Friday, March 29, 2013

दर्शनशास्त्रको क्षेत्रमा माक्र्सवादको योगदान


   सन् १८४८ मा कम्युनिस्ट घोषणापत्र मार्फत कार्ल माक्र्स र फ्रेडरिक एंगेल्सले माक्र्सवादको प्रतिपादन गर्नु भयो । प्रकृति, समाज, राज्यव्यवस्था आदि बारेमा कार्ल माक्र्स र फ्रेडरिक एंगेल्सले माहन खोज र प्रयागेद्वारा निकाल्नु भएको वैज्ञानिक तथा क्रान्तिकारी विचार, सिद्धान्त र व्यवहारलाई माक्र्सवाद भनिन्छ । माक्र्सवादले पूँजीपति वर्गको राज्यसत्तालाई ध्वस्त पारि त्यो ठाउँमा सर्वहारा वर्गको राज्यसत्ता स्थापना गर्ने सही क्रान्तिकारी बाटो देखाउँछ । माक्र्सवादका मौलिक विशेषताहरू द्वन्द्वात्मक भौतिकवाद, ऐतिहासिक भौतिकवाद, वर्गसङ्घर्ष, अतिरिक्त मूल्यको सिद्धान्त, तल्लो वर्गका जनतामा राज्यको शक्ति आदि कुरा हुन् । र, माक्र्सवाद सर्वहारा श्रमजीवी वर्गको मुक्तिको सिद्धान्त हो ।
   कार्ल माक्र्स र फ्रेडरिक एंगेल्सले माक्र्सवादी दर्शनको सिर्जना गर्नुभयो । माक्र्सवादी दर्शन भनेको द्वन्द्वात्मक भौतिकवाद हो । यसमा भौतिकवाद र द्वन्द्ववाद अभिन्न रूपले सम्बन्धित छन् । माक्र्स र एंगेल्सहरूबाट प्रतिपादित र विशद व्याख्या गरिएको जुन दर्शन छ त्यसलाई द्वन्द्वात्मक भौतिकवाद भनिन्छ र इतिहासमा यसका सिद्धान्तहरूको प्रयोगलाई ऐतिहासिक भौतिकवाद भनिन्छ ।
   द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादको निर्माण गरीकन माक्र्सवादका प्रतिपादक कार्ल माक्र्स र फ्रेडरिक एंगेल्सले दर्शनशास्त्रका क्षेत्रमा माक्र्सवादले गरेको क्रान्तिको सारतत्व पत्ता लगाउनु भनेको माक्र्स र एंगेल्सले दर्शनशास्त्रमा के नयाँ कुरा थप्नु भयो र पहिलेका दार्शनिक प्रणालीहरूको तुलनामा माक्र्सवादमा के गुणात्मक अन्तर छ भन्ने कुरा ठम्याउनु हो ।
   माक्र्सवादी दर्शनले सिद्धान्ततः के नयाँ कुरा प्रस्तुत गरेको छ भने सर्वप्रथम आफ्नोे सर्वहारा वर्गीय चरित्र राख्ने भएकाले यो दर्शन अतीतका दार्शनिक प्रणालीहरू भन्दा वेग्लै किसिमको छ । माक्र्सभन्दा पहिलेका दार्शनिकहरूले प्रायशः शोषक वर्गकै सेवा गर्ने गरेका थिए । त्यसैले उनिहरूले श्रमजीवी वर्गको हित अनुकूल मानव जगतमा परिवर्तन ल्याउने लक्ष्य राखेका थिएनन् । तर माक्र्सवादी दर्शनले भने मु्ठ्ठीभर शोषकहरूको सेवा नगरेर सबैभन्दा प्रगतिशील एवम् सर्वहारा वर्गको इतिहासका वास्तविक निर्माता लाखौं जनताको हित गर्दछ । माक्र्सवादका प्रर्वतकहरू माक्र्स र एंगेल्स नयाँ दर्शनका निर्मातामात्र नभइकन सर्वहारा श्रमजीवी वर्गको बढ्दो क्रान्तिकारी आन्दोलनका नेता पनि हुनुहुनथ्यो । उहाँहरूले आफ्नोे प्रतिभाशाली बुद्धि, ठूलो रचनात्मक क्षमता र महान् सङ्गठनात्मक योग्यतालाई शोषणबाट श्रमिकहरूको मुक्तिको निम्ति लगाउनु भयो । समाजवादी क्रान्ति र सर्वहारा वर्गको अधिनायकवाद सर्वहारा श्रमजीवी वर्गको मुक्तिको एक मात्र बाटो हो भनेर उहाँहरूले पुष्टि गर्नु भयो ।
   द्वन्द्वात्मक भौतिकवादको उदय दर्शनको विकासमा एउटा नौलो चरण रहेको छ । यसले प्रकृति, समाज र मानवीय चिन्तनको विकासका नियमहरू पत्ता लगाएर सर्वहारावर्गको हातमा विश्वको क्रान्तिकारी हेरफेर गर्ने एक अचूक साधन प्रदान गरेको छ । यस दर्शनमा सर्वहारावर्गले आफ्नोे समाजिक– आर्थिक मुक्तिको लागि शक्तिशाली बौद्धिक हतियार भेटाएको छ । यस विषयमा भी. आई. लेनिनले भन्नु भएको छ, – “जुन बौद्धिक दासत्वमा परेर आजसम्म सबै थिचिएका वर्गहरू दुर्वल बनेका छन्, त्यसबाट मुक्त हुने बाटो माक्र्सको दार्शनिक भौतिकवादले मात्र सर्वहारावर्गलाई देखाएको छ ।”
   उत्पीडित तथा सर्वहारा वर्गको पक्षमा समर्थन गर्दै माक्र्स र एंगेल्सले यस्तो दर्शनको निर्माण गर्नुभयो, जुन पुँजीवादी व्यवस्थाको विरुद्ध सङ्घर्षमा सर्वहारा श्रमजीवी वर्गको वास्तविक स्थितिमा व्यापक परिवर्तन ल्याउने शक्तिशाली बन्न पुग्यो र यसले दर्शनशास्त्रका क्षेत्रमा क्रान्तिकारी हलचल पैदा गरि दिएको थियो । द्वन्द्वात्मक भौतिकवादले पहिलेको भौतिकवादको एउटा ठूलो त्रुटिलाई हटाएको छ । त्यस त्रुटिलाई व्याख्या गर्दै पुँजीपति वर्गको मुटुमा ढ्याङ्ग्रो ठोकिएको थियो भने सर्वहारा वर्गलाई ठूलो हौसला र अदम्य साहस पैदा गरि दिएको थियो । सन् १८४८ मा कम्युनिस्ट घोषणापत्र जारी भएपछि विश्वराजनीतिको रङ्कमञ्चमा हलचल पैदा भएको थियो । यस विषयमा कार्लमाक्र्सले भन्नुभएको थियो “युरोपमा एउटा हाउ घुमफिर गरिरहेको छ– साम्यवादको हाउ । यस हाउलाई धपाउन भनेर पोप र जार, मेटर्निख र गिंजो, फ्रेन्च उग्रवादी र जर्मन पुलिस अर्थात् पुरानो युरोपका सारा सत्ताधारीहरू एक भएका छन् ।
   त्यस्तो कुन विरोधी पार्टी छ, जसलाई सत्ताधारीहरूले कम्युनिस्ट भनी बदनाम नगरेको होस् ? कुन यस्तो विरोधी पार्टी छ, जसले आपूmभन्दा धेरै प्रगतिशील विरोधी पार्टीहरूलाई र आफ्नोे प्रक्रियावादी विरोधीहरूलाई समेत कम्युनिस्ट भएको घृणित आरोप नलगाएको होस् ?
   तथ्यबाट दुई कुरा प्रस्ट हुन्छ । युरोपका सारा सत्ताधारीहरूले साम्यवादलाई अब एक शक्ति मानिसकेका छन् । अब कम्युनिस्टहरूले सम्पूर्ण संसारको अगाडि आफ्नोे विचारहरू, आफ्नोे उद्देश्यहरू, आफ्नोे प्रयासहरू खुलस्त बनाउनु परेको छ र साम्यवादको हाउसम्बन्धी दन्त्यकथाको सट्टामा पार्टीको आफ्नोे घोषणापत्र प्रस्तुत गर्नुपरेको छ ।”
   फेरि त्यसैबेला कार्ल माक्र्सले द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादको महत्वपूर्ण विशेषताको उल्लेख गर्दै भन्नु भएको थियो, – “दार्शनिकहरूले विभिन्न किसिमबाट संसारको व्याख्या त गरे, मुख्य कुरा त संसारलाई बदल्नु पो हो त ।”भौतिकवाद र द्वन्द्ववादको अभिन्न एकताको उपलब्धि नै दर्शनशास्त्रमा माक्र्सवादले सम्पन्न गरेको क्रान्तिकारी परिर्वनको महत्वपूर्ण अभिव्यक्ति हो ।
   दर्शनशास्त्रको इतिहासले के देखाएको छ भने माक्र्सवादको प्रादूर्भाव हुनु भन्दा धेरै पहिले नै द्वन्द्ववाद र भौतिकवादको उत्पत्ति भइसकेको थियो । पहिलेको दर्शनशास्त्रले भौतिकवाद र द्वन्द्ववादलाई एक अर्कोबाट अलग्याइयो । हेगेल द्वन्द्ववादी थिए, भौतिकवादी थिएनन् । फायरबाख भौतिकतावादी थिए तर उनी द्वन्द्ववादी थिएनन् । माक्र्स र एंगेल्सहरूले मात्र द्वन्द्ववादी र भौतिकतावादी बीचको अन्तरलाई हराएर एउटै द्वन्द्वात्मक भौतिकवादी विश्वदृष्टिकोणको निर्माण गर्नुभयो । यो नै माक्सवादी दर्शनको एउटा विशेषता बन्न पुग्यो, जुन पहिलेका दार्शनिक प्रणालीहरूभन्दा गुणात्मक दृष्टिकोणले फरक छ । साथै माक्र्सवादको प्रार्दुर्भाव समाजसम्बन्धि दृष्टिकोणमा महान्तम क्रान्तिको पनि घोतक थियो ।
   माक्र्सभन्दा पहिलेका दार्शनिकहरूले सामाजिक विकासलाई अध्यात्मवादी दृष्टिले हेर्ने गरेका थिए उनिहरूले मानिसहरूको भावना र चेतनामा मात्र विकासको गतिशीलतालाई देखेका थिए । माक्र्स र एंगेल्सहरूले भने अध्यात्मवादी दृष्टिकोणको इतिहासको सट्टा भौतिकवादी धारणालाई प्रस्तुत गर्नु भयो । उहाँहरूले नै दर्शनशास्त्रको मूल प्रश्न–अस्तित्वप्रति चिन्तनको सम्बन्धको प्रश्नलाई सर्वप्रथम सामाजिक जीवनको सन्दर्भमा प्रस्तुत गर्नु भएको थियो र त्यस प्रश्नको सही उत्तर दिनु भएको थियो । मानिसहरूको सामाजिक चेतनाले तिनको अस्तित्वको निरूपन गर्ने होइन, सामाजिक अस्तित्वले र सर्वप्रथम भौतिक सम्पतिको उत्पादनले सामािजक चेतनाको निरूपन गर्दछ । समाजको विकास मानिसहरूको विचार इच्छा र आकांक्षाबाट होइन भौतिक कारणहरूद्वारा निर्धारित हुन्छ भन्ने कुरा उहाँहरूले अकाट्य रूपमा प्रभावित गरि दिनु भयो । यसले दर्शनशास्त्रको क्षेत्रमा व्यापक क्रान्तिकारी परिवर्तन ल्याइदियो ।

माक्र्सवादी दर्शनको पक्षधरता
   माक्र्सवादी दर्शन सर्वहारा वर्गको आफ्नोे दर्शन हो । द्वन्द्वात्मक भौतिकवाद सर्वहारा वर्गको विश्वदृष्टिकोण हो । पुँजीजीवी वर्गको विरुद्ध मजदुर वर्गको संर्घषको शिलशिलामा उसको बौद्धिक अस्त्रको रूपमा माक्र्सवादी दर्शनको उत्पति भएको थियो । सबभन्दा पहिले त मजदुरवर्ग र श्रमिक जनताको निस्वार्थ सेवामा र प्रतिक्रियावादी विचारधारा र राजनीतिको विरुद्ध सङ्घर्ष नै माक्र्सवादी दर्शनको सर्वहारावर्गीय पक्षधरताको अभिव्यक्ति हो । यस विषयमा लेनिनले “आफ्नोे नीति अनुरूप चल्नु र हामीप्रति सुभावना राख्ने शक्ति तथा वर्गहरूको तमाम नीतिको विरुद्ध सङ्घर्ष गर्नु, दर्शनको पक्षधरता सम्बन्धि सिद्धान्तको माग हुन्छ भन्नु भएको छ ।” दर्शनमा पक्षसमर्थन बन्नु भनेकै भौतिकवाद र अध्यात्मवाद वीचको सङ्घर्षमा निश्चित दृष्टिकोण राख्नु माक्र्सवादी दर्शनको सारतत्व हो ।
   पुँजीवादी विचारकहरूका साथै आधुनिक संशोधनवादीहरूले पनि दर्शनशास्त्रको पक्षधरता सम्बन्धि माक्र्सवादी सिद्धान्तको सारतत्वलाई बंग्याउछन् । वास्तवमा पुँजीजीवी वर्गले समाजको विकासका नियमहरूलाई संधै बंग्याउदै आएका छन् । इतिहासले विनासको भागिदानर ठह¥याइसकेको पुँजीवादी व्यवस्थालाई बचाउनु नै यसको निम्ति उसलाई वास्तविक ज्ञानको आवश्यकता पर्दछ । सर्वहारावर्ग विज्ञानको पक्षमा हुन्छ । साम्यवादको अन्तिम विजयसम्म पुग्नु सर्वहारावर्गको अन्तिम लक्ष्य हो । वर्तमान समाजको वस्तुगत सारतत्व पनि साम्यवादतर्फ प्रगति नै रहेको छ । सर्वहारा वर्गको हित रक्षा गर्नु नै माक्र्सवादी दर्शनको महत्वपूर्ण पक्षधरता हो ।

माक्र्सवादी लेनिनवादी दर्शनको रचनात्मकता
   हरेक वस्तु परिवर्तनशील गतिशील भए झैं माक्र्सवादी दर्शन भनेको पनि अपरिर्वतनीय र जड सिद्धान्तहरूको समुच्चय होइन । यो रचनात्मक र विकासशील विज्ञान हो । माक्र्सवादी दर्शन सदैव एकै ठाउँमा रहीरहन्न र यो निरन्तर वदलीरहने जीवनसित हातेमालो गर्दै अगाडी लम्किरहको सिद्धान्त हो । माक्र्सवादलाई सामाजिक –ऐतिहासिक व्यवहार तथा प्रकृति विज्ञानका महत्वपूर्ण उपलब्धिहरूले निरन्तर सुसम्पन्न तुल्याउदै ल्याइरहेको छ ।
   एउटा उदयमान र विकासशील पुँजीवादी अवस्थामा माक्र्सवादी दर्शन जन्मिएको थियो । जुनबेला सामाजिक विकासको गति मन्द र शान्तिपूर्ण ढंगले बढिरहेको थियो । विश्वमानव समाज नयाँ युगमा प्रवेश ग¥यो । १९ औं शताब्दीको अन्त्य र २० औं शताब्दीको आरम्भमा ऐतिहासिक वातावरणमा आमूल परिवर्तन आयो । पुँजीवाद आफ्नोे अन्तिम चरण–साम्राज्यवादमा बदलियो । शोषणकारी एवम् आक्रमणकारी साम्राज्यवादी व्यवस्थाभित्र आर्थिक र राजनीतिक अन्तरविरोधहरू निकै चर्किए शान्तिपूर्ण विकासको युगको ठाउँ सामाजिक आँधिवेरी र क्रान्तिकारी परिवर्तनहरूको युगले लियो । सन् १८७१ मा पेरिस कम्यून निर्माण भयो । त्यस्तै सन् १८९८ मा रसियन सामाजिक जनवादी मजदुर पार्टी निर्माण भयो ।
   सन् १९०३ मा लेनिनको नेतृत्वमा सोभियत कम्युनिस्ट पार्टी (वोल्सेभिक) को निर्माण भयो । त्यसपछि एशीया, युरोप, अफ्रिका, ल्याटिन अमेरिका लगयातका अनेकौं देशहरूमा कम्युनिस्ट पाटीहरू धमाधम निर्माण हुन थाले । जस्तै नेपालमा नेपाल कम्युनिस्ट पार्टी (२२ अप्रिल १९४९भारतमा), भारतमा– हिन्दुस्तान कम्यूनिष्ट गु्रप (१७ अक्टोबर १९२० रुसमा), भारतीय कम्युनिस्ट पार्टी (सन् १९२८), भियतनामी कम्युनिस्ट पार्टी (१९२०), मंगोलियन कम्युनिस्ट पार्टी (१९२०), चिनियाँ कम्युनिस्ट पार्टी (१९२१), जापनीज कम्युनिस्ट पार्टी (१९२२), फिलिपिन्स कम्युनिस्ट पार्टी (१९२४), इण्डोनेशियन कम्युनिस्ट पार्टी (१९२१), युगोस्लाभ कम्युनिस्ट पार्टी (१९१९), युल्गेरियन कम्युनिस्ट पार्टी (१९१९), हंगेरियन कम्युनिस्ट पार्टी (१९१८), त्यसैगरी, इटालियन कम्युनिस्ट पार्टी (१९२१), बर्मिज कम्युनिस्ट पार्टी (१९४३), पेरुभियन कम्युनिस्ट पार्टी (१९२८), साउथ सिज कम्युनिस्ट पार्टी (१९२८) – यसलाई १९३० मा मलाया कम्युनिस्ट पार्टी भनियो । कोरियन वर्कस पार्टी (१९२५), इराकी कम्युनिस्ट पार्टी (१९३४), जर्मन कम्युनिस्ट पार्टी (१९१८) ।
   सन् १९१७ मा रुसमा अक्टोबर समाजवादी क्रान्ति सम्पन्न भयो । सोभियत समाजवादी क्रान्ति पश्चात पूर्वी युरोपका वीसौं देशहरूमा समादजवाद लागु गरियो भने – चीन, उत्तर कोरिया, भियतनाम, कम्वोडिया, क्यूवामा क्रान्तिहरू सम्पन्न भए ।
   प्रकृति विज्ञानले पनि क्रान्तिकारी फड्को मा¥यो । इलेक्ट्रोनको आविश्कार रेडियो सक्रियताको खोज र विज्ञान अन्य महान्तम उपलब्धिहरूले पदार्थ र त्यसको स्वभावको वारेमा पुराना धारणाहरूलाई चक्नाचुर पारिदिए । विकसीत भइरहेको नयाँ परिस्थितिले माक्र्सवादी दर्शनको रचनात्मक विकासको माग गर्नु स्वभाविकै थियो । उर्लदो सर्वहारा वर्गको क्रान्तिकारी सङ्घर्षको अनुभवन र प्रकृति विज्ञानका नवीनतम उपलब्धिहरूको सामान्यीकरण गर्नु जरुरी थियो । मजदुर वर्गको विश्वदृष्टिकोणको सैद्धान्तिक आधार द्वन्द्वात्मक एवम् ऐतिहासिक भौतिकवादी भएकोले माक्र्सवादी प्रति शत्रुभाव राख्ने शक्तिहरू सक्रिय हुदै गएपछि यसको रचनात्मकतामा विकास हुनु आवश्यक थियो ।
   सन् १८६४ माक्र्सको नेतृत्वमा अन्तराष्ट्रिय बनेको थियो । १९ औं शताब्दीको अन्त्यमा अन्तराष्ट्रिय मजदुर आन्दोलनको केन्द्र रुसमा सरेको थियो । सोभियत रुस साम्राज्यवादमा पतन भइसकेको थियो । त्यहाँ साम्राज्यवादी युगको पहिले बुज्रुवा जनवादी क्रान्ति परिपक्क हुदै थियो र सर्वहारा वर्गले यस क्रान्तिमा नेतृत्वदायी भूमिका खेल्दै थियो । यो क्रान्ति समाजवादी क्रान्तिमा विकसित हुनको लागि त्यसमा वस्तुपरक आधारहरू तयार हुँदै थिए । त्यसको नेतृत्व लेनिनले प्रदान गरिरहनु भएको थियो । तत्वकालिन विश्वपरिस्थितिको सटिक व्याख्या गर्दै लेनिनले माक्र्सवादको थप व्याख्या गर्नु भयो । ठोस परिस्थितिको ठोस विश्लेषण नै माक्र्सवादको आत्मा हो भन्नु हुने लेनिनले पुँजीवादको अन्तिम चरण साम्राज्यवाद हो भनेर व्याख्या गर्नु भयो । साथै पार्टी निर्माणको सवालमा लेनिनवादी सङ्गठनात्मक सिद्धान्त प्रतिगमन गर्नु भयो ।
   लेनिनवाद नयाँ ऐतिहासिक युगको साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगको पुुँजीवादबाट समाजतर्फ र साम्यवादी समाजको निर्माणतर्फ संक्रामणको युगको माक्र्सवाद बन्यो । लेनिनकै नेतृत्वमा सोभियत कम्यनिष्ट पार्टी (वोल्सेभिक) ले सन् १९१७ अक्टुवर २५ तारिखका दिन रुसी महान् समाजवादी क्रान्ति सम्पन्न भयो । रुसमा पहिलो पटक सर्वहारा श्रमजीवी वर्गको राज्य सत्ताको झण्डा गाडियो । त्यसैले माक्र्सवादी दर्शनको भावी रचनात्मक विकासमा अन्तराष्ट्रिय सर्वहारा वर्गका महान् नेता भ्लादीमिर इल्वीच लेनिन १८७० –१८२४) को नामसित घनिष्ठ रूपले सम्वन्धित हुन पुग्यो । दर्शनको क्षेत्रमा लेनिनको देन अतुलनीय रहेको छ ।

दर्शनशास्त्रको विकासमा लेनिनवादी चरण
   नयाँ ऐतिहासिक युग, साम्राज्यवाद र समाजवादी क्रान्तिको युगमा भी. आई. लेनिनले सृजनात्मक रूपमा माक्र्सवादी दर्शनको विकास गर्नु भयो र यसलाई गुणात्मक रूपले नवीन चरणमा उकाल्नु भयो । दर्शनशास्त्रको विकासमा उन्नाइसौं शताब्दीको अन्त्य देखि वर्तमानसम्मको युगको प्रतिनिधित्व गरिरहेको छ । लेनिनको ऐतिहासिक देन नै केमा निहित छ भने उहाँले नयाँ ऐतिहासिक अवस्थामा द्वन्द्वात्मक एवम् ऐतिहासिक भौतिकवादको समर्थन र विकास गर्नु भयो । उहाँले सामाजिक आर्थिक बनौटका सिद्धान्तको विकास गर्नु भयो । र, वर्गहरूलाई परिभाषित गर्नु भयो । लेनिनले हरेक कोणबाट समाजवादी क्रान्तिको सिद्धान्तलाई सुविस्तारित गर्नु भयो । र, राज्य र सर्वहारा वर्गको अधिनायकत्वको सिद्धान्तलाई ठोस रूप दिनु भयो ।
   लेनिनले माक्र्सवादी दर्शनलाई समृद्ध मात्र तुल्याउनु भएको होइन, उहाँले व्यवहारिक जीवनमा यसको सिद्धान्तहरूलाई लागु पनि गर्नु भयो । उहाँले रुसमा नयाँ क्रान्तिकारी किसिमको पार्टी सोभियत कम्युनिस्ट पार्टी (वोल्सेभिक) पार्टीको निर्माण गर्नु भयो । यसै पार्टीको नेतृत्वमा पूँजीवादी व्यवस्थाको समूल अन्त्य गरेर संसारमा पहिलो सामाजवादी राज्यको स्थापना गर्नुभयो । लेनिनले राष्ट्रिय प्रश्न र राष्ट्रिय मुक्ति आन्दोलन सम्बन्धि वैज्ञानिक सिद्धान्तको तर्जुमा गर्नुभयो । उहाँले वर्गहरू र वर्गसङ्घर्षवारे, सर्वहारा अधिनायकवाद र त्यसका रूपहरूबारे इतिहासमा जनसमुदाय र मजदुर पार्टीको भूमिका प्रगतीशील विचारहरूको भूमिका आदिबारे माक्र्सवादी शिक्षालाई पनि विकसित तुल्याउनु भयो ।
   द्वन्द्ववादका सम्बन्धमा लेनिनको योगदान निकै ठूलो रहेको छ । विभिनन किसिमका अधि भौतिकवादीहरूको विरुद्ध सङ्घर्षमा लेनिनले भौतिकवादी द्वन्द्ववादको मुटु बनेको प्रतिपक्षहरूको एकता र सङ्घर्षको नियममा विशेष ध्यान दिनु भयो ।
   भी. आईं. लेनिनले द्वन्द्वात्मक भौतिकवादी ज्ञान – सिद्धान्तलाई विकसित पार्नु भयो । उहाँले बुज्र्रुवा विचारधारा संशोधनवाद र जडसुत्र वादको विरुद्ध अर्थक सङ्घर्ष गर्नु भयो र जडसूत्रवादीहरूको विरुद्ध सङ्घर्षको निम्ति सैद्धान्तिक अस्त्र प्रदान गर्नु भयो ।
   लेनिनले पदार्थको दार्शनिक परिभाषा दिनु भयो र पदार्थको वास्तविक रूपमा नै वैज्ञानिक र सर्वोतोमुखी व्याख्या प्रस्तुत गर्नु भयो । उहाँले लेख्नुभयो– “पदार्थ भनेको वस्तुगत यथार्थलाई बुझाउने त्यो दार्शनिक भाव हो, जुन मानिसलाई उसको अनुभूतिमा दिइएको हुन्छ र जुन हाम्रो अनुभूतिबाट स्वतन्त्र रूपमा रहन्छ तर जसको हाम्रो अनुभूतिबाट स्वतन्त्र रूपमा अस्तित्वमा रहन्छ, तर जसको हाम्रो अनुभूतिले प्रतिलिपी बनाउँछ, फोटो खिच्छ र चित्रण गर्दछ ।”
   लेनिनले दिनुभएको पदार्थ सम्बन्धि व्याख्या निकै महत्वपूर्ण छ । वास्तवमा पदार्थ अनादी र अनन्त छ भने त्यसको न सृष्टि हुन्छ, न त विनास नै हुन्छ । पदार्थ नै सम्पूर्ण अस्तित्वको अन्तर्निहित अन्तिम कारण पनि हो, जुन संसारमा पदार्थ सम्पूर्ण प्रथम कारण र पूर्वाधार हुन्छ ।
   लेनिनले पदार्थको दार्शनिक परिभाषा दिनुभयो । गतिको वस्तुपरकतालाई प्रमाणित गर्नु भयो । गति, दिक–कालको वस्तुपरकता सिद्ध गर्नु भयो । उन्नाइसौं शताब्दीको अन्त्य र वीसौं शताब्दीको आरम्भमा भएका प्रकृति विज्ञान सम्बन्धि आविस्कारहरूको दार्शनिक सामान्यीकरण गर्नु भयो । र उहाँले दार्शनिकहरू र प्रकृति शास्त्रीयहरूवीच एकताको आवश्यकतालाई पदार्थको बारेमा, थप व्याख्या गर्नुभयो, “संसारमा गतिमान पदार्थबाहेक अर्को थोक केही छैन र गतिशील पदार्थहरू दिक र काल वाहेक अरू कुनै पनि किसिमले गतिशील हुन सक्दैनन् । ”
   नेपालमा पनि सन् १९४९ अप्रिल २२ तारिखका दिन कमरेड पुष्पलालको नेतृत्व र पहलकदमीमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको हो । यसले अहिले ५९ वर्ष पुरा गरिसकेको छ । लामो समयदेखि नेपाली कम्युनिस्ट आन्दोलन लामो समयदेखि विभाजित अवस्थामा रहदै आएका कारण नेपाली क्रान्ति सम्पन्न हुन सकिरहेको छैन । तर अहिले नेपाली कम्युनिस्ट आन्दोलन उच्चता भने प्राप्त गरिरहेको छ । वर्तमान संविधान सभामा ६२ प्रतिशत सीटहरूमा कम्युनिस्टहरूले नै उपस्थित हुन पुगेका छन् भने करीव ७० प्रतिशत भन्दा बढि जनसंख्याको भू–भाग कम्युनिस्टहरूले नै ओगटेका छन् । तर वामपन्थि शक्तिहरूका बीचमा तालमेल हुन नसकेकै कारण नेपालको राजनीतिक इतिहासमा पहिलो राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा आफ्नोे बहुमत हुदाहुदै पनि कम्युनिस्टहरूले आफ्नोे उम्मेदवारहरू गुमाउन पुगेका छन् ।
   सन. १९९० को दर्शकमा पुगेर सोभियत मोडेलको समाजवादको पतन पश्चात विश्व कम्युनिस्ट आन्दोलन र रक्षात्मक स्थितिमा पुग्यो । तर पनि विश्वभरका कम्युनिस्टपार्टीहरू त्यसबाट शिक्षा आर्जन गरेर नयाँ विश्लेषणका साथ आ–आफ्नोे मुलुकको ठोस परिस्थितिको विश्लेषण गर्दे क्रान्तिलाई अगाडि बढाईरहेका छन् । र, विश्व सर्वहारा वर्ग आफ्नोे वर्गको मुक्तिको निम्ति अरू सचेत र संगठित भएर अघि बढीरहेको छ ।
   अहिले १६२ वर्ष पुरा भई सकेको छ । सोभियत मोडेलको समाजवादको पतन पश्चात विश्वभरका साम्राज्यवादी एवम् पूँजीपति स्यालहरू हुइया हुइयाको स्वमा स्वर मिलाएर घोषणा गरे माक्र्सवादको औचित्य समाप्त भयो र माक्र्सवाद संग्रालयमा घन्किन पुग्यो भनेर तर ती साम्राज्यवादी एवम् पूँजीपति स्यालहरूको कसरत असफल सिद्ध भएको छ । अहिले पनि विश्व सर्वहार वर्ग र साम्राज्यवाद बीच भीषण सङ्घर्ष जारी नै छ । र हिजो जस्तै आज पनि माक्र्सवादको सान्दर्भीकता उत्तिकै आवश्यक छ र भोली – पनि रही रहने छ । किन भने माक्र्सवाद एक वैज्ञानिक तथा क्रान्तिकारी सिद्धान्त हो । यसको विकल्पमा कुनै वैज्ञानिक र क्रान्तिकारी सिद्धान्त छैन यस दुनियामा । 

No comments:

Post a Comment