Monday, March 11, 2013
के हुन् महाधिवेशनका कार्यभारहरु ?
विषयप्रवेश
हाम्रो महान् तथा गौरवशाली पार्टी नेकपा–माओवादीको सातौं महाधिवेशन पौष २५ गतेबाट सुरु हुँदैछ । २२ वर्षपछि हुन गइरहेको महाधिवेशन नव संशोधनवादसित सम्बन्धविच्छेद गरेपछि नेपाली क्रान्तिका अधुरा कार्यभार पूरा गर्ने महान् उद्देश्यका साथ हुँदैछ । यो महाधिवेशनले नयाँ ढंगको क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माण गर्नुका साथै ठोस कार्यदिशा र स्पष्ट कार्यक्रम समेत निर्माण गर्नेछ । यसकारण पनि राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा समेत यस महाधिवेशनले निकै चर्चा पाएको छ । नेपाली क्रान्तिको ऐतिहासिक कार्यभार आफ्नो काँधमा आएको जिम्मेवारीबोध गर्दै दश वर्षे जनयुद्धका उपलब्धिको रक्षा गर्न पार्टी रणनीति र कार्यनीति ठोस गर्नुका साथै नयाँ क्रान्तिकारी नेतृत्वको निर्माण पनि यो महाधिवेशनले गर्नेछ । जुन नेतृत्वले नयाँ जनवादी क्रान्तिलाई कुशलतापुर्वक सम्पन्न गर्न सकोस भन्ने आशा पनि गरिएको छ । यसले गर्दा पनि महाधिवेशनको चासो र आकर्षण बढ्नु स्वाभाविक छ । मूलतः महाधिवेशन भनेको कम्युनिष्ट पार्टीको सर्वोच्च अंग हो । यो विचार निर्माणको अन्तिम र निर्णायक थलो भएको कारणले हाम्रो पार्टी महाधिवेशनप्रति सबैको ध्यान आकृष्ट हुन पुगेको छ ।
पार्टी निर्माणको प्रश्न
सामान्यतः पार्टी भन्नाले राजनीतिक संगठन भन्ने बुझिन्छ । तर यो मात्र बुझाई पूर्ण होइन । पार्टी भनेको विचार, राजनीतिक कार्यदिशा, कार्यनीति, कार्ययोजना तथा संगठनको समुच्चय रुप हो । समाजलाई बुझने दृष्टिकोण कस्तो छ ? राजनीतिक कार्यक्रम के हो ? सो उद्देश्य प्राप्त गर्ने कार्यदिशा, कार्यनीति तथा कार्ययोजनाहरm के कस्ता छन र त्यसको संगठनात्मक विधि के हो भन्ने कुराले मात्र ठोस परिणाम दिन्छ । वर्ग विभाजित समयमा जुनसुकै पार्टी पनि वर्ग सापेक्ष हुन्छ, वर्ग निरपेक्ष हुँदैन । यस दृष्टिले कम्युनिस्ट पार्टी भनेको द्धन्द्धात्मक तथा भौतिकवादी विश्वदृष्टिकोण अर्थात् माक्र्सवाद–लेलिनवाद–माओवादको वैचारिक निर्देशनमा उत्पीडित राष्ट्र र जनताका राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिकलगायत अन्तरविरोधहरुको पहिचान गर्ने, तिनको समाधानको निम्ति कार्यदिशा, नीति र कार्ययोजनाको विकास गर्ने तथा मानवजातीलाई साम्यवादसम्म पु¥याउन वर्गसंघर्षको नेतृत्व गर्ने राजनीतिक अग्रदस्ता हो भन्ने बुझ्नुपर्छ ।
नेकपा–माओवादी माक्र्सवाद–लेनिनवाद–माओवादको सैद्धान्तिक पथप्रदर्शनमा विद्यमान वर्गीय, जातिय, क्षेत्रीय र लैङ्गिक उत्पीडनलाई अन्त्य गर्दै सिंगै मानवजातिलाई मुक्त गर्ने वैज्ञानिक साम्यवादमा विश्वास राख्ने पार्टी हो । यसको लक्ष्य अर्धसामन्ती र नवऔपनीवेशिक स्थितिवाट अन्त्य गरेर नयाँ जनवादी क्रान्तिहुदै समाजवादी व्यवस्थाको स्थापना अनिवार्य ठान्दछ । यी उद्देश्यहरुको प्रािप्तको लागि नयाँ ढंगको क्रान्तिकारी कम्युनिस्ट पार्टीको आवश्यकता पर्दछ । त्यसका लागि सांगठनिक कामहरुलाई व्यवस्थित तुल्याउन आवश्यक हुन्छ । प्रचण्ड–बाबुरामको नव संशोधनवादसँग सम्बन्धविच्छेदपछि पनि हाम्रो पार्टी त्यही पार्टीको ह्याङओभरबाट मुक्त हुन सकेको छैन । जनवादी केन्द्रीयता, सामुहिक पार्टी प्रणाली, आलोचना–आत्मआलोचना, सर्वहारा वर्गीय जीवनशैली, कार्यशैली र कार्यपद्धति, जनदिशा, नेतृत्वको काम गर्ने तरिका, कार्यनीति, गोपनीयता लगायतका क्रान्तिकारी कम्युनिस्ट पार्टीका मान्यताहरु पुरै भत्किएका छन् । क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माणमा यी कामहरुलाई बढि महत्वको साथ व्यवस्थित तुल्याउन आवश्यक हुन्छ । फेरि हामी नयाँ ढंगको क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माणको महान् प्रक्रियामा छौ । महान् नेता लेनिनले ‘क्रान्तिका लागि क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टीको आवश्यक पर्दछ’ भनेर भन्नु भएको छ । तर यही नयाँ ढंगको क्रान्तिकारी पार्टी हामीसित छैन ।
क्रान्तिकारी पार्टीका बारेमा कमरेड स्टालिन भन्नु हुन्छ,–‘एक नयाँ पार्टी, एक लडाकू पार्टी, एक क्रान्तिकारी पार्टीको आवश्यक छ । यस्तो साहसिलो पार्टी जसले सत्ता प्राप्त गर्ने संघर्षमा सर्वहारावर्गको नेतृत्व गर्न सक्छ । यस्तो अनुभवी पार्टी जसले क्रान्तिकारी परिस्थितिका जटिल अवस्थाहरुमा पनि आफ्नो बाटो पहिल्याउन सक्छ र यस्तो चहकिलो पार्टी जो आफ्नो लक्ष्य प्राप्तिका निम्ति सारा चट्टानहरुवाट जोगिएर अगाडि बढ्न सक्छ । यस्तो पार्टी नभइकन साम्राज्यवादको तख्ता पल्टाउने र सर्वहारा अधिनायकतन्त्र कायम गर्ने कुरा सोच्नु निरर्थक हुन्छ ।’ स्टालिनका यी भनाइहरु ज्यादै सान्दर्भिक छन् । यसबारे माओ भन्नु हुन्छ,– ‘क्रान्ति गर्नुछ भने क्रान्तिकारी पार्टी हुनैपर्छ । क्रान्तिकारी पार्टीबिना माक्र्सवादी–लेनिनवादी सिद्धान्त र क्रान्तिकारी सिद्धान्त अनुसार बनेको पार्टीबिना सामाज्यवाद तथा यसका दलालहरुलाई पराजित गर्न असम्भव हुन्छ ।’ लेनिन, स्टालिन र माओका यी भनाइहरुबाट हामीले क्रान्तिकारी पार्टी निर्माणका लागि शिक्षा ग्रहण गर्न आवश्यक छ । सबै कम्युनिस्ट पार्टीहरु क्रान्तिकारी हुन सक्दैनन् । नयाँ ढंगको पार्टी भनेको क्रान्ति र जुझारु संघर्षको आवश्यकता अनुरुपको पार्टी हो । महान् दश वर्षे जनयुद्धहुँदै शान्तिप्रक्रियामा आएयता एमाओवादी शान्ति, संसद र प्रतिक्रियावादी सत्ताको साधनमा फेरिन पुग्यो । नेपाली क्रान्तिलाई लत्याउदै जनता र क्रान्तिकारीहरुलाई विश्वासघात ग¥यो । त्यसको मूख्य नेतृत्व पार्टी विसर्जन गर्ने तहसम्म पुगेपछि नेपाली क्रान्तिका बाँकी कार्यभारहरु पुरा गर्ने दायित्ववोधका साथ क्रान्तिकारीहरुले दक्षिणपन्थी नवसंशोधनवादसित निर्णायक सम्वन्ध विच्छद गर्दै माओवादी पार्टी पुनर्गठन गर्न बाध्य भए ।
सर्वहारावर्ग र उत्पीडित जनसमुदायको राजनीतिक प्रतिनिधि भएकाले कम्युनिस्ट पार्टी अन्य राजनीतिक पार्टी भन्दा गुणात्मक रुपले फरक हुन्छ । कम्युनिस्ट पार्टी साँच्चिकै क्रान्तिकारी भइरहनका लागि त्यो निरन्तर नयाँ बन्दै जानु पर्छ । नयाँ ढंगको कम्युनिस्ट पार्टी बन्नका लागि पार्टीमा निरन्तर पैदा भइरहने गलत चिन्तन र प्रवृत्तिका विरुद्ध निरन्तर विचारधारात्मक संघर्ष गर्दै जानु पर्दछ । आज हामी नयाँ ढंगको क्रान्तिकारी पार्टी निर्माणको महान् अभियानमा क्रियाशिल छौ, तर नयाँ ढंगको कम्युनिस्ट पार्टी निर्माणका लागि सवैभन्दा ठूलो चुनौती संसद्वाद, सुधारवाद र साम्राज्यवाद तथा विस्तारवादको गोटीको रुपमा प्रस्तुत हुने दक्षिणपन्थी संशोधनवाद हो । ताजा उदारहणका रुपमा प्रचण्ड–बाबुरामलाई प्रस्तुत गर्न सकिन्छ । यस प्रकारको संशोधनवादको विरुद्ध निर्मम संघर्ष गरेर नै नयाँ ढंगको कम्युनिस्ट पार्टी बनाउन सकिन्छ र अहिले हाम्रो सम्पूर्ण ध्यान पार्टी निर्माणका सन्दर्भमा यसैमाथि केन्द्रीत हुन जरुरी छ । पार्टीलाई सधै क्रान्तिकारी बनाई राख्न शुद्धिकरण अभियान संचालन गर्दै जानु जरुरी हुन्छ । हिजो प्रचण्ड–बाबुरामले निर्माण गरेजस्तो मास पार्टी होइन चुस्त, दुरुस्त र लडाकु पार्टी निर्माण गरेर मात्र सधै क्रान्तिकारी बनाउन सकिन्छ । अनि पार्टीलाई क्रान्तिकारी बनाई राख्ने प्रमुख साधन क्रान्तिकारी कार्यदिशा, कार्यक्रम तथा कार्याेजना हो भन्ने कुरालाई पनि क्रान्तिकारीहरुले कहिल्यै भुल्नु हुँदैन ।
नेतृत्वबारे
कम्युनिस्ट पार्टीमा सक्षम नेतृत्वको आवश्यकता हुन्छ । कम्युनिस्ट पार्टी भनेको नेताहरुको हो र त्यसलाई संचालन गर्न पनि उच्चतहका नेताहरुको आवश्यकता पर्दछ । यसबारे लेनिनले भन्नुभएको छ,– ‘प्रतिभाशाली नेतृत्वको पंक्तिबिना क्रान्ति अगाडि बढ्न सक्तैन ।’ क्रान्तिकारी नेतृत्वको प्रश्न क्रान्तिकारी नीति र कार्यदिशासँग अभिन्न रुपले गाँसिएको हुन्छ । यी दुबैलाई अलग राखेर क्रान्तिकारी नेतृत्व निर्माण गर्न सकिदैन । कम्युनिष्ट पार्टी सामुहिक नेतृत्व प्रणाली अन्तरगत संचालन हुने गर्दछ । तर विगत कालमा सामुहिक नेतृत्व भन्दा व्यतिmविशेषलाई बढी स्थापित गर्ने तथा प्राधिकार बनाउने, आवश्यकता भन्दा बढी नेतृत्वको केन्द्रीकरण गर्ने आदि कमजोरी हुन गएका छन् । जस्तो कि दश वर्षे जनयुद्धकै प्रक्रियामा प्रचण्डलाई नै बढी स्थापित गर्ने तथा प्राधिकार बनाउने, आवश्यकता भन्दा बढी नेतृत्वको केन्द्रीकरण गर्ने, प्रचण्डपथको पगरी गुथाई दिने र क्रान्तिकारीहरुले नै उनीप्रति जुन खालको श्रद्धावादको प्रयोग गरियो, यो गंभीर प्रकारको कमजोरी थियो । र लामो समयसम्म एउटै व्यक्तिलाई नेतृत्वमा राख्ने कमजोरीहरु पनि भएका छन् ।
क्रान्ति र क्रान्तिकारी कम्युनिस्ट पार्टीका लागि नेतृत्वको महत्वपूर्ण भूमिका हुन्छ । नेतृत्व भनेको सामान्य विषय होइन । नेतृत्व ऐतिहासिक आवश्यकताका बीचवाट पैदा हुन्छ । जनसमुदाय मात्र नेतृत्वको जन्मदाता हुन् । क्रान्तिलाई सही दिशामा अगाडि बढाउनका लागि सही र क्रान्तिकारी तथा सर्वहारा वर्गीय गुणले युक्त नेतृत्वको आवश्यकता पर्दछ । एउटा बुझ्नै पर्ने कुरा के हो भने कम्युनिस्ट पार्टी भनेकै नेताहरुको पार्टी हो तर ती नेताहरुका बीचमा पनि उच्च नेताहरुको एउटा टीमस्प्रिट हुन आवश्यक हुन्छ । नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमा अनेकौ नेताहरु पैदा भएका छन् र जुन कैयौ नेताहरुवाट धोका, गद्धारी र विश्वासघात हुदै आएको छ, यसो हुनुमा त्यसभित्रका क्रान्तिकारीहरुको पनि कमजोरी हुदै आएको छ, यस विषयमा पनि गंभीर प्रकारको अन्वेषण हुन जरुरी छ । यस प्रकारका नकारात्मक परिघटनाहरुवाट पाठ सिक्दै अगाडि बढ्नु जरुरी छ किनकि विगतमा विचार एउटाको नेतृत्व अर्काेको भएकै कारणले पनि नेतृत्व बिग्रन पुगेको छ । अब जसको विचार उसकै नेतृत्व हुने साँगठनिक प्रणाली निर्माण गरेर मात्र विगतमा भए गरेका कमजोरीहरुलाई सच्याउन सकिने छ र क्रान्तिकारी नेतृत्व्लाई स्थापित सकिने छ ।
नयाँ कार्यदिशाको सवाल
कार्यदिशा भनेको क्रान्तिको रणनीतिक लक्ष्य प्राप्त गर्ने प्रमुख हतियार हो । यसले रणनीतिको पुर्ण रुपले सहयोग गर्दछ । रणनीति स्थिर हुन्छ भने कार्यनीति लचकदार हुन्छ । रणनीति आफनो लक्ष्य प्राप्त नगरुन्जेल परिवर्तन हुँदैन भने कार्यनीति परिस्थिति अनुसार क्षण–क्षणमा परिवर्तन भइरहन्छ । हाम्रो न्यूनतम लक्ष्य नयाँ जनवाद हो भने अधिकतम लक्ष्य समाजवाद हुदै साम्यवादमा पुग्ने हो । तर हामी यतिवेला नयाँ जनवादी क्रान्तिकै चरणमा छौ । नयाँ जनवादी क्रान्ति भनेकै नयाँ खाले पँुजीवादी क्रान्ति हो । यो क्रान्ति मजदुर–किसान एकताका आधारमा कम्युनिस्ट पार्टीको नेतृत्वमा सम्पन्न गरिने क्रान्ति हो । नेपाल अझै पनि अर्धसामन्ती तथा नवऔपनीवेशिक अवस्थामा रहिआएको नेपाली क्रान्तिका दुश्मन घरेलु प्रतिक्रियावाद एवम वैदेशिक प्रतिक्रियावाद दुवै रहेको अवस्थामा नेपाली क्रान्तिको राजनीतिक कार्यदिशा नयाँ जनवादी क्रान्तिकै कार्यदिशा रहदै आएको छ । नेपाली नयाँ जनवादी क्रान्तिको कार्यदिशा भनेको सशस्त्र संघर्षको कार्यदिशा हो । हामीद्धारा सम्पन्न गरिने नेपाली क्रान्तिको कार्यदिशा सशस्त्र संघर्ष नै हुने कुरा नै हो । तर संघर्षको मोडेल के हुने भन्ने कुरामा महान् बहस सञ्चालन गर्न आवश्यक छ र भइपनि रहेको छ । अबको संघर्षको मोडेल दीर्घकालीन जनयुद्ध, जनविद्रोह वा जनयुद्धको जगमा जनविद्रोह मध्ये कुन मोडेललाई कार्यनीतिक कार्यदिशा बनाएर अगाडि बढ्ने भन्ने बहस नै आसन्न सातौ महाधिवेशनका मुख्य मुद्धा हुन् ।
के हुने क्रान्तिको नयाँ मोडल ?
अहिले हाम्रो पार्टीभित्र रणनीतिक लक्ष्यको बारेमा कुनै वहस छैन । किनकि हाम्रो रणनीतिक लक्ष्य जनवादको प्राप्तिपश्चात समाजवादहुँदै साम्यवादमा हो । तर नयाँ जनवादको प्राप्तिका लागि तात्कालीन र दीर्घकालीन कार्यदिशा, कार्यक्रम, कार्ययोजना के हुने ? संघर्षका कुन कुन मोडेललाई प्रयोगमा ल्याउने भन्ने कुरा नै महत्वपूर्ण र वहसको विषय बन्न पुगेका छन् । नेपाली कम्युनिस्ट आन्दोलनमा कार्यनीतिलाई नेतृत्वले रणनीतिमा बदल्ने र नेतृत्वले पनि रंग बदलेर दक्षिपन्थी संशोधनवादी बन्दै आएको इतिहास छ । दश वर्षे जनयुद्ध दीर्घकालीन जनयुद्धको कार्यदिशाअन्तर्गत संचालन गरिएको थियो । चुनवाङ बैठकले संविधानसभालाई तात्कालिन कार्यदिशा बनायो र राजतन्त्रको अन्त्य गर्नेसम्मको कार्यक्रम र कार्ययोजना तर्जुमा ग¥यो । तर पार्टीको मूख्य नेतृत्व गर्दै आएका प्रचण्ड–बावुरामले लोकतान्त्रिक गणतन्त्रको कार्यदिशालाई रणनीतिमा बदल्न पुगेपछि संविधानसभाबाट जनताको नयाँ संविधान नबनेको मात्रै होइन नेपाली क्रान्तिलाई समेत उनीहरुले विसर्जन गराउने तहसम्म पु¥याए । त्यसो भएर हामीले कार्यनीतिक कार्यदिशा तय गर्न र त्यसलाई कार्यान्वयन गर्नमा गंभीर बन्नु पर्दछ । विगतका कमजोरीबाट पाठ सिकेर संघर्षका मोडेलहरु पनि निक्र्योल गर्न सक्षम बन्न जरुरी छ ।
नेपाली क्रान्ति सशस्त्र संघर्ष अर्थात हतियारवद्ध आन्दोलनवाट मात्रै सम्पन्न हुने कुरामा कुनै विवाद छैन । तर संघर्षको कुन मोडेल र कुन समयमा प्रयोगमा ल्याउने भन्ने कुरामात्रै बहसको विषय हो । नेपाली जनता सशस्त्र संघर्षमा सहभागी नबनेसम्म नेपाली क्रान्ति सम्पन्न गर्न असम्भव हुने भएकोले दीर्घकालिन जनयुद्ध नै नेपाली क्रान्तिको सबैभन्दा उपयुक्त मोडेल हो । महान् दश वर्षे जनयुद्धमा यो संघर्षको मोडेल प्रयोग गरियो र लाखौ जनता जनयुद्धमा सहभागी बनेर नै दश वर्षे जनयुद्धले नेपाललाई मात्रै होइन, विश्वलाई नै एकपटक राम्ररी झकझकाएको थियो । आवश्यकताअनुसार यो मोडेललाई पनि नेपाली क्राीन्तका लागि पुनः प्रयोगमा ल्याउन पनि सकिन्छ । तर यो मोडेल दश वर्षे जनयुद्धको प्रक्रियामा प्रयोगमा आइसकेको विषय हो । हिजोको भन्दा आजको अवस्था अरु गुणात्मक रुपले विकास पनि भइरहेको छ । त्यही जनयुद्धको मोडललाई अझ विकसित र समृद्ध बनाउँदै जानुपर्छ ।
विद्रोह गर्नु जनताको अधिकार हो । जनविद्रोह जनताद्धारा गरिने विद्रोह हो । यो शान्तिपूर्ण नभइ हिंशात्मक हुने गर्दछ । रुसमा लेनिनले सन् १९१७ मा आम जनविद्रोहको नेतृत्व गरेर महान् अक्टुवर समाजवादी क्रान्ति सम्पन्न गर्नुभएको थियो । यस विद्रोहले सर्वहारा अधिनायकत्वको निर्माण गरेको थियो । नेपालमा पनि वि.स.२०६३ को परिवर्तनपश्चात विशेष गरेर माओवादीले जनविद्रोहको शब्दलाई उचाइका साथ अगाडि बढाएको हो । एमाओवादीले एकपटक संविधानसभावाट सामन्तवाद–साम्राज्यवादविरोधी सारतत्व बोकेको जनताको संघीय गणतन्त्रात्मक संविधान बनाउने काममा षडयन्त्र भएमा जनविद्रोह मार्फत नेपाली क्रान्ति सम्पन्न गर्ने भन्ने निर्णय गरेको थियो । अहिले जनविद्रोहको शब्द अवसरवादी तथा संशोधनवादीहरुको मागी खाने भाडो बन्न पुगेको छ । जनविद्रोहको नारालाई सवैभन्दा बढी नव संशोधनवादमा पतन भइसकेका प्रचण्ड–बावुरामले उराल्ने गरेका छन् । अर्काे शब्दमा भन्नुपर्दा जनविद्रोह सस्तो लोकप्रियताका लागि प्रयोग गरिने शब्द बन्न पुगेको छ । तसर्थ अब जनविद्रोह नेपाली क्रान्तिको वर्तमान कार्यनीतिक कार्यदिशा बन्न सम्भव छैन । तर यसको महत्वलाई भने नकार्न मिल्दैन ।
जनयुद्धको जगमा जनविद्रोह
महान् दश वर्षे जनयुद्धको ठूलो विरासत हामीसित छ, यद्येपि दश वर्षे जनयुद्धका प्रक्रियामा निर्माण गरिएको जनमुक्ति सेना, आधार इलाकाहरु, जनसत्ता, जनअदालत र जनसरकारहरु प्रचण्ड र बाबुरामले विघटन गरिसकेका छन् । तर दशवर्षे जनयुद्धको ठूलो अनुभव र शिक्षा हामीसित छ । हामी यतिवेला दश वर्षे जनयु्द्धहुँदै शहरिया जनविद्रोहको तयारी गर्नेगरी शहरमा पनि केन्द्रीकृत हुन पुगेका छौ । शहरमा पार्टीको प्रभाव र घनत्वको पनि तीव्र गतिले बृद्धि भइरहेको छ । ग्रामीण इलाका र पुराना आधार इलाकाहरुमा पनि पार्टीको प्रभाव र जनताको समर्थन कायमै छ । ७८ प्रतिशत जनता गाउमा बस्ने भएकाले गाउका जनतालाई विद्रोहमा नउतारिकन नेपाली क्रान्तिलाई विजयमा पु¥याउन सम्भव पनि छैन । हामी जनविद्रोहलाई संगठित गरेर पनि अगाडि बद्छौ । शहरिया जनविद्रोह सशस्त्र हुने कुरा निश्चित हो । यस प्रकारको जनविद्रोहमा प्रतिक्रियावादीहरुबाट भीषण दमन भयो भने हामी दीर्घकालीन जनयुद्धको कार्यदिशा अपनाएर ग्रामीण छापामार युद्ध गर्ने तहसम्म पनि पुग्न सक्छौ । त्यो परिस्थिति पनि आउन सक्छ । यही कुरालाई मध्यनजरमा राख्दै माओले छापामार युद्धलाई संधै जारी राख्नु पर्दछ भन्नु भएको थियो ।
जनयुद्धको जगमा जनविद्रोह हामीले तय गरिसकेको नेपाली क्रान्तिको कार्यदिशा हो । जनयुद्धको जगमा जनविद्रोह भनेको फेरि पनि दश वर्षे जनयुद्धलाई आधार बनाएर नेपाली क्रान्तिको तयारी गर्ने भन्ने हो । हाम्रो निम्ति क्रान्ति अनिवार्य सर्त हो । नेपाली क्रान्ति पुरा गर्ने ऐतिहासिक दायित्व हाम्रो काँधमा आएको छ । त्यसैले अब एकपटक हामीले मसक्कै आँटेर जनयुद्धको जगमा जनविद्रोहमार्फत नेपाली क्रान्ति सम्पन्न गर्ने कार्यदिशाकासाथ अगाडि बढ्न आवश्यक छ । किनकि नेपाली क्रान्तिको भविष्य जनयुद्धको जगमा जनविद्रोहमार्फत हुन्छ ।
कस्तो सांगठनिक ढाँचा ?
क्रान्तिलाई सफल तुल्याउन पार्टीको नेतृत्वमा निर्भर रहेको हुन्छ । नेतृत्व कुन सांगठनिक ढाँचाबाट बनेको छ भन्ने कुराले पनि ठूलो अर्थ राख्दछ । पार्टीले कस्तो सांगठनिक ढाँचा निर्माण गर्ने भन्ने कुरा त्यस पार्टीले निर्धारण गर्ने क्रान्तिको कार्यदिशाले नै निर्धारण गर्दछ । पार्टीका सांगठनिक ढाँचाहरु समय र परिस्थितिअनुरुप निर्धारण गरिन्छन् । राजनीतिक संगठन, सैन्य संगठन बनाउने वा संसदीय पार्टीको सांगठनिक ढाँचा बनाउने भन्ने कुरा वर्गसंघर्ष कुन रुपमा चलिरहेको छ र पार्टीले कुन कार्यदिशा अपनाइरहेको छ भन्ने कुरामा निर्भर पर्दछ ।
हामीले अहिले जनयुद्धको जगमा जनविद्रोहमार्फत नेपाली क्रान्ति सम्पन्न गर्ने कुरा गरिरहेका छौ । यस कार्यदिशालाई कार्यान्वयन गर्नका निम्ति पार्टीले सांगठनिक ढाँचा पनि त्यही अनुरुपको बनाउनु पर्ने हुन्छ । कुरा जनविद्रोह गर्ने पार्टीको सांगठनिक ढाँचा प्रचण्ड–बाबुरामले गराएको जस्तो संसदीय ढर्राको भएमा त्यस पार्टीले क्रान्तिको नेतृत्व गर्न सक्तैन । त्यसैले सशस्त्र संघर्षको कार्यदिशा अपनाउने बित्तिकै मिलिट्यान्ट सांगठनिक ढाँचाको निर्माण अनिवार्य बन्न जान्छ । कार्यदिशा अनुसारको सांगठनिक ढाँचा र विचार अनुरुपको नेतृत्व निर्माण गर्ने पद्धत्ति निर्माण गर्न जरुरी छ । यस विषयमा लेनिनले भन्नुभएको छ,– ‘कार्यदिशा ठोस गरेर मात्र हुँदैन, त्यही अनुसारको सांगठनिक ढाँचा भएन भने प्रतिक्रान्ति हुन्छ ।’ हिजो एमाओवादीमा भएका परिघटनाहरु यसकै परिणाम हुन् । पार्टीको कार्यदिशा एकातिर पार्टीको सांगठनिक ढाँचा अर्काेतिर ज्यादै भद्दा टाइपको भएकै कारण प्रचण्ड–बाबुराममा विचलन आयो र त्यहाँ प्रतिक्रान्ति भयो । यस विषयमा माओको भनाई छ, ‘जब नेतृत्व विचलित हुन्छ तब उसलाई जतिसुकै ठुलो घनले ठोके पनि त्यो क्रान्तिकारी बन्न सक्तैन ।’ माओले भन्नुभएझै प्रचण्ड—बाबुराम विचलित भएपछि कुनै हालतमा रmपान्तरण हुन सकेनन् । अव यसबाट पाठ सिकेर नेतृत्व विचलित हुन नसक्ने खालका श्रृंखलाहरm पार्टीमा विकास गर्न आवश्यक छ ।
निचोड
यही पुस २५ गतेदेखि नेकपा–माओवादीको सातौ महाधिवेशनको आयोजना हुदै छ । महाधिवेशन भनेको कम्युनिष्ट पार्टीको सर्वोच्च अंग हो । यस महाधिवेशनका दुईवटा कार्यभार रहेका छन । पहिलो कार्यभार हो–नेपाली क्रान्तिको कार्यदिशा तथा कार्यक्रम पारित गर्नुछ भने दोस्रो कार्यदिशाअनरुपको पार्टी सांगठनिक ढाँचा निर्माण गर्नु पर्नेछ । महाधिवेशनले पारित गरेका निर्णयहरुलाई कार्यान्वयन गर्न पार्टी नेतृत्वको निर्माण गर्नु, अर्थात् नेपाली क्रान्तिको सफल नेतृत्व प्रदान गर्न सक्ने पार्टी नेतृत्वको निर्माण गर्नु । यतिबेला सबै ध्यान क्रान्तिकारी माओवादीले आयोजना गर्न गइरहेको आसन्न सातौ राष्ट्रिय महाधिवेशनप्रति केन्द्रीकृत हुन पुगेको छ । यसो हुनुको मुख्य कारण यो महाधिवेशनबाट माओवादीले कुन प्रकारको कार्यदिशा र कार्ययोजना ल्याउँदछ भन्ने निर्णयले नेपाली क्रान्तिको भविष्य सुनिश्चित गर्ने छ । त्यसैले महाधिवेशनबाट हामीले जनयुद्धको जगमा जनविद्रोहको कार्यदिशा ठोस गर्दै त्यही अनुरुपको पार्टीको सांगठनिक ढाँचा निर्माण गरेर व्यवहारिक कार्यान्वनमा पनि लागिहाल्नु पर्नेछ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment