Wednesday, March 20, 2013
विश्व कम्युनिस्ट आन्दोलनमा नवसंशोधनवाद
विषयप्रवेश
अठारौँ शताब्दीको उत्तराद्र्धमा युरोपमा सामन्तवादका विरुद्ध क्रान्तिहरू सफल भइरहेका थिए र त्यहाँ पुँजीवादको स्थापना भइसकेको थिएन । पुँजीवादको जन्मसँगसँगै उसका विरुद्ध सङ्घर्ष गर्ने औद्योगिक मजदुरवर्गले आफ्नो जन्मकालदेखि नै आफ्नोवर्गमाथि पुँजीपतिवर्गबाट भएको शोषण, दमन, उत्पीडन, अन्याय र अत्याचारका विरुद्ध सङ्घर्ष गर्न थालेको हो ।
सुरु सुरुमा यो वर्गसँग आफ्नो वर्गीय मुक्ति आन्दोलनका मार्गदर्शन गर्ने निश्चित तथा वैज्ञानिक मार्गदर्शक सिद्धान्त पनि थिएन तर मजदुरहरूले स्वतःस्फूर्त ढङ्गबाट एक्लाएक्लै पुँजीपतिहरूमाथि व्यक्तिगत आक्रमण गर्ने प्रवृत्तिको आन्दोलन चलाउँदै आएका थिए । त्यसबाट विस्तारै मजदुरहरूले सचेत र सङ्गठित गएर आन्दोलन गर्ने अनुभवहरू प्राप्त गर्न थाले ।
सन् १८११–१८१२ मा बेलायतका मजदुरहरूले स्वतःस्फूर्त ढङ्गले मेसिन तोड ‘लुडाइट’ आन्दोलन चलाएको थियो । त्यो दमनबाट अनुभव प्राप्त गरेर सन् १८३१ देखि उनीहरू सङ्गठित हुन थालेका थिए । सन् १८७१ मा फ्रान्सका लियो सहरका कारखानामा कपडा बुन्ने मजदुरहरूले विद्रोह गरेका थिए । सन् १९३२ देखि बेलायतका मजदुरहरूले मागपत्र ‘चार्टिस्ट’ आन्दोलन सुरु गरेका थिए । लाखौँ औद्योगिक मजदुरहरू सहभागी रहेको उक्त आन्दोलन सन् १८४२ सम्म चलेको थियो । १८३२ मै पेरिसका मजदुरहरूले विद्रोह गरेका थिए । सन् १८४४ मा जर्मनीको सिलेसिया सहरमा कपडा बुन्ने मजदुरहरूले विद्रोह गरेका थिए तर ती मजदुर आन्दोलनहरूलाई मार्गनिर्देशन गर्ने वैज्ञानिक सिद्धान्तको अभावमा सबै मजदुर आन्दोलनहरू असफलतामा टुङ्गिएका थिए । जब कार्ल माक्र्स र फ्रेडरिख एङ्गेल्सले कम्युनिस्ट घोषणापत्र मार्फत्् सन् १८४८ माक्र्सवादको प्रतिपादन गर्नुभए पश्चात् तब मात्र विश्वसर्वहारा ‘मजदुर’वर्गले आफ्नो वर्गको वैज्ञानिक सिद्धान्त माक्र्सवादको रूपमा प्राप्त गरे ।
प्रकृति, समाज, राज्यव्यवस्था आदि बारेमा कार्ल माक्र्स फ्रेडरिख एङ्गेल्सले महान्् खोज र प्रयोगद्वारा निकाल्नुभएको वैज्ञानिक तथा क्रान्तिकारी विचार, सिद्धान्त र व्यवहारलाई माक्र्सवाद भनिन्छ । माक्र्सवादले पुँजीपतिवर्गको श्रमजीविवर्गको राज्यव्यवस्था स्थापना गर्ने सही क्रान्तिकारी बाटो देखाउँछ । माक्र्सवादका मौलिक विशेषताहरू (द्वन्द्वात्मक भौतिकवाद, ऐतिहासिक भौतिकवाद, वर्गसङ्घर्ष, अतिरिक्त मूल्यको सिद्धान्त, तल्लो वर्गको जनतामा राज्यको शक्तिनिहित आदि कुरा) रहेका छन् । माक्र्सवाद एक वैज्ञानिक सिद्धान्त हो । त्यसैले माक्र्सवाद सर्वहारा श्रमजीविवर्गको मुक्तिको सिद्धान्त हो । माक्र्सवादले जीवन र जगत्लाई द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादी ढङ्गले हेर्ने, बुझ्ने, व्याख्या गर्ने र संसार परिवर्तनको निम्ति बाटो देखाउने काम गर्ने भएकोले यो सर्वहारा श्रमजीविवर्गको मुक्तिको सिद्धान्त बन्न सकेको हो । त्यसपछि सर्वहारावर्गले आफ्नो वर्गको मुक्तिको सैद्धान्तिक अस्त्रको रूपमा माक्र्सवादलाई प्राप्त ग¥यो अर्थात् त्यसमा सर्वहारावर्गले संसारलाई ठकसित बुझ्ने र त्यसलाई फेर्ने एक अचुक बौद्धिक अस्त्र भेटायो । लेनिनले त्यसको महत्वलाई यसरी दर्शाउनुभएको छ– ‘माक्र्सको दर्शन एउटा यस्तो परिपूर्ण दार्शनिक भौतिकवाद हो, जसले मानवजातिलाई र खास रूपले मजदुरवर्गलाई ज्ञानका शक्तिशाली औजारहरू प्रदान गरेको छ ।’्
जो संसारलाई फेर्ने चाहन्छ, विद्यमान यथार्थलाई फेरेर नयाँ यथार्थताको निर्माण गर्न चाहन्छ, उसले संसारलाई बुझ्नुपर्दछ, त्यसलाई फेर्ने तरिका जान्नुपर्दछ । यही सामथ्र्य माक्र्सवादी दर्शनले उसलाई दिन्छ । सर्वहारावर्गको लागि दर्शनको कत्रो महत्व रहेको हुन्छ भन्ने कुरालाई माक्र्स स्वयम्ले यसरी दर्शाउनुभएको छ– ‘माक्र्सवाद ज्ञानका अनेक शाखाहरूबाट बनेको छ, माक्र्सवादी दर्शन, माक्र्सवादी अर्थशास्त्र र माक्र्सवादी समाजवाद अर्थात् वर्गसङ्घषको सिद्धान्त तर चाहिँ माक्र्सवादी दर्शन हो । यदि यसलाई मनन गरिँदैन भने हाम्रो एउटा साझा भाषा वा कुनै साझा तरिका हुनेछैन । हामी चिजहरूलाई स्पष्ट नपारीकन यताउताको कुरा उठाई तर्क मात्र गरिरहेका हुनेछौँ । द्वन्द्वात्मक भौतिकवादलाई मनन गरिसकेपछि थुप्रै दुःखकष्टबाट जोगिनेछ र धेरै गल्तीहरू हट्नेछन् ।’
त्यसैले माक्र्सवादी दर्शनबारे सही समझदारी प्राप्त गर्न ज्यादै जरुरी हुन्छ । एकजना माक्र्सवादीका लागि त्यो एक अनिवार्य आवश्यकता रहन्छ र उसलाई काममा सबै भ्रम, अन्यौल र अविश्वासको वातावरणबाट मुक्त पार्दछ ।
माक्र्सवादको शैशवकालमै मध्यपन्थी अवसरवाद, अराजकवाद र दक्षिणपन्थी संशोधनवादले माक्र्सवादभित्र घुस्न सफल भयो । माक्र्स, एङ्गेल्स, लेनिन, स्तालिन र माओत्सेतुङले समकालीन अवस्थामा देखापरेका र क्रान्तिकारी माक्र्सवादको विकृत तुल्याउने र विसर्जन गराउन प्रयत्न गर्ने मध्यपन्थी अवसरवादीहरू, दक्षिणपन्थी अवसरवादीहरू नव–संशोधनवादका विरुद्ध भीषण र सम्झौताहीन वैचारिक सङ्घर्ष अर्थात् विचारधारात्मक दुईलाइन सङ्घर्ष सञ्चालन गरेर क्रान्तिकारी माक्र्सवादको रक्षा गर्ने, त्यसको विकास गर्ने र सिर्जनात्मक रूपले प्रयोग गर्ने कार्यमा आफ्नो सम्पूर्ण जीवनलाई अर्पण गर्नुभयो । जसरी माक्र्सवादभित्र माक्र्सवाद विरोधी एउटा धारका रूपमा संशोधनवाद उत्पन्न भयो र त्यही धारा विरुद्ध सङ्घर्षबाट माक्र्सवादको विकास नयाँ चरणमा पनि सुरु भयो । यस विषयमा विश्व सर्वहारावर्गका महान्् नेता तथा चिनियाँ कम्युनिस्ट पार्टीका अध्यक्ष कमरेड माओत्सेतुङले आफ्नो प्रसिद्ध ‘जनताका बिचका अन्तरविरोधहरूको सही सञ्चालनका बारेमा’ लेख्नुभएको छ– ‘माक्र्सवादको विकास सङ्घर्षबाट मात्र हुन सक्छ यो कुरा विगत र वर्तमानमा मात्र साँचो रहेको होइन, यो भविष्यमा पनि आवश्यकीय रूपले साँचो रहन्छ ।
जुन बेला संशोधनवादी धारा विरुद्धको सङ्घर्षबाट माक्र्सवादको विकास नयाँ चरणमा सुरु भयो, त्यसबेलादेखि लेनिनले क्रान्तिकारी माक्र्सवाद र संशोधनवाद बिच भीषण दुईलाइन सङ्घर्ष सञ्चालन गर्ने प्रक्रियामा लेनिनवादको प्रतिपादन गरेर माक्र्सवादको ज्ञानको भण्डारमा थप योगदान गर्नुभयो । लेनिनवादको जन्म पनि भीषण दुईलाइन सङ्घर्षकै बिचबाट भएको हो । भीषण दुईलाइन सङ्घर्षकै बिचबाट सोभियत कम्युनिस्ट पार्टी (बोल्सेबिक) को नेतृत्व र महान्् लेनिनको निर्देशनमा सन् १९१७ अक्टुबर २५ तारिखका दिन महान्् रुसी अक्टुबर समाजवादी क्रान्ति सम्पन्न भयो । यो क्रान्तिले विश्वभरका सर्वहारावर्गलाई ठुलो प्रेरणा र हौसला मिल्यो । त्यसपछि एसिया, युरोप, अमेरिका, र अफ्रिकी महादेशहरूमा धमाधम कम्युनिस्ट पार्टीहरू स्थापना हुन पुगे ।
जुलाई १९२१ मा चिनियाँ कम्युनिस्ट पार्टीको स्थाना भयो । चिनियाँ कम्युनिस्ट पार्टीभित्र उग्रवामपन्थी भड्काव र दक्षिणपन्थी अवसरवादका विरुद्ध लामोसम्म भीषण दुईलाइन सङ्घर्ष सञ्चालन भयो । भीषण दुईलाइन सङ्घर्ष र वर्गसङ्घर्षका बिच सन् १९४९ मा माओविचारधाराको प्रतिपादन भयो र माओको नेतृत्व स्थापित हुन पुग्यो । कमरेड माओले स्वयम् माओविचारधाराको प्रतिपादन गरेर माक्र्सवादी लेनिनवादी ज्ञानको भण्डारमा थप योगदान गर्नुभयो । १९४९ अक्टुबर १ तारिखका दिन चिनियाँ नयाँ जनवादी क्रान्ति सम्पन्न भयो ।
सन् १९५६ मा चीन समाजवादमा प्रवेश ग¥यो । साथै, सन् १९५६ चिनियाँ कम्युनिस्ट पार्टीको आठौँ महाधिवेशनदेखि चीनले पुँजीवादी मार्ग अपनाउने वा समाजवादी मार्ग अपनाउने विवाद अझ तीव्र रूपमा चर्किदै गयो । पुँजीवादका एजेन्ट ल्यू शाओ चीले पुँजीवादी मार्ग अपनाउनुपर्दछ भन्ने विषयका बिच विवाद चर्कर्दै गयो । १६ मई १९६६ देखि माओको नेतृत्वमा महान्् सर्वहारा सांस्कृतिक क्रान्ति सुरु भयो । लाखौँ जनताहरू मैदानमा उत्रन थाले । माओले ‘बुर्जुवा हेडक्बार्टरमा बमवारी गर’ भन्ने आह्वान गर्नुभयो । सन् १९७६ अक्टुबरमा चीनमा प्रतिक्रान्ति भयो । उता सोभियत रुसमा सन् १९५६ को बीसौँ महाधिवेसनबाटै खु्रश्चोभले प्रतिक्रान्ति गरिसकेका थिए ।
यसरी समाजवादी मुलुक सोभियत रुस र चीनमा सत्ताको माथिल्लो निकायमा पुगेका पुँजीवादका एजेन्टहरूद्वारा प्रतिक्रान्ति गराएर महान्् रुसी तथा चिनियाँ जनताले निर्माण गरेका समाजवादी राज्यव्यवस्थालाई पतन गराइएको थियो र सर्वहारावर्गको अधिनायकत्वलाई पूर्ण रूपमा ध्वंस गरेर त्यसको ठाउँमा पुँजीवादी अधिनायकत्व स्थापना गरिएको थियो । त्यसयतादेखि विश्वका कुनै पनि मुलुकमा समाजवादी व्यवस्था रहेनन् ।
आज विश्वमा कुनै पनि मुलुकमा समाजवादी व्यवस्था नभए पनि नेपाल, भारत लगायत विश्वका कैंयन देशहरूमा मालेमाको पथप्रदर्शनमा क्रान्तिका ज्वारभाटहरू उर्लिदै छन् । नेपालमा नेपाली क्रान्ति निर्णायक मोडमा पुगेको छ । आजको भू–मण्डलीकृत साम्राज्यवाद र विश्व सर्वहारावर्ग बिचको भीषण सङ्घर्षको युग हो । यही परिवेशमा विश्वक्रान्ति र नेपाली क्रान्तिको निम्ति दक्षिणपन्थी संशोधनवाद बाधकको रूपमा खडा हुँदै आएको छ । क्रन्तिकारी माक्र्सवाद र क्रान्तिकारी कम्युनिस्ट पार्टीभित्र हावी हुन पुगेको दक्षिणपन्थी संशोधनवादलाई परास्त नगरी न क्रान्ति सम्पन्न गर्न सकिन्छ न त प्रतिक्रान्तिलाई नै रोक्न सकिन्छ । इतिहासदेखि नै दक्षिणपन्थी संशोधनवादका विरुद्ध भीषण सङ्घर्ष सञ्चालन हुँदै आएको छ । दक्षिणपन्थी संशोधनवादका विरुद्ध सङ्घर्षको प्रश्नको सवालबारे यो लेख्ने प्रयत्न गरिएको छ ।
क्रान्तिकारी माक्र्सवादको प्रार्दुभाव
सन् १८४३ मा कम्युनिस्ट लिगको गठन भएको थियो । यो नै कम्युनिस्ट पार्टीको पहिलो सङ्गठन थियो । सन् १८४७ मा कम्युनिस्ट लिगले कार्ल माक्र्स र फ्रेडरिख एङ्गेल्सलाई कम्युनिस्ट घोषणापत्रको मस्यौदा तयार पार्ने जिम्मा सुम्पियो । माक्र्स र एङ्गेल्सले एक वर्ष लगाएर कम्युनिस्ट घोषणापत्रको मस्यौदा तयार पार्नुभयो र उहाँहरूले सन् १८४८ फरवरीमा कम्युनिस्ट घोषणापत्र जारी गर्नुभयो । तत्पश्चात् माक्र्स एङ्गेल्सद्वारा प्रतिपादित गरिएको कम्युनिस्ट घोषणापत्र विश्व सर्वहारावर्गको मुक्तिको वैज्ञानिक सिद्धान्त बन्यो ।
कम्युनिस्ट घोषणापत्रमा चार अध्याय छन् । पहिलो अध्यायमा पुँजीपति र सर्वहारामा समाज विकासको नियमको आधारमा एक प्रकारको उत्पादन पद्धतिको अन्त्य भएर अर्को किसिमको उत्पादन पद्धति कायम हुनु अत्यन्तै स्वाभाविक प्रक्रिया हो । हालसम्मको मानवजातिको इतिहास आदिम साम्यवाद हुँदै साम्यवादमा पुग्नु अनिवार्य छ भन्ने रहेको छ ।
दोस्रो अध्यायमा सर्वहारा र कम्युनिस्ट आजको युगमा सबभन्दा प्रगतिशील उत्पादक शक्ति मजदुरवर्ग हो र कम्युनिस्ट तिनै सर्वहारा मजदुरवर्गको सबभन्दा सङ्घर्षशील समुदाय हो । यसको साङ्गठनिक शक्तिले उनीहरूको युगान्तकारी परिवर्तनमा सबभन्दा महत्वपूर्ण नेतृत्व प्रदान गर्न सक्छ । कम्युनिस्टहरूको तात्कालिक लक्ष्य पुँजीपतिवर्गको सत्ता पल्टाएर सर्वहारावर्गको राजनीतिक सत्ता कायम गर्नुपर्छ भन्ने रहेको छ ।
तेस्रो अध्यायमा समाजवाद र कम्युनिस्ट साहित्यमा केन्द्रित समाजवादको नाममा देखापरेका विभिन्न किसिमका काल्पनिक विचारधाराहरूको खण्डन गरिएको छ ।
माक्र्सवादको निर्माण अवधिको अन्तिम तर अत्यधिक महत्वपूर्ण कीर्ति माक्र्स र एङ्गेल्सद्वारा लिखित कम्युनिस्ट घोषणापत्र विश्व सर्वहारा आन्दोलनको पहिलो कार्यक्रमगत दस्ताबेज थियो, जसमा माक्र्सवादी विश्वदृष्टिकोणका आधारभूत तत्वहरूको ज्यादै उत्कृष्ट, विस्तृत र व्यवस्थित व्याख्या सहितको सर्वहारावर्गको नेता तथा सङ्गठनकर्ताको रूपमा कम्युनिस्ट पार्टी सम्बन्धी सिद्धान्त र पार्टीको लागि आधारभूत कार्यनीतिको प्रतिपादन गरिएको छ ।
सन् १८४८ मा कम्युनिस्ट घोषणापत्र जारी भएपछि विश्व राजनीतिको रङ्गमञ्चमा हलचल पैदा भएको थियो । यो विषयमा कार्ल माक्र्सले लेख्नुभएको छ– “युरोपमा एउटा हाउ घुमफिर गरिरहेको छ साम्यवादको हाउ । यस हाउलाई धपाउन भनेर पोप र जार, मेटर्निख र गिजो, फ्रेन्च उग्रवादी र जर्मन खुपिया पुलिस अर्थात् पुरानो युरोपका सारा सत्ताधारीहरू एक भएका छन् । त्यस्तो कुन विरोधी पार्टी छ, जसलाई सत्ताधारीहरूले कम्युनिस्ट भनी बदनाम नगरेको होस् । कुन त्यस्तो विरोधी पार्टी छ, जसले आफुभन्दा धेरै प्रगतिशील विरोधी पार्टीहरूलाई आफ्ना प्रतिक्रियावादी विरोधीहरूलाई समेत कम्युनिस्ट भएको घृणित आरोप नलगाइएको होस् ।”
सामन्तवादी राज्यव्यवस्थालाई ध्वंस गरेर पुँजीवादी व्यवस्थाको स्थापना गर्ने कार्य सर्वप्रथम युरोपबाटै भयो । पुँजीवादको गर्भबाट औद्योगिक सर्वहारावर्गको जन्म भयो । पुँजीवादको विकासले आफ्नो साथमा सर्वहारावर्गको पनि विकास गरायो । जति जति पुँजीपतिवर्गको विकास हुँदै गयो, त्यति त्यति सर्वहारावर्गको पनि विकास हुँदै गयो । पुँजीपतिवर्गको विरुद्ध सर्वहारावर्गको सङ्घर्ष झन् झन् सङ्गठित र व्यापक भयो । उक्त सङ्घर्ष विभिन्न विचारहरूबाट प्रेरित थियो तर कुनै पनि विचारधारा पुँजीवादी समाजकावर्ग सम्बन्धहरूको ठिक विश्लेषणमा आधारित थिएनन् र त्यसले सर्वहारावर्गको मुक्तिको सही बाटो देखाउन सकेको थिएन । माक्र्स र एङ्गेल्सले पुँजीवादी समाजमा वर्ग सम्बन्धहरूको वैज्ञानिक विश्लेषण र मजदुर आन्दोलनको अनुभवहरूको सार निकाली वैज्ञानिक समाजवादको सिद्धान्तको प्रतिपादन गर्नुभयो ।
सन् १८४८ मा माक्र्स र एङ्गेल्सद्वारा लिखित कम्युनिस्ट घोषणापत्र प्रकाशित हुनु एउटा युगान्तकारी कदम थियो । यसले पुँजीपतिवर्गको विरुद्ध सङ्घर्षमा सर्वहारावर्गलाई एउटा सही सैद्धान्तिक र कार्यक्रमगत आधार प्रदान ग¥यो । वैज्ञानिक समाजवादका प्रवर्तक माक्र्स र एङ्गेल्सले सर्वहारावर्गको मुक्तिको सही बाटो देखाउनुभयो । उहाँहरूले पुँजीवादी राज्यतन्त्रलाई ध्वस्त पारी सर्वहारावर्गको राज्यसत्ता कायम गर्नमा क्रान्तिकारी उपायको प्रयोग गर्ने ऐतिहासिक अभिभाराबाट सर्वहारावर्गलाई सचेत गर्नुभयो र उक्त अभिभाराको पूर्तितर्फ मजदुर आन्दोलनलाई निर्देशित गर्नुभयो । कम्युनिस्ट घोषणापत्रमा भनिएको छ– “कम्युनिस्टहरू आफ्ना विचार र उद्देश्यलाई लुकाउन खोज्दैनन् । उनीहरू खुला रूपमा के घोषणा गर्दछन् भने सबै विद्यमान सामाजिक अवस्थाहरूलाई जबर्जस्त रूपमा ध्वस्त पारेर मात्र उनीहरूको उद्देश्य पुरा हुन सक्छ ।”
वैज्ञानिक समाजवादका प्रवर्तक कार्ल माक्र्स र फ्रेडरिख एङ्गेल्सद्वारा लिखित कम्युनिस्ट घोषणा मार्फत्् मजदुरहरूले क्रान्तिकारी सङ्घर्षलाई सही कार्यदिशा, प्रेरणा र बल प्रदान गरी त्यसलाई अघि बढाउनका साथै विश्व सर्वहारावर्गले आफ्नो वर्गसङ्घर्षको निम्ति सही मार्गदर्शन र बौद्धिक हतियार प्राप्त ग¥यो ।
माक्र्सवाद र संशोधनवादका सन्दर्भमा
आज माक्र्सवाद–लेनिनवाद–माओवादलाई पथप्रदर्शक र निर्देशक सिद्धान्त मान्ने कम्युनिस्ट पार्टी क्रान्तिकारी पार्टीमा गुणात्मक ढङ्गले विकसित भए र त्यसका विपरीत माक्र्सवाद–लेनिनवादप्रति गद्दारी गर्दै अवसरवादी बाटो पकड्नेहरू कसरी दक्षिणपन्थी संशोधनवादी भाषामा डुबेर प्रतिक्रान्तिकारी एवम् प्रतिक्रियावादी बन्न पुगे । यो कुरा बुझ्नका लागि अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन समृद्ध ऐतिहासिक अनुभव र विकृतिमा आधारित अर्थात् दुई गुणात्मक ढङ्गले भिन्न सिद्धान्त माक्र्सवाद लेनिनवाद माओवादको विकास र शास्त्रीय संशोधनवादको प्रतिक्रियावादमा पतनको सारतत्वमाथि ध्यान दिन आवश्यक छ ।
माथि नै व्याख्या भैसकेको छ, माक्र्सवाद सर्वहारा र क्रान्तिको वैज्ञानिक सिद्धान्त हो । यसका तीन सङ्घटक अङ्ग छन् ती हुन्– दर्शन, राजनीतिक अर्थशास्त्र र समाजवाद । माक्र्सवादको दर्शन द्वन्द्वात्मक एवम् ऐतिहासिक भौतिकवाद हो । इतिहासको विकास प्रक्रियाका आर्थिक नियमहरूको भौतिकवादी अध्यापन गर्ने विज्ञानको नाम राजनीतिक अर्थशास्त्र हो । समाजवाद अन्तर्गतवर्ग, वर्गसङ्घर्ष, पार्टी, राज्यसत्ता, सर्वहारा अधिनायकत्व र ती सबैका विलुप्तीको अध्यापन गरिन्छ ।
सर्वहारा क्रान्तिको यो वैज्ञानिक सिद्धान्त तमाम प्रकारका आदर्शवाद, अधिभूतवाद र कल्पनावादका विरुद्ध खडा छ । यो विज्ञान हो र यसको सामना गर्न सक्ने ताकत आज कसैसँग छैन । यो स्थिर होइन, गतिशील विज्ञान हो र आज यो माक्र्सवाद लेनिनवाद माओवादका रूपमा विकसित भएको छ ।
माक्र्सवादको संशोधन, अपव्याख्या र पुनःविचार गर्नु संशोधनवाद हो । माक्र्सवादको सैद्धान्तिक विजयको कारण आफ्नो पृथक अस्तित्व धान्न समर्थ तमाम प्रकारका अवसरवादी तथा काल्पनिक समाजवादी धाराहरू माक्र्सवादको वैज्ञानिक धाराभित्र जब घुस्न पुग्दछन् । त्यो बेला संशोधनवादको जन्म हुन्छ । माक्र्सवाद पुरानो भइसक्यो, जडसूत्रवादी सिद्धान्त बताउँदै त्यसको संशोधन र पुनर्विचारको प्रस्तावना पेश गर्ने पहिलो व्यक्ति एडबर्ड बर्नस्टिन (१८५०–१९३२ ः७) हुन् । उसको यो विचारलाई संसारका सबै संशोधनवादीहरूले स्वीकार गर्दै आएका छन् ।
अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा संशोधनवादका दक्षिणपन्थी, उग्रपन्थी एवम् मध्यपन्थी रूपहरू देखा पर्दै आएका छन् र यिनमा दक्षिणपन्थी संशोधनवाद नै अधिक विकृतिपूर्ण एवम् खतरनाक रहिआएको छ । संशोधनवादको शास्त्रीय संशोधनवाद–आधुनिक संशोधनवाद–प्रतिक्रियावादका रूपमा पतन हुन पुगेको छ । जस्तो खु्रश्चोभी आधुनिक संशोधनवाद प्रतिक्रियावादमा रुसमै पतन हुन पुग्यो ।
यहीनेर बुझ्नैपर्ने कुरा के हो भने संशोधनवाद अन्तर्राष्ट्रिय परिघटना हो र यसको जन्म आधुनिक समाजको वर्गीय परिवेशमा हुन्छ । हरेक देशमा क्रान्तिको विशेषतासँगै संशोधनवादको पनि आफ्ना विशिष्टताहरू जाहेर गर्ने गर्दछ । संशोधनवादका दुई आधारभूत विशेषताहरू हुन्छन्, ती हुन्– सामाजिक र सैद्धान्तिक ।
पहिलो नम्बरमा संशोधनवादको सामाजिक विशेषताबारे प्रकाश पार्ने प्रयत्न गरिएको छ । ऐतिहासिक दृष्टिले संशोधनवादका सामाजिक स्रोत निम्न पुँजीवाद, पुँजीवाद र साम्राज्यवाद हो । संशोधनवादको साम्राज्यवादसँग घनिष्ट सम्बन्ध रहिआएको छ । साम्राज्यवादको जन्म इङ्ल्यान्डमा भएको थियो । फ्रेडरिक एङ्गेल्सले इङ्ल्यान्डमा अभिजात तप्का हावी रहेको, साम्राज्यवादले उत्पीडित देशहरूबाट चुसेर ल्याएको पुँजीको एक हिस्साले मजदुरवर्गका नेताहरूलाई किनेर अभिजात बनाउँदै लगेको र त्यहाँ पुँजीवादी र मजदुर पार्टी जन्मिएको कुराबारे प्रकाश पार्नुभएको छ ।
जर्मनीको लासाल र लासालवादीहरूमा पनि अनेकौँ अवसरवादी विकृतिहरू पैदा हुँदै गएको कुराबारे माक्र्स एङ्गेल्सले उद्घाटन गर्नुभएको छ । हामीलाई के थाहा छ भने जब साम्राज्यवाद अन्य देशहरूमा फैलँदै गयो, त्यसको प्रभावको कारण ती देशहरूमा पनि संशोधनवाद फैलिन पुग्यो । महान्् लेनिनले साम्राज्यवाद र अवसरवाद अर्थात् संशोधनवाद बिचको सम्बन्धको प्रश्नलाई ‘आधुनिक समाजवादको आधारभूत प्रश्न’ का रूपमा उल्लेख गर्दै एक महान्् लेनिनवादी प्रस्थापनाको निर्माण गर्नुभयो ।
कम्युनिस्ट पार्टी र आन्दोलनभित्र विजातीय तथा अवैज्ञानिक विचारहरूको प्रवेश, अन्तरकलह, अनेकौँ कचिङ्गल, गुटबन्दी, फुट आदिका पछाडि प्रमुख कारण संशोधनवाद र साम्राज्यवाद बिचका सम्बन्धमा आधारित घुपैठ नीति र नियोजित षड्यन्त्र नै हुन् भन्ने कुरा इतिहासमा स्पष्ट हुँदै गयो र अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको इतिहासले एङ्गेल्सको ‘पुँजीवादी मजदुर पार्टी’ भन्ने सार्थक सूक्ति तथा लेनिनको साम्राज्यवाद र संशोधनवाद बिचको सम्बन्धमा आधारित उक्त महान्् सैद्धान्तिक प्रस्थापनालाई राम्रोसँग पुष्टि गरिदिएको छ । अहिले नेपालको कम्युनिस्ट आन्दोलनभित्रका संशोधनवादी धाराले पनि राम्ररी पुष्टि गरिदिएको छ ।
दोस्रो नम्बरमा सैद्धान्तिक दृष्टिले हेर्दा संशोधनवादको वैचारिक स्रोत निम्न पुँजीवाद र साम्राज्यवाद नै हो । संशोधनवादले माक्र्सवादका तीनवटै सङ्घटक अङ्गलाई संशोधित एवम् विकृत पार्दै आउने काम गरेको छ । कान्टवाद, प्रत्यक्षवाद, अनुभववाद, व्यावहारिकतावाद, सङ्कल्पवाद, भँडुवा विकासवाद र नाना विचारपन्थी सारसङ्ग्रहवाद–संशोधनवादी दर्शनका मूल विशेषता हुन् । द्वन्द्वात्मक एवम् ऐतिहासिक भौतिकवादका विरुद्ध यसले अधिभूतवाद र आदर्शवादको पक्षपोक्षण गर्दछ । राजनीतिक अर्थशास्त्रको क्षेत्रमा पुँजीवादी सङ्कट तथा मूल्य सिद्धान्तको विरोध गर्नु, साम्राज्यवादलाई प्रगतिशील देख्नु, नियोजित अर्थतन्त्रका विरुद्ध अराजक स्वतःस्फूर्तवादी उत्पादक शक्तिको सिद्धान्त अङ्गाल्नु यसका मूलभूत विशेषता हुन् । समाजवादको क्षेत्रमा यसले वर्गसङ्घर्ष, सर्वहारा अधिनायकत्व र हिंसापूर्ण क्रान्तिको सिद्धान्त विरुद्ध सर्गसमन्वय, पुँजीवादी अधिनायकत्व र शान्तिपूर्ण सङ्क्रमणको सिद्धान्त अवलम्बन गर्दछ । तुच्छ सुधारका लागि अधिकतम लक्ष्यको बलि चढाउनु पुँजीवादी प्रजातन्त्रलाई निकै अलङ्कृत बनाई पेश गर्नु र मजदुर आन्दोलनलाई सुधारवादी–संसद्वादी भाषामा फसाउनु यसका मूल विशेषता हुन् जो अहिले नेपाली कम्युनिस्ट आन्दोलनलाई त्यही भाषामा फसाइएको उदाहरण हाम्रा सामु ताजै छ ।
अध्ययन र अनुभवबाट हामीले के प्राप्त गरेका छौँ भने अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको इतिहासमा सर्वहाराक्रान्तिको सिद्धान्तका विकास जसरी इतिहासमा सर्वहाराक्रान्तिको सिद्धान्तको विकास जसरी माक्र्सवाद–लेनिनवाद–माओवादका तीन गुणात्मक चरणमा भएको छ । त्यसरी संशोधनवाद पनि शास्त्रीय संशोधनवाद, आधुनिक संशोधनवाद–प्रतिक्रियावादका रूपमा विकृत हुन पुगेको छ । आधुनिक संशोधनवादको सुत्रपात खु्रश्चोभबाट भयो । उसले सम्पूर्ण जनताको पार्टी, सम्पूर्ण जनताको राज्य र शान्तिपूर्ण सङ्क्रमणको सिद्धान्त अवलम्बन गर्दै तथा वर्गसङ्घर्ष, सर्वहारा अधिनायकत्व र सशस्त्र सङ्घर्षको विरुद्ध भीषण हमला बोल्दै रुसमा पुँजीवादको पुनस्र्थापना ग¥यो । हामीलाई के थाहा छ भने सर्वहाराक्रान्तिको सिद्धान्तको विकास वर्गदुश्मनहरू, उनीहरूको विचारधारा, तमाम अराजकतावादी तथा अवसरवादीहरू र संशोधनवादहरूका विरुद्धको भीषण वर्गसङ्घर्ष, अन्तर्सङ्घर्ष र दुईलाइन सङ्घर्षका बिचबाट भएको छ । सर्वहाराक्रान्तिको सिद्धान्तका विकासको इतिहास निकै जटिल, सङ्गीन र ओजपूर्ण रहेको छ ।
माक्र्स–एङ्गेल्सकालीन अन्तरसङ्घर्ष
वैज्ञानिक समाजवादका प्रवर्तक कार्ल माक्र्स र फ्रेडरिक एङ्गेल्स जसरी माक्र्सवादको प्रतिपादन गर्दा सम्पूर्ण जीवनलाई अर्पण गर्नुभयो, त्यसैगरी माक्र्सवादको रक्षा र विकासका निम्ति पनि सम्पूर्ण जीवन अर्पण गर्नुभयो । माक्र्स एङ्गेल्स स्वयम्ले नै माक्र्सवादभित्र घुस्न सफल भएका अराजकतावाद, अवसरवाद एवम् संशोधनवादी चिन्तन, विचार व्यवहारका विरुद्ध दुईलाइन सङ्घर्ष र अन्तर–सङ्घर्ष भीषण र सम्झौताहीन तरिकाले सञ्चालन गर्ने पद्धतिको सुरुआत गर्नुभयो । जुन तरिका र पद्धतिले मात्र माक्र्सवादको रक्षा र विकास हुन सक्यो र माक्र्सवादभित्र घुस्न सफल भएका अराजकतावादी र अवसरवादीहरू माक्र्स र एङ्गेल्सका पालामा नै पुरै परास्त भएर दक्षिणपन्थी कित्तामा सामेल हुन पुग्यो ।
सन् १८४८ मा माक्र्स एङ्गेल्सद्वारा जारी गरिएको कम्युनिस्ट घोषणापत्र मार्फत्् सर्वहारावर्गले आफ्नो वर्गको मुक्तिको वैज्ञानिक तथा क्रान्तिकारी सिद्धान्तका रूपमा माक्र्सवाद प्राप्त गरिसकेपछि मजदुरहरू सङ्गठित भएर पुँजीवादका शृङ्खलाबद्ध सङ्घर्ष सञ्चालन गर्न थाले । त्यहीक्रममा सन् १८४८ देखि १८५२ सम्म युरोपमा पुँजीवादका विरुद्ध वर्गसङ्घर्ष उत्कर्षमा पुग्यो । युरोपमा चलेको क्रान्तिको लहरलाई पुँजीवादी शासकवर्गले मजदुरहरूमाथि भीषण दमन चक्र चलायो । मजदुरहरू पराजित भए तर पुराना सत्तामा तख्लापलट र पुँजीवादी क्रान्तिको प्रवाहमा तमाम ट्रेड युनियनवादी सङ्गठनहरू सङ्गठित हुन पुगे । जो आफुलाई वर्गसङ्घर्ष र मजदुर आन्दोलनमा आधारित बनाउथे, ती सङ्गठनहरू अन्तर्राष्ट्रिय सङ्गठनका रूपमा विकास भयो । यो प्रकारको ट्रेड युनियनहरूमा क्रान्तिकारी आन्दोलनहरूको समेत विकास भएको हो । आन्दोलनको विकासको आवश्यकताले वर्गसङ्घर्षको प्रक्रियामा सचेत सर्वहारावर्गको उदयले वैज्ञानिक समाजवादका प्रवर्तक कार्ल माक्र्सको पहलकदमीमा सन् १८६४ मा अन्तर्राष्ट्रिय श्रमिक सङ्गठन ‘प्रथम अन्तर्राष्ट्रिय’ को गठन भयो । पियेर जोसेफ पु्रधो (१८०९–१८६५) प्रथम अन्तर्राष्ट्रियका अध्यक्षमा चुनिए । छोटै अवधिमा यस सङ्गठनमा लाखौँ सदस्यहरू सङ्गठित भएका थिए । यसरी सङ्ठित भएको अन्तर्राष्ट्रियमा सुरुका दिनहरूमा यो विभिन्न चरित्रका सङ्गठनहरूको संयुक्त थियो कम्युनिस्ट अन्तराष्ट्रिय चरित्र । प्रथम अन्तर्राष्ट्रियमा व्यापक मात्रामा दार्शनिकहरूको उपस्थिति रहेको थियो । व्यापक दार्शनिकहरूको उपस्थितिले त्यहाँ व्यापक बहस हुनु स्वाभाविक हुन्थ्यो । त्यो मजदुर आन्दोलनसँग जोडिएको हुनाले त्यहाँ कुनै बौद्धिक विलासिताको कुरा हुँदैनथ्यो । त्यहाँ एउटा यस्तो अन्तरविरोध पैदा भएको थियो कि क्रान्तिकारी आन्दोलनको सवालमा, बुर्जुवा अधिनायकत्वको ध्वंसका विरुद्ध सर्वहारावर्गको अधिनायकत्वको स्थापना, समाजवादी सत्तालाई साम्यवादतिर लैजानका लागि पुँजीवादको अन्त्य गरी सङ्क्रमणकालीन सत्ताका रूपमा कसरी सञ्चालन गर्ने भन्ने विषयमा बहस हुन्थ्यो ।
प्रथम अन्तर्राष्ट्रिय स्थापना भएको सुरुआती दिनहरूमै कार्ल माक्र्सका वैज्ञानिक विचारहरूले प्रतिद्वन्द्वी विचारहरूसँग सामना गर्नुपरेको थियो । समाजवाद तथा केन्द्रीकृत सर्वहारा अधिनायकत्वका विरुद्ध सामुहिकतावादीहरूले वैचारिक हमला गरेका थिए । सन् १८६८ मा मिखाइल अलेक्सान्द्रो बिच बाकुनिन र उनका समर्थकहरू जसले आफुलाई सामुहिकतावादी भन्ने गर्दथे, अन्तर्राष्ट्रियमा सामेल भए । अन्तर्राष्ट्रियमा मिखाइल बाकुनिनको प्रवेशसँगै अन्तराष्ट्रिय मजदुर आन्दोलनमा कार्ल माक्र्स र मिखाइन बाकुनिनको दुई वैचारिक धार प्रस्ट रूपमा देखियो । समाजवाद कसरी प्राप्त गर्ने अथवा समाजवादका लागि तत्कालीन मजदुर आन्दोलनले अपनाउनुपर्ने रणनीति र कार्यनीतिका बारेमा पैदा भएका मतभेदका कारण माक्र्स र बाकुनिनका बिचमा स्पष्ट मतभेद देखियो । मिखाइल बाकुनिन अराजकतावादी सिद्धान्तकार थिए । अराजकतावादीहरू बाकुनिनको वरिपरि गोलबन्द हुन पुगे, जसको नारा थियो– “संसदीय राजनीतिक मामिलामा दखल नदिने गरी पुँजीवादको विरुद्ध सिधै आर्थिक सङ्घर्ष” भन्ने रहेको थियो । त्यति बेला माक्र्सको सोचाइ संसदीय गतिविधि मार्फत्् सिधैसिधै केन्द्रीय सत्तामा दखल दिनुपर्छ भन्ने रहेको थियो ।
प्रथम अन्तर्राष्ट्रिय प्रथम संस्थापक अध्यक्ष पियेर जोसेफ पु्रधों अराजकतावादका प्रमुख प्रवर्तक थिए । उनी माक्र्सका कडा आलोचक थिए । प्रुधोंले माक्र्सको दर्शनलाई “गरिबहरूको दर्शन” नामक पुस्तक लेखेका थिए । त्यस पुस्तकको कडा रूपमा प्रतिवाद गर्दै माक्र्सले ‘दर्शनको दरिद्रता’ नामक पुस्तक लेख्नुभएको थियो । पु्रधों सुरुमा माक्र्सवादका कट्टर समर्थक थिए । पछि उनी माक्र्सवादका कट्टर विरोधी बनेका थिए । अन्तिममा उनी दक्षिणपन्थी विचलनमा पतन भएका थिए । प्रथम अन्तर्राष्ट्रियको जेनेभा महासभामा पु्रधाेंपन्थीहरूको बाहुल्यता रहन पुग्यो । सन् १८६७ को ब्रसेल्स महासभामा कार्ल माक्र्सको प्रस्ताव पारित गरियो, जसमा सम्पूर्ण श्रमजीविवर्ग र प्रगतिशीलवर्गलाई सैन्य विरोधी शक्तिसँग एकजुट गराउने मान्यता अन्तरनिहित थियो ।
सन् १८७२ मा हेगमा अन्तर्राष्ट्रियको महासभा राखियो । त्यसमा महासभामा बाकुनिनवादीहरूले माक्र्सवादीहरूलाई निरङ्कुशतावादी भनेर आलोचना गरे । त्यो हेग महासभाले अराजकतावादी मिखाइल बाकुनिनलाई निष्काशन ग¥यो ।
सन् १८७२ मा आइपुग्दा प्रथम अन्तर्राष्ट्रियभित्र माक्र्सवादी र अराजकतावादीहरू बिचको अन्तरविरोध यति चुलियो कि यो एक ठाउँमा रहन सक्ने अवस्था थिएन । अन्ततः प्रथम अन्तर्राष्ट्रिय सन् १८७२ मा विभाजित भयो, जसमा माक्र्सवादीहरूलाई “लाल” भन्ने गरिन्थ्यो भने अराजकतावादीहरूलाई ‘अश्वेत’ । लाल र अश्वेत बिचको दुश्मनी ज्यादै गहिरिएको थियो । सन् १८७६ मा प्रथम अन्तर्राष्ट्रियको विधिवत रूपमा विघटन भयो ।
कार्ल माक्र्सले विगतका सबै बुझाइहरूको पद्धतिमा क्रमभङ्ग गर्दै ‘द्वन्द्वात्मक भौतिकवाद’ को प्रतिपादन गर्नुभएको थियो । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादलाई कसरी बुझ्ने भन्ने सन्दर्भमा प्रुधोसँग सैद्धान्तिक बहस बनेको थियो । साथै माक्र्सले चरम अवसरवादी फर्डिनान्ड लासाल बिच पनि माक्र्सले भीषण अन्तरसङ्घर्ष सञ्चालन गर्नुभएको थियो । यसरी माक्र्स र एङ्गेल्सले माक्र्सवादको रक्षा र विकास एवम् मजदुर आन्दोलनको विकासको निम्ति जीवनभर भीषण अन्तरसङ्घर्ष सञ्चालन गर्नुभएको थियो । प्रुधो, बाकुनिन एवम् लासालहरू सबै पहिलो माक्र्सवादी नै थिए र पछि घोर अवसरवादी र अराजकतावादीमा परिणत भएका थिए तर उनीहरूले पछिसम्म आफुलाई माक्र्सवादी नै भएको दावी गर्दथे । उनीहरू माक्र्सवादको भित्री गुदीसम्म घुसेर क्रान्तिकारी माक्र्सवादलाई नै समाप्त पार्न चाहन्थे । यिनै प्रवृत्तिका विरुद्ध माक्र्स एङ्गेल्स निरन्तर रूपमा अन्तरसङ्घर्ष चलाएर माक्र्सवादलाई जीवन्त राख्नुभएको थियो । त्यतिबेलै माक्र्स एङ्गेल्सले माक्र्सवादी विरोधी धाराका विरुद्ध भीषण अन्तरसङ्घर्ष नचलाएको भए र ती धाराहरूले माक्र्सवादको भित्री आत्मालाई समेत खत्तम गरिदिएको भए पुनः सर्वहारावर्गको आफ्नो मुक्तिको सैद्धान्तिक हतियारबाट टुहुरो बन्न पुग्ने थियो । यो विषयमा फ्रेडरिक एङ्गेल्सले भन्नुभएको छ,– “सर्वहारावर्गको विकास जहाँ कहीँ आन्तरिक सङ्घर्षको बिचबाट नै अगाडि बढ्छ र जस्तो कि माक्र्स र म आफैँले पनि अरू कसैसँग भन्दा बढी नक्कली समाजवादीहरूको विरुद्ध जीवनभर कठोर लडाइँ लडेका थियौँ ।” एङ्गेल्सको यो भनाइबाट पनि प्रस्ट हुन्छ कि माक्र्स र एङ्गेल्सले माक्र्सवादको रक्षा र मजदुर आन्दोलनको विकासको निम्ति कठोर वैचारिक सङ्घर्ष गर्नुभएको थियो । कठोर सङ्घर्षका समयमा माक्र्सले प्रथम इन्टरनेसनलमा बसेर काम गर्नुभयो । सन् १८४२ मा आयोजित हेग महासभामा माक्र्सले भन्नुभएको छ– “जहाँसम्म मेरो कुरा छ, म आफ्नो कार्यकलाप चालु राख्नेछु र समस्त मजदुरहरूको एकताको लागि अथक परिश्रम गर्दै जानेछु, जुन भविष्यका लागि यति आवश्यक छ । होइन, इन्टरनेसनल छोड्ने मेरो विचार छैन, जसरी मैले अहिलेसम्म काम गर्दै आएको थिएँ, मेरो सम्पूर्ण भावी जीवन पनि त्यस्तै किसिमले त्यस सामाजिक विचारधारको विजयको लागि समर्पित हुनेछ, जसले ढिलो अथवा चाँडो सम्पूर्ण विश्वभरनै सर्वहारावर्गको अधिपत्य कायम गर्नेछ ।”
हेग महाधिवेशन प्रथम इन्टरनेसनलको विकासमा सर्वाेच्च चरण थियो । यसको ख्याति र सफलताको पराकाष्ठा थियो । यो महाधिवेशन प्रथम इन्टरनेसनलको अन्तिम महाधिवेशन बन्न पुग्यो । माक्र्स, एङ्गेल्स र उहाँहरूका अनुयायीहरूको अथक सङ्घर्षको फलस्वरूप इन्टरनेसनलमा माक्र्सवादको सैद्धान्तिक, कार्यनीतिक तथा सङ्गठनात्मक सिद्धान्तहरूको विजय भयो । सन् १८८३ को १४ मार्चका दिन लन्डनमा माक्र्सको देहवसान भयो । यस्तै मजदुरवर्गको मुक्तिको बाटो देखाइदिने एकजना गुरु तथा माक्र्सका अनन्य भित्र र सहयोगी फ्रेडरिक एङ्गेल्सको मृत्यु ५ अगष्ट १८९५ मा लन्डनमा देहावसान भयो ।
लेनिन–स्तालिनकालीन अन्तरसङ्घर्ष
माक्र्सवाद र संशोधनवादका बिच भीषण अन्तरसङ्घर्ष चलिरहेको अवस्थामा भ्लादिमिर इल्यीच लेनिनको उदय भयो । फ्रेडरिक एङ्गेल्सले सन् १८८९ मा दोस्रो इन्टरनेसनलको गठन गर्नुभयो । दोस्रो इन्टरनेसनलमा कार्ल काउत्स्की, रोजा लस्जम्वर्ग, क्लारा जेट्किन, लेनिन, प्लेखानोभ, मार्ताेभ, ट्राटस्की आदि नेताहरू सामेल थिए ।
दोस्रो अन्तर्राष्ट्रिय कालमा मुख्यतः पुँजीवादको साम्राज्यवादमा पतन भएपछिको अवस्थामा खुलेर प्रकट भयो । सन् १८९५ मा फ्रेडरिक एङ्गेल्सको देहावसान भएलगत्तै सन् १८९६ मा एडवर्ड बर्नस्टिन(१८५०–१९३२) ले माक्र्सवाद पुरानो भइसकेको यसलाई फेर्नुपर्छ भन्दै पहिलो पटक अन्तर्राष्ट्रियमा माक्र्सवादका विरुद्ध संशोधन प्रस्ताव राखेर माक्र्सवादमाथि संशोधन गर्ने माग सहित माक्र्सवादमाथि भीषण आक्रमण सुरु भएको थियो । माक्र्सवादमाथि संशोधन गर्ने प्रयास गर्ने व्यक्ति एडवर्ड बर्नस्टिन हुन् । त्यसबेलादेखि माक्र्सवाद र संशोधनवाद बिच भीषण दुईलाइन सङ्घर्ष सञ्चालन हुँदै आइरहेको छ ।
सन् १९०२ मा लेनिनको कीर्ति ‘के गर्ने’ प्रकाशित भयो । उक्त प्रस्तावमा लेनिनले सर्वहारा माक्र्सवादी पार्टीको सिर्जना सम्बन्धी आफ्नो विस्तृत योजना प्रस्तुत गर्नुभएको थियो । त्यतिबेलै लेनिनका विचारमा यस्तो पार्टी वास्तवमा नै एक नयाँ किसिमको क्रान्तिकारी सङ्घर्षशील पार्टी हुनुपर्दछ भन्ने थियो ।
सन् १९०४ मा लेनिन र मार्ताेभ बिचमा पार्टी सङ्गठन निर्माण र परिचालनका विषयमा उत्पन्न दुईलाइन सङ्घर्षले भीषण रूप लियो । पार्टी सङ्गठन र पार्टी सदस्यहरूको अधिकारका बारेमा लेनिनले अघि सार्नुभएको पद्धति र मान्यताहरूलाई मार्ताेभपन्थीहरूले अस्वीकार गरेका थिए । सन् १९०४ मा नै लेनिनले ‘एक पाइला अगाडि दुई पाइला पछाडि’ नामक पुस्तक प्रकाशित गर्नुभयो । यस पुस्तकमा लेनिन पार्टी सङ्गठन र परिचालन एवम् पद्धतिका बारेमा विस्तृत वर्णन गर्नुभएको छ ।
पार्टी सङ्गठनमा सर्वहारावर्गको नेतृत्व हुने कुरामा लेनिनले जोड दिँदै भन्नुभएको थियो– “कम्युनिस्ट पार्टीको सङ्गठन सर्वहाराक्रान्तिमा कम्युनिस्ट नेतृत्वको सङ्गठन हो ।” लेनिनको यो भनाइ कम्युनिस्ट पार्टी सर्वहारावर्गको अग्रदस्ता भएको नाताले विल्कुल सही थियो तर लेनिनका ती प्रस्तावहरूलाई मार्ताेभहरूले स्वीकारेनन् । त्यस्तै जनवादी केन्द्रीयताका बारेमा पनि लेनिनले आफ्नो माक्र्सवादी मान्यताहरूलाई लागु गर्न मार्ताेभपन्थीहरसँग भीषण अन्तरसङ्घर्ष सञ्चालन गर्नुभएको थियो । उहाँको कम्युनिस्ट पार्टीहरू सङ्गठनमा जनवादी केन्द्रीयताको वास्तविक मेल अर्थात् केन्द्रीयता र सर्वहारा जनतन्त्रको सम्मिश्रण हुनुपर्दछ भन्ने भनाइबाट पनि यो कुरा प्रस्ट हुन्छ । साथै, लेनिनले जोड दिँदै भन्नुभएको थियो– “कम्युनिस्ट पार्टीहरूको सङ्ठनमा केन्द्रीयताको अर्थ यस्तो मजबुत नेतृत्वको निर्माण हो, जो युद्धका लागि तयार होस् र साथसाथै आफुलाई हर परिस्थिति अनुकूलतामा ढाल्न सक्षम होस ।” केन्द्रीकृत पार्टी नेतृत्वको बारेमा जोड दिँदै लेनिनले पुनः भन्नुभएको थियो– “कम्युनिस्ट पार्टीले त्यो बेलासम्म आफ्नो कर्तव्य पुरा गर्नेछ, जब त्यो ज्यादै केन्द्रीकृत ढङ्गले सङ्गठित भएको हुन्छ । जब त्यो सैनिक अनुशासनको समान लौह अनुशासन कायम गर्न समर्थ हुन्छ र जब यसको पार्टीको समस्त सदस्यतामा आत्मविश्वास जगाउँदै शक्तिशाली तथा प्राधिकारपूर्ण अङ्ग बनेको हुन्छ ।”
लेनिनले मध्यपन्थी मेन्सेविकहरूसित भीषण विचारधारात्मक सङ्घर्ष गरेर सोभियत कम्युनिस्ट पार्टी ‘बाल्सेभिक’ को निर्माण गर्नु थियो । आन्तरिक पार्टी सङ्घर्षको यस जटिलतम अवस्थामा रुसका बहुसङ्ख्यक पार्टी कमिटीहरूले बोल्सेभिकहरूको साथ दिए । बहुसङ्ख्यक पेशागत क्रान्तिकारीहरूले मजदुर पार्टी सदस्यहरू लेनिनको समर्थन गरे । पार्टीको अत्यधिक बहुमत आफ्नो नेताको वरिपरि गोलबन्द भयो । लेनिनको सैद्धान्तिक एवम् व्यावहारिक क्रियाकलाप, अवसरवाद र संशोधनवादको विरुद्ध उहाँको कठोर सङ्घर्ष, नयाँ किसिमको सर्वहारा पार्टीको गठनका लागि उहाँका प्रयासहरू नयाँ युगको अवस्थामा कार्ल माक्र्स र फ्रेडरिक एङ्गेल्सको शिक्षाको सिर्जनात्मक प्रयोग र विकास यी सबै कुराहरूको माक्र्सवादको विकासमा रुसी र अन्तर्राष्ट्रिय आन्दोलनमा लेनिनवादी अध्यायको सुरुआत गरे र लेनिनवाद आधुनिक युगको माक्र्सवाद बन्यो ।
महान्् लेनिनको समय भनेको कठोर वैचारिक सङ्घर्षको समय थियो । एकातिर दोस्रो अन्तर्राष्ट्रियभित्रका अवसरवादीहरू समाजवादी भडकाउवादीहरू तथा सामाजिक जनवादीहरूका बिचको अन्तरसङ्घर्ष तीब्र बनेको थियो । यो तीब्र अन्तरविरोध वैचारिक सङ्घर्ष नै माक्र्सवादमा लेनिनवादको विकास थियो । अर्काेतिर महान्् लेनिनले पार्टीभित्रका तमाम प्रकारका प्रवृत्तिहरूका विरुद्ध सङ्घर्ष गर्नुपरेको इतिहास स्पष्ट छ । रुसमा समाजवादी क्रान्ति कसरी सम्पन्न गर्ने ? क्रान्तिका रणनीति र कार्यनीतिहरू के हुन सक्छन् ? युद्धको वर्ग चरित्र के हुने ? पार्टी सङ्गठन के हो र सर्वहारावर्गको अग्रदस्ता कसरी अगाडि बढ्न सक्छ ? भन्ने विषयमा व्यापक बहस भएको थियो ।
लेनिनले वामपन्थी अवसरवाद, जुझारु अर्थवाद, अकर्मन्यतावाद, सुधारवाद तथा संशोधनवादका विरुद्ध कडा वैचारिक सङ्घर्ष गर्नुभयो । सामाजिक जनवादीहरूको सामाजिक अहङ्कारवाद, सामाजिक फासीवाद लगायत तमाम प्रकारका प्रवृत्तिसँग सङ्घर्ष गर्नुपरेको थियो । पार्टी र आन्दोलनभित्रको भीषण अन्तरसङ्घर्ष र बुर्जुवावर्गका विरुद्ध मजदुरहरूको भीषण वर्गसङ्घर्षको प्रक्रियामा सन् १९१७ अक्टोबर १५ तारिखका दिन महान्् रुसी अक्टुबर समाजवादी क्रान्ति सम्पन्न भयो । सन् १९१७ अक्टुबर १० तारिखका दिन पार्टी केन्द्रीय समितिले लेनिनद्वारा प्रस्तावित सशस्त्र जनविद्रोहको प्रस्ताव पारित ग¥यो । कामेनेभ र जेनोम्येभले मात्र कायरता देखाएर यस प्रस्तावको विरोध गरे । पार्टी लेनिनद्वारा निर्देशित बाटोमा लग्यो । पार्टीले आफ्नो व्यावहारिक क्रियाकलापको लागि लेनिनद्वारा प्रसतुत प्रस्तावलाई आधार बनायो । त्यसै बैठकमा पार्टीले विद्रोहको नेतृत्व गर्न एक राजनीतिक ब्युरो निर्वाचित ग¥यो र त्यस ब्युरोको अध्यक्ष लेनिन छानिनुभयो । पार्टीभित्र हार खाएपछि कामेनेभ र जेनोयेभले अपूर्व गद्दारी गरेका थिए । उनीहरूले मेन्सेभिकको अखबार ‘नोमयाजिज्म’ मा सशस्त्र विद्रोहको सम्बन्धमा आफ्नो मतभेदबारे वक्तव्य निकाले । शत्रुलाई पार्टीको गुप्त निर्णयबारे जानकारी पाउने मौका दिए । अस्थायी सरकारले सशस्त्र विद्रोह रोक्नका लागि तुरुन्त कदमहरू चाल्न थाल्यो । लेनिनले ठुलो घृणा र रोषपूर्वक गद्दारहरूको भत्र्सना गर्नुभयो । लेनिनले उनीहरूको कडा आलोचना गर्नुभयो र पार्टीबाट निष्काशन गर्ने माग मात्र होइन, ती गद्दारीहरूलाई फासी दिनुपर्छ समेत भन्नुभयो तर पछि ती गद्दारहरूलाई पार्टी काममा पनि लगाउनुभयो । ती गद्दारहरूले गोपनियता भङ्ग गरेकाले लेनिनले १० दिन पहिले २५ अक्टोबरको दिनलाई सशस्त्र विद्रोहको मिति सार्नुभयो । अक्टोबर क्रान्ति ऐतिहासिक रूपले सम्पन्न भयो ।
ट्राटस्की चाहिँ सशस्त्र विद्रोह सम्बन्धी केन्द्रीय समितिको निर्णयको खुला विरोध नगरेर सोभियतहरूको दोस्रो महाधिवेसनसम्म पछि सार्ने कुरामा जोड दिँदै थिए । सोभियतहरूको दोस्रो महाधिवेशन सन् १९१७ अक्टुबर २५ मा सुरु हुनुपर्ने थियो । ट्राटस्कीको त्यो कुरा वास्तवमा विद्रोह असफल तुल्याउने प्रयास मात्र थियो । लेनिनले त्यस दृष्टिकोणको विरुद्ध जोडदार सङ्घर्ष गर्नुभएको थियो र “सोभियतहरूको महाधिवेसन पर्खेर बस्नु या त पुरा बेबकुफी हो, या त पुरा गद्दारी हो” भन्नु भएको थियो ।
पार्टी र आन्दोलनभित्रको भीषण अन्तरसङ्घर्ष र बुर्जुवावर्गका विरुद्ध मजदुरहरूको भीषण वर्गसङ्घर्षको प्रक्रियामा सन् १९१७ अक्टुवर २५ मा महान्् रुसी अक्टुबर समाजवादी क्रान्ति सम्पन्न भयो । आन्दोलनको समयमा जस्तै समाजवादी सत्ताको स्थापना भइसकेपछि कम्युनिस्टहरूको अन्तर्राष्ट्रियहरूको आवश्यकता बढेर गयो । सन् १९१९ मा लेनिनको नेतृत्वमा तेस्रो अन्तर्राष्ट्रियको गठन गरियो । दोस्रो इन्टरनेसनलका नेताहरूले माक्र्सवादी विचारधारालई विकृत पारेका थिए । उनीहरू राज्य व्यवस्थामा सर्वहारा अधिनायकत्वको विरोध गर्थे । लेनिनले बुर्जुवा पिठ्युँहरूको भण्डाफोर गर्नुभयो । अक्टुबर १९१८ मा लेखिएको ‘सर्वहारा क्रान्ति र गद्दार काउत्स्की’ पुस्तकमा उहाँले अवसरवादमाथि कडा प्रहार गर्नुभएको थियो ।
तेस्रो इन्टरनेसनलको प्रथम कङ्ग्रेस भयो । कम्युनिस्ट इन्टरनेसनलको गठन लेनिनवादको महान्तम विजय थियो । कमिन्टर्नको दोस्रो सन् १९२० मा र तेस्रो कङ्ग्रेस १९२१ मा र चौथो कङ्ग्रेस १९२२ मा भएको थियो । लेनिनले यी महत्वपूर्ण कमिसन्हरूमा काम गर्नुभएको थियो । लेनिनले सन् १९२० मा कम्युनिज्ममा ‘वामपन्थवाद एक बाल रोग’ पुस्तक लेख्नुभयो । यस पुस्तकमा लेनिनले बाल्सेभिक पार्टीको निर्माण, विकास सङ्घर्ष र विजयहरूको पुरा इतिहास नै लेख्नुभएको थियो ।
तेस्रो इन्टरनेसनलमा स्वाभाविक रूपमा अन्तरविरोधहरू पैदा भए । सन् १९२१ फेबु्रअरी २७ मा समाजवादी पार्टीको अन्तर्राष्ट्रिय कार्यसमिति गठन गरियो । यो लेनिनको नेतृत्वमा भएको अन्तर्राष्ट्रियको विरुद्ध समाजवादी पार्टीहरूको अन्तर्राष्ट्रिय सङ्गठन थियो ।
तेस्रो अन्तराष्ट्रिय स्तालिनको समयमा केही समय अगाडि बढ्यो तर त्यसले पनि तमाम प्रकारका अन्तरसङ्घर्षको बिचबाट गुज्रन अनिवार्य हुन्थ्यो । कोमिन्टर्न अर्थात् कम्युनिस्ट अन्तर्राष्ट्रियको २२ जुन १९४१ मा विघटन हुन पुग्यो ।
माओकालीन अन्तरसङ्घर्ष
सन् १९२१ मा चिनियाँ कम्युनिस्ट पार्टीको स्थापना भयो । माओ त्से तुङले चिनियाँ कम्युनिस्ट पार्टीको स्थापना भएपछि वाङ मिङ र लिलिसानको उग्रवामपन्थी कार्यदिशा र छन तु स्युको दक्षिणपन्थी कार्यदिशाका विरुद्ध भीषण विचारधारात्मक सङ्घर्ष गर्नुपरेको थियो । चिनियाँ कम्युनिस्ट पार्टीभित्र चलेको दुईलाइन सङ्घर्ष अन्तरसङ्घर्षलाई नयाँ जनवादी क्रान्ति पुरा हुनभन्दा पहिलेको अन्तरसङ्घर्ष नयाँ जनवादी क्रान्ति पुरा भएदेखि महान्् सर्वहारा सांस्कृतिक क्रान्ति सुरु हुनुपूर्वसम्मको अन्तरसङ्घर्ष र सांस्कृतिक क्रान्तिको सुरुदेखि माओको देहावसान हुँदासम्म अर्थात् चीनमा प्रतिक्रान्ति हुँदासम्मको अन्तरसङ्घर्ष गरी प्रमुख रूपमा तीन खण्डमा विभाजन गर्न सकिन्छ । चिनियाँ कम्युनिस्ट पार्टीभित्र चलेको दुईलाइन सङ्घर्षको पचास वर्षको इतिहासमा दसवटा ठुलाठुला अन्तरसङ्घर्ष भीषण रूपमा सञ्चालन गरिएका थिए ।
पहिलो अवधिमा चिनियाँ कम्युनिस्ट पार्टीले विशेषगरी छन तु स्युको दक्षिणपन्थी आत्मसमर्पणवादी र विसर्जनवादी लाइनको विरुद्ध सङ्घर्ष ग¥यो र त्यसलाई सच्चायो तर त्यसै अवधिमा विभिन्न ‘वामपन्थ’ लाइनहरू अघि आए । तिनीहरूमध्ये लिलि शान र वाङ मिङको नेतृत्वमा देखापरेको ‘वामपन्थी’ लाइनमा प्रमुख थिए । सारमा ती दक्षिणपन्थी र वामपन्थी लाइनहरूलाई जनवरी १९३५ मा क्वेइचओ प्रान्तको चुनइमा भएको केन्द्रीय समितिको राजनीतिक ब्युरोको विस्तारित बैठकले सच्यायो । त्यस बैठकले केन्द्रीय नेतृत्वकारी सङ्गठनको बनावटलाई फे¥यो र कमरेड माओत्सेतुङको नेतृत्व कायम ग¥यो र पार्टी कार्यदिशालाई माक्र्सवाद–लेनिनवादको सही बाटोमा ल्यायो । सन् १९४२÷१९४३ मा पार्टी इतिहासबारे कैयौँ बहसहरू सञ्चालन ग¥यो, जसले चीनियाँ कम्युनिस्ट पार्टीको इतिहासमा अभूतपूर्व विचारधारात्मक तथा राजनीतिक एकता स्थापित गर्न योग्य बनायो । १९४५ मा सम्पन्न चिनियाँ कम्युनिस्ट पार्टीको सातौँ राष्ट्रिय महाधिवेशनले माओत्सेतुङ विधारधारालाई पारित गरेर माक्र्सवाद–लेनिनवादको ज्ञानको भण्डारमा थप योगदान गर्ने महत्वपूर्ण योगदान ग¥यो । भीषण वर्गसङ्घर्ष र अन्तरसङ्घर्षको प्रक्रियामा कमरेड माओको नेतृत्वमा सन् १९४९ अक्टुबर १ का दिन चिनियाँ कम्युनिस्ट पार्टीले महान्् चिनियाँ जनवादी क्रान्ति सम्पन्न ग¥यो ।
सन् १९५६ मा चीनमा समाजवाद लागु गरियो । १९५६ मा सम्पन्न चिनियाँ कम्युनिस्ट पार्टीको आठौँ राष्ट्रिय महाधिवेसन ल्यू शाओ चीले पुँजीवादी कार्यदिशा प्रस्तुत ग¥यो भने अध्यक्ष माओले समाजवादी कार्यदिशा पेस गर्नुभयो । यस अवधिमा प्रमुख रूपमा चीनले समाजवादी बाटो अपनाउने कि पुँजीवादी बाटोमै अघि बढ्ने भन्ने कुरामा दुईलाइन सङ्घर्ष चल्यो र यस सङ्घर्षमा माओ दृढतापूर्वक समाजवादको पक्षमा उभिनुभयो भने संशोधनवादको एजेन्ट ल्यू शाओ ची पुँजीवादी लाइनको पक्षमा भयो र ऊ पराजित भयो । यसरी ल्यू शाओ चीको पुँजीवादी लाइनमाथि राजनीतिक रूपमा चिनियाँ कम्युनिस्ट पार्टीले विजय प्राप्त गरे पनि राज्यको उपरिसंरचनामा र संस्कृतिका हरेक क्षेत्रमा घुस्न सफल बुर्जुवा क्यारियरिस्टहरू र पुँजीवादका एजेन्टहरू समग्रतामा पराजित भएका थिएनन् ।
चीनमा सर्वहारावर्गको नेतृत्वमा सञ्चालित सत्तालाई ध्वंस गरी पुँजीवादी सत्ता पुनस्र्थापना गर्न आन्तरिक र बाह््य दुवैतिरबाट आक्रमण भइरहेको थियो । आन्तरिक रूपमा पार्टी र सत्ताभित्र वर्गको अधिनायकत्व कार्यान्वयन र समाजवाद निर्माण हुन नदिन तथा पुँजीवाद पुनस्र्थापना गर्न भरमग्दूर प्रयत्न गरिरहेका थिए । त्यसैले माओको नेतृत्वमा चिनियाँ कम्युनिस्ट पार्टीले संसारलाई हल्लाइदिने महान्् सर्वहारा सांस्कृतिक क्रान्तिको सुरुआत गर्नुपरेको थियो । यो स्थितिमा महान्् सर्वहारा सांस्कृतिक क्रान्तिको औचित्यमाथि प्रकाश पार्दै कमरेड माओत्सेतुङले भन्नुभएको थियो– “अहिले चलिरहेको महान्् सर्वहारा सांस्कृतिक क्रान्ति पुँजीवादी पुनस्र्थापनालाई रोक्न, सर्वहारावर्गको अधिनायकत्वलाई सुदृढ गर्न र समाजवादको निर्माण गर्न नितान्त आवश्यक र ज्यादै समय सान्दर्भिक छ ।”
चिनियाँ कम्युनिस्ट पार्टीको आठौँ केन्द्रीय कमिटीको ११औँ पूर्ण बैठकले सन्, १९६६ अगस्ट ८ मा महान्् सर्वहारा सांस्कृतिक क्रान्ति सम्बन्धी १६ बुँदे निर्णय पारित ग¥यो । उक्त निर्णय वास्तवमा महान्् सर्वहारा सांस्कृतिक क्रान्तिको घोषणापत्र नै हो । त्यसमा यसरी संश्लेषण गरिएको छ– तमाम मिहिनेतहरू जनतालाई जागृत गरेर मात्र पुँजीवादी पुनस्र्थापनालाई रोक्न सकिन्छ भन्ने हेतुले माओको नेतृत्वमा सर्वहारा सांस्कृतिक क्रान्ति अघि बढ्यो । लाखौँलाख जनता मैदानमा उत्रन थाले । पुँजीवादी दृष्टिकोण बोकेका पार्टीका उच्चतहमा बसेका व्यक्तिहरू र राज्यका विभिन्न तहमा रहेका अधिकारीहरूको विरुद्धमा जनताले खुलेआम आलोचना गर्न थाले । माओले “बुर्जुवा हेडक्बार्टरमा बम बर्षाऊ” भनेर आह्वान गर्नुभयो । जताततै लालरक्षकहरू गठन हुन थाले । पुँजीवादी मार्ग अपनाएर पार्टी र सरकारमा बसेका उच्च पदस्थ व्यक्तिहरूलाई पुनर्संस्कार गर्न लालरक्षकहरूले आमजनतालाई ब्युँझाउन मद्दत पु¥याए । त्यस्ता पुँजीवादी मार्ग अपनाएका व्यक्तिहरूलाई आमजनताले आलोचना र भण्डाफोर गर्न थाले । सुध्रिन नचाहने वा समाजवादी मार्ग हिँड्न नचाहने पार्टीका नेता तथा सरकारका कर्मयायीहरूलाई स्वयम् जनता जागृत भएर नसियत दिए, पदबाट बर्खास्त समेत गरे । ल्यू शोओ ची र देङ्ग शाओ पिङले लगातार आफ्नो गैर–क्रान्तिकारी तथा संशोधनवादी नीति अगाडि बढाइरहेको हुँदा सन् १९६८ अक्टुबरमा सम्पन्न आठौँ केन्द्रीय कमिटीको १२ औँ पूर्ण बैठकबाट उनीहरू दुवैजनालाई पार्टी र सरकारका सबै पदबाट बर्खास्त गरिएको थियो ।
सन् १९६९ अप्रिलमा सम्पन्न चिनियाँ कम्युनिस्ट पार्टीको नवौँ राष्ट्रिय महाधिवेशनले तीस बर्से महान्् सर्वहारा सांस्कृतिक क्रान्तिको उच्च मूल्याङ्कन गर्दै, त्यसको शिरालाई अझ जोडजार रूपमा पक्रनुपर्ने ठेगना गरेको थियो । प्रतिक्रान्तिकारी लिन पियाओले माओको विश्वासपात्रको अभिनय गरी नेतृत्व कब्जा गर्ने कू–आकाङ्क्षा राखेको थियो । ऊ नवौँ महाधिवेशनबाट उपाध्यक्ष बन्न पुग्यो । उसले माओको हत्या गरी सत्ता कब्जा गर्ने षड्यन्त्र बनायो । षड्यन्त्रको पोल खुलेपछि भाग्नेक्रममा जहाज दुर्घटना भई उसको मृत्यु भयो । सन् १९७६ सेप्टेम्बर ९ मा माओत्सेतुङको मृत्यु भयो । माओको मृत्यु भएको एक महिना बित्न नपाउँदै अक्टुबरमा चीनमा प्रतिक्रान्ति भयो । दक्षिणपन्थी संशोधनवादीहरूले सत्ता कब्जा गरे । प्रतिक्रान्तिपछि चीन निरन्तर पुँजीवादको मार्गमा अघि बढिरहेको छ । चीनको पछिल्लो स्थितिलाई हेर्दा माओको नेतृत्वमा सञ्चालित महान्् सर्वहारा सांस्कृतिक क्रान्ति पुँजीवादी पुनस्र्थापना रोक्न र समाजवाद निर्माण गर्न चालिएको आवश्यक कदम थियो भन्ने कुरा प्रस्ट हुन्छ । महान्् सर्वहारा सांस्कृतिक क्रान्तिले चिनियाँ जनताको बिचमा व्यापक जागरण पैदा ग¥यो । शिक्षाको क्षेत्रमा पनि अत्यन्तै जागरण पैदा ग¥यो र सर्वहाराक्रान्ति पार्टीभित्र र समाजवादी सत्ताभित्र घुस्न सफल भएका र उच्च पद सम्हाल्न पुगेको दक्षिणपन्थी अवसरवाद र संशोधनवादीहरूलाई जनताले नङ्ग्याउने ठुलो हतियार बन्यो । प्रतिक्रान्तिलाई रोक्न यो निरन्तर क्रान्तिको सिद्धान्त थियो ।
बाह््य रूपमा स्तालिनको मृत्यु पश्चात् सन् १९५६ मा सोभियत रुसमा खु्रश्चोभले नवसंशोधनवादी कदम चाल्यो । त्यसको विरुद्ध माओत्सेतुङको नेतृत्वमा तत्कालै विरोध भयो र खु्रश्चोभी आधुनिक संशोधनवादका विरुद्ध अन्तर्राष्ट्रिय विश्व सर्वहारावर्गलाई महान्् बहस चलाउन आह्वान ग¥यो । माओत्सेतुङले कडा रूपमा खु्रश्चोभी नव–संशोधनवादको खिल्ली उडाउनुभयो र विश्व सर्वहारावर्गलाई समयमै सचेत तुल्याउनुभयो ।
संशोधनवादीहरूले क्रान्तिकारीहरूलाई फुटवादी, जडसूत्रवादी र उग्रवामपन्थी जस्ता आरोपहरू पनि लगाउँदै आएका छन् । फुटवाद र फुटपरस्त हुनुको अर्थ के हो ? चीनको कम्युनिस्ट पार्टी भन्छ,– “त्यसको अर्थ माक्र्सवाद लेनिनवादबाट फुट हो । माक्र्सवाद–लेनिनवादको विरोध गर्ने, त्यसप्रति विश्वासघात गर्ने तथा सर्वहारा एकतालाई हानी पु¥याउने तत्व फुटपरस्त हो । त्यसको अर्थ क्रान्तिकारी सर्वहारावर्गीय पार्टीबाट फुट हो । संशोधनवादी कार्यदिशामा अडिरहेको र क्रान्तिकारी सर्वहारा पार्टीलाई सुधारवादी पुँजीवादी पार्टीमा बदलिने जुनसुकै तत्व पनि फुटपरस्त हो ।”
फुटपरस्त के हो भन्ने विषयमा मोहन वैद्य ‘किरण’ भन्नुहुन्छ – “वस्तुतः फुटपरस्त तत्व तिनै हुन् जसले माक्र्सवाद–लेनिनवाद–मोओवादी तथा सर्वहारावादी कार्यदिशाको परित्याग गरी संशोधनवादको बाटो पकड्छ र क्रान्तिप्रति गम्भीर विश्वासघात गर्दछन् । क्रान्तिकारीहरू यस प्रकारका फुटपरस्त तत्वहरूप्रति सतर्क रहन जरुरी छ ।”
माक्र्सवादका केही गद्दार अनुहारहरू
माक्र्सवादको उदयले विश्व मानव समाजमा ठुलो क्रान्ति ल्यायो र हलचल नै पैदा गरिदियो तर माक्र्सवादको जन्मसँगै यसको विरोधी धारा दक्षिणपन्थी संशोधनवादको पनि जन्म र विकास भयो । माक्र्सवादको जुन लेनिनवाद र माओवादमा विकास हुन पुग्यो । त्यसैगरी संशोधनवादले पनि शास्त्रीय संशोधनवाद, आधुनिक संशोधनवाद र प्रतिक्रियवादमा गुणात्मक रूपमा विकास गर्न पुग्यो । संशोधनवादको स्रोत साम्राज्यवाद, पुँजीवाद र निम्न पुँजीवाद हो । यसलाई लेनिनले अन्तर्राष्ट्रिय परिघटनाको रूपमा संंश्लेषण गर्नुभएको छ । यस लेखमा पहिले माक्र्सवादी बनेर माक्र्सवादी धाराभित्र घुसेका र पछि संशोधनवादी बनेर माक्र्सवादका कट्टर हिमायती मात्र होइन प्रतिक्रियावादमा पतन भइसकेका प्रुधोँदेखि लिएर ल्युशाओ ची, देङ शाओपिङसम्मका संशोधनवादी गद्दारहरूको बारेमा सामान्य जानकारी गराउने प्रयत्न गरिएको छ ः
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment