Wednesday, March 20, 2013
ऐतिहासिक सातौं राष्ट्रिय महाधिवेशनबारे
हाम्रो गौरवशाली पार्टी तथा नेपाली सर्वहारा वर्गको सबैभन्दा उच्च स्तरको राजनीतिक प्रतिनिधित्व गर्ने सङ्गठित अग्रदस्ताको रूपमा रहेको नेकपा–माओवादीले आगामी पुस २५ गतेदेखि काठमाडौंमा ऐतिहासिक सातौं राष्ट्रिय महाधिवेशनको आयोजना गर्ने निर्णय गरेर त्यसलाई सफल पार्नका निम्ति व्यापक तयारीमा लागि रहेको छ । यो पार्टी नेपालको सर्वहारा वर्ग, मजदुर, किसान, उत्पीडित जनसमुदाय, महिला, दलित, मधेशी, आदिवासी, जनजाति, पिछडिएको क्षेत्रका समुदाय लगायत सबै प्रकारका शोषित पीडित श्रमजीवी जनताको हक हितको रक्षाको निम्ति सङ्घर्षरत रहने नेतृत्वदायी शक्ति भएकोले यसले करिब २२ वर्षपछि मात्र आयोजना गर्न लागेको महाधिवेशनले ब्यापक चर्चा पाउनु स्वाभाविकै छ । र, नेकपा–माओवादीले यो महाधिवेशनबाट नेपाली क्रान्तिको रणनीति र कार्यनीति निर्धारण गर्ने र अबको नेपाली क्रान्तिको बाटो पनि सुनिश्चित गर्ने भएकोले पनि यस पार्टीप्रति र पार्टीले आयोजना गर्ने तयारी गरिरहेको महाधिवेशनप्रति ब्यापक चासो, उत्साह र जिज्ञासा पैदा हुन पुगेको छ ।
सबैलाई जानकारी भएकै कुरा के हो भने नेकपा–माओवादी एमाओवादीका पुष्पकमल दाहाल र डा. बाबुराम भट्टराईले नेतृत्व गर्दै आएको नवसंशोधनवादी विचार समूहसित सम्बन्ध बिच्छेद गरेर पुनर्गठित हुन पुगेको नयाँ ढङ्गको क्रान्तिकारी कम्युनिष्ट पार्टी हो । यसको पथप्रदर्शक सिद्धान्त माक्र्सवाद–लेनिनवाद–माओवादी हो । यसले सर्वहारा अन्तर्राष्ट्रियतावादमा विश्वास गर्दछ । साथै, यसको लक्ष्य नेपालमा समाजवाद र साम्यवादको स्थापना गर्नु हो र, समाजवादहुँदै साम्यवादमा जानु नेपाल कम्युनिस्ट पार्टी माओवादीको अधिकतम कार्यक्रम हो । तर अहिलेसम्म पनि अर्धसामन्ती र नवऔपनिवेशिक अवस्थामै छ । देशलाई यस प्रकारको अवस्थाबाट मुक्त नगरी समाजवाद र साम्यवादमा जान सकिदैन । तसर्थ, अहिले देशलाई यस प्रकारको अवस्थाबाट मुक्त गर्नका लागि नयाँ जनवादी क्रान्ति सम्पन्न गर्नु पर्दछ । अहिलेको पार्टीको न्यूनतम कार्यक्रम नयाँ जनवाद हो । यसलाई आम कार्यक्रम पनि भनिन्छ । नयाँ जनवादी क्रान्ति भनेको नयाँ खाले पूँजीवादी क्रान्ति हो र यसको नेतृत्व मजदुर, किसान एकताको आधारमा सर्वहारावर्ग राजनीतिक अग्रदस्ता कम्युनिष्ट पार्टीले मात्र गर्न सक्तछ । यही उद्देश्यका साथ नेकपा–माओवादीको पुनर्गठन गरिएको हो । अर्थात्, एमाओवादीभित्रको पुष्पकमल दाहाल र बाबुराम भट्टराईले नेतृत्व गर्दै आएको नवसंशोधनवादसँग राजनीतिक, वैचारिक, सैद्धान्तिक तथा साङ्गठनिक रूपमा समेत सम्बन्ध विच्छेद गरेर नेपाल कम्युनिष्ट पार्टी–माओवादीको पुनर्गठन गरिएको कुरा पनि सर्वविदितै छ । नवसंशोधनवादसित सम्बन्ध विच्छेद गरेर नेपाली क्रान्तिका बाँकी कार्यभारहरू पूरा गर्ने महान्् उद्देश्यका साथ नेकपा–माओवादीको पुनर्गठन हुनु नेपाली कम्युनिष्ट आन्दोलनको ६३ वर्षको यति लामो ऐतिहासिक अवधिमा एउटा ऐतिहासिक परिघटना हो । र नेपालका माओवादी त्रद्दmान्तिकारीहरूको साहसिक कदम पनि हो ।
यसरी नवसंशोधनवादीसित सम्बन्ध विच्छेद गरेर नेकपा–माओवादीको पुनर्गठनले नेपालको सिङ्गो कम्युनिष्ट आन्दोलनभित्र र मुलुककै समग्र राजनीतिमा तरङ्ग पैदा हुन पुगेको छ । यस ऐतिहासिक परिघटनाले नेपालका क्रान्तिकारीहरू र सबैखाले संशोधनवादीहरूबीचको कित्ता (धार) स्पष्ट पारिदिएको छ । आन्दोलनले ६३ वर्ष पार गरिसकेको छ । यति लामो ऐतिहासिक अवधिमा यस आन्दोलनभित्र वर्ष सङ्घर्ष र अन्तरसङ्घर्षका अनेकौं जटिल, वाङ्गाटिङ्गा र कहालिलाग्दा घुम्तिहरू रहेका छन् । र यो आन्दोलन लामो समय पहिलेदेखि विभाजित रहँदै आएको छ । अतः सारमा यस आन्दोलनभित्र क्रान्तिकारी र संशोधनवादी दुई परस्परविरोधी धाराकै द्वन्द्व प्रमुख बनेर आएको छ । आज नेपाली कम्युनिष्ट आन्दोलनको दक्षिणपन्थी संशोधनवादी सुधारवादी धारा जो एमाले–एमाओवादीले नेतृत्व गरिरहेका छन्, ले आफूलाई विजातीय कित्तामा सामेल गर्दै दक्षिणपन्थी संशोधवादी एवम् नवसंशोधनवादी धारमा गुणात्मक रूपले फड्को हान्न पुगेको छ भने यसको विपरीत नेपाली कम्युनिष्ट आन्दोलनको क्रान्तिकारी धारा जो नेकपा–माओवादीले नेतृत्व गरिरहेको छ, ले आज माक्र्सवादी–लेनिनवादी–माओवादीका रूपमा गुणात्मक ढङ्गले विकसित हुँदै नेपाली क्रान्तिको निर्णयक नेतृत्व गर्ने तहमा विकसित हुन पुगेको छ । अझै यो कुरालाई यसरी प्रष्ट पार्न सकिन्छ कि महान्् दश वर्षे जनयुद्धको नेतृत्व समेत् गर्दै आएका पुष्पकमल दाहाल र बाबुराम भट्टराई नवसंशोधनवादमा पतन भई पार्टी र क्रान्तिलाई समेत बिसर्जन गराउने गद्दारी गर्न पुगे पछि महान्् दशवर्ष जनयुद्धका उपलब्धिहरूको संरक्षण गर्दै नेपाली क्रान्तिलाई विजयको दिशातर्फ अगाडि बढाउन पुनः नयाँ ढङ्गले क्रान्तिकारी कम्युनिष्ट पार्टीको आवश्यकता खडा हुन पुग्यो, त्यही आवश्यकतापूर्ति गर्ने उद्देश्यले नै नवसंशोधनवादसँग सम्बन्धविच्छेद गरेर नेकपा माओवादीको पुनर्गठन गर्नु परेको हो । आम नेपाली क्रान्तिकारी मुक्तिकामी जनसमुदाउले पनि नेपाली कम्युनिष्ट आन्दोलनको यस द्वन्द्ववादलाई गहिराइका साथ हृदयङ्गम गर्न जरुरी छ
नेकपा–माओवादी माक्र्सवाद–लेनिनवाद–माओवादको सैद्धान्तिक पथप्रदर्शनमा आज जनता, सर्वहारा वर्ग र अन्ततः सिङ्गै मानव जातिलाई मुक्त गर्ने वैज्ञानिक साम्यवादमा विश्वास राख्दै र यसको प्राप्तिको लागि नेपालमा जनक्रान्तिद्वारा जनताको जनवाद र समाजवादको स्थापना अनिवार्य भएको ठहर गर्दै नेपाली क्रान्तिको कार्यभारलाई मुख्य बनाउँदै सर्वहारा अन्तर्राष्ट्रितावादको नीतिलाई अबलम्बन गर्ने नेपालको एकमात्र क्रान्तिकारी पार्टी भएकोले यसले आयोजनागर्ने महाधिवेशन महत्व अत्यन्तै गहन हुनु स्वाभाविक छ । र यसको ऐतिहासिकता बारेमा विचारण गर्नु पनि सान्दर्भिक नै हुन्छ ।
राष्ट्रिय महाधिवेशन कम्युनिष्ट पार्टीको सर्वाेच्च अङ्ग हो । यसले नेपाली क्रान्तिको नीति र कार्यनीति पारित गर्ने छ र भावी अवधिका लागि नयाँ नेतृत्व पनि निर्वाचित गर्ने छ । नेकपा–माओवादीको पुनर्गठन पश्चात् यसका बारेमा विविध कोणबाट चर्चा परिचर्चा हुने गरेका छन् । नयाँ ढङ्गको कम्युनिष्ट पार्टीको स्थापनापछि यसो हुनु स्वाभाविकै छ । एकातिर यो पार्टीले एमाओवादीबाट विभाजनको पुष्टि गर्न सकेको छैन । एमाओवादी र माओवादीमा के फरक छ र फरक नहुने गरी पार्टी चलाउनु थियो भने वैद्यजीले नयाँ पार्टी किन निर्माण गर्नुभएको होला नि ? भन्ने रहेको छ भने अर्काेतिर माओवादी छिट्टै छापामार युद्धमा फर्कदै छ । सशस्त्र युद्धमा जाँदैछ भन्ने हल्ला पनि खुबै गरेको पाइन्छ । यो त भयो बाहिरी हल्ला । तर आन्तरिक कुरा के हो भने नेकपा–माओवादी यतिबेला नयाँ ढङ्गको क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्णयको प्रक्रियामा छ । नेपाली क्रान्तिको रणनीति–कार्यनीति कार्ययोजना, कार्यक्रम तथा राष्ट्रि तथा अन्तर्राष्ट्रि परिस्थिति, प्रधान शत्रु, गौण शत्रु, क्रान्तिका मित्र शक्तिहरू, सेना निर्माण, संयुक्त राजनीतिक मोर्चाको निर्माण, पार्टीको साङ्गठनिक ढाँचो, अन्तरिम विधान, नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासको सिंहावलोकन, अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको समीक्षा लगायत विविध विषय समेटिएको राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक साङ्गठिनक प्रस्तावहरूलाई अहिले राज्यस्तर जिल्लास्तर र एरिया तथा गाउँ कमिटीसम्म महान्् बहसका निम्ति पु¥याएको छ र सिङ्गो पार्टी पङ्क्तिभित्र अहिले महान्् बहस सञ्चालन भइरहेको छ । अत्यन्तै जनवादी वातावरणमा सञ्चालन भइरहेको यो बहसले औपचारिक रूपमा महाधिवेशनलाई सम्पन्न गर्ने मात्र नभएर सन्निकट बनिरहेको नेपाली क्रान्तिको रणनीति र कार्यनीति पारित गर्नेछ र एउटा वैचारिक नेतृत्व पनि निर्माण गर्ने छ । जुन नेतृत्वले महाधिवेशनले निर्णय गरेको विषयहरूलाई कायान्वयन गर्न सक्षम बनोस् ।
चालु महान्् बहस पार्टी जीवनका लागि अत्यन्तै महत्वपूर्ण हुने भएकाले पार्टीले तय गरेको पद्धति र अनुशासनको दायराभित्र रहेर अत्यन्तै अनुशासित ढङ्गले सञ्चालन गरिंदैछ र पार्टीभित्रको गोपनियता कायम राख्नु यसको प्रमुख दायित्व बन्न गएको छ । किनकि हामी फलामे अनुशासनले बाँधिएको क्रान्तिकारी पार्टी निर्माण गर्न गइरहेका छौं । किनकि सिद्धान्तविहीन, पद्धति विहीन र अनुशासनविहीन पार्टी क्रान्तिको नेतृत्व प्रदान गर्न सक्तैन । त्यसो भएर नै लेनिनले क्रान्तिका क्रान्तिकारी सिद्धान्तलाई अगाडि सार्नु भएको छ । माओले क्रान्तिका क्रान्तिकारी पार्टीको आवश्यकतालाई अगाडि सार्नु भएको छ । स्टालिनले क्रान्तिका लागि फलामे अनुशासनलाई कम्युनिष्ट निर्माण र परिचालनको मापदण्ड बनाउनु भएको छ । हामी पनि लेनिन, माओ, स्टालिन आदि विश्व सर्वहारा वर्गका नेताहरूले अङ्गाल्नु भएको पार्टी निर्माणको विधि शिक्षा ग्रहण गर्न चाहन्छौं ।
यस महाधिवेशनको ऐतिहासिकताको प्रश्न पनि उठ्ने गरेको छ । यो स्वाभाविक विषय पनि हो । तर यसको ऐतिहासिकता हामीले महाधिवेशनबाट पारित गरिने नेपाली क्रान्तिको सही रणनीति, कार्यनीति, कार्यदिशा कार्यक्रम कार्ययोजनाको पारित र चुस्त दुरुस्त र सक्षम र लडाकु नेतृत्व निर्माण र त्यसको कार्यान्वयनमा भर पर्नेछ । र हामीले आयोजनागर्ने राष्ट्रिय महाधिवेशनले र हामीले पारित गर्ने नीति, विचार, सिद्धान्त, कार्यक्रम र कार्यदिशाले संशोधनवादी तथा नवसंशोधनवादीहरूले गर्ने राष्ट्रिय महाधिवेशनलाई फिका तुल्याइ दिने कुरा निश्चित छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment