Friday, March 22, 2013

२. माक्र्सपूर्वका महान्् विचारक

२. माक्र्सपूर्वका महान्् विचारकहरू
थिए गुरु माक्र्सका पनि
हेगेल–फायरवाख
र, साइमन–फुरियहरू ।
देखाए बाटो उनीहरूले
माक्र्स र एंगेल्सलाई सधै
साम्यवादी नयाँ संसार निर्माणको ।।
    जुन हामी एउटा विशाल संसारमा बसिरहेका छौ, त्यहाँ हामी धेरै प्रकारका सिद्धान्त र विचारहरू पाउँछौँ । मानव जातिको इतिहास ज्यादै लामो छ । मानव जातिको यस ऐतिहासिक विकास क्राममा अनेकौं प्रकारका सिद्धान्त र विचारहरू जन्मेका छन् । विचार र मन्थन गरौं, ती मध्ये केही यस्ता विचारहरू छन्, जसले कुनै रूपबाट थिचिएका, पिल्सिएका, चुसिएका तथा पददलितहरूको हितको प्रतिनिधित्व गर्दछन् र जसले शोषण, दमन उत्पीडन तथा थिचोमिचोबाट मानव मुक्ति र समाजमा आमूल परिवर्तनको वकालत गर्दछन् । फेरी विचार र मन्थन गरौँ अर्कोतिर, अरू यस्ता सिद्धान्त र विचारहरू छन्, जसले मानिसलाई अज्ञानता, भ्रम, दिशाविहीन र रहस्यको खाल्डोमा जाकेर राख्न खोज्दछन् र जसले मुठ्ठिभरको व्यक्तिहरूको संकीर्ण स्वार्थमा आम सर्वहारा श्रमजीवी वर्गलाई बौद्धिक रूपले भ्रष्ट, पंगु र अशक्त पार्ने उद्देश्य लिएका हुन्छन् । अरू अघि बढेर विचार मन्थन गरौँ, फेरी यस्ता कतिपय क्रान्तिकारी विचारहरू पनि जन्मेका छन्, जसले मुक्ति, प्रगति तथा समानताको निम्ति श्रमजीवी जनताको सङ्घर्षमा बौद्धिक साधनको काम गरिरहेका छन् ।
    आज भन्दा १६२ वर्ष पहिले अर्थात् उन्नाइसौं शताब्दीको पूर्वाद्र्धमा आएर एक वैज्ञानिक दर्शनका रूपमा एक समाज विज्ञानका रूपमा माक्र्सवादको उदय भयो । हाम्रो युगमा आएर माक्र्सवाद यस्तो सिद्धान्तको रूपमा प्रतिष्ठित भैसकेको छ जसले शोषण, दमन, उत्पीडन र थितोमिचोबाट मुक्तिको लागि र नयाँ सुखी एवम् सुन्दर संसारको निर्माणको लागि श्रमजीवी मानव जातिको सङ्घर्षमा सही पथप्रदर्शनको काम गर्दछ । यहानेर विचारणीय कुरा के छ भने आफ्नोे क्रान्तिकारी तथा विश्व परिवर्तनकारी शक्तिको कारणले गर्दा माक्र्सवाद सर्वहारा श्रमजीवी वर्गको लागि मात्र होइन, सारा प्रगतिशील परिवर्तन चाहने मानव जातिको लागि पनि सबभन्दा आर्कषक सिद्धान्त बनेको छ ।
    पुरानो संसारलाई बचाई राख्न चाहने सारा मरणोन्मुख शक्तिहरू, अर्थात् सारा सामन्त पूँजीपति लुटेराहरू, फाशिष्ट पाखण्डी एवम् भरौटे बुद्धिजीवीहरू र अन्य प्रतिक्रियावादी एवम् प्रतिक्रान्तिकारी शक्तिहरूले र कम्युनिस्ट आन्दोलन भित्र घुस्न सफल भएका सबै खाले अवसरवादी नव संशोधनवादीहरूले माक्र्सवादका विरुद्ध भीषण हमलाहरू गर्दै आएका छन् । तर त्यस्ता खाले हमलाहरूबाट माक्र्सवाद विनष्ट हुन त परै रहोस् बरु त्यसको ठिक उल्टो माक्र्सवाद झन्–झन् चम्किला विजयहरूका साथ अघि बढिरहेको छ र जिउँदो सत्यको रूपमा, अमर र चहकिलो ज्योति पुञ्जको रूपमा यस धर्तीमा विद्यमान छ ।
    वस्तुगत तथा वैज्ञानिक तथ्य के हो भने मानव समाजको क्रान्तिकारी रूपान्तरणको लागि, न्यायपूर्ण, शोषण मुक्त तथा सुखी र सुन्दर समाजको निर्माणको लागि लडिरहेका शक्तिहरूले झन्–झन् बढि संख्यामा आफ्नोे सङ्घर्षको रणनीति तथा कार्यनीति तर्जुमा, त्यसलाई क्रान्तिकारी व्यवहारमा लागु गर्नमा यस माक्र्सवादी सिद्धान्तबाट निर्देशनहरू ग्रहण गर्दै आएका छन् । र सफलताहरू पनि प्राप्त गर्दै आएका छन् ।
    विश्व सर्वहारा वर्गका महान्् गुरु कार्ल माक्र्स र फ्रेडरिक एंलेल्सले सन् १८४८ मा ‘कम्युनिस्ट घोषणापत्र’ जारी गर्नु भए पश्चात माक्र्सवादी सिद्धान्त मुख्य रूपले अस्तित्वमा आएको हो । मानव सम्भ्यताको इतिहास लाखौं वर्ष पुरानो छ । मानव समाजमा आदिम साम्यवादको युग देखि नै कतिप असल विचारहरू अस्तित्वमा थिए । प्राचीन युनानी दार्शनिक थेल्स पहिलो भौतिकवादी दार्शनिक थिए । प्राचीन युनानका भौतिकवादी दार्शनिक शेलिज (६२४–५६६ ई.पु.) जसले पानीलाई नै मूल तत्व बताएका थिए । अर्को प्राचीन भौतिकवादी दार्शनिक अनक्सिमण्डर (६११–५४४ ई.पु) ले कुनै एउटा तत्वलाई मूलतत्व बनाउने कुराको आलोचना गरे । उनले मूलतत्व अनन्त वा असीम हुन्छ भनेका छन् । अर्का प्रसिद्ध भौतिकवादी दार्शनिक अनक्सिमन (५८८–५२४ ई.पु) ले वायुलाई मूल तत्व बनाएका छन् । प्रसिद्ध गणितज्ञ पाइथागोरस (५८०–४७० ई.पु) ले संख्यालाई परम पदार्थ वताएका छन् । हेरेक्लाइटस (५३५–४७५ ई.पु) ले दर्शनको इतिहासमा सर्वप्रथम द्वन्द्ववादी विचार प्रस्तुत गरेका थिए । उनले संसारका सबै पदार्थहरू निरन्तर गतिको अवस्थामा रहन्छन् र कुनै पनि वस्तु स्थीर रहन्नन् भनेका थिए । साथै जेनो फोनिज (५७०–४८० ई.पु) लाई द्वन्द्वात्मक तर्क प्रणालीका जन्मदाता भनिन्छ ।
    एम्पेडोक्लीज (४९५–४५३ ई.पु.) ले अणुलाई मूलतत्व बताए । उनले भनेका छन् कि अणुको उत्पति वा विनास हुन्न, खाली संयोग र वियोग हुन्छ र त्यसरी नै सृष्टि हुन्छ र अन्तमा त्यसको विनास हुन्छ । ग्रीकका प्रथम आर्दशवादी दार्शनिक एनेक्जेमोरस (५००–४२८ ई.पु) ले मौलिक तत्वलाई असंख्या बताए । जसलाई उनले बीज बताएका थिए । ल्येसिप्स (४८० ई.पु.) ले परमाणुलाई मूल तत्व बताए । डिमोक्राइटिस (४६०–३६१ ई.पु.) ले प्यूसियसका प्रमाणुवादको विचारलाई विकसित गरे ।
    प्राचीन युनानका प्रसिद्ध दार्शनिक सुकरात (४७०–४०० ई.पु) ले तर्कद्वारा सबै गलत विचारलाई उदांगो पार्ने प्रयत्न गर्दछ भनेर बताए । प्राचीन युनानका महान् दार्शनिक प्लेटो (४२०–३४७ ई.पु) वस्तुवादी एवम् आदर्शवादी दार्शनिक थिए । उनले संसार भन्दा बाहिर वा विचारको स्वतन्त्र अस्तित्व हुन्छ भनेर संसारका सबै पदार्थहरू विशेषलाई त्यसको नक्कल मात्र बताए । उनले इन्द्रिय ज्ञानद्वारा तत्ववोध हुन सक्तैन भनेर बद्धिगम्य ज्ञानमा जोड दिए । प्लेटो पछिका अर्का महान्् दार्शनिक अरस्तु (३८४–३२१ ई.पु) ले सामान्य पदार्थ भन्दा बाहिर होइन, पदार्थभित्र नै बुद्धिगम्ययज्ञान हुन्छ भने । बाहिरी संसारलाई सामाग्री बताए र ती दुवैको मेलबाट संसार बन्दछ भन्ने तर्क अघि सारे । उनले ईश्वरलाई सृष्टिको आदि र अन्त वताएका थिए । त्यस्तै अर्का भौतिकवादी दार्शनिक एपिक्यूरस (२४२–२७० ई.पु) ले संसारका सबै कार्य प्राकृतिक नियमानुसार चल्दछन् भन्दथे । उनले जीवनमा सुख प्राप्तिमा सबैभन्दा बढि जोड दिए ।
    मानवजातिको समाज विकासक्रमले प्राचीन काललाई पार गरेर आधुनिक कालमा प्रवेश गरेपछि धेरै असल विचारकहरू र काल्पनिक सामजवादी दार्शनिकहरूको जन्म भएको थियो । जसको सामान्य चर्चा गरिएको छ ।

१.     थोमस मन्जरे
    १६ औँ शताब्दीको जर्मन किसान युद्धदका नेता थिए । उनले वर्ग विभेद र नीजि स्वामित्व रहित जनकल्याणकारी राज्य संयन्त्रमा आधारित सामाजिक संरचनाको कार्यक्रम अगाडि सारेका थिए । यस सिद्धान्तमा आधारित रहेर उनले नेतृत्व गरेका किसान आन्दोलनहरू पनि असफल भए । तर यसबाट काल्पनिक समाजवादको जन्म भयो ।
२.     थोमस मोर (१४७८–१५३५)
सन् १५१६ मा बेलायती विचारक थोमस मोरले उटोपिया (ल्याटिन भाषामा काल्पनिक टापु) नामक पुस्तक प्रकाशित गरेर काल्पनिक समाजवादमा थप योगदान गरे । उनका विचारमा गरीव, शोषण, दमन र उत्पीडनको मूलकारण नै जीति –स्वामित्व हो भन्ने थियो ।
३.    फ्रान्सिस वेकन (१५६१–१६१७)
अंग्रेजी दार्शनिक वेकनले मध्ययुगिन धर्म, अन्धविश्वास आदिको आलोचना गरेर भौतिकवादी दर्शनको पुर्नस्थापना गरे । उनलाई आगमन तर्कको पिता भनिन्छ ।
४.    रेजे डेकार्ट (१५९६–१६५०)
प्रसिद्ध फ्रान्सिसी दार्शनिक । उनले प्रकृतिबारे भौतिकवादी मत प्रकट गरेर पदार्थ भित्र गतिको अस्तित्वलाई स्वीकार गरे । तर उनले पदार्थ र गतिको उत्पति ईश्वरले गरेको वताए । उनि बुद्धिबढि, दार्शनिक मानिन्छन् ।
५.    स्पिनोज (१५३२–१६७७)
भौतिकवादी दार्शनिक । उनले प्रकृतिको स्वतन्त्र अस्तित्वलाई स्वीकार गरे तर अर्कोतिर ईश्वरलाई परमतत्व बताए ।
६.    इमानुयल काण्ट (१७२४–१८०४)
प्रसिद्ध जर्मन दार्शनिक । उनले बुद्धिवादले ज्ञान भित्रबाट र अनुभववादले बाहिरबाट उत्पन्न हुने कुरा बताएका थिए । उनले यो वताएका कि हाम्रो बुद्धिको सिमा छैन । त्यसैकारण मूलतत्वको ज्ञान प्राप्त गर्नु सम्भव छैन । त्यसैलाई काण्टको अज्ञयवाद भनिन्छ ।
७.    जान फिक्टे (१७६२–१८१४)
    जर्मन दार्शनिक । उनले परमात्मा चेतना र जडमा अभिव्यक्ति हुन्छ भने । उनले जडको पुरै निषेध गर्ने वर्कलेको मतको आलोचना गरे । फिक्टेबले मनलाई ज्ञानको स्रोत मान्दथे ।
८.     सेन्ट साइमन (१७६०–१८२५)
फ्रान्सेली विचारक सेन्ट साइमन पनि काल्पनिक समाजवादी नै थिए । उनको विचारमा भविष्यको आदर्श राज्य उद्योगपति र वैज्ञानिकहरूद्वारा नै संचालित हुन्छ, त्यसले ठूलो उद्योगको विकास गर्दछ र संचालित हुन्छ, त्यसले ठूलो उद्योगको विकास गर्दछ र निश्चित योजना अनुसार वैज्ञानिक आाधारमा हुन्छ भन्ने थियो । उनले मजदुरमाथि हुने शोषण र दमनको चर्चा गरे पनि मजदुर पनि परिवर्तनका वास्तविक वाहक र यो क्रान्तिकारी योद्धा बन्न सक्छन् भन्ने देख्न सेकेको थिएनन् । तर उद्योग र विज्ञान बीचको एकता र योजनाबद्ध संघ केन्द्रैकृत संरचना बारे उनका केही तथ्यपरक विचारहरू आए । कार्ल माक्र्सले सेन्ट साइमनलाई समाजवादको पिताको रूपमा उल्लेख गर्नु भएको छ ।
९.     रोवर्ट ओवेन (१७७१–१८५८)
बेलायती विचारक रोवर्ट ओवेन काल्पनिक समाजवादी नै थिए । उनी पनि यथार्थमा तर्क र चेतनाको भरमा समाजमा परिवर्तन ल्याउन सकिन्छ भन्ने विचारका पक्षपाती थिए ।
१०. चाल्र्स फुरिए (१७७२–१८३६)
फ्रान्सका महान्् चिन्तक चाल्र्स फुरिय पनि काल्पनिक समाजवादी नै थिए । उनि पूँजीवादी समाज व्यवस्थाका कटु आलोचक थिए । तर त्यसबाट मुक्ति पाउन नैतिक शिक्षामा जोड दिन्थे । उनले वैज्ञानिक समाजवाद सम्बन्धि केही नयाँ अवधारणाहरू ल्याए पनि त्यसले पूर्णता भने पाउन सकेको थिएन ।
११. जर्ज विल्हेल्म फ्रेडरिक हेगेल (१७७०–१८३१)
हेगेल जर्मन शास्त्रीय दर्शनका प्रवर्तक एवम् वस्तुगत भाववादी दार्शनिक मानिन्छन् । दर्शनमा द्वन्द्वात्मक तर्क शास्त्रको प्रयोगमा हेगेलको महत्वपूर्ण योगदान रहयो । तर हेगेल द्वन्द्ववादी भए, भौतिकवादका पक्षहरू थिएनन् । द्वन्द्ववादका नियमहरूलाई निरन्तर प्रक्रिया नभइ मनोगत ढंगले प्रयोग गर्ने कुराले उनको द्वन्द्ववादी दर्शन अधुरो रहयो ।
१२.    लुडविक फायरवाख (१८०४–१८७२)
    लुडविक फायरवाख जर्मन शास्त्रिय दर्शनका महत्वपूर्ण हस्ति नै मानिन्छन् । उनी भौतिकवादी दार्शनिक थिए, तर द्वन्द्ववादी थिएनन् । पदार्थ नै मुख्य तत्व हो र मानिस भन्दा स्वतन्त्र चेतनाको अस्तित्व हुदैन भन्ने धारणामा दृढतपूर्वक उभिएर उनले भौतिकवादी दर्शनको विकासमा अत्यन्त महत्वपूर्ण योगदानहरू दिएका थिए । उनले द्वन्द्ववादलाई राम्ररी वझ्न र पक्रड्न सकेका थिएनन् । अन्धविश्वासका सामाजिक आधारहरू पहिल्याउन नसक्ने एवम् चेतनाको विकासमा मानिएको सामाजिक परिवेश र व्यवहारको भूमिकालाई ठम्याउन नसक्ने कमजोरीहरू रहेका थिए उनीमा ।
    वास्तवमा माक्र्सवादले आफूभन्दा पहिलेका काल्पनिक समाजवादी विद्वानहरूले अगाडी सारेका प्रगतिशील विचारहरूका राम्रा सैद्धान्तिक उपलब्धिहरूलाई आफूभित्र समेट्ने काम गरेको छ । त्यसैले माक्र्सवादका बारेमा राम्रो जानकारी हासिल गर्नका लागि माक्र्सवादको उदय हुनु भन्दा पूर्वका अवस्था र दर्शनका बारेमा पनि ख्याल गरिनु पर्ने हुन्छ ।
    मानिस समाजले अस्तित्वमा आउन धेरै वर्ष पार गर्नु परेको थियो । शुरु शुरुमा मानिसहरू साना साना गण र कविलाहरूमा वस्ने गर्दथ्यो । जतिबेला मानव समाज अस्तित्वमा आयो तब कतिपय चिन्तकहरूले मानिसद्वारा मानिसमाथि हुने शोषणको अन्त्य गर्ने आफ्नोे उत्पादनको मालिक आफै हुन र समृद्ध समाजको निर्माण गर्ने परिकल्पना गरेको थिए । त्यतिबेलाबा विद्वानहरूले न्याय र समानताका आधारमा शोषणमुक्त समाजको कसरी निर्माण गर्न सकिन्छ भन्ने बारेमा पनि धेरै चिन्तन मनन गरेको पाइन्छ । ती विद्वानहरूका विचारहरू यथार्थमा वास्तविक परिस्थिति र समाज विज्ञानका नियमहरूमा नभई कोरा कल्पनामा आधारित थिए । त्यसैले माक्र्स पूर्वका विचारकहरूले वास्तविक रूपमा सामाजिक शोषण र उत्पीडनबाट कसरी मुक्त हुने र न्याय एवम् समानतामा आधारित समाजको कसरी निर्माण गर्ने भन्ने बारेमा सटिक र वैज्ञानिक ठम्याई अगाडि ल्याउन सकेका थिएनन् तापनि उनिहरूका असल विचारहरू प्रयाप्त मात्रामा थिए ।
कार्ल माक्र्स र फ्रेडरिक एंगेल्सले तिनै अवैज्ञानिक विचारहरूलाई वस्तुवादी दृष्टिकोणले संस्लेषण गर्दै नयाँ वैज्ञानिक दर्शनको प्रतिपादन गर्नु भयो । जुन दर्शनलाई द्वन्द्वात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवाद भनिन्छ । उहाँहरूले आफ्नोे दर्शनलाई पटक पटक व्यवहारमा दाँज्नु भयो । कार्ल माक्र्स र फ्रेडरिक एंगेल्सले जर्ज विल्हेल्म फ्रेडरिक हेगेल र लुडविक फायरवाखको टाउकाले टेकेको दर्शनलाई सुल्ट्याएर खुट्टाले टेकेर हिड्ने गराई दिनु भयो । यसरी माक्र्स र एंगेल्सले द्वन्द्वात्मक भौतिकवादको सृजना गर्नुभयो ।
    माक्र्स र एंगेल्सबाट प्रतिपादन र विशुद्ध व्याख्या गरिएको जुन दर्शन छ, त्यसलाई द्वन्द्वात्मक भौतिकवाद भनिन्छ र इतिहासमा यसका सिद्धान्तहरूको प्रयोगलाई ऐतिहासिक भौतिकवाद भनिन्छ । द्वन्द्वात्मक भौतिकवादको एउटा ठूलो त्रुटीलाई हटाई दिएको छ । त्यस त्रुटिलाई कार्ल माक्र्सले यसरी व्याख्या गर्नु भएको छ, – “दार्शनिकहरूले विभिन्न तरिकाले त्यसलाई फेर्नु हो ।”
    माक्र्स र एंगेल्सले द्वन्द्वात्मक भौतिकवादको प्रतिपादन गर्नुभन्दा पहिले माक्र्स पूर्वका महान्् वैज्ञानिकहरूले संसारको विविध तरिकाले व्याख्या गरिएसकेका थिए, तर उनिहरूले त्यसलाई बदल्न सकिन्छ भन्ने सुत्र पत्ता लगाउन सकेका थिएनन् । त्यसको निराकरण माक्र्स र एंगेल्सले मात्र गर्नु भयो ।
    द्वन्द्वात्मक भौतिकवादको उदय दर्शनको विकासमा एउटा नौलो र अत्यन्तै महत्पूर्ण चरण रहेको छ । यसले प्रकृति, समाज र मानविय चिन्तनको विकासमा नियमहरू पत्ता लगाएर विश्व सर्वहारा श्रमजीवी वर्गको हातमा संसारको क्रान्तिकारी हेरफेर गर्ने एक अचूक साधन प्रदान गरी दिएको छ । त्यसपछि यस दर्शनमा सर्वहारा श्रमजीवी वर्गले आफ्नोे सामाजिक आर्थिक मुक्तिका लागि शक्तिशाली बौद्धिक हतियार समेत भेटायो । यस विषयमा भी.आई. लेनिनले भन्नु भएको छ – “जुन दार्शनिक दासत्वमा परेर आजसम्म सबै थिचिएका वर्गहरू दुवैले बनेका छन्, त्यसबाट मुक्त हुने बाटो माक्र्सको दार्शनिक भौतिकवादले मात्र सर्वहारावर्गलाई देखाएको छ ।”
१६० वर्षभन्दा बढि समयदेखि विश्वसर्वहारा श्रमजीवी वर्गले आफू र अन्य थिचिएका श्रमिक जनतालाई मुक्त पर्ने र संसारको क्रान्तिकारी रूपान्तरण गर्ने सङ्घर्षमा द्वन्द्वात्मक तथा भौतिकवादी दर्शनको प्रयोग हुदै आएको छ । र, यसमा ठूला ठूला सफलताहरू पनि हासिल गरिएका छन् । उक्त सङ्घर्षमा द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादको जीवनदायी शक्ति र अजेयता प्रमाणित भइसकेको छ । यो विश्व इतिहासको नयाँ तथा क्रान्तिकारी सिद्धान्त बनेको छ र यस सिद्धान्तको सच्चा बाहक सर्वहारा श्रमजीवी वर्ग मात्र रहेको छ । आज मानवजातिले माक्र्सवादी दर्शनमा सबभन्दा समृद्ध, सबभन्दा सुसंगत र सबभन्दा क्रान्तिकारी सिद्धान्त भेटाएको छ । जुन सिद्धान्तलाई प्रयोग गरेर मात्र उसले आफ्नोे जातिको मुक्ति अभियानलाई विजयसम्म पु¥याउछ ।
नेपालमा माक्र्सवादले प्रवेश गरेको अहिले करिब ६० वर्ष पूरा हुदै छ । यस अवधिमा माक्र्सवादले नेपाली समाजमा दह्रो ढंगले जरा गाडिसकेको छ । करिब ८० प्रतिशत नेपाली जनताहरू माक्र्सवादको पक्षधर बनेका छन् । कम्युनिस्ट पार्टी निर्माण भएको ६० वर्ष पूरा भैसकेको छ । यस लामो अवधिमा नेपाली क्रान्ति सम्पन्न गर्न नसकेको भए तापनि विभाजित अवस्थामा रहेका, माक्र्सवाद–लेनिनवादलाई मार्गदर्शक सिद्धान्त मानिरहेका कम्युनिस्ट पार्टीहरूले नेपाली जनतालाई सचेत तुल्याउने काममा महत्वपूर्ण योगदान गर्दै आइरहेका छन् । नेपालमा माक्र्सवाद–लेनिनवादको सैद्धान्तिक हतियार विना क्रान्ति संभव छैन । त्यसैले नेपाली कम्युनिस्ट क्रान्तिकारीहरूले नेपालको विशिष्ट परिस्थितिको ठोस विश्लेषण गर्दै माक्र्सवाद–लेनिनवादलाई सिर्जनात्मक रूपले प्रयोग गर्दै नेपाली क्रान्ति सम्पन्न गर्नुको विकल्प छैन । किनभने माक्र्सवाद बाहेक सामाजिक क्रान्तिको अर्को कुनै वैज्ञानिक तथा क्रान्तिकारी दर्शन छैन ।

३. विश्वका सफल जनविद्रोहहरू
विज्ञानका विभिन्न विधा र शाखाहरूले गरेका गहन अध्ययन, अनुसन्धार र विश्लेषणबाट र मानवशास्त्रीहरूको गहन खोज र अनुसन्धानबाट मानवले आधुनिक मानवको रूपमा करीब २० लाख वर्ष पहिले मात्र लिएको हो भन्ने निष्कर्ष निकालेको छ । त्यसबेलादेखि अहिलेसम्म मानवजाति स्वयं निरन्तर विकसित र परिवर्तन हुँदै आएको छ र यो क्रम भविष्यमा पनि अघि बढ्दै जानेछ ।
पृथ्वीमा विकसित भएका अन्य सबै प्राणीहरू भन्दा मानवजाति नयाँ र भिन्न गुण तथा विशेषता भएको प्रणीका रूपमा देखा प¥यो । त्यो भन्दा ठूलो गुण र विशेषता भनेको उसको विकसित मष्तिष्क र चेतना शक्ति नै हो । शुरुमा मानवको चेतनास्तर विल्कुल तल्लो र सामान्य अवस्थामा थियो । तर प्रकृतिसँगको निरन्तर सङ्घर्ष र जिउनका लागि गरिने सङ्घर्षका तथा सत्य र असत्यका बीचको सङ्घर्षका क्रममा मानव चेतना लगातार उन्नत र विस्तृत बन्दै गयो । मानव समाज र प्राकृतिक वातावरण बीचको अन्तरसम्बन्ध जति फेरीँदै गयो, आफूभित्र र बाहिरको बस्तुगत परिस्थिति जति विकसित र परिवर्तन हुँदै गयो, मानव चेतना पनि त्यति नै उन्नत र विकसित बन्दै गयो ।
आधुनिक मानवको अवस्थामा उठिसके पछि पनि लाखौं वर्षसम्म मानिसले एउटा आदिम रूपको सामुदायिक जीवन विताउँदै आयो । मनव समुदाय भित्र वर्गहरू उत्पति भएका थिएनन् । त्यस बेला मानवजाति र प्रकृति बीचको अन्तरविरोध नै मुख्य थियो । तर पनि मानव समुदाय भित्र असंख्य चिन्तन श्रृंलाहरू प्रकट भइरहन्थे । तिनीहरू भित्र कुनै कल्पनावादी भ्रामक, अवस्तुवादी र गलत हुन्थे, कोही यथार्थवादी ठीक, वस्तुवादी र सही हुन्थे । त्यस्ता विपरित विचारहरूका बीचमा अन्तरद्धन्द्धहरू चलिरहन्थे । त्यस अन्तरद्धन्द्धका क्रममा मानवजाति सत्यको खोजीमा लगातार अघि बढ्दै आयो ।
मानव समाजको विकासमा लाखौं वर्ष ओगटेको आदिम साम्यवादी कालखण्ड पार गरे पछि समाजमा वर्गहरूको उदय भयो । समाजमा उत्पीडक र उत्पीडित वर्गहरू बीच सङ्घर्ष विकसित हुन थाल्यो । सही र गलत बीचको सङ्घर्ष, मानवजाति र प्रकृति बीचको सङ्घर्ष अब वर्गहरूबीचको सङ्घर्षमा मिसियो । मानव जातिको विकसमा वर्गसङ्घर्षले निर्णायक भूमिका खेल्न थाल्यो । त्यो नै समाज विकासको चालक शक्ति बन्न पुग्यो । दास सामाज, सामन्तवादी समाज, पूजीवादी समाजमा मानवजातिको विकास क्रमश ः वर्गसङ्घर्ष, सही र गलत बीचको सङ्घर्ष र मानवजाति तथा प्रकृति बीचको सङ्घर्षका रूपमा विकसित हुँदै गयो ।
यो सङ्घर्षको हजारौं वर्षको अवधिमा मानव चेतनाले अझ व्यवस्थित र ढोस रूप लिन थाल्यो । वस्तुजगत विकासका क्रममा त्यस्तो विकास प्रक्रियालाई हेर्ने, बुझ्ने, विश्लेषण गर्ने र संश्लेषण गर्ने चेतना शक्तिको पनि विकास हुँदै गयो । हजारौं वर्षका व्यवहारिक अनुभवहरूको ज्ञानले विभिन्न क्षेत्रमा मानव ज्ञानले फड्को मार्न थाल्यो । मानव समाजको क्रममा दास पुंगीन समाज पहिलो वर्गीय समाज हो । दास युगिन समाज व्यवस्था लामो अवधिसम्म कायम रह्यो । दासयुगिन समाज व्यवस्था अत्यन्तै वर्बर थियो । दास मालिकहरूले दास–दासीहरूलाई पशुतुल्य सरह व्यवहार गर्दथे । दास दासीहरूको किनवेच समेत हुन्थ्यो । दासहरूका बीचमा क्रमशः चेतनाको विकास हुँदै गयो । दास मालिक र दासहरूका बीचमा पनि अन्तरद्धन्द्ध चल्न थाल्यो । रोममा पहिलो दास विद्रोह भयो । रोमन दास विद्रोह र त्यस पछि सम्पन्न भएका जनविद्रोहहरूका बारेम यहाँ संक्षिप्त चर्चा गर्ने प्रयत्न गरिएको छ ।

No comments:

Post a Comment