Friday, March 22, 2013

५. माओत्सेतुङ (१८९३–१९७६)


माओत्सेतुङको जन्म २६ डिसेम्बर १८९३ मा चीनको हुनान प्रान्तको स्याङतान जिल्लाको पहाडी गाउँ साओ साङचुङमा भएको थियो । माओत्सेतुङले एउटा अर्ध सामन्ती र अर्धऔपनिवेशिक मुलुक गरिने क्रान्तिको रणनीति र कार्यनीतिको निक्र्याैल गरे ।
माओको देनको रूपमा केलाई लिन सकिन्छ भने चीनीयाँ समाजको वर्गविश्लेषण, ग्रामीण वर्गसङ्घर्षको सिद्धान्त, माक्र्सवाद, लेलिनवादलाई सिर्जनात्मक रूपले चीनीयाँ क्रान्तिमा प्रयोगको सवाल । लालसेनाको र्निाण, गुरिल्लावार (छापमारयुद्ध) गाउँदेखि शहर घेर्ने दीर्घकालीन जनयुद्धको सिद्धान्त प्रतिपादन गरे । पार्टी, सेना र संयुक्त राजनीतिक मोर्चालाई क्रान्तिकारी तीन जादुमयी हतियार भन्ने संश्लेषण गरे । क्रान्ति बन्दुकको नालबाट निस्कन्छ भन्ने माओले चीनीयाँ नयाँ जनवादी क्रान्तिको नेतृत्व गरे । मजदूर–किसान एकतामा आधारित क्रान्तिको नेतृत्व सर्वहारावर्गको अग्रदस्ता कम्युनिस्ट पार्टीले गर्नु पर्दछ र क्रान्तिको चरित्र नयाँ खाले पूँजीवादी क्रान्ति अर्थात नयाँ जनवादी क्रान्तिको नाम दिए र चीनमा सन् १९४९ मा माओकै नेतृत्वमा नयाँ दनवादी क्रान्ति सम्पन्न भयो ।
माओत्सेतुङले विकसित गरेका राजनीतिक सिद्धान्तहरूलाई माओवाद भनिन्छ । उनका प्रमुख सिद्धान्तहरूमा अन्तरविरोध निरन्तरताबारेको सिद्धान्त, जनयुद्धको धारणा संयुक्त मोर्चा सम्बन्धी सिद्धान्त, क्रान्तिको साधन, जनताको भूमिकाबारेको विचार, निरन्तर क्रान्तिको सिद्धान्त, महान् सर्वहारा सांस्कृतिक क्रान्तिको विचार, नौलो जनवादको अवधारणा, दीर्घकालिन जनयुद्ध प्रमुख रहेका छन् ।
विपरित तत्वको एकताको नियमलाई द्धन्द्धवादको आधारभूत नियमका रूपमा विश्लेषण गरेर उनले द्धन्द्धवादको विकासमा नयाँ आयाम थपेका थिए । उनले पदार्थ र गतिको अन्योन्याश्रित सम्बन्धमाथि भिन्नता र एक अर्काेमा रूपान्तरण हुने तथ्य अगाडि सारेका निए । हरेक चीजमा विपरित तत्वको अस्तित्व मात्रै हुने नभएर देश, काल र परिस्थिति अनुसार ती एक अर्काेमा रूपान्तरित हुने कुराबारे जोड दिएका थिए । अर्ध सामन्ति र अर्ध औपनिवेशिक मुलुक हरूमा नयाँ विकसित परिस्थितिको सन्दर्भमा साम्राज्यवाद विरोधी र सामन्तवाद विरोधी जनवादी क्रान्ति हुने कुराको निक्र्याैल गरेका थए । उनले त्यसलाई नयाँ जनवादी क्रान्ति भनेका छन् । उनले किसानको क्रान्तिकारी भूमिकालाई पहिचान गरि क्रान्तिमा सफलतापूर्वक प्रयोग गर्नु र आम जनसमूहको बीचमा रहेर जनयुद्धको संचालन गर्ने नियमको समेत विकास गरेका थिए ।
माक्र्सवादी–लेनिनवादी सिद्धान्तलाई चीनको अर्ध सामन्ती र अर्ध औपनिवेशिक अवस्थामा लागु गरेर सर्वहारा वर्गको नेतृत्वमा, मजदूर किसान एकताको आधारमा सामन्तवाद विरोधी र साम्राज्यवाद विरोधी विभिन्न वर्ग, तह र तप्कका जनसमुदायको संयुक्त मोर्चा निर्माण गरेर नयाँ जनवादी गणतन्त्रको स्थापना गरेका थिए । प्रगतिशील भूमिसुधार, सहकारी आन्दोलन, महान् फड्को, जनजनकम्युन संचालन गर्दै समाजवादी क्रान्ति र समाजवादी निर्माणको कार्यलाई अगाडि बढाएका थिए । माओले तेश्रो विश्वको सिद्धान्त प्रतिपादन गरी विकासोन्मुख मुलुकलाई तेश्रो विश्वको मान्यता स्थापना गरेका थिए ।
सन् १९२१ मा चीनीयाँ कम्युनिस्ट पार्टीको स्थापना भयो । माओ पनि चीनीयाँ कम्युनिस्ट पार्टीको सदस्य हुनुहुन्थ्यो । माक्र्सवाद–लेनिनवादको गुणात्मक विकासले तेश्रो र नयाँ चरण माओवाद हो । सामन्तवादी–साम्राज्यवादी शोषणको दोहोरो उत्पीडनबाट आक्रान्त अविकसित दशहरूका क्रान्तिका समस्याहरूको समाधान गर्नु पर्ने, समाजवादी समाजका अन्तरविरोधहरूको समाधान गर्नुपर्ने र आधुनिक संशोधनवादका विरुद्धको लडाई लड्नुपर्ने ऐतिहाँसिक आवश्यकताको पृष्ठभूमिमा माओद्धारा माक्सवाद–लेनिनवादको थप परिमार्जन तथा विकास गरी त्यसलाई माक्र्सवाद–लेनिनवाद–माओवादको तेश्रो, नयाँ र गुणात्मक उचाइमा पु¥याएर माक्र्सवाद–लेनिनवादको ज्ञान भण्डारमा थप योगदान हुन पुग्यो ।
माओले द्धन्द्धात्मक भौतिकवादको सारतत्वको रूपमा अन्तरविरोधको नियम विपरितहरूको एकताको नियमको उद्घाटन र व्याख्या, एकको दुइमा विभाजन हुन्छ भन्ने कुराको समृद्ध व्याख्या र प्रयोग, ज्ञान सिद्धान्तको क्षेत्रमा पदार्थको चेतना र चेतनाको पदार्थमा रूपान्तरणको दुई छलाङको सिद्धान्तको रूपमा विकास र व्याख्या, आधार र उपरिसंरचना उत्पादक शक्ति र उत्पादन सम्बन्ध सिद्धान्त र व्यवहार बीचको द्धन्द्धात्मक सम्बन्धको व्याख्या, विवेचना र परिमार्जन, नयाँ जनवाद दीर्घकालीन जनयुद्ध, नोकर शाही, पूँजीवाद, सर्वहारा अधिनायकत्व अन्तरगत क्रान्तिको निरन्तरताको सिद्धान्त तथा महान् सर्वहारा सांस्कृतिकको मूख्य कडी मान्ने क्रान्तिलाई पकड्ने र उत्पादनमा जोड दिने, इतिहास निर्माणमा जनसमुदायको भूमिका दर्शनलाई जनसमुदायमा पु¥याउनुपर्ने कुरामा जोड, विश्वदृष्टिकोण र कार्यदिशा बीचको अन्तरसम्बन्धको प्रस्तुती वर्गसङ्घर्ष तथा दुइलाइन सङ्घर्षका समस्याहरूको समाधानका लागि रणनीति तथा कार्यनीतिको विकास र संशोधनवादका विरुद्ध नियम सङ्घर्ष गर्नु पर्ने कुरामा दृढतापूर्वक जोड दिनु भएको थियो । माओले पार्टी भित्र दुइ लाइन सङ्घर्षलाई भीषण रूपमा संचालन गर्दै उग्रबामपन्थि भटकाउ र दक्षिणपन्थि संशोधवाद बाट पार्टीलाई जोगाउँदै क्रान्तिकारी पार्टी निर्माण गरेका थिए । सन् ६० को दशकमा ख्रुसोभी नवासंशोधनवादका विरुद्ध अन्तरराष्ट्रिय कम्युनिस्ट आन्दोलन भित्र भीषण वैचारिक सङ्घर्ष संचालन गरेर माक्र्सवाद–लेनिनवादको रक्षा गरेका थिए ।
सन् १९२१ को जुलाईमा संघाइमा माओ लगातार १२ जनाले चीनीयाँ कम्युनिस्ट पार्टीको स्थापना गरी आजीवन यसकै सदस्य रहेर त्यसपछि माओले दीर्घकालीन जनयुद्धको नेतृत्व गर्दै जापान विरोधी गृृहयुद्ध र च्याङकाइसेक विरुद्धको युद्धपछि सन् १९४९ मा जनवादी गणतन्त्र चीनको स्थापना गर्ने कार्य गरे र त्यसपछि नयाँ चीनको निर्माणको कार्यमा संलग्न रहँदै महान् सर्वहारा सांस्कृतिक क्रान्ति सम्पन्न गरेर ९ सेप्टेम्बर १९७६ मा माओको निधन हुन पुग्यो ।

No comments:

Post a Comment