Wednesday, March 20, 2013
पार्टी पद्धति र सङ्गठनात्मक अनुशासनको सवाल
कम्युनिष्ट पार्टी सर्वहारावर्गको राजनीतिक प्रतिनिधित्व गर्ने संगठीत अग्रदस्ता हो । यसको जन्म कम्युनिष्ट लिगको गठनसँगै भएको हो । आजभन्दा १७० वर्ष पहिले अर्थात् सन् १८४७ मा प्रवासी जर्मनहरूद्वारा न्यायिक लिगको स्थापना गरिएको थियो । वैज्ञानिक साम्यवादका प्रर्वतक कार्ल माक्र्स र फ्रेडरिक एंगेल्सको पहलकदमीमा आजभन्दा १६५ वर्ष पहिले अर्थात् सन् १८४७ मा त्यस नायिक लिगकलाई कम्युनिष्ट लिगमा रूपान्तरित गरेपश्चात विधिवत र सांगठनिक रूपमा कम्युनिष्ट पार्टीको जन्म भएको हो । माक्र्स र एंगेल्सले स्थापना गर्नुभएको त्यस कम्युनिष्ट लिग नै कम्युनिष्ट पार्टीको पहिलो सङ्गठन हो । अतः सन् १८४७ मा माक्र्स र एंगेल्सले उक्त न्यायिक लिगलाई कम्युनिष्ट लिगमा रूपान्तरण गरेपछि विधिवत रूपमा सैद्धान्तिककीकरण गरि योजनावद्ध रूपमा यस आन्दोलनको रूपरेखा तयार पारी संचालनमा ल्याएपछि कम्युनिष्ट आन्दोलन प्रारम्भ भएको मानिन्छ ।
आजभन्दा १६४ वर्ष पहिले अर्थात् सन् १८४८ मा माक्र्स र एंगेल्सद्वारा कम्युनिष्ट घोषणापत्र प्रकाशित गरि कम्युनिष्ट पार्टीको सैद्धान्तिक र कार्यक्रमिक रणनीतिक, कार्यनीति तथा आन्दोलनका रूपरेखाहरू वैज्ञानिक ढंगले योजनावद्ध रूपमा अगाडि बढाए पश्चात यसको इतिहास पनि प्रारम्भ भएको हो ।
कम्युनिष्ट लिगको सन् १८४७ नोभेम्बरमा लण्डनमा सम्पन्न दोश्रो सम्मेलनले कम्युनिष्ट घोषणा पत्रको मस्यौदा तयार पार्ने जिम्मा कार्ल माक्र्स र फेडरिक एंगेल्सलाई दिएको थियो । उहाँहरूले एक वर्ष लगाएर उ क्त मस्यौदा तयार पार्नुभयो र सन् १८४८ फेब्रुअरी १२ मा विश्वविख्यात कम्युनिष्ट घोषणापत्र प्रकाशित गर्नुभयो । जो विश्व सर्वहारा वर्गको मुक्ति सैद्धान्तिक मार्गदर्शक सिद्धान्तका रूपमा माक्र्सवादको प्रतिपादन भयो । माक्र्सवादले अहिले लेनिनवाद र माओवादमा नयाँ र गुणात्मक ढंगले विकास गरि सकेको छ र आज माक्र्सवाद लेनिनवाद माओवाद विश्वसर्वहारावर्गको पथप्रदर्शक तथा मार्गदर्शक सिद्धान्त बन्न पुगेको छ । माक्र्सवाद लेनिनवाद माओवादलाई मार्गदर्शक सिद्धान्तका रूपमा नअंगाल्नेहरू क्रान्तिकारी कम्युनिष्ट पार्टीको कोटीभित्र पर्दैनन् ।
कम्युनिष्ट पार्टीको स्थापना गर्ने कार्यको थालनी माक्र्स र एंगेल्सले गर्नुभएको भएता पनि यसलाई व्यवस्थित र वैज्ञानिक ढंगले र अनुशासनवद्ध ढंगले निर्माण गर्ने पद्धतिसंगत ढंगले संचालन गर्ने काम लेनिनले शुरु गर्नुभयो । माओले यसलाई अरु परिमार्जित र विकसीत तुल्याउने काम गर्नुभयो भने विश्वभरका अन्य क्रान्तिकारी कम्युनिष्टहरूले यसैका आधारमा कम्युनिष्ट पार्टीको निर्माण गर्ने, यसलाई परिचालन गर्ने र क्रान्तिको नेतृत्व गर्ने कार्य गर्दै आएका छन् ।
विश्व सर्वहारावर्गका महान् नेता भी.आई. लेनिनले कम्युनिष्ट पार्टीको निर्माण र त्यसलाई वैज्ञानिक तथा पद्धतिसंगत ढंगले अनुशासनबद्ध रूपमा संचालन गर्नको निम्ति जनवादी केन्द्रीयताको सिद्धान्त प्रतिपादन गर्नुभयो, सांगठनिक क्षेत्रमा यस लेनिनवादको एउटा अभिन्न तत्वको रूपमा लिइन्छ । क्रान्तिकारी कम्युनिष्ट हुने गर्दछ । व्यापक रूपमा अभ्यास गरिएको सर्वहारा जनवादको जगमा वैद्धारिक, केन्द्रीयता, वैचारिक केन्द्रीयताको आधारमा सङ्गठनात्मक एकता र सङ्गठनात्मक र सङ्गठनात्मक नियमहरूको पालना गर्नु जनवादी केन्द्रीयताको मूल मर्म हुने गर्दछ । जनवादी मान्यतामा आधारित सङ्गठनको मातमा व्यक्ति रहने, माथिल्लो कमिटीको मातहतमा तल्ला कमिटीहरू रहने, सिंगो पार्टी केन्द्रीय कमिटीको मातहतमा रहने र केन्द्रीय समिति महाधिवेशनको मातहतमा रहने सङ्गठनात्मक पद्धतिलाई नै जनवादी केन्द्रीयता भनिन्छ । र, छलफल एवम् विचार अभिव्यक्तिको स्वतन्त्रता र काम कार्वाहीमा एकरूपताको नीति अवलम्बन गर्ने पद्धति नै लेनिनवादी सङ्गठनात्मक सिद्धान्त र जनवादी केन्द्रीय ताको मूल मर्म हो ।
हामी यतिबेला लेनिन र माओको शब्दमा क्रान्तिका क्रान्तिकारी सिद्धान्त र क्रान्तिकारी पार्टीको आवश्कता पर्ने भएकोले नवसंशोधनावादसीत सम्बन्ध विच्छेद गरेर नेपाली क्रान्तिका कार्यभारहरू पूरा गर्ने महान्् उद्देश्य र प्रतिबद्धताका नेकपा माओवादीको पुनर्गठन गरेर नयाँ ढंगलको क्रान्तिकारी कम्युनिष्ट निर्माणको प्रक्रिया क्रियाशील भइरहेका छौं । नेपाली कम्युनिष्ट विभाजित अवस्थामा छ । यहाँ एक दर्जनभन्दा बढि कम्युनिष्ट पार्टी र तिनका सङ्गठनहरू छन्, ती पार्टीहरू क्रान्तिकारी पार्टीहरू होइनन् र तिनीहरूले नेपाली क्रान्तिको नेतृत्व गर्न नसक्ने भएकाले हामीले त्यही नेपाली क्रान्तिको ऐतिहासिक कार्यभारद्वारा गर्ने उद्देश्य र दृढ संकल्पका साथ नेकपा माओवादीको पुनर्गठन गर्न बाध्य भएका हौं । यो कुनै नेपालका कम्युनिष्ट पार्टी भनिएकाहरूका भीडमा एउटा संख्या थप्नलाई यसको पनुर्गठन गरिएको हो, कम्युनिष्ट पार्टीको निर्माण र पुनर्गठनको द्वन्द्ववादलाई आम क्रान्तिकारीहरूले गहिराइका साथ हृदयंगमन गर्न जरुरी छ । किनकि दश वर्षे सशस्त्र जनयुद्धको मूख्य नेतृत्व समेत गर्दै आएका पुष्पकमल दाहाल र डा. बाबुराम भट्टराईले नेपाली क्रान्तिप्रति धोका दिएको मात्रै नभएर नेपाली क्रान्तिप्रति गम्भीर रूपमा विश्वासघात र गद्धारी समेत गर्न पुगेपछि यस प्रकारको पार्टी पुनगर्ठन गर्नुपरेको सर्बविधितै छ ।
नयाँ ढंगको क्रान्तिकारी पार्टी निर्माण गरिरहेको यो ऐतिहासिक क्षेणमा हामीले के कुराको हेक्का राख्न जरुरी छ भने कम्युनिष्ट पार्टीको सङ्गठन सर्वहारा क्रान्तिमा कम्युनिष्ट नेतृत्वको सङ्गठन भएको हुनाले यो एक यस्तो मजबुद नेतृत्वको निर्माण हो भन्ने कुरा बुझ्नुपर्ने हुन्छ, जो युद्धका लागि, क्रान्तिका लागि तयार होस् साथ साथै आफूलाई हरपरिस्थिति अनुकूल ढाल्न सक्षम होस् भन्ने कुरा बुझ्न जरुरी छ । किनकि यी कामहरू हामी नेपाली क्रान्ति सम्पन्न गर्नका लागि गरिरहेका छौं । त्यसैले हामीले एक क्रान्तिकारी र लडाकु तथा त्यत्तिकै अनुशासीत पार्टी निर्माण गर्ने महान् अभियानमा र एउटा निश्चित प्रक्रियामा क्रियाशील भइरहेका छौं यी सबै कुराहरू नेपाली क्रान्तिको भविष्य र लक्ष्य उद्देश्यहरूसँग जोडिएका छन् ।
अत्यन्त विकसीत सिद्धान्तद्वारा निर्देशित पार्टीले मात्र अग्रगामी लडाकुको भूमिका पूरा गर्न सक्ने भएकाले लेनिनको यो भनाइलाई आत्मसात गर्नुपर्ने हुन्छ । लेनिनले भन्नुभएको छ– “ कम्युनिष्टले यो बेलासम्म आफ्नो कर्तव्य पूरा गर्ने छ, जब त्यो ज्यादै केन्द्रित ढंगले संगठित भएको हुन्छ, जब त्यो सैनिक अनुशासनको समान लौह अनुशासन कायम गर्न समर्थ हुन्छ र जब यसको पार्टी केन्द्र व्यापक अधिकारको प्रयोग गर्दै तथा पार्टीका समस्त आम विश्वास जगाउँदै शक्तिशाली तथा प्राधिकारपूर्ण अंग बनेको हुन्छ ।” क्रान्तिकारी पार्टी निर्माण गर्न र क्रान्तिको नेतृत्व गर्ने सवालमा नेलिननको यो संश्लेषण ज्यादै उपयुक्त छ ।
त्यस्तै क्रान्तिकारी पार्टी निर्माणको सन्दर्भमा स्टालिन भन्नुहुन्छ– “सर्वहारावर्गको लागि एक लडाकू पार्टी, एक क्रान्तिकारी पार्टीको आवश्यकता छ, यस्तो साहसिलो पार्टी, जसले सत्ता प्राप्त गर्ने सङ्घर्षमा सर्वहारावर्गको नेतृत्व गर्न सक्छ, यस्तो अनुभवी पार्टी जसले क्रान्तिकारी परिस्थितिका जटिल अवस्थाहरूमा पनि आफ्नो बाटो पहिल्याउन सक्छ र त्यस्तो लचकिलो, जो आफ्नो लक्ष्य प्राप्तिको बाटोमा रहेका सारा लुकेका चट्टानहरूबाट जोगिएर अगाडि बढ्न सक्छ ।” क्रान्तिकारी पार्टी निर्माण र क्रान्तिको नेतृत्व गर्ने सन्दर्भमा स्टालिनको यो संश्लेषण ज्यादै सान्दर्भिक रहेको छ । त्यस्तै विश्व सर्वहारा वर्गका अर्का महान् माओत्सेतुङले भन्नुहुन्छ– “क्रान्ति हुनु छ भने क्रान्तिकारी पार्टी नै हुनुपर्छ । क्रान्तिकारी पार्टी विना, माक्र्सवादी लेनिनवादी क्रान्तिकारी सिद्धान्त र क्रान्तिकारी पद्धति अनुसारबनेको पार्टीविना साम्राज्यवाद तथा यसका दलालहरूलाई पराजित गर्न मजदुर वर्ग र विशाल जनसमुदायलाई नेतृत्व गर्नु असम्भ छ ।”
नेपाली क्रान्तिका निम्ति क्रान्तिकारी पार्टी निर्माणको यो महान् अभियानमा जो हामीले पार्टीको विचार निर्माण र नेतृत्व निर्माणको सर्वोच्च अंगको रूपमा रहेको महाधिवेशन सम्पन्न गर्ने तयारी ग।िररहेको वर्तमान अवस्थामा लेनिन, स्टालिन र माओका यी २ संश्लेषणबाट शिक्षा ग्रहण गर्न जरुरी छ । किनकि हामी नव संशोधनवाहसीत सम्बन्ध विच्छेद गरेर भरर वटै मात्र आएका छौं । त्यहाँ पार्टी पद्धति, अनुशासन र जनवादी केन्द्रीयताका नियमहरू लागु हुने कुरै भएन । तसर्थ त्यसबाट सँगसँगै हामीसित गलत चीजहरू पनि आएका छन् । सिद्धान्तका क्षेत्रमा, सङ्गठनका क्षेत्रमा, आर्थिक तथा साँस्कृतिक क्षेत्रमा समेत पद्धति......... र जनवादी केन्द्रीयतामा आधारीत पार्टी निर्माणका निम्ति गम्भीर बन्न जरुरी छ । पार्टी पद्धति र सङ्गठनात्मक अनुशासन क्रान्तिकारी कम्युनिष्टको नावी हो । पार्टी निर्माण र परिचालनको यो द्वन्द्ववादलाई हामी सबै क्रान्तिकारीहरूले गहिराइका साथ हृदयांगमन गर्न जरुरी छ ।
(लेखकः नेकपा– माओवादीका केन्द्रीय सल्लाहकार तथा केन्द्रीय अनुशासन विभागका सचिव र केन्द्रीय पार्टी विभागका सचिव हुनुहुन्छ ।)
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment