Friday, March 29, 2013
सन्दर्भ ः दुईलाइन सङ्घर्ष सञ्चालन
‘पार्टीभित्र विभिन्न किसिमका विचारहरूका बिच विरोध र सङ्घर्ष निरन्तर चलिरहन्छ, यो समाजमा भएका वर्ग अन्तरविरोध र नयाा तथा पुरानाका बिचको अन्तरविरोधको पार्टीभित्र पर्ने प्रतिविम्व हो, पार्टीभित्र अन्तरविरोधहरू रहेनन् भने र तिनलाई समाधान गर्न विचारधारात्मक सङ्घर्ष (दुई लाइन सङ्घर्ष) भएनन् भने पार्टीको जीवनको अन्त्य हुनेछ ।’ – माओत्सेतुङ
एकीकृत नेकपा(माओवादी) को गत महिना सम्पन्न केन्द्रीय समितिको पूर्ण बैठकले अध्यक्ष प्रचण्डद्वारा गत कात्तिक ५–११ सम्म पालुङ्टारमा सम्पन्न छैठौं विस्तारित बैठकले निर्णय गरेको जनविद्रोहको कार्यदिशालाई स्थगित गरेर शान्ति र संविधानको कार्यदिशा बहुमतले पारित गरेपछि पार्टीले आत्मसमर्पणवादी बाटो पकडेको ठहर गर्दै वरिष्ठ उपाध्यक्ष क. मोहन बैद्य ‘किरण’ ले आफ्नो फरक मत प्रस्तुत गर्दै नोट अफ डिसेन्ट लेखेपश्चात एमाओवादी पार्टीभित्र यतिखेर क्रान्तिकारी धारा र दक्षिणपन्थी अवसरवादी धारा बिच भिषण दुई लाइन सङ्घर्ष सञ्चालन भइरहेको छ । पार्टी भित्र चल्ने दुई लाइन सङ्घर्ष सम्वन्धी विश्व कम्युनिस्ट आन्दोलनको शिक्षा र यसको परिचालन र पद्धतिका बारेमा कन्द्रित रहेर यो लेख्ने पर्यत्न गरिएको छ ।
कम्युनिस्ट पार्टीको घोषणापत्र कार्ल माक्र्स र फ्रेडरिक एङ्गेल्सले तयार पार्नुभएको थियो र कम्युनिस्ट लिगद्वारा सन् १८४८ मा जारी गरिएको थियो । कम्युनिस्ट घोषणापत्रमार्फत् सर्वप्रथम वैज्ञानिक समाजवाद र साम्यवादका युगान्तकारी सिद्धान्तहरूलाई विश्वसामु प्रस्तुत गरिएको थियो । कम्युनिस्टहरूको मूल कार्यक्रम कम्युनिस्ट घोषणापत्र हो । उद्घोषसहित लेखिएको यो घोषणापत्र सर्वहारा वर्गको मुक्तिको सैद्धान्तिक हतियार बन्यो । अर्थात् कार्ल माक्र्स र प्रेडिरिक एङ्गेल्सद्वारा तयार पारेर जारी गरिएको कम्युनिस्ट घोषणापत्रमार्फत् माक्र्सवाद प्रतिपादन हुन पुग्यो । र, माक्र्सवाद सर्वहारावर्गको मुक्तिको सैद्धान्तिक अस्त्र बन्यो ।
कम्युनिस्ट लिग कम्युनिस्ट पार्टीको पहिलो सङ्गठन हो । यसको निर्माण माक्र्स र एङ्गेल्सले गर्नुभएको थियो । अतः कम्युनिस्ट पार्टीको स्थापना गर्ने काम कार्ल माक्र्स र फ्रेडरिक एङ्गेल्सले गर्नुभएको थियो भने कम्युनिस्ट पार्टीको सङ्गठनात्मक संरचना भी.आई. लेनिनले तयार पार्नुभएको थियो र तेस्रो अन्तर्राष्ट्रियद्वारा सन् १९२१ मा पारित गरी जारी गरिएको थियो । यसमा सर्वहारा वर्गीय पार्टीको आम खाका कोरिएको छ । लेनिनद्वारा कम्युनिस्ट पार्टी निर्माण र परिचालनसम्बन्धी पार्टी सङ्गठनमा आवद्ध पार्टी सदस्यहरूले पालना गर्नुपर्ने आम आचारसंहितासहितको जनवादी केन्द्रीयताको सिद्धान्तसमेत समावेश गरिएको छ, जसलाई लेनिनवादी सङ्गठनात्मक सिद्धान्त भनिन्छ । तल्लो कमिटी माथिल्लो कमिटीको मातहतमा रहनु, अल्पमत बहुमतको मातहतमा रहनु, सम्पूर्ण पार्टी सदस्य केन्द्रीय कमिटीको मातहतमा रहनु, सिङ्गो केन्द्रीय कमिटी पार्टी महाधिवेशनको अधीनस्थ रहनुलाई जनवादी केन्द्रीयता भनिन्छ । कम्युनिस्ट पार्टी विधि, विधान र एक वैज्ञानिक पद्धतिका आधारमा चल्नुपर्दछ भन्ने सिद्धान्त नै जनवादी केन्द्रीयता हो, जहाँ आपूm सङ्गठित भएको पार्टी सङ्गठनभित्र पार्टी सदस्यले आफ्ना फरक मतहरू राख्न पाउनेछ । पक्ष विपक्षमा तर्क वितर्क, वादविवाद गर्न पाउनु, नेतृत्वको आलोचना गर्न र चुन्न र चुनिन पाउनु र पार्टीभित्र आलोचना र आत्मालोचनाको पद्धति र परिपाटी कायम गरिनुलाई जनवादी केन्द्रीयता सिद्धान्त भनिन्छ ।
कम्युनिस्ट पार्टी सर्वहारावर्गको अग्रदस्ता हो । यो माक्र्सवाद, लेनिनवाद र माओवादका वैज्ञानिक तथा क्रान्तिकारी सिद्धान्तद्वारा निर्देशित भएर परिचालन गरिएको हुन्छ । कम्युनिस्ट पार्टी भनेको विपरीतहरूको एकत्व हो । पार्टीभित्र वर्गसङ्घर्षको प्रतिविम्बका रूपमा विविध प्रकारका विचारहरू प्रवेश भइरहेका हुन्छन् । पार्टीभित्र एकता सङ्घर्ष र रूपान्तरणको प्रक्रिया निरन्तर चलिरहन्छ । पार्टीभित्र विविध प्रकारका विचारहरू राख्न पाइन्छ, नेतृत्वको आलोचना गर्न पाइन्छ, छलफल, वादविवाद गर्न पाइन्छ र फरक मतहरूलाई सञ्चालन गर्न पाइन्छ । यसलाई अन्तरजनवाद पनि भनिन्छ तर पार्टीभित्र फरक विचार र मतहरू राख्दा छलफल वा वादविवाद गर्दाखेरी र आलोचना गर्दाखेरी पनि पार्टीको विधि र पद्धतिभित्र रहेर मात्र गर्नुपर्ने हुन्छ । यो भन्दा बाहिर गएर गरियो भने त्यो अराजकता, अनुशासनहीनता र गुटगत रूपमा परिणत हुन्छ र त्यसले पार्टीलाई ठूलो नोक्सानी पु¥याउँछ । पार्टी नेतृत्वको पनि ती फरक विचारहरूलई एउटा विधिभित्र र चलाउने दिने वातावरण निर्माण गरी दिनुपर्दछ, त्यसलाई रोक्न खोजियो भने त्यसले विष्फोटक रूप लिने सम्भावना हुन्छ र यो माक्र्सवादसम्मत पनि हुँदैन ।
कम्युनिस्ट पार्टीमा जनवादको अभ्यास माक्र्स र एङ्गेल्सको पालादेखि नै हुँदै आएको छ । खासगरी अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा माक्र्सवादी र संशोधनवादी कार्यदिशाका बीचमा भीषण सङ्घर्ष चल्दै आएको छ । इतिहासले के सिद्ध गरिदिएको छ भने माक्र्सवादी कार्यदिशाको विकास संशोधनवादी कार्यदिशाको विरुद्धको सङ्घर्षको बीचबाट हुँदै आएको छ । माक्र्सवादको जन्मसँगै संशोधनवादको पनि विकास हुँदै आएको छ । सन् १८६४ मा प्रथम इन्टरनेशनलको स्थापना भएको थियो । यो सङ्घर्ष पहिलो इन्टरनेसनलकालमा अराजकतावाद र अवसरवादका विरुद्ध परिलक्षित रहेको थियो । माक्र्स र एङ्गेल्सले प्रूँधोवादी अराजकतावाद र लासालवादीहरूका अवसरवादी चिन्तन प्रवृत्तिका विरुद्ध भीषण वैचारिक सङ्घर्ष गर्नुभएको थियो र माक्र्सवाद समृद्ध पार्ने काम गर्नुभएको थियो । यस विषयमा फेडरिक एङ्गेल्सले भन्नुभएको छ, ‘सर्वहारावर्गको विकास जहाँ कहीँ पनि आन्तरिक सङ्घर्षको बीचबाटै अगाडि बढ्छ जस्तो कि माक्र्स र म आफैंले पनि अरू कसैसँग भन्दा बढी नक्कली समाजवादीहरूविरुद्ध जीवनमा कठिन लडाइँ लडेका थियौं ।
दोस्रो, अन्तर्राष्ट्रियकालमा मुख्यतः पुँजीवादको साम्राज्यवादमा पतन नभएपछिको अवस्थामा खुलेर प्रकट भयो । एङ्गेल्सका देहान्त भएको लगत्तै सन् १८९६ मा नै वर्नस्टीनले माक्र्सवादमाथि संशोधन गर्नुपर्ने प्रस्ताव राखेर माक्र्सवादमाथि भीषण आक्रमण सुरु गरेको थियो ।
तेस्रो अन्तर्राष्ट्रियदेखियता माक्र्सवाद लेनिनवादको विकाससँगै संशोधनवाद पनि विभिन्न रूपमा प्रकट हुँदै आएको छ । स्न १९०४ मा लेनिन र मार्तोभका बीचमा पार्टी विधान, पार्टी सङ्गठन निर्माण र परिचालनका विषयमा उत्पन्न दुईलाइन सङ्घर्षले भीषण रूप लियो । पार्टी सङ्गठन र पार्टी सदस्यहरूको अधिकारका बारेमा लेनिनले अघि सार्नुभएका माक्र्सवादी मान्यताहरूलाई अस्वीकार गरिरहेका मार्तोभपन्थीहरूले अस्वीकार गरेका थए । पार्टी सङ्गठनमा सर्वहारा वर्गको नेतृत्व हुने कुरामा लेनिनले जोड दिँदै भन्नुभएको थियो, ‘कम्युनिस्ट पार्टीको सङ्गठन सर्वहारा क्रान्तिमा कम्युनिस्ट नेतृत्वको सङ्गठन हो ।’ लेनिनको यो भनाइ कम्युनिस्ट पार्टी सर्वहारावर्गको अग्रदस्ता भएका नाताले विल्कुल सही थियो । तर, यो मार्तोभहरूले स्वीकारेनन् । त्यस्तै जनवादी केन्द्रीयताका बारेमा पनि लेनिनले आफ्ना माक्र्सवादी मान्यताहरूलाई कडाइका साथ लागू गर्नुभएको थियो । उहाँको ‘कम्युनिस्ट पार्टीहरू सङ्गठनमा जनवादी केन्द्रीयताको वास्तविक मेल अर्थात्, केन्द्रीयता र सर्वहारा जनतन्त्रको समिश्रण हुनुपर्दछ’ भन्ने भनाइबाट पनि यो कुरा पुष्टि हुन्छ । साथै लेनिनले जोड दिँदै भन्नुभएको थियो, ‘कम्युनिस्ट पार्टीहरूको सङ्गठनमा केन्द्रीयताको अर्थ यस्तो मजबुद नेतृत्वको निर्माण हो जो युद्धका लागि तयार होस् र साथसाथै आपूmलाई हरपरिस्थिति अनुकूलतामा ढाल्न सक्षम होस् ।’ केन्द्रिकृत पार्टी नेतृत्वको बारेमा जोड दिँदै पुनः लेनिनले भन्नुभएको थियो, ‘कम्युनिस्ट पार्टीले त्यो बेलासम्म आफ्नो कर्तव्य पूरा गर्नेछ, जब त्यो ज्यादै केन्द्रिकृत ढङ्गले सङ्गठित भएको हुन्छ । जब त्यो सैनिक अनुशासनको समान लौह अनुशासन कायम गर्न समर्थ हुन्छ र जब यसको पार्टी केन्द्र व्यापक अधिकारको प्रयोग गर्दै तथा पार्टीका समस्त सदस्यमा आमविश्वास जगाउ“दै शक्तिशाली तथा प्राधिकारपूर्ण अङ्ग बनेको हुन्छ ।’
अतः लेनिनले सन् १९०४ देखि पार्टीभित्र संशोधनवादीहरूका विरुद्ध भीषण दुईलाइन सङ्घर्ष सञ्चालन गर्नुभएको थियो र सोभियत कम्युनिस्ट (बोल्सेभिक) पार्टीको निर्माण गर्नुभएको थियो । महान्् अक्टवर समाजवादी क्रान्तिको प्रक्रियामा कामोनेयभलगायतका संशोधनवादीहरूबीच भीषण दुई लाइन सङ्घर्ष सञ्चालन गर्दै लेनिनले क्रान्ति सम्पन्न गर्नुभएको थियो । र, माक्र्सवाद लेनिनवादलाई समृद्ध पार्नुभएको थियो ।
माक्र्सवाद–लेनिनवादको विकासमा माओवादको विकास भएभैmं संशोधनवादमा पनि विकास भयो र स्टालिनको मृत्युपश्चात् सन् १९५६ देखि खु्रश्चोवी नवसंशोधनवादको विकास भयो । सन् ६० को दसकमा माओत्सेतुङको नेतृत्वमा चिनियाँ कम्युनिस्ट पार्टीले ख्रुश्चोभी नवसंशोधनवादका विरुद्ध महान्् बहस आरम्भ भयो । चीनमा स्वयम् माओले सर्वहारा क्रान्तिको निरन्तरताका निम्ति महान्् १० वर्षे सर्वहारा साँस्कृतिक क्रान्ति सञ्चालन गर्नुभयो र पार्टीभित्रका लि साओ ची, लिन प्याओजस्ता संशोधनवादीहरूका विरुद्ध भीषण अन्तरसङ्घर्ष सञ्चालन गर्नुभयो । यसरी अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा माक्र्स एङ्गेल्सकालीन चरण, लेनिनकालीन चरण र माओकालिन चरण गरी तीन चरणमा भीषण दुईलाइन सङ्घर्ष सञ्चालन हुँदै आएका छन् । आजको युग भूमण्डलीकृत साम्राज्यवाद र विश्वसर्वहारा क्रान्तिको युग हो । संशोधनवादको प्रमुख स्रोत साम्राज्यवाद भएकाले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनलाई नवसंशोधनवादले हमला गरिरहेको छ ।
कम्युनिस्ट पार्टीभित्र दुईलाइन सङ्घर्ष लगातार चलिरहन्छ । क्रान्तिकारी माक्र्सवाद र संशोधनवाद एवम् अवसरवादी कार्यदिशा बीचको सङ्घर्षलाई दुईलाइन सङ्घर्ष भनिन्छ । हामीले यसलाई समाजमा चल्ने वर्गसङ्घर्षको प्रतिविम्बका रूपमा बुझ्नुपर्दछ । पार्टीभित्र चल्ने दुईलाइन सङ्घर्षले पार्टीलाई कमजोर होइन, बलियो बनाउँछ, त्यसैले यसलाई पार्टीको जीवन र विकास प्रक्रियाको कारक तत्वका रूपमा लिइन्छ । माओत्सेतुङले दुईलाइन सङ्घर्षलाई पार्टीको आत्म भन्नुभएको छ र पार्टीभित्र दुईलाइन सङ्घर्ष समाप्त भयो भने पार्टीको मृत्यु हुन्छ भन्नुभएको छ ।
पार्टीलाई सही दिशामा अगाडि बढाउनका लागि लेनिनवादी सङ्गठनात्मक सिद्धान्तभित्र र पद्धतिसङ्गत ढङ्गले दुईलाइन सङ्घर्ष सञ्चालन गर्नुपर्दछ । पार्टीले निश्चित फोरम तय गरेर वा राष्ट्रिय सम्मेलन या महाधिवेशनको विधिबाट दुईलाइन सङ्घर्ष सञ्चालन गर्नुपर्दछ । पार्टीले पनि फरक मतलाई निषेध गरेर होइन सम्मानजनक ढङ्गले चल्न दिनुपर्दछ र फरकका प्रस्तोताले पनि पार्टीले तय गरेको मापदण्डभित्र रहेर मात्र आफ्ना विचारहरूलाई सञ्चालन गर्नुपर्दछ । दायराभन्दा बाहिर गएर फरक विचारहरू राख्न थालियो भने त्यो अनुशासनहीनता र गुटगत रूपमा परिणत हुन्छ र त्यसले अराजकतालाई निम्त्याउँछ । यस्ता गतिविधिले पार्टीलाई र क्रान्तिलाई ठूलो नोक्सानी पु¥याउँदछ । बेला कुबेलामा मनलागी जनवादको माग गर्नु र पद्धति विपरीत जाने प्रक्रियालाई रोक्न खोज्दा जनवादको हरण भयो भन्ने आरोप पनि पार्टीले व्यहोर्नुपर्ने स्थितिको निर्माण हुनु र त्यसले अति जनवादको माग गर्न थाल्दछ । कम्युनिस्ट पार्टीको प्रमुख लक्ष्य क्रान्ति सम्पन्न गर्नु र सर्वहारा वर्गको राज्यसत्ता स्थापना गर्नु हो । त्यो लक्ष्य पूरा गर्नका निम्ति पार्टी बलियो हुने पर्दछ । यस विषयमा माओत्सेत्तुङले भन्नुभएको छ, ‘क्रान्ति हुनुछ भने क्रान्तिकारी पार्टी हुनैपर्दछ । क्रान्तिकारी पार्टीविना, माक्र्सवादी, लेनिनवादी क्रान्तिकारी सिद्धान्त र क्रान्न्तिकारी पद्धतिअनुसार बनेको पार्टीविना, साम्राज्यवाद तथा यसका दलालहरूलाई पराजित गर्न मजदुर वर्ग र विशाल जनसमुदायलाई नेतृत्व गर्नु असम्भव छ । माओको यो भनाइ एकदमै उचित छ । माक्र्सवाद–लेनिनवाद–माओवादी सिद्धान्तले क्रान्तिकारी पार्टीविना, पद्धतिसङ्गत ढङ्गले सञ्चालित पार्टीविना आजको युगको क्रान्ति सम्पन्न गर्न सम्भव छैन ।
आजसम्मको अनुभवले के कुराको सिद्ध गरेको छ भने क्रान्तिकारी कम्युनिस्टहरूले दुईलाइन सङ्घर्षलाई सही ढङ्गले बुझ्ने, त्यसको उचित र वैज्ञानिक विधि पत्ता लगाउन र त्यसको सही परिचालन तथा समाधानका लागि विशेष ध्यान दिन आवश्यक हुन्छ । पार्टीलाई माक्र्सवाद–लेनिनवाद–माओवादद्वारा पथप्रदर्शित गर्दै निरन्तर समृद्ध, क्रियाशील, स्वस्थ्य र जुझारु बनाइ राख्नुपर्दछ । दुईलाइन सङ्घर्ष सञ्चालन गर्ने प्रक्रियामा पार्टीले क्रान्तिकारीहरूलाई गोलबन्द गर्ने, अवसरवादीहरूलाई रूपान्तरित गर्न प्रयत्नशील रहने तर सो नभएमा तिनलाई नङ्ग्याउने, मध्यमार्गीहरूलाई आफ्नो पक्षमा ल्याउने र क्रान्तिकारी नेतृत्वलाई स्थापित गर्नेतर्फ विशेष ध्यान दिन आवश्यक हुन्छ । त्यसको निम्ति सङ्गठनको कामको क्षेत्रलाई विशेष ध्यान दिन जरुरी हुन्छ ।
क्रान्तिकारी कम्युनिस्ट पार्टीभित्र दुईलाइन सङ्घर्षलाई ठोस रूपमा सञ्चालन गर्दा त्यसका लागि ठोस विधि र मापदण्ड निर्धारण गर्नुपर्ने हुन्छ । जस्तै विभिन्न खालका फोरमहरू चलाउन छलफल र बहसको कार्यक्रम चलाउनु सम्मेलन महाधिवेशन सम्पन्न गर्नुअघि दुईलाइन सङ्घर्षलाई मैत्रीपूर्ण ढङ्गले सञ्चालन गर्न प्रयत्नशील रहने, सुघ्रिनै नचाहनेहरूलाई कारबाही गर्ने, विजातीय तत्वहरूलाई पार्टीमा प्रवेश नदिने, पार्टीमा दक्षिणपन्थी अवसरवादका विरुद्ध वैचारिक सङ्घर्ष चलाउने र त्यो सम्भव नभएमा विद्रोह गर्ने मान्यतालाई क्रान्तिकारीहरूले दृढतापूर्वक अवलम्बन गर्नुपर्दछ । कम्युनिस्ट पार्टीमा जनवादको अभ्यास गर्ने तरिका र पद्धतिलाई माक्र्सवादी ढंगले सञ्चालन गर्ने विधि अवलम्वन गरिनु पर्दछ ।
पार्टीभित्र दुई लाइन सङ्घर्ष चलिरहेको अवस्थामा क्रान्तिकारी कम्युनिस्टहरूले के कुरामा ध्यान दिन जरुरी हुन्छ भने पार्टीभित्रको दक्षिणपन्थी अवसरवादी एवम् संशोधनवादी धाराले क्रान्तिकारी धारालाई विविध प्रकारका गैर माक्र्सवादी पद्धति अपनाउने, पार्टीभित्र विजातीय तत्वहरूलाई प्रवेश गराउने, प्राविधिक बहुमत जुटाएर जनवादी केन्द्रीयताको नाममा क्रान्तिकारीहरूलाई पाखा लगाउने, प्रतिक्रियावादी शक्तिलाई समेत उपयोग गरेर क्रान्तिकारी शक्तिलाई निश्तेज पार्दै लैजाने र पार्टीलाई सैद्धान्तिक वैचारिक रूपमा समेत बन्ध्याकरण गर्दै विशर्जनवादमा लगेर टुंग्याउने खतरा प्रवल रहेको हुन्छ । विश्व कम्युनिस्ट आन्दोलनको साथै नेपाल कम्युनिस्ट आन्दोलनको इतिहासले पनि यो कुराको पुष्टी गरिसकेको छ । उदाहरणको रूपमा नेकपा(एमाले)को विशर्जनवादमा पतन भएको इतिहासलाई पनि क्रान्तिकारी कम्युनिस्टहरूले शिक्षाको रूपमा लिँदै आफ्ना क्रान्तिकारी योजनाहरूलाई व्यवस्थित गर्न जरुरी हुन्छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment