Friday, March 22, 2013

विश्व सर्वहारावर्गका महान् नेताहरूको योगदान


१. कार्ल माक्र्स (१८१८–१८८३)
बैज्ञानिक साम्यवादका प्रर्वक कार्ल माक्र्सको जन्म सन् १८१८ मई ५ तारिखका दिन जर्मनीको प्रसिया अन्तरगत ट्रिचर शहरको एक वकिल परिवारमा भएको थियो । फ्रेरडरिक एंगेल्स कार्ल माक्र्सका अनन्य मित्र र सहयोगी हुनुहुन्थ्यो । सन् १८४८ मा कम्युनिस्ट घोषणापत्र मार्फत कार्ल माक्र्स र फ्रेडरिक एंगेल्सले माक्र्सवादको प्रतिपादन गर्नु भयो । प्रकृति, समाज, राज्यव्यवस्था आदिबारेमा कार्ल माक्र्स र फ्रेडरिक एंगेल्सले महान् खोज र प्रयोगद्वारा निकाल्नु भएको बैज्ञानिक तथा क्रान्तिकारी विचार, सिद्धान्त र व्यवहारलाई माक्र्सवाद भनिन्छ । माक्र्सवादले पूँजीपति वर्गको राज्यसत्तालाई ध्वस्त पारि त्यो ठाउँमा सर्वहारावर्गका राज्यसत्ता स्थापना गर्ने सही र क्रान्तिकारी बाटो देखाउँदछ । माक्र्सवादका मौलिक विशेषताहरू छन् – द्वन्द्वात्मक भौतिकवाद, ऐतिहासिक भौतिकवाद, वर्गसङ्घर्ष, अतिरिक्त मूल्यको सिद्धान्त, तल्लो वर्गको जनतामा राज्यको शक्ति आदि हुन् र यसरी माक्र्ससवाद सर्वहारा वर्गको मुक्तिको सिद्धान्त बन्यो । माक्र्सवादको प्रतिपादन गर्नुमा नै कार्ल माक्र्सको प्रमुख योगदान रहेको छ ।
कार्ल माक्र्स र फ्रेडरिक एंगेल्सले माक्र्सवादी दर्शनको सिर्जना गर्नु भयो । माक्र्सवादी दशन भनेको द्वन्द्वात्मक भौतिकवाद हो । यसमा द्वन्द्ववाद र भौतिकवाद अभिन्न रूपले सम्बन्धित छन् । माक्र्स र एंगेल्सद्वारा प्रतिपादित र विषद व्याख्या गरिएको जुन दर्शन छ, त्यसलाई द्वन्द्वात्मक भौतिकवाद भनिन्छ र इतिहासमा यसका सिद्धान्तहरूको प्रयोगलाई ऐतिहासिक भौतिकवाद भनिन्छ ।
द्वन्द्वात्मक भौतिकवाद माक्र्स आफ्रैले सिर्जना गरेको दार्शनिक निचोड होइन, जर्मन दार्शनिकहरू हेगेलको द्वन्द्ववाद र फायरवारवको भौतिकवादलाई जोडेर द्धन्द्धात्मक भौतिकवादलाई व्यवस्थित मात्र गर्नु भएको हो । हेगेल द्धन्द्धवादी थिए, भौतिकवादी थिएनन् फायरवाख भैतिकवादी थिए, द्धन्द्धवादी थिएनन् । त्यसैले कार्ल माक्र्सले हेगेल र फायरवाखको टाउकोले टेकेको द्धन्द्धात्मक भौतिकवादलाई सुल्ट्यार खुट्टाले टेकेर उभिएको वास्तविक द्धन्द्धात्मक भौतिकवाद बनाउनु भएको थियो ।
कार्लमाक्र्सले ऐतिहासिक भौतिकवादको प्रतिपादन गरेर दार्शनिक क्षेत्रमा महत्वपूर्ण योगदान गर्नु भएको छ । त्यसैमा नै माक्र्सको योगदान रहेको छ । कार्ल मक्र्सले मानव समाजको ऐतिहासिक रूपले व्याख्या गर्दै “आजसम्मको इतिहास वर्गसङ्घर्षको इतिहास हो” भनेर ऐतिहासिक भौतिकवादी व्याख्या गर्नु भएको छ । र माक्र्सले भन्नु भएको छ , “संसारको व्याख्या त सबैले गरेका छन् गाठी कुरा त यसलाई बदल्नु पो हो त ।”  माक्र्सले मानवसमाजको ऐतिहासिक व्याख्या गर्दै आदिम साम्यवादी युग, दास युग, सामन्तवादी युग, पूँजीवादी युग र समाजवादी युग गरि समाजविकासको क्रमलाई पाँच चरणमा व्याख्या गर्नु भएको छ ।
माक्र्सवाद द्धन्द्धात्मक एवम् ऐतिहासिक भौतिकवादी विश्वदृष्टिकोणमा आधारित छ । विश्वको क्रान्तिकारी रूपान्तरण गर्ने ऐतिहासिक जिम्मेवारी बहन गरिरहेको सर्वहारा वर्गको प्रयासलाई माक्र्सवादी दर्शनले सेद्धान्तिक तथा न्यायोचित आधार र निर्देशन प्रदान गरि दिएको छ । त्यसमा सर्वहारा वर्गले खासमा संसारलाई ठीक सित बुझ्ने र त्यसलाई फेर्ने एक अन्युक्त अस्त्र भएको छ । यस विषयको महत्वलाई दर्शाउँदै भ्ला, इ. लेनिनले भन्नु भएको छ “माक्र्सको दर्शन एउटा यस्तो परिपूर्ण दार्शनिक भौतिकवाद हो, जसले मानवजातिलाई र खास रूपमा मजदुर वर्गलाई ज्ञानका शक्तिशाली औजार प्रदान गरेको छ ।”
यस विषयमा दर्शनले सर्वहारा वर्गमा आफ्नै भौतिक हतियार भेटाउँछ, त्यसरी नै सर्वहारावर्गको दर्शनमा आफ्नो बोद्धिक हतियार भेटाउँछ ।”
१८ औं शताब्दिको उत्तरद्र्धिमा भएको वाह्य इन्जिनको अन्वेशनले मानव समाजमा औधोगिक क्रान्ति ल्यायो । यसले यूरोप र पश्चिमी मुलुकहरूमा पूँजीपति वर्गको उदय गरायो र ती देशहरूमा पूँजीपति वर्गको नेतृत्वमा सामन्तवादका विरुद्ध पूँजीवादी क्रान्ति सम्पन्न भए अर्थात, बुर्जुवा गणतन्त्र स्थापना भए । यो राजनीतिक क्रान्तिपछि ती देशमा उत्पादक शक्तिको अभूतपूर्व विकास हुन गयो । पूँजीवादी क्रान्तिलाई माक्र्स र एंगेल्सले सामन्तवादको तुलनामा प्रगतिशील भन्नु भएको छ तर पूँजीवादको विकसले एकातिर समाजमा उत्पादनका साधनहरूको मालिक पूँजीपतिवर्ग र अर्काे तिर आफ्नो श्रम बेचेर जीविका चलाउन बाध्य भएका मजदुरहरूको विसाल पंक्ति सर्वहारावर्गको विकास गरायो । पूँजीवादी समाजका अन्तरविरोधहरूको गहन अध्ययन पश्चात् माक्र्स र एंगेल्सले सर्वहरा वर्गलाई मानवसमाजको अन्तिम र सबैभन्दा क्रान्तिकारी वर्ग भएको कुरा उल्लेख गर्नुका साथै सर्वहारा वर्गको नेतृत्वमा सम्पन्न हुने सर्वहाराक्रान्तिले वर्गविहिन साम्यवादी समाजके स्थापना गर्ने कुराको उट्घोष गर्नुभयो ।
कम्युनिस्ट पार्टीको निर्माणमा माक्र्स र एंगेल्सले ठूलो योगदान पु¥याउनु भएको छ । पूँजीवादबाट साम्यवादमा संक्रमणको यात्रा पुरा गर्न सर्वहारावर्गले कम्युनिस्ट पार्टीको निर्माण गर्नुपर्दछ र त्यस्तो पार्टीले मात्र वर्गीय समाजलाई वर्गविहिन समाजमा रूपान्तरण गर्न नेतृत्व गर्न सक्छ भन्ने कुरालाई माक्र्स र ए.गेल्सद्धारा लिखित तथा सन् १८४८ माा प्रकाशित कम्युनिस्ट घोषणापत्रमा स्पष्ट गरिएको छ ।
माक्र्सवादले यस्ता आधारभूत सत्यहरू दिएको जुन कम्युनिस्ट पार्टी निर्माणका लागि सर्वहारा वर्गका बैचारिक आधार मानिन्छ । विश्वलाई बुझ्न तथा रूपान्तरण गर्नका निमित्त अपरिहार्य हुने वर्गसङ्घर्षको सिद्धान्त इतिहासको सुडेनीको रूपमा रक्तपातपूर्ण युद्धको भूमिका सर्वहारावर्गको अधिनायक लयागतका विषयहरू कम्युनिस्ट पार्टी निर्माणका आधारभूत वैचारिक पक्षहरू छन् । यी आधारभूत बैचारिक विषयहरूको जगमा कम्युनिस्ट पार्टी निर्माण, त्यसको नेतृत्वमा पूँजीवादी सत्ताको ध्वंश र सर्वहारावर्गका सत्ता निर्माणले मात्र मानवजातिलाई साम्यवादतर्फको मार्ग प्रशस्त गर्दछन् । सामाजिक क्रान्तिबारे स्पष्ट पार्दै माक्र्सले भन्नु भएको छ, – “वर्गको अस्तित्व उत्पादनको विकास प्रक्रियाको खास ऐतिहासिक अवस्थामा मात्र रहन्छ । वर्गसङ्घर्ष अनिवार्यरूपले सर्वहारा अधिनायकत्वको रूपमा व्यक्त हुन्छ र त्यो अधिनायकत्व वर्गहरूको उन्मूलन र वर्गविहिन समाजको संक्रमणकालिन अवधिसम्म मत्र कायम रहन्छ ।” वर्गसङ्घर्ष र विचार सङ्घर्षको लामो प्रक्रियाबाट माक्र्सले गर्नु भएको यो संश्लेषण नयाँ ढंगको पार्टी निर्माण र सर्वहाराक्रान्तिको बैचारिक आधार हो ।
माक्र्स र एंगेल्सले सन् १८६४ मा आफ्नै नेतृत्वमा प्रथम अन्तर राष्ट्रियको गठन गरेर त्यसको सांगठनिक एवम् वैचारिक नेतृत्व समेत प्रदान गर्नुभयो । माक्र्स र एंगेल्सले आफ्नो समयमा एकातिर लासाल तथा प्रधोको सुधारवाद र ब्लाङ्गी तथा बाकुनियनको उग्रवामपन्थि अराजकतावाद जस्ता दुइथरि गलत प्रवृत्तिका विरुद्ध सङ्घर्ष गर्दै माक्र्सवादी सिद्धान्तको विकास गर्नु भएको थियो । यतिमात्र सहयोग गरेर अर्काेतिर सर्वहारावर्गको अन्तरराष्ट्रिय सङ्गठन पहिलो अन्तरराष्ट्रिय निर्माण गरेर विश्वभरिका कम्युनिस्ट क्रान्तिकारीहरूलाई एकताबद्ध गर्न कडा परिश्रम गरिरहनु भएको थियो । र बैचरिक तथा सांगठनिक क्षेत्रमा कडा परिश्रम गरेर मात्र माक्र्सवादको विकास र सर्वहारा वर्गको विकासमा महत्वपूर्ण योगदान पु¥याउनु भएको थियो । यस विषयमा एंगेल्सले भन्नु भएको छ, – सर्वहारावर्गको विकास जहाँ कहिँ पनि आन्तरिक सङ्घर्षको बीचबाट नै अगाडि बढ्छ जस्तो कि माक्र्स र म आफैंले पनि अरु कसैसँग भन्दा बढि नक्कली समाजवादीहरू विरुद्ध जीवनमा कठिन लडाई लडेका थियौं ।
जसरी संसारलाई बदल्ने बैज्ञानिक चेतना मानव जातिलाई प्रदान गरे त्यसैमा नै कार्ल माक्र्सको सबैभन्दा ठूलो योगदान रहेको छ ।
सन् १८८३ को १४ मार्चका दिन वैज्ञानिक साम्यवादका प्रवर्तक, विश्वसर्वहारा बर्गका महान् गुरु तथा शिक्षक कार्लमाक्र्सको देहवसान भयो । उहाँको सवलाई लण्डनको हाइगेटमा दफनाइएको थियो ।

No comments:

Post a Comment