्र निर्माण गरेर नेपाली क्रान्तिका नयाँ आधारहरू तयार गर्नका निम्ति व्यापकरूपमा वैचारिक बहस आरम्भ गर्न आवश्यक छ ।

No comments:

Post a Comment