Thursday, March 21, 2013
विश्वका प्रमुख जनविद्रोह र नेपाली क्रान्ति
विषय प्रवेश ः
नेपाली कम्युनिस्ट आन्दोलनले ६४ वर्ष पार गर्दैछ । यसको स्थापना वि.सं. २००६ साल वैशाख १० (सन् १९४९ अप्रिल २२) गते भएको हो । स्थापनाकालमै यसले नयाँ जनवाद, वैज्ञानि समाजवाद हुँद० साम्यवादसम्म पुग्ने आफ्नो लक्ष्य किटान गरेको थियो । तर यसले यति लामो अवधि पार गरिसक्दासम्म पनि आफ्नो घोषित लक्ष्य प्राप्त गर्न सकिरहेको छैन, अर्थात् नेपाली क्रान्ति सम्पन्न हुन सकिरहेको छैन ।
करिब ६४ वर्षको यति लामो ऐतिहासिक अवधिमा नेपाली कम्युनिस्ट आन्दोलनभित्र वर्गसंघर्ष, दुईलाइन संघर्ष र विचारधारात्मक अन्तरसंघर्षका अनेकौँ जटिल, बाङ्गाटिङ्गा र कहालीलाग्दा घुम्तिहरु रहेका छन् । यद्यपि यो आन्दोलन लामो समय पहिलेदेखि अनेकौँ समूह–उपसमूहरुमा विभाजित रहँदै आएको छ । अतः सारमा यस आन्दोलनभित्र क्रान्तिकारी र संशोधनवादी दुई परस्परविरोधी धाराकै द्वन्द्व प्रमुख बनेर आएको छ ।
अहिले नेपाली कम्युनिस्ट आन्दोलनको दक्षिणपन्थी संशोधनवादी – सुधारवादी धारा (जसको प्रतिनिधित्व एमाओवादी–एमालेले गर्छन्) ले आपूmलाई विजातीय कित्तामा सामेल गर्दै दक्षिणपन्थी दक्षिणपन्थी, आधुनिक संशोधनवादी एवं नवसंशोधनवादी धारामा गुणात्मक रुपमा फड्को हान्न पुगेको छ भने यसको ठीक विपरीत नेपाली कम्युनिस्ट आन्दोलनको क्रान्तिकारी धारा (जसको प्रतिनिधित्व नेकपा – माओवादीले गर्दछ) आज माक्र्सवादी–लेनिनवादी – माओवादीका रुपमा गुणात्मक रुपले विकसित हुँदै महान् दस वर्षे जनयुद्ध र फेरि जनयुद्धको जगमा जनविद्रोह मार्फत नयाँ नेपाली जनवादी क्रान्ति सम्पन्न गर्ने अन्तिम र निर्णायक मोडमा आइपुगेको छ । यसरी आज क्रान्तिकारी धाराले जनयुद्धको जगमा जनविद्रोह मार्फत नयाँ नेपाली जनवादी क्रान्ति सम्पन्न महान् र जटिल प्रक्रियामा फड्को मार्ने स्तरमा आइपुगेको वर्तमान अवस्थामा नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासको यस द्वन्द्ववादलाई हामी माओवादी क्रान्तिकारीहरुले अत्याधिक गहिराइका साथ हृदयंगम गरेर मात्र नेपाली क्रान्तिलाई विजयको दिशातिर अगाडि बढाउन सक्तछौँ ।
अतः हामी यसरी जनयुद्धको जगमा जनविद्रोह मार्फत नेपाली क्रान्ति सम्पन्न गर्ने यस ऐतिहासिक मोडमा आइपुगेको सन्दर्भमा विश्वमा आजसम्म सम्पन्न भएका जनविद्रोह र जनक्रान्तिहरु र नेपालीमै सम्पन्न भएका विभन्नि जनविद्रोह, जनआन्दोलन, सशस्त्र संघर्ष र जनक्रान्तिका सफलता र असफलताहरुको जुन ठूलो अनुभव हामीसित त्यसलाई आजको सन्दर्भमा नयाँ ढंगले संश्लेषण गरेर अगाडि बढ्न प्रेरणा र शिक्षा मिल्ने छ भन्ने हेतुले यो लेख लेख्ने प्रयत्न गरिएको छ ।
विज्ञानका विभिन्न विधा र शाखाहरूले गरेका गहन अध्ययन, अनुसन्धान र विश्लेषणबाट र मानवशास्त्रीहरूको गहन खोज र अनुसन्धानबाट मानवले आधुनिक मानवको रूपमा करीब २० लाख वर्ष पहिले मात्र लिएको हो भन्ने निष्कर्ष निकालेको छ । त्यसबेलादेखि अहिलेसम्म मानवजाति स्वयं निरन्तर विकसित र परिवर्तन हुँदै आएको छ र यो क्रम भविष्यमा पनि अघि बढ्दै जानेछ ।
पृथ्वीमा विकसित भएका अन्य सबै प्राणीहरू भन्दा मानवजाति नयाँ र भिन्न गुण तथा विशेषता भएको प्रणीका रूपमा देखा प¥यो । त्यो भन्दा ठूलो गुण र विशेषता भनेको उसको विकसित मष्तिष्क र चेतना शक्ति नै हो । शुरुमा मानवको चेतनास्तर विल्कुल तल्लो र सामान्य अवस्थामा थियो । तर प्रकृतिसँगको निरन्तर सङ्घर्ष र जिउनका लागि गरिने सङ्घर्षका तथा सत्य र असत्यका बीचको सङ्घर्षका क्रममा मानव चेतना लगातार उन्नत र विस्तृत बन्दै गयो । मानव समाज र प्राकृतिक वातावरण बीचको अन्तरसम्बन्ध जति फेरीँदै गयो, आफूभित्र र बाहिरको बस्तुगत परिस्थिति जति विकसित र परिवर्तन हुँदै गयो, मानव चेतना पनि त्यति नै उन्नत र विकसित बन्दै गयो ।
आधुनिक मानवको अवस्थामा उठिसके पछि पनि लाखौं वर्षसम्म मानिसले एउटा आदिम रूपको सामुदायिक जीवन विताउँदै आयो । मनव समुदाय भित्र वर्गहरू उत्पति भएका थिएनन् । त्यस बेला मानवजाति र प्रकृति बीचको अन्तरविरोध नै मुख्य थियो । तर पनि मानव समुदाय भित्र असंख्य चिन्तन श्रृंलाहरू प्रकट भइरहन्थे । तिनीहरू भित्र कुनै कल्पनावादी भ्रामक, अवस्तुवादी र गलत हुन्थे, कोही यथार्थवादी ठीक, वस्तुवादी र सही हुन्थे । त्यस्ता विपरित विचारहरूका बीचमा अन्तरद्धन्द्धहरू चलिरहन्थे । त्यस अन्तरद्वन्द्वका क्रममा मानवजाति सत्यको खोजीमा लगातार अघि बढ्दै आयो ।
मानव समाजको विकासमा लाखौं वर्ष ओगटेको आदिम साम्यवादी कालखण्ड पार गरे पछि समाजमा वर्गहरूको उदय भयो । समाजमा उत्पीडक र उत्पीडित वर्गहरू बीच सङ्घर्ष विकसित हुन थाल्यो । सही र गलत बीचको सङ्घर्ष, मानवजाति र प्रकृति बीचको सङ्घर्ष अब वर्गहरूबीचको सङ्घर्षमा मिसियो । मानव जातिको विकसमा वर्गसङ्घर्षले निर्णायक भूमिका खेल्न थाल्यो । त्यो नै समाज विकासको चालक शक्ति बन्न पुग्यो । दास सामाज, सामन्तवादी समाज, पूजीवादी समाजमा मानवजातिको विकास क्रमशः वर्गसङ्घर्ष, सही र गलत बीचको सङ्घर्ष र मानवजाति तथा प्रकृति बीचको सङ्घर्षका रूपमा विकसित हुँदै गयो ।
यो सङ्घर्षको हजारौं वर्षको अवधिमा मानव चेतनाले अझ व्यवस्थित र ढोस रूप लिन थाल्यो । वस्तुजगत विकासका क्रममा त्यस्तो विकास प्रक्रियालाई हेर्ने, बुझ्ने, विश्लेषण गर्ने र संश्लेषण गर्ने चेतना शक्तिको पनि विकास हुँदै गयो । हजारौं वर्षका व्यवहारिक अनुभवहरूको ज्ञानले विभिन्न क्षेत्रमा मानव ज्ञानले फड्को मार्न थाल्यो । मानव समाजको क्रममा दास पुंगीन समाज पहिलो वर्गीय समाज हो । दास युगिन समाज व्यवस्था लामो अवधिसम्म कायम रह्यो । दासयुगिन समाज व्यवस्था अत्यन्तै वर्बर थियो । दास मालिकहरूले दास–दासीहरूलाई पशुतुल्य सरह व्यवहार गर्दथे । दास दासीहरूको किनवेच समेत हुन्थ्यो । दासहरूका बीचमा क्रमशः चेतनाको विकास हुँदै गयो । दास मालिक र दासहरूका बीचमा पनि अन्तरद्धन्द्ध चल्न थाल्यो । रोममा पहिलो दास विद्रोह भयो । रोमन दास विद्रोह र त्यस पछि सम्पन्न भएका जनविद्रोहहरूका बारेमा यहाँ संक्षिप्त चर्चा गर्ने प्रयत्न गरिएको छ ।
१. दास विद्रोह
मानव समाजको विकासको क्रममा आदिम साम्यवादी समाजबाट अघि बढ्नेक्रम मानवजातिले दासयुगिन समाज व्यवस्थामा प्रवेश ग¥यो । मानव समाजको दास युग नै पहिलो वर्गीयसमाज थियो । मानव समाज दास समाजमा प्रवेश गरिसकेपछि दास मालिक (स्वामी) ले हजारौं दास–दासी र कमारा–कमारीहरू बाधाका रूपमा राख्ने चलन कायम हुन पुग्यो । दास युग वर्गीय रूपमा अत्यन्तै वर्वरतापूर्ण युगको रूपमा कायम हुन पुग्यो ।
इतिहासका क्रममा रोमन साम्राज्य अत्यन्तै वैभवशाली बन्न पुग्यो । त्यहाँका दास मालिकहरूले हजारौंको संख्यामा दास–दासीहरू राख्ने गर्दथे । रोमन साम्राज्यमा दास मालिकहरूले बाहिरका विभिन्न मुलुकहरूबाट दासहरू खरिद गरेर ल्याउने गर्दथे । दासहरू सामान र वस्तुसरह खरिद विक्री हुने गर्दथे ।
रोममा त्यहाँका शासकहरूले दास–दासहरूक बीचमा भीडन्त गराएर मनोरञ्जन लिने गर्दथे । बलियावाङ्गा दासहरूलाई आपसमा भिडाएर मनोरञ्जन लिनका लागि त्यस किसिमका दासहरूका लागि पालन पोषणको व्यवस्था पनि राम्रै गरिएको हुन्थ्यो । भीडन्तमा एउटा समूहले अर्को समूहलाई र एउटा दासले अर्काे दासलाई पराजित गरेर हत्या समेत गरिन्थ्यो । साम्राज्य लिप्सा, शक्तिको पूजा, दासहरूको मालिक भएको अमानवीय दम्भ र जसरी पनि आराम, भोगविलास, विलासी चरित्रले रोमनहरूलाई सम्पूर्ण रूपमा अल्छि, लम्पट, कामनलाग्ने, उछृङ्खल बनाएको थियो । विभिन्न किसिमका सौख र रगतले लतपत्तिएका दासयोद्धाहरू अखडामा द्धन्द्धरत दृश्यहरूले रोमाञ्चित हुनु तत्कालिन रोमहरूको जीवनशैली बनिसकेको थियो ।
यस किसिमको विरुद्ध रोममा श्रृंखलाबद्ध दास विद्रोहहरू संचालन हुँदै आएका थिए । दुई दुई वटा दास विद्रोहहरू विस्फोट भइसकेका थिए तर ती विद्रोहहरूमा हजारौं दासहरूको हत्या भइसकेको थियो ।
शोषण, अन्याय, अत्याचार र दमनले सीमा नाघिसकेको थियो । दास जो रोमन साम्राज्यको सम्पूर्ण शक्ति, वैभव र विलासिताको आधार थिए । दास– ‘जसकाो जीवनको एउटा मात्र उद्देश्य मण्डीमा विक्री हुनु र आफ्नो मालिकको आज्ञा पालन गर्दै मृत्युवरण गर्नु थियो । दासहरूले आफ्नो यस किसिमको दारुण अवस्थाबाट मुक्ति पाउनका लागि तीनवटा विद्रोह गरे ः जसमा सबैभन्दा ठूलो र प्रभावशाली तेश्रो विद्रोह इशाको जन्म भन्दा ७३ वर्ष पहिलो भएको थियो । यस विद्रोहको नेता थिए – थसियन ग्लैडिएटर दास स्र्पाटाकस ।
दास स्पार्टाकसले ठूलो संख्यामा सेना निर्माण गरेका थिए । लडाइको तालिम पनि दिँदै आएका थिए । स्पार्टाकसको नेतृत्वमा दास सेनाहरूको करीब करीब चार वर्षसम्म सु–संगीत र योजनाबद्ध लडाई चल्यो ।
जसले त्यस बेलाको सबैभन्दा शक्तिशाली रोम सेनाहरूलाई पराजित ग¥यो । एकचोटीका लागि सम्पूर्ण रोमन साम्राज्यको जगलाई हल्लायो । गृहयुद्धमा चपेटामा परेको पतनशील रोमन साम्राज्यको विरुद्धमा स्पार्टाकस नाम गरेका एक जना प्रेसियन दासको नेतृत्वमा तेश्रो दास विद्रोह सम्पन्न भयो, जुन विश्व इतिहासमा पहिलो जनक्रान्तिको रूपमा अंकित छ । स्पार्टाकसले रोमन सेनाहरूलाई नराम्रो ढंगले पराजित गरी दासहरूलाई पराधिनता तथा दास्ताका जंजिरहरूबाट मुक्त गरे ।
तर रोम साम्राज्यका सेनापति क्रैससले स्पार्टाकसलाई युद्ध मैदानमा पराजित गरे । ६ हजार दास योद्धाहरूलाई पक्रेर नृशंशतापूर्वक हत्या गरेर रोम देखि कापुआआसम्मको सडक पेटीमा काठका फ्ल्याकमा झूण्ड्याइयो । आफ्नो पराजयका बाबजुद पनि स्पार्टाकसको विद्रोह गाथा इतिहासमा अमर छ । मानव जातिका लागि स्वतन्तत्राको विगुल फुक्ने स्पार्टाकसको विद्रोह गाथा इतिहासमा अमर छ । मानव जातिका लागि स्वतन्त्रताको विगुल फुक्ने स्पार्टाकसको दास विद्रोहलाई संसारभरीका स्वतन्त्रता प्रेमीहरूले उच्च मूल्याङ्कन गर्दै आएका छन् । किनकी जसले मानव जातिको स्वतन्त्रताका लागि सङ्घर्ष गरेर र बलिदानी दिए । स्पार्टाकसले सम्पन्न गरेका दास विद्रोह मानवजातिको मुक्तिको लागि गरिने जनविद्रोह र जनक्रान्तिका लागि सँधै प्रेरणाको श्रोत बन्दै आएको छ ।
२. फ्रान्सेली राज्य क्रान्ति (१७८९–१७९४)
मानव समाजको विकासक्रममा स्थापित हुन पुगेको सामन्तवादी राज्यव्यवस्था लामो अवधिसम्म कायम रह्यो । सामन्तवादी राज्यव्यवस्थाले राजतन्त्रलाई आफ्नो राजनीतिक संस्था र राजा महाराजाहरूलाई आफ्नोवर्गको नेताको रूपमा स्थापित गर्दै आयो । दैवी सिद्धान्तको रूपमा राजतन्त्रलाई संचालन गरिदै आयो । एक जमानामा संसारभर करीब ५ हजार राजतन्त्रहरू कायम रहन गएको इतिहास छ । अहिले गणतन्त्र र जनगणतन्त्रको चपेटामा परेर संसारमा जम्मा २६ वटा देशहरूमा मात्र राजतन्त्र जीवित रहन पुगेका छन् र तिनीहरू पनि विलोपिकरणको प्रक्रियामा रहेका छन् ।
कुलिनतन्त्रमा परिणत हुन पुगेको फ्रान्सेली राजतन्त्र अत्यन्तै क्रुरुर, दमनकारी, अत्याचारी र विलासी बन्न पुगेको थियो । दमन र अत्याचारले गर्दा जनताको चेतनास्तर पनि विकसित हुँदै गयो । फ्रान्सका मदजदुर, किसान, वकिल,साहित्यकार र मध्यम वर्गमा जागरण र उत्साह बढ्दै गयो । र स्वतन्त्रता, समानता र भातृत्वको नाराका साथ फ्रान्समा सामन्तवाद विरोधी, राजतन्त्र विरोधी आन्दोलनहरू संगठित हुन पुगे । त्यहाँ कनूनी सङ्घर्षले नै प्रधानता पायो ।
मध्यम वर्गले नेतृत्व गरेको फ्रान्सेली राज्य क्रान्तिले सामन्तवादी राजतन्त्रलाई अन्त्य गरेर पूँजीवादी राज्यव्यवस्थाको स्थापना ग¥यो । १० अगस्त १७९२ मा जनताहरूको भीडले ट्युलेरिस दरवारलाई घेरा हाल्यो । राजा लुइ १६ औं ले भागेर लेजिस्टेरिव असम्बेलीमा शरण लियो । नागरिकहरूले राजालाई मृत्युदण्ड दिने माग गरे र नेश्नल कन्भेन्सनको निर्वाचन शरियेस, जसले एउटा नयाँ संविधानको निर्वाचन गरियोस भनी माग गरियो । सन् १७९२ सेप्टेम्वर २० मा कन्भेन्सनको बैठक बोलायो र त्यसले सर्वसम्मत ढंगले राजशाहीलाई समाप्त पार्ने योजना बनयो । लुइमाथि गणरज्यसँग गद्धारी गरेको मुद्धा चलायो र २१ जनवरी १७९३ मा फ्रान्सका राजालाई डा. गिलोटिनले आविष्कार गरेको गिलोटिनमा राखेर मृत्युदण्ड दियो । रानी मेरी एन्टाइनको टाउको पनि शरीरबाट अलग गरियो । यसरी फ्रान्सेली राज्यक्रान्तिद्धारा सामन्तवादी राजतन्त्रको अन्त्य गरियो ।
फ्रान्सेली राज्यक्रान्तिले प्रगतिशीला र वैचारिक उथलपुथल ल्याइदियो । स्वतन्त्रता समानता र मातृत्वको नारालाई विश्व भरि नै फैलाई दियो । पहिलो पटक पूँजीवादी राज्यव्यवस्थाको स्थापना ग¥यो । राजशाहीलाई समाप्त पारियो । आम जनसमुदायको शासन स्थापना गरियो ।
तर फ्रान्सेली क्रान्ति पाँच सालमा नै असफल हुन पुग्यो । सन् १७९४ मा नेपालियन बोनापार्टलाई फ्रान्सको नायक र साम्राटको रूपमा घोषणा गरियो । र फ्रान्सेली क्रान्तिमाथि प्रतिक्रान्ति भयो । पूँजीवादी एकाधिकारवादको ठाउँ दलाल तथा नोकरशाही पूँँजीवादले लियो । र स्वतन्त्र पूँजीवादले पुनः सामन्तवाद र साम्राज्यवादसँग घाँटी जोड्न पुग्यो र त्यस पछि पूँजीवादी क्रान्तिको नेतृत्व गर्दै आएको पूँजीपति वर्ग पनि सामन्तवाद र साम्राज्यवादको ठिमाह सन्तनको रूपमा परिणत भयो । छोटै अवधिमाा प्रतिक्रान्ति भएको भएपनि फ्रान्सेली राज्य क्रान्तिलाई नयाँ युगको आगमनको रूपमा लिइन्छ ।
३. पेरिस कम्युन
सन् १८७१ मार्च १८ का दिन पेरिस मजदुरहरूले थियेर्सको प्रतिक्रियावादी सत्तालाई अपदस्त गरेर सर्वहारावर्गको अधिनायकत्व सहितको पेरिस कम्युनको निर्माण गरेका थिए । यो विश्व सर्वहारा वर्गको पहिलो अधिनायकत्व थियो । सन् १८७१ मार्च २८ देखि १८७१ मई २८ सम्म टिकेको महान् पेरिस कम्युन विश्वसर्वहारावर्गको महान आदर्श थियो ।
पेरिस कम्युन जम्मा ७२ दिन मात्र टिक्यो । जुन पेरिस कम्युनमाथि प्रतिक्रान्ति भयो र थियेर्सको सेना र वीर कम्युन योद्धाहरूको माझमा संग्राम चल्यो, त्यस बखत पेरिस कम्युनको योद्धाहरू बडो वीरताका साथ आफ्नो रगतको अन्तिम थोपासम्म पेरिस कम्युनको रक्षा गर्न लडे । कम्युनको बहादुर योद्धाहरूले पेरिसका सुपुत्र–सुपुत्रीहरूले शत्रुको सामु कहिल्यै शिर झुकाएनन् । करिब ३० हजार पेरिस मजदुरहरूलाई प्रतिक्रियावादी सत्ताले निर्ममतापूर्वक हत्या ग¥यो भने करिब ५० हजारलाई घाइते बनाइयो ।
पेरिस कम्युनको हार त भयो तर हातमा बन्दुक लिई राजनीतिक सत्ता कब्जा गर्नमा, पुँजीवादी राज्य संयन्त्रलाई ध्वस्त पारी सर्वहारावर्गको अधिनायकतन्त्र कायम गर्नमा र पेरिस कम्युनको सुरक्षा गर्नमा पेरिसका बहादुर मजदुरहरूले जुन ‘स्वर्गमा धावा बोल्ने’ वीरता र आत्मबलिदानी भावना देखाए । त्यो नौलो विश्वका निर्माता विश्व सर्वहारावर्गका लागि प्रेरणाको र उत्साहको कहिल्यै नझुक्ने स्रोत बनेको छ र सर्वहारा मुक्ति संघर्षमा एउटा मार्गदर्शक ज्योति बनेर सदाको लागि चम्किरहेको छ । पेरिस कम्युनको असफलताले विश्व सर्वहारावर्गको लागि अमूल्य ऐतिहासिक शिक्षा र अनुभवहरू प्रदान गरेको छ ।
पेरिस कम्युन विश्व सर्वहारावर्गको मुक्ति संघर्षको रक्तरञ्जित इतिहासमा एउटा सुनौलो पृष्ठ रहेको छ । पेरिस कम्युनको सर्वहारा क्रान्ति, पेरिसका मजदुरहरूको लडाकु भावना, वीरतापूर्ण बलिदान, क्रान्तिकारिता र त्यसमा निहित क्षमताको स्पष्ट अभिव्यक्त भएको छ । संसारलाई फेर्नु पर्छ र फेर्न सकिन्छ र हेरफेर ल्याउने महान् ऐतिहासिक अभिभारालाई पूरा गर्न सक्ने एक मात्र वर्ग मजदुर वर्ग हो भन्ने शिक्षा नै पेरिस कम्युनले दिएको मूल सन्देश हो ।
पेरिस कम्युनको असफलता हुनुको आधारभूत कारण के हो भने त्यसमा निर्देशक सिद्धान्तको रुपमा माक्र्सवाद रहेको सर्वहारा वर्गीय राजनीतिक पार्टीको नेतृत्व थिएन । अर्को कारण बैंक अफ फ्रान्स जस्ता महत्वपूर्ण वित्तीय संस्थाहरूलाई कब्जा गरेन । तेस्रो कारण कम्युनले किसानहरूसित एकता गरेर तिनको समर्थन प्राप्त गर्न सकेन ।
४. सोभियत महान् अक्टुवर क्रान्ति (१९१७)
अक्टुवर क्रान्ति ९इअतयदभच च्भखयगितष्यल० रुसमा पूँजीवादी व्यवस्थालाई समाप्त गरी समाजवादी व्यवस्था स्थापना गर्न सोभियत कम्युनिस्ट पार्टी बोल्सेभिकका नेता भी.आई.लेनिनको नेतृत्वमा सन् १९१७ अक्टुवर २५ का दिन मजदूर वर्गको अगुवाइमा किसानहरूको सहयोगमा भएको क्रान्तिलाई अक्टुवर क्रान्ति भनिन्छ । यो क्रान्तिले पूँजीवादी व्यवस्थालाई पल्टाएर समाजवादी व्यवस्थाको स्थापना गर्ने काम ग¥यो । संसारमा नै मजदूर वर्गके नेतृत्वमा भएको यो क्रान्तिले राज्य व्यवस्थाको भौतिक चरित्रमा नै परिवर्तन गरी शोषक वर्गको स्थानमा शोषित वर्गले राज्यसत्ता कब्जा गरेकाले यसले इतिहासको क्रमलाई नै महान् परिवर्तन गरीदिएको थियो । त्यसैले यसलाई महान् अक्टुवर क्रान्ति भनिन्छ ।
सन् १९१७ को फेबु्रअरी क्रान्तिले जारशाहको शासनलाई उन्मूलन गरी पूँजीवादी लोकतान्त्रिक प्रणालीको स्थापना गरेको थियो । यसले जार शाहीलाई सत्ताच्यूत गरेपनि अस्थायी सरकारको रूपमा स्थापना भएको थियो । त्यसबेला प्रथम विश्वयुद्धहरू चलिरहेको थियो । जनता युद्धको अन्त्य र शान्तिको स्थापना चाहन्थे । तर जनताको यो भावनालार्य संवोधन गर्नु अस्थायी सरकार असंभव भएपछि आक्रोस बढ्दै गएकाले यसै अवस्थामा लेनिनको नेतृत्वमा सन् १९१७ मा क्रान्ति सम्पन्न भयो यसले समाजवादी राज्यव्यवस्थाको स्थापना ग¥यो ।
सोभियत अक्टुवर क्रान्तिको सफलताले विश्वसर्वहारा वर्गलाई ठूलो प्रेरणा प्रदान ग¥यो । त्यसपछि संसारका विभिन्न मूलुकहरूमा कम्युनिस्ट पार्टीहरू स्थापना भए । पूर्वी यूरोपका २० औं राष्ट्रहरूमा सोभियत मोडेलको समाजवादी स्थापना गरियो भने चीन, उत्तरकोरिया, भियतनाम कम्बोडिया, क्यूवा आदि देशहरूमा नयाँ जनवादी तथा सशस्त्र क्रान्तिहरू सफल भएका थिए ।
५. चिनियाँ नयाँ जनवादी क्रान्ति (१९१९ – १९४९)
माओत्सेतुङ र चीनीयाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा भएको चीनको क्रान्तिलाई नयाँ जनवादी क्रान्ति भनिन्छ । किनकी यसको नेतृत्व चीनका किसान र मजदुरको हातमा थियो । यो क्रान्ति पूँजीवादी ढाँचा अन्तरगत नै सम्पन्न भयो । पूरानो जनवादी क्रान्तिसँगको फरक देखाउनका लागि यसलाई नयाँ जनवादी क्रान्ति भनिन्छ । पुरानो जनवादी क्रान्तिको नेतृत्व (फ्रान्सेली क्रान्ति १७८९) मध्यमवर्गले (पूँजीपति वर्ग)ले गरेको थियो । त्यो वर्गले त्यस पछि सामन्तवाद र साम्राज्यवादसँग धारा जोड्न पुगेपछि एउटा अर्ध सामन्ती र अर्काे औपनिवेशिक मुलुकमा कम्युनिस्ट पार्टीको नेतृत्वमा मजदूर किसान एकताको आधारमा दीर्घकालिन जनयुद्धको तरिकाले गाउँदेखि शहर घेर्ने गुरिल्लाबार काो समेत माओत्सेतुङले पारित गरी क्रान्तिको नेतृत्व गरेका थिए । यसलाई नयाँ जनवादी क्रान्ति अर्थात, नयाँखाले पूँजीवादी क्रान्ति भनिन्छ ।
कम्युनिस्टहरूको नेतृत्वमा सम्पन्न भएतापनि यो क्रान्तिको अनुभव सोभियत समाजवादी अक्टुवर क्रान्ति भन्दा फरक छ । सोभियत क्रान्ति औद्योगिक शहरी इलाकामा मजदुरवर्गको विद्रोहको माध्यमबाट भएको थियो तर चीनीयाँ क्रान्ति किसानहरूको दीर्घकालिन जनयुद्धबाट विजयी भइ सम्पन्न भएको थियो । चीनीयाँ जनवादी क्रान्ति सन् १९१९ बाट शुरु भई सन् १९४९ अर्थात् १ अक्टुवर १९४९ मा सम्पन्न भएको थियो । जुलाई १९४६ बाट लिएर जुन १९४९ सम्म चीनीयाँ लालसेनाले कुलमिलाएर ३० लाख ७० हजार क्वामिङताङ सैनिकहरूलाई माटोमा मिलाइदिएको थियो । १ अक्टुवर १९४९ मा चीनीयाँ गणराज्यको विधिवत घोषणा गरे पश्चात चीनीयाँ इतिहासको एउटा नयाँ अध्यायको सुरुवात भयो ।
यसका अतिरिक्त उत्तर कोरिया, भियतनाम, कम्बोडिया, क्युबामा समेत जनविद्रोहमार्फत जनक्रान्ति सम्पन्न भएका छन् । यद्यपि ती राष्ट्रहरूमा प्रतिक्रान्ति भएका भए तापनि जनविद्रोह र जनक्रान्तिको इतिहासमा शिक्षाप्रद रहेका छन् ।
नेपालमा विभिन्न कालखण्डमा ठूला ठूला जनविद्रोह, जनक्रान्ति, जनआन्दोलन र सशस्त्र संघर्षका अवधिहरू पनि रहेका छन् ।
१. २००७ सालको जनविद्रोह
२००७ सालमा १०४ वर्षे जहानियाँ राणा शासनका विरुद्ध ऐतिहासिक जनविद्रोह भयो । त्यसमा नेपाली जनताले अतुलनीय योगदान र बलिदान समेत गरे । राणा शासनको अन्त्य पनि भयो । तर भारतीय विस्तारवादको छत्रछायामा राणा, कांग्रेस र राजाको बीचमा राष्ट्रघाती त्रिपक्षीय दिल्ली सम्झौता मार्फत जनक्रान्तिलाई लक्ष्यमा पुग्न नदिएर बीचैमा तुहाइयो । जनताले सम्पूर्ण अधिकार पाउन सकेनन् । नेपाली कांग्रेसका कारण २००७ सालको जनविद्रोह अर्थात् जनक्रान्ति असपलतामा गएर टुंगियो । जनताले ठूलो धोका पाए ।
राणा शासनको अन्त्यपछि बनेको ‘अन्तरिम विधान २००७’ मा संविधानसभा मार्फत नेपाली जनतालाई नागरिक सरकार हस्तान्तरण गरिने छ भन्ने उल्ले गरिएको थियो तर नेपाली कांग्रेस र राजतन्त्रका कारण संविधानसभाको चुनाव गराइएन । राजाद्वारा २०१५ सालको संविधान जारी गरेर नेपाली कांग्रेस र राजतन्त्रका कारण नेपाली जनताले ठूलो धोका पाए । क्रान्ति अधुरै रह्यो । राजतन्त्रसित सम्झौता गरेर नेपाली कांग्रेसले २०१५ सालको चुनावमा भाग लियो । दुई तिहाई बहुमत ल्याएर सरकार पनि बनायो । नेकपाले पनि चुनावमा भाग लिएको थियो । जम्मा ४ सिटमा मात्र विजय हासिल गरेको थियो ।
२०१७ साल पुस १ गते राजा महेन्द्रले सैनिक ‘कु’ मार्फत बहुदलीय व्यवस्थालाई अपदस्त गरी निर्दलय तथा तानाशाही व्यवस्थाको स्थापना गरे पश्चात मुलुक निरंकुशता र अधिनायकवादी शासन व्यवस्थाको जाँतोमुनि पिसिन बाध्य भयो ।
२. २०३५÷२०३६ को जनविद्रोह
२०३५÷२०३६ सालको विद्यार्थी आन्दोलनले राष्ट्रव्यापी रुप लियो । त्यसले जनआन्दोलन र जनक्रान्तिको रुप लिन पुग्यो । तर राजतन्त्र र दलहरूका सम्झौताका कारण जनमतगंग्रहमा गएर टुंगियो । २०३७ साल वैशाख २० गते जनमत संग्रह भयो । पञ्चायती व्यवस्थाले धाँदली गरेर पञ्चायतलाई नै जितायो । बहुदलीय पक्षधर शक्ति पराजित भयो । यहाँ पनि नेपाली जनताले ठूलो धोका पाए । नेपाली क्रान्ति अधुरै रह्यो ।
३. २०४६ सालको जनविद्रोह
२०४६ सालमा नेपाली जनताले निर्दलीय तानाशाही व्यवस्थाका विरुद्ध विद्रोह गरे । संयुक्त जनआन्दोलन सञ्चालन भयो । त्यहाँ पनि नेपाली कांग्रेस र नेकपा माले लगायत संयुक्त वाममोर्चाले राजतन्त्रसँग सम्झौता गर्न पुगे पछि जनआन्दोलन बीच बाटोमै तुहिन पुग्यो । ३० वर्षे पञ्चायती व्यवस्थाको त अन्त्यभयो । निरंकुश राजतन्त्र संवैधानिक राजतन्त्रमा ओर्लियो । जनताका सीमित मात्रको बहुदलीय प्रजतान्त्रिक भनिएको व्यवस्था स्थापना भयो । यहाँ पनि जनताले धोका पाए । क्रान्ति अधुरै रह्यो ।
४. २०५२ सालको जनविद्रोह
नेपालको राजनीतिक इतिहासमा २०५२ साल फाल्गुन १ गतेदेखि नेपाली जनताले सबैभन्दा ठूलो जनविद्रोह सुरुवात गरे । यो जनविद्रोह हतियारबन्द सशस्त्र जनयुद्धको माध्यमबाट थालनी गरिएको थियो र त्यसको नेतृत्व तत्कालीन नेकपा (माओवादी) ले गरेको थियो ।
नेकपा (माओवादी) को नेतृत्वमा सञ्चालित त्यस जनयुद्ध १० वर्षसम्म चल्यो । सबैलाई जानकारी भएकै कुरा हो, त्यस जनयुद्धको प्रक्रियामा छापामार दस्ता, जनमिलिसिया हुँदै सातौँ डिभिजनसम्मको जनमुक्ति सेना नेपालको निर्माण भयो । आधार इलाका, जनसत्ता, जनअदालत र जनसरकारहरू समेत निर्माण गरिए । त्यस जनयुद्धको प्रक्रियाबाट नेपालको करिब ८० प्रतिशत भूभाग नेकपा (माओवादी) को कब्जामा आइसकेको थियो ।
त्यस जनयुद्धको प्रक्रियामा नेपाली आमाका दसौँ हजार असल छोराछोरीहरूले सहादत प्राप्त गरे । हजारौँलाई राज्यले बेपत्ता पा¥यो । हजारौँको संख्यामा घाइते र अपाङ्ग बनाइए । दस वर्षसम्म चलेको जनयुद्धले नेपाली धर्तीलाई मात्र होइन, विश्व धर्तीलाई नै एकपट राम्ररी झकझक्याइदिएको थियो र त्यो युद्ध विश्वक्रान्तिकै एक अङ्ग बन्न पुगेको थियो ।
तर नेपाली क्रान्ति विजयको शिखरमै पुगेकै बेला संसदवादी दलहरूसित शान्तिप्रक्रियामा सामेल हुने बहानाबाजी बनाएर २०६२ असोज–कार्तिकमा सम्पन्न चुनवाङ बैठकबाटै सशस्त्र जनयुद्धको कार्यदिशालाई परित्याग गरी लोकतान्त्रिक गणतन्त्रको बुर्जुवा सुधारवादी कार्यदिशा पारित गरेर शान्ति प्रक्रियामा सामेल भए पश्चात पार्टीकै एजेन्डाकै रुपमा रहेको संविधानसभामार्फत २४० वर्षे शाहवंशीय सामन्ती राजतन्त्रलाई अन्त्य गरियो । राजनीतिक उपलब्धि त भयो तर दसवर्षे जनयुद्धको मुख्य नेतृत्व गर्दै आएका प्रचण्ड–बाबुराममा गम्भीर प्रकारको वैचारिक विचलन आयो र साम्राज्यवादी र विस्तारवादीहरूका सामु लम्पसार परेर आत्मसमर्पण गर्न पुगे । नेपाली क्रान्तिको झन्डालाई बीच बाटोमै फ्याँकेर नेपाली क्रान्तिलाई गम्भीर प्रकारको धोका र विश्वासघात गर्न पुगे । दस वर्षको जनयुद्धको प्रक्रियामा निर्माण गरिएको जनमुक्ति सेना नेपालको विघटन गरियो । हतियार प्रतिक्रियावादी सरकारलाई बुझाइयो । आधार इलाका, जनसत्ता, जनअदालत र जनसरकारहरूको विघटन गरियो । जनताले आफ्नो संविधान आफै बनाउने उद्देश्यले निर्माण गरिएको संविधानसभालाई भारतीय विस्तारवादको निर्देशनमा रातारात अवसान गराइयो र नयाँ संविधानसभाका लागि भनेर चुनावको नौटंकी रचियो । बिप्पा सम्झौता, सुपुर्दगी सन्धि, एयरपोर्ट बुझाउने प्रयास लगायत नदीनालाहरूमा गम्भीर प्रकारको राष्ट्रघात गरियो र अहिले साम्राज्यवादी र विस्तारवादीहरूको निर्देशनमा उनीहरूले नै मान्दै आएको बहुदलीय व्यवस्था र अन्तरिम संविधान २०६३ लाई समेत च्याप्दै सर्वोच्च अदालतका प्रधान न्यायाधीश खिलराज रेग्मीलाई महेन्द्रपथीय र ज्ञानेन्द्रपथीय शैलीमा निर्दलीय र अधिनायकवादी सरकारलाई सम्पूर्ण अधिकारहरू सुम्पेर मुलुकलाई निरंकुशतातिर धकेल्न पुगेर आफ्ना महाप्रभुहरूलाई खुसी तुल्याउन सफल भएका छन् । यहाँ पनि क्रान्ति अधुरै रह्यो ।
५. २०६२÷२०६३ को जनविद्रोह
दस वर्षे जनयुद्धको जगमा सञ्चालन भएको २०६२÷०६३ को निरंकुशता विरोध जनविद्रोह पनि कांग्रेस, एमाले लगायत सात संसदवादी दल र निरंकुश राजा ज्ञानेन्द्र शाहबीच सम्झौता गरेर संसदको पुनःस्थापनामा पुगेर बीच बाटोमा तुहाइयो । नेपाली क्रान्ति अधुरै रह्यो ।
पुनः उठाइयो नेपाली क्रान्तिको झन्डा
प्रचण्ड–बाबुराममा गम्भीर प्रकारको वैचारिक विचालन आएर नेपाली क्रान्ति र नेपाली जनतालाई ठूलो विश्वासघात र धोका दिँदै नेपाली क्रान्तिको झन्डालाई बीच बाटोमै फ्याँकेर नवसंशोधनवादमा पतन हुन पुगे पश्चात त्यससँग सम्बन्ध विच्छेद गरी त्यसभित्रका क्रान्तिकारीहरूले नयाँ ढंगको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेकपा – माओवादीको गठन गर्दै नेपाली क्रान्तिको बाँकी कार्यभारलाई पूरा गर्ने महान् उद्देश्यले पुनः नेपाली क्रान्तिको झन्डालाई पुनः माथि उठाउने काम भएको छ । यस कदमले नेपालीका क्रान्तिकारी जनता र विश्वका भाइचाराका बीचमा पुनः ठूलो आशा र विश्वास बढ्न पुगेको छ ।
क्रान्तिकारी कार्यदिशा कार्यान्वयनको प्रश्न
नेपाली सर्वहारावर्गको राजनीतिक सबैभन्दा उच्चस्तरको संगठित राजनीतिक अग्रदस्ता तथा नेपाली क्रान्तिको निर्णायक नेतृत्वदायी शक्तिको रुपमा गुणात्मक रुपमा विकसित हुन पुगेको नेकपा – माओवादीले नेपाली क्रान्तिको कार्यभार पूरा गर्ने ऐतिहासिक जिम्मेवारी आफ्नो काँधमा आएको प्रतिबद्धता जाहेर गरिसकेको छ र गत पुस २५ देखि माघ १ सम्म सम्पन्न पार्टीको ऐतिहासिक सातौँ महाधिवेशनबाट वर्तमान नेपाली क्रान्तिको क्रान्तिकारी कार्यदिशाको रुपमा जनयुद्धको जगमा जनविद्रोह पारित गरिसकेको छ । त्यस अघि नेपालको राजनीतिमा नयाँ तरङ्ग पैदा भएको छ ।
यसको मूलभूत प्रश्न हो, यस क्रान्तिकारी कार्यदिशालाई कसरी कार्यान्वयन गर्ने र नेपाली क्रान्ति सम्पन्न गर्ने नै हो ।
यतिबेला नेपाली क्रान्तिको मैदान खाली छ । सत्ताधारी वर्गले राज्यसत्ता अर्थात सरकार चलाउन नसकेर एउटा कर्मचारीलाई सुम्पेर निर्दलीय सरकारको निर्माण गर्न पुगेको छ । जनतचा यो सरकारलाई मान्ने पक्षमा छैनन् र मुलुकमा क्रान्तिकारी संकट पैदा भएको छ अर्थात् क्रान्तिको निम्ति अनुकूल वातावरण निर्माण भएको छ । क्रान्तिका निम्ति वस्तुगत परिस्थिति परिपक्व बनिरहेको छ । क्रान्तिका निम्ति वस्तुगत परिस्थिति र आत्मगत परिस्थिति परिपक्व हुनुपर्दछ । यो सार्वभौम नियम हो । तर हाम्रो यतिबेला वस्तुगत परिस्थिति त निश्चित रुपमा परिपक्व बनेको छ तर आत्मगत परिस्थिति परिपक्व नबनिरहेको अवस्था हो । एउटा महत्वपूर्ण पक्ष के हो भने आत्मगत परिस्थ्तिि निर्माण गर्ने त क्रान्तिकारी शक्ति स्वयंले नै हो । त्यसो भएर क्रान्तिकारी शक्ति भनेकै हाम्रो पार्टी हो । त्यसैले अब पार्टीले क्रान्तिका लागि वस्तुगत परिस्थिति र आत्मगत शक्तिबीचको सन्तुलन मिलाउनेतिर ध्यान दिन जसरी हुन्छ ।
जनतालाई विद्रोहमा उतार्नका निम्ति पार्टीले पहिलो नम्बरमा पार्टीको आधिकारिक लाइन अर्थात पार्टीले तय गरेको कार्यदिशा, कार्यक्रम, कार्ययोजना र आम लक्ष्य तथा उद्देश्यहरूबारे जनतालाई राम्ररी जानकारी गराउनु पर्ने हुन्छ । यो कार्य गर्ने भनेका पार्टी कमिटीहरू र पार्टीका वरिपरि रहेका रहेका जनवर्गीय संगठन, मोर्चा संगठन, सेना र संयुक्त मोर्चाहरू नै हुन् । यसका निम्ति दोस्रो नम्बरमा पार्टीले हस्तक्षेप गर्न जरुरी हुन्छ । पार्टी पंक्तिलाई लेनिनवादी संगठनात्मक सिद्धान्तका आधारमा चलाउने र जनवादी केन्द्रियताको मापदण्डका आधारमा पार्टी पंक्ति र आम कार्यकर्ताहरूलाई तयार पार्न जरुरी हुन्छ अर्थात् पार्टीलाई लौह अनुशासनबद्ध बनाएर अगाडि बढाउनु पर्ने हुन्छ । यसका निम्ति स्कुलिङको आवश्यता पर्दछ । पार्टी पंक्तिभित्र र आम कार्यकर्ताहरूका बीचमा स्कुलिङको अभाव छ । यसको निम्ति देशव्यापी रुपमा र आम पार्टी सदस्यस्तरसम्म योजनाबद्ध ढंगले पार्टीले स्कुलिङ सञ्चालन गर्न जरुरी छ । स्कुलिङ विनाका कार्यकर्ताहरू विद्रोहमा होमिन सम्भव हुँदैन । कार्यकर्ता भनेका पार्टीका सम्पत्ति हुन् र पार्टी मेसिनरीका पार्टपूर्जा पनि । उनीहरूको वैज्ञानिक रुपमा कार्यविभाजन र विन्यास गर्ने र उनीहरूलाई योजनाबद्ध ढंगले स्कुलिङ गर्न जरुरी छ । किनकि जनतालाई विद्रोहका लागि संगठित गर्ने र विद्रोहमा उतार्ने साधन भनेकै पार्टीका आम कार्यकर्ता र सदस्यहरू हुन् । त्यसो भएर उनीहरूलाई पहिलो नम्बरमा तयार पार्न जरुरी छ ।
क्रान्ति सम्पन्न गर्नका निम्ति पार्टीको मातहतमा जुझारु प्रतिरोधी शक्तिको निर्माण र संयुक्त मोर्चा निर्माणका आवश्यकता हुन्छ । पार्टीले यस विषयमा उचित मात्रामा ध्यान केन्द्रित गर्न जरुरी छ । यी दुवै चीजहरू क्रान्तिका भरपर्दा शक्ति हुन् ।
हामी यतिबेला जुलुस, विरोधसभा, सामान्य, आम हडताल, नेपालबन्द आदि संघर्ष र आन्दोलनका तौरतरिकाहरू अपनाएर अघि बढिरहेका छौँ । यतिले मात्र जनविद्रोहको कार्यदिशा अगाढि बढ्न पूरा हुन सक्तैन । यी त संघर्षका विविध रुप मात्र हुन् । अब जनविद्रोहका निम्ति सशक्त र हस्तक्षेपकारी योजना र संघर्षका कार्यक्रमका साथ जनविद्रोहको आम कार्यक्रम, कार्ययोजनालाई अगाडि बढाएर मात्र हामीले नेपाली क्रान्तिलाई विजयको दिशातिर पु¥याउन सक्तछौँ ।
निचोड ः
क्रान्ति र प्रतिक्रान्तिको बीचबाट मात्रै क्रान्तिकारी कार्यदिशा अगाडि बढ्दछ । हाम्रो मुलुक यतिबेला यही क्रान्ति र प्रतिक्रान्तिका बीचबाट अगाडि बढिरहेको छ र हामीले वैचारिक रुपमा नवसंशोधनवादसित सम्बन्ध विच्छेद गरेर नै क्रान्तिकारी कार्यदिशा–जनयुद्धको जगमा जनविद्रोह कार्यदिशा निक्र्यौल गरेका छौँ । यो ऐतिहासिक आवश्यकताको उपज पनि हो । हामीसित विश्वका सफल÷असफल जनविद्रोह र जनक्रान्तिका अनुभवहरू छन् । नेपालकै जनआन्दोलन, जनविद्रोह र जनक्रान्तिका सफलता तथा असफलताका अनुभवहरू छन् । क्रान्ति र जनविद्रोहको हल्लाह त प्रतिक्रान्तिकारी तथा सबै खाले संशोधनवादीहरूले समेत गरिरहेका छन् । त्यो उनीहरूको जनताको बीचमा भ्रमको खेती गरेर आफ्नो गुमेको अस्तित्व धान्नु बाहेक अरु केही होइन । तर हामीले नेपालमा वास्तवमै जनयुद्धको जगमा टेकेर जनविद्रोह मार्फत नेपाली क्रान्ति सम्पन्न गर्ने निर्णाय शक्ति हौँ । त्यसो भएर रुसी महान् अक्टोबर क्रान्ति गर्ने पूर्व तयारीका बखत जसरी सोभियतहरूले आम जनतालाई ‘सोभियत’ मा परिणत गरेका थिए, त्यसैगरी हामीले पनि प्रत्येक नेपाली जनतालाई ‘नेपाली’ बनाउन र राष्ट्रिय स्वाधिनताको आन्दोलनलाई मुक्ति आन्दोलनसित गाँसेर विद्रोहको तयारी गर्न जरुरी छ ।
विद्रोहको निम्ति राजधानी लगायत देशका ठूला सहरहरूलाई विद्रोहको प्रमुख थलो बनाउने र गाउँलाई आधार क्षेत्र अर्थात आधार इलाकाको रुपमा विकास गरेर अगाडि बढ्नुको विकल्प छैन । जहाँसम्म विश्वासको संकटको प्रश्न हो, यसलाई पनि हल गरिनु पर्दछ । विगतका जनआन्दोलन, जनविद्रोहको नेतृत्व समेत गरेका प्रचण्ड–बाबुरामले समेत क्रान्ति र जनतालाई धोका दिएका र गद्दारी गरेकाले फेरि पनि आशंका गर्नु स्वाभाविक हुन्छ । फेरि पनि धोका नै हुन्छ कि भन्ने आशंकालाई हाम्रो नेतृत्व पंक्तिले आन्दोलनकै मैदानबाट विश्वास दिलाउनुको विकल्प छैन ।
२००७ सालको जनविद्रोह नेपाली कांग्रेसका कारणले असफलतामा टुंगियो । २०४६ सालको जनविद्रोह कांग्रेस, माले समेतको संयुक्त वाम मोर्चाको कारणले असफलतामा टुंगियो । २०५२ सालको जनविद्रोहका उपलब्धिहरू प्रचण्ड बाबुरामका कारणले गुम्न पुगे । २०६२÷६३ को जनविद्रोह कांग्रेस, एमाले समेतको ७ संसदवादी दलहरू र निरंकुश राजा ज्ञानेन्द्रका बीच विघटित संसद पुनर्वहाली गर्ने सम्झौतामा पुगेर असफलतामा टुंगियो । यी नकारात्मक परिघटनाहरूबाट शिक्षा लिएर अब सञ्चालन गरिने जनविद्रोहलाई कुनै पनि खाले सम्झौताबाट तुहिन नदिने सवालमा क्रान्तिकारी र आम जनता सचेत रहन जरुरी हुन्छ ।
धधध।जबकतपअ।दयिनकउयत।अयm
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment