Friday, March 22, 2013

४. विसारिओनोविक जोसेप भी. स्टालिन (१८७९–१९५३)


जोसेप विसारिओनोविक स्टालिनको जन्म सन् १८७९ दिसेम्बर २१ तारिखका दिन रुसको तिफ्र्लिस प्रान्तको गोरी नगरमा भएके थियो । स्टालिन एक राष्ट्र समाजवादका सिद्धान्तकार र समाजवादी क्रान्तिका नेता तथा सोभियत संघका शासक हुन् । सन् १९२४ मा लेनिनको मृत्यु पछि सोभियत संघहहरूको सर्वाेच्च शासक भई सोभियत संघको निर्माण र साम्राज्यवादी युद्धमा लडेर समाजवादको संरक्षण गरेक थिए । उनको समयमा रुस समाजवादी विश्वके एक केन्द्र रह्यो । उनले फाउन्डेसन अफ लेनिनज्म तथा प्राबलम अफ लेनिनज्म भन्ने पुस्तकमा एक राज्य समाजवादी सिद्धान्तलाई आकार प्रदान गरेकालाई विशेष महत्व दिइन्छ । उनका यी सिद्धान्तमा दुई विषयप्रमुख रहेका छन् –यसमा एक मुलुकमा समाजवादको सिद्धान्त र क्रान्तिको सिद्धान्त रहेका छन् । लेनिनको मृत्युपछि स्टालिन र ट्रटस्किका बीचमा संघर्षा सुरु भयो । ट्रटस्किले विश्वक्रान्तीको धारणा दिएर एक मुलुकमा समाजवाद सम्भव नभएको धारणा अगाडि बढाए । तर स्टालिनको धारणा एक मुलुकमा समाजवादको स्थापना गरिनु पर्दछ र सोभियत संघमा समाजवाद सुद्ध बनाउनुपर्दछ भन्ने थियो । सोभियत संघमा यसै सिद्धान्त अपनाएर प्रगति हाँसिल गरिएको थियो ।
स्टालिनले दोश्रो विश्वयुद्धताका जर्मनी साम्राज्यवादी आक्रमणबाट सोभियत संघलाई बचाएका थिए । सर्वहारा वर्गको लागि एक लडाकू पाटी, एक क्रान्तिकारी पार्टीको आवश्यकता माथि उनले सँधै जोड दिएका थिए । सर्वहारा वर्गको रणनीति र कार्यनीति सिद्धान्तमा नै स्टालिनको महत्वपूर्ण देन रहेको छ । सन् १९२२ मे मा आयोजित पार्टी महाधिवेशनमा लेनिनले पार्टीको महासचिव पद त्याग्ने घोषणा गर्नु भयो र १९२२ को ३ अप्रिलमा सम्पन्न पार्टी केन्द्रको प्लेनममा लेनिनले स्टालिनलाई महासचिव बनाउने प्रस्ताव राख्नुभयो र उहाँ महासचिव हुनुभयो । सन् १९२४ जनवरी २१ मा लेनिनको मृत्युपछि समाजवादी सोभियतसंघको नेतृत्व गर्ने जिम्मा स्टालिनको काँधमा आयो ।
सन् १९४१ जुन २२ मा जर्मनीले रुसमा आक्रमण ग¥यो । यसको प्रतिरोधको योजनासहित सशस्त्र सेनाको कमाण्डर स्टालिनलाई नियुक्त गरियो । संसारको शक्तिशाली सेना भएको जर्मन र हिटलरी फोसीवादका विरुद्ध लगातार ३ वर्ष लडेर सन् १९४४ मा जर्मनीलाई पुरै हावा खुवाइयो ।
पार्टी भित्रका दक्षिणपन्थी अवसरवादी जस्तै ट्राटस्को, कामेनोम, जिनोवेम, ब्रजनेभ, खश्चोम, बुश्वारिन आदि विरुद्ध लगातार बैचारिक लडाई लड्दै स्टालिनले माक्र्सवाद–लेनिनवादको सही प्रयोग गरेर समाजवादी सोभियत सत्ताको सुदृढिकरण सहित अगाडि बढाउनु भयो । यसैमा स्टालिनको योगदान रहेको छ ।
२९ वर्षसम्म सोभियत रुसको शासन गरेका विश्वसर्वहारा वर्गका महान् नेता स्टालिनको सन् १९५३ मार्च ५ का दिन देहवसान भयो ।

No comments:

Post a Comment