Friday, March 22, 2013

३. भ्लादीमिर इल्विच लेनिन (१८७०–१९२४)


भ्लादीमिर इल्विच लेनिनको जन्म १८७० अप्रिल २२ का दिन रुसको सिम्बिस्र्क शहर भएको थियो । यो शहर महान् रुसी नदी कोल्गाको निमारमा पर्दछ । लेनिन वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गर्ने तथा माक्र्सवादलाई क्रान्तिकारी सिद्धान्तको रूपमा विकास गर्ने एक महान् क्रान्तिकारी सिद्धान्तकार तथा दार्शनिक हुनुहुन्छ । उहाँको सिद्धान्तलाई लेलिनवाद भनिन्छ । यो माक्र्सवादको क्रान्तिकारी सिद्धान्त हो ।
माक्र्सवादको गुणत्मक विकासको दोश्रो चरण लेनिनवाद हो । पूँजीवादी साम्राज्यवादमा प्रवेश गर्नु, उत्पादक शक्ति, सर्वहारा आन्दोलन तथा ज्ञान विज्ञानका विविध क्षेत्रमा थप प्रगति हुँदै जानु र यस प्रकारले नयाँ परिस्थिति अनुरूप माक्र्सवादलाई नयाँ उचाइमा विकसित गर्नुपर्ने ऐतिहासिक आवश्यकता बीचबाट लेनिनवाद जन्मियो ।
लेनिनले सृजनात्मक रूपमाा माक्र्सवादी दर्शनको विकास गर्नु भयो र यसलाई गुणात्मक रूपले नवीन चरणमा उकाल्नु भयो । लेनिनको ऐतिहासिक देन नै के मा निहित छ भने उहाँले नयाँ ऐतिहासिक अवस्थामा द्धन्द्धात्मक एवम् ऐतिहासिक भौतिकवादको समर्थन र विकास गर्नु भयो । लेनिनले वर्गहरूलाई परिभाषित गर्नु भयो र हरेक कोणबाट समाजवादी क्रान्तिको सिद्धान्तलाई सुविस्तारित गर्नु भयो । राज्य र सर्वहारा वर्गको अधिनायकत्वको सिद्धान्तलाई ठोस रूप दिनु भयो । लेनिनले सोभियत कम्युनिस्ट पार्टी (वोल्सेभिक) को निर्माण गर्नु भयो । अधिभौतिकवादीहरूको सिरुद्धको सङ्घर्षमा लेनिनले भैतिकवादी द्धन्द्धवादको मुटु बनेको प्रतिपक्षहरूको एकता र सङ्घर्षको नियममा विशेष ध्यान दिनु भयो । द्धन्द्धात्मक भौतिकवादी ज्ञान सिद्धान्तलाई विकसित पार्नु भयो । जडसुत्रवाद र संशोधनवादका सिरुद्ध भीषण सङ्घर्ष गर्नुभयो । पदार्थको दार्शनिक परिभाषा दिनु भयो ।
लेनिनले कम्युनिस्ट पार्टीको निर्माण र परिचालन सम्बन्धि लेनिनवादी सङ्गठनात्मक सिद्धान्तको प्रतिपादन गर्नु भयो, जसलाई जनवादी केन्द्रीयताको सिद्धान्त भनिन्छ । लेनिनले पूँजीवादको चरम सीमा साम्राज्यवाद हो भन्ने व्याख्या गर्दै साम्राज्यवाद र सर्वहारा वर्ग बीचको भीषण सङ्घर्षको युग हो भन्ने विश्लेषण गर्नुभयो ।
    लेनिनको थप योगदान केमा रहेको छ भने माक्र्सले पूँजीवादी क्रान्तिपछि संसार भर एकैचोटी क्रान्ति सम्पन्न हुने कुरा बताउँदै त्यस पछि साम्यवादकोपरिकल्पना गर्नु भएको थियो । तर लेनिनले एकै देशमा मात्र पनि क्रान्तिको निम्ती वस्तुगत र आत्मगत परिस्थिति परिपक्क भएको छ भने त्यहाँ क्रान्ति संभव छ भन्ने मात्र होइन उहाँले सन् १९४७ अनुवर २५ तारिखका दिन महान् रुसी समाजवादी क्रान्ति सम्पन्न गरेर नै व्यवहारमा प्रमाणित गराईदिनु भयो ।
लेनिनका मुख्य सिद्धान्तहरूमा साम्राज्यवाद सम्बन्धि सिद्धान्त, क्रान्तिकारी माक्र्सवादको सिद्धान्त, क्रान्तिको अनिवार्यता सम्बन्धि सिद्धान्त, क्रान्तिकारी पदपति र कलाको सिद्धान्त, सर्वहारा वर्गको अधिनायकत्वको सिद्धान्त, क्रान्तिमा किसानको प्रयोगसम्बन्धि सिद्धान्त, अन्तरराष्ट्रिय सम्बन्ध सम्बन्धि विचार द्धन्द्धात्मक भौतिकवाद सम्बन्धी विचार प्रमुख छन् ।
लेनिनले यी सिद्धान्तको निर्माणका क्रममा थुप्रै महत्वपूर्ण सैद्धान्तिक, पुस्तक, लेख र रचनाहरू लेखेका थिए । उनले सैद्धान्तिक र व्यवहारिक क्रान्तिलाई मूर्तरूप दिने काम गरेकाले उनलाई क्रान्तिका अग्रदुत र सर्वहारावर्गका महागुरुको रूपमा लिइन्छ । उनका प्रमुख रचनाहरूमा एकाधिकार पूँजीवादको अन्तिम रूप साम्राज्यवाद, शम्परो क्रिटिसिजम, एक कदम अगाडि दुई कदम पछाडि, राज्य र क्रान्ति जस्ता सैद्धान्तिक कृतिहरू रहेका छन् । उनका माक्र्सवादी दर्शन, राजनीति अर्थशास्त्र सहित अन्य विषयमा ४५ भागमा लेनिनका रचनाहरू भनि कृतिसंग्रह प्रकाशन भएको छ ।
लेनिनले संशोधनवादका विरुद्ध कडा सङ्घर्ष चलाउनु भयो । साम्राज्यवादको सारतत्वलाई एकाधिकार पूँजीवादका रूपमा औँल्याइ सर्वहारा क्रान्तिको सिद्धान्तलाई विकसित गर्ने सर्वहारा अधिनायकत्वको सिद्धान्तलाई परिमर्जन गर्ने साम्राज्यवादको युगमा युद्धको अपरिहार्यता र हिंसापूर्ण क्रान्तिको अनिवार्यलाई व्यवस्थित रूपमा सैद्धान्तिकरण गर्ने काम र माक्र्सवादी लेनिनवादी विश्वदृष्टिकोणलाई क्रान्तिलाई कार्य दिशासँग गाँस्ने, वर्गदुश्मन तथा संशोधनवादका विरुद्ध वर्गसङ्घर्ष र दुइलाइन सङ्घर्षका समस्याहरूको समाधान गर्दै आमजनविद्रोहद्वारा समाजवादको स्थापना तथा निर्माण गर्ने काममा लेनिनो अद्वितीय योगदान रहेको छ ।
अन्तराष्ट्रिय सर्वहारा वर्गका महान् नेता लेनिनको १९२४ जनवरी २३ का दिन देहावसान भयो ।

No comments:

Post a Comment