Wednesday, March 20, 2013

दुई लाइन सङ्घर्षबारे


“पार्टीभित्र विभिन्न किसिमका विचारहरूका बीच विरोध र सङ्घर्ष निरन्तर चलिरहन्छ, यो समाजमा भएका वर्ग अन्तरविरोध र नयाँ तथा पुरानाकाबीचको अन्तरविरोधको पार्टीभित्र पर्ने प्रतिबिम्ब हो । पार्टीभित्र अन्तरविरोध रहेनन् भने र तिनलाई समाधान गर्न विचारधारात्मक सङ्घर्ष भएनन् भने पार्टीको जीवनको अन्त्य हुनेछ ।”
    – माओ त्सेतुङ

    हाम्रो पार्टीभित्र महान्् बहस र दुईलाइन सङ्घर्ष संचालन भइरहेको वर्तमान परिस्थितिमा पार्टी फुटको व्यापक हल्लाको हौवा खडा गरेर क्रान्तिप्रति इमान्दार नेता, कार्यकर्ता, सहिद परिवार, बेपत्ता परिवार, अपाङ्ग तथा आम जनसमुदायलाई निरासा तुल्याउने र देशी–विदेशी प्रतिक्रियावादी तथा प्रतिक्रान्तिकारीहरू र क्रान्तिविरोधी शक्तिहरूलाई खुसी तुल्याउन जुन हर्कतहरू भइरहेका छन् । यस परिप्रेक्षमा विश्व सर्वहारावर्गका महान्् नेता तथा चिनीयाँ कम्युनिस्ट पार्टीका शिक्षाध्यक्ष कमरेड माओत्सेतुङको माथिको भनाइबाट शिक्षा प्रदान ग्रहण गर्न आवश्यक हुन्छ ।
    कम्युनिस्ट पार्टी विपरीतहरूको एकत्व हो । एउटा क्रान्तिकारी कम्युनिस्ट पार्टीभित्र दर्शन, विचार र सिद्धान्तलाई हेर्ने, बुझ्ने, व्याख्या गर्ने, संश्लेषण गर्ने, क्रान्तिलाई अगाडि सवालमा विभिन्न विचार र दृष्टिकोण राख्नेहरूका बीचमा सङ्घर्ष एकता अनि रूपान्तरण प्रक्रिया निरन्तर चलिरहेको छ र यसले पार्टीलाई गतिशील र क्रान्तिकारी बनाइराखेको हुन्छ । पार्टीभित्र नयाँ र पुराना नेता र कार्यकर्ताहरूका बीचमा, काम गर्ने नगर्नेहरूका बीचमा, समाजलाई हेर्ने र त्यसलाई बदल्ने विचारका बीचमा अनतरसङ्घर्ष वा द्वन्द्व चलिरहेको छ । एउटा क्रान्तिकारी पार्टीभित्र यस किसिमको अन्तरविरोध पैदा हुनु स्वाभाविक मात्र होइन अनिवार्य हुन्छ । यस विचारधारात्मक अन्तरसङ्घर्ष भनिन्छ । कमरेड भन्ठानेकै शब्दमा “विचारधारात्मक सङ्घर्ष भएनन् भने पार्टीको जीवनको अन्त्य हुनेछ ।” द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादका आधारमा क. माओको यो भनाइ सतप्रतिशत सही छ । अतः यसले नै क्रान्तिकारी पार्टी निर्माण गर्न मद्दत गर्दछ । यस विषयमा कमरेड मोहन वैद्य किरणले लेख्नुहुन्छ – कम्युनिस्ट पार्टी भनेको विपरीतहरूको एकत्व हो । पार्टीभित्र चल्ने दुई लाइन सङ्घर्षबाट पार्टीलाई नयाँ ढङ्गको कम्युनिस्ट पार्टी बनाउनका लागि आवश्यक मद्दत पुग्दछ । पार्टीलाई क्रान्तिकारी बनाई राख्नका लागि माक्र्सवाद–लेनिनवाद, माओवादको सैद्धान्तिक पथप्रर्दशन र क्रान्तिकारी कार्यदिशा, सांगठनिक सिद्धान्त तथा कार्यशैलीको अवलम्बन गर्न अनिवार्य रूपमा आवश्यक हुन्छ ।
    अन्तःसङ्घर्ष वा दुईलाइन सङ्घर्ष क्रान्तिकारी कम्युनिस्ट पार्टीको जीवन हो । अन्तःसङ्घर्ष वा दुईलाइन सङ्घर्षका बीचबाट नयाँ ढंगको कम्युनिस्ट पार्टीको निर्माण हुन्छ । कम्युनिस्ट पार्टीभित्र दुईलाईन सङ्घर्ष विभिन्न रूपमा चल्ने गर्दछ । कुनै अवस्थामा दुई लाइन सङ्घर्ष एउटा सुरुआत लाइन बनेर र कहिले कुनै खास खास विषयमा अभिव्यक्त भएर प्रकट हुन्छ । दुई लाईन सङ्घर्षलाई मैत्रीपूर्ण ढङ्गले सञ्चालन गर्नुपर्दछ । –मोहन वैद्य किरण, माक्र्सवादी दर्शन, प्रगतिशील अध्यापन केन्द्र काठमाडौँ, पृष्ठ ४१४ । क. किरणको यो भनाइ बिल्कुलै सही छ ।
    एकीकृत नेकपा (माओवादी) माक्र्सवाद–लेनिनवाद– माओवादको पथप्रदर्शक निर्देशनमा संचालित क्रान्तिकारी पार्टी हो । यस पार्टीले महान्् दश वर्ष जनयुद्ध कुशलतापूर्वक संचालन गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगत्मा समेत आफ्नो गौरवशाली इतिहास निर्माण गरिसकेको छ । मुलुकै सबैभन्दा ठूलो राजनीतिक दल र नेपाली कम्युनिस्ट आन्दोलनको सबैभन्दा ठूलो कम्युनिस्ट पार्टी र क्रान्तिकारी धाराको नेतृत्व गरिरहेको एकीकृत माओवादी पार्टी अहिले शान्ति प्रक्रियामार्फत– सामन्तवाद – साम्राज्यवाद विरोधी सारतत्व बोकेको जनताको संघीय गणतन्त्रात्मक संविधान निर्माण गरेर नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने एउटा ऐतिहासिक मोडमा आइपुगेको एउटा क्रान्तिकारी पार्टी हो । नेपाली सर्वहारा वर्गको अग्रदस्ता भएकै नेपाली नाताले नेपाली क्रान्तिको ऐतिहासिक कार्यभार पूरा गर्ने दायित्व पनि नेपाली जनताले यही पार्टीलाई सुम्पेका छन् ।
    एकीकृत माओवादी पार्टी गतिशील र क्रान्तिकारी पार्टी भएको कारण यस पार्टीभित्र अन्तरसङ्घर्ष र अन्तरद्वन्द चल्नु द्वन्द्वात्मक एवम् ऐतिहासिक भौतिकवादको नियमानुसार आवश्यक मात्र होइन अनिवार्य हुन्छ नै । दश वर्षे जनयुद्ध संचालन गर्नुभन्दा पहिले पनि र जनयुद्धकै प्रक्रियाभित्रमा पनि यस पार्टीभित्र महान्् बहस र दुई लाइन सङ्घर्ष वा अन्तर सङ्घर्ष संचालन हुँदै आएको इतिहास छ । २०४८ साल एउटा महाधिवेशनको बेला, २०५१ को तेस्रो विस्तारित बैठकका क्रममा, २०५५ कै नेतृत्व केन्द्रीकरण सम्बन्धी विवादका क्रममा, २०५७ को दोस्रो राष्ट्रिय सम्मेलनका क्रममा र २०६२ चुनाव असोजमा सम्पन्न चुनावाङ बैठकका क्रममा समेत महान्् बहस र दुईलाइन सङ्घर्ष संचालन गरिएका थिए । ती सबै दुई लाइनको सिद्धान्तमा आधारित रहेर हल गर्दै अगाडि बढेको थियो ।
    पार्टीले शान्ति प्रक्रियामा प्रवेश गरिसकेपछि खासगरी संविधानसभाको पहिलो बैठकबाट २४० वर्ष सामन्ती राजतन्त्रलाई अन्त्य गरे । गणतन्त्रको घोषणा भएपछि २०६५ मंसिरमा सम्पन्न खरिपाटीमा सम्पन्न राष्ट्रिय सम्मेलनसम्म आइपुग्दा तात्कालीन कार्यनीति निक्र्यौल गर्ने सवालमा क. किरणले प्रस्तुत गर्नुभएको जनताको संघीय गणतन्त्रात्मक संविधान बनाउने कि चुनवाङ बैठकले तय गरेको लोकतान्त्रिक गणतन्त्रको कार्यनीतिका बीच भीषण दुईलाइन सङ्घर्ष संचालन भएको थियो । उक्त राष्ट्रिय कार्यकर्ता भेलाले क. किरणले प्रस्तुत गर्नको भएको जनताको संघीय गणतन्त्रात्मक संविधान निर्माण गरी नयाँ जनवादी क्रान्ति सम्पन्न गर्न अघि बढ्नुपर्ने लाइन एकमतले पारित गरेको थियो । यसलाई कार्यान्वयन गर्ने सवालमा २०६६ साउन सम्पन्न असाधारण अवस्थामा आयोजित भएको असाधारण बैठकले यदि देशी–विदेशी प्रतिक्रियावादी शक्तिहरूले जनताको संघीय गणतन्त्रात्मक संविधान अर्थात् जनसंविधान बनाउन दिएन र यसमा षड्यन्त्र भएमा जनविद्रोहमार्फत नेपाली क्रान्ति सम्पन्न गर्ने भन्ने कार्यदिशा पारित गरेको थियो र नेपाली क्रान्तिका चार आधार र तयार चार तयारी पूरा गर्ने उद्देश्यले तेस्रो जनआन्दोलनको संचालन पनि गरेको थियो ।
    सबैलाई थाह भइसकेकै कुरा हो– २०६७ मंसीर ५ – ११ मा पालुङटारमा सम्पन्न पार्टीको छैठौं विस्तारित बैठकसम्म आइपुग्दा हाम्रो पार्टीका वरिष्ठ उपाध्यक्ष मोहन वैद्य किरणले अघि सार्दै आउनुभएको जनविद्रोहको कार्यदिशाका सन्दर्भमा पार्टीभित्र अन्तरविरोध चर्किएको थियो । भीषण दुईलाइन सङ्घर्ष संचालन गरिएको थियो । पालुङटारमा आयोजित उक्त विस्तारित बैठकमा पार्टीले जनवादी वातवारणमा महान्् बहस सञ्चालन गरेको थियो । २१ औं शताब्दीको आजको युगमा नेपालको कम्युनिस्ट आन्दोलनको इतिहासमात्रै नभएर विश्वकै कम्युनिस्ट आन्दोलनको इतिहासमै अत्यन्तै उत्कृष्ट र गौरवशाली बहस संचालन भएको थियो र संसारकै जनताको ध्यान एमाओवादीको पालुङटार विस्तारित बैठकमा केन्द्रीकृत हुन पुगेको कुरा अहिलेसम्म ताजै छ । त्यतिबेला पनि एकीकृत माओवादी फुटेर टुक्राटुक्रा हुँदैछ भनेर व्यापक प्रचार अभियान नै चलाइएको कुरा कतै लुकाइएको छैन । तर पार्टी फुटको सट्टा एकजुट भयो । क. किरणले भन्नु भएझैं दुईलाइन संघषले झनै पार्टी विचारधारात्मक रूपले र सङ्गठनात्मक रूपले समृद्धशाली र एकताबद्ध भएर बाहिर आयो । पार्टी फुट्छ भनेर हल्ला गर्नेहरूले चीत खाए त्यतिबेला । त्यसपछि बसेको पार्टीको केन्द्रीय बमोजिम जनविद्रोहको कार्यदिशालाई बहुमतले पारित ग¥यो । तर पार्टीका उपाध्याक्ष डा. बाबुराम भट्टराईले भने नोट अफ डिसेन्ट लेखेर असहमति जाहेर गर्नुभयो । तर गत जेठमा पहिलो हप्ता सम्पन्न पार्टीको केन्द्रीय समितिको बैठकको बहुमतले जनविद्रोहको कार्यनीतिक कार्यदिशालाई स्थगित गरी शान्ति संविधानको कार्य दिशा–पारित गरेपछि पार्टीले आत्मसमर्पणवादी बाटो पक्रेको भन्दै वरिष्ठ उपाध्यक्ष मोहन वैद्य किरणले त्यस निर्णयप्रति नोट अफ डिसेन्ट लेखेपछि पार्टीभित्र दुईलाई सङ्घर्ष उत्कर्षमा पुग्यो । पार्टी नेतृत्वले शान्ति र संविधानका विषयमा, सेना समायोजनका सवालमा, बहुमत आधारमा निर्णय गर्दै अघि बढेपछि किरणहरूले नोट अफ डिसेन्ट लेख्दै अघि बढे पछि पार्टीभित्रको अन्तरसङ्घर्ष अघि चर्केर गयो ।
    पार्टीभित्र क्रान्तिकारी–माक्र्सवाद र संशोधनवादका बीच चल्ने विचारधारात्मक सङ्घर्षलाई दुईलाइन सङ्घर्ष भनिन्छ । यस विषयमा क. मोहन वैद किरण यसरी लेख्नु हुन्छ “माक्र्सवादी र अवसरवादी कार्यदिशाबीचको वीचको सङ्घर्षलाई दुई लाइन सङ्घर्ष भनिन्छ । कम्युनिस्ट पार्टीभित्र दुई लाइन सङ्घर्ष लगातार चलिरहन्छ । यो वर्ग समाजमा चल्ने वर्गसङ्घर्षको प्रतिबिम्ब हो ।” – मोहन वैद्य किरण, माक्र्सवादी दर्शन, पृष्ठ ४१७, प्रगतिशील अध्ययन केन्द्र, काठमाडौँ । कमरेड किरणको यो भनाइ एकदमै सही छ । अहिले हाम्रो पार्टीभित्र माक्र्सवाद र अवसरवादका बीच, शान्ति र संविधान, जनविद्रोहका कार्यदिशाबीच, पार्टीभित्रका नयाँ र पुरानाकाबीच, क्रान्तिकारी र अवसरवादीहरूको बीच भीषण दुईलाइन सङ्घर्ष संचालन भइरहेको छ । एमाओवादी पार्टीभित्र संचालन भइरहेको यो दुईलाइन सङ्घर्षलाई विविध तरिकाले बुभ्mने र व्याख्या गर्ने यो संसारमा ठूलै जमात छ । पुँजीवाद पन्थी एवम् संशोधनवादीहरूले यसलाई माओवादी पार्टीभित्रको झगडाको संज्ञा दिइरहेका छन् । पार्टीभित्रको केही अवसरवादी तत्वहरूले यसलाई गुटगत गतिविधिको संज्ञा दिएका छन् । यो सबै गैरमाक्र्सवादी चिन्तन र प्रवृतिहरू नै हुन् । तर वास्तवमा पार्टी पार्टीभित्र यतिबेला भीषण विचारधारात्मक दुईलाइन सङ्घर्ष संचालन भइरहेको छ ।
    पार्टीले समयमा नै यस विचारधारात्मक रूपमा दुई लाइन सङ्घर्ष संचालन गर्ने विधिभित्र राखेर पद्धतिसंगत ढंगले सञ्चालन गरेको भए र पार्टीको माघको पहिलो हप्ता बसेको केन्द्रीय कमिटीको बैठकले तय गरेको ५ बुँदे आचारसंहिता बमोजिम अन्तरविरोधहरू हल गर्ने पद्धति नअपनाएकै कारण पार्टीभित्रको विचारधारात्मक विवाद बाहिर आउँदा दुईलाइन सङ्घर्ष सम्बन्धी कुरालाई नबुझेका अन्य अवसरवादी तत्वहरूलाई भने एमाओवादी पार्टीभित्र गुट उपगुटहरू उत्पन्न भइरहेका छन् , अब किरण समूहले छिटै पार्टीलाई फुटाल्दैछन् भन्ने हल्ला मच्चाएर क्रान्तिकारी पार्टी नेता कार्यकर्ता, सहिद परिवार, बेपत्ता परिवार, अपाङ्गहरू र आम जनता निरासा बनाउने र उत्तेजित गराउनेसम्मका हर्कर्तहरू गरिँदैछ । क्रान्तिकारीहरू कहिल्यै पनि पार्टी फुटको पक्षमा हुँदैनन् । पार्टीभित्रका अवसरवादी र संशोधनवादीहरू नै पार्टी फुटको पक्षमा रहेका हुन्छन् ।
    पार्टीभित्र फुटपरास्त हुनुको अर्थ के हो ? र फुटपरास्त को हुन्छ भन्ने विषयमा चीनीयाँ कम्युनिस्ट पार्टीले यसो भनेको छ – “त्यसको अर्थ माक्र्सवाद –लेलिनवादबाट फुट हो । माक्र्सवाद–लेलिनवादको विरोध गर्ने, त्यसप्रति विश्वासघात गर्ने, तथा सर्वहारा एकतालाई हानी नोक्सानी पु¥याउने तत्व पट पारित हो ।
    त्यसको अर्थ क्रान्तिको सर्वहारावर्गीय पार्टीबाट फुट हो । संशोधनवादी कार्यदिशामा अडिरहेका र क्रानितकारी –सर्वहारा पार्टीलाई सुधारवादी पुँजीवादी पार्टीमा बदल्ने जनुसुकै तत्व पनि फुट परस्त हो । ” महान् बहस, पृष्ठ १९६, सह सह्राब्दी प्रकाशन प्रा.लि. २०६१ । क्रान्तिकारी जनविद्रोहको कार्यदिशा अवसरवादी कार्यदिशाको विरुद्ध पार्टीभित्र दुईलाइन सङ्घर्ष संचालन गरिरहेका किरण समुह फुट परस्त को हो को हो भन्ने बारे चीनीयाँ कम्युनिस्ट पार्टीको उक्त भनाइले प्रष्ट पारिदिएको छ ।
    यस विषयमा क. मोहन वैद्य किरण अगाडि लेख्नु हुन्छ, “पार्टीभित्र गुटवाद र फुटवादका समस्या पैदा हुने गर्दछन् । गुटवादी तथा फुटवादीहरूले कम्युनिस्ट पार्टीभित्र चल्ने दुईलाइन सङ्घर्षलाई अस्वस्थ्य रूप दिने कोसिस गर्दछन् । यसको विरुद्ध सङ्घर्ष गर्दै क्रान्तिकारीहरूले दुईलाइन संघषलाई स्वस्थ रूपमा संचालन गर्नु पर्दछ । एकता र सङ्घर्षबाट फुटतर्फ होइन मुख्यतः क्रान्तिकारी रूपान्तरण र नयाँ आधारमा नयाँ एकताको निर्माणमा जोड दिनु पर्दछ । हामीले फुटवाद र गुटवादका विरुद्ध निरन्तर सङ्घर्ष चलाउनु पर्दछ । जसले पार्टीमा क्रान्तिकारी सिद्धान्त राजनीतिको परित्याग गर्दछ त्यही नै वास्तविक अर्थमा फुटवादी हो ।” मोहन वैद्य किरण माक्र्सवादी दर्शन पेज – ४१९, प्रगतिशील अध्ययन केन्द्र, काठमाडौँ ।
    अहिले हाम्रो पार्टीभित्र आर्थिक तथा सांस्कृतिक बिचलनहरू भइरहेका छन् । पार्टीभित्र अवसरवाद हावा भइरहेको छ । पार्टीले निर्णय गरिसकेको कुरा हो, पार्टीभित्र वर्ग उत्थान भएको छ । पार्टीभित्र अनुसन्धानहीनता र दण्डहीनताले प्रोत्साहन पाइरहेका छन् । पार्टीभित्र सर्वहारा संस्कृतिक क्रान्ति सञ्चालन गर्नुपर्ने जरुरी भइरहेको छ । आज आएर महान्् दस वर्षे जनयुद्धको वीरासत र सौर्यको पुनः संश्लेषण गरर ती जनयुद्धको मूल्य, मान्यता र आदर्शरुलाई पुनःस्थापित गर्न जरुरी छ । यिनै विविधप्रकारका विचार र व्यवहारका बीचमा यतिबेला पार्टीभित्र दुई लाइन सङ्घर्ष सञ्चालन भयरहेका छन् । पार्टीले विधिवत् रूपले दुईलाइन सङ्घर्षलाई सञ्चालन गर्ने विधि र पद्धति नअपनाएकै कारण यो अलि अराजक, गुटगत अनुसनात्मक तरकाले तत्तरूपमा पनि पुगेको छ । यसले पार्टीको क्रान्तिकारी छविमाथि हावा बोलिरहेको छ ।
    अब पार्टीले चालु दुई लाइन सङ्घर्षलाई विधिवत्रूपले सञ्चालन गर्ने र एउटा फोरमा लगेर तुरुन्त टुङ्गो लगाउने गरी एउटा वैज्ञानिक विधि तय गर्न आवश्यक छ । अहिले पार्टीले खुल्ला परिवेशमा वर्गसङ्घर्ष र अन्तरसङ्घर्षलाई साथसाथै अगाडि बढाइरहेका हुनाले, आम पार्टी कार्यकर्ता र जनताले समेत पार्टीलाई सच्याएर क्रान्तिकारी रूपमा रूपान्तरण गर्नका लागि पार्टीभित्र विविध विचार र राजनीतिलाई खुल्ला रूपमा जनतामा पुग्ने गरी एउटा निश्चित विधि तय गर्न आवश्यक छ । हामीले क. माओले चीनमा सञ्चालन गर्नुभएको महान्् सर्वहारा सांस्कृतिक क्रान्तिको एउटा उदाहरण यहाँ हस्तान्तरण यहाँ दृष्टान्तका रूपमा प्रस्तुत गर्दा उपर्युक्त नै हुन्छ । जस्तो कि चीनीया कम्युनिस्ट पार्टीको आठौँ केन्द्रीय कमिटीको ११ औँ पूर्ण बैठकले सन् १९६६ अगस्त ८ मा महान्् सर्वहारा सांस्कृतिक क्रान्तिसम्बन्धी १६ बुँदे निर्णय पारित ग¥यो । वास्तवमा उक्त निर्णयलाई महान्् सर्वहारा सांस्कृतिक क्रान्तिको घोषणापत्र भनिएको छ र त्यसमा संश्लेषण गरिएको छ – “तमाम मेहनतकस जनतालाई जागृत मात्र पुँजीवादी पुनस्थापनलाई रोक्न सकिन्छ भन्ने हेतुले माओको नेतृत्वमा सर्वहारा सांस्कृतिक क्रान्ति अगाडि बढ्यो । लाखौँलाख जनताहरू मैदानमा उत्रन थाले । पुँजीवादी दृष्टिकोण बोकेका पार्टीका उच्च तहमा बसेका व्यक्तिहरू र राज्यको विभिन्न तहमा रहेका अधिकारीहरूको विरुद्धमा जनताले खुलेआम आलोचना गर्न थाले । माओले “बुर्जुवा हेडक्बाटरमा बमवाडी गर” भनेर आवह्वान गर्नु भयो । जताततै लालरक्षकहरू गठन हुन थाले । पुँजीवादी मार्ग अपनाएर पार्टी र सरकारमा बसेका उच्च पदस्थ व्यक्तिहरूलाई पुनर्संकार गर्न लालरक्षकहरूले आमजनतालाई ब्युँझाउन मद्दत पु¥याए । त्यस्ता पुँजीवादी मार्ग अपनाएका व्यक्तिहरूलाई आमजनताले आलोचना र भण्डाफोर गन थाले । सुध्रिन नचाहने वा समाजवादी मार्गमा हिँड्न नचाहने पार्टीका नेता तथा सरकारका कर्मचारीहरूलाई स्वयं जनता जगाृत भएर नसिहत दिए, पदबाट बर्खास्त समेत गरे । ल्यु साओ ची र देङ साओ पिङले लगातार आफ्नो गैर क्रान्तिकारी संशोधनवादी नीति अगाडि बढाएको हुँदा सन् १९६८ अक्टुबरमा सपन्न आठौँ केन्द्रीय कमिटीको १२औँ पूर्ण बैठकबाट उनीहरू दुवैजनालाई पार्टी र सरकारका सबै पदबाट बर्खास्त गरिएको थियो । ” महान्् सर्वहारा सांस्कृतिक क्रान्तिका दस्तावेजहरू पृष्ठ १०, जनस्रष्टा प्रकाशन गृह ।
    अतः कमरेड किरणले पार्टीभित्र सञ्चालन गरिरहनुभएको दुई लाइन सङ्घर्ष पार्टीलाई फुटाउनका निम्ति होइन कि पार्टीभित्र मौलाउँदै गएको अवसरवादी कार्यदिशाका विरुद्ध विचारधारात्मक सङ्घर्ष हो । पार्टीलाई रूपान्तरण गरेर मालेमाको सिद्धान्त अनुरूपको नयाँ किसिमको क्रान्तिकारी पार्टी निर्माण गर्नका लागि क. किरणले यो कदम चाल्नुभएको हो । त्यसैले क. किरणले अघि सार्नुभएको जनविद्रोहको कार्यदिशाको रक्षा र विकास गर्नु आज हाम्रो पार्टीभित्र रहेका सम्पूर्ण क्रान्तिकारी नेता, कार्यकर्ताहरू, सहिद परिवार, बेपत्ता परिवार, अपाङ्गहरू र आमजनताको महत्वपूर्ण दायित्व बन्न गएको छ ।

No comments:

Post a Comment