Friday, March 29, 2013

माक्र्सवादको विकास सम्बन्धमा


‘माक्र्सवाद ज्ञानका अनेक शाखाहरूबाट बनेको छ । माक्र्सवादी दर्शन, माक्र्सवादी अर्थशास्त्र र माक्र्सवादी समाजवाद अर्थात वर्गसङ्घर्षको सिद्धान्त, तर जहाँतही माक्र्सवादी दर्शन हो । यदि त्यसलाई मनन गरिदैन भने हाम्रो एउटा साझा भाषा वा कुनै साझा तरिका हुने छैन । हामी चीजहरूलाई स्पष्ट नपारिकन यताउताको कुरा उठाइ तर्कशास्त्र गरिरहेका हुन्छौ । द्धन्द्धात्मक भौतिकवादलाई मनन गरिसके पछि थुप्रै दुख कष्टबाट जोगिने छ र धेरै गल्तीहरू हट्ने छन् ।’  – माओत्सेतुङ

विषयप्रवेश
हरेक वस्तुको जन्म र विकास हुनुमा निश्चित वैज्ञानिक आधारहरू अनिवार्य सर्त हुन्छन् । माक्र्सवाद द्धन्द्धात्मक भौतिकवादी एव ऐतिहासिक भौतिकवादी विश्वदृष्टिकोण हो । अर्थात सर्वहारावर्गको विश्वदृष्टिकोण हो । यसको जन्म र विकास एवम् रक्षाका पनि निश्चित वैज्ञानिक आधार र सर्तहरू छन् । त्यसका वारेमा जानकारी राख्न सकियो भने मात्र माक्र्सवादको विकास र रक्षा गर्न संभव हुनेछ । माक्र्सवाद एवम् वैज्ञानिक दर्शन र सर्वहारावर्गको मुक्तिको सैद्धान्तिक हतियार भएकोले यसलाई दार्शनिक धरातलबाट समेत हेर्न अनिवार्य हुन्छ ।

दर्शन भनेको के हो ?
दर्शन भनेको सामान्य शव्दमा हेर्ने, बुझ्ने र व्याख्या गर्ने साधनको नाम हो । अर्को शव्दमा दर्शन भनेको मानिसको भित्रि आखाँ हो, जुन आखाले जीवन र जगतका बारेमा हेर्न, वुझन र व्याख्या गर्ने काममा मद्धत गर्दछ । जीवन र जगतका सामान्य नियमहरूको अध्ययन नै दर्शन हो । ‘दर्शन’ शव्दको साधारण अर्थ ‘हेर्नु’ भन्ने हुन्छ । यसको व्यापक अर्थ ‘हेर्न खोज्नु’ र ‘वुझ्नु’ हुन्छ । विश्वको उत्पति कसरी भयो ? पृथ्वीमा जीव जन्तु र मानिसको उत्पति कसरी भयो ? जीवन र जगतलाई चलाउने शक्ति वा नियम के हुन ? भविष्यमा जीवन र जगत अर्थात विश्वको स्थिति के हुनेछ ? आदि विषयहरूको वैज्ञानिक खोज र व्याख्या गर्ने साधनलाई दर्शन भनिन्छ ।

दर्शनको परिभाषा
हरेक वस्तुको परिभााषा अलग अलग भए झै दर्शनको परिभाषा पनि आफ्नै प्रकारको छ । जीवन र जगतको सामान्य नियमहरूको अध्ययन गर्ने विश्वदृष्टिकोण नै दर्शन भएकोले खास गरि दर्शन भनेकै विश्वको विश्वदृष्टिकोण हो । दर्शन सामाजिक चेतनाको उच्च रूप हो, जसमा बैज्ञानिक तथा सामाजिक प्रगति समष्टिगत रूपमा प्रतिविम्वित भएको हुन्छ ।
दर्शनशास्त्रको परिभाषालाई निम्न तीन कुरामा ध्यान दिएर स्पष्ट पार्न सकिन्छ । पहिलो दर्शन भनेको जीवन र जगतलाई हेर्ने, वुझ्ने र व्यख्या गर्ने साधन हो । दोस्रो दर्शन भनेको प्रकृति, मानव समाज एवम् चिन्तनका चालक नियमहरूको नियम हो । यसले प्रकृति र मानव समाज एंव चिन्तनका ती चालक वा सामन्य नियमहरूको अध्ययन गराएर विश्वदृष्टिकोणको निर्माण गराउँदछ । तेस्रो दर्शन भनेको सिंगो जीवन र जगतको तथा प्रकृति र मानवसमाज एवम् चिन्तनका सामान्य नियमहरूको अध्ययन गर्ने एक पद्धति हो । यसले जीवन र जगतको अध्ययन कसरी र के का आधारमा गर्ने भन्ने कुरा सिकाउँछ ।
माक्र्सवादको परिभाषा अनुसार दर्शन भनेको सैद्धान्तिक ज्ञानको त्यो रूप हो जसले विश्वदृष्टिकोणसित प्रकृति र समाजलाई हेर्ने दृष्टिकोणसित सामान्य नियमहरूको विश्लेषण र व्याख्या प्रस्तुत गर्दछ । प्रकृति, जगत र मानवसमाजको विकास कुन ढंगले हुने गर्दछ ? ऐतिहासिक विकासका मूलकारण र प्रेरक शक्तिहरू के हुन ? हाम्रो वरिपरिको यस संसारलाई कुन रूपमा वुझन् र फेर्न सकिन्छ ? यी र यस्ता सवालहरूबारे दर्शनले स्पष्ट दृष्टिकोण वनाइदिन्छ ।

दर्शनको उत्पति र विकास
दर्शनको उत्पति मानव ज्ञानको विकाससंगै भएको हो । हालसम्मका वैज्ञानिक आविष्कार तथा प्राप्त तथ्यहरूका अनुसार आज भन्दा करीव १५ अर्व वर्ष पहिले ब्रहमाण्डको स्वनिर्माण भएको थियो । यस्तै करिव ४ अर्व ६० करोड वर्ष पहिले हाम्रो पृथ्वी सहित सौर्यमण्डल पनि स्वनिर्माण भएको थियो । आज भन्दा ३ अर्ब ८० करोड वर्ष पहिले जीवनको अस्तित्व देखा परयो । त्यस्तै आज भन्दा ४० लाख वर्ष पहिले अफ्रिका र दक्षिणपूर्वी एशियाका विभिन्न क्षेत्रमा अष्ट्रलोपिथेकस नाम दिइएको मानवीय गुणले युक्त आदि मानव देखा परयो र आज भन्दा करिव ३० लाख वर्ष पहिले मात्र आधुनिक मानव वा प्रज्ञा मानवको विकास भएको पाइन्छ ।
जव मानिस सामुदायिक जीवनको तहमा आइपुग्यो र उसले सामुहिक चिन्तन पनि गर्न थाल्यो र आदिम सामुदायिक समाजका मानिसहरूको चिन्तन वा ज्ञान र व्यवहारको सामान्यीकरणबाट दर्शनशास्त्रले आधार लिएको हो । निर्माण प्रक्रियाको हिसावले दर्शनशास्त्र भनेको प्रकृति , समाज र चिन्तनको सम्वन्धमा तत्कालीन समाजमा विद्यमान ज्ञान वा चेतनाको संश्लेषण वा संवाद हो । यस विषयमा कार्ल माक्र्सले हरेक साचो दर्शन आफनो समयको बौद्धिकसार संस्कृतिको जीवन्त आत्मा भन्नु भएको छ ।
मानिस यस उचाइको चिन्तनमा कहिलेदेखि पुग्यो भनेर ठिक ठिक समयमा किटान गर्न गाह्रो छ । तर पनि दर्शनको इतिहासको अनुसन्धानबाट अहिले सम्म प्राप्त भएका तथ्यहरूका आधारमा करिब आज भन्दा ३ हजार बर्ष पहिले इजिप्ट, दक्षिण एशिया, चीन र युनानमा विभिन्न प्रकारका दार्शनिक चिन्तनहरू देखा परेका थिए । प्राचीन युनानमा दर्शनशास्त्रको शास्त्रीय रूपको विकास भएको थियो भन्ने निष्कर्ष निकालेको पाइन्छ ।
इशापूर्व प्रथम सहस्राव्दीमा दक्षिण एशियामा उपनिषदिक चिन्तन तथा, सांख्य, लोकायत, जैन, बौद्ध आदि दर्शन देखा परे, चीनमा कन्फयुसिसवाद र ताओवादी दर्शन देखा परयो भने प्राचीन युनानको आयोनिया द्धीपमा थेल्स, अनोक्सिमेण्डर र अनोक्सिमेन्स नामक प्राकृतिक भौतिकवादी दार्शनिक चिन्तनहरू देखा परे । इशापूर्व प्रथम सहस्राव्दीको उत्तराद्र्धमा युनानका दार्शनिकहरू पाइथागोरस, हेराक्लिटस, डेमोक्रेटस, एपिकुरस, प्लेटो, एरिस्टोटल आदिले दर्शनशास्त्रको शास्त्रीय रूपको विकास गरेका थिए । दर्शनशास्त्रको विकासको क्षेत्रमा प्राचीन युनानी दार्शनिक थेल्सलाई पहिलो दार्शनिक मानिन्छ ।

दर्शनको वर्गीकरण
संसारमा धेरै प्रकारका दर्शनहरू देखिएतापति मुख्य गरि दर्शन २ प्रकारका छन् – अध्यात्मवादी दर्शन र भौतिकवादी दर्शन । एकथरी चेतनालाई आदितत्व या मूलतत्व मानेर जगतलाई त्यसको स्वतः स्फर्त रचना मान्ने र संसारलाई वुझनै सकिन्न, संसार अज्ञय छ भन्नेलाई अध्यात्मवादी दर्शन र अर्को पदार्थलाई मूलतत्व र त्यसको विकसित रूपलाई चेतना मान्ने र संसारलाई बुझ्न सकिन्छ, संसार ज्ञेय छ भन्ने दर्शनलाई भौतिकवादी दर्शन भनिन्छ ।
दर्शनको क्षेत्रमा दुइवटा आधारभूत प्रश्नहरू छन् जसको जवाफको आधारमा दार्शनिकहरू पनि दुइ शिविरमा बाँडिएका छन् । पदार्थलाई र चेतनाको उत्पति पदार्थबाटै भएको कुरा मान्ने दार्शनिकहरू भौतिकवादीसित सम्बन्धित छन भने आत्मा चेतनालाई आदितत्व मान्ने दार्शनिकहरू अध्यात्मवादसित सम्बन्धित छन् । जुन दर्शनले चेतनालाई पहिलो सृष्टिको आधार तथा पदार्थको अस्तित्व निर्धारक मान्दछ र संसारलाई बुझ्न सकिदैन भन्दछ, त्यस दर्शनलाई अध्यात्मवादी दर्शन भनिन्छछ । पदार्थ पहिलो र सृष्टिको आधार तथा चेतनालाई पदार्थको विशिष्ट गुण मानेर संसारलाई बुझ्न सकिन्छ भन्ने दर्शनलाई भौतिकवादी दर्शन भनिन्छ ।
१९ औ शताव्दीको मध्यतिर आएर अर्थात सन् १८४८ मा कार्ल माक्र्स र फ्रेडरिक एंगेल्सले कम्युनिस्ट घोषणापत्रमार्फत सर्वहारावर्गको मुक्तिको सिद्धान्त माक्र्सवादको प्रतिपादन गर्नु भयो । प्रकृति, समाज, राज्यव्यवस्था आदि बारेमा कार्ल माक्र्स र फ्रेडरिख एंगेल्सले महान्् खोज र प्रयोगद्धारा निकाल्नु भएको वैज्ञानिक तथा क्रान्तिकारी विचार, सिद्धान्त र व्यवहारलाई माक्र्सवाद मानिन्छ ।
माक्र्सवादको प्रतिपादनले दर्शनको क्षेत्रमा ठूलो क्रान्ति पैदा गरिदियो । कार्ल माक्र्स र फ्रेडरिख एंगेल्सले महान्् जर्मन दार्शनिकहरू हेगेलको द्धन्द्धवाद र फायरवाखको भौतिकवादबाट सार खिचेर द्धन्द्धात्मक भौतिकवादी दर्शनको विकास गर्नुभयो । अर्थात हेगेल र फायरवाखको टाउँकोले टेकेर उभिएको द्धन्द्धवाद र भौतिकवादलाई विकसित गरेर द्धन्द्धात्मक भौतिकवादी दर्शनको विकास गर्नु भयो ।
माक्र्स एंगेल्सद्धारा प्रतिपादित द्धन्द्धात्मक तथा ऐतिहासिसक भौतिकवाद त्यसभन्दा पहिलेका सम्पूर्ण दर्शनहरू भन्दा मूलभूत रूपमा नै भिन्न रहेको छ । माक्र्सवादको प्रतिपादन हुनुभन्दा पहिलेका दर्शन र दार्शनिकहरूले संसारको व्याख्या मात्रै गरेका थिए । तर माक्र्स र एंगेल्सले संसारको व्याख्या मात्र होइन परिवर्तन पनि गर्न सकिन्छ भन्ने उद्घोषक गर्नु भयो । र भन्नु भयो – ‘संसारको व्याख्या तर सबैले गरेका छन्, मुख्य गाठी कुरा त यसलाई वदल्नु पो हो त ।’ अतः उहाहरूले प्रकृति, जीवन र परिवर्तनका नियमहरू पत्ता लगाउने तथा व्यवहारद्धारा स्पष्ट पमार्ने काम समेत गर्नु भयो ।
माक्र्सवाद एक वैज्ञानिक सिद्धान्त हो । साथै समाज विज्ञान पनि हो । माक्र्स एंगेल्सद्धारा प्रतिपादित द्धन्द्धात्मक तथा ऐतिहासिक भौतिकवादले त्यसपूर्वका सम्पूर्ण रुढीग्रस्त, अवैज्ञानिक तथा अध्यात्मवादी चिन्तन र ब्वयहारलाई दार्शनिक रूपले ध्वंश पार्दै प्रकृति जगतमा मात्र होइन मानवसमाज र चिन्तनका क्षेत्रमा वैज्ञानिक साम्यवादको भविष्यलाई समेत सुनिश्चित गर्ने तर्कपूर्ण र बैज्ञानिक घोषणा ग¥यो ।
अध्यात्मवादी दर्शन आफ्नो जन्मकालदेखि नै सदासर्वदा शोषक वर्गको पक्षधर बन्दै आएको छ भन्ने भौतिकवादी दर्शन श्रमजीवि जनताको पक्षधर बन्दै आएको छ । द्धन्द्धात्मक भौतिकवाद तथा ऐतिहासिक भौतिकवादी दर्शनले सर्वहारावर्गको मुक्तिको मार्गदर्शन समेत गर्दछ । अतं द्धन्द्धात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शन सर्वहारावर्गको दर्शन हो भने अध्यात्मवादी दर्शन शोषक वर्गको दर्शन हो । वर्गीय समाजमा दर्शन पनि वर्गीय हुन्छ र वर्ग रहेसम्म दर्शन पनि वर्गीय हुनेछ ।

माक्र्सवाद भनेको के हो ?
कार्लमाक्र्स र फ्रेडरिख एंगेल्स कम्युनिस्ट लिगको सदस्य हुनुहुन्थ्यो । सन् १८४७ मा कम्युनिस्ट लिगले माक्र्स र एंगेल्सलाई कम्युनिस्ट घोषणपत्रको मस्योदा तयार पार्ने जिम्मा दियो । सन् १८४८ मा कार्ल माक्र्स र फ्रेडरिख एंगेल्सले कम्युनिस्ट घोषणपत्र जारी गर्नु भयो । त्यसपछि कम्युनिस्ट घोषणापत्र सर्वहारावर्गको मुक्तिको सिद्धान्त बन्यो । जसलाई माक्र्सवाद भनिन्छ । अर्थात प्रकृति, समाज, राज्यव्यवस्था, आदिकावारेमा कार्लमाक्र्स र फ्रेडरिख एंगेल्सले महान्् खोज र प्रयोगद्धारा निकाल्नु भएको वैज्ञानिक तथा क्रान्तिकारी विचार, सिद्धान्त र व्यवहारलाई माक्र्सवाद भनिन्छ ।
माक्र्सवादले पुँजीपति वर्गको राज्यव्यवस्थालाई ध्वस्त पारि त्यो ठाउँमा सर्वहारा श्रमजीवि वर्गको राज्यव्यवस्था स्थापना गर्ने सही क्रान्तिकारी बाटो देखाउदछ । माक्र्सवादका मौलिक विशेषताहरू हुन् द्धन्द्धात्मक भौतिकवाद, ऐतिहासिक भौतिकवाद, वर्गसङ्घर्ष, अतिरिक्त मुल्यको सिद्धान्त, तल्लो वर्गको जनतामा राज्यको शक्तिनिहित अर्थात सर्वहारावर्गको अधिनायकत्व आदि कुरा छन र द्धन्द्धात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवाद माक्र्सवादका दार्शनिक आधार हुन् ।
माक्र्सवाद एक वैज्ञानिक सिद्धान्त हो र सर्वहारावर्गको मुक्तिको सिद्धान्त तथा उसको विश्वदृष्टिकोण हो । माक्र्सवादले जीवन र जगतलाई द्धन्द्धात्मक र ऐतिहासिक भौतिकवादी ढंगले हेर्ने, वुझने, व्याख्या गर्ने र संसारको परिवर्तनको निम्ति बाटो देखाउने काम गर्ने भएकोले यो सर्वहारावर्गको मुक्तिको सिद्धान्त बन्न पुगेको हो । माक्र्सवादले प्रकृति, जीवन, समाज र चिन्तनका चालक वा आम नियमहरूको अध्ययन गराउने र संसारलाई जस्तो छ त्यस्तै यथार्थ रूपमा बुझ्ने वुझाउने एवम् संसारलाई परिवर्तन गर्ने तरिकाहरूको बोध गराउने काम गर्दछ ।
माक्र्सवादी दर्शनका दुई भाग छन् द्धन्द्धात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवाद । माक्र्सवादी दर्शनको विकास मानव चिन्तनको उज्जवल तथा प्रगतिशील परम्परालाई आत्मसात् गरेर भएको हो । यस विषयमा भी आई. लेनिनले भन्नु भएको छ – ‘माक्र्सवादको जन्म विश्वसभ्यताको अनजान गल्तीबाट भएको होइन । माक्र्सवादी दर्शन अतित कालमा सर्वाधिक प्रगतिशील मतहरू सिद्धान्तहरू र विचारधाराहरूको प्रत्यक्ष सिलसिला हो ।’
वर्गीय समाजमा प्रत्येक दर्शन वर्गदर्शन रहने कुरा माक्र्सवादी दर्शनको सम्वन्धमा पनि लागू हुन्छ । माक्र्सवादी दर्शन पनि एउटा वर्गदर्शन हो, तर यो अन्य दर्शनहरू झै अल्पसंख्यकहरूको शोषकहरूको दर्शन नभएर बहुसंख्यक सर्वहाराहरूको दर्शन हो । यसलाई स्टालिनले माक्र्सवादी लेनिनवाद पार्टीको विश्वदृष्टिकोणको रूपमा परिभाषित गर्नु भएको छ ।
माक्र्सवादी दर्शनको उत्पति ऐतिहासिक आवश्यक्ताले भएको हो । माक्र्सवादको जन्म भीषण सङ्घर्षको बीचबाट भएको हो । विश्वराजनीतिक रंगमंचमा एक स्वाधिन शक्तिको रूपमा देखापरेपछि सर्वहारावर्गका लागि एक साच्चिकै वैज्ञानिक दर्शनका् खाँचो पर्न गयो, त्यो एक प्रकारको ऐतिहासिक आवश्यक्ता थियो, जसको परिपूति माक्र्सवादी दर्शन अर्थात द्धन्द्धात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शनले गरयो । अत एक पूरै वैज्ञानिक दर्शनको रूपमा माक्र्सवादी दर्शनले पूरानो पुँजीवादी दर्शनको विनास र नयाँ साम्यवादी विश्वको सिर्जनाका लागि अर्थात विश्वको आमुल रूपान्तरणको लागि जव्वर सैद्धान्तिक जग प्रदान गरेको छ । अर्थात विश्वको क्रान्तिकारी रूपान्तरण गर्ने ऐतिहासिक जिम्मेवारी बहन गरेको सर्वहारावर्गको प्रयासलाई माक्र्सवादी दर्शनले सैद्धान्तिक आधार र निर्देशन प्रदान गरेको छ । त्यसमा सर्वहारावर्गले संसारलाई ठिकसित बुझ्ने र त्यसलाई फेर्ने एक अचुक बौद्धिक अस्त्र भेटाएको छ । यस विषयमा लेनिनलले यसरी दर्शाउनु भएको छ –‘माक्र्सको दर्शन एउटा परिपूर्ण दार्शनिक भौतिकवाद हो, जसले मानवजातिलाई र खासरूपले मजदुरवर्गलाई ज्ञानका शक्तिशाली औजारहरू प्रदान गरेको छ ।’
जसले जीवन र जगतलाई फेर्न चाहन्छ, जसले विद्यमान यथार्थतालाई फेरेर नयाँ यथार्थताको निर्माण गर्न चाहन्छ, त्यसले संसारलाई वुझ्नु पर्दछ । त्यसलाई फेर्ने तरिका जान्नु पर्दछ । यही सामथ्र्य माक्र्सवादी दर्शनले उसलाई दिन्छ । मानव समाजका सर्वहारावर्ग सवैभन्दा ठूलो शक्तिशाली वर्ग हो, यस वर्गको लागि दर्शनको कत्रो महत्व रहेको हुन्छ भन्ने कुरालाई स्वयं कार्ल माक्र्सले यसरी व्याख्या गर्नु भएको छ – ‘जसरी दर्शनले सर्वहारावर्गमा आफ्नो भौतिक हतियार भेटाउछ, त्यसरी नै सर्वहारावर्गले दर्शनमा आफ्नो बौद्धिक हतियार भेटाउँछ ।’

माक्र्सवाद र संशोधनवादबीचको भिन्नता
माक्र्सवाद लेनिनवादको मूल प्रस्तावनाको अवैज्ञानिक संशोधन गर्ने क्रान्तिकारी मजदुर आन्दोलनअन्तर्गतको एक अवसरवादी धारालाई संशोधनवाद भनिन्छ । माक्र्सवाद सर्वहारा क्रान्तिको वैज्ञानिक सिद्धान्त हो । यसका तीन संघटक अंग छन् ती हुन दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवाद । माक्र्सवादको दर्शन द्धन्द्धात्मक तथा ऐतिहासिक भौतिकवाद हो । े इतिहासको विकास प्रक्रियाको आर्थिक नियमहरूको भौतिकवादी अध्ययन गर्ने विज्ञानको नाम राजनीतिक अर्थशास्त्र हो । समाजवाद अन्र्तगत वर्ग, वर्गसङ्घर्ष, पार्टी, राज्यसत्ता, सर्वहारावर्गको अधिनायकत्व र ती सवैको विलुप्तिको वैज्ञानिक अध्ययन गरिन्छ । सर्वहारावर्गको यो वैज्ञानिक सिद्धान्त तमाम प्रकारका आदर्शवाद, अधिभूतवाद र कल्पनावादका विरुद्ध खडा छ । यो वैज्ञानिक सिद्धान्त संग सामना गर्न सक्ने क्षमता आज कसैसंग छैन । यो वैज्ञानिक र गतिशील सिद्धान्त भएकोले आज यो माक्र्सवाद लेनिनवाद माओवादका रूपमा विकसित भएको छ ।
यहाँनेर बुझनै पर्ने कुरा के होे भने माक्र्सवादको संशोधन, अपव्याख्या र पुनर्विचार गर्नु संशोधनवाद हो । माक्र्सवादको सैद्धान्तिक विजयका कारण आफनो पृथक अस्तित्व धान्न असमर्थ तमाम प्रकारका अवसरवादी तथा काल्पनिक समाजवादी धाराहरू माक्र्सवादको वैज्ञानिक धाराभित्र जब घुस्न पुग्छन त्यो बेला संशोधनवादको जन्म हुन्छ । माक्र्सवादको जन्म लगत्तै पु्रधो जस्ता अवसरवादीहरूको जन्म भएको हो । माक्र्सवादलाई पूरानो भइसकेको जडसुत्रवादी सिद्धान्त वताउदै यसको संशोधन र पुनर्विचारको प्रस्तावना पेस गर्ने पहिलो व्यक्ति वर्नस्टीन हो । वर्नस्टीन जर्मनका सामाजिक जनवादी क्रान्तिकारी आन्दोलनका संशोधनवादी प्रवक्ता हो । सन् १८९५ मा फ्रेडरिख एंगेल्सको देहवसान भयो, तब वहाँको मृत्युलगत्तै सन् १८९६ मा वर्नस्टीनले माक्र्सवादलाई संशोधन गर्ने प्रस्ताव अघि सारयो । र माक्र्सवादलाई संशोधन गर्नु पर्दछ भन्ने पहिलो व्यक्ति वर्नस्टीन हो ।
अन्तराष्टिय कम्युनिस्ट आन्दोलनमा संशोधनवादका दक्षिणपंथी, उग्रपंथी एवम् मध्यपंथी रूपहरू विभिन्न कालखण्डमा देखापर्दै आएका छन र यिनमा दक्षिणपंथी संशोधनवाद नै अधिक विकृतिपूर्ण एवम् खतरनाक रही आएको छ । संशोधनवादको शास्त्रीय संशोधनवाद, आधुनिक संशोधनवाद प्रतिक्रान्तिको बाटो हुूँदै प्रतिक्रियावादको रूपमा पतन हुन पुगेको छ । यो संशोधनवाद अन्तराष्टिय परिघटना हो । यसको जन्म आधुनिक समाजको वर्गीय परिवेशमा हुन्छ । हेरक देशमा आफ्ना क्रान्तिका विशेषतासंगै संशोधनवादले पनि आफ्ना विशिष्टताहरू जाहेर गर्ने गर्दछ । सामाजिक र सैद्धान्तिक विशेषताहरूसहित संशोधनवादको जन्म हुने गर्दछ ।
ऐतिहासिक तथ्यहरूले के पुष्टि गरेका छन् भने संशोधनवादको सामाजिक श्रोत निम्नपुँजीवाद हो, पुँजीवाद र साम्राज्यवाद हो । संशोधनवादको साम्राज्यवादसंग घनिष्ट सम्वन्ध रहदै आएको छ । साम्राज्यवादको जन्म इङल्याण्डबाट भएको थियो, जब साम्राज्यवाद अन्य देशहरूमा फैदलै गयो, त्यसको प्रभावको कारण ती देशहरूमा पनि संशोधनवाद फैलिन पुग्यो । जर्मनीको लासाल र लासालवादीहरूमा पनि अनेकौ अवसरवादी विकृतिहरू पैदा हुदै गएको कुरा बारे माक्र्स र एंगेल्सले उद्घाटित गर्नु भएको छ । सैद्धान्तिक रूपले हेर्दा संशोधनवादको वैचारिक श्रोत निम्नपुँजीवाद, पुँजीवाद र साम्राज्यवाद नै हो । संशोधनवादले माक्र्सवादका संघटक अंगको वारेमा दर्शन, राजनीतिक अर्थशास्त्र र समाजवाद तीनवटै संघटक अंगलाई संशोधित एवम् विकृत पार्दै आउने काम गरेको छ । दर्शनका क्षेत्रमा काष्ठवाद, प्रत्यक्षवाद, अनुभाववाद, व्यवहारवाद, भडुवाविकासवाद र नानाथथरिका सारसंग्रहवादलाई आत्मसात् गर्दै आएको छ । द्धन्द्धात्मक एंव ऐतिहासिक भौतिकवाद विरुद्ध यसले अधिभूतवाद र आदर्शवादको पक्षपोषण गर्दछ । राजनीतिक अर्थशास्त्रको क्षेत्रमा पुँजीवादी संकट तथा मुल्यसिद्धिान्तको विरोध गर्नु, साम्राज्यवादलाई प्रगतिशील देख्नु नियोजित अर्थतन्त्रका विरुद्ध अराजक स्वतस्फूर्ततावादी उत्पादक शक्तिको सिद्धान्त अंगाल्नु यसका मूलभूत सिद्धान्त हुन् । समाजवादको क्षेत्रमा यसले वर्गसघर्ष, सर्वहारावर्ग अधिनायकत्व र हिंसापूर्ण क्रान्तिको सिद्धान्तका विरुद्ध वर्गसमन्वय, पुँजीवादी अधिनायकत्व र शान्तिपूर्ण संक्रमणको सिद्धान्त अवलम्वन गर्दछ र मजदुर आन्दोलनलाई सुधारवादी, संसदवादी भासमा फसाउनु यसका मुल विशेषता हुन् ।
हामीले प्राप्त गरेको ज्ञान के हो भने अन्तराष्टिय कम्युनिस्ट आन्दोलनको इतिहासमा सर्वहारा क्रान्तिको सिद्धान्तको विकास जसरी माक्र्सवाद लेनिनवाद माओवादका तीन गुणात्मक चरणमा भएको छ त्यसरी नै संशोधनवाद पनि शास्त्रीय संशोधनवाद आधुनिक संशोधनवाद प्रतिक्रियावादको रूपमा विकृति हुन पुगेको छ । सर्वहारा क्रान्तिको विकास वर्गदुश्मनहरू, उनीहरूको विचारधारा, तमाम अराजकतावादी तथा अवसरवादीहरू र संशोधनवादीहरूका विरुद्धको भीषण वर्गसङ्घर्ष, अन्तरसङ्घर्ष र दुइलाइन सङ्घर्षका बीचबाट निकै जटिल, संगीन र ओजपूर्ण रहेको छ ।
माक्र्सवाद इतिहास विज्ञानको महान्् खोज थियो । वर्गसघर्षको सर्वहारा अधिनायकत्वका विकास र साम्यवादको स्थापना त्यस खोजको केन्द्रीय कडी सर्वहारावर्गको अधिनायकत्व थियो । अराजकतावादीहरूले माक्र्सवादको त्यसै केन्द्रीय कडीमाथि प्रहार गरेका थिएनन् । लासालवादीहरूको जोड त्यसै केन्द्रीय कडीका विरुद्ध स्वतन्त्र राज्यको पक्षपोषण गर्नु र स्वतन्त्रता, समानता, न्याय तथा भातृत्वको पुँजीवादी नारालाई अलंकृत गर्नु थियो । त्यसका निम्ति लासालवादीहरूले पार्टीमा विजातीय तत्वहरूलाई भर्ने र पार्टीको वैचारिक बन्ध्याकारण गर्ने कुरामा जोड दिएका थिए । माक्र्स एंगेल्सले ती सबका विरुद्ध लड्दै माक्र्सवादी सिद्धान्त, रणनीति तथा कार्यनीति र त्यसको संवाहक पार्टीलाई समेत स्थापित गर्नु भएको थियो ।
दोस्रो अन्तराष्टिय कालमा वर्नस्टीनले तमाम काल्पनिक तथा अवसरवादी विचारहरूलाई समेटदै तथा वर्गसङ्घर्ष, सर्वहारावर्गको अधिनायकत्व र हिंसात्मक क्रान्तिको सिद्धान्तको विरुद्ध वर्गसमन्वय, वालिगमताधिकार, पुँजीवादी अधिनायकत्व र शान्तिपूर्ण संक्रमणको सिद्धान्तको वकालत गर्दै शास्त्रीय संशोधनवादको जग वसालेको थियो । यस अवधिमा अर्थवाद, मेन्सिविकवाद, विसर्जनवाद, काउत्स्कीवाद लगायतका संशोधनवादका विविध रूपहरू प्रकट भएका थिए । गद्धार काउत्स्कीले वर्नस्टीनको सिद्धान्तलाई अनुसरण गर्दै सर्वहारा अधिनायकत्व र वल प्रयोगको सिद्धान्तका विरुद्ध शुद्ध जनवाद को पक्षपोषण गरेको थियो र उसले साम्राज्यवादलाई प्रगतिशील समेत बनाएको थियो ।
आधुनिक संशोधनवाको सुत्रपात मुख्यत खु्रश्चोभबाट भयो । उसले सम्पूर्ण जनताको पार्टी, सम्पूर्ण जनताको राज्य र शान्तिपूर्ण संक्रमणको सिद्धान्त अबलम्वन गर्दै तथा वर्गसङ्घर्ष सर्वहारावर्गको अधिनायकत्व र सशस्त्र सङ्घर्षका विरुद्ध भीषण हमला बोल्दै रुसमा पुँजीवादको स्थापना गरयो । खु्रश्चोभदेखि मिखाइल गोर्भाचोभसम्म आउँदा आधुनिक संशोधनवाद सामाजिक फाँसिवादका रूपमा गिर्न पुग्यो ।
सन् ६० को दशकमा कमरेड माओले एकातिर अन्तराष्टिय कम्युनिस्ट आन्दोलनको गंभीर अध्ययन र अर्कोतिर स्वयं चिनबाटै जटिल वन्दै गइरहेको पुँजीवादको पुनस्थापना रोक्नका लागि सर्वहारावर्गको अधिनायकत्व अन्तर्गत निरन्तर क्रान्ति जारी राख्ने सिद्धान्त प्रतिपादन गरि महान्् १० वर्षे सांस्कृतिक क्रान्ति संचालन गर्नु भयो । चीनको नयाँ जनवादी क्रान्तिदेखि आजसम्म आइपुग्दा दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादका तीनवटै क्षेत्रमा माक्र्सवाद लेनिनवादको तेस्रो गुणात्मक शिखरका रूपमा माओवादको विकास भयो । अन्तराष्टिय कम्युनिस्ट आन्दोलन यसरी माक्र्सवाद र संशोधनवादको भीषण द्धन्द्धको बीचबाट गु्रजदै आउदा क्रािन्त र प्रतिक्रान्तिका जीत र हारका अनेकौ घटनाहरू घटिसकेका छन् । सारा संशोधनवादीहरूले क्रान्तिकारीहरूलाई उग्रवादी, आतंकवादी, जडसुत्रवादी आदि भनेर बदनाम मात्र गरेका छैनन भीषण भौतिक हमलासम्म मात्र गरेका छैनन् भीषण भौतिक हमलासम्म गर्न पुगेका छन् । वास्तवमा संशोधनवादीहरू वर्नस्टीन, काउत्स्की र खु्रश्चोभ भन्दा पनि अझै तल गिरेर ठाडै संसदीय प्रजातन्त्र, पुँजीवादी संसद र बहुलवादलाई आदर्श मान्दै युरो कम्युनिज्मको पतीत सिद्धान्तसम्म अंगाल्नु पुगेका छन् र आज संशोधनवाद नांगो पुँजीवादमा समेत गिर्न पुगेको छ ।
हामी क्रान्तिकारीहरूले संचालन गर्दै आएको वर्गसङ्घर्ष, अन्तरसङ्घर्ष, दुइलाइन सङ्घर्ष, अध्ययन र अनुभवबाट के निष्कर्षमा पुग्न सकिन्छ भने अन्तराष्टिय कम्युनिस्ट आन्दोलनभित्रको माक्र्सवाद र संशोधनवादबीचको यो भीषण लडाइँ आज आएर एकातिर माक्र्सवाद लेनिनवाद माओवाद र अर्कोतिर शास्त्रीय संशोधनवाद, आधुनिक संशोधनवाद प्रतिक्रियावादबीचको लडाइँ अभिव्यक्त हुन पुगेको छ । यो एकातिर अन्तराष्टिय कम्युनिस्ट आन्दोलनभित्रको माक्र्सवाद र संशोधनवादबीचको लामो ऐतिहासिक लडाइँको समृद्ध अनुभव एवम् शिक्षाको सार हो भने अर्कोतिर त्यस लडाइँको माक्र्सवाद र प्रतिक्रियावादवीचको लडाइँमा रूपान्तरणको द्योतक पनि हो । यसरी आज माक्र्सवाद र संशोधनवादवीचको भीषण सङ्घर्षमा बदलिन पुगेको छ ।
अव यस कुरालाई नेपालको सन्दर्भमा भन्नुपर्दा एकातिर माक्र्सवाद लेनिनवाद माओवादको प्रतिनिधित्व गर्ने क्रान्तिकारी धाराको रूपमा अभिव्यक्त हुन पुगेको छ । आज एकीकृत नेकपा माओवादी अन्तराष्टिय आन्दोलनको क्रान्तिकारी परम्परा र त्यसको शिक्षाको सारलाई आत्सात् गर्दै माक्र्सवाद लेनिनवाद माओवादलाई पथप्रदर्शक सिद्धान्त मान्दै तथा तमाम प्रकारका दक्षिणपंथी संशोधनवाद र सुधारवादका विरुद्ध सङ्घर्ष गर्दै नेपालमा जनविद्रोहको कार्यदिशा मार्फत नयाँ जनवादी क्रान्ति गर्ने अन्तिम चरणमा प्रवेश गरेको छ । अर्थात एकीकृत माओवादीले पार्टी वाहिर र भित्रका संशोधनवादहरूसंग भीषण दुइलाइन सङ्घर्ष, अन्तरसङ्घर्ष र संशोधनवादका विरुद्धको सङ्घर्षलाई उचाइँमा पुरयाएर नेपाली क्रान्ति सम्पन्न गर्ने ऐतिहासिक चरणमा प्रवेश गरिसकेको छ । अहिले माओवादी पार्टी भित्र पनि आजको माक्र्सवाद र हिजोको माक्र्सवाद जस्ता बहस पनि चल्न थालेका छन । माक्र्सवाद वैज्ञानिक सिद्धान्त हो । यो सार्वभौम छ, माक्र्सवाद हिजाको र आजको हुन सक्दैन । वरु माक्र्सवाद ठोस परिस्थिितिको ठोस विश्लेषणका आधारमा सिर्जनात्मक रूपले प्रयोग गर्दै त्यसको विकास मात्र गर्न सकिन्छ । आजको माक्र्सवाद भन्नेहरू वर्नस्टीनका नवजात सन्तान वाहेक कोही होइनन र यो विचार युरो कम्युनिज्मको नेपाली नयाँ संस्करणभित्र सिवाय अरु क्ही पनि होइन ।

माक्र्सवादको विकसित रूप लेनिनवाद
साम्राज्यवादको युगमा लेनिनद्धारा विकसित गरिएको क्रान्तिकारी माक्र्सवादलाई लेनिनवाद भनिन्छ । यो माक्र्सवादको विकसित रूप हो । तत्कालीन विश्वपरिस्थितिको सटिक व्याख्या गर्दै लेनिनले माक्र्सवादको थप व्याख्या गर्नु भयो । ठोस परिस्थतिको ठोस विश्लेषण नै माक्सएवादको आत्मा हो भन्नु हुने लेनिनले पुँजीवादको अन्तिम चरण साम्राज्यवाद हो भनेर व्याख्या गर्नु भयो । साथै पार्टी निर्माणको सवालमा जनवादी केन्द्रीयताको सिद्धान्त प्रतिपादन गर्नु भयो । जसलाई लेनिनवादी सङ्गठनात्मक सिद्धान्त भनिन्छ । नयाँ ऐतिहासिक युग साम्राज्यवाद र समाजवादी क्रान्तिको युगमा लेनिनले माक्र्सवादी दर्शनको सिर्जनात्मक रूपमा विकास गर्नु भयो र यसलाई गुणात्मक रूपले नविन चरणमा उकाल्नु भयो । लेनिनको ऐतिहासिक देन केमा निहित छ भने उहाँले नयाँ ऐतिहासिक अवस्थामा द्धन्द्धात्मक एवम् भौतिकवादको समर्थन र विकसित गर्नु भयो । उहाँले सामाजिक आर्थिक वनाटको सिद्धान्तको विकास गर्नु भयो र वर्गहरूलाई परिभाषित गर्नु भयो । लेनिनले हरेक कोणबाट समाजवादी क्रान्तिको सिद्धान्तलाई सुविस्तारित गर्नु भयो । राज्य र सर्वहारावर्गको अधिनायकत्वको सिद्धान्तलाई ठोस रूप दिनु भयो ।
लेनिनले माक्र्सवादी दर्शनलाई समृद्ध मात्र तुल्याउनु भएन उहाँले व्यवहारिक जीवनमा यसको सिद्धान्तलाई लागु गर्नु भयो । लेनिनले साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगको व्याख्या गर्नु भएन साम्राज्यवाद र सर्वहारा क्रान्तिको रणनीति र कार्यनीति पनि प्रतिपादन गर्नु भयो । र रुसमा नयाँ क्रान्तिकारी पार्टी सोवियत कम्युनिस्ट पार्टी वोल्सेविक को निर्माण गर्नु भयो । त्यही पार्टीको नेतत्व गर्दै महान्् रुसी अक्टोवर समाजवादी क्रान्ति समेत सम्पन्न गर्नु भयो ।
लेनिनले राष्टिय प्रश्न र राष्टिय मुक्ति आन्दोलन सम्वन्धी वैज्ञानिक सिद्धान्तको तर्जुमा गर्नु भयो । उहाँले वर्गहरू र वर्गसङ्घर्षबारे सर्वहारा अधिनायकवाद र त्यसका रूपहरूबारे इतिहासमा जनसमुदाय र मजदुर पार्टीको भूमिका, प्रगतिशील भूमिका आदिबारे माक्र्सवादी शिक्षालाई पनि विकसित तुल्याउनु भयो । लेनिनले द्धन्द्धात्मक भाौतिकवादी ज्ञान सिद्धान्तलाई विकसित पार्नु भयो । र जडसुत्रवादीहरूका विरुद्ध सङ्घर्षको निम्ति सैद्धान्तिक अस्त्र प्रदान गर्नु भयो । लेनिनले माक्र्सवादी दर्शनको क्षेत्रमा प्रदान गर्नु भएको योगदान अतुलनीय रहेको छ । यसरी लेनिनले माक्र्सवादको भण्डारमा अतुलनीय योगदान थप्नु भयो र लेनिनवाद नयाँ ऐतिहासिक युगको साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगको पुँजीवादबाट समाजवादतर्फ र साम्यवादी समाजको निर्माणतर्फ सक्रमणको युगको माक्र्सवाद बन्यो ।

लेनिनवादको विकसित रूप माओवाद
माक्र्सवादमाथि थप व्याख्या गरेर महान्् लेनिनले विचार विकासको क्षेत्रमा थप योगदान गर्दै लेनिनवादको निर्माण गर्नु भयो । हरेक वस्तु गतिशील र परिवर्तनशील भए झै माक्र्सवाद पनि गतिशील विचार प्रणाली हो । माक्र्सवाद परिवर्तन हुँदैन बरु विकासस हुँदै जान्छ । विचारको विकास गर्नु भनेको माक्र्सवादलाई समृद्धशाली वनाउनु हो भने परिवर्तन गर्नु भन्नु संशोधनवाद हो ।
माक्र्सले पुँजीवादको विकास भएका मुलुकहरूमा एकैसाथ समाजवादी क्रान्ति सम्पन्न हुनेछ भन्ने सिद्धान्त अघि सार्नु भएको थियो । लेनिनले राष्टियता र मुक्ति आन्दोलनको प्रश्नको हल गर्दै पुँजीवादको चरम अवस्था साम्राज्यवाद हो भन्ने सिद्धान्त प्रतिपादन गरेर क्रान्तिको निम्ति वस्तुगत र आत्मगत परिस्थिति परिपक्व वनिसकेको छ भने एउटै देशमा पनि समाजवादी क्रान्ति सम्पन्न हुन सक्छ भन्ने सिद्धान्तको प्रतिपादन गर्नु भयो । र आफ्नै नेतृत्वमा सन् १९१७ अक्टुवर २५ तारिखका दिन महान्् रुसी अक्टुवर समाजवादी क्रान्ति सम्पन्न गर्नु भयो ।
माक्र्सले समाजविकासका क्रमहरूको वर्गीकरण गर्नु भयो । जस्तो आदिम साम्यवादी युग, दास युग, सामन्तवादी युुग, पुँजीवादी युग र समाजवादी युग । यसरी युग विकासको वैज्ञानिक वर्गीकरण अनुसार समाजवादी क्रान्ति सम्पन्न गर्नका लागि पुँजीवादी क्रान्ति सम्पन्न भइसकेको हुनु पर्ने विचारको विकास माक्र्सले गर्नु भयो । पुँजीको चरम विकास भएको मुलकमा समेत भिन्ना भिन्नै मुलुकमा फरक फरक रूपमा समाजवादी क्रान्ति सम्पन्न गरेर साम्यवादमा पुग्न विचारको विकास लेनिनले गर्नु भयो । तर जुन मुलुकमा पुँजीवादी क्रान्ति नै भएको छैन त्यस देशको क्रान्ति कसरी गर्ने भन्ने नयाँ विचारको आवश्यक्ता भएपछि माओसेतुङले पुँजीवादी क्रान्ति सम्पन्न नभई सकेको र एउटा अर्धसामन्ती र अर्ध औपनिवेशिक मुलुकमा क्रान्ति कसरी सम्पन्न गर्ने भन्ने विचार अघि सार्नु भयो । पुरानो खाले पुँजीवादी क्रान्ति सन् १७८९ मा सम्पन्न फ्रान्सेसी राज्यक्रान्ति माथि प्रतिक्रान्ति भएर त्यसको पुँजीपतिवर्गले सामन्तवाद र साम्राज्यवादको घाटी जोडि सकेकोले त्यस पुँजीवाद एकाधिकारवादी पुँजीवादमा पतन भईसकेकोले अव पुँजीपति वर्गले पुँजीवादी क्रान्तिको नेतृत्व गर्न नसक्ने भएकाले भएकोले एउटा अर्धसामन्ती र अर्धऔपनिवेशिक मुलुकमा कम्युनिस्ट पार्टीको नेतृत्वमा किसान मजदुरको एकतमा नयाँखाले पुँजीवादी क्रान्ति अर्थात नयाँ जनवादी क्रान्ति सम्पन्न गर्न सकिने र त्यसको निम्ति ग्रामीण इलाकाहरूमा आधारइलाका निर्माण गर्ने, गुरिल्लावार र गाउँदेखि शहर कव्जा गर्ने दीर्घकालीन जनयुद्धको नयाँ रणनीति र कार्यनीति तर्जुमा गर्नु भयो । साथै नयाँ जनवादी क्रान्ति सम्पन्न गर्नका लागि कम्युनिस्ट पार्टी, जनसेना र क्रान्तिकारी संयुक्त मोर्चाको अवधारणा अघि सार्नु भयो र गाउँदेखि शहर कव्जा गर्ने र केन्द्रीय सत्ता कव्जा गरेर नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने रणनीति कार्यनीति समेत प्रतिपादन गर्नु भयो । र आफ्नै नेतृत्वमा सन् १९४९ मा चीनमा नयाँ जनवादी क्रान्ति सम्पन्नु गर्नु भयो ।
विचारको विकास नै किन ?
विचारको विकास नै किन आवश्यक हुन्छ भन्ने प्रश्न एउटा सैद्धान्तिक प्रश्न हो । कार्लमाक्र्स र फ्रेडरिक एंगेल्स महान्् विचारक हुनुहुन्थ्यो । उहाँहरूले सर्वहारावर्गको मुक्तिको सिद्धान्त माक्र्सवादको प्रतिपादन गर्नु भयो । उहाँहरूले सर्वहारावर्गका निम्ति नयाँ विचारको विकास गर्नु भयो । उहाँहरूले पुँजीवादको विकास भएका मुुलुकहरूमा एकैसाथ समाजवादी क्रान्ति सम्पन्न भएर मानव समाज साम्यवादमा प्रवेश गर्नेछ भन्ने विचारको विकास गर्नु भयो । तर हरेक वस्तु गतिशील हुने भएकाले परिस्थितिमा फेरबदल आउने वित्तिकै अन्तरविरोधहरू पनि फरक फरक ढंगले विकास हुने नै भए । माक्र्स र एंगेल्सको निधन पछि लेनिनले पुँजीवादको चरम अवस्था साम्राज्यवाद हो भन्ने व्याख्या गर्दै पुँजीवादी वा समाजवादी मुलुकमा आ आफनै तििरकाले फरक फरक समयमा समाजवादी क्रान्ति गर्न सकिने नयाँ विचारको विकास गर्नु भयो र आफ्नै नेतृत्वमा सोभियत रुसमा महान्् अक्टुवर समाजवादी क्रान्ति सम्पन्न गरेर लागु गर्नु भयो । त्यस पछि विश्वका देशहरूमा मुक्ति अभियान अघि वढयो र २० औ राष्टहरूमा समाजवादी या जनवादी क्रान्तिहरू सम्पन्न भए । महान्् लेनिनको विचार विकासले गर्दा नै विश्वभर मुक्ति अभियानले सार्थकता पायो । त्यस्तै माओत्सेतुङले नयाँ विचारको विकास गरेर नयाँ खाले पुँजीवादी क्रान्ति अर्थात नयाँ जनवादी क्रान्तिको रणनीति र कार्यनीति तय गरेर आफ्नै नेतृत्वमा महान्् चिनियाँ नयाँ जनवादी क्रान्ति सम्पन्न गर्नु भयो त्यसलाई व्यहवारमै लागू गर्नु भयो । त्यस पछि अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थामा रहेका मुलुकहरूमा क्रान्तिको लहर फैलियो ।
आजको युग साम्राज्यवाद र विश्वसर्वहारा वर्गवीच भीषण सङ्घर्षको युग हो । अर्थात आजको युग सर्वहारा क्रान्तिको युग हो । साम्राज्यवादले पनि नयाँ ढंगले विकास गरेर अगाडि वढेको छ भने सर्वहारावर्ग पनि त्यही अनुरूप नयाँ विचारका साथ अघि वढ्न आवश्यक छ । आजको युुगको क्रान्तिलाई मार्गनिदेर्शन गर्नका लागि माक्र्सवाद लेनिनवाद माओवादमाथि थप नयाँ व्याख्या गर्नु पर्ने आइसकेको छ । यतिबेला माक्र्सवाद पुरानो भयो भन्ने नाममा आजको माक्र्सवादको हौवा खडा गरेर माक्र्सवादलाई भ्रष्टीकरण गर्ने कुचेष्टा गरिदैछ । माक्र्सवाद वैज्ञानिक सिद्धान्त हो । त्यसको विस्थापित हुन सक्दैन, थप व्याख्या मात्र हुन्छ र लेनिन, माओबाट समेत थप व्याख्या गर्दै विचारको विकास नगरेको भए सायद रुस, चीन जस्ता मुलुकहरूमा क्रान्ति अलिढिला हुन सक्थ्यो । अव गरिने क्रान्ति २१ औ शताव्दीको नयाँ क्रान्ति हो । नेपालमा एकीकृत माओवादीले जनविद्रोहद्धारा नेपाली क्रान्ति सम्पन्न गर्ने कार्यदिशा निक्र्यौल गरिसकेको छ । नेपाली मौलिकता र नेपाली मोडेलमा यो क्रान्ति सम्पन्न हुने भएकाले यसमा पनि थप विचार विकासको आवश्यक्ता पर्ने कुरा अनिवार्य शर्त हो । वर्गसङ्घर्ष र दुइलाइन सङ्घर्षले नयाँ विचारको विकास हुने हो ।
विश्वसर्वहारा क्रान्ति सम्पन्न गर्नका लागि नयाँ विचारको विकास निरन्तर रूपमा जारी रहने कुरा माक्र्सवादसम्मत नै हुन्छ । तर यतिबेला विभिन्न रूप र रंगका अवसरवादी एवम् संशोधनवादीहरूले क्रान्तिका नाममा माक्र्सवादलाई नै भ्रष्टीकरण गर्ने प्रयास जारी राखेका छन् । दुइलाइन सङ्घर्षको माध्यमबाट ती विचारहरूलाई परास्त गरेर माक्र्सवादको रक्षा गर्दै विचारको विकास गर्न आवश्यक छ ।

उपसंहार
भीषण वर्गसङ्घर्षका बीचबाट कार्लमाक्र्स र फ्रेडरिख एंगेल्सले माक्र्सवादको प्रतिपादन गर्नु भएको थियो । त्यसपछि माक्र्सवाद सर्वहारावर्गको मुक्तिको सिद्धान्त बन्न पुग्यो र सर्वहारावर्गले आफ्नो वर्गको मुक्तिको अस्त्र प्राप्त गरयो । अवसरवाद र संशोधनवाद विरुद्ध भीषण दुइलाइनसघर्ष र अन्तरसङ्घर्षकै माध्यमबाट माक्र्सवादको विकास र रक्षा हुँदै आएको छ । भीषण वर्गसङ्घर्ष र दुइलाइन सङ्घर्षकै बीचबाट लेनिनवाद र माओवादको रक्षा र विकास पनि महान्् दुइलाइन सङ्घर्ष र अन्तरसङ्घर्षबाट हुँद आएको छ । भविष्यमा पनि यही प्रक्रिया निरन्तर जारी राखेर मात्र रक्षा र विकास संभव हुनेछ ।
आजको युग २१ औ शताव्दीको युग हो । यो युग विज्ञान प्रविधि र उच्च मानव चेतनाले भरिपूर्ण युग पनि हो । आजको युग साम्राज्यवाद र सर्वहारा वर्गबीच भीषण सङ्घर्षको युग हो । साम्राज्यवाद नै सर्वहारावर्गको मुक्तिको लागि प्रमुख वाधकको रूपमा खडा भएको छ । आज भन्दा १६३ वर्ष पहिले कार्लमाक्र्स र एंगेल्सले माक्र्सवादको झण्डा आज संसारभरका करोडौ सर्वहारा श्रमजीवि वर्ग एवम् मेहनतकस जनताले निरन्तर उठाइरहेका छन् । र आफनो देशको वस्तुगत परिस्थितिको ठोस विश्लेषण गर्दै माक्र्सवादलाई सिर्जनात्मक रूपमा प्रयोग गर्दै क्रान्तिलाई अघि वढाउदै आएका छन् । त्यसैले आज माक्र्सवादको सान्दर्भिकता र महत्व झनै वढेर गएको छ ।
पुरानो संसारलाई विनष्ट पारि त्यसको लासमा नयाँ वर्गविहीन संसारको रचना गर्न सर्वहारा श्रमजीवि वर्गको लागि माक्र्सवाद अचुक, अमोध, अजय अस्त्र वन्न पुगेको छ । क्रान्तिको विज्ञानको रूपमा माक्र्सवाद विश्वक्रान्तिको आन्दोलनको व्यवहारसंगै निरन्तर विकास भइरहेको छ । माक्र्सवादको रक्षा गरेर मात्र विचार विकासको निर्माण गर्न सकिन्छ । माक्र्सवादको रक्षा र विकास गर्ने दायित्व विश्वसर्वहारावर्गको काधमा छ ।

No comments:

Post a Comment