Friday, March 22, 2013
६. अर्नेस्टो चे ग्वेभारा
अर्नेस्टो चे ग्वभाराको जन्म सन् १९२८ मा अर्जेटिनाको दोश्रो ठूलो शहर रोजारियोमा भएको थियो । अर्जेटिनामा जन्मिएर ग्बाटेमालामा साम्राज्यवाद विरुद्ध मोर्चा कस्ने क्युवामा छापामार युद्ध चलाएर सत्ताप्राप्त पछि नेशनल बंैकको निर्देशक एवम् मन्त्रि बनेका तर पनि विश्वक्रान्तिका सपना देख्दै बोलिभियामा लड्न पुग्ने एक अद्वीतीय कम्युनिस्ट योद्धा जो ३९ वर्षको उमेरमा सन् १९६७ अक्टुवर ९ तारिखका दिन सि.आइ.ए. र उसले तालिम दिएको वन रक्षक (रेन्जर) हरूले घेराहाली पक्राउ पछि हत्या गरे । चे को हत्या पछि एक दिनभरी सवलाई सार्वजनिक ठाउँमा प्रदर्शनमा राखियो । ११ अक्टुवरका दिन ट्रकमा हाली वेपत्ता गराइयो । २८ वर्ष पछि चिहान खन्दा चे को कँकाल फेला प¥यो । चे को कंकाल लाई क्यूवामा ल्याएर सुरक्षित राखिएको छ ।
छापामार युद्धाका रणनीतिका उत्प्रेरक तथा विश्वका महान् क्रात्किार िचे ग्वाभाराले ल्याथिटन अमेरिकी मुलुकमा छापामार युद्धद्धारा साम्यवादी क्रान्ति सम्पन्न गर्ने नवीणतम धारा सुरु गरेका थिए । उनले युद्धको क्रान्तिको लागि वस्तुगत परिस्थिति नभएको अवस्थामा पनि छापामार युद्धद्वारा साम्यवादी क्रान्ति सम्पन्न गर्न सकिन्छ भन्ने सिद्धान्त प्रतिपादन गर्नुका साथै क्यूवामा क्रान्ति सफल गरी समाजवादी राज्य स्थापना गर्ने काम गरेका थिए । उनि जनताबीच रहेर छापामार युद्ध संचालन गर्ने जनयुद्ध भन्दा भिन्न प्रशिक्षित छापामारबाट क्रान्ति सम्पन्न गर्नु पर्दछ र एउटा मुलुकमा मात्र क्रान्ति सिमति नराखि अनेत्र फैलाउँदै जानु पर्दछ भनी सिद्धान्त र व्यवहारलाई अनुवाद गरेकाले उनलाई महान् क्रान्तिकारीको रूपमा लिइन्छ ।
चे छापामार समूह गठन गरी क्रान्तिका लागि समर्पण भएका र सन् १९५९ मा क्यूवामा क्रान्ति सफल गरे पछि उनलाई त्यहाँको नागरिकता प्रदान गरिएको थियो । तर उनले क्युवाले दिएको सवै सुविधाहरूलाई त्यागेर विश्वक्रान्ति सम्पन्न गर्नका लागि बोलिभिया तिर लागे । छापामार युद्ध चलिाइरहेको बेला उनको हत्या भयो । चे को योगदानबाट विश्वका सबै क्रान्तिकारीहरूले शिक्षा लिन आवश्यक छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment