Wednesday, March 20, 2013

क्रान्तिको रक्षा एवम् विकासको प्रश्न


१. विषय प्रवेश ः
नेपाली जनता क्रान्ति चाहन्छन् । नेपाली राष्ट्रले स्वाधिन्त्ता चाहन्छ । नेपाली क्रान्तिको नेतृत्व गर्ने ऐतिहासिक दायित्व बोकेको शक्ति एक मात्र नेपाल कम्युनिस्ट पार्टी हो । यो लामो समयदेखि विभाजित अवस्थामा छ । विभाजित रही रहनुको प्रमुख कारकतत्व यसको शैवकालदेखि नै दक्षिणपन्थि संशोधनवादले प्रवेश गर्नु र बलियो ढंगले जरा गाढेर दुवोभैmँ मौलाउनु नै हो । अहिलेसम्म पनि नेपाली कम्युनिस्ट आन्दोलन दक्षिणपन्थि अवसरवादका विषालु किटाणुहले आक्रान्त बनिरहेको छ । र अवसरवाद नेपाली क्रान्तिको आन्तरिक बाघकका रूपमा खडा हुदै आएको छ । यसलाई क्रान्तिकारीहरूले कसरी परास्त गरेर नेपाली क्रान्ति सम्मपन्न गर्न सकिन्छ भन्ने विषयमा यस लेखमा प्रकाश पार्ने प्रपन्न गरिएको छ ।

२. नेपाली कम्युनिस्ट पार्टीको जन्म र विकास ः
नेपाल कम्युनिस्ट पार्टीको स्थापना वि.सं. २००६ साल बैशाख १ गते(सन १९४९ अप्रिल २२ तारिख) का दिन पुष्पलालको नेतृत्वमा भारतको कलकत्तामा भएको हो । पुष्पलाल श्रेष्ठ, रामविलास जोशी, निरञ्जन गोविन्द बैद्य र नरबहादुर कर्माचार्य गरी चारजना युवाहरूले नेपाल कम्युनिस्ट पार्टीको गठन गरेका थिए । स्थापना कालदेखि नै नेपाल कम्युनिस्ट पार्टी क्रान्तिको चरित्र नयाँ जनवादी क्रान्ति नै निर्धारण गरेको थियो । साम्राज्यवाद र सामन्तवादलाई उन्मूलन गरी जनताको जनवादी व्यवस्था स्थापना गर्ने निश्चित रणनीति र कार्यनीति निक्र्यौल गरेको थियो । क्रान्तिको न्यूनतम् लक्ष्य जनताको जनवादी व्यवस्था र अन्तिम लक्ष्य बैज्ञानिक समाजवाद र साम्यवाद राखेको थियो ।
आज नेपाली कम्युनिस्ट आन्दोलनले ६२ वर्ष पार गरिसकेको छ । यति लामो ऐतिहासिक अवधिमा यस आन्दोलनभित्र वर्गसङ्घर्ष र दुईलाईन सङ्घर्ष, अन्तरसङ्घर्षका अनेकौं जटिल, बांगोटिंगा र कहालीलाग्दा घुम्तीहरू रहेका छन् । यद्यपि यो आन्दोलन लामो समय पहिलेदेखि अनेकौं समूह उपसमूहहरूमा विभाजित अवश्यै रह्यो । अतः सारमा यस आन्दोलनभित्र क्रान्तिकारी संशोधनवादी दुई परस्परविरोधी धाराकै द्वन्द्व प्रमुख बनेर आयो । आज नेपाली कम्युनिस्ट आन्दोलनको दक्षिणपन्थी संशोधनवादी सुधारवादीधाराले आफूलाई विजातीय कित्तामा सामेल गर्दै दक्षिणपन्थी एवम् आधुनिक संशोधनवादी धारामा गुणात्मक फड्को हाल्न पुग्यो । र, यसको विपरित नेपाली कम्युनिस्ट आन्दोलनको क्रान्तिकारी धारा आज माक्र्सवादी, लेनिनवादी माओवादीका रूपमा गुणात्मक ढंगले विकसित हुँदै महान्् दश बर्से सशस्त्र जनयुद्ध र जनआन्दोलनलाई फ्यूजन गरेर शान्ति प्रक्रियामा सामेल हुँदै ऐतिहासिक संविधानसभाको निर्वाचन र गठनमार्फत् २४० बर्से शाह बंशीय सामन्ती राजतन्त्रलाई पुँजीवादी गणतन्त्रको घोषणा गर्ने स्तरमा गुणात्मकरूपले फड्को मारेर अहिले संविधानसभामार्फत् जनताको संघीय गणतन्त्रात्मक संविधान निर्माण गरेर नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने यदि यो कार्यदिशा कार्यान्वयन गर्ने कार्यमा देशीविदेशी प्रतिक्रियावादी एवम् प्रतिक्रान्तिकारी शक्तिहरूले षड्यन्त्र गरेमा जनविद्रोहमार्फत् नेपाली क्रान्ति सम्पन्न गरेर बैज्ञानिक समाजवाद र साम्यवादको लक्ष्य हासिल गर्नेतर्फ अग्रसर बन्ने महान्् र जटिल प्रक्रियामा गुणात्मकरूपले फड्को मार्ने स्तरमा विकसित हुन पुगेको छ । नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासको यस द्वन्द्ववादलाई हामी क्रान्तिकारीहरूले अत्यधिक गहिराइका हृदयगंम गर्न जरुरी छ ।

३. दक्षिणपन्थी अवसरवादको प्रवेश ः
नेपाल कम्युनिस्ट पार्टीको स्थापनाको छोटै अवधिभित्र दक्षिणपन्थी अवसरवाद एवम् संशोधनवादले प्रवेश गरेको छ । विभिन्न कलखण्डमा हामी हुँदै आएको दक्षिणपन्थी संशोधनवादले अहिले नेपाली कम्युनिस्ट आन्दोलनभित्र चरम उत्कर्षमा पुगेको छ । यस लेखमा विभिन्न कालखण्डमा नेपाली कम्युनिस्ट आन्दोलनभित्र पैदा भएका दक्षिणपन्थी विचलनहरूका बारेमा चर्चा गर्ने प्रयत्न गरिएको छ ।
वि.सं. २००८ सालको असोज कार्तिकमा भारतको कलकत्ताकै नेपाल कम्युनिस्ट पार्टीको प्रथम ऐतिहासिक राष्ट्रिय सम्मेलन सम्पन्न भएको र संस्थापक महासचिव पुष्पलाललाई महासचिवमा यथावत राखिएको थियो । पुष्पलाल गरमपन्थीका रूपमा परिचित थिए भने मनमोहन अधिकारी नरमपन्थीका रूपमा पार्टीभित्र परिचित थिए । ००८ सालमै पुष्पलाललाई महासचिव पदबाट अपदस्त गरेर भारतीय कम्युनिस्ट पार्टी भाकपको प्रभावमा रहेका मनमोहन अधिकारीलाई महासचिव पदमा आसिन गराइयो । त्यस दिनदेखि नै नेपाली कम्युनिस्ट आन्दोलनभित्र दक्षिणपन्थी संशोधनवादले प्रवेश गरेको हो । त्यसबेला भाकपाको विभाजन भयो । त्यसआन्दोलनभित्र दक्षिणपन्जी संशोधनवाद हावी हुन पुग्यो । तदनुरूप भाकपाको प्रभावकै कारण पुष्पलाललाई अपदस्थ गरेर मनमोहन अधिकारी नेकपा महासचिव पदमा आसिन हुन पुगे । नेकपाभित्र भाकपाको प्रभाव इतिहासमा कहिल्यै रोकिएन र त्यो क्रम वर्तमानसम्मा पनि एकनाससँग जारी रहि आएको छ । साथै, भारतीय विस्तारवादको प्रभाव पनि नेपाली कम्युनिस्ट आन्दोलनभित्र चरम अवस्थामा रहँदै आएको छ । अर्थात् नेपाली कम्युनिस्ट आन्दोलनभित्र दक्षिणी हावा चल्दै आएको छ र यतिबेला त्यसको वहावको स्केल बढेर आएको छ ।
२०१० सालमा पाटनमा भूमिगतरूपमा नेकपाको प्रथम राष्ट्रिय महाधिवेशन सम्पन्न भयो र मनमोहन अधिकारी नै महासचिव चुनिए । २०१२ साल कार्तिक २१–२७ सम्म काठमाण्डौमा भूमिगतरूपमा नेकपाको दोस्रो राष्ट्रिय सम्मेलन भयो । यस सम्मेलनले मनमोहन अधिकारीलाई नै महासचिवमा तोक्यो । दक्षिणपन्थी संशोधनका हिमायति मनमोहन अधिकारीको निरन्तरता जारी रह्यो ।
नेकपाको प्रथम राष्ट्रिय महाधिवेश २०१० पश्चात् खास गरी पार्टी नेतृत्वमा मनमोहन अधिकारीको उदय भएपछिको कालखण्डमा नेकपाले क्रमशः संवैधानिक सिमाभित्रको समाजवादी बाटो अबलम्बन गर्न थालेको देखा पर्दछ भने डा. केशरजंग रायमाझीले यस क्रमलाई अरु विकसित पारेकोे देखिन्छ । किनभने मनमोहन अधिकारी खुल्लापनले संवैधानिक राजतन्त्रवादी थिए भने रायमाझी एउटा चरम अवसरवादी र षड्यन्त्रकारी व्यक्ति थिए । पछि रायमाझिको राजदरबारसँगको सम्बन्ध अत्यन्तै गाडा बन्दै गयो र उनले एउटा लामो अवधिसम्म शाही प्यादाको रूपमा राजतन्त्रको सेवा गरी नेपाली कम्युनिस्ट आन्दोलको एउटा लामो हिस्सा र कालखण्डलाई बदनाम तुल्याउन सक्षम रहे ।
२००८ सालमा सरकारले नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाएको थियो । पार्टीमाथिको प्रतिबन्ध हटाउनका लागि नेतृत्व सरकारसँग जस्तोसुकै कवुलियतनामा गर्न र लचिलो हुन पनि तयार भयो र तद्नुरूप सरकारका सर्तहरू स्वीकार गर्न तत्पर हुनेभयो । यसैक्रममा २०१३ साल बैशाख ३ गतेको पार्टी महासचिव मनमोहन अधिकारीद्वारा प्रेस विज्ञप्ती प्रकाशनमा आएको थियो, जसमा पार्टीले स्पस्टतः संवैधानिक राजतन्त्र, शान्तिपूर्ण बैधानिक तबरबाट समाजवादी समाज स्थापना गर्ने पार्टीको उद्देश्य रहेको स्वीकार गर्दै राजालाई बैधानिक मुख्य मान्ने सहमति जाहेर ग¥यो । फलतः २०१३ साल बैशाख ४ गतेबाट पार्टीमाथि लागि आएको प्रतिबन्ध फुकाउन तत्कालीन प्रजापरिषद्को सरकार सहमत भएको थियो । ०१३ जेठको दोस्रो हप्ता पार्टीमाथि प्रतिबन्ध हटेपछिको पहिलो बैठक खुलारूपमा काठमाण्डौमा बस्यो । उक्त पार्टी बैठकमा केन्द्रीय समितिका अधिकांश सदस्यहरूले पार्टीमाथिको प्रतिबन्ध फुकाउने सन्दर्भमा पोलिटब्यूरोद्वारा जारी प्रेस विज्ञप्ती विरुद्ध कडा रोष तथा प्रतिक्रिया जाहेर गरे । साथै, बहुमतले उक्त विज्ञप्तीलाई अस्वीकार गर्ने निर्णय लियो ।
२०१४ जेठ १४ मा नेकपाको दोस्रो राष्ट्रिय महाधिवेशन सम्पन्न भयो । डा. केशरजंग रायमाझीलाई महासचिवमा चुन्यो । उनले पार्टीलाई योजनावद्धरूपमा राजतन्त्रपरस्त दिशातिर धकेल्न थाले । महाधिवेशनले त संवैधानिक राजतन्त्रवादी धारालाई अस्वीकार गरी गणतन्त्रको नारा पारित ग¥यो । तर नेतृत्वमा भने राजावादी रायमाझी डफ्फाकै बहुमत निर्वाचित भएकाले उक्त गणतान्त्रिक लाइन त्यसै सेलाएर गयो । डा.रायमाझी क्रमशः शाही एजेन्टका रूपमा पतन हुन पुगे र सिंगो पार्टीलाई गुमराहमा पारी पार्टीलाई तहसनहस पार्नमा सफल रहे । त्यसको पराकास्ठा २०१७ साल पुस १ गतेको शाहीकाण्ड थियो । तथापि रायमाझीको पतनपश्चात् पनि पार्टीभित्र जनगणतन्त्रवादी धारको अन्त्य नै भने भएन, त्यो कुनै न कुनै रूपमा कायम रह्यो ।
यो इतिहासको परिघटना यस लेखमार्फत् किन उजागार गर्न खोजिएको हो भने २०१३ साल बैशाख ३ गतेदेखि नेपाल कम्युनिस्ट पार्टीभित्र दक्षिणपन्थी संशोधनवादले संस्थागतरूपले प्रवेश गरेको हो । त्यसको प्रभाव अहिलेसम्म पनि नेपाली कम्युनिस्ट आन्दोलनभित्र तुफानी आँधीका साथ चलिरहेको छ भन्ने यथार्थतालाई जनसमक्ष स्पष्ट होस् भन्नका लागि हो ।

४. पूmटको शुरुवात ः
२०१९ सालमा नेकपाको तेस्रो राष्ट्रिय महाधिवेनले सही नीति पारित गर्न सकेन र त्यसबाट बनेको नेतृत्वले पनि सही नेतृत्व प्रदान गर्न सकेन र २०२२÷२३ सालतिरबाट नेपाल कम्युनिस्ट पार्टीभित्र विभिन्न गुटउपगुट र समुहहरू बन्न पुगे र अन्ततः नेपाल कम्युनिस्ट पार्टी फुट, विभाजन भएर छिन्नभिन्न हुन पुग्यो । २०२५ सालमा पुष्पलालले तेस्रो राष्ट्रिय सम्मेलनको आयोजना गरेर कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध पार्ने प्रयत्न गर्नु भएतापनि सफल हुनु भएन ।
नेपाली कम्युनिस्ट आन्दोलभित्र फूट, विभाजन, गुट उपगुटहरू जन्मिरहेका र त्यस आन्दोलनभित्र निराशा, कुन्ठा र आक्रोशहरू पैदा भइरहेको अवस्थामा ०२८ साल जेठ २ गते झापा विद्रोह विस्फोट भयो । झापा विद्रोह नेपालको कम्युनिस्ट आन्दोलनका निम्ति ऐतिहासिक घटना थियो । सामन्तवाद र साम्राज्यवादका विरुद्ध नेपाली सर्वहारावर्गले पहिलो पटक हतियार उठाएको घटना भएकाले यसले नेपाली कम्युनिस्ट आन्दोलनभित्र गौरवशाली इतिहास निर्माण गरेको थियो । तत्कालीन निरंकुश तथा फासिस्ट पञ्च्याती व्यवस्थाले झापा विद्रोहमाथि भीषण दमनचक्र चलायो । झापा विद्रोहको नेतृत्व गर्ने रामनाथ दाहाल, नेत्र घिमिरे, नारायण श्रेष्ठ, विरेन राजवंशी र कृष्ण कुँइकेललाई झापाबाट इलाम जेलमा सरुवा गर्ने निहुँमा इलामको सुखानीमा झापाली विद्रोह भूमिगत हुन र प्रवासिन बाध्य तुल्याए । झापा विद्रोह शिथिल अवस्थामा पुगेको नेपाली कम्युनिस्ट आन्दोलनभित्र एउटा तरंग पैदा गरिदियो ।

५. नेकपा मालेको जन्म ः
झापा विद्रोहबाट अघि बढेका क्रान्तिकारीहरूले २०३२ साल जेठ २४–२५ गते पूर्वी नेपालको विराटनगर १६ मा गुप्तरूपमा भेला भई अखिल नेपाल कम्युनिस्ट क्रान्तिकारी कोअर्डिनेशन कमिटि(माले)को गठन गरे । गौरवशाली झापा विद्रोहको जगमा टेकेर त्यही कमिटिकै आयोजनामा राष्ट्रिय सम्मेलन गरी ०३५ साल पुस ११ गते नेपाल कम्युनिस्ट पार्टी(माले)को गठन हुन पुग्यो ।
नेकपा(माले) पुनगर्ठनको प्रक्रियासँगै क्रान्तिकारी धारालाई पकड्नुपर्नेमा उसले दक्षिणपन्थी धारालाई पकड्न पुग्यो । झापा विद्रोहलाई उग्रवामपन्थी भड्काउ भएको संश्लेषण गर्न पुग्यो । र, २०३७ सालमा झापा विद्रोहमा प्रयोग गरिएका हतियारहरू कोसी नदीमा बगाइदिने निर्णय गर्न पुग्यो ।
यसरी दक्षिणपन्थी बाटो पकडेपछि तत्कालीन र नेकपा (माले)ले २०४३ सालको राष्ट्रिय पञ्चायतको चुनाव र २०४४ सालमा जिल्लामा पञ्चायत र नगर पञ्चायत चुनावमा निसर्तरूपमा भाग लिन पुगेर उसले सुधारवादी संसदवादी राजनीतिक कार्यदिशाको एक निकृष्ट बाटो समातेर पार्टीलाई पञ्चायतीकरण गदै लग्यो । माले २०४४ सालमा सर्वहारावर्गको अधिनायकत्वअन्तर्गत निरन्तर क्रान्ति जारी राख्ने सिद्धान्तको विरोध गर्दै महान्् चिनियाँ सांस्कृतिक क्रान्तिलाई निषेध गरेर गम्भीर सैद्धान्तिक भड्काउ मात्र गर्न पुगेन, उसले माओत्सेतुङ विचारधालाई पार्टीको मार्गदर्शक सिद्धान्तबाट हटाउन पुग्यो ।

६. आधुनिक संशोधनवादको पक्षमा उभियो ः
आधुनिक संशोधनवादको समर्थन गर्दै मालेले अन्तर्राष्ट्रिय कम्युनिस्ट आनेलनको अध्ययन गर्ने र त्यसबारे निष्कर्ष निकाल्ने क्रममा २०४४ सालमा रुस, पूर्वी युरोप, चीन, भियतनामलगायतका देशहरूमा पुँजीवादको पुनस्र्थापना भएको कुरा स्वीकार गरेन र ती सबै मुलुकहरूलाई समाजवादी नै देख्न पुग्यो । यसप्रकारको मूल्यांकन र निष्कर्षले मालेलाई आधुनिक संशोधनवादको स्तरमा गिराई दियो ।

७. वर्ग समन्वय र सम्झौतावाद परस्त ः
२०४६ सालको निरंकुश पञ्चायती व्यवस्था विरोधी जनआन्दोलनमा क्रान्तिकारी वामपन्थी शक्तिहरूलाई लत्याउँदै नेपाली कांग्रेसको पुच्छर बन्न पुग्यो र नेपाली कांग्रेस, राजासहितको त्रिपक्षीय गठबन्धनमा आधारित धोकापूर्ण सम्झौतामा जनआन्दोलनलाई टुङ्गयाउन अत्यन्तै नीच र घृणित खेल खेल्यो । सुधारवादी, मिलेराँवाद, मन्त्रिमण्डलवादकै नेपाली संस्करणका रूपमा अन्तरम मन्त्रिमण्डलमा सामेल भएर उसले क्रान्तिप्रति स्पष्टतः ठूलो गद्दारी र विश्वासघात गरेको थियो ।
२०४७ सालको प्रतिक्रियावादी संविधान निर्माण गर्ने काममा मालेले जुन निकृष्ट भूमिका खेल्यो, त्यो अत्यन्तै प्रतिगामी कदम थियो । २०४७ सालको संविधान घोषणा भइसकेपछि माले पार्टीले २७ बुँदे असहमतिका बुँदाहरूलाई पनि माले पार्टीले धोती लगाएरै छाड्यो ।

८. खुश्चोभपन्थी संशोधनवादको समर्थक बन्यो ः
पार्टीलाई ठूलो र विशाल बनाउने र चुनाव जित्ने उद्देश्यले मालेले पार्टी एकताका नाममा अनेकैं विजातीय ग्रुपहरूलाई समेट्दै तथा क्रान्तिकारीहरूलाई पाखा लगाउँदै विगतका पञ्चहरू, गलत तत्वहरू र विकृत अवसरवादीहरूलाई बटुल्ने कामलाई महत्व दिंदै गयो । यसैक्रममा एमालेले पाएसम्म अवसरवादी–सुरधावाद गुटहरूलाई पार्टीमा हुल्न जरुरी ठान्यो र यसै अनुरूप पार्टी एकता गर्दै प्राविधिक बहुमत खडा गरेर क्रातिकारीहरूलाई किनारा लगाउने पार्टीलाई सैद्धान्तिकरूपमा बन्ध्याकरण गर्दै लग्यो र २०४९ साल माघ १४–१८ मा आयोजना गरेको पार्टीको पाँचौं राष्ट्रिय महाधिवशेनबाट खु्रश्चोभपन्थी जनताको बहुदलीय जनवादी कार्यक्रमलाई पारित गरेर संशोधनवादी विचारप्रणालीलाई नेपाली कम्युनिस्ट आन्दोलनभित्र संस्थागत गर्ने काम ग¥यो ।

९. प्रतिक्रियावादी सत्तामा प्रवेश र आत्मसमर्पणवादमा पतनको अवधि ः
२०५१ को मध्यावधि आम निर्वाचनबाट एमाले सरकार बनाउन पनि सफल भयो । भारतीय शासकहरूलाई राम्ररी रिझाउन नसकेकै कारण २०५२ साल भदौ १२ गते सर्वाेच्च अदालतको फैसलाद्वारा एमाले सत्ताच्युत भयो । र, त्यसपछि एमालेले भारतीय विस्तारवादी शासकहरूलाई रिझाउन र उसको वफादार चाकर बन्ने ध्याउन्नमा लाग्यो । त्यसैक्रममा २०५३ साल असोज ४ गते मध्यरातमा संसदबाट महाकाली सन्धिमा हस्ताक्षर भारतीय विस्तारवादी शासक गुटको असली चाकर बनेको घोषितैरूपमा प्रमाणित गरेरै छाड्यो ।
सत्तामा पुग्नका निम्ति एमाले देशी विदेशी जनताका सबैखाले दुश्मनवर्गसँग पनि सम्झौता र समझ्दारी गर्न थाल्यो । सत्तामा पुग्न एमालेले आफ्नो वर्गलाई पञ्छायो र २०५३÷०५४ मा दरबारिया शक्ति राप्रपाको चन्द सरकारमा सामेल भयो । त्यस्तै राप्रपाकै अर्काे सूर्यबहादुर थापाको नेतृत्वको सरकारमा सामेल भयो । पटकपटक नेपाली कांग्रेसको गिरिजा सरकारमा पनि सामेल भयो । २०६१ साल वैशाखमा आधा प्रतिगमन सच्चियो भन्दै निरंकुश राजा ज्ञानेन्द्र्र्रले नेतृत्व गरेको सरकारमा पनि सामेल भयो ।
सत्तामा पुग्ने र त्यसमा टाँसिरहनका लागि साम्राज्यवादी र विस्तारवादीहरूसँग कतिपय सवालमा गोप्यरूपमा र कतिपय रूपमा खुलै भएर भेटघाट र साँठगाँठ गर्ने, सन्धिसम्झौता गर्न थाल्यो । मिहीन बहानामा एमालेका नेताहरू भारतको भ्रमणमा जाने र निर्देशन बोकेर फर्किने काम गर्दै आए ।
यिनै प्रक्रिया अन्तर्गत पार्टीभित्र वर्गउत्थान भयो । पार्टी नेतृत्वलाई चरम अवसरवादी व्यक्तिहरूले चारैतिरबाट घेर्न थाले । पार्टीभित्र व्यापकरूपमा गुटबन्दीका खेलहरू चलिरहे । पजेरो–प्राडो गाडी खरीद विक्री गर्न पाउने, पार्टीका नेता, सांसदहरूले राजधानीमा आलीसान महलहरू खडा गर्ने, कार्यकर्ताहरूलाई व्यापकरूपमा एनजीओ÷आईएनजीओमा भर्ना गर्ने, ठेक्कापट्टामा लगाउने र जसरी पनि पैसा कमाउनु पर्दछ भन्ने वातावरणको निर्माण पुग्यो ।

१०. वर्ग उत्थान र संशोधनवादमा पतन ः
पार्टीभित्र वर्ग जन्मियो । धनाढ्यवर्गको बोलवाला बढ्दै गयो । नेता–कार्यकर्ताहरूका बीचमा हुनेखाने र निमुखाहरूका बीचमा विभेद बढ्दै गयो । एमाले पार्टी बुर्जुवा पार्टीको रूपमा रूपान्तरण हुन पुग्यो । पार्टी नेतृत्वले देशी विदेशी प्रतिक्रियावादी शक्तिहरूको निर्देशनमा पार्टीभित्रका क्रान्तिकारीहरूलाई विभिन्न बहानाबाजी खडा गरेर पार्टीबाट निषेध गर्ने, निष्काशन गर्ने र समाप्त गर्ने अभियान नै चाल्यो । नीति, विचार र सिद्धान्तबाट पद विचलित भइसकेपछि क्रान्तिका कुरा गर्ने, दर्शन, चिन्तन र क्रान्तिकारी आदर्शको कुरा गर्नेहरूलाई उल्लु बनाउँदै लग्यो । यसरी पार्टीलाई एमालेले दक्षिणपन्थी संशोधनवादको दलदलमा कहिल्यै उम्कन नसक्ने गरी डुबाएरै छाड्यो । एक कालखण्डमा राम्रो उँचाई प्राप्त गरेको पार्टी माओले भन्नु भएझैं गलत विचार आत्मसात् गर्न पुगेपछि यो स्तरमा गिर्न पुग्यो । एमालेको पतन एकाएक भएको होइन घटनाक्रमहरूले पुष्टि गर्दैआएका छन् । दक्षिणपन्थी संशोधनवादको बाटोमा पाइलापाइला गर्दै यो स्थितिमा गिर्न पुगेको हो ।

११. माओवादीको उदय ः
अर्काे पाटो हो, एकीकृत नेकपा (माओवादी)को पाटो । यसले महान्् दश बर्से जनयुद्धको प्रक्रियामा एउटा गौरवशाली इतिहास निर्माण गरेर आएको पार्टी हो । वीरतापूर्ण इतिहासको रचना गर्नु त्यति सजिलो हुँदैन । दशौं हजारको बलिदान र रगत पसिनाले वीरतापूर्ण इतिहास रचेर आएको पार्टी हो– एकीकृत माओवादी । यो पार्टी यतिबेला शान्तिप्रक्रियामा सामेल भएको छ, संक्रमणकालीन अवस्थालाई सफलतापूर्वक व्यवस्थापन गर्ने अवस्थामा आइपुगेको छ ।

१२. जनयुद्धको थालनी र विकास ः
एकीकृत नेकपा (माओवादी) माक्र्सवाद–लेनिनवाद– माओवादको पथप्रदर्शक निर्देशनमा संचालित क्रान्तिकारी पार्टी हो । यस पार्टीले महान्् दश वर्ष जनयुद्ध कुशलतापूर्वक संचालन गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगत्मा समेत आफ्नो गौरवशाली इतिहास निर्माण गरिसकेको छ । मुलुकै सबैभन्दा ठूलो राजनीतिक दल र नेपाली कम्युनिस्ट आन्दोलनको सबैभन्दा ठूलो कम्युनिस्ट पार्टी र क्रान्तिकारी धाराको नेतृत्व गरिरहेको एकीकृत माओवादी पार्टी अहिले शान्ति प्रक्रियामार्फत– सामन्तवाद – साम्राज्यवाद विरोधी सारतत्व बोकेको जनताको संघीय गणतन्त्रात्मक संविधान निर्माण गरेर नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने एउटा ऐतिहासिक मोडमा आइपुगेको एउटा क्रान्तिकारी पार्टी हो । नेपाली सर्वहारा वर्गको अग्रदस्ता भएकै नेपाली नाताले नेपाली क्रान्तिको ऐतिहासिक कार्यभार पूरा गर्ने दायित्व पनि नेपाली जनताले यही पार्टीलाई सुम्पेका छन् ।
एकीकृत माओवादी पार्टी गतिशील र क्रान्तिकारी पार्टी भएको कारण यस पार्टीभित्र अन्तरसङ्घर्ष र अन्तरद्वन्द चल्नु द्वन्द्वात्मक एवम् ऐतिहासिक भौतिकवादको नियमानुसार आवश्यक मात्र होइन अनिवार्य हुन्छ नै । दश वर्षे जनयुद्ध संचालन गर्नुभन्दा पहिले पनि र जनयुद्धकै प्रक्रियाभित्रमा पनि यस पार्टीभित्र महान्् बहस र दुई लाइन सङ्घर्ष वा अन्तर सङ्घर्ष संचालन हुँदै आएको इतिहास छ । २०४८ साल एउटा महाधिवेशनको बेला, २०५१ को तेस्रो विस्तारित बैठकका क्रममा, २०५५ कै नेतृत्व केन्द्रीकरण सम्बन्धी विवादका क्रममा, २०५७ को दोस्रो राष्ट्रिय सम्मेलनका क्रममा र २०६२ चुनाव असोजमा सम्पन्न चुनावाङ बैठकका क्रममा समेत महान्् बहस र दुईलाइन सङ्घर्ष संचालन गरिएका थिए । ती सबै दुई लाइनको सिद्धान्तमा आधारित रहेर हल गर्दै अगाडि बढेको थियो ।
पार्टीले शान्ति प्रक्रियामा प्रवेश गरिसकेपछि खासगरी संविधानसभाको पहिलो बैठकबाट २४० वर्ष सामन्ती राजतन्त्रलाई अन्त्य गरे । गणतन्त्रको घोषणा भएपछि २०६५ मंसिरमा सम्पन्न खरिपाटीमा सम्पन्न राष्ट्रिय सम्मेलनसम्म आइपुग्दा तात्कालीन कार्यनीति निक्र्यौल गर्ने सवालमा क. किरणले प्रस्तुत गर्नुभएको जनताको संघीय गणतन्त्रात्मक संविधान बनाउने कि चुनवाङ बैठकले तय गरेको लोकतान्त्रिक गणतन्त्रको कार्यनीतिका बीच भीषण दुईलाइन सङ्घर्ष संचालन भएको थियो । उक्त राष्ट्रिय कार्यकर्ता भेलाले क. किरणले प्रस्तुत गर्नको भएको जनताको संघीय गणतन्त्रात्मक संविधान निर्माण गरी नयाँ जनवादी क्रान्ति सम्पन्न गर्न अघि बढ्नुपर्ने लाइन एकमतले पारित गरेको थियो । यसलाई कार्यान्वयन गर्ने सवालमा २०६६ साउन सम्पन्न असाधारण अवस्थामा आयोजित भएको असाधारण बैठकले यदि देशी–विदेशी प्रतिक्रियावादी शक्तिहरूले जनताको संघीय गणतन्त्रात्मक संविधान अर्थात् जनसंविधान बनाउन दिएन र यसमा षड्यन्त्र भएमा जनविद्रोहमार्फत नेपाली क्रान्ति सम्पन्न गर्ने भन्ने कार्यदिशा पारित गरेको थियो र नेपाली क्रान्तिका चार आधार र तयार चार तयारी पूरा गर्ने उद्देश्यले तेस्रो जनआन्दोलनको संचालन पनि गरेको थियो ।

१३. दुई लाइन सङघर्ष उत्कर्षमा पुग्यो ः
सबैलाई थाह भइसकेकै कुरा हो– २०६७ मंसीर ५ – ११ मा पालुङटारमा सम्पन्न पार्टीको छैठौं विस्तारित बैठकसम्म आइपुग्दा हाम्रो पार्टीका वरिष्ठ उपाध्यक्ष मोहन वैद्य किरणले अघि सार्दै आउनुभएको जनविद्रोहको कार्यदिशाका सन्दर्भमा पार्टीभित्र अन्तरविरोध चर्किएको थियो । भीषण दुईलाइन सङ्घर्ष संचालन गरिएको थियो । पालुङटारमा आयोजित उक्त विस्तारित बैठकमा पार्टीले जनवादी वातवारणमा महान्् बहस सञ्चालन गरेको थियो । २१ औं शताब्दीको आजको युगमा नेपालको कम्युनिस्ट आन्दोलनको इतिहासमात्रै नभएर विश्वकै कम्युनिस्ट आन्दोलनको इतिहासमै अत्यन्तै उत्कृष्ट र गौरवशाली बहस संचालन भएको थियो र संसारकै जनताको ध्यान एमाओवादीको पालुङटार विस्तारित बैठकमा केन्द्रीकृत हुन पुगेको कुरा अहिलेसम्म ताजै छ । त्यतिबेला पनि एकीकृत माओवादी फुटेर टुक्राटुक्रा हुँदैछ भनेर व्यापक प्रचार अभियान नै चलाइएको कुरा कतै लुकाइएको छैन । तर पार्टी फुटको सट्टा एकजुट भयो । क. किरणले भन्नु भएझैं दुईलाइन संघषले झनै पार्टी विचारधारात्मक रूपले र सङ्गठनात्मक रूपले समृद्धशाली र एकताबद्ध भएर बाहिर आयो । पार्टी फुट्छ भनेर हल्ला गर्नेहरूले चीत खाए त्यतिबेला । त्यसपछि बसेको पार्टीको केन्द्रीय बमोजिम जनविद्रोहको कार्यदिशालाई बहुमतले पारित ग¥यो । तर पार्टीका उपाध्याक्ष डा. बाबुराम भट्टराईले भने नोट अफ डिसेन्ट लेखेर असहमति जाहेर गर्नुभयो । तर गत जेठमा पहिलो हप्ता सम्पन्न पार्टीको केन्द्रीय समितिको बैठकको बहुमतले जनविद्रोहको कार्यनीतिक कार्यदिशालाई स्थगित गरी शान्ति संविधानको कार्य दिशा–पारित गरेपछि पार्टीले आत्मसमर्पणवादी बाटो पक्रेको भन्दै वरिष्ठ उपाध्यक्ष मोहन वैद्य किरणले त्यस निर्णयप्रति नोट अफ डिसेन्ट लेखेपछि पार्टीभित्र दुईलाई सङ्घर्ष उत्कर्षमा पुग्यो । पार्टी नेतृत्वले शान्ति र संविधानका विषयमा, सेना समायोजनका सवालमा, बहुमत आधारमा निर्णय गर्दै अघि बढेपछि किरणहरूले नोट अफ डिसेन्ट लेख्दै अघि बढे पछि पार्टीभित्रको अन्तरसङ्घर्ष अघि चर्केर गयो ।
पार्टीभित्र क्रान्तिकारी–माक्र्सवाद र संशोधनवादका बीच चल्ने विचारधारात्मक सङ्घर्षलाई दुईलाइन सङ्घर्ष भनिन्छ । यस विषयमा क. मोहन वैद्य ‘किरण’ यसरी लेख्नु हुन्छ “माक्र्सवादी र अवसरवादी कार्यदिशाबीचको वीचको सङ्घर्षलाई दुई लाइन सङ्घर्ष भनिन्छ । कम्युनिस्ट पार्टीभित्र दुई लाइन सङ्घर्ष लगातार चलिरहन्छ । यो वर्ग समाजमा चल्ने वर्गसङ्घर्षको प्रतिबिम्ब हो ।” – मोहन वैद्य किरण, माक्र्सवादी दर्शन, पृष्ठ ४१७, प्रगतिशील अध्ययन केन्द्र, काठमाडौँ । कमरेड किरणको यो भनाइ एकदमै सही छ । अहिले हाम्रो पार्टीभित्र माक्र्सवाद र अवसरवादका बीच, शान्ति र संविधान, जनविद्रोहका कार्यदिशाबीच, पार्टीभित्रका नयाँ र पुरानाकाबीच, क्रान्तिकारी र अवसरवादीहरूको बीच भीषण दुईलाइन सङ्घर्ष संचालन भइरहेको छ । एमाओवादी पार्टीभित्र संचालन भइरहेको यो दुईलाइन सङ्घर्षलाई विविध तरिकाले बुभ्mने र व्याख्या गर्ने यो संसारमा ठूलै जमात छ । पुँजीवाद पन्थी एवम् संशोधनवादीहरूले यसलाई माओवादी पार्टीभित्रको झगडाको संज्ञा दिइरहेका छन् । पार्टीभित्रको केही अवसरवादी तत्वहरूले यसलाई गुटगत गतिविधिको संज्ञा दिएका छन् । यो सबै गैरमाक्र्सवादी चिन्तन र प्रवृतिहरू नै हुन् । तर वास्तवमा पार्टी पार्टीभित्र यतिबेला भीषण विचारधारात्मक दुईलाइन सङ्घर्ष संचालन भइरहेको छ ।

१४. पार्टी फुटकोे हल्ला किन चलाइयो ः
पार्टीले समयमा नै यस विचारधारात्मक रूपमा दुई लाइन सङ्घर्ष संचालन गर्ने विधिभित्र राखेर पद्धतिसंगत ढंगले सञ्चालन गरेको भए र पार्टीको माघको पहिलो हप्ता बसेको केन्द्रीय कमिटीको बैठकले तय गरेको ५ बुँदे आचारसंहिता बमोजिम अन्तरविरोधहरू हल गर्ने पद्धति नअपनाएकै कारण पार्टीभित्रको विचारधारात्मक विवाद बाहिर आउँदा दुईलाइन सङ्घर्ष सम्बन्धी कुरालाई नबुझेका अन्य अवसरवादी तत्वहरूलाई भने एमाओवादी पार्टीभित्र गुट उपगुटहरू उत्पन्न भइरहेका छन् , अब किरण समूहले छिटै पार्टीलाई फुटाल्दैछन् भन्ने हल्ला मच्चाएर क्रान्तिकारी पार्टी नेता कार्यकर्ता, सहिद परिवार, बेपत्ता परिवार, अपाङ्गहरू र आम जनता निरासा बनाउने र उत्तेजित गराउनेसम्मका हर्कर्तहरू गरिँदैछ । क्रान्तिकारीहरू कहिल्यै पनि पार्टी फुटको पक्षमा हुँदैनन् । पार्टीभित्रका अवसरवादी र संशोधनवादीहरू नै पार्टी फुटको पक्षमा रहेका हुन्छन् ।
पार्टीभित्र फुटपरास्त हुनुको अर्थ के हो ? र फुटपरास्त को हुन्छ भन्ने विषयमा चीनीयाँ कम्युनिस्ट पार्टीले यसो भनेको छ – “त्यसको अर्थ माक्र्सवाद –लेलिनवादबाट फुट हो । माक्र्सवाद–लेलिनवादको विरोध गर्ने, त्यसप्रति विश्वासघात गर्ने, तथा सर्वहारा एकतालाई हानी नोक्सानी पु¥याउने फुट परस्त हो ।
त्यसको अर्थ क्रान्तिको सर्वहारावर्गीय पार्टीबाट फुट हो । संशोधनवादी कार्यदिशामा अडिरहेका र क्रानितकारी –सर्वहारा पार्टीलाई सुधारवादी पुँजीवादी पार्टीमा बदल्ने जनुसुकै तत्व पनि फुट परस्त हो ।”१
क्रान्तिकारी जनविद्रोहको कार्यदिशा अवसरवादी कार्यदिशाको विरुद्ध पार्टीभित्र दुईलाइन सङ्घर्ष संचालन गरिरहेका किरण समुह फुट परस्त के हो भन्ने बारे चीनीयाँ कम्युनिस्ट पार्टीको उक्त भनाइले प्रष्ट पारिदिएको छ ।
यस विषयमा क. मोहन वैद्य किरण अगाडि लेख्नु हुन्छ, “पार्टीभित्र गुटवाद र फुटवादका समस्या पैदा हुने गर्दछन् । गुटवादी तथा फुटवादीहरूले कम्युनिस्ट पार्टीभित्र चल्ने दुईलाइन सङ्घर्षलाई अस्वस्थ्य रूप दिने कोसिस गर्दछन् । यसको विरुद्ध सङ्घर्ष गर्दै क्रान्तिकारीहरूले दुईलाइन संघषलाई स्वस्थ रूपमा संचालन गर्नु पर्दछ । एकता र सङ्घर्षबाट फुटतर्फ होइन मुख्यतः क्रान्तिकारी रूपान्तरण र नयाँ आधारमा नयाँ एकताको निर्माणमा जोड दिनु पर्दछ । हामीले फुटवाद र गुटवादका विरुद्ध निरन्तर सङ्घर्ष चलाउनु पर्दछ । जसले पार्टीमा क्रान्तिकारी सिद्धान्त राजनीतिको परित्याग गर्दछ त्यही नै वास्तविक अर्थमा फुटवादी हो ।”२

१५. आर्थिक तथा सांस्कृतिक विचलन ः
अहिले हाम्रो पार्टीभित्र आर्थिक तथा सांस्कृतिक बिचलनहरू भइरहेका छन् । पार्टीभित्र अवसरवाद हावा भइरहेको छ । पार्टीले निर्णय गरिसकेको कुरा हो, पार्टीभित्र वर्ग उत्थान भएको छ । पार्टीभित्र अनुसन्धानहीनता र दण्डहीनताले प्रोत्साहन पाइरहेका छन् । पार्टीभित्र सर्वहारा संस्कृतिक क्रान्ति सञ्चालन गर्नुपर्ने जरुरी भइरहेको छ । आज आएर महान्् दस वर्षे जनयुद्धको वीरासत र सौर्यको पुनः संश्लेषण गरर ती जनयुद्धको मूल्य, मान्यता र आदर्शरुलाई पुनःस्थापित गर्न जरुरी छ । यिनै विविधप्रकारका विचार र व्यवहारका बीचमा यतिबेला पार्टीभित्र दुई लाइन सङ्घर्ष सञ्चालन भयरहेका छन् । पार्टीले विधिवत् रूपले दुईलाइन सङ्घर्षलाई सञ्चालन गर्ने विधि र पद्धति नअपनाएकै कारण यो अलि अराजक, गुटगत अनुसनात्मक तरकाले तत्तरूपमा पनि पुगेको छ । यसले पार्टीको क्रान्तिकारी छविमाथि धावा बोलिरहेको छ ।
अब पार्टीले चालु दुई लाइन सङ्घर्षलाई विधिवत्रूपले सञ्चालन गर्ने र एउटा फोरमा लगेर तुरुन्त टुङ्गो लगाउने गरी एउटा वैज्ञानिक विधि तय गर्न आवश्यक छ । अहिले पार्टीले खुल्ला परिवेशमा वर्गसङ्घर्ष र अन्तरसङ्घर्षलाई साथसाथै अगाडि बढाइरहेका हुनाले, आम पार्टी कार्यकर्ता र जनताले समेत पार्टीलाई सच्याएर क्रान्तिकारी रूपमा रूपान्तरण गर्नका लागि पार्टीभित्र विविध विचार र राजनीतिलाई खुल्ला रूपमा जनतामा पुग्ने गरी एउटा निश्चित विधि तय गर्न आवश्यक छ । हामीले क. माओले चीनमा सञ्चालन गर्नुभएको महान्् सर्वहारा सांस्कृतिक क्रान्तिको एउटा उदाहरण यहाँ हस्तान्तरण यहाँ दृष्टान्तका रूपमा प्रस्तुत गर्दा उपर्युक्त नै हुन्छ । जस्तो कि चीनीया कम्युनिस्ट पार्टीको आठौँ केन्द्रीय कमिटीको ११ औँ पूर्ण बैठकले सन् १९६६ अगस्त ८ मा महान्् सर्वहारा सांस्कृतिक क्रान्तिसम्बन्धी १६ बुँदे निर्णय पारित ग¥यो । वास्तवमा उक्त निर्णयलाई महान्् सर्वहारा सांस्कृतिक क्रान्तिको घोषणापत्र भनिएको छ र त्यसमा संश्लेषण गरिएको छ – “तमाम मेहनतकस जनतालाई जागृत गरेर मात्र पुँजीवादी पुनस्थापनलाई रोक्न सकिन्छ भन्ने हेतुले माओको नेतृत्वमा सर्वहारा सांस्कृतिक क्रान्ति अगाडि बढ्यो । लाखौँलाख जनताहरू मैदानमा उत्रन थाले । पुँजीवादी दृष्टिकोण बोकेका पार्टीका उच्च तहमा बसेका व्यक्तिहरू र राज्यको विभिन्न तहमा रहेका अधिकारीहरूको विरुद्धमा जनताले खुलेआम आलोचना गर्न थाले । माओले “बुर्जुवा हेडक्बाटरमा बमवाडी गर” भनेर आवह्वान गर्नु भयो । जताततै लालरक्षकहरू गठन हुन थाले । पुँजीवादी मार्ग अपनाएर पार्टी र सरकारमा बसेका उच्च पदस्थ व्यक्तिहरूलाई पुनर्संकार गर्न लालरक्षकहरूले आमजनतालाई ब्युँझाउन मद्दत पु¥याए । त्यस्ता पुँजीवादी मार्ग अपनाएका व्यक्तिहरूलाई आमजनताले आलोचना र भण्डाफोर गन थाले । सुध्रिन नचाहने वा समाजवादी मार्गमा हिँड्न नचाहने पार्टीका नेता तथा सरकारका कर्मचारीहरूलाई स्वयं जनता जगाृत भएर नैसियत दिए, पदबाट बर्खास्त समेत गरे । ल्यु साओ ची र देङ साओ पिङले लगातार आफ्नो गैर क्रान्तिकारी संशोधनवादी नीति अगाडि बढाएको हुँदा सन् १९६८ अक्टुबरमा सपन्न आठौँ केन्द्रीय कमिटीको १२औँ पूर्ण बैठकबाट उनीहरू दुवैजनालाई पार्टी र सरकारका सबै पदबाट बर्खास्त गरिएको थियो । ”३

१६. धोविघाट मेलाको महत्व
२०६८ असार २८ गते क्रान्तिकारी रूपान्तरण र पार्टी एकताको चिन्ताका साथ हाम्रो पार्टीका वरिष्ठ उपाध्यक्ष कमरेड मोहन वैद्य ‘किरण’ र अर्का उपाध्यक्ष कमरेड डा. बाबुराम भट्टराई तथा महासचिव कमरेड रामबहादुर थापा ‘बादल’को उपस्थितिमा ललितपुरको धोबीघाट कटेजमा एक भेलाको आयोजना गरिएको थियो । हाम्रो पार्टी एकीकृत नेकपा (माओवादी)को इतिहासमा र सिङ्गै नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमा यस धोबीघाट कटेज भेलाको ऐतिहासिक महत्व रहेको छ किनभने एकीकृत माओवादी जस्तो क्रान्तिकारी पार्टीभित्र मौलाउँदै गएको व्यक्तिवादी एकमनावाद, साङ्गठनिक निरङ्कुशता, वैचारिक विचलन, आर्थिक, सांस्कृतिक विचलन, गुट क्रियाकलाप र अनुशासनहीनता र दक्षिणपन्थी अवसरवाद एवम् सुधारवादी आत्मसमर्पणवाद–सम्झौतावाद र विसर्जनवादका विरद्ध कडा सङ्घर्ष गर्दै क्रान्तिकारी रूपान्तरण र पार्टी एकताको चिन्ताका साथ पार्टीका वरिष्ठ उपाध्यक्ष र मोहन वैद्य ‘किरण’को नेतृत्वमा सञ्चालित विचार समूहमा आबद्ध रहँदै आउनुभएका क्रान्तिकारीहरूले उक्त भेलालको आयोजना गर्नुभएको थियो । त्यस भेलामा वरिष्ठ उपाध्यक्ष क. किरणले ‘यो विपरीत तत्वको एकत्व’को संज्ञा दिनुभएको थियो भने अर्का उपाध्यक्ष क. बाबुराम भट्टराईले ‘यो भेलाले क्रान्तिकारी रूपान्तरणका दिशा पकड्नेछ’ भन्ने संश्लेषण गर्नुभएको थियो भने महासचिव रामबहादुर थापा ‘बादल’ले ‘यो भेलाले नयाँ चुनवाङको झझल्को दिन्छ’ भन्ने संश्लेषण गर्नुभएको थियो । नेताहरूको उक्त भनाइहरूबाट पनि धोबीघाट कटेज भेलाको ऐतिहासिक महत्व रहन गएको छ ।

१७.    क्रान्तिको रक्षा गर्न धोविघाट भेला ः
    २०६६ साउनमा सम्पन्न केन्द्रीय कमिटीको असाधारण बैठकले पार्टीले बहुपदीय पद्धतिको व्यवस्था ग¥यो र अध्यक्ष, तीन उपाधयक्ष, महासचिव र दुई सचिवको व्यवस्था गरी पाँचजना रहेको पदाधिकारीको व्यवस्था ग¥यो । त्यसपछि पार्टी सामूहिक नेतृत्व प्रणालमा प्रवेश ग¥यो तर पार्टीभित्र पदाधिकारीहरूका बीचमा उचित र वैज्ञानिक कार्यविभाजन र कामको बाँडफाँड गरिएन र अधिकांश जिम्मेवारीहरू र अधिकारहरू अध्यक्ष क. प्रचण्डसँगै रहन गएपछि पार्टीभित्र एकमनावाद र नोकरशाही तानाशाहीवादको विकास हुन पुग्यो, जुन प्रवृत्तिहरू एउटा क्रान्तिकारी पार्टीका हानिकारक हुन्छन् । यी प्रवृत्ति चिन्तन र विचारहरूलाई परास्त गर्न र पाटीभित्र सामूहिक नेतृत्व स्थापित गर्न पार्टीको मुख्य नेतृत्वबाटै क्रान्तिकारी रूपान्तरणको प्रक्रिया अगाडि बढाउने र उचित तथा वैज्ञानिक कार्य विभाजन गर्ने उद्देश्यका साथ फरक फरक विचार राख्ने विचार समूहहरूका बीच कार्यगत एकताका आधारमा ऐतिहासिक धोबीघाट भेलाको आयोजना हुन पुगेको थियो । सारमा भन्नुपर्दा पार्टीभित्र मुर्झाइरहेको क्रान्तिलाई ब्युँताउने उद्देश्यका साथ उक्त भेलाको आयोजना गरिएको थियो ।
    धोबीघाट कटेज भेलामा पार्टीको मुख्य नेतृत्वलाई साङ्गठनिक, आर्थिक, सांस्कृतिक र सैद्धान्तिक रूपमा समेत रूपान्तरण गर्ने उद्देश्यले उपस्थित केन्द्रीय समितिका सदस्यहरूका बीचमा हस्ताक्षर अभियान पनि चलाइएको थियो र त्यसमा वरिष्ठ उपाधयक्ष क. किरण, अर्का उपाध्यक्ष डा. बाबुराम भट्टराई र महासचिव रामबहादुर थापा ‘बादल’ले समेत हस्ताक्षर गर्नुभएको थियो । त्यसलाई कार्यरूप प्रदान गर्ने गरी पार्टीका अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ र नेकपा संस्थापक सदस्य नरबहादुर कर्माचार्यसमेतले केही दिनपछि आयोजना गरिएको त्यही धोबीघाट कटेज भेलामा उपस्थित भएर उक्त हस्ताक्षर अभियानमा हस्ताक्षर गरेपछ पाटीभित्र हलचल पैदा भएको थियो । त्यस अभियानले पार्टीभित्रका क्रान्तिकारीहरूलाई उत्साहित तुल्याएको थियो भने पार्टीभित्र अवसरवादीहरूको मुटुमा खतराको ढ्याङ्ग्रो ठोकेको थियो । धोबीघाट भेलाको परिणामस्वरूप त्यसपछि बसेको पार्टीको केन्द्रीय समितिको बैठकले उचित वैज्ञानिक कार्य विभाजन गरेर क्रान्तकारी रूपान्तरणको सुरुआत गरेकाले उक्त भेलाको ऐतिहासिक महत्व पुष्टि हुन पुगेको छ ।

१८.पार्टीलाई विर्सजन हुनबाट जोगाउन धोविघार भेला ः
    २०६८ जेठ १४ गते नजिकिँदै गर्दा मुलुकमा प्रतिक्रान्तिको हौवा खडा गरेर पार्टीको मुख्य नेतृत्वले ऐतिहासिक पालुङटार विस्तारित बैठकको म्यान्डेट बमोजिम त्यसपछि केन्द्रीय कमिटीले निर्णय गरेको जनविद्रोहको कार्यदिशालाई स्थगित गरी शान्ति र संविधानसम्बन्धी सुधारवादी एवम् आत्मसमर्पणवादी कार्यदिशा बहुमतले पारित गरेपश्चात् सबैलाई जानकारी भएकै कुरा हो पार्टीका वरिष्ठ उपाध्यक्ष क. मोहन वैद्य ‘किरण’ले बहुमतले पारित गरेको उक्त निर्णयका विरुद्ध ‘नोट अफ डिसेन्ट’ लेखेपछि पार्टीभित्र दुईलाइन सङ्घर्ष चकेर उत्कर्षमा पुग्यो । पार्टीको मूल नेतृत्वले दुईलाइन सङ्घर्ष र विचारधारात्मक अन्तरसङ्घर्षलाई विधिवत् ढङ्गले विचारधारात्मक अन्तरसङ्घर्षलाई विधिवत् गुटगत गतिविधिहरू सञ्चालन गर्न थालेपछि पार्टीभित्र चरम गुटबन्दी र अनुशासनहीनता तथा अराजकता फैलियो । त्यसलाई रोक्न क. किरणको नेतृत्वमा सङ्गठित विचार समूहले पार्टीभित्र पार्टी, सङ्गठनभित्र सङ्गठन, विचारभित्र विचार, सेनाभित्र सेना र मोर्चाभित्र मोर्चा भन्ने सिद्धान्त र पद्धति अगाडि सारेर देशव्यापी समानान्तर सङ्गठनहरू निर्माण गरेर दुईलाइन सङ्घर्षलाई घनीभूत तुल्याउँदै लगेपछि विचारधारात्मक अन्तरसङ्घर्ष र दुईलाइन सङ्घर्ष अरू पेचिलो बन्दै गयो र वर्गसङ्घर्षको चापसँगै दुईलाइन सङ्घर्ष पनि उत्कर्षमा पुग्यो तर पार्टीभित्र अवसरवादीहरूले पार्टीभित्रैबाट समेत पार्टी फुटको व्यापक हल्ला मच्चाए र क्रान्तिविरोधी, माओवादीविरोधी सञ्चारमाध्यमहरूले माओवादी फुटको सँघारमा पुगेको भन्दै व्यापक प्रचार अभियान समेत चलाए र, जनतालाई निराश तुल्याउने प्रयत्नसमेत गरियो तर क. किरणको नेतृत्वमा सञ्चालित दुईलाइन सङ्घर्ष र विचारसमूहको निर्माणले पाटीलाई फुट र विभाजन गर्ने र विसर्जनको सिकार बनाउने नभई पार्टीलाई सिद्धान्तनिष्ठ एकता कायम गरेर पार्टीलाई एकताबद्ध गर्ने रहेको थियो र पार्टीको केन्द्रीय समितिको बैठकको निर्णयले पनि त्यसलाई पुष्टि गरिदिएको छ । यस विषयमा वरिष्ठ उपाध्यक्ष कमरेड मोहन वैद्य ‘किरण’ अगाडि लेख्नुहुन्छ, ‘आज पार्टीलाई सिद्धान्तनिष्ठ, वर्गसङ्घर्ष र अन्तरसङ्घर्षमा खारिएका सक्षम नेताहरू र क्रान्तिकारी उत्तराधिकारीहरूको सिङ्गो फौज चाहिएको छ । नेतृत्वको स्थापनाको अर्थ समग्र पार्टी कमिटीहरूमा एवम् विभागहरूमा संयुक्त मोर्चा र सेनामा, सबै सहायक सङ्गठनहरूमा विचार, नीति, योजना, कमान्ड र काम कारबाहीहरूलाई एकीकृत एवम् केन्द्रीकृत ढङ्गले सञ्चालन गर्नु हो । यो द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी एकीकृत विश्व दृष्टिकोणको साङ्गठनिक अभिव्यक्ति हो ।”२
    विचारधारात्मक तथा राजनीतिक एवम् साङ्गठनिक दृष्टिकोणले क. किरणद्वारा प्रस्तुत यी विचारहरू अत्यन्तै सारगर्भित रहेका छन् । पार्टीमा अहिले यसको आवश्यकता अत्यन्तै प्रबल बन्दै गएको छ र पार्टी केन्द्रीय कमिटी पछिल्लो बैठकले पदाधिकारीहरूको उचित र वैज्ञानिक कार्य विभाजन स्थायी समितिले गर्ने निर्णय गरेपश्चात क. किरणले प्रस्तुत गर्नुभए झैँ पार्टी एकताबद्ध भएर क्रान्तिकारी रूपान्तरणको दिशातिर उन्मुख भएको छ । यो विषय पार्टीभित्र अत्यन्तै जरुरी थियो ।

१९. पार्टीको कार्यशैली सुधार गर्न धोविघाट भेला ः
    धोबीघाट भेलाले अघि सारेको अर्काे महत्वपूर्ण प्रश्न के थियो भने पार्टीको कायशैली र नेता कार्यकताहरूको जीवनशैली र आचार व्यवहारलाई क्रान्तिकारी रूपान्तरण गर्ने रहेको थियो । पार्टीको मूल नेतृत्वभित्रै वैचारिक विचलन पैदा भएपछि व्यवहारतः पार्टीको कार्यशैली र नेता कार्यकर्ताहरूको जीवनशैलीमा समेत बुर्जुवाकरण हुँदै गयो । हरेक कुराको सही र क्रान्तिकारी विचारले मात्र गर्दछ । कार्यशैलीको प्रश्नमाथि प्रकाश पार्दै किरण भन्नुहुन्छ, ‘कार्यशैलीको प्रश्न चिन्तन र काम गर्ने तरिका, सिद्धान्त र व्यवहार, पार्टी कमिटीहरूको आपसी सम्बन्ध पार्टीको अन्य आधारभूत तथा सहायक सङ्गठनहरूसँगको सम्बन्ध र नेतृत्व र जनसमुदायबीचको सम्बन्धसँग सम्बन्धित प्रश्न हो । यस प्रश्नको निर्धारण पार्टीको विचारधारात्मक, राजनीतिक तथा फौजी कार्यदिशा, कामको योजना, रणनीति र कार्यनीतिद्वारा हुन्छ । त्यसअर्थमा क्रान्तिकारी कम्युनिस्ट पार्टीको कार्यशैली सुधारवाद, संशोधनवाद तथा अराजकतावादविरुद्ध माक्र्सवाद–लेनिनवाद–माओवाद्वारा निर्देशित हुन्छ ।’३
कमरेड किरणले प्रस्तुत गर्नुभएको विचार मार्मिक र वैज्ञानिक रहेको छ । कार्यशैली पार्टीको मेरुदण्ड हो । कार्यशैलीको प्रश्न काम गर्ने तरिका र व्यवहारसँग मात्र होइन, मुख्यतः चिन्तन र सिद्धान्तसँग जोडिएको हुन्छ । त्यसैले कार्यशैलीलाई सच्याउने कुरा गर्दा क. माओले मनोगतवाद अर्थात् जडसूत्रवाद तथा अनुभववाद, एकलकाँटेपन, टस्यु टपरटुइँया प्रवृत्ति, सङ्कीर्णतावाद, विभागवाद, क्षेत्रीयतावाद, घिसेपिटे लेखनजस्ता गलत चिन्तन र अध्ययनशैलीका विरुद्ध जोडदार सङ्घर्ष चलाउनुपर्ने कुरामा जोड दिनुभएको छ । सोच्ने र काम गर्ने तरिका, सिद्धान्त र व्यवहार, जनसमुदाय र नेतृत्वलगायतका विषयहरूमा द्वन्द्वात्मक एकता कायम गर्नुपर्ने कुरा क. माओत्सेतुङले बताउनुभएको छ । पार्टीको कार्यशैलीमा पनि क्रान्तिकारी रूपान्तरण गर्ने योजनासमेत रहेको र अन्तिम बैठकबाट पार्टीको मुख्य नेतृत्व रूपान्तरण हुने वचनबद्ध भएकोले धोबीघाट भेलाको ऐतिहासिक महत्व अरू बढेको छ ।

२०. पार्टी एकताका लागि धोविघाट भेला ः
    सम्पूर्ण क्रान्तिकारीहरू र आम जनताले बुझ्नुपर्ने कुरा के छ भने धोबीघाट भेलाले एमाओवादी पार्टीलाई एकताबद्ध गर्ने काममा कोसेढुङ्गाको काम ग¥यो । नेताहरूको उचित र वैज्ञानिक कार्यविभाजन गर्ने, समानुपातिक र समावेशी बनाएर सरकारमा उपस्थित हुने एजेन्डा पार्टीबाट पारित गराएर कार्यान्वयन गर्ने धोबीघात कटेज भेलाले उद्देश्य राखेको थियो । बहुमत केन्द्रीय सदस्यहरूको उपस्थित रहेको भेलाको माग र भावनाअनुरूप पार्टी केन्द्रीय कमिटीको बैठकले पदाधिकारीहरूको उचित र वैज्ञानिक कार्य विभाजन ग¥यो । समानुपातिक र समावेशी बनाएर सरकारमा मन्त्रीहरू पठाउने निर्णय गर्दै एकताबद्ध भएर पार्टी अगाडि बढ्यो । यसरी पार्टी एकताबद्ध हुनेबित्तिकै देशी विदेशी प्रतिक्रियावादी शक्तिहरू जो माओवादीको क्रान्तिकारी आन्दोलनका विरद्ध लड्दै आएका शक्तिहरू एक ठाउँमा आएर माओवादीका निर्णयहरू कार्यान्वयन हुन नदिने योजना साथ अघि बढ्न थाले । नेपाली काङ्ग्रेस प्रधानमन्त्री झलनाथ खनालको राजीनामाको एक सूत्रीय माग राखेर संसदको बैठक अवरुद्ध गर्दै अघि बढ्यो भने नेकपा (एमाले)ले एकीकृत नेकपा (माओवादी)ले सिफारिस गरेका मन्त्रीहरूलाई कुनै पनि हालतमा सपथ ग्रहण नगराउने निर्णय गर्न पुग्यो । यसरी माओवादी पार्टी एकताबद्ध भएर अघि बढेपछि महान्् दस बर्से जनयुद्धका विरोधी शक्तिहरू पुनः माओवादी पार्टीलाइ अगाडि बढ्न छेक्नका लागि उसका निर्णयहरू कार्यान्वयन हुन नदिने उद्देश्यले मोर्चाबन्दी कसेर विरुद्धमा उत्रिए । परिणामतः प्रधानमन्त्री झलनाथ खनाल माओवादीका तर्पmबाट पठाइएका मन्त्रीहरूलाई सपथ ग्रहण गराउन तयार भएनन् र देशी विदेशी प्रतिक्रियावादीहरूका अगाडि डरले खुट्टा कमाउन पुगे । यसरी माओवादी पार्टी एकताबद्ध भएपछ देशी दिवेशी प्रतिक्रियावादी शक्ति पनि एकजुट भएको घटनाले पनि धोबीघाट कटेज भेलाको ऐतिहासिक महत्व अरू पुष्टि हुन पुगेको छ ।

२१. विपरित तत्वको एकत्व र दुई लाईन सङ्घर्ष ः
    बहुमत केन्द्रीय सदस्यहरू उपस्थित भएर धोबीघाट भेलामा हस्ताक्षर गर्नु गलत थियो भन्ने आवाज पनि पार्टीभित्र र बाहिर समेत उठ्ने गरेको छ । पहिलो कुरा कम्युनिस्ट पार्टी विपरीतहरूको एकत्वबाट बनेको हुनाले पार्टी अन्तरविरोधहरू पैदा हुनु र र दुईलाइन सङ्घर्ष वा विचारधारात्मक दुईलाइन सङ्घर्ष चल्नु अनिवार्य हुन्छ । अन्तरविरोध वा दुईलाइन सङ्घर्ष कम्युनिस्ट पार्टीको जीवन हो । क्रान्तिकारी माक्र्सवाद र अवसरवादी कार्यदिशाका बीचको सङ्घर्षलाई दुईलाइन सङ्घर्ष भनिन्छ । कम्युनिस्ट पार्टीभित्र दुईलाइन सङ्घर्ष लगातार चलिरहन्छ । यो वर्ग समाजमा चल्ने वर्गसङ्घर्षको प्रतिबिम्ब हो । अहिले नेपाली समाजमा चल्ने वर्गसङ्घर्षको प्रतिबिम्ब हो । अहिले नेपाली समाजमा चलेको भीषण वर्गसङ्घर्षको प्रतिबिम्ब हाम्रो पार्टीभित्र पर्नु अनिवार्य थियो र प¥यो पनि । अनि पार्टीभित्र भीषण दुईलाइन सङ्घर्ष चल्यो । यसले पार्टीलाई उच्चतामा पु¥यायो । दुईलाइन सङ्घर्षको महत्वमाथि प्रकाश पार्दै माओ भन्नुहुन्छ, ‘कम्युनिस्ट पाटीभित्र विभिन्न किसिमका विचारहरूका बीच विरोध र सङ्घर्ष र नयाँ तथा पुरानाका बीचको अन्तरविरोध रहेनन् भने र तिनलाई समाधान गर्न विचारधारात्मक सङ्घर्ष भएनन् भने पार्टीको जीवनको अन्त्य हुनेछ ।’४
    त्यस्तै, पार्टीभित्र चल्ने दुईलाइन सङ्घर्षको महत्वमाथि प्रकाश पार्दै क. मोहन वैद्य ‘किरण’ भन्नुहुन्छ, ‘पार्टीभित्र चल्ने दुईलाइन सङ्घर्ष पार्टीको जीवन र विकास प्रक्रियाको कारक तत्व हो । दुईलाइन सङ्घर्षले पार्टीको विकासमा महत्वपूर्ण भूमिका खेल्दछ । कम्युनिस्ट पार्टीभित्र यदि दुईलाइन सङ्घर्ष चल्दैन भने त्या पार्टीको मृत्यु हुन्छ, जसरी समाज विकासको कारक तत्व सामाजिक जीवनमा विद्यमान अन्तरसङ्घर्ष हो । तसर्थ, यहाँ प्रश्न पार्टीमा अन्तरविरोध छ भनेर चिन्तित हुने होइन बरु त्यो अन्तरविरोधलाई सही ढङ्गले समाधान गनका लागि चिन्तनशील हुने हो ।’ ५
    कमरेड माओ र क. किरणले प्रस्तुत गर्नुभएका विचारहरूबाट हामी के निष्कर्षमा पुग्दछौँ भने पाटीभित्र दुईलाइन सङ्घर्ष विधिसम्मत ढङ्गले सञ्चालन गरेर समाधान गर्नुपर्दछ । हाम्रो पार्टीभित्र दुईलाइन सङ्घर्ष भीषण र घनीभूत रूपले चले तर पार्टीले विधिवत ढङ्गले सञ्चालन नगरेपछि पार्टीभित्र विविध विचारका विचार समूहहरूको जन्म भयो । गुटगत गतिविधिहरूबाट पनि सञ्चालन हुन थाले । पार्टीको मूल नेतृत्व नै एउटा गुटको नेतृत्व गर्दै त्यसलाई बलियो बनाउन अघि बढ्न थाल्यो । पार्टी नेतुत्वले अन्तरविरोधहरूलाई समाधान गर्न विचारधारात्मक सङ्घर्ष सञ्चालन गर्नुको सट्टा आफ्नै गुटलाई बलियो बनाउन थालेपछि पार्टी बिसर्जनको दिशातिर अगाडि बढ्न थाल्यो । पार्टीलाई विसर्जनको सिकार हुनबाट रोक्नका निम्ति पार्टीका वरिष्ठ उपाध्यक्ष क. मोहन वैद्य ‘किरण’को नेतृत्वमा सङ्गठित क्रान्तिकारी विचार समूहले फरक विचार राख्दै आएको भट्टराई समूह, प्रकाश समूह र महासचिव क. बादलसमेतलाई एक ठाउँमा ल्याएर धोबीघाट कटेज भेलाको आयोजना ग¥यो र पार्टीको मुख्य नेतृत्वलाई सच्चाएर रूपान्तरण गर्ने उद्देश्यले हस्ताक्षर अभियान चलायो । यो हस्ताक्षर अभियान पार्टीलाई विसर्जनवादबाट जोगाएर क्रान्तिकारी पार्टीको रूपमा रूपान्तरित गर्ने महान्् उद्देश्यका साथ गरिएको थियो । त्यसैले यो कदम गलत नभएर सही सावित हुन पुगेको छ । नेता, कार्यकर्ताहरूको रूपान्तरणको महत्वमाथि प्रकाश पार्दै माओ भन्नुहुन्छ, ‘विपरीतहरूको एकता द्वन्द्ववादको मूलभुत धारणा हो । यस धारणाअनुसार गल्ती गरेको कमरेडलाई हामीले के गने हो त ? पहिलो कुरा उसलाई गलत विचारहरूबाट मुक्त गर्नका लागि ऊसँग सङ्घर्ष गर्नुपर्छ । दोस्रो कुरा हामीले उसलाई मद्दत पनि गर्नुपर्छ ।’ ६

२२. क्रान्तिकारी रूपान्तरणको अभ्यास ः
    कमरेड किरणको नेतृत्वमा सङ्गठित विचार समूहले धोबीघाट भेलाको आयोजना गरेर पार्टीको मूल नेतृत्वमा मौलाएको गलत विचार र चिन्तनलाई परास्त गर्न सङ्घर्ष गर्ने र रूपान्तरित हुन मद्दत गर्ने उद्देश्य रहेको थियो । केन्द्रीय कमिटीको बैठकबाट त्यसको अभ्यास हुन थालेकोले अवसरवादी र क्रान्तिविरोधी व्यक्तिहरूले धोबीघाट कटेज भेला गलत थियो र हस्ताक्षर अभियान गलत थियो भनेर कुप्रचार गरिरहेका छन् । उनीहरूले पार्टीको मुख्य नेतृत्व अध्यक्ष प्रचण्डलाई खुइल्याउन गरिएको अभियानका रूपमा कुप्रचार गर्ने गरेका छन् । त्यो अभियान कुनै नेता वा व्यक्तिलाई खुइल्याउनका लागि नभई माओकै शब्दमा उहाँलाई रूपान्तरित हुन मद्दत गर्नलाई गरिएको अभियानका साथका रूपमा बुझ्न जरुरी हुन्छ । र, पाटी नेतृत्वले दुईलाइन सङ्घर्षलाई विधिवत रूपमा सञ्चालन नगरेका कारण बाध्य भएर क. किरणको नेतृत्वमा सङ्गठित विचार समूहले धोबीघाट कटेज भेला र हस्ताक्षर अभियान सञ्चालन गर्नुपरेको थियो । यसैमा यस भेलाको ऐतिहासिक महत्व रहन गएको छ ।
    दुईलाइन सङ्घर्षको प्रक्रिया र रूपान्तरणको महत्वमाथि प्रकाश पार्दै क. मोहन वैद्य ‘किरण’ भन्नुहुन्छ, ‘दुईलाइन सङ्घर्षको प्रक्रियामा क्रान्तिकारी कम्युनिस्टहरूले सही नीति अवलम्बन गर्नुपर्दछ । यस सन्दर्भमा उनीहरूले क्रान्तिकारीहरूलाई गोलबन्द गर्ने, अवसरवादीहरूलाई रूपान्तरित गर्न प्रयत्नशील रहने तथा सो नभएमा तिनलाई नङ्ग्याउने, मध्यमार्गीहरूलाई आफ्नो पक्षमा ल्याउने र क्रान्तिकारी नेतृत्वलाई स्थापित गर्नेतर्पm विशेष ध्यान दिन जरुरी हुन्छ । साथै, यहाँ कुन कुरामा पनि ध्यान दिन आवश्यक छ भने वास्तविक स्थितिको बोध नगरी कुनै पनि कमरेडलाई अनावश्यक रूपमा बिल्ला भिराउनेतिर लाग्नुहुँदैन ।’७


No comments:

Post a Comment