Wednesday, March 20, 2013
गम्भीर चुनौती र महान् सम्भावनाहरू
मुलुक यतिबेला गम्भीर प्रकृतिका चुनौतीहरू र महान् संभावनाहरू बोकेर अघि बढिरहेको छ । लाग्छ, फेरि मुलुक यतिबेला प्रसव व्यथाबाट छटपटाइरहेको छ । विगत लामो समयदेखि कायम रह‘दै आएको राष्ट्रिय सहमतिको डोरी पनि चु“डिदैछ र ठूला राजनीतिक दलहरूबीचको सम्बन्ध पनि चिसिदै गएको छ । प्रधानसेनापतिको स्पष्टिकरण प्रकरणले ठूलो चर्चा पायो । यो प्रकरणले मुलुकका ठूला राजनीतिक दलहरू एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस र नेकपा एमालेका बीचमा ठूलै चिरा पारिदियो । माओवादी र कांग्रेस त दुई विपरीत धु्रवमा उभिन पुगे भने एमाले राष्ट्रिय सहमति जुटाउने नाममा अनिर्णयको बन्दी मात्र बन्न पुगेन कि विगतकै ढुलमुले चरित्रलाई यसपटक पनि पुनरावृत्ति गराउन पुग्यो । सेनापति स्पष्टिकरण प्रकरण नेपाली कांग्रेसका निम्ति विगतमा माओवादीले बाचा कबुल गरेका निर्णयहरू कार्यान्वयन नगरेको, व्यक्तिका कब्जा गरेका घरजग्गा फिर्ता नगरेको र कर्मचारीमा गरिएको सरुवा र अदालतमाथि प्रहार गरिएको भनी मुद्दाहरूमाथि लाठी प्रहार गर्ने गजबको मसला फेला पा¥यो । यी दलहरूका बीचमा किन यतिविघ्न विवादहरू उत्पन्न भए ? यसको सही पहिचान गरेर समाधान खोजी गर्नुको विकल्प भने छैन ।
बिनाकारण कुनै पनि घटना घटित हु‘दैन यस वस्तुगत जगतमा । एकीकृत नेकपा माओवादीले नेतृत्व गरेको सरकारले प्रधानसेनापति रुक्मांगद कटवाललाई स्पष्टिकरण माग गर्नु, नेपाली कांग्रेसले त्यसको तुरुन्तै विरोध गर्नु र संसद चल्न नदिने र सडक सङ्घर्ष गर्नेजस्ता निर्णय गर्नुका पछाडि निश्चित वस्तुगत आधारहरू विद्यमान छन् । यो कुनै आकस्मिक र अकल्पनीय घटना होइन र हुन पनि सक्दैन ।
सरकारका नीति, निर्णयहरू पालना नगरेपछि नागरिकको सर्वोच्चता कायम गर्ने भन्दै कारवाही गर्ने उद्देश्यले सरकारले प्रधानसेनापति कटवाललाई स्पष्टिकरण माग ग¥यो । कटवालले पटक–पटक सरकारका निर्णयहरू उल्लंघन गरेकै हुन् । उनले सरकारलाई नटेरेको पनि उनका व्यवहारबाट उदाङ्गो भएकै हो । लोकतान्त्रिक सरकार भएको मुलुकमा सेना सरकारको मातहतमा रहनुपर्दछ । निरंकुश राजतन्त्रको अन्त्य भई लोकतान्त्रिक सरकार स्थापना भएपश्चात खासगरी शाही नेपाली सेना नेपाली सेनामा परिणत भएपछि सरकारको मातहतमा बस्दै आएको पनि सॉचो हो तर प्रधानसेनापति रुक्मांगद कटवालले भने पदको दुरूपयोग गर्दै सरकारका निर्णयहरू पटक–पटक उल्लंघन गरेर नेपाली कांग्रेसलगायतका देशीविदेशी प्रतिक्रियावादी शक्तिकेन्द्रहरूलाई खुशी पार्दै आएको पनि सॉचो हो ।
नेपाली सेना नेपाल सरकारको एउटा अंग हो । सरकारले गरेका नीति, निर्णयहरू पालना नगरेमा, कार्यान्वयन नगरेमा र उल्लंघन गरेमा सरकारले सेनापतिलाई स्पष्टिकरण माग गर्न पाउ‘छ । उनलाई कारवाही गर्न पनि पाउ‘छ, यो सरकारको अधिकारको कुरो पनि हो । सरकारले प्रधानसेनापति रुक्मांगद कटवाललाई स्पष्टिकरण माग ग¥यो । तर नेपाली कांग्रेसभित्र ९ रेक्टर स्केलको भूकम्प आयो । कांग्रेसभित्र हल्लीखल्ली मच्चियो । र, अब सेनाले ‘कू’ गर्छ, लोकतन्त्र समाप्त हुने भयो भनेर कांग्रेस निकटका पत्रपत्रिकाहरूले समाचार सम्प्रेषण गरेर वातावरण उत्तेजक बनाउन लगाउने र जनतालाई भयभीत तुल्याउने प्रयत्न पनि गरियो ।
रायमाझी आयोगले कटवाललाई जनआन्दोलन दबाउने दोषीका रूपमा ठहर गरिसकेको छ । जनआन्दोलनका अपराधी एउटा सेनालाई कॉधमा बोकेर नेपाली कांग्रेसले कुन किसिमको राजनीति गर्न खोजेको हो बुझ्नुपर्ने कुरा यहींनेर छ । वास्तविकता के हो भने नेपाली कांग्रेसले अझैसम्म पनि जनतालाई विश्वास गर्दैन । उसले अहिले पनि सेनाको आडमा राजनीति गर्न चाहन्छ । सत्ता नपाएपछि नेपाली कांग्रेस बॉच्न पनि सक्दैन । सबैलाई अवगत भएकै कुरा हो ऐतिहासिक संविधानसभाको निर्वाचनबाट नेपाली कांग्रेस सत्ताच्युत भयो । कम्युनिस्टहरू विभाजित भएर बेग्लाबेग्लै ढंगले चुनाव लडेको देखेपछि आफूले हार्ने कुरा त नेपाली कांग्रेसले सपनामा पनि देखेको थिएन । तर पनि सबैलाई अवगत भएकै कुरा हो कि संविधानसभामा कुनै पनि दलको बहुमत आएन । एकीकृत नेकपा माओवादी सबैभन्दा ठूलो दलको रूपमा उपस्थित भयो । ठूलो दलको हैसियतले माओवादीको नेतृत्वमा एमाले र फोरमको संलग्नतामा सरकार बन्यो । सत्तामा जान नपाएपछि नेपाली कांग्रेस पानीबिनाको माछाझैं छट्पटाउ‘दै आयो । संविधानमा कुनै व्यवस्था छैन तर आफैले प्रतिपक्षमा बस्ने घोषणा ग¥यो । सत्तारुढ दल माओवादी र एमालेले कांग्रेसलाई ठुस्केर खाना नखाइदिएर बिठ्याइँ गरिरहेको बच्चालाई फकाएर आमाबाबुले खाना खुवाउने प्रयास गरेझैं सरकारमा सामेल हुन आग्रह गर्दै गरे तर कांग्रेसको कुपमण्डुक दिमाग सुध्रिएन । अहिले सेनालाई उचालेर सरकारको नेतृत्व गर्न पाइन्छ कि भन्ने दाउमा कांग्रेस लागेको छ, यो पहिलो प्रमाण हो ।
दोस्रो प्रमाण के हो भने नेपालमा कम्युनिस्टहरूको बढोत्तरी भइरहेको छ । जनसंविधान निर्माण भइसकेपछि नयाँ नेपाल पुनर्निर्माणको बेला सबै कम्युनिस्ट एकीकृत हुने निश्चित छ । यो विभाजित कम्युनिस्ट आन्दोलन धेरै टाढासम्म जान सक्दैन । त्यसपछि नेपाल कम्युनिस्टमय बन्ने हो । यो कुरालाई पनि कांग्रेसले राम्ररी बुझिसकेको छ । त्यसैले अहिले नै सेनालाई लगाएर कम्युनिस्टहरूलाई तहसनहस पार्ने उसको योजना छ । उसको इशारामा विदेशीहरूले नेपालमा नाङ्गो नाच नाच्नु पनि यसकै परिणाम हो ।
एउटा मूर्ख विद्यार्थीको कथा झैं नेपाली कांग्रेस कहिल्यै चेतेन । २००७ सालपछि राजा त्रिभुवनले सेनाकै आडमा संविधानसभाको निर्वाचन गराएनन् । २०१७ साल पुस १ गते राजा महेन्द्रले सेनाकै बलमा ‘कू’ गरेका हुन् । दुबै कालखण्डमा नेपाली कांग्रेसले सत्ताको नेतृत्व गरेको थियो । २०४६ सालको जनआन्दोलनलाई दबाउन तत्कालीन शाही नेपाली सेना सडकमा आएकै थियो । दरबार हत्याकाण्डपश्चात २०५८ साल असार ३० गतेको होलेरी काण्डमा तत्कालीन शाही नेपाली सेनाले साथ नदिएपछि गिरिजाप्रसाद कोइरालाले प्रधानमन्त्रीबाट राजीनामा दिएर पुच्छर टाङमुनि सेपेर भागेकै हुन् । २०५९ पछि तत्कालीन राजा ज्ञानेन्द्रले सेनाकै आडमा तीनवर्षसम्म निरंकुश सत्ता चलाएको इतिहास पनि त्यति पुरानो भइसकेको छैन । २०६२÷६३ को १९ दिने जनआन्दोलन दबाउन तत्कालीन शाही नेपाली सेना प्रयोगमा आएकै हो । २०६२ माघ २६ गते घोराही बजारमा उमेश थापालाई गोली ठोकेर हत्या गर्ने पनि त्यतिखेरको सेना नै थियो । ओखलढुंगा काण्डमा बम प्रहार गर्ने र कप्तान यज्ञबहादुर थापा र भीमनारायण श्रेष्ठलाई जेलभित्रै हत्या गर्ने पनि त्यही शाही नेपाली सेना नै थियो । उही शाही नेपाली सेनाकै मानसिकता र संस्कार बोकेको र लोकतान्त्रिकरण नभइसकेको सेनापतिलाई बोकेर नेपाली कांग्रेसले कति दिनसम्म राजनीति गर्ने हो, यो बडो बिडम्बनाको विषय हो ।
मुलुक यतिबेला संक्रमणकालीन अवस्थामा छ । नयाँ संविधान निर्माण गर्ने र संघीय लोकतान्त्रिक गणतान्त्रिक राज्यको संस्थागत विकास गर्ने दायित्व यतिबेला राजनीतिक दलहरूको काँधमा छ । राजनीतिक दलहरूभित्र लोकतान्त्रिकरण गर्न अनिवार्य छ । सेना, प्रहरी र सुरक्षाका सबै अंगहरूमा लोकतान्त्रिकरण गर्न जरुरी छ । त्यस्तै कर्मचारीतन्त्रभित्र पनि लोकतान्त्रिकरण गर्न अनिवार्य छ । सामन्तवाद ढलेको मात्रै हो, सामन्ती संस्कार नेपाली समाजको हरक्षेत्रमा जिउ“दोजाग्दो छ । समाजमा लोकतान्त्रिकरण गरेर सामन्तवादी संस्कारको अन्त्य नगरेसम्म नयाँ नेपाल बन्न संभव छैन ।
नेपाली समाज तीब्र परिवर्तनको बाटोबाट अघि बढिरहेको छ । विविध प्रकारका चुनौतीहरूलाई परास्त गर्दै नयाँ परिवर्तनको संवाहक बनेर एक वर्षपछि नयाँ संविधान उदाउ“दैछ नेपाली धर्तीमा । इतिहासमै पहिलोपटक जनसंविधान नेपाली जनताका महान् सम्भावनाहरू बोकेर आउनेछ । नेपाली जनताको नयॉ नेपाल निर्माणको यो महान् यात्रालाई कसैले रोक्न सक्ने छैन । अब नेपाली कांग्रेसले सत्तामा जाने तरीका सेनामाथि टेकेर होइन जनतामा आधारित भएर जानुपर्छ भन्ने कुरा बुझ्न सकेन भने ऊ इतिहासको पानामा सीमित हुनेछ । तर कम्युनिस्टहरूस‘ग नयॉ संविधान निर्माण गर्नेबेलासम्म नेपाली कांग्रेसलाई पनि स‘गस‘गै डो¥याएर लाने कुशलता हुनैपर्छ । संविधान नेपाली जनताका महान् संभावनाहरू बोकेर आउने छ । नयाँ नेपाल निर्माणको नेपाली जनताको यो महान् सपनालाई कसैले रोक्न सक्ने छैन । अब नेपाली कांग्रेसले पनि सत्तामा जाने तरीका सेनाबाट होइन जनता हो भन्ने कुरा बुझ्न जरुरी छ । कम्युनिस्टहरूले पनि कांग्रेसलाई सँगसँगै डो¥याएर लान सिपालु बन्नैपर्छ । यसको निम्ति उच्चस्तरको लोकतान्त्रिक संस्कारको आवश्यकता पर्दछ । अहिलेको अवस्था भनेको संक्रमणकालीन अवस्था हो । यस परिस्थितिमा राष्ट्रिय सहमतिको मागलाई परित्याग गरिनुहु“दैन । नयाँ नेपालको निर्माणसँगै पू‘जीवादी बाटोहु“दै नेपाली समाज वैज्ञानिक रूपान्तरणतिर लम्कन्छ । यो अभियानलाई कसैले रोक्न सक्ने छैन । देशी विदेशी प्रतिक्रियावादी शक्तिहरूले अहिलेदेखि नै टाउको दुखाउ“दै गरे पनि उनीहरूको सपना साकार हुनेछैन ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment