Friday, March 22, 2013

२. फ्रेडरिक एंगेल्स (१८२०–१९९५)


वैज्ञानिक साम्यवादका दोश्रो संस्थापक फ्रेडरिक एंगेल्सको जन्म सन् १८२० नोवेम्वर २८ तारिखका दिन जर्मनीको राइन प्रदेशको वर्मेन शहरमा भएको थियो । कार्ल माक्र्स पछि विश्वका आधुनिक सर्वहारावर्गको श्रैष्ठ शिक्षक र श्रेष्ठ विद्वान हुनुहुन्थ्यो – फ्रेडरिक एंगेल्स । माक्स र एंगेल्स दुवैले एउटा अभिन्न आदर्शका लागि आफ्ना सम्पूर्ण जीन समर्पण गर्नुभयो ।
फ्रेडरिक एंगल्स कार्लमाक्र्सका सहयोगी मित्र र माक्र्सको निधन पछि उनको माक्र्सवादी सिद्धान्तलाई पूर्णता दिने दार्शनिक हुन् । कार्ल माक्र्स र फ्रेडरिक एंगेल्सको नाम सँगसँगै उच्चारण गर्ने गरिन्छ र दुवैले कम्युनिस्ट घोषणापत्र १८४८ तयार गरे पछि उनिहरूको नामसँगै लिन थालिएको हो । उनि विश्वा सर्वहारार्वका महान् नेता एवम् शिक्षक हुन् ।
    सन् १८४५ मा मजदुर वर्गको अवस्था र सन् १८४६ मा पवित्र परिवार र जर्मन विचारधारा नामक ग्रन्थहरूका रचनाकार भएका थिए एंगेल्स । सन् १८४७ मा कम्युनिस्ट लिगको कार्यक्रमको मस्यौदा र सन् १८४८ मा कार्ल माक्र्ससँग मिलेर कम्युनिस्ट घोषणापत्र आदि ग्रन्थहरूको रचना गरेर कम्युनिस्ट दर्शनका आधारशिला स्थापित गरेका थिए । सन् १८६४ मा कम्युनिस्ट इन्टरनेशनलको स्थापनामा कार्ल माक्र्सका सहयोगी, तत्कालिन जर्मन पूँजीवादले माक्र्सवादमाथि गरेको हमलाको प्रतिउत्ररमा ड्यूहरिङ्ग मतखण्डन, लुडविक फायरवाख र वालसक्रिय दर्शनके अन्त्य, परिवार, व्यक्तिगत सम्पत्ति र राज्यको उत्पति जस्ता क्रान्तिहरू दिएर माक्र्सवादको आधार कायम भयो । संसार प्रसिद्ध पूँजीको रचना गर्न कार्ल माक्र्सलाई अभूतपूर्ण सहयोग÷दर्शनशास्त्रलाई अतितका असंख्य धारा प्रणालीहरूबाट मुक्त पारेर दर्शनको आधारभूत प्रश्न भन्ने कृतिम दर्शन पनि वर्गीय हुन्छ भन्ने मान्यतालाई स्थापित गर्नमा योगदान गरेक थिए । सन् १८८९ मा दोश्रो इन्टरनेशनलके स्थापन गरेर माक्र्सवादलाई समृद्धशाली बनाउने काममा नै फ्रेडरिक एंगल्सको सम्पूर्ण योगदान रहेको छ ।
आधुनिक मजदूर वर्गको मुक्तिके बाटो देखाई दिने एक जना महान् गुरु फ्रेडरिक एंगेल्सको ५ अगस्त १८९५मा लण्डनमा देहावसान भएको थियो ।

No comments:

Post a Comment